You are on page 1of 1

uhn

कती अनिस्चित हिडिएछ यात्रा नदिमा कही पुल भेटिएन ।

संसारको कुनै उद्धानमा पनि मैले टिप्ने पूल भेटिएन ।।

उकाली ओराली भन्न सकिन यात्रामा पलायन बन्न सकिन ।

हिड्दा हिड्दै काकाकुल भएछु प्यास मेटाउने मुल भेटिएन ।।

पूल तिप्नु बरदान हो अभिसाप त हुँदै होइन ।

रित यस्तै रहे छ यहाँ कसैको मुटुमा गडेको शुल भेटिएन ।।

पछाडि हिंड्ने कोही छै न अगाडि हिंड्नेले पनि छाडीसकेछ ।

फगत भयो एक्लो यात्रा सगै हिंड्ने हुल भेटिएन ।।

पानीले गलेन, आगोले जलेन, कठोर मुटु हाबाले ढलेन ।

यात्रामा गल्ती धेरै भएछ,यहाँ कसैको भुल भेटिएन ।।

संसारको कुनै उद्धानमा पनि मैले टिप्ने पल


ू भेटिएन ।।।

You might also like