You are on page 1of 298

k}bn cg';Gwfg

k|of]u / pknlAw
k}bn cg';Gwfg
k|of]u / pknlAw

सम्पादक
सोहन प्रसाद साह | महेशराज महर्जन

मार्टि न चौतारी
k}bn cg';Gwfg M k|of]u / pknlAw
सम्पादक : सोहन प्रसाद साह | महे शराज महर्ज न

पहिलो संस्करण ः २०७६ (सन् २०२०)


प्रतिलिपि अधिकार © मार्टि न चौतारी तथा लेखकमा

प्रकाशक
मार्टि न चौतारी
२७ जीतजंग मार्ग, थापाथली
पोष्ट बक्स १३४७०; काठमाडौ,ँ नेपाल
फोन ४२३८०५०/४१०२०२७ । फ्याक्स ४२४००५९
e-mail: chautari@mos.com.np
www.martinchautari.org.np
ISBN: 978-9937-594-21-9
चौतारी पुस्तक शृंखला - ९६
ले-अाउट तथा आवरण ः किशोर प्रधान
काठमाडौ,ँ नेपालमा मुद्रित ।

यो पुस्तक नेशनल इन्डाउमेन्ट फर डे मोक्रे सी (एनईडी) अमेरिकाको सहयोगमा प्रकाशन भएको


हो । यसमा व्यक्त विचार, विश्लेषण र निष्कर्ष लेखकका निजी हुन् । त्यसमा उक्त संस्थाको कुनै
सहमति वा विमति छै न ।
विषयसच
ू ी

धन्यवाद छ
परिचय
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास १
सोहन प्रसाद साह
खण्ड एक : लैं गिक विभे द
एक मधेसी महिलाको नागरिकता विहीनता : २३
परिवार, समाज र राज्यमा पितृसत्ता
लक्ष्मी श्रेष्ठ
दईु नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष ४१
सरस्वती शर्मा
तीन वैदेशिक रोजगारीको मृत्युपछि आर्थिक कारणले परिवारमा ५७
परे को सामाजिक र मनोसामाजिक असर
उमा पौडे ल
खण्ड दुई : शान्ति प्रक्रिया र मानवअधिकार
चार के थियो प्रतिकार, कहाँ गए हतियार ? ९१
दीपक ज्ञवाली
पाँच गैरन्यायिक हत्या र मधेसमा न्याय १११
रामविकास चौधरी
छ थारू संग्रहालय र आन्दोलनको सम्बन्ध १३१
मोतिकला पंगेनी
खण्ड तीन : जीविकोपार्ज न
सात गण्डक सम्झौताले सताएका नेपालीको पीडा १५१
वृजराज कुशवाहा
आठ नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन १८५
संजय कुमार पासी
नौ सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग २०९
अन्तरक्रियाको माध्यम
रामचन्द्र श्रेष्ठ
खण्ड चार : सामाजिक समावे शीकरण
दश दलित महिला रे डियोकर्मीका चुनौती : २४१
कपिलवस्तु र रुपन्देहीको अध्ययन
सोना खटिक
एघार समावेशिताको कसीमा अदालती संरचना र फै सला २६१
रक्षाराम हरिजन
ले खक/सम्पादक परिचय २८७
धन्यवाद

मार्टिन चौतारीले नोभेम्बर २०१७ देखि जुन २०१९ सम्म पश्चिम तराईका तीन जिल्ला
(कपिलवस्तु, नवलपरासी र रुपन्देही) मा “स्थानीय अधिकारकर्मीहरूको अनुसन्धान क्षमता
अभिवृद्धि” नामक परियोजना सञ्चालन गरे को थियो । विविध संस्थागत अवस्थितिमा
रहेर स्थानीय क्षेत्रमा अधिकारमा आधारित पैरवी गरिरहेका अभियन्ताहरूलाई, जो भुई ं
तहमा रहेर आ-आफ्ना विषय/क्षेत्रका नागरिकसँग घुलमिल भई आधारभूत तथ्यांक पनि
संकलन गर्छन्, यस पुस्तकमा “पैदल अनुसन्धाता” (बेयरफुट रिसर्चर) तथा उनीहरूको
अनुसन्धान प्रयासलाई यहाँ “पै द ल अनुस न्धान” (बे य रफुट रिसर्च) को अवधारणाभित्र
राखी चर्चा गरिएको छ । यो पुस्तक तिनै पैदल अनुसन्धानकर्मीहरूको अनुसन्धान क्षमता
अभिवृद्धिका क्रममा तिनले गरे का अनुसन्धानको उपज हो ।
यो परियोजनाको क्रियान्वयन र यो पुस ्तकको प्रकाशनमा मार्टि न चौतारीलाई धेरै
व्यक्ति तथा सं स ्थाहरूको सहयोग रहे क ो छ । सर्वप्रथम, यो परियोजनाको स्थानीय
साझे द ार कपिलवस्तुस्थित मधे श मानवअधिकार गृह (माहु र ी होम) र उक्त सं स ्थाका
तर्फ बाट परियोजनाको स्थानीय रूपमा संयोजन गर्ने लक्ष्मी श्रेष्ठ तथा अध्यक्ष रविन्द्रनाथ
ठाकुर लगायतको माहुरी होम परिवारलाई हार्दिक धन्यवाद । यसै गरी, यो परियोजनाको
क्रियान्वयनको क्रममा बेला-बेलामा सल्लाह-सुझाव दिनुहुने योगेश राज र भास्कर गौतमलाई
धन्यवाद । यो परियोजनाको अवधारणा तयार गर्ने तथा क्रियान्वयनका क्रममा विभिन्न
सल्लाह-सुझाव दिनुहुने साथै मेन्टरिङ गर्नुहुने मार्टि न चौतारीका अनुसन्धान निर्देशक प्रत्यूष
वन्त र यो परियोजनाको संयोजन गर्नुहुने सोहन प्रसाद साहलाई पनि धन्यवाद । साथै,
पैरवी-अनुसन्धानमा रुचि राखेर यो परियोजनाको अघिल्लो चरणमा अनुसन्धान सम्बन्धी
प्रशिक्षण र आ-आफ्ना अवधारणा-पत्र प्रस्तुतिमा सामेल हुनुभएका सबैलाई धन्यवाद ।
प्रशिक्षण, मेन्टरिङ, लेखन कार्यशाला लगायतका काममा अनुसन्धाताहरूलाई प्रत्यक्ष
वा अप्रत्यक्ष रूपले सहयोग गरे र उनीहरूको अनुसन्धान तथा लेखनको विभिन्न चरणमा


ज | धन्यवाद

दिशानिर्देश गर्नुहुने देवराज हुमागाई,ं महेशराज महर्जन, सोहन प्रसाद साह, वन्दना ज्ञवाली,
देवेन्द्र उप्रेती, लोकरञ्जन पराजुली, सुजित कर्ण, आभा लाल, राजेन्द्र महर्जन, चन्द्रकिशोर,
अर्जुन पन्थी र कै लाश राईप्रति आभारी छौ ँ ।
त्यस्तै, यस परियोजना अन्तर्गत आयोजित तालिम/कार्यशालामा स्रोत व्यक्तिका रूपमा
सहभागी हुनुहुने सीके लाल, संगीता थेबे लिम्बू र कल्पना झालाई धन्यवाद छ ।
कपिलवस्तुमा आयोजना गरिएको अनुसन्धानको अन्तिम नतिजा सार्वजनिकीकरण गर्न
आयोजित कार्यशालामा अनुसन्धाताका लेखमाथि टिप्पणी गरिदिनुहुने व्यक्तित्वहरू दीपक
भण्डारी, परशुराम यादव, दूधनाथ गुप्ता, नूर मोहमद, मेराज खान, खड्गप्रसाद चापागाई,ं
रामदयाल ठाकुर, गणेशमान महतो, रवीन्द्र पोखरे ल, माया ज्ञवाली, राजेशकुमार चौधरी
र भोला विकप्रति पनि कृ तज्ञ छौ ँ ।
त्यस्तै, पु स ्तकको ले - आउट र आवरण साजसज्जाका लागि किशोर प्रधानलाई
धन्यवाद । अनुसन्धानकर्ता र मेन्टरलाई उपयोगी स्रोत सामग्री जुटाउन सहयोग गर्नुहुने नरे श
न्यौपानेका साथै अन्य विभिन्न सहयोगका लागि मार्टि न चौतारीका अमन गारू, दलबहादुर
श्रेष्ठ, बुद्धकुमार श्रेष्ठ, सञ्जिला तामाङ, रुखबहादुर गुरुङ, प्रभाकर पोखरे ल, कञ्चन के सी
र रोशनी घिमिरे लाई पनि धन्यवाद छ ।
अन्तमा, यो पु स ्तकको भाषा सम्पादनका लागि राजे न्द्र महर्ज न प्रति पु न : विशे ष
आभारी छौ ँ ।
परियोजना अन्तर्गतका समग्र गतिविधि नेशनल इन्डाउमेन्ट फर डे मोक्रे सी (एनईडी),
अमेर िकाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । त्यसका लागि सो संस ्थालाई
धन्यवाद छ ।

मार्टि न चौतारी
थापाथली, काठमाडौ ँ
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 1

परिचय

“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास

सोहन प्रसाद साह

यो पुस ्तक मार्टि न चौतारीले नोभे म ्बर २०१७ देख ि जुन २०१९ सम्म पश्चिम तराईका
तीन जिल्ला (कपिलवस्तु, नवलपरासी र रुपन्देही) मा सञ्चालन गरे क ो “स्थानीय
अधिकारकर्मीहरूको अनुसन्धान क्षमता अभिवृद्धि” परियोजनाको उपज हो । यो परियोजना
अन्तर्गत स्थानीय तवरमा अधिकारमा आधारित पैरवी गर्ने अभियन्ताहरूको अनुसन्धान
क्षमता अभिवृद् धि गर्ने लक्ष्य लिइएको थियो । यसले एकतिर अधिकारकर्मीहरूले गर्ने
पैरवीमा प्राज्ञिक भरथेग हुने र अर्कोतिर भुई ं तहमा रहेर काम गरिरहेका अधिकारकर्मीहरू
आफै ँ अनुसन्धानमा संलग्न हुँदा सार्वजनिक ज्ञान उत्पादनको क्षेत्र फराकिलो हुने अपेक्षा
गरिएको थियो । परियोजनाको पहिलो चरणमा उल्लिखित तीन जिल्लाका शैक्षिक/प्राज्ञिक
संस्था (खास गरी क्याम्पस), सामाजिक संस्था (गैरसरकारी संस्था वा गैसस) र सार्वजनिक
बौद्धिक/पत्रकारिता क्षेत्रको संस्थागत मूल्यांकन गरिएको थियो । यस क्रममा सन् २०१७
को डिसेम्बरपछि पश्चिम तराईका तीन जिल्लामा पटक-पटक गएर तीन दर्जनभन्दा धेरै
व्यक्तिसँग भेटघाट, कुराकानी तथा अवलोकन गरी विभिन्न संस्थाबारे तथ्यांक संकलन
गरिएको थियो । संस्थागत मूल्यांकनको उद्देश्य पश्चिम तराईका यी संस्थागत क्षेत्रमा संलग्न
पै र वी-अनुस न्धानकर्ताहरूको खोजी गर्नु र उनीहरूमा आलोचनात्मक सं व ादका लागि
चाहिने अनुसन्धान क्षमताको आकलन गर्नु थियो, ताकि सो क्षमतालाई अभिवृद्धि गर्न
सकियोस् । सो मूल्यांकनको विस्तृत चर्चा मार्टि न चौतारीले प्रकाशन गरे को शोध-संक्षेपमा
गरिसकिएको छ (हेर्नुहोस्, मार्टि न चौतारी २०७६) ।
दोस्रो चरणमा, उल्लिखित जिल्लामा विभिन्न सं स ्थागत अवस्थितिमा कार्यरत
व्यक्तिहरूलाई अनुस न्धान-प्रशिक्षणमा सहभागी हु न विभिन्न चरणको प्रक्रिया मार्फत


2 | सोहन प्रसाद साह

छनोट गरियो । छनोट भएका १३ जनाले मार्टि न चौतारी र यस परियोजनाका साझेदार


कपिलवस्तुस्थित मधेश मानवअधिकार गृह (माहुरी होम) ले आयोजना गरे का थुप्रै प्रशिक्षण
र ले ख न कार्यशालामा भाग लिए । र, आफू ले प्रस्तुत गरे क ा अवधारणाका आधारमा
अनुसन्धान, लेखन एवं पुनर्लेखन अगाडि बढाए । तीमध्ये ११ जनाले आफ्नो लेखलाई
प्रकाशनयोग्य बनाए । यो पुस्तक तिनै लेखहरूको संग्रह हो ।
विभिन्न सामाजिक मुद् दामा आफू ले गरिआएको पै र वीलाई नछोडी समुद ायमै रहेर
तथ्यांक संकलन लगायतका अनुसन्धान मूलक गतिविधिमा पनि संलग्न रहने व्यक्तिहरूलाई
हामीले यहाँ पैदल अनुसन्धाता (वा अंग्रेजीमा बेयरफुट रिसर्चर) भनेका छौ ँ । र, तिनले
गर्ने अनुसन्धान कार्यलाई पैदल अनुसन्धान भनेका छौ,ँ जसको विस्तृत व्याख्या दोस्रो
खण्डमा गरिएको छ ।
यो परिचयको पहिलो खण्डमा पश्चिम तराईका उल्लिखित तीन जिल्लामा गरिएको
संस्थागत मूल्यांकनको सार प्रस्तुत गरिनेछ । दोस्रो खण्डमा अनुसन्धान क्षमता अभिवृद्धि
सम्बन्धी क्रियाकलाप अन्तर्गत सम्बन्धित अनुसन्धानकर्ता तथा मार्टि न चौतारीले सँगालेका
अनुभवलाई “पैदल अनुसन्धान” को अवधारणाको रूपमा चर्चा गरिएको छ । परियोजनाको
भौतिक उपजको रूपमा उत्पादित यो पुस्तकका विषयवस्तु र विशेषताबारे अन्तिम खण्डमा
चर्चा गरिएको छ ।

पश्चिम तराईमा अधिकारमुखी पैरवीको ससं ्थागत मूल्यांकन


सन् १९९० पछिका अढाई दशकमा ने प ालमा थुप्रै सामाजिक आन्दोलन, माओवादी
विद्रोह (सन् १९९६­–२००६) र मधेस आन्दोलन (सन् २००७, २००८ र २०१५) भए ।
यी सामाजिक आन्दोलन र विद्रोहको जगमा नेपालमा समावेशी र संघीय व्यवस्थाका नयाँ
संस्थागत संरचनाहरू प्रारम्भ गरिए । तर शान्ति स्थापना, मानवअधिकारको प्रत्याभूति
र सामाजिक न्यायका लागि संघर्ष अद्यापि जारी छ । पश्चिम तराईका अधिकारकर्मी र
राजनीतिक व्यक्तिहरूसँग गरिएका संवादबाट खास गरी आफ्ना अधिकारप्रति जागरुक
मधेसी र थारू समुदाय अझै मानसिक रूपमा सामान्य अवस्थामा फर्कि ई नसके को बुझिन्छ ।
यस्तो परिस्थितिमा पश्चिम तराईमा अधिकारकर्मीहरूले के -कस्तो संस्थागत परिदृश्यमा
काम गरिरहेक ा छन् ? के आलोचनात्मक सं व ादका लागि चाहिने अनुस न्धान क्षमता
उनीहरूसँग छ ? के उनीहरूमा शान्ति स्थापना, मानवअधिकारको प्रवर्द्धन र सामाजिक
न्यायका लागि लड्न आवश्यक ज्ञान र स्रोत छ ? यिनै सामाजिक-राजनीतिक परिवेश
र महत्त्वपूर्ण प्रश्नहरूको सेरोफे रोमा शैक्षिक/प्राज्ञिक संस्था, अधिकारमुखी पैरवी संस्था, र
सार्वजनिक बौद्धिक/पत्रकारिता क्षेत्रको संस्थागत मूल्यांकन गरिएको थियो । यो संस्थागत
मूल ्यांकनको उद्देश ्य पै र वी-अनुस न्धानमा रहेक ा कमी-कमजोरीलाई पत्ता लगाएर पै द ल
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 3

अनुसन्धान र प्रकाशनको माध्यमबाट यी तीन क्षेत्रलाई एकअर्कासँग जोड्न र उनीहरूबीच


सम्पर्क बढाउन कोसिस गर्नु पनि हो, जसले गर्दा तथ्य, तथ्यांक, र तथ्यपरक विश्ले षणका
आधारमा पैरवी गर्न सकियोस् ।

शैक्षिक/प्राज्ञिक क्षेत्र
अधिकारमुखी पैरवीको दृष्टिकोणबाट हेर्ने हो भने पश्चिम तराईको प्राज्ञिक क्षेत्रको अवस्था
त्यति उत्साहजनक देखिँदैन । संस्थागत मूल्यांकन (मार्टि न चौतारी २०७६) बाट के भन्न
सकिन्छ भने जिल्लाको कुल जनसंख्याको अनुपातमा मानविकी र समाज विज्ञानमा भर्ना
भएका विद्यार्थीको संख्या निकै थोरै छ । एक त, समाज विज्ञानमा स्नातकोत्तर तहको पढाइ
हुने क्याम्पस नै कम छन्, अर्को, पढाइ हुने ठाउँ मा पनि निकै थोरै विषय मात्र पढाइन्छ ।
विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरू भने धेरै छन् । प्राज्ञिक र पैरवी-अनुसन्धान दवु ैतर्फ
खासै रुचि त्यहाँ देखिँदैन ।
क्याम्पसमा अध्यापनरत एकथरी शिक्षक “पढाउनमै” मात्रै व्यस्त छन् । शिक्षण पेशामा
निर्भरहरूको मुख ्य चिन्ता जीविकोपार्जन भएकाले उनीहरूलाई पै र वी-अनुस न्धान गर्न
समय मिल्दैन, अनि अनुसन्धानमा लाग्न उनीहरूलाई कुनै प्रोत्साहन छै न । दोस्रो खाले
शिक्षकहरू व्यक्तिगत रुचि र क्षमताका आधारमा सामाजिक आन्दोलनमा सक्रिय छन् । तर,
विभिन्न सामाजिक-राजनीतिक र संस्थागत कठिनाइले उनीहरूले पनि ती आन्दोलनबारे
लेखिरहेका छै नन् ।
अधिकारमुख ी पै र वी-अनुस न्धान या त छै न , कतै छ भने सो धे रै नै कमजोर छ ।
व्यक्तिगत पहलमा गरिएका के ही अनुसन्धान (अपवाद) बाहेक प्राज्ञिक क्षेत्र अनुसन्धानमा
संलग्न छै न, अझ पैरवी अनुसन्धानमा त झन् छँ दै छै न । नवलपरासीका एक पत्रकार एवं
अधिकारकर्मीको प्रतिक्रिया थियो, “सामाजिक आन्दोलनहरूमा शैक्षिक क्षेत्रको योगदान
न्यून छ, अथवा छँ दै छै न भन्न सकिन्छ ।”1
पुस्तकालयलाई अनुसन्धानको पूर्वाधार र ज्ञानको स्रोत सम्मको पहुँचको सूचक मान्ने
हो भने यस क्षेत्रकै पुरानो सार्वजनिक पुस्तकालयका रूपमा चिनिने बुटवलको महावीर
पुस्तकालय लगभग प्रयोगविहीन अवस्थामा छ । बुटवल बहु मुखी क्याम्पस र भैरहवा
क्याम्पसका पुस्तकालय के वल पाठ्यपुस्तक र पत्रिका पढ्नका लागि मात्रै विद्यार्थीहरूले
प्रयोग गर्छन् । प्रायः सार्वजनिक पुस्तकालय पनि पत्रपत्रिका पढ्ने थलोमात्र भएका छन् ।

1
पत्रकार एवं अधिकार्मी वृजराज कुशवाहासँग मे १५, २०१९ मा गरिएको कुराकानी ।
4 | सोहन प्रसाद साह

गैरसरकारी ससं ्थाको अवस्था


कमजोर प्राज्ञिक पूर्वाधारले पश्चिम तराईका गैससहरूको अधिकारमुखी पैरवी-अनुसन्धानमा
पनि प्रतिकूल प्रभाव परे को छ । अनुसन्धानको लागि विषयको छनोट, सम्बन्धित विषयमा
पूर्व-प्रकाशित ज्ञानको अध्ययन, तथ्यांक संकलन, तथ्यांकको विश्ले षण र व्याख्या गर्ने जस्ता
क्षमता/जानकारी अनुसन्धातामा हुन आवश्यक छ । तर प्रायः स्थानीय अधिकारकर्मीहरू
दाताका लागि तथ्यांक जुटाइदिने माध्यम मात्र बनेका छन् । अनुसन्धानका सबै प्रक्रिया
र चरणमा सं ल ग्न नगरिने भएकाले उनीहरूमा ती क्षमताको विकास भएको छै न ।
रुपन्देहीमा अवस्थित एक अन्तर्राष्ट्रिय गैससमा काम गर्ने अर्का अभियन्ताका अनुसार
गैसस अभियन्ताहरू फगत दर्शकमात्र हुन्; परियोजनाका विभिन्न पक्षबारे र परियोजना
अन्तर्गत यदि पैरवी-अनुसन्धानको पाटो पनि छ भने सोबारे के -कसरी गर्ने भन्ने निर्णय
माथि नै गरिसकिएको हु न ्छ । 2 अनुस न्धानबाट प्राप्त तथ्यां क र ज्ञानको स्वामित्व पनि
दाताकै मात्र हु ने हु नाले यसले ज्ञानको खाडललाई झन् गहि¥ याइदिएको छ । स्थानीय
अधिकारकर्मी लगायतका सरोकारवालाहरू सम्बन्धित विषय र मुद्दामा राम्रो दखल राख्ने
भए पनि अनुसन्धानमा उनीहरूको सक्रिय र पूर्ण सहभागिता नहुँदा, र अनुसन्धानका तथ्य
र तथ्यांकमा उनीहरूको र समुदायको स्वामित्व नहुँदा उनीहरूले विषयलाई सैद्धान्तिक र
तार्कि क व्याख्या-विश्लेषण गरी प्रकाशन-प्रसारण गर्ने मौका पाउँ दैनन् ।
अनुसन्धानको महत्त्व नबुझ्नाले पनि गैससहरू अधिकारमुखी पैरवी-अनुसन्धानमा लाग्न
सके का छै नन् । पैरवीलाई अनुसन्धान र लेखनसँग पनि जोड्नु पर्छ भन्ने कुरा गैससमा काम
गर्ने अभियन्ताहरूलाई महसुस भएको देखिँदैन । कपिलवस्तुकी एक अभियन्ता लक्ष्मी
श्रेष्ठका अनुसार स्थानीय पेशाकर्मी वा अधिकारकर्मी भएकाले उनीहरूसँग पहिलेदेखि नै
जानकारी, सान्दर्भिक तथ्य र स्थलगत अनुभव त छ तर अनुसन्धान प्रक्रियामा उनीहरूलाई
संलग्न गराइँदैन । उनी भन्छिन्, “प्रतिवेदन अरूले नै लेख्छन् जुन हेर्दा हामी आफै ँ अचम्ममा
पर्छौं । विषयमा दखल नै नभएको मानिसले प्रतिवेदन लेखेको हुन्छ र महत्त्वपूर्ण विषयलाई
बेवास्ता गरिएको हुन्छ । हामीलाई कसरी लेख्ने भन्ने कुरा थाहा नहोला तर अनुसन्धान
कस्तो देखिनुपर्छ भन्ने त थाहा छ नि ।”3
स्थानीय पेशाकर्मी वा अधिकारकर्मीलाई अनुसन्धानका सम्पूर्ण प्रक्रियामा सहभागी
गराउन सके उनीहरूले आफूसँग भएको जानकारी र तथ्यलाई लेखनमा ढाल्न सक्छन् । यसले
उनीहरूलाई स्वतन्त्र, स्वावलम्बी, र निष्पक्ष रूपमा पैरवी-अनुसन्धानमा लाग्न प्रोत्साहन
मिल्छ ।

2
अभियन्ता राजकिशोर रजकसँग मे ३, २०१९ मा गरिएको कुराकानी ।
3
श्रेष्ठसँग मे ३, २०१९ मा गरिएको कुराकानी ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 5

सार्वजनिक बौद्धिक/पत्रकारिता क्षेत्रको अवस्था


पत्रकारिता आफै ँ म ा खोज र ले ख नमा आधारित पे श ा हो । त्यस अर्थमा पत्रकारहरू
अनु स न्धानका आधारभू त प्रक्रियासँ ग अभ्यस्त भएका हु न ्छन् । अधिकार सम्बन्धी
मुद्दामा पत्रकार/अभियन्ताको पर्याप्त अनुभव हुँदाहुँदै अनुसन्धान गर्ने क्षमताको अभाव वा
अनुसन्धानका विभिन्न चरणमा आवश्यक पर्ने प्रशिक्षण, सीप र सल्लाह पाउने अवसर
नहुँदा यस क्षेत्रबाट हुन सक्ने पैरवी-अनुसन्धान पनि कमजोर छ ।
रुपन्देहीका एक पत्रकार/अभियन्ताका अनुसार, अधिकांश पत्रकारले कमै मात्र फलो-अप
रिपोर्टि ङ गर्छन् र आफूले गरे का कामको अभिलेख पनि राख्दैनन् । उनका अनुसार, एउटै
घटनालाई लामो समयसम्म पछ्याइरहँदा मात्रै घटनाको बृहत् प्रवृत्ति र महत्त्व पहिल्याउन
सकिने र साँचो अर्थमा अनुसन्धान हुने गर्छ, जसले गर्दा तथ्य-तथ्यांक सहितको लामो
अनुसन्धानात्मक लेख तयार गर्न सकिन्छ ।4 त्यसैले, उपयुक्त तालिम हुने हो भने फलो-
अप रिपोर्टि ङ गरे का पत्रकारहरूले आफ्ना तिनै अभिलेख, रिपोर्टि ङको आधारमा पैरवी-
अनुसन्धान गर्न सक्छन् ।
पत्रकारहरूको सामाजिक अनुसन्धान गर्ने क्षमता र सम्भावनालाई उनीहरूले पैरवी-
अनुस न्धान गर्दा सामना गर्ने चुन ौतीबाट बुझ ्न सकिन्छ । मधे स आन्दोलनको समयमा
मानवअधिकार उल्लंघन र हिंसाका घटनाहरूबारे विभिन्न रिपोर्टि ङ गरे का रुपन्देहीका
अर्का पत्रकार भन्छन्, “दश वर्ष अघिदेखि मैले मानवअधिकार उल्लंघनका घटनाहरूको
दस्तावेजीकरण गरिरहेको छु । मसँग विभिन्न अभिलेखहरू र लामो अनुभव हुँदाहुँदै पनि
मैले त्यसलाई लामो अनुसन्धान मूलक लेख तयार गर्न खोज्दा थुप्रै चुनौती आए ।”5
भुई ं तहको अधिकारमुखी पैरवीलाई अभियन्ताहरूले आवश्यक सीपको अभावमा
आफै ँ ले जुटाएका तथ्य, तथ्यांक, र प्रमाणमा जोड्न सके का छै नन् । अधिकारमुखी पैरवी-
अनुसन्धानको पर्याप्त अभ्यास नभएकाले स्थानीय गैससले आफूले पहिले गरे का पैरवी-
गतिविधिहरूको उचित अभिलेख राख्दैनन् । स्थानीय स्तरमा विभिन्न माध्यमबाट चर्चा
गरिए पनि, तिनले राष्ट्रिय स्तरमा खासै महत्त्व राख्न र ध्यान खिच्न सके का छै नन् । फलतः
तिनले नीति-निर्माणमा असर पारे को देखिँदैन । त्यसैले, पैरवी-अनुसन्धान गर्ने स्थानीय
स्तरका अधिकारमुखी पैरवी संस्थाहरू एक त थोरै संख्यामा छन् । दोस्रो, जे जति छन्
ती पनि कमजोर छन् र उनीहरूबीच आपसी संयोजन, सहकार्य छै न ।
संस्थागत मूल्यांकनद्वारा यी कमी-कमजोरीलाई पत्ता लगाएर स्थानीय स्तरमा खटे र
गरिने अनुस न्धानमा आधारित भएर बहस, सं घ र्ष, र आवाज मार्फत यी तीन क्षेत्रलाई
एकअर्कासँग जोड्न र तिनीहरूबीच सम्पर्क बढाउन कोसिस गर्नु पनि यो परियोजनाको
4
पत्रकार/अभियन्ता दीपक ज्ञवालीसँग मे १५, २०१९ मा गरिएको कुराकानी ।
5
रामविकास चौधरीसँग मे १५, २०१९ मा गरिएको कुराकानी ।
6 | सोहन प्रसाद साह

उद्देश्य थियो । नेपालको सार्वजनिक वृत्तलाई फराकिलो पार्ने काममा अध्ययन-अनुसन्धान,


सार्वजनिक बहस, लेखन-प्रकाशन लगायतका बौद्धिक-प्राज्ञिक कार्य गरिआएको संस्थाको
हैसियतले मार्टि न चौतारीले पश्चिम तराईमा उल्लिखित तीन क्षेत्रबीच समन्वय र सम्पर्क
बढाउने कार्यलाई अघि बढाउन मानवअधिकार क्षेत्रमा उल्लेखनीय काम गरे को माहुरी
होमसँग सहकार्य गरे को हो । यसले भविष्यमा अनुसन्धान-लेखन-प्रकाशन कार्यमा पश्चिम
तराईकै स्रोत-साधनयुक्त र नेतृत्वदायी संस्थाको रूपमा स्थापित हुने गरी सो संस्थाको पनि
क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पैदल अनुसन्धान
भुई ं तहमा पैरवी-अनुसन्धान गरिरहेका अध्येता, अभियन्ता, अधिकारकर्मी, सञ्चारकर्मी,
वा साधारणजनले अध्ययन-अनुसन्धानमा रुचि राख्ने र लेख्ने कामलाई हामीले “पैदल
अनुसन्धान” वा अंग्रेजीमा “बेयरफुट रिसर्च” भनेका छौ ँ (ड्रे ज सन् २००२ : ८१७) ।6
यहाँ हामीले पैदल अनुसन्धानलाई प्राज्ञिक, सहभागिता मूलक, र कार्य मूलक (एक्सन)
अनुसन्धानभन्दा फरक ढंगले हेरेका छौ ँ ।
विशेषणका रूपमा “पैदल” को अवधारणा विभिन्न पेशा र पेशाकर्मीसँग जोडे र प्रयोग
गर्ने प्रचलन छ । जस्तै, पैदल डाक्टर, पैदल पत्रकार, पैदल वकिल, पैदल शिक्षक, पैदल
महामारीविज्ञ, आदि, जसलाई भिन्न-भिन्न समय, स्थान र परिस्थितिमा भिन्न-भिन्न रूपमा
परिभाषित गरिएका छन् । उदाहरणको लागि, चीनका दर्गु म गाउँ मा स्वास्थ्य सेवा दिन सन्
१९६८ तिर न्यूनतम औपचारिक शिक्षा मात्र भएका तर स्वास्थ्य क्षेत्रमा कामको अनुभव
र तालिम लिएका स्थानीय स्वास्थ्य स्वयं से व क (प्यारामे ड िक) लाई पै द ल डाक्टरको
अवधारणाभित्र ल्याइएको थियो (झाङ र अनशुल्ड सन् २००८) । नेपालमा दुर्गम भनिने
क्षेत्रका बासिन्दाका परिस्थिति, घटना र प्रक्रियाबारे पत्रपत्रिकामा लेख्ने पत्रकारहरूको
सञ्जाल बनाउन पैदल पत्रकार तयार गर्ने तालिम दिइएको थियो (कोइराला र विष्ट सन्
१९९५) । त्यसै गरी, दक्षिण अफ्रिकामा दुर्गम क्षेत्रका बासिन्दालाई शिक्षा दिन र शिक्षण
कार्य गर्न इजाजत नलिएका तथा निपुण भइनसके का शिक्षकहरूलाई व्यावसायिक बन्न
एवं शिक्षण कामबाटै औपचारिक शिक्षा पाउन पैदल शिक्षकको अवधारणा प्रयोग गरिएको
थियो (हेनि ङ सन् २०००) । साथै , चीनको द्वन्द्व प्रभावित दुर्ग म क्षेत्रमा पछाडि परे क ा
वर्गलाई स्व-प्रशिक्षित र स्थानीय अदालतमा मुद्दा दर्ता गर्ने र उजुरी दिने सम्मको तालिम
पाएका पैदल वकिलहरूले न्याय सेवा दिएका थिए (लियु सन् २००२) । यसरी “पैदल” को
अवधारणालाई छोटो समयमा मितव्ययी ढंगले विभिन्न सामाजिक, आर्थिक, र राजनीतिक
6
अंग्रेजीको “बेयरफुट” को सुहाउँ दो र सटिक नेपाली शब्द नभएको हुनाले यसलाई यहाँ
“पैदल” भनेर अनुवाद गरिएको हो । पैदलले भुई ं सँगको निकट सम्बन्धलाई जनाउँ छ ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 7

चुनौती भएका ठाउँ का समुदायलाई तालिम-प्राप्त पैदल पेशाकर्मीहरूबाट छरितो सेवा दिने
भन्ने अर्थमा उपयोग गरिएको बुझ्न सकिन्छ ।
सामाजिक अनुसन्धानको सन्दर्भमा भने पैदल अनुसन्धानले चार ओटा विषयलाई इगित ं
गर्छ : (१) दिनहुँ आइपर्ने सामाजिक समस्याहरूलाई निरन्तर रूपमा सामाजिक अनुसन्धान
र मूल्यांकनबाट बुझ्ने र समाधान गर्ने;7 (२) मजदूरले आफ्नो हकहितको सुरक्षाको लागि
आफै ँ अध्ययन-अनुसन्धान गर्ने (कीथ र अरू सन् २००२); (३) समुदायलाई सशक्तीकरण
गरी बाहिरी मध्यस्थताबिना समदु ाय भित्रैबाट आफ्नो जीविकोपार्जनको समाधान खोज़्ने (रोय
र हार्टि गन सन् २००८); र (४) अनुसन्धानको क्रममा स्वःगणना र स्वःदस्तावेजीकरणको
महत्त्वलाई दर्शाउने (अप्पादुराई सन् २०१२) । यसले गर्दा आकांक्षिक क्षमतालाई बल
पुग्छ र अनुसन्धानको माध्यमबाट स्थानीय स्तरमा बुझ्ने, सिक्ने-सिकाउने र समाधान गर्ने
प्रक्रियालाई बल पुग्छ ।
पैदल अनुसन्धानका दुई मुख्य विशेषता छन् : पहिलो, यसले सामाजिक अनुसन्धान
गर्ने अवसरबाट प्रत्यक्ष वा अप्रत्यक्ष तवरमा बाहिर परे कालाई अनुसन्धानमा सामेल हुने
मौका दिन्छ, र भुई ं तहबाट ज्ञान निर्माण गर्छ । दोस्रो, यसले भुई ं तहका व्यक्तिहरूलाई
उनीहरूको “अनुसन्धानको अधिकार” (अप्पादरु ाई सन् २००६) को दाबीलाई स्वीकारे र
“लोकतान्त्रिक नागरिक” (ड्रे ज सन् २००२) को हैसियत प्राप्तिको वकालत गर्न सघाउँ छ ।
ने पालमा समय-समयमा हु ने गरे का संघ र्ष, आन्दोलन र राज्य व्यवस्था परिवर्तनले
समाज र देशबारे चिन्तन गर्ने प्राज्ञिक, बौद्धिक, र सचेत नागरिकको जमात बढाएको छ ।
तर भुई ं तहका मानिसको आवाजलाई स्थानीयदेखि प्रदेश हुँदै संघसम्म प्रतिबिम्बित गरे र
लोकतन्त्रलाई सबल बनाउन भने सके को छै न । स्थानीय, प्रादेशिक र संघीय तहमा हुने
गरे का बहसमा भुई ं तहका प्राज्ञिक, अभियन्ता र नागरिक समाजको भूमिका बढाउन र
ती बहसलाई प्रभावित पार्न पैदल अनुसन्धान जस्ता कार्य जरुरी छ । उदाहरणका लागि
तराई-मधेसमा उठे का राष्ट्रिय स्तरका विभिन्न जल्दाबल्दा सवाललाई खास गरी काठमाडौमँ ा
बस्ने बौद्धिक वर्गले उठाइरहेका त छन्, तर काठमाडौ ँ बाहिर मधेसका स्थानीय तहका
व्यक्ति वा संस्थाहरूले अनुसन्धान र पै रवी गरे र राष्ट्रिय स्तरमा मुद्दा उठान गरे को भने
विरै ले भेटिन्छ । यो परियोजनाले यस्ता स्थानीय वा राष्ट्रिय स्तरका सवालमा कार्यरत र
अध्ययनरत व्यक्ति र संस्थाको क्षमता र आकांक्षाको अभिवृद्धि गरे र उनीहरूको अनुसन्धान
गर्ने क्षमता र अधिकारलाई मुखरित गर्न सघाएको छ ।
यस्तो पैदल अनुसन्धानको पहल विभिन्न सामाजिक-राजनीतिक व्यावधानका कारण
ज्ञान उत्पादन, प्रसार, र वितरणमा खास गरी के न्द्र र मोफसलबीच उत्पन्न असमान बौद्धिक-
प्राज्ञिक संरचना र परिदृश्यबाट उठ्ने गर्छ । यसको कारण अनुसन्धानका पूर्वाधारको कमी
7
हेर्नुहोस्, www.barefootresearch.org.uk/projects/; अक्टोबर ४, २०१८ मा हेरिएको ।
8 | सोहन प्रसाद साह

हुनुदेखि लिएर ज्ञानको स्रोत, अध्ययन, सिकाइ र लेखन-प्रकाशनको अवसरको पहुँचबाट


टाढा हुनु हो । साथै, भुई ं तहमा गर्न सकिने वा हुने अधिकारमुखी पैरवी-अनुसन्धान कार्यमा
प्राज्ञिक र नागरिक समाज वर्गको चासो र योगदानको कमीको कारणले पनि ज्ञान उत्पादन
र प्रसारको कार्य के न्द्रीकृ त भएको हुन्छ ।
हाम्रा लागि पैदल अनुसन्धानको औचित्य र अग्रसरताका लागि तीन किसिमका अवस्था
र आधार विद्यमान थिए । पहिलो, नेपालका विश्वविद्यालयहरूमा सामाजिक अनुसन्धान
लगायतका प्राज्ञिक कार्यको अवस्था दयनीय छ नै, काठमाडौ ँ बाहिर त औपचारिक शिक्षाको
गुणस्तर अझ कमजोर छ । त्यस्तै, अनुसन्धानका लागि आधारभूत रूपमा चाहिने तालिम,
पूर्वाधार (जस्तो पुस्तकालय, अनुसन्धान गोष्ठी/कार्यशाला), बौद्धिक-प्राज्ञिक समुदायको
सहयोग र सामाजिक एवं आर्थिक पँूजी नगण्यप्रायः छ, जसको चर्चा माथि गरिसकिएको
छ । त्यसै ले , विश्वविद्यालयभन्दा बाहिरका क्षेत्रमा समाज विज्ञान अनुस न्धानलाई भुई ं
तहबाट र लोकतान्त्रिक तवरले उठान गर्नु एउटा विकल्प हुन सक्छ भन्ने विश्वासमा यो
प्रयास अघि बढाइएको हो ।8
दोस्रो, “अनुसन्धान” को आफ्नै राजनीति छ । के -के गरियो भने त्यो अनुसन्धान हुन्छ;
त्यो कसले, कसका लागि गर्छ भन्नेबारे सोच्न जरुरी हुन्छ । खास गरी विशेषाधिकार प्राप्त
(प्रिभिलेज्ड) वर्गको सांस्कृतिक धारणामा आधारित भएर र उनीहरूका स्वार्थ (भौतिक
र वैचारिक) पूरा गर्न “अनुसन्धान” गरिन्छ भन्ने आलोचना पनि नभएका होइनन् । साथै,
प्राज्ञिक अनुस न्धानमा दसी-प्रमाणको मापदण्ड धेरै उच्च हु ने र त्यसका लागि गम्भीर
औपचारिक तालिम र निश्चित पद्दति पछ्याउनु पर्ने हुन्छ । अनुभवमा आधारित व्याख्यात्मक-
विवेचनात्मक अभ्यासभन्दा पनि “प्रमाणमा आधारित” नीतिगत अनुसन्धानको माग गरिन्छ ।
तर ड्रेज (सन् २०१९) ले भनेजस्तै अनुभवलाई प्रमाण मानिएन भने नीति निर्माण थोरै
ज्ञानमा मात्रै सीमित हुनसक्छ । त्यसैले, पैदल अनुसन्धान भनेको अनुभवमा आधारित
ज्ञानमा जोड दिँदै प्राज्ञिक क्षेत्रमा अभ्यास गरिने “प्रमाणमा आधारित” भन्ने निहुँमा गरिने
अनुसन्धानको राजनीतिलाई के ही हदसम्म प्रश्न गर्ने, चुनौती दिने प्रयास हो ।
तेस्रो, भुई ं तहमा काम गर्ने स्थानीय व्यक्ति र संस्थाहरूका अनुभव र ज्ञानको कदर गर्दै
समाज विज्ञानको अनुसन्धानलाई अझ लोकतान्त्रिक बनाउन यसले सघाउँ छ । एकतिर
स्थानीय मुद्दाहरू पनि स्थानीयका साथसाथै राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण हु न सक्छन्
भने अर्कोतिर स्थानीयहरूबाटै तिनको उठान, विश्ले षण वा समाधान खोजिनु/हु नु बढी
औचित्यपूर्ण हुन्छ । साथै, बाहिरबाट हुने अध्ययन-अनुसन्धानले स्थानीयबारे ज्ञान उत्पादन
8
विश्वविद्यालय सं र चनाबाहिर समाज विज्ञान अनुस न्धानमा नयाँ पुस ्तालाई आकर्षित र
प्रशिक्षित गर्न एवं ज्ञान उत्पादनमा भइरहेको लोकतान्त्रिक अभ्यास सम्बन्धी जानकारीका लागि
हेर्नुहोस्, वन्त (२०६२) ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 9

गर्ने तर त्यस्तो ज्ञान उत्पादनमा स्थानीयकै सहभागिता नहुने र ती अध्ययन-अनुसन्धानको


बलमा उत्पादित ज्ञानको आधारमा हु ने निर्णय प्रक्रियामा पनि स्थानीयको सहभागिता
नरहने हु न ्छ । त्यसै ले , स्थानीयहरूको ज्ञान हासिल गर्ने क्षमता वृद् धि गरे र उनीहरूलाई
सशक्त तुल्याउन आवश्यक छ । पश्चिम तराईमा गरिएको यो पैदल अनुसन्धान अभ्यास
यसै सिलसिलामा गरिएको एउटा प्रयोग र प्रयास हो ।
पैदल अनुसन्धानको अभ्यास गर्ने क्रममा हामीले माथि उल्लेख गरिए झै ँ के ही चरण
पार ग¥ यौ ँ । पहिले, पैरवी अनुसन्धानका सन्दर्भमा तीन जिल्लामा अवस्थित संस्थागत
परिस्थितिको समग्र मूल ्यां क न गरियो । सं स ्थागत मूल ्यां क नको क्रममा तीन दर्जनभन्दा
बढी व्यक्तिहरूलाई सम्पर्क गरिएको थियो । अनुसन्धान पूर्वाधार र वातावरण, सम्भावित
अनु स न्धाताका व्यक्तिगत रुचि, उनीहरूले गर्ने दै नि क पै र वी र व्यावसायिक कर्मबारे
कुराकानी गर्नुका साथै उनीहरूकै कार्यस्थलमा गएर अवलोकन समेत गरिएको थियो ।
साथै , उनीहरूलाई अनुस न्धान क्षमता अभिवृद् धि सम्बन्धी कार्यक्रमबारे जानकारी दिँदै
त्यसमा सं ग ्लग्न हु न प्रोत्साहित गरिएको थियो । यस क्रममा पहिलो चरणको समाज
विज्ञान अनुसन्धान सम्बन्धी तालिम/कार्यशालामा जम्मा २२ जना सहभागी भएका थिए ।
सहभागीहरूलाई आफूले गर्न चाहेको अनुसन्धानबारे लेख्न भनिएको थियो अनि आफ्ना
योजनाबारे उनीहरूले प्रस्तुति दिएका थिए । आफूले प्रस्तुत गरे का विषयवस्तुप्रति उनीहरूको
अभिरुचि र सक्रियता तथा प्रस्तुत गरे का अनुसन्धानका अवधारणाका आधारमा १३ जना
पैदल अनुसन्धाताहरू छनोट गरिएका थियो ।
यस्तो बौद्धिक-प्राज्ञिक परिदृश्य र अधिकारमा आधारित पै र वीका विषयहरूको
आकलनको काम डिसेम्बर २०१७ देखि जुन २०१८ सम्म गरिएको थियो । क्रमिक छनोटमा
दुई कुराले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पहिलो, स्थानीय तवरमा सक्रिय भएकाले
उनीहरूमा आ-आफ्ना विषयमा पर्याप्त सूचना र सम्पर्क -सम्बन्ध हुन्छन् भन्ने अपेक्षा थियो,
जसको आधारमा उनीहरूले तुरुन्तै अनुसन्धानको विषय प्रस्ताव गर्न सक्नेछन् र एउटा
निश्चित समयावधिमा अध्ययन-खोजी गरे र लेखन कार्य गर्नेछन् भन्ने ठानिएको थियो ।
छनोट गर्दा सामान्यतया मानविकी तथा समाज विज्ञानमा स्नातक तह उत्तीर्ण भएका र
पश्चिम तराईका तीन जिल्ला—नवलपरासी, रुपन्देही र कपिलवस्तु—मध्ये कुनै एकमा
काम गरिरहेक ो हु नुप र्ने मापदण्ड तोकिएको थियो । दोस्रो, छनोट गर्दा विविधतालाई
ध्यान दिइएको थियो—भूगोल, जाति, लिंग, पेशा, संस्था, मुद्दा, र विषयका आधारमा ।

लेखन क्षमता अभिवद्ृ धि


अनुसन्धान, दस्तावेजीकरण र लेखन “क्षमता अभिवृद्धि” को दाबीलाई तबसम्म विश्वास गर्न
सकिन्न जबसम्म पैदल अनुसन्धानको उपजले एउटा मूर्त आकार (प्रकाशनका हिसाबले)
10 | सोहन प्रसाद साह

ग्रहण गर्दैन वा त्यस्तो अनुसन्धानले प्रत्यक्ष कुनै नीतिगत प्रभाव पार्दैन । तर, यस्तो असरको
सम्भावना भने कुन परिस्थितिमा यस्तो क्षमता अभिवृद्धिको अभ्यास गरियो भन्नेमा पनि
भर पर्छ ।9 पहिलो, अनुसन्धाताहरूले सीमित अनुसन्धान-पूर्वाधारमा टे केर काम शुरू
गरे —जस्तै, पुस्तकालय र सन्दर्भ-सूची/सामग्रीको नगण्य उपलब्धता; विज्ञ सम्मको पहुँच
र ती सँगको संगतको कमी; विश्वविद्यालय स्तरको शिक्षाको कमजोर गुणस्तर; र तालिम,
गोष्ठी वा कार्यशाला तथा “मेन्टरिङ” को अभाव । दोस्रो, पेशाकर्मीको रूपमा आ-आफ्नो
ज्ञान-क्षेत्रमा उनीहरूका भोगाइ, अनुभव, र अवलोकनलाई चित्रण गर्ने क्रममा उनीहरूले
समाज विज्ञानका कुनै विशेष अवधारणा (कन्सेप्ट), सिद्धान्त, विधिलाई अपनाएनन् ।
त्यसैले उनीहरूले आफ्ना अनुसन्धान-प्रश्न एवं -नतिजालाई संसारका अरू अनुभव र ज्ञान-
भण्डारमा अवस्थित गर्ने वा तुलना (रे फरे न्सिङ/लोके टिङ) गरे नन् । तेस्रो, न उनीहरूलाई
विश्वविद्यालयका शिक्षक वा प्राज्ञहरूलाई जस्तो “कि प्रकाशन गर, नभए निस्क” भन्ने
दबाब छ, न पेशेवर अनुसन्धाता जस्तो सधै ँभरि अनुसन्धानलाई अँगाल्नुपर्ने बाध्यता नै छ ।
यस्तो परिस्थितिमा सबैलाई एकै खालको तालिम उपयुक्त हुन सक्दैनथ्यो । प्रत्येक
अनुसन्धाताका आफ्ना छुट्टै विशेष आवश्यकतालाई सम्बोधन गर्ने खालको तालिम र
मेन्टरिङ हुनुपर्थ्यो । त्यसै गरी, अनुसन्धाताहरूको विविध कार्यक्षेत्र, शैली र रुचि भएका
कारणले तालिमको विषयवस्तुको मात्रा पनि पूर्व निर्धारण गर्न सकिन्नथ्यो । यिनै कारण
यो परियोजना अन्तर्गत एउटा औपचारिक र तीन ओटा अनौपचारिक तालिम/कार्यशाला
गरिए । औपचारिक तालिम पैदल अनुसन्धाताहरूको अन्तिम छनोटअघि गरिएको थियो ।
समाज विज्ञान अनुसन्धानका विविध पक्ष तथा नेपाली समाज र उनीहरूले रोजेका विषयसँग
सम्बन्धित सामग्रीहरू कार्यशालामा उपयोग गरिएको थियो। सामग्री छनोट गर्ने सिलसिलामा
नेपाली समाजलाई र अझ त्यसमा पनि खास गरी तराई-मधेसको समाजलाई बुझ्न मद्दत
गर्ने समाज विज्ञानका विभिन्न महत्त्वपूर्ण विचार र अवधारणा समेटिएका सामग्री कसरी
स्रोत व्यक्तिहरू मार्फत् अनुसन्धाताहरूलाई पस्कने भन्नेबारे मार्टि न चौतारीका र अन्य
प्राज्ञिक व्यक्तिहरूसँग व्यापक छलफल गरिएको थियो । यसको उद्देश्य अनुसन्धाताहरूलाई
उनीहरूको रुचिको विषयमा अनुसन्धान गर्न प्रोत्साहित गर्नु थियो ।
सात पानाको सान्दर्भिक सामग्रीको सूची एवं सम्भावित अनुसन्धाताका रोजाइका
विषयसँग सम्बन्धित लामा (प्राज्ञिक) र छोटा (विचार-लेख) सहभागीहरूलाई उपलब्ध
गराइएको थियो । छानिएका ले खमा आधारित रही विभिन्न विषयगत छलफल गरिए;
स्रोत व्यक्तिहरूले ती विषय या मुद्दाबारे आफ्ना विचार पस्किए । आफूले गर्न चाहेको
अनुसन्धानको विषयवस्तुबारे अनुसन्धाताहरूले पेश गरे का प्रस्तावना वा अवधारणा उपर
9
यो कुरा मार्टि न चौतारीका योगेश राजले जुन २०, २०१९ मा भएको कुराकानीमा सुझाएका
हुन् ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 11

स्रोत व्यक्तिहरूले टिप्पणी र सुझाव दिएका थिए । प्रायः अनुसन्धाता आफ्नो विषयवस्तुमा
पहिलेदेखि डुबेर काम गरे का व्यक्ति भएकाले उनीहरूमा ज्ञान, अनुभव, विज्ञता थियो ।
त्यसैले विषयवस्तुमा भन्दा पनि विषयवस्तुलाई तिखार्ने, विश्ले षण गर्ने, र लेखनको पक्षमा
कार्यशालामा जोड दिइएको थियो । कार्यशालामा अनौपचारिक हिसाबमा गहन छलफल
गर्ने वातावरण बनाइएको थियो । एउटा सहभागीका पृष्ठभूमि र अनुसन्धानको विषय वा
प्रस्तावना अन्य सबैलाई थाहा होस् र अनुसन्धान/लेखनको दौरान एक अर्कालाई सहयोग
गर्न सकून् भनेर यसो गरिएको थियो । यो क्षमता अभिवृद्धि गर्ने र सामाजिक पँूजी जुटाउने
एउटा अंग हो । साथै, सहकर्मीले गरे को अनुसन्धानप्रति रुचि राख्नाले उनीहरूमा सहयोगी
भावनाको साथै के ही हदसम्म प्रतिस्पर्धाको भावना पनि पैदा होस् भन्ने सोच राखिएको
थियो । सो औपचारिक तालिमपछि अन्तिम छनोटमा परे का १३ जना अनुसन्धातालाई
विज्ञहरूका टिप्पणीलाई समेट्दै आफ्ना प्रस्तावनामा थप काम गर्न लगाइयो । ती प्रस्तावनाका
आधारमा मार्टि न चौतारी भित्रका र के ही बाहिरका विज्ञहरूलाई अनुसन्धाताका मेन्टरका
रूपमा तोकिएको थियो ।
तालिमलाई क्षमता अभिवृद् धिको लागि गरिने सामू हि क अभ्यास मान्ने हो भने
मेन्टरिङलाई व्यक्तिगत रूपमा गरिने प्रयास मान्न सकिन्छ । अर्थात्, तालिम/कार्यशालाले
साझा विषय, आकांक्षा, र समस्यालाई सम्बोधन गर्छ भने मेन्टरिङले व्यक्तिगत । मेन्टरले
विशेष गरी अनुसन्धातालाई प्रस्ताव परिमार्जन गर्न र अनुसन्धान-प्रश्न प्रस्ट्याउन सहयोग गर्ने,
अध्ययनको लागि आवश्यक विभिन्न सन्दर्भ-सामग्री उपलब्ध गराउने, लेखका मस्यौदामा
टिप्पणी र सल्लाह-सुझाव दिएर परिमार्जन गर्न सघाउने, र लेखलाई प्रकाशनयोग्य बनाउन
अन्तिम चरणमा कपि-एडिटिङ गर्ने सम्मको कार्य गरे का थिए । कतिपय यी काम टे लिफोन
वा इमेल मार्फत र कतिपय प्रत्यक्ष भेटघाटबाट गरिएका थिए । टे लिफोन वा इमेल मार्फत
मूलतः अध्ययन सामग्री उपलब्ध गराउने, अनुसन्धान-लेखनको प्रगतिबारे बुझ्ने-बुझाउने,
सानातिना जिज्ञासा र समस्या समाधान गरिएका थिए । अनुसन्धाता र मेन्टरबीच प्रत्यक्ष
भेट भने कपिलवस्तुमा गरिएका तालिम तथा गोष्ठीका क्रममा वा अनुसन्धाताहरू काठमाडौ ँ
आएका बखत मार्टि न चौतारीमा भएको थियो । साथै, अनुसन्धान तथा प्रारम्भिक मस्यौदा
लेखन पश्चात् अनुसन्धातालाई आवासको सुविधा सहित बढीमा पाँच दिनसम्म काठमाडौमँ ै
राखेर मेन्टरको प्रत्यक्ष सहयोगमा उनीहरूको प्रारम्भिक मस्यौदालाई आवश्यकता अनुसार
पुनर्लेखन वा परिमार्जन गर्ने वातावरण मिलाइएको थियो । यसबाट अनुसन्धाताले लेखनका
तरिका सिक्नेदेखि लिएर लेख्दा आइपरे का विभिन्न समस्यालाई समाधान गर्ने तथा मेन्टरले
दिएका टिप्पणीलाई राम्ररी बुझे र त्यसलाई सम्बोधन गर्ने मौका पाएका थिए । यस्तो
अभ्यासले टे लिफोन वा इमेलका भरमा गरिने लामो दूरीको मेन्टरिङका क्रममा आउने
सञ्चारगत समस्या र सीमिततालाई हटाउन मद्दत गरे को थियो ।
12 | सोहन प्रसाद साह

पैदल अनुसन्धानको तालिम र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका तालिममा


भिन्नता छ । गैससका तालिममा भुई ं तहकाहरूमा खासमा कुनै “क्षमता” हुँदैन त्यसैले
उनीहरूलाई तालिम दिइनुपर्छ भन्ने मान्यता हुन्छ । तर पैदल अनुसन्धानको तालिममा
व्यक्तिका ज्ञान र अनुभ वको सं ग्र हको आधारमा उनीहरूको आकां क्षा को पहिचान गर्ने
औजारहरू विकास गरिन्छ । रुपन्देहीका एक मानवअधिकारकर्मीलाई पैदल अनुसन्धानको
तालिम र उनले पाएका अन्य तालिममा के भिन्नता छ भनेर सोध्दा, उनको उत्तर थियो,
“[अन्य तालिममा] तालिमपछि विरलै मात्र फलोअप गर्थे र सम्बन्ध त्यहीं अन्त हुने गर्थ्यो ।
तर मार्टि न चौतारीले प्रगति विवरणको माध्यमबाट फलोअप गरिरहन्छ, पूर्व साहित्यका
सामग्री पठाइरहन्छ, र अनु स न्धानका विभिन्न चरणमा औपचारिक र अनौपचारिक
तालिमका सेसनको माध्यमबाट समन्वय गरिरहेको हुन्छ । उसले मस्यौदा पढ्ने, त्यसमा
टिप्पणी गर्ने, तथ्यांक/नतिजालाई क्रसचेक गर्ने र वृहत्तर दृष्टिकोण दिने काम ग¥ यो ।”10
त्यस्तै, कपिलवस्तुकी अर्की एक अनुसन्धाताले मेन्टरिङ प्रक्रियाबारे भनिन्, “यसले मेरो
आत्मविश्वास बढाइदियो । मैले महसुस गरे ँ कि सामाजिक क्षेत्रमा मेरो सक्रियताको कारणले
मसँग पर्याप्त तथ्य/तथ्यांक रहेछ, र मसँग पनि लेख्ने क्षमता रहेछ भन्ने थाहा पाएँ ।”11
मेन्टरिङलाई तालिमकै एउटा अंगको रूपमा लिइएको थियो जसले गर्दा गरे र सिक्ने र प्राप्त
सूचनालाई अनुसन्धानका विभिन्न चरणमा विश्ले षणात्मक रूपमा प्रस्तुत गर्न सकियोस् ।
त्यसैले, पैदल अनुसन्धान समाज विज्ञानलाई लोकतन्त्रीकरण गर्ने वैकल्पिक तरिका हो,
जसले सीमित वर्गमा रहेको अनुसन्धानको विशेषाधिकारलाई चुनौती दिन्छ ।
समाज विज्ञान अनुसन्धानलाई सामान्यजनको बुताभन्दा बाहिरको भन्ने ठानिन्छ ।
लामो समय निश्चित क्षेत्रमा बिताएकाहरूमा पनि त्यसबारे अनुसन्धान गर्ने सम्बन्धमा निकै
संकोच र अलमल देखिन्छ । समाज विज्ञान सम्बन्धी प्राज्ञिक अनुसन्धानका सन्दर्भमा
अनुसन्धानको क्रममा आइपर्ने अलमलबारे मानवशास्त्री अर्जुन अप्पादुराईको भनाइ यहाँ
सान्दर्भिक छ । उनी लेख्छन्, “अनुसन्धान के हो, ... यसका अर्थ के हुन्, कसैले ‘अनुसन्धान
गरिरहेको’ छु भनिरहँदा वा अनुसन्धान गर्न अरूलाई सिकाइरहँदा उनीहरू खासमा के
गरिरहेको ठान्छन् .... त्यस्तो [अनुसन्धानको] संसारमा प्रवेश गर्न [पाउनका लागि] शर्त
के के हुन् ?” (सन् २००६ : १६९) । यस्तै प्रकारको संकोच पैदल अनुसन्धाताहरूमा
देखिएको परियोजनाकी स्थानीय संयोजक (जो स्वयं एक पैदल अनुसन्धाता समेत हुन्)
माहुरी होमकी लक्ष्मी श्रेष्ठले बताएकी थिइन् । उनले परियोजना कार्यान्वयनको प्रारम्भमा

10
राम विकास चौधरीसँग मे १५, २०१९ मा गरिएको कुराकानी ।
11
मोतीकला पंगेनीसँग जुन २९, २०१९ मा गरिएको कुराकानी ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 13

बताएकी थिइन्, “अनुसन्धाताहरूमा ‘अनुसन्धान गर्न’ कसरी शुरू गर्ने र उनीहरूबाट के


अपेक्षा गरिएको हो भन्नेबारे प्रशस्त अलमल छ ।”12
अनुस न्धाताहरूका भोगाइ, अनुभ व, विज्ञता, अवलोकन, र खोजीमा अनुस न्धान
आधारित थिए, जसलाई सटिक, स्पष्ट, र सरल रूपमा अभिलेखबद्ध गर्नु थियो । यसबारे
लक्ष्मी श्रेष्ठ भन्छिन् :

मेर ो सधैकँ ो प्राथमिकता भने क ो मे र ा विगतका अनुभ वलाई प्रयोग गरे र र मे र ो


संस्थाको कामलाई आधार बनाएर पैरवीलाई अझ प्रभावकारी बनाउने थियो ।
म यसबारे सोच्दैछु । जहिले पनि मै ले महिलाको नागरिकताको अधिकारको
कुरा गर्दा, धेरै मान्छेले हाम्रो चासोलाई बेवास्ता गर्छन् । यसलाई गम्भीर रूपमा
लिइँदैन । त्यसैले, मैले यो अवसर पाएपछि यसै विषयमा अध्ययन गर्ने निधो गरे ँ ।
... मलाई यो विषयसँग सम्बन्धित कुनै सिद्धान्त वा आइडियोलोजी (विचारधारा)
थाहा छै न । तैपनि उनीहरूका कुरा सुनेर उनीहरूका आफ्ना भोगाइ र दुःखलाई
प्राथमिकता दिएर मैले नागरिकता[सँग गाँसिएका] उनीहरूका समस्यालाई बुझ्ने
कोसिस गरे की छु र त्यसमा पैरवी गरे की छु ।13

आफूभन्दा फरक समुदायमा गएर गरिने अन्य अनुसन्धानभन्दा भिन्न खाले यो पैदल
अनुसन्धान अभ्यासमा विषयवस्तु छान्ने, तथ्य खोज्ने, र लेख्ने काम पनि भिन्न नै थियो ।
विश्वविद्यालयमा हुने प्राज्ञिक अनुसन्धानभन्दा पैदल अनुसन्धान मुख्य गरी दईु प्रकारले फरक
थियो । पहिलो, प्राज्ञिक अनुसन्धानमा लेखनका क्रममा प्रस्तुत गरिने तर्क र प्रमाणहरू
सघन अध्ययन विधिद्वारा पुष्टि गर्न सकिने तथा अन्यत्र पनि लागू गर्न सकिने खालको
हुनुपर्छ भन्ने गरिन्छ । त्यसैले, प्राज्ञिक लेखनमा तथ्य र प्रमाणको उजागर गर्न पूर्व प्रकाशित
सामग्रीको प्रयोग गर्नु पर्ने हुन्छ । तर, पैदल अनुसन्धाताले गर्ने अनुसन्धान वा लेखन भनेको
आफूले देखेका-सुनेका र भोगेका घटना/जानकारीको सिलसिलेवार, सान्दर्भिक र तार्कि क
अभिलेखीकरण पनि हो । उदाहरणका लागि, नवलपरासीका वृजराज कुशवाहाले नेपाल र
भारतबीच भएको गण्डक सिंचाइ र विद्युत सम्झौताको कारणले विस्थापित भएकाहरूको
संघर्षको कथा प्रस्तुत गरे का छन् । गण्डक नियन्त्रण संघर्ष समिति कुनै औपचारिक/विधिवत
रूपमा दर्ता भएको संगठन नभएर पीडितहरूको अनौपचारिक समूह हो । पत्रकार कुशवाहा
स्वयं पनि नदीपीडित हु न् र उनले आफू र आफ्नो समुदायले भोगेका दुःख र संघर्षको

12
श्रेष्ठसँग सेप्टे म्बर १०, २०१८ मा गरिएको कुराकानी ।
13
लक्ष्मी श्रेष्ठसँग सेप्टे म्बर २२, २०१९ मा गरिएको कुराकानी ।
14 | सोहन प्रसाद साह

अभिलेख आफ्नो लेखमा राखेका छन् । यद्यपि, उनको लेखमा पर्याप्त सन्दर्भ सामग्री वा
पूर्वप्रकाशित सामग्रीको अध्ययन नपाइएला ।
दोस्रो, प्राज्ञिक अनुसन्धानको उपजलाई सैद्धान्तिक व्याख्या सहितको बहस मूलक
बौद्धिक-प्राज्ञिक एवं विचारधारात्मक लिखित दस्तावेजका रूपमा बुझिन्छ । साथै, प्राज्ञिक
अनुसन्धानलाई एउटा लामो शृंखलाको विगतमा टे केर, वा अर्को शब्दमा भन्दा ख्यातीप्राप्त
विद्वानहरूको काँधमा चढेर, गरिने दाबी (निश्चयात्मक कथन) हो भन्ने बुझाइ छ । स्थलगत
अध्ययनद्वारा तथ्यपरक घटना वा मुद् दाहरूलाई अगाडि राखे र व्याख्या गरिएको पै द ल
अनुसन्धाताको लेखनीमा सैद्धान्तिक वा विचारधारात्मक लेपन तथा पूर्वप्रकाशित सामग्री
सँगको पहुँच वा ज्ञान नहुन सक्छ ।
उदाहरणका लागि, लक्ष्मी श्रे ष्ठ ले काठमाडौ मँ ा भएको एउटा खु ल ा से मि नारमा
महिलालाई नागरिकताको अधिकारबाट घरपरिवार, समाज, र राज्य सबै तहबाट कसरी
वञ्चित गरिएको छ भन्ने प्रमाण दिएकी थिइन् ।14 यता काठमाडौमँ ा महिलाको नामबाट
सन्ततिलाई नागरिकता दिनुपर्ने माग गरिरहँदा (जुन जायज छ) मधेसमा भने महिला स्वयं
नै पारिवारिक अड्चनका कारण नागरिकता पाउनबाट वञ्चित हुनुपरे को तथ्यलाई बेवास्ता
गरिएको उनले बताएकी थिइन् । उनले आफ्नो अनुस न्धानबाट प्राप्त यस्ता दृष्टान्तहरू
सप्रमाण राख्दा काठमाडौकँ ाहरूले अनौठो माने को सन्दर्भ यहाँ उल्लेखनीय छ । त्यसै
गरी, नवलपरासीमा कार्यरत अधिवक्ता सरस्वती शर्माले वकालतको क्रममा “अदालतबाट
आफ्नो पक्षमा फै सला पाएको तर न्याय नपाएको” भन्ने कानूनी क्षेत्रमा प्रचलित भनाइ
मार्फत महिलाहरूले नागरिकता नपाएर खप्नुपरे क ो व्यथा र पाएपछि पनि उनीहरूको
जीवनले नयाँ मोड लिन नसके को कुरालाई दर्शाएकी छन् । यी दुवै लेखमा न त कुनै ठोस
समाज विज्ञानका सिद्धान्त वा अवधारणाको लेपन छ, न त कुनै संसारका अरू ठाउँ मा
हुन सक्ने वा भएका यस्ता घटना र मुद्दालाई सन्दर्भ स्रोतका रूपमा उल्लेख गरिएको छ ।
त्यसैले यिनमा उद्धृत गर्ने शैलीमा विगतको सैद्धान्तिक बोझ छै न । यस अर्थमा, यी भनेका
अनुसन्धाताले आफ्नो देखाइभोगाइका आधारमा गरे का तर्क र पैरवी हुन्, जसले पठनीय
लेखन, नवीन सोच, दृष्टिकोण, वा अन्तर्दृष्टि दिने कोसिस गर्छन् ।
त्यसैले अनुसन्धान गर्ने र त्यसको क्षमता अभिवृद्धि गर्ने भनेको निरन्तरको आवश्यक
सहयोग सहित “गर्दै सिक्ने” एउटा प्रक्रिया हो । यो प्रक्रियामा आवश्यक सीप र ज्ञान
अनुसन्धाता स्वयंले आर्जन गर्ने हो । कपिलवस्तुका संजय कुमार पासीको नेटुवा जातिउपर

14
“नेपाल अध्ययनमा महिला अनुसन्धानकर्ताहरूको सक्रियता” शीर्षकमा मार्टि न चौतारीमा
फागुन १९, २०७५ मा आयोजित सेमिनारमा प्रस्तुत भनाइ । साथै, पछि जून २९, २०१९ मा
कपिलवस्तुमा भएको अनुसन्धान प्रस्तुति कार्यशालामा पनि श्रेष्ठले आफ्नो प्रस्तुतिमा यो सन्दर्भ
व्यक्त गरे की थिइन् ।
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 15

गरिएको अध्ययनमा उनलाई सर्प नचाउने र मागेर जीविका चलाउने नेटुवा बारे को पूर्व-
प्रकाशित सामग्री पाउन धेरै कठिन भएको थियो । यसरी ज्ञानको सीमित स्रोत र अनुसन्धानका
आधारभूत सीपहरूको कमी भएको परिस्थितिमा अनुसन्धातामा देखिने हीनभाव र त्यसले
अनुसन्धानमा पार्ने बाधालाई हटाउन अनुसन्धानलाई के ही फरक ढंगमा बुझ्नुपर्ने हुन्छ, र
यो एउटा निरन्तरको “गर्दै सिक्ने” प्रक्रिया हो भन्ने कुरामा जोड दिनु जरुरी छ ।
पै द ल अनु स न्धानको सन्दर्भमा एउटा लिखित दस्तावे ज को रूपमा अनु स न्धानको
उपजलाई “क्षमता अभिवृद्धि” को एउटा मापन गर्न सकिने आवश्यक उपलब्धिको रूपमा
लिन सकिएला, तर यो नै सम्पूर्ण उपज भने होइन । अनुसन्धानका नतिजालाई लिखित
बाहेक अन्य तरिकाबाट पनि सम्प्रेषण गर्न सकिन्छ, र यी गैर-लेखनका तरिका कतिपय
अवस्थामा अझ प्रभावकारी पनि हुन सक्छन् । विभिन्न कारणवश लेखको मस्यौदा बुझाए
पनि प्रकाशनयोग्य लेख बुझाउन नसके का अनुसन्धाताबारे उनका मेन्टर देवेन्द्र उप्रेतीको
बुझाइ यस्तो छ, “विषयवस्तुमा राम्रो पकड भएकाहरूले आफ्नो अनुसन्धानमा आधारित
तथ्य, नतिजा र विश्ले षणलाई मौखिक रूपमा वा अरू कुनै माध्यमद्वारा पनि प्रस्तुत गर्न
सक्नुपर्छ, ता कि तिनले आफ्नो पैरवीबाट समाजलाई त्यसप्रति आकर्षित गर्न सकून । यसलाई
पनि क्षमता विकासको एउटा उपलब्धि मान्नुपर्छ । अध्ययन-अनुसन्धानको उपलब्धिलाई
लेखनमा मात्र सीमित गरिनु हुँदैन ।”15
काठमाडौ-ँ के न्द्रित ज्ञान उत्पादन प्रणाली, ज्ञानको स्रोतमा पहुँच र तालिममा सीमित
वर्गको विशेषाधिकार तथा सामाजिक अनुसन्धान मूलतः विश्वविद्यालयभित्र सीमित भएको
अहिलेको परिप्रेक्ष्यमा यो समग्र प्रक्रियालाई लोकतन्त्रीकरण गर्न र भईु ंतहका आवाजहरूलाई
सुन्न पैदल अनुसन्धानको भूमिका महत्त्वपूर्ण हुन्छ । यसका लागि, स्थानीय स्तरमा स्थलगत
अनुभव र ज्ञान भएका अध्येता, अभियन्ता, अधिकारकर्मी, सञ्चारकर्मी, वा साधारणजनलाई
ज्ञान उत्पादनमा सरिक गराउनु जरुरी छ । भुई ं तहका यी व्यावसायिक पेशाकर्मीहरूसँग
विश्वविद्यालयमा दिइने अनुसन्धान सम्बन्धी उच्च तहको औपचारिक तालिम वा अनुभव
नहोला, तर पैदल अनुसन्धान जस्ता प्रकृ याद्वारा उनीहरूलाई आवश्यक तालिम वा अवसर
दिएर तमाम व्यवधानका वावजूद पनि अनुसन्धान र ज्ञानउत्पादनमा लाग्ने आकांक्षा जगाउन
सकिन्छ । यस्तो प्रयासले उनीहरूको सोच्ने क्षमतालाई बढाई समाजका विभिन्न घटना र
मुद्दाहरूमा पैरवी गर्न तथा सामाजिक अनुसन्धानको माध्यमबाट घटनाको विवरण, विश्ले षण,
र व्याख्या गर्न सघाउँ छ । साथै, विश्वविद्यालयको अध्ययन-अनुसन्धानको घेराबाट बाहिर
रहेका तर महत्त्वपूर्ण सामाजिक मुद्दाहरूलाई सतहमा ल्याउन मद्दत गर्छ ।

15
उप्रेतीसँग अगस्त २०, २०१९ मा गरिएको कुराकानी ।
16 | सोहन प्रसाद साह

पैदल अनुसन्धानको उपज


यो परियोजना स्थानीय स्तरको पैरवी-अनुसन्धानमा के न्द्रित भएकोले अनुसन्धाताहरूले पेश
गरे का विषयवस्तु पनि उनीहरूले आफ्नो पेशागत जीवनमा गर्दै आएका काम र पैरवीसँग
सम्बन्धित हुनु स्वाभाविक छ । त्यसैले, यस पुस्तकमा समेटिएका विषय परियोजनाले
निर्देशित वा छनोट गरे क ो नभई अनुस न्धाताका कार्यक्षेत्र र रुचिसँ ग सम्बन्धित छन् ।
यहाँ सम्मिलित लेखले मधेससँग सम्बन्धित विभिन्न विषय/मुद्दालाई प्रतिनिधित्व गर्छन्,
जसलाई चार ओटा मूल विषयमा वर्गीकरण गरिएको छ : लैंगिक विभेद (लक्ष्मी श्रेष्ठ,
सरस्वती शर्मा र उमा पौडे लका लेख); शान्ति प्रक्रिया र मानवअधिकार (दीपक ज्ञवाली,
रामविकास चौधरी र मोतीकला पं गे न ीका ले ख ); जीविकोपार्जन (वृज राज कु शवाहा,
संजय कुमार पासी र रामचन्द्र श्रेष्ठका लेख); र, सामाजिक समावेशीकरण (सोना खटिक
र रक्षाराम हरिजनका लेख) ।
तराई-मधेसका नागरिक र नागरिकताको प्रमाणपत्रको विषय राष्ट्रिय स्तरमै एउटा पेचिलो
र दीर्घकालीन मुद्दाको रूपमा रहँदै आएको छ । यो मुद्दाबारे लेख्दा-बोलिँदा नागरिकताको
प्रमाणपत्र नभएका, नपाएका महिलाका दुःख र संघर्ष भने ओझेल पर्ने गरे को छ । दुई
पैदल अनुसन्धाता (लक्ष्मी श्रेष्ठ र सरस्वती शर्मा) ले यो विषय उठाएका छन् । मधेसी
महिलाले नागरिकताको माग गर्दा सबभन्दा पहिला परिवारबाटै घरे लु हिंसा र भेदभाव भोग्नु
परे को कुराको गुनासो एक सामाजिक अभियन्ताका हैसियतले लक्ष्मी श्रेष्ठकहाँ आउँ छन् ।
उनीहरूका ती समस्याको समाधान खोज्ने क्रममा समुदायको तहदेखि के न्द्रीय तहसम्मै
आइपर्ने विभिन्न जटिलताको व्याख्या उनले आफ्नो ले ख मा गरे क ी छन् । त्यसै गरी,
अधिवक्ता सरस्वती शर्माले महिलाका नागरिकता सम्बन्धमा आउने अवरोधको कानूनी
निदान खोज्छिन् । महिलालाई नागरिकता दिलाउन अदालतमा संघर्ष गर्दाको अनुभवका
आधारमा नागरिकता नहुँदा महिलाको आर्थिक सशक्तीकरण नहुने मात्र होइन, उनीहरूले
घरे लु हिंस ाबाट पनि मुक् ति नपाएको तर्क उनले गरे क ी छन् । उनी प्रश्न गर्छिन्— कोही
नागरिक हो-होइन भनेर पहिचान गर्ने जिम्मेवारी कसको हो ? नागरिक हो भनेर पहिचान
गर्ने प्रमाणको भार नागरिक स्वयंले बोक्नुपर्ने कि राज्यले ?
वैदेशिक रोजगारमा गएका व्यक्तिको मृत्यु भएका खण्डमा विमाका रकम मृतकका
परिवारले पाउँ छन् । तर त्यस्तो रकमका कारणले गर्दा परिवारमा, खास गरी मृत ककी
श्रीमतीमा, पर्ने सामाजिक र मनोसामाजिक असरको विश्ले षण उमा पौडेलले आफ्नो लेखमा
गरे की छन् । सुरक्षित आप्रवासन सम्बन्धी सामी परियोजनामा काम गरे की उनले यस्तो
आर्थिक सहायताले परिवारमा बेमेल ल्याउने र अन्ततः मृतककी श्रीमतीले पैसाकै कारण
परिवारमा तनाव भोग्नुपर्ने घटना प्रत्यक्ष अवलोकन गरे की छन् । साथै, यस्तो बेमेलको
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 17

मुख्य कारण सो आर्थिक सहायता सिंगो परिवारले कि श्रीमतीले मात्र पाउने भन्नेमा नीति-
नियममा स्पष्ट नभएकोले हो भन्ने उनको तर्क छ ।
माओवादी विद्रोह र मधेस आन्दोलन क्रममा तराई-मधेसमा मानवअधिकार हनन्‌का धेरै
घटना भए । त्यस क्रममा मानवअधिकारकर्मीहरूले द्वन्द्व समाधान र शान्ति बहाल गर्न ठूलो
भूमिका खेले । तीन जना अनुसन्धाताले यिनै विषयउपर चर्चा गरे का छन् । रुपन्देहीलाई
कर्मक्षेत्र बनाएका पत्रकार दीपक ज्ञवालीले तत्कालीन सरकारद्वारा माओवादी विरुद्ध
हतियार उठाउन प्रोत्साहित गरे का र हतियार समेत उपलब्ध गराएका प्रतिकारकारीहरूका
हतियारको सोधखोज गरे का छन् । यस बारे को उनको पहिले देखिको चासो र आफ्ना
पूर्वप्रकाशित सामग्रीका आधारमा तयार गरिएको यो लेखले माओवादी द्वन्द्वको एउटा
महत्त्वपूर्ण तर वास्ता नगरिएको पक्षलाई उजागर गरे क ो छ । माओवादी युद्धता काका
प्रतिकारीका हतियारको व्यवस्थापनबिना सही अर्थमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन
भन्ने उनको तर्क मनन्योग्य छ ।
रामविकास चौधरीले मधेस आन्दोलनताका र त्यस पछिका समयमा रुपन्देहीमा भएका
गैरन्यायिक हत्यालाई अभिलेखीकरण गरे का छन् । एक मानवअधिकारकर्मीको हैसियतले
त्यस्ता हत्याको अनुगमनमा पनि उनी संलग्न थिए । त्यसैले प्राप्त प्रमाण, प्रत्यक्षदर्शीका
भनाइ, प्रहरीका भनाइ, मिडियाका रिपोर्ट आदिका आधारमा ती हत्याहरू गैरन्यायिक हुन्
भन्ने उनको दलिल छ । माओवादी युद्ध र मधेस आन्दोलनको समाप्तिपछि पनि यस्ता
हत्या नरोकिनुले मधे स ी जनता अझ पनि राज्यको दमन उत्पीडनमा परिरहेक ो उनको
लेखले देखाउँ छ ।
अलि फरक सन्दर्भमा मोतीकला पंगेनीले मधेस आन्दोलनताका थारू र ब्राह्मण-क्षेत्री-
दशनामी समुदायमा भड्केको द्वन्द्व र सो द्वन्द्वमा थारू संग्रहालय जलाइएको विषय अध्ययन
गरे की छन् । नवलपरासीस्थित जवाफदेहिता निगरानी समितिमा काम गरे की पंगेनी थारू
संग्रहालय जलाइएको घटना सम्बन्धी अनुगमन गर्न गठित टोलीमा सामेल थिइन् । आफ्नो
पुर्ख्यौली भूमिबाट क्रमशः विस्थापित हुँदै गएका थारूहरूले आफ्नो पहिचान जोगाइराख्न
सार्वजनिक जमिनमा बनाएको थारू संग्रहालयलाई कसरी जातीय विद्वेष राखी जलाइयो,
तथापि उनीहरूले कसरी सो संग्रहालयलाई वैधानिकता दिएर आफ्नो पहिचान कायम राख्न
खोज्दैछन् भन्ने कुरालाई पंगेनीले आफ्नो लेखमा प्रस्तुत गरे की छन् ।
यो परियोजनामा समेटिएको अर्को विषय मधेस भूगोल र त्यहाँका समुदायको जीविका
सम्बन्धी हो । यस खण्डमा पानी अधिकारकर्मी वृजराज कुशवाहाले नेपाल र भारतबीच
भएको गण्डक सम्झौताको नालीबेली उतार्दै नवलपरासीका गण्डकी पीडित समुदायलाई
सो सम्झौताले कसरी असर पारे को छ भन्ने खोतलेका छन् । साथै, सो सम्झौता निष्ठापूर्वक
लागू गराएर उनीहरूको पीडा कम गर्न लागिपरे को गण्डक नदी नियन्त्रण संघर्ष समितिको
18 | सोहन प्रसाद साह

भूमिकालाई कुशवाहाले आफ्नो लेखमा उजागर गरे का छन् । नेपाल सरकारले आवश्यक
पहलकदमी नलिएको र सं घ र्ष समितिको अनवरत लडाइँकै कारण भारत सरकारलाई
सम्झौता पालना गर्न बाध्य पारिएको र प्रभावितहरूले समय-समयमा भारत सरकारबाट
थोरबहुत सुविधा पाउन सके को लेखकको जिकिर छ ।
मधेसी समुदायमा आर्थिक-राजनीतिक र सामाजिक हिसाबले सबैभन्दा पिँधमा पारिएका
समूह हुन्, मधेसी दलित । मधेसी दलितको पनि पिँधमा पर्ने नेटुवा समुदायको जीविकाको
सटिक चित्रण संजय कुमार पासीको लेखमा छ । दलित अधिकारको पैरवीमा विभिन्न
गैरसरकारी संस्थामा संलग्न भएका उनी आफै दलित समुदायका भएकाले सर्प नचाउने र
मागेर खाने नेटुवा जातिको पेशामा आएको परिवर्तनलाई पासीले विश्ले षण गरे का छन् ।
मधेसमा बढ्दो शहरीकरणको उपजको रूपमा रहेको सुकुमबासी बस्तीबारे बुटवलका
रामचन्द्र श्रेष्ठले कलम चलाएका छन् । उनले बुटवलको एउटा सुकुमबासी बस्ती बिनापातेको
इतिहास खोतले क ा छन् । सुकु मबासी बस्ती कसरी बन्छ र विकसित हु न ्छ, र कसरी
त्यहाँका बासिन्दाले आफूलाई शहरीया ठान्छन् भन्ने कुरालाई लेखकले तिनको विस्थापन/
बसाइँसराइको इतिहास र शहरमा जीविकाको माध्यमबाट प्रस्तुत गरे का छन् ।
त्यसै गरी हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित नेपाली राज्य संरचनाले गरिआएको
सामाजिक बहिष्करणलाई दुई जना अध्येताले आफ्नो अध्ययनको विषयवस्तु बनाएका
छन् । सञ्चारकर्मी सोना खटिकले आफ्ना सहकर्मी दलित महिला रे ड ियोकर्मीहरूका
अनुभवलाई आधार बनाएर तिनको अवस्थाबारे लेखेकी छिन् । खास गरी कपिलवस्तु र
रुपन्देहीका दलित महिला रे डियोकर्मीहरूले रे डियोमा प्रवेश गर्दादेखि पारिश्रमिक, तालिम,
र वृत्तिविकासमा भोग्नुपरे को विभेद र मनोसामाजिक हिंसालाई खटिकले उतारे की छन् ।
समावेशीकरण र जागरणको पैरवी गर्ने मिडियाहरू नै दलित महिला सञ्चारकर्मीलाई कसरी
विभेद गरिरहेका छन् भन्ने यो लेखले देखाउँ छ ।
रक्षाराम हरिजनले समावेशिताको सन्दर्भमा अदालतमा न्यायिक निरुपणका लागि पुगेका
के ही प्रतिनिधि मूलक मुद्दा र तिनका फै सलाहरूको अध्ययन गर्दै राज्यको आफ्नो समावेशी
नीति र कानूनलाई सरकारले पालना नगरे को तर्क गरे का छन् । दलित अधिकारकर्मीका
साथै अधिवक्ता रहेका हरिजनले समावेशिताको विषयमा अदालतले गरे का निर्णय आफै मा
बाझिने, मनोगत व्याख्या गरिएका, फै सलामा ढिलाइ गरिएकाले राज्य समावेशी चरित्रको
हुन नसके को तथ्य औँल्याएका छन् ।
समग्रमा, यो पुस्तक मार्टि न चौतारी र माहुरी होमले गरे को पैदल अनुसन्धान अभ्यास
सम्बन्धी प्रयोगको उपज हो । यसले माथि भनिए झै ँ कसरी समुदाय वा भुई ं तहमा काम गर्ने
अभियन्ताहरूले पनि आफ्नो पैरवी वा पत्रकारिताको अभ्यास सँगसँगै प्राज्ञिक ज्ञान उत्पादनमा
योगदान गर्न सक्छन् भन्ने कुराको उदाहरण देखाउँ छ । त्यसैले, नेपालमा पैदल अनुसन्धान
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास | 19

बारे को बहसका लागि यो पुस्तक एउटा प्रारम्भबिन्दु हुन सक्छ । साथै, आ-आफ्नो क्षेत्रमा
लामो समयदेखि भुई ं तहमा रहेर काम गरे का अनुभवी पैदल अनुसन्धाताद्वारा लेखिएका
हु नाले पुस्तकमा संगृहित ले ख तत् तत् विषयका महत्त्वपूर्ण दस्तावे ज हु न् । सम्बन्धित
विषय/क्षेत्रमा थप अध्ययन-अनुसन्धान गर्न चाहने अनुसन्धाता तथा ती विषयप्रति रुचि
राख्ने आम जिज्ञासु पाठकका लागि यो पुस्तक एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुनेछ ।

धन्यवाद
अं ग्रे जीमा ले ख िएको प्रारम्भिक मस्यौदालाई अनु व ाद गर्ने लगायत यो परिचयात्मक
लेखलाई सम्पादन गर्ने महेशराज महर्जनलाई धन्यवाद । विभिन्न मस्यौदा पढी टिप्पणी
र सुझावका साथै यसलाई थप परिमार्जन र सम्पादनमा सघाउने देवराज हुमागाई,ं प्रत्यूष
वन्त र लोकरञ्जन पराजुली तथा कुराकानीका लागि समय दिने सम्पूर्ण स्रोत व्यक्तिप्रति
पनि आभारी छु ।

सन्दर्भ सामग्री
मार्टि न चौतारी । २०७६ । पश्चिम तराईमा अधिकारमुखी पैरवीको संस्थागत मूल्यांकन ।
शोध संक्षेप, अंक २५ । काठमाडौ ँ : मार्टि न चौतारी । www.martinchautari.
org.np/files/Research-Brief-25-NepaliVersion.pdf मा उपलब्ध; जनवरी
१५, २०२० मा हेरिएको ।
वन्त, प्रत्यूष । २०६२ । समाज विज्ञानमा नयाँ पुस ्ता : प्राज्ञिक गै र सरकारी सं स ्थाको
भूमिका । रूपान्तरण : समाज अध्ययन २ : १–१७ ।
Appadurai, Arjun. 2006. The Right to Research. Globalisation, Societies
and Education 4(2): 167–177.
Appadurai, Arjun. 2012. Why Enumeration Counts. Environment
and Urbanization 24(2): 639–641.
Drèze, Jean. 2002. On Research and Action. Economic and Political
Weekly 37(9): 817–818.
Drèze, Jean. 2019. Sense and Solidarity: Jholawala Economics for
Everyone. Oxford: Oxford University Press.
Henning, Elizabeth. 2000. Walking with “Barefoot” Teachers: An
Ethnographically Fashioned Casebook. Teaching and Teacher
Education 16(1): 3–20.
20 | सोहन प्रसाद साह

Keith, Margaret, James Brophy, Peter Kirby and Ellen Rosskam. 2002.
Barefoot Research: A Worker’s Manual for Organizing on Work
Security. Geneva: International Labour Organization.
Koirala, Bharat Dutta and Hem Bahadur Bista. 1995. Impact Study of
Gaunle Deurali: Barefoot Journalists Training and Deurali Readers
Clubs. Kathmandu: Media Services International.
Liu, Melinda. 2002. Barefoot Lawyers. Available at www.newsweek.
com/barefoot-lawyers-141565; accessed October 16, 2019.
Roy, Bunker and Jesse Hartigan. 2008. Empowering the Rural Poor
to Develop Themselves: The Barefoot Approach (Innovations Case
Narrative: Barefoot College of Tilonia). Innovations 3(2): 67–93.
Zhang, Daqing and Paul U. Unschuld. 2008. China’s Barefoot Doctor:
Past, Present, and Future. The Lancet 372(9653): 1865–1867.
मधेसी महिलाको नागरिकता विहीनता | 21

खण्ड एक

लैं गिक विभेद


22 | लक्ष्मी श्रेष्ठ
मधेसी महिलाको नागरिकता विहीनता | 23

एक

मधेसी महिलाको नागरिकता विहीनता :


परिवार, समाज र राज्यमा पितृसत्ता

लक्ष्मी श्रेष्ठ

परिचय
“मेडम म सरिता, हथिहवाबाट । हम्मे न्याय मिली की नाई ? म आफ्ना बच्चाहरू सहित
आत्महत्या गर्न चाहन्छु ” (हेर्नुहोस् घटना २) । राति ८ बजे मलाई एक अपरिचित महिलाले
फोनमा यस्तो भनिन् । म मधेश मानवअधिकार गृह (माहुरी होम) सँग आबद्ध रहेको एक
अभियन्ता तथा अधिकारकर्मी हुँ । म कतै न्याय दिने तह-तप्कामा बसेकी व्यक्ति होइन ।
आखिर सरितालाई आत्महत्या गर्ने सोच उत्पन्न गर्ने हद सम्मको पीडा र कष्ट दिने समस्या
के होला ? फोनमा कुरा गर्दा थाहा भयो—उनी एक शिक्षित महिला हुन्, र दुई सन्तानकी
आमा । आफ्नो विवाह दर्ता, नागरिकता र छोराछोरीको जन्मदर्ता बनाउन नसके र आजित
भएकी रहिछन् । त्यही हैरानी बेहोर्न गाह्रो भएपछि उनी आत्महत्या गर्ने हदसम्म सोच्न
बाध्य भइछन् । उनको समस्याबारे के ही समय कुरा गरे पछि अर्को दिन भेटेरै विस्तारमा
कुराकानी गर्ने वाचा गर्दै उनलाई थम्थमाएँ । उनलाई कत्तिको शान्त बनाउन सके ँ , थाहा
भएन । मेरो मनलाई भने रातभरि उनकै प्रश्नले हलचल मच्चाइरह्यो । महिलाका समस्या
र पीडा दर्शाउने यस्ता कुरा सुन्दै आएको एक दशकभन्दा बढी भइसक्यो ।
मधेसको हकमा नागरिकता एकदमै महत्त्वपूर्ण र विवादित विषयको रूपमा रहँदै आएको
छ । मधेसी महिला लगायत समग्र मधेसी जनताको नागरिकताको मुद्दालाई अघि बढाउन
पहिलो मधेस आन्दोलन पश्चात् २०६३ सालमा सरकारसँ ग भएको सम्झौता बमोजिम
ने प ालभर नागरिकताको प्रमाणपत्र वितरण टोली खटाइएको थियो । लामो विवाद र

२३
24 | लक्ष्मी श्रेष्ठ

संघर्षपछि नागरिकता दिइयो । त्यस बेला गाउँ -गाउँ मा गई नागरिकताको प्रमाणपत्र (यहाँ
उप्रान्त नागरिकता मात्र भनिने ) वितरण गरिएको थियो । तै पनि नागरिकताको समस्या
सुल्झिएको छै न ।
मधेसमा समग्र मधेसी समुदायलाई नागरिकता प्राप्त गर्न के ही कठिनाइ छन् । के ही
प्राविधिक र मनोसामाजिक समस्या पनि छन्, खास गरी महिलाका लागि । उदाहरणको
लागि, कपिलवस्तुकी मखना गडरियाले ३६ वर्ष लामो सं घ र्ष पश्चात् माघ २०७१
नागरिकता प्राप्त गरिन्, ७३ वर्षको उमेरमा । उनले घर-परिवार, समाज, प्रशासन र के ही
स्थानीय राजनीतिक दलका नेतासँग हारगुहार मागेकी थिइन् । अन्त्यमा अधिकारकर्मी,
अदालतको आदेश, र सञ्चार माध्यमको सहयोगबाट नागरिकता प्राप्त गरिन् ।1 मधेसमा
यस्ता धेरै मखनाले अनेक संघर्ष गर्दै आएका छन्, तैपनि न्यून संख्यामा मात्रै नागरिकता
प्राप्त गर्न सफल भएका छन् ।
सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा, मधेस र नागरिकता सम्बन्धी विषयले
सञ्चार माध्यम, राजनीतिक क्षेत्र, र बौद्धिक एवं प्राज्ञिक क्षेत्रमा पनि स्थान पाइरहेको
छ । मधेस-के न्द्रित दलहरूले मधेसमा भएको नागरिकताको समस्या समाधान गर्नुपर्नेमा
जोड दिँदै आइरहेका छन् । पछिल्लो समयमा आमाको नामबाट नागरिकताको विषयमा
सदनदेखि सडकसम्म, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमै पनि चर्का बहस भइरहेका छन् । यी
सबै बहस राष्ट्रियतालाई के न्द्रमा राखेर गरिँ दै आएका छन् । जो नागरिकता विहीन भएर
आफ्नो दैनिक जीवनमा अनेक हण्डर खेपिरहेका छन्, उनीहरूलाई के न्द्रमा राखेर बहस र
छलफल कमै हुने गरे का छन् ।
आमाको नामबाट नागरिकताको बहस चलिरहेको अवस्थामा आमाकै नागरिकताको
सवाल भने ओझेलमा परे को छ । आमाको नामबाट पनि आफ्ना सन्तानलाई नागरिकता
दिने प्रावधान स्थापित हुनुपर्छ, यसमा कुनै विमति हुनुहुँदैन । तर प्रश्न के पनि हो भने कुनै
आमाकै नागरिकता वा पहिचानपत्र नभएको खण्डमा उसले कसरी आफ्ना सन्तानलाई
पहिचान दिन सक्लिन् ? यसबारे भने चर्चा र बहस भएको छै न । एक अभियन्ता र
अधिकारकर्मीको हैसियतले करिब एक दशक अघिदेखि महिलाका हक-अधिकारको लागि
काम गर्दै आउँ दा मैले नागरिकता नभएका कारण महिलाले भोग्नुपरे का अनेक दुःख-कष्ट
प्रत्यक्ष देखेकी, सुनेकी छु । त्यस्ता व्यक्तिगत समस्या समाधान गर्न प्रयत्न पनि गरे की छु ।
तर समस्याको जरा जस्ताको तस्तै छ ।
मैले सन् २००६ देखि महिला अधिकार र मानवअधिकारको क्षेत्रमा काम गर्न थाले ँ ।
शुरूमा “पहिलो पाइला साथी” भन्ने संस्थामा काम गर्दा महिलाहरू दैनिक आधा दर्जनभन्दा
1
www.onlinekhabar.com/2015/01/234476 मा उपलब्ध; चैत १२, २०७१ मा
हेरिएको ।
मधेसी महिलाको नागरिकता विहीनता | 25

बढी घरे लु हिंसाका गुनासा लिएर आउँ थे । ती अधिकांश महिलाको विवाह दर्ता नभएको,
नागरिकता नभएको, श्रीमान्‌ले नागरिकता नबनाइदिएको कारण त्यस्ता घटनाको उजुरी
प्रक्रियामा समस्या हुन्थ्यो । त्यस बेला हामीले स्थानीय प्रहरी र प्रशासनसँग समन्वय गरे र
सबभन्दा पहिले विवाह दर्ता र नागरिकता बनाउने काममा सहयोग गर्नुपर्दथ्यो । प्रहरी र
प्रशासनसँग दैनिक रूपमा लड्दै नागरिकता र विवाह दर्ता गर्नमै हाम्रा दिन बित्थे ।
“दलित सामाजिक विकास के न्द्र” नामक सं स ्थामा काम गर्ने क्रममा गाउँ - गाउँ
जानुपर्थ्यो । त्यस बेला गाउँ -गाउँ मा बस्ने महिलाले पनि यही समस्या झेलिरहेको देखे ँ ।
त्यसपछि मधेश मानवअधिकार गृहमा काम गर्न थाले ँ । त्यहाँ पनि घरे लु हिंसा र लैंगिक
हिंसाका पीडितसँग बढी भेटघाट हुन थाल्यो । न्यायको लागि पहल गरिदिन संस्थामा
आउने मध्येमा अधिकांशको नागरिकता र विवाह दर्ता नै हुँदैनथ्यो । जिल्ला प्रहरी कार्यालय
कपिलवस्तुको तथ्यांक अनुसार त्यहाँ नागरिकता र विवाह दर्ता गराइदिन माग गर्दै आ.व.
२०७२।७३ मा २५, २०७३।७४ मा २३, २०७४।७५ मा २४ र २०७५।७६ मा २५ ओटा
उजुरी दर्ता भएका थिए । हामीले महिलाको विवाह दर्ता र नागरिकता बनाउने काममा
प्रहरी र प्रशासनसँग सधै ँ संघर्ष गरिरहनुप¥ यो भने महिलामाथि भएको हिंसा कसरी अन्त्य
हुन्छ भन्ने मेरो मनमा प्रश्न उठ्यो ।
मुलु क भर्खर सं घ ीयतामा प्रवे श गरे क ो छ । दे श मा तीन तहका सरकारले शासन
गरिरहेका छन् । स्थानीय स्तरमा बलियो स्थानीय सरकार छ । स्थानीय सरकारमा ४०
प्रतिशत महिलाको सहभागिता छ । तर नागरिकता, विवाह दर्ताजस्ता नैसर्गिक अधिकारबाट
महिला नै वञ्चित छन् । विभिन्न कोणबाट नागरिकता सम्बन्धी बहस भइरहँदा नागरिकता
विहीन महिलाहरूको वास्तविक समस्या र त्यसको प्रभावबारे बहस नहुनु दुःखद् हो ।
त्यस्तो बहस, अध्ययन, अनुसन्धान हु नु अति आवश्यक छ । तसर्थ, आमाको नाममा
नागरिकताको कुरा गरिरहँदा आमाहरू स्वयं नै नागरिकता विहीन भएको अवस्थाबारे यो
अध्ययन के न्द्रित छ ।
नागरिकता अधिकारहरूको संग्र ह हो । नागरिकताले कु नै पनि व्यक्तिको पहिचान
कायम गर्दै सामुदायिक जीवनमा व्यक्तिको राजनीतिक भागीदारी, मतदानको अधिकार,
समुद ायको विशे ष सं र क्षण प्राप्त गर्न प्रमाणको काम गर्दछ । नागरिकता एउटा विशे ष
सामाजिक, राजनीतिक तथा राष्ट्रियताको पहिचान गराउने दस्तावेज हो । उक्त पहिचानले
नै व्यक्तिको अधिकार र उत्तरदायित्वलाई बोध गराउँ छ । नागरिकताले व्यक्तिलाई पहिचान
सहित आफ्ना व्यक्तिगत, व्यावसायिक र राजनीतिक अधिकारको उपभोग गर्ने आधार तयार
गर्दछ । चुनावमा मत हाल्न, बैंकमा खाता खोल्न, घर-जमिनमा स्वामित्व राख्न, औपचारिक
कानून ी रूपमा पे श ा व्यवसाय गर्न, मोबाइलको सिम किन्न, राहदानी बनाउन, र कु नै
सामाजिक, सामुदायिक वा राजनीतिक समूहको सदस्य बन्ने सम्मका क्रियाकलापका लागि
26 | लक्ष्मी श्रेष्ठ

नागरिकता अनिवार्य हुन्छ । विभिन्न सामाजिक संघसंस्थामा काम गर्ने क्रममा मैले मधेसी
समुदायका महिला परिवारबाटै नागरिकताबाट वञ्चित गराइँदै आइरहेको कुरा बुझ्ने मौका
पाएँ । त्यसैको आधारमा मधेसका महिलाले बेहोरे को नागरिकताको समस्यालाई विभिन्न
मञ्चमा राख्दा बेवास्ता गर्ने वा नपत्याउने गरे को पनि अनुभव गरे ँ ।2 साउन ३१, २०७५
मा होटल गौतम बुद्धमा लुम्बिनी टे लिभिजनले आयोजना गरे को नागरिकताको सवालमा
मन्थन कार्यक्रममा महिलाहरूले नागरिकता प्राप्त गर्न दुई-तीन ओटा सन्तान प्रमाणको
रूपमा जन्माउनु पर्ने बाध्यता रहेक ो लगायतका समस्या राखे प छि सरोकारवालाहरूले
त्यस्ता समस्यालाई गहन रूपमा अध्ययन गरी तथ्यगत छलफल र बहसको लागि बाहिर
ल्याउने उद्देश्यले यो अध्ययन गरे की हुँ ।
मधेस-के न्द्रित विभिन्न संघसंस्थामा रहेर महिला अधिकार र मानवअधिकारका लागि
काम गर्दै आउँ दा प्रत्यक्ष देखेका, सुनेका, भोगेका कुराबाट म धेरै प्रभावित भएँ । त्यसैले
नागरिकता विहीन महिलाका समस्यालाई बाहिर ल्याउनुपर्छ भन्ने कुरामा मैले जोड दिनुपर्छ
भन्ने महसुस गरे ँ । हुन त म त्यसको कुनै सिद्धान्त वा वादबारे जानकार व्यक्ति होइन ।
तैपनि उनीहरूकै अनुभव र भोगाइलाई प्राथमिकता दिने, उनीहरूको विचार सुन्ने र त्यसबाट
नागरिकताको समस्याबारे बुझ्ने प्रयत्न गर्न थाले ँ । म कार्यरत क्षेत्र अन्तर्गतकै कपिलवस्तु
जिल्लामा बसोबास गर्ने महिलालाई यस अध्ययनको लागि चयन गरे की छु । नागरिकता
नपाउँ दाको अड्चन वा नागरिकता पाउन उनीहरूले गर्नु परे को मेहनत बारे को अनुभवलाई
यहाँ प्रयोग गरे की छु । मधेश मानवअधिकार गृहमा चैत्र २०६९ देखि निरन्तर महिलाहरूको
नागरिकता सम्बन्धी समस्या आउने गरे का छन् । यसरी दर्ता भएका उजुरी वा दर्ता भएका
उजुरी वा घटनाको अध्ययन, हिंसा प्रभावित महिलासँगका अन्तर्वार्ता, सम्बन्धित समुदाय
सँगको अन्तर्वार्ता, र स्थानीय निकायका प्रतिनिधि, सरकारी अधिकारी, समुदायका अगुवा,
प्रहरी कार्यालयको प्रतिनिधि सँगको अन्तर्वार्ता यो अध्ययनका प्राथमिक स्रोत हुन् ।
साथै, अध्ययनको लागि मंसिर–माघ २०७५ मा कपिलवस्तु नगरपालिका वडा नं. ५
दलदला र वडा नं. ८ दोहनी; यशोधरा गाउँ पालिका वडा नं. ८ सिहखोर र खोरिया; र
कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरीका गाउँ मा विभिन्न तहमा समूहगत छलफल
र व्यक्तिगत अन्तर्वार्ता गरिएका थिए । यसको लागि जम्मा २२ जना व्यक्तिसँग व्यक्तिगत
अन्तर्वार्ता र किशोरी-किशोर, महिला तथा अभिभावक समूह (१५ जना) सँग छलफल
गरिएको थियो । यसै क्रममा हिंसा प्रभावित वा नागरिकताका लागि संघर्षरत महिला,
स्थानीय निकायका प्रतिनिधि, सरकारी अधिकारी, समुदायका अगुवा र प्रहरी कार्यालयका
प्रतिनिधिसँग बेग्लाबेग्लै स्थान र मितिमा व्यक्तिगत रूपमा अन्तर्वार्ता गरिएको थियो ।
2
सो मन्थन कार्यक्रमबारे भदौ १, २०७५ मा सेतोपाटीमा प्रकाशित समाचारको लागि हेर्नुहोस्
www.setopati.com/social/165342; चैत १२, २०७५ मा हेरिएको ।
मधेसी महिलाको नागरिकता विहीनता | 27

साथै, मधेश मानवअधिकार गृहले २०७० सालमा नागरिकता विषयमा गरे को सानो
अध्ययन, गृहमा दर्ता भएका प्रभावितहरूका निवेदन, सञ्चार माध्यममा प्रकाशित समाचार,
विभिन्न मञ्चमा नागरिक समाजका प्रतिनिधिद्वारा उठाइएका विचारले पनि यस अध्ययनको
विषयवस्तुलाई गहन बनाउन सघाएको छ ।
अध्ययनको लागि कुराकानीको क्रममा कपिलवस्तु नगरपालिकाको बरन्डीहवा गाउँ का
महिलाले आफ्ना समस्या बताउन र जानकारी दिन असहज मानेका थिए । त्यस्तो किन
भन्ने मे र ो प्रश्नमा उनीहरूका अभिभावक र घरपरिवारले , खास गरी श्रीमान् ‌ले , थाहा
पाएको खण्डमा उनीहरूलाई अप्ठ ्यारो पर्ने कुरासँग म जानकार भएँ । उनीहरूको बुझाइमा
अभिभावकसँ ग नागरिकताको माग गर्नु भने क ो अभिभावकको विरोधमा बोल्नु हो ।
नागरिकता मागियो भने परिवारप्रति विश्वास नगरे को ठानिन्थ्यो । त्यसले सूचना संकलनमा
चुनौती थपेको थियो ।

नागरिकताको दाबी : वञ्चितीकरणमा गुणात्मक वद्ृ धि

पारिवारिक अड्चन
नागरिकता प्राप्त गर्न महिलाहरूलाई सबभन्दा पहिले पारिवारिक तहबाट समस्या पर्ने
गरे को छ । विशेषतः सम्पत्तिमाथि दाबी गर्ने डरका कारण उनीहरूको नागरिकता नबनाउने
गरिन्छ । नागरिकता प्राप्त गरे पछि श्रीमतीले सम्बन्ध विच्छेद गरे र सम्पत्तिमा दाबी गर्न सक्छन्
भन्ने सोच व्याप्त छ । छोरीको नागरिकता बनाइएमा विवाह गरे र गएपछि पनि माइतीको
सम्पत्तिमा दाबी गर्न सक्छन् भन्ने त्रास अर्को छ । नागरिकता बनाइदिएपछि श्रीमती वा
छोरीलाई आफ्नो काबुमा राख्न सकिँ दैन, छोरा नभएको खण्डमा अर्को विवाह गर्न पाइँदैन
भन्ने भ्रम पनि छ । घटनासँग जोडिएका पुरुषहरू (श्रीमान्, ससुरा र बुबा) सँग छलफल
गर्दा यस्ता भय र भ्रम अगाडि आएका हुन् । यसले पारिवारिक तहमा महिलामाथि कम
विश्वास गरिने र कमजोर अवस्थामा वा नियन्त्रणमा राखिराख्न नागरिकता नबनाइदिने
गरे को देखाउँ छ । मखना गडरियाको घटनाले त्यो कुरा प्रस्ट हुन्छ ।
मधे स का गरिब, दलित, र महिलाको सन्दर्भमा सामाजिक न्यायको अवस्था
घरपरिवारदेखि लिएर समाज र राज्यसम्म कस्तो छ भन्ने कुरा मखनाको पीडाबाट प्रस्ट
हुन्छ । राजनीतिक दलको नेतृत्व तहमा तिनैको पहुँच छ जो सामाजिक न्यायको विरुद्धमा
छन् । यो घटनाले राजनीतिक दलका नेता समेत न्यायको पक्षमा छै नन् भन्ने देखाएको छ ।
यसको व्याख्या अर्को खण्डमा गरिएको छ ।
28 | लक्ष्मी श्रेष्ठ

घटना १ : नागरिकताको विपक्षमा परिवार, समाज र प्रशासन


मखना गडरिया अहिले ७८ वर्षकी भइन् । उनले २०७१ सालमा ७३ वर्षको उमेरमा
नागरिकता प्राप्त गरिन् । उनी एकल महिला हु न् । जीवित छँ द ा उनका श्रीमान्
कल्लुले उनको नागरिकता बनाइदिएनन् । श्रीमान्‌को मृत्युपछि उनले सम्पत्तिमाथि
दाबी गर्ने त्रासका कारण परिवारले नागरिकता बनाइदिन मानेनन् । त्यसपछि उनी
आफ्नो समस्या लिएर स्थानीय राजनीतिक दलकहाँ पुगिन् । राजनीतिक दलका
प्रतिनिधिहरू समाजमा विभिन्न ओहोदामा रहेका उनका परिवारका पुरुष सदस्य
विरुद्ध मौन रहे । सामाजिक रूपमा उनी एक्लो भइन् ।
मखनाको पहिलो विवाह कल्लुकै कान्छा भाइसँग भएको थियो । कल्लुका
भाइको निधनपछि मखना एक्ली भइन् । उता कल्लुकी श्रीमतीको पनि निधन
भयो । त्यसपछि कल्लु र मखना (जेठाजु र बुहारी) बीच प्रेम सम्बन्ध चल्यो । के ही
समयपछि मखना गर्भवती भइन् । यो कुरा गाउँ मा सर्वत्र चर्चा भएपछि पञ्चायतले
दुवैलाई दोस्रो विवाह गराइदिए । कल्लुकी पहिली श्रीमतीबाट तीन छोरा थिए ।
मखनाका पहिलो श्रीमान्‌ पट्टिबाट एक छोरा मात्र थिए । मखनाले फे रि कल्लुबाट
एक छोरा र एक छोरी जन्माइन् । तर छोराको अकालमै मृत्यु भयो ।
कल्लु परिवारको नाममा कपिलवस्तुको सिशवा गाउँ मा ६ बिघा जमिन छ ।
कल्लुकी पहिली श्रीमतीबाट जन्मेका तीन छोरा जवान भएपछि परिवारमा समस्या
देखापर्न थाल्यो । मखनालाई आफू र आफूपट्टिका छोराछोरीले सम्पत्ति नपाउने त्रास
जाग्यो । कल्लुलाई नागरिकता बनाइदिन आग्रह गरिन् । जेठी तर्फ का छोराहरूले
त्यसको विरोध गरे । उनीहरूले आफ्नै बुबालाई कुटपिट समेत गरे । २०५७ सालमा
कल्लुको मृत्यु भयो । मखना बिचल्लीमा परिन् । पतिको निधनपछि मखनालाई गाउँ
विकास समितिबाट नागरिकताको सिफारिस बनाउन पाँच वर्ष लाग्यो । त्यसपछि
बल्ल उनी २०६३ सालमा जिल्ला प्रशासन कार्यालय तौलिहवाको प्रांगणमा
पाइला राख्न सफल भइन् । यो बीचमा गाउँ मा नागरिकता वितरण टोली दईु चोटि
गएको थियो । तर कल्लुकी पहिली श्रीमती तर्फ का छोराहरूको अवरोधका कारण
मखनालाई नागरिकता लिनबाट रोक लगाइयो ।
कल्लुकी पहिली श्रीमती तर्फ का जेठो छोरा सिद्धि गडरिया बिस्तारै नेपाली काँग्रेसमा
लागे । उनी स्थानीय काँग्रेस नेताका विश्वासपात्र बने । आफ्नो राजनीतिक पहुचँ का कारण
उनीहरू मखनालाई नागरिकता नदिने र भएको सबै सम्पत्ति आफै ँ हत्याउने षड्‌यन्त्रमा
लागे । मखना कानूनी उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय धाउन थालिन् ।
मधेसी महिलाको नागरिकता विहीनता | 29

घटना १ : क्रमश...
त्यहाँ उनले यताबाट उता, कहिले कहाँ, कहिले कता दौडिनमै समय बिताउनुप¥ यो ।
त्यसपछि उनी मधेश मानवअधिकार गृहमा गुहार माग्न पुगि न् । गृह को पहलमा
अदालत पुगि न् । त्यसको लागि तराई मानवअधिकार रक्षक सञ्जालले कानून ी
सहयोग ग¥ यो ।
असार २०७० मा पुनरावे द न अदालत बुट वलले जिल्ला प्रशासन कार्यालय
कपिलवस्तुका नाममा आदेश जारी ग¥ यो, “मखना गडरियालाई तत्काल नागरिकता
दिनू ।” तर अदालतको आदे श आएको छ महिना कटिसक्दा पनि प्रशासनले
आलटाल गर्दै उनलाई दौडाइरह्यो । त्यसपछि कपिलवस्तु जिल्ला प्रशासनले गाउँ का
पाँच जनाको सनाखत गराएर ल्याउन भन्यो । मखनाले त्यो पनि ल्याएर दिइन् । १५
दिनभन्दा बढी भइसक्दा पनि प्रशासन फाँटका कर्मचारीले उल्टै झपारे , “हाकिम
साहेब नभएका बेला तपाई ँ जहिले पनि आउने र किचकिच गर्ने ?” मखना भन्थिन्,
“मलाई अझै नागरिकता नदिने सोच छ यिनीहरूको । के ही वर्षमा म मरिहाल्छु ,
त्यसपछि भएभरको सम्पत्ति उनीहरूको एकलौटी हुन्छ, त्यसैकै लागि आलटाल
गरिरहेका छन् ।”
स्रोत : माहुरी होम ।

नागरिकता भयो भने महिलाहरू घरबाहिर अर्थात् सार्वजनिक ठाउँ म ा कामकाज


गर्न, व्यवसाय गर्न सक्छन्; त्यस्तो काम गर्ने भनेको पुरुषले हो, महिलाले होइन; के ही
अर्थोपार्जनको काममा महिला लागेमा पुरुषको नियन्त्रणबाट बाहिर जान्छ भन्ने डर परिवारका
पुरुषमा रहेको छ । त्यसैले, त्यस्तो काम गर्न नदिन पनि महिलाहरूको नागरिकता प्राप्तिको
अधिकारमाथि पुरुषद्वारा हस्तक्षेप गरिएको छ । महिलाहरू श्रीमान्‌कै कमाइमा घरभित्रै
बसिरहून्, उनीहरूकै आदेश अनुरूप चलिरहून् भन्ने मनसायले पनि काम गरे को पाइन्छ ।
उदाहरणको लागि, स्थानीय प्रभावशाली व्यवसायी रवि शाह सीधै भन्छन्, “किन चाहियो
श्रीमतीलाई नागरिकता ? के काम छ र ? मैले कमाएर यिनीहरूलाई पालेकै छु, चार ओटा
सन्तान नै प्रमाण हुन् । यसलाई न कुनै जागिर गर्नु छ, न अरू के ही ।”3 पारिवारिक तहमा
रहेको यस्तो सोच र व्यवहारले गर्दा महिलाहरू घरे लु हिंसाको शिकार भइरहेका छन् ।

3
मधेश मानवअधिकार गृहमा असार २३, २०७५ मा उनकी श्रीमतीले न्याय प्राप्तिका पहल
गरी दिन अनुरोध गर्दै निवदेन दर्ता गराएकोमा त्यसको एक हप्तापछि कृ ष्णनगरस्थित इलाका प्रहरी
कार्यालयमा प्रहरी, नागरिक समाज, स्थानीयको रोहवरमा छलफल गर्दा शाहले यी कुरा भनेका हुन् ।
30 | लक्ष्मी श्रेष्ठ

घटना २ : नागरिकताको दाबीले निम्त्याएको घरे लु हिंसा


सरिता साहनी (परिवर्तित नाम) भारतको मुम्बई उल्लास नगरमा हुर्किबढेकी एक
शिक्षित महिला हुन् । कपिलवस्तुका एक पुरुष रोजगारको लागि मुम्बई जाँदा उनीसँग
भेट भयो र दुई जनाबीच प्रेम भयो । माघ २, २०६५ मा उनीहरू राजीखुसी वैवाहिक
बन्धनमा बाँधिए, पाँच/छ वर्ष मुम्बईमा बसे, र दुई सन्तान जन्माए । २०७१ सालतिर
मुम्बईबाट उनीहरू नेपाल आएर कपिलवस्तुको हथिहवामा श्रीमान्‌को घरमा बस्न
थाले । यहाँ आएपछि उनीहरूको अर्को एक सन्तान जन्मियो । उनीहरूको विवाह
भएको दश वर्ष भयो । अहिले उनीहरूका दुई छोरी र एक छोरा छन् ।
अहिलेसम्म सरिता साहनीको विवाह दर्ता तथा नागरिकता, र बच्चाहरूको जन्म
दर्ताको कुनै पनि कागजात बनाइएको छै न । तीन वर्षअघि सरिताले यी कागजात
बनाइदिन परिवारसँग अनुरोध गरिन् । त्यसपछि उनीमाथि घरे लु हिंसा र भौतिक तथा
मानसिक यातना दिन शुरू गरियो । उनको श्रीमान् लगायत घरपरिवारले उनलाई
गालीगलौज गर्ने, शारीरिक तथा मानसिक यातना दिने काम जारी छ । ती कागजात
बनाउन जाँदा प्रशासनले एकपछि अर्को तारिख दिँदै फिर्ता पठाउने गरे को छ ।
असोज २७, २०७५ मा हामी अधिकारकर्मीको एक समूह सरिता साहनीको
ससुराली घर शुद्धोधन गाउँ पालिकाको हथिहवा पुग्यौँ । घरमा सासू, बुहारी र तीन
स-साना नानी आमाका पछि-पछि घुमिरहेका थिए । सरिताले उही समस्या हामीसामु
राखिन् । ससुराले समय र पैसा नभएकोले ती कागजात नबनाएको स्पष्टीकरण दिए,
के ही दिनमा बनाइदिने वाचा पनि गरे , तर बनाएनन् । सरिता भन्छिन्, “मैले आफ्नो
माइतीलाई गुहारे ँ । छोराछोरी घरमै छाडे र माइती फर्कि ने सुझाव दिए । तर म आफ्ना
बच्चाहरूलाई यहाँ छाडे र कसरी जाऊँ ? यहाँ बस्ने मेरो आधार पनि छै न । मैले
नागरिकता बनाइदिने माग गर्दा मेरो चरित्रमा लाञ्छना लगाउँ दै आएका छन् । झन्
बढी यातना र कुटपिट सहनु परे को छ ।”
दाइजोको लागि ससुरा र परिवारका अरू सदस्यले श्रीमान्‌लाई अर्को विवाह
गराउने मनसाय राखेका छन् । श्रीमान्‌ले परस्त्रीसँग सम्बन्ध राखेर आफूलाई मानसिक
यातना पनि दिइरहेको सरिताले दाबी गरिन् ।
सरिता हथिहवाको बोर्डिङ स्कू लमा शिक्षिका थिइन् । घरबाट बाहिर निस्कनै
नदिएपछि जागिर गुम ाउनुप¥ यो । छोराछोरीले समेत पढ्न पाएका छै न न् । मधेश
मानवअधिकार गृहले स्थलगत अनुगमन ग¥ यो । सरिताको नागरिकता तथा विवाह
दर्ता, र बच्चाहरूको जन्म दर्ता बनाउन पहल गरिरहेक ो छ । गृह को पहलबाट
बल्लतल्ल विवाह दर्ता बन्यो ।
स्रोत : माहुरी होम ।
मधेसी महिलाको नागरिकता विहीनता | 31

सरिता साहनी (परिवर्तित नाम) ले नागरिकता र विवाह दर्ताको माग गरे पछि घरे लु हिंसा
भोग्नुप ¥ यो । उनलाई घरबाहिर निस्कन समे त रोक लगाइयो । एक निजी विद्यालयमा
शिक्षकको रूपमा काम गर्दै आएकोमा सो काम गर्नबाट उनलाई प्रतिबन्ध लगाइयो ।
उनका बच्चाले समेत पढ्न पाएनन् (हेर्नुहोस्, घटना २) ।
महिलाले सहज रूपमा आफू नागरिक हुने अधिकार न घरपरिवारमा, न समाजमा, न
सरकारको कुनै नीति, कानून या निकायमा नै अनुभूति गर्न सके को अवस्था छ । छोरीको
नागरिकता बनाउन उसको विवाह हुनुपर्ने अवस्था छ । आमाको नागरिकता बनाउन छोराको
जन्म कुर्नुपर्ने अवस्था छ । आखिर किन ? ६५ वर्षकी एक दलित महिलाले नागरिकता
नभएकै ले वृद्ध भत्ता पाउन सक्दिनन् । उनको श्रीमान्‌लाई प्रश्न गर्दा उनी भन्छन्, “उनले
मेरो सेवा गरिनन्, त्यही भएर मैले उसको नागरिकता बनाइनँ । अर्को विवाह पनि गरे ँ ।”
एक विवाहित महिलाका सबै अधिकार उसको परिवारमा, अझ श्रीमान्‌मा निहित छ ।
श्रीमान्‌ले चाहेमा मात्रै उनले नागरिकता पाउने देखियो । विवाहित महिलाको नागरिकताको
अधिकार प्राप्तिको कुरा श्रीमान्‌ सँगको सम्बन्धमाथि निर्भर छ । विवाह भएको प्रारम्भिक
अवस्थासम्म सबैजसो कुरा राम्रै हुने हुँदा महिलालाई नागरिकता, विवाह दर्ता लगायतको
आवश्यकताबारे थाहै नहु ने अवस्था छ । महिलाले नभने स म्म परिवारका अरू कसै ले
त्यस्ता कुरामा चासो नै लिने गर्दैनन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ का अध्यक्ष
रविन्द्र तिवारी भन्छन्, “जसका श्रीमान्, बुबा , पुरु षहरूको नागरिकता छ, उनीहरूका
श्रीमती, छोरी, बुहारीको नागरिकता बनाउन सजिलो छ । तर उनीहरू घरका महिलाको
नागरिकता बनाउन सनाखत नै गर्न आउँ दैनन् । विवाह भएको सालौसँ ाल भए पनि, उमेर
पनि ४०–५० वर्ष नाघिसके पनि विवाह दर्ता नै गराएका छै नन् ।” जति बेला कुनै समयमा
विवाह दर्ता, बच्चाको जन्म दर्ता र नागरिकताको खाँचो परे पछि महिलाहरूले परिवारसँग
त्यसको माग गर्छन्, त्यस बेलामा उनीहरूको कुरा सुनिँदैन ।
त्यसमाथि पारिवारिक सम्बन्ध बिग्रँदै गएको अवस्थामा त्यस्तो माग गरिएमा सुनवाइ
हुनेभन्दा पनि समस्या बढ्दै जाने गरे को पाइन्छ । सम्बन्ध राम्रै भए पनि दुई-तीन ओटा
सन्तान भइसके पछि मात्र श्रीमतीको नागरिकता बनाउने चलन छ । छोरी मात्रै जन्मिएको
खण्डमा पनि महिलाको नागरिकता बन्न नसके का धेरै घटना छन् ।
पारिवारिक तहमा नागरिकताबारे महिला अधिकारमाथि अड् च न गलत सोचाइ र
बुझाइका कारण उब्जिएको छ । घरे लुकरण गरिएका महिलाहरूको सार्वजनिक जीवनमा
प्रवेश धेरैजसो पुरुषका लागि सोचनीय र स्वीकार्य भएको छै न । उनीहरूको पुरातन हेराइ
र बुझाइ अनुसार महिलालाई नागरिकता, विवाह दर्ता किन चाहियो ? आखिर जागिर गर्ने
होइन, पेशा व्यवसाय गर्ने पनि होइन । घरबाहिर निस्के र, मुम्बईदेखि कतार, मलेसिया,
दुब ईजस्ता देश मा कमाउन जाने त आखिर श्रीमान् वा पुरु ष नै हु न् । आखिर महिला
32 | लक्ष्मी श्रेष्ठ

त एक श्रीमती मात्रै हो, आमा मात्रै हो भन्ने आधार र प्रमाणको लागि छोराछोरी तथा
सन्तान छँ दै छन् । श्रीमान्‌ले श्रीमती मानेर घरमा राखेकै छ, त्यसमाथि छोराछोरी सबुतका
रूपमा छँ दै छन् भने अरू प्रमाण र पहिचान किन आवश्यक भयो ? यस्तो मानसिकताले
बेसी मात्रामा पुरुषहरूमा गहिरोसँग जरो गाडे को छ । यही मानसिकता नै नागरिकतामाथि
महिलाको अधिकारमा अड्चनको मूल जड भएको छ ।

सामाजिक अड्चन
मीना जयसवाल (परिवर्तित नाम) एक गृहिणी हुन् । उनको विवाह भएको १९ वर्ष पुग्यो ।
उनका १७ वर्षे एक छोरा छन् । तर श्रीमान्‌ले नागरिकता बनाइदिन मानेका छै नन् । उनी
श्रीमान्‌बाट नागरिकता दिलाइ पाउन भन्दै भारतदेख ि ने पालका विभिन्न सरकारी तथा
सामाजिक संस्थामा धाइरहेकी छन् । उनका श्रीमान्‌को सामाजिक पहुँच र सम्बन्ध बलियो
छ । माइती भारत भएकोले नेपालमा उनलाई विश्वास गर्ने र उनको कुरामा साथ दिनेको
अभाव छ । उनको पक्षमा बोलिदिने कोही पनि नभएको र आर्थिक अवस्था पनि कमजोर
रहेकोले न्याय पाउन नसके को उनको दुखेसो छ (हेर्नुहोस्, घटना ३) ।

घटना ३ : मोलमोलाइ गर्ने पीडकको अस्त्र नागरिकता


मीना जयसवाल (परिवर्तित नाम) ले कपिलवस्तुका विजय धीरे न्द्र कुमार जयसवाल
(परिवर्तित नाम) सँग १९ वर्षअघि विवाह गरिन् । उनका छोरा अहिले १७ वर्ष पुगे
र उनी मामाघरमा बस्छन् । विवाह भएपछि छोरा नजन्मदै मीना श्रीमान्‌को मानसिक
र शारीरिक यातनाको शिकार हुन थालिन् । उनलाई घर निकाला गरियो । त्यसपछि
गोरखपुरस्थित माइतीमै बस्न थालिन् । उनीसँग विवाह दर्ता एवं नागरिकता छै न ।
उनी नेपालका विभिन्न निकायमा नागरिकताको लागि पटक-पटक धाइन् । यहाँको
कानून, प्रशासनिक प्रक्रिया र कामकाजबारे जानकार नभएकोले पनि उनले धेरै दुःख
पाइन् । उनले श्रीमान् विरुद्ध बहुविवाहको मुद्दा हालिन् । मुद्दाको फै सला भएको छै न ।
श्रीमान्‌को भनाइ छ, “ममाथि तीन ओटा मुद्दा हाले पुग्थ्यो । तर उनलाई नेपाल
धाउने क्रममा जसले जे मुद्दा हाल भन्यो सबै गर्दै गइन् र अहिले ममाथि २० ओटा
मुद्दा लगाइएको छ । ती सबैको वकालत खर्च कहाँबाट आउँ छ ?”
मीनालाई ब्रे न ट् यूम र भएको छ । उनको स्वास्थ्य स्थिति बिग्रँदो छ । उनी
भन्छिन्, “म नेपालमा न्यायको लागि धाउँ दा-धाउँ दा थाके ँ । हारिसके ँ । कहिलेकाही ँ
त आत्महत्या गरौ ँ जस्तो लाग्छ ।”
मधेसी महिलाको नागरिकता विहीनता | 33

घटना ३ : क्रमश...
उनले नागरिकताको लागि धाएको सात वर्ष नाघ्यो । मधेश मानवअधिकार
गृह को सम्पर्क मा आएपछि गोरखपुर , भै र हवा, बुट वल, कपिलवस्तु, चन्द्रौटाका
प्रशासनिक निकायमा धाइरहेकी छन् । संस्थाले श्रीमान्, श्रीमती र छोराबीच कुराकानी
गर्ने वातावरण सिर्जना ग¥ यो । परामर्श गर्ने काम पनि ग¥ यो । १७ वर्षको उमेरमा
छोराले पहिलो पटक बुबासँग भेटे । कुराकानीपछि छोरा र श्रीमतीको नागरिकता
बनाउन धीरे न्द्र राजी भए । तर धीरे न्द्रको शर्त थियो, आफूमाथि लागेका सबै मुद्दा
खारे ज हुनुपर्छ ।
मुद्दा फिर्ता लिने कुरामा मीना राजी भइनन् । पुस ८, २०७५ मा रुपन्देही प्रशासन
कार्यालयमा शान्ति सुरक्षाको व्यवस्था गरी पाऊँ भनी निवेदन पेस गरिन् । १० गते
मधेश मानवअधिकार गृह लगायत अरू संस्था र पत्रकारको रोहबरमा धीरे न्द्रले १५
दिनभित्र सनाखत गरी श्रीमतीको नागरिकताको प्रमाणपत्र बनाइदिने सहमति गरे ।
उक्त कागज सम्बन्धित जिल्ला कपिलवस्तु प्रशासन कार्यालयमा पठाइयो । पुस
२२ गते मीना र धीरे न्द्र सहित संस्थाका प्रतिनिधिबीच कपिलवस्तु जिल्ला प्रशासन
कार्यालयमा बैठक भयो । प्रमख ु जिल्ला अधिकारी अर्जुन पोखरे लको नेततृ ्वमा बसेको
बैठकले अर्को दिन स्थानीय चन्द्रौटा नगरपालिकाबाट सिफारिस ल्याई, सनाखत
गरी नागरिकता बनाउने र मुद्दाहरूलाई मेलमिलाप गर्ने सहमति ग¥ यो । अर्को दिन
मीना आफ्ना वकिल लिएर चन्द्रौटा नगरपालिका पुगिन् । दिनभरि छलफल हुँदा पनि
समाधानको चुरो फे ला परे न । उनले नागरिकता पाइनन् । किनभने उनले नागरिकता
लिने हो भने श्रीमान्‌लाई सबै मुद्दाबाट उन्मुक्ति दिनुपर्ने शर्त फे रि तेर्स्याइएको थियो,
जुन उनले स्वीकारिनन् ।
स्रोत : माहुरी होम ।

महिलाहरूको नागरिकता प्राप्तिमा पारिवारिक सम्बन्धसँगै प्रमुख बाधक तत्त्वको रूपमा


रहेको छ—समाजमा स्थापित पुरुषवादी सोच र पितृसत्तात्मक सामाजिक प्रणाली । शिक्षा,
स्वास्थ्य, व्यवसाय तथा रोजगारका अवसरमा महिलाहरूको कम पहुँचका कारण उनीहरूको
गतिशीलता कम छ । त्यही कमीले पनि नागरिकता प्राप्तिको आवश्यकताबोध र त्यसको
लागि जरुरी सक्रियतालाई प्रभावित पारिरहेको छ ।
सामान्यतः नागरिकताको लागि आवश्यक कागजात बनाउने काम समयमै भएका
हुँदैनन् । जस्तै, विवाहलगत्तै विवाह दर्ता गर्ने वा बच्चा जन्मे लगत्तै जन्म दर्ता गर्ने काम
गरिँ दैन । व्यक्तिगत घटना दर्ता सम्बन्धी विभिन्न अभियान र कार्यक्रम सामाजिक संस्था
34 | लक्ष्मी श्रेष्ठ

मार्फत सञ्चालन भए पनि, एकदमै थोरै संख्यामा मात्र व्यक्तिगत घटना दर्ता हुने गरे का
छन् । नागरिकता लिनु मेरो अधिकार हो र मैले लिनुपर्छ भन्ने चेतना कम भएकोले यस्ता
व्यक्तिगत घटना दर्तामा समेत ढिलाइ हुने वा आवश्यक नपरे सम्म के ही गर्दै नगर्ने चलन
छ । यसले नागरिकता बनाउने कामको शुरूको चरणमै समस्या रहेको संकेत गर्छ । समस्या
परे पछि सामाजिक संस्था वा कानूनी उपचारका लागि दर्ता गरिएका घटनाको अध्ययन
गर्दा यो कुरा थाहा भयो ।
धेरैजसो अवस्थामा विवाह लगत्तै जोडीहरूको सम्बन्ध राम्रो रहने गर्छ । सो समयमा
श्रीमान् र श्रीमती कसैले पनि विवाह दर्ता र नागरिकताको विषयमा सजगता अपनाएको
पाइँदैन । बच्चा जन्मेपछि जब विद्यालय भर्ना हुने उमेर हुन्छ, त्यस बेला विद्यालयले जन्म
दर्ता मागेपछि मात्र जन्मदर्ता गर्नेतर्फ अभिभावकहरू लाग्ने गरे का छन् । बच्चाको जन्मदर्ता
आवश्यक पर्नाले मात्रै विवाह दर्ता बनाइएको तर नागरिकता नबनाइएका उदाहरण धेरै
मात्रामा छन् । शिक्षित महिलाहरू पनि नागरिकता नहुँदा बेरोजगार भएका छन् । आय
आर्जनमा जोडिन नसक्दा आर्थिक स्थिति नाजुक हुने र महिलाहरू परिवार तथा समाजमा
कमजोर भूमिकामा रहनु परे को छ ।
यसरी शिक्षा र रोजगारमा महिलाको गतिशीलता नहुँदा, व्यवसाय तथा रोजगारका
अवसरमा पुरुषको मात्र पहुँच हुँदा महिलाको नागरिकता अधिकारमा पुरुष र पुरुषप्रधान
समाजले नियन्त्रण गरे को देखिन्छ । सरिता साहनीले आफ्नो नागरिकता, विवाह दर्ता,
तीन सन्तानको जन्म दर्ता र शिक्षा व्यवस्थापनको माग गर्दा परिवारको शारीरिक तथा
मानसिक यातना भोग्दै आइन् । त्यही कुरा बाहिर ल्याएपछि पुरुषप्रधान समाजले उनलाई
नै घरपरिवारको कुरा बाहिर, प्रहरी प्रशासनसम्म पु¥ याई भनी आरोप लगाएको अवस्था छ ।

राज्य तहमा अड्चन : “माथिबाट पत्र आएको छै न”


नागरिकता लिन अनेक पारिवारिक र सामाजिक प्रक्रिया र समस्या पार गरे र राज्य समक्ष
पुगी हाले पनि महिलाहरू सरकारी संयन्त्र र प्रतिनिधिबाट समेत असहयोग र बाधा झेल्न
बाध्य छन् ।
धीरे न्द्र कु मार जयसवालले जिल्ला प्रशासन कार्यालयमा मीना जयसवाल आफ्नी
श्रीमती भएको कुरा पटक-पटक स्वीकारे का छन् । तर त्यही स्वीकारोक्तिलाई महत्त्वहीन
पारिएको छ । मीनाले आफूलाई लगाएका मुद्दा फिर्ता लिएपछि मात्रै धीरे न्द्रले नागरिकता
बनाइदिने शर्त राख्दै आएका छन्, सोही बमोजिमको कागज पनि गरे का छन् । नेपालको
प्रशासनिक क्षेत्र पुरुषवादी चिन्तनले भरिएको छ भन्ने कुराको प्रमाण यसले दिन्छ । एक
पुरुषले आफ्नो श्रीमतीको पहिचान पटक-पटक स्वीकारे पनि उसका निश्चित शर्त जिल्ला
प्रशासन कार्यालयलाई पनि स्वीकार्य भयो । त्यही शर्तका आडमा श्रीमतीको नागरिकता
मधेसी महिलाको नागरिकता विहीनता | 35

नबनाउने हक जिल्ला प्रशासन कार्यालयले उपभोग ग¥ यो । प्रशासनले श्रीमान्‌को मात्रै


कुरा सुन्यो र पत्यायो ।
मीनाले नागरिकताको लागि आफ्नो घरपरिवारसँग विद्रोह गर्दै समाज र राज्यलाई
गुहारिन् । तर उनको माग समाज र प्रशासनले जायज ठह¥ याएनन् । उनलाई नागरिकताबाट
वञ्चित गर्ने श्रीमान्‌कै कुरा मात्रै प्रशासनको लागि महत्त्वपूर्ण भयो । घरबाट विद्रोह गरे र
बाहिर आए पनि प्रशासनिक प्रक्रियाले भने उही पीडक पुरुषकै पोल्टामा पठाइदिन्छ, जसले
गर्दा पुरुषहरूलाई बलियो बनाएको छ । राज्यले आफ्नो महिला नागरिकलाई नागरिकता
दिन पुरुषकै सनाखत अनिवार्य गरे को छ । घरबाट बाहिर निस्के र समाज र राज्यको ढोका
ढक्ढकाए पनि समाज र राज्यले महिलालाई घरकै पुरुषकै अधिकार अन्तर्गत सुम ्पेको
देखिन्छ । अनेक प्रशासनिक अंकुश र बाध्यताले बाँधेर महिलाहरूमाथि पुरुष आधिपत्य
कायम राखिएको छ । यसको अर्थ लोकतान्त्रिक भनिएको नेपाली राज्यले महिलालाई
नागरिकताको नाममा पुरुषकै अधीनमा राखेको छ ।
मीना जयसवाल र सरिता साहनीको घटना हेर्दा पनि प्रशासनले तारिखभन्दा अरू
के ही दिन सके को देखिँदैन । मीनाका श्रीमान् ठूला व्यापारी हुन् र समाजमा प्रतिष्ठित पुरुष
कहलिएका छन् । उनले मीना आफ्नी श्रीमती भएको र उनीबाट १७ वर्षीय छोरा रहेको
कागज गरे तापनि प्रशासनिक अधिकारीहरूलाई छोएन, उनीहरू मीनाको नागरिकताका
लागि शर्त राख्ने तिनै श्रीमान्‌को सनाखत माग गर्छन् । यस्तो बाधा पन्छाउन सरकारी
निकायका अधिकारीहरूले कानून सम्मत स्वविवे क पनि लगाउनु परे क ा उदाहरण दिँदै
सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल भन्छन्, “कतिपय घटनामा श्रीमतीको
नागरिकता बनाइदिन नचाहने श्रीमान्‌हरूलाई ‘यो श्रीमती मेरी हो तर नागरिकता बनाइदिन्नँ’
भनेर कागज गराएर पनि नागरिकता दिएका छौ ँ ।”4
यसरी कानून सम्मत स्वविवे क अँ ग ालिएका घटनालाई अपवादको रूपमा लिनुप र्ने
अवस्था छ । धे रै ज सो मामिलामा पुरु ष र परिवारको पहुँच र प्रभावलाई हेर्ने गरिएका
उदाहरणको कमी छै न । सामान्यतः राज्यका निकायमा हालीमुहाली र हैकम राख्नेहरूले
महिलाको नागरिकता बनाउने वा नबनाउने कुरामा महिलाको घरपरिवारका पुरुषको हैसियत
र पहुँच हेरेर व्यवहार गर्ने गरे का छन् । त्यसैले महिलाहरू घर र समाजसँग विद्रोह गरे र
नागरिकताको लागि राज्यका निकायमा त पुग्छन्, तर त्यहाँ गरिने पुरुष हैकमलाई पोस्ने
अविवेकी व्यवहारबाट झन् प्रताडित र निराश हुन पुग्छन् ।
धेरैजसो घटनामा जिल्ला प्रशासन र प्रहरीले उनीहरूका श्रीमान् र परिवारले १०–१५
दिनमा नागरिकता बनाइदिनुपर्ने गरी मिति तोकिदिन्छन् । तोकिएको मितिमा पीडितहरू
प्रहरी प्रशासनमा पुग्छन् । तर फे रि अर्को तारिख दिइन्छ । तारिखपछि तारिख दिएर झुलाउने
4
हेर्नुहोस्, www.setopati.com/social/165342; कात्तिक २५, २०७५ मा हेरिएको ।
36 | लक्ष्मी श्रेष्ठ

काममा प्रशासनमाथि पुरुषको हैसियत र पहुँच प्रभावशाली रहेको हुन्छ । मीना जयसवाल
भन्छिन्, “मेरो श्रीमान्‌ले पटक-पटक प्रशासनमा यो मेरी श्रीमती हो भनेको छ । र, १५
दिनपछि नागरिकता बनाइदिन्छु , २० दिनपछि बनाइदिन्छु भनेको छ । कागज पनि गरे को
छ । तर प्रशासनले मलाई नागरिकता दिँदैन ।” यसको मतलब पुरुषको सामाजिक हैसियत
र शक्तिले कानूनलाई समेत प्रभाव पारे को बुझिन्छ ।
राज्यले विवाह दर्ता नगरी बच्चाको जन्मदर्ता नबनाउने प्रावधान ल्याएपछि त्यसले
आमाहरूको लागि विवाह दर्ता गर्ने सम्मको काममा सघाएको छ । तर पनि नागरिकता
बनाउने काम भने सहज हु न सके को छै न । ने प ाली राज्यले विशे ष गरी तराई भे ग का
महिलालाई आफ्नो देशको नागरिकको रूपमा पत्याउँ दैन । महिलाहरूको नागरिकतामा
पुरुषको सर्जमिन, विवाह दर्ता लगायतका कागजात हुँदा पनि श्रीमतीलाई नागरिकता दिन
नचाहने श्रीमान्‌कै सनाखत अनिवार्य गरिएको छ ।
अर्कोतर्फ , घर परिवारसँ ग झगडा गरे र जे न ते न प्रशासनमा नागरिकता लिन पुगे क ा
महिलालाई प्रशासनको पहिलो ढोकामै “यति धेरै उमेर हुन्जेल किन नागरिकता नबनाएको ?
भारतीय हो ?” भन्ने शं क ाको नजरले हेर्ने गरिन्छ र अनुस न्धान शुरू गरिन्छ । एक त
परिवारले नागरिकता दिन नचाहेको अवस्था छ, त्यसमाथि राज्यले पनि शंकालु नजरबाट
छानबिन गर्दै एकपछि अर्को तारिख मात्रै तोक्ने परम्परा छ । परिवार, समाज र राज्यमाथि
हालिमुहाली चलाइरहेका पुरुषहरूलाई पूर्णतः विश्वास दिलाएपछि वा रिझाएपछि मात्रै
महिलाले नागरिकता पाउँ छे ।
भारतबाट विवाह गरे र नेपालमा आउने बुहारीले वैवाहिक अंगीकृ त नागरिकता पाउने
व्यवस्था छ । तर जति बेला परिवारले विभिन्न बहानामा नागरिकताबाट वञ्चित गराउन
खोज्छ, त्यति बे ला राज्य र प्रशासनले सहजताको वातावरण निर्माण गरिदिनुको सट्टा
झन् जटिलता पैदा गर्ने गर्छन् । सर्जमिन, अदालतबाट निर्णय, सनाखत लगायतका जटिल
प्रक्रियाले गर्दा राज्य प्रशासन, घरपरिवार, र समाजमा महिलाहरू पीडित छन् ।
महिलाको नागरिकता बन्न नसक्नुको अर्को कारण भारत र ने प ाल बीचको खुल ा
सीमाना र सीमा वारिपारिको रोटीबे ट ीको सम्बन्धबारे अतिरञ्जित बुझ ाइ पनि हो । 5
भारतबाट विवाह गरी नेपाल आएका महिलाले नागरिकता पाएमा सम्पत्तिमाथि दाबी गर्ने
र सम्पत्ति लिएर भारत फर्कि ने त्रास पनि नेपाली श्रीमान्‌हरूमा रहेको भेटियो । उदाहरणका

5
यो लेखमा भारतबाट विवाह गरी नेपाल आएका महिलाहरूले नागरिकता पाउनेबारे लामो
समयदेखि चल्दै आएको कानूनी बहसलाई के लाइएको छै न । बरु कानूनी रूपमा नागरिकताको
लागि योग्य भए पनि परिवार, समाज, र राज्य तहबाट कस्तो अड्चन हुने गर्छ भन्ने कुरा मात्र
चर्चा गरिएको छ ।
मधेसी महिलाको नागरिकता विहीनता | 37

लागि १९ वर्षअघि भारतबाट नेपालमा विवाह भएकी मीना जायसवाल र उनको छोराको
नागरिकता नबन्नुको पृष्ठभूमिमा सम्पन्न परिवारको सम्पत्तिमाथि दाबी हुने भय पनि छ ।
श्रीमान् नेपाली नागरिक हो र ऊसँग सबै प्रमाण छ भने श्रीमतीको नागरिकता बनाउन
समस्या हुन नपर्ने हो । स्थानीय अगुवा कल्लु कोरी भन्छन्, “मेरो नागरिकता छ, सम्पूर्ण
प्रमाण छ, मेरो श्रीमतीको नागरिकता बनाउन के समस्या भयो ? म नेपाली नागरिक हो
भने श्रीमतीलाई नागरिकता बनाउन नमिल्ने कुरै हुँदैन ।”6 तर सामान्यत यस्तो सहज हुन
सके को छै न । स्थानीय सरकार आएपछि प्रत्ये क वडामा त्यही कँ ा चिरपरिचित व्यक्ति
निर्वाचित जनप्रतिनिधिको रूपमा कार्यरत रहेकाले सामान्यत सहज हुनुपर्ने हो । तर वडा
अध्यक्षबाट गरिएको सिफारिसलाई पनि प्रशासनले नमाने क ा गुन ासा छन् । भारतबाट
विवाह गरे र नेपाल आएका महिलालाई नेपालको कानूनबारे जानकारी नहुँदा पनि समस्या
थपिन पुग्छ । पारिवारिक संरचना र सामाजिक संरचनामा रहेका पुरुषहरूको शक्तिशाली
हैसियतको संयोजित रूप राज्यको संरचनामा देखिन्छ । त्यसैले महिलाहरूले राज्यबाट
पाउनुपर्ने न्याय, हक अधिकारको लागि अनावश्यक दुःख र समस्या झेल्नु परिरहेको छ ।
२०६३ सालमा जन्मको आधारमा नागरिकता प्राप्त गरे क ा परिवारका सन्तानले
नागरिकता नपाएको विषयमा मधेसवादी राजनीतिक दलका साथै अधिकारकर्मीहरूले पैरवी
गरिरहेका छन् । तर स्थानीय तह र जिल्ला प्रशासनले “माथिबाट पत्र नआएको” भन्दै
लाखौ ँ युवालाई अनागरिक बनाइरहेको अवस्था छ । यसबारे के ही हदसम्म सबै जसोको
चासो रहेको देखिन्छ । तर मधेसका देहात र गाउँ बस्तीका महिला (श्रीमती, छोरी, बुहारी
र आमा) का नागरिकताका समस्या गुमनाम छन् । स्थानीय अधिकारकर्मीहरू समेत यस
विषयमा सार्वजनिक मञ्चमा उठे को आवाजलाई स्वीकार्न तयार भएको पाइँदैन ।

आमाको नाममा नागरिकता कि आमाकै नागरिकता ?


महिलाको नागरिकताको कुरा गर्दा छोरी-बुहारीले पाउनुपर्ने नागरिकताको कुरा उठाउने
गरिन्छ, अरू महिलाको कु रा खासै उठे क ो पाइँदैन । नागरिकता दिलाइदिने विषयमा
आमाको नामबाट नागरिकता पाउनुपर्ने कुरामा पनि अधिकारकर्मी र महिला ने तृहरूले
आवाज उठाइरहेक ा छन् । मूल धारका आन्दोलन र राष्ट्रिय स्तरमा यो विषयमा बहस
र छलफल निकै हुने गरे का छन् । तर नागरिकता दिलाइदिने तिनै आमाहरूसँग आफ्नो
नागरिकता छ वा छै न भन्ने कुराको ख्याल गरे को देखिन्न । कपिलवस्तु लगायत मधेसका
अधिकांश जिल्लामा अधिकांश हजुरआमा, आमा, बुहारी, छोरी र नातिनीले नागरिकता
पाउन सके का छै नन् । १६ वर्षे नातिको नागरिकता बनिसक्दा पनि ६५ वर्षिया हजुरआमा
6
कोरीद्वारा माघ १०, २०७५ मा कपिलवस्तु नगरपालिका–५ को दलदलामा भएको
अभिभावक समितिको छलफलमा व्यक्त ।
38 | लक्ष्मी श्रेष्ठ

नागरिकता विहीन भएर परिवार, समाज, र राज्यबाट पाउनुपर्ने सेवा-सुविधाबाट वञ्चित


छन् । त्यस्ता महिलाले आफ्ना सन्तानलाई नागरिकता दिलाउने हैसियत कसरी राख्लान् ?
आफ्नै नागरिकता बनाउन पूरै जीवन संघर्ष गरिरहँदा समेत नागरिकता पाउन नसके को
महिलालाई आमाको नाममा नागरिकताको अधिकारले कसरी अधिकार सम्पन्न बनाउला ?
त्यसैले आमाको नाममा नागरिकताको प्रावधानभन्दा पहिले स्वयं आमाकै नागरिकताको
सुनिश्चित गरिनु आवश्यक छ ।
स्थानीय तवरमा महिलाहरूको दैनि क जीवनलाई सहज बनाउन पनि उनीहरूसँ ग
नागरिकता हुनु आवश्यक छ । त्यही नागरिकता पाउन उनीहरूले घरपरिवारदेखि समाजसम्म,
समाजदेखि राज्यका निकाय र प्रतिनिधिसम्म आफ्ना समस्या पु¥ याउने प्रयास गर्दै आएका
छन् । उनीहरूले अनेक संघर्ष गरे र हासिल भएका उपलब्धि उपभोग गर्न पनि नागरिकता
आवश्यक छ । कतै ज्याला मजदुरी गरे र कमाएको पैसा होस् वा आमा-हजुरआमाबाट
वा अदालतबाट मुद्दा जितेर पाएको अंश भोग गर्न होस्, यसरी पाइएको जग्गा वा पैसा
समेत सुरक्षितसँग बैंकमा राख्न सक्ने अवस्था छै न । विद्यालय भर्नाका लागि बच्चाको
जन्मदर्ता समेत बनाउन नसक्दाको पीडा बेहोरिरहेका महिलाहरूले आफ्नै कानूनी पहिचान
र नागरिकता नपाएसम्म आफ्ना सन्तानलाई पहिचान दिन सक्ने सम्भावना नै हुँदैन ।

निष्कर्ष
ने पालमा राजनीतिक व्यवस्थामा परिवर्तन त पटक-पटक हुँदै आएको छ, तर त्यसको
तुलनामा यहाँका परिवार, समाज र राज्यको संरचना भने फे रिएको छै न । परिवार, समाज र
राज्यमाथि पुरुषको प्रभुत्व कायम रहेकाले ती महिलामैत्री हुन सके का छै नन् । यी तीन ओटै
अंगको संयोजन र तिनमा एकल लैंगिक प्रभुत्वले नागरिकता प्राप्तिको महिला अधिकारमाथि
ठूलो बाधा सिर्जना गरे का छन् । पारिवारिक तहमा आमा, छोरी, श्रीमती, बुहारीलाई शक्ति
र सम्पत्तिबाट वञ्चित गर्न नागरिकता एक हतियारको रूपमा प्रयोग गरिएको छ । छोरीले
पैतृक सम्पत्तिमा दाबी गर्लिन्, पत्नीले पतिको सम्पत्तिमाथि दाबी गर्लिन्, अधिकारसम्पन्न
भएर आफ्नो नियन्त्रणबाट फुत्केलिन्, आफ्नो सेवा र सुसारमा ध्यान नदेलिन् भन्ने डर
पुरुषहरूको मनमा गढेको कारण महिलाहरूले नागरिकता पाउन सके का छै नन् ।
महिला सम्बन्धी राज्यका नीति-नियम के छन् भन्नेबारे जान्ने-बुझ्ने मौका नपाएका
महिलालाई पारिवारिक स्तरबाटै नागरिकता पाउनु भनेको विशेष अधिकार पाउनु हो भन्ने
खालको बुझाइ राख्न लगाइएको छ । त्यस्तो विशेष अधिकार महिलाका लागि होइन
भन्ने सोच राख्ने परिवार भएकोले उनीहरूले नागरिकता पाउन लामो समय वा जीवनभरि
संघर्ष गर्नु परे को छ । यस्तो गलत सोचले जन्माएको डरलाई अन्त्य गर्नु आवश्यक छ ।
मधेसी महिलाको नागरिकता विहीनता | 39

अर्कोतिर, कुनै पनि प्रक्रियागत अप्ठ ्यारा परे पछि मात्रै महिलाले नागरिकता लिन
पहल गर्ने चलन छ । त्यसलाई तोडे र , नागरिकता प्राप्त गरे र मात्र महिलाले आफ्नो
अधिकार उपभोग गर्ने आधार प्राप्त गर्न सक्छन् भन्ने कु रा बुझ ्न र बुझ ाउनु जरुरी छ ।
त्यसैले, महिलाले पनि आफ्नो परिवारसँग नागरिकताको विषयमा खुलेर कुरा गर्न सक्ने
वातावरण तयार हुनु पर्दछ ।
अहिले विभिन्न मञ्चमा महिलाका नागरिकता समस्या उठ्न थालेका छन् । के ही
महिलाले नागरिकताको अधिकार दाबी गर्न थाले क ा छन् । अने क ौ ँ बाधा पार गरे र
सम्बन्धित निकाय समक्ष पुग्ने महिलाहरूलाई राज्यले फे रि पनि परिवारकै एक पुरुषको
मातहतमा लगेर नागरिकता दिनमा कञ्जुस्याइँ गरे को देखिन्छ । २१ औँ शताब्दीमा पनि
हाम्रो देशका महिलाले नागरिकता, विवाह दर्ता र बच्चाको जन्म दर्ताकै लागि परिवार,
समाज र राज्यका पुरुषसँग गिडगिडाउनुपर्ने अवस्था कायम छ ।
राज्यका माथिल्ला तहमा नागरिकताको विषयमा जे - जति बहस र छलफल भए
पनि कपिलवस्तु जिल्ला र यहाँका गाउँ -गाउँ मा त्यसको कुनै प्रभाव छै न । नागरिकतामा
महिलाको पहुँचको विषयमा खासै चासो र चिन्ता सार्वजनिक रूपमा देखिएको छै न । के ही
अनौपचारिक छलफल भए पनि महिलाको नागरिकता समस्याको नीतिगत एवं कानूनी
व्यवधान कसरी हटाउन सकिन्छ भन्नेबारे छलफल हुन सकिरहेको छै न ।
आफ्नै बुबाले छोरीको र श्रीमान्‌ले श्रीमतीको नागरिकता नबनाइदिएको, सम्पत्तिमाथि
दाबी गर्ने हक नदिनकै लागि परिवारले चार सन्तानकी आमालाई नागरिकता नबनाइदिएको
तीतो सत्यसँग नीति निर्मातादेखि नागरिकताका अभियन्ताहरू परिचित हुनु आवश्यक छ ।
मधेसका गाउँ का महिलाको नागरिकता प्राप्तिको सवाल मोफसलमा बसेर छलफल गर्ने एवं
कलम चलाउनेहरूको मात्रै चासो र चिन्ताको विषय होइन । आमाको नाममा नागरिकताको
बहस चलिरहँदा मीना जयसवाल र सरिता साहनीजस्ता अनगिन्ती आमाको नागरिकताको
सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्दछ ।

धन्यवाद
यो अध्ययन गर्न अवसर दिने मधेश मानवअधिकार गृह (माहुरी होम) र मार्टि न चौतारीलाई
धन्यवाद छ । यो स्वरूपमा लेखलाई ल्याइपु¥ याउन प्रोत्साहन र सहयोग गर्नुहुने मार्टि न
चौतारीका मे न ्टरद्वय सोहन प्रसाद साह तथा कै लाश राईका साथै चौतारीका अन्य
मित्रप्रति आभारी छु । तथ्यांक संकलनमा सहयोग गर्नुहुने माहुरी होमका लक्ष्मी चौरसिया,
विषयवस्तुबारे छलफलको लागि विचार र समय दिनुहु ने कपिलवस्तु नगरपालिकाका
उपप्रमुख लक्ष्मी गुप्ता साव, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख
जिल्ला अधिकारी रामेश्वर अर्याल, कपिलवस्तु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष
40 | लक्ष्मी श्रेष्ठ

रविन्द्र तिवारी, वडा नं. ३ वडा अध्यक्ष प्रकाश गैरे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका
महिला तथा बालबालिका सेवा के न्द्र प्रमुख इन्दिरा गिरी, नील हिरा समाज रुपन्देहीका
अध्यक्ष आनिक राना, नवजीवन संस्था कपिलवस्तुका संयोजक प्रेरणा विष्ट, महिलाको
क्षेत्रमा कार्यरत दीपा श्रेष्ठ, दलित तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील विश्राम कोरी,
सचेत अभिभावक कल्लु कोरी, सामाजिक परिचालनको क्षेत्रमा क्रियाशील जमुना कहार
र शिक्षिका इन्दिरा देवी चौधरीलाई धन्यवाद । सल्लाह सुझाव दिनु हुने माहुरी होमका
अध्यक्ष रविन्द्रनाथ ठाकुर, महासचिव माया ज्ञवाली, रामदयाल ठाकुर र वसन्त बन्जाडे लाई
धन्यवाद । मार्च ३, २०१९ मा मार्टि न चौतारीमा भएको छलफल र जुन २८–२९, २०१९
मा कपिलवस्तुमा सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा सुझ ाव तथा टिप्पणी दिई यो
लेखलाई परिमार्जनमा प्रोत्साहन गर्ने सम्पूर्ण सहभागीमा धन्यवाद ।
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 41

दुई

नागरिकता र न्यायका लागि नवलपरासीका


महिलाको सघं र्ष

सरस्वती शर्मा

परिचय
ने प ालमा विभिन्न राजनीतिक तथा सामाजिक अभियानका बाबजुद पनि महिलामाथि
हुने विभिन्न किसिमका हिंसा कायमै छन् । हिंसापीडित महिलाहरू न्यायको खोजीमा
निस्कन्छन् । न्याय पाउन अनेक प्रक्रियागत चरण पार गर्नुपर्ने हुन्छ । नागरिकता नहुँदा ती
प्रक्रियामा संलग्न हुनु नै उनीहरूको लागि समस्या बन्न पुग्छ । न्याय पाउन आफूमाथि
भएको अन्याय विरुद्ध अदालतमा मुद्दा दायर गर्न जाँ दा उनीहरूले अदालतभित्र प्रवेश
नै पाउँ दैनन् । अधिकांश महिला घरायसी कामकाज गर्ने हुँदा उनीहरूसँग नागरिकताको
प्रमाणपत्र बाहेक आधिकारिक मानिने कुनै पनि परिचयपत्र हुँदैन । नागरिकताको प्रमाणपत्र
एक यस्तो आधिकारिक परिचयपत्र हो जनु प्रत्येक ठाउँ मा प्रयोगमा आउने गर्छ । नागरिकताले
नै परिचयपत्रको काम गर्छ । तर परिचयपत्र नै नहुने महिलाहरूको न्याय प्राप्तिको प्रक्रिया नै
अवरुद्ध बन्न पुग्छ । उनीहरूले आफूमाथि भएका हिंसा र अन्याय विरुद्ध लड्ने साहस गरे
पनि नागरिकता नभएकै कारण यस प्रक्रियाको शुरूदेखि नै अनेक प्राविधिक र व्यावहारिक
कठिनाइ झेल्नु परिरहेको छ ।
घरे लु हिंसाबाट मुक्त हुन नागरिकता विहीनताले झन् समस्या थपेको छ । गाउँ पालिका
वा नगरपालिकाको वडा कार्यालयबाट परिचय खुलेको सिफारिसको आधारमा फिरादपत्र
दायर गरी मुद्दालाई अघि बढाउनु परिरहेको छ । मुद्दाको फै सला पश्चात् जग्गा, जमिन,
अंश पाए पनि वास्तविक न्याय पाएको महसुस गर्न पाएका छै नन् । नागरिकता नभएका

४१
42 | सरस्वती शर्मा

महिलाहरूको दैनिक जीवन कष्टकर छ । त्यसैले, दैनिक जीवनमा नागरिकताको महत्त्व छ ।


तर छोरीले विवाहभन्दा अगाडि बुबाआमासँग अंश दाबी गर्न सक्ने र अंश लिई विवाह
गरे र जान सक्ने सम्भावनालाई नकार्न छोरीको नागरिकता नबनाइदिने गरिन्छ । कतिपय
महिलाले भने आफ्नो अंश लिएका वा पाएका भए पनि नागरिकता नभएकै कारण त्यस
माथिको स्वामित्व पाएका छै नन् ।
विशेष गरी महिलालाई विश्वास गर्न नसके को कारण परिवारले, खास गरी पुरुषले,
महिलाको नागरिकता बनाइदिन नचाहेको देखिन्छ । महिलाले आफ्नो नाममा सम्पत्ति,
जग्गा-जमिन राखे पनि त्यसको भोगचलन र परिचालन गर्न सक्दैनन् भन्ने परम्परागत
दृष्टिकोण छ । महिलाको नाममा सम्पत्ति राख्नु सुरक्षित हुँदैन वा महिलाले त्यसको सुरक्षा
र सदुपयोग गर्न सक्दैनन् भनेर उनीहरूको क्षमतामाथि अविश्वास गरिन्छ । अझ, महिलालाई
नागरिकताको कामै पर्दैन भन्ने सोच छ । विवाहअघि सम्पूर्ण काम परिवारका पुरुष (बुबा,
दाजुभाइ) ले गर्ने गर्छन् । विवाहपछि पति र पतिपछि छोराले ती सबै कामकाज गर्ने गर्छन् ।
महिलालाई एक सहयोगीको भूमिकामा मात्र सीमित पारिन्छ । त्यसैले, नेपालको नागरिक
भएर पनि नागरिकता विहीन बनेका महिलाहरूले नागरिकता पाउनकै लागि निकै संघर्ष
गर्नु परिरहेको छ ।
नागरिकता नभएकै कारण नवलपरासी जिल्लाका महिलाको दैनि क जीवनमा धे रै
समस्या छन् । यस क्षेत्रमा महिलाहरूमा घँुघट (घुम्टो) प्रथा कायमै छ । यस प्रथा अनुसार
महिलाहरूले आफ्नो पतिलाई मात्र अनुहार देखाउन सक्छन् भन्ने विश्वास गरिन्छ । उनीहरू
कुनै सरकारी वा गैरसरकारी कार्यालयजस्ता सार्वजनिक स्थलमा जाँदा परिवारका कुनै
पुरुषको साथमा जानुपर्ने हुन्छ । पुरुषको साथबिना उनीहरू हिँड्न पनि नसक्ने बनाइएको
छ जसले उनीहरूमाथि पुरु ष नियन्त्रणलाई सघाएको छ । महिलाहरूलाई नागरिकता
नबनाइदिएको खण्डमा नियन्त्रण गर्न सजिलो हुने पुरुष मानसिकता छ ।
यसै पनि नागरिकतालाई राष्ट्रिय सार्वभौम सत्ता र भारतको खुला सीमासँग गाँसेर बुझ्ने
गरिएको छ । नवलपरासी जिल्ला भारतसँग नेपालको नाका जोडिएकोले त्यहाँका महिलाको
नागरिकतालाई राष्ट्रिय सार्वभौम सत्तासँग जोडे र हेर्ने गरिन्छ । यही हेराइले उनीहरूको
नागरिकता बन्ने-बनाउने प्रक्रियामा थप जटिलता सिर्जना गरिदिएको छ । नागरिकता
सम्बन्धी राष्ट्रिय बहस के वल कानूनी रूपमा छोराछोरीलाई नागरिकता बनाइदिने सवालमा
महिला र पुरुषबीच विभेद भएको पक्षमा मात्र के न्द्रित छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने
महिलाको जनजीविकामा नागरिकता विहीनताले पारे को असरबारे ध्यान गएको छै न ।
नवलपरासी जिल्लाका नागरिकता विहीन महिलाहरूले नागरिकता नभएकै कारण
पाएका दःु ख-पीडा र नागरिकता पाउन गरे को संघर्षमा यो लेख के न्द्रित छ ।
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 43

महिलामाथि हु ने लैं गि क तथा घरे लु हिंस ा विरुद्ध न्यायमा पहुँच पु¥ याउन म एक
अधिवक्ताको रूपमा सहयोगी भूमिका निर्वाह गर्दै आइरहेकी छु । हिंसाका घटना दर्ता
गर्नेदेखि कानूनी रूपमा मुद्दा दायर गर्नुपर्ने हुनाले धेरै पीडित महिलाको नागरिकता नभएको
तथ्यसँग म जानकार छु । नागरिकता नभएकै कारण उनीहरूले न्यायसम्म पहुँच राख्न
नसके को पीडादायी अवस्थासँग साक्षात्कार गरे की छु । न्यायसम्म पहुँच राख्न उनीहरूले
नागरिकता बनाउन नै निकै संघर्ष गर्नुपर्ने अवस्था छ । उनीहरूको त्यही संघर्षले यो लेख
लेख्ने उत्प्रेरणा मिलेको हो ।
नेपाली बुबाआमाका सन्तान तथा नेपाली नागरिकको पत्नी अनि नेपालमै बस्ने भए पनि
नागरिकता नपाएका महिलाहरूको कथा हो यो आलेख । नवलपरासी जिल्ला अदालतमा
आफूमाथि भएको हिसं ाको कानूनी परामर्श र उपचारका लागि आउने महिलाहरू र सम्बन्धित
निकायका व्यक्ति सँगको अन्तर्वार्तामा यो अध्ययन आधारित छ । यो अध्ययनको लागि
जम्मा १३ जना व्यक्तिसँग अन्तर्वार्ता गरिएको थियो । त्यस बाहेक अधिवक्ताको हैसियतले
पीडितलाई कानूनी परामर्श र सेवा उपलब्ध गराउँ दाको आफ्नै अनुभव र विश्ले षणलाई
पनि अध्ययनमा समावेश गरे की छु ।

आर्थिक सशक्तीकरणको लागि नागरिकता


महिलाको नाममा अचल सम्पत्ति खरिद गर्दा राज्यलाई तिर्नु पर्ने राजस्वमा के ही प्रतिशत
छुट दिने व्यवस्था छ । त्यसले महिलाको नाममा सम्पत्ति राख्ने क्रम बढेको छ । तर आफ्नो
नाममा भएको जग्गा महिलाले स्वेच्छाले वा स्वतन्त्र रूपमा भोगचलन वा बेचबिखन गर्न
सक्ने अवस्था भने छै न । सम्पत्तिमा महिलाको पहुँच बढे पनि नियन्त्रण स्थापित भएको
छै न । नवलपरासी जिल्लाको सन्दर्भमा भने छोरी वा पत्नीको नागरिकता बनाइदिएको
खण्डमा जग्गा आफ्नो नाममा राख्न खोज्छन् भन्ने डर एकतिर रहेको छ । अर्कोतिर लामो
संघर्ष पश्चात् अंश बापत जग्गा लिन पाउने वा जग्गा नलिएर अंश मूल्यांकन गरी रकम
लिए पनि नागरिकताबिना त्यसलाई आफ्नो अनुकूल आफ्नै स्वामित्व र नियन्त्रणमा राख्न
नसक्ने अवस्था छ । न्याय पाएपछि त्यसको उपभोग गर्न नपाउनु भनेको न्याय नपाए सरह
नै हुन्छ । त्यसैले, नागरिकता विहीन व्यक्तिहरूको कानूनी पहुँच बढे पनि न्याय प्राप्त गर्न
नागरिकता नभई नहुने कुरा हो ।
नवलपरासी जिल्लाको सुनवल नगरपालिकाकी सुस्मिता घिमिरे २७ वर्षकी छिन् । उनी
घरे लु हिंसाबाट पीडित थिइन् । एक दिन (असार १५, २०७४) हिंसा विरुद्ध न्याय खोज्दै
जिल्ला सदरमुकाम परासी आइन् । उनको कुर्ताको बाहुला च्यातिएको थियो । च्यातिएको
भाग पछ्यौराले छोपेकी थिइन् । उनीसँग नागरिकता थिएन । उनी भन्छिन्, “घरपरिवारसँग
मिलीजुली बस्दासम्म नागरिकताको आवश्यकता महसुस भएन । जब आवश्यकता प¥ यो,
44 | सरस्वती शर्मा

तब घरपरिवारले नागरिकता बनाइदिएन ।” अंश लिएर जान्छे भन्ने सोचेर उनका पति,
सासू र ससुराले नागरिकता बनाइदिएनन् । सम्बन्ध विच्छेद र अंश मुद्दा दर्ता गर्न उनले
आफ्नो जन्म दर्तालाई माध्यम बनाइन् । जन्म दर्ताको आधारमा उनले जिल्ला अदालतमा
पतिसँग अंश सहितको सम्बन्ध-विच्छेद मुद्दा दायर गरिन् । उक्त मुद्दामा छलफल भई सम्बन्ध
विच्छेद हुने गरी मिलापत्र गर्ने सहमति गरियो । सहमति अनुरूप सुस्मिताले अंश बापत ७
लाख रुपैयाँ पाइन् । तर उक्त रकम आफ्नो नाउँ मा राख्न सकिनन् । नागरिकता नभएकोले
बैंक खाता खोल्न मिलेन । अंश मुद्दामा पाएको रकम आफन्तको बैंक खातामा राखिन् ।
उनी बैंकमा सहयोगी पदमा जागिर गर्थिन् । वैवाहिक सम्बन्ध टुटे लगत्तै उनको जागिर
पनि रहेन । नागरिकता नभएको कारण उनले आफ्नो जागिर बचाउन सकिनन् । जागिर
गएपछि उनले नागरिकताको लागि संघर्ष गरिन् । सम्बन्ध विच्छेद गरे पछि बुबाआमाको
नामबाट नागरिकता बनाउन गइन् । त्यसको लागि सम्बन्ध विच्छेदको कागजात आवश्यक
थियो । पतिको बसोबास रहेको क्षेत्र अन्तर्गतको वडा कार्यालयमा गइन् । त्यहाँ डे रा गरी
बसेकै कारण स्थायी ठे गानामा जानु भनियो । स्थायी ठे गाना भएको ठाउँ मा जाँदा बसोबास
गरिरहेको ठाउँ मा जानु भनियो । यही ओहोर दोहोरको क्रम दोहोरिरह्यो ।
उनका बुबा र आमा दवु ै जना नेपाली नागरिक हुन् । त्यस हिसाबले वंशजको आधारमा
सुस्मिताले सहज रूपमा नागरिकता पाउनुपर्ने हो, तर उनले पाइनन् । एक वर्षपछि सुनवल
नगरपालिका प्रमुखको आदेश अनुरूप “नागरिकताको सिफारिस दिनू” भने पश्चात् मात्रै
उनले नागरिकता पाइन् । त्यसपछि उनले आफ्नो सम्पत्ति आफ्नै नाममा राख्न पाइन् ।
अहिले उनी एक सहकारी संस्थामा कार्यरत छिन् । आत्मनिर्भर भएर बाँचिरहेकी छिन् ।
सुस्मिता घिमिरे को जस्तै नवलपरासीका अधिकांश महिलाको नागरिकता विवाहभन्दा
अगाडि बनाइँदैन । विवाहपछि सम्बन्ध राम्रो हुँदासम्म नागरिकताको पहल गरिँ दैन । पति-
पत्नी बीचको सम्बन्ध बिग्रेपछि वा घरपरिवारसँग सम्बन्ध नराम्रो हुँदै गएपछि नागरिकता
बनाउन परिवारजन तयार हुँदैन न् । त्यसपछि महिलाहरूको नागरिकता प्राप्तिको सं घ र्ष
शुरू हुन्छ ।

हिंसाबाट मुक्तिको लागि नागरिकता


नवलपरासी जिल्ला प्रहरी कार्यालय (वर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक
विरे न्द्र थापा भन्छन् :

नागरिकताबिना हरे क व्यक्तिलाई आधिकारिक काममा समस्या पर्छ । घरे लु हिंसा,


बहुविवाह जस्ता मुद्दामा प्रहरी कार्यालय आउने अधिकांश महिलासँग विवाह दर्ता
र नागरिकता नै हुँदैन । त्यसैले मुद्दा दर्ता गर्न गाह्रो छ । मुद्दा चलाएर अदालतमा
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 45

पेश गर्न पनि व्यक्तिको वैधानिकता परीक्षण गर्नुपर्छ । त्यसको लागि पनि नागरिकता
आवश्यक छ । नागरिकताबिना विवाह दर्ता गर्न पनि अप्ठेरो पर्छ । पीडित भएर
आउने महिलाहरूसँग नागरिकता लगायतका यथेष्ट प्रमाण नहुँदा कारबाही अघि
बढाउन अप्ठेरो परे को छ । किनभने नागरिकता नभएको खण्डमा हरे क व्यक्तिको
व्यक्तित्व पहिचान गर्नमै असर पर्छ ।

महिलामाथि हुने घरे लु हिंसा र महिलाको नागरिकताबीच गहिरो सम्बन्ध छ । एकतिर,


घरे लु हिंसा विरुद्ध बोल्ने आधारको रूपमा नागरिकताको प्रयोग गरिएला भन्ने त्रासका
कारण महिलालाई नागरिकता विहीन राख्ने गरिएको छ । अर्कोतिर, महिलामाथि हिंसा
बढाउनकै लागि पनि नागरिकतालाई हतियार बनाइएको छ । यी दवु ै तरिकाबाट महिलामाथि
मानसिक र शारीरिक हिंसा गर्ने गरिएको छ ।
रामग्राम नगरपालिकाकी लक्ष्मी कहार १९ वर्षकी भइन् । ३० वर्षीय मोहन कहारसँग
१४ वर्षको उमेरमा उनको विवाह भयो । त्यस बखत उनी नाबालक थिइन् । २०७५ सालमा
आएर उनीहरूको गौना गरियो । गौना भएकै भोलिपल्टदेखि उनी पतिको हिंसाको शिकार
भइन् । पतिले जाँड-रक्सी सेवन गरी उनलाई कुटपिट र दर्व्य ु वहार गर्न थाले । कुटपिटबाट
बच्न लक्ष्मी भागेर माइत गइन् । बुबाले पुनः पतिकै घरमा फर्काइदिए । पतिको हिंसा र
दुर्व्यवहार झन् बढ्दै गयो । अब हिंसाबाट बच्न उनीसँग जाने ठाउँ नै थिएन ।
यसैबीच एक परिचित व्यक्तिको घरमा सहयोगी कामदारको रूपमा उनले काम गर्न
थालिन् । त्यहाँ पनि उनी बच्न सकिनन् । काम गरे कै ठाउँ म ा पति आएर गाली गर्दै,
कुट्दै, हात समातेर तान्दै घरमा लैजाने गर्न थाले । पतिले “तँमाथि मेरो अधिकार छ”
भनी अधिकारको नाममा हिंसा गरिरहेपछि लक्ष्मीले सम्बन्ध विच्छेद गर्ने आँट कसिन् ।
तर उनीसँग कुनै पनि खालको परिचयपत्र थिएन । रामग्राम नगरपालिकाबाट जन्म दर्ता
लिएर त्यसैको आधारमा उनले नवलपरासी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा
दायर गरिन् ।
सुस्ता गाउपालिकाकी जैबुन नेशा पनि घरे लु हिसं ाबाट पीडित थिइन् । १३ वर्षको उमेरमा
मुस्लिम परम्परा अनुसार उनको विवाह भएको थियो । विवाह भएको ६ महिनापछि पति
आलम अलि अंसारी वैदेशिक रोजगारमा कतार गए । पतिको अनुपस्थितिमा घरपरिवारका
सदस्यले हेला गर्न थाले । सासू, ससुरा र परिवारका अरू सदस्य समेत मिली गालीगलौज
गर्न र स-साना कुरामा निहुँ खोज्न थाले । एकतिर, दैनिक खर्च दिन छाडे पछि आवश्यक
खर्च चलाउन पनि समस्या हुन थाल्यो । अर्कोतिर, घरपरिवारको हिंसाबाट कसरी मुक्त हुने
भन्ने उनको पिरलो थियो । बुबाआमासँग पैसा मागेर उनले पति आलम अलि अंसारीलाई
फोन गरिन् । पतिले फोनमै “तलाक! तलाक! तलाक!” भनिदिए । मुस्लिम संस्कार अनुसार
46 | सरस्वती शर्मा

तीन पटक “तलाक” भनेपछि सम्बन्ध विच्छेद हुन्छ भन्ने मान्यता छ । घरपरिवारकै सामुन्ने
पतिले फोन मार्फत लाउडस्पिकरमा तीन पटक “तलाक” भनिदिएपछि सम्बन्ध विच्छेद
भएको मानियो । उनलाई पतिको घरमा बस्न असहज भयो । माइती गएर बसिन् । पति
कतारबाट फर्के पछि नवलपरासी जिल्ला अदालतमा जैबुनले सम्बन्ध विच्छेद मुद्दा दर्ता
गरिन् । नागरिकताको प्रमाणपत्रको विकल्पको रूपमा तत्काल विवाह दर्ता गरियो । सोही
कागजातको आधारमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गरियो र सम्बन्ध विच्छेद भयो । सम्बन्ध
विच्छेदपछि उनले अंश पाइन् । नागरिकता नभएकोले उनी अंश स्वरूप नगद लिन बाध्य
भइन् । उक्त रकम पनि आफ्नो बुबाको नाममा राखिन् ।
नवलपरासी जिल्लामा बसोबास गर्ने सुस्मिता, लक्ष्मी, जैबुनजस्ता संघर्षशील महिलाहरू
त के ही प्रतिनिधि पात्र मात्रै हुन् जसले नागरिकता विहीन भएको कारण र नागरिकताको
महत्त्वलाई बुझेर त्यसको माग गरे कै कारण अनेक खालका मानसिक तथा भौतिक यातना
र हिंसाको शिकार हुनु परे को छ । विवाहपछि पतिको सनाखतबिना नागरिकता नबनाइदिने
सरकारी प्रावधानका कारण पत्नीको नागरिकतामा पतिको पूर्ण नियन्त्रण रहेको छ । त्यसैको
आडमा महिलामाथि घरे लु हिंसा, मानसिक र अन्य खालका शोषण एवं अत्याचार हुँदै
आएको छ । हिंस ाबाट मुक्त हु ने प्रक्रियामा जो हिंस ामा सं ल ग्न छ उसै सँ ग नागरिकता
बनाइदिन सनाखत गरी माग्न जानुपर्ने बाध्यात्मक अवस्था कायम राखिएको छ । त्यसले
न्याय पाउनुभन्दा उनीहरू झन् शोषण र हिंसामा परे का छन् ।
अझ, यही हिंसाको भयावह अभिव्यक्तिको रूपमा नागरिकताकै कारण पतिले पत्नीको
हत्या समेत गरे को तथ्य पनि छन् । उदाहरणको लागि, नागरिकता बनाइदिन अनुरोध गर्दा
पतिले नमानेपछि मोफिदुन नेशाले प्रहरी महिला सेलमा उजुरी गरिन् । पतिले नागरिकता
त बनाइदिए तर त्यसको एक महिनामै पत्नीको हत्या गरे (कान्तिपुर २०७० ) ।

नागरिकता पाउन पनि सम्बन्ध विच्छेद !


नेपालको तराई र भारतको उत्तर प्रदेशको सांस्कृतिक रहनसहन मिल्दोजुल्दो छ । यी दुई
देशबीच धेरै पहिलेदेखि आपसमा “रोटीबेटी” को सम्बन्ध रहिआएको छ । तर भारतबाट
विवाह गरी ल्याइएका बुह ारीहरूको नागरिकता बनाउनमा परिवारको रुचि देख िँ दैन ।
सीमापारि भारतमा विवाह गरे र गएकी नेपाली महिलाले भारतको नागरिकता नलिइकन
नेपालकै नागरिकता लिन चाहेको खण्डमा परिवारले सहयोग गरे पनि सम्बन्धित निकाय
उदासीन छ । त्यसैले दुवै खालका महिलाले निकै संघर्ष गर्नु परे को छ ।
चन्दा कुमारी थारूको विवाह सानै उमेरमा भयो । भारतीय नागरिक राजेश थारूसँग
उनको विवाह भएको थियो । विवाह पश्चात् पतिसँ गै ने प ालमा आएर उनी आफ्ना
बु बा आमाको स्याहार-सु स ार गरे र बसिरहे क ी छन् । नवलपरासी जिल्लाको रामग्राम
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 47

नगरपालिकामा उनी परिवार सहित बस्छिन् । उनको सन्तान पनि यही ँ जन्मिए । तर
उनी र उनका पतिको नागरिकता बनेको छै न । त्यसैले उनले बुबाआमाले दिएको जग्गा
आफ्नो नाममा नामसारी गर्न पाएकी छै नन् । त्यसैले उनले नागरिकता बनाउन कानूनी
उपाय खोज्न थालिन् । त्यसको लागि उनलाई पति राजेश थारूसँग सम्बन्ध विच्छेद गर्ने
उपाय सुझाइयो । उनले सोही बमोजिम सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन् । नवलपरासी
जिल्ला अदालतले उनीहरूको सम्बन्ध विच्छेद भएको फै सला ग¥ यो । त्यसपछि उनले
बुबाआमाको नामबाट नागरिकता लिइन् । नेपालको नागरिकको रूपमा नागरिकता लिन
उनले कानूनी रूपमा पतिसँग सम्बन्ध विच्छेद त गरिन्, तर व्यावहारिक तवरमा उनीहरू
सँगै बस्दै आएका छन् ।

छोरा-छोरी बीचको विभेद न्यून गर्न नागरिकता


सुरहिम मिया २०१० सालमा भारतबाट नेपाल आएका थिए । उनले सुनवल नगरपालिकामा
साइकल बनाउने काम थाले । पहिलो पत्नीतर्फ दुई छोरा जन्मिएपछि उनकी पत्नीको मृत्यु
भयो । त्यसपछि उनले नवलपरासीकै रामग्राम नगरपालिका बस्ने जैबुन नेशासँग दोस्रो
विवाह गरे । जैबुन नेशा अहिले ७५ वर्ष पुगिन् । सुरहिम बितिसके । जैबुन र सुरहिमका
दुई छोरी छन्, सविरन नेशा र नविरन नेशा । सविरन २०३६ सालमा र नविरन २०३९
सालमा सुनवल नगरपालिकामै जन्मिए । दुवै दिदी बहिनीको विवाह भारतमा भयो । तर
दुवै जना नेपालमै आमासँगै बसोबास गर्छन् । सविरन पतिसँग सम्बन्ध राम्रो नभएपछि
नाबालक छोरा लिएर माइती आइन् र यतै बस्न थालिन् । नविरन भने पतिको बसोबासको
स्थायी ठे गाना नभएको हुँदा पति सहित नेपालमै आएर बस्न थालिन् ।
जैबुन नेशालाई भने सौताका छोराहरूबाट कुटपिट, हिंसा र असुरक्षाको स्थिति बढ्दै
गयो । सौताका छोराहरूबाट बच्न उनी आफ्ना छोरीहरूसँग बस्न थालिन् । सविरन र
नविरनले आमालाई आफूसँग राखेर हेरचाह गर्न थाले । आमासँग आफ्नो अंश सुरक्षित
छ । छोरीहरूले पालनपोषण गरिरहेको हुँदा आफ्नो शेषपछि उनीहरूले नै आफ्नो अंशको
जग्गा प्राप्त गरून् भन्ने जैबुनको इच्छा छ । अहिले नै आफ्नो अंश छोरीहरूलाई नामसारी
गर्न सके ढु क ्क भएर बस्न सकिने उनको सोच छ । त्यसको लागि उनीहरू मालपोत
कार्यालय पुगे । तर सविरन र नविरनसँग नागरिकता नभएकोले प्रक्रिया शुरू हुन पाएन ।
नागरिकता वितरण गर्न नागरिकता टोली गाउँ मै आयो । छोराछोरी सबै क ो उमे र
पुगिसके को भए पनि सुरहिमले श्रीमती जैबुन र छोराहरूको मात्रै नागरिकता बनाइदिएका
थिए । छोरीलाई किन नागरिकता चाहियो भनेर सुरहिमले छोरीहरूको नागरिकता बनाउन
मानेनन् । सुरहिमको मृत्यु पश्चात् दाजु र आमाले आपसमा अंशबण्डा गरे । त्यस बेला
छोरीहरूको पनि नागरिकता बनाउनुपर्छ भन्ने कुरामा ध्यान नपुगेकोमा सविरन र नविरनकी
48 | सरस्वती शर्मा

आमा अहिले पछु ताइरहेक ी छिन् । सविरनका छोरा अब्दुल कक्षा ११ मा पढ् दैछ ।
प्राविधिक शिक्षामा रुचि राखे पनि अब्दुल नागरिकता नहुँदा त्यो विषय पढ्नबाट वञ्चित
भए । सविरनको आफ्नै नागरिकता नभएकोले छोराको नागरिकता बनाउन सक्ने अवस्था
छै न । सविरन र नविरन पनि विवाह पश्चात् नेपालमै बस्न थालेको २० वर्ष नाघिसके को
छ । बुबाले गरे को साइकल मर्मतकै कामलाई नविरनको पतिले निरन्तरता दिएर उनीहरूको
संयुक्त परिवार धान्दै आएका छन् ।
नागरिकताको सेरोफे रोमा भएका यी घटनाले महिलाहरू नागरिकताको अधिकारबारे
पहिले सचेत नरहेको पुष्टि गर्छ । तर हिंसा विरुद्धको संघर्षले उनीहरूमा आत्मविश्वास र
स्वपहिचानको चेतको विकास गराएको छ । सम्बन्ध विच्छेद गर्न पहिलो पटक सम्बन्धित
निकायसम्म आइपुग्दा उनीहरूले अकल्पनीय पीडा र समस्या झेलिसके का हुन्छन् । तैपनि
उनीहरूसँग त्यसबारे निर्धक्कसँग बोल्न नसक्ने र निर्णायक कथन राख्न सक्ने क्षमतामा
कमी भेटियो । घरबाहिर निस्के र राज्यका निकायसँग अन्तरक्रिया गर्दै, अधिकारको लागि
संघर्ष गर्दै जाने क्रममा उनीहरूले आफ्नो पीडा पोख्ने शैली र माध्यम आफै ले विकास
गरे । आफ्नो पीडकसँ ग लड् ने क्षमता राखे , र घरपरिवारसँ ग आफ्नो हक अधिकार
मागे । रातदिनको गालीगलौज र कुटपिटको जिन्दगीबाट मुक्त भएर अघि बढ्न थाले ।
तर नागरिकता नभएको कारण उनीहरूले पाएको अधिकार औपचारिक र कानूनी रूपमा
मात्रै सीमित भइदियो ।

नागरिकता : अधिकार या सहुलियत ?


नेपालको संविधान २०७२ को धारा १० मा, “कुनै पनि नेपाली नागरिकलाई नागरिकता
प्राप्त गर्ने हकबाट वञ्चित गरिने छै न ” भन्ने उल्लेख छ । त्यसै गरी, धारा ११ (२)ख
मा भनिएको छ, “कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बुबा वा आमा नेपालको
नागरिक रहेछ भने त्यस्तो व्यक्ति नेपालको नागरिक हुनेछ ।” संविधानमा जे लेखिएका भए
तापनि यी व्यवस्था व्यवहारमा लागू हुन सके को छै न । नागरिकता सम्बन्धी संघीय कानून
बनाउन सक्ने कुरा संविधानमा उल्लेख छ, तर संघीय कानून नबनेसम्म नेपालको संविधान
अनुरूपकै व्यवस्था लागू हुन्छ । हालको नागरिकता ऐन अनुसार नेपालको नागरिकता प्राप्त
गर्न बुबा र आमा दुवै नेपालको नागरिक हुनु पर्दछ । त्यसैले महिलाले आफ्नो सन्तानलाई
नागरिकता दिन सक्दैनन् । आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्ने विवाद र
छलफल व्यापक चलिरहेको भए पनि कानूनी अड्चन अझै छ । संविधानले प्रदान गरे को
हकलाई पनि कानूनले समेट्न सके को छै न । महिलाले नागरिकता नपाएको कुरा तलको
तथ्यांकबाट प्रस्ट हुन्छ ।
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 49

नवलपरासी जिल्ला प्रशासन कार्यालय (वर्दघाट सुस्ता पश्चिम) बाट २०६९ देखि
२०७१ सालसम्म नागरिकता लिने मध्येमा महिलाको संख्या न्यून छ । २०७४ सालको
स्थानीय निर्वाचन आसपास भने नागरिकता लिने महिलाको संख्या पुरुषको भन्दा बढी
छ । यसको अर्थ हो, धेरैजसो उमेर पुगिसके का महिलाले त्यसअघि नागरिकता लिएका
थिएनन् । निर्वाचनमा मत खसाल्ने वा मत बटुल्ने प्रयोजनका लागि एकै चोटि धेरै संख्यामा
उनीहरूको नागरिकता बनाइयो । त्यसमा महिलाको नागरिकता पाउने अधिकार सुनिश्चित
गर्नेभन्दा पनि निश्चित राजनीतिक दलको निहित उद्देश्य पूर्तिले बढी काम गरे को स्पष्ट छ ।
नत्र अरू अवधिमा सबुत प्रमाण र सनाखतको अभाव हुने तर निर्वाचन आसपास भने
त्यस्ता आवश्यक प्रमाण र कागजात जुट्न सक्ने अवस्था कसरी सिर्जना हुन्छ ?

तालिका १ : नवलपरासी जिप्रका (वर्दघाट ससु ्ता पश्चिम) बाट २०६९ देखि
२०७५ सम्म दिइएको नागरिकताको सख ं ्या
साल
लिंग आधार २०७५
२०६९ २०७० २०७१ २०७२ २०७३ २०७४
माघ सम्म
परुु ष वंशज ४,०४४ ५,३१७ ४,००९ ४,०३३ ३,६३२ ३,६०७ २,२६३
महिला वंशज २,८०७ ३,९०२ ३,४४४ ३,३९९ ३,६१७ ४,४७८ २,४४२
अन्य वंशज २ १ ० ० ० ० १
परुु ष अगं ीकृ त १ २ ३३ २ ० ० ०
वैवाहिक
महिला ५९८ १,१५९ ८२६ ८३३ ९२७ १,२८९ ७३२
अगं ीकृ त
स्रोत : जिल्ला प्रशासन कार्यालय नवलपरासी ।

झन्झटिलो प्रक्रिया र असवं ेदनशील कर्मचारीतन्त्र


ग्रामीण क्षेत्रका महिलाका लागि नागरिकता प्राप्त गर्ने प्रक्रिया अत्यन्त झन्झटिलो छ ।
नागरिकता बनाउन बुबा र आमाको नागरिकता मात्रै पर्याप्त हुँदैन । प्रायःजसो घरको
कामकाज गर्ने र जिल्ला प्रशासन कार्यालयसम्म पहुचँ नहुने भएकाले उनीहरूलाई नागरिकता
बनाउन आवश्यक कागजातबारे थाहा हुँदैन । उनीहरूलाई न त्यसबारे चासो राख्नुपर्ने
आवश्यकता पर्छ, न त त्यसबारे कसैले जानकारी नै दिने गर्छ । आवश्यक जानकारीको
अभावमा उनीहरूले आवश्यक कागजात बनाउनेतर्फ सोच्न पाउँ दैनन् । त्यसैले, नेपाली
नागरिक भइकन पनि नागरिकता लिने बेलामा उनीहरूले अनेक दुःख र झमेला बेहोर्नुपर्छ ।
50 | सरस्वती शर्मा

अध्ययनको लागि कुराकानी गरिएकामध्ये सबै महिलालाई नागरिकता बनाउन कुन-


कुन कागज लिएर जाने, ती कागजात कहाँ बनाउने, ती सबै काम गर्न कसबाट मद्दत लिने
भन्ने विषयमा थाहा थिएन । नागरिकता लिने भनेर सम्बन्धित निकायमा पुग्दा उनीहरूले
अनेक खालका प्राविधिक झमेला व्यहोरे । त्यसले कतिपयको मनोबलमा असर पा¥ यो ।
नागरिकता लिनुभन्दा नलिइकनै बस्न जाती भन्ने मानसिकता समेत बन्यो । तर उनीहरूलाई
नागरिकता नलिइकन पनि धरै थिएन । नागरिकता लिन आवश्यक कागजातकै अभावका
कारण उनीहरूले ज्यादा झन्झट बेहोर्नुप¥यो । जन्म दर्ता, बिहे दर्ता, सिफारिसजस्ता कागजात
समेत सहज रूपमा बन्न नसक्दा उनीहरूको अप्ठेे रो झन् बढ्यो ।
कर्मचारीतन्त्र र प्रशासनले कसरी काम गर्छ भन्नेबारे अनभिज्ञ रहेका उनीहरूले धेरैसँग
मौखिक रूपमा निवेदन र अनुरोध गर्नुप¥ यो, किनभने उनीहरूसँग न त परिचयपत्र थियो,
न त कु नै कागजात नै । कानून ी प्रक्रियामा जान मौखिक अनुर ोध र उनीहरू स्वयं क ो
भौतिक उपस्थिति मात्रैले सरकारी निकायका प्रतिनिधिमाथि खासै दबाब पार्न नसके को
हुन सक्छ । अलमल्याउने, आलटाल गर्ने, भोलि-भोलि भन्दै वर्षौंसम्म टार्ने चलनबाट
महिलाहरू निकै पीडित भए । कुनै कागजात बनाउन एक ठाउँ बाट अर्को ठाउँ मा पठाउने,
फे रि अर्को ठाउँ बाट फर्काएर पुरानै ठाउँ मा पठाउने चलनबाट पनि आजित बने । एक त
उनीहरूलाई नागरिकता बनाउने प्रक्रियाबारे स्पष्टसँ ग कहिल्यै कसै ले बुझ ाएन । अर्को,
कर्मचारीहरूले पनि प्रस्टसँग सम्झाइ बुझाइ नगरिकनै यताउति पठाउने वा काम बन्दैन
भने र फर्काइदिने गरे । कु रा बुझ ाउन पनि पुरु षकै खोजी गर्ने कार्यले पनि महिला स्वयं
जानकारी पाउनबाट वञ्चित रहे ।
झन्झटिलो प्रशासनिक कार्यविधिका कारण बुबा ने पाली नै भए पनि छोराछोरीको
नागरिकताको लागि बुबाले सहयोग नगरे को अवस्थामा एकल महिलाले आफ्नो सन्तानलाई
नागरिकता दिलाउन असम्भव जस्तै छ । यसरी पति वा बुबाले सहयोग नगरे को खण्डमा
घरे लु हिंस ामा परे क ा पत्नी वा छोराछोरीले नागरिकता पाउन सके का छै न न् । त्यसै ले ,
नवलपरासी जिल्लाका महिला सके सम्म सरकारी कार्यालय र सरकारी कामकाजमा जान
नपरे हुन्थ्यो भन्ने ठान्छन् । यसले नेपालको सरकारी निकायको काम गर्ने शैली र प्रवृत्ति
न सेवामुखी छ न त सेवाग्राही मैत्री नै छन् । आफ्ना नागरिक, खास गरी यस्ता कानूनी र
प्राविधिक पक्षसँग अन्जान सेवाग्राहीप्रति सरकारी निकाय संवेदनशील छै न ।
कर्मचारीहरूमा कम पढेलेखेका वा लेखपढ नभएका वा पढेलेखेकै भए पनि कानूनी
प्रक्रियासँग अनभिज्ञ रहेका महिलालाई नागरिकता पाउन अपनाउनुपर्ने प्रक्रिया र आवश्यक
कागजपत्रबारे सहज र बुझ्ने गरी जानकारी दिने हद सम्मको धैर्य छै न । महिलाहरू त्यस्ता
कुराको लायक छै नन् वा बुझ ्दैनन्, त्यसै ले यिनलाई भन्नु बे क ार हो भन्ने प्रवृत्ति राखेर
उनीहरू अघि बढ्छन् । त्यसले झन् समस्या निम्त्याएको छ । धेरै महिलाले एक वाक्यमा
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 51

उत्तर पाउँ छन्, “काम हुँदैन ।” काम बन्न-बनाउन उनीहरू मरिमेट्न थाले भने अतिरिक्त
झमेलामा फस्छन् । तैपनि उनीहरू रित्तो हात फर्कि न बाध्य हुन्छन्, वा उनीहरूलाई अर्को
नयाँ समस्या खेप्न बाध्य पारिन्छ । यो कुरा बिनाकुमारीको भोगाइले प्रस्ट हुन्छ ।
बिनाकुमारी क्षेत्रीको माइतीघर बुटवल उपमहानगरपालिकामा छ । घर नवलपरासी
जिल्लाको गैंडाकोट नगरपालिकामा । उनले पतिको दर्व्य ु वहार र हिंसाबाट बच्न नवलपरासी
जिल्लामा मुद्दा दर्ता गरी सम्बन्ध विच्छेद गरिन् । एक छोरा र एक छोरीको जिम्मेवारी पनि
उनैले लिइन् । बिनाले पतिको नामबाट नागरिकता बनाएकी थिइन् । सम्बन्ध विच्छेदपछि
पतिको नामको नागरिकता त्यागेर बुबाको नामबाट नागरिकता निकालिन् । बुबाको नामबाट
नागरिकता लिने प्रक्रिया उनको लागि ज्यादै झन्झटिलो भयो । निरन्तरको प्रयासमा जिल्ला
प्रशासन कार्यालयबाट बुबाको नामबाट नागरिकता लिइन् । तर कर्मचारीले नागरिकतामा
“सम्बन्ध विच्छेद” भने र ले ख िदिए । उनले कर्मचारीसँ ग सम्बन्ध विच्छेद नले ख िदिन
अनुरोध गरिन् । तर उनको अनुरोध स्वीकार्य भएन । आजसम्म कुनै पनि सम्बन्ध विच्छेद
गरे को पुरुषको नागरिकतामा उनले सम्बन्ध विच्छेद लेखेको देखेकी थिइनन् । तर उनी भने
त्यस्तो नागरिकता बोके र हिँड्न बाध्य छिन् । कुनै महिलाले पतिसँग सम्बन्ध विच्छेद गरे र
पतिको नामको नागरिकता त्यागेर पिताको नामबाट लिएमा त्यसमा “सम्बन्ध विच्छेद”
लेख्नु जरुरी किन भएको ? कुन कानूनले त्यस्तो निर्देश गरे को छ ? कही ँ पनि छै न । यो
भनेको त्यस बखत खटिएका कर्मचारीको सोचको उपज हो, जसले बिनालाई पतिबाट
कानूनी छुटकारा त दियो तर सम्बन्ध विच्छेद भएकी महिला भनेर लिखित रूपमै पहिचान
गरिदियो । त्यसले उनको बाँकी जीवनलाई समस्या सिर्जना गर्छ ।
त्यसमाथि, भारतसँग सीमा जोडिएको नवलपरासी जिल्लामा नागरिकता बनाउन जाने
जो-कोहीलाई पनि भारतीय नागरिक हो कि भनी शंका गर्ने गरिन्छ । भारतीय नागरिक
होइन, ने प ाली नै हो भन्ने कु रामा विश्वास दिलाउनकै लागि पनि मौखिक तवरमा धे रै
मे ह नत गर्नुपर्छ । महिलाहरू आफ्नो बारे म ा सरकारी अधिकारीहरूलाई बताउन सक्ने
अवस्थामा नहुन पनि सक्दछन् । त्यस्तोमा कोही टाठाबाठा पुरुषको खाँचो पर्छ जसलाई
सरकारी कर्मचारीले पत्याउँ छ । त्यसपछि बल्ल कागजातको प्रक्रियाबारे जानकारी प्राप्त
हुन्छ । नागरिकता लिने उमेरभन्दा दोब्बर-तेब्बर उमेर भइसक्दा समेत कतिपय महिलाले
नागरिकता लिएका हुँदैनन् । त्यस्तोमा दोहो¥ याएर नागरिकता लिन आएको भन्ने शंका
गरिन्छ । शंकाको क्रममा सोधिने प्रश्नभन्दा प्रश्न सोध्ने चरणमा प्रदर्शन हुने कर्मचारीको
व्यवहार र हेपाहा स्वभावबाट महिला आहत हुन पुग्छन्, हतोत्साही बन्छन् । सुस्मिता,
जैबुन, लक्ष्मीजस्ता कै यौ ँ महिला ती चरणसँग संघर्ष गर्दै नागरिकताको लागि कागजपत्र
जुटाउनमा दौडिए । उनीहरूको अनुभवले भन्छ, कर्मचारी आफ्ना महिला नागरिकप्रति
संवेदनशील र सहयोगी छै नन् ।
52 | सरस्वती शर्मा

नागरिक पहिचानको दायित्व कसको ?


नेपालमा राजनीतिक परिवर्तन भई लोकतन्त्र, गणतन्त्र, र नयाँ संविधान २०७२ आइसके को
छ । तर नेपालको संविधान २०७२ अनुसार नागरिकता ऐन २०६३ परिवर्तन हुन सके को
छै न । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरे की विदेशी महिलाले चाहेमा संघीय
कानून बमोजिम नेपालको अंगीकृ त नागरिकता लिन सक्ने र नेपाल सरकारले संघीय कानून
बमोजिम नेपालको अंगीकृ त नागरिकता प्रदान गर्न सक्ने व्यवस्था संविधानले गरे को छ ।
प्रदेश र स्थानीय सरकारले नागरिकता सम्बन्धी कानूनमा के ही गर्न नमिल्ने हुँदा पुरानै कानून
कायम छ । नागरिकताको सवालमा स्थानीय सरकारले आफ्नो नागरिकको पहिचान गर्न
सक्नुपर्छ । स्थानीय सरकारले नागरिकता विषयमा अलि लचिलो र सन्दर्भ अनुरूप विवेक
लगाएर काम कारबाही गर्नुपर्छ । विवाह दर्ता र जन्म दर्ता गर्ने काम स्थानीय सरकारले
गर्ने हुँदा नेपाली नागरिकको पहिचान गर्ने काम स्थानीय तहलाई दिनुपर्छ । यसको लागि
के न्द्र, प्रदेश र संघबीच तालमेल हुन जरुरी छ । सोही अनुसारको ऐन-कानून र प्रक्रिया
अवलम्बन गरिनु पर्छ ।
२०६३ सालमा दोलखाकी सविना दमाईले आमाको नामबाट नागरिकता पाउन
सर्वोच्च अदालतमा मुद् दा दायर गरे क ी थिइन् । उनको मुद् दामा सर्वोच्च अदालतले ७५
जिल्लाकै प्रमु ख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गरी आमाको नामबाट
बिनाभेदभाव नागरिकता दिनू भन्ने आदेश गरे को थियो । तर सो परिपत्र अनुकूल काम
भएको छै न । अधिवक्ता मीरा ढुङ्गाना भन्छिन्, “पुरुष सीडीओहरूले आमाको नाममा
नागरिकता दिन इन्कार गरे र पटक-पटक अदालतको अपहेलना र कानून उल्लंघन गरे का
छन्, तिनलाई कारबाही कहिल्यै हुँदैन किनभने कारबाही गर्ने ठाउँ मा सीडीओ पनि पुरुष
नै छन्” (खड्का र ज्ञवाली २०७५) ।” नागरिकता दिने स्थानमा बसेका सीडीओ पनि
पुरुष भएकोले समाजमा रहेका महिला र पुरुष बीचको लैंगिक विभेदका कारण आमाको
नामबाट सजिलै नागरिकता दिइएको छै न ।
सविरन र नविरन नेशाले नागरिकता प्राप्त गर्न नसक्नुमा सर्वोच्च अदालतको परिपत्रको
कार्यान्वयन नहु नु पनि एक कारण हो । नागरिकता प्रदान गर्ने एउटा प्रक्रिया छ । तर
त्यस्तो प्रक्रियामा सबैको पहुँच पुग्न सके को छै न, विशेष गरी महिलाको । उदाहरणका
लागि, नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १३ बस्ने सोनम चौधरीले
नागरिकताको लागि वडा कार्यालयमा पतिका विरुद्ध उजुरी गरिन् । वडा कार्यालयमा
सबैको सहमतिमा विवाह दर्ता भयो । नागरिकताको फाराम समेत भरियो । उनी फाराम र
बुबाको नागरिकता सहित नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगिन् । अदालतमा
चलिरहेको मुद्दामा मिलापत्र गरे मात्र सनाखत गरिदिने अडान उनका पतिको थियो । सो
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 53

माग पूरा गरे पछि मात्र पतिले जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको लागि सनाखत
गरिदिए । बल्ल सोनम चौधरीको नागरिकता बन्यो ।
सबै कागजात पेस गरे पनि पति वा पिताले महिलालाई सनाखत नगरिदिँदा अन्तिममा
आएर नागरिकता नपाएका थुप्रै घटना छन् । विवाहित महिलाको हकमा पतिले र अविवाहित
महिलाको हकमा पिताले सनाखत गर्नुपर्ने प्रावधानले महिलालाई झन् कठिनाइ पैदा गरे को
छ । बालिग महिलाले आवश्यक कागजात पेस गरिसके पछि पनि कुनै अभिभावकको रूपमा
पुरुषकै , त्यसमा पनि पति वा पिताकै , सनाखत किन अनिवार्य सरह छ ? त्यस्तो सनाखत
अनिवार्य हो भने, त्यो कामको लागि राज्यले नै सनाखत कर्तालाई जिम्मेवार बनाउनुपर्छ ।
आवश्यक परे को खण्डमा आफ्नो देशको नागरिकलाई राज्य विहीन नबनाउन नागरिकता
दिने व्यक्ति प्रमुख जिल्ला अधिकारी समेत उक्त विषयमा विवेकशील हुनु पर्दछ ।
अधिवक्ता मित्रलाल लामिछानेको भनाइ छ, “नागरिकता विहीन व्यक्ति जो नेपाली
हो, राज्यले छानबिन गरे र नागरिकता प्रदान गर्नुपर्छ । यस्तो सं वे द नशील विषयमा
राज्यले संरक्षकत्व ग्रहण गर्नुपर्छ ।”1 नेपालको सीमाभित्र फे ला परे को बेवारिसे बालकले
नागरिकता पाउने तर नेपाली बुबाआमाबाटै जन्मेको सन्तानले नागरिकता नपाउने ? कुनै
पनि आमाले यो बच्चाको बुबाको ठे गान छै न भनेमा बालकले उमेर पुगेपछि नागरिकता
पाउँ छ, तर बालकको बुबाको पहिचान भए पनि ऊ सनाखत गर्न आउँ दैन वा मान्दैन भने
राज्यले नागरिकता नदिने कुरा कहाँ सम्मको न्याय हो ? यस्ता प्रश्नको उत्तर राज्य र राज्य
सञ्चालकहरूले खोज्नु जरुरी छ ।
नवलपरासीका लक्ष्मी कहार, सुस्मिता घिमिरे , चन्दा थारू, सोनम चौधरी, सविरन नेशा
र नविरन नेशाजस्ता कै यौ ँ महिला अझै पनि महिला र पुरुष बीचको भेदभावका कारण
नागरिकता लिनबाट वञ्चित छन् । नागरिकता लिनकै लागि संघर्षरत छन् । आफ्नो देशको
नागरिकको हैसियतले पाउनुपर्ने अधिकार लिन पनि कहिलेसम्म संघर्ष गरिरहनुपर्ने ? नेपाली
नागरिक को हो वा होइन भन्ने प्रमाण जुटाउने भार राज्यले नउठाएसम्म पिँधमा रहेकाहरू
यसै गरी समस्यासँग जुधिरहनेछन् । राज्य सबैको अभिभावक हो र राज्यले अभिभावकीय
जिम्मेवारी वहन गर्नुपर्छ भन्ने हो भने आफ्ना नागरिकलाई नागरिकता प्रदान गर्न प्रमाण
पु¥ याउने काममा राज्यले भूमिका निर्वाह गर्नुपर्छ । सूचना विहीन नागरिककै थाप्लोमा सबै
जिम्मेवारी सुम्पिनु उचित छै न । कोही व्यक्तिले कुनै पनि कानूनी वा सरकारी कामकाजको
लागि नागरिकतालाई विशेष ग्राह्यता दिने हुँदा आफ्ना नागरिकको समस्या सम्बोधन गर्न
पनि नागरिकता उत्तिकै महत्त्वपूर्ण छ भन्नेतर्फ राज्यले गम्भीर भएर सोच्नुपर्छ । नागरिकता
नभएकै कारण नागरिकको समस्याको सम्बोधनको पहिलो चरणमै थप समस्या र जटिलता
1
लामिछाने सँग ने पाल बार एसोसिएसन, नवलपरासीमा मंसिर १३, २०७५ मा गरिएको
कुराकानी ।
54 | सरस्वती शर्मा

थपिने अवस्थालाई राज्यले समाधान गर्नुपर्छ । नवलपरासी जिल्ला अदालतका न्यायाधीश


रीतेन्द्र थापाको भनाइ छ, “को नागरिक हो वा होइन भन्ने जाँचबुझ गर्ने काम प्रमुख जिल्ला
अधिकारीको हो ।”2 तर नागरिकता बनाउन अनेक प्रमाण जुटाउने र पुरुषकै अनुमति,
सहमति र सनाखत ल्याउनुपर्ने भार जति नागरिकको भागमा सुम्पेर उनीहरूलाई नागरिकता
विहीन पार्ने काम भइराखेको छ ।
राज्यले कुनै कार्यक्रम सञ्चालन गरिदिँदा मात्र पनि महिलाहरूले आफ्नो परिचयपत्र
लिने गरे का उदाहरण पनि छन् । नवलपरासी जिल्लाको सुस्ता गाउँ पालिकाले असार २०७४
पछि जन्मेका शिशुलाई पोषण भत्ता वितरण थाल्यो । सन्तान जन्माउँ दा पोषण भत्ता बापत
एकमुस्ट दुई हजार रुपैयाँ दिने गरिन्छ । सो पोषण भत्ता पाउन गर्भवती हुँदा चार पटक
जाँच गरे को र अस्पतालमा बच्चा जन्मेको कागज, बुबाआमाको विवाह दर्ता, भएसम्म
आमाको र नभए बुबाको नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्ने कारणबाट महिलाहरूले
विवाह दर्ता बनाउन थाले । महिला र बालबालिका के न्द्रित यस्ता के ही कार्यक्रम व्यापक
रूपमा सञ्चालन गरे क ो खण्डमा महिलाहरूले आवश्यक कागजात बनाउने अवसर र
अनिवार्यतालाई आत्मसात गर्दै लानेछन् ।
राज्यभित्र नागरिकता विहीन नागरिकको विषयलाई राष्ट्रिय सरोकारको विषय बनाई
सरकारलाई घचघच्याउने काम नागरिक समाजले पनि गर्दै आएको छ । नवलपरासीमा
बसोबास गर्दै आइरहेका महिलालाई नागरिकता पाउन मुस्किल परिरहेको र कतिपयले
अनेक कोसिस गर्दागर्दै पनि नागरिकता पाउन नसके को सन्दर्भमा आवाज उठ्ने गरे को छ ।
देशव्यापी स्तरमा सञ्चालन हुने विभिन्न आन्दोलनका कार्यक्रम र अभियानले स्थानीय
तहमा प्रभाव पार्ने गरे को छ । त्यस्ता बृहत् आन्दोलन र अभियान मार्फत स्थानीय तहका
सरोकारवालाहरू सं वे द नशील र जिम्मेवार हु न पनि झक्झकाएको छ । नागरिकताको
अधिकारबारे नागरिक समाजको एक हिस्साको रूपमा रहेका विभिन्न गैरसरकारी संस्थाले
काम गर्दै आइरहेका छन् । नवलपरासी जिल्लामा महिला, कानून र विकास मञ्च; कानून
अन्वेषण तथा स्रोत विकास के न्द्र (से ल र्ड) नवलपरासी; ने प ाल बार एसोसियसनको
नवलपरासी जिल्ला शाखा लगायतका संस्थाले महिला अधिकारका विषयमा विभिन्न
सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । महिला, कानून र विकास मञ्चले
बृहत् तहमा विभिन्न कारणले बुबाआमाबाट अलग हुन पुगेका नेपाली नागरिकता विहीन
ने प ालीहरूका तर्फबाट सर्वोच्च अदालतमा रिट निवे द न दायर गरी आमाको नामबाट
नागरिकता दिलाउन सहयोग गरे को छ । के ही संस्थाले पीडितहरूका लागि कानूनी सहायता
समेत उपलब्ध गराउने गर्छन् ।

2
थापासँग नवलपरासी जिल्ला अदालतमा मंसिर १३, २०७५ मा गरिएको कुराकानी ।
नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष | 55

तर, वास्तविकता के हो भने गैरसरकारी क्षेत्रबाट जारी सहायता पर्याप्त मात्रामा छै न ।


थोरै महिलाले मात्र त्यस्तो सहायता पाउन सके का छन् । महिलाहरू त्यस्ता सहायता कहाँ
र कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारीबाट वञ्चित छन् । नागरिकताकै लागि दौडधूप
गर्ने महिलाको लागि नागरिक समाज वा गैरसरकारी संस्थाले प्रभावकारी रूपमा सहयोग
गर्न सके का छै नन् । गैरसरकारी संस्था र प्रभावित महिलाहरूबीच सम्बन्ध स्थापित हुन
सके को छै न । त्यसैले, नागरिकता विहीनताको समस्या समाधानको लागि नागरिक समाजको
भूमिका थप प्रभावकारी हुन जरुरी छ । नागरिक समाज आफै ले महिलाहरूलाई न्याय दिन
नसके पनि न्यायमा पहुँचका लागि माध्यमको रूपमा भूमिका निर्वाह गर्न सक्छ । त्यही
भूमिकालाई सशक्त बनाउन अत्यावश्यक छ ।

निष्कर्ष
वंशजको आधारमा नागरिकता लिएका बुबाआमाबाट जन्मेका महिलाहरू नेपाली नागरिक
हुन् । उनीहरूले अनेक प्रयत्नको बाबजुद नागरिकता लिन सकिरहेका छै नन्, वा धेरै लामो
संघर्ष पश्चात् मात्रै नागरिकता पाएका छन् । बाल्यकालमै विवाह हुने, विवाह पश्चात् उमेर पुगे
पनि नागरिकताको आवश्यकताको महसुस नहुने खालको जीवनशैली छ । जब परिवारमा
कलह वा घरे लु हिंसा हुन्छ र त्यसलाई नसहने प्रण उनीहरूले गर्छन्, तब आफ्ना पहिचान
वा परिचयपत्र हु नु आवश्यक रहेक ो अवस्थाबारे उनीहरू जानकार बन्न पुग्छन् । त्यस
बेला घरपरिवार उनीहरूको विरुद्धमा भइसक्ने हुनाले नागरिकता बन्ने सहज प्रक्रियामा
जान सक्दैनन् । त्यो असहज प्रक्रियामा कानूनी प्रक्रिया पनि झन् झन्झटिलो बनिदिन्छ ।
सबुत प्रमाण र आवश्यक कागजात जुटाउने सम्पूर्ण भार महिलामाथि थोपरिन्छ । नेपालमा
बसे र विदेश ीसँ ग विवाह गर्ने महिलाबाट जन्मेका सन्तानले मात्रै होइन, बाल्यकालमै
विवाह भएर, पतिले हेला गरे र, घरे लु हिंसामा परे र घरबाट निकालिएका लक्ष्मी, जैबुन,
सोनम, सुस्मिताजस्ता कै यौ ँ नेपालीहरूले नेपाली नागरिकबाटै जन्मेका भए पनि नागरिकता
पाएका छै नन् ।
हिंसाबाट छुटकारा पाउन संघर्षमा निस्के का महिलाहरूले नागरिकता नभएकै कारण
थप हिंसा र शोषण सहनु पर्ने स्थिति आउनुमा दोष कसको ? तिनै पीडित महिलाहरूको
हो ? पक्कै होइन । सं विधा नमा भएको मौलिक हक अन्तर्गत समानताको आधारमा
सन्तानलाई नागरिकता दिने सवालमा विभे द गरिनु हुँदैन । जसरी हरे क पुरु षले उमे र
पुग्नासाथ नागरिकता पाउनु स्वाभाविक हो, त्यसै गरी हरे क महिलाले पनि नागरिकता
पाउनु स्वाभाविक अधिकार हो भन्ने सोच र अभ्यासलाई व्यापकता दिन राज्य, सरकार,
र नागरिकहरू सबैले भूमिका खेल्नु पर्दछ ।
56 | सरस्वती शर्मा

धन्यवाद
यो अध्ययनको लागि आर्थिक सहयोग गर्ने मार्टि न चौतारी र समन्वयकारी भूमिका निर्वाह
गर्ने संस्था माहु री होमका लक्ष्मी श्रेष्ठलाई धन्यवाद दिन्छु । यो ले ख उत्पादनको हरे क
चरणमा मार्गनिर्देश गरी परिष्कृत रूप दिन सहयोग गर्ने मार्टि न चौतारीका सोहन प्रसाद
साह र कै लाश राईलाई विशेष धन्यवाद छ ।

सन्दर्भ सामग्री
कान्तिपुर । २०७० । नागरिकता बनाइदेऊ भन्दा हत्या । भदौ २५, पृ. १५ ।
खड्का, घनश्याम र कृ ष्ण ज्ञवाली । २०७५ । संविधानमाथि प्रजिअ । कान्तिपुर, फागुन
१८, पृ. १ ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 57

तीन

वैदेशिक रोजगारीको मृत्युपछि आर्थिक कारणले


परिवारमा परेको सामाजिक र मनोसामाजिक असर

उमा पौडेल

पष्ठृ भूमि
ने प ालको परिवे श मा अत्यन्त लोकप्रिय रोजगारको रूपमा वै देशि क रोजगारलाई लिन
सकिन्छ । जनगणना २०६८ ले औसतमा ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारबाट प्राप्त
हुने विप्रेषणमा निर्भर रहेको देखाउँ छ । वैदेशिक रोजगार वार्षिक सवा चार लाख युवा खपत
गर्ने श्रम बजारको रूपमा रहेको छ । युवाहरू विदेश जानुमा विभिन्न कारण छन् । मुलुकभित्र
सीमित रोजगारका अवसर, कृ षि क्षेत्रमा अरुचि, श्रमको उचित मूल्यां कनको अभाव र
उच्च गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । परिवार र छोराछोरीको
लालनपालनको जिम्मेवारी एउटा बाध्यता हो । विदेशी जीवनशैली र कमाइ आकर्षक
पक्ष हो । हवाईजहाज चढ्ने र विदेशको अनुभव लिने देखासिकी पनि कम छै न । मनग्य
आम्दानी र सुन्दर भविष्यको सपना प्रवल छ । यिनै कारणवश नेपालको विमानस्थलबाट
मात्रै दिनहुँ १२–१५ सय युवा वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारमा जाने गरे का छन् ।
वि.सं. २०४० को दशकमा तत्कालीन सरकारले खाडी लगायतका मुलुकमा नेपाली
कामदार पठाउने नीति अगाडि सा ¥ यो (खत्री २०७३/२०७४) । वै देशि क रोजगारलाई
व्यवस्थित गर्न २०४२ सालमा वैदेशिक रोजगार ऐन तर्जुमा गरियो । यो ऐनमा कामदारको
मृत्युपछि आर्थिक सहायता पाउने सम्बन्धी कुनै पनि व्यवस्था गरिएको थिएन । यस ऐन
पूर्ण कार्यान्वयन हुँदा नहुँदै २०४६ सालको जनआन्दोलन भयो । त्यही आन्दोलनबाट
प्राप्त प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत खुल ा अर्थतन्त्रको अभ्यास हु न थाल्यो र

५७
58 | उमा पौडे ल

नेपालीहरू आफ्नो पेशा वा रोजगारको लागि जहाँसुकै जान स्वतन्त्र भए । वैशाख ११,
२०६१ मा विश्व व्यापार संगठनको १४७ औँ सदस्यको रूपमा ने पालले प्रवेश पायो ।
त्यसपछि नेपाल पनि विश्व बजारमा औपचारिक रूपमै एक अंगको रूपमा स्थापित भयो ।
विश्व श्रम बजारमा नेपाली श्रमशक्ति अझ बढी आकर्षित हुन थाल्यो ।
वैदशि
े क रोजगार ऐन २०६४ आएपछि औपचारिक रूपमा वैदशि े क रोजगार खल ु ा भयो ।
ऐन अनुसार कुनै पनि देशमा (भारत बाहेक) तलब पाउने गरी नियुक्त भई काम गरिएको वा
विदेशमा नियमित रूपमा काम गर्न भर्ना भएको अवस्थालाई वैदेशिक रोजगारको अर्थमा
बुझिन्छ । हालसम्म सरकारले ११० मुलुकमा जान र पठाउन सक्ने गरी स्वीकृ ति प्रदान
गरे को छ । वैदेशिक रोजगारीको सुरक्षा र सुविधाको लागि रोजगारदाता मुलुक र कामदार
पठाउने मुलुकका सरकारबीच द्विपक्षीय श्रम सम्झौता हुनु जरुरी हुन्छ ।
यसरी रोजगारमा जाने सबै जनाको सपना सोचे झै ँ यथार्थमा बदलिएको पाइँदैन ।
सम्पूर्ण रूपमा स्वस्थ रहेको प्रमाणित भएर जाने कामदार पनि बिरामी भएर, “मेडिकल्ली
अनफिट” भएर र मृत्यु भएर फर्काइएका उदाहरण कम छै नन् ।1 दैनिक सरदर ३ देखि
४ शव ने प ालको विमानस्थलबाट भित्रिन्छन् । धे रै ज सो प्राकृ तिक मृत ्यु, आत्महत्या र
दुघर्टनाका कारण मृत्यु हुने गरे को तथ्य खुलाइएको पाइन्छ । वैदेशिक रोजगार प्रवर्द्धन
बोर्डको प्रतिवेदन अनुसार बोर्डको स्थापना काल २०६४2 देखि २०७५ असोज मसान्तसम्म
विदेशमा ज्यान गुमाउनेको संख्या ६,९२१ छ जसमा पुरुष ६,७६६ र महिला १५५ छन् ।
मृत्यु हुनेमा मलेसियामा कार्यरत कामदार धेरै छन् । मानसिक सन्तुलन गुमाएर तथा अपांग

1
वैदेशिक रोजगारमा जाने कामदारको मृत्युको कुरा गर्दा, पहिलो र दोस्रो विश्व युद्धमा र
त्यस पछिका पनि युद्धहरूमा लाहुरेको मृत्यु भएका छन् । तर ती मृत्युपछि त्यसले पारे को आर्थिक,
सामाजिक र मनोवैज्ञानिक असरबारे ऐतिहासिक रूपले अध्ययन भएको देखिँदैन । युद्धमा सैनिकको
रूपमा लाहुरेको मृत्यु वा अन्य अवस्थामा भएको मृत्युभन्दा वर्तमानमा खाडी र अन्य मुलुकमा
गैर-सैनिकको रूपमा वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु फरक छन् । यी दुई प्रकारका मृत्युले
पार्ने सामाजिक र मनोवैज्ञानिक असरमा धेरै समानता छन्, तथापि के ही महत्त्वपूर्ण भिन्नता पनि
छन् । उदाहरणको लागि, युद्धमा मारिएको खबर मात्र परिवारको गाउँ घरसम्म आउँ थे, लाश नै
आउँ दैनथ्यो । तर हाल वैदेशिक रोजगारमा जाने कामदारको मृत्युको खबर पहिले आउँ छ र पछि
लाश आउँ छ, जसले शोकमा पनि असर पार्छ । भारत वा अन्य देशमा सैन्य सेवाका अतिरिक्त
अनौपचारिक क्षेत्रमा व्यक्तिगत तवरमा काम गर्न जाने ने प ालीको सं ख ्या अत्यधिक रहेक ो छ,
तर तिनको मृत्युको प्रकृ ति र असरबारे अध्ययन भएको छै न । यो लेखमा भने ती मृत्युको चर्चा
नगरिकन हालैको वैदेशिक रोजगारमा गएकाको मृत्युलाई मात्र समेटिएको छ ।
2
बोर्डको स्थापनाअघि, २०६१ साल (सन् २००४) मा इराकमा १२ जना नेपाली मारिएका
थिए ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 59

भएर फर्क नेहरूको संख्या पनि उत्तिकै छ । यस्ता घटनाले गर्दा परिवारजन अभिभावक
विहीन हुने एवं अपांग तथा मृतकका परिवारको विचल्ली हुने गरे को छ ।
वैदेशिक रोजगारमा जाने क्रममा बिमा र श्रम गरे बापत श्रम अवधिमा3 कामदारको
मृत्यु भएको अवस्थामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड नियमावली (चौथँ ो संशोधन २०७५)
ले श्रम, रोजगार तथा सामाजिक सुर क्षा मन्त्रालय अन्तर्गत वै देशि क रोजगार विभाग
मार्फत आर्थिक सहायता र बिमा कम्पनीले बिमाको रकम नजिकको हकवालालाई दिने
व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानी वैदेशिक रोजगारीको परिवारजनले बोर्ड र
बिमामा क्षतिपूर्ति रकमको दाबी गरे को हुन्छ । यहाँ आर्थिक सहायता र बिमाको रकम घर
भित्रिएपछि व्यक्ति तथा परिवारमा परे को आर्थिक तथा मनोसामाजिक असरबारे अध्ययन
गरिएको छ । यो अध्ययन नवलपरासीको सुस्ता बर्दघाट पश्चिमका महिला, बालबालिका
तथा वृद्धवृद्धामा परे को सामाजिक तथा मनोसामाजिक असरमा के न्द्रित छ ।

मृतकका परिवारले पाउने आर्थिक सहायता र क्षतिपूर्तिको प्रावधान

नेपालको कानून र अभ्यास


वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८(घ) र वैदेशिक रोजगार नियमावली २०६४
को नियम २८ बमोजिम वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई
आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । त्यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन
बोर्डले वै देशि क रोजगारीको क्रममा मृत ्यु भएको प्रमाणित गर्ने कागजातका आधारमा
निश्चित प्रक्रिया पूरा गर्दछ ।4 यसरी आर्थिक सहायता प्रदान गरिएको प्रमाणित कागजातका
आधारमा बिमा कम्पनीले पनि क्षतिपूर्तिको रकम दिन्छ ।
कामदारको मृत्यु हुँदा गन्तव्य मुलुक र उत्पतिको मुलुक दुवैमा उसको कानूनी अवस्था
लेखबद्ध छ वा छै न, थाहा पाउनुपर्छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृ ति लिई
3
श्रम अवधि मलेसियामा तीन वर्ष र खाडीका छ देश (यूएई, कतार, साउदी अरब, कुवेत,
ओमान र बहराइन) मा दुई वर्ष छ ।
4
शवसँग आएका सम्पूर्ण कागजात (मृतकको कामदारको पासपोर्ट, श्रम स्वीकृ ति, सम्झौतापत्र,
रोजगारदाता मुलुक बाट प्राप्त मृत ्यु प्रमाणपत्र, सम्बन्धित देश मा रहेक ो ने प ाली राजदूता वासको
सिफारिस पत्र) तथा नेपालको मृत्यु दर्ता प्रमाणपत्र, मृतकको नागरिकताको प्रतिलिपि, हकवालाको
नागरिकता वा नाबालकको हकमा जन्म दर्ता तथा नाता प्रमाणित पत्र र दुई प्रति पासपोर्ट साइजको
फोटो, मृतक अविवाहित भए सोको प्रमाणित कागजात नगर वा गाउँ पालिकाको सिफारिस तथा
नोटरी पब्लिकबाट प्रमाणित गरी बोर्डले तय गरे को ढाँचा अनुसार निवेदनको साथमा रु. दशको
हुलाक टिकट टाँस गरी नेपालमा शव प्राप्त भएको एक वर्षभित्र पेश गर्नुपर्ने हुन्छ ।
60 | उमा पौडे ल

वैदेशिक रोजगारमा गएको, करार अवधि समाप्त भएको एक वर्षभित्र मृत्यु भएको हुनुपर्छ ।
यसरी मृत्यु प्रमाणित भएको एक वर्षभित्र मृतक कामदारको नजिकको हकवालाले बोर्डको
सचिवालयमा निवेदन पेस गरे को अवस्थामा आर्थिक सहायता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
आर्थिक सहायता पाउनका लागि वैदेशिक रोजगार विभागमा श्रम स्वीकृ ति लिने बेलामा
कामदारले कल्याणकारी कोषमा रकम बुझाउनुपर्छ । वैशाख २०७३ अघि कल्याणकारी
कोषमा रु. एक हजार जम्मा गरे को अवस्थामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट आर्थिक
सहायता बापत रु. तीन लाख र जीवन बिमा बापत रु. पाँच लाख मात्र दिने व्यवस्था
थियो । वैशाख २०७३ देख ि लागू हु ने गरी बिमाको प्रिमियम रकम तीन वर्ष सम्मको
श्रम अवधिका लागि रु. एक हजार पाँच सय र तीन वर्ष माथिको श्रम अवधिका लागि
रु. दुई हजार पाँच सय तोकिएपछि कामदारको वैदेशिक रोजगार जीवन बिमा वृद्धि गरी
१५ लाख रुपैयाँ पु¥ याइएको छ । जीवन बिमा पहिले रु. पाँच लाख पाउनेमा बढाएर रु.
दश लाख पु¥ याएको र वैदेशिक रोजगारका क्रममा नेपाली कामदारलाई लाग्न सक्ने १५
प्रकारका गम्भीर रोग लागेमा उपचार गर्न थप रु. पाँच लाख सम्मको स्वास्थ्य उपचार
बिमाको व्यवस्था मिलाइएको छ । बोर्डले साउन १६, २०७५ देखि वैदेशिक रोजगारमा
जाने कामदारको मृत्यु भएमा परिवारलाई दिइने आर्थिक सहायता रु. सात लाखसम्म र
कामदार अंगभंग भएको अवस्थामा उपचार खर्च रु. सात लाखसम्म दिने व्यवस्था गरे को छ ।
आर्थिक सहायता तथा बिमा रकम पाउनेमा नजिकको हकवालाहरूको श्रेणी बनाइएको
छ । नजिकको हकवालाले भनेको आफूले पालनपोषण गर्नुपर्ने पति, पत्नी वा छोरा, छोरी
हुन् । मृतकको श्रीमतीलाई पहिलो हकवाला तोकिएको छ । मृतक अविवाहित भएमा त्यसको
प्रामाणिक कागजातका आधारमा बुबाआमालाई आर्थिक सहायता दिने व्यवस्था छ ।

गन्तव्य देशको कानून र अभ्यास


गन्तव्य देशको श्रम कानून अनुसार क्षतिपूर्ति दाबीका लागि जुन कम्पनी भनेर गइएको
हो, सोही कम्पनीमा काम गरिरहेको र निजको करार अवधि कायम भएको हुनुपर्दछ ।
कम्पनीसँग गरिएको सम्झौता बमोजिम काम गर्दागर्दै मृत्यु भएको अवस्थामा क्षतिपूर्ति
पाउने व्यवस्था छ । सडक दुर्घटना र कार्यस्थलमा दुर्घटनाबाट हुने मृत्युको क्षतिपूर्तिको
फरक-फरक व्यवस्था छ । यो कानून देश तथा कम्पनीले गरे को बिमा अनुसार फरक-फरक
भएको हुनाले क्षतिपूर्तिको रकम पनि भिन्नाभिन्नै छ ।
रोजगारदाता कम्पनीले गरिदिएको बिमा बापत आउने रकम, काजक्रियाको लागि दिने
सहयोग र बाँकी रहेको पारिश्रमिक पनि उपलब्ध गराउँ छ । यो रकम मृतक कामदारको
परिवारले निवेदन दिएको आधारमा नेपालको राजदूतावास मार्फत परराष्ट्र मन्त्रालयको
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 61

काठमाडौस्थित
ँ कन्सुलर सेवा विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने
व्यवस्था मिलाएको हुन्छ ।
देश अनुसार क्षतिपूर्ति दाबी गर्न निवेदन दिने प्रक्रिया पनि फरक-फरक हुन्छ । रकम
गलत व्यक्तिको हातमा नपरोस् भनी यो प्रक्रिया अलि लामो बनाइएको छ र प्रमाणित गर्ने
धेरै प्रकारका कागजात गन्तव्य देशको सम्बन्धित कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।
रोजगारदाता कम्पनीले कामदारको २४ घण्टे बिमाको व्यवस्था कमै मात्र गरे को पाइन्छ,
घरमा रहँदा प्राकृ तिक मृत्यु वा आत्महत्या भनेर प्रमाणित भएको अवस्थामा कम्पनीबाट
लिन बाँकी तलब बाहेक कुनै पनि क्षतिपूर्ति पाइँदैन ।

आर्थिक सहायता वितरणको अवस्था


२०६४ सालमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड स्थापना भएदेखि २०७५ असोज मसान्तसम्म
वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ६,९२१ जना कामदारका परिवारलाई आर्थिक
सहायता रकम रु. १ अर्ब ६७ करोड ८४ लाख ८४ हजार वितरण गरे को देखिन्छ (श्रेष्ठ
२०७५ : ११) । आर्थिक वर्ष (आ.व.) २०७४/७५ मा मात्र बोर्डको सचिवालयमा निवेदन
पेस गर्ने ८२१ जना मृतक कामदारका परिवारले ४५ करोड ७० लाख आर्थिक सहायता
प्राप्त गरे को देखिन्छ । यसरी दिइएको रकममा ५७१ जना परिवारले रु. सात लाखको दरले
१८८ जना कामदारका परिवारले रु. तीन लाखका दरले, दुई जना कामदारको परिवारले
रु. एक लाख पचास हजारका दरले आर्थिक सहायता प्राप्त गरे । त्यस्तै, विभिन्न कारणले
आर्थिक सहायता प्राप्त गर्न योग्य नभएका ६० कामदारका परिवारले सोही नियमावलीको
नियम २८ (६) अनुसार रु. दश हजारको दरले रकम पाए ।5 यसअघि, आ.व. २०७२/७३
मा जम्मा ८१६ जनाको मृत्यु भएको थियो । यसै गरी, आ.व. २०७३/७४ मा जम्मा ७५६
जनाको मृत्यु भएको थियो । यी तथ्यांक अनुसार मृत्युको संख्यामा खासै कमी आएको
पाइएको छै न (श्रेष्ठ २०७५ : ११) ।
प्रादेशिक तथ्यांक हेर्दा साउन २०६५ देखि जेठ २०७५ सम्म सबैभन्दा धेरै प्रदेश नं.
१ बाट कामदारले श्रम स्वीकृ ति लिएको देखिन्छ । मृत्यु र अंगभंग हुनेमा पनि प्रदेश नं.
१ कै कामदारको संख्या अत्यधिक देखिन्छ । त्यस्तै, श्रम स्वीकृ ति लिने, मृत्यु र अंगभंग
हुनेमा प्रदेश नं. २ दोस्रोमा र प्रदेश नं. ५ तेस्रोमा छन् ।
बोर्डले श्रम स्वीकृ ति नलिई अवैधानिक रूपमा रोजगारमा गएका र श्रम अवधि नाघेका
कामदारको मृत्यु भएमा क्षतिपूर्ति दिँदैन । त्यसरी मृत्यु भएर फर्कि ने कामदारको एकिन
तथ्यांक बोर्डसँग छै न । अवैधानिक रूपमा विदेश पुगेर मृत्युवरण गरे का कामदारका परिवारले
सरकारबाट कुनै क्षतिपरू ्ति नपाउने भएकाले मृतकको संख्या सात हजारभन्दा निकै हुन सक्छ ।
5
हेर्नुहोस् www.fepb.gov.np; भदौ १०, २०७५ मा हेरिएको ।
62 | उमा पौडे ल

अध्ययन क्षेत्र र विधि

अध्ययन क्षेत्र
वै देशि क रोजगारको विश्ले ष ण गर्दा राष्ट्रिय परिवे श जस्तो छ जिल्लाको परिवे श पनि
त्यस्तै भेटिन्छ । विभागको तथ्यांकले आ.व. २०७४/७५ मा नवलपरासी (जिल्ला नटुक्रँ दै)
वैदेशिक रोजगारमा श्रमिक पठाउने सातौ ँ जिल्लामा परे को देखाउँ छ । यस जिल्लाका ११
हजार ४० जना युवा श्रम स्वीकृ ति लिएर वैदेशिक रोजगारमा गएको देखिन्छ । यहाँका
धेरै ज सो गाउँ क ा ७० देख ि ८० प्रतिशत घरधुर ी वै देशि क रोजगारमा निर्भर छन् (सामी
परियोजना २०७३) । धे रै कामदारको मृत ्यु हु ने र शव भित्रिने जिल्लामा नवलपरासी
(जिल्ला नटुक्रँ दै) छै टौ ँ नम्बरमा परे को थियो ।
नवलपरासी सुस्ता बर्दघाट पश्चिममा मात्र फागुन २०७१ देखि असोज २०७५ सम्म
सुरक्षित आप्रवासन (सामी) परियोजनाको के श रजिस्टरमा वैदेशिक रोजगारमा हुँदा ७१
जनाको मृत्यु भएको देखिन्छ जसमा ७० जना पुरुष र एक जना महिला थिए । जसमध्ये
६३ जनाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट आर्थिक सहायता तथा बिमाबाट क्षतिपूर्तिको
रकम जम्मा रु. ५ करोड ९१ लाख ९६ हजार ४ सय ७० (जिल्ला प्रशासनको तथ्यांक
बाहेक ) प्राप्त गरे क ा छन् । आ.व. २०७४/७५ मा नवलपरासीका २४ जना मृत कका
परिवारले बोर्डबाट मात्रै आर्थिक सहायताबाट १ करोड ३६ लाख रकम बुझी लिए भने
बिमा रकम दुई गुणा बढी बुझी लिएको अनुमान गर्न सकिन्छ ।6
वै देशि क रोजगारमा जाने सामान्य श्रमिकले चैत्र २०७५ को विनिमय दर अनुस ार
औसतमा २७ हजार रुपै याँ मासिकको दरले कमाउँ द ा दुई वर्षमा पाँ दे ख ि सातलाख
रुपैयाँसम्म कमाउन सक्छ । उसको मृत्यु हुँदा परिवारले क्षतिपूर्ति स्वरूप सात देखि २२
लाख रुपैयाँसम्म पाउँ छन् । पैसाले कुनै पनि व्यक्तिको जीवनको क्षतिपूर्ति गर्न त सक्दैन तर
कसैको मृत्युपछि आएको पैसा परिवारको बाँकी जीवनका लागि राहत हुन सक्छ । त्यही
राहतको रकमको बाँडफाँटमा हकवालाहरूबीच द्वन्द्व भयो भने पीडामाथि पीडा थपिने
खतरा हुने रहेछ । एकतिर परिवारको जीवन समृद्ध र सुखद् बनाउन वैदेशिक रोजगारमा
गएको व्यक्तिको मृत्युले परिवारमा पु¥ याएको आघात, अर्कोतिर अचानक ठूलो राशीको
रकम पाइँदा त्यसले मलम लगाएको छ कि पीडा दिएको छ ? यो अध्ययनको विषय हो ।
आर्थिक सहायता पाउने पैसाको पहिलो हकवाला विधवालाई घर, माइती र समाजले
कसरी हेर्छ वा कस्तो व्यहार गर्छ ? पैसा हुँदा वा नहुँदा के कस्ता समस्या उब्जिएका छन्

6
आर्थिक सहायता दाबी भएका मृतकको संख्या, श्रम अवधि नाघेका, दोस्रो देशको बाटो
प्रयोग गरे काले आर्थिक सहायता दाबी गर्न नपाउने हुँदा मृतकको संख्या २४ भन्दा बढी हुन सक्छ ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 63

र यसले परिवारमा तथा व्यक्तिको जीवनमा कस्तो असर पारे को हुन सक्छ ? यी विषय
समेत अध्ययनमा समेटिएको छ ।
नवलपरासी जिल्लामा पहाडबाट बसाइँसराइ गरे र आएका मिश्रित जातजातिहरूको
बसोबास छ । यो जिल्लाको राजमार्ग वरपर ब्राह्मण, क्षत्री, जनजाति, दलित लगायत
पहाडी जातजातिको बसाइ छ । हुलाकी मार्ग वरपर भने थारूहरूको र भित्री मधेसमा
यादव, के वट, गुप्ता, दलित लगायत जातजातिको बसाइ छ । जनगणना २०६८ अनुसार
यो जिल्लामा थारू र मधेसी जातजातिको बाहुल्य रहेको छ । वैदेशिक रोजगारमा जानेमा
पनि यिनै जातिको जनसंख्या बढी छ । अध्ययनका लागि मिश्रित जातजातिका परिवारलाई
आधार बनाइएको भए तापनि थारू र मधेसी जातजातिको घटना अध्ययन संख्यात्मक
रूपमा धेरै छ ।
अध्ययनको लक्षित समूह को रूपमा नवलपरासी बर्दघाट सुस ्ता पश्चिममा वै देशि क
रोजगारमा रहेक ा कामदारको मृत ्यु पश्चात् वै देशि क रोजगार प्रवर्द्धन बोर्डबाट आर्थि क
सहायता तथा बिमा रकम प्राप्त गरे का परिवार रहेका छन् । विशेष रूपमा मृतक कामदारका
विधवामा पैसा पाएको कारणले परे को व्यक्तिगत, पारिवारिक, सामाजिक र मनोसामाजिक
असरबारे अध्ययन के न्द्रित रहेको छ ।

अध्ययन विधि
सामाजिक, आर्थि क , मनोवै ज्ञानि क पक्षमा के न्द्रित रही गुण ात्मक तथा अन्वेषणात्मक
ढाँचाको प्रयोग गरी यो अनुसन्धान सम्पन्न गरिएको छ । अध्ययन गर्ने क्रममा मृत्यु पश्चात्‌को
आर्थिक सहायता बापत पाउने रकमको पहिलो हकवाला मृतकको श्रीमती विधवा हुने हुँदा
आर्थिक सहायताको रकम घरभित्र प्रवेश भएपछि परिवारमा सिर्जना हुने द्वन्द्व र द्वन्द्वका
कारण पै द ा हु ने मानसिक तनावबारे , लैं गि क दृष्टिकोणबाट महिलाको परम्परागत तथा
बदलिँदो वर्तमान सामाजिक तथा पारिवारिक हैसियतबारे अनुसन्धान गरिएको छ । यो
अध्ययन सम्पन्न गर्न वैदेशिक रोजगारसँग सम्बन्धित सन्दर्भ साहित्यको अध्ययन, घटनाको
विस्तृत अध्ययन, लक्षित समूहसँग विशेष अन्तर्वार्ता, जानकार व्यक्तिहरूसँग कुराकानी
गर्नुका साथै पारिवारिक र सामाजिक परिवेश अवलोकन गरिएको थियो । आर्थिक सहायता
पाएका मृतकका श्रीमतीमध्ये ११ जना तथा बाँकी नौ जनाका परिवारका अन्य सदस्यसँग
विस्तृत कुराकानी गरिएको थियो ।
अनुसन्धानका लागि मुख्य स्रोतका रूपमा सुरक्षित वैदेशिक रोजगारको लागि काम
गर्दै आएको इन्द्रेन ी सामाजिक विकास मञ्च अन्तर्गतको सुर क्षित आप्रवासन (सामी)
परियोजनाको नवलपरासी सुस्ता बर्दघाट पश्चिममा दर्ता भएको मृत्युको घटना र परिवारलाई
प्रदान गरिएको निःशुल्क कानूनी सहजीकरण र आर्थिक सहायता तथा व्यक्तिगत मनोपरामर्श
64 | उमा पौडे ल

सेवा र मनोपरामर्शकर्ताहरूले तयार गरे क ा घटना अध्ययनलाई आधार मानिएको छ ।


वैदेशि क रोजगारमा मृत्यु भएका कामदारका निवे द न परे क ा समग्र ७१ ओटा घटनाको
अध्ययन गरिएको थियो । तीमध्ये आर्थिक सहायता प्राप्त गरे का २० ओटा घटनाको विशेष
अध्ययन अनुसन्धान गरिएको हो । यी घटनालाई नमूनाका रूपमा यहाँ समेटिएको छ ।

अध्ययनबाट प्राप्त नतिजा


विविधता भएको नेपाली समाजमा फरक-फरक समुदायमा भिन्न सांस्कृतिक पद्धति, मूल्य,
मान्यता, सामाजिक व्यवहार, सम्बन्ध र क्रियाकलापबाट परिवार र समाज प्रभावित भएको
पाइन्छ । मधेसी परिवेशमा वैदशि े क रोजगारीको मृत्युसँग जोडिएका आर्थिक सन्दर्भमा विशिष्ट
सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्नु नितान्त आवश्यक हुन्छ जुन, आफै मा जटिल छ ।
मधेसी समाज आफ्नै रीतिरिवाज, मलू ्य मान्यता, संस्कृतिबाट निर्देशित छ । अझै पनि
ग्रामीण क्षेत्रमा बुहारीलाई अरू पुरुषको नजरबाट टाढै राख्न घमु ्टोमै बसोस्, आर्थिक कुरामा
उसले चासो नराखोस् भनी बन्देजमा राखिएको पाइन्छ । यी कुरा महिलालाई सांस्कृतिक
मर्यादाका रूपमा बुझाइएको हुन्छ । घरको चौघेराबाट बाहिर हिँडडुल गर्ने, कुराकानी गर्ने,
विचार राख्ने, आफ्नो निर्णय आफै गर्ने कुरा सामान्यतया परिवार र समाजलाई स्वीकार्य
छै न । यसमा पनि ग्रामीण भेगमा श्रीमान्‌बिना स्वतन्त्र रूपमा श्रीमतीलाई बाहिर हिँडडुलको
अनुमति हुदँ नै ।
अध्ययन गरिएका २० ओटा घटनामा मृतक युवाहरूको उमेर ३० देखि ३५ भेटिएको
छ र उनीहरूका श्रीमतीको उमेर पनि ३५ वर्ष भन्दा कमै छ । यो उमेरमा महिलाको हकमा
एकल भएर जिउनु निकै कठिन हुन्छ । छोराछोरीको दायित्व र घरव्यवहार सम्हाल्दा, कसैको
सहयोग लिँदा लाञ्छना र शंकाको शिकार हुँदा महिलाको जीवन कष्टपूर्ण हुन्छ । छोराको
मृत्युले बुबाआमालाई पनि आघात परे को हुन्छ तर श्रीमतीको तुलनामा बुबाआमामा पर्ने
आघातको अवधि कम रहेको पाइयो । २० ओटै घटनामा मृतकका श्रीमतीहरूमा आघातको
असर दीर्घकालीन देखिन्छ । सबै मा कामदारको मृत्युले परिवारको सदस्यमा मानसिक
तनाव रहेछ, तर लाञ्छना, आरोप र शंका गरिएकाले बुहारीहरूमा मानसिक तनाव अरू
सदस्यहरूको तुलनामा लामो समय रहेको पाइयो ।
२० ओटा घटनामध्ये तीन ओटामा परिवारमा मे ल मिलाप थियो भने बाँ क ी १७
ओटामा द्वन्द्व, रिस, मनमुटाव, लाञ्छना र दुर्व्यवहार थियो । अधिकांश घरमा आर्थिक
सहायताको पैसा मनमुटाव र झगडाको बीउ पनि भएको रहेछ । विवादको के न्द्र आर्थिक
सहायताको रकम कसको स्वामित्वमा रहने भन्ने रहेछ । परिवारमा पैसा वा सम्पत्तिको
मालिक महिला हुनु हुँदैन भन्ने भावना राखेको पाइयो । पैसा विधवा बुहारीको नाममा
हुँदा परिवारमा उसको प्रभाव बढ्ने कुरा परिवारका अन्य सदस्यका लागि चिन्ताको विषय
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 65

बनेको पाइयो । आर्थिक सहायताको रकम मृतकको श्रीमतीकै नाममा आउँ दा पुर्ख्यौली
सम्पत्तिको अंशबण्डामा समेत विवाद भएको पाइयो ।
मेलमिलाप भएका तीन ओटै परिवारमा सासू-ससुरा, देवर, जेठाजु, नन्द, आमाजू, माइती
सबैको राम्रो सहयोग रहेको पाइयो । ससुरा तथा अन्य पुरुष सदस्य जागिरे , आत्मनिर्भर,
जग्गाजमिन भएको र एक मात्र छोरा भएको वा पहिले अंशबण्डा भएको परिवारमा मनमुटाव
छै न । यस्ता परिवारमा बुहारीलाई घरव्यवहार चलाउन सघाएको पाइयो । सोनमती के वट
(परिवर्तित नाम) को सन्दर्भमा मात्रै कुनै समस्या नरहेको पाइयो ।
परिवारका सदस्यहरू र बुह ारीबीच मे ल मिलाप भएको; परिवार र माइती बीचको
सम्बन्ध राम्रो भएको; आर्थिक सहायताको पैसाको आफै ले घर सल्लाहमा उपयोग गरे को;
परिवार, माइती र उनीबीच सहयोग, विश्वास र सम्मानको सम्बन्ध रहेको पाइयो । समाजले
मृतकको श्रीमतीलाई सम्मान पूर्वक व्यवहार गरे को अवस्थामा महिलाको सामाजिक हैसियत
पनि सम्मानित रहेको पाइयो । संयुक्त परिवारमा श्रीमान् गुमाएका महिलाहरू छोराछोरी र
आफ्नो लागि चाहिने साबुन, सर्फ , स्याम्पू, लुगा कपडामा लाग्ने सामान्य खर्चका निम्ति
पनि परिवारका सदस्यसँग निर्भर रहेको पाइयो । २० घटनामध्ये चार ओटामा बुहारीहरू
सामान्य खर्चका लागि पनि परिवारमा पूर्णतः निर्भर थिए । चारमध्ये दुई ओटा घटनामा
आर्थिक सहायता रकमको चेक ससुरालाई बुझाएकाले र दुई ओटा घटनामा पैसा बैंक
र जग्गामा लगाएकाले पनि उनीहरू परिवारप्रति आश्रित रहेको भेटियो । विधवाहरूको
आत्मबल कमजोर हुँदा र आघातको अवधि लामो हुने हुँदा परनिर्भरता बढेको पाइयो ।
यस्ता महिलाहरूले जिल्लादेखि कहिल्यै बाहिर हिँडडुल नगरे को तर बेहोसीकै अवस्थामा
पहिलो पटक श्रीमान्‌को मृत्युको क्षतिपूर्तिको रकम लिन काठमाडौ ँ जानु पर्दा निकै पीडा
भएको बताए ।
आघातमा रहेका श्रीमतीहरूमा आर्थिक सहायता र बिमाको क्षतिपूर्ति रकम पाएपछि
मनस्थिति र व्यवहारमा फे रबदल आएको देखिन्छ । उनीहरूले बालबच्चाको भविष्यको
लागि योजना बनाउने र पीडा भुलेर दृष्टिकोणमा परिवर्तन ल्याउने गरे को पाइयो । नियमित
व्यक्तिगत मनोपरामर्शले पीडितमा सकारात्मक सोचको विकास गरे को पाइयो । समग्र घटनामा
मृतक कामदारका छोराछोरीले पैसाको धेरै माग गरे को वा खर्च गरे को पाइएन । तर आफ्ना
छोराछोरी अरूका छोराछोरीभन्दा पछाडि नपरून् र बुबाको अनुपस्थिति महसुस नगरून्
भन्ने सोचाइले गर्दा आमाहरूले छोराछोरीका लागि कपडा, पढाइमा खर्च गर्ने गरे का छन् ।
अधिकांश घटनामा छोराछोरीको बिमा गरिदिने, उनीहरूको शिक्षामा, औषधी उपचार
गर्नमा पैसा प्रयोग गरिएको छ । पैसा बैंकमा राखिएको र ब्याजमा लगाएको पनि पाइन्छ
जसबाट आएको ब्याजले घर खर्च चलाएको देख िन्छ । ११ जनाले घर बनाउने , खेत
66 | उमा पौडे ल

किन्ने, घडे र ी किन्ने, कु खुर ा बाख्रा पाल्ने, पसल खोल्ने काममा लगानी गरी पै स ाको
व्यवस्थापन गरे का छन् ।
अध्ययन गरिएका नौ ओटा घटनामा श्रीमान्‌क ो मृत ्यु र पै स ाको कारण परिवारले
एक्ल्याएको र कुनै पनि समस्यामा सहयोग नगरे को अवस्थामा महिलाको कार्यबोझ बढेको
रहेछ । उनीहरू घर, खेतीपाती, बालबच्चा, पशुचौपायाको जिम्मेवारीदेखि बाहिरी व्यवहार,
ज्यालामजदुरीमा पनि संलग्न छन् । यस्तो अवस्थामा सबै काम सम्पन्न गर्न आफै ले निर्णय
लिने मामिलामा एकदम आत्तिने र आफूलाई असहाय महसुस गरे को उनीहरूले बताए ।
यसै गरी १२ जनाको सम्बन्धमा पै स ाको कारण घरभित्र र बाहिरका सदस्यबाट
विधवाहरूले आफू र छोराछोरी माथिको असुरक्षा र जोखिम महसुस गरे का छन् । यसरी
सम्बन्ध बिग्रँदा उनीहरूले आफूलाई असुरक्षित ठानेको पाइन्छ । गीता, सानुमाया लगायत
१३ जनाको परिवारको सदस्यसँग र तीन जनाको माइतीसँग सम्बन्ध बिग्रेको छ । तर पुनम
र शोबाको सन्दर्भमा परिवारसँग सम्बन्ध बिग्रने डरले वादविवाद नगर्ने गरे को पनि पाइयो ।
शव ल्याउने, किरिया संस्कार सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिले पैसा सापटी वा ॠण माग्ने
र उनीहरूलाई सापटी दिने काम पनि भएको छ । आफन्त र छिमेकीले सापटी माग्ने गरे को
र पैसा नफर्काएको अवस्थामा मनमुटाव भएका दश ओटा घटना जानकारीमा आएको
छ । त्यसैले आफन्त र घरपरिवारभन्दा बाहिरको मानिससँग पैसाको कारोवार गर्न सहज
मानेको पाइन्छ । घरपरिवारसँग आर्थिक कारोबार गर्दा पैसा नफर्काउने जोखिम भएकोले
बाहिरका मान्छेसँग पैसा फिर्ताको निश्चितताका लागि धितो लिने र कागज बनाउन सजिलो
हुने हुँदा सुरक्षित महसुस गरे को पाइन्छ ।
“पैसा भएको मान्छेलाई किन सहयोग गर्ने आफै सबै गरिहाल्छ नि” भनी आफन्त र
परिवारजनमध्ये कसैले सहयोग नगरे का घटना पनि भेटिएका छन् । यस्ता घटनामा पैसाबारे
एउटा दृष्टिकोण बनाई व्यक्तिको समस्यालाई बेवास्ता गर्दै उसको भावनाको कदर नगरिकन
परिवार र समाजले एक्ल्याएको पाइन्छ । यसकारण पनि परिवारमा एक प्रकारको द्वन्द्व
बढेको र चौतर्फी रूपमा मृतकका श्रीमतीहरू पीडित रहेको पाइयो ।

आर्थिक कारणले परिवारमा देखिएको सामाजिक र मानसिक असर

परनिर्भरता
परिवारभित्र अन्तर-सदस्य परनिर्भरता रहेको पाइन्छ । विशेष गरी पुरुषमाथि महिला निर्भर
रहेका छन् जुन असमान शक्ति सम्बन्धको कारण सिर्जना भएको हुन्छ । एउटा सदस्य अर्को
सदस्यको अधीनमा रहेको हुन्छ । परिवारमा यो मनोवैज्ञानिक रूपमा पनि स्वीकार्य हुन्छ ।
यस्तो परनिर्भर मनोविज्ञान बिस्तारै मनोसामाजिक समस्याको रूपमा विकास भएको छ ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 67

मानसिक रोग विज्ञ ग्रेगोरी जान्टज्‌का अनुसार महिलाको प्रसंगमा दैनिक रूपमा लिनुपर्ने
निर्णय अरूको सल्लाहबिना लिन कठिनाइ हुनु, आफ्नो जिम्मेवारी सबै अरूले लिइदिऊन्
भन्ने लाग्नु, डरको कारण अरूको कुरामा असहमति प्रकट गर्न कठिनाइ हुनु, कुनै काम
शुरूआत गर्न सक्छु कि सक्दिनँ भन्ने सोचाइमा संघर्ष गरिरहने हुनु, जुनसुकै काममा पनि
अरूको अनुमति र सहयोगको बढी चाहना राख्नु यसका मनोवैज्ञानिक लक्षण हुन् ।7 यो
अध्ययनमा परनिर्भरताका कारण महिलाको प्रसंगमा देखिएका समस्याहरू समेट्ने प्रयास
गरिएको छ ।
मधेसको समाजमा सबै बाहिरी काम प्रायः पुरुषले नै गर्छन्, महिलालाई बाहिर हिँडडुल
गर्ने कुरामा बन्देज नै लगाइएको हुन्छ । महिलालाई माइती र घरमा कडा अनुशासनमा
राखिएको हुन्छ । यसकारण पनि दैनिक गरिने घर व्यवस्थापनको काम बाहेक आर्थिक
व्यवस्थापनको काम गर्ने र निर्णय लिने, मलखाद, बिउ-अन्न किनबेच, व्यापार-व्यवसाय
पुरुषकै जिम्मेवारी भित्र आउँ छ; यस्ता काममा महिलाको सहभागिता कमै पाइन्छ । यसले
गर्दा पनि सानोभन्दा सानो कुरामा महिलाहरू परिवारका अन्य सदस्यसँग, विशेष गरी पुरुष
सदस्यसँग निर्भर रहन्छन् ।
मृतकका श्रीमतीहरूको अनुभवमा श्रीमान्‌ जिउँ दै रहँदा पनि सानोभन्दा सानो कुरामा
श्रीमान्‌क ो निर्णयमा, नभए ससुर ा, जे ठ ाजु, देव र लगायतको निर्णयमा परिवार चले क ो
पाइयो । श्रीमान्‌को मृत्युपछि पनि संयुक्त परिवारमा उनीहरू ससुरा, जेठाजु, सासूको निर्णय
र सहयोगमा निर्भर छन् । परिवारबाट अलग भएर बसेका महिलाहरू माइतीका सदस्यप्रति
निर्भर छन् । यो परनिर्भरता श्रीमान्‌को शव ल्याउन, आवश्यक कागजात तयार गर्न, आर्थिक
सहायता र बिमाको क्षतिपूर्तिको रकम लिन र पैसा व्यवस्थापन गर्न, छोराछोरी पढाउन र
विवाह गरिदिन, घर बनाउन, खेतीकिसानी गर्न, व्यवसाय शुरूआत गर्न, ॠण लेनदेन गर्न,
दैनिक सामान्य खर्च गर्नमा रहेको छ ।

सामान्य खर्चका लागि परनिर्भरता


विशेष गरी संयुक्त परिवारमा बस्ने महिलाहरू, श्रीमान्‌को मृत्यु हुनुअघि र पछि पनि सामान्य
खर्चका लागि पनि परिवारका सदस्यसँग निर्भर छन् । आफू सक्षम भए पनि उनीहरूमा
आफ्नो र बालबच्चाको रे खदेख र दैनिक काममा परिवारका अन्य सदस्यले सहयोग गरिदिए
हुन्थ्यो भन्ने अपेक्षा राख्ने, उनीहरूको साथबिना के ही गर्न सकिँ दैन भन्ने बुझाइ रहेको छ ।
यो परनिर्भरता विशेष गरी आर्थिक पक्ष र पारिवारिक व्यवस्थापनसँग जोडिएको हुन्छ ।
7
हे र्नु ह ो स् , h t t p s : / / w w w . p s y c h o l o g y t o d a y . c o m / i n t l / b l o g / h o p e -
relationships/201601/9-things-dependent-people-will-do; पुस १६, २०७६ मा
हेरिएको ।
68 | उमा पौडे ल

रामग्राम-४ कि हरिमति यादव (परिवर्तित नाम) ले श्रीमान्‌क ो मृत ्युप छि आर्थि क


सहायता र बिमाबाट आएको ११ लाख रुपैयाँ मुद्दती खातामा राखेकी छिन् । उनको मनमा
पनि अरूले आफ्नो सबै जिम्मेवारी लिइदिऊन् भन्ने अपेक्षा रहेछ । उनी भन्छिन्, “सबैको
लुगा धुन बस्यो भने सर्फ साबुन दिन्छन् तर आफ्नो मात्र नुहाई धुवाई गर्न आफै ले छुट्टै
किन्नुपर्छ । छोराछोरीको स्कू ल ड्रे स फाटे को छ तर कपडा किन्न पैसा नभएर सिलाइदिन
पनि पाएको छै न ।” श्रीमान्‌ जिउँ दो हुँदा सानो काममा पनि परिवारको सहयोग रहनेमा
मृत्युपछि सहयोग नपाएको उनको गुनासो छ । उनको कान्छो देवर विदेशबाट आएपछि
दोस्रो विवाह गर्ने र भागबण्डा गर्ने कुरा भइरहेकोले छोराछोरी लिएर अलग्गै बस्ने कुराले
उनको मनमा डर पैदा गरे को छ (हेर्नुहोस्, अनुसूची) ।
पर्सावालकी परमिला चौधरी (परिवर्तित नाम) की एउटी छोरी छन् । वैदेशिक रोजगार
प्रवर्द्धन बोर्डबाट मृतकका छोराछोरीले पाउने छात्रवृत्तिको लागि शिक्षा कार्यालयमा निवेदन
बुझाउन परासी जान उनलाई ससुराले सय रुपैयाँ गाडी भाडा दिएपछि सासूले रातदिन
झगडा गर्दै यातना दिन थालिन् । त्यो पैसा सासूलाई फर्काएर उनी भाइसँगै परासी सूचना
के न्द्र र शिक्षा कार्यालयसम्म गइन् ।
यी घटनाले संयुक्त परिवारमा सामान्य खर्चको लागि पनि परिवारसँग निर्भर रहनुपर्ने
भएकाले बुहारीहरूमा मानसिक तनाव रहने गरे को पाइन्छ । यी दुवै महिला आफूसँग लुगा
सिलाउने सीप रहेको तर परिवारको अनुमति नपाएर बाहिर निस्कन र काम गर्न नपाएको
बताउँ छन् । परिवारको असहयोगी वातावरण र अनुमतिबिना बाहिर निस्कने महिला राम्रो
हुँदैनन् भन्ने सामाजिक सोचाइको कारण सीप हुँदाहुँदै पनि आत्मबल कमजोर भएकोले र
पैसाको व्यवस्थापन गर्न नजानेर पनि पूर्ण रूपमा परिवारमा निर्भर रहेको पाइयो ।
महिलामा कसरी परनिर्भर मनस्थिति सिर्जना भएको हुन्छ भन्ने प्रश्नमा नवलपरासीमा
संचालित सामी परियोजना अन्तर्गत मनोसामाजिक परामर्श कार्यमा सुपरिवेक्षण गर्दै आएकी
मनोविद् स्मृति घिमिरे क ा अनुस ार छोरीलाई सानै देख ि तिमी कमजोर छौ भन्ने महसुस
गराइएको हुन्छ र त्यस्तो सामाजिकीकरणले गर्दा यो कुरा बढी महिलामा लागू हुन्छ ।8

पैसाको व्यवस्थापनमा समस्या


मृत ्युक ो क्षतिपूर ्ति पै स ा हु न सक्दैन । तर मृत ्युक ो क्षतिपूर ्ति बापत आउने पै स ाको सही
व्यवस्थापन महत्त्वपूर्ण हु न ्छ । मृत कको परिवारले पाउने आर्थि क सहायताको रकमले
जीविकोपार्जन गर्न र भविष्यको योजना बनाउन के ही सहज बनाउँ छ । वैदेशिक रोजगारमा
जान ४६.५ प्रतिशत कामदारले ॠण लिने गरे का छन् (सिजापति र अरू सन् २०१७ :
१३) । उनीहरूले पठाउने रे मिटेन्सको ७ प्रतिशत ॠण तिर्न प्रयोग हुन्छन् । रे मिटेन्सको पैसा
8
घिमिरे सँग सुपरिवेक्षणको क्रममा रामग्राममा मंसिर २१, २०७५ मा गरिको कुराकानी ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 69

व्यवस्थापन गर्ने योजना अनुसार घरजग्गाको खरिद गर्ने र परिवार विरामी भई उपचार गर्ने
क्रममा पनि ॠण लिइएको हुन्छ । ॠण चुक्ता नहुँदै कामदारको मृत्यु भएको अवस्थामा
ॠण तिर्न आर्थिक सहायता र बिमा बापतको रकम प्रयोग गरिएको पाइन्छ ।
मृतकका श्रीमतीहरूका अनुसार पहिले महिना बिराएर घरमा पैसा आउने गरे को र त्यो
पैसा घरखर्च, खानपिन, छोराछोरीको पढाइ, औषधी उपचार, हाटमा खर्च हुन्थ्यो । तर
आर्थिक सहायता र बिमा बापत एकमुस्ट धेरै पैसा आउँ दा कसरी पैसाको सदुपयोग वा
व्यवस्थापन गर्ने कुरामा निर्णय लिन नसक्दा अरूको भर पर्नुपरे को उनीहरूको भनाइ छ ।
दुई ओटा बाहेक सबै घटनामा उनीहरूले पैसाको व्यवस्थापन राम्ररी गरे का छन् । उनीहरूले
छोराछोरी र आफ्नो नाममा बैंकमा वचत तथा बिमा गर्ने, जग्गा किन्ने, ब्याजमा पैसा लगाउने
काम पनि गरे का छन् । यी सबै काम गर्दा उनीहरू मानसिक तनावबाट गुज्रिएका थिए ।
बडे सारकी सोनमतीले क्षतिपूर्ति रकम २१ लाख रुपैयाँको व्यवस्थापन राम्ररी गरे की
छिन् । उनले तीन जना छोराछोरीको नाममा एक लाख ८० हजारको दरले मुद्दतीमा राखेकी
छिन् । पाँच लाख रुपैयाँ पाँच रुपैयाँ ब्याजमा चार कठ्ठा खेत हुन्डामा तमसुक बनाइदिएकी
छिन् । त्यसबाट महिनाको २५ हजार रुपैयाँ ब्याज मात्र आउने र घरखर्च राम्रोसँग चलेको
कुरा पनि उनले बताइन् । गाउँ को समूहमा रु. छ सय वचत गर्ने गरे को समेत बताउँ दै उनी
भन्छिन्, “यी सबै काम मेरो बुद्धिले भ्याएसम्म गरे को छु तर श्रीमान्‌सँगै भइदिएको भए
धेरै सजिलो हुन्थ्यो भन्ने सधै ँ लागिरहन्छ ।”
श्रीमान्‌को मृत्यु हुँदा सोनमती १–२ महिनासम्म बेहोसीको हालतमा रहेकी थिइन् । उनी
अहिले सासू-ससुरासँग सल्लाह लिएर काम गर्छिन् । उनको परिवारमा राम्रो मेलमिलाप,
सरसहयोग र मायाप्रेम छ । “हामी बुढाबुढीसँग कान्छो छोरा छ । घरमा पाके को मिठो नमिठो
बाँडेर खान्छौँ । बुहारीले घरसल्लाहमै यो ६ धुर जग्गा लिएको छ, दुई ओटा नातिलाई दुई
ओटा घडे री भइहाल्यो ।” आँगन जोडिएको जग्गा देखाउँ दै सोनमतीका ससुराले बताए ।
“बाठो मान्छेले फाइदा लिन गलत सल्लाह दिने क्रममा ब्याजमा पैसा लगानी गर्न र
सस्तो जग्गालाई पनि महँगो भाउमा किन्न लगाउने गर्छन्”, सोनमती के वटको घटना हेरिरहेका
सामी परियोजनाका रमेश चौहान बताउँ छन् । समयमै सही परामर्श पाइएकोले सोनमती
ठगिनबाट बचेक ो र पै साको सही व्यवस्थापन गरे क ो समेत उनको जिकिर छ । उनका
छिमेकीले सोनमतीले पैसा, परिवार र बाहिरी काम एकदमै राम्ररी व्यवस्थापन गरे को भनी
प्रशंसा गरे का छन् ।
पैसा व्यवस्थापनको ज्ञान कम हुँदा र परनिर्भर हुँदा पैसा हिनामिना भएका घटना पनि
छन् । पैसाको व्यवस्थापन गर्न र छोराछोरीको सुरक्षित भविष्यका लागि योजना बनाउन
धेरैजसो एकल महिलाहरू परिवारको साथ सहयोगप्रति निर्भर हुन्छन् । सोनमतीका घटनामा
बाहेक बाँकी १९ ओटा घटनामा पैसाकै कारण गुनासो र विवाद रहेको पाइन्छ । आर्थिक
70 | उमा पौडे ल

अभावबीच बाँचिरहेको परिवारमा ससुरा, सासू, जेठाजु, देवर लगायत धेरैजनाले एकै पटक
त्यो रकममाथि दाबी गर्दा महिलाहरू द्विविधामा पर्ने गरे का छन् । परिवार सदस्यहरूको
माग पूरा गर्ने वा नगर्ने भन्ने द्विविधाको अवस्थामा रहने बुहारीले सही निर्णय लिन नसक्ने
परिस्थिति सिर्जना हुँद ा परिवारभित्र मनमुटा व पै द ा हु न ्छ र उनीहरू एक्लो पर्ने गर्छन् ।
आघात र द्विविधाको अवस्थामा माया र सहयोगको आवश्यकता पर्ने हुनाले गलत मान्छेले
सहानुभूति देखाइ फाइदा उठाउने गरे को पनि पाइन्छ । यसबारे अर्को खण्डमा चर्चा गरिन्छ ।

आर्थिक सहायतामा भाग माग्ने र सम्पत्ति भागबण्डा सम्बन्धी विवाद

आर्थिक सहायतामा भाग माग्ने


परापू र्व कालदे ख ि सम्पत्ति तथा अन्य आर्थि क स्रोत साधनमाथि पु रु षको नियन्त्रण
रहेको छ । साधारणतया सम्पत्तिको स्वामित्व एक पुरुषबाट अर्को पुरुषमा हस्तान्तरण
हुन्छ । नेपाली समाजमा पनि सम्पत्तिको उत्तराधिकारी छोरालाई नै मानिन्छ । मधेसमा
पनि छोरालाई विशेष महत्त्व दिइन्छ । छोरीहरूलाई विवाहमा दाइजोमा जग्गा, जमिन दिने
वा सम्पत्तिको उत्तराधिकारी बनाउने चलन छै न । यद्यपि, नेपालको संविधान २०७२ को
धारा १८ समानताको हक अन्तर्गत उपधारा ५ मा पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना
सबै सन्तानको समान हक हु नेछ भनी सम्पत्तिमा छोरीको अधिकारलाई पनि सुनिश्चित
गरिएको छ । पतिको सम्पत्तिमा पत्नीको समान अधिकार पनि स्थापित गरिएको छ ।
कानूनमा विधवाले जुनसुकै बेला पतिको अंशमा दाबी गर्न र जहिलेसुकै अंश लिई भिन्न
हुन सक्ने व्यवस्था पनि गरिएको छ ।
नेपालको कानूनले सगोलको सम्पत्ति र निजी सम्पत्तिको हकमा फरक-फरक व्यवस्था
गरे को छ । मुलुकी देवानी ऐन अन्तर्गत अंशबण्डा सम्बन्धी व्यवस्थामा सगोलको सम्पत्ति
(पुर्ख्यौलीबाट प्राप्त) मा पति पत्नी, बुबाआमा, छोराछोरी सबै जना अंशियार मानिने र
अंशको समान हकदार हुने व्यवस्था छ । निजी सम्पत्तिमा भने कसैको पनि हक नलाग्ने
र आफूखुशी गर्न पाउने भन्ने व्यवस्था छ । तर श्रीमान्‌को मृत्यु पश्चात् श्रीमतीले बोर्डबाट
पाउने श्रीमान्‌को नामको आर्थिक सहायता र बिमा बापतको रकम निजी हुने कि नहुने
भन्नेमा अस्पष्टता छ । यद्यपि, वैदेशिक रोजगार नियमावलीले आर्थिक सहायता पाउने
नजिकको हकवाला श्रीमती र छोराछोरी भनी व्यवस्था गरे को छ ।
परिवार अलग नभइसके को अवस्थामा आर्जन गरे को आयले जोरे को सम्पत्ति पनि
परिवार अलगिएको अवस्थामा समेत सगोलकै सम्पत्ति मानी बराबर अंशबण्डा लगाइएको
पाइन्छ । मधेसमा सगोलमा हुँदा धेरैजसो बुबा वा दाइलाई पैसा पठाएको पाइन्छ भने अलग
बसिसके को अवस्थामा श्रीमतीलाई नै पैसा पठाउने गरिएको छ । यसरी बुबा वा दाइले
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 71

पाइरहेको पैसा भाइ मरे पछि अचानक बुहारीले पाउन थाल्दा असहज अवस्था सिर्जना
हुन्छ । अलग बसेको अवस्थामा रे मिटेन्सजस्तै आर्थिक सहायताको र क्षतिपूर्तिको रकम
पनि बुहारीले नै पाउने अवस्थामा श्रीमान्‌का बुबाआमा र दाजुभाइले समेत हिस्सेदारी
खोज्ने गरे को पाइन्छ । मृतकका बुबाआमा र दाजुभाइ भएको अवस्थामा सगोलकै सम्पत्ति
मानी आर्थिक सहायताको रकममाथि दाबी गरिएको छ ।
देवगाउँ की मीनाका श्रीमान्‌ले युएईमा आत्महत्या गरे का थिए । श्रीमान्‌को मृत्युपछि
उनी तीन छोराछोरी र आर्थिक सहायताको रकम लिएर माइत बस्दै आएकी छन् । उनका
जेठाजुको दाबी छ, “बिरामी बुबाआमा पाल्ने, बहिनीहरूको विवाह गर्ने, ॠण व्यवहार
मिलाउने, घर चलाउने सबै जिम्मेवारी मेरो टाउकोमा आयो । अहिले अप्ठ ्यारो पर्दा पैसा
त काम लाग्नुप¥ यो नि !”
त्यस्तै, दाउन्नेदेवीकी निरुमाया ठकुरीका सासू-ससुराले उनलाई पराईका रूपमा लिएको
पाइयो । उनी एकै घरमा अलग कोठामा भान्सा गरी बस्छिन् । बुहारीले आर्थिक सहायताको
रकम लिने आशंका गरे र सासू-ससुराले शवसँग आएका सबै कागजपत्र लुकाइदिएका थिए ।
समाज बसे र कु रा गरे प छि मात्र उनले कागजात पाएकी थिइन् । ॠण तिर्न, ससुर ालाई
दिन र घडे री किन्नमा पैसा प्रयोग गरे को उनी बताउँ छिन् । उनी भन्छिन्, “छोरा जीवित
हुँदा पनि सबै पैसा उसैलाई पठाउँ थ्यो, मरे पछि पनि सबै पैसा उसैले पाउने, चलाउने भनी
सासूले जोसँग पनि भन्नुहुन्छ । यस्ता कुरा अरूले सुनाउँ दा मानसिक तनाव बढेको छ ।”
यस्तै गरी साउदी अरबमा भएको दुर्घटनामा श्रीमान्‌को मृत्यु पश्चात् पाइएको आठ
लाख रुपैयाँले पर्सावालकी परमिला चौधरीले आफ्नो र छोरीको नाममा मावली गाउँ मा
घडे री किनेकी थिइन् । त्यसपछि विदेशबाट पाउने बिमाको रकम बुहारीलाई नदिने भन्दै
जेठाजुले दराज खोलेर सबै कागजपत्र लगेको उनी बताउँ छिन् । काजक्रिया सके र क्षतिपूर्ति
बुझी घर फर्कं दा उनलाई घरको पुरुष सदस्यले किरिया खर्च, शव झिकाउन, काठमाडौ ँ
जाँदाआउँ दा लागेको आदि खर्च देखाए । उनका श्रीमान्‌लाई विदेश पठाउन वा विदेश
रहँदाकै अवस्थामा घर खर्च चलाउन, परिवारको औषधी उपचार गर्न लागेको ॠण तिर्न
भनी पैसा मागे । मागे जति पैसा नदिँदा श्रीमान्‌का दाजुभाइसँग बोलचाल नै बन्द हुने र
उनीहरूले बुबाआमालाई समेत बुहारीको विपक्षी बनाउँ दै शत्रुवत् व्यवहार गर्ने गरे को गुनासो
सुनिन्छ । अध्ययन गरिएका नौ ओटा परिवारमा यस्तो समस्या पाइएको छ ।
गीता खवास र परमिला चौधरीका सासू-ससुराले जेठो छोरालाई साथ दिई विधवा
बुहारीलाई र नातिनीहरूलाई बेवास्ता गरी बोलचाल बन्द गर्नुको कारण पनि भिन्न छै न ।
गीताका जेठाजु घर नामसारी गर्न र अंश दिन आवश्यक नरहेको अडानमा छन् । परमिलाका
जेठाजुले परमिलाकी छोरीको बैंकका कागजात समेत लगेको र सासू-ससुराले मौन समर्थन
72 | उमा पौडे ल

जनाएको पाइयो । पहिले माया गर्ने सासू-ससुराले जेठाजु र जेठानीको पक्षमा लिई नातिनी
र आफूलाई पटक्कै माया नगरे को दाबी गीता र अरुणाको छ ।
मृत कको पहिलो हकवाला भएकै कारण श्रीमतीकै नाममा आर्थि क सहायताको
रकमको चेक बन्छ । चेक बनेपछि परिवारमा विग्रह आउन थाल्छ । दाहसंस्कार गर्दासम्म
मिलेका परिवार पनि आर्थिक सहायतामा हानाथापले गर्दा विचलित हुँदै द्वन्द्वमा फसेको
पाइन्छ । आर्थिक सहायताको रकमलाई सगोलकै सम्पत्तिको रूपमा बुझ्ने र सबैले दाबी गर्ने
चलनकै कारण परिवारमा द्वन्द्व भएको देखिन्छ । कतिपय अवस्थामा परिवारमा भित्रभित्र
मनमुटा व मात्र हु न ्छ र कतिपय अवस्थामा मनमुटा व द्वन्द्वकै रूपमा सतहमा देख िन्छ र
अड्डा अदालतसम्म पनि पुग्छ ।

सम्पत्ति भागबण्डा सम्बन्धी विवाद


सुनवल, जर्घाकी शिल्पा चौधरीको विवाह भएको डे ढ वर्षमै वैदेशिक रोजगारका क्रममा
श्रीमान्‌को मृत्यु भयो । आर्थिक सहायता तथा बिमाको रकम उनको नाममा आएपछि घरमा
मनमुटाव हुन शुरू थाल्यो । उनी पीडा पोख्छिन्, “घरमा पैसाबारे सधै ँ किचलो हुन्थ्यो ।
सासू-ससुरा र जेठाजुको व्यवहार एकदम असहज लाग्थ्यो । मलाई माया गर्ने को नै छ र
जस्तो लाग्थ्यो । त्यसपछि डे ढ वर्षकी छोरी सहित माइतीघर बस्न थाले ँ ।”
पछिल्लो समयमा परिवारमा सरसल्लाह नै नगरी ससुरा र जेठाजुले खेत बेच्न लागेको
कुरा थाहा पाएपछि उनले मृत श्रीमान्‌को तर्फबाट छोरीले पाउने अंशबारे सोधखोज गरिन् ।
सबै पैसा लिएर गएपछि किन अंश चाहियो भनी जेठाजुले झगडा गर्न थालेकाले छोरीको
अंशमा गडबड हुने ठानेर शिल्पाले कानूनी बाटो अपनाउने कुरा गरिन् । त्यसपछि मात्रै
मालपोतमा सबै परिवारका सदस्य जम्मा भएर उनकी छोरीको नाममा अं श दिइयो ।
“छोरीको शिक्षादीक्षामा पैसा खर्च गर्ने र छोरीको नाममा भएको सम्पत्तिको उसको बिहे
नहुँदासम्म संरक्षक रहने कागज बनाएकी छु,” शिल्पाले बताइन् ।
बुहारीले आर्थिक सहायताको रकम लिएपछि दोस्रो विवाह गरे का एकाध घटनालाई
नजीर बनाउँ दै परिवारजनमा शंका र डर फै लिएको पनि पाइन्छ । पैसा र सम्पत्ति विधवा
बुहारीकै नाममा भयो भने अर्को पुरुषसँग बिहे गरी सबै सम्पत्ति हत्याउन सक्छे भन्ने आशंका
देखिन्छ । त्यस्तै, मृतकका छोरीहरू मात्रै भएको अवस्थामा अंश सम्बन्धी विवाद भएको
र अंशै दिन नचाहने गरे को पनि पाइन्छ । छोरीहरू विवाहपछि अर्काको घर जाने आशंका
गरी सम्पत्ति दिन नचाहेको बुझिन्छ । सुनवल नगरपालिकाका शिल्पासँगै गीता खवास,
परमिला चौधरी र तारा चौधरीकाका तीन-तीन जना छोरी मात्र छन् । उनीहरूले आफ्ना
छोरीहरू मात्रै भएकाले सासू-ससुरा जेठाजुले अंश दिने कुरामा पक्षपात गर्न खोजेको बताए ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 73

सुन वल जर्घाकी गीता खवासका ससुर ाका तीन भाइ छोरामध्ये माइला र कान्छा
दुवैको वैदशिक रोजगारकै क्रममा मृत्यु भएको थियो । माइला छोराकी श्रीमती गीताका
तीन छोरी मात्र छन् भने कान्छा छोराका पनि एक छोरी छन् । कान्छी बुहारी शिल्पाले
कानूनी बाटो अपनाएर सम्पत्तिमाथि छोरीको अधिकार सुरक्षित गरिन् । त्यही घरकी गीताले
सम्पत्तिमा अधिकार पाउन सके की छै नन् । उनी दुखेसो पोख्छिन्, “मैले दु:ख सहेर गराएको
[बनाएको] घर नामसारी गर्दिनू भनी पटक-पटक ससुरालाई भन्दा पछि गर्छु भन्नुहुन्थ्यो,
अहिले त बोल्नु पनि हुन्न । बिमाबाट बुझेको पैसा मैले नै प्रयोग गरे कोले जेठाजु म र मेरा
छोरीहरूसँग बोल्नुहुन्न । पहिले सासू-ससुराले माया गर्नुहुन्थ्यो अहिले माया गर्नुहुन्न ।”
श्रीमान्‌ जिउँ दो हुँदा नै गीता अलग बस्दै आए पनि अंशबण्डा भएको थिएन । डे ढ
वर्षकी सानी छोरीलाई हेर्दै उनी भन्छिन्, “मेरा छोरीहरू मात्रै भएकाले पनि सम्पत्ति किन
दिने भने र मेरो नाममा दिन नखोज्नु भएको होला, जेठो छोरा र बुहारीले जसो भन्छन्
उहाँहरू त्यस्तै गरिराख्नु भएको छ ।”
सम्पत्तिको द्वन्द्वको क्रममा परिवारले घरबाट निष्कासन गर्ने प्रयास गरिएको पाइएन तर
मानसिक यातना दिएको भने पाइयो । पैसा भएको विधवा बुहारीलाई साथ दियो भने अन्य
सन्तानले साथ नदिने र बुहारीले पनि अर्को बिहे गर्ने जोखिम अनुमान गरे र पनि होला,
सासू-ससुराले बुहारीको साथ नदिएको जिकिर छ आप्रवासी कामदारको अधिकारको लागि
काम गर्दै आएका रामु भुसालको ।9 अन्य सन्तानको कुरामा समर्थन जनाइनुका पछाडि
भविष्यमा अरू छोराले पनि हेर्दैनन् कि भन्ने असुरक्षा भाव सासू-ससुरामा रहेको देखिन्छ ।
बुहारीले पैसा पाएको, पैसाको हिस्सा नलगाएको अवस्थामा बुहारीको पक्ष लिँदा अरू
सन्तानबाट पनि आमाबुबाले असुरक्षित महसुस गरे का हुन्छन् ।
यी सबै घटनामा मृतकका श्रीमतीहरू पैसाकै कारण पुर्ख्यौली सम्पत्तिको अंशबण्डामा
समेत पक्षपात हुन्छ कि भन्ने मानसिक तनावमा रहेको पाइन्छ । जहाँ जहाँ महिलालाई
सम्पत्तिमाथि हक प्राप्त छ त्यहाँ त्यहाँ पनि सामाजिक रीतिरिवाज, भावनात्मक दबाब,
नाताको राजनीति लगायत जोरजबर्जस्ती गरे र पनि तिनलाई आफ्नो हक प्राप्त गर्नमा बाधा
खडा गरिने प्रसं ग कमला भासिनले उठाएकी छन् । उनका अनुस ार महिलाले पै साको
व्यवस्थापन गर्न सक्दैनन्, यसैले सम्पत्ति दिनु हुँदैन भन्नुको अर्थ अहिले पनि महिलालाई
दोस्रो दर्जाको ठान्नु हो; एउटा लिं ग मा लागू हु ने गरी दोस्रो लिं ग ले हैक म जमाउनु हो
(भासिन सन् २००१ : ११) ।
यसमा थप, बुहारीको हैसियत घरमा निम्नस्तरीय हुने कुरा हिंसापीडित महिलाहरूको
पक्षमा वकालत गर्दै आएकी, नवलपरासी पश्चिमकी अधिवक्ता सरस्वती शर्मा बताउँ छिन्,
“परिवारमा बुहारीलाई सधै ँ अपरिपक्व, के ही नबुझेका, नजानेको, के वल असक्षम सेवकको
9
भुसालसँग बर्दघाटको माकरमा भदौ २८, २०७५ मा गरिएको कुराकानी ।
74 | उमा पौडे ल

रूपमा व्यवहार गरे का हुन्छन् ।” आफूले हेरेका अधिकांश घटनामा यस्तो व्यवहार महसुस
गरे को उनी बताउँ छिन् ।
यी घटनाले सगोलको आम्दानी वा सम्पत्ति मानी आर्थिक सहायताको रकम र बिमा
रकममा दाबी गरे को देखाउँ छन् । यस्तो रकम सगोलको हुने कि निजी हुने स्पष्ट व्याख्या
कानूनमा पनि गरिएको छै न । त्यसैले पनि आर्थिक सहायताको रकममा विवाद र द्वन्द्व
रहेको छ । आर्थिक सहायताको रकम पाएकै कारण विधवा र उनका छोरीलाई पैतृक
सम्पत्ति दिने मामिलामा पक्षपात गर्ने मनसाय देखाएको पाइन्छ ।

पैसा सापटी र हिनामिनाले पारिवारिक सम्बन्धमा दुष्प्रभाव


अर्थशास्त्रको नियम अनुसार आफन्तसँग पैसाको कारोबार गर्दा डुब्न सक्ने खतरा छ ।
वै देशि क रोजगारीको मृत ्युप छि पाइने पै स ा डु ब ्ने पनि खतरा छँ दैछ , पै स ाको लने देन को
कारण आफन्तसँ ग सम्बन्ध बिग्रेको पाइन्छ । पै स ाको कारोवार गर्दा घरपरिवारभन्दा
बाहिरको मानिससँग व्यवहार गर्न सहज मानेको पाइन्छ । घरपरिवार सँगको व्यवहारमा
पैसा नफर्काउने जोखिम रहेको र बाहिरी मान्छेसँग कागज बनाउने हुँदा सुरक्षित महसुस
गरे को पाइयो । अध्ययन क्रममा १६ ओटा घटनामा पैसाकै कारण आफन्तसँग सम्बन्ध
बिग्रेको देखिन्छ । सम्बन्ध बिग्रँदा विधवाहरूले आफूलाई असुरक्षित महसुस गरे का छन् ।
मनरीकी विमला चौधरीलाई आर्थिक सहायताको पैसा लिन माइतीले सहयोग गरे को
थियो । घरपरिवार सँगको सम्बन्ध राम्रो नभएपछि उनी माइत बसेकी थिइन् । पैसा बैंकमा
राखीदिन्छु भनी सबै पैसा लिएर हिनामिना गरिदिएकाले आफ्नै बुबासँग उनको झगडा
भयो । माइतीबाट पनि निकालिएपछि उनी आफ्नै घरमा अलग भान्सा गरे र बस्छिन् ।
माइतीसँग उनको बोलचाल बन्द छ । पैसाकै कारण माइतीले पूजा र भोजमा नसम्झिने
गरे को उनी बताउँ छिन्, “मेरा बाआमाले भाइबहिनीको बिहेमा मेरै जेठानी, देउरानीलाई
बोलाए तर मलाई बोलाएनन् ।”
पैसा नदिएकै कारण घरका सदस्यसँग प्रतापपुरकी सुनरियाको सम्बन्ध बिग्रेको छ;
माइती नै अनेक आरोप लगाउन उद्यत देखिएका छन् । सुनरियाले बुबालाई समस्या पर्दा
पैसा सहयोग गर्ने आश्वासन दिएकी थिइन् । उनले पैसा नपाउँ दासम्म माइतीले हरे क काममा
सघाएको पनि थियो । पैसा पाएपछि उनका दाइले काठमाडौमँ ै दश लाख रुपैयाँ सापटी
मागे । पैसा नदिएपछि सम्बन्ध बिग्रिएको उनको अनुभव छ । घर बनाउन जग्गा किनेर
ढुंगा झारे पछि बुबाले पनि पैसा मागे । बुबालाई पनि पैसा नदिएपछि माइतीका सबै जना
उनीसँ ग रिसाए । उनकी आमाको आरोप छ, “पै स ा नपाउँ द ा छोरीले पै स ा दिन्छु भने र
बालाई आशा दिलाई तर पैसा पाएपछि के ही सहयोग गरिन । मन लागेको गरी । अन्य
जातको बिहारी सुकुमबासी के टोसँग बसेकी छ ।”
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 75

घर र माइतीसँग सम्बन्ध बिग्रेपछि सुनरिया लाञ्छना र सामाजिक बहिष्कारको शिकार


भएकी छन् । आफूलाई असुरक्षित महसुस भएपछि आरोप लगाइएकै व्यक्तिसँग जीवन
शुरू गरे को उनी सुनाउँ छिन् ।
त्यस्तै, दाउन्नेदेव ीकी सानुम ाया थारूको माइतीसँ ग सम्बन्ध राम्रो भए पनि घरका
सदस्यहरूसँग उनको सम्बन्ध बिग्रेको छ । पैसा नफर्काउने हो कि भन्ने आशंकामा पैसा
नदिएकै कारण जेठाजुले आफ्नोबारे घरपरिवार र समाजमा अफवाह फै लाएको उनको भनाइ
छ । घरपरिवारले नराम्रो भनेसँगै समाजले पनि नराम्रो भनेपछि असुरक्षित ठान्दै माइतीगाउँ
सरावल पटनीमा बसाइँ सर्न लागेको उनले बताइन् ।
माइतीको सहयोगमा उनी जग्गा किनेर घर बनाउने तरखर गर्दैछिन् । साउदी अरबमा
श्रीमान्‌ले चलाएको गाडीलाई लरीले ठोके पछि उनीसँ गै अन्य चार जनाको पनि मृत ्यु
भएको थियो । यो घटनाबाट विक्षिप्त भएकी सानु म ाया छोराको माया र पीरले पनि
माइतीतिरै तानिएकी हुन् । श्रीमान्‌को मृत्युपछि उनको छोरा घरमा बस्न नमानी १ कक्षादेखि
मावलीघरमा बसेर पढिरहेको छ । उनी पीर पोख्छिन्, “छोरा नजरबाट टाढा रहँदा के हुने
हो भनेर मनमनै डरलाग्छ ।”
आघातमा रहेका महिलामा आफ्नो सन्तान तथा आफूलाई सहयोग गर्ने आफन्तमाथि
आउन सक्ने जोखिमलाई अतिरञ्जित ढंगले मनले बढाइ चढाइ सोच्ने, सन्तान के ही बेर
घर आउन ढिलो भयो भने असाध्य आत्तिने र उनीहरूमा पनि कुनै नराम्रो घटना हुन्छ कि
भनेर बढी नै चिन्तित हुने लक्षण देखिने गर्छ (सीएमसी नेपाल सन् २०१५) ।
अगाडि-पछाडि सहयोग गर्ने कोही छै न न् भने महिलाहरूले आफू लाई असुर क्षित
ठान्छन् । ॠण दिँदा पैसा डुब्ने सम्भावना र नदिँदा पनि सम्बन्ध बिग्रने खतराबीच शत्रु
बढ्ने र समस्या हुँदा असहयोग हुने समस्या उनीहरूले भोगेका छन् । परिणाम स्वरूप बदला
लिन लाञ्छना लगाउने र परिवारसँगै समाजमा शंका उत्पन्न गराइदिने घटना पनि भएको
पाइन्छ । यस्ता घटनाले उनीहरूमा असुरक्षा र डर पैदा गरे को प्रस्ट देखिन्छ ।
यसरी श्रीमान्‌को मृत्युपछि एक्लो हुँदा परिवार, आफन्त, माइती र छिमेकीको माया,
साथसहयोग र सौहार्द व्यवहार चाहिएको बेला पैसाको निहुँमा असहज परिस्थिति सिर्जना
भएको छ । श्रीमान्‌ मरे को पीडा, परिवार र छिमेकीको नकारात्मक धारणा र छोराछोरीको
भविष्यबारे सोचेर महिलाहरूले असुरक्षित महसुस गर्ने कारणले उनीहरूमा मानसिक तनाव
बढेको पाइन्छ ।

पैसाको कारणले शारीरिक असरु क्षा


श्रीमान्‌वैदशि
े क रोजगारमा गएको, मृत्यु भएको र आर्थिक सहायता आएको र त्यो विधवाको
हातमा रहेक ो कु रा गाउँ घ रमा सबै ज सोलाई थाहा हु न ्छ । यसले आफू र छोराछोरीको
76 | उमा पौडे ल

ज्यानलाई जोखिम निम्त्याउने , आफन्तले सापटी माग्दा नाई भन्न गाह्रो हु ने भएकोले
विधवाहरू आर्थिक सहायता, बिमा वा विदेशबाट आएको क्षतिपूर्तिको रकमबारे सहजै
बताउन चाहँदैनन् । माइतकै सदस्यले समेत ज्यान मार्ने धम्की दिएको घटनाले उनीहरूको
असुरक्षित र असहज अवस्थालाई प्रकट गर्छ ।
हरिमतिका श्रीमान्‌ले जेठानलाई एक लाख रुपैयाँ सापटी दिएका थिए । फिर्ता आउन
बाँ क ी ५० हजार श्रीमान् ‌ बिते प छि माग्दा नफर्काएको र पै स ा माग्दा फोनै नउठाएको
हरिमतिको गुनासो छ (हेर्नुहोस्, अनुसूची) । बुबाआमाले पनि बोलचाल बन्द गरे कोमा
दुखित हरिमति भन्छिन्, “पैसा पाएको त छ, किन अरू पैसा चाहियो भन्दै भाउजूले त
पैसा मागिरह्यो भने अस्पतालमै सुई लगाएर मार्ने धम्की दिनुभयो ।”
सामान्यतया सम्पत्ति वा पैसा नभएको मान्छेभन्दा पैसा र सम्पत्ति हुने मान्छे असुरक्षित
हुने गरे को पाइन्छ । पैसा र सम्पत्ति हुने मान्छे कसैले पैसा लुट्ने र लुट्न नपायो भने ज्यान
मार्छ कि भन्ने वा अन्य जोखिममा पर्ने जस्ता मानसिक तनावले घेरिएको हुन्छ । सामान्य
विधवाहरू गलत भावना राख्ने परपुरुषबाट असुरक्षित हुन्छन् तर पैसा पनि भएका विधवा
त्यस्ता व्यक्तिबाट दोब्बर असुरक्षित हुन्छन् । “माया गर्छु बिहे गर्छु” भनेर फसाउने र पैसा
दुरुपयोग गरिदिने जोखिम हुने गरे को पाइन्छ । बदमासी गर्ने व्यक्तिले पनि उनीहरूलाई
सहयोग गर्ने व्यक्ति अगाडि पछाडि नदेखेपछि हमला गर्ने अवस्था हुन्छ । यस्तो प्रवृत्तिले
महिलाहरूमा डर पैदा गरे को छ ।
मधे स का बुह ारी र परिवारजनसँ ग काम गर्दै आएको सुआ हारा कार्यक्रमका अजय
पटे ल बताउँ छन्, “धनी परिवारका महिलालाई भन्दा गरिब परिवारका महिलालाई बाहिरी
मान्छेबाट असुरक्षा हुन्छ । किनभने गरिब परिवारका एकल महिला घरव्यवहार चलाउन
दैनिक ज्यालादारीको काममा जानुपर्ने हुन्छ । काममा अन्य पुरुषको सहयोग लिनुपर्ने हुन्छ र
उनीहरूको एक्लो अवस्थाबाट फाइदा लिन खोज्ने हुन्छ । कहिले मायाले फकाएर त कहिले
डरधम्की देखाएर पैसाको दरुु पयोग गरिदिएका घटना पनि गाउँ घरमा हुने गरे का छन् ।”10
श्रीमान्‌ गुमाएका महिलाहरू धेरथोर पैसा चलाउँ दै घरव्यवहार मिलाउन सक्रिय हुँदा
धे रै ल ाई पचाउन कठिन हु न ्छ । उनीहरू सामाजिक अवगालको शिकार हु ने र बाहिरी
मान्छेबाट असुरक्षित हुने गरे का छन् । घरभित्रै पनि उनीहरूले मानसिक र शारीरिक हिंसा
बेहोर्नुपर्ने जोखिम छ ।

आर्थिक र कार्यबोझ व्यवस्थापन


परिवार लैं गि क सं र चना र विभाजनको मूल आधार हो । परिवारको कार्य विभाजनमा
लैंगिक भूमिका पूर्वनिर्धारित रहेको पाइन्छ । महिला र पुरुषबीच कसले के काम गर्ने भनी
10
पटे लसँग पाल्हीनन्दन गाउँ पालिकाको कुश्मामा मंसिर २८, २०७५ गरिएको कुराकानी ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 77

कार्य विभाजन गरिएको हुन्छ । घर भित्रको काम महिलाले र घर बाहिरको काम पुरुषले
गर्ने गरी सामाजिकीकरण भएको छ ।
परम्परागत रूपमा मधेसी समाजमा घर बाहिरका काम हो : ॠण लेनदेन, खेतीबारी
खनजोत, मलखाद, अन्न स्याहार, मजुरी लगाउने, औषधोपचार गर्न अस्पताल लैजाने,
खानेपानी, विद्युत्, हाटबजार, छोराछोरी स्कू ल भर्ना गर्ने र शुल्क तिर्ने । यी प्रायः काम
श्रीमान्‌को जिम्मामा हुन्छ । मधेसका गाउँ मा बिहे गर्ने बित्तिकै पुरुषहरू विदेश जाने चलन
बढेे को छ । श्रीमान्‌को अनुपस्थितिमा महिलाहरूको जिम्मेवारी बढे को छ । श्रीमान्‌को
मृत्युपछि झन् बढ्ाउँ छ । उनीहरूको हातमा पैसा आएपछि परिवारले भने अनुसार पैसाको
भाग नलगाउँ दा परिवारका सदस्यहरूले उनीहरूलाई एक्ल्याएको देखिन्छ । यसैले परम्परागत
रूपमा पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपरे को छ ।
नमिलेको संयुक्त परिवारमा वा एकात्मक परिवारमा आर्थिक सहायताको रकम मृतककी
श्रीमतीले बुझेपछि परिवारको आर्थिक व्यवस्थापनको भार, घरभित्र र बाहिरको सम्पूर्ण
रूपमा महिलाको काँधमा आइपर्ने गरे को पाइन्छ । छोराछोरी हुर्काउन र घर व्यवस्थापन
गर्न उनीहरूलाई तत्कालै सहयोग गर्ने कोही हुँदैन । उनीहरूले घर व्यवहार मात्र नभई
जीविकोपार्जनका लागि घर बाहिर मजदरु ी र ज्यालादारीको पनि काम गर्न थालेको पाइन्छ ।
विशेष गरी छोराछोरीको विद्यालयको शलु ्क तिर्न, लुगाफाटो किनिदिन, बिरामी हुदँ ा औषधी-
उपचार र हाटबजार गर्न पैसा जसरी पनि कमाउनु पर्ने मात्र नभएर श्रीमान्‌को अनुपस्थितिमा
घर व्यवस्थापन र सरसफाइ, बाहिरी व्यवहार, छोराछोरीको पालनपोषण र स्याहारसुसार,
गाईभैसँ ी, कुखुरा र बाख्रा पाल्ने, खेती गर्ने काम सबै उनीहरूले नै गर्नुपर्ने हुन्छ । यी काम
सम्पन्न गर्न, विशेष गरी छोराछोरी हुर्काउन र घर व्यवस्थापन गर्न उनीहरूलाई तत्कालै
सहयोग गर्ने कोही हुँदैन । उनीहरूले घर व्यवहार मात्र नभई जीविकोपार्जनका लागि घर
बाहिर ज्यालादारीको पनि काम गर्न थालेको पाइन्छ ।
अमरौटकी सुशीला हरिजनका श्रीमान्‌को मृत्यु साउदी अरबमा सडक दर्घट ु नामा भएको
थियो । नेपाल सरकारबाट पाएको क्षतिपूर्तिबाट आफ्नो र छोराछोरीको नाममा खाता खोल्न
बैंक जाने, घडे री किनेर दुई कोठे घर बनाउन नक्सा पास गर्ने, मजदुर मिस्त्री खोज्ने काम
उनी आफै ले गरिन् । विदेशबाट आउन बाँकी बिमाको क्षतिपूर्ति र छोराछोरीको छात्रवृत्तिको
लागि कागजात तयार गर्ने र सिफारिस लिने काम पनि आफै ले भ्याइन् ।
“कसैको सहयोग लिउँ भने उसैसँग आरोप लगाइदिन्छन् । त्यसकारण के ही समस्या
परे सूचना के न्द्रमा र वडा कार्यालयको सरसँग सोधेर काम गर्छु अरूसँग जाँदिनँ ।” यसरी
मनको पीडा र शंका पोखेकी सुशीला अधियाँ खेत लगाउने र मजदुरी गर्न जाने गरे को
बताउँ छिन् । सबै कामको बोझ आफ्नै काँधमाथि पर्दा आफूलाई चिन्ताले पलपल सताइरहने,
मनमा धेरै कुरा खेलिरहने, रातभरि निन्द्रा नलाग्दा टाउको दुख्ने, आँखा कमजोर हुने र
मनमा छटपटी लाग्ने गरे को सुनाउँ छिन् ।
78 | उमा पौडे ल

रामग्राम-४ की हरिमतिलाई घर बाहिर हिँडडुल गर्ने अनुमति छै न (हेर्नुहोस्, अनुसूची) ।


त्यसैले पनि उनी बाहिरका काममा जाँदिनन् । स्वास्थ्य ठीक नहुँदा नहुँदै पनि छोराछोरीलाई
हुर्काउने र घर व्यवस्थापन गर्ने जिम्मेवारी उनकै थाप्लोमा छ । “पैसा भएपछि अरूले किन
सहयोग गर्नुप¥ यो आफै गरिहाल्छ नि” भन्ने मानसिकता परिवार र समाजमा व्याप्त छ ।
यस्तै तनावका कारण मानसिक रोगको औषधी खाँदै आएकी हरिमतिको मनमा कसैले
सहयोग नगरे को गुनासो छ । हरिमतिको श्रीमान्‌ले पहिले बुबाआमालाई पैसा पठाउँ थे,
घरव्यवहार पनि सगोलमै चल्थ्यो । जेठी बुहारी भएकीले भान्सा र घरगोठको काम उनकै
जिम्मेवारीमा थियो । श्रीमान्‌को मृत्युपछि बाहिरी व्यवहार पनि उनको काँधमा थपिएको छ ।
पहिले उनका दुई जना देवरका पाँच जना बच्चा र उनका दुई जना बच्चाको फिस
एकै पटक तिर्ने गरिन्थ्यो । श्रीमान्‌मरे पछि उनका छोराछोरीको पाँच महिनाको फिस बुझाइएकै
रहेनछ । उनले छोराछोरीको फिस छात्रवृत्तिको पैसा आएपछि मात्रै बुझाउन सकिन् । यसरी
असहयोग भएपछि हरिमतिले दुखेसो पोखिन्, “अब घरधन्दा भ्याएर बाहिरी काम गर्नुपर्ने
भयो, स्कू लमा आफै ले फिस पनि तिर्नुपर्छ । छोराछोरीको स्कू लको ड्रे स, कापी कलम,
औषधी उपचार गर्न पनि मैले नै पैसा जहाँबाट भए पनि जुटाउनु पर्छ ।”
पैसाले घरमा मनमुटाव जन्माएपछि परिवारले असहयोग गर्दा महिलाको कार्यबोझ
बढेको छ । अप्ठ ्यारो काममा अन्य व्यक्तिको सहयोग लिँदा सम्पत्तिको हिनामिना गरे को
र उसैसँग सम्बन्ध रहेको लाञ्छना समेत लगाइएको पाइन्छ । बाहिरी मान्छेको सहयोग
लिँदा समाजले नकारात्मक सोच राख्ने भएकाले विधवाहरू सके सम्म बाहिरी व्यक्तिको
सहयोग माग्न हिच्किचाउँ छन् । यसरी हिच्किचाउँ दा पनि महिलामाथि नै कार्यबोझ बढ्ने
गरे को छ । पहिले परिवारले सघाउँ दा घरभित्र र बाहिरका सहजै सम्पन्न हुने काम अब
आफै ले गर्नुपर्दा कार्यबोझसँगै चिन्ता बढेको छ ।

निष्कर्ष
यो अध्ययनबाट वैदेशिक रोजगारमा गएका कामदारको मृत्युले घरभित्र विभिन्न प्रकारका
घटना-परिघटनाहरू सिर्जित भएको पाइयो, जसमध्ये आर्थिक सहायताको रकम प्राप्त गरे पछि
प्रत्यक्ष रूपमा मृतकका श्रीमती र त्यसपछि बालबच्चा र सासू-ससुरा समेत विभिन्न तवरबाट
प्रभावित भएको पाइयो । यो अध्ययनबाट निम्न बमोजिमको निष्कर्ष निकाल्न सकिन्छ ।

पैसाको व्यवस्थापन र विधवाको चौतर्फी पीडा


वैदेशिक रोजगार मृत्यु भएका कामदारका श्रीमतीहरू चौतर्फी रूपमा पीडित भएको पाइन्छ ।
उनीहरू श्रीमान्‌को मृत्युको आघात र बिछोडको पीडा, बच्चाको भविष्यको चिन्ता, पैसा
व्यवस्थापनको तनाव, घरायसी मनमुटाव, परिवारबाट हुने अपहेलना, हिंसा र विधवालाई
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 79

समाजले गर्ने शंकालु व्यवहारसँगै लाञ्छनाको शिकार भएका छन् । कुनै पनि व्यक्तिलाई
आघातको अवस्थामा पैसा, परिवार र कार्यबोझको व्यवस्थापन समानान्तर रूपले निर्वाह
गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।
श्रीमान्‌ मरे को पीडा, अचानक ठूलो धनराशी घरमा भित्रिनु, पैसाकै कारण परिवार
र छिमे क ीले आफू प्रति राखे क ो नकारात्मक धारणा र छोराछोरीको भविष्यबारे सोचे र
मृतकका श्रीमतीहरूमा मानसिक तनाव बढेको पाइयो । मानसिक तनावकै कारण आफ्नो,
बालबालिकाको तथा परिवारको हेरचाहमा पर्याप्त ध्यान दिन नसके को अवस्थामा उनीहरू
घरपरिवार, माइती नजिकका आफन्तको साथ सहयोगमा निर्भर रहेको पाइयो । सहयोग
लिने क्रममा उनीहरूमध्ये कसैले परिवारले माया गरे को, कसैले मानसिक यातना दिएको,
कसैले बेवास्ता गरे को त साथीहरूले सहयोग गरे बापत पैसाको अपेक्षा गरे को मिश्रित
अनुभव भेटिएको छ । पैसाकै कारण परिवार र छिमेकी सँगको सम्बन्ध बिग्रिँदा असुरक्षा
बढ्छ जबकि एक्लो हुँदा झन् परिवार, आफन्त, छिमेकी सबैको माया, साथ, सहयोग र
सौहार्द व्यवहारको आवश्यकता पर्छ ।
मुख्यतयाः क्षतिपूर्ति बापतको रकमकै लागि परिवारका सदस्यले कचकच गरिरहने,
घरपरिवारमा गालीगलौज तथा हेल ाहोचो गरिने , आम्दानीको स्रोत नहु ने र गरिबीको
कारण सधै ँ मानसिक तनाव भइरहने, छोराछोरीको सबै जिम्मेवारी एकल आमाले लिनु
पर्दा महिलाहरू मानसिक, भावनात्मक, आर्थिक तथा सामाजिक हिंसामा परे को देखिन्छ ।
जसले गर्दा दिक्दारीपन (डिप्रे स न), चिन्ता रोग (एङ् जाएटी) का लक्षण सँ ग सँ गै अन्य
मानसिक स्वास्थ्य समस्या पनि देखिने गर्छ । यदि परिवारको एक जना सदस्यलाई यस्तो
मानसिक समस्या देखियो भने त्यसले सबै परिवारलाई नै असर पु¥ याउन सक्छ, विशेष
गरी बालबच्चाहरूलाई बढी असर गरे को पाइन्छ ।
एउटा व्यक्तिको मृत्युले व्यक्तिको निजी जीवनमा, उसको बालबच्चा, परिवार र सिंगो
समाजमा समेत नकारात्मक असर पर्नुका साथै हानि समेत पु¥ याइराखेको हुन्छ । आफूले
माया गरे क ो वा सर्वस्व ठाने क ो व्यक्तिको अकस्मात मृत ्यु भयो भने यसले व्यक्तिलाई
आघात पु¥ याएको हुन्छ र यसमाथि लाञ्छना थपियो भने मानसिक चोट पनि पुगेको हुन्छ ।
यो समस्या बढ्दै गएर जटिल अवस्थामा पनि व्यक्ति पुग्न सक्छ जसका कारण व्यक्तिले
जोखिमपूर्ण व्यवहार पनि अपनाएको पाइन्छ । परिवार, छिमेकी र समाजको सहयोगबिना
आघातमा परे क ा महिलालाई आघातबाट बाहिर निस्कन र वृत्ति विकास गर्न असहज
हुन्छ, यसकारण पनि पैसालाई प्राथमिकतामा नराखी महिलाका चौतर्फी पीडालाई न्यून
गर्न परिवार र छिमेकीको भरपुर माया, साथ र सहयोगको खाँचो पर्छ ।
परिवारको असहयोगी वातावरण र अनुमतिबिना बाहिर निस्कने महिला राम्रो हुँदैन
भन्ने सामाजिकीकरण बलियो छ । त्यही कारण सीप हुँदाहुँदै पनि आत्मबल कमजोर भएर,
80 | उमा पौडे ल

पैसाको व्यवस्थापन गर्न नजानेर पनि उनीहरू परिवारमा निर्भर रहेका छन् । परिवारमा अर्थसँग
जोडिएको क्रियाकलापमा निर्णय गर्दा महिलाका सुझाव सल्लाहलाई उपहास गरिएको
पाइन्छ । आफ्नो नाममा बैंकमा खाता र लाखौ ँ रुपैयाँ रहँदारहँदै पनि शारीरिक र मानसिक
रूपमा अत्यन्त कमजोर तथा आत्मविश्वासमा कमीका कारण पैसा व्यवस्थापनको मुद्दा
पनि जटिल बनेको छ । हिंसाको शिकारमा परे का महिलालाई व्यक्तिगत मनोपरामर्श, पैसा
व्यवस्थापन र परिवार व्यवस्थापन सम्बन्धी शिक्षाको आवश्यकता रहेको छ । क्षतिपूर्तिको
रकम जिल्लामा दिने संरचना नभएकोले परनिर्भर भएर काठमाडौसँ म्म गएर पैसा लिन जानु
उनीहरूका लागि अत्यन्त पीडादायी रहेको देखिन्छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट
पाउने आर्थिक सहायता सम्बन्धित जिल्लाबाट पाउने व्यवस्था मिलाउन आवश्यक संयन्त्र
विकास भएमा पीडित महिलाहरूको पीडा के ही कम हुन सक्छ ।

सम्पत्तिमा समान अधिकार र परिवारमा विवाद


हिन्दू होस् या इस्लाम धर्मावलम्बी, पहाडी होस् या मधेसी धेरैजसो समाजमा पुरुष शासक
र महिला शासित हुने सामाजिकीकरण प्रबल छ । पुरुषलाई परिवारको प्रमुख, बच्चाहरूको
संरक्षक तथा सम्पत्तिको मुख्य अधिकारी मानिन्छ । घरदेखि राज्यका सबै अंगमा पुरुष नै
सर्वेसर्वा हुन्छन् । पुरुष नै सर्वेसर्वा हुनुपर्ने सम्पत्तिको मालिक बन्नुपर्ने र सम्पत्तिको मुख्य
उत्तराधिकारी पुरुष नै हुनुपर्छ भन्ने मान्यताले परिवार र समाज निर्देशित छन् ।
बुहारीमाथि हुने हिंसाका नयाँ कारणमध्ये पछिल्ला वर्षमा आर्थिक स्वामित्वको मुद्दा
प्रखर भएर देखा परे को छ । कानूनमा जे लेखिएको भए तापनि पुरुष मालिक हुने समाजमा
कार्यान्वयनको तहमा पैसा घर भित्रिएपछि परिवारमा द्वन्द्व शुरू हुन्छ । बुहारीले पैसाको चेक
बुझेर आफ्नै हातमा सुम्पिनुपर्छ भन्ने ससुराको मनोभाव हुन्छ । जब घर चलाउने जिम्मेवारी
मेरो हो घरमूली नै मै हुँ भने पैसा पनि मलाई नै दिनुपर्छ भन्ने अडान पुरुष सदस्यको हुन्छ
तब परिवारमा अन्तरविरोध हुन्छ । आफूले ॠण काढेर पठाएको छोरा वा भाइको आम्दानी
वा आएको आर्थिक सहायताको रकममा सम्पूर्ण स्वामित्व आफ्नो हुनुपर्ने बुबा वा दाइको
जिकिर हुन्छ । अर्कोतिर श्रीमती भएपछि श्रीमान्‌को पैसामा आफ्नो पहुँच हुनुपर्ने बुहारीको
दाबी हुन्छ । यस्ता जिकिर र दाबीले पनि कतिपय घरभित्र झगडाको बिउ रोपेको पाइन्छ ।
विधवा बुहारीले दोस्रो बिहे गरे र जाने र सम्पत्ति समेत लैजाने आशंका र डर सासू-
ससुर ा लगायत अन्य पुरु ष सदस्यमा देख ियो । यसकारण पनि सम्पत्तिमा पक्षपात गर्न
खोजिएको पाइयो । छोराको क्षतिपूर्तिको पैसा बुबाआमाले दाबी गर्नु स्वाभाविकै हो तर
पैसा बुबाआमाले लिई अन्यत्र खर्च गर्ने जोखिम रहन्छ । सगोलमा रहँदा ससुराको नाममा
भएको पै स ा र किनिएको घरजग्गा बाँ क ी छोरालाई अं श लगाइदिन पनि प्रयोग हु ने र
पैसाको पनि भागबण्डा लगाइदिने सम्भावना र जोखिम बुहारीले देखेको हुन्छ । यसकारण
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 81

पनि पैसाको स्वामित्व बुबाआमाको नाममा हुने कि बुहारीको नाममा हुने भन्ने विवाद
अधिकांश परिवारमा देखियो ।
परिवारभित्र अझै पनि महिलाको हातमा सम्पत्ति र नियन्त्रण हु नुहुँदैन , दिने पुरु ष
र थाप्ने महिला हु नुपर्छ भन्ने मान्यता छ । त्यसमा पनि महिलाले के ही जाने को हुँदैन,
उसको सम्पत्ति व्यवस्थापन गर्ने, कहाँ प्रयोग गर्ने भन्ने कुरा निर्णय गर्ने, योजना बनाउने
क्षमता नै हुँदैन भन्ने सोच छ । कानूनले सम्पत्तिमाथि महिलाको अधिकार सुरक्षित गरे
तापनि व्यवहारमा महिलाले सम्पत्ति अधिकार उठाए पनि घरभित्र द्वन्द्व भएको पाइन्छ ।
महिलाले पैसा वा सम्पत्तिको अधिकार पाउने कुरामा परिवारमा विवाद नै हुँदै आएको
हुनाले अधिकार सुनिश्चित गर्न कानूनको सहारा लिनुपर्ने अवस्था छ ।

आर्थिक सहायताको रकम सगोलको या निजी सम्पत्ति भन्ने विवाद


आर्थिक सहायता र क्षतिपूर्तिको रकमलाई सगोलको आम्दानी वा सम्पत्ति मान्दै त्यसमा
दाबी विवादको मुख्य बिन्दु हो । यस्तो रकम सगोलको हुने कि निजी हुने स्पष्ट व्याख्या
नभएकाले धेरैजसो परिवारमा आर्थिक विवाद छ ।
अंश बण्डा गरिएको वा भान्सा अलग भएको छै न भने विदेश बाट आउने रे मिटे न ्स
र यसबाट जोरिएको सम्पत्ति सगोलकै सम्पत्तिको रूपमा बुझिएको र हिस्सा लगाइएको
पाइन्छ । त्यसै गरी आर्थिक सहायताको रकम सगोलकै सम्पत्तिको रूपमा बुझ्दै सबैले
हिस्सा मागेको देखिन्छ ।
मुलुक ी देव ानी (सं हिता ) ऐन, २०७४ को परिच्छेद १ सम्पत्ति सम्बन्धी सामान्य
व्यवस्थाको दफा २५६ निजी सम्पत्तिको प्रावधान छ । अंश, चिट्ठा वा उपहार स्वरूप
प्राप्त गरे को, पारिश्रमिक, उपदान, निवृत्तिभरण, उपचार खर्च, सञ्चय कोष, बिमा वा अन्य
सामाजिक सुरक्षण बापत प्राप्त गरे को पैसा वा सम्पत्तिलाई यस प्रावधानले समेट्छ । त्यसमा
श्रीमान्‌को मृत्यु बापत श्रीमतीले पाउने आर्थिक सहायता र श्रीमान्‌को बिमाको क्षतिपूर्ति
निजी हुने कि सगोलको हुने, उल्लेख छै न । यसकारण आर्थिक सहायताको रकम भाग
नलगाएकै कारण मृतककी श्रीमती र उनका छोरीहरूलाई सगोलको पैतृक सम्पत्ति दिने
कुरामा पक्षपात गर्ने मनसाय राखिएको पाइन्छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ परिच्छेद १० अंशबण्डा सम्बन्धी व्यवस्थामा
दफा २०९ को उपदफा २ ले अंशबण्डा नहुँदै पति वा बुबाआमा मरे मा निजले पाउने अंश
निजका पत्नी वा छोराछोरीले पाउने अधिकार सुनिश्चित गरे को छ । तर व्यवहारमा भने
मृतकका श्रीमती र छोरी मात्र भएको अवस्थामा अंशमा समेत पक्षपात गर्न खोजिएको
पाइन्छ । आर्थिक सहायताको रकममा परिवारले दाबी गर्नु एउटा तर्क हुन सक्छ, तर यसैको
आधारमा पुर्ख्यौली अंशबाट वञ्चित गर्नु विभेद हो ।
82 | उमा पौडे ल

आर्थिक रूपले बलियो भए पनि महिलाको सामाजिक हैसियत परिवारको


सहयोगले निर्धारण गर्छ
समाजका सबै व्यक्तिको हैसियत समान छै न कसैको सामान्य, कसैको निम्न र कसैको उच्च
खालको छ । निम्न तथा सामान्य सामाजिक हैसियत भएका व्यक्तिले पनि आ-आफ्नो
हैसियतलाई सुधार गर्न लागिपरे का हुन्छन् भने उच्च स्थान प्राप्त गरे का व्यक्तिहरू पनि अझ
त्योभन्दा बढी आफ्नो हैसियतलाई बढाउन चाहन्छन् । यसै गरी एउटा कामदार स्वयं र
परिवारको जीविकोपार्जनसँगै सामाजिक-आर्थिक हैसियत सुधार्न वैदेशिक रोजगार रोजेको
हुन्छ तर उसको मृत्यु हुँदा सम्पूर्ण परिस्थिति नै परिवर्तन हुन्छ । कामदारको मृत्युसँगै उसप्रति
आश्रित परिवारको जीवनमा उतारचढाव आउँ छ । श्रीमान्‌ नहुँदा श्रीमतीको पहिचान नै
फे रिन्छ । श्रीमान्‌को मृत्युसँगै महिलालाई विधवाका रूपमा हेरिन्छ ।
समाजमा विद्यमान मूल्यमान्यता एवं लैंगिक विचार, दर्शनले महिलाको समान मानवको
हैसियत लाई लत्याएको पाइन्छ । समाजभित्र व्यक्तिको पहिचान नै उसको वास्तविक
हैसियत हो, समाजमा रहँदा एउटा व्यक्तिले आशा गर्ने व्यवहार पनि हो । समाजले महिला
र पुरुषको काम, कर्तव्य, व्यवहार, प्रवृति, उत्तरदायित्व फरक-फरक ढंगले चित्रण गरे को
छ । पुरुषलाई मालिक र महिलालाई मजदरु को रूपमा बुझ्ने बुझाउने चलन बलियो छ ।
स्वयं महिलाले पनि त्यस हैसियतलाई स्वीकारे को पाइन्छ । महिलाहरूले यस्तो बुझाइभन्दा
फरक भूमिका खेलेमा परिवारले भिन्न तरिकाले व्यवहार गर्दछ र छिमेकीले उसलाई अलग
दृष्टिकोणले हेर्न थाल्छ । विधवा पैसा भएकी जवान छे भने उसले परिवार र समाजबाट
नकारात्मक व्यवहार भोग्नुपर्छ, उसको चरित्रलाई शं क ाको घे र ामा राखिन्छ । शं क ा र
नकारात्मक टिकाटिप्पणीले महिलाको हैसियतमाथि हमला गर्छन् ।
वै देशि क रोजगारमा श्रीमान्‌ गुम ाउने महिलाले धेर थोर आर्थि क सहयोग त पाएका
हुन्छन् । यस मामिलामा उनीहरूसँग पैसा हुँदैमा आर्थिक सशक्तीकरण हुन्छ भन्न सकिँ दैन ।
परनिर्भरता, घरे लु हिंसा, असुरक्षाको वृद्धिसँगै आर्थिक सहायतामा र सम्पत्ति भागबण्डा
सम्बन्धी विवादले उनीहरू चौतर्फी पीडामा भएको देखिन्छ । उनीहरूलाई परिवारका सदस्य
र माइतीले गर्ने व्यवहारका आधारमा छिमेकी र समाजले सम्मानजनक वा अपमानजनक
व्यवहार गर्ने गरे को पाइन्छ । सामाजिक हैसियत एउटा समुदायमा प्रतिष्ठाको तह निर्धारण
गर्ने प्रक्रिया पनि हो भनेर बुझिन्छ र पारिवारिक सम्बन्धले महिलाको सामाजिक हैसियत
निर्धारण गरे को पाइयो । महिलाको आर्थिक सशक्तीकरण र महिलाविरुद्ध हिसं ा न्यूनीकरणको
अन्तरसम्बन्धमा तथ्यांकीय सारगर्भिता पाइँदैन । यसकारण आर्थि क सशक्तीकरणका
पहललाई सामाजिक सशक्तीकरणबाट पूर्णता दिइनुपर्ने देखिन्छ ।
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 83

धन्यवाद
अध्ययनका क्रममा आफ्ना समस्या र पीडा मसँ ग पोख्नुहु ने महिलाजन र उहाँ ह रूका
परिवारका सदस्यहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । सामाजिक सवालमा दख्खल
राख्ने समाजसेवीहरूको विचार र टिप्पणीका लागि धन्यवाद छ । इन्द्रेणी सामाजिक विकास
मञ्च, सामी परियोजना, नवलपरासीमा आबद्ध सम्पूर्ण सहकर्मी साथीहरूको निरन्तर
सहयोगका लागि आभारी छु । साथै, मनोसामाजिक परामर्शकर्ता सुमित्रा चौधरी र पुष्पा
चौधरीलाई धन्यवाद छ । यो लेखको अवधारणालाई विकसित गर्ने र लेखनका क्रममा
निरन्तर फिडब्याक दिनु हुने मार्टि न चौतारीका महेशराज महर्जन र सोहन प्रसाद साहप्रति
विशेष आभार व्यक्त गर्दछु । यो लेखको अन्तिम खाका पढेर सुझाव दिने र सम्पादनमा
योगदान पु¥ याउने राजेन्द्र महर्जन र सम्पादन मण्डलका सदस्यहरूलाई धन्यवाद छ ।

सन्दर्भ सामग्री
खत्री, पूर्णबहादुर । २०७३/२०७४ । वैदेशिक रोजगार : एक अध्ययन । श्रम तथा रोजगार
बुलेटिन १२ : १०६ ।
भासिन्, कमला । सन् २००१ । पितृसत्ता के हो? (अनुवाद) । काठमाडौ ँ : स्त्री शक्ति ।
श्रेष्ठ, राजन प्रसाद । २०७५ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयको एक दशक
र भावी कार्यक्रमहरू । वैदेशिक रोजगार प्रवर्द्ध न बोर्ड को सचिवालयको एक दशक
(स्मारिका), पृ. ३–१७ । काठमाडौ ँ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड ।
सामी परियोजना । २०७३ । रिटर्नी स्वयं से व क घरधुर ी भे ट घाट प्रतिवे द न, २०७३ ।
नवलपरासी : इन्द्रेणी सामाजिक विकास मञ्च ।
सीएमसी नेपाल । सन् २०१५ । मनोपरामर्श शिक्षासम्बन्धी सामग्री । काठमाडौ ँ : सीएमसी
नेपाल ।
Sijapati, Bandita, Ang Sanu Lama, Jeevan Baniya, Jacob Rinck, Kalpana
Jha and Amrita Gurung. 2017. Labour Migration and the Remittance
Economy: The Socio-Political Impact. Kathmandu: Centre for the
Study of Labour and Mobility (CESLAM), Social Science Baha.
84 | उमा पौडे ल

अनुसच
ू ी : नमूना घटना अध्ययन
हरिमति यादव, वर्ष : ३३, रामग्राम-४
समस्या : श्रीमान्‌क ो मृत ्यु, यौन दुर्व्य वहार, घरे लु हिंस ा, आर्थि क सहायताको रकममा
परिवारको दाबी, पैसाको कारणले परिवार र माइतीसँग मनमुटाव, जटिल मानसिक समस्या,
बालविवाह, सबै कार्यबोझ, असुरक्षा
शिक्षा : साक्षर
परिवार : सं युक्त । १ छोरा, १ छोरी, ससुर ा, सासू, ३ जना देव र र २ जना देव रानी,
उनीहरूका ५ छोराछोरी

गाउँ को के न्द्रमा घरै घरको बीचमा हरिमतिको अर्धपक्की घर छ । घरसँगै जोडिएको गोठमा
तीन ओटा गाईभैसँ ी, चार ओटा बाख्रा, दुई ओटा गोरु र एउटा बाच्छा थिए । कुखुराको
खोरमा दर्जन बढी कु खुर ा थिए । एउटा कोठाभरि गाईभै सँ ीलाई खुव ाउन पराल काटे र
राखिएको थियो । मान्छे सुत्ने खाट भने धेरै सामानसँगै गल्लीमा थियो । यसले हरिमतिको
घरमा प्रशस्तै काम हुने देखियो । जेठी बुहारी भएकोले पनि भान्सामा पकाउने के टाके टीलाई
खुवाउने जिम्मा पनि उनकै थियो ।
हरिमतिको बिहे भएको ६ महिनामै श्रीमान्‌ मलेसिया गए र चार वर्ष उतै बसे । श्रीमान‌्
नहुँदा उनका लागि परिवारमा खासै सहज भएन । त्यसैले उनी घर र माइती गरे र जसोतसो
बसिन् । श्रीमान्‌ले विदेश हुँदा परिवारको कुरा सुनेर टे लिफोनबाट गाली गर्थे, घर आउँ दा
भने माया गरी सम्झाउने गर्थे । परिवारको कुरा सुनेर रक्सी खाएर पटक-पटक पिट्ने गरे ।
दोस्रो पटक साउदी अरब गएर दईु वर्ष उतै बसे र तेस्रो पटक पनि साउदी अरब नै गए ।
तर पछिल्लो पटक गएको डे ढ वर्षमै गाडी दुघर्टनामा उनको मृत्यु भयो ।
डिसेम्बर २०१६ मा श्रीमान्‌को मृत्यु हुँदा हरिमतिको उमेर ३० वर्ष थियो । उनले सुने
अनुसार “एक पटक ठक्कर दिएको गाडीले ब्याक गरी कुल्चेर मारे को हो ।” श्रीमान्‌को
मृत्युले उनलाई ठू लो आघात प ¥ यो । १४ वर्षीया छोरी र ९ वर्षीय छोरासँगै भए पनि
श्रीमान्‌को साथ र उपस्थिति सधै ँ खट्किरहन्छ उनलाई । “मोटामोटी गरे र १५ वर्षको वैवाहिक
सम्बन्धमा श्रीमान्‌ श्रीमतीबीच तीन/चार वर्ष पनि लगातारको सँगै बसाइ नभएकाले सबै
आनीबानी, व्यवहार बुझ्ने मौकै भएन । त्यही भएर पनि सानोतिनो कुरामा पनि झगडा
भइरहन्थ्यो । तर मृत्यु नै भएपछि त्यो पनि अब बन्द भयो” हरिमतिले भनिन् ।
विवाह हुँद ा हरिमति यादव दश वर्षकी मात्र थिइन् । १५ वर्षको उमे र मा उनलाई
घरबार गर्न बुबाआमाले श्रीमान्‌को घर पठाए । “नवविवाहित दुलही विवाह भएर आएको
दिन मेरो बिस्तारामा माइलो देवर लम्पसार परे र सुतेका थिए । उनले देऊ त्यो छिटो देऊ
भन्दा त एकछिन आश्चर्यमा परे की थिएँ म । तर, फे रि तिम्रो सामान छिटो देऊ भनिरहेपछि
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 85

जसोतसो जबर्जस्ती देवरलाई कोठाबाट निकाल्न त सफल भएँ ।” उनले देवरको हर्कत
श्रीमान्‌लाई सुनाइन् । “श्रीमान्‌ले उल्टै मलाई गालामा एक थप्पड हानी गाली गरे ,” उनले
विगत सम्झिइन् ।
मृतकको क्षतिपूर्ति बापत बोर्डबाट पैसा पाइन्छ भन्ने खबर थाहा पाएपछि परिवारले
सके सम्म आफै पैसा निकाल्न चाह्यो । तर श्रीमती नै चाहिने भएपछि हरिमतिको नाताप्रमाणका
कागज बनाइयो । ससुरा र दाइसँगै काठमाडौ ँ गएर बिमा र बोर्डबाट क्षतिपूर्ति बापत रु. ११
लाख पाइयो । त्यो रकम हरिमतिको नाममा मुद्दती खातामा राखियो ।
“कहिले सासूले मेरो छोराको पैसा मलाई नि चाहियो भनेर कलह शुरू गर्ने, कहिले
ॠण तिर्न पैसा चाहियो भनेर पटक-पटक सुनाउने । मेरो त कमाउने मान्छे नै म¥ यो, अब
म कसरी जीवन चलाउने, कसरी छोराछोरी हुर्काउने भनी पैसा दिन अस्वीकार गर्दा झगडा
भइरहन्छ,” उनले बताइन् ।
“मेरो छोरो खाइस्” भन्दै सासूले मानसिक यातना दिने गरे को उनी बताउँ छिन् । पैसाको
कुरा निकालेर घरबाट बाहिर निष्कासन गर्ने प्रयास गरिरहँदा दिक्दार भएर झुण्डिएर मर्ने
प्रयास गरे को पनि उनले बताइन् ।
श्रीमान्‌को मृत्युको चिन्ता लामो समय रहँदा उनलाई निद्रामा समस्या भयो । त्यसैले
उनले डाक्टरको सल्लाहमा तीन महिनासम्म निद्रा लाग्ने औषधी खाइन् । औषधी खाएपछि
उनलाई सुतिरहन मात्रै मन लाग्ने भयो । उनको शारीरिक अवस्थाको फाइदा उठाउन आमाजू
दिदीको श्रीमान्‌ले हातपात गरे , “श्रीमान्‌ पनि छै न, तिमीलाई पनि त चाहियो होला नि,
देऊ छिटो” भन्दै । प्रतिकार गरी उनले जसोतसो आफूलाई बचाइन् । तर संयुक्त परिवारमा
बस्ने हरिमतिलाई नन्द, देउरानी, सासू, ससुराले पागल भइछ भने आरोप लगाए ।
एक रात बच्चासँ गै सुति रहँद ा ढोका धके ले र देव रले “भने क ो मान्” भन्दै कोठामा
छिर्न खोजे, तर उनले ढोका खोल्नै दिइनन् । भोलिपल्ट उनले देउरानीलाई भनिन्, “तिम्रो
श्रीमान्‌ले मलाई नराम्रो व्यवहार गर्न खोजिरहेको छ ।” देउरानीले उल्टै आक्षेप लगाइन्,
“तेरै दोष छ अझ अरूलाई दोष लगाउँ छस् ? चाल करे डुडही मारजाय गिरही ।”
तीन ओटै देउरानीले उनलाई सहयोग नगर्ने र शंकाको दृष्टिले हेर्ने गरे को उनी बताउँ छिन् ।
त्यति बेला उनलाई रिस पनि उठे को, डर पनि लागेको र रुन पनि मन लागेको जानकारी
दिइन् । उनलाई ससुराले राम्रो व्यवहार गरे पनि सासूले सधै ँ पैसा चाहियो भन्दै कचकच
गर्थिन् र ससुरा बुहारी बीचको सम्बन्धमाथि शंकाको दृष्टिले हेर्ने गर्थिन् ।
घरका सदस्यले मात्र होइन छिमेकमा बस्ने श्रीमान्‌का राम्रा साथीहरूले पनि नराम्रो
व्यवहार गर्ने गरे को उनको अनुभव छ । “नन्दको श्रीमान्‌ यहाँ आउँ दा तिमीलाई पनि त
चाहियो होला भन्दै मेरो कोठामा छिर्न खोज्ने गर्छन् । यसकारण पनि जताततैबाट एकदम
असुरक्षित भएको महसुस हुन्छ,” कुराकानी गर्ने क्रममा राति सुत्दा दविया (धारिलो हतियार)
86 | उमा पौडे ल

लिएर सुत्ने गरे को हरिमतिले बताइन् । उनकी सासूका अनुसार उनी बिरामी हुँदा सबैलाई
मार्छु भनेर दविया खोज्ने र बिस्तारामा राखेर सुत्ने गर्थिन् । यस्ता मानसिक समस्या जटिल
भएपछि उनी १५ दिन अस्पतालमै भर्ना हुनु प¥ यो ।
सासू र देउरानीले नै उनको दिमाग बिग्रेको भन्ने गर्छन् । धेरै कुरा सोचिरहँदा जिब्रो
मोटो भएर तल खिचिने, टाउको चलाउन नसक्ने, बोल्नै नसक्ने हुन्थ्यो भन्छिन् उनी ।
“लामो समय घरमा भेटघाट गर्न दिइएन । त्यसैले मनोपरामर्श गर्न नि सहज भएन ।
मानसिक तनाव जटिल हुँदै गएकाले उनलाई औषधी उपचार गर्नुपर्ने अवस्था भैसके को
थियो । तर औषधी नखुवाइ झारफुक गर्ने गरे का थिए । मनोपरामर्शका लागि छलफल
चलाउन जाँ द ा भाउजू ल ाई सम्झाइदिनु स् भने र साइँल ो देव रले विदे श बाट फोन गरे क ा
थिए । कि त उ मर्छ कि तिमीहरूलाई मार्छ यदि सबैको भलो चाहनुहुन्छ भने समयमै
औषधी उपचार गर्नुस् भनेपछि मात्र परिवारले उपचार गरे का थिए,” सामी परियोजनाका
मनोपरामर्शकर्ता पुष्पा चौधरीले बताइन् ।
एक्लोपना महसुस हुने गर्छ, मनमा नकारात्मक कुरा खेलिरहने कसैसँग कुरा गरी हालँु
भने उल्टै आरोप लगाउने हुँदा भित्रभित्रै दबाउने गरे को हरिमति बताउँ छिन् । यौन दुर्व्यवहार
हुन्छ कि भन्ने असुरक्षा अनुभूत हुने, निद्रामा श्रीमान्‌सँग सधै कुराकानी गर्ने तथा उनको
दुर्घटना भएको दृश्य देख्ने र झस्कने गरे को उनी बताउँ छिन् । भित्र कोठामा सुत्न जाँदा
उनी सपनामा रगतमा लत्पतिएको श्रीमान्‌को अनुहार देख्ने र तर्सिने गर्थिन् । त्यसैकारण
पनि एक्लै सुत्न नसक्ने, सासू र बच्चाहरूलाई सँगै सुत्न भन्ने, कसैले मारी हाल्छ कि
भनेर शंका लाग्ने, अस्वाभाविक व्यवहार गर्ने कुरा मनोपरामर्शका क्रममा देखेको चौधरीले
बताइन् । खानपिन र निद्रामा कमी आएपछि उनको स्वास्थ्य खराब हुँदै गयो । पछि त
अरूको सहारामा मात्र हिँड्नुपर्ने नत्र सुतिरहने समस्या देखियो । पुराना घटना सम्झिरहने
र रोइरहने गर्नाले आँखा भित्र गड्ने र टाउको दुख्ने भएर चश्मा लगाउनुपर्ने सिफारिस हुँदा
पनि उनले लाज लागेर चश्मा लगाइनन् ।
छोराछोरीका लागि छात्रवृत्ति मा पनि परिवारजन नै बाधक बने प छि उनको तनाब
बढ्यो । बोर्डबाट प्राप्त हुने छात्रवृत्तिको लागि कोसिस गर्न खोज्दा माइला देवरले सबै
कागजपत्र लुकाइदिए । सबै पैसा आफै सँग राखेपछि अरू पैसा किन चाहियो भनेर माइला
देवरले घुर्क्याए । यसैकारण उनले पहिलो वर्षको छात्रवृत्तिका लागि निवेदन नै पेस गर्न
पाइनन् । दोस्रो वर्ष उनी आफै ले सबै कागजपत्र बनाउन पहल गरिन् र छोराछोरी दुवै
जनाले छात्रवृत्तिको पैसा पनि पाए । त्यही पैसा पनि सासूले मागेको र नपाएपछि गाली
गरे को हरिमति बताउँ छिन् ।
“मानसिक रूपमा समस्या हुँदा के गरे ँ के भने ,ँ के ही थाहा छै न । एक वर्ष नै भयो
माइतको कसैले पनि सोधखोज गरे नन् । मेरो बा आमा, दाइ भाउजू, देउरानी कोही मसँग
वैदेशिक रोजगारीको मृत्युपछि परिवारमा परे को असर | 87

बोल्दैनन् । भाउजूले त अस्पतालमै सुई लगाएर मार्ने धम्की दिनुभयो,” अनुहार मलिनो
बनाएर हरिमतिले भनिन् ।
संयुक्त परिवारमा बस्ने भएकीले उनी हरे क काम गर्न घरबाट निस्कँ दा अनुमति लिएर
मात्र निस्कन पाउँ छिन् । बाहिर एक्लै निस्कन नदिने अवस्थामा काम गर्न जान दिने कुरै
भएन, परिवारकै शरणमा बस्नुपरे को छ । लुगा सिउने सीप र मेसिन पनि भएकोले थप
तालिम लिएर सिलाइको काम थाल्छु भन्दा घरको इज्जत फाल्न खोज्दैछस् भनी रोकावट
भयो । “मलाई लुगा सिलाइ बुनाइ गर्न आउँ छ । अझै सिके र काम गरे ँ भने मेरो सामान्य खर्च
मैले आफै जुटाउन सक्छु । तर घरबाहिर निस्कन मलाई गाह्रो छ,” उनी गुनासो गर्छिन् ।
ठूलो संयुक्त परिवारमा बस्ने हरिमतिले अरूसँग बोलेको पनि परिवारका सदस्यलाई
मन पर्दैन । उनी भन्छिन्, “कान्छी देउरानीले दोस्रो विवाह गरे पछि परिवारले बाहिर निस्कन
दिँदैन । कान्छा देवर विदेशबाट आएपछि दोस्रो विवाह गर्ने र भागबण्डा गर्ने कुरा छ ।
घरमा जे बन्छ छोराछोरीले खान पाएका छन् । अलग बसे भने कसरी घर चल्छ भन्ने
चिन्ताले सताउने गरे को छ ।”
उनी थप भन्छिन्, “मेडिकल कलेज भैरहवाका मनोचिकित्सकले फलोअप जाँचका
लागि बोलाएका थिए । सँगै जाने कोही साथी नभएर म गइनँ । एक महिना परासीको
औषधी खाएँ, त्यसपछि पाँच महिनादेखि औषधी खाएकी छै न । अस्पताल जाँदा फे रि
भर्ना गर्छ भन्ने डर लाग्छ । खुट्टाको जोर्नी दुखेकोले दुखाइ कम हुने औषधी खाएकी छु ।”
उनीसँ ग अन्तर्वार्ता लगत्तै परिवारसँ ग कु राकानीको क्रममा यस अनुस न्धानकर्ताले
हरिमतिलाई अस्पताल लैजानुपर्छ है भनेर आग्रह गरिन् । “यसको दिमागले काम गर्दैन,
जे मन लाग्यो बोल्छे, कसले यसलाई अस्पताल पुराउने, पहिलाभन्दा राम्रो भएको छ,
अस्पताल नगए पनि हुन्छ । पहले जेसन नाही पगलाइलया अभिन्वा के चिकने तेया काहे
अस्पताल जाएके परी,” भान्साकै खाटमा पल्टी रहेकी सासूले खिसिक्क हाँस्दै हेपेर बोलिन् ।
(हरिमतिको घरमा यस अनुसन्धानकर्ता र मनोपरामर्शदाता पुष ्पा चौधरीको संयुक्त
भेटघाट पश्चात् यो घटना विवरण तयार गरिएको हो । यसबारे अध्ययन र लेखनका लागि
सामी परियोजनाका मनोपरामर्श प्रगति प्रतिवेदनको सहयोग लिइएको थियो) ।
88 | उमा पौडे ल
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 89

खण्ड दुई

शान्ति प्रक्रिया र मानवअधिकार


90 | दीपक ज्ञवाली
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 91

चार

के थियो प्रतिकार, कहाँ गए हतियार ?

दीपक ज्ञवाली

पष्ठृ भूमि
२०४६ सालको सं युक्त जनआन्दोलन ने पालको राजनीतिमा एउटा ऐतिहासिक फड् को
थियो । जनआन्दोलनको सफलतासँगै कै यौ ँ तत्कालीन माग पूरा भए पनि नेपाली राजनीतिमा
असन्तुष्टि जारी रह्यो । राजनीतिक एजेन्डा पनि परिवर्तन भए । थप अधिकारका लागि
ठूलठूला संघर्ष भए । तीमध्ये एक प्रमख
ु थियो—तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध ।
यो युद्धका क्रममा झन्डै १७ हजारको ज्यान गयो । यस क्रममा धेरै बेपत्ता, घाइते र
अपांग भए । कात्तिक २२, २०६३ को १२ बँुदे विस्तृत शान्ति सम्झौता नेपालको शान्ति
प्रक्रियाको लागि कोशेढुंगा साबित भयो । शान्ति सम्झौता यता तत्कालीन विद्रोही पक्ष
माओवादी पटक-पटक सत्तामा गयो । लामो पहल र नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन
(अनमिन) को मध्यस्थतामा तत्कालीन माओवादीका हतियार र लडाकू व्यवस्थापन भए ।
सरकार, माओवादी र संयुक्त राष्ट्र संघ बीचको समझदारी अनुसार अनमिनको रोहबरमा
हतियार व्यवस्थापन भएपछि शान्ति प्रक्रियाले अर्को ठूलो फड्को मा¥ यो । माओवादी
पार्टीले शान्ति सम्झौता ग ¥ यो र पछि के ही पटक आफै ले युद्ध गरे क ो पार्टीसँ ग सत्ता
साझेदारी ग¥ यो ।
तर त्यो बेला युद्ध गरे का सहकर्मीहरूकै बेमेलका कारण तत्कालीन नेकपा माओवादी
पार्टी टुटफुटको शृंखलाको शिकार भयो । पछि पुष्पकमल दाहाल “प्रचण्ड” ने तृत्वको
एकीकृ त नेकपा (माओवादी) र के पी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) पार्टी २०७५
सालमा एकीकृ त भए । दवु ै पार्टी एक भई पहिलो पटक झन्डै दईु तिहाईको शक्तिशाली
कम्युनिस्ट सरकार बन्यो । तर मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द
९१
92 | दीपक ज्ञवाली

(विप्लव) लगायत पूर्व माओवादी नेताहरू भिन्नाभिन्नै बाटोतिर लागे । संविधान सभा
निर्वाचन, गणतन्त्र घोषणा, स्थानीय र प्रदेश निर्वाचन, संघीयता कार्यान्वयनको अभ्यास
जस्ता अनेक ऐतिहासिक शृंखलाबीच अहिले संघमा माओवादी र एमाले एक भएर बनेको
ने पाल कम्युनिस्ट पार्टी (ने क पा) को दुई तिहाईको सरकार क्रियाशील छ भने प्रदेश र
स्थानीय सरकारमा उसकै प्रभुत्व छ ।1
शान्ति प्रक्रियाको क्रममा तत्कालीन माओवादीका हतियार व्यवस्थापन भए पनि
सशस्त्र हिंसा र क्षतिका घटना भइरहेक ा छन् । देश मा स्थिरता र शान्ति जुन सुकै बे ल ा
पनि बिथोलिन सक्ने अवस्था छ । यसको एउटा कारण हो, त्यति बेला माओवादीलाई
दबाउन गठन भएका प्रतिकार समूहहरूसँग भएका ठूलो संख्याका हतियार । माओवादी
युद्धकालमा प्रतिकारका लागि गठित सशस्त्र समूहहरू गाउँ -गाउँ सम्म फै लिएका थिए । शान्ति
सम्झौतासँगै माओवादीको प्रतिकारका लागि बनाइएका समूह पनि लाखापाखा लागे पनि,
र के ही प्रतिकारवादी र के ही माओवादी लडाकूहरू हतियारको शृ‌ंखला छाडे र धर्मकर्ममा
लागे पनि,2 प्रतिकार र प्रतिकारवादीहरूसँग भएका हतियार पूर्ण रूपमा व्यवस्थापन भएको
छै न । शान्ति खलबल्याउन सक्ने प्रतिकारवादीका हतियारबारे अहिलेसम्म कुनै छलफल,
खोज र लेखाजोखा भएको देखिँदैन । माओवादी सशस्त्र युद्धको इतिहाससँग जोडिएको
यति ठूलो पाटोबारे कतै व्यवस्थित खोजी अध्ययन समेत भएको देखिँदैन ।
यसै परिप्रे क् ष्यमा यो ले ख मा माओवादी विरुद्ध भएको प्रतिकार, प्रतिकारवादी, र
प्रतिकारवादीसँग भएका हातहतियारबारे चर्चा गरिन्छ । यस्तो प्रतिकार मूलतः तराई-मधेसमा
1
पछिल्लो पटक सत्ता साझेदार दल समाजवादी पार्टी, नेपाल बाहिरिए पनि मधेस-के न्द्रित
अर्को दल राष्ट्रिय जनता पार्टी सत्तासँग नजिकिएको छ । यसको पछिल्लो प्रमाण हो, माघ २०७६
मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा र उसको गठबन्धन ।
2
उदाहरणका लागि, भारतमा विभिन्न अपराधमा मुछिएका नवलपरासीका मुरारी पहलमान
पहिले गोलीको माला लगाउँ थे (हेर्नुहोस् तस्बिर १), अहिले रुद्राक्षको । शुरूमा उनले माओवादीलाई
संरक्षण दिएका थिए । माओवादीले पनि उनलाई प्रशस्त प्रयोग गरे को थियो । तर २०५८ सालमा
माओवादीले आफू लाई अपहरण गरे प छि उनी माओवादी विरोधी भए । दीक्षित (२०६४ :
११८–१२०) का अनुसार रातदिन गोलीको माला लगाएर मार्ने र मर्ने मात्र भाषा बोल्ने, र धेरै
हिंस ाका घटनासँ ग प्रत्यक्ष जोडिएका उनै मुर ारी आजभोलि साधु (भगत) बने क ा छन्, माछा-
मासुस म्म खाँ दैन न्, निधारमा चन्दनको लर्को टीका लगाउँ छ न् र गलाभरि तुल सी र रुद्राक्षका
माला लगाउँ छन् । यो लेखक वैशाख २३, २०६४ मा उनलाई भेट्न भारतीय सीमा नजिकको
गाउँ पक्लिहवाको रतनगञ्जस्थित उनको घर पुग्दा उनी ध्यान र पूजामा व्यस्त थिए । धेरै घण्टाको
प्रतिक्षापछि उनी अनौठो स्वरूपमा पूजाकोठाबाट बाहिर निस्किए । उनका बालबच्चा पनि उनकै
भेष भूष ामा थिए । उनको साथमा गाउँ क ा के ही साधु पनि थिए । उनको घरको स्वरूप त झन्
विचित्रको देखिन्थ्यो—भित्ताभरि भगवानका तस्बिरै तस्बिर ।
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 93

भएको थियो । मधेस मा पनि कपिलवस्तु, नवलपरासी र रुपन्देही जिल्लामा सबभन्दा


सशस्त्र र सशक्त प्रतिकार भएका थिए । यो लेखमा खास गरी कपिलवस्तु र नवलपरासी
जिल्लामा भएका प्रतिकारबारे र ती प्रतिकारवादीका हातहतियार कति व्यवस्थित भए-
भएनन्, र त्यसले शान्ति सुरक्षामा पारे को असरबारे विश्ले षण गरिन्छ । लेखको पहिलो
खण्डमा प्रतिकार के थियो, कसरी प्रतिकारवादीलाई सरकारले उक्सायो र सेनाले तालिम
दियो, र प्रतिकारको शृ‌ंखला कसरी चल्यो भन्नेबारे चर्चा गरिन्छ ।

तस्बिर १ : गोलीको मालामा मुरारी पहलमान ।

दोस्रो खण्डमा ती हतियार कहाँ गए भन्नेबारे जानकारी दिइन्छ, र नवलपरासीमा


भएका हतियारको तथ्यांक दिने प्रयास गरिन्छ । साथै, व्यवस्थापन गरिएका वा लुकाएर
राखेका हतियार नै मधेसमा भएका र हुने गरे का आतंकको एउटा प्रमुख स्रोत भएको तर्क
गरिन्छ । त्यस पछिको खण्डमा हतियार व्यवस्थापनका प्रयासबारे चर्चा गरिन्छ, जस
अन्तर्गत विभिन्न हतियारधारी समूहसँग सरकारले गरे का वार्ता पर्दछन्, जुन अझै पनि
टुंगोमा पुगेको छै न । निष्कर्षमा, अहिले सशस्त्र समूह नरहे पनि ती हतियारले अझै पनि
शान्तिमा खलल पु¥ याउन सक्ने भएकोले तिनको व्यवस्थापन हुनुपर्नेमा जोड दिइन्छ ।
94 | दीपक ज्ञवाली

के थियो प्रतिकार ?
माओवादी युद्ध चर्कि रहेको बेला उनीहरूको बल घटाउन, प्रभाव कम गर्न, र पराजित गर्न
तत्कालीन शाही सरकारलाई चुनौती बनिरहेको थियो । यही बेला पश्चिम तराईका तीन
जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुमा माओवादी विरुद्ध सशस्त्र समूहहरू खडा
भए । यस्ता समूह खडा भएदेखि शान्ति प्रक्रिया टुंगिदासम्म (२०६१ असारदेखि २०६३
मंसिर) सम्म दुवै पक्षबीच धेरै भिडन्त भए । तीन जिल्लामा प्रतिकारवादी र माओवादीबीच
भएका रक्तपातपूर्ण भिडन्तमा डे ढ सयभन्दा बढीको ज्यान गयो । तीमध्ये के ही राजनीतिक
कार्यकर्ता, विद्रोही र अपराधी थिए भने बाँकी निर्दोष सर्वसाधारण । धनसम्पत्तिको नाश
उत्तिकै भयो ।3
माघ १९, २०६१ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्येक नेतृत्व गरे को सरकारले
माओवादी विरुद्ध भिड्न सीमावर्ती क्षेत्रका कै यौ ँ बाहुबली, अपराधकर्मी र माओवादी-
पीडित सर्वसाधारणलाई हतियार, तालिम, संरक्षण, उक्साहट, र आश्वासन दिएर चलाएको
संगठित अभियान नै प्रतिकार थियो ।
प्रतिकारको शुरूआत कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा एकै जसो समयमा भएको
थियो । कपिलवस्तुमा भएजस्तै हिंसाको स्वरूप सरकारी संरक्षणमा नवलपरासी र रुपन्देहीमा
समेत फै लियो । जिल्लाका गाउँ र वडासम्म सञ्जाल विस्तार गरे र प्रतिकारलाई अघि
बढाइयो । माओवादी विरुद्ध प्रतिकार गर्ने नाममा शाही शासन कालमा सरकारबाट पाएको
प्रोत्साहन, तालिम र संरक्षणका भरमा पश्चिम नेपालका तीन जिल्लामा प्रतिकारवादीहरूले
“खतरनाक सशस्त्र सञ्जाल” खडा गरे ।
कपिलवस्तुमा पहिलो पटक जेठ २०६१ को दोस्रो सातादेखि माओवादीको प्रतिकार
गर्न सं ग ठित स्वरूप बन्यो (ज्ञवाली २०६३) । शुरू मा हथिहवा र पिठवा गाउँ म ा ७०
जनाभन्दा बढी सशस्त्र व्यक्ति संगठित रूपमा माओवादीको प्रतिकारमा उत्रिए । त्यसको
नेततृ ्व गर्ने प्रितम पाण्डे पहिले माओवादीकै सहयोगी थिए । पहिले माओवादीलाई सघाएका
पाण्डेले पछि गएर अन्ततः माओवादीकै विरुद्धमा सशस्त्र समूह बनाए र माओवादी विरुद्ध
खुले आ म प्रतिकारको घोषणा गरे । उनी सार्वजनिक रूपमै माओवादीलाई सिध्याउने
प्रतिक्रिया दिन्थे ।4 त्यस बेला माओवादी र उनको नेतृत्वमा रहेको समूहबीच दिनदिनै
लुकामारी हुन्थ्यो । ती दुवै समूह भूमिगत थिए, तर दुवैको आश्रयस्थल भारत नै थियो ।

3
यसको विस्तृत विवरणको लागि, हेर्नुहोस् ज्ञवाली (२०६७) ।
4
समय साप्ताहिकमा प्रितम पाण्डे र भारतीय सुरक्षाकर्मीको प्रतिक्रिया छापिएको थियो ।
पाण्डेको प्रतिक्रिया थियो, “माओवादीहरूले हामीलाई सताए । उनीहरूलाई छाड्दैनौ ँ । हामीसँग
७५ जनाको सशस्त्र समूह अत्याधुनिक हतियार सहित छ । माओवादीको के न्द्रीय नेतृत्व खराब
छै न । तर स्थानीय कार्यकर्ताले जनतालाई सताएका छन् ।”
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 95

उनको घरसँगै जोडिएका छिमेकीहरू दिनमा घरमै बसे पनि रात परे पछि भारत पस्थे, अर्को
दिन बिहान नेपाल भित्रिन्थे । पाण्डेको समूहले स्थानीयसँग चन्दा माग्थे, धम्क्याउँ थ्यो । तर
उनको समूहको त्रासले स्थानीयहरू प्रतिकारवादीबारे बोल्न सक्दैनथे, किनभने उनीहरूले
स्थानीय दुई युवालाई चोकमै गोली हानेर मारिएको दृश्य देखेका थिए ।5
देशमा माओवादीले सामना गरे को प्रतिकार यो मात्रै थिएन । सोही अवधिमा बाग्लुङ
र प्युठानमा पनि माओवादीको प्रतिकार स्वरूप नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय
जनमोर्चाले तत्कालीन माओवादी विरुद्ध भण्डाफोर अभियान संचालन गरे को थियो, र
दैलेखमा पनि प्रतिकारको रूप देखा परे को थियो (ज्ञवाली २०६१क) । तर त्यो प्रतिकार
पश्चिम तराईमा जस्तो सशस्त्र थिएन । त्यो माओवादीविरुद्ध महिलाहरूको आक्रोश थियो,
जुन के ही समयपछि मत्थर भयो । दैले ख को प्रतिकारबारे माओवादीभित्र पनि विवाद
जन्मियो । डा. बाबुराम भट्टराई लगायतले त्यसलाई नेतृत्वको कमजोरीको परिणाम भन्दै
प्रतिक्रिया जनाए (घिमिरे २०६१) । २०६२ सालकै सेरोफे रोमा एक अर्को समूहले पनि
माओवादीविरुद्ध प्रतिक्रिया जनाएको थियो । आफूलाई माओवादी-पीडित बताउने गणेश
चिलवालको ने तृत ्वले वै श ाख २०६३ देख ि एक महिना काठमाडौ कँ ो खुल ्ला मञ्चमा
शिविर बनाई आन्दोलन गरे को थियो । उक्त समूहका व्यक्तिहरू पटक-पटक पक्राउ पर्थे र
रिहा हुन्थे (हेर्नुहोस्, शाह २०६२) ।

सरकारी उक्साहट, सैनिक ब्यारेकमा तालिम


प्रतिकारको पहिलो अभ्यास सरकारकै मन्त्रीहरूले कपिलवस्तुबाट शुरू गरे । उनीहरूले
प्रतिकारवादीहरूलाई हतियार, तालिम र संरक्षण दिने घोषणा अनुसार स्थानीय प्रशासनले
सम्पूर्ण व्यवस्था तथा बन्दोबस्त मिलायो । सरकारले ल्याएका बाहेक, प्रतिकारवादीहरूले
आफै ले ल्याएका हतियारमा नम्बर लगाएर वैधानिकता दिइयो ।

त्यस्तै, सिद्धार्थनगर जिल्ला प्रहरी थाना, लालपुरका थानेदारको प्रतिक्रिया थियो, “हत्या,
डकै ती, लुट, बलात्कार लगायत २२ ओटा मुद्दामा हामी प्रितमलाई पक्रन खोजिरहेका छौ ँ । उनको
दोहोरो नागरिकता छ । उनलाई नेपालको प्रशासनबाटै संरक्षण छ” (ज्ञवाली २०६३) ।
5
ती दुई मृतक हथिहवाका रामलखन कुर्मीका भाइ चौधरी कुर्मी र छोरा चेतन कुर्मी थिए ।
घटनाबारे रामलखनको भनाइ थियो, “साँ झ ८ बज्न लागे क ो थियो । घर नजिकै व्यस्त चोक
फुटवाको बगैचँ ामा अचानक गोली चल्यो । ... उनीहरू भैरहवामा धानको चोकर बेचेर घर फर्कं दै
थिए । मेरै अगाडि प्रितम र धर्मेन्द्र सिंहको समूहले पैसा मागे । उनीहरूले मागे जति १ लाख
७० हजार पनि दिएँ, जुन रकम उनीहरूले चोकर बेचेर ल्याएका थिए । भाइ र छोरालाई नमार्न
बिन्ती गर्दै उनीहरूको खुट्टा ढोगे ँ । तर मैरै अगाडि मेरो भाइ र छोरालाई उनीहरूले मारे । प्रितम
र धर्मेन्द्रसँग १४ जना सहयोगी थिए” (ज्ञवाली २०६३) ।
96 | दीपक ज्ञवाली

मधेसमा प्रतिकारमा लाग्ने फुर्तिला र फुर्सदिला युवालाई मासिक एक हजार रुपैयाँ


तलब दिने आश्वासनका साथ कमान्डरजस्ता पद तोकिए । पुस २०६१ मा कपिलवस्तुमा
“ग्रामीण स्वयं से व क समिति” का नाममा प्रतिकारवादीहरूका निम्ति बकाइदा विधान
जारी गरियो, जसमा “काम सकिएपछि हतियार सरकारलाई बुझाउने” शर्त पनि राखियो ।
उनीहरूलाई सरकारी सैनिक ब्यारे कमा तालिम दिइयो । मासिक तलबको पनि व्यवस्था
गरियो । सेनाले हतियार दियो, र हतियार चलाउन तालिम पनि ।
प्रतिकारवादी अगुवा मुन्ना खाँका अनुसार त्यति बेला गाउँ -गाउँ मा प्रतिकार समिति
बनाएर सेनाले सैन्य तालिम दिएका थिए । खाँका अनुसार एक गाविसबाट चार जनाका
दरले दश गाविसका ४० जना युवालाई नवलपरासीको त्रिवेणी ब्यारे कमा बन्दुक चलाउने
तालिम दिइयो (ज्ञवाली २०६७) । यसैको अर्का एक प्रमाण थिए, कपिलवस्तुका प्रतिकार
अगु व ा पप्पु (सलाउद्दीन खान) । उनले गोरुसिं गे स्थित शिवदल गणबाट १२ बोरको
पिस्तोल पाएका थिए । उनले तीन महिनासम्म १२ सय रुपैयाँका दरले तलब पनि पाए ।
यस्तै तालिम सेनाको २२ नम्बर बाहिनी बुटवलमा पनि दिइयो (ज्ञवाली २०६७) । यसरी
त्यही बेला प्रतिकारवादी अगुवाहरू राज्यबाटै आफूहरूलाई सहयोग भएको स्वीकार्थे ।
माघ २०६१ मा कपिलवस्तुको धनकौली गाविसको मलावामा प्रतिकार समूहबाट छ
जना माओवादी मारिए । घटना लगत्तै स्थलगत अध्ययनमा पुगेका तत्कालीन गृहमन्त्री कमल
थापाले प्रतिकारमा उत्रने गाउँ लेहरूलाई हतियार दिने घोषणा गरे (ज्ञवाली २०६१ख) ।
त्यसपछि फागनु ६ देखि ९ गतेसम्म चार दिनभित्र कपिलवस्तुको साबिक गणेशपरु , खरछरिया
र भगवानपुर गाविसमा प्रतिकारवादीको आक्रमणबाट २१ माओवादी नेता-कार्यकर्ता मारिए
(ज्ञवाली २०६१ख) । फागुन ६ मा गणेशपुर र भगवानपुरमा माओवादी जिल्ला जनसरकार
सदस्य अलिअख्तर मुसलमान सहित १२ जना मारिए । फागुन ७ मा गणेशपुर र खरहरिया
गाविसमा माओवादी समर्थक डखी चमार, रामजान मुसलमान, रामदास, विजय तुल्ला
मुसलमान र रामजन मुसलमान मारिए । सोही दिन जवामारी गाविसमा माओवादी जिल्ला
अध्यक्ष विष्णु पन्थी जीवन, उनका अं ग रक्षक यमबहादुर ढाल मगर, र गणे श पुर गाउँ
जनसरकार प्रमुख झिल्कन यादव मारिए । अब्दुल कै यम खाँ लगायतका प्रतिकारवादीले
माओवादीको ज्यादती विरुद्ध आफूहरूले कारबाही गरे को सार्वजनिक रूपमै स्वीकार गरे
(ज्ञवाली २०६१ख) । यसलाई शाही नेपाली सेना २२ नम्बर बाहिनी बुटवलका तत्कालीन
प्रवक्ता प्रबल विष्टले पनि स्वतःस्फूर्त रूपमा प्रतिकारमा उत्रेका गाउँ लेहरूद्वारा माओवादी
मारिएको अभिव्यक्ति दिए (ज्ञवाली २०६१ख) ।
त्यसपछि गृहमन्त्री कमल थापाले फागुन १०, २०६१ मा कपिलवस्तुको गणेशपुरमा
पुगी उनीहरूलाई हौस्याए । मन्त्रीहरू दानबहादुर शाही, रामनारायण सिंह र राधाकृ ष्ण
मैनालीले तिनलाई सुरक्षा दिने घोषणा गरे । प्रतिकारमा उत्रिएकाहरूलाई सम्मान गर्ने नाममा
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 97

आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रतिकारमा उत्रिनेहरूको पूर्ण सुरक्षा दिने वचन दिए ।
त्यो बेला स्थानीयले माओवादी विरुद्ध चर्को नाराबाजी गरे । प्रतिकारमा उत्रिएकाहरूलाई
मन्त्री र सरकारले मात्रै होइन, तत्कालीन राजा ज्ञानेन्द्रले समेत प्रोत्साहन दिए ।6
प्रतिकारका नाममा चलेको भिडन्त भयावह थियो । प्रतिकारवादीले कपिलवस्तुका
विष्णु पन्थी लगायत माओवादीका दर्जनौ ँ नेता-कार्यकर्ताको हत्या गरे , कै यौकँ ो हतियार
खोसे र सयौ ँ माओवादीलाई प्रशासनसामु आत्मसमर्पण पनि गराए । भिडन्तको चपेटामा
परे र थुप्रै गाउँ का हजारौ ँ मानिसको बे हाल भयो । माओवादीलाई संरक्षण दिएको भन्दै
प्रतिकारवादीले कपिलवस्तुको हल्लानगर नामको सिंगो गाउँ लाई घेरेर आगो लगाए, करिब
नौ सय घर खरानी बनाइदिए । सुकुर पासी, रामबली पासी, अंगद पासी लगायत जिउँ दै
आगोमा डढेर मरे , हजारौ ँ जनता विस्थापित भए ।
त्यसले माओवादीलाई पनि झन् उत्तेजित बनायो । प्रतिकारवादीहरू बैठक बसेको ठानेर
तिनले नवलपरासीको बर्गदहवा गाउँ मा धावा बोले । धावामा ७ कक्षामा पढ्ने हृदयेश
यादव सहित ११ गाउँ ले मारिए । सो दिन प्रतिकारवादीहरू भागिसके का थिए, निर्दोषहरू
मारिए (ज्ञवाली २०६१ख; अधिकारी २०६२क, २०६२ख) ।
प्रतिकारको उन्माद सर्वसाधारणसम्म फै लियो । कपिलवस्तु, गणेशपुरमा माओवादीले
प्रेमबहादुर भुजेलको अपहरण गरे । उनलाई खोज्न हिँडेका आक्रोशित ३०० गाउँ लेले
माओवादी लुकेको आशंकामा कै यौ ँ बस्तीमा आक्रमण र आगजनी गरे ।
दुई थरी हतियारधारीको घानमा निर्दोष सर्वसाधारणहरू परे क ो अर्को घटना हो,
कपिलवस्तुको पिप्रामा भएको माओवादी आक्रमण । असारको पहिलो साता भएको घटनामा
प्रतिकारवादी प्रितम पाण्डेको समूहलाई लक्षित गरी माओवादीले गरे को आक्रमणमा प्रितम
बाँचे तर चार सर्वसाधारण मारिए । मारिनेमा पूर्व गाविस अध्यक्ष अहमद हाकिमका छोरा
मोहम्मद मस्ताफा, स्थानीय मुमताजका छोरा मोहम्मद वकिल, रामवचन लोधका छोरा
गोवर्धन लोध र अर्का गाउँ ले रघुवीर लोध थिए । अहमद हाकिमका अनुसार माओवादीले
गलत सूचनाका आधारमा उनीहरूमाथि आक्रमण गरे । प्रितमसँगै त्यहाँ रहेका सबै जना
प्रतिकार समूहकै भएको गलत सूचनाका आधारमा माओवादीले आक्रमण गरे को भनाइ
मारिएका परिवारजनको पनि थियो (ज्ञवाली २०६१क) ।
त्यसरी प्रतिकारको नाममा बाँ ड िएका हतियार अहिले स म्म फिर्ता भएका छै न न् ।
फिर्ताको प्रयास हु न त टाढाको कु रा, अचे ल त तिनको चर्चा पनि हु न छाडे क ो छ ।

6
नवलपरासीको बर्गदहवा घटना लगत्तै अमेरिकाबाट प्रकाशित टाइम पत्रिकामा प्रकाशित
अन्तर्वार्तामा राजा ज्ञानेन्द्रले प्रतिकारमा उत्रिएका डाँकाहरूको स्वागत गरे को एक लेखमा उल्लेख
छ । ज्ञाने न्द्र को भनाइ थियो, “... अति भने क ो अति हो । यो प्रस्ट सन्देश ग्रामीण जनताले
आतंककारीहरूलाई दिइरहेका छन् । उनीहरू उठिरहेका छन्” (हेर्नुहोस्, देवकोटा २०६२) ।
98 | दीपक ज्ञवाली

सत्ताच्यूत भएका राजा ज्ञानेन्द्रका मन्त्रीहरूले त आफ्नो भनाइ फे र्न असजिलो मानेनन् नै,
प्रशासनले पनि हतियार दिएको कुरै अस्वीकार गरिरह्यो । तत्कालीन अञ्चल प्रहरी प्रमुख
प्रकाश अर्यालले हतियार प्रकरणबारे अनभिज्ञता प्रकट गर्दै भने, “प्रशासनले दिएको थियो
र ?” (ज्ञवाली २०६७) ।

सरु क्षा, उपयोग र प्रतिकारको शंृखला


प्रतिकारमा कै यौ ँ पात्र यस्ता पनि थिए जो भारतीय नागरिक थिए । उनीहरू भारतीय
प्रशासनबाट “मोस्ट वान्टेड” को सूचीमा थिए । भारतमा हत्या, डकै ती, लुट, बलात्कार
लगायत २२ ओटा गम्भीर फौजदारी मुद्दा लागेका कपिलवस्तुका प्रितम पाण्डे शुरूमा
आफू सुरक्षित हुन माओवादी निकट भए । त्यही कमजोरीको फाइदा उठाउँ दै माओवादीले
उनलाई प्रयोग ग¥ यो । त्यति बेला उनलाई कसैको सहारा चाहिएको थियो र माओवादीलाई
हतियार । माओवादीले भारतबाट हतियार भित्र्याउन प्रितम मार्फत सहयोग पायो । यसै क्रममा
प्रितमलाई माओवादीका गोप्य सूचना बिस्तारै थाहा हुन थाल्यो । सूचना बाहिरिने आशंकामा
माओवादी कार्यकर्ताले उनीमाथि निगरानी गर्न थाले । शुरूमा आफूले सहयोग गरे को र
आफूसँग पनि हतियार भएको दम्भका कारण प्रितम माओवादी कार्यकर्तासँग झुकेनन् । बरु
पार्टीको के न्द्रीय तहसँग सीधा सम्पर्क रहेको भन्दै उनले स्थानीय कार्यकर्तालाई टे र्न छाडे ।
कुनै बेला माओवादीलाई सघाएका प्रितम पाण्डे मंसिर २०६० मा माओवादीले हत्या
गर्ने उद्देश्यले आक्रमण गरे पछि बिच्किए । गोली लागेर घाइते भएकै अवस्थामा उनले
२०६१ को शुरूतिर कपिलवस्तुको सीमा क्षेत्रको एउटा बगैचँ ामा आफ्नो समूहलाई बन्दुक
चलाउने तालिम दिलाए । त्यस समूहले माओवादीको आरोपमा जेठ अन्तिम साता रामलखन
कुर्मीका छोरा र भाइको हत्या ग¥ यो । असार पहिलो साता माओवादीले पिप्रामा फे रि
प्रितमको हत्या गर्ने प्रयास ग¥ यो, भिडन्तमा चार गाउँ ले शिकार भए । प्रितमको समूहमा
रहेका आफ्ना बुबालाई माओवादीले अपहरण गरे पछि १९ वर्षीय पप्पु (सलाउद्दीन खान)
ज्यान माया मारे र प्रतिकारमा होमिए ।
त्यसै गरी, भारतमा नै विभिन्न अपराधमा मुछिएका नवलपरासीका मुरारी कुशवाहा
“पहलमान” लाई पनि शुरूमा माओवादीले संरक्षण दिएका थिए । माओवादीले उनलाई
प्रशस्त प्रयोग गरे को थियो । तर २०५८ सालमा माओवादीले उनैको अपहरण गरे पछि उनी
माओवादी विरोधी भए । २०६१ सालमा माओवादीले उनका भतिजा मुन्ना कुशवाहाको
हत्या ग¥ यो र २०६२ सालमा उनकै घरमा उनको हत्या गर्ने उद्देश्यले आक्रमण ग¥ यो ।
दोहोरो गोली हानाहान भए पनि उनी बाँचे । त्यसपछि माओवादीहरूले पनि थुप्रै पटक
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 99

उनलाई निशाना बनाएर एम्बुस थापे, गोली हाने, तर हरे क पटक उनी बाँच्न सफल भए ।
उनी भन्छन् “आमनेसामने भएर धेरै गोली हानियो, कति मरे हेक्का छै न ।”7
प्रितम कपिलवस्तुका प्रारम्भिक प्रतिकार अगुव ा हु न् भने मुर ारी नवलपरासीका ।
प्रतिकारमा उपयोग गरिएका प्रायः सबै जसोका कथा उनीहरूसँग मिल्दोजुल्दो छ ।

तस्बिर २ : नम्बर लगाएका हतियारहरू । स्रोत : राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन


पश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय, बुटवल ।

कहाँ छन् ती हतियार ?


मंसिर ८, २०६३, बृहत् शान्ति सम्झौताको तेस्रो दिन । नवलपरासीको गुठी सुर्यपुरामा
अपत्यारिलो माहौल थियो । झन्डै डे ढ सयको ज्यान जाने गरी करिब दुई वर्षसम्म
एकअर्कालाई सिध्याउन भिडे का माओवादी र प्रतिकारवादी अगुवाहरू आपसमा गला
मिलाइरहेका थिए । प्रतिकारका कतिपय “नाइके ” आफ्ना के ही हतियार जलाइरहेका थिए,

7
पब्लिके शन नेपा~लयद्वारा सन् २००६ मा प्रकाशित लडाइँमा जनता पुस्तकमा प्रकाशित
सामग्रीमा दीपक ज्ञवाली सँ ग को प्रतिक्रियामा उनले यस्तो भने क ा थिए । ने प ा~लयको अर्को
पुस्तक युद्धपछि जनता (दीक्षित २०६४) र फे रि यस्तो नहोस् (सन् २००९) मा पनि उनका बारे
फलोअप सामग्री प्रकाशित छ । उनीबारे हिमाल खबरपत्रिका र नेपाली टाइम्स्मा पटक-पटक
सामग्री प्रकाशित छन् । हेर्नुहोस्, https://www.himalkhabar.com/index.php/news/595 ।
साथै, ज्ञवाली (२०६७) हेर्नुहोस् ।
100 | दीपक ज्ञवाली

र प्रतिकार समिति विघटन भएको घोषणा गरिरहेका थिए (हेर्नुहोस्, तस्बिर २) । यसको
समन्वय गरे को थियो—राष्ट्रिय मानवअधिकार आयोग, पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले ।
आयोगले निकै मे ह नत गरे र , बृह त् शान्ति सम्झौता हु नु भ न्दा दुई महिना अगावै
नवलपरासीमा प्रतिकारवादी र माओवादीबीच स्थानीय शान्ति सम्झौता गराइसके को थियो ।
आयोगको तत्कालीन पश्चिमाञ्चल कार्यालय पोखरा र क्षेत्रीय सम्पर्क कार्यालय बुटवलको
समन्वयमा गुठी सुर्यपुरामा भएको शान्ति सम्झौताको क्रममा प्रतिकारवादीहरूले हतियार
बुझाए र त्यसको लिखित विवरण पनि सार्वजनिक गरे । यद्यपि, उनीहरूसँग भएकाभन्दा
निकै कम हतियारको मात्र विवरण बुझाइएको आशंका छँ दै थियो । उनीहरूले बुझाएकै
विवरण अनुसार पनि नवलपरासीका ११ गाविसमा उनीहरूसँग २३७ थान हतियार थिए
(हेर्नुहोस्, तालिका १) । तीमध्ये नौ थान आधुनिक हतियार सरकारले दिएको थियो भने
२२८ थान हतियार तिनले भारतमा रहेक ा आफ्ना “इष्टमित्र” र स्थानीय जमिनदारको
आर्थि क सहयोगमा आफै ले जुटा एका थिए । ती हतियार वडा स्तरसम्म गठन भएका
प्रतिकार समूह का लागि गाविस-स्तरीय प्रतिकार समूह का अध्यक्षको जिम्मा हु ने गरी
बाँडिएको थियो । सबैभन्दा बढी पक्लिहवाका लागि ओमप्रकाश गुप्ताको जिम्मामा ७० थान
हतियार थिए भने रुपौलियाका लागि राधे यादवसँग सबैभन्दा कम ३ थान हतियार थिए ।
प्रतिकारको अवधिमा माओवादीले प्रतिकारवादीहरूलाई आफू सामु आत्मसमर्पण गर्न
र हतियार बुझाउन उर्दी जारी गरे को थियो । त्यसलाई मान्दै के हीले माओवादी दलित मुक्ति
मोर्चाका तत्कालीन जिल्ला अध्यक्ष राजु हरिजन मार्फत ५४ थान हतियार माओवादीलाई
बुझाएका थिए । त्यस्तै, के हीले नवलपरासी जिल्ला प्रशासन तथा सुस्ता प्रहरीलाई ३९
थान हतियार बुझाएका थिए । यसरी बुझाइएका हतियार बाह्र बोर, ३१५ कट्टा, फिक्स्चर
लगायतका पिस्तोल/बन्दुक थिए ।
मंसिर ८, २०६३ मा गुठी सुर्यपुरामा हतियार जलाउँ दा प्रतिकार समितिका शुरूका
अगुवाहरू मुन्ना खाँ, मुरारी पहलवान र उनका सहकर्मीहरू पप्पु चौहान, टिकट मियाँ,
फे कु मुसहर लगायत उपस्थित थिए । त्यहाँ तिनले नौ थान हतियार जलाएका थिए ।
जलाइएकामध्ये १२ बोरका एकनाले टोटा सात थान, दुईनाले टोटा एक थान, थ्री-नट-
थ्रीको गोली लाग्ने कटुवा पिस्तोल एक थान थिए । ती सबै कमसल र बिग्रिसके का थिए ।
प्रतिकारवादीहरूले माओवादी तथा सरकारलाई बुझाएर र जलाएर बाँकी रहेका १३५
थान हतियार पनि छिट्टै बुझाउने बाचा गुठी सुर्यपुरामा गरे का थिए । तर त्यो बाचा कहिल्यै
पूरा भएन । ती हतियार अझै शुरूमा जिम्मा लिनेसँगै भएको पूर्व प्रतिकारवादी र स्थानीय
माओवादी नेताहरूको भनाइ छ । तत्कालीन जिल्ला प्रतिकार समितिका अध्यक्ष लोरिक
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 101

यादव र इन्द्रजित आदिसँग सरकारले दिएका थ्री-नट-थ्री राइफल समेत रहेको उनीहरू
बताउँ छन् ।8

तालिका १ : कसको हातमा कति हतियार थिए ?


कुल प्राप्त प्रहरीलाई माओवादीलाई
जिम्मा बाँकी
गाविस गरेको बुझाएको बुझाएको
(प्रतिकार अध्यक्ष) हतियार
हतियार हतियार हतियार
पक्लिहवा ओमप्रकाश गप्ता
ु ७० २७ १ ४२
ठूलो खैरटवा भरत सिंह ३५ १ १६ १८
कुडिया शक
ं र मल्लाह २७ – – २७
भजु हवा श्री पाण्डे २५ – १६ ९
बदौली इन्द्रजित यादव २२ – १२ १०
सोमनी भागवत चौधरी २१ – – २१
गठु ी प्रसौनी जन्त्री के वट ११ ४ ६ १
गठु ी सर्यु परु ा वकिल मियाँ  १० – – १०
त्रिवेणी ससु ्ता कै लान मिया  ७ ७ – –
जमनिया
ु राजेन्द्र शर्मा ६ – – ६
रुपौलिया राधे यादव ३ – ३ –
कुल   २३७ ३९ ५४  १४४
           
जलाइएको ९ थान        
अझै बाँकी १३५ थान        

साउन ३० गते नवलपरासीको कुडियाबाट गिरफ्तार भएका पूर्व प्रतिकारवादी अगुवा


लोरिक यादवको घरबाट सरकारले दिएको एक थान हतियार बरामद भएको थियो । यस
घटनाले पनि त्यति बे ल ा राज्यले दिएका हतियार अझै राज्यको नियन्त्रण बाहिर छन्
भन्ने पुष्टि भएको उनीहरूको तर्क छ । पूर्व प्रतिकारवादीहरू ओमप्रकाश गुप्ता, भागवत
चौधरी, शंकर मल्लाह, राजेन्द्र शर्मासँग पनि सरकारले दिएको हतियार रहेको बताइन्छ ।

8
एक पूर्व प्रतिकारवादीसँग नवलपरासीमा भदौ १५, २०६७ मा गरिएको कुराकानी ।
102 | दीपक ज्ञवाली

गुठी सुर्यपुराका लागि दश ओटा हतियार लिएका वकिल मियाँलाई माओवादीले हत्या
गरे पछि ती हतियार कोसँग छन् भन्ने स्पष्ट छै न । हत्यापछि ती हतियार आफूले लगेको
कुरा माओवादीले पनि स्वीकार गरे न ।

लुकाइएका हतियार : आतंकको लुकेको स्रोत


राजाको सक्रिय शासनमा २०६१ सालमा माओवादी विरुद्ध खडा भएका-गरिएका
प्रतिकारवादीहरू २०६२–२०६३ सालको जनआन्दोलनमा तितरबितर भए । जनआन्दोलनबाट
पुनर्स्थापित संसदमा माओवादीहरू प्रवेश गरे पछि संविधानसभाको निर्वाचन हु नुअगावै
प्रतिकार समितिहरू भंग भए । ती प्रतिकार समितिहरू अहिले अस्तित्वमा छै नन् । तर
उनीहरूसँ ग रहेक ा त्यतिका हतियार त्यस पछिका दिनमा न कु नै सरकारी निकायलाई
बुझाइएका छन्, न त नष्ट नै गरिएका छन् । के ही पूर्व प्रतिकारवादीले सार्वजनिक रूपमै
जीवनशैली फे रे को र हतियार बुझाएको घोषणा गरे को अवस्थामा बाहेक प्रहरीले पनि कुनै
हतियार बरामद गरे को छै न ।
त्यसो भए ती सात सय हतियार आखिर कोसँग, कहाँ छन् त ? शान्ति प्रक्रिया निष्कर्षमा
पु¥ याउन कटिबद्ध भनिएका त्यसपछि गठन भएका कुनै पनि सरकारलाई यसको पत्तो छै न ।
पटक-पटक सत्ता सम्हालिसके का तत्कालीन विद्रोही वा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई
पनि यसबारे हेक्का छै न ।
प्रतिकारवादीका नाइके हरूमध्ये के हीले सामान्य जीवन प्रारम्भ गरे पनि अधिकांश चाहिँ
आतंकको धन्दामा सक्रिय रहे । उनीहरू विभिन्न आवरण र रूपमा, विविध नामका सशस्त्र
समूहमा आबद्ध भएर वा आफ्नै समूह खडा गरे र यस धन्दामा लागेका छन् । तथ्यहरूले
पुष्टि गर्छन्, ती सारा हतियार अहिले पनि उनीहरूसँग नै छन् र तिनकै बलमा उनीहरूले
अपराधको दुनियाँ सञ्चालन गरिरहेक ा छन् (ज्ञवाली २०६७) । त्यस बे ल ा हतियार
व्यवस्थापनमा सक्रिय रहेका मानवअधिकार आयोगका अधिकृ त चन्द्रकान्त चापागाई ं
भन्छन्, “ती हतियारको खोजी र व्यवस्थापनबिना यस क्षेत्रमा शान्ति प्रक्रिया निष्कर्षमा
पुग्ने कल्पना गर्न सकिँ दैन ।”
यो धारणा र चिन्तालाई शान्ति सम्झौतापछि मधेसमा भएका आपराधिक घटनाले पुष्टि
गर्छन् । मंसिर ७, २०७५ मा कपिलवस्तुको शुद्धोदन गाउँ पालिका ४ मोतीभारीमा स्थानीय
युवा नेता दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को हत्या भयो । गोली प्रहारबाट मारिएका
चौधरी प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ख बाट स्वतन्त्र उम्मेदवार
थिए । हत्यामा तीन जना संलग्न रहेको उनको परिवारको किटानी जाहेरी छ । हत्यामा
संलग्नताको आशंकामा स्थानीय अमित र रामकृ ष्ण पाण्डे दईु दाजुभाइलाई प्रहरीले पक्राउ
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 103

ग¥ यो । अर्का आरोपित व्यक्ति अजित पाण्डे फरार छन् । हत्याको आक्रोशमा मृतकका
आफन्तले उनको घरमा आगजनी गरे का थिए (ज्ञवाली २०७५) ।
यो घटना माओवादी र प्रतिकारवादी बीचको पुरानो तुषको नयाँ अभिव्यक्ति थियो ।
हत्यामा पहिले लुक ाएका हतियारकै प्रयोग भएको अधिकारकर्मीहरूको आशं क ा छ ।
मृतक चौधरी र हत्याको आरोप लागेका पाण्डे दाजुभाइको पृष्ठभूमि विगतको प्रतिकारसँग
जोडिएको छ । आरोपित पाण्डे दाजुभाइ माओवादीबाट सताइएका तथा प्रतिकारमा उत्रिएका
व्यक्ति हुन् भने मृतक पनि प्रतिकारवादीको नजिक रहेका र पछि मधेस-के न्द्रित दल निकट
हुँदै स्वतन्त्र भएका थिए, र पछि नेकपामा प्रवेश गरे । पाण्डे दाजुभाइ पहिले प्रतिकारमै
थिए र पछि नेपाली कांग्रेस निकट देखिए । दवु ै पक्षसँग त्यति बेलादेखि नै हतियार थिए ।
उनीहरू बीचको प्रतिशोध पछि प्रकट भएको थियो । यो घटना त्यति बेलाका माओवादी
र प्रतिकारवादी बीचको द्वन्द्वकै परिणाम हो । त्यति बेलाका हतियार व्यवस्थापन नगर्दा
आजसम्म पनि हत्या हिंसाका घटना भइरहेका छन् ।
यसअघि पनि यस्ता प्रतिशोधका घटना भएका छन् ।9 शान्ति प्रक्रियापछि तीन जिल्लामा
यस्ता धेरै अनिष्टका घटना भए । भदौ ३०, २०६४ मा कपिलवस्तुको कृ ष्णनगरमा भएको
घटना त्यसै क ो एउटा प्रतिनिधि मूल क ठू लो घटना हो, जहाँ पूर्व प्रतिकारवादी अगुवा
मोहित खाँको हत्या भएको थियो (हिमाल फोटो पत्रिका २०६५क र २०६५ख) । उनको
हत्यापछि भदौ ३०, २०६४ मा भड्किएको हिंसामा २० जनाको ज्यान गयो । अर्बौको
सम्पत्ति नष्ट भयो ।
शान्ति प्रक्रिया टुं गि एपछि मधे स मा धे रै सशस्त्र समूह को जन्म भयो । धे रै हिंस ाका
घटना पनि भए । व्यक्ति हत्याको शृंखला पनि बढे । माओवादी र अरू सशस्त्र समूहबीच
तानातानको अवस्था पनि उत्पन्न भयो । मधे स ीका अधिकारको मागका नाममा धे रै
आन्दोलन पनि भए (मिश्र २०६४ : ५२) ।

9
मधेस मानवअधिकार गृह कपिलवस्तुका अध्यक्ष तथा त्यति बेला प्रतिकारवादीका हतियार
व्यवस्थापनको प्रयासमा सक्रिय रवीन्द्रनाथ ठाकु र भन्छन्, “राज्यले समे त दिएका हतियारको
अहिलेसम्म व्यवस्थापन नगर्दा यस्ता धेरै हिंसाका घटना भएका छन् । त्यति बेला के ही मन्त्रीले
सार्वजनिक रूपमै माओवादीको प्रतिकार गर्न उक्साएका थिए । हतियार दिने घोषणा पनि गरे का थिए ।
सैन्य क्याम्पहरूमा उनीहरूलाई तालिम पनि दिए । तिनै हतियारबारे अहिलेसम्म खोजबिन भएको
छै न । नवलपरासीको स्थानीय शान्ति सम्झौतापछि कपिलवस्तु र रुपन्देहीमा पनि प्रतिकारकारीका
हतियार व्यवस्थापन गर्ने योजनाका साथ हतियारको विवरण सं क लन गरिरहेक ा थियौ ँ । तर
कपिलवस्तुमा मोहित खाँको हत्यापछि हिंसा भड्कियो । त्यसयता अहिलेसम्म ती हतियारबारे
कसैले खोजी गरे न । तिनै हतियारका कारण अहिले पनि हिंसा भइरहेको छ ।” ठाकुरसँग मंसिर
९, २०७५ मा गरिएको कुराकानी ।
104 | दीपक ज्ञवाली

राष्ट्रिय मानवअधिकार आयोग, पश्चिमाञ्चल उपक्षेत्रीय कार्यालय बुटवलले त्यति बेला


गरे को अध्ययन अनुसार शान्ति प्रक्रिया प्रारम्भ भएयता पनि नवलपरासी, कपिलवस्तु र
रुपन्देहीमा राजनीतिक व्यक्तिहरूको प्रतिशोधपूर्ण हत्यासँगै सर्वसाधारणको हत्या, चन्दा
आतंक, धम्कीजस्ता हिंसात्मक घटनाको दर उच्च थियो । अनौपचारिक क्षेत्र सेवा के न्द्र
(इन्सेक) कपिलवस्तुका प्रतिनिधि नन्दराम पौडेलका अनुसार कपिलवस्तुमा २०६४ सालमा
मोहित खाँको हत्या लगत्तै भड्किएको हिंसाका पछाडिको खास कारण पनि यिनै हतियार
हुन् । उनको भनाइमा माओवादी लडाकू र तिनका हतियार व्यवस्थापन भएको यतिका
वर्ष बित्दा पनि राज्यबाटै उक्साइएका प्रतिकारवादीहरूका हतियार नखोज्दाको परिणाम
स्थानीय स्तरमा शान्तिको अनुभव हुन सके को छै न ।10
फिर्ता नगरिएका सम्पूर्ण हतियार पूर्व प्रतिकारवादीहरूसँगै रहेको दाबी गर्छन् एकीकृ त
माओवादीका पूर्व नवलपरासी इन्चार्ज कृ ति, “फरक आवरणमा रहेर उनीहरूले तिनै
हतियारका भरमा आतंक मच्चाइरहेका छन्” (ज्ञवाली २०६७ मा उद्धृत) । शान्ति प्रक्रिया
शुरू भएपछि यी तीन जिल्लामा राजनीतिक व्यक्तिहरूको सशस्त्र हत्या भएको र सबैमा तिनै
हतियार प्रयोग भएको उनको दाबी छ । उनका अनुसार भदौ ११, २०६५ मा कपिलवस्तुको
हल्लोडियामा माओवादी कार्यकर्ता यमबहादरु थापाको हत्या गरे र भाग्न लाग्दा वीरपुरको
कुदरबेटवामा समातिएका पूर्व प्रतिकारवादी राजेश कुर्मीसँग ९ एमएमको ब्राउनिङ माउजर
भेटिएको थियो । उनको भनाइ छ, “त्यो उनीहरूलाई सेनाले दिएको हतियार हो । त्यस्तो
हतियार अरूसँग हुँदैन ।” पहिलो सं विधान सभा निर्वाचन लगत्तै मोतिपुर मा मारिएका
माओवादी कार्यकर्ता प्रेम परियारको हत्यामा चाइनिज माउजर प्रयोग भएको भेटिएको
थियो भने निर्वाचनताका मारिएका अर्का कार्यकर्ता पुजन कुर्मीको हत्यामा एसएलआरको
गोली प्रयोग गरिएको थियो । यस्ता सबै घटनामा त्यति बेला सरकारले दिएका हतियार
प्रयोग भएका छन् भन्ने उनको दाबी छ ।
त्यसो त माओवादीकै कै यौ ँ कार्यकर्तासँ ग पनि हतियार रहेक ो जिकिर गर्छन् पूर्व
प्रतिकारवादीहरू । द्वन्द्वका बेला सुरक्षाकर्मीबाट उनीहरूले खोसेका सबै हतियार प्रमाणीकरण
गरिएको छै न र आफूहरूले बुझाएका ५४ मध्ये कै यौ ँ हतियार पनि उनीहरूसँगै छन् भन्ने
तिनको दाबी छ (ज्ञवाली २०६७) । तर पूर्व माओवादीका नवलपरासी सचिव राजु हरिजन
आफूले त्यस बेला प्रतिकारवादीहरूबाट ५४ थान हतियार बुझेको अस्वीकार गर्छन् । उनी
भन्छन्, “मलाई उनीहरूले २५–३० ओटा मात्र हतियार दिएका हुन् । ती पनि उहिल्यै
सम्बन्धित निकायमा बुझाइसके को हुँ ।” त्यसयता आफूहरूले कसैबाट हतियार नलिएको र
प्रतिकारवादीले बुझाउँ छौ ँ भनेका थुप्रै हतियार पनि कही ँ कतै नबुझाएको उनको भनाइ छ ।

10
पौडे लसँग मंसिर ९, २०७५ मा कपिलवस्तुको तौलिहवामा गरिएको कुराकानी ।
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 105

टुंगोमा नपुगेको अभियान


प्रतिकारवादीका हतियार व्यवस्थापन गर्ने राष्ट्रिय मानवअधिकार आयोगको अभियान
कहिल्यै टुंगोमा पुगेन । त्यसयता उनीहरूले कतै हतियार बुझाएनन्, नष्ट पनि गरे नन् । त्यस
बेला नवलपरासीका बाँकी हतियारसँगै तीन ओटै जिल्लाका प्रतिकारवादीसँग रहेका सम्पूर्ण
हतियार व्यवस्थापन गर्ने योजना थियो । त्यस क्रममा कपिलवस्तुका अगुवा मोहित खाँ
र रुपन्देहीका अगुव ा सन्तोष श्रीवास्तव लगायतसँ ग पटक-पटक वार्ता भएको थियो ।
खाँसँग त एक पटक लगातार १२ घण्टा वार्ता गरिएको थियो । वार्तापछि उनीहरू सबै
हतियार बुझाउन तयार भएका थिए । त्यही अभियानमा खटे का आयोगका मानवअधिकार
अधिकृ त ठाकुर चापागाई ं भन्छन्, “तर विभिन्न कारणले गर्दा अभियान त्यही रफ्तारमा
अघि बढ्न सके न ।”11
अभियान टुंगोमा पुग्न नसक्नुको एउटा प्रमुख कारण थियो, आयोगभित्रै उठे को विवाद ।
प्रतिकारवादीहरूका हतियार पार्टीलाई दिनुपर्ने माओवादी दबाब र आफूलाई बुझाउनुपर्ने
प्रशासनको अडानबीच तेस्रो विकल्प खोज्ने क्रममा तिनलाई जलाउने निर्णय गरिएको थियो ।
त्यही निर्णय अनुसार नवलपरासीमा नौ ओटा हतियार जलाइए पनि । तर मानवअधिकार
आयोगकै संलग्नतामा हतियार जलाउनु ठीक कि बेठीक भन्ने विवाद आयोगभित्र चर्क्यो
र हतियार व्यवस्थापन अभियानमा लागेका व्यक्तिहरू पछि हटे । त्यसपछि एउटै हतियार
कतैबाट फिर्ता भएन ।12 पछि बनेका सरकारहरूले “विशेष सुरक्षा योजना” अन्तर्गत हतियार
बुझाउन प्रोत्साहित गर्ने कार्यक्रम घोषणा गरे । तर त्यसले कसैलाई छोएन ।
मधेस विद्रोहताका उदाएका कै यौ ँ सशस्त्र समूह वार्तामा आए । उनीहरूले के ही हतियार
पनि बुझाए । तर प्रतिकारताका सरकारी निकायले नम्बर टाँसेर प्रतिकारवादीहरूलाई दिएका
र प्रतिकारवादीहरू आफै ले जुटाएका हतियार बुझाएको कतै प्रमाण भेटिँदैन ।
के पी ओली नेतृत्वको सरकारले २०७५ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा
गठन गरे को उच्चस्तरीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले सात महिनामा द्वन्द्वरत,
संविधानभन्दा बाहिरी गतिविधि गरे का, असन्तुष्ट, सशस्त्र समूहहरूसँग वार्ता ग¥ यो । के ही
समूहले हतियार पनि बुझाए । तर तत्कालीन प्रतिकारवादीहरूसँग भएका हतियारको कुनै
पहिचान र चर्चा नै भएन । सात महिना कार्यकाल रहेको पाण्डे नेतृत्वको समितिले ४४
ओटा त्यस्ता समूह पहिचान गरे को थियो । तीमध्ये १६ ओटा अस्तित्वमै नरहेको देखेपछि

11
अहिले दक्षिण सुडा नमा रहेक ा चापागाई को
ं कथन थियो, “त्यो बे ल ा हामी हतियार
व्यवस्थापनमा लागेका थियौ ँ । पछि झमेला भयो । त्यो बेला संकलित हतियारको सूची ् ठीक
हो । उहाँहरूले नै बुझाएको विवरण थियो ।” चापागाईसँं ग अनलाइनमा माघ २१, २०७५ मा
गरिएको कुराकानी ।
12
एक अधिकारकर्मीसँग कपिलवस्तुको तौलिहवामा मंसिर ९, २०७५ मा गरिएको कुराकानी ।
106 | दीपक ज्ञवाली

बाँकी समूहसँग वार्ता भएको थियो । त्यति बेला विभिन्न सात ओटा समूह विभिन्न प्रकारका
करिब दुई सय हतियार बुझाएर निःशस्त्र बनेका थिए । तत्कालीन संयोजक पाण्डे भन्छन्,
“त्यति बेला सार्वजनिक आह्वानसँगै अध्ययन गरिएको हो । तर प्रतिकारसँग जोडिएकाहरू
र उनीहरूका हतियार सम्बन्धी कुनै पहिचान भएन ।”13
यसअघि २०७१ मा तत्कालीन सरकारले आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा सशस्त्र
समूह हरूसँ ग वार्ता गर्न समिति बनाएको थियो । सं वै धानि क राजनीतिक सं व ाद तथा
सहमति समितिबाट जेठ ८, २०७१ मा गठित प्रारम्भिक वार्ता उपसमितिले २१ ओटा
सशस्त्र समूह लगायत धेरै समूहसँग वार्ता गरे को थियो (हेर्नुहोस्, अनुसूची १) । वार्ताको
क्रममा नौ ओटा समूहले हतियार बुझाएका थिए ।
यसअघि विभिन्न सरकारका पालामा शान्ति मन्त्रालयले करिब १०१ ओटा समूहसँग
वार्ता गरे को थियो । जेठ ८, २०७१ देखि मंसिर २६, २०७१ सम्म देशका ठूला-साना नौ
सशस्त्र समूहले वार्ताका क्रममा सरकारलाई हतियार बुझाएका थिए ।
मंसिर २६, २०७१ मा रुपन्देहीको भैरहवामा भएको वार्तामा पश्चिम तराईमा सक्रिय
भूमिगत सशस्त्र समूह तराई मधेशी टाइगर्सले आफूसँग भएका सबै हतियार सरकारलाई
बुझाउने प्रतिबद्धता जनाएको थियो । तत्कालीन सरकारी समितिको स्रोत अनुसार उक्त
समूहसँग १३० थान हतियार थिए । उक्त समूहले पक्राउ गरिएका आफ्ना कार्यकर्ताको
रिहाइको शर्त सहित यस्तो सहमति गरे को थियो । वार्तामा सहभागी एक पात्र उनै प्रितम
पाण्डे थिए जो पहिले माओवादीका सहयोगी र पछि प्रतिकारवादी हुँदै टाइगर्सका अगुवा
भए । युद्धको शुरूआती चरणमा पहिले माओवादी भएको र पछि माओवादीकै प्रतिकारमा
उत्रिएकाहरू समेत संगठित रहेको उक्त समूहले लामो समयदेखि पश्चिम तराईका जिल्लामा
सशस्त्र क्रियाकलाप गर्दैआएको थियो ।14

निष्कर्ष
अने क राजनीतिक उतारचढावबीच शान्ति प्रक्रियाले विभिन्न आयाम थपे पनि पुर ाना
हतियारको खोजबिन नहुँदा जहिले पनि हिंसा दोहोरिने खतरा रहेको छ । उदाहरणका
लागि उच्च अधिकार सम्पन्न राजनीतिक वार्ता टोली २०७५ ले नेपाल कम्युनिस्ट पार्टी
(विप्लव समूह ) बाहेक सबै सशस्त्र समूह सँ ग वार्ता भएको र अब अन्य समूह सक्रिय
नरहेको निष्कर्ष निकाले पनि प्रतिकारवादीका पुराना हतियारको प्रयोग जहिले पनि हुन
13
संयोजक पाण्डेसँग माघ २१, २०७५ र मंसिर १२, २०७६ मा गरिएको कुराकानी ।
14
सो दिन भैरहवामा पत्रकार सम्मेलनमा सार्वजनिक मन्तव्य दिँदै वार्ता टोली संयोजक
जयप्रकाश यादवले भनेका थिए, “हो, हामीले हाम्रा हतियारहरू बुझाउने प्रतिबद्धता जनायौ,ँ र
शान्तिपूर्ण राजनीति गर्दै संविधान निर्माणमा सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनायौ ँ ।”
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 107

सक्ने आशंका छ । कपिलवस्तु र नवलपरासी लगायतका जिल्लामा बेला-बेलामा देखिने


हिंसाका घटनाले आगामी दिनमा पनि अनिष्ट हु न सक्ने संकेत गर्छन् । त्यसै ले शान्ति
प्रक्रियालाई पूर्ण बनाउन पनि त्यति बेलाका हतियार खोज्न, व्यवस्थापन गर्न र असन्तुष्ट
समूहहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन ढिलाइ गर्नु हुँदैन ।

धन्यवाद
अनुसन्धान क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता सहित प्रकाशनको अवसर दिएकोमा
मार्टि न चौतारीप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो लेखन र प्रकाशनको विभिन्न चरणमा
सल्लाह र सुझाव दिने मार्टि न चौतारीका लोकरञ्जन पराजुली, प्रत्यूष वन्त, सोहन प्रसाद
साह तथा महेशराज महर्जन लगायतलाई धन्यवाद । अनुसन्धानका बैठक, अन्तर्क्रिया,
कार्यशाला लगायतको चाँ ज ोपाँ ज ो मिलाउने मधे श मानवअधिकार गृह (माहु र ी होम)
कपिलवस्तुलाई पनि विशेष धन्यवाद ।

सन्दर्भ सामग्री
अधिकारी, चेतना । २०६२क । दश गाउँ लेको विभत्स हत्या । कान्तिपुर, वैशाख ४, पृ. १ ।
अधिकारी, चेतना । २०६२ख । भुल्नै नसकिने त्यो घटना (रिपोर्टरको डायरी) । कान्तिपुर,
वैशाख ५, पृ. ७ ।
घिमिरे यु व राज । २०६१ । अहिंस ात्मक प्रतिकारको शक्तिलाई आदर गर्न सिक्नुपर्छ
माओवादीहरूले । समय, मंसिर ७, पृ. ५८ ।
ज्ञवाली, दीपक । २०६१क । माओवादीको प्रतिकारमा संगठित डाँकाहरू । समय, असार
३, पृ. २६ ।
ज्ञवाली, दीपक । २०६१ख । माओवादीविरुद्ध सर्वसाधारणको प्रतिकार । समय, फागुन
२०, पृ. १६ ।
ज्ञवाली, दीपक । २०६३ । हिंसा भड्किने त्रास । समय, असार ७, पृ. ३१ ।
ज्ञवाली, दीपक । २०६७ । कहाँ छन् हतियार ? राजधानी, विशेष परिशिष्टांक, असोज
२, पृ. १ र पृ. घ ।
ज्ञवाली, दीपक । २०७५ । द्वन्द्वका हतियार, अहिलेको अपराध । हिमाल खबरपत्रिका
२७(३३) : २२­­–२३ ।
दीक्षित, कुन्द । २०६४ । युद्धपछि जनता । काठमाडौ ँ : पब्लिके सन नेपा~लय ।
देवकोटा, सुवास । २०६२ । बाबुराम, बल र बर्गदहवा । समय, वैशाख १५, पृ. २९ ।
108 | दीपक ज्ञवाली

मिश्र, विजयप्रसाद । २०६४ । मधेसी विद्रोहको ऐतिहासिक विवेचना : पूर्वी मधेसको


सन्दर्भ । मधेस विद्रोहको नालीबेली । भास्कर गौतम, सं., पृ. ३७–५८ । काठमाडौ ँ :
मार्टि न चौतारी ।
शाह, जिते न्द्र । २०६२ । माओवादीपीडितको चक्काजाम, ५१ पक्राउ, पछि रिहा ।
कान्तिपुर, वैशाख ३१, पृ. १ ।
हिमाल फोटो पत्रिका । २०६५क । कपिलवस्तुको आगो : २० को ज्यान गयो । वैशाख
१–१५ (अतिरिक्त अंक), पृ. ५३ ।
हिमाल फोटो पत्रिका । २०६५ख । मधेस आक्रोश । वैशाख १–१५ (अतिरिक्त अंक),
पृ. २० ।

अनुसच
ू ी १ : मंसिर २६, २०७१ मा रुपन्देहीको भैरहवामा सार्वजनिक
गरिएको वार्ता र सहमतिबारे रिपोर्ट
वार्ता : २१ समूहसँग
सहमति : २१ ओटै समूहसँग
हतियार बुझाएका समूह : ९

हतियार बुझाउने सशस्त्र समूहहरू


१. संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (संजय कुमार गुप्ता कौटिल्य समूह)
अध्यक्ष : संजय कुमार गुप्ता
वार्ता : २०७१/०४/२५ जनकपुर
सहमति : पाँच बँुदे ।
बुझाइएको : २०७१/०६/१० मा कपिलवस्तुमा वार्ता टोलीका सदस्यको रोहबरमा
नेपाल सरकारलाई ।

२. जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह)


अध्यक्ष : महाराज यादव
वार्ता : २०७१/०४/२६ जनकपुर
सहमति : चार बँुदे
बुझाइएको : २०७१/०६/०९ मा वीरगंजमा वार्ता टोलीका सदस्यको रोहबरमा
नेपाल सरकारलाई ।
के थियो प्रतिकार, कहाँ गए हतियार ? | 109

३. अखिल तराई मुक्ति मोर्चा (अजित सिंह)


अध्यक्ष : अजय यादव
वार्ता : २०७१/०४/२६ जनकपुर
सहमति : चार बँुदे
बुझाइएको : नेपाल सरकारलाई ।

४. मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)


अध्यक्ष : रामबाबु यादव
वार्ता : २०७१/०४/२६ जनकपुर
सहमति : पाँच बँुदे
बुझाइएको : २०७१/०८/२० गते जनकपुर र २१ गते सप्तरीमा सरकारलाई ।

५. माओवादी कम्युनिस्ट के न्द्र नेपाल


अध्यक्ष : निर्माण
वार्ता : २०७१/०५/०८ नेपालगञ्ज
सहमति : पाँच बँुदे
बुझाइएको : २०७१/०७/३० गते हेटौंडामा नेपाल सरकारलाई र दोस्रो चरणमा
मध्यपश्चिम क्षेत्रमा बुझाउने प्रतिबद्धता ।

६. संयुक्त जनक्रान्ति पार्टी नेपाल


(गजेन्द्र मण्डल समूह)
अध्यक्ष : भुवनेश्वर मण्डल
वार्ता : २०७१/०६/१२ काठमाडौ ँ
सहमति : चार बँुदे
बुझाइएको : २०७१/०८/२० गते जनकपुर र २१ गते सप्तरीमा सरकारलाई ।

७. तराई मिलिटरी मोर्चा


अध्यक्ष : मके श्वर महतो (आहूत सिंह)
वार्ता : २०७१/०६/२६ काठमाडौ ँ
सहमति : तीन बँुदे
बुझाइएको : २०७१/०८/२० गते जनकपुरमा सरकारलाई ।
110 | दीपक ज्ञवाली

वार्ता भएका समूहहरू


किरात जनवादी वर्कर्स पार्टी
संयुक्त जातीय मुक्ति मोर्चा नेपाल
स्टेट फोर्स लिम्बूवान
किरात जनवादी वर्कर्स पार्टी
मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्
संयुक्त जातीय मुक्ति मोर्चा नेपाल (विद्रोही समूह)
संघीय लिम्बूवान राज्य परिषद्
सयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (संजय कुमार गुप्ता समूह)
मधेशी भाइरस किलर्स
जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह)
अखिल तराई मुक्ति मोर्चा (अजित सिंह)
मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगतसिंह समूह)
माओवादी कम्युनिस्ट के न्द्र नेपाल
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समूह)
मंगोलियन नेशनल रिभोल्युसनरी पार्टी
जनतान्त्रिक तराई मुक्ति मोर्चा (मनोज मुक्ति समूह)
संयुक्त जनक्रान्ति पार्टी नेपाल (गजेन्द्र मण्डल समूह)
तराई मलेटरी मोर्चा
संयुक्त जातीय मुक्ति मोर्चा महरा समूह
तराई मधेशी टाइगर्स पार्टी ।

स्रोत: तत्कालीन प्रारम्भिक वार्ता उपसमिति, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 111

पाँच

गैरन्यायिक हत्या र मधेसमा न्याय

रामविकास चौधरी

प्रारम्भ
ने प ाली जनताले राजनीतिक आन्दोलनका धे रै उतारचढाव दे खे क ा-भोगे क ा छन् । ती
राजनीतिक आन्दोलनमा सुरक्षा-व्यवस्था कायम गर्ने नाममा सरकारी सुरक्षा निकायबाट
अँग ालिएका तौर-तरिकामध्ये एक हो गै र न्यायिक हत्या । ने पाल सरकार र तत्कालीन
नेपाल कम्यूिनष्ट पार्टी (नेकपा) माओवादीबीच भएको एक दशक लामो सशस्त्र युद्धमा
गैरन्यायिक हत्यालाई महत्त्वपूर्ण औजारको रूपमा दुवै पक्षले लिएको देखिन्छ । सरकारी
सुरक्षा निकायले माओवादी विद्रोही र जनतालाई तह लगाउन तथा माओवादी विद्रोहीले
सुरक्षाकर्मी र सर्वसाधारणलाई ठे गान लगाउन गैरन्यायिक हत्याको उपाय प्रयोग गरे को
देखिन्छ । यस्तो गैरन्यायिक हत्याको विधि दश वर्षे सशस्त्र द्वन्द्वको समाप्तिको घोषणा
पश्चात् पनि प्रयोग गर्ने क्रम रोकिएको देखिँदैन ।
सशस्त्र संघर्ष र हिंसापछि देशमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने र विश्वव्यापी
मानवअधिकार ने प ालमा पनि बहाली हु ने क्रममा छ । सं यु क्त राष्ट्र सं घ बाट पारित
मानवअधिकार सम्बन्धी नौ ओटा महासन्धिमध्ये सात ओटा महासन्धिको नेपाल पक्ष
राष्ट्र भइसके को छ । नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय
अनुबन्ध सन् १९९१ पनि अनुमोदन गरिसके को छ, जसको धारा ६ मा नागरिकको बाँच्न
पाउने अधिकारको व्यवस्था गरिएको छ । सुरक्षा व्यवस्था कायम गर्न गैरकानूनी हत्यालाई
महत्त्वपूर्ण औजारको रूपमा प्रयोग गरिँ दा नागरिकको बाँच्न पाउने अधिकार हनन् हुन्छ ।
दश वर्षे सशस्त्र द्वन्द्वपछि पनि नेपाली राज्यबाट तराई मधेसमा नागरिकको बाँच्न पाउने

१११
112 | रामविकास चौधरी

अधिकार हननको समस्या देखिएको छ । बढ्दो गैरन्यायिक हत्याले गर्दा रुपन्देही लगायतका
मधेस क्षेत्रका युवामा भयको वातावरण सिर्जना भएको छ ।
कानून व्यवस्थाकै रक्षकबाट दोहोरो भिडन्त (इन्काउन्टर) को नाममा रुपन्देही जिल्लामा
कानून विपरीत भएका हत्यालाई नियाल्दा देखिने अवस्था उपर यो लेख के न्द्रित छ । यस
लेखलाई पूर्णता दिन गैरन्यायिक (राज्यद्वारा) हत्याका घटना अध्ययन, घटनास्थल अनुगमन,
र पीडित पक्ष तथा सम्बन्धित निकायका तत्कालीन प्रहरी प्रमुखसँग गरिएको अन्तर्वार्तालाई
प्रयोग गरिएको छ । घटनाका साक्षी, प्रत्यक्षदर्शीका बयान र अनुसन्धानका सिलसिलामा
सम्बन्धित क्षेत्रमा कार्यरत मानवअधिकारकर्मी, पत्रकार लगायत राष्ट्रिय मानवअधिकार
आयोगसँग गरिएको छलफललाई समेत यस लेखमा समावेश गरिएको छ । यस्ता हत्याका
घटनामा वृद्धि भइरहँदा भएका कानूनी कारबाही र त्यस सम्बन्धी अदालतका निर्णय समेत
यसमा समेटिएका छन् । मधेसी नागरिक समाज, मधेसवादी नेता र पीडितका मनोभावना
तथा विचारलाई विश्लेषण गर्दै यस लेखमा तथ्य प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

पष्ठृ भूमि
राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा रुपन्देहीको भूमिका महत्त्वपूर्ण र
प्रभावशाली देखिन्छ । यसैका उदाहरण हुन्, जहानियाँ राणा शासन विरुद्ध के .आई. सिंहको
नेतृत्वमा २००७ सालमा भएको आन्दोलन र सामाजिक परिवर्तन, २०३७ सालको जनमत
संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा बहुमत, २०४६ साल र २०६२–२०६३ सालको
आन्दोलनमा उर्लिएको जनसागर ।
देशमा आफ्नो आधिपत्यलाई निरन्तरता दिन तथा सत्तामा आफ्नो वर्चस्व स्थापित
राख्न इतिहासका विभिन्न कालखण्डमा सरकार र प्रहरी प्रशासनले सबै जसो परिवर्तनमाथि
हिंसात्मक दमन गरे को पाइन्छ । २०१७ सालमा पञ्चायती व्यवस्थाको स्थापना कालदेखि
नै रुपन्देहीमा गै र न्यायिक हत्या हु ने गरे क ो इतिहास छ । २०२१ सालमा मधे स वादी
नेता रघुनाथ राय र लुदुर कहारको हत्या तथा २०२२ मा सत्यदेवमणि त्रिपाठीको हत्या
प्रहरी नियन्त्रणमा भएको बताइन्छ ।1 आफ्ना बुबा सत्यदेव मणि त्रिपाठीलाई भारतको
सीमावर्ती शहर नवतनवाबाट नेपाल प्रहरीका तत्कालीन जवान जगदीश त्रिपाठी र जनार्दन
मिश्रले समातेर ल्याई दिनदहाडै हत्या गरे को रुपन्देहीको कोटहीमाई गाउँ पालिका वडा नं.
७ मझगावा बस्ने छोरा गणेशमणि त्रिपाठीको दाबी छ ।2

1
कोटहीमाई गाउँ पालिका अध्यक्ष यादव चन्द्रभषू णसँग जेठ १९, २०७५ मा गरिएको कुराकानी ।
2
त्रिपाठीसँग कोटहीमाई गाउँ पालिका-५ स्थित प्रकाश मिष्ठान्न एण्ड चिया पसलमा असार
१, २०७५ मा गरिएको कुराकानी ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 113

दश वर्षे लामो द्वन्द्व पश्चात् मंसिर ५, २०६३ मा नेपाल सरकार र माओवादी विद्रोहीबीच
बृहत् शान्ति सम्झौता भयो, तर देश र जनताले शान्ति र लोकतन्त्रको अनुभूति गर्न पाएनन् ।
अन्तरिम संविधान २०६३ मा आफ्ना अधिकार स्थापित गराउन विभिन्न आन्दोलन हुन
थाले । यसै क्रममा सदियौदँ ेखि विभेद र वञ्चितीकरणमा परे को बताउँ दै अधिकारका लागि
सिंगो मधेस आन्दोलित हुन पुग्यो । २०६४ सालमा भएको मधेस विद्रोहको शुरूआती
चरणमै दमनमा उत्रेको सरकार पक्षबाट ६० जना मधेसी विद्रोही र आम जनता, जसमध्ये
नेपाल सरकारले पटक-पटक गरी ४८ जनालाई शहीद घोषणाको सिफारिस गरे को थियो
भने १२ जना बेपत्ताको सूचीमा थिए ।3 विद्रोहमा उत्रेका मध्ये कै यनलाई शारीरिक तथा
मानसिक रूपमा अपांग बनाइए भने कै यनमाथि विभिन्न मुद्दा लादिए । यसै क्रममा मधेसी
जनताका अधिकार प्राप्तिका लागि भन्दै शान्तिपूर्ण विद्रोहभन्दा फरक बाटो समात्ने मधेसी
सशस्त्र समूह च्याउ जस्तै उम्रिए । अनेक सशस्त्र समूह जन्मिएपछि मधेसी आन्दोलनकारी र
विद्रोहीमाथि दमन गर्न सरकारले बलियो आधार भेट्टायो । त्यसैको परिणाम स्वरूप मधेसी
युवाहरूको गैरन्यायिक हत्या तीव्र भयो ।
समाजमा सुरक्षा व्यवस्था कायम गर्न अपराध अनुरूपको कानूनी सजायको व्यवस्था
छ, तर लोकतन्त्र, शान्ति र राज्य पुनर्संरचनाका लागि जनआन्दोलनको अगुवाइ गरे का
राजनीतिक दलले चलाएको राज्यले पनि सं विधा न र कानून विपरीत दमनकारी बाटो
अँगालेको पाइन्छ । मेरो अध्ययन अनुसार बृहत् शान्ति सम्झौतापछि २०७५ पुस मसान्त
सम्ममा रुपन्देहीमा मात्र सुरक्षा निकाय, भूमिगत सशस्त्र समूह तथा मधेस आन्दोलनका
क्रममा समेत गरी ३८ जनाको हत्या भइसके को छ । जसमध्ये राज्य पक्षबाट १५ जना,
राजनीतिक प्रतिशोधका लागि गैरराज्य पक्षबाट १२ जना र मधेस आन्दोलनका क्रममा
११ जनाको गैरन्यायिक हत्या भएको थियो ।

लोकतान्त्रिक गणतन्त्रमा रुपन्देहीमा गैरन्यायिक हत्या


ने प ालको इतिहासमा बृह त् शान्ति सम्झौता पश्चात् तराई मधे स को रुपन्देही जिल्लामा
गै र न्यायिक हत्याको क्रम बढे क ो छ । मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न
संघसंस्थाले अध्ययन गरे अनुसार यस जिल्लामा माघ २७, २०६५ देखि पुस २०७५ सम्म
१५ जनाभन्दा बढीको गैरन्यायिक हत्या भएको छ (हेर्नुहोस्, तालिका १) । कहिले दोहोरो
भिडन्तका नाममा त कहिले विद्रोहीमाथि दमनको निहुँमा भएका ती हिंसात्मक घटनामा
कानून र न्यायको अभाव देखिनाले तिनलाई राज्यबाट नियोजित रूपमा गरिएका गैरन्यायिक
हत्या मानिएको हो । भदौ २९, २०७२ मा मधेस अन्दोलनका क्रममा भैरहवा-लुम्बिनी
3
हेर्नुहोस्, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, द्वन्द्व व्यवस्थापन महाशाखा, काठमाडौकँ ो पत्र
संख्या ०६८/६९ को चलानी नं. ४१ ।
तालिका १ : गै रन्यायिक हत्या गरिएका व्यक्तिहरूको विवरण 114
घटना गराउने / जिम्मेवारी
क्र.स.ं मृतकको नाम (उमेर) ठे गाना घटनास्थल घटना मिति मृतकको आबद्धता
लिने पक्ष
सि.न.पा.-६
माओवादीबाट राजनीति गरे का अख्तर मधेस
बब्लु भन्ने अख्तर सि.न.पा.-६ पिपरहियास्थित जेठ ३१, २०६५, जि.प्र.का. रुपन्देहीबाट
| रामविकास चौधरी

१ ु जनतान्त्रिक मक्ु ति
आन्दोलनमा सक्रिय हुदँ ै सयं क्त
अली मसु लमान (२८) पिपरहिया, रुपन्देही मृतकको आफ्नै सतु ्ने राति १०:३० बजे खटिएको घमु वु ा प्रहरी टोली
मोर्चाका जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाइ
कोठा

रा.प्र.पा. निकटका मानिने सहाबद्ु दीन मसु लमान


रोहिणी-३ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माओवादी प्रतिकार समिति हुदँ ै मधेस
सहाबद्ु दीन मसु लमान सि.न.पा.-३, माघ २७, २०६५,
२ रोहिणी खोलाको पल
ु रुपन्देहीबाट खटिएको प्रहरी आन्दोलनमा सक्रिय भएपछि अखिल तराई मक्ु ति
(३२) खजहना, रुपन्देही राति
नजिक गस्ती टोली मोर्चासित आबद्ध रही चन्दा आतंक मच्चाएको
प्रहरीको भनाइ
माओवादीबाट राजनीति थालेका मिश्र मधेशी
मायादेवी-१, रोहिणी-३ स्थित जिल्ला प्रहरी कार्यालय जनअधिकार फोरमबाट मधेस आन्दोलनमा सक्रिय
माघ २७, २०६५,
३ ध्वरु राज मिश्र (३१) हाटीबनगाई, रोहिणी खोलाको पल
ु रुपन्देहीबाट खटिएको प्रहरी हुदँ ै अखिल तराई जनतान्त्रिक मक्ु ति मोर्चासँग
राति
रुपन्देही नजिक गस्ती टोली आबद्ध रही चन्दा आतंकमा सल ं ग्न रहेको प्रहरीको
भनाइ
माओवादीबाट राजनीति गरे का रामबलि मधेस
रोहिणी-३ स्थित
मायादेवी-६ फागनु १५, २०६५, जि.प्र.का. रुपन्देहीबाट आन्दोलनमा फोरमबाट सक्रिय हुदँ ै मधेशी मक्ु ति
४ रामबलि चौहान (३०) रोहिणी खोलाको पल

मोतिपरु , रुपन्देही दिउँसो ११ बजे खटिएको प्रहरी गस्ती टोली टाइगर्सका परासी जिल्ला इन्चार्ज भएर चन्दा
नजिक
आतंक मच्चाएको प्रहरीको भनाइ
घटना गराउने / जिम्मेवारी
क्र.स.ं मृतकको नाम (उमेर) ठे गाना घटनास्थल घटना मिति मृतकको आबद्धता
लिने पक्ष

कात्तिक ९, २०६६, रा.प्र.पा. हुदँ ै मधेसवादी आन्दोलनमा सक्रिय


अब्दुल सहीदलु ्लाह सम्मरीमाई-७, कोटहीमाई-७, प्रहरी चौकी बेथरीबाट
५ दिउँसो करिब ११:३० भएपछि अखिल तराई मक्ु ति मोर्चासँग आबद्ध रही
देवान (२८) भैसागहन, रुपन्देही परसहवास्थित बगैचा खटिएको प्रहरी टोली
बजे चन्दा आतंक मच्चाएको प्रहरीको भनाइ

मायादेवी
गाउँपालिकास्थित
मायादेवी-६, परु ै नी, असार १९, २०६७,
६ धर्मेन्द्र बरई (१५) प्रहरी चौकी शिवपरु प्रहरी चौकी शिवपरु खजरु िया सर्वसाधारण
रुपन्देही शनिबार
खजरु ियाको हिरासत
कक्षमा

मायादेवी-३ स्थित
माओवादीबाट राजनीति गरे का इस्तियाक फोरम हुदँ ै
सैतानसिंह (प्रबल) भैरहवा-लम्बि
ु नी
सि.न.पा.-१, असोज ९, २०६७, प्रहरी चौकी बेथरीबाट अखिल तराई जनतान्त्रिक मोर्चाका के न्द्रीय सदस्य
७ भन्ने इस्तियाक अहमद सडक खण्डमा पर्ने
बेलहिया, रुपन्देही राति करिब ९ बजे खटिएको प्रहरी टोली रहेका बखत अपहरण, हत्या, विस्फोट र चन्दा
पठान (३२) दानवनदी पलु को
आतंकमा संलग्न रहेको प्रहरीको भनाइ
किनारमा
सम्मरीमाई-१
ग्राम बडहरा, जिला सम्मरीमाई गाउँपालिका-१
गैरन्यायिक हत्या र मधेसमा न्याय |

हडबडहवा स्थित कात्तिक ११, २०६७,


८ हरिके श यादव (२८) सिद्धार्थनगर, उत्तर स्थित प्रहरी चौकी मडु िला- भारतीय नागरिक, सर्वसाधारण
नेपाल-भारतको बिहान करिब ८ बजे
115

प्रदेश, भारत करौता


सीमाना नजिक
घटना गराउने / जिम्मेवारी 116
क्र.स.ं मृतकको नाम (उमेर) ठे गाना घटनास्थल घटना मिति मृतकको आबद्धता
लिने पक्ष
माओवादीको मधेशी मक्ु ति मोर्चाबाट राजनीति
फागनु २२, २०६७, गरे का साह पछि जनतान्त्रिक तराई मधेश मक्ु ति पार्टी
भवानी सिंह भन्ने सि.न.पा.-३, मायादेवी-३ स्थित इ.प्र.का. लम्बि
ु नीबाट
९ राति करिब ११:३० (भगत सिहं )का रुपन्देही इन्चार्ज रही आगजनी,
| रामविकास चौधरी

कृ पाकान्त साह (३०) दरखसवा, रुपन्देही हीरा इँटा भट्टा नजिक खटिएको प्रहरी टोली
बजे विष्फोट र चन्दा आतंकमा संलग्न रहेको प्रहरीको
भनाइ

ग्राम बरदहवा, फागनु २२, २०६७,


मायादेवी-३ स्थित इ.प्र.का. लम्बि
ु नीबाट
१० सर्यप्र
ू काश शकु ्ल (३२) जिला सिद्धार्थनगर, राति करिब ११:३० भारतीय काँग्रेसका कार्यकर्ता र एल.आई.सी. एजेन्ट
हीरा इट्टा भट्टा नजिक खटिएको प्रहरी टोली
उत्तर प्रदेश, भारत बजे

सनु वल रोहिणी-३, बैकुण्ठपरु माओवादीबाट राजनीति थालेका चमार मधेस


सम्राट भन्ने अनील वैशाख १५, २०६८, इ.प्र.का. धकधईबाट
११ नगरपालिका-९, स्थित रोहिणी खोला आन्दोलनमा सक्रिय भएपछि अखिल तराई मक्ु ति
चमार (२७) राति करिब १२ बजे खटिएको प्रहरी टोली
स्वाठी, नवलपरासी पलु को नजिक मोर्चा (गोइत) समहू का परासी इन्चार्ज थिए

सम्मरीमाई-६, सम्मरीमाई-६ स्थित


१२ राम सेवक धोबी (२८) साउन २७, २०६८ इ.प्र.का मर्चवार सर्वसाधारण, मजदरु
परसहवा, रुपन्देही ई.प्र.का. मर्चवार
घटना गराउने / जिम्मेवारी
क्र.स.ं मृतकको नाम (उमेर) ठे गाना घटनास्थल घटना मिति मृतकको आबद्धता
लिने पक्ष
माओवादीको योङ कम्युनिस्ट लिगबाट राजनीति
देवदह देवदह फागनु ९, २०७४, थालेका पनु पछि एमालेको यथु फोर्स रुपन्देही,
के न्द्रीय अनसु न्धान ब्रयू ोबाट
१३ मनोज पनु (२९) नगरपालिका नगरपालिका-४, बधबा
ु र बिहान ३:३० निर्वाचन कमिटी क्षेत्र नं. १ का कोषाध्यक्ष; एमाले
खटिएको प्रहरी टोली
खैरेनी, रुपन्देही भवानीपरु बजे नेता दर्गा
ु तिवारीको हत्याको जिम्मा लिएपछि उनी
प्रहरीको मोष्ट वान्टेड सचू ीमा थिए
सिद्धार्थनगर
देवदह फागनु ९, २०७४, प्रहरीको खोजी सचू ी वा अन्य कुनै आबद्धता
नगरपालिका-१३, के न्द्रीय अनसु न्धान ब्रयू ोबाट
१४ सोम आले (२७) नगरपालिका-४, बधबा
ु र बिहान ३:३० नदेखिएका आले मनोज पनु को सहयोगीका रूपमा
शान्तिनगर, खटिएको प्रहरी टोली
भवानीपरु बजे रहेको प्रहरीको भनाइ
रुपन्देही
माओवादीबाट राजनीति गरे का सहानी मधेस
सिद्धार्थनगर
सिद्धार्थनगर पसु २८, २०७५, जिल्ला प्रहरी कार्यालय आन्दोलनमा सक्रिय भएपछि जनतान्त्रिक मक्ु ति
नगरपालिका-६,
१५ के दार सहानी (३५) नगरपालिका-१०, शनिबार राति १२:०० रुपन्देहीबाट खटिएको सादा मोर्चा आजाद समहू सँग आबद्ध रही हत्या लटु पाट,
गल्लामण्डी,
शकं रपरु बजे पोसाकमा रहेको गस्ती टोली आगजनी र अपहरणका घटनामा संलग्न रहेको
रुपन्देही
प्रहरीको भनाइ
स्रोत : माहुरी होम कपिलवस्तुमा उपलब्ध दस्तावेज; इन्सेक (सन् २००९, सन् २०१०, सन् २०११, सन् २०१२, सन् २०१८ ); मानवअधिकार तथा शान्ति समाजमा
गैरन्यायिक हत्या र मधेसमा न्याय |

उपलब्ध दस्तावेज; तथा लेखकको व्यक्तिगत अध्ययन ।


117
118 | रामविकास चौधरी

सडक खण्डस्थित व्यस्त बेथरी बजारलाई घेरा हाली प्रहरीले गोली चलाउँ दा ६ जना निशस्त्र
र निर्दोष हटियामध्ये चार जनाको तत्काल तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको
थियो ।4 यसअघि भदौ ३ गते चार जना मधेसी आन्दोलनकारीलाई रुपन्देहीको सदरमुकाम
भैरहवा र बेलहियामा सादा पोशाकका प्रहरीले कुटे र हत्या गरे को प्रत्यक्षदर्शी रविकान्त
उपाध्यायको भनाइ छ ।5 सरकारले राजनीतिक प्रतिशोध लिन र राज्य व्यवस्था निर्धक्कसँग
सञ्चालन गर्न रुपन्देही लगायत तराई मधे स मा गै र न्यायिक हत्या गर्दै आएको तराई
मानवअधिकार सञ्जालका रुपन्देही संयोजक अग्नि शक्ति यादवको दाबी छ ।6

न्याय र कानून बिनाको डण्डा


“आफ्नै छोरा जस्तो ठानेर आँगनमा आएका प्रहरीलाई पानी खान दिएँ । तिर्खा मेटाएको
गुन तिर्नुको साटो तिनै प्रहरीले मेरो छोराको ज्यान लिए ।” गहभरि आँसु पार्दै मायादेवी-
६ शिवपुर, पुरैनीकी ६० वर्षीय विद्यावती बरई भन्छिन्, “मेरो छोरा मार्ने लाई म त्यसै
छोड्दिनँ । म आमा चाहिँको सरापले उनको जहान सिध्याउँ छ ।”7
असार १९, २०६७ शनिबार राति प्रहरी चौकी शिवपुर , खजुर ियाको हिरासतमा
राखिएका १५ वर्षीय धर्मेन्द्र बरईको अचानक मृत्यु भएको थियो । नाबालक बरईलाई
शंकाको आधारमा पक्राउ गरी अनुसन्धानको क्रममा प्रहरी चौकीको हिरासतमा राखिएको
थियो । अघिल्लो साँझ सडक दुर्घटनामा परे र सोही ठाउँ बस्ने ५५ वर्षीय रामके श कहारको
मृत्यु भएको थियो । भैरहवाबाट कहारसँगै घर फर्कि रहेका स्थानीय परशुराम पासीको मौखिक
उजुरीका आधारमा अनुसन्धानका लागि भन्दै प्रहरीले बरईलाई हिरासतमा लिएको थियो ।
हरिराम बरई आफ्नो छोरो छुटाउन त्यही दिन आफन्त र छिमेकी सहित प्रहरी चौकी
शिवपुर खजुरिया पुगेका थिए, तर उनीहरू रित्तो हात फर्क नुप¥ यो । “तपाईको ँ छोरा मेरो
छोरा जस्तै त हो, आज जानुस्, भोलि बिहान आउनुस्, चौकी प्रमुख प्रहरी सहायक
निरीक्षक नेत्रबहादुर खत्रीले भनेका थिए, विश्वास गरे र घर फर्के र आएँ । भोलि त लाश पो
हेर्नुप¥ यो छोराको ।” हरिराम बरई थप भन्छन्, “खाइलाग्दो ज्यान रहेको मेरो छोरो कहिल्यै

4
www.sancharak.com/2015/12/25 मा उपलब्ध; असोज २८, २०७६ मा हेरिएको ।
5
उपाध्यायसँग मधेश मानवअधिकार गृहको भैरहवास्थित शाखा कार्यालयमा असोज २९,
२०७४ मा गरिएको कुराकानी । हेर्नुहोस्, www.sancharak.com/2015/12/11/; असोज २८,
२०७६ मा हेरिएको ।
6
यादवसँग भैरहवास्थित तराई मानवअधिकार रक्षक सञ्जालको कार्यालयमा वैशाख २१,
२०७५ मा गरिएको कुराकानी ।
7
विद्यावती बरईसँग निजको मायादेव ी-६ पुरैन ीस्थित निवासमा वैश ाख २५, २०७५ मा
गरिएको कुराकानी ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 119

पनि बिरामी परे को मलाई सम्झना छै न ।”8 एकतिर प्रहरीले रोगका कारण धर्मेन्द्र बरईको
मृत्यु भएको दाबी गर्दै आएको छ । अर्कोतिर रुपन्देहीका तत्कालीन प्रहरी प्रमुख तथा
उपरीक्षक शेरबहादुर बस्नेत सर्पले टोके र उनको मृत्यु भएको हुन सक्ने अनुमान गर्दै भन्छन्,
“हिरासतमा रहेका धर्मेन्द्र राति १० बजे एक्कासी बिरामी भएपछि उपचारका लागि भैरहवा
ल्याउँ दै गर्दा बाटोमै मृत्यु भयो । भैरहवा भीम अस्पतालले उनको मृत्यु पहिले नै भइसके को
जनायो ।” तर प्रहरी चौकीमा बालकका लागि हिरासत कक्ष भए-नभएको र नाबालकलाई
त्यहाँ राख्न हुने-नहुने सम्बन्धमा उनी के ही बोल्न चाहेनन् ।9 मायादेवी-६, पुरैनीका सुनील
उपाध्याय भन्छन्, “धर्मेन्द्रलाई बिजुलीको करे न्ट प्रयोग गरी हत्या गरिएको हो । प्रहरीले
करे न्ट लगाउँ दै लट्ठीले कुट्दै हत्या गरे का हुन् । धर्मेन्द्रको कुममा करे न्ट लगाइएको डाम
थियो । हात र पैतालाको छाला उप्किएको देखिएको थियो (हेर्नुहोस्, तस्बिर १, २, ३ ) ।”10

धर्मेन्द्रका बुबा हरिराम बरईले विपक्षी


प्रहरीलाई किटान गरी दायर गरे को मुद्दाको
सुनुवाइ गर्दै भदौ ११, २०७० मा सर्वोच्चले
दिएको फै सलामा लेखिएको छ, “सरकारी
मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ६ र ७
ले निर्दिष्ट गरे बमोजिम जिल्ला प्रहरी
कार्यालय रुपन्देहीबाट अनुसन्धानको प्रक्रिया
भए गरे क ो नदे ख िँ द ा मु द् दाको अनु स न्धान
तहकीकातको कार्य गर्नू भनी विपक्षी जिल्ला
कार्यालयको नाममा परमादे श जारी हु ने
पुनरावेदन अदालत बुटवलको मिति २०६७
तस्बिर १ : मृतक धर्मेन्द्र बरई माघ १२ को आदेश सदर हुने ।”
(सौजन्य : माहुरी होम) । रुपन्देही प्रहरीले अहिलेसम्म मुद्दा दर्ता
गरी अनुस न्धान तहकीकात गरे क ो छै न । नाबालक धर्मेन्द्र बरईको शरीरमा देख िएका
नीलडामले निजको मृत्यु यातनाबाट भएको देखिन्छ; तर प्रहरी अधिकारीहरू कारबाही र
अनुसन्धानको साटो मृत्युका अनेक कारण खोज्दै आफ्नो बचाउतर्फ लागेका देखिन्छन् ।
8
हरिराम बरईसँ ग निजको मायादे व ी-६ पु रै न ीस्थित निवासमा वै श ाख २५, २०७५ मा
गरिएको कुराकानी ।
9
बस्नेतसँग टे लिफोनमा असार २१, २०६७ मा गरिएको कुराकानी ।
10
उपाध्यायसँग जिल्ला प्रहरी कार्यालय रुपन्देही अगाडि असार २१, २०६७ मा गरिएको
कुराकानी ।
120 | रामविकास चौधरी

एकतिर नाबालकलाई हिरासतमा राख्न नपाइने अवस्थामा चौकीको हिरासत कक्षमा


राख्ने कार्य आफै मा गै र कानून ी थुन ा हु न जान्छ । अर्कोतिर शं क ाको आधारमा पक्राउ
गरी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा राखेर नाबालकलाई यातना दिने तथा अन्य
अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्धि र यातना तथा क्षतिपूर्ति
सम्बन्धी ऐन २०५३ विपरीत हुन्छ ।

तस्बिर २ : यातनाबाट हात र तस्बिर ३ : कुममा करे न्ट लगाइएको मृतक धर्मेन्द्र बरई
पाइतलाको छाला उप्किएको मृतक (सौजन्य : माहुरी होम) ।
धर्मेन्द्र बरई (सौजन्य : माहुरी होम) ।

सम्मरीमाई-७, भै स ागहनका अब्दुल सहीदुल ्लाह देव ानको मृत ्यु पनि शं क ास्पद र
विवादास्पद रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँदै मधेसवादी आन्दोलनमा सक्रिय
भएका देवानमाथि अखिल तराई मुक्ति मोर्चासँग आबद्ध रही चन्दा आतंक मच्चाएको
प्रहरीको आरोप छ । प्रहरीले देवानको मृत्यु भिडन्तमा भएको दाबी गरे पनि स्थानीयका
अनुसार कात्तिक ९, २०६६ मा उनको नियोजित रूपमा हत्या गरिएको हो । त्यस दिन
दिउँ सो ११:३० बजे परसहवा चोकमा दारी फालिरहेको बेला उनलाई प्रहरीले नै फोन
गरी बोलाएको र त्यहाँ बाट नजिकै रहेक ो आँ प को बगै चँ ामा गोली हानी हत्या गरे क ो
खबर कात्तिक ११, २०६६ को मेचीकाली राष्ट्रिय दैनिक लगायतका सञ्चार माध्यममा
आएको थियो । उनको मृत्यु कात्तिक ९ गते दिउँ सो ११:३० बजे हुँदाहुँदै पनि जिल्ला
प्रहरी कार्यालय रुपन्देहीले त्यही दिन साँझ पत्रकार सम्मेलन गरी “अघिल्लो राति भएको
दोहोरो भिडन्तमा उनको मृत्यु भएको” भनी गलत समाचार प्रकाशनमा ल्याएको तथ्य त्यस
बेलाका सञ्चार माध्यममा आएका सामग्री अध्ययन गर्दा प्रस्ट हुन्छ ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 121

आफ्ना छोरा अब्दुल सहीदुल्लाह देवानको मृत्युको विषयमा स्थानीय प्रहरीले मुद्दा
दर्ता नगरे पछि अदालतको ढोका ढकढक्याउन बाध्य भएको बताउँ छन् उनका बुबा अब्दुल
मजिद देवान । उनी भन्छन्, “मुद्दा दर्ता गरी कारबाही किनारा लगाउन पुनरावेदन अदालत
बुटवलले परमादेश गरे को वर्षौं बितिसक्यो, तर प्रहरीले कुनै कारबाही अघि बढाएको
छै न । अदालतको आदेश समेत नमान्ने नेपाल प्रहरीमाथि नागरिकले के भरोसा गर्ने ?”11
गैरन्यायिक हत्या पीडित परिवार रुपन्देहीका संयोजक समेत रहेका अब्दुल मजिद देवान
अहिलेसम्म न्यायको पर्खाइमा छन् । न्याय र शान्तिका लागि खटिएको रुपन्देही प्रहरीले भने
अदालत र महान्यायाधिवक्ताको कार्यालय समेतको आदेश पालना नगरी मुद्दा अनुसन्धानको
मिसिल थन्क्याएर राखेको छ । मुद्दाको मिसिल सहित आरोपीलाई सरकारी वकिलको
कार्यालयमा उपस्थित गराउनुपर्ने पुनरावेदन अदालत र महान्यायाधिवक्ताको कार्यालयको
आदेश रहेको छ, जसलाई बेवास्ता गरिएको छ ।
नेपाल सद्‌भावना पार्टीका पूर्व महासचिव एवं समाजसेवी हरिश्चन्द्र सिंह कुर्मी भन्छन्,
“सम्मरीमाई-७, भैसागहनका अब्दुल सहीदुल्लाह देवानलाई परसहवा चोकबाट बोलाएर
के ही पर लगेर हत्या गरे को देखिएकै हो ।”12 मधेस आन्दोलनका क्रममा देखिएको जन
उत्साहलाई निस्तेज पार्न प्रहरीले विभिन्न बहानामा आम मधे स ी नागरिकलाई समे त
आफ्नो शक्तिको शिकार बनाएको बताउने कुर्मीका अनुसार रुपन्देहीमा प्रहरीले थुप्रैलाई
गैरन्यायिक हत्या गरे को छ ।
बरई र देवानजस्ता अरू पनि नेपाली नागरिकलाई प्रहरीले भारतबाट समेत पक्राउ गरी
नेपाल ल्याएर मुठभेडका नाममा हत्या गरे का खबर सञ्चार माध्यममा पटक-पटक आएका
छन् । सिद्धार्थनगर नगरपालिका-३, भैरहवा, रुपन्देहीका कृ पाकान्त साह र भारतीय नागरिक
सूर्यप्रकाश शुक्ला फागुन २२, २०६७ राति ११:३० बजे मायादेवी गाउँ पालिका-३ स्थित
हीरा इँटा भट्टा नजिक एकै साथ मारिए । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिलाको
नौगढ रे लवे स्टेसनबाट पक्राउ गरी ल्याएर उनीहरूलाई मारिएको खबर भारतीय अखबारमा
छापिएको थियो । भारतीय पत्रिका अमर उजालाको खबर अनुसार “भारतमा पक्राउ गरी
नेपाल प्रहरीलाई गैरकानूनी तवरले सुपुर्द गरी हत्यामा सहयोग गरे को आरोपमा भारतीय
एसओजी का जवान नरे न्द्रमणि त्रिपाठी, अकरम हुसेन र एसओजी इन्चार्ज एस.ओ. पंकज
शाही वा उपेन्द्रकुमार सिंहलाई भारत सरकारले निलम्बन गरी कारबाही प्रक्रिया अघि
बढाएको थियो । त्रिपाठी र हुसेनलाई सिद्धार्थनगर कारागार चलान गरी बैरेक नं. ३ मा
राखिएको थियो” (हेर्नुहोस्, तस्बिर ४) । दैनिक जागरणले पनि घटनाका मुख्य अभियुक्त
11
मजिदसँ ग निजको सम्मरीमाई-७ को भै स ागहनस्थित निवासमा चै त ५, २०७६ मा
गरिएको कुराकानी ।
12
कुर्मीसँग पिपरहवास्थित उनको निवासमा चैत १, २०७५ मा गरिएको कुराकानी ।
122 | रामविकास चौधरी

एस.ओ. पंकज शाही वा उपेन्द्रकुमार सिंह फरार रहेको र भारतीय प्रहरीले खोजी गरिरहेको
समाचार छापेको थियो (दैनिक जागरण सन् २०११) ।

तस्बिर ४ : अमर उजाला (सन् २०११) मा प्रकाशित समाचार ।

यसै गरी देवदह, रुपन्देहीका मनोज पुन र भैरहवामा अस्थायी ठे गाना भएका उनका
साथी सोम आले पनि फागुन ९, २०७४ बिहान ३:३० बजे नियोजित हत्याका शिकार
भएको शंका गर्ने आधार बलिया छन् । उनीहरूलाई ६ गते नै भारतको गोवास्थित मनोज
पुनको कोठाबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको समाचार बाहिर
आएको थियो, तर प्रहरीले पुष्टि गरे को थिएन (गोतामे २०७४) ।13
यसअघि पुस ४, २०७३ मा युव ा सं घ , रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या
भएको करिब २२ दिनपछि नेपालको के न्द्रीय अनुसन्धान ब्यूरोको टोली पुनलाई खोज्दै
भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोके शन पछ्याउँ दै भारतको गोवा पुगेको
13
हेर्नुहोस्, www.youtube.com/watch?v=ZrcnpudVuJI; असोज २८, २०७६ मा
हेरिएको ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 123

थियो । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनुभन्दा दुई वर्ष अघिदेखि नै पुन भारतको
गोवास्थित मर्दिममा डे रा गरी बस्दै आएका थिए । डे रामा पुग्दा पुन दिल्ली पुगिसके को
थाहा भएको र चार पाँच दिनपछि उनी सम्पर्क विहीन भएको अवस्थामा प्रहरी खाली
हात फर्के को थियो । फागुन ९, २०७४ को रिपोर्टर्सनेपाल डट कमले “गुण्डा नाइके मनोज
पुनको नाटकीय इन्काउन्टर, इन्काउन्टरकै लागि पक्राउ घटना गुपचुप” शीर्षकमा समाचार
छापेको थियो जुन पछि हटाइएको छ ।
विगतमा कृ पाकान्त शाह र अब्दुल सहीदुल ्लाह देव ानलाई पनि समाते र मारे क ो
उदाहरणले मनोज पुन र उनका साथी सोम आलेलाई गरिएको प्रहरी इन्काउन्टरबारे पनि
अनेक आशंका उब्जाएको हो । ती घटनासँग पुनलाई गोवामा समातिएको घटना मिल्दोजुल्दो
देखिएका छ । त्यसैले उनीहरूको मृत्यु दोहोरो भिडन्तमा नभई नियोजित आक्रमणमै भएको
हुन सक्ने सम्भावना बढी छ । शार्पशूटरको रूपमा चिनिने पुनले स्वाभाविक अवस्थामा
रहेका प्रहरीलाई ताके र पहिलो प्रहार गर्दा प्रहरीतर्फ कुनै क्षति नभएको र पुनको शरीरमा
मात्रै १२ ओटा तथा सोम आलेको शरीरमा आठ राउण्ड गोली प्रहार हु नु स्वाभाविक
देखिँदैन । दोहोरो भिडन्त भनिएको घटनामा एकतर्फी रूपमा यति धेरै गोली प्रहार हुनुले
पनि यस घटनालाई शंकास्पद बनाएको छ ।

घटना विश्लेषण
पहिलो संविधान सभाको निर्वाचन पश्चात् माघ २७, २०६५ देखि रुपन्देहीमा गैरन्यायिक
हत्याको क्रम पुनः शुरू भएको देखिन्छ । रुपन्देहीमा प्रहरी हिरासत र कारबाहीका क्रममा
२०६५ सालमा चार जनाको मृत्यु भएको थियो । त्यस्तै, २०६६ सालमा एक, २०६७
सालमा पाँच, २०६८ मा दुई, २०७४ मा दुई तथा २०७५ सालमा एक गरी जम्मा १५
जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा मारिएका व्यक्तिमा मधेसी मुस्लिम चार, मधेसी ब्राह्मण दुई, मधेसी दलित
दुई, मधेसी पिछडा वर्गका पाँच तथा पहाडी जनजातिका दुई जना युवा छन् । उल्लिखित
समयावधिमा हत्या गरिएकाहरू १५ जनामध्ये १३ जना नेपाली नागरिक थिए भने दुई जना
भारतीय नागरिक । एक नाबालक सहित दुई जनाको मृत्यु प्रहरी हिरासतमा यातनाबाट
भएको देखिन्छ । बाँकी १२ जनाको मृत्युको कारण प्रहरी सितको दोहोरो भिडन्तमा भएको
जनाइएको छ । मृतकमध्ये कम्युनिस्ट राजनीतिक पृष्ठभूमि भएका दुई जना पहाडी जनजाति
र मधेसवादी राजनीतिक पृष्ठभूमि भएका नौ जना तथा एक जना भारतीय नागरिक रहेका
छन् । प्रहरीले अधिकांश मृत्यु दोहोरो भिडन्तका क्रममा भएको दाबी गर्ने गरे को छ, तर
प्राप्त सूचना तथा तथ्यले ती सबै घटनामा सुरक्षा निकायको दाबीलाई पुष्टि गर्दैनन् ।
124 | रामविकास चौधरी

(क) घटना अध्ययन गर्दा भैरहवा-परासी हुलाकी सडकखण्ड स्थित रोहिणी खोला पल ु को दक्षिण
पश्चिम किनारामा सर्वाधिक दोहोरो भिडन्त भएको देखिन्छ । यस ठाउँमा प्रहरीको गोलीबाट
विभिन्न समय र मितिमा राजनीतिक रूपमा प्रशिक्षित मानिएका चार जना मधेसी यवु ाको
मृत्यु भएको पाइन्छ । त्यसै गरी भैरहवा-लम्बि ु नी सडक खण्डस्थित दानव पल ु छे उमा एक,
हीरा इँटा भट्टा नजिक दईु , र अन्य ठाउँमा पाँच ओटा दोहोरो भिडन्त भएको प्रहरीले बताए
पनि भिडन्तका क्रममा प्रहरीतर्फ कुनै क्षति भएको भने देखिँदनै ।
प्रहरीको दाबी अनसु ार यसरी दोहोरो भिडन्तमा मृत्यु हुनहे रूमा प्रहरीको सर्वाधिक खोजी
सचू ीमा रहेका ११ जना आपराधिक प्रवृत्तिका नेपाली तथा एकजना भारतीय शार्पशटु र रहेका
छन् । प्रहरी गस्ती टोलीमाथि पहिलो आक्रमण गर्ने ती शार्पशटु र भनिएकाहरूबाट प्रहरीतर्फ
कुनै क्षति भएको उदाहरण पाइँदनै । कुनै क्षतिबिना आपराधिक प्रवृत्तिका शार्पशटु रहरूलाई
तह लगाउने प्रयासले कि त प्रहरीको कार्यकुशलताको प्रमाण दिन्छ या त नियोजित घटनातिर
संकेत गर्छ ।
त्यसै गरी २०६६ कात्तिकमा अब्दुल सहीदलु ्लाह र २०६७ असोजमा इस्तियाक
अहमदको मृत्यु प्रहरी चौकी बेथरीका तत्कालीन इन्चार्ज एवं प्रहरी नायब निरीक्षक सहितको
टोलीको गोली प्रहारबाट भएको देखिन्छ । अर्को विचारणीय तथ्य हो, अब्दुल सहीदलु ्लाह
देवान मारिएको घटनास्थल मर्चवारको परसहवा चोक प्र.ना.नि शम्भु उपाध्यायको
कार्यक्षेत्र बेथरी प्रहरी चौकीको सीमाबाट करिब १२ किमी दक्षिणमा अवस्थित छ । आफ्नो
कार्यक्षेत्रभन्दा निकै दरू ीमा रहेको स्थानमा उपाध्याय नेततृ ्वको प्रहरी टोलीबाट कसरी भिडन्त
भयो, यो प्रश्नको विषय हो । उपाध्यायलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर गस्ती गर्ने
कार्यादेश गृह मन्त्रालयले पक्कै पनि दिएको देखिँदनै ।
(ख) माघ २०६५ देखि पसु २०७५ सम्म अध्ययन गरिएका सबै घटनाको प्रहरीले निष्पक्ष
अनसु न्धान हालसम्म गर्न सके को छै न । प्रहरीले काननू ी व्यवस्था स्थापनाका लागि निर्वाह
गरे को कर्तव्यकै क्रममा ती व्यक्तिको ज्यान गएको हो भने पनि निष्पक्ष अनसु न्धान जरुरी हुन्छ ।
मृतकलाई लागेका गोली कुन कोणबाट र कति दरू ीबाट चलाइएका हुन,् प्रहरी प्रतिवेदनमा
कही ँ-कतै उल्लेख छै न । प्रहरीले यस्ता घटना सम्बन्धमा दिएका वक्तव्य सबैजसो समान र
बनावटी खालका छन् । दोहोरो भिडन्त भएको भनिएका सबै घटनामा पहिले आफूहरूमाथि
गोली प्रहार भएको र जवाफी कारबाहीमा सशस्त्र समहू का एक-दईु जनाको मृत्यु भएको
बताउने गरे को देखिन्छ । दोहोरो भिडन्तको क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर
उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको वा गोली कसले चलाएको कुरा खलु ्न
नआएकोले खल ु ेको बखत काननू बमोजिम हुने गरी अनसु न्धान कार्यलाई नै टुंग्याइएको
देखिन्छ ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 125

अर्कोतर्फ , समान तहका प्रहरी कर्मचारीबाट भएका प्रारम्भिक अनुसन्धानमा


विश्वसनीयताको समेत कमी देखिन्छ । घटनामा संलग्न प्रहरी र अनसु न्धान गर्ने प्रहरी समान
तहकै भएबाट निष्पक्ष अनसु न्धान भएको वा नभएको यकिन भन्न कठिन छ । यस्ता घटनाको
निष्पक्ष अनसु न्धान गरी न्याय प्रदान गर्न संयक्त
ु राष्ट्र संघीय सन्धि जनित मानवअधिकार
समितिले आफ्नो प्रतिवेदनमा नेपाललाई सिफारिस गरे को छ,14 तर हालसम्म कारवाही
हुन सके को छै न । यीमध्ये कुनै पनि घटनाबारे राज्य पक्षले पीडितलाई सार्वजनिक रूपमा
जानकारी दिएको छै न । पोष्टमार्टम गर्ने राज्यका चिकित्सकले पनि घटना सम्बन्धमा प्रस्ट र
विस्तृत लेखक े ो देखिँदनै । रिपोर्ट सबै गोलमटोल देखिन्छन् ।

अध्येताहरूका नजरमा
गैरन्यायिक हत्याका घटनाको अनुगमन र अध्ययन विभिन्न संस्था र बौद्धिक व्यक्तिहरूले
गर्दै आएका छन् । साथै, उनीहरूले न्यायिक निकासको लागि आर्थिक र बौद्धिक सहयोग
पनि गरे का छन् । गैरन्यायिक हत्याको प्रभावकारी अध्ययन तथा तथ्यपरक पुष्टिका लागि
रुपन्देहीमा मानवअधिकारका क्षेत्रमा क्रियाशील रही विभिन्न घटना अध्ययन अनुगमन तथा
पैरवीमा संलग्न सरकारी तथा गैरसरकारी संघसंस्था एवं निकायका जवाफदेही र जिम्मेवार
व्यक्तित्वसँग गरिएको कुराकानीलाई समेत यस खण्डमा समेट्ने प्रयास गरिएको छ :
नेपालको तराई मधेसमा अधिकारको क्षेत्रमा क्रियाशील मधेश मानवअधिकार गृह
(माहुरी होम) का अध्यक्ष रविन्द्रनाथ ठाकुर भन्छन् :

सिद्धार्थनगर नगरपालिका-१० शंकरपुरमा सि.न.पा.-६ का ३५ वर्षीय के दार सहानी


तथा देवदहमा मनोज पुन र सोम आलेको हत्या गैरन्यायिक प्रकृ तिको छ । यसअघि
सहाबुद्दीन मुसलमान, ध्रुवराज मिश्र, रामबलि चौहान, अख्तर अली, इस्तियाक
अहमद, हरिके श यादव, अनिल हरिजन र राम सेवक जस्ता व्यक्तिको मृत्यु पनि
गैरन्यायिक नै हो ।15 माहुरी होमले यी लगायत रुपन्देहीका १७ जना व्यक्तिका
मृत्युलाई गैरन्यायिक हत्याको रूपमा अनुसन्धान गरे को छ ।

14
जुन ७, २०१७ मा गैरन्यायिक तथा स्वेच्छाचारी हत्या सम्बन्धी लगायत संयुक्त राष्ट्र
संघका स्पेशल ¥ यापोर्टरहरूले नेपाल सरकारलाई लेखेको पत्र । हेर्नुहोस्, www.madhesiyouth.
com/featured/un-sr-letter-nepal-govt/; पुस १२, २०७६ मा पछिल्लो पटक हेरिएको ।
15
रामसे व क धोबीको घटनामा प्रहरीले उनको खोलामा डु बे र मृत ्यु भयो भने क ा थिए ।
रामसेवकको मृत्युको समयमा उनका बुबा चनर्जी धोबी भारतमा थिए, र उनी फर्क नुअघि नै दाह
संस्कार भइसके को थियो । उनी आएर शव भएको स्थान हेर्न जाँदा त्यहाँ नजिकै बाटोमा रगत
लत्पतिएको पोलिथिनको झोला भेटियो । रामसेवकको मुखबाट रगत आउँ दा रगत भुइँमा नखसोस्
126 | रामविकास चौधरी

गैरन्यायिक हत्याको प्रकृ ति नेपालभरि प्रायः एउटै किसिमको देखिन्छ । तर


रुपन्देहीको सन्दर्भमा हिरासत भित्रको यातनाबाट तीन जना, पक्राउ र नियन्त्रणपछि
दोहोरो भिडन्तका नाममा गोली हानेर १२ जना, तथा आन्दोलनका क्रममा घेरा
हाली गोली ठोके र छ जना निर्दोष हटियाको मानवसं ह ार जस्ता अमानवीय
प्रकृ तिका हत्या पनि भएको पाइएका छन् । यस्ता हत्याविरुद्ध सम्बन्धित परिवारले
दिएको जाहेरी र सम्मानित अदालतबाट निरुपण भइसके का मुद्दामा पनि पीडितले
अझैसम्म पनि न्याय पाउन सके को अवस्था छै न ।
बृहत् शान्ति सम्झौता पश्चात् नेपाली जनताले शान्ति, समृद्धि र कानूनी
शासनको आशा राखेका थिए । तर यसपछि पनि रुपन्देही लगायतका पश्चिम
मधेसका जिल्लामा मानवअधिकारको अवस्था अत्यन्तै नाजुक रहेको देखिन्छ ।
यस बीचमा हिरासतमा लिई यातना दिने र भाग्न लगाएर गोली ठोक्ने जस्ता
रुपन्देही प्रहरीको गैरन्यायिक संस्कार त देशभरमै चर्चित विषय हो ।16

राष्ट्रिय मानवअधिकार आयोग, उपक्षेत्रीय कार्यालय, बुटवलमा लामो समयदेखि अनुसन्धान


अधिकृ तका रूपमा कार्यरत चन्द्रकान्त चापागाई ं भन्छन् :

बृहत् शान्ति सम्झौतापछि द्वन्द्व र आन्दोलनका क्रममा पश्चिम मधेसको रुपन्देही


जिल्लामा गैरन्यायिक हत्याको अवस्था एकदमै भयावह रहेक ो पाइन्छ । यस
क्रममा दोहोरो भिडन्त देखाएर २०६५ र २०६७ सालमा सर्वाधिक हत्या भएको
देख िन्छ । पछिल्ला दिनमा त्यसमा कमी आएको अवश्य देख िन्छ, अन्त्य नै
भइसके को अवस्था भने छै न ।
चाहे ती द्वन्द्वकालीन घटना हुन् या बृहत् शान्ति सम्झौता पछिका सशस्त्र
समूहका गतिविधि न्यून गर्ने क्रममा भएका ज्यादतीका घटना हुन्, ती घटनाका
पीडितले सही ढंगले अझैसम्म न्याय पाउन नसके को अवस्था छ । कतिपय मुद्दामा
सम्मानित अदालतबाट निरुपण भइसके तापनि पीडितहरूले न्याय पाउन वा ती
फै सला सही ढंगले कार्यान्वयन हुन सकिरहेका छै नन् ।
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुस न्धानका कार्य अगाडि
बढाएर कतिपय मुद्दामा कारबाहीका लागि सिफारिस गरिसके को अवस्थामा पनि

भनेर पोलिथिन झोला प्रयोग गरे को हुनुपर्छ भन्ने अनुमान स्थानीयको र उनको थियो (हेर्नुहोस्,
तस्बिर ५) ।
16
ठाकुरसँग मधेश मानवअधिकार गृहको तौलिहवास्थित कार्यालयमा पुस ३०, २०७५
मा गरिएको कुराकानी ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 127

तस्बिर ५ : रामसेवक धोबीका पिता रगत लत्पतिएको प्लास्टिकको झोला देखाउँ दै ।

ती सिफारिसअनुसार कार्यान्वयन हुन सकिरहेको छै न । एकाध घटनामा पीडितले


राहत र क्षतिपूर्ति पाउँ दैमा न्याय पाएको भन्न मिल्दैन । पीडकलाई कानून बमोजिम
कारबाहीको दायरामा लैजाने अवस्था अझै देखिएको छै न ।
गैरन्यायिक हत्याका सम्बन्धमा दइु टा चनु ौतीपूर्ण अवस्था देखिन्छ । एकातर्फ
राष्ट्रिय मानवअधिकार आयोगका सिफारिस नै कार्यान्वयन हुन सकिरहेको छै न ।
अर्कोतर्फ सम्मानित अदालतको आदेश पनि कार्यान्वयन नभइरहेको स्थिति छ ।
यस्ता चुनौती सामना गर्न आयोगका सिफारिस मात्रै सही ढंगले कार्यान्वयन गर्न
सकियो भने पनि पीडितहरूले न्यायको अनुभूति गर्न सक्छन् । रुपन्देहीका सबै
गैरन्यायिक हत्या आरोपका घटना के लाउँ दा पीडितलाई न्याय दिलाउन वास्तवमै
राज्य नै उदासीन भएको देखिन्छ ।17

तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) का पश्चिम तराई क्षेत्रीय मानवअधिकार
संयोजक शैलेन्द्र अम्बेडकर भन्छन् :

17
चापागाईसँग टे लिफोनमा वैशाख १५, २०७६ मा गरिएको कुराकानी ।
128 | रामविकास चौधरी

मान्छे मारे र अपराध नियन्त्रण गर्ने ने पाल प्रहरीको गैरन्यायिक सोचका कारण
रुपन्देहीमा बृह त् शान्ति सम्झौतापछि पनि विभिन्न बहानामा २५ भन्दा बढी
गैरन्यायिक हत्या भएका छन्, र अध्ययन अनुसन्धान गर्दा प्रत्येक घटना नियोजित
भएको हाम्रो ठहर छ । अनुसन्धानको क्रममा विशेष गरी अधिकार प्राप्तिको चाहना
भएका मधेसी युवालाई त्रस्त पार्न र दबाउन गैरन्यायिक हत्या बढेको देखेका छौ ँ ।
राज्यको असमावे श ी संरचना र प्रहरीमा अनुस न्धानका लागि वै ज्ञानि क
उपकरणको कमीले पनि तराईमा गै र न्यायिक हत्या र यातना बढाएको छ ।
सार्वभौम नागरिकलाई कानून सिकाउने राज्यको संयन्त्र प्रहरी प्रशासन स्वयंले
कानूनी शासनको खिल्ली उडाउँ दै गैरन्यायिक हत्याका विभिन्न मुद्दामा सम्मानित
अदालतको आदेशलाई समेत अपहेलना गरे को देखिरहेका छौ ँ । देशमा शान्ति,
स्थिरता र कानूनी राज्यको पालनाका लागि सबभन्दा पहिला राज्यका विभिन्न
सं यन् त्र नै मुख ्य जिम्मेवार हु नुप र्छ । गै र न्यायिक हत्याका सवालमा सम्मानित
अदालतको आदेश तत्काल पालना भई पीडितले न्याय पाएको आभास हुनपु र्दछ ।18

निष्कर्ष
राज्य पक्ष र विद्रोही पक्षबीच शान्ति सम्झौतापछि पनि नेपालमा शान्ति स्थापना भएको छै न,
न त न्यायको प्रत्याभूति नै भएको छ । न्याय, समानता र शान्तिका लागि भएका संघर्ष र
पुराना राजनीतिक व्यवस्था परिवर्तनमा सफलतापछि पनि राज्यको चरित्र फे रिएको छै न ।
फरक विचार भएका व्यक्तिलाई कथित दोहोरो भिडन्तमा र प्रहरी हिरासतमा मारिएकाले
नागरिकको जिउने नैसर्गिक अधिकार खोसेको पाइन्छ ।
प्रहरीद्वारा मारिएका नौ जना पहिले ने.क.पा. माओवादी निकट रहेर राजनीति गरे का
मधेसी युवा थिए । उनीहरू राज्य र माओवादीबीच भएको शान्ति प्रक्रिया र मधेसप्रति
राज्यको नीतिबाट मात्रै होइन, शान्तिपूर्ण सडक आन्दोलनबाट समेत निराश भई सशस्त्र
मधेस विद्रोहको तयारीमा लागेका थिए । माओवादी जनयुद्ध र मधेस विद्रोहबाट प्रशिक्षित
युव ा किन राज्य विरुद्धको सशस्त्र गतिविधिमा सहजै आबद्ध भए ? राज्यले अध्ययन
अनुसन्धानका आधारमा जवाफ खोज्न र उपचार गर्नको साटो दमनकारी नीति अँगालेकै
परिणाम स्वरूप कथित दोहोरो भिडन्तका बहानामा अनेक घटना भएको देखिन्छ ।
नेपाल सरकार र मधेस विद्रोहको अगुवाइ गरे को मधेशी जनअधिकार फोरम नेपालबीच
भएका सहमति कार्यान्वयन नहुँदा मधेस आन्दोलनका क्रममा सक्रिय भूमिकामा रहेकामध्ये
धेरैको मुद्दा फिर्ता भएन र उनीहरू भूमिगत जीवन बाँच्न बाध्य भए । यसै क्रममा उठे का

18
अम्बेडकरसँग टे लिफोनमा वैशाख १६, २०७६ मा गरिएको कुराकानी ।
गैरन्यायिक हत्या र मधेसमा न्याय | 129

असन्तुष्टि र आवेशबाट मधेसमा थुप्रै हतियारधारी भमि


ू गत संगठन पनि जन्मिए । हतियारधारी
भूमिगत संगठनको आधार भूमिको निदानसँगै मधेस विद्रोहका मागको सम्बोधन नगरिकन
राज्यबाट के ही व्यक्तिको विनाश गर्ने इन्काउन्टरको विधिलाई नै कानूनी व्यवस्था कायम
गर्ने औजारको रूपमा प्रयोग गरियो ।
जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहका खास कारक तत्त्वको समाधान हुने किसिमले
नेपाली राज्यको पुनर्संरचना गरिएको भए र ती संघर्षको क्रममा भएका दमनको पीडामा
मलम लगाइएको भए गैरन्यायिक हत्याका पीडितहरूको आक्रोश संगठित हुने थिएन ।
आज अब्दुल सहीदुल्लाह देवानका बुबा अब्दुल मजिद देवानको अध्यक्षतामा गैरन्यायिक
हत्यापीडित परिवार रुपन्देही गठन भएको छ । उनीहरूका जायज मागप्रति सकारात्मक
भएर गैरन्यायिक हत्याबारे न्यायिक निकास दिन राज्यले कन्जुस्याइँ गर्नु हुँदैन । तराईमा
बस्ने मधेसी, मुस्लिम, दलित आदिवासी जनजाति लगायतका सीमान्तकृ त समुदायमा
आफ्नै घरमा असुरक्षित महसुस गराउने, उनीहरूका अधिकार प्रत्याभूत हुने सम्भावना नै
नहुने हो कि भन्ने अविश्वास फै लाउने कामले राज्य र जनताबीच खाडल मात्रै बढाउने छ ।
राज्यले यस्ता मानवता र मानवअधिकार विपरीतका गैरन्यायिक कार्य तत्काल रोक्नुपर्दछ ।

धन्यवाद
घटना पुनः अध्ययन तथा पुनरावलोकनमा मद्दत गर्नु हु ने पीडित परिवारमा सहानुभूति
प्रकट गर्दै न्यायमा पहुँचको कामना छ । माहुरी होम कपिलवस्तुले गरे को सहयोग बिर्सिनै
नसक्ने छ । ने प ाल पत्रकार महासं घ का पूर्व सभापति तारानाथ दाहाल, कपिलवस्तुका
अधिकारवादी नेता रविन्द्रनाथ ठाकुर, एड्भोके सी फोरमका रुपन्देही संयोजक एवं अधिवक्ता
शिवप्रसाद गौडे ल यस लेखका लागि प्रेरणाका स्रोत हुन् । तराई मानवअधिकार रक्षक
सञ्जाल (थर्ड एलायन्स), इन्सेक नेपाल र मानवअधिकार तथा शान्ति समाजको सहयोग
पनि अतुलनीय छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, नागरिक अगुवा
प्रकाश उपाध्याय, पत्रकार रामरिझन यादव, उपप्राध्यापक त्रिभुवन बरई, तथा अधिकारकर्मी
चन्द्रकान्त चापागाई ं र शैलेन्द्र अम्बेडकरको योगदान पनि प्रशंसनीय छ । यस लेखका
सम्बन्धमा सरसल्लाह दिनुहुने मार्टि न चौतारीका सोहन प्रसाद साह र महेशराज महर्जनलाई
पनि धन्यवाद । लेखनका क्रममा कुनै त्रुटि वा कमीकमजोरी रहन गएको छ भने त्यसलाई
सच्याउन प्रबुद्ध पाठक वर्गबाट सल्लाह सुझाव अपेक्षित छ ।
130 | रामविकास चौधरी

सन्दर्भ सामग्री
अमर उजाला । सन् २०११ । एस.ओ.जी. की भंग दो सिपाही हिरासत मे, एनकाउन्टर
मे नेपाल पुलिस और एस.ओ.जी. की अपराधियोकी अदला बदली महंगी पडी ।
मार्च १२ ।
इन्सेक (अनौपचारिक क्षेत्र सेवा के न्द्र) । सन् २००९ । हत्या, राज्यबाट । मानवअधिकार
वर्ष पुस्तक २००९ । पृ. ४४७ । काठमाडौ ँ : इन्सेक ।
इन्सेक । सन् २०१० । हत्या, राज्यबाट । मानवअधिकार वर्ष पुस्तक २०१० । पृ. ३८० ।
काठमाडौ ँ : इन्सेक ।
इन्सेक । सन् २०११ । हत्या, राज्यबाट । मानवअधिकार वर्ष पुस्तक २०११ । पृ. ३१४ ।
काठमाडौ ँ : इन्सेक ।
इन्सेक । सन् २०१२ । हत्या, राज्यबाट । मानवअधिकार वर्ष पुस्तक २०१२ । पृ. ३४८ ।
काठमाडौ ँ : इन्सेक ।
इन्सेक । सन् २०१८ । हत्या, राज्यबाट । मानवअधिकार वर्ष पुस्तक २०१८ । पृ. ३५५ ।
काठमाडौ ँ : इन्सेक ।
गोतामे, सुभाष । २०७४ । मनोज पुनको हत्या कि इन्काउन्टर ? अन्नपूर्ण पोष्ट, फागुन १० ।
http://annapurnapost.com/news मा उपलब्ध; मंसिर २०, २०७५ मा हेरिएको ।
दैनिक जागरण । सन् २०११ । एस.ओ. पंकज शाही वा उपेन्द्र कुमार सिंह फरार । मार्च १५ ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 131

थारू सग्रं हालय र आन्दोलनको सम्बन्ध

मोतिकला पंगेनी

परिचय
वि.सं . २०४६ मा भएको बहु द लीय प्रजातन्त्रको पु न र्स्थापना र २०५२ दे ख ि २०६२
सम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादीद्वारा गरिएको विद्रोह पश्चात्
आदिवासी जनजातिका मु द् दा प्रखर रूपमा अगाडि आए । थारू र अन्य आदिवासी
जनजातिलाई स्वशासन दिने नाराका साथ शुरू भएको विद्रोहको क्रममा माओवादीले
थरूहट/थारूवानको मुद्दा उठाएको थियो (शर्मा २०७२ : १) । त्यही विद्रोहको क्रममा
नेपाली भाषीपछि थारूभाषीहरू सबैभन्दा बढी हताहत भएका थिए । त्यस अवधिमा ८३३
जना थारूले ज्यान गुमाएका थिए भने २४१ जना थारू बेपत्ता भएका थिए (सर्वहारी र
झा २०६९ : १०५) ।
वि.सं. २०५२ पछिको इतिहास हेर्दा विद्रोहको क्रममा माओवादीले थारूवान प्रदेशको
लोभ देखाएको पृष्ठभूमिमा थारूहरूको अधिकार र आन्दोलन भएको देखिन्छ । थरूहट/
थारूवानको माग र राज्यमा आफ्नो पहुँचको आग्रह सहित भएको थरूहट आन्दोलनमा
माओवादी जनयुद्धको पृष्ठभूमि पनि जोडिएको छ । नेकपा माओवादी शान्ति प्रक्रियामा
आएपछि थरूहट आन्दोलन तीव्र भएको हो (सर्वहारी र चौधरी २०७४ : ११६) । यही
सन्दर्भमा २०७२ सालमा नयाँ संविधान बन्नुअघि थारूवान प्रदेशको माग समेत उठ्यो ।
यी घटनाक्रमले गर्दा राज्य र प्रदेश स्तरमा मात्रै होइन स्थानीय स्तरमा पनि थारूहरूको
अधिकारको खोजीमा बल पुग्यो । त्यही संघर्ष र मागले स्थानीय स्तरमा पारे को प्रभावमध्ये
एक हो थारू संग्रहालय स्थापना गर्ने प्रयास ।

१३१
132 | मोतिकला पंगेनी

वि.सं. २०६० को दशकमा नवलपरासी जिल्लाको डण्डा क्षेत्रका थारू समुदायले


आफ्नो पहिचानका निम्ति सार्वजनिक थलोमा थारू संग्रहालय खोल्न पाउनुपर्ने जिकिर गरे ।
नेपालको पूर्वदेखि पश्चिम तराईसम्म फै लिएका थारूहरूको पूर्व-पश्चिम लोकमार्गको मध्य
स्थानमा पर्ने डण्डा क्षेत्रमा संग्रहालय राख्ने कुरालाई रणनीतिक महत्त्वको हिसाबले समेत
हेरिएको थियो । लोकमार्ग छे वैको सार्वजनिक भूमिमा गैर-थारूहरूले विभिन्न संघसंस्था
खोले पनि थारूहरूको पहिचान खुल्ने खालका सामुदायिक संघ खुलेका थिएनन् । त्यस
सार्वजनिक थलोमा अरूहरूसँगै आफ्नो उपस्थिति पनि हुने र यसलाई राष्ट्रिय महत्त्वको
योजनाको रूपमा अघि सार्ने रणनीति स्थानीय थारूहरूको थियो ।
गै र -थारूहरूको बाहु ल ्य भएको ठाउँ म ा थारूहरूलाई आफ्नो पहिचान बचाउन र
जमाउन सहज थिएन । तर थारूहरूको समेत बलियो सहभागितामा भएको माओवादी
विद्रोहको रापताप बाँकी रहेको र आदिवासी जनजाति आन्दोलन प्रखर रूपमा चलिरहेको
राजनीतिक सन्दर्भले यसलाई बल पुगेको थियो । तैपनि थारू संग्रहालय खोल्ने विषयमा
थारू र गैर-थारूबीच संघर्ष चर्कियो । एकतिर थारूहरूले सार्वजनिक थलोमा संग्रहालयको
लागि बारबन्देज लगाउने, अर्कोतिर गैर-थारूहरूले बारबन्देज उखेल्ने काम पटक-पटक
भयो । थारूहरूमाथि अपराध मुद्दा लाग्यो । बनेको संग्रहालयमा आगो लगाइयो । विवाद
बल्झिरह्यो । विवादले उग्र रूप लिँदा थारू समुदायका एक सदस्यले ज्यान समेत गुमाए ।
बलिदानी संघर्ष गर्नु परे पनि अन्ततः थारू राष्ट्रिय संग्रहालय स्थापना भयो ।
यो लेख संग्रहालय स्थापना, आगजनी काण्ड र सो काण्डपछि थारूहरूको पहिचानको
सं घ र्षमा के न्द्रित छ । 1 यो ले ख तयार पार्ने क्रममा सं घ र्षरत थारू अभियन्ताहरूसँ ग
कु राकानी गरिएको थियो । साथै सं ग्र हालय निर्माण क्रममा गरिएका निर्णयलाई समे त
आधार मानिएको छ । यो लेख सात भागमा संरचित छ । पहिलो खण्डमा डण्डा क्षेत्रमा
थारूहरू कसरी अल्पमतमा पर्दै गए भन्ने चर्चा गरिएको छ । खास गरी नेपालमा राज्य
स्तरबाट थालिएको औलो नियन्त्रण र पूर्व-पश्चिम लोकमार्ग बनाउने क्रममा दुम्किबास
सडक खण्डको विस्तारले स्थानीय थारू समुदायलाई परे को असर विषयमा चर्चा गरिन्छ ।
दोस्रो खण्डमा थारूहरूको बाध्यात्मक बसाइँसराइले गर्दा पूर्व-पश्चिम लोकमार्ग वरिपरि
थारू भूमि मा परे क ो सं क ट र ते स् रो खण्डमा सं ग्र हालयका लागि आवश्यक सार्वजनिक
भूमि प्राप्तिको लागि गरिएको संघर्षको कथा छ । संघर्षपछि पहिचानको बिम्बको रूपमा
निर्माण भएको थारू संग्रहालयको विकासबारे चौथो खण्डमा चर्चा गरिएको छ भने पाँचौ ँ

1
जवाफदेहिता निगरानी समिति नवलपरासीको प्रथम सचिव र कार्यक्रम संयोजक पदमा
रहेर काम गर्ने सिलसिलामा यो आन्दोलनमा म एक दिन थारू कल्याणकारिणी सभा (थाकस)
को नियन्त्रणमा रहेकी थिएँ, र मौकाले थाकस र ब्राह्मण दशनामीको वार्ता टोलीमा पनि उपस्थित
हुने अवसर पाएकी थिएँ ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 133

र छै टौ ँ खण्डमा संग्रहालयमा आगजनी पछिको पुनर्निर्माण र संस्थागत विकासका लागि


गरिएका प्रयत्नबारे चर्चा गरिएको छ । अन्त्यमा, थारू संग्रहालय स्थापनाको आन्दोलन
समग्र पहिचान आन्दोलनको स्थानीय कथा मात्र होइन, यो पूर्व र पश्चिमका थारूहरूको
सांस्कृतिक के न्द्र बनाउने अभियान पनि हो भन्ने तर्क गरिएको छ ।

थारू भूमिबाट विस्थापन


ने प ालमा थारूहरूको बसोबास पूर्व मा झापादेख ि पश्चिममा कञ्चनपुर सम्मका तराईका
२२ जिल्लामा छ । प्राकृ तिक विषमतादेख ि जं ग ली जनावरहरूसँ ग सं घ र्ष गर्दै आएका
थारूहरू नेपालको दोस्रो ठूलो आदिवासी जनजाति समूहमा पर्दछन् । औलोको प्रतिरोधी
क्षमता विकास गरे का थारूहरूको तराईको भूमिसँग अनौठो सम्बन्ध छ (सर्वहारी र चौधरी
२०७४ : ११५) ।
नारायणगढ बजारबाट पश्चिम बुटवलतर्फ करिब ३७ किलोमिटरको दूरीमा पर्ने तराई
क्षेत्रमा पनि औलोको प्रकोप हुँदा थारू बाहेक अन्य समुदायका कोही पनि बस्दैनथे । दुई
चार दिन बस्न चाहनेले समेत ज्यान नै जोखिममा पार्नुपर्थ्यो । थारू बाहेक अन्य जातिले यो
ठाउँ तिर औँला देखाउँ दा औँला समेत कालो हुन्छ भन्ने विश्वास थियो ।2 तर थारूहरूलाई
औलो लाग्दैनथ्यो । त्यसकारण डण्डा क्षेत्रमा २०१७ सालअघि पहाडबाट अरू समुदायको
बसाइँसराइ सम्भव थिएन ।
लोकमार्गदेखि दक्षिण नारायणी नदी छे उ सम्मको फराकिलो फाँटमा थारू समुदायको
मात्रै बसोबास थियो । थारूहरूले खानेपानीको अभाव, जंगली जनावरबाट असुरक्षा, बिरामी
पर्दा उपचारको अभाव जस्ता समस्यासँग संघर्ष गरिरहेका थिए । यस्तो ठाउँ मा कर उठाउन
चाहिँ राज्य बेला-बेलामा आउँ थ्यो । औलो उन्मूलन र कर प्रशासनमा कर्मचारीतन्त्रको
प्रयोग हुन थालेपछि सत्ता-शक्तिको नजिक रहेका पहाडे लाई फाइदा भयो तर यस व्यवस्थाले
थारूहरूलाई पाखा लगायो (गुणरत्ने सन् २००६ : ४४) । चितवनमा वि.सं.२०११ देखि नै
औलो उन्मूलनको काम शुरू भयो । त्यसपछि औलो नियन्त्रण गर्न नवलपरासीको डण्डा
क्षेत्रमा पनि नेपाल सरकारले अमेरिकी सरकारको सहयोगमा वि.सं. २०१७ देखि डीडीटी
पाउडर छर्न शुरू ग¥ यो । यो क्रम वि.सं. २०४३ सम्म चलिरह्यो ।
औलोको प्रभाव कम हुन थालेपछि र पूर्व-पश्चिम लोकमार्गको दुम्किबास खण्ड बन्न
थालेपछि वरिपरि बस्ती बढ्न थाले । यो क्षेत्रमा राज्यको तर्फबाट पुनर्वास समेत गराइयो ।
वि.सं. २०२० देखि २०२२ सम्म सरकारी पुनर्वास कम्पनीले डण्डा क्षेत्रमा एक परिवार
बराबर चार बिघाको दरले जग्गा वितरण ग ¥ यो । त्यो बे ल ा ६५ घरधुर ीलाई बसोबास

2
गणेशमान महतोसँग नवलपरासीमा साउन ७, २०७५ मा गरिएको कुराकानी ।
134 | मोतिकला पंगेनी

गराइयो ।3 त्यसरी बसोबास गराइएकामा ६४ गैर-थारू परिवार थिए भने थारूको एक


परिवार मात्र थियो । धेरैजसो थारूहरू सरकारी सुविधाबाट वञ्चित भए ।
वि.सं. २०२८ देखि दुम्किबासबाट पूर्व तर्फ को जंगल फडानी शुरू भयो । पश्चिमबाट
शुरू गरिएको फडानीको काम २०३१ सालसम्म चल्यो । वि.सं. २०३२ मा पूर्व-पश्चिम
लोकमार्गको दम्किबाु स खण्ड बनाउन शुरू गरियो । लोकमार्ग कालोपत्रे हुन थालेपछि यो
क्षेत्र बसोबासका दृष्टिकोणले मानिसको रोजाइमा पर्न थाल्यो । पहाडका मानिस बसाइँ
सरे र आउन थाले । बसोबास बढ्दै जाँदा जंगल क्षेत्र क्रमशः मासिँदै गयो । त्यही ताका
एउटा हल्ला फिजाइयो—लोकमार्गमा चल्ने मोटरगाडीमा चढेर भारतीय डाँका आउनेछन्
र लुटपाट गरी फर्क ने छन् ! त्यस हल्लाले थारूहरूमा असुरक्षा र डरको भाव पैदा भयो ।
अर्कोतिर सडक छे उमा घरबास बनाउँ दा र खेतीपाती गर्दा गाईवस्तु चरे र बाली नोक्सानी
हुने धारणा उनीहरूमा व्याप्त थियो । त्यसैले, धेरैजसो खेतीपाती गरी जीविका चलाउने
थारूहरू लोकमार्ग वरिपरि बस्न सके नन् ।
यिनै कु राको प्रभावले गर्दा थारूहरू लोकमार्ग छे उ बाट भित्री भागमा सर्न थाले र
सडक छे उका उपयोगी जग्गा बेच्न थाले । गाउँ तथा जंगलमा बस्न रमाउने थारूहरूले
लोकमार्ग बन्नुलाई अभिशाप माने । उनीहरूलाई जग्गा बेच्न सकस भएन । अनेक हल्ला
फै लाउने चलाख मानिस तथा पहाडबाट बसाइँ सरी आएकाहरू धमाधम जग्गा किनेर बस्न
थाले । के हीले चामल, गाईवस्तुसित साटे र थारूको जग्गा लिए । अलिक पहिले आएका
बाहिरियाहरूले सस्तोमा किनेर बढी दाममा बेच्ने पेशा नै अपनाए । यसले बाहिरियाहरूको
बाहुल्य बढ्दै गयो । सडकमा मोहडा पर्ने जग्गा बेचेर रै थाने थारूहरू नारायणी नदीको
छे उछाउ तथा जंगलतर्फ सर्दै गाउँ मा सीमित हुँदै गए । “खास गरी औलो उन्मूलनपछि
पहाडबाट तराई भेग मा अन्य जातिका मानिसहरू बसाइँस राइ गर्नाले थारू समुद ायको
जीवनशैलीमा परिवर्तन देखापर्नुका साथै दिनानुदिन गरिबी बढ्दै गएको हो” (सर्वहारी र
झा २०६९ : १०५; प्याकुरे ल सन् १९८२ बाट उद्धृत) ।

भूमिको सक
ं ट
थारूहरू आफ्नो आदिभमिबाट
ू धके लिँद-ै धके लिँदै जंगलको छे उछाउ पगु े । लोकमार्ग छे उछाउ
उनीहरू पातलिँदै गए । २०६८ सालको जनगणना अनुसार कावासोती नगरपालिका वडा
नं. १६ मा पर्ने थारू भूमि डण्डा क्षेत्रको जनसंख्या ४,२७२ रहेको छ, र परिवार संख्या
९२० छ । तर यहाँ थारूहरू थोरै संख्यामा छन् । यहाँ पहिलो स्थानमा ब्राह्मण-क्षत्री, दोस्रो

3
वि.सं. २०३२ देखि डण्डामा बसोबास गर्दै आएका स्थानीय कृ ष्ण बहादुर दंगालसँग चैत
१७, २०७५ मा ‍गरिएको कुराकानी ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 135

स्थानमा दलित र तेस्रो स्थानमा आदिवासी जनजाति छन् । आदिवासी जनजातिमा नेवार,
गुरुङ, घर्ती, मगर र थारूको बसोबास छ । पुरानो थातथलोका निजी सम्पत्ति गुमिसके पछि
सार्वजनिक जग्गाहरूमा समे त थारूहरूको पहुँच हु न छाड्यो । तर कतिपय अवस्थामा
उनीहरूले छाडे र गएको ठाउँ क ा सार्वजनिक सम्पत्ति जोगाउन पहल गरे । उदाहरणका
लागि अन्य समुदायका सदस्यसँग मिलेर थारूहरूले पनि डण्डा क्षेत्रको सार्वजनिक सम्पत्ति
जोगाउन पञ्चायत कालमै संघर्ष गरे का थिए ।
वि.सं. २०३८ सालमा हर्षबहादुर बुढाथोकी अध्यक्ष रहेको अधिकार-सम्पन्न जग्गा
आयोग डण्डा क्षेत्रमा खट्यो । त्यो आयोगले पूर्व-पश्चिम लोकमार्गभन्दा उत्तरपट्टि खुला
चउरको रूपमा रहेको जग्गालाई फिल्डमा बसेर कित्ता काट्दै नक्सा बनाउन थाल्यो । आठ
जना भूमाफियाको नाममा कित्ताकाट गर्न लागिएको रहेछ । त्यही बेला पुगेका स्थानीयले
सोधपुछ गर्दा जग्गा सर्वसाधारणलाई नदिई भूमाफियालाई दिन लागेको थाहा पाए । त्यही
रहस्य थाहा पाएर थारू लगायत अन्य स्थानीयवासीले आयोगका मान्छेलाई लखेटे ।4
स्थानीय जनताबाट विरोध भएपछि आयोगले काम गर्न पाएन । स्थानीयवासीले सोही
जग्गा जोगाएर राखे । पछि त्यही जग्गा विभिन्न समाज र संस्थाको नाममा ओगट्ने काम
भयो । ती समाज र संस्थामा पहाडे को बाहुल्य बढ्दै गयो । उनीहरूले सार्वजनिक सम्पत्तिमा
विभिन्न सामुदायिक संस्था निर्माण गरे । हाल सो जग्गाको पूर्वतर्फ छे उमै नेपाल मध्यबिन्दु
सामुदायिक स्मृति अस्पताल छ । दक्षिणतर्फ डण्डा बजार छ । पश्चिमतर्फ बसपार्क छ ।
बसपार्क नजिकै दलित सामुदायिक विकास के न्द्रको भवन तथा जनता माध्यमिक विद्यालय
छन् । यस क्षेत्रमा बसपार्क , नयाँ सामुदायिक सब्जी मण्डी, सनराइज क्लबको भवन, शिव
मन्दिर, बजार व्यवस्थापन समितिको शटर, जनता माध्यमिक विद्यालयको शटर रहेका छन् ।
सोही जग्गामा ओम शान्ति परिवार, सामुदायिक अध्ययन के न्द्र, दीपेन्द्र आधारभूत
विद्यालय, अंकुर वन सामुदायिक महिला समूह र दलित सामुदायिक विकास के न्द्र पनि
छन् । यही ठाउँ मा थारू समुदायले पनि संग्रहालयको लागि जग्गा ओगट्न चाहेका थिए ।
त्यहाँको खाली जग्गाको घाँ स बे चेर जनता माध्यमिक विद्यालयले लाभ लिँदै आएको
थियो । स्थानीय समुदायले संघर्ष गरी जोगाएको सार्वजनिक जग्गामा थारूहरूले आफ्नो भन्ने
के ही अनुभूति गर्न पाएका थिएनन् । अत: उनीहरूमा पूर्वपश्चिम लोकमार्गको मध्यस्थानमा
रहेको थलोमा आफ्नो उपस्थिति जनाउने भित्री चाहना थियो ।

4
वि.सं. २०३२ देखि डण्डामा बसोबास गर्दै आएका स्थानीय कृ ष्णबहादुर दंगालसँग चैत
१७, २०७५ मा ‍गरिएको कुराकानी ।
136 | मोतिकला पंगेनी

भूमिको लागि सघं र्ष


अहिले हरे क किसिमका सामुदायिक भवन र स्कू ल भएको सो जग्गामा २०६० को दशकमा
थारूहरूले पनि आफ्नो पहिचान स्थापित गर्ने संरचना खडा गर्न चाहेका थिए । त्यस्तो
चाहनाको पृष्ठभूमिमा उनीहरूको विशेष स्वार्थ पनि थियो । यो ठाउँ नेपालको मध्यस्थानमा
पर्थ्यो । यहाँ थारू संग्रहालय बनाउँ दा नेपालको पूर्वदेखि पश्चिम सम्मका थारूहरूको लागि
ध्यान खिच्न सकिन्छ भन्ने आशय थियो ।5 दलित समुदायले सामुदायिक भवन बनाउँ दा,
पहाडे ले क्लबको भवन, मन्दिर इत्यादि बनाउँ दा आदिवासी थारू जातिमा पनि मौलिक
पहिचान, सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहनाको संग्रह गर्ने रुचि बढेको थियो ।
आधुनिक जीवनशैलीले थारूहरूका परम्परागत पहिरन र सांस्कृतिक वस्तु ओझेलमा पर्दै
गएको थियो । यो आम थारूहरूका लागि चिन्ताको विषय भएको थियो । ती वस्तुको
सं र क्षण गर्न सकिएन भने लोप हु ने र अन्तत: थारू पहिचान नै सं क टमा पर्ने जोखिम
अनुभूत गरिँ दै थियो । त्यसैले लोप हुन लागेका संस्कृति, भेषभूषा, चाडबाड, पूजापाठ,
धर्मकर्म, आफ्ना मूल्य-मान्यताको संरक्षण तथा भावी पुस्तामा तिनको हस्तान्तरण होस्
भन्ने चाहना थारू जातिमा फै लिएको थियो । भावी पुस्तालाई हस्तान्तरण गर्न र अध्ययन
अनुसन्धान गर्न संस्कृति झल्किने पुराना ती सबै सामान संग्रह गर्न थारू अभियन्ताहरू
संग्रहालय बनाउन चाहन्थे ।
संग्रहालय स्थापनाले थारूहरूको संस्कृति संरक्षण गर्ने र पहिचान मजबुत बनाउने मात्रै
होइन उनीहरूको अधिकार सुनिश्चित गर्न पनि बल मिल्ने अपेक्षा थारू अभियन्ताहरूमा
थियो । राज्य र पहाडी समुद ायबाट अपहेलित भएको महसुस गरे क ा थारू समुद ायमा
संग्रहालय बनाउन सके मा आत्मबल बढ्थ्यो र अपमानबाट लागेको घाउमा मलम लगाउन
सक्थ्यो । पूर्व पश्चिम लोकमार्गको मध्यस्थानमा संग्रहालय हुँदा सबै तिरका थारूको लागि
पायक पर्थ्यो र यो गैर-थारूहरूका लागि पनि इज्जतको विषय नै बन्थ्यो । त्यसैले उक्त
जग्गामा थारू संग्रहालय बनाउने अठोट थारू अगुवाहरूले गरे का थिए ।
अठोट अनुस ार काम गर्न तत्कालीन राजनीतिक परिवे श ले ठू लो भूमि का खे ले क ो
मानिन्छ । माओवादी विद्रोह (२०५२–२०६२) ले आदिवासी जनजातिको अग्राधिकारको
विषय उठाएको थियो । २०६२–२०६३ सालको जनआन्दोलन पश्चात् तत्कालीन माओवादी
र सरकारबीच शान्तिवार्ता भई देश राजनीतिक परिवर्तनतर्फ उन्मुख थियो । त्यति बेला
माओवादीको प्रभाव बढ्दो थियो । माओवादी सम्बद्ध कार्यकर्ता तथा नेतालाई स्थानीय
जनताले विश्वास गर्न थाले क ा थिए । के ही अप्ठेरा काम परे क ा बे ल ा धे रै ज सो मानिस
माओवादी नेताहरूको सहयोग लिन चाहन्थे । सम्बन्धित सरकारी निकायमा माओवादीका
ने ता ले भनसुन गरिदिए सहजै काम बन्नेमा धेरै विश्वस्त थिए । राजनीतिको मूलधारमा
5
गणेशमान महतोसँग असार १३, २०७६ मा गरिएको कुराकानी ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 137

आएको माओवादी पार्टीमा थारू समुदायका पनि कार्यकर्ता थिए । संग्रहालयका अध्यक्ष
बनेका डण्डा क्षेत्रका खड्गबहादुर थनेत, कुलचन्द्र महतो र तिलकराम महतो तत्कालीन
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष सम्पर्क मा रहेका व्यक्ति मानिन्थे ।
यही राजनीतिक रापतापमा थारू सं ग्र हालय स्थापना गर्ने लक्ष्यका साथ थारू
कल्याणकारिणी सभा (थाकस) ले पहल ग¥ यो । थारू समुदायको संयुक्त संगठनको रूपमा
रहेको थाकस नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष पुष्परत्न महतोले
फागुन ११, २०६४ मा डण्डा क्षेत्रका थारू जातिको भेला बोलाए । त्यो भेला साबिक
अग्यौली गाविस वडा नं. ८ जोगीकुटी डण्डा (हाल कावासोती नगरपालिका वडा नं.
१६) मा बसेको थियो । सो भेलाले डण्डा क्षेत्रमा एउटा संग्रहालय बनाउन सहमति दियो ।
भेलाले थाकस नवलपरासी जिल्ला अध्यक्ष खड्गबहादुर थनेतको संयोजकत्वमा जग्गा
व्यवस्थापन तथा आर्थिक संकलन समितिको गठन ग¥ यो । थारू राष्ट्रिय संग्रहालय निर्माण
समितिलाई सन्तुलित बनाउन पश्चिम नवलपरासीबाट पुरन चौधरीलाई सह-संयोजक पदमा
राखियो भने रुपन्देही र चितवन सम्मका थारू अगुवालाई पनि समेटियो ।
जे ठ ४, २०६५ मा साबिक अग्यौली गाविस वडा नं . ८ रामजानकी मन्दिरमा
खड् ग बहादुर थने त को ने तृत ्वमा भएको बै ठ कले कावासोती नगरपालिका वडा नं . १६
शहीदनगर डण्डामा सं ग्र हालय निर्माण गर्ने निर्णय लियो । पूर्व सां स द तथा तत्कालीन
नेकपा एमालेका नेता मझिलाल थारू थनेतको संयोजकत्वमा पाँच सदस्यीय संग्रहालय
निर्माण समितिको गठन गर्नुका साथै जेठ ११, २०६५ मा त्यस जग्गाको चारै तर्फ तारबार
बन्देज गर्ने पहिलो निर्णय ग¥ यो ।6
लक्षित जग्गामा रहेको घाँसफुस झाडी सफा गर्न गाउँ -गाउँ का थारूलाई एकत्रित गर्न
थारू अगुवाहरूले मौखिक खबर गरे । गाउँ का सबैजसो थारूहरूले डोरी, हँसिया, खुर्पी,
कोदालो खन्तीजस्ता औजार घरै बाट लिएर गए । के हीले बारबन्देज लगाउन एक-एक
ओटा भाटा लिएर गए, के हीले अरू आवश्यक सामान लिएर गए । संग्रहालय बनाउने
ठाउँ भन्दा टाढा-टाढा बस्ने थारू समुदायले टोल-टोलमा जम्मा गरी गाडा, साइकलमा
निर्माण सामग्री जुटाए ।
उनीहरूले जे ठ ११, २०६५ मा भे ल ा भई खाँ बा , किल्ला गाड् दै पहिलो पटक
बारबन्देज लगाए । करिब १ हजार काठका पोल गाडे र पाँच बिघा जग्गामा बारबन्देज
गरियो । थारूहरूले बारबन्देज लगाएको भोलिपल्ट जेठ १२ गते जनता माविका विद्यार्थी
र विद्यालय व्यवस्थापन समिति पदाधिकारी सहितको समूहले बारबन्देज भत्काउँ दै खाँबा
किल्ला उखेलेर लगे । सो जग्गाको घाँस बेचेर आम्दानी गर्दै आएको विद्यालयका लागि
6
मझिलाल ने तृत ्वको समितिमा सह-सं य ोजक पदमा खड् ग बहादुर थने त , सदस्य पदमा
पदमलाल चौधरी, तिलकराम चौधरी र कुलचन्द्र महतो थिए ।
138 | मोतिकला पंगेनी

थारूहरूले बारबन्देज लगाएर संग्रहालय बनाउन खोजेको दृश्य सह्य भएन । विद्यालयका
तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ पोखरे लले भने, “विद्यालयको प्रयोजनका
लागि हामी पहिलेदेखि नै जग्गा छे केका थियौ ँ । हामीसित कुनै समन्वय नै नगरी थारूहरूले
सो जग्गा कब्जा गर्न लागेकोले हामीले विरोध गरे का हौ ँ । नमानेपछि हामीले बारबन्देज
उखालेर फालेकै हो ।”7
तारबारबन्देज उखेलेर फालिएको घटनाको जानकारी पाएपछि करिब एक हजारको
संख्यामा एकत्रित भएका थारूले पुनः तारबारबन्देज गरे र आफ्नो स्वामित्व रहेको देखाए तर
विवाद समाधान भएन । भित्रभित्रै आगो सल्किरह्यो र जग्गा बार्ने भत्काउने क्रम चलिरह्यो ।
विवादकै क्रममा जनता माविका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई दोषी
ठानियो र उनीहरू लुक्दै हिँड्नुप¥ यो ।
यो सार्वजनिक जग्गा रहेक ो स्थानभन्दा पश्चिममा दलित समुद ायले जग्गा छे के का
थिए । नजिकै मध्यबिन्दु सामुदायिक अस्पतालले जग्गा छे केको थियो । बीचमा खाली
रहेको फाँटमा थारूहरूले जग्गा छे क्न फे रि सफाइ गरिरहेको बेला के ही मानिसको एउटा
हुल आयो । यस ठाउँ मा जग्गा नछे क भन्दै त्यो हुलले थारूहरूमाथि आक्रमण ग¥ यो ।
झडपमा पाँच जना थारू युवा घाइते भए । उपचारका लागि अस्पताल भर्ना गर्नुप¥ यो ।
थारूहरूमाथि आक्रमण गर्नेमा डण्डाका पहाडे समुदायका मानिसहरू थिए ।
झडप लगत्तै इलाका प्रशासन कार्यालय (इप्रका) कावासोतीमा थारूहरूमाथि सार्वजनिक
अपराधमा मुद् दा परे क ो खबर आयो । थाकसका जिल्ला अध्यक्ष तथा जग्गाको खोजी
गर्न बने को समितिका संयोजक खड्गबहादुर थने त सहित दश जनामाथि जाहेरी परे को
थियो । सार्वजनिक अपराधको मुद्दा दर्ता नगर्दै प्रहरीले छलफलका लागि बोलायो । इप्रका
कावासोतीमा दुवै पक्षबीच जेठ २५, २०६५ मा छलफल चल्यो । छलफल पश्चात् दुवै
पक्ष आ-आफ्ना स्थानमा सीमित भएर बस्ने तथा आगामी दिनमा थारूहरूविरुद्ध असभ्य
र हेप्ने किसिमका भाषा प्रयोग नगर्ने सहमति भयो । सहमति भएर आ-आफ्ना स्थानमा
सबै फर्के तर विवाद भने समाधान भएन । भित्रभित्रै आगो सल्किरह्यो ।
झडपको घटना र प्रहरीमा मुद्दा पर्नुले जग्गा पाउने वा नपाउने कुरा पेचिलो बन्दै गयो ।
यसको पूर्ण समाधानका लागि शक्ति प्रयोग गर्नुपर्ने निष्कर्ष सहित थारूहरूले राजनीतिक
पहुँचको खोजी गर्न थाले । यसका लागि संग्रहालय निर्माण समितिका सह-संयोजक एवं
थाकस जिल्ला अध्यक्ष खड्गबहादुर थनेतलाई उपयुक्त व्यक्ति मानियो । थनेत तत्कालीन
नेकपा माओवादी पार्टी निकट थिए । माओवादी अध्यक्ष प्रचण्ड डण्डास्थित एक विद्यालयमा
शिक्षक भई अध्यापन गरे का बखत थनेतसँग सामिप्य थियो । यसैले थनेतलाई स्थानीय
मानिसहरू राजनीतिक पकड र पहुँच भएका मानिसको रूपमा हेर्थे । त्यस बेला भर्खरै
7
पोखरे लसँग कात्तिक १०, २०७५ मा गरिएको कुराकानी ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 139

शान्तिवार्ता भई माओवादी खुला राजनीतिमा प्रभावशाली रूपमा उपस्थित भएको थियो ।


यस्तो अवस्थामा अरू कसैले सामुदायिक वनको जग्गा रोक्दैमा थनेत रोकिने मनस्थितिमा
थिएनन् । उनी समुदायिक र राजनीतिक तारतम्य मिलाउँ दै अगाडि बढ्दै गए । सामुदायिक
उद्देश्य पूर्तिका लागि आँटेको काममा खटिरहे ।

पहिचानको बिम्बको रूपमा सग्रं हालय


सं ग्र हालय स्थापनाका लागि लक्षित जग्गामा गरिएको बारबन्देज उखे ले र फालिएको
घटनाको भोलिपल्ट जेठ १३, २०६५ मा थाकस के न्द्रीय समितिले पूर्व सांसद मझिलाल
थारू थनेतको नेतृत्वमा संग्रहालय स्थापनाको लागि व्यवस्थापन समितिको गठन ग¥ यो ।
त्यस बे ल ा मझिलाल थाकसका के न्द्रीय महामन्त्री थिए । सोही दिन मझिलाल थारू
थनेतको संयोजकत्वको थारू राष्ट्रिय संग्रहालय निर्माण समितिको बैठक बस्यो । संग्रहालय
स्थापनाको काम अगाडि बढाउन थाकसमाथि समुदायको दबाब थियो । यसका लागि यो
समितिलाई संग्रहालय स्थापना गर्ने जिम्मेवारी आएको थियो । त्यसैले जेठ १३ मा बसेको
समितिको बैठकले बारबन्देज उखेलेर फालिएको घटनाको निन्दा गर्दै फाल्ने समूहले नै
गाड्नुपर्ने निर्णय लियो । त्यसको पाँच दिनभित्र बारबन्देज ठीक नपारे थारू समुदायबाट
बारबन्देज पुन लगाउने र कुनै अवरोध आए सशक्त प्रतिकार गर्ने निर्णय गरियो ।
सं ग्र हालयको जग्गा ओगट् ने क्रममा उब्जेको विवाद समाधानका लागि के ही ने ता
अगाडि आए । तिनको सहभागिता र सक्रियता बढेपछि यस सम्बन्धी विवाद मत्थर भयो ।
थारू समुदायले आफूहरू सफल र सबल भएको महसुस गरे । यसै क्रममा बाहिरिया के ही
मान्छेलाई पछि प्रस्ट भयो—यो जग्गा थारूले सं ग्र हालयका लागि ओगटे क ा रहेछ न् ।
यसले गर्दा यो जग्गा थारू समुदायको पहिचानको रूपमा सधैकँ ा लागि चिनियो । ढुक्क
भएपछि थारू समुदायले यस स्थानमा संग्रहालयको स्थापना गर्ने काम अगाडि बढाउने
भए । उनीहरूले निर्माणकार्य सके सम्म कम खर्चमा गर्ने योजना बनाए । किफायतीका लागि
भवनको छानो फुसको बनाउने निर्णय भयो ।
सं ग्र हालय निर्माण समितिले जग्गाको भोगाधिकार प्राप्त गर्न थाकस के न्द्रीय
कार्यसमितिलाई अनुरोध गर्ने निर्णय ग¥ यो । काम सम्पन्न गर्न राजनीतिक दलको सहमति
जुटाउने उद्देश्यले जिम्मेवारी तोक्ने काम भयो । तत्कालीन नेकपा एमालेको सहमति जुटाउन
मझिलाल थारू थनेतको जिम्मा दिइयो । त्यस्तै, नेपाली काँग्रेसको सहमति जुटाउन कमल
गुर ौ र पतिराम महतोलाई जिम्मा लगाइयो । जनमोर्चा ने प ालका लागि खड् ग नारायण
महतो, राष्ट्रिय जनमोर्चाका लागि विकाराम चौधरी, तत्कालीन ने क पा माओवादीका
लागि कुलचन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का लागि पुरन चौधरी
र जनमुक्ति पार्टीका लागि धनिराम महतोलाई जिम्मेवारी दिइयो ।
140 | मोतिकला पंगेनी

प्रस्तावित थारू संग्रहालयको लक्षित भूमिमा आम जनसमुदायको उपस्थितिमा जेठ


२५, २०६५ मा तारबार लगाउने र शिलान्यास गर्ने कार्यक्रम तय भयो । त्यस कार्यक्रमको
अगुवाइ थारू कल्याणकारिणी सभाका के न्द्रीय अध्यक्षबाट हुने निर्णय भयो । संग्रहालय
निर्माण गर्दा जातजाति संघसंस्था र सरकारी निकायसँग व्यापक रूपमा सम्पर्क , समन्वय
र सहकार्य बढाउँ दै जाने योजना बनाइयो । जनसहभागिता गराउने जिम्मा थाकस क्षेत्रीय
समितिलाई दिइयो ।
त्यस्तै, मझिलाल थारू थनेत संयोजक रहेको समितिले संग्रहालय भवन निर्माण गर्ने
कामलाई व्यवस्थित बनाउने तय भयो । आर्थिक उपार्जनका लागि महोत्सव लगाउने निर्णय
गर्दै खड्गबहादुर थनेतलाई गाउँ -गाउँ बाट चन्दा उठाउने जिम्मेवारी दिइयो ।
संग्रहालय निर्माणको लागि आवश्यक रकम उठाउने शुरूआत नै चन्दा-दानबाट भयो ।
सर्वप्रथम सिरथान कुमारवर्ती माई देवी संरक्षण समिति, नवलपुर गुठी संस्थानले १५ हजार
रुपैयाँ दान दियो । दाताले नगदसँगै कार्यालयका लागि टे बुल, कुर्सी, पंखा, सिमेन्ट लगायत
जिन्सी सामान दियो ।
व्यवस्थापन समिति जितिया नाचको प्रचार प्रसार गर्ने, एउटा भवन बनाउने तथा त्यस
भवनमा थारू समुदायको इतिहास झल्कने वस्तु, चित्र, गरगहना, भेषभुषा तथा वस्तु संग्रह
गर्ने अभियानमा जुट्यो । यसै क्रममा थारू संस्कृतिसँग सम्बन्धित गरगहना, थारू जातिले
प्रयोग गर्ने भाँडाकँु डा तथा विभिन्न किसिमका औजार संकलन गरी थारू संग्रहालयमा
स्थायी रूपमा प्रदर्शनका लागि राखियो । एक घर एक सामान अभियान चलाएर संकलन
गरिएका ती सबै सामानमा नाम लेखेर फुसको घरमा सजाइयो ।
यसरी पटक-पटकको संघर्षबाट संग्रहालय स्थापना भयो । यसले राष्ट्रिय चासो समेत
बटुल्यो । यसको विकासका लागि के न्द्र सरकारले असार १६, २०६७ मा बजेट छुट्ट्यायो ।
नेपाल सरकार संस्कृति मन्त्रालयले रु. पाँच लाख अनुदान दिने भयो । सरकारी सहयोगले
थारू अगुवाहरूको आत्मबल बढायो भने संग्रहालयको विकासमा थप टे वा पुग्ने नै भयो ।
संग्रहालयको नाममा बैंक खाता नरहेकोले चन्दाबाट आएको रकम अध्यक्ष र कोषाध्यक्षले
राख्ने गर्थे । अब बैंक खाता पनि शुरू भयो ।8
आर्थिक सहयोग आउन थालेपछि भदौ १९, २०६८ मा थारू संग्रहालयको व्यवस्थापन
समितिका अध्यक्ष मझिलाल थारू थने त को अध्यक्षतामा बै ठ क बस्यो । सो बै ठ कले
पुस २० देखि महोत्सव सञ्चालन गर्ने निर्णय ग¥ यो । पुस २० देखि २९ गतेसम्म थारू
संस्कृति महोत्सव सञ्चालन गरियो । महोत्सवबाट उठे को रकमको सहयोगमा ऐतिहासिक
थारू जातिको नवलपरासी डण्डामा थारू राष्ट्रिय संग्रहालय अध्ययन के न्द्र बन्यो । सोही
समयतिर संग्रहालय स्थापनाको लागि ५७ फीट लम्बाई तथा १९ फीट चौडाइको डोंढइरी
8
संग्रहालय सदस्य सिताराम महतोसँग असोज १७, २०७५ मा गरिएको कुराकानी ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 141

(फुसको) घर बनाउने निर्णय गरियो ।9 बैठक कक्षका लागि ३३ फीट लामो र १९ फीट
चौडाइ भएको घर बनाउने गरी नक्सांकन गरियो ।

आगजनीको घटना
तराई मधे स मा तीन ओटा थरूहट प्रदे श स्थापना गर्ने लगायतका माग राखी ने प ाल
सरकारलाई दबाब दिने उद्देश्यले नवलपरासीमा थारू संयुक्त संघर्ष समितिको आह्वानमा
वैशाख २६, २०६९ मा एकदिने बन्दको आह्वान गरिएको थियो ।10 तर सोही दिन ब्राह्मण-
क्षत्री दशनामी ठकुरीहरूद्वारा गठित राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त
संघर्ष समितिले बुटवलमा लुम्बिनी अञ्चलस्तरीय आमसभा आयोजना गरे को थियो ।
बन्द आह्वान गरिएको दिनमा बस लैजान दिने विषयमा २०६९ वैशाखको पहिलो हप्तामा
सौराहा, चितवनमा थारू समुदाय तथा ब्राह्मण-क्षत्री समुदायका अगुवाहरूको बैठक बसेको
थियो । सो बैठकमा बन्दको दिन आन्दोलनकारीलाई लिएर बुटवल जाने बसमा चिनिने
गरी ब्यानर टाँग्ने, गाडीको नम्बर र चालकको नाम डण्डामा बसेका आन्दोलनकारीसित
टिपाएर जाने सहमति भएको थियो ।
वैशाख २६ गते गैंडाकोटबाट हिँडेका ब्राह्मण-क्षत्री दशनामी ठकुरीहरू चढेका छ ओटा
बस ब्यानर टाँगेर डण्डा पुगेका थिए । ती बसहरू आ-आफ्ना नम्बर टिपाएर बुटवलतर्फ
लागे । तर, सातौ ँ बस भने पूर्व सहमति पालन नगरी डण्डा पुग्यो । ब्यानर नभएका कारण
उक्त बस डण्डामा रोकिनु प¥ यो । बसका यात्रुहरूले बाटोका लागि दबाब सिर्जना गर्न
होहल्ला गर्न थाले । त्यस बेला अधिकांश थारू आन्दोलनकारी खाना खान गएको बेला
थियो । प्रहरीको समेत उपस्थिति नरहेको बेला बढेको तनाव अन्ततः द्वन्द्वमा परिणत भयो ।11
आक्रोशित भीड थारू संग्रहालयतर्फ अगाडि बढ्यो । भीडले संग्रहालयमा तोडफोड
र आगजनी ग¥ यो । त्यसै सिलसिलामा संग्रहालय भवनका दुई ओटा ढोकामा तोडफोड
भयो, भवनभित्र राखिएका एउटा काठे दराज, २४ थान प्लास्टिकका कु र्सी, भित्तामा
टाँसिएका दश ओटा तस्विर, ४३ थान साइकलसँगै आन्दोलनमा प्रयोग गरिएका टे न्ट,
माइक, साउण्ड बक्स तोडफोड गरिए ।
पक्की भवन सँगैको फुसको छानो भएको खडाईको भित्ता भएको घरमा आगजनी हुँदा
पूरै भवन जल्यो । त्यसमा रहेका छितरी, मउनी, ढरिया, झोकी, ठाट, गोगइली, खोबडी,

9
संग्रहालय उपाध्यक्ष नासीराम महतोसँग चैत १४, २०७५ मा गरिएको कुराकानी ।
10
थारूहरूको बन्द लगत्तै वैशाख २८ देखि ३० गतेसम्म ब्राह्मण, क्षत्री, दशनामी समुदायले
पनि बन्दको आह्वान गरे ।
11
थारूका सामाजिक अगुवा राजकुमार महतोसँग मंसिर २४, २०७५ मा गरिएको कुराकानी ।
142 | मोतिकला पंगेनी

ठे की, छतरी, मचिया, मोढा, बिठयी, चौकी, थवना, ढेंका, जाँतो, माछा समात्ने जाली,
सिलौटा, बेडा, थारू ढडे रीजस्ता थारू संस्कृतिसँग सम्बन्धित सामग्री सबै नष्ट भए (हेर्नुहोस्
अनुसूची १) । तरकारी राख्ने काठको गाग्रो, ते ल राख्ने काठले बने को डोक्सी, पिउने
पानी राख्ने माटोले बनेको गल्थरी, हलो, जुवा, खटिया, भोजभतेर तथा मर्दापर्दाको बेला
खाना खान प्रयोग हुने जंगली भोर्लाको पात, चप्पलको साटो खुट्टामा लगाउने काठका
खराउ पनि बचेनन् ।
थारू सं ग्र हालयमा भएको आगजनीमा कसको हात छ राम्ररी छानबिन नै भएन ।
जग्गाबारे विद्यालयसँग पहिलेदेखि नै ठाकठुक परिरहेकै थियो जसको नेतृत्वमा पहाडी
समुद ायका मानिस थिए । आक्रोशित भीडमा पनि गैं डा कोटका ब्राह्मण-क्षत्री दशनामी
ठकुरीहरू नै थिए । यस आगजनीलाई डण्डाको सार्वजनिक जग्गा ओगट्ने बेलामा सिर्जना
भएको द्वन्द्वसित जोडेर हेरियो ।12 संग्रहालय तारबार उखेलेर फालिएको र भवनमा आगजनी
गरिएको घटनाले थारू समदु ाय मर्माहत भए । आफ्नो थातथलोमा सांस्कृतिक धरोहर स्थापना
गरिएको के ही समयमै दोस्रो पटक भएको आक्रमणले थारूलाई फे रि नराम्ररी झस्कायो ।
वैशाख २६, २०६९ मा भएको घटनापछि आक्रोशित थारू समुदायले आक्रमणको
विरोधमा तराई बन्दको आह्वान गरे । समाधान तथा द्विपक्षीय सम्बन्ध सुधारका लागि
इलाका प्रहरी कार्यालय कावासोतीमा वैशाख २७ गते बैठक आयोजना गरियो । बैठकमा
थारू आन्दोलनका अगुवा र ब्राह्मण-क्षत्री समुदायका अगुवाहरूले आपसी समन्वयको
अभावमा झडप हुन गएको निष्कर्ष निकाले ।13
तर कुरा यतिमै सकिएन । वैशाख २७ गते थारूहरूको प्रदर्शनमाथि दमन हुँदा कुरा
लम्बियो । अघिल्लो दिनको घटनालाई लिएर कावासोती इलाका प्रहरी कार्यालयमा
छलफल भइरहेक ो बे ल ा बाहिर प्रदर्शन हुँदै थियो । थारूहरूले आफ्नो पहिचानमाथि
भएको आक्रमणको विरोध गर्दै र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरे । इलाका
प्रहरी कार्यालयमा जारी बै ठ कलाई दबाब दिन के ही थारू प्रदर्शनकारीहरू डण्डाबाट
कावासोतीतर्फ आइरहेका थिए । ती प्रदर्शनकारीको समूहमाथि प्रहरीले गोली चलायो ।
प्रदर्शनमा सहभागी धनबहादुर थनेतको ज्यान गयो । थारू संयुक्त संघर्ष समितिका सदस्य
एवं प्रत्यक्षदर्शी राजकुमार महतो भन्छन, “भीड नियन्त्रणको नाममा सामान्य चरण पनि
पूरा नगर्दा एक जनाको ज्यान गयो, के ही मानिस घाइते भए” (हेर्नुहोस् अनुसूची २) ।
डण्डा घटनाको छानबिन गर्न नवलपरासी प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल
र मानवअधिकारकर्मीहरूको संयुक्त बैठकले अनुसन्धान समिति बनायो । उक्त समितिले
12
कृ ष्णबहादुर दंगालसँग वैशाख १५, २०७६ मा गरिएको कुराकानी ।
13
बैठकमा प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ, सशस्त्र सीमा प्रहरी बल प्रहरी उपरीक्षक
नेत्रबहादरु खत्री, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र विक्रम शाह सहभागी थिए ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 143

घटनामा बल प्रयोग भएको भनी प्रतिवेदन सार्वजनिक गर्दै प्रशासनलाई बुझायो । प्रतिवेदनमा
भीड नियन्त्रण गर्न पालना गर्नुपर्ने प्रारम्भिक चरण पूरा नै नगरी प्रहरीले गोली चलाएको
तथ्य खुलाइएको छ ।14
वै श ाखदेख ि कात्तिक २०६९ सम्म सं ग्र हालयको काम अघि नबढे क ो देख िन्छ, तर
यसको कारण प्रस्ट छै न । थाकसका एक सदस्यका अनुसार थाकस र संग्रहालयबीच के ही
मन मुटाब भएर संग्रहालयका पदाधिकारीको बैठक बस्न नसके को हो । थाकस जिल्ला
समितितको अगुव ाइमा सं ग्र हालयलाई अगाडि बढाउने काम भएकोले र संग्र हालयको
पदाधिकारी पनि थाकसको नेतृत्व गर्ने व्यक्तिहरू एउटै भएकोले मतमतान्तर रहेको थियो ।
साथै, शहीदको दाहसंस्कारमा थाकस र संग्रहालय दुवैका पदाधिकारी उपस्थिति रहेको तर
संग्रहालयका अध्यक्ष एक्लैको उपस्थितिमा राज्यको सहयोग शहीद परिवारलाई हस्तान्तरण
गरे कोले पनि थाकसका अगुवाहरूबीच मन मुटाब भएको थियो र संग्रहालयको बै ठक
बस्न सके को थिएन । पछि पुनः थाकसका अगुवा खड्गबहादुर थनेतबाट पुनर्निर्माणका
लागि अघि सरे को थियो ।

आगजनीपछि पुनर्निर्माण र ससं ्थागत विकास


आक्रमण र आगजनीपछि देश विदेशमा रहेका थारू समुदायले संग्रहालयको पुनर्निर्माणमा
सहयोग गरे । कात्तिक ११, २०६९ मा संग्रहालयको दक्षिणपट्टि लोकमार्गतर्फ व्यापारिक
प्रयोजनका लागि प्रवेशद्वारको दवु ैतर्फ टहरा निर्माण कार्य शरू
ु भई भवनको पिल्लर उठाइयो ।
थारू राष्ट्रिय संग्रहालय पुनर्निर्माणका लागि संग्रहालय समितिले नेपाल सरकारसँग जेठ ७,
२०७१ मा सहयोग रकम माग ग¥ यो । त्यसमा शहीद धनबहादुर थनेतको शालिक निर्माण
गरी थारू राष्ट्रिय संग्रहालय अध्ययन के न्द्र स्थापना गर्ने योजना पनि समावेश थियो ।
संग्रहालय पुनर्निर्माणको लागि कावासोती नगरपालिकासित पनि आर्थिक सहयोगको माग
गरियो ।
कात्तिक ६, २०७२ मा सं ग्र हालय र ने प ाली प्रवासी सं घ थारू समाजको सं यु क्त
आयोजनामा बसेको आकस्मिक बैठकले राष्ट्रिय थारू संग्रहालयको संरक्षण र विकास
निर्माण योजनामा सहयोग गर्ने निर्णय ग¥ यो । प्रवासी थारू समाजको सहयोगमा संग्रहालय
प्रवेशद्वारको गेट निर्माण भयो । बुद्धको मूर्ति स्थापना गरी मूल गेटदेखि बुद्धको मूर्तिसम्मको
बाटो ग्राभेल गरियो ।

14
“मानवअधिकार जिल्ला अनुग मन समिति नवलपरासीको प्रतिवे द न” शीर्षकको सो
प्रतिवेदनको सार अनुसूची ३ मा हेर्नुहोला । म स्वयं पनि सो समितिको एक सदस्य थिएँ ।
144 | मोतिकला पंगेनी

वैशाख २०७३ भित्र नवलपुरको तमासपुरदेखि, अग्यौली, कावासोती, भेडाबारी सम्मका


स्थानीय थारू बासिन्दासँग संग्रहालयको लागि मौसमी चन्दा उठाइयो । नवलपुर क्षेत्रबाट
उठे को मौसमी चन्दाबाट ५ लाख ६ सय ३६ रुपैयाँ संकलन भएको थियो ।
यसरी संग्रहालयको पुनर्निर्माण गरियो । संग्रहालयको परिसरमा थारू कल्याणकारिणी
समितिले महोत्सवको आयोजना गर्दै सं ग्र हालयको लागि विभिन्न सामग्री पुन ः सं ग्र ह
ग¥ यो ।15 ती संग्रहित सामग्री स-शुल्क टिकट लिएर हेर्न पाइने व्यवस्था गरियो । अहिले
पनि शुल्क तिरे र कार्यालय समयमा संग्रहालयको अवलोकन गर्न पाइन्छ ।
संघर्ष पश्चात् शुरूआती नेतृत्वले राष्ट्रिय संग्रहालय निर्माणको एक चरणको काम गरे को
थियो । यसले जग्गा प्राप्तिको संघर्ष, संग्रहालयको निर्माण आदि कामको अगुवाइ गरे को
थियो । यसका नेतृत्वकर्ता मझिलाल थारूको पदावधि सकिएकोले नयाँ कार्यसमितिको
चयन गर्न पुस २०, २०६९ मा भेला बोलाइयो । भेला बोलाएको दिन यातायात बन्द
रहेको हुँदा गणपुरक संख्या नपुग भई स्थगित गरियो । माघ ६, २०६९ मा अर्को बृहत्
भेला बोलाउने निर्णय गरे पनि तोकिएको समयमा भेला हुन सके न । अन्तत: पुस २२,
२०७१ मा अधिवेशनका लागि भेला बस्यो । भेलाले मझिलालको समितिको विघटन
गर्दै खड्गबहादरु थनेतको नेतृत्वमा तदर्थ कार्यसमितिको गठन ग¥ यो । उनले संग्रहालयका
लागि बनेको जग्गा व्यवस्थापन समितिको अध्यक्ष भएर एक कार्यकाल काम गरे का थिए ।
र विभिन्न संघर्षका कार्यक्रममा नेतृत्त्वदायी भूमिका खेलेका थिए ।
आफ्नो कार्यअवधि पूरा नहुँदै साउन २०७३ मा खड्गबहादुर थनेतको मृत्यु भयो ।
अध्यक्षको देहावसान भएपछि समिति स्वतः विघटन भयो । साउन ३२, २०७३ मा उपाध्यक्ष
नासीराम महतोको अध्यक्षतामा बैठक बसी कुलचन्द महतोलाई अध्यक्ष मनोनीत गरियो ।
समितिका अन्य पदमा पुरानो समितिका अधिकांश व्यक्ति नै छानिए । अध्यक्षको जिम्मेवारी
पाएका महतोलाई संग्रहालय जिल्ला प्रशासन नवलपरासीमा दर्ता नभएको कुरा खट्कियो ।
त्यसैले भदौ २७, २०७३ मा संस्थाको नामकरण, संस्थाको विधान मस्यौदा गर्ने काम, र
संग्रहालयको मास्टर प्लान तयार गर्न थालियो । त्यसपछि संघसंस्था दर्ता ऐन २०३४ को
दफा ४ बमोजिम फागुन ४, २०७३ मा विधिवत् रूपमा थारू राष्ट्रिय संग्रहालय अध्ययन
के न्द्र दर्ता भयो ।
दर्ता प्रमाणपत्र प्राप्त गरे को छ महिनाभित्र भदौ ५, २०७४ मा डण्डामा राष्ट्रिय थारू
संग्रहालय समितिको प्रथम अधिवेशन भयो । अधिवेशनमा डण्डा क्षेत्रमा बसोबास गरे का
थारूको उल्लेख्य उपस्थिति थियो । अधिवेशनमा संग्रहालयको विकास, संरक्षण र संवर्धनका
लागि सहयोग जुटाउने तथा थारू पहिचानको रणनीतिलाई अगाडि बढाउने निर्णय गरियो ।
15
संग्रहालयमा इतिहास झल्कने वस्तु, चित्र, गरगहना, थारूका विभिन्न भेषभूषा, पहिरन
तथा वस्तुको चित्र, नमूना संग्रहित छन् ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 145

अधिवे श नले सं ग्र हालयको अध्यक्ष पदमा थारू आन्दोलनमा लामो समयदेख ि सक्रिय
र समर्पित कार्यकर्ता कमलराज गुरौलाई सर्वसम्मत चयन ग ¥ यो । गुरौको अध्यक्षतामा
भदौ ३१, २०७४ मा अर्को कार्यसमिति गठन भयो । संग्रहालय स्तरोन्नति काम गर्नु यो
कार्यसमितिको दायित्व थियो । यसको लागि कार्यसमिति सामाजिक विकास मन्त्रालय,
गण्डकी प्रदेश पोखरामा दुई करोडको प्रस्तावना पेश ग¥ यो । तर सो दुई करोडको डीपीआर
तयार नभएकोले प्रदेश सरकारले संग्रहालयका लागि आ.व. २०७५/०७६ मा दश लाख
रुपैयाँ मात्र बजेट विनियोजन गरिदियो । सो रकमबाट सोध भर्ना हुने गरी हाल संग्रहालयको
भवन तथा कार्यालय भवनको मर्मत कार्य भएको छ ।
संग्रहालय स्थापनाको क्रममा शहीद भएका धनबहादुर थनेतको शालिक थारू राष्ट्रिय
संग्रहालय अध्ययन के न्द्रको प्रांगणमा माघ १, २०७५ मा स्थापना गरियो । माघी महोत्सव
२०७५ को अवसरमा थाकस के न्द्रीय सदस्य वीरे न्द्र चौधरी, सु स ्ता पू र्व नवलपु र का
जिल्ला थाकस अध्यक्ष रामप्रसाद महतो सहितले संयुक्त रूपमा शहीद थनेतको शालिक
अनावरण गरे ।
शालिक अनावरण समारोहमा उपस्थित समुदायलाई “थारूहरूको विकास गर्न हामी
आफै बाट शु रू आत गरौ ,ँ हाम्रो सानो सहयोगले हाम्रो इतिहास झल्काउने सं ग्र हालय
पुनर्निर्माणमा सहयोग पुग्छ” भनेर सहयोगको लागि अपिल गरियो । 16 यो अपिलबाट
राष्ट्रिय थारू संग्रहालय संरक्षण अभियान अन्तर्गत ५ लाख १५ हजार रुपैयाँ रकम संकलन
भयो । गैंडाकोट भेडाबारीका समाजसेवी रूपनारायण महतो र उनकी श्रीमती रोमकुमारी
महतोले संग्रहालयको मूल गेटमा चेनल गेट बनाइदिने बाचा गरे । यसरी संग्रहालयको
भौतिक र सांगठनिक रूपमा संस्थाको संस्थागत विकास र पुनर्निर्माणले विभिन्न संघर्षपछि
एउटा लय समातेको छ ।

निष्कर्ष
नेपाली राज्यमाथि आफ्ना अधिकार स्थापित गराउन चरणबद्ध आन्दोलन गरे का थारूहरूले
थालेको संग्रहालय स्थापना गराउने प्रयास मूलतः स्वपहिचानको लागि थियो । संग्रहालय
स्थापना स्वपहिचानमा मात्रै के न्द्रित थिएन, यसको रणनीतिक महत्त्व पनि छ । संग्रहालय
स्थापना गरिएको नवलपरासीको डण्डा क्षेत्र पूर्वपश्चिम सडकको बीचमा रहेकाले यसले
राष्ट्रिय महत्त्व पनि राख्थ्यो । पूर्वपश्चिम तराईमा फै लिएका थारू समुदायको सांस्कृतिक
के न्द्रको रूपमा यसलाई स्थापित गर्न सकिने आकां क्षा थारू समुद ायमा थियो । अरू

16
वीरे न्द्र चौधरीसँग मंसिर २४, २०७५ मा गरिएको कुराकानी ।
146 | मोतिकला पंगेनी

ठाउँ मा जग्गा भए पनि पूर्वपश्चिम लोकमार्गको के न्द्रमा पर्ने डण्डामै सांस्कृतिक के न्द्र खोल्न
उनीहरूले संघर्ष समेत गरे ।
नवलपरासीको डण्डामा संग्रहालयको स्थापना स्थानीय संघर्षलाई राष्ट्रिय मान्यता दिने
गरी भएको थारू आन्दोलनको संघर्षको प्रतिबिम्ब हो । यसको लागि लामो संघर्ष गरिएको
थियो । संग्रहालयको विकासको क्रममा पनि अनेकौ ँ बज्रपात हुन गएपछि थारूहरू कठिन
संघर्षका लागि तयार हुनु परे को थियो । संग्रहालय बनाउन उनीहरूले गैर थारू समुदायसँग
जुझ्नुप¥ यो भने राज्यसँग अने क माग राख्नुप¥ यो । यसरी आफ्नो जातीय र सांस्कृतिक
पहिचान झल्काउने र तिनको संरक्षण गर्ने संग्रहालय स्थापनाका लागि समेत पटक-पटक
आन्दोलनमा होमिनुप¥ यो र बलिदान समेत दिनुप¥ यो । अतः थारू संग्रहालय स्थापनाको
आन्दोलन समग्र पहिचानको आन्दोलनको स्थानीय कथा त हो नै संग्रहालयलाई राष्ट्रिय
रूप दिने संघर्षको इतिहास पनि हो ।
यसको सन्देश हो—थारू समुदाय आफ्नो ज्ञान संस्कृति र परम्पराको दिगो संरक्षण
र संवर्धन गर्न प्रयत्नशील छन् । यस प्रयत्नको संस्थागत स्थायित्व र दिगोपनाका लागि
संग्रहालय राखिएको जग्गाको भोगाधिकार पनि जरुरी हु न ्छ । संग्रहालयको पुन र्निर्माण
र पुनर्स्थापना गरी व्यवस्थित संग्रहालय बनाउनु थारू आन्दोलनको हिस्सा बनेको छ ।
संग्रहालय भवन रहेको जग्गाको भोगाधिकार प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । उक्त
सार्वजनिक जग्गामा कसैको दाबी विरोध छै न भने सरकारले भोगाधिकार दिने सम्भावना
बढी हुन्छ । सरकारी प्रक्रिया पूरा गरे र ५० वर्षका लागि लिजमा दिने सरकारी नीति अनुरूप
संग्रहालयले भोगाधिकार पाउन सक्छ ।

धन्यवाद
अनु स न्धान र ले ख न क्षमता विकास गर्न सघाउने मार्टि न चौतारीलाई धन्यवाद छ ।
विभिन्न सूचना तथा जानकारी दिने नवलपरासी जिल्लाको थारू कल्याणकारिणी सभाका
पदाधिकारीका साथै कावासोती डण्डाका थारू अगुवाहरू मझिलाल थारू थनेत, गणेशमान
महतो, कमलराज गुरौ, सिताराम चौधरी, युग महतो, कोमल प्रसाद महतो, पुष्परत्न महतो,
रिता थनेत, पतिराम महतोसँगै टंक अर्याल, नासीराम महतो, चेतनाथ पोखरे ल, एकादत्त
वस्ती, जितबहादुर महतो, कृ ष्णबहादर दंग ाल, चोलाकान्त सिग्देल, जोगमाया महतो,
राजकु मार महतो, पुर न चौधरी, चे त नाथ राय, हरिमाया थने त थारू र चुर ामणि थने त
लगायत अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद । साथै, वडा अध्यक्ष तथा समाजसेवी टंक
अर्याल, चेतनारायण पोखरे ल, कृ ष्णबहादरु दंगाली र पतिराम महतोप्रति आभारी छु । यो
लेखमा मार्गनिर्देशन गर्नुहुने मार्टि न चौतारीका प्रत्यूष वन्त र अर्जुन पन्थीलाई धन्यवाद छ ।
थारू संग्रहालय र आन्दोलनको सम्बन्ध | 147

सन्दर्भ सामग्री
गुण रत्ने, अर्जुन । सन् २००६ । थारू र राज्य : प्रजातन्त्र, राज्य निर्माण र जनजाति
पहिचान । मधे श : समस्या र सम्भावना । वसन्त थापा र मोहन मै न ाली, सं .
पृ. ४२–५४ । ललितपुर : सोसल साइन्स बहा: ।
शर्मा, सुधीर । २०७२ । भयको भुमरी । कान्तिपुर, भदौ १२, पृ. १, ३ ।
सर्वहारी, कृ ष्णराज र गणेश चौधरी । २०७४ । थरूहट आन्दोलनको दशक र टीकापुर
काण्ड । मधेश अध्ययन ५ : ११५–१४० ।
सर्वहारी, कृ ष्णराज र नवीन झा । २०६९ । थरूहट आन्दोलनको दशा र दिशा । मधेश
अध्ययन १ : १०५–१४६ ।

अनुसच
ू ी
जवाफदेहिता निगरानी समिति नवलपरासीले आगजनी लगातयका सो समयमा भएका
घटनाहरूको दिनदिनै अनुगमन गरिरहेको थियो । सो समितिले आगजनीको घटनामा शहीद
र घाइते भएकाहरूको घर-घरमा गएर भेट्ने काम गरे को थियो । साथै, थाकस अगुवा र
संग्रहालयका पदाधिकारी र प्रत्यक्षदर्शीलाई पनि भेटेर घटनाको दस्तावेज तयार गर्दै आएको
थियो । त्यसपछि प्रशासनले प्रतिवेदन लेख्ने काम पनि समावेश गरी “मानवअधिकार जिल्ला
अनुगमन समिति नवलपरासी” गठन गरे को थियो । सो अनुगमन टोली जेठ ९, २०६९ मा
डण्डामा पगु ेको थियो । सो टोलीले पर्वू -सचू ना अनसु ार संग्रहालयमा पदाधिकारीहरू, घाइतेका
परिवारहरू, प्रत्यक्षदर्शीहरू, भद्र भलाद‌म् ीहरू, साथै थारू संयुक्त संघर्ष समितिका सदस्यहरू
भेला भएका थिए । तल उल्लिखित अनुसूचीहरू जवाफदेहीता निगरानी समितिका दस्तावेज
र मानवअधिकार जिल्ला अनुगमन समिति नवलपरासीको प्रतिवेदनमा आधारित छन् ।

अनुसच
ू ी १ : आगजनीमा भएको क्षतिको विवरण
१. सग्रं हालय परिसरसँगै राखिएको रिता महतोको ना १६ प ८६१० नम्बरको स्कुटरमा आगजनी
हुदँ ा जलेर पर्णू रूपमा नष्ट भएको थियो ।
२. राजेश पालको लु ३ प ८४३८ नम्बरको मोटरसाइकल र सीताराम थारूको लु ८ प ६१७७
नम्बरको मोटरसाइकलमा तोडफोडबाट क्षतिग्रस्त भएको थियो ।
३. संग्रहालय भवनका दईु ओटा ढोकामा तोडफोड भएको थियो भने भवनभित्र राखिएका
एउटा काठे ¥याक, २४ थान प्लास्टिकका कुर्सी, भित्तामा टाँसिएका दश ओटा तस्बिर, ४३
थान साइकल, आन्दोलनमा प्रयोग गरिएको टेन्ट, माइक, साउण्डबक्स तोडफोड गरिएको
थियो ।
148 | मोतिकला पंगेनी

४. पक्की भवनसँगै रहेको अर्को फुसको छानो भएको खडाईको भित्ता भएको घरमा आगजनी
हुदँ ा परू ै भवन जलेको थियो ।
५. थारू सग्रं हालयमा एक घर एक सामान अभियान अन्तर्गत सक ं लन गरिएका थारू ससं ्कृतिसँग
सम्बन्धित गरगहना, थारू जातिले प्रयोग गर्ने भाँडाकँु डा तथा विभिन्न किसिमका औजार
जलेर नष्ट भएको थियो ।

अनुसच
ू ी २ : प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका र घाइते भएकाहरूको
नामावली
१. छातीमा गोली लागेर शिक्षण अस्पताल काठमाडौ ँमा उपचारको क्रममा कुमारवर्ती गाविस
७ गोछडा बस्ने ४५ वर्षीय धनबहादरु थनेतको ज्यान गएको ।
२. साबिक कुमारवर्ती गाविस-७ गोछडा बस्ने २२ वर्षीय महेन्द्र आले मगरको खट्ु टामा गोली
लागेर शिक्षण अस्पताल काठमाडौ ँमा उपचार भएको ।
३. अग्यौली गाविस-३ का २२ वर्षीय विशाल महतोको काखीमा गोली लागेपछि शिक्षण
अस्पताल काठमाडौमँ ा उपचार भएको, अग्यौली गाविस-४ का टोकबहादरु थनेतको
कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भएको ।
४. अग्यौली गाविस-८ डण्डा बस्ने २२ वर्षीय ताराबहादरु थनेतको दवु ै खट्ु टामा गोली लागेर
शिक्षण अस्पताल काठमाडौमँ ा उपचार भई डिस्चार्ज भए तापनि अवस्थामा सुधार
नआएकोले पनु ः भरतपरु लगिएको ।

अनुसच ू ी ३ : मानवअधिकार जिल्ला अनुगमन समिति नवलपरासीले


सार्वजनिक गरेको ११ पष्ठृ लामो प्रतिवेदनको सार
१. टोलीले सार्वजनिक गरे को प्रतिवेदनमा वैशाख २६, २०६९ को घटनामा प्रहरी, बन्दकर्ता
र बसका यात्रुले सयं मता नअपनाएको देखाएको छ ।
२. प्रहरीले भीड नियन्त्रण गर्ने प्रारम्भिक चरण नै परू ा नगरी बिनाआदेश गोली चलाएको भनिएको
छ।
३. थारू आन्दोलनको क्रममा डण्डामा चक्काजाम गरे र बसिरहेको ठूलो भीडमा प्रहरीको
उपस्थिति नहुनु नै घटनाको कारण बन्न गएको छ ।
४. थारूहरूको आन्दोलन चलिरहेको अवस्थामा गैंडाकोटबाट आएका ब्राह्मण दशनामीहरू
चढेको बस पश्चिम जान लागेको खबर कावासोती प्रहरीलाई हुदँ ाहुदँ ै बसलाई रोक्ने वा
स्कर्टिङ गर्ने काम नगरी प्रहरीले कमजोरी देखाएको छ ।
५. बसका यात्रु र आन्दोलनकारीबीच झडप भए पनि सग्रं हालयमा तोडफोड र आगजनी गर्नुमा
पर्वू तयारी वा बदनियतपर्णू व्यवहार रहेको देखिएको छ ।
६. ब्राह्मण दशनामीहरूले जानीबझु ी थारू संग्रहालयमा आगजनी गरे का हुन् । यसै दःु खद्
व्यवहारले थारू समदु ाय आज पनि प्रभावित देखिन्छ ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 149

खण्ड तीन

जीविकोपार्जन
150 | वृजराज कुशवाहा
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 151

सात

गण्डक सम्झौताले सताएका नेपालीको पीडा

वज
ृ राज कुशवाहा

खेतमा जमेको पानी नसुक्दा उत्पादन दिन प्रतिदिन गिर्दैछ । सिँचाइ गर्न पानी पाइएको छै न
तर नहरमा सलल बगेर पानी भारत जाँदैछ । किसानसित भएका घर, जग्गा र कृ षि कारोबार
न त गरिखान सकिएको छ, न बेच्न नै मिलेको छ । जग्गाधनी लालपुर्जा हातमा छ, तर
जग्गा छै न । बसाइँ सर्न चाहनेले जग्गाको मूल्य पाएको छै न । उद्यम गर्न ॠण माग्नेलाई
बैंकले ॠण दिएको छै न । ६० देखि १२० प्रतिशत वार्षिक ब्याजको ॠण प्रचलनमा छ ।
यस्ता तमाम समस्या उब्जिनुको एकमात्र कारण बनेको छ, गण्डक सम्झौता ।1 वि.सं.
२०१६ मा नेपाल भारतबीच भएको यो सम्झौता नवलपरासी जिल्लाको नारायणी नदीसँग
सम्बन्धित छ । सम्झौताको मुख्य उद्देश्य नेपाल / भारत दुवै देशमा सिँचाइको व्यवस्था
मिलाउनु, बाढी नियन्त्रण गर्नु तथा जलविद्युत उत्पादन गर्नु रहेको थियो । सम्झौता भई
लागू भएको गण्डक परियोजनाबाट दुवै देशका सरकार लाभान्वित भए । भारत सरकारले
सिँ च ाइका लागि पानी लै ज ान पायो भने ने प ाल सरकारले भारतबाट हस्तान्तरित १५
मेगावाट उत्पादन क्षमताको जलविद्युत के न्द्र पायो । तर, यसले गण्डक कमाण्ड क्षेत्रका
बासिन्दालाई नराम्ररी पिरोल्दै आएको छ ।
हजारौ ँ घरपरिवार यसबाट प्रभावित छन् । पीडितहरू आर्थिक, सामाजिक र सांस्कृतिक
क्षेत्रमा दीर्घकालीन समस्यामा परे का छन् । समस्या जन्माएका सरकारहरूले न समाधान
गरे क ा छन्, न ठोस पहल नै । नागरिक स्तरमा समाधान गर्न नसकिने तथा सरकारले
1
गण्डक सम्झौताको पूर्ण विवरणको लागि हेर्नुहोस् http://moewri.gov.np/images/
category/Aggrement-on-Nepal-and-India-Gandak-River-1959.pdf; मं सि र १६,
२०७५ मा हेरिएको
१५१
152 | वृजराज कुशवाहा

ध्यान नदिने भएपछि कमाण्ड क्षेत्रको बसाइ गण्डकवासीका लागि निकै कष्टकर बनेको
छ । कमाण्ड क्षेत्रमा पश्चिम नवलपरासीको साबिकका १३ गाउँ विकास समिति (गाविस)
पर्दछन् । यसभित्र त्रिवेणीसुस्ता, रुपौलिया, कुडिया, नरसही, पकलिहवा, गुठी परसौनी, गुठी
सुर्यपुरा, बैदौली, ठूलो खैरटवा, सोमनी, भुजहवा, जमुनिया र रामपुर खडौना गाविस रहेका
छन् । नेपालको संविधान २०७२ कार्यान्वयनमा आइसके पछि बनाइएका स्थानीय निकाय
प्रतापपुर र सुस्ता गाउँ पालिकाको पूरै क्षेत्र तथा विनयी त्रिवेणी र सरावल गाउँ पालिकाका
६ र ७ नं. वडा गरी १८ ओटा वडालाई कमाण्ड क्षेत्र मानिएको छ ।
गण्डक परियोजना बन्नुअघि पहाडबाट तराई झरे का खोल्साहरूमा बाढी आउँ दा पानी
सरासर बगेर जान्थ्यो । गण्डक परियोजनाका लागि ब्यारे ज, नहर, सडक, पुलपुलिया,
जलविद्युत गृह र साइफन जस्ता संरचना बनाइएपछि अनेक समस्या उब्जिए । संरचनाले
बाढीको पानी निकासमा अवरोध गर्न थाल्यो । डुबान, कटान र पटान हुन थाले । भूक्षय
र जलजमाव हु न थाल्यो जसले गर्दा माटोको बनोट बिग्रिंदैछ । माटोभित्र हावा खेल्न
नपाउँ दा माटो बिग्रिन्छ । पानी जमिरहँदा माटोमा रहेका कृ षिका लागि हितकारी जीवाणु
मर्न थालेका छन् । खेतीमा किसानको लागत बढ्न थालेको छ । बाली उत्पादनमा ह्रास
आउँ दा किसानको मनोबल गिर्दैछ । पानी जमिरहने भएपछि लाम्खुट्टे बढेर औलो रोगले
जरो गाडे को छ । दश वर्षअघि औलोको महामारीमा परे र एकै वर्ष कठहवा मुसहर बस्तीमा
११ जनाको ज्यान गयो । हैजाले गर्दा वर्षेनी के ही मानिसको ज्यान गुम्दैछ ।
डुबानसँगै कटानले पनि नोक्सान गरे को छ । सयौ ँ हेक्टर उर्वर भूमि नारायणी नदीमा
बिलिन भइसक्यो तर पनि कटान थामिने लक्षण छै न । नारायणीसँ गै खजु र ा, झरही,
अम्चुरखोला, सिरखोला, रायपुरा र लिटिल गण्डकबाट कटानको क्रम जारी छ । कटानको
पीडाले कमाण्ड क्षेत्रका धेरै किसानलाई जग्गा विहीन बनाइसक्यो । जग्गाधनी लालपुर्जा
हातमा छ तर जग्गा भने बगाइसके को छ । सरकारले क्षतिपूर्ति दिएको छै न ।
डुबान, कटान मात्रै होइन, पटान पनि प्रमुख समस्या बनेको छ । बाढीले ल्याएका
बालुवा, ढुंगा र माटो मिश्रित पानीले माटोको गुणस्तर बिगार्नुका साथै खोल्सो, ड्रे न तथा
साइफन सिल्टेशन भई पुरिँ दै छन् । भूक्षयले साइफन भरिँ दै जाँदा बाढीको प्रकोप झनै बढ्दै
छ । धान, गहुँ, तोरी, मकै , उखु, के रा र तरकारी खेती हुने उर्वर जग्गा बाढीबाट प्रभावित
भई बाँ झ ो बन्दैछ । सिँ च ाइ सुविधा , उन्नत बीउबिजन, औषधी उपचारजस्ता सुविधा
नभएका बेला कृ षि उत्पादन भारतमा लगेर बेच्ने गरे का किसान आत्मनिर्भर थिए । कृ षि
सुविधाको पहुँच बढ्दै गए पनि अचेल उत्पादन दर खस्कँ दै गएपछि किसानलाई लगानी
समेत उठाउन धौ-धौ भएको छ । अर्कोतर्फ , बाढीले गरे को नोक्सानको क्षतिपूर्ति बापतको
करिब तीन अर्ब रकम भारतले नेपाली किसानलाई दिएको छै न (हेर्नुहोस् अनुसूची १) ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 153

नेपालतर्फ भएको हानि नोक्सानीको क्षतिपूर्ति नेपाल सरकारबाट नपाउनाले पीडित किसान
अहिले खेतीको विकल्प खोज्न थालेका छन् ।
खेतीको विकल्पमा उद्यम व्यवसाय गर्न चाहने किसानले बैंकबाट ॠण पाएका छै नन् ।
कमाण्ड क्षेत्रको जग्गाको भविष्य सुनिश्चित छै न, लगानी गरे डुब्न सक्छ भन्दै ॠण दिइएको
छै न । डुबान, कटान, पटान र जलजाम हुनुका साथै नारायणी नदी बाँध भत्काएर गाउँ मा
पस्यो भने खेत बगर बन्नेछ भन्दै जग्गालाई धितोको रूपमा स्वीकारिएको छै न । त्यसैले,
किसानले साहुलाई जग्गा दृष्टिबन्धकी राखेर वार्षिक ६० देखि १२० प्रतिशतसम्म ब्याजमा
ॠण लिएका छन् । यस्तो क्रम बढेपछि मालपोत कार्यालयले कपाली तमसुक र दृष्टिबन्धकी
लेख्न रोक्नुपरे को थियो । साहुहरूले अब ॠणीको जग्गा आफ्नो नाममा राजीनामा पास
गराई ॠणको कारोबार चलाएका छन् ।
एकतर्फ बैं क ले ॠण नदिने , अर्कोतर्फ कृ षि उत्पादन राम्रो नहु ने भएपछि जग्गाको
मूल्य घटे को छ । त्यही कारण जग्गाको खरिदबिक्री ठप्पप्रायः छ । बेच्नै परे किसानहरू
सस्तो मूल्यमा बेच्न विवश छन् । नदी गाउँ पस्ने र ज्यान असुरक्षित मानेकै कारण अन्य
क्षेत्रका मानिस यस भेगमा आफ्नी छोरीको विहे गरी पठाउन मान्दैनन् । छोरीको जीवन
र भविष्य जोखिममा पर्ने डरका कारण साबिक नरसही, कुडिया र पकलिहवा गाविसका
युवालाई बिहे गर्नै कठिन छ ।
यिनै समस्याका कारण स्थानीयवासीले न पक्की घर बनाउने आँट गर्न सके का छन्, न
बसाइँ सर्ने हिम्मत नै । बसाइँ सरे घरजग्गाको उचित मूल्य पाइँदैन, नसरे घर, जग्गा, सम्पत्ति
र ज्यान सबै जोखिममा । घरखेत किनबेच गर्न सक्नेले कमाण्ड क्षेत्र बाहिर घरघडे री जोड्न
थालेका छन् । धेरैजसो मानिस बसाइँ सर्न अन्यत्र जग्गाको खोजीमा छन् ।
बेथितिमा सुधारका लागि दुवै देशलाई हारगुहार गर्दै आएका गण्डकवासीको माग
सुनुवाइ भएको छै न । दुवै सरकार आफूले लाभ लिने र जनताले भोग्दै आएको सास्तीलाई
बेवास्ता गर्न थालेपछि आजित बनेका स्थानीयवासी एक जुट भई संघर्षमा उत्रे । संघर्ष
गर्नका लागि “गण्डक नदी नियन्त्रण संघर्ष समिति, नवलपरासी” नामको एक समितिको
गठन गरे । यसले नितान्त गण्डक पीडितको हक हितका लागि काम गरे को छ ।
चन्दा र सहयोगका भरमा गण्डक अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥ याउन उद्यत
समितिका पदाधिकारीहरू स्वयं से व ी भावनाले अहोरात्र खटे र हक अधिकारका लागि
संघर्षरत छन् । समान हितका लागि सम्झौताको पुनरावलोकन हुनुपर्ने लक्ष्य लिएको छ ।
समितिले गण्डक सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन अथक प्रयास थालेको
छ । समयक्रमसँगै समितिको मागलाई भारतीय पक्षले ध्यान दिन थालेको छ । भारतीय
पक्षले गण्डकमा कामका लागि समितिसँग समन्वय गर्न थालेको छ ।
154 | वृजराज कुशवाहा

यस ले ख ले दुई दे श बीचको यस सम्झौता पू र्ण रूपमा कार्यान्वयनमा ल्याउन र


तटीय क्षेत्रका लाखौ ँ नेपालीको दुःखको मुख्य कारकको रूपमा रहेको सम्झौताका कमी-
कमजोरीलाई हटाउने काममा गरे को संघर्षलाई उजागर गर्ने प्रयत्न गरे को छ । यसको पहिलो
खण्डमा सम्झौताको नालीबेली प्रस्तुत गरिएको छ, जसमा सम्झौताको संक्षिप्त विवरण,
नेपाललाई भन्दा पनि भारतलाई यसको आवश्यकता, सम्झौतामा रहेका कमी-कमजोरी,
र सम्झौता गरिँ दा नेपालको परिवेशलाई विश्ले षण गरिएको छ । दोस्रो खण्डमा गण्डक
परियोजनाले सिर्जेको समस्या र यसले गण्डकवासीमा पार्न थालेको दीर्घकालीन प्रभाव,
संघर्ष समितिको जन्म, विस्तार, आन्दोलनको थालनी, र ३४ दिनसम्म भारतको पानी
थुनेर गरिएको भारतविरोधी पानी आन्दोलनको नालीबेली समेटिएको छ । तेस्रो खण्डमा
संघर्ष समितिले गरे को आन्दोलनको प्रभाव-परिणाम, भारतीय पक्षको दृष्टिकोणमा आएको
परिवर्तन, गण्डक क्षेत्रमा हुन थालेको सुधारको काम, गुणस्तरहीन काममा संलग्न भारतीय
कर्मचारी तथा ठे केदारमाथि हुन थालेको विभागीय कडा कारबाही, र नेपाल सरकारको
सहयोगको अभावका कुरा समेटिएको छ । चौथो खण्डमा संघर्ष समितिको संघर्ष यात्रामा
प्राप्त उपलब्धिका साथै चुनौती र आगामी कार्यभारलाई समेटिएको छ । अन्तिममा निष्कर्ष
खण्ड रहेको छ ।

गण्डक सम्झौताको नालीबेली


नेपाल र भारतबीच मंसिर १९, २०१६ (डिसेम्बर ४, १९५९) शुक्रबार बेलुका काठमाडौमँ ा
गण्डक सिँचाइ र विद्युत शक्ति योजना नामक सम्झौता भयो जसलाई गण्डक सम्झौता
भनिन्छ । यस द्विपक्षीय सम्झौता दवु ै देशमा सिँचाइ गर्ने, बाढी नियन्त्रण गर्ने तथा जलविद्युत
उत्पादनमा लक्षित छ । सम्झौता नवलपरासीको भू-भाग हुँदै भारततर्फ बगेको नारायणी
नदीमा आधारित छ ।
नारायणी नदी नेपालका ठूला नदी मध्येको एक हो । यो नदी नेपालमा सप्तगण्डकी र
भारतमा गण्डकका नामले चिनिन्छ । यसमा नेपालको पूर्वमा रसुवादेखि पश्चिममा मुस्ताङ
सम्मका नदी (त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, मादी, सेतीगण्डकी, दरौदँ ी र कालीगण्डकी)
नारायणी नदीमा मिसिएका छन् । नारायणी नदीको लम्बाइ ६३० किलोमिटर र कु ल
जलाधार क्षेत्र ४६ हजार ३ सय वर्ग किलोमिटर छ । यसको मुह ान समुद् री सतहदेख ि
६,२२८ मिटरको उचाइमा रहेक ो छ । त्यसमध्ये ९० प्रतिशत भू- भाग ने प ालमा पर्दछ
भने बाँकी १० प्रतिशत चीनमा पर्दछ । नदी तटमा नेपालमा लोमन्थाङ, जोमसोम, बेनी,
कुश्मा, रिडी, देवघाट, नारायणगढ, वाल्मीकिनगर, त्रिवेणी र भारतमा हाजीपुर, बगहा र
सोनपुर शहर बसेको छ ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 155

दुवै देशको समान हित हुने गरी सम्झौतालाई मुख्य तीन काममा लक्षित हुने गरी उद्देश्य
निर्धारण गरिएको छ । ती उद्देश्य हुन्– नेपाल र भारत दुवै देशमा सिँचाइ सुविधा बिस्तार
गरी कृ षि उत्पादन बढाइने, जल विद्युत् उत्पादन गरी ऊर्जाको समस्या समाधानमा सहयोग
पु¥ याउने र नेपाल भारत दुवै देशमा बाढी नियन्त्रण गरिने ।
सम्झौतामा ने प ाल सरकारका तत्कालीन उपप्रधानमन्त्री सुव र्ण शमशे र जबरा तथा
नेपालका लागि भारतीय राजदूत भगवान सहायले संयुक्त हस्ताक्षर गरे का हुन् । सन् १९६४
बाट गण्डक क्षेत्रमा ब्यारे ज, नहर, अग्ला बाँध, ठूला नहर, तटबन्ध, ठोकर, साइफन तथा
जलविद्युत के न्द्रको लागि सडक, पुलपुलेसा जस्ता संरचनाको निर्माण आरम्भ गरिए ।
अप्रिल ३०, १९६४ मा नेपाल भारतबीच सम्झौता परिमार्जन गर्ने सहमति भई बँुदा नं. ९
मा संशोधन गरियो तथा बँुदा नं. १० लाई हटाइयो । नेपाली, अंग्रेजी र हिन्दी भाषामा
तयार पारिएको सम्झौतामा कुनै विवाद उत्पन्न भए अंग्रेजी भाषामा लेखिएको सम्झौता
पत्रलाई आधार मानेर विवाद समाधान गरिने भनिएको छ ।
संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा भारत सरकारलाई ने पाल सरकारले
उपलब्ध गराउने2 र सो जग्गाको उचित मुआब्जा अथवा क्षतिपूर्ति भारत सरकारले दिने
भनिएको छ । सम्झौताको दफा २ ‘ख’ मा संरचनाका कारण उत्पन्न जोखिम वा संरचनाका
कारण कुनै प्रकारको क्षति हुन गए क्षतिपूर्ति भारत सरकारले दिने व्यवस्था गरिएको छ ।
तर उपल्लो तटीय अधिकार खोसिएको, पानीको असमान वितरण गरिएको र नियन्त्रणको
अधिकार एकलौटी रूपमा भारतमा निहित रहेकाले समस्या उत्पन्न भयो । सम्झौतालाई
समय सापेक्ष संशोधन गरी परिमार्जन गर्दै जाने प्रावधान समेत नराखिएका कारण सम्झौताको
पुनरावलोकन गर्नुपर्ने माग उठे को छ ।

भारतका लागि गण्डक सम्झौताको आवश्यकता


नारायणी नदीको क्षमताको सम्भाव्यता अहिले मात्र होइन, भारतमा शासनमा रहेका बेला
ब्रिटे नले पनि अध्ययन गरे को थियो । भारतमा सिँचाइ पु¥ याउन करिब छ वर्ष लगाएर सन्
१९०९ मा त्रिवेणी नामक एक नहर सञ्चालनमा ल्याइएको थियो । हाल ब्यारे ज रहेको
स्थानबाट करिब एक हजार फीट माथिपट्टि बनाइएको सो नहरले उद्देश्य अनुरूप काम
नगरे पछि भारतले सन् १९५८ मा असफल घोषित ग¥ यो । नारायणी नदीको पानीमा गिद्धे

2
भारतले गण्डकमा बाढी नियन्त्रणका लागि ए गैप, बी गैप, लिंक बाँध र नेपाल बाँधको
संरचना बनाउँ दा ३२५ बिघा २ कट्ठा जग्गा तथा सिँचाइका लागि मुख्य गण्डक पश्चिमी नहर बनाउँ दा
७६६ बिघा ११ कट्ठा ९ धुर गरी १,०९१ बिघा १३ कट्ठा ९ धुर जग्गा ओगटे को छ । लिजमा
लिएको यस जग्गाको मालपोत भारतले तिर्ने व्यवस्था छ । मालपोत तिरी रहुञ्जेलसम्म यो जग्गा
भारतको प्रयोगमा रहने गरी असिमित समयका लागि सम्झौता गरिएको देखिन्छ ।
156 | वृजराज कुशवाहा

दृष्टि गाडे को भारतले पुनः अर्को प्रयास ग¥ यो । उत्तर प्रदेशमा सिँचाइका लागि भारतीय
भूमिको वसुली हेडबाट र विहार राज्यका लागि वाल्मीकिनगरबाट नहर निर्माण गरिएको
थियो तर त्यो नहर पनि सफल हुन सके न ।
सन् १९४७ मा स्वतन्त्र भारतको अन्तरिम सरकारमा कृ षिमन्त्री रहेका राजेन्द्र प्रसाद
(पछि भारतका राष्ट्रपति बनेका) ले नारायणी नदीको सम्भाव्यता अध्ययन तथा योजना
निर्माणका लागि विहार सरकारलाई आदेश दिएका थिए । यसरी सन् १९४७ देखि बृहत्
गण्डक परियोजनाको तयारीमा लागेको भारतले सन् १९५१ अर्थात् वि.सं. २००८ मा
नेपाल सरकारलाई परियोजना निर्माणका लागि पहिलो मस्यौदा पेश ग¥ यो । यो समय
ने पालमा राजनीतिक अस्थिरता थियो । राणा शासन अन्त्य भएर वि.सं. २००७ देखि
२०१५ सालसम्म देश राजनीतिक अन्तरद्वन्द्वमा रुमल्लिएको थियो । जननिर्वाचित सरकार
बन्न सकिरहेको थिएन । यसबीच गण्डक सम्झौताका लागि भारतले पटक-पटक प्रयास
गरे पनि नेपालमा जननिर्वाचित सरकार नभएका कारण सम्झौता हुन सके को थिएन । यस
अवधिमा भारतीय पक्षले गण्डक सम्झौताबाट ने पाललाई पुग्ने फाइदाबारे ध्यानाकर्षण
गराइरह्यो । २७ लाख ३२ हजार एकड भारतीय भूमिमा सिँचाइ पुग्नुका साथै नेपालको
पनि १ लाख ४३ हजार ५ सय एकड भूमिमा सिँचाइ पुग्नेछ र परियोजना सम्पन्न गर्न
चाहिने ५०.५ करोड भारतीय मुद्राको पूरै रकम भारतले नै खर्च गर्ने भनेर नेपाल पक्षलाई
लोभ्याइरह्यो । परियोजनाबाट नवलपरासी, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा र रौतहट
जिल्लालाई सिँचाइ पुग्ने भनिएको थियो ।
नेपाल सरकारले सम्झौताको विशेष अध्ययन तथा विश्ले षण नगरी भारत सँगको सम्बन्ध
सुमधुर रहिरहने ठानेर २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाले नेतृत्व गरे को नेपालको
प्रथम जननिर्वाचित सरकारले सम्झौताको लागि स्वीकृ ति दियो । वि.सं. २०१६ मा सम्झौता
सम्पन्न भएपछि बनेका सरकारले पनि भारत सँगको सुमधुर व्यवहारको अपेक्षाका कारण
सम्झौतामा रहेका कमी-कमजोरी सुधारका लागि दबाब दिन सके नन् ।

असमान व्यवस्थाको विरोध


नेपाल र भारतबीच जननिर्वाचित सरकारकै संलग्नतामा गण्डक सम्झौता त भयो तर त्यो
विविध कारणले नेपाली पक्षले खुला हृदयले स्वागत गर्ने खालको भएन । सम्झौतापत्र
नेपाली, हिन्दी र अंग्रेजी गरी तीन भाषामा लेखियो तर नेपाली र अंग्रेजी भाषाको लिखतमा
समानता छै न । फरक अर्थ लाग्ने शब्द प्रयोग गरिएको छ । नेपाली भाषामा “समान हित”
हु ने शब्द राखिएको छ भने अंग्रेजी भाषामा “कमन इन्ट्रेष्ट” शब्द प्रयोग गरिएको छ ।
यसले समान अधिकार कायम गर्दैन ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 157

नेपाली भाषामा लेखिएको सम्झौताको प्रस्तावनामा लेखिएको छ, “नहरहरू निकाल्दा


भारत र नेपाल दवु ैको समान हित हुने भनी भारत सरकार र श्री ५ को सरकार नेपालले विचार
गरे काले दवु ैको समान हितको दृष्टिकोणबाट नेपाल अधिराज्यका सिमानाभित्र पर्ने जतिमा
यसै सम्झौतासाथ ... ।” अंग्रेजी भाषामा लेखिएको सम्झौताको प्रस्तावनामा लेखिएको छ,
“Whereas his Majesty’s Government of Nepal and Government of India
consider that it is in the common interests of both Nepal and India.” दुई
भाषाको सम्झौतामा यसरी फरक अर्थ लाग्ने शब्द प्रयोग गरिरहँदा दफा १३ को अन्तमा
यसरी लेखिएको छ- “अर्थ व्याख्या गर्नु परे मा अंग्रेजी भाषालाई मान्यता दिइने छ ।” यसरी
सम्झौताको प्रस्तावनामा नै नेपाल पक्ष ठगिएको छ । सम्झौता नारायणी नदीको नाममा
हुनुपर्नेमा गण्डकको नाममा गरियो । यस नदीलाई भारतमा गण्डक भनिन्छ । नेपाली नदीसँग
सम्बन्धित सम्झौता गरिँ दा नेपाली नदीको सट्टा भारतीय नाम राखिएको छ । सम्झौतामा
नेपाललाई थोरै पानी र भारतलाई धेरै पानी दिने गरी पानीको असमान वितरण गरिएको
छ । सिँचाइका लागि भारतलाई ३३,६४५ क्युसेक पानी दिइने र नेपालका लागि १,२१६
क्युसेक मात्र पानी दिने व्यवस्था गरिएको छ ।
नारायणी नदीमा मिसिने माथिल्ला नदीहरूको पानी प्रयोग गर्न नपाउने अथवा ती नदीका
पानीको बहाव परिवर्तन गरी अर्कै प्रयोजनमा लगाउन नपाउने बाध्यात्मक व्यवस्था समेत
गरिएको छ । नारायणी नदीमा बाँध, ब्यारे ज वा पुल बनाउनु परे मा भारतको पूर्वस्वीकृ ति
लिनुप र्ने रहेछ । यसले नदी माथिको उपल्लो तटीय अधिकार ने प ालले सदाका लागि
गुमाएको छ ।
गण्डक सम्झौताको मुख्य आधार नारायणी नदी हो । नारायणी नदीलाई नेपाल भारत
दुवै देशको सीमा मानिएको छ । नदी क्षेत्रमा सीमा स्तम्भ छै न । नदीले बर्सेनि धार फे र्छ ।
नदी नेपाली भू-भागतर्फ सर्दै गएपछि सीमा पनि नेपालतर्फ धके लिँदैछ । यसरी नदी पारिको
भू-भाग भारततर्फ पर्न गएको छ । ती भूमिमा भारतीय कब्जा बढ्दैछ । नदी तटसम्म कब्जा
जमाउँ दै आएको भारतसित सुस्तामा सीमा विवाद छ । सुस्तावासीले सास्ती खेप्नु परे को छ ।
गण्डक परियोजनाको सबै संरचनामाथि भारतको नियन्त्रण छ । यही एकाधिकारका
कारण भारतले चाहेको बेला नहरको पानी सञ्चालन गर्ने वा बन्द गर्ने गरे को छ । मर्मत
सम्भार तथा निर्माणका लागि कमाण्ड क्षेत्रको जुनसुकै सडक, पुलपुलेसा, साइफन, ब्यारे ज
र नहर आफूखुसी चाहे जति समय सम्मका लागि बन्द गर्ने गरे को छ । मुख्य गण्डक पश्चिमी
नहरको पानी मर्मत सम्भारको लागि बन्द गर्दा सुर्यपुरामा रहेको १५ मेगावाट क्षमताको
जलविद्युत् के न्द्रको उत्पादन महिनौसँ म्म ठप्प हुन जान्छ । यसले गर्दा नेपाल सरकारले
लाखौकँ ो क्षति बेहोर्नु परे को छ ।
158 | वृजराज कुशवाहा

यसरी सम्झौतामा विद्यमान असमान व्यवस्थाका कारण नेपाल ठगिएको भन्दै बेलाबेला
विरोध हुँदै आएको छ । यो सम्झौता नेपाली जनताको हकहितमा छै न भन्दै पूर्व प्रधानमन्त्री
के .आई. सिंहले विरोध गरे का थिए । २०१७ सालमा गण्डक सम्झौताको खारे जीको माग
गर्दै नेपाल कम्युनिस्ट पार्टीले सडक र सदनबाट विरोध गरे को थियो । कम्युनिस्ट नेता
मदनबहादुर प्रधानले स्थानीय जनताहरूद्वारा यस सम्झौताको विरोध गर्दै त्रिवेणीमा ब्यानर
र झन्डा प्रदर्शन गरे का थिए । विडम्बना, सम्झौताको विरोध गर्ने ने ता तथा दल आफू
सत्तासीन भएपछि भारत रिसाउँ छ भनेर कुरा उठाउन डराउँ छन् ।

गण्डक-पीडितहरूको सघं र्ष समितिको जन्म


गण्डकवासीले लामो समयदेखि डुबान, कटान, पटान र बाढीलाई सहँदै आएका छन् । यी
समस्या समाधानका लागि नेपाल सरकारका निकायलाई गुहार्दा गण्डक क्षेत्र भएकाले यस
क्षेत्रमा नेपाल सरकारले काम गर्न नमिल्ने बताएको थियो । सन् २००२ (वि.सं.२०५९)
मा बाढी आएको बेला २३ जुलाईमा त्रिवेणी बजार नजिकै नारायणी नदीको दायाँ तर्फ को
बाँध भत्कियो । बाढी गाउँ बस्तीमा पस्यो । त्रिवेणी सुस्ता, रुपौलिया, कुडिया लगायतका
क्षेत्र डुबायो । डुबानमा परे काहरू छरछिमेकमा अग्ला स्थानमा पाल टाँगेर आश्रय लिए ।
पछिपछि मानिस आ-आफ्नो घर फर्के तर बालीनाली बचाउन सके नन् । पूर्णतः नष्ट भयो ।
त्यस बेला ६ लाख २९ हजार ५० क्युसेक पानीको बहाव रहेको पानी मापन के न्द्रले
जनायो । यद्यपि यस बाँधलाई ८ लाख ५० हजार क्युसेक क्षमतामा निर्माण गरिएको थियो ।
मूल बाँध यति थोरै पानीको बहावले भत्काएपछि तटीय क्षेत्रका बासिन्दाले नदीको उच्च
जोखिममा बाँचिरहेको महसुस गरे । रक्षाकवच मानिएको बाँध भत्के र सिर्जना भएको त्रास
र कहाली स्थानीयवासीको मनमा अहिले पनि कायमै छ ।
सम्झौताको ४३ वर्षको अवधिमा पहिलो पटक बाँध भत्किएको थियो । त्यस घटनाले
पारे को प्रभावको निरीक्षण गर्न भारत विहारका राज्यमन्त्री जगतानन्द सिंह नेपाल आएका
थिए । उनले भेला भएका प्रभावित क्षेत्रका पीडितलाई क्षतिपूर्ति दिइने वचनबद्धता व्यक्त
गरे । तर १७ वर्ष बितिसक्दा पनि क्षतिपूर्ति भने पाइएको छै न ।
बाँ ध भत्के को घटनाले वर्षौं पु र ाना भौतिक सं र चना कमजोर भइसके को साबित
ग¥ यो । सन् १९६४ मा ब्यारे जको शिलान्यास भएपछि बनाइएका संरचनाहरूको नियमित
रे खदेख र मर्मत हुनुपर्ने थियो तर त्यस अनुसार भएन । जबकि सबै संरचनाको रे खदेख गर्न
भारतीय कर्मचारी खटाइएको छ । तिनले नेपाल पक्षलाई प्राथमिकतामा नराखेको र नेपाल
तर्फ को जोखिमलाई बेवास्ता गरे को देखियो । समयमा मर्मत सम्भार नगर्ने ती भारतीय
कर्मचारीको ध्यान खास गरी मूल बाँध ए गैप, बी गैप, गण्डक नहर र ब्यारे जमा के न्द्रित
रहन्थ्यो जुन भारतलाई प्रत्यक्ष असर पार्ने खालका छन् । बाँध, स्पर/ठोकरमा कटानजस्ता
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 159

समस्या देखिएपछि उनीहरू तीव्रताका साथ मर्मत सम्भारमा जुट्थे । आवश्यक परे रातारात
आपतकालीन व्यवस्था पनि गरिन्थ्यो । यसका लागि वर्षा याममा भारतीय इन्जिनियरहरूको
टोली नेपालमै बसेर प्रत्यक्ष निगरानी गर्दथ्यो ।
वि.सं. २०५९ मा बाँध भत्के पछि नेपालीहरूले अब आफूहरू सजग रहनुपर्ने पाठ सिके ।
यसले उनीहरूलाई भारतसित आफ्नो अधिकार माग्न उत्प्रेरित ग¥ यो । पीडितहरूबीच चर्चा
परिचर्चा र छलफल हुँदा आफ्नो अधिकार माग्ने कुरा चल्न थाल्यो । चौकचौराहा जस्ता
जमघट हुने स्थानमा गण्डक अधिकारबारे कुरा उठ्न थाले । जिज्ञासा राख्ने, सवाल उठान
गर्ने, एकजुट हुनुपर्नेमा बहस हुन थाल्यो ।
असोज १८, २०६१ मा बेलाटारीमा त्रिभुवन क्याम्पसको भवन शिलान्यास गर्न आएकी
थिइन् भारतीय दूतावासकी ईसी कन्सुलर खेया भट्टाचार्य । गण्डक पीडाबाट जुरमुरिएका ८
जना सचेत व्यक्तिहरूको समूहले उनलाई एउटा खुला पत्र बुझायो ।3 खुलापत्रमा गण्डकमा
भारतले गर्नुपर्ने सरसफाइ, मर्मत सम्भार, पुनर्निर्माण तथा जीर्णोद्धारको काम समयमै नगरे को
कारण गण्डकवासी नेपालीले दु:ख पाएको जनाउँ दै बेलैमा काम गरिदिन माग गरिएको
थियो । सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न भारतको ध्यानाकर्षण गराइएको थियो ।
कन्सुलर भट्टाचार्यले भारत सरकारलाई यसको जानकारी गराउने प्रतिबद्धता जाहेर
गरिन् । तर उनीसँगै आएका नेपाल सद्भावना पार्टीबाट निर्वाचित जिल्लाका तत्कालीन
सांसदलाई यसरी खुलापत्र दिइएको कुरा पचेन । उनले खुलापत्र बुझाउनेहरूलाई मञ्चबाटै
गाली गरे । आक्रोशित मुद्रामा रिस पोख्दै हिन्दी भाषामा उनले भाषण गरे , “चले आते हैं
लोग भिख मागने । दम है तो अपने पार्टी से क्यो नही मागते ? जो ईतना दरू से चलकर
यहां स्वयं कुछ देने आया है, खुलापत्र देकर उसीको चिढा रहे हैं ।”
आफ्नै क्षेत्रका जनताको हितविपरीत सांसदले किन बोलेका होलान् ? स्थानीय जनता
छक्क परे भने खुलापत्र दिने सचेत समूह झस्कियो । उनले आफूलाई भारतको सहयोगी
साबित गर्न र भारतलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने धेरैले बुझे । यस्ता
अपमानजनक भाषणले सचेत समूहका सदस्यहरूलाई नकारात्मक रूपमा ऊर्जा र प्रेरणा
दियो । सचेत समूहका सदस्य दूधनाथ गुप्ता भन्छन् :

सांसदको प्रतिक्रिया देखेर झनै शंका उब्जियो । उनी यसै क्षेत्रबाट जननिर्वाचित
सांसद हुँदाहुँदै पनि गण्डकमा जनताको हित विपरीत किन बोलेका होलान् ?
यसरी बोल्नुको पछाडिको रहस्य के रहेछ भनेर हामी खोतल्नमा लागिप¥ यौ ँ ।
3
हेर्नु होस्, अनु सूच ी १ । खुल ापत्रमा हस्ताक्षर गर्ने ह रू, दीपकराज शर्मा, प्रे म चन्द्र गुप्ता ,
सुधिरप्रसाद पाण्डे, दूधनाथ गुप्ता, विष्णुप्रसाद उपाध्याय, वेदप्रकाश मिश्र, मीनबहादुर कार्की र
खड्गबहादुर चौधरी थिए ।
160 | वृजराज कुशवाहा

हामीले अठोट ग¥ यौ ँ यति पीडाका बाबजूद पनि चुप लाग्नु नामर्दीपन हुनेछ ।
अब चुप लागेर होइन लडे र हकअधिकार सुनिश्चित गराउनुपर्छ । यसरी हामीले
स्थानीय बासिन्दालाई सजग गराउन अगाडि बढ्यौ ँ । गण्डकमा ने पालीको के
कस्तो अधिकार उल्लेख गरिएको रहेछ भनी पत्ता लगाउन सम्झौताको दस्तावेजको
खोजीमा लाग्यौँ । काठमाडौ ँ पुगेर भारतीय दता
ू वासबाट ल्याई दफावार अध्ययन
ग¥ यौ ँ । यो सबै काम गर्नमा हामीलाई करिब दईु वर्षको समय लाग्यो ।

सम्झौताको अध्ययन पश्चात् गण्डक पीडाको समाधान खोज्न जेठ १०, २०६३ मा
नारायणी नदीको ठोकर नं . १२ मा गण्डक पीडितहरूको भे ल ा बोलाइयो । तीन सय
जनाभन्दा बढी गण्डक पीडितको जमघटमा कै यौ ँ व्यक्तिले आ-आफ्ना विचार प्रकट गरे ।
गण्डक पीडाको समाधान खोज्न चुप लागेर बस्न हुँदैन आन्दोलन गर्नु परे साथ दिन तयार
छौ ँ भन्नेहरू धेरै थिए । यसरी जनदबाब बढेपछि भेलाले एउटा समितिको गठन ग¥ यो ।4
समितिको नाम “गण्डक नदी नियन्त्रण संघर्ष समिति, नवलपरासी” राखियो ।

सघं र्ष समितिको विस्तार


भेलाले साबिक नरसही गाविसका पूर्व गाविस अध्यक्ष आषुतोषजंग राणाको नेतृत्वमा
११ सदस्यीय संघर्ष समितिको गठन ग¥ यो ।5 यो गण्डक सम्झौता कार्यान्वयन गराउन
स्थानीयवासीले सं घ र्षका लागि बनाएको पहिलो समिति हो । समितिलाई समस्या
समाधानका लागि बलियो जनादेश थियो । सक्रियताका साथ कामलाई अगाडि बढाउन
समितिलाई आवश्यक पर्ने रकमको व्यवस्था गरियो । नारायणी नदीका तटवर्ती गाविसहरू
त्रिवेणी सुस्ता, कुडिया, नरसही र पकलिहवालाई रु. दश/दश हजार र कमाण्ड क्षेत्रका
अन्य गाविससँग रु. पाँच/पाँच हजार रुपैयाँ चन्दा सहयोग माग्ने समेत निर्णय गरियो ।
चन्दा सहयोग रकम कति उठ्यो वा उठे न, यसको विवरण भने भेटिँदैन ।
समितिले जनताको चाहना अनुरूप काम गर्न सके न । त्यसले न पीडाको जरो खोतल्न
सक्यो, न त पीडाको समाधानै गर्न सक्यो । कहाँ सम्म भने बै ठकलाई समेत निरन्तरता
दिन सके न । समितिका कोषाध्यक्ष गोपाल गुरुङका अनुसार यसको मुख्य कारण थियो,
समितिका अध्यक्ष राणा भारतीय ठे केदारहरूबाट सानातिना ठे क्का लिएर काम गर्ने पेटी
4
त्यस भेलाको उपस्थिति र निर्णय संघर्ष समितिसित सुरक्षित छ ।
5
समितिको अध्यक्षमा आषुतोषजंग राणा, सचिव एवं प्रवक्तामा प्रेमचन्द्र गुप्ता, कोषाध्यक्षमा
गोपाल गुरु ङ, सहसचिवमा शै ले न्द्र कु मार शर्मा, सदस्यमा के बी थापा, शम्भुप्रसाद रौनियार,
गोपालचन्द्र ढकाल, गौरीशंकर कुशवाहा र कमरुद्दिन अन्सारी लगायत सर्वसम्मत चयन भए ।
दूधनाथ गुप्तालाई सल्लाहकार बनाइयो ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 161

ठे के दार हु नु । 6 भारतलाई दबाब दिनु भने क ो भारतको विरोध गरे जस्तो हु ने भएकोले
उनले दबाब दिन सके नन् । स्थानीयले ठानेका थिए—पूर्व गाविस अध्यक्ष भएकोले उनी
हैसियत वाला छन् । उनी भारतीय पक्षलाई दबाब दिएर गण्डकमा राम्रा काम गराउन
सक्छन् । अपेक्षा अनुसारको काम गर्न नसके पछि उनको विरोधमा स्वर मुखरित भयो ।
उनले गण्डक-पीडितका लागि काम गर्न नसके को आरोप लाग्यो ।
दईु वर्षको अवधिमा खासै उपलब्धि नदेखिएपछि समितिका कोषाध्यक्ष गोपाल गुरुङले
पहल गरे । समितिलाई सक्रिय बनाउनुपर्छ भनेर सक्रिय भएपछि उनले जनसमर्थन पाए ।
जेठ ८, २०६५ मा कुडिया गाविसको ‘बी गैप’ कालोनी चोकमा गण्डक पीडितहरूको
भेला बोलाइयो । भेलाले रामबरन के वटको अध्यक्षतामा समितिको पुनर्गठन ग¥यो । गोपाल
गुरुङ फे रि कोषाध्यक्ष, प्रेमचन्द्र गुप्तालाई सचिव तथा प्रवक्ता पदको जिम्मेवारी दियो ।
दूधनाथ गुप्तालाई वरिष्ठ सल्लाहकार बनाइयो ।
भेलामा गण्डक समस्या उपर बृहत् छलफल भयो । समस्या समाधानका लागि धेरै
विचार र तर्क आए, तर समाधानको शान्तिपूर्ण निकास पाउन सकिएन । निष्कर्षमा आएका
विचार थिए—नेपाल सरकारको लेखापढीलाई भारत सरकार टे र्दैन र सम्झौताको भावना
अनुरूप भारतले काम पनि गर्दैन । अब हामी गण्डक पीडितहरू के गर्ने ? सधैभँ रि यस्तै
पीडा भोगिरहने ? यस्ता सवालले गण्डक पीडित आन्दोलित हुने वातावरण सिर्जना ग¥ यो ।
भेलाले हरे क पाइलामा समितिलाई साथ दिने वाचा ग¥ यो । अन्ततः आन्दोलनमा उत्रने
निर्णय भयो । जेठ ११ देखि “पानी रोकौ”ँ आन्दोलन गर्ने कठोर निर्णय ग¥ यो । यसका
लागि जेठ ९ का दिन पत्रकार सम्मेलन गरी पाँच चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक
ग¥ यो । यसरी जेठ ११, २०६५ देखि पानी रोकौ ँ आन्दोलन शुरू भयो ।

“पानी रोकौ ँ” आन्दोलनका कार्यक्रम र चुनौती


जेठ ११, २०६५ मा त्रिवेणी ब्यारे जमा नाकाबन्दी गर्ने कार्यक्रम राखियो । नेपाल भारतको
सीमामा पीडितहरू एकत्रित हुने र नेपाल भारतबीच आवतजावत दिनभरि ठप्प पार्ने योजना
थियो । योजना मुताबिक हजारौकँ ो संख्यामा पीडितहरूले आवागमन ठप्प पारे । उपभोग्य
वस्तु खरिद गर्न आउने जानेहरूले सास्ती भोगे । औषधी उपचारका लागि जानेहरू ठूलो
मर्कामा परे ।
जे ठ ११ मा मुख ्य गण्डक पश्चिमी नहरमा बने क ो सिल्ट इजे क ्टरमा ताला लगाउने
कार्यक्रम थियो । नहरको पानीमा आउने बालुवा छान्न ब्यारे जदेखि अलि पर रानीनगर
गाउँ नजिकै सिल्ट इजेक्टर लगाइएको छ । कमाण्ड क्षेत्रका गाउँ -गाउँ बाट आएका जनताले

6
गुरुङसँग सुस्ता गाविसको नरसहीमा जेठ ७, २०७६ मा गरिएको कुराकानी ।
162 | वृजराज कुशवाहा

सिल्ट इजेक्टरमा ताला लगाए । यस बेला नहरको सफाइका लागि पानी बन्द गरिएको
अवस्था थियो ।
जेठ १३ देखि अनिश्चितकालीन धर्ना बस्ने कार्यक्रम बनाइयो । हरे क वर्ष मे महिनामा
२५ दिनका लागि नहरमा पानी बन्द गरिन्छ । भारतले यस बेला नहर मर्मत तथा सफाइको
काम गर्छ । सधै ँ झै ँ पानी बन्द गरे को मौकामा रानी नगर नजिकै रहेको सिल्ट इजेक्टरका
लागि बनाइएको पक्की संरचनामाथि टे न्ट टाँगेर नहरको पेटीमा आन्दोलनकारीहरू धर्ना
बसे । २१ बँुदे माग सहित भएको आन्दोलन ३४ दिनसम्म चल्यो (हेर्नुहोस् अनुसूची २) ।
गण्डक नदी नियन्त्रण संघर्ष समितिले पानी रोकौ ँ आन्दोलनको क्रममा भारत जाने
मुख्य नहरको पानी रोक्नु सहज थिएन । हिन्दीमा उखान छ, “मरता क्या नही करता !”
समाधानको कु नै उपाय ननिस्किएपछि सबै जोखिम मोल्दै धर्ना आन्दोलन थालिएको
थियो । धर्नाको सिलसिलामा धेरै चुनौती सामना गर्नुप¥ यो । प्रमुख रूपमा सामुन्ने आएका
के ही समस्या आज पनि धर्नाकर्ताहरू सम्झन्छन् ।
नहरको पेटीमा टे न्ट टाँगेर धर्ना बसेको विरोधमा एक समूह देखाप¥ यो । भारत जाने
पानी रोक्न पाइँदैन भन्दै नेपाल सद्भावना पार्टीका नेता तथा तत्कालीन सांसदको उक्साहटमा
नन्दलाल मिश्रको नेततृ ्वमा उक्त समहू सक्रिय भयो । उक्त समहू ले प्रभनु ाथ कुशवाहा सहितका
१६० जनाको हस्ताक्षर गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नवलपरासीलाई दिँदै
धर्ना रोक्न दबाब दिन थाल्यो । भारत सँगको व्यवहारमा खलल पारे कोले धर्ना बसेकालाई
पक्राउ गरी भारतीय नहरमा पानी सुचारु गराउनुपर्ने तर्क दिन थालियो । तर प्रमुख जिल्ला
अधिकारीले यो धर्ना किसानको मात्रै होइन देशको हितमा रहेकोले आफूले त्यसो गर्न
नसक्ने बताएपछि धर्नाविरोधी समूहको योजना सफल हुन सके न ।
त्यस समूहले धर्नाविरुद्ध अनेक भ्रम फै लाउन थाल्यो । के ही व्यक्ति भ्रममा परे पछि
अलमलिए । उनीहरूमध्ये के ही धर्नामा जान छाडे । के ही व्यक्ति बाली क्षतिको विवरण
टिपाउन गएनन् । उनीहरू क्षतिपूर्ति पाउने सूचीबाट वञ्चित हुन पुगे ।
धर्ना विरोधी समूहले भारतीय प्रहरी प्रशासनलाई धर्नाविरुद्ध उठ्न प्रेरित गर्न थाल्यो ।
माहाराजगंज जिल्लाको निचलौलमा व्यवसाय गरी बसेका आन्दोलनका अगुवा दूधनाथ
गुप्ताका छोरालाई भारतीय प्रहरी लगाएर बुबालाई धर्नाबाट पछाडि हटाउन दबाब दिइयो ।
यस्तो कार्यले धर्नाकारीलाई ठूलो मानसिक यातना दियो ।
सीमावर्ती नेपालीहरू किनमेलका लागि भारतीय बजारमा जाने गर्छन् । उनीहरूलाई
भारतीय प्रहरीले धर्नामा बसेकालाई धर्नाबाट पछाडि हटाऊ नत्र आउँ दो हप्ता किनमेल
गर्न भारत आउन दिँदैनौ ँ भन्न थाले ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 163

धर्ना विरोधीहरूले अर्को हल्ला फै लाए—धर्नाकारीहरू सुतिरहेका बेला राति भारतले


नहरमा पानी खोल्नेछ । धर्नाकारीहरूलाई पानीले बगाउने छ । यस्तो हल्लाले राति धर्ना
बस्नेहरूलाई मानसिक त्रासमा पा¥ यो ।
धर्नाकारीहरू हठात् आन्दोलनको घोषणा गरी धर्नामा बसे तर सघाउने आर्थिक कोष
थिएन । के ही दिन सम्मको खर्च व्यक्तिगत रूपमा धानियो । आन्दोलन लम्बिन थालेपछि
आर्थिक कठिनाइ शुरू भयो । धर्नामा सहभागीको संख्या कम हुनु, सोचेको भन्दा अवधि
लम्बिनु र धर्नाको पूर्वतयारी नहुनु संघर्ष समितिका लागि मुख्य चुनौती थिए ।

३४ दिने धर्नाको प्रभाव


धर्नाका कारण भारतीय नहरको पानी रोकिएको बेला भनेको किसानको लागि महत्त्वपूर्ण
समय थियो । जेठ २०६५ मा नहरमा पानी रोकिँ दा धानको बीउ राख्न पानीको हाहाकार
भयो । बीउ ब्याडमै सु क ्न थाले क ाले र रोपाइँ समे त प्रभावित हु न लागे क ा भारतीय
किसानबीच खैलाबैला मच्चियो । पानीका लागि चिन्तित किसानहरूले भारतीय जिल्ला
प्रशासन घेरे । भारतीय प्रशासनले दैनिक उपभोग्य सामग्री किनमेल गर्न सीमावर्ती बजार
बहुआर, रे ङहिया र ठुठीबारी आउने जाने नेपालीमाथि निगरानी बढायो । धर्ना चाँडै स्थगन
गरिएन भने कुनै पनि सामान नेपाल पठाउन नदिने चेतावनी दियो ।
यता, धर्ना शुरू भएको दश दिनसम्म पनि भारतबाट कुनै प्रतिक्रिया आएन । करिब एक
हप्तामा नतिजा आउने आकलन आन्दोलनकारीको थियो । छिटो परिणाम ननिस्किएपछि धर्ना
कार्यक्रम असफल हुन सक्ने चिन्ता बढ्न थाल्यो । तयारी नपुगेकोले धर्नालाई व्यवस्थित
गर्न गाह्रो हुन थाल्यो । भोलि धर्नामा को को बस्ने ? खाना खाजाको बन्दोबस्त कसरी
गर्ने ? टुंगो लाग्न कठिन हुन थाल्यो । धर्ना कार्यक्रमको प्रचारप्रसार हुन नपाएकाले मानिस
र रकम दुवै क ो अभाव हु न सक्ने चिन्ताबीच पनि धर्ना अगाडि बढिरह्यो । ऐक्यबद्वता
जनाउन आउने किसान, पत्रकार, सामाजिक अगुवा, राजनीतिक व्यक्तिको बसाइका लागि
टे न्टसँगै माइकको प्रबन्ध थिएन ।
धर्नाको समय कडा घाम लाग्ने गर्मीको मौसम थियो । घाम छल्न भारतीय बजारबाट
टे न्ट ल्याइएको थियो । भाडा माग्न साहु आएपछि भाडा महँगो भन्ने थाहा भयो । धर्नामा
सक्रिय रहेका दधू नाथ गुप्ता भन्छन् :

टेन्टको भाडा माग्न आएको साहुले दैनिक पाँच सय भारु मागेपछि हामी त संकटमा
प¥ यौ ँ । आफै बीच चन्दा उठाइ भाडा ति¥ यौ ँ र टे न्ट पनि फिर्ता ग¥ यौ ँ । बिनाटे न्ट
धर्नामा बस्न सक्ने अवस्था थिएन । स्थानीय एक महिलाले हाम्रो समूहको टे न्ट
छ, अलि सस्तो पर्छ भनेपछि दैनिक दुई सय भाडामा ल्यायौ ँ ।
164 | वृजराज कुशवाहा

१२ दिनसम्म धर्नामा यी बाहेक अरू खास समस्या आएन । समय लम्बिँदा पनि भारतले
टे रेन भने तनाव बढ्न सक्ने पीर भने थियो । धर्ना स्थलमा खाना, खाजा र मानिसको
अभाव हुन सक्ने चिन्ता बढ्न थाल्यो । आर्थिक सहयोग जुटाउन समितिका सचिव प्रेमचन्द्र
गुप्तालाई जिम्मा लगाइयो । उखु किसानको बाहुल्य क्षेत्र भएकोले चिनी उद्योगपतिहरूसित
चन्दा सहयोगको माग गरियो । किसानहरू संकटमा भएकोले चिनी मिलहरू इन्दिरा सुगर्स
एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर, बाग्मती सुगर मिल कुडिया र लुम्बिनी चिनी मिल सुनवलले
चन्दा सहयोग गरे । कसले कति रकम दिए, रे कर्ड भेटिएन ।
१२ औँ दिनदेख ि २४ औँ दिन सम्मको दोस्रो चरणको धर्नामा मानिसको सं ख ्या
बढाउने प्रयत्न थालियो । कमाण्ड क्षेत्रमा २०५० देखि २०६४ साल सम्मको अवधिमा
भएका बालीनालीको क्षति, जग्गा कटान र नगद वा जिन्सीको नोक्सानीको लगत तयार
पार्ने रणनीति बन्यो । लगत तयार गरी भारत सरकारसित क्षतिपूर्ति माग गर्ने खबर पाएपछि
धर्नास्थलमा नाम टिपाउन आउनेको भीड लाग्यो ।
नाम टिपाउनेको भीड बढेपछि समितिले स्वयंसेवक परिचालन ग¥यो तर त्यतिले सम्भव
भएन । थप स्वयंसेवक चाहिएपछि भूआर्जन तथा सम्पर्क कार्यालय वाल्मीकिनगरबाट दईु
र जिल्ला सिँचाइ कार्यालय डिभिजन नं. ७ सेमरीबाट दुई जना कर्मचारीको सहयोग प्राप्त
भयो ।7 तर कमाण्ड क्षेत्रका सबै किसान एकै पटक आइदिँदा नाम दर्ताको काम सहज
भएन । भीड नियन्त्रण गर्न गाह्रो भएपछि गाविस छुट्ट्याएर त्यस अनुसार मिति तोके र नाम
दर्ता शुरू गरियो । किसानहरू क्रमशः आउन थालेपछि धर्ना स्थलमा मानिसको अभाव
हुने समस्या पनि ट¥ यो ।
उता, आन्दोलन लम्बिँदै जाँदा भारतमा किसानले धान खेती गर्न पानी नपाएर हाहाकार
मच्चियो । त्यसको दबाबले भारतीय पक्षबाट वार्ताको लागि सन्देश आयो । सन्देशलाई
आन्दोलनकारीले सहज रूपमा लिए । उत्तर प्रदेश महाराजगं ज जिल्लाका उपजिल्ला
अधिकारी वृजराजसिंह यादवको पहलमा नवलपरासीका तत्कालीन निमित्त प्रमुख जिल्ला
अधिकारी नन्दीके शर त्रिपाठीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय नवलपरासीको
कार्यालय परासीमा वार्ताका लागि बैठक बस्यो । बैठकमा उत्तर प्रदेश, विहार र नेपालका
सिँचाइ विभागका कर्मचारी, प्रशासनिक अधिकारी तथा सं घर्ष समितिका पदाधिकारी

7
त्यस बखत भूआर्जन तथा सम्पर्क अधिकारी आनन्द पराजुली र जिल्ला सिँचाइ कार्यालय
डिभिजन नं. ७ सेमरीमा प्रमुख देवनारायण मिश्र कार्यरत थिए ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 165

सर्वदलीय राजनीतिक दलको सहभागिता रहेको थियो । छलफल लामो समयसम्म चले
पनि सफलता मिलेन । वार्ता असफल भएकोले आन्दोलन जारी रह्यो ।8
वार्ता असफल हु नु र आन्दोलन लम्बिँदै जानुले आन्दोलनकारीमा आक्रोश बढ् दै
थियो । यस परिस्थितिमा नेपालको सिँचाइ विभागका वरिष्ठ इन्जिनियर विजयशंकर मिश्र
धर्नास्थल पुग्दा घेराउमा परे । लामो समयसम्म धर्ना बस्दा पनि नेपाल सरकारले वास्ता
नगरे को भन्दै आक्रोशित आन्दोलनकारीले उनलाई झन्डै छ घण्टा बन्धक जस्तै बनाए ।
जिल्ला प्रशासनको पहलमा मागे क ा सबै कागजात ने पाल सरकारलाई बुझ ाउने शर्तमा
आन्दोलनकारीले उनलाई छाडे ।
विजयशंकर मिश्र धर्नास्थलबाट आन्दोलनकारीको मागपत्र लिई काठमाडौ ँ पुगेपछि
सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुन थाल्यो । विभिन्न निकायमा मात्रै होइन भारतसँग
पनि पत्राचार हु न थाल्यो । ने प ाल सरकार परराष्ट्र मन्त्रालयले जु न १६, २००८ मा
भारतीय दूतावासलाई पत्र (पत्र संख्या ५ए/६३-६३९) पठायो । दूतावासका कन्सुलर हर्ष
के . जैनले ज्वाईन्ट सेक्रेटरी नर्थ दिल्लीकी प्रीती शरणलाई सोही दिन पत्र पठाए । प्रीती
शरणले भोलिपल्टै सो पत्र जल संसाधन मन्त्रालय पटना विहारका प्रधान सचिव अजय
नायक, उत्तर प्रदेशका प्रधान सचिव जल संसाधन मन्त्रालय दिल्लीका एडिसनल सेक्रेटरी
एस. मनोहरनको नाममा नं. २९३३/जेएससीएनजे/२००८ को पत्र पठाए । पत्र पाएपछि
जुन २०, २००८ का दिन उत्तर प्रदेश तर्फ का सम्बन्धित इन्जिनियरहरू धर्नास्थलमा पुगेर
उपरोक्त जानकारी दिए । सबै पत्रका फोटोकपी दिँदै भारतमा आन्दोलनबारे बृहत् छलफल
हुन थालेको र चाँडै निकास आउनेमा आश्वस्त गराउँ दै वार्ताका लागि आग्रह गरे । त्यस
दिन दुवै पक्षबीच सामान्य छलफल भयो । जुन २२ मा आधिकारिक व्यक्तिहरूका साथ
धर्नास्थलमा आई उत्तर प्रदेशसँग सम्बन्धित बँुदामा काम गर्ने सहमति जनाएपछि ३४ औँ
दिनमा आन्दोलन स्थगित गरियो । दवु ै पक्षबीच २१ बँुदामा काम गर्ने सहमति भयो (हेर्नुहोस्
अनुसूची ३) । समितिले २१ बँुदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ ।

8
वार्तामा धर्ना समिति अध्यक्ष रामबरन के वटको ने तृत ्वमा प्रे म चन्द्र गुप्ता , दूधनाथ गुप्ता ,
नन्दलाल गुप्ता, शैलेन्द्रकुमार शर्मा, गोपाल गुरुङ, कमरुद्दिन अन्सारी, गौरीशंकर कुशवाहा निरन्तर
बसेका थिए । त्यसमा कृ ष्णबहादुर थापा, टुनाखर बस्याल, पवित्रा न्यौपाने, यज्ञप्रसाद देवकोटा,
गोपालचन्द्र ढकाल, बुद्धिसागर उपाध्याय, वृजराज कुशवाहा, तुलसीराम न्यौपाने लगायत थुप्रै
महिला पुरुषको समेत सहभागिता थियो ।
166 | वृजराज कुशवाहा

गण्डक सघं र्षका उपलब्धि


धर्नाकारीको नजरमा गण्डक समस्याको मूल जरो हो प्रविधि । निर्माण गर्दा साईफन,
नाला, पुलपुलेसा ठीकै रहे होलान तर पछिपछि ती संरचनामा समस्या उत्पन्न हुन थाले ।
समयानुकूल अपडे ट नगरिँ दा समस्या जटिलतातर्फ उन्मुख हुँदै गयो । संरचनाले द:ु ख दिने
क्रम बढिरहँदा सम्बद्ध कर्मचारीले मर्मत सम्भारमा ध्यान नदिएकाले समस्या बल्झिदै ँ गयो ।
पीडित एकत्रित भई आन्दोलित हुनुप¥ यो । ३४ दिनसम्म नहरको पानी रोकिएपछि भारतीय
पक्षसित २१ बँुदे सहमति भयो ।
सहमतिमा उल्लेख गरिएका कामलाई अल्प, मध्य र लामो अवधिमा सम्पन्न गरिने
गरी काम विभाजन गरियो । अल्प अवधि र मध्य अवधिमा गरिने काममध्ये के ही सम्पन्न
गरिएका छन् तर लामो अवधिमा गरिने काम भएको छै न ।
२१ बँुदे सहमति भएलगत्तै भारतको विहार सरकारले डीपीआर (विस्तृत अध्ययन
प्रतिवेदन) बनाई के न्द्र सरकार दिल्लीलाई पेस ग¥ यो । दिल्ली सरकारले सहमतिका २१
बँुदामध्ये १५ भन्दा बढी बँुदाको काम समेट्ने गरी “नेपाल हितकारी योजना” नामक एक
परियोजना तयार ग¥ यो जुन भा.रु. १ अर्ब ७१ करोडको थियो । भारत सरकारले विहार र
उत्तर प्रदेशलाई जिम्मा लगाउँ दै योजना अगाडि बढायो । यसले गण्डकवासीमा भारतप्रति
पर्न गएको निराशाजनक सोचमा परिवर्तन ल्यायो । भारतले अब चाहिँ गण्डकमा ध्यान
दिन्छ भन्ने विश्वास लाग्न थाल्यो ।

नेपाल हितकारी योजना


नेपाल हितकारी योजना अन्तर्गत विहार परियोजनाले गर्नुपर्ने कामको अलग्गै सूची छ ।
यसमा गण्डकस्थित ब्यारे ज पुलदेखि त्रिवेणी बजारसम्म र त्रिवेणी बजारभित्र सडक कालोपत्रे
गर्ने काम भारतीय पक्षले प्राथमिकतामा राख्यो । त्यस्तै, त्रिवेणी धामस्थित नारायणी नदीमा
स्नान गर्ने श्रद्धालुहरूको सजिलोका लागि नदी तटमा सिँढीको निर्माण गर्नुपर्ने मागलाई
समेटेको छ । त्यस्तै, नदी तटमा पर्खालको निर्माण गर्नुपर्ने, ठटिया खोलाको पुल निर्माण
गर्ने, यस खोलाको किनारको सडक कालो पत्रे गर्ने, मूल सडकदेखि गाउँ लाई जोड्ने एप्रोच
रोड आठ किमी बनाउने, रानीनगर, गुदरिया, प्रतापपुर, टांकीकोट र सुर्यपुरामा नयाँ पक्की
पुलको निर्माण गर्नुपर्ने, बालुवा जमेर पिँध अग्लो भइसके को मुख्य पश्चिमी नहरको भित्री
भागमा सफाइ र सुदृ ढीकरणको काम गर्नुपर्ने , यस नहरसँ गै रहेक ो समानान्तर नालाको
सफाइ र त्यसमा पुल निर्माणको काम गर्नुपर्ने, सिल्ट इजेक्टर नहरको सफाइ, मर्मत तथा
पुछारमा ढुंगा पिचिंगको काम गर्नुपर्ने र खजुरा खोलाको सिल्ट सफाइ गर्ने काम नेपाल
हितकारी योजनामा समेटिएको छ ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 167

त्यस्तै, उत्तर प्रदेश परियोजनाले गर्नुपर्ने कामको सूची त्यसमा छ । जसमा ए गैप बाँधको
मजबुतीकरणको काम गर्नुपर्ने, यस बाँधको पुछारको लम्बाइ १०० मिटर बढाउनुपर्ने, बाढी
नियन्त्रणका लागि यस बाँधको किनारमा परकुपाइन लगाउने, ए गैप बाँधको पुछारदेखि
बी गैप बाँधलाई जोड्ने लिंक बाँध बनाउने, यस लिंक बाँधमा ठोकरको निर्माण गर्नुपर्ने,
बी गैप बाँ ध, लिंक बाँ ध र ने पाल बाँ धको मर्मत तथा कालो पत्रे सडक बनाउने काम
पर्छन् । उपरोक्त तीन ओटै बाँधमा रहेका ठोकरहरूको मर्मत तथा निर्माण गर्नुपर्ने र ठोकरको
आसपासको क्षेत्रमा ब्लक निर्माण गर्नुपर्ने काम पनि यसमा पर्छन् ।
यी काममध्ये गण्डक नदी नियन्त्रण संघर्ष समितिको दबाबमा भारतले करिब पाँच अर्ब
भन्दा बढीको काम गरे को छ । यद्यपि सहमति भएका बँुदामध्ये १, २, ३, ४, ५, १२, र
१३ नं. बँुदाका काम उत्तर प्रदेशले गर्ने भयो । ६, ७, ८, ९, १०, ११, १४, १५, १९,
२० र २१ नं. बँुदाका काम विहारले गर्ने तय भयो । १६, १७, र १८ का काम भारतको
के न्द्र सरकारले गर्ने गरी कामको बाँडफाँट गरिएको छ । भारतले गण्डकमा मर्मत सम्भारका
लागि सन् २०१४ मा ३९ करोड ७१ लाख र सन् २०१५ मा ५९ करोड ८७ लाखको
बजेट खर्चेको देखिन्छ । तर अनुगमन भने कमजोर रहेको छ ।

भारत सरकारको विभागीय काम


मुख ्य पश्चिमी गण्डक नहरसँ गै रहेक ो सडकमा नयाँ कालो पत्रे गर्न भारत सरकारको
ठे क्का लिएको कमलादित्य कन्स्ट्रक्सन प्रा.लि., बोकारो स्टिल सिटी, झारखण्डले काम
गरिरहेको थियो । सडक निर्माण कार्यमा गुणस्तरहीन सामग्रीको प्रयोग गरे को कुरा उठे पछि
सुधारका लागि ठे केदारलाई समितिले आग्रह ग¥ यो तर ठे केदारले टे रेन । ठे केदारले अटे र
गर्न थालेपछि वैशाख ८, २०६९ (अप्रिल २०, २०१२) मा बेलाटारीमा बसेको समितिको
बैठकले सुधारका लागि सचेत गराउने र नमाने विभागीय जाँचको माग गर्ने निर्णय ग¥ यो ।
बैठकपछि गरिएको अनुरोधको पनि ठे केदारले वास्ता गरे न । त्यसपछि असार २, २०६९
मा जल संसाधन मन्त्रालय दिल्ली, जल संसाधन मन्त्रालय पटना, नेपालस्थित भारतीय
राजदूत र मुख्य अभियन्ता वाल्मीकिनगरलाई समितिले पत्र पठाउँ दै गुणस्तर छानबिनका
लागि माग ग¥ यो तर कुनै सुनवाइ भएन ।
समितिले के न्द्र सरकार दिल्लीलाई पत्राचार गरी छानबिन गर्न माग ग¥ यो । दिल्लीको
आदेशमा पटनाबाट नेपाल हितकारी योजना अन्तर्गत भइरहेको सडक निर्माण कार्यको
छानबिनका लागि तीन सदस्यीय प्राविधिक टोली गठन गरी खटायो । अगस्त १२, २०१२
मा वाल्मीकिनगर आइपुगेको टोली (इन्जिनियर अशोक कुमार सिंह, इन्जिनियर अखिलेन्द्र
निखिल र कनिष्ठ अभियन्ता विरे न्द्र उपाध्याय) ले ठे कदार कम्पनीको प्रतिनिधि र संघर्ष
समितिको रोहबरमा भोलि पल्टदेखि नै जाँच शुरू ग¥ यो । शून्य आर.डी. देखि ६२.५
168 | वृजराज कुशवाहा

आर.डी.सम्म करिब १९ किलोमिटरको दरू ीबाट विभिन्न स्थानको पिच फुटाई नमुना संकलन
गर्न खोज्दा ठे कदार र उसका सप्लायर्स तथा संलग्न इन्जिनियरले नमुना संकलनमा निगरानी
टिमलाई अवरोध गरे । स्थानीय सप्लायर्सहरूको दबदबा देखेपछि समितिले नवलपरासीको
प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा सहयोगको माग ग¥ यो । टिमले संकलन गरे को कालो
पत्रेको नमुना जाँचका लागि भारतीय ल्याबमा पठायो । ल्याबले कमलादित्य कन्स्ट्रक्सनले
६२ प्रतिशत निर्माण सामग्री कमसल (लोकल मै टे र ियल) प्रयोग गरे क ो प्रतिवे द न जल
संसाधन मन्त्रालय दिल्लीलाई बुझायो ।
सडक निर्माणका लागि तयार पारिएको इस्टिमेट अनुसारको निर्माण सामग्री (ढुंगा,
गिट्टी र बालुवा) करिब ३५० किलोमिटर टाढा भारतबाट ल्याउनु पर्ने थियो तर ठे केदार
कम्पनीले तोकिएको सामान भारतबाट नल्याई नेपालकै खोलाको ढुंगा, गिट्टी र बालुवा
प्रयोग गरे को ठहर भयो । जल संसाधन मन्त्रालय दिल्लीले ठे केदार कम्पनी कमलादित्यलाई
दश करोड भारतीय रुपैयाँ जरीवाना ग¥ यो । सो रकम ठे केदारले पाउनुपर्ने रकमबाट कटौती
गरे र असुल्यो । सडकको निर्माण कार्यको जिम्मेवार मानिएका पाँच जना भारतीय उच्च
अधिकारी इन्जिनियरलाई निलम्बन गरी कारबाही चलायो ।9 पछि ती पाँचै जना अधिकारी
अदालतबाट दोषी ठहर भएपछि सेवामुक्त भए ।
यस घटनाले संघर्ष समितिको उचाइ बढायो । यो समिति सुधारका लागि प्रयत्नशील
रहेक ो साबित ग ¥ यो । अब कमाण्ड क्षेत्रमा कु नै काम गर्नु परे भारतीय पक्षले सं घ र्ष
समितिसँग समन्वय गर्न खोज्छ । समितिले गरे को गुनासोलाई महत्त्व दिन थालिएको छ ।
सुधा रका लागि सल्लाह र सुझ ाव मागिन्छ । गण्डकमा गरिने कामको अनुग मन सं घ र्ष
समितिले पनि गर्छ ।

नेपाल सरकारको निम्छरो भूमिका


गण्डकवासी भन्छन्—नेपाल सरकारको उदासीनताका कारण द:ु ख पाउनु परे को हो । सम्झौता
हुँदा ने पाल सरकारले परियोजनाले पार्न सक्ने प्रभावको अध्ययन विश्ले षण गरे को भए
आज यस्तो भयावह स्थिति आउने थिएन । त्यस बेलादेखि नै नेपाली जनताको हितभन्दा
भारत सँगको मित्रता तथा सद्भावलाई ध्यानमा राख्न खोज्दा भयावह स्थिति निम्तिएको
देखिन्छ । यही क्रमलाई दोहो¥ याउने क्रममा सत्तामा पुगेका सबैजसो दलले समस्या आउँ दा
पनि समाधानका लागि बल गरे को पाइँदैन । सरकारमा जाने दल तथा तिनका नेताहरूको
इच्छा शक्तिको कमी र सरकार सञ्चालन गर्न भारतसामु देखाउने लाचारीका कारण नेपाल
9
ती निलम्बित भारतीय प्रविधिकहरू हु न् : कनिष्ठ इन्जिनियरहरू अनिल कु मार सिंह र
ब्रजभूषण शर्मा, सहायक इन्जिनियर शाहिद हुसेन, कार्यपालक इन्जिनियर दिलिप कुमार सिंह, र
सुपरिन्टे न्डेन्ट इन्जिनियर हरि शंकर प्रसाद श्रीवास्तव ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 169

सरकार गण्डकमा निरीह बनेको छ । सत्तामा टिकीरहन भारतको आशीर्वादको आसमा


गण्डक मुद्दालाई ओझेलमा पार्न सिलसिला जारी छ ।
सरकार आफै ले यो मुद्दाको उठान कहिल्यै गरे न । समितिले उठाएका जायज मागप्रति
पनि सरकारले पहल गरे न । माग गर्नका लागि गण्डक सम्झौताको दफा २ को उपदफा (ख)
मा व्यवस्था हुँदाहुँदै पनि नेपाल सरकार निरीह भएर बसिरहनु र जनताले दु:ख पाइरहनुको
मुख्य कारण नेपाल सरकारको कमजोरी रहेको बुझिन्छ । उदाहरणका लागि तत्कालीन
प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिँचाइ मन्त्री सहित तीव्र कटानको बेला सेप्टे म्बर २७,
२०१२ मा निरीक्षण गर्न गण्डक क्षेत्र पुगे, आश्वासन पनि दिए तर फर्कि सके पछि पीडितले
कुनै सुधारको महसुस गर्न पाएनन् ।
नेपाली प्रशासनले आफ्ना जनता बाढी, डुबान र कटानबाट विस्थापित हुँदा चिउरा,
नुन, चाउचाउसँगै आश्वासन बाँड्न बाहेक अरू के ही पनि गरे को छै न । जब जब बाढीले
सताउँ छ, जिल्ला प्रशासन, रे डक्रस वा स्थानीय संघसंस्थाका प्रतिनिधि चिउरा चिनी र नुन
बोके र आउँ छन्, बाँड्छन् र फर्क न्छन् । तर बर्सेनि सताइरहेको बाढीको दीर्घकालीन समाधान
खोज्न स्थानीय जनताले हारगुहार माग्दा पनि जिल्ला प्रशासनसँगै नेपाल सरकारका सबै
निकाय मन्त्रालय, विभाग, जल उत्पन्न प्रकोप समिति, जिल्ला समन्वय समिति, स्थानीय
सरकार मौन बस्छन् । उनीहरू गण्डक क्षेत्रमा निर्माण तथा मर्मत सम्भारको काम नेपाल
सरकारले गर्न पाउँ दैन भनेर बाटो तताउँ छन् ।
नेपाल सरकारका मन्त्री तथा अन्य प्रतिनिधि जब भारत जान्छन् वा भारतीय प्रधानमन्त्री
वा मन्त्री तथा अन्य उच्च ओहदाका प्रतिनिधि जब नेपाल आउँ छन्, गण्डक नदी नियन्त्रण
संघर्ष समितिले पत्र दिएर वा भेटेर ध्यानाकर्षण गराउँ छ तर नेपाल पक्षले बल नगरे को कारण
तिनको प्रयास सार्थक हुन सके को छै न । नेपाल सरकारले अहिलेसम्म संघर्ष समितिलाई
कुनै आर्थिक, नै तिक वा भौतिक सहयोग गरे को छै न । समिति एक्लै जनताको बलमा
निरन्तर लडिरहेको छ ।
गण्डक परियोजनाले स्थानीयलाई दिएको पीडाको दिगो समाधानका लागि नेपाल
सरकारले पहल नगरे पछि संघर्ष समिति भारततिर के न्द्रित हुनु परे को छ । समितिले ज्ञापनपत्र
दिएर वा भेटेर भए पनि भारतीय अधिकारीको ध्यानाकर्षण गराई भारत सरकारबाट काम
गराइरहेको छ । त्यसो त भारतको हेपाहा प्रवृत्ति छ, कहिले सुन्ने कहिल्यै सुन्दै नसुन्ने ।
यही प्रवृत्तिका कारण कुनै पनि सरकारसँग ढुक्क हु न सकिने अवस्था छै न र द्वन्द्व पनि
हुँदै आएको छ ।
वि.सं. २०६५ को पानी रोकौ ँ आन्दोलनको क्रममा भएको २१ बँुदे सहमतिको बँुदा नं.
१४ को क्षतिपरू ्ति पाउनुपर्ने, १६ नं. को शद्ध
ु खानेपानी, १७ नं. को गण्डक हस्पिटल र १८
नं. को भारतमा कमाण्ड क्षेत्रका विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिको मद्ु दालाई सम्बोधन गरिएको
170 | वृजराज कुशवाहा

छै न । यसरी सहमतिको बेवास्ता जारी रहेकाले जेठ ६, २०७० (मे २०, २०१३) देखि पुनः
पानी रोकौ ँ आन्दोलनको घोषणा गरियो । तर भारतले आन्दोलन हुनुभन्दा एक दिन अगावै
नहरमा पानी खोलिदियो । पानी खोलिएको देखेर आक्रोशित आन्दोलनकारीले मे २० र २१
मा त्रिवेणीस्थित गण्डक ब्यारे जमा विरोध प्रदर्शन गरे । २३ तारे खमा ब्यारे ज गेटको फलामे
डोरी काटेर भारतीय नहरको पानी थुन्ने तयारी गरिरहेको बेला नरसही गाउँ का अगुवाहरूको
एक समहू आयो । ती अगुवाहरूले नहरको पानी थुनिदा नदीमा पानीको स्तर बढेर ठोकर नं.
१२ कटान हुन सक्ने जोखिमतर्फ ध्यानाकर्षण गराएपछि आन्दोलन तत्काललाई स्थगन गरियो ।
तर अनेक खालका समस्यासँग गण्डकका जनता र संघर्ष समितिले जुझ्नु परे को छ ।
गण्डकमा निर्माण तथा मर्मतको काम गर्ने ठे केदार सितको मिलेमतोमा कर्मचारीहरू काममा
लापर्बाही गर्छन् जसले भएको काम पनि गुणस्तरीय हुन पाउँ दैन । भारतीय कर्मचारीको
पैसा कुम्ल्याउने बानीले गण्डकवासी आजित छन् । २०६५ सालको पानी रोकौ ँ आन्दोलन
पश्चात् भारतीय पक्षले घँुडा टे केको छ । अब त भारतले गरे को कामको गुणस्तर ठीक भए
नभएको कुरा उठाई समितिले सुधारका लागि माग गर्दछ । समितिको मागकै आधारमा
छानबिनपछि भारतीय ठे कदार र कर्मचारीमाथि कारबाही भएको छ । ठे केदारसँग मिलेमतो
गरी रकम कुम्ल्याउने उच्चपदस्थ कर्मचारी कारबाहीमा परे पछि संघ र्ष समितिको आँट
बढे क ो छ । भारतीय कर्मचारी समितिको अगाडि थर्क मान छन् । यति भएपछि भारत
सरकारले संघर्ष समितिको कुरो सुन्न थालेको छ । सुनवाइ नगरे अथवा काममा लापर्बाही
गरे मा संघर्ष समितिले भारतीय प्रधानमन्त्री र मुख्यमन्त्रीलाई सोझै पत्र लेख्न थालेको छ ।
निर्माण तथा मर्मतको कामका लागि भारतप्रति आश्रित भए पनि भारतीय पक्षलाई
यस समितिले करिब करिब काबूमा पारिसके को अवस्था छ । समितिले क्षतिपूर्ति, गण्डक
अस्पताल र छात्रवृत्तिको लागि नेपाल सरकारको तर्फबाट कूटनीतिक पहलको माग गरे को
छ । तर, गण्डकमा नेपाल सरकारको प्रभाव शून्य बराबर छ । गण्डक पीडितहरू नेपाल
सरकारप्रति भन्दा भारत सरकारप्रति बढी आशावादी देखिएका छन् ।

सघं र्ष समितिको सघं र्षयात्रा


समिति सक्रियताका साथ गण्डकवासीका हकअधिकारका लागि काम गर्ने प्रयासमा
जुटिरहेको छ । बेला बेलामा बैठक बस्ने, बैठकमा एजेन्डा आउने, एजेन्डा उपर छलफल
भई निर्णय लिने गरिएको छ । आवश्यकता अनुसार दबाब दिन डे लिगेशन जाने, विरोध
जनाउने र आन्दोलनको कार्यक्रम बनाई संघर्ष गर्दै आएको छ ।
यसले गण्डक कमाण्ड क्षेत्रमा भारतीय पक्षले गर्ने निर्माण तथा मर्मत सम्भारजस्ता
कार्यको अनुगमन गर्ने तथा गुणस्तर सुधारका लागि दबाब दिने गर्छ । काममा सुधार आउन
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 171

थालेपछि समितिमा स्थानीयवासीको विश्वास बढ्दै छ । यो नै संघर्ष समितिको सम्पत्ति


हो । लोकतान्त्रिक पद्धतिमा सञ्चालित समिति बेला बेलामा पुनर्गठन हुँदै आएको छ ।
३४ दिने आन्दोलन गण्डकको इतिहासमा पहिलो र ऐतिहासिक आन्दोलन हो । यसै
क्रममा भएको २१ बँुदे सहमतिलाई उपलब्धिको रूपमा लिइएको छ । यसैको फलस्वरूप
भारतले नेपाल हितकारी योजना बनाएर कमाण्ड क्षेत्रमा तीव्रताका साथ काम गरे को छ ।
समितिले प्रमुख मुद्दाको रूपमा रहेको क्षतिपूर्ति, छात्रवृत्ति र गण्डक अस्पतालको मागलाई
पहिलो एजेन्डा बनाएको छ । यी मुद्दाको सम्बोधन नभएका कारण संघर्ष रोके को छै न ।
समितिको आफ्नो कार्यालय भवन छै न । आवश्यकता अनुसारको विभिन्न स्थानमा
बैठक बस्ने गरिन्छ । प्रारम्भिक समिति पछिका समितिले गरे का काम कारबाही र निर्णयका
कागजात सुरक्षित छन् । ती कागजात पूर्वसचिव तथा हालका अध्यक्ष दूधनाथ गुप्ताले
आफ्नै घरमा जतन गरे र राखेका छन् । अध्यक्ष स्वयं आफै पत्र लेख्ने, पत्राचार गर्ने, बैठक
डाक्ने, हिसाबकिताब राख्ने, रकमको जोहो गर्ने र बाहिरी समन्वय राख्ने लगायतका
काममा व्यस्त देखिन्छन् । आर्थिक स्रोत नियमित छै न, बेला बेला चन्दा सहयोग मागेर
काम चलाइएको छ । तर पनि समिति पूर्ण सक्रिय रहेको देखिन्छ ।
समितिको नाम शुरूदेखि नै गण्डक नदी नियन्त्रण संघर्ष समिति रहेको छ । समितिलाई
जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्न खोज्दा संघर्ष समिति नाम राखेर दर्ता हुन
दिइएन । सं घ र्ष शब्द हटाएर आउन भने प छि समिति दे श विदे श मा स्थापित पहिचान
परिवर्तन नगर्ने निर्णयमा पुग्यो । त्यसैले समिति अहिलेसम्म जिप्रकामा दर्ता हुन सके को
छै न । समिति सञ्चालन गर्नका लागि आचारसंहिता बनाइएको छ । यति ठूला जिम्मेवारी
र महत्त्वपूर्ण कामको चापमा रहेको संघर्ष समितिले आफ्ना सबै कामलाई लोकतान्त्रिक
पद्धतिमा चलाउँ दै आएको छ ।

समितिका काम कारबाही र कार्यभार


समितिले आफ्नो कार्यक्षेत्रमा सिंहले जस्तो अवलोकन गर्ने र कामबारे गिद्धले जस्तै दृष्टि
राख्ने गरे को छ । बेलाबेलामा बस्ने बैठकमा गण्डकमा अब के हुनुपर्ने भन्ने विषयमा चिन्तन
मनन गर्ने गरे को छ । भारतीय पक्षलाई कामप्रति सचेत बनाइरहने, भारतीय प्रधानमन्त्री र
उत्तर प्रदेशका मुख्यमन्त्रीका साथै गण्डक सम्बद्ध उच्च पदस्थ कर्मचारीलाई पत्राचार गरे र
वा भेटेर गण्डकमा गरिनुपर्ने कामबारे ध्यानाकर्षण गराउँ दै आएको छ ।
यस बीचमा समितिले गरे को के ही महत्त्वपूर्ण काम उल्लेखनीय छन् । २०६५ सालमा
३४ दिने पानी रोकौ ँ आन्दोलन मार्फत भारतको ध्यानाकर्षण गराउन सफल समितिले
गण्डक क्षेत्रमा भएको समग्र नोक्सानीको जिम्मेवार भारत रहेक ो साबित गर्दै २१ बँुदे
सहमति गरे पछि अनेक काममा हात हालेको छ ।
172 | वृजराज कुशवाहा

पानी रोकौ ँ आन्दोलनको क्रममा कमाण्ड क्षेत्रका बाढी पीडितसँग संघर्ष समितिले
गरे को वाचा अनुसार किसानको क्षतिको विवरण संकलन गर्ने काम शुरू गरे को थियो ।
धर्ना चलिरहेको बेला क्षति व्यहोरे का किसानले समितिमा गराएको नाम दर्तालाई विस्तृत
विवरणको लगत तयारी गर्न समिति आफै ले एक फाराम विकसित गरी गाविसहरूको
कार्यालयमा पठायो । फाराममा सन् १९९३ देखि सन् २००७ सम्मको अवधिमा भएको
बालीको नोक्सानी, भूक्षयबाट भएको क्षति र जिन्सी सामानको क्षतिको विवरण खुलाएर
भर्नुपर्ने महल राखिएका थिए । फाराम भर्नका लागि एक महिनाको समय दिइएको थियो ।
पीडित किसानले क्षतिको विवरण भरे र जम्मा गरे पछि गाविसले मालपोत रकम लिएर
सिफारिस ग¥यो । संकलित फाराम संघर्ष समितिले एकत्रित पारे र जिल्ला सिँचाइ कार्यालयमा
जम्मा ग¥ यो । सिँचाइ कार्यालयले क्षति व्यहोरे का कमाण्ड क्षेत्रका साबिक १३ गाविसका
८,४६४ घरधुर ीका किसानले भरे क ो फारामको तथ्यां क सम्पादन ग¥ यो । यस तथ्यां क
अनुसार गण्डक संरचना तथा भारतीय लापर्बाहीका कारण किसानको बालीनाली, नगदी
तथा जिन्सी नोक्सान किसानको २ अर्ब ९३ करोड ६० लाख ९३ हजार ८३ रुपैयाँ २६
पैसाको भएको देखिन्छ ।10 यसरी १५ वर्षमा यस अवधिमा गण्डक संरचना तथा भारतीय
लापर्बाहीका कारण किसानको बालीनाली, नगदी तथा जिन्सी नोक्सानीको क्षतिपूर्तिका
लागि भारतसित माग पेस गरे को छ ।11
यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भुइँ तहदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय
तहसम्म विभिन्न पहल गरियो । शुरूमा साबिक गाविसले सिफारिस गरे र जिल्ला सिँचाइ
कार्यालय मार्फत सिँचाइ विभाग जावलाखेल, ललितपुरमा पेस ग¥यो । पुस २८, २०६६ मा
बसेको नेपाल सरकारको मन्त्रिमण्डलको बैठकबाट प्रस्ताव पास गराई सिँचाइ मन्त्रालयले
चलानी नम्बर ५५, पत्र सं ख ्या ०६६/०६७ को पत्र पुस २९ गते परराष्ट्र मन्त्रालयमा
पठायो । त्यो फाइल दश महिनासम्म त्यही ँ थन्के र बसेपछि संघर्ष समितिको प्रतिनिधि
मण्डल काठमाडौ ँ पुगेर परराष्ट्र मन्त्रालयलाई ताके ता गर्दा फाइल भेटिएन भन्ने जवाफ
आयो । प्रतिनिधि मण्डलले मन्त्रालयमा अडान लिएपछि फाइल फे ला प¥ यो र परराष्ट्र
मन्त्रालयले जून १४, २०१० का दिन नेपाल स्थित भारतीय दूतावासलाई पत्र (पत्र संख्या
एस.ए.-१/६३-५७/११४६) पठाए पनि काम अगाडि बढेन । पटक-पटकको ताके तापछि
परराष्ट्र मन्त्रालयले क्षतिपूर्ति सम्बन्धमा अगस्त २३, २०१२ मा पत्र (पत्र संख्या एस.ए.-

10
क्षतिपूर्तिका लागि पीडित किसानले भरे को फाराम जस्ताको तस्तै पश्चिम सिँचाइ डिभिजन
नं. ७ को कार्यालय सेमरीमा राखिएको छ । साथै, यसको निचोडको एक प्रति सिँचाइ मन्त्रालय,
एक प्रति भू-आर्जन तथा सम्पर्क अधिकारी वाल्मीकिनगर र एक प्रति डिभिजन नं. ७ को कार्यालय
सेमरीमा सुरक्षित छ ।
11
भारतसँग माग गरिएको क्षतिपूर्तिको विवरणका लागि अनुसूची ४ र ५ हेर्नुहोस् ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 173

१/६३-५७/११७८) लेखी भारतीय दूतावासलाई पुनः ताके ता ग¥ यो । यो काम अगाडि


बढाउन नेपाल सरकारको कूटनीतिक पहलको आवश्यकता रहेको समितिको बुझाइ छ ।
नेपाल र भारतका सिँचाइ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको एक संयुक्त समिति
(जे स ीके जीपी) को बै ठ क दुवै देश का सं युक्त मुद् दा समाधानका लागि प्रत्ये क दुई वर्षमा
आलोपालो बस्ने गर्छ ।12 संघर्ष समितिले मे २–३, २००९ मा विहारको पटनामा बसेको
जेसीके जीपीको चौथो बैठकमा क्षतिपूर्ति पाउनुपर्ने कुरा उठायो तर पनि कुनै उपलब्धि भएन ।
नोभेम्बर ११–१२, २०१४ मा काठमाडौमँ ा भएको सातौ ँ बैठकमा २१ बँुदे सहमति पास भयो
तर कार्यान्वयन हुन सके को छै न । यसका लागि नेपाल सरकारबाट पहल लिन मंसिर २८,
२०७२ मा समितिको प्रतिनिधि मण्डल काठमाडौ ँ पगु ेर सिँचाइ विभागका महानिर्देशकलाई
ज्ञापनपत्र बझु ायो । ज्ञापनपत्रमा २१ बँदु े सहमतिमध्ये गर्न बाँकी रहेका काम तथा जेसीके जीपीको
सातौ ँ बैठकले पास गरे को काम सम्पन्न गराउन नेपाल सरकारलाई पहलकदमी लिन माग
गरिएको थियो । पहल नभएकै कारण यी कामलाई भारतीय पक्षले बेवास्ता गर्दै आएको छ ।
सन् २०१६ को ८ र ९ फे ब्रुअरीमा पटनामा आयोजित जेसीके जीपीको आठौ ँ बैठकमा
सहभागी हुने नेपाल सरकारको सिँचाइ विभागका महानिर्देशक रामानन्द प्रसाद यादवलाई
भेटेर समितिले ध्यानाकर्षण गरायो । सो बैठकले विगत १५ वर्षको बालीनाली, नगद, र
जिन्सीको क्षतिपूर्ति भारतले नदिने भन्ने सातौ ँ बैठकको निर्णयलाई परिवर्तन गर्दै भारतले
क्षतिपूर्ति दिनुपर्ने भनी पुनः निर्णय गर्दै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी
पेस गर्ने जिम्मेवारी नेपाललाई दिएको छ । यस कामलाई नेपाल सरकार सिँचाइ मन्त्रालय,
सिँचाइ विभाग र डिभिजन कार्यालयले गर्नुपर्ने हो तर काम अगाडि बढेको छै न ।
मं सि र २८, २०७२ मा काठमाडौ ँ पु गे क ो सं घ र्ष समितिको प्रतिनिधि मण्डलले
सिँचाइमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझायो । त्यसमा किसानका लागि क्षतिपूर्ति
तथा कमाण्ड क्षेत्रका विद्यार्थीका लागि भारतमा उच्च अध्ययनको छात्रवृत्ति उपलब्ध गराउने
सहमतिलाई कार्यान्वयनका लागि पहल गरिदिन माग गरिएको थियो । नेपाल सरकारले
कूटनीतिक पहल नगरे काले ती दुवै काम थाँती रहेको समितिको बुझाइ छ ।
सहमतिको बँुदा नं. १४ को क्षतिपूर्तिको माग ठूलो रकमको भएकोले सहजै उपलब्ध
हुने सम्भावना कम छ । यसमा नेपाल पक्षले भारतसित पहल गर्छ कि गर्दैन भन्ने आशंका

12
जेसीके जीपीको पहिलो बैठक डिसेम्बर २४–२६, २००१ मा काठमाडौमँ ा, दोस्रो बैठक
डिसेम्बर ६–७, २००४ मा भारतको पटनामा, तेस्रो बैठक जुन ५–६, २००६ मा काठमाडौमँ ा, चौथो
बैठक मे २–३, २००९ मा भारतको पटनामा, पाँचौ ँ बैठक जुन १७–१८, २०१० मा काठमाडौमँ ा,
छै टौ ँ बैठक फे ब्रुअरी १७–१८, २०११ मा भारतको राजगीरमा, सातौ ँ बैठक नोभेम्बर ११–१२,
२०१४ मा काठमाडौमँ ा, आठौ ँ बैठक फे ब्रुअरी ८–९, २०१६ मा भारतको पटनामा र नवौ ँ बैठक
डिसेम्बर २०१८ मा काठमाडौमँ ा बसेको थियो ।
174 | वृजराज कुशवाहा

भएपछि समितिले भारतसँग सोझै पत्राचार तथा भेटघाट थाल्यो । उसले भारतीय लोकसभामा
गण्डक पीडितको सवाल उठाइदिन भारतीय सीमावर्ती क्षेत्रका जनप्रतिनिधिलाई अनुरोध
ग¥ यो । उसले उत्तर प्रदेशको गोरखपुर क्षेत्रका तत्कालीन सांसद तथा वर्तमान मुख्यमन्त्री
आदित्यनाथ र महाराजगञ्ज क्षेत्रका सांसद पंकज चौधरी तथा कुशीनगर क्षेत्रका सांसद
राजेश पाण्डेलाई भदौ २०, २०७३ मा भेटेर पत्र बुझायो ।
यस बीचमा गण्डक सम्झौता पुन रावलोकनका लागि सं घ र्ष समितिले जनजागरण
अभियान थाल्यो र नेपाल तथा भारतको ध्यानाकर्षणका लागि सात जिल्लामा कोणसभा
ग¥ यो । असोज १२–१६, २०७३ मा नवलपरासी, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी,
मुस्ताङको मुक्तिनाथमा कोणसभा सञ्चालन गरे को थियो । यस क्रममा गण्डक सम्झौतामा
भएका त्रुटि र पानी रोकौ ँ आन्दोलनबारे जानकारी दिँदै समितिले सम्झौता पुनरावलोकनका
लागि जनसमर्थन जुटाउने प्रयास गरे को थियो । यस्तै कात्तिक ८–१२, २०७३ मा विहारको
राजधानी पटना र मुजफ्फरपुर पुगेर समितिले जल संसाधन विभाग पटनालाई वार्ता गरी
पत्र बुझायो ।13 गण्डकमा सन् २०१७ मा हुने निर्माण कार्यको गुणस्तरीयताबारे अग्रिम
कु राकानीका लागि उत्तर प्रदेश को महाराजगं ज गई समितिले डिसे म ्बर ९, २०१६ मा
कार्यकारी इन्जिनियर विरे न्द्रकुमार यादवसित भेटेर दबाब दियो ।
नेपाली किसानलाई क्षतिपूर्ति दिलाउन नेपाल सरकारबाट कूटनीतिक पहलका लागि
समितिले पुस ३, २०७३ मा प्रधानमन्त्री, परराष्ट्र मन्त्री, सिँचाइ मन्त्री तथा सिँचाइ विभागमा
पुगे र पत्र (च.नं . २१) बुझ ायो । त्यस्तै, समितिले भारतीय सहयोगी ओमप्रकाश बर्मा
मार्फत भारतीय प्रधानमन्त्रीको कार्यालय र जल संसाधन मन्त्रीको कार्यालयमा क्षतिपूर्तिबारे
ध्यानाकर्षण पत्र दर्ता गरायो । त्यही पत्रको आधारमा प्रधानमन्त्रीको कार्यालयले जल
संसाधन मन्त्रालयलाई सोधनी गरे को र जल संसाधन मन्त्रालयले गंगा बाढ नियन्त्रण आयोग
पटनालाई क्षतिपूर्तिबारे धारणा मागेको व्यहोराको पत्र समितिका सचिव दूधनाथ गुप्ताको
नाममा डिसेम्बर २२, २०१६ मा बोधार्थ पठायो । समितिले त्यसमा विभिन्न ४ बँुदा राखी
भारत सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसमा मूलत: २१ बँुदे सहमतिको बँुदा
नं. १४ अनुसार नेपालीले पाउनुपर्ने क्षतिपूर्ति रकम अविलम्ब दिनुपर्ने, नेपाल हितकारी
योजनाका बाँ क ी कामलाई पूर्णता दिनुपर्ने , जे सीके जिपीको सातौ ँ बै ठकद्वारा बनाइएको
उपसमितिले प्रस्ताव गरे का काम कार्यान्वयन हुनुपर्ने र जेसीके जिपीको आठौ ँ बै ठकको
एजेन्डा ६ को त्रुटिपूर्ण निर्णय (जमिनमा दलदल माटो भएका कारण रानीनगर, टांगीकोट
र सुर्य पुरास्थित मुख्य पश्चिमी नहरमा संघर्ष समितिद्वारा माग गरिएको पुल निर्माण गर्न

13
प्रतिनिधि मण्डलमा संघर्ष समितिका अध्यक्ष रामबरन के वट, उपाध्यक्ष के बी थापा, सचिव दूधनाथ
गुप्ता, प्रवक्ता रमेशचन्द रौनियार, प्रचारमन्त्री गौरीशंकर कुशवाहा, सदस्य कृ ष्णानन्द चौधरी, पूर्व लियाजन
विश्वबन्धु यादव र विमलचन्द्र घिमिरे सहभागी थिए ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 175

नसकिने) लाई परिवर्तन गर्दै सो स्थानहरूमा पुल निर्माण गर्ने भनी सच्याउँ दै सहमतिका
बँुदा नं. ९ ‘ग’ को पुल निर्माणका लागि माग गरिएको थियो ।
तटीय क्षेत्रका बासिन्दालाई जोडने अभियानलाई अगाडि बढाउँ दै विहारको राजधानी
पटनामा अगस्त १८, २०१८ मा भएको संयुक्त भेला अर्थात् पटना डायलगमा समितिका
प्रवक्ताको नेतृत्वमा गएको छ जनाको टोलीले गण्डक पीडितको आवाज उठायो । गण्डक
परियोजनाले आर्थिक, सामाजिक तथा मानसिक असर पारे को मात्र नभई स्थानीयवासीको
चौतर्फी विकासमा बाधा हालेकोले गण्डक सम्झौताको पुनरावलोकन गरिनुपर्नेमा जोड
दिइयो । जनताको हितमा नरहेको सम्झौता विरुद्ध जनता उत्रन सक्ने र विद्रोह गर्न सक्ने
चेतावनी पनि दिइयो ।
यही क्रममा गण्डक अभियान नेपाल, भारत हुँदै बंगलादेश सम्मको जलअधिकारको
अभियानसित जोडिन पुगेको छ । यसले तीन देशको अन्तरदेशीय सञ्जाल नदी अधिकार
मञ्चको बै ठ कमा सहभागिता जनाएको छ । डिसे म ्बर १, २०१८ मा बं ग लादे श मा
आयोजित साउथ एशिया सम्मेलन कार्यक्रममा संघर्ष समितिको टोली पनि सहभागी भयो ।
तीन दिनसम्म चलेको सम्मेलनले नदी अधिकार मञ्चको साउथ एशिया कन्भेनर पदको
जिम्मेवारी समितिका प्रवक्ता वृजराज कुशवाहालाई दियो । मञ्चको उपाध्यक्ष पद भारत
र सचिव पद बंगलादेशले पायो ।
त्यस्तै, समितिका अध्यक्ष र प्रवक्ताको प्रतिनिधि मण्डल नेपालका नदीबाट प्रभावित
समुदाय सँगको राष्ट्रिय सहकार्यका लागि रुचि लिँदै तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन
कर्णालीमा चैत १४–१७, २०७४ मा सहभागी भयो । यस समितिले गण्डकमा भोग्नुपरे को
पीडाबारे सम्मेलनलाई जानकारी गराउँ दै दबाब सिर्जना गर्न तथा ऐक्यबद्धता निर्माण गर्न
नेपाल नदी संरक्षण संस्थाको चौथो राष्ट्रिय नदी शिखर सम्मेलन गण्डक क्षेत्रमा आयोजना
गर्न सहमत भएको छ ।

अन्तमा,
नारायणीको पानी प्रयोग गर्ने उद्देश्यले भारतले धेरै पहिलेदेखि प्रयास गर्दै आएको थियो ।
बाह्रैमास नसुक्ने स्वच्छ पानी भएको यस नदीको समुचित उपयोग गर्न सके धेरै लाभ लिन
सक्ने देखेर गिद्धेदृष्टि राखेको भारतले ब्रिटिस शासन कालदेखि नै अनेक कसरत गरे को
थियो । ती कसरत असफल भएपछि नेपाललाई पनि हुने लाभको व्याख्या गरी लोभमा
पारे र गण्डक सम्झौता गरे को देखिन्छ ।
सम्झौतामा रहेको त्रुटि तथा भारतीय पक्षको लापर्बाहीका कारण बाढी, जलजमाव,
अग्ला बाँधमा सिपेजजस्ता समस्याले नेपाली किसानको आर्थिक स्तर गिर्दै गए पनि नेपाल
सरकारको बेवास्ता जारी छ । नेपाल सरकारले पहल गर्न सके सम्झौतामा भएको प्रावधान
176 | वृजराज कुशवाहा

अनुसारको व्यवहार भारतले तत्काल गर्नुपर्छ सम्झौतामा गरिएको विभेदकारी व्यवस्था


संशोधनका लागि सम्झौता पुनरावलोकन गर्नुपर्छ । कूटनीतिक पहल गर्न सके मा सम्झौतामा
व्यवस्था हुँदाहुँदै पनि भारतीय लापर्बाहीले बर्सेनि झेल्नु परे को बाढीको सास्ती अन्त्य गर्न
सकिन्छ । सम्झौतामा विद्यमान असमान व्यवस्थाको अन्त्य गर्न सके भारतले मात्र होइन
नेपालीले पनि खेतमा सिँचाइका लागि पर्याप्त पानी पाउन थाल्छन् र उत्पादन बढाउन सक्ने
क्षमता देखाउन सक्छन् । आजको परिवेशमा नेपालीलाई आवश्यकता अनुसार पानी पाउने
व्यवस्था हुनुपर्छ । नारायणी नदीमा नेपालले बाँध पुल नहरजस्ता संरचना बनाउँ दा भारतको
अनुमति लिनु पर्ने व्यवस्थामा सुधार गर्नुपर्छ । द्विपक्षीय भनिए पनि सम्झौताले लाभको
हिसाबले भारतलाई प्राथमिकतामा राखेकोमा अब दुवै देशका लागि समान हुनुपर्छ ।
आर्थिक अवस्थामा सुधार ल्याउन तथा सम्झौताले पारिसके को असरको क्षतिपूर्ति
तथा दीर्घकालीन प्रभावको न्यूनीकरणका लागि योजना बनाउन कठिन छै न । सम्झौताको
पुनरावलोकन गरिँ दा विभेदकारी व्यवस्था हटाइ उपल्लो तटीय अधिकारको सिद्धान्तमा
आधारित हुनुपर्ने मागमा कुनै अर्घेल्याइँ देखिँदैन । नेपाल र नेपाली जनतालाई अन्यायमा
पर्ने गरी सम्झौताको मनपरी प्रयोग र दुरुपयोग गरिराखिन्छ भने असन्तोष अनेक कोणबाट
प्रकट हु न ्छ । यो कु रा ने प ाल सरकारले मात्रै होइन भारत सरकारले पनि हेक ्का राख्नु
बुद्धिमानी हुन्छ ।
भारतीय प्रधानमन्त्रीलाई सोझै पत्राचार गरी समस्याको हल खोज्न लागिपरे को संघर्ष
समिति भारतलाई प्रत्यक्ष प्रभाव पार्ने आन्दोलनतर्फ उन्मुख हुँदैछ । सिँचाइ मन्त्रालयमा
पेस भएको तथ्यांकको आधारमा क्षतिपूर्तिको माग अहिले पनि प्रबल हुँदैछ । क्षतिपूर्तिको
मागलाई सम्बोधन गर्न नेपाल सरकारको कूटनीतिक पहल र बुद्धिमानीको आवश्यकता
छ । क्षतिपूर्तिको रकम आउला भन्ने आशामा दश वर्ष कुरिसके को अवस्थामा यसै मुद्दाका
आधारमा गण्डक क्षेत्रमा अर्को पानी रोकौ ँ आन्दोलन हुनसक्छ ।

धन्यवाद
यस अनुसन्धानमा सघाउनुहुने गण्डक क्षेत्रका बासिन्दाहरू र कुराकानीका लागि समय
दिनुहुने गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दधू नाथ गुप्ताप्रति आभार
व्यक्त गर्दछु । अनुसन्धान र लेखनको अवसर जुराइदिने मार्टि न चौतारी तथा माहुरी होम
कपिलवस्तु, लेखनमा हौसला थप्ने मेन्टर वन्दना ज्ञवाली र सम्पादनमा सहयोग गर्नुहुने
सोहन प्रसाद साह र महेशराज महर्जनलाई विशेष धन्यवाद ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 177

अनुसच
ू ी१
खुलापत्र
178 | वृजराज कुशवाहा
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 179

अनुसच
ू ी२
गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले जेष्ठ ११, २०६५ मा थालेको पानी
रोकौ ँ आन्दोलनको २१ बँुदे माग ।

१) गण्डक ब्यारे ज र रानीनगरको बीच सिल्ट इजेक्टरबाट थप जग्गा कटान भएकोले सो सिल्ट
इजेक्टरको टेलबाट ए गैप बाँधको टेलसम्म बलियो तटबन्ध बनाउनु पर्छ ।
२) ए गैप बाँधको टेलमा नदीतिर लामो र बलियो ठोकर निर्माण गर्नुपर्ने छ ।
३) गण्डक योजनाको बी गैप बाँधलाई थप २ मीटर अग्लो र ४ मिटर चौडा बनाउनु पर्ने छ ।
४) ए गैप बाँधलाई बी गैप बाँधसम्म नदीको किनार हुदँ ै दोस्रो नयाँ र बलियो तटबन्ध बनाउनु
पर्नेछ ।
५) गठु ी परसौनी गाविस अन्तर्गत नेपाल बाँधमा रहेको धोबहा नालामा ठूलो साइफन सहितको
पल ु निर्माण गर्नुपर्ने छ ।
६) नेपालले उपयोग गर्ने पिपरपाती प्रसौनी माईनरको ६४ क्सयु ेक पानी निर्बाध रूपमा प्रदान
गर्नु पर्ने छ ।
७) मखु ्य पश्चिम नहरको टुटेको भित्री भाग लाईगि गर्ने कार्य दर्घट
ु नालाई मध्यनजर राखी अनिवार्य
रूपमा सिमेन्टेड सोलिङ गर्नुपर्ने छ ।
८) मखु ्य पश्चिमी नहरको ४.४ आर.डी. रानीनगरको पल ु र ३२ आर.डी. प्रतापपरु को पल ु को
चौडाइ दोब्बर गर्नुपर्ने छ ।
९) मखु ्य पश्चिमी नहरमा निम्न ठाउँहरूमा थप पल ु को निर्माण गर्नुपर्ने छ ।
क) कुडिया गाविसको वडा नं. ६ गदु रियामा ।
ख) गठु ी सर्यु परु ा गाविसको नं. ८ टांगीकोटमा ।
ग) साबिक गाविस गठु ी सर्यु परु ाको वडा नं. ५ पावरहाउसको १ किमी दक्षिणमा ।
१०) गण्डक ब्यारे ज र त्रिवेणी धामको बीचको बाँध जनु २३ जल ु ाई २००२ मा मात्र ६ लाख
२९ हजार ५० क्सयु ेक पानीको दबाबले भत्के को थियो, त्यसलाई बलियो बनाउनु पर्नेछ ।
११) पवित्र त्रिवेणी धामको माथि अवस्थित ऐतिहासिक गजेन्द्र मोक्षदेखि त्रिवेणी धामसम्म
नदीको किनार हुदँ ै तेस्रो नयाँ तटबन्धको निर्माण गर्नुपर्ने छ ।
१२) नदीको कटानलाई ध्यानमा राख्दै बी गैप बाँधको पछा ु रलाई पकलिहवा गाविसको नदीको
हुदँ ै भारतीय सीमासम्म चौथो नयाँ तटबन्धको निर्माण गर्नुपर्ने छ ।
१३) गण्डक नदीले कुडिया, त्रिवेणी ससु ्ता, नरसही र पकलिहवा गाविसको करिब ३५० बिगहा
काटेको जमिनको क्षतिपरू ्ति दिनपु र्ने छ ।
१४) गण्डक सम्झौता अनसु ार निर्मित गण्डक पश्चिमी नहरको निर्माणले गर्दा सिंगहा, रयपरु वा,
सिरखोलाहरूको पानीको प्राकृ तिक निकास परिवर्तन भयो, जसले ती खोलाहरूमा आएको
180 | वृजराज कुशवाहा

पानी जम्न गइ पकलिहवा, नरसही, रुपौलिया, प्रतापपरु , सोमनी, ठुलो खैरटवा, गठु ी सर्यु परु ा,
कुडिया, बैदौली र भजु हवा गाविसहरू स्थायी अर्ध डुबान क्षेत्रमा परिणत भएकोले पानी
निकासको स्थायी व्यवस्था गर्नुको साथै डुबान क्षेत्रको गण्डक योजनाको निर्माणदेखि
आजसम्मको बालीको क्षतिपरू ्ति दिनपु र्ने छ ।
१५) गण्डक पश्चिमी नहर, त्यसमा रहेको पल ु र नहरको किनारमा रहेको कालो पत्रे सडकलाई
तत्काल समयानक ु ू ल मर्मत गर्नुपर्ने छ । पलु को दवु ैतिर सडकको स्लोपलाई विगतमा भएको
सवारी दर्घट ु नाहरूलाई ध्यानमा राखी लामो बनाउनपु र्ने छ ।
१६) गण्डक योजनाको कृ त्रिम निर्माणले यस क्षेत्रमा जलजमाव भइ खानेपानी प्रदषित ू भई
लाम्खुट्टेको स्थायी ब्रिडिंग प्लेस बनेकाले योजना क्षेत्र भरीको लागि खानेपानी र औलो
नियन्त्रण कार्यालय बनाउनपु र्ने छ ।
१७) गण्डक योजनको कृ त्रिम निर्माणले यस क्षेत्रको पारिस्थितिक प्रणालीमा प्रतिकूल असर परी
स्थायी जमिनको प्रदषित ू पानीले मान्छे, बालबालिका र महिलाको स्वास्थ्यमा नकारात्मक
दीर्घकालीन असर पारे को कारणले त्यसको समाधानका लागि एक गण्डक हस्पिटल कुडिया
गाविसको वडा नं. ४ मा बनाउनपु र्ने छ ।
१८) प्रायः गण्डक योजना क्षेत्र नै डुबान क्षेत्र भएकोले यहाँका कृ षकको आर्थिक अवस्थामा
प्रतिकूल असर परी उच्च शिक्षा र प्राविधिक शिक्षा दिलाउन सके का छै नन् । अतः यस
क्षेत्रका दश जना विद्यार्थी अर्थात् एमबिबिएसमा र इन्जिनियरीङमा पाँच पाँच जना स्थानीय
विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी अध्यापन गराउनपु र्ने छ ।
१९) गण्डक ब्यारे ज त्रिवेणीदेखि गजेन्द्रमोक्ष धाम सम्मको बाटोलाई दईु लेनको पीच गर्नुपर्ने ।
२०) नेपालको भ-ू भागलाई सिँचाइ गर्नका लागि नेपाली नहरको काम पर्वू सम्झौता अनसु ार
हुनपु र्ने ।
२१) भारतीय गण्डक क्षेत्र अन्तर्गत नेपाल क्षेत्रमा हुने सम्पूर्ण काम नेपाली लाइसेन्स प्राप्त ठे केदार
मार्फत हुनपु र्ने ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 181

अनुसच
ू ी३
पानी रोकौ ँ आन्दोलनमा भारतीय पक्षसित भएको २१ बँुदे सहमति

१) सिल्ट इजेक्टरको च्यानल सकिएको ठाउँबाट पानी ले कृ षि योग्य जमिन कटान गरे कोले
सिल्ट इजेक्टरको टेलबाट च्यालन बनाएर नदीमा हाल्नका लागि विस्तृत निरीक्षण र सर्वेक्षण
गरी कार्यान्वयन गरिनेछ ।
२) ए गैपको पछा ु रको भाग धेरै वर्षदेखि काटिँदै जाँदा छोटो भएकोले यसलाई पनु र्स्थापित गर्ने
कार्य तरुु न्त प्रारम्भ गरिनेछ । अति आवश्यक कार्य अहिले नै तथा बाँकी काम बाढीको
सिजन सकिएपछि गरिनेछ ।
३) बी गैप बाँधको उचाइ एवं चौडाइ बढाउने सम्बन्धमा यसको एक परियोजना बनाएर प्रस्तुत
गरिने सहमति गरिएको छ । बी गैपको स्परहरू नदीको धारले क्षतिग्रस्त भएकोले पनु र्निर्माण
कार्य तत्काल प्रारम्भ गरिनेछ ।
४) ए गैप र बी गैपको बीचमा रहेको ग्रामीण सडक नजिकै कटान भई गाउँको नजिक आएकाले
स्परहरू निर्माण गरी रोकथाम गर्नु जरुरी छ । तर यदि ए गैप र बी गैपको बीचमा तटबन्धको
निर्माण कार्य सम्भव नभएमा गाउँको नजिक नदि किनारको सडकलाई अग्लो बनाइनेछ ।
५) नेपाल बाँधको धोबाहा नालाको समस्यालाई परियोजना बनाएर कार्य गराइने आश्वासन
दिइन्छ ।
६) भारतीय गण्डक मखु ्य पश्चिमी नहर परू ा क्षमतामा नचलेको कारणले नेपाल क्षेत्रको नहर पनि
आफ्नो परू ा क्षमतामा चल्न सके को छै न । त्यसैले मखु ्य पश्चिमी नहरको मर्मत कार्य पश्चात्
उल्लिखित क्षमतामा पानी आपरू ्ति गरिनेछ ।
७) मखु ्य पश्चिमी नहरको टुटेको भित्री भागको सिमेन्टेड सोलिंग नहर मर्मत कार्यको क्रममा
गराइने बढी क्षति भएको ठाउँमा नदी बन्द गरिएको बेलामा गर्नका लागि विभागमा प्रस्ताव
पठाइनेछ ।
८) समितिको ८ र ९ न.ं को माग अन्तर्गतको मखु ्य पश्चिमी नहर रानी नगरको पल ु र ३२ आर.डी.
को पल ु को चौडाइ डबल गर्ने तथा कुडिया गाविसको गदु रिया सर्यु परु ा गासिको टांगीकोटको
एक किमी दक्षिणमा पल ु निर्माणको लागि कोशीगण्डक परियोजना ज्वाईन्ट कमिशन Joint
Committee of Koshi Gandak Project (JCKGP) को बैठकमा प्रस्तुत गरिनेछ ।
१०) गण्डक ब्यारे ज र त्रिवेणी धामको बीचको २३ जल ु ाई २००२ मा क्षतिग्रस्त तटबन्धलाई
पनु र्स्थापनाको क्रममा उचाइ बढाउने बलियो बनाउने तथा डिल निर्माण गर्ने काम गरिनेछ ।
११) त्रिवेणी धामको माथि अव्यवस्थित ऐतिहासिक गजेन्द्रमोक्षदेखि त्रिवेणी धामसम्म
नयाँ तटबन्धको निर्माण सम्बन्धमा नेपाल र विहार सरकार जल संसाधन विभागका
182 | वृजराज कुशवाहा

अधिकारीहरूद्वारा संयक्त ु सर्वेक्षण गरी सिँढीको व्यवस्था सहित योजनको प्रतिवेदन तयार
गरी कार्य अगाडि बढाइने छ ।
१२) नेपाल बाँधमा नदीको धाराले बहुमलू ्य कृ षि भमि ू कटान गरी तटबन्धको नजिकै आएकोले
स्पर र कटर बनाएर नदीको कटानलाई रोकिनेछ । थप कार्य परियोजना बनाएर गरिनेछ ।
१३) समितिले माग गरे को गण्डक नदीबाट कटान भएको कुडिया, त्रिवेणी, नरसही पकलिहवाको
जमिनको क्षतिको क्षतिपरू ्ति उत्तर प्रदेश सरकारले विहार सरकारसँग अनरु ोध गरिनेछ ।
१४) भारतीय मखु ्य गण्डक पश्चिमी नहरको कारण भएको जग्गा तथा अन्न बालीको क्षतिपरू ्तिका
लागि क्षतिपरू ्ति प्रस्ताव कोशी गण्डक ज्वाईन्ट कमिशनको आगामी बैठकमा प्रस्तुत गर्ने
तथा डुबानको समस्या समाधानको लागि नेपाल भारत संयक्त ु विशेषज्ञहरूको टोली गठन
गरी सम्भाव्य अध्ययन गरी आगामी कार्य अगाडि बढाइनेछ ।
१५) भारतीय मखु ्य गण्डक पश्चिमी नहरमा रहेका जीर्ण पल ु को मर्मत नहर सर्भिस सडक कालो
पत्रे गर्ने कार्य वार्षिक बजेटमा समावेश गरी गरिनेछ ।
१६) प्रभावित गण्डक क्षेत्रका लागि स्थायी औलो नियन्त्रण कार्यालय स्थापना गरिनेछ ।
१७) यस क्षेत्रका जनताको उपचारका लागि यस क्षेत्रमै गण्डक हस्पिटल खोलिनेछ ।
१८) गण्डक क्षेत्रका विद्यार्थीहरूको उच्च अध्ययनका लागि भारतले शैक्षिक छात्रवृत्ति उपलब्ध
गराउनपु र्ने । बँदु ा नं. १६, १७ र १८ को माग परू ्तिका लागि सामान्य प्रशासन उत्तर प्रदेश एवं
नेपाल सरकारद्वारा कार्यलाई अगाडि बढाइनेछ ।
१९) त्रिवेणी बजारदेखि गजेन्द्र मोक्षसम्म कालो पत्रे निर्माणको लागि सर्वेक्षण गरी आयोजना
प्रस्ताव गरी सरकार समक्ष कार्यान्वयनका लागि पठाइनेछ ।
२०) नेपाली नहरको काम सम्झौता अनुसार सम्पन्न गर्न नेपाल तथा विहार सरकारका
अधिकारीहरूबाट संयक्त ु रूपमा स्थलगत सर्वेक्षण गरी योजना तयार गरी कार्यान्वयन
गरिनेछ ।
२१) गण्डक सम्बन्धी नेपाल क्षेत्रमा हुने निर्माण कार्यमा नेपाली लाइसेन्स प्राप्त ठे केदारलाई विहार
सरकारको नियम अनसु ार दर्ता भएपछि समावेश गराउन सकिनेछ ।
गण्डक सम्झौताले सताएका नेपालीको पीडा | 183

अनुसच
ू ी४
भारतबाट क्षतिपूर्ति पाउनका लागि समितिले बुझाएको मागको विवरण
184 | वृजराज कुशवाहा

अनुसच
ू ी५
क्षतिपूर्ति विवरण संकलनका लागि प्रयोग गरिएको फाराम
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 185

आठ

नेटुवा जातिको फे रिँदो सामाजिक जीवन

सज
ं य कुमार पासी

नीद न जानै टूटी खाट, अमल न जानै जातपात


प्यास न जानै मुर्दा घाट, भूख न जानै जुठा भात ।।

यो अवधी भाषामा प्रचलित उखान हो । यसको अर्थ हुन्छ—निद्रा लागेपछि टुटेको खाट
हेर िँ दैन , कु नै चिजको अमल (लत) लागे प छि जातपात हेर िँ दैन ; प्यास लागे प छि पानी
खाने मुहान हेरिँ दैन, र भोक लागेपछि जूठो-चोखो हेरिँ दैन । यो पंक्तिले नेटुवा समुदायको
सामाजिक जीवनलाई सजीव चित्रण गर्दछ ।
नेटुवा समुदाय नेपाल र भारतमा नट, नटुवा र नेटुवाका रूपमा परिचित छन् । “नेपालको
तराई भू-भागमा बस्ने र नाचगान लगायत कला प्रदर्शनी गर्ने समुदाय हो नटुवा । नटुवा
समुदायको नाम र पहिचान परम्परागत पेशाकै आधारमा स्थापित भएको देखिन्छ । नेपालमा
नटुवाहरूले आफूलाई नट भनेर पनि चिनाउँ छन्” (रसाइली २०७६ : ३०२) ।
नेटुवा समुदाय नेपाल तथा भारतमा बसोबास गर्ने घुमन्तु (घुमन्ते वा फिरन्ते) समुदायको
रूपमा चिनिन्छन् । नेटुवा समुदाय भारतमा बेसी मात्रामा फिरन्ते समुदायको रूपमा रहेका
छन् । नेपालमा भने उनीहरूको बसाइमा धेरै हदसम्म स्थिरता छ । उनीहरू यहाँ स्थायी
किसिमले एकै ठाउँ मा बसोबास गर्न थालेको धेरै समय भइसके को छ भने जीविकाका
लागि वर्षको दुई तिहाई समय गतिशील हु ने क्रम अझै छ (रसाइली २०७६ ः ३०६),
तर घट्दो छ ।
ने प ालको पू र्व सिरहादे ख ि पश्चिमको कञ्चनपु र जिल्लासम्म फै लिएर बसोबास
गरिरहेको ने टुवा समुदाय राष्ट्रिय दलित आयोगको सूची अनुसार १९ जातिका मधेसी

१८५
186 | संजय कुमार पासी

दलित समुदायभित्र पर्छन् । दलित समुदायबीच पनि नेटुवाहरूको आर्थिक, सांस्कृतिक


एवं राजनीतिक अवस्था कमजोर रहेको छ । उनीहरू बहुसंख्यक रूपमा भूमिहीन छन् ।
उनीहरूसँग घर बनाउने जग्गाजमिन समेत छै न । त्यसैले उनीहरू प्लास्टिकका पालमुनि
बाह्रै महिना आफ्नो जीवन बिताइरहेका भेटिन्छन् ।
इतिहास हेर्दा नेटुवा समुदायका सदस्य स्वतन्त्रता पूर्वक जीवनयापन गर्न मन पराउँ छन् ।
पहिले नट वा नाच वा कलाबाजी प्रदर्शन गरी जीविका चलाउने भएकाले उनीहरू घुमन्ते र
स्वतन्त्र भएको हुन सक्छ वा उनीहरूले घुमन्ते जीवनसँग अनुकूल हुने विभिन्न क्रियाकलाप
गरी जीवन धान्ने गरे को हुन सक्छ । उनीहरूले विशेष गरी चटक देखाउने, जनावर र सर्प
समात्ने र नचाउने, मह काढ्ने र बेच्ने तथा भिक्षा माग्ने कार्य मार्फत आफ्नो र परिवारको
जीवन गुजारा गर्दै आइरहेका छन् ।1
सामाजिक परिवेशमा आएको परिवर्तनसँगै उनीहरूको जीवनशैलीमा पनि परिवर्तन
आएको छ । नेटुवा जातिको जीवनमा आएको परिवर्तनबारे अध्ययन उनीहरूको सामाजिक
परिवर्तनको दिशा बुझ्न र त्यसमा राज्य र अन्य पक्षबाट गरिनुपर्ने पहलका लागि उपयोगी
हुन सक्छ ।
नेटुवा जातिको अवस्थाबारे साउनदेखि माघ २०७५ सम्म सात महिनाभित्र अध्ययन
गर्ने प्रयास गरिएको थियो । यसको लागि प्रदेश नं. ५ बाट कपिलवस्तु जिल्ला र त्यसै गरी
प्रदेश नं. २ बाट पर्सा जिल्लालाई छनोट गरी अध्ययन कार्य गरिएको छ । कपिलवस्तुमा
बसोबास गर्ने नेटुवाहरूको समग्र घरधुरीलाई लक्षित गरी विस्तृत अध्ययन गरिएको छ भने
पर्सामा नमूनाको रूपमा के ही घरधुरीलाई लिइएको छ ।
कपिलवस्तुमा बसोबास गर्ने ने टु व ा जातिको शत प्रतिशत घरधुर ीलाई लक्षित गरी
उनीहरूको सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्थाबारे बुझ्न प्रश्नावली तयार गरी घरधुरी
सर्वेक्षण गरिएको हो । यसै क्रममा नेटुवा जातिका विभिन्न उमेर समूहका महिला तथा
पुरुष गरी १८ जनासँग अन्तर्वार्ता लिइएको छ भने अन्य जात जातिका पाँ च जनासँग
कुराकानी गरिएको छ । अन्तर्वार्ताका लागि सामाजिक कार्यकर्ता, राजनीतिक अगुवा,
शिक्षक लगायतलाई छनोट गरिएको हो । पर्सामा चार जना नेटुवा जातिबाट र दुई जना
अन्य समुदायबाट छनोट गरी सूचना संकलन गरिएको थियो ।
यस अध्ययनको प्रमुख सवाल हु न्— ने टु व ाहरू समाजमा कसरी चिनिएका छन् ?
जातीय पहिचानको सवालमा उनीहरू आफूलार्इ के भनेर चिनाउन चाहन्छन् ? पहिचानबारे
उनीहरूको अन्तरपुस्ता बीचको बुझाइमा के फरक छ ? उनीहरूको आफ्नो जातीय पहिचान
झल्किने सं स ्कृति, चालचलन, प्रथा, परम्परा एवं जीवनशै ल ी कसरी परिवर्तन हुँदैछ ?
1
“उनीहरू सर्प समाउने, सर्प नचाएर आएको आम्दानीले पेट पाल्ने, माहुरीको मह काढ्ने,
कुकुर पाल्ने र जंगली स्याल लगायत जनावरको सिकार गर्ने पेशा गर्छन्” (रसाइली २०७६ : ३०२) ।
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 187

जीवन र जीविका चलाउन पुस्तौँदेखि गर्दै आइरहेको संघर्ष तथा उनीहरूको जीवनशैलीमा
आएको क्रमिक परिवर्तनमा अन्य समुदायले पारे को प्रभाव कस्तो छ ? यिनै सवाललाई
अध्ययनको के न्द्रबिन्दुमा राखी उनीहरूको सामुदायिक पहिचान; त्यसको जरामा रहेको
आर्थि क सां स ्कृतिक र राजनीतिक जीवन; त्यसमा आएको परिवर्तनलाई रे खां क न गर्ने
कोसिस गरिएको छ ।
दलित समुदायको, त्यसमा पनि मधेसी दलितको संघर्ष र जीवनशैलीबारे लेखिएको
साहित्यको आम रूपमा खडे री नै छ । नेपाल र भारतमा समेत रहेका नेटुवा समुदायसँग
जोडिएका मु ख ्य सवालसँ ग सम्बन्धित सन्दर्भ सामग्री न्यू न मात्रामा भे टि एका छन् ।
यसबाट यस समुद ायबारे निकै कम मात्रामा अध्ययन अनुस न्धान भएको बुझ ्न कठिन
छै न । त्यसैले उनीहरूकै मौखिक इतिहास, जीवन्त भोगाइ र बुझाइलाई आधार मानेर यो
अध्ययन गरिएको छ ।

नेटुवा जीवनको सामाजिक इतिहास


सत्ता-शक्ति र सम्पत्ति नभएका मानिसहरूको इतिहास लेखिएको विरलै पाइन्छ । सत्ता-
शक्ति र सम्पत्तिबाट वञ्चित नेटुवा समुदायको पनि कुनै लिखित इतिहास पाइँदैन । एकाध
धर्मशास्त्रका किताबमा उनीहरूलाई अपमानित गर्ने गरी नै किन नहोस् उल्लेख गरिनु पनि
ठूलो कुरा हो ।
“मनुस्मृति” मा नटको जन्मकथा कोरिएको छ, जुन विवादबाट मुक्त छै न । मनुस्मृति
अनुसार क्षत्रीय वर्णका व्रात्य (आचार भ्रष्ट) बाट जन्मिएका सन्तानलाई झल्ल, मल्ल,
लिच्छवि, नट, करण, खस र द्रविड भनिन्छ (मनुस्मृति १०:२२; रसाइली २०७६ ः ६२
मा उद्धृत) ।
विहारका नटहरूबारे गहन अध्ययन गरे का पुरुषोत्तम र जोस कलापुरा (सन् २०१२ ः
३९) ले विभिन्न धर्मशास्त्र, सूत्र र कोष उधिनेका छन् । उनीहरूका अनुसार :

हरीत (हरीती) धर्मसूत्र, औशनस धर्मशास्त्र, बृहस्पतिको धर्मशास्त्र, आत्रेय धर्मशास्त्र,


कामसूत्र, कौटिल्यको अर्थशास्त्र, भरतको नाट्यशास्त्र, अमरकोष, मनुस्मृति आदि
ग्रन्थमा गरिएका चर्चाले प्राचीन समाजमा नटहरूको अवस्थिति र इतिहासबारे
प्रकाश पार्छन् । यसबाट थाहा हुन्छ, सूत्रकाल (६०० ईसापूर्वदेखि ३०० ईसापूर्व)
भन्दा धेरै पहिलेदेखि यो समदु ायले अस्तित्व ग्रहण गरिसके को थियो र सूत्रकालदेखि
उनीहरूलाई निरन्तर अस्पृश्य मान्दै आइएको छ ।
188 | संजय कुमार पासी

घुमन्ते कविला र जनजाति सम्बन्धी अध्येता एवं लेखक गणेश एन. देवी (सन् २०१२ ः
११) ले नटहरूलाई “महाभारत” मा उल्लिखित “सुत” (अर्ध जाति) का वंशज कलाकार
र सर्जकको रूपमा श्रद्धेय वर्गको रूपमा उल्लेख गरे का छन् । उनको अध्ययन अनुसार पेशा
र सामाजिक संगठन दुवै मामिलामा नट प्राचीनतम परम्पराका १२ समुदायमध्ये एक हो ।
विश्वका विभिन्न भागबाट आएका यात्रीहरूका यात्रा वृत्तान्त तथा प्राचीन, मध्यकालीन र
आधुनिक साहित्यमा असंख्य स्थानमा नटहरूको चर्चा पाइन्छ (देवी सन् २०१२ ः ११) ।
भारतमा नट, नटुवा र नेटुवाको नाममा सयौ ँ वर्षदेखि उनीहरूको बसोबास थियो जुन
समयावधि तीन हजार वर्षसम्म पुग्न सक्छ । पुरुषोत्तम र जोस कलापुरा (सन् २०१२ ः १४)
ले नटहरूलाई हिन्दू वर्णवादले शूद्रको श्रेणीमा राखेको र लगभग अढाई हजार वर्षदेखि
यस समुदायलाई अन्त्यज वा पिँधको समुदाय वा अछूत-अस्पृश्यमा गणना गरे को तथ्य
उल्लेख गरे का छन् । उनीहरूका अनुसार, एउटा घुमन्ते समुदायको रूपमा रहेका नटहरू
फु टपाथमा सर्क स, जादुक ो खे ल , नाच-गाना, साँ प नचाउने , बाँ द र-भालु नचाउने , टाटु
खोप्ने, कुश्ती खेल्ने, जडीबुटीबाट उपचार गर्ने, मह निकालेर बेच्ने, पशुहरूमा गर्भाधान
गराउने, साँढे र भैसँ ी पाल्ने लगायतका कामबाट घुमन्ते जीवनलाई आधार दिँदै आएका
छन् । सामाजिक व्यवस्था र विभिन्न सामाजिक अभावमा यस समुदायका मानिस गरिबी,
अशिक्षा र अपमान सहन बाध्य छन् । अभावमा उनीहरू वनबिरालो, स्याल, खरायो,
हरिण, साँवर, नीलकण्ठ, काग, बकुल्ला, मैना, तीतरा, कोइली आदि पशुपंक्षीको मासुमा
आश्रित रही गुजारा गरे का छन् जसमा के ही पशुपंक्षी अभक्ष्य (खाने अयोग्य) मानिन्छन्
(पुरुषोत्तम र कलापुरा सन् २०१२ : १७) ।
अध्येता मेघराज रसाइलीले “मनुस्मृति” मा बुबाआमाले प्रेम विवाह गरे कै आधारमा
ओडार र दुलोमा बस्ने प्राणी समाउने, बाँध्ने र मार्ने काम दिइएका क्षता, उग्र र पुक्कससँग
नट र मुसहर समुदायको ऐतिहासिक सम्बन्ध हुन सक्ने सम्भावनातिर संकेत गरे का छन् :

ओडार र दुलोेका पशु समाउने काममा लगाइएकै कारण उनीहरूले जनावर र


सर्प नचाउँ दै अरूलाई मनोरञ्जन गराई गुजारा गर्नुपर्ने अवस्था आएको हुनुपर्छ ।
बाँदर, भालु र सर्प नचाएर गुजारा चलाउने काम मधेसी दलितमा पर्ने नट/नटुवा/
ने टुवा समुदायले अझै गर्ने गरे का छन् । मनुस्मृतिमा छुट्ट्याइएका ती जातमध्ये
एक नट समुदाय पनि हुन सक्छ । त्यसैले यस विषयमा थप अनुसन्धान जरुरी
छ । (रसाइली २०७६ ः ६१ )
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 189

उनी थप लेख्छन्,

नट भने क ो नर्तक हो । तराईवासी दलितमा नट पनि पर्छन् । उनीहरूको एक


परम्परागत पेशा पनि नाच्ने हो । त्यस्तै, पहाडका वादीहरूको पुरानो पेशा पनि
नाच्ने गाउने हो । त्यसैले, तराईका नटुवा र पहाडका वादी मनुस्मृतिमा उल्लेख
गरिएकै नट हुन् कि होइनन्, खोज हुनु जरुरी छ । नट र वादी दुवै दलित समुदायमा
पर्छन् । (रसाइली २०७६ ः ६२)

नेपालमा बसोबास गर्ने नेटुवा समुदायको इतिहास सयौ ँ वर्ष लामो रहेको बुझिन्छ । तर
नेपालमा लिखित रूपमा उनीहरूको बसोबास र इतिहासबारे कतै कुनै प्रमाण वा सूत्र भेटिएको
छै न । यस समुदायको इतिहासबारे बुझ्न त्यसै समुदायका पाको उमेरका र फरक-फरक
स्थानमा बसोबास गर्ने व्यक्तिसँग अन्तर्वार्ता गरिएको छ । उनीहरूसँग गरिएको कुराकानीको
आधारमा कपिलवस्तु र पर्सा जिल्लाको विभिन्न ठाउँ मा बसोबास गर्दै आइरहेका नेटुवा
जाति तीन सय वर्षभन्दा बढी समयदेखि त्यस स्थानका बासिन्दा हुन् भनी सहजै बुझ्न
सकिन्छ । कपिलवस्तुका मनखेरियाका ७० वर्षीय महेश नेटुवा आफ्नो छ पुस्ता सम्मको
नाम समेत बताउन सक्छन्, र ती छ पुस्तादेखि त्यस ठाउँ मा बसोबास गर्दै आइरहेका छन् ।
भारतको तुलनामा नेपालका नेटुवाहरू कम फिरन्ते जीवन बाँच्ने गरे को पाइन्छ । एउटा
थातथलोलाई आधार बनाएर वरपर जाने गरे काले उनीहरू पनि जिल्लाका मूल निवासी
भएका छन् । गुजाराका निम्ति वर्षको सात आठ महिना जति उनीहरू आफ्नो थातथलो
छाडे र अन्यत्रतिर बसाइँसराइ गर्ने गरे को पाइन्छ । प्राय: वर्षाको मौसमको चार महिना
बाहेक उनीहरू आफ्नो थातथलो छाडे र जिल्लाभित्र र बाहिर पनि सपरिवारै “डे रा” लिएर
निस्किने र गाउँ -गाउँ डुल्दै कला देखाउँ दै गुजारा गर्ने गर्छन् ।2 वर्षायाम शुरू भएसँगै उनीहरू
पुन: आफ्नै थातथलोमा फर्क ने गरे को पाइन्छ । यसरी खेती गर्ने कुनै जग्गाजमिन र बास
बस्ने घरबस्ती नहुँदा पनि सयौ ँ वर्षदेखि कलाजीवी र घुमन्ते फिरन्ते जीवन बाँच्दै आएका
नेटुवा समुदाय अचेल विभिन्न पेशाबाट गुजारा गर्दै आइरहेका छन् ।
नेपाल र भारतबीच खुला सिमाना भएकोले र उनीहरूको बासस्थान निश्चित नभएको
हुनाले उनीहरू प्राय: नेपालबाट भारत र भारतबाट नेपालमा बसाइँसराइ गरिरहेको पनि
बुझिन्छ । त्यस्तै, तराईका अन्य जातजाति तथा समुदायजस्तै यस समुदायमा पनि विहेबारी
नेपालका विभिन्न जिल्लामा मात्रै होइन भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेटुवा
2
स्थायी घर छाडे र सपरिवारै लुगाकपडा, भाँडाकँु डा, बस्तुभाउ आफूहरूसँगै लिई अन्यत्र
गाउँ ठ ाउँ म ा गई रुखमुनि वा प्लास्टिकको त्रिपालमुनि बास बस्नुलाई ने टु व ा समुद ायमा “डे र ा”
भन्ने गरिन्छ ।
190 | संजय कुमार पासी

जातिमा पहिलेदेखि नै हुने गरे को पाइन्छ । दलित समुदायको लागि भारत सरकारले आवास
लगायत खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम ल्याउँ दा नेपालबाट धेरै नेटुवा समुदाय बसाइँसराइ
गरी उतै गएको र स्थायी बसोबास गर्न थालेका छन् । यसले गर्दा नेपालमा नेटुवा जातिको
जनसंख्या निकै न्यून हुन गएको अनुमान गर्न सकिन्छ ।
सन् १८७१ मा ब्रिटिश शासकहरूद्वारा “आपराधिक कबिला कानून” लागू गरे पश्चात्
नेटुवा लगायत अन्य घुमन्ते जाति तथा समुदायमाथि निकै हदसम्म सीमान्तकृ त भएका थिए
(देवी सन् २०१२ : ११) । उनीहरूले नजिकका प्रहरी चौकीमा दैनिक हाजिरी लगाउनुपर्ने,
कतै हिँडडु ल गर्नु पर्दा घाँ ट ीमा फलामको नालमा बाँ धि एको परिचयपत्र झुण ्डयाउनुप र्ने
बाध्यात्मक व्यवस्थाको सामना गर्नुप¥ यो । त्यस कानूनले ती समग्र घुमन्ते समुदायलार्इ
नै एउटा अपराधी समुदायको रूपमा पहिचान गराइदियो । यसले गर्दा उनीहरू जोकोहीले
कुनै अपराध गरे पनि प्रहरी र समाजबाट सबैभन्दा पहिले उनीहरूलार्इ नै समात्ने र दण्डित
गर्ने कार्य गरिन्थ्यो (लाइभ हिन्दुस्तान टीम सन् २०१०) ।3 नेपालमा पनि अछूतहरूलाई
अपराधीको रूपमा हेर्ने र अरूलाई दण्डित गर्ने काममा लगाउने चलन थियो । त्यसैको एक
उदाहरण हो नेटुवा समुदायलाई पनि अपराधीको रूपमा हेर्ने अन्य जाति र शासकहरूको
नजरिया ।
भारतमा ब्रिटिश शासकहरूले जुझारु स्वभावका नटहरूमाथि नियन्त्रण कायम गर्न र
उनीहरूको प्रतिरोधलाई निस्तेज पार्न उनीहरूलाई अपराधीको श्रेणीमा पु¥ याएका थिए ।
लामो समयदेखि राज्यले लगाएका प्रतिबन्ध र हिन्दू धार्मिक मूल्य मान्यतामा आधारित
शासनले उनीहरूको जीवन र जीवन गुजारा गर्ने पेशा सहज भएको छै न । त्यस पछिको
कालखण्डमा उनीहरूले बसाइँसराइमा, घुमन्ते जीवनमा र नेपाल-भारतमा आतेजाते गर्नमा
निकै कठिनाइको सामना गर्नुप ¥ यो । त्यसको प्रत्यक्ष प्रभाव ने प ाल र भारतको खुल ा
सिमाना, एकआपसमा हुने वैवाहिक सम्बन्धले नेपालमा बसोबास गर्ने नेटुवा समुदायप्रति
समाजमा नकारात्मक छबि छ । जस्तै, तराईमा बस्ने अन्य जातजाति र समुदायमा जस्तै
नेपाल र भारतका नेटुवा समुदायबीच बिहेबारी हुने गर्दछ । भारतबाट नेपालमा भित्रिने,
विशेष गरी बुहारीहरूले, भारतमा नेटुवा समुदायप्रति गर्ने जस्तै नराम्रो व्यवहार यहाँ पनि

3
कपिलवस्तु जिल्ला, मायादेवी गाउँ पालिका, वडा नं. २, मनखोरिया बस्ने महेश नेटुवाको
अनुभव छ : “समाजका ठूलाबडाले बनाएको जातीय विभाजन र नियम पालन गर्नैपर्ने हाम्रो नियति
बनेको छ । त्यसको दायाँबायाँ के ही ग¥ यो वा चल्यो भने सामाजिक दण्डको भागिदार बन्नुपर्ने
व्यवस्था अझै छ । हामीले पालेको कुखुरा बाख्रा कसैको घर, खेत वा बालीमा पस्यो भने हामीले
गाली बेइज्जतीसँगै आर्थिक दण्ड भोग्नुपर्दछ । गाउँ मा वा आसपासको समेत गाउँ मा कुनै चोरीको
घटना भयो भने सबैभन्दा पहिला हाम्रै बिरादरीकालार्इ समात्न पुग्छन् । हाम्रो कुनै गल्ती नहुँदा
पनि धेरै पटक कुटपीट भएका छौ ँ । नेटुवाको घरमा साउन १४, २०७५ मा गरिएको कुराकानी ।
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 191

गरे क ो बताउँ छ न् । फलस्वरूप आजसम्म पनि ने टु व ा लगायत अन्य घुम न्ते जाति भनी
चिनिनेहरूलार्इ समाजको हेर्ने दृष्टिकोणमा खासै फरक नआएको र अहिले पनि पूर्वाग्रही
भएर व्यवहार गर्ने गरे को त्यस समाजका अगुवाहरू बताउँ छन् ।
कपिलवस्तु, अभिराँ व बस्ने एकजना सामाजिक अधिकारकर्मी बे ल ाल अहमद
मुसलमानका अनुसार नेटुवाहरू अति गरिब छन्, शिक्षाबाट टाढा भएकाले अशिक्षित छन् र
यस समुदायप्रति समाजको दृष्टिकोण राम्रो छै न, हेयको दृष्टिले अझै पनि हेर्ने गर्छन् । उनीहरू
समाजका अन्य शिक्षित र अशिक्षित सबै वर्गबाट उपेक्षित र अपहेलित छन् । उनीहरू अन्य
समाजको नजरमा मुख्यतः मगन्ते, फिरन्ते, जही ँ त्यही ँ साँझ-बिहान जीवन बिताउने, स्थिर
जीवन वा बासस्थान नभएको समुदायको रूपमा चिनिन्छन् । उनीहरू खाने पिउनेदेखि लिएर
बास बस्ने समेतको समस्याबाट पीडित छन् । उनीहरू यस विरुद्ध दैनिक जीवनमा संघर्षरत
छन् नै सामूहिक रूपमा संरचनामा सुधार र परिवर्तनका लागि पनि क्रियाशील छन् ।

नेटुवा : हिन्दू र मुस्लिम दुवै


ने प ालमा १३ ओटा जिल्लामा बसोबास गर्ने ने टु व ा जातिको कु ल जनसं ख ्या ३,०६२
रहेको छ । उनीहरू कपिलवस्तु, कञ्चनपुर, बाँके, रुपन्देही, नवलपरासी, पर्सा, काठमाडौ,ँ
ललितपुर, सर्लाही, महोत्तरी, धनुषा सिरहा र ओखलढुंगामा बसोबास गर्दछन् (के तवि सन्
२०१२ : १४६) । प्रदेश नं. २ का पाँच जिल्ला र प्रदेश नं. ५ का चार जिल्लामा उनीहरू
बढी बसोबास गर्दै आएका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेटुवाहरू पर्सा जिल्लामा सबैभन्दा बेसी बसोबास
गर्दछन् जहाँ ६७० जना नेटुवा छन् । कपिलवस्तु जिल्ला तेस्रो ठूलो स्थानमा पर्दछ जहाँ
२०६८ सालमा उनीहरूको जनसंख्या २९१ थियो । २०७५ सालमा कपिलवस्तुमा घरधुरी
सर्वेक्षण गर्दा ने टु व ाहरूको जम्मा घरधुर ी ६७ र कु ल जनसं ख ्या ४०२ रहेक ो पाइयो ।
राष्ट्रिय जनगणनाको सात वर्षपछि उनीहरूको जनसंख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।
कपिलवस्तु जिल्लामा गरिएको ने टु व ा समुद ायको शतप्रतिशत घरधुर ीको विस्तृत
सर्वेक्षण गर्दा उनीहरू हाल छ ओटा विभिन्न गाउँ पालिका तथा नगरपालिकामा छरिएर
बसोबास गरे को पाइयो ।
कपिलवस्तुमा उनीहरू गाउँ वा टोलको छे उछाउमा एकै ठाउँ मा गुजमुजिएर रहेका छन् ।
पुस्तौँदेखि उनीहरूले सुकुमबासी बस्ती, भग्नावशेष जग्गामा, सडक छे उको ऐलानी जग्गामा
र धेरैजसो गाउँ का जमिनदारको स्वामित्वमा रहेको जग्गामा घर बनाएका छन् । घर भन्नु
पनि नाम मात्रै हो । ती प्राय:कच्ची छन् । उनीहरूका लागि छाप्रो र के ही प्लास्टिकको
त्रिपाल नै घर थिए । उनीहरूमध्ये ९५ प्रतिशत भूमिहीन छन् । जग्गाजमिन, पक्की घर तथा
आय मूलक पेशा नहुँदा उनीहरूको जीवन चरम गरिबीमा बित्दै आएको छ ।
192 | संजय कुमार पासी

तालिका १ : कपिलवस्तु जिल्लामा नेटुवा जातिको


घरधुरी सहित विस्तृत विवरण
जम्मा घरधुरी
गाउँपालिका/नगरपालिका वडा नं. गाउँ टोलको नाम
सखं ्या
कृ ष्णानगर नगरपालिका ९ बहादरु गंज ४
भलवारी १
महाराजगंज नगरपालिका ६
गैडहवा ५
अभिराव ५
२ भैसकुन्डा १०
मायादेवी गाउँपालिका
मनखोरिया ३
३ फुलिका १
शिवराज नगरपालिका ८ बिशनु परु ८
असरु ै ना ९

शद्धो
ु दन गाउँपालिका असरु ै ना झरुवा चोक ४
९ प्रगतिनगर १४
१ पकडी १
यशोधरा गाउँपालिका
३ बसन्तपरु पर्वू २
जम्मा घरधुरी ६७

नेपाल र भारतमा बस्ने नेटुवाहरू एकै धर्मावलम्बीमा सीमित छै नन् । उनीहरू कतै हिन्दू
धर्मावलम्बी छन् कतै इस्लाम धर्मावलम्बी । यस घरधुरी सर्वेक्षणबाट थाहा भए अनुसार
कपिलवस्तुमा बसोबास गर्ने सबै नेटुवाहरू हिन्दू धर्म मान्ने गर्छन् । तर पर्सा जिल्लाको
वीरगंज महानगरपालिका वडा नं. २९ रतनपुर भन्ने गाउँ मा लगभग ४० घरधुरी बसोबास
गर्ने ने टु व ाहरू मु स्लि म समु द ायका रहेक ा छन् जो इस्लाम धर्म मान्ने गर्छन् । पर्साकै
परवानीपुर, जीतपुर, टे ढा, हरदासपुर, ईटै ली, हरपुर र टे राढोका गाउँ मा समेत इस्लाम धर्म
मान्ने नेटुवाहरू बसोबास गर्छन् । राष्ट्रिय जनगणना २०६८ मा हिन्दू र मुस्लिम दुवै धर्म
मान्ने नेटुवा जातिलाई एकै ठाउँ मा उल्लेख गरिएको छ ।
पर्साको रतनपुर गाउँ मा बस्ने वर्ष ५६ का हारुन मिया नेटुवाका अनुसार पर्सा जिल्लामै
बसोबास गर्ने नेटुवा जाति एउटै भए पनि धर्म फरक-फरक छ । फरक धर्म बीचका नेटुवा
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 193

जातिको पेशा, व्यवसाय, संस्कृति, रहनसहन सबै फरक-फरक देखिन्छ ।4 नेपालमा नेटुवा
जातिभित्र ती दुवै धर्म मान्नेहरू बीचको सम्बन्ध, उनीहरूको इतिहास दुवै बीचको समानता
असमानता र धर्म अनुसारको वास्तविक जनसंख्याबारे एउटा छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ ।
इस्लाम धर्म मान्ने नेटुवाहरूले इस्लाम धर्म मान्नेहरूबाट छुवाछूतजस्तो भेदभाव भोगेका
छै न न् । इस्लाम धर्म भित्रका विभिन्न जातजाति र समुद ायले अल्लाहलार्इ मान्छन् र
निराकारलार्इ पूजा गर्छन् । नमाज पढ्न वा मस्जिदभित्र प्रवेश गर्न कहीकँ तै रोकतोक छै न ।
हिन्दू धर्म मान्ने ने टु व ाहरू दलितभित्र सूच ीकृ त छन् । उनीहरूले जातीय विभे द र
छु वाछू तको चरम पीडा भोगिरहेक ा छन् । हिन्दू धर्म मान्ने ने टु व ा समु द ायलाई हिन्दू
वर्णव्यवस्थामा आधारित जाति संरचनाभित्र दलित समुदायभित्र पारिएको छ । यसरी हिन्दू
वर्णव्यवस्था अनुसार जाति विभाजन भर्टि कल (ठाडो) मा विभाजित छ र नेटुवा समुदाय
सबैभन्दा तल पछा ु रमा राखिएको देखिन्छ । उनीहरूको सामाजिक हैसियत, आर्थिक अवस्था,
शैक्षिक अवस्था, राजनीतिक पहुँच समेतको अवस्थाबारे गरिएको सूक्ष्म अध्ययनले उनीहरू
समाजमा अन्य जातजाति र समुदायको तुलनामा पुछारमै रहेका छन् ।
कपिलवस्तु अभिराँव बस्ने वर्ष ५० का प्रह्लाद नेटुवाको भनाइ छ :

हाम्रो गाउँ मा नेटुवा समुदायले अन्य कुनै पनि जातिका मानिसलार्इ पानी खान
दियो भने उनीहरू खाँदैनन्, छूत लाग्छ भन्छन् । उनीहरूले दलित समुदायभित्र
पनि हामीलार्इ एकदमै तल्लो दर्जामा राखेका छन् र त्यसरी नै व्यवहार गर्छन् ।
दलितभित्र पनि अन्य कुनै जातिका मानिसले समेत हामीले छोएको पानी खाँदैनन् ।
हिन्दू धर्म मान्दै आए तापनि कुनै फरक जाति वा समाजसँग मिलेर हिन्दूहरूले
मनाउने गरे को कुनै पनि चाडबाड सँगसँगै मनाउँ दैनौ ँ । हाम्रो नजिक कोही पनि
आउन चाहँदैन । गाउँ मा विवाह, भोज वा अन्य कुनै संस्कार हुँदा एउटा जातिले
अर्को जाति वा समाजलाई निम्तो दिने, बोलाउने, सहभागी गराउने चलन छ ।
तर नेटुवा समुदायलार्इ कोही पनि त्यस्ता उत्सवमा बोलाउँ दैनन् । न हामीलाई
कसैले बोलाउँ छ, न त हामीले नै कसैलाई आजसम्म आफ्नो कु नै संस्कार वा
भोजमा बोलाएका छौ ँ । हामीलाई निकै तल्लो जातिको रूपमा हेर्ने गरे क ोले
यसो भएको हो ।”

पूर्वी नेपालका सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लामा बसोबास गर्ने तथा हिन्दू धर्म
मान्ने नेटुवा जातिमा नेटुवा नाच प्रचलित छ । विशेष गरी मैथली, भोजपुरी, ठे ठी र बजिका
4
पर्सा जिल्ला, वीरगंज महानगरपालिका, वडा नं. २९ रतनपुर बस्ने वर्ष ५६ का हारुन मिया
नेटुवासँग निजको घरमा कात्तिक १४, २०७५ मा गरिएको कुराकानी ।
194 | संजय कुमार पासी

भाषा बोल्ने मधेसी समुदायमा मनाइने छठ पर्वमा भाकलको रूपमा नेटुवा नाच नचाउने
चलन छ । भाकल मानेको परिवारले छठ पूजा गर्ने पोखरी तथा नदीको घाटमा नेटुवा
समुदायका महिला तथा पुरुषलार्इ बोलार्इ नेटुवा नाच नचाउने र त्यस बापत उनीहरूलार्इ
अनाज तथा नगद दिने चलन छ । तर पश्चिम नेपालमा बसोबास गर्ने नेटुवा समुदायमा
यस्तो नाच चलनमा रहेको पाइँदैन । नेटुवा नाचबारे पूर्वी नेपालमा थप अध्ययन अनुसन्धान
गर्नुपर्ने देखिन्छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २३ पर्सौनी बस्ने वर्ष ४२
का नारायन बढर्इ कठपुतलीवाला (नेटुवा) ले आफ्नो अनुभव बताए :

समाजमा अहिले पनि जातीय विभेद कायमै छ । हामी हिन्दू धर्मका सबै पर्व र
त्योहार मान्ने गर्छौं । हाम्रो यता छठ पर्व मनाउँ छौ ँ तर छठ मनाउने कर्ममा हाम्रो
समुदायले पूजा गर्ने र अन्य समुदायले पूजा गर्ने पोखरी र खोलामा घाट फरक-
फरक गरिएको हुन्छ । अन्य समुदायले हामीसँग छुवाछूत मनाउँ छन् तर भाकलमा
हामीलार्इ नाच्न लगाउँ छन्, त्यसमा छूत हुँदैन रे । अन्य समुदायले हामीलार्इ विवाह
वा अन्य भोजभतेरमा बोलाउँ दैनन्, कहिलेकाही ँ बोलाएमा हामी जाँदा भन्ने गर्छन्,
कौन आया रे ये देखो सब नेटुवा आया, उसको उधर बिठाके खाना खिला दो
(को आयो, हेर त, यी नेटुवाहरू आएका छन् उनीहरूलार्इ ऊ पर बसालेर खाना
खुवाइ देऊ) । हामीलार्इ बाहिरै बसालेर खाना खुवाइन्छ । यो हाम्रो लागि एकदमै
अपहेलित शब्द हुन् तर पनि हामी सुन्दै आएका छौ ँ ।5

धर्मको नाममा गरिने भेदभावसँग गरिबी पनि जोडिएको छ । गरिबहरू तल्लो जातका हुनु
र तल्लो जातका गरिब हुनुले विभेदलाई गहि¥ याएको छ । भूसम्पत्तिमा कसको कत्तिको
स्वामित्व छ तथ्य हेर्दा जातजाति, गरिबी र विभेदको सम्बन्ध पनि देखिन्छ ।

भू-स्वामित्व र नेटुवाहरूको जीविका


कपिलवस्तु जिल्लामा गरिएको घरधुर ी सर्वेक्षण अनुस ार मात्र ८.९५ प्रतिशतसँ ग घर
बनाउन पुग्ने मात्र जग्गाको स्वामित्व छ । खेतीपाती गर्ने जग्गा जमिनको स्वामित्व भने
शून्य रहेको छ (हेर्नुहोस्, तालिका २) । कुनै जमानामा कला बेच्दै स्वतन्त्र जीवन बाँच्ने
नेटुवाहरू अचेल गाँस, बास र कपासका लागि मालिकको शरणमा परे का छन् । उनीहरूका
घरबार, मजदुरी र जीविका जमिनदारहरूको किलामा बाँधिएका छन् र उनीहरूको सम्मान
र स्वतन्त्रता निकै खुम्चिएको छ । उनीहरूले घरमा बिहेबारी वा स्वास्थ्य उपचार वा अन्य
5
नारायन बढर्इ कठपुतलीवाला (नेटुवा) सँग टे लिफोनमा कात्तिक १४, २०७५ मा गरिएको
कुराकानी ।
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 195

कुनै बेला आवश्यक परे मा जमिनदारबाटै ॠण लिनुपर्ने अवस्था छ । मासिक १० प्रतिशत


ब्याजमा समेत पैसा लिएर काम चलाएका छन् ।

तालिका २ : कपिलवस्तुमा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त नेटुवा जातिको


प्रमुख पेशा र व्यवसायको अवस्था
पेशा/ व्यवसाय प्रमुख पेशा प्रतिशत
कृ षि मजदरु ी २५ ११.४
भिक्षा माग्ने १७५ ८०.३
सर्प देखाउने र भिक्षा माग्ने ५ २.३
बाजा बजाउने ७ ३.२
मह बेच्ने ३ १.४
गैर कृ षि मजदरु ी १ ०.५
वैदशि
े क रोजगार २ ०.९
जम्मा २१८ १००.०

कपिलवस्तु मायादेवी गाउँ पालिका-२, अभिराँवमा पाँच घरधुरीका ४९ जना परिवार


एक कट्ठा जतिको जग्गामा नाम मात्रको घर बनाएर बसोबास गर्छन् । उनीहरूमध्ये
धेरैजसो अभिराँव गाउँ का जमिनदार असरार मुसलमानको जग्गामा बस्दै आएका छन् ।
शुद्धोदन गाउँ पालिका वडा नं. ९ असुरैनामा नौ घरधुरीका ४८ जना परिवार त्यसै गाउँ का
जमिनदार बिन्दराज बरर्इको जग्गामा बस्ने गर्छन् । शिवराज नगरपालिका ८ बिशुनपुरमा
आठ घरधुरीका ३९ जना परिवार त्यसै गाउँ का जमिनदार नतीम खानको जग्गामा चार
पाँच पुस्तादेखि बस्दै आएका छन् ।
उनीहरूको भनाइ अनु स ार पु स ्तौँदे ख ि त्यस जग्गामा घर बनाएर बसे पनि जग्गा
जमिनदारहरूकै नाममा छ । उनीहरूले पुस्तौँदेखि जमिनदारहरूका सेवा गर्दै आइरहेका छन् ।
उनीहरू सपरिवारै बिहानदेखि बेलुकासम्म मालिकहरूको खेतीपाती र घरधन्धाको काममा
पसिना बगाउँ छन् । त्यस बापत उनीहरूले चलनचल्तीको भन्दा आधा ज्याला मात्रै पाउँ छन् ।
जमिनदारको घरमा काम हुन्जेल उनीहरूले अर्काको घरमा मजदरु ी गर्न पाउँ दैनन् । उनीहरूले
धेरै पटक जग्गा आफ्नो नाममा गरिदिन बिन्ती गरे पनि जमिनदारहरूले स्वीकारे का छै नन् ।
जमिनदारहरू उनीहरूलार्इ आफ्नो खेतीपाती गर्न, गार्इभै ँसी चराउन मात्रै होइन, आफ्नो शरीर,
सत्ता र सम्पत्तिको सुरक्षाका लागि उपयोग गर्छन् । यस क्रममा उनीहरूलाई कतै झगडा वा
मारपीट गर्न परे को खण्डमा लठै त (लठ्ठी चलाएर मारपीट गर्ने) को रूपमा प्रयोग गरिन्छ ।
196 | संजय कुमार पासी

आफ्नो स्वामित्वको जग्गाजमिन नभएकोले र आर्थिक रूपमा आफूहरू निकै कमजोर


रहेकोले जीवन गुजारा गर्न सक्ने हद सम्मको घर बनाएर बसिरहेको बताउँ छन् कपिलवस्तु
असुरैनाका काशीराम नेटुवा :

आफूहरू पाँच पुस्तादेखि गाउँ कै मालिक (जमिनदार) को जग्गामा छाप्रोमा दिन


गुजारा गरिरहेका छौ ँ । मालिकले न त हाम्रो नाममा जग्गा पास गर्नुभएको छ न
त पक्की घर बनाउने अनुमति नै । अन्त जग्गा किनेर घर बनाउने हैसियत छै न ।
यसै छाप्रोमा आठ जनाको परिवार बस्दै आइरहेका छौ ँ । हाम्रो बाच्ने आधार नै
भिक्षा मागेर खाने हो । पुस्तौँदेखि हामी भिक्षा माग्दै आइरहेका छौ ँ । त्यसै गरी
सर्प समात्ने र गाउँ -गाउँ मा सर्प नचाएर भिक्षा माग्ने र वन वरपर गएर बनमाहुरीको
मह निकाल्ने र बेच्ने नै हाम्रो मुख्य पेशा हो । मालिकको जग्गामा घर बनाएर
बसे बापत हामी सबै परिवार उनको घरमा काम गर्नुपर्दछ ।”

काशीराम नेटुवाको आठ जनाको परिवारले गाउँ को जमिनदारको जग्गामा घर बनाएर बसे


बापत त्यही जमिनदारको घरमा बँधुवा मजदुरको रूपमा श्रम गरिरहेका छन् । उनीहरू
कृ षि कार्यको बे ल ा सपरिवार नै जमिनदारको खे त मा काम गर्न जान्छन् । त्यस बापत
जमिनदारबाट चलनचल्तीभन्दा आधा ज्यालादारी पाउँ छन् । जमिनदारको जग्गामा बसेको
कारण उनीहरूले आफू उचित ज्याला पाउनुपर्ने माग समेत कहिले गरे का छै नन् । पुरुषहरू
प्राय: जमिनदारको घरबाहिर खेतीपातीको काम गर्छन् भने महिला र साना बच्चाहरू घर
भित्रका काम अनाज सुकाउने, उठाउने, कुटानी पिसानीको काम गर्ने, गाईभैसँ ी हेर्ने तथा
मलमूत्र सोहोर्ने, साना नानीबाबु हेर्ने, घरको सरसफाइ गर्ने जस्ता काम गर्छन् ।

हाम्रो बिरादरीका अधिकांश घरपरिवारसँग बस्ने घर छै न, भमि


ू हीन छन् । जमिनदारकै
जग्गामा कै यौ ँ पुस्तादेखि बसोबास गर्दै आइरहेका छन् । हामीहरूले के ही गर्नुपूर्व
जमिनदारको स्वीकृ ति लिनुपर्दछ । यसले गर्दा हामी अझै पनि स्वतन्त्रता पूर्वक
आफ्नो कुनै पनि गतिविधि गर्न पाउँ दैनौ ँ । हामी बाध्य भएर आधा ज्यालादारीमा
जमिनदारको घरमा काम गर्छौ । कही ँ कतै जानुप¥ यो भने जमिनदारको स्वीकृ ति
लिनुपर्दछ । उनीहरूको घरमा काम नभएका बेला मात्र हामी यताउति जान पाउँ छौ ँ ।

कपिलवस्तुको मायादेवी गाउँ पालिका-२ मनखोरिया बस्ने नेतराम नेटुवाको अनुभूतिले


बँधुवा जीवनको तीतोपना व्यक्त गर्छ । त्यस्तै, बँधुवा मजदरु भएर जमिनदारको घरमा काम
गर्दा महिलाहरू यौन दुर्व्यवहार तथा यौन शोषणको शिकार धेरै पटक हुनुपरे को अवस्था
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 197

छ । तर आश्रित जीवनका कारण त्यस विरुद्ध कहिले पनि आफू र आफ्नो समुद ायले
आवाज उठाउन नसके को नेटुवा समुदायका अगुवा नेतराम नेटुवाको आत्ममूल्यांकन छ ।
कपिलवस्तु अभिराव बस्ने अन्जाने नेटुवाको भनाइ छ :

हाम्रो बुबाबाजेकै पालादेखि खेतीबारी छै न । यहाँसम्म कि यो हाम्रो घर पनि गाउँ कै


एक जना जमिनदारको हो । हाम्रा पुर्खाले रुखमुनि पाल तानेर आफ्नो जीवन गुजारा
गरे र बिताए । हाम्रा बुबाबाजेले उनीहरू कहाँ काम गर्दै काम नभएको बेला भिख
माग्दै जीविका चलाए । हाम्रा पुर्खाले सर्प, बनबिरालो, लोखर्के , गोही, कछुवाको
सिकार गर्ने समात्ने काम गर्थे । समातेर ल्याएका जनावरको मासु खाने र तिनको
छाला बिक्री गर्ने काम गर्दै आइरहेका थियौ ँ । हामी पनि त्यही गर्दै आइरहेका
थियौ,ँ जीवन गुजारा त्यसरी नै चले को थियो । तर अहिले यो सबै समात्न र
सिकार खेल्न निकै कडाइ भएको छ । यसले गर्दा हामीलार्इ समस्या भएको छ ।

नेटुवा जातिसँग गाउँ घरमा निस्किने गोमन र अन्य विषालु सर्पलार्इ समात्ने कला छ ।
गाउँ लेहरूले उनीहरूलार्इ घरबाटै बोलाएर लिएर जान्छन् र उनीहरूले सर्प समाते बापत के ही
रकम वा जौरा (वर्ष दिनमा दुई पटक अनाज गहुँ र धान) दिने चलन छ । यस समुदायमा
बुढापाकाहरू गाउँ -गाउँ डुल्दै सर्प नचाएर भिक्षा माग्ने चलन धेरै पुरानो हो । सर्प समात्ने
र नचाउने पुरानो पेशा जोखिमपूर्ण छ ।
सर्प समात्ने पेशामा लागेका धेरै जनाले ज्यान गुमाइसके का छन् । मह काढ्न जाँदा
माहुरीको टोकाइबाट पनि मृत्यु भएको छ । यस्ता जोखिमपूर्ण काममा लाग्न उनीहरूले
कुनै प्रकारको सर्प समात्ने तालिम लिएको हुँदैन । बुबाबाजेले गर्दै आइरहेको पेशालार्इ
हेरे क ो भरमा सर्प समात्ने काम अहिले क ो पुस ्ताले साहस र हिम्मतको बलमा गर्छन् ।
अहिलेको समयमा आएर त्यो पेशा पनि कम भइसके को छ । कपिलवस्तु मनखोरियाका
नेतराम नेटुवाको अनुभवले यस्तै भन्छ ।
आफ्नो ज्यान गुमाउने त्रासले सर्प समात्ने र नचाउने पेशाप्रति बिस्तारै आकर्षण कम
भएको छ । यस पेशाबाट आउने रकम वा जौरामा पनि समस्या आउन थालेकाले विकर्षण
भएको हु न सक्छ । त्यस्तै, राज्यको कडा नीति र निगरानीले गर्दा मह काढ् ने र बे च ्ने
उनीहरूको पुरानो पेशा पनि बन्द हुने अवस्थामा छ । नेतराम नेटुवा थप्छन् :

हाम्रो जीविकाको प्रमुख पेशा भनेको भिक्षा माग्ने मह निकालेर बेच्ने र सर्प समात्ने
हो । भिक्षा माग्न पनि नपाउने भन्दै पुरानो रोजीरोटीका पेशालाई राज्यले निकै
कडाइ गर्न थालेको छ । वन माहुरीको मह निकाल्न सरकारले प्रतिबन्ध लगाएको
198 | संजय कुमार पासी

छ । सामुदायिक वनको व्यवस्थापनसँगै हामी वनजंगलमा पस्नै पाउँ दैनौ ँ । हाम्रो


जीविकाको प्रमुख आयआर्जन गर्ने स्रोत नै खोसियो । यो हाम्रो जीविकाको
वैकल्पिक प्रमुख पेशा थियो । जनावरहरूको शिकार गर्ने र मासु खाने र त्यसको
छाला बेच्ने कामलाई पनि राज्यद्वारा गैरकानूनी मानिएको छ । भिक्षा माग्ने, सर्प
समात्ने र मह काढ्ने प्रमुख पेशा विभिन्न समस्याले गर्दा संकटमा छ । जीविकाको
अन्य कुनै वैकल्पिक स्रोत तथा साधन पनि छै न । अहिले हाम्रो रोजीरोटी संकटमा
परे को छ । अन्य के ही व्यापार व्यवसायका लागि हामीसँग पँूजी नै छै न । के ही
सीप नहुँदा मेरो समुदायका धेरैजसो मानिस बाध्य भएर भिक्षा मागेरै भए पनि
गुजारा गर्दैछन् ।

भिख माग्ने पेशामा फे रबदल


अने क कारणले जमिनदारहरूप्रति आश्रित ने टु व ाहरूको जीवनमा धे रै छटपटी र के ही
फे रबदल देखिन थालेको छ । सामाजिक संरचना र राज्यको नीतिका कारण उनीहरूको
पेशा र जीवनमा परिवर्तन आएको देख्न सकिन्छ । जमिनदारको खेत सपार्ने, सर्प समात्ने,
जनावर समातेर खाने र छाला बेच्ने तथा भिख माग्ने पेशामा विस्तारै रूपान्तरण हुँदैछ,
जसको परिणाम नेटुवाहरूको गुजारामा देखिन्छ ।
हुन त कपिलवस्तुको घरधुरी सर्वेक्षणले देखाएको छ—७९.५ प्रतिशत जनसंख्याको
मुख्य पेशा भिक्षाटन हो । कलाबाजी देखाएर अन्न, खाना र पैसा माग्ने चलन पुरानै हो ।
गाउँ घरमा आउने सर्प समाते बापत रकम वा जौरा दिने प्रचलन पनि नयाँ होइन । आफ्नो
पुरानो कला र पेशाबाट हुने जीविकामा संकट आइलागेपछि जमिनदारहरूको खेतीपातीमा
लागेका नेटुवाहरू चरम गरिबीमा बाँच्दै आएका छन् । उनीहरूका लागि कुनै न कुनै रूपमा
भिख मागेर पेट भर्ने बाहेक अर्को उपाय नै थिएन ।
पुस्तौँदेखि चलिआएको भिक्षा माग्ने काम हेर्दा सजिलो लाग्न सक्छ तर यो कामसँग
जोडिएको अपमान धेरैका लागि पीडादायी छ । भिक्षा माग्न जाँदा अरूको गाली सुन्नुपर्ने,
अपशब्द सुन्नुपर्ने, बेइज्जती हुने भए तापनि उनीहरूले यो पेशालाई छाड्न सके का छै नन् ।
उनीहरूमध्ये के ही त यही नै आफ्नो जाति र समाजको जीविका चलाउने प्रमुख पेशा हो
भन्ने ठान्दछन् । उनीहरू प्रतिप्रश्न गर्छन्, अरू जातिका पनि आ-आफ्नै जातीय पेशा हुन्छन्,
के उनीहरूले त्यसलाई छाडे का छन् त ?
भैसकुण्डा, कपिलवस्तुकी बृद्धा इमिरती नेटुवा भिक्षाटनमा पाइने अपमानको नालीबेली
सुनाउँ छिन् । सात दशक पार गरिसके की इमिरती आफ्नो विगत निकै कष्टकर रूपले बितेको
सम्झँदै सुनाउँ छिन् :
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 199

२० वर्ष अगाडिसम्म हाम्रो गाउँ वा छिमे क ी गाउँ म ा कसै क ो घरमा विहेबा री,
छटीबरही, मुण्डन वा अन्य कुनै प्रयोजनमा भोजभतेर हुन्थ्यो भने हामी बिरादरी
(जाति) का मानिस हुल बाँधेर जान्थ्यो । पहिले पाहुनालाई पतरी (पातको थाल)
मा खाना खुवाइन्थ्यो । पाहुनाले खाएपछि पतरीमा बचेको जूठो भात संकलन
गर्न हामी झम्टिन्थ्यौँ । कति पटक त हामीबीच लडाइँ पनि हुन्थ्यो, त्यो फ्यालेको
जूठो खानाका लागि खोसाखोस हुन्थ्यो । हामी मात्रै किन, हामीजस्तै टाढा बसेर
कुकुरले पनि खाना पर्खेर बस्थ्यो । त्यो कुकुरसँग पनि हामी लडाइँ लडे र त्यो
जूठो खाना आफ्नो कब्जामा गर्नु पर्थ्यो । त्यसरी संकलन गरी घरमा ल्याएको त्यो
खाना सपरिवार खान्थ्यौँ । बचेको भाग हामीले सुकाएर के ही दिनसम्म भूटभाट
पारे र खान्थ्यौँ, साउन-भदौ वर्षाको बेला त्यसैलाई फे रि पकाएर खान्थ्यौँ ।

मनखोरीया गाउँ बस्ने महेश नेटुवाले पनि यही कुरामा बल दिँदै भने :

यो रहरले होइन हाम्रो बाध्यता थियो । भोकको अगाडि कसैको के ही चल्दैन ।


के गर्ने, भोको पेटले यो जूठो भात हो भनी हेर्दैन नि । त्यो हाम्रो खुशी वा रहरले
होइन, बाध्यता थियो । वर्षको आठ महिना त हामी सपरिवार डे रा लिएर अर्को
अर्को गाउँ मा बास बस्दै डुल्दै भिक्षा माग्दै खाँदै आफ्नो दिन गुजारा गर्थ्यौँ । तर
हामीलार्इ वर्षायाममा खानाका लागि मुख्य समस्या हुन्थ्यो र त्यो समयमा यसरी
जूठो भात भए पनि पेट पाल्न त हुन्थ्यो ।

यस्तै समस्या भोगेर हुर्के का हुन् नेटुवा समुदायका अगुवा नेतराम नेटुवा । नेतरामले आफ्नो
पुर्ख्यौली पेशामा आएको परिवर्तनबारे आफ्नै कथाबाट रे खांकन गरे का छन् । आफ्नो बुबाले
भिक्षाटन गर्ने कामबाट ब्याण्ड बाजा बजाउने कामतिर लागेको कथा सुनाउँ दै जीविकामा
आएको फे रबदलतिर संकेत गरे का छन् । उनी आफूले २० वर्षदेखि ब्याण्ड बाजा बजाउने
काम गर्दै जीविका र सम्मान कमाएको तथ्य राखेर अब पुर्ख्यौली पेशामा धेरै परिवर्तन
आएको सत्य अनुभूत गराउन खोजेका छन् । उनकै शब्दमा उनको रूपान्तरणको कथा :

सानो उमे र मा म बुबा सँ गै भिक्षाटन गर्न जान्थेँ । वर्षा याममा मात्रै हामी सबै
परिवार आफ्नो घरमा बास बस्थ्यौँ । बाँ क ी समय महिनौ ँ दिनसम्म हामी यो
वा त्यो गाउँ डुलेर भिक्षाटन गरी नै जीविका चलाउँ थ्यौँ । भारतमा बस्ने के ही
नातेदारको सहयोगमा बुबाले ब्याण्ड बाजा बजाउने कामको शुरूआत गर्नुभयो ।
बिहे, भोजभतेर लगायत अन्य मांगलिक समारोहमा ब्याण्ड बाजा बजाउन नेपाल
200 | संजय कुमार पासी

लगायत भारतका विभिन्न ठाउँ मा पनि पुग्नुहुन्थ्यो । तर त्यो पेशाले परिवारको पेट
पाल्न सम्भव भएको थिएन, त्यसैले हामी भिक्षाटन गर्न जान्थ्यौँ ।
बुबा पछि घरको जिम्मेवारी मे र ो काँ ध मा आयो । त्यस बे ल ासम्म पनि
हाम्रो जीविका भिक्षाटनबाटै चल्थ्यो । लगभग म २५ वर्षको उमेरसम्म भिक्षाटन
गर्ने, बेलामौकामा ब्याण्ड बाजा बजाउने काम गरी आफ्नो र परिवारको जीविका
चलाएँ । समाजमा अन्य व्यक्तिको सं ग तले , अरू सँ ग को उठबसले गर्दा मे र ो
विचारमा बिस्तारै परिवर्तन भयो । बिस्तारै मै ले भिक्षाटन गर्ने काम छोडे ँ र
ब्याण्ड बाजा नै बजाएर अबको आफ्नो पेट भर्नुपर्दछ भनी ठाने ँ । यसैलाई अलि
राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्दछ भन्ने विचार मेरो मनमा आयो ।
यसको लागि आर्थिक जोहो गर्नु ठू लो चुनौती थियो । के ही नाते द ार भारतमा
छन् । उनीहरूको आर्थिक मद्दतले यो पेशालाई व्यावसायिक रूपमा रूपान्तरण
गर्न सफल भएँ ।
शरू
ु को दिनमा आफ्नो बिरादरीका आफ्नै उमेरका के ही यवु ालाई ब्याण्ड बाजा
समूहमा आबद्ध गराएँ । ब्याण्ड बाजा बजाएर समाजका अन्य व्यक्तिसँग संगत
गर्ने अवसर पाएँ । सामाजिक जीवनमा मलाई सम्मान पनि प्राप्त भयो । आफ्ना
छोराछोरीलाई पढाउने अवसर पनि पाएँ । एउटा छोरा अहिले वैदेशिक रोजगारको
क्रममा कतारमा छ । उसले पनि राम्रै पैसा कमाउँ छ । मेरो व्यवसायमा उसले पनि
के ही आर्थिक सहयोग गरे को छ ।
आगामी दिनमा ब्याण्ड बाजासँ गै बिहेबा रीमा प्रयोग हु ने रथ बनाउने
योजनामा छु, लाइट पनि जोड्ने सोचमा छु । यसमा छोराले पनि आर्थिक सहयोग
गर्ने भनेको छ । यो पेशालाई नै अझै राम्रो गर्दै लैजाने योजनामा छु । यो पेशाले
मेरो बिरादरीमै आफ्नो र परिवारको जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएको
छ । बिरादरीको नेतृत्वकर्ताको रूपमा सबैले मलाई मान्छन् र सम्मान पनि गर्दछन् ।
म आफ्नो बिरादरीमा मात्रै नभई गैरबिरादरीबाट पनि सम्मान पाउँ छु । गाउँ मा
अन्यले म र मेरो बिरादरीका अन्य मान्छेसँग गर्ने व्यवहारमा फरक छ । कारण
मैले आजको दिनमा अँगालेको पेशा र मेरो आर्थिक हैसियतमा भएको सुधार,
मेरो लवाइखवाइ अन्य व्यक्तिसँग गर्ने व्यवहार नै हो ।

आफ्नो र अरूको पेशामा परिवर्तनबारे नेतराम नेटुवा थप्छन् :

अहिलेको समयमा यस समुदायका के ही युवापुस्ता गाउँ घरमा हुने विवाह वा अन्य


समारोहमा बाजा बजाउने पेशातिर आकर्षित भएका छन् । यसबाट वर्षमा के ही
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 201

दिन काम पाउने र के ही थोरै भए पनि आम्दानी हुन्छ । प्राय: मधेसी समाजमा
हुने विवाहमा ब्याण्ड बाजाको नामले चिनिने बाजा बजाउने पेशामा के ही संलग्न
भए पनि यो मौसमी पेशा रहेको जुन वर्षमा सबै मिलाएर पनि दुर्इ महिना पनि
काम पाइँदैन ।

नेतराम नेटुवाको थप भनाइ छ :

पहिला यस समुदायका मानिसलार्इ कृ षि ज्यालादारीमा पनि कोही राख्दैनथ्यो ।


हामी त समाजबाट निकै टाढा हुन्थ्यौँ । कुनै किसिमको अन्य समुदायसँग सरोकार
हुँदैनथ्यो । के ही वर्ष यतादेखि अन्य समुदायका धेरैजसो मजदुर पनि वैदेशिक
रोजगारमा जान थाले । त्यसरी गाउँ म ा कृ षि मजदुर को अभाव हुँद ा हामीलार्इ
मान्छेहरू बोलाउन थाले । अहिले कोही कोही कृ षि मजदरु को रूपमा काम गर्छन् ।
जसले गर्दा के ही मात्रामा भए पनि गाउँ मा जीविकाका लागि हामीलार्इ पुगेको छ ।
वैदेशिक रोजगारमा जाने त हाम्रो पनि इच्छा छ । गाउँ मा अरू समुदायका युवाहरू
विदेश गएर राम्रो पैसा कमाएका छन् । तर हामी जान सके का छै नौ,ँ हामीसँग
पँूजीको अभाव छ । हामीसँग के ही धितो राखेर ॠण लिने जग्गा जायदाद के ही
पनि छै न । हामीलार्इ कसैले विश्वास पनि गर्दैनन् जसले हामीलार्इ कसैले विदेश
पठाउन लगानी गरोस् ।

यसरी समय अनुसार उनीहरूको पेशामा के ही मात्रात्मक परिवर्तन आएको छ । एकतिर


उनीहरू आफै सचेत भएर बिरादरीका के ही अगुवाले चालेको कदमबाट जूठो भात खाने
तथा राति फे री लगाएर खानेजस्ता काम छाडे का छन् । अर्कोतिर वैदेशिक रोजगारमा अन्य
समुदायका मजदरु वर्ग पनि जान थालेको हुनाले उनीहरूले गाउँ मै कृ षि ज्यालादारीको काम
पाएका छन् । यसले समाजमा र अन्य समुदाय सँगको अन्तरक्रिया बढेको देखिन्छ जसले
गर्दा समाजमा उनीहरू पनि घुलमिल हुने अवस्थाको शुरूआत भएको छ ।

भिक्षा र शिक्षा बीचको सम्बन्ध


कपिलवस्तु जिल्लामा गरिएको घरधुरी सर्वेक्षणको तथ्यांक अनुसार नेटुवाहरूको अहिलेको
युवा पुस्ता पनि शिक्षाबाट टाढै छ । के ही अभिभावकले आफ्ना छोराछोरीलार्इ स्कू ल
पठाउने कार्यको शुरूआत गरे का छन् तर अधिकांश बालबालिकाको अझै ठूलो हिस्सा
अहिले पनि भिक्षा माग्ने कार्यमै संलग्न छन् ।
202 | संजय कुमार पासी

तालिका ३ : कपिलवस्तुमा नेटुवा जातिमा स्कू ल जाने उमेरका


बालबालिकाको अवस्था
स्कू ल जाने उमेर समूह जनसख
ं ्या स्कू ल गइरहेको स्कू ल छाडेको कहिले नगएको
३–५ ४२ ११ ० ३१
६–८ ४७ ३८ १ ८
९–११ ३१ २३ २ ६
१२–१४ ३३ १८ ५ १०
१५–१७ १६ ३ ५ ८
१८–२० २० १ ८ ११
जम्मा १८९ ९४ २१ ७४
 प्रतिशत (%) ४९.७ ११.१ ३९.२

कपिलवस्तु जिल्लामा गरिएको घरधुरी सर्वेक्षणको तथ्यांक हेर्दा स्कू ल जाने उमेर समूह ३
देखि २० वर्षका बालबालिका ५०.३ प्रतिशत स्कू लको पहुँचभन्दा टाढा रहेका छन् । मात्र
४९.७ प्रतिशत बालबालिका स्कू ल जान्छन् । यसको अर्थ ९५ जना स्कू ल पहुँच बाहिर छन्
र तीमध्ये ४२ जना अर्थात् ४४.२ प्रतिशत बालबालिका भिक्षा माग्ने पेशामा संलग्न छन् ।
कपिलवस्तु, बिशुनपुरकी वर्ष २४ की सरिता नेटुवाको अनुभव यस्तो छ । उनी भन्छिन् :

मेरो सानै उमेरमा विवाह भएको थियो । बिहे गरे र १४ वर्षको उमेरमा यस गाउँ मा
आएको हो । माइती घर रुपन्देहीमा विवाह हुनुभन्दा अगाडिदेखि नै भिक्षा माग्ने काम
गर्दै आइरहेकी छु । होस सम्हालेदेखि नै भिक्षा माग्दै खाँदै आइरहेकी छु । सानो
छँ दा मलाई काखीमा च्यापेर भिक्षा माग्न आमा विभिन्न गाउँ -गाउँ जानुहुन्थ्यो ।
पछि अलि जानकार भएपछि म पनि भिक्षा माग्न जान थाले ँ र आज बिहे गरे र
आफ्नो ससुरालमा आए पनि त्यही पेशा गरे र जीवन गुजारा गर्दै आइरहेकी छु ।
म स्कू ल कहिले पनि गएकी छै न । अक्षर पनि चिन्दिनँ ।

पेशा परिवर्तन गरी आफ्ना सन्तानलाई शिक्षा दिलाएका नेटुवा अगुवा नेतराम भन्छन्,

भिक्षाटन गर्न घरबार छाडे र वर्षको आठ महिनासम्म बाहिर बस्दा छोराछोरीको


शिक्षादीक्षामा नकारात्मक असर परिरहेको थियो । तबसम्म मैले छोराछारीलाई
पढाउनु पर्दछ भनी बुझिसके को थिएँ । अनि बिस्तारै मैले भिक्षाटन गर्ने काम छोडे ँ र
उनीहरूलाई स्कू ल पठाउन थाले ँ । उनीहरू कमाउन सक्ने भएका छन् । मेरो समूहमा
बिरादरीका अन्य साथी पनि छन्, तर उनीहरूको जीवनमा मेरो जस्तो परिवर्तन
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 203

आएको छै न । यसका कारण हो, उनीहरूले अझै पनि भिक्षाटनलाई जीविकाको


प्रमुख स्रोतको रूपमा अँगालेका छन् । उनीहरू अझै पनि छोराछोरीलाई विद्यालय
पठाउनुको साटो भिक्षाटन गर्न पठाउँ छन् । हुन त आजको २० वर्ष अगाडि मेरो
पनि अवस्था उनीहरूको जस्तै थियो । तर म र मेरो परिवार २० वर्षदेखि कहिले
पनि भिक्षाटन गर्न गएको छै न ।

जमिनदारको जग्गामा बस्दै मालिककै घरखेत मा काम गरी आश्रित जीवन बाँ चि रहेक ा
नेटुवाहरूमा आफ्ना छोराछोरी स्कू ल पठाउने सोच विकास नहुनु अनौठो होइन । के ही
नेटुवाहरू त के सम्म भन्छन् भने जुन स्कू लमा मालिकका छोराछोरी पढ्छन् त्यो स्कू लमा
हाम्रा पनि पढ्ने त कल्पना पनि गर्नुहुन्न ।6 उनीहरूका धेरैजसो छोराछोरीलाई जमिनदार वा
मालिकका सरसफाइदेखि अन्य घरे लु काम गर्न र गाइभैसँ ीदेखि नानीबाबु हेर्न लगाइन्छन् ।
त्यसैले स्कू लसम्म उनीहरूको पहुँच हुँदैन र स्कू ल उनीहरूसम्म पुग्दैन पनि ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं . ८, बिशुन पुर गाउँ म ा आठ
घरधुरीमा ३९ जना परिवार संख्या बसोबास गर्छन् । उनीहरू कात्तिकको पहिलो हप्तामा
घर छाडे र पूरै परिवार इँटाभट्टामा मजदुरी गर्न जान्छन् र असारमा मात्रै घर फर्क न्छन् ।
उनीहरूले के ही बालबालिकाको नाम गाउँ कै श्री बालज्योति माध्यमिक स्कू लमा लेखाएका
छन् । तर बुबाआमा ज्यालादारी गर्न जाँदा उनीहरूका छोराछोरी पनि स्कू ल छाडे र सँगै
जान्छन् र स्कू ल जानबाट वञ्चित हुन्छन् ।
कपिलवस्तु बिशुनपुर बस्ने वर्ष ५५ का अन्जाने नेटुवा भन्छन् :

हामीसँग जीवनयापनका निम्ति के ही स्रोतसाधन छै न । हामी इँटाभट्टामा मजदुरी


गर्न जान्छौँ । त्यो गाउँ बाट निकै टाढा छ । त्यसैले गर्दा हाम्रा बच्चाहरूको स्कू ल
छुट्छ । अर्को समस्या के भने नेपाली भाषामा पढाएको कुरा हाम्रा बच्चाहरू
बुझ्दैनन् । घरमा आफ्नो नेटुवा भाषा बोल्छन् । गाउँ मा अरूसँग अवधी भाषा
बोल्छन् । उता स्कू लमा नेपाली भाषामा पढाउँ छन् । उनीहरू भाषा नबुझेर पनि
स्कू ल जान मन गर्दैनन् ।

कपिलवस्तु असुरैना बस्ने ४० वर्षका राजपति नेटुवाको अनुभवमा स्कू लमा अहिले
पनि छुवाछूत कायम छ । उनको भनाइ छ :

6
कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँ पालिका वडा नं. ३, असुरैना बस्ने वर्ष ६५ काशीराम
नेटुवासँग निजको घरमा साउन १५, २०७५ मा गरिएको कुराकानी ।
204 | संजय कुमार पासी

हाम्रा समु द ायका बालबालिका स्कू ल पढ् न जाँ द ा सरस्वती पू ज ामा प्रसाद
ग्रहणको बे ल ा हाम्रा बच्चाहरूलार्इ अलग्गै बसाले र बाँ ड् ने गर्छन् स्कू लका
शिक्षकहरू । स्कू लमा खानपिन हुने जुनसुकै कार्यक्रममा पनि हामीलार्इ अलग
पार्छन् । अभिभावक भेलामा समेत हामीलार्इ अलग्गै राख्छन् । सबैको बराबरीमा
हामी बस्न पाउँ दैनौ ँ । यसरी जहिले पनि हाम्रा बालबालिका हामी अभिभावक
समेत पनि स्कू लमा अपहेलित हुन्छन् ।

कपिलवस्तु, पकडी बस्ने शिक्षक दीपककुमार पासी सम्झन्छन् :

भैसकुण्डा गाउँ का आफूसँगै पढ्ने साथी शमसेर नेटुवा टाढा गाउँ बाट ५ किलोमिटर
हिँडेर स्कू ल आउँ थ्यो । किनकि ऊसँग साइकल थिएन । ऊ प्राय: घरबाट भोको
पेट पढ्न आउँ थ्यो । ८ कक्षासम्म आउँ दा ऊ तिनै समस्याको कारणले ड्रपआउट
भएर गयो र उसको शैक्षिक यात्रा त्यही ँ समाप्त भयो ।

शिक्षक पासीको अनुभवमा नेटुवा समुदाय दलित समुदायभित्रै पनि जातीय विभेदको
मारमा बाँचिरहेको छ । उनीहरू आर्थिक रूपमा निकै कमजोर छन् । यसले गर्दा शिक्षा
प्राप्त गर्नुभन्दा आफ्नो पे ट पहिला कसरी पाल्ने भन्ने चिन्ता जोकोहीलार्इ पनि हु न ्छ ।
यसले गर्दा उनीहरूको जीवनमा शिक्षा कहिले पनि प्राथमिकतामा पर्न नसके को हुनुपर्दछ ।
अर्कोतिर जीविकाकै लागि घुमन्ते जीवन बताउनुपर्ने अर्को बाध्यात्मक अवस्था छ । यसरी
बसोबासमा स्थायित्व हुन नसके कोले पनि शिक्षाबाट अझै पनि टाढै छन् ।
भिक्षा माग्ने पेशाबाट अन्य पेशातिर फड्को मार्न सक्ने अवस्थामा स्कू ल र शिक्षासम्म
ने टु व ाहरूका बालबालिकाको पहुँ च बढे क ो दे ख िन्छ । तर विद्यमान सं र चनामा पे श ा
परिवर्तनका लागि ज्ञान, क्षमता र पँूजीको प्रबन्ध सहज छै न । यसरी हेर्दा नेटुवा समुदायमा
शिक्षा र भिक्षा बीचको गहिरो सम्बन्ध कायम राख्दै आएको सामाजिक सं र चनालाई
बिर्सन मिल्दैन । विशेष गरी उनीहरूलाई गरिबीमा बाँच्न बाध्य पार्ने सामाजिक संरचनासँगै
गाँसिएको जातव्यवस्था र घुमन्ते जीवन शैलीले पनि उनीहरूलाई शिक्षाबाट विमुख गरे का
छन् । समाज र राज्यले उनीहरूको बाँच्दै आएको गरिबी र उनीहरूले भोग्दै आएको जात
व्यवस्थामा तटस्थ भूमिका खेलिरहेको देखिन्छ ।

परिवर्तनका लागि सगं ठित प्रयास


नेटुवा समुदाय अरू समुदाय जस्तो स्थिर छै न । अरू समुदाय र अन्य पक्षसँग अन्तरक्रियाको
क्रममा यस समुदायका पेशा र जीविकामा फे रबदल आउँ दै छ । पुराना पेशामा सुधार र
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 205

परिवर्तनका लागि भएका प्रयास उल्लेखनीय छन् । भिक्षा माग्ने चलनमा आएको परिवर्तनबारे
कपिलवस्तु बिशुनपुरकी वर्ष ३५ की बिमला नेटुवाको अनुभव उल्लेख्य छ :

जूठो थालीबाट संकलन गरे र खाना खाने चलनलाई अन्त गर्न बिरादरीमा छलफल
भयो । अब कसैले पतरी (खानाखाने पातको थाल) मा बचेको खाना संकलन
गरे र जूठकु ठ खायो भने पाँ च हजार नगद जरिवाना तिर्नुपर्दछ । पाँ च पतरी गु
(दिसा) खाए सरह मानिने भनी कडाइ गरियो । यसले गर्दा बिस्तारै त्यो चलन
हराउँ दै गयो । पछि दिउँ सो भिक्षा मागेर खाने, राति खाना वा भात मागेर खाने
चलन शुरू भयो । यसलार्इ हाम्रो भाषामा फे री लगाएर खाने भनिन्छ । हामी यो
गाउँ त्यो गाउँ सबै परिवार डे रा लिई डुल्दै बस्दै गर्थ्यौं र बास बसेको गाउँ मा फे री
लगाएर हामी जनाउँ दिन्थ्यौँ—हामी एक छाक खाना लिन आउँ छौ ँ । राति खाना
मागेको बेला कसैले जूठो दिन्थ्यो कसैले टोटका (टुनामुना) गरे र दिन्थ्यो । त्यही
भएर त्यो चलन पनि बिस्तारै समाप्त भयो । अहिले चाहिँ दिउँ सो भिक्षा माग्छौँ
र भिक्षामा पाएको अनाजलार्इ घरमा पकाएर आफै ँ खान्छौँ ।

ने टु व ा समुद ायका युव ा पिँ ढ ीमा भने जातीय पे श ाको रूपमा स्थापित कार्यबाट आफ्नो
परिवार र समुदायको विकास एवं प्रगति नहुने र पेशाको रूपमा रहेको भिक्षा माग्ने कार्यलार्इ
नराम्रो कार्य हो भनी ठानिएको देखिन्छ । कपिलवस्तु असुरैनाका सरोज नेटुवा वर्ष २२
को बुझ ाइमा हिजोसम्म आफ्ना पुर्खा ले जसरी भिक्षा मागे र , सर्प समाते र , मह काढे र
मात्रै जीवन गुजारा गरे , त्यस्तो जिन्दगीभन्दा फरक किसिमको जिन्दगी बिताउने चाहना
उनीहरूमा छ । उनको भनाइ छ :

अगाडिको आफ्नो जीवनको स्थितिमा सुधार ल्याउन वा अगाडि बढाउन मेहनत


मजदुरी परिश्रम गर्नुपर्दछ । हुन त हामीसँग खेतीपाती छै न, त्यही भएर मजदुरी
गर्न जान्छौँ । मजदुरी मेहनत गरे र हामी छोराछोरीलाई बोर्डिङ पढाउन त सक्दैनौ,ँ
तर सरकारी स्कू ल त पढाउन सक्छौँ । म अहिले बाजा बजाउने कार्य पनि गर्छु ।
अर्काको मातहतमा काम गर्छु । अरूले तोकिदिएको ज्यालामा काम गर्नुपर्दछ ।
आफूसँग के ही सीप वा पँूजी भए म पनि के ही गर्न सक्छु ।

नेटुवा समुदायका अगुवा नेतराम नेटुवा जातप्रथाले रोके को सामाजिक अन्तरक्रियाको


बाटो फराकिलो पार्नुपर्ने कुरामा जोड दिँदै भन्छन् :
206 | संजय कुमार पासी

हाम्रो समुदायलार्इ समाजमा हेर्ने दृष्टिकोण निम्न स्तरको छ । अन्य समुदायले


त विभेद गरिरहेकै छ नै, हाम्रो दलित समुदायले पनि जातीय भेदभावको मार
खुव ाइरहेक ो छ । हामी दलित भित्रका पनि महादलित हौ ँ । किनभने हामीले
छोएको पानी त चमार, पासी, धोवी, कोरी कोही पनि खाँदैनन् । दुर्इ चार वर्ष
यतादेखि अन्य कुनै समुदायसँग नजिक आउने-जाने, उठबस हुने शुरूआत भएको
छ, तर पनि हामी समाजबाट टाढै छौ ँ ।

यस बीचमा २०७४ साल वै शाखको पहिलो सातामा पत्थरकट्टा जातिलार्इ ने प ाल


सरकारले दलित समुदायबाट अल्पसंख्यक एवं लोपोन्मुख जातिभित्र सूचीकृ त गरे पछि
नेटुवा समुदाय पनि संगठित हुन थालेको छ । यस समुदायका अगुवाहरूको भनाइमा नेटुवा
समुदायको पत्थरकट्टा जातिभन्दा पनि जनसंख्या कम भएको र सामाजिक एवं आर्थिक
रूपमा समे त उनीहरूभन्दा कमजोर रहेक ोले ने टु व ा जातिलार्इ पनि अल्पसं ख ्यक एवं
लोपोन्मुख जातिभित्र सूचीकृ त गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता पत्थरकट्टा जाति सरह नै
पाउनुपर्छ । त्यही माग पूर्तिका लागि कपिलवस्तु र रुपन्देही जिल्लामा बसोबास गर्ने नेटुवा
समुदायबीच नयाँ संगठन बनेको छ । यसै क्रममा उनीहरूले कपिलवस्तुबाट मनखोरिया
बस्ने ने त राम ने टु व ा र रुपन्देहीबाट रामलखन ने टु व ालार्इ समुद ायको तर्फबाट प्रतिनिधि
छनोट गर्दै राजधानी काठमाडौकँ ा विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पठाएका थिए ।
आफ्नो स्थायी बसोबास समेत नभएको समुदायको संगठन बनाउनु र आफ्नो समुदायको
हक अधिकार स्थापनाका लागि सक्रिय हुनु सहज छै न । नेटुवा समुदायका अगुवा नेतराम
नेटुवाको तीतो अनुभव छ :

जमिनदारकै जग्गामा बसोबास गर्ने भएकाले के ही काम गर्नुअघि जमिनदारको


स्वीकृ ति लिनुपर्दछ । त्यसैले अझै पनि स्वतन्त्रता पूर्वक आफ्नो कुनै पनि गतिविधि
गर्न पाउँ दैनौ ँ । हाम्रो बिरादरीको समस्या अरू पनि धेरै छन् जसका लागि हामी
हाम्रो जातिलार्इ अल्पसंख्यक एवं लोपोन्मुख जातिभित्र सूचीकृ त गर्न चाहन्छौँ ।
त्यसका लागि आवतजावत खर्च उठाएर बिरादरीका हरे क घरबाट आवश्यकता
बमोजिम कहिले दईु सय त कहिले चार सय रकम संकलन गरी काठमाडौ ँ गएका
छौ ँ र आफ्नो मुद्दालार्इ नेपाल सरकार समक्ष पु¥ याएका छौ ँ । हामीले यहाँका धेरै
जना राजनीतिक अगुवा र नेतालार्इ गुहा¥यौ,ँ सहयोग माग्यौँ तर कसैले पनि सुनेनन् ।
हाम्रो कुरा कसैले पनि सुन्दैनन् । नेताहरू भोट माग्न आउने बेला निकै आश्वासन
दिएर जान्छन् । पछि कोही पनि हाम्रो बस्तीमा फर्के र आउँ दैनन् ।
नेटुवा जातिको फे रिँ दो सामाजिक जीवन | 207

अध्ययन गरिएका ती दुवै जिल्लामा कतै पनि यस समुद ायको प्रतिनिधित्व कु नै


राजनीतिक तहमा र सरकारी निकायमा रहेको देखिँदैन । “सानो जनसंख्या, अत्यधिक
गरिबी र शिक्षामा पहुँचहीनताका कारण दलित समुदायका संघसंस्था र निकायमा समेत
उनीहरूको सहभागिता न्यून छ । उनीहरूलाई मूलधारमा ल्याउन राज्यले त उदासीनता
देखायो नै, दलित समुदायद्वारा सञ्चालित संघसंगठनले समेत पहल गरे को देखिँदैन । ती
संस्थामा समेत उनीहरूको प्रतिनिधित्व नदेखिनु दुःखलाग्दो कुरा हो” (रसाइली २०७६ :
३०५–३०६) । उनीहरू राज्य र समाजमा आफ्नो प्रतिनिधित्व भएको भए आफ्नो समुदायका
समस्याको सुनवाइ छिटो हुने जिकिर गर्छन् ।

निष्कर्ष
मधेसी समाजभित्र बसोबास गर्ने नेटुवा समुदायका आर्थिक, सांस्कृतिक र राजनीतिक पक्ष
हेर्दा अन्य जातजाति र समुदायको अवस्थाभन्दा निकै पछाडि तथा कमजोर स्थितिमा रहेको
देखियो । नेपाली समाजका प्रभुत्वशाली वर्ग र उनीहरूको राज्यबाट परित्यक्त ठानिएका
ने टु व ा समुद ायसँ ग जुन जुन विशिष्ट गुण , ज्ञान, क्षमता र कला-सीप छ ती सामाजिक
विभेद र हेलाहोचोको कारण र गुज ारा नै नचल्ने खालको जीविकाको चरम दबाबका
कारण लोप हुने क्रममा छन् ।
बदलिँदै गरे को सामाजिक संरचना र राज्यको कानूनले उनीहरूलाई समाज र राज्यमा
अगाडि ल्याउने र सशक्त पार्ने काम गरे को पाइएन । बरु उनीहरूसँग भएको परम्परागत
सीप, ज्ञान र कौशल हराउँ दै जाने र नयाँ सीप, ज्ञान र कौशल पाउन कठिन भएर जीवन र
जीविका चलाउन नै धौ-धौ हुने क्रम अरू बढ्ने देखिन्छ । त्यसैले उनीहरू आफ्नो जीविका
गर्ने वैकल्पिक पेशालार्इ लिएर निकै चिन्तित देखिन्छन् । फे रिँ दो समय र सामाजिक परिवेश
अनुसार पेशा फे र्न र त्यसका लागि शिक्षादीक्षा पाउन उनीहरूमा पनि भित्री चाहना रहेको
तथ्य महसुस गर्न सकिन्छ ।
नेपाली समाजमा विद्यमान जातीय विभेद र रुढिवादी परम्पराले नेटुवा समुदायलाई
गाउँ को कुनामा बसोबास गर्न बाध्य पारे का छन् । अन्य समुदाय र जातजातिसँग उनीहरूको
सामाजिक अन्तरघुलन कम छ । त्यसैले उनीहरूले आफू लार्इ समाजको एउटा अंगको
रूपमा महसुस गर्न पाएका छै नन् । सम्मानजनक रूपमा सामाजिक अन्तरघुलनको अभियान
चलाइयो भने उनीहरूमा आत्मसम्मानको भाव जागृत हुने र उनीहरूको जीवन परिवर्तनका
अन्य ढोका खुल्ने सम्भावना देखिन्छ । यस कामका लागि उनीहरूको तर्फबाट पहल शुरू
भइसके को छ । अब राज्यको पहलकदमीसँगै समाजका सचेत र शिक्षित वर्ग क्रियाशील
भएमा उनीहरूको सामाजिक सम्मान र समावेशीकरणको पाटोमा सकारात्मक परिवर्तन
आउन सक्छ ।
208 | संजय कुमार पासी

धन्यवाद
यो लेखको शुरूआतदेखि सल्लाह र सुझाव दिई सहयोग गर्ने मार्टि न चौतारीका सोहन
प्रसाद साह तथा महेशराज महर्जनलाई धन्यवाद दिन चाहन्छु । मलाई मेन्टरिङ गरे र साथै
भाषा सम्पादन गरे र सहयोग गर्नुभएकोमा राजेन्द्र महर्जनप्रति आभार व्यक्त गर्दछु । यस
अध्ययन कार्यमा वृत्ति प्रदान गरी सहयोग गर्ने मार्टि न चौतारीप्रति आभारी छु ।

सन्दर्भ सामग्री
के तवि (के न्द्रीय तथ्यांक विभाग) । सन् २०१२ । राष्ट्रिय जनसंख्या तथा घरधुरी जनगणना ।
काठमाडौ ँ : नेपाल सरकार ।
देवी, जी.एन. । सन् २०१२ । भूमिका । बिहार के नट जीने की बाजीगरी । पुरुषोत्तम र
जोस कलापुरा, सं. । गाजीपुर दिल्ली : दानिश बुक्स ।
रसाइली, मेघराज । २०७६ । आन्तरिक विभेदको वृत्तान्त ः दलित र गैरदलित भित्रका
विभेद र छुवाछूत । ललितपुर ः समता फाउण्डेशन ।
लाइभ हिन्दूस्तान टीम । सन् २०१० । बहरुपिए दूसरों को खुश रखने वाले आज खुद
दख
ु ी हैं । जुलार्इ १७, पृ. २ ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 209

नौ

सक
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग
अन्तरक्रियाको माध्यम

रामचन्द्र श्रेष्ठ

“संसारमा लगभग एक अर्ब जनसंख्या सुकुमबासी छन् अर्थात् छ जनामध्ये एक जना


अवैधानिक सुकुमबासी बस्तीमा बसोबास गर्छन् ।” — रोबर्ट न्यूअर्थ, स्याडो सिटी

सामान्यतया सु कु मबासी बस्तीलाई अनधिकृ त ढं ग ले गरिएको बसोबासको रूपमा


अर्थ्याइन्छ । ने पाल सरकारले सुकुमबासी बस्तीलाई “स्लम बस्ती” नाम दिएको छ ।
राजपत्रमा “स्लम बस्ती” लाई “सानातिना आय मूलक कार्य गर्न वा जीविकोपार्जन गर्न
ग्रामीण क्षेत्रबाट आई महानगरपालिका, उपमहानगरपालिका वा नगरपालिका क्षेत्रका
सरकारी/सार्वजनिक जग्गामा आफूखुसी घर वा टहरा बनाई बसोबास गरे को बस्ती” को
रूपमा परिभाषित गरिएको छ (नेपाल राजपत्र २०७३) ।
यो परिभाषाले सुकुमबासी बस्तीलाई स्पेस (स्थान) को रूपमा स्थापित गर्छ । तर
सुकुमबासीको परिभाषालाई स्पेसमा सीमित नगरी आर्थिक आधारमा हेरिनुपर्ने धारणा पनि
छ । सुकुमबासीलाई घर तथा भूमि विहीनको अर्थमा मात्र बुझ्ने हो भने यस्तै प्रकृ तिको
तर ज्यालादारी श्रम गरी बस्ने भाडामा बसिरहेको व्यक्तिलाई सुकुमबासी नठानिने यथार्थ
बुझिन्छ (ढकाल २०७५) । सुकुमबासी बस्ती मुलतः “स्लम बस्ती” नै हुन् जो शहरको
मुख्य भागभित्र पनि नमानिने अनि बाहिरी पनि नमानिने “आउट प्लेसेस” हुन् (ढकाल
२०७५) । आर्थिक आयामबाट हेर्दा सुकुमबासीलाई शहरी गरिबीको पर्यायको रूपमा पनि
लिइन्छ । सुकुमबासीले शहरी गरिबीको प्रतिनिधित्व गर्छन् जसले शहरी समाजलाई सम्पन्न
बनाउन निरन्तर योगदान गरिरहेका छन् (तानाका २०६३) । सुकुमबासीलाई अनौपचारिक
२०९
210 | रामचन्द्र श्रेष्ठ

बसोबासको रूपमा समेत परिभाषित गर्ने गरिन्छ । “वास्तवमा सुकुमबासी अनौपचारिक


र असंगठित बसोबासको रूपमा चिनिन्छन् जो आधारभूत भौतिक (आवास, खुला क्षेत्र,
नाली, सडक, टे लिफोन आदि) र सामाजिक (साक्षरता, स्वास्थ्य, सहभागिता, संगठन
आदि) को अभावमा हुन्छन्” (आचार्य सन् २०१० ः १८३) । अर्कोतर्फ सुकुमबासी बस्ती
निर्माणको प्रक्रियालाई भने बसाइँसराइ र भूमिहीनतासँग जोडे र हेर्ने गरिन्छ । नेपालमा भूमि
बेच्न वा छोड्न बाध्य पहाडका भूमिहीनहरू वा निकट भूमिहीनहरू तराईमा सुकुमबासी
बनेका भेटिन्छन् (काप्लान र श्रेष्ठ सन् १९८२) ।
नेपाल सरकारले सुकुमबासीलाई समस्याको रूपमा ग्रहण गरे को छ । त्यसैले समस्या
समाधानको लागि पटक-पटक सुकुमबासी समस्या समाधान आयोग गठन भएका छन् ।
प्रजातन्त्रको पुन ःस्थापनापछि मं सि र ९, २०४७ मा पहिलो पटक सुकु मबासी समस्या
समाधान आयोग गठन गरिएको थियो (सुकम्बासी समस्या समाधान आयोग २०६६) ।
त्यस यता १२ ओटा आयोग गठन भइसके का छन् र ४६ हजार बिघा जमिन वितरण
गरिएको छ (मैनाली २०७४) । सुकुमबासीलाई समस्याको रूपमा परिभाषित गरे तापनि
सुकुमबासीको तथ्यांक र अभिलेखीकरणमा पर्याप्त ध्यान नदिएको देखिन्छ । संघीय सरकार,
के न्द्रीय तथ्यांक विभागका प्रकाशनदेखि प्रदेश सरकार र स्थानीय तह सम्मका प्रोफाइलमा
कतै पनि सुकुमबासीबारे पर्याप्त तथ्यांक र विवेचना गरे को पाइँदैन ।
सकु ु मबासी बस्तीलाई अनधिकृ त, अनौपचारिक र असंगठित बसोबास र शहरी गरिबीको
प्रतिनिधित्वको रूपमा परिभाषित गरे तापनि शहर सँगको सम्बन्धबारे खासै व्याख्या गर्न
सकिरहेक ो देख िँ दैन । सुकु मबासी बस्तीको स्थापनामा शहरीकरणको भूमि काबारे कमै
अध्ययन भएको पाइन्छ ।
यो अध्ययन बुटवलको नवीनतम सुकुमबासी बस्तीको स्थापना, त्यसको स्थायित्वको
लागि संघर्ष र त्यसको गतिशीलता (डाइनामिक्स), स्थायित्व सँगसँगै शहरसँग त्यहाँका
बासिन्दाको अन्तरक्रियाबारे के न्द्रित छ ।1 कसरी शहरमा सुकुमबासी बस्तीको आधार
बन्छ, नयाँ बस्तीले कसरी स्थायित्व ग्रहण गर्छ, कसरी सुकुमबासी बस्तीले शहरी संस्कृति
ग्रहणमा भूमि का खेल ्छ भन्ने खोजी नै अध्ययनको मुख ्य विषय हो । समग्रमा, कसरी
सुकुमबासी बस्ती भनेर चिनिने “स्पेस” (स्थान) मानवीय गतिविधि मार्फत “प्लेस” को
स्वरूप ग्रहण गर्छ भन्ने अध्ययनको मुख्य के न्द्र हो । स्पेसले भौगोलिक चरित्र जनाउँ छ
भने प्लेसले मानवीय गतिविधिलाई । प्लेस सामाजिक प्रक्रियाबाट निर्मित हुन्छ । यसले
पहिचान दिन्छ (व्यक्ति कहाँबाट आएको हो), समुदाय निर्माण गर्छ र सुरक्षा प्रदान गर्छ
(जियाङमिन र अरू सन् २०१३ : ८–१४) ।
1
यस सम्बन्धमा त्यहाँका बासिन्दासँग साउन–चैत २०७५ का विभिन्न मितिमा कुराकानी
गरिएको थियो ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 211

बुटवलमा सक
ु ु मबासी
सुकुमबासी बस्तीको स्थापना शहरीकरणसँग अभिन्न ढंगले गाँसिएको हुन्छ । शहरीकरणको
तीव्रतासँगै गाउँ बाट शहर बसाइँ सर्ने मानिसको संख्यामा पनि वृद्धि हुन्छ । श्रम बिक्रीको
प्रशस्त सम्भावना, रोजगारको उपलब्धता, व्यापार-व्यवसायको सम्भावना, शिक्षा, स्वास्थ्य
लगायतका सुविधाको उपलब्धताका कारण शहर बसाइँ सरी आउने आकर्षणको के न्द्र
भएको छ । यसरी बसाइँ सरी आउनेमध्ये भूमिहीन, निम्न पँूजी भएका, ज्यालादारी श्रम
गरे र बाँच्नेका लागि शहरको मुख्य भागमा बसोबास गर्न कठिन हुन्छ । उनीहरूले खोला
किनार, शहरको परिधिमा भएका जंगल छे उ, सार्वजनिक जमिन ओगटे र बस्ती स्थापना
गर्छन् । त्यही बसाइ पछि सुकुमबासी बस्तीको रूपमा चित्रित हुन्छ ।
अर्थशास्त्री आर्थर लुइसले ग्रामीण अर्थतन्त्रबाट शहरी अर्थतन्त्रतर्फ कसरी श्रमशक्ति
प्रसार हुन्छ भनेर व्याख्या गरे का छन् । उनका अनुसार प्रविधि र पूर्वाधारको सीमितताका
कारण ग्रामीण अर्थतन्त्रको उत्पादन निश्चित हु न ्छ जसका लागि निश्चित श्रमशक्ति भए
पुग्छ । त्यसैले निश्चित उत्पादनका लागि चाहिने निश्चित श्रमभन्दा बढी श्रम गाउँ मा जगेडा
रहन्छ । त्यसरी जगेडा रहेको श्रमशक्ति अवसरको खोजी गर्दै शहर छिर्छ । शहरमा हुने
विविधतापूर्ण उद्यमले उसलाई रोजगार दिन्छ । एकतर्फ श्रमिकले रोजगार पाउँ छ भने
अर्कोतर्फ उक्त श्रम समेतको लगानीबाट उद्योगले अतिरिक्त पँूजी निर्माण गर्छ (तोडारो र
स्मिथ सन् २०१५ : १२४–१२७) ।
ग्रामीण भे ग बाट बसाइँ सरी आउने ह रूका लागि बु ट वल आकर्षणको के न्द्र हो ।
पाल्पाका राजा मणिमुकुन्द सेनको पाँच सय वर्ष पुरानो ग्रीष्मकालीन दरबारको अवशेषले
पाँच सय वर्षअघि नै बुटवल मानवबस्तीको रूपमा स्थापित भइसके को इंगित गर्छ । सन्
१८१४–१८१६ मा भएको ने प ाल-ब्रिटे न युद्ध मा ने प ालले विजय प्राप्त गरे क ो जितगढी
किल्लाको अवशेषले भने यो थलो रणनीतिक बिन्दुको रूपमा समेत प्रयोग भएको देखाउँ छ ।
तथापि बुटवल बजारको स्थापना सुगौली सन्धिपछि उत्तर भारतका व्यापारी तथा कुटीर
व्यवसायी र पाल्पाका नेवार व्यवसायीको आगमन पश्चात् भएको देखिन्छ । त्यति बेला
यो स्थान पाल्पा गौंडा प्रशासनको मातहतमा थियो । वि.सं. १९५० सालसम्म बुटवलमा
हिउँ दे व्यापार मंसिरदेखि चैत्र–वैशाखसम्म मात्र चल्ने गर्थ्यो । वि.सं. १९५० मा “चौतारा
भन्सार अड्डा” को स्थापना सहित बुटवलमा बाह्रै महिना बसोबास हुन थाल्यो (प्रधान
२०७५ ः ८०) । त्यति बे ल ा बुट वल बुट वल भइसके को थिएन । बटौली भने र तिनाउ
नदीदेखि उत्तर पश्चिम भागको बस्तीलाई चिनिन्थ्यो भने पूर्वी भागलाई खस्यौली भनिन्थ्यो ।
पहाडका मानिसहरूले आफूसँग भएको घ्यु, मसला, जडीबुटी बेची उत्तर भारतबाट
आयातित नुन, मट्टितेल, कपडा लगायतका दैनिक जीवनयापनका सामग्री खरिद गर्ने बजार
थियो बुटवल । मलेरिया, बाढी र गर्मीका कारण यस्तो व्यापार हिउँ द महिनामा मात्र हुन्थ्यो
212 | रामचन्द्र श्रेष्ठ

(क्षेत्री २०६६ : १७३–१८०) । सन् १९६० को दशकको शुरूआतसम्म पनि बुटवलको


बस्ती मौसमी रूपमा वृद्धि हुन्थ्यो । हिउँ दमा चार हजारसम्म पुग्ने यहाँको जनसंख्या गर्मी
महिनामा भने खुम्चिन्थ्यो (शालहेम सन् २०१५ : ६९) ।
मलेरिया उन्मुलन, सिद्धार्थ र त्रिभवु न राजमार्गको निर्माण, बटु वल टेक्निकल इन्स्टिच्युटको
स्थापना (वि.सं. २०२०), तिनाउ नदीबाट एक मेगावाटको विद्युत उत्पादनजस्ता योजनाबद्ध
क्रियाकलापले बुटवलको स्थायी जनसंख्या वृद्धि गर्न मद्दत गरे । वि.सं. २०१५ सम्म बुटवल
खस्यौली ग्राम पञ्चायत रहेको बुटवल वि.सं. २०१६ बाट बुटवल-खस्यौली नगरपालिका,
२०१८ दे ख ि बु ट वल-खस्यौली नगरपञ्चायत, २०३५ दे ख ि बु ट वल नगरपञ्चायत
हुँदै २०४६ देख ि बुट वल नगरपालिका बन्यो । पुस २८, २०७१ मा नगरपालिकाबाट
उपमहानगरपालिकामा स्तरोन्नति भयो (बुटवल उमनपा कार्यालय २०७४ ः ७) ।
सन् १९७६ (वि.सं. २०३२) मा ४३४ रोपनी क्षेत्रफलमा फै लिएको “बुटवल औद्योगिक
क्षेत्र” स्थापना पश्चात् यो नगर औद्योगिक शहर बन्ने यात्रामा लम्कियो । त्यस्तै, सन् १९६०,
७० र ८० को दशकमा सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गको निर्माणपछि बुटवल दुई
राजमार्गको संगम बन्यो जसले बजार विस्तार गर्न उल्लेखनीय भूमिका खेल्यो । त्यसपछि
बुटवलमा उद्योग, व्यापार, व्यवसाय द्रुत गतिमा विस्तार हुन थाले । वि.सं. १९८८ तिर
प्राथमिक विद्यालयबाट शुरू भएको बुटवलको शैक्षिक यात्रा २०२१ सालमा नगरपञ्चायत
मार्फत निःशुल्क माध्यमिक शिक्षासम्म पुगेको थियो । वि.सं. २०२८ मा लुम्बिनी कलेजको
स्थापना भयो जुन २०३० मा बुटवल बहुमुखी क्याम्पसमा परिणत भयो । त्यस्तै, २०३८
सालमा लुम्बिनी वाणिज्य क्याम्पस र २०४८ मा सिद्धार्थ बहुमुखी क्याम्पस स्थापना भयो
(शाक्य २०५३ ः १४) । उद्योग, व्यापार, व्यवसाय, स्कू ल, कलेज, अस्पताल, यातायातले
बुटवललाई गाउँ र पहाडबाट बसाइँ सरी आउने थलोको रूपमा आकर्षणको के न्द्र बनाए ।
जीविकोपार्जनका विविध सुविधा को उपलब्धता हुँद ा ग्रामीण क्षेत्रबाट बसाइँ सरी
आउने बुटवल सम्भावनाको रूपमा उदायो । “पहाडतिर कम सम्पत्ति भएका मानिसको
लागि पनि बुटवलमा जीवन निर्वाह गर्न सजिलो हुन्थ्यो । ज्यालादारी मजदुरीका लागि यहाँ
प्रशस्त सम्भावना थियो । त्यसैले साधारण मानिस पनि बुटवलमा बसाइँ सर्न थाले ।”2
बसाइँ सरी आउने ह रू खस्यौलीको जं ग ल फाँ डे र बस्थे । अधिकां श मानिस पर्ती
जमिनमा बस्थे जसलाई पछि कानूनी वैधता प्रदान गरिन्थ्यो । के ही कृ षियोग्य जमिन पनि
ओगटिन्थे । पछि नदी उकासमा पनि बसोबास हुन थाल्यो ।
“शुरूआतमा व्यक्तिले ओगटेको जमिनलाई स्थानीय निकायले तिरो तिर्ने गरी अभिलेख
राख्थ्यो । पछि त्यस्ता धेरै घडे री बहालबिटौरीमा उल्लेख गरियो । बहालबिटौरीको खास
2
२००७ सालमा बुट वलमै जन्मेका पूर्व उप-प्रमुख एवं बुट वलको इतिहासका जानकार
विमलबहादुर शाक्यसँग फागुन ११, २०७५ मा गरिएको कुराकानी ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 213

परिभाषा स्थानीय निकायले भाडामा दिएको जमिन भन्ने हुन्छ । तर बुटवलको हकमा
व्यक्तिको जमिनलाई पछि अभिलेख राखिएको मात्र हो । २०२७ सालमा नापी हुँदा यस्ता
जमिनलाई बिटौरी उल्लेख गरिएको थियो । यस्तो बिटौरीको किनबेच पनि हुने गर्थ्यो ।
मालपोतमा स्रेस्ता कायम नभए पनि स्थानीय निकायले कर लिन्थ्यो र अभिलेख राख्थ्यो ।”3
बसाइँसराइको हिसाबले पनि बुटवलमा जमिनका धेरै प्रकार भेटिन्छन् । पटक-पटक
नापी भए तापनि यहाँ जमिनको जटिलता अझै कायम छ । यहाँ रै कर बाहेक बिटौरी,
कोदाले, पर्ती, जंगल क्षेत्र, सार्वजनिक, अव्यवस्थित तथा सुकुमबासी लगायतका जमिन
प्रचलित छन् ।
पञ्चायत कालमा आवादी बढाउन राज्यले नै तराईका विभिन्न भू-भागमा बसाइँसराइ
आउन प्रोत्साहन ग¥ यो । पुनर्वास कम्पनी स्थापना गरे र बसाइँसराइलाई प्रोत्साहन गरियो ।
बुटवलमा भने पुनर्वास कम्पनीले जमिन वितरण गरे को थिएन । यद्यपि, अन्य माध्यम मार्फत
भारतीय सेनाबाट सेवानिवृत्त व्यक्तिलाई आकर्षित गरियो । यसरी पञ्चायती सरकारको
प्रोत्साहनमा बुटवलको योगिकुटीमा आई बसेका भारतीय पूर्व सैनिकको टोललाई लखनउ
टोल भनेर चिनिन्छ । आवादी बढाउन पञ्चायती सरकारले अँगालेको यो लचिलो शैली
२०४६ सालमा बहुदल स्थापना पश्चात् पनि कायम रह्यो ।
शुरूआतमा ओगटिएका धेरैजसो जमिनको लालपुर्जा प्रदान गरियो । तर कै यौ ँ जमिनको
लालपुर्जा अहिले पनि दिइएको छै न । ती सबै लालपुर्जा विहीन सुकुमबासी भने होइनन् ।
भोगचलन गरिएको, बिक्री वितरण पनि भइरहेक ो, नगरपालिकामा अभिले ख रहेक ो र
नगरपालिकालाई कर तिर्दै आएको जमिन बिटौरी हो । मालपोतमा समेत अभिलेख रहेको
तर लालपुर्जा नभएको कोदाले जमिन हो । तर नगरपालिका वा कुनै पनि सरकारी अड्डामा
अभिलेख नरहेको जमिन सुकुमबासीको रूपमा परिचित भयो ।
बहुदल स्थापनापछि बढ्दो बसाइँसराइसँगै सुकुमबासी बस्तीको आकार पनि फराकिलो
हुँदै गयो । भोट बैंकका लागि राजनीतिक दलहरूले ती बस्तीलाई वैधानिकता प्रदान गर्न
राज्य संयन्त्रबाटै अभ्यास गरे । विमलबहादुर शाक्य भन्छन् :

राजनीतिक पार्टीहरूले सुकुमबासी बस्तीलाई मलजल गरे । पटक-पटक गठन


भएका सुकुमबासी समस्या समाधान आयोगहरूले लालपुर्जा वितरण गर्दै गए ।
वि.सं. २०५१ मा भोजप्रसाद श्रेष्ठ सुकुमबासी समस्या समाधान आयोगको जिल्ला
अध्यक्ष बनेको समयमा चार हजार घरधुरीलाई लालपुर्जा वितरण गरियो साथै
3
बिटौरी तथा कोदाले जग्गाको लालपुर्जा प्राप्तिका लागि स्थापित “कोदाले तथा बिटौरी
जग्गा समस्या समाधान समिति २०७३” का अध्यक्ष खेम लँुइटे लसँग फागुन ११, २०७५ मा
गरिएको कुराकानी ।
214 | रामचन्द्र श्रेष्ठ

बाह्र हजार घरको नापजाँच र अध्ययन गरियो । सात महिनाको अवधिमा भएको
व्यापक लालपुर्जा वितरणले सुकुमबासी बस्तीलाई थप प्रश्रय दियो ।4

बु ट वलको जनसं ख ्या वृद् धि पनि राजनीतिक परिवर्तनसँ ग जोडिएको छ । २०४६ को


आन्दोलनपछि यहाँको जनसंख्या ठूलो मात्राले बढेको देखिन्छ । “नेपाल : जिल्लागत
वस्तुस्थिति” मा उल्लिखित “नगरपञ्चायतको निम्ति व्यवस्थापन अध्ययन परियोजना”
अनु स ार आ.व. २०४४/४५ मा बु ट वल नगरपञ्चायतको जनसं ख ्या ३९,४३८ थियो
(नेसनल रिसर्च एसोसियट्स २०४६ ः ५१६) । २०४६ सालमा बहुदल स्थापना पश्चात्
भएको २०४८ सालको जनगणना अनुसार तीन वर्षमा १२ प्रतिशतले वृद्धि भई बुटवल
नगरपालिकाको जनसंख्या ४४,२७२ पुग्यो (पपुलेसन मोनोग्राफ सन् २००३ ः ३८१) ।
बु ट वलमा सु कु मबासी बस्ती विस्तारको पछाडि भू मि हीनताको सिद्धान्त लागू
हुन्छ । भूमिहीनताका दुई ओटा सिद्धान्त छन् । पहिलो, भूमिको निरपेक्ष अभाव । दोस्रो,
भूमिको सापेक्षिक अभाव । पहिलो सिद्धान्तले भूमिहीनताको कारण भूमिको प्राकृ तिक
अनुपलब्धतालाई मान्दछ । यसलाई भूमिको प्राकृ तिक एकाधिकार पनि भनिन्छ । दोस्रो
सिद्धान्तले भूमिको सामाजिक एकाधिकारलाई व्यक्त गर्छ । असमान भूमि वितरण प्रक्रियाकै
कारण भूमिहीनताको सिर्जना हुन्छ भन्ने यो सिद्धान्तको मत हो । अर्थात्, भूमिमाथि एक थरी
वर्गको एकाधिकारकै कारण अर्को वर्गमा भूमिहीनता हुन्छ (श्रेष्ठ सन् २००१ ः १०८–१०९)
बुटवलमा शुरूआतमा आइपुगेका मानिसले धेरै जमिन ओगटे । प्रशासनिक पहुँचका
कारण उनीहरूले लालपुर्जा प्राप्त गरे । त्यही जमिन टुक्राउँ दै पछि अनेकन घडे री निर्माण
गरी बेचबिखन गरियो । दोस्रो चरणमा आइपुगेका मानिसहरूले रहलपहल जंगलको भू-भाग
कब्जा गरे । बुटवलको दीपनगर यसरी नै बनेको हो । यो बस्ती सुकुमबासीको नाममा
परिचित भयो र यसले २०५१ मा लालपुर्जा प्राप्त ग¥ यो । तेस्रो चरणमा आउने मानिसको
लागि बुटवलमा कब्जा गर्न बञ्जर जमिनको अभाव भयो । यो भूमिको निरपेक्ष अभाव नै
थियो । नयाँ आप्रवासीको लागि बुटवलमा दुई मात्र विकल्प थिए । पुराना जमिन भएका
मानिससँग खरीद गर्ने वा तिनाउ नदीको किनार र रहलपहल सार्वजनिक जमिनमा बस्ती
स्थापना गर्ने । नदी उकास क्षेत्र र रहलपहल सार्वजनिक जमिनमा स्थापित बस्ती नै अहिले
सुकुमबासी बस्तीको रूपमा परिचित छ ।
सारमा, मलेरिया उन्मूलन, राजमार्गहरूको निर्माण, उद्योग र व्यापारको विस्तारसँगै
बु ट वल शहर बन्ने प्रक्रियामा लम्कियो । जीवन निर्वाहको लागि उपयु क्त अवसरको
उपलब्धताका कारण यो बसाइँँ सरी आउने थलो बन्यो । गाउँ बाट बसाइँ सरी आउनेहरूको
लागि यहाँको जंगल, पर्ती जग्गा र नदी उकास क्षेत्र नै बासस्थानको मुख्य थलो थियो
4
शाक्यसँग फागुन ११, २०७५ मा गरिएको कुराकानी ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 215

जुन प्रशासनिक सहजताका कारण सजिलै पुर्जावाल जग्गामा परिणत हुन्थे ।5 समयक्रममा
पुर्जावाल जग्गामा परिणत हुने सम्भावनाले जमिनप्रति थप आकर्षण बढायो । यो आकर्षणको
पछाडि राजनीतिक सं र क्षणको पनि उल्लेखनीय भूमि का रह्यो । परिणाम, सुकु मबासी
बस्तीहरू बढ्न थाले । तर निरपेक्ष भूमिहीनताको कारण शुरूमा जंगल मासेर पर्ती जग्गामा
बस्ने सुकुमबासी बस्ती तिनाउ नदी उकास क्षेत्रमा स्थापित हुन थाले । सुकुमबासी बस्ती
स्थापनाको यो शृंखलाको पछिल्ला बस्तीमध्ये एउटा हो बिनापाते ।

बसाइँको शुरूआत : छे उछाउबाट प्रवेश


नयाँ बस्ती शून्यबाट स्थापित हुँदैन । शहरमा ज्यालादारी मजदुरी, स-सानो व्यवसाय र
सरकारी तथा गैरसरकारी संस्थामा सामान्य पदमा काम गर्ने मानिसहरूका लागि बासस्थानको
खाँचो हुन्छ । सुकुमबासी बस्ती उनीहरूको खाँचो पूरा गर्ने साधन बन्छन् । उपयोगमा
नआएका सार्वजनिक जमिन उनीहरूको चासोमा पर्छन् । शहरमा पहिलेदेखि बसिरहेका
मानिसले त्यस्ता जमिन पहिचान गर्छन् र उनीहरू बस्ती स्थापनाको दिशामा लम्कन्छन् ।
बिनापातेका शुरूआती बासिन्दा पनि यस वरपरका मानिस नै थिए ।
बिनापाते बस्ती बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरको पश्चिमतर्फ तिनाउ
नदीको पूर्वी तटमा अवस्थित छ । उत्तरतिर तिनाउ नदीकै भाग र दक्षिणमा “डम्पिङ साइट”
छ । यसको पूर्वी सीमानामा पवित्रनगर, पूर्व-दक्षिणमा हात्तीसँुड सुकुमबासी बस्ती छन् ।
उत्तरी भागबाट घुमेर नदी बस्तीको पश्चिम हुँदै बग्छ ।
बस्ती स्थापनाका ने तृत ्वकर्ता लालबहादुर दर्जीका अनु स ार बिनापाते उपयोगमा
नआएको खाली जमिन थियो । यहाँ पात बिनाको स-सानो बुट्यान मात्र हुने हुनाले यसलाई
बिनापाते नामकरण गरिएको हो । पहिले नदी बिनापाते क ो पूर्व र पश्चिमबाट बग्थ्यो ।
बिनापातेको उपभोक्ता समिति सत्यवती टोल विकास संस्था तथा पूर्ववत् तिनाउ बस्ती
विकास समितिका सचिव श्याम तुलाचनका अनुसार २०५७/०५८ सालबाट नदी पश्चिम
कुनातर्फ बग्न छोड्यो । नदीले बाटो फे रे पछि यो ठाउँ बञ्जर जमिन बन्यो ।
सुकुमबासी बस्ती स्थापनाका लागि निश्चित राजनीतिक सन्दर्भको आवश्यकता पर्छ ।
दिल्लीका सुकु मबासी बस्तीबारे अनुस न्धान गरे क ा समाजशास्त्री सञ्जय श्रीवास्तवका
अनुसार यस्ता बस्ती स्थापनाको लागि समुदायको आवश्यकता र राज्य सँगको दूरीको

5
बुट वलमा तिनाउ नदी मात्र नभएर सानो आयतनको सुक ौरा खोला पनि थियो । यही
खोलाले सुख्खानगर र दीपनगर विभाजन गर्थ्यो । खोलाको के ही क्षेत्र अझै बाँकी छ तर अधिकांश
क्षेत्र मानवबस्तीले ओगटिसके को छ । त्यसैले नदी उकास क्षेत्रको अर्थ तिनाउ नदीमात्र नभएर
सुकौरा खोलाको क्षेत्र पनि हो ।
216 | रामचन्द्र श्रेष्ठ

आवश्यकता पर्छ (श्रीवास्तव सन् २०१५ : १६)) । यस्ता बस्ती स्थापनामा राज्यको
भूमिका सकारात्मक हुनुपर्छ अथवा राज्यले स्थापनाप्रति उपेक्षा प्रकट गर्नुपर्छ, होइन भने
शुरूआतमै उजाडिनुपर्ने अवस्था आउँ छ । वडाध्यक्ष रामचन्द्र क्षेत्री बस्ती स्थापनाको यो
प्रारम्भिक शर्तलाई पुष्टि गर्छन् । उनका अनुसार मुख्य-मुख्य राजनीतिक परिवर्तनको समयमा
बुटवलमा सुकुमबासी बस्ने दरमा वृद्धि भएको देखिन्छ । २०३५/३६ सालको आन्दोलन
र जनमत संग्रहको बेलामा, २०४६ देखि २०४८ सालको समयावधिमा, २०५८ सालपछि
द्वन्द्वको समयमा बुटवलमा सुकुमबासी बस्ती बढीजसो स्थापना भएको पाइन्छ ।
वि.सं.२०५८/५९ तिरबाट बिनापाते बस्ती बस्न थाले को हो । यो समयमा ने पाल
माओवादी सशस्त्र द्वन्द्वको चरम अवस्थामा थियो । राज्यका स्थानीय निकायहरू विघटित
थिए । संसदीय दलहरू अन्योलमा थिए । त्यति बेला बुटवलभरी नै सुकुमबासी बस्ती
स्थापनाको लहर चलेको थियो । त्यसको मुख्य के न्द्र तिनाउ नदीको बगरसँग गाँसिएको
र प्रशस्त सार्वजनिक जमिन रहेको अहिलेको वडा नं. ११ भएको थियो ।
बिनापातेमा सुकुमबासी बस्ती बस्नुमा मुख्य भूमिका तिनाउको गिट्टी-ढुंगा उत्खनन् र
रिक्सा चलाउने पेशाले खेलेको छ । त्यति बेला तिनाउ नदीमा गिट्टी, ढुंगा, बालुवा उत्खनन्
गर्न रोक थिएन । त्यस्तै, रिक्सा चलाउने पेशा पनि उत्तिकै फस्टाएको थियो । “बिनापाते र
आसपासका सुकुमबासी बस्तीका शुरूआती बासिन्दा प्रायः खोलामा गिट्टी, ढुंगा, बालुवा
संकलन गर्ने मजदुर नै हुन् । कतिपय घर बनाउने निर्माण मजदुर र रिक्सावाल हुन् ।”6
बिनापाते शुरूमै सुकुमबासी बस्तीको लागि आकर्षित स्थान थिएन । अन्य सुकुमबासी
बस्तीमा पनि ठाउँ नपाएपछि मात्र यो विकल्प बन्न पुगेको हो । बस्ती स्थापनार्थ नेतृत्वदायी
भूमिका खेल्ने लालबहादुर दर्जीको अनुभव यस्तै छ । लालबहादुर दर्जीको पुर्ख्यौली घर
पर्वत हो । पर्वतबाट उनी शुरूमा बुटवलबाट ४० किलोमिटर पश्चिममा पर्ने रुद्रपुरमा बसाइँ
सरी आए । त्यहाँ कहिले आएको भन्ने उनलाई सम्झना छै न । २०४४ सालतिर एउटा
साथीको माध्यमबाट नगरपालिकामा कार्यालय सहयोगी (पियन) को जागिर खाए । पछि
बुटवलस्थित प्रहरी तालिम के न्द्रमा भान्सेको रूपमा स्थायी जागिर पाएपछि नगरपालिकाको
जागिर छाडे । अहिले उनी प्रहरी तालिम के न्द्रको जागिरबाट पनि सेवानिवृत भइसके का छन् ।
२०५८ सालतिर उनी बिनापाते नजिकै को माझगाउँ मा बस्थे । प्रहरी तालिम के न्द्रको
जागिरको आम्दानीले नपुग्ने हुँदा उनको परिवारले बिनापाते नजिकको माझगाउँ मा खेत
अधियाँमा लिन्थ्यो । यसो गर्दा खेतवालाको जमिनमा नै बस्न पाइन्थ्यो । घडे रीमा फे रिँ दै
गएकाले त्यति बे ल ा माझगाउँ म ा खे त हरू मासिने क्रम तीव्र थियो । त्यसै ले खे त ी गर्न
समस्या हुँदै गइरहेको थियो । अर्कोतर्फ , उनीहरूलाई पनि स्थायी रूपमा बस्ने ठाउँ को
6
बुटवल उपमहानपा वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसँग वडा कार्यालयमा माघ
१८, २०७५ मा गरिएको कुराकानी ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 217

आवश्यकता थियो । उनीहरू पनि नयाँ खुलिरहेका वरिपरिका सुकुमबासी बस्तीमा बस्न
खोजे तर कतै ठाउँ पाएनन् । नयाँ खुलेको हात्तीसँुडतिर बस्न खोजे तर अवरोध भयो ।
जमिन खोज्ने क्रममा बिनापाते भेटियो । बस्ती स्थापनाको प्रसंग दर्जीकी श्रीमती देवकुमारी
परियार यसरी सम्झिन्छिन् :

वाणिज्य क्याम्पसको पछाडि हात्तिसँुडति र धे रै ले बाँ स गाड् न थाले क ा थिए ।


हामीले पनि घर बनाएर बस्न पाए हु न ्थ्यो भन्ने सोच्यौँ । लुम्बि नी वाणिज्य
क्याम्पसको पछाडिको खाली जमिनमा बाँ स गाड् य ौ ँ तर राति को-को आएर
निकालेर फालिदिएछन् । अरूहरूले ‘ल त्यहाँ त बाँस फालिदिए’ भने । गएर
हेर्छ म् त सबै बाँस फालिदिएका ! अब कहाँ जाने त भनेर खोज्न थालिम् । हामी
पहिलादेखि नै माझगाउँ मा बसेको । अब कहाँ जाने त यहाँ राम्रो ठाउँ मा बस्न
दिएनन् । खोलाको छे उ भए पनि यतै बस्नुपर्छ कि भन्ने मनमा आयो । चिनेजानेको
वरिपरिका साथीहरूसँग छलफल ग¥ यौ ँ अनि दोहोरो खोलाको बीचमा दश पन्ध्र
जना भएर झुप्रो हाल्यौँ ।

दर्जीसँगै बस्ती स्थापनाका अर्का अगुवा हुन् दुर्गाबहादुर विक । विक बिनापातेको
उत्तर तिरको सुकुमबासी बस्ती मझुवामा डे रा गरे र बस्थे । उनी बुटवलमा मजदुरी गर्थे ।
दिनभर घर बनाउने काम गर्थे बिहान बेलुका खोलामा गिट्टी कुट्थे । शुरूआती दिनबारे
विक भन्छन्, “बढीजसो खोलामा गिट्टी कुट्नेहरू थिए । यही वरिपरि मझुवा, प्रगतिनगर,
बुद्धनगरका मानिस आएका थिए ।”
लालबहादुर दर्जीका अनुसार शुरूमा बस्तीमा बसोबास गर्नेमध्ये अधिकांश दलित
थिए । दलितहरूको भूमिहीनताको ऐतिहासिक पृष्ठभूमिले शहरतिर धके ल्ने भूमिका खेलेको
थियो । उनीहरू शहरमा मजदुरी गरे र डे रामा बस्थे । ती मजदुर पहाडी गाउँ बाट तराईमा
जीविकाको खोजीमा आएका थिए ।
५४ वर्षीय धनबहादुर परियार पनि बिनापातेको शुरूआत गर्नेमध्ये एक हुन् । उनको
पुर्ख्यौली घर तनहुँ हो । त्यहाँ अधियाँमा खेती गर्ने र चाडपर्वमा बाजा बजाउने काम गर्थे ।
श्रीमती, तीन छोरा र तीन बुहारी, नातिनातिना पाल्न पहाडको अधियाँमा गर्ने गुजारामुखी
खेतीले पुग्दैनथ्यो । त्यसैले उनी बुटवल आए । बुटवल आएर मझुवामा डेरा गरे र बस्न थाले ।
मकै पोल्ने पेशा गर्ने बेलबहादुर विक नवलपरासीमा बस्थे । उनी पहिला देवीनगरमा
भाडामा बस्थे । बस्ती खुलेपछि उनी पनि रोक्न आइपुगे । यसरी छे उछाउका बस्तीमा डे रा
गरे र बस्ने ज्यालादारी श्रमिकको बहुमतले नै बस्ती स्थापना गरे । टोल विकास संस्थाका
218 | रामचन्द्र श्रेष्ठ

सचिव श्याम तुलाचनका अनुसार शुरूआतमा दलितको संख्या धेरै भए पनि जनजाति,
ब्राह्मण र क्षत्रीको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

स्थायित्व र वैधानिकताको खोजी


स्थायित्वले दीर्घकालीन बसोबासलाई जनाउँ छ । यो भौगौलिक चरित्रसँग बढी जोडिन्छ ।
अनेकन् चुनौतीसँग जुध्दै स्थायित्वको खोजी गरिन्छ । स्थायित्वले वैधानिकताको माग
गर्छ । कुनै पनि बस्तीको स्थायित्वको खोजी संस्थाको निर्माणबाट हुन्छ । संस्थाले बस्तीका
बासिन्दाबाट सहमतिको बलमा वैधता प्राप्त गरे को हुन्छ । वैधताको आधारमा संस्थाले
विभिन्न चुनौतीसँग जुधेर स्थायित्व प्रदान गर्दछ । बिनापातेले पनि अनेकन् चुनौती सामना
गर्दै स्थायित्वको खोजी ग¥ यो ।

प्रशासनिक चुनौती
सुकुमबासी बस्तीका कै यन् चुनौती हुन्छन् । प्रशासन सँगको रस्साकस्सी पहिलो चुनौती हो ।
बिनापातेले भने यस्तो चुनौती भोग्नु परे न । त्यसको कारण यसको कमजोर भू-बनोट हो ।
कुनै बेला बुटवल नगरपालिकाको कर्मचारी पनि भइसके का लालबहादुर दर्जी सुनाउँ छन्,
“देवीनगर तिरका के ही मान्छेले नगरपालिकामा गुनासो गरे को थाहा पाएपछि म त्यहाँ गएर
अधिकृ तलाई भने ँ ‘यो गरिब-गुरुवाले कतै बस्ने ठाउँ नपाएर बसेको तिनाउको बगर हो ।
नगरपालिकाले के ही गर्नुपर्दैन । लगे खोलाले लग्छ ।’ त्यसपछि नगरपालिकाले कहिल्यै
पनि कुनै अप्ठ ्यारो सिर्जना गरे न ।”
दर्जीले यस्तो भने तापनि यसको पछाडि राजनीतिक कारण थियो । वडा अध्यक्ष रामचन्द्र
क्षेत्री भन्छन्, “त्यति बेलाको राजनीतिक कारणले पनि सुकुमबासी बस्ती फस्टाएका थिए ।
स्थानीय तह जनप्रतिनिधि विहीन भएकाले नगरपालिका प्रभावकारी बन्न सके को थिएन ।
राजनीतिक पार्टीहरूले सुकुमबासी बस्तीलाई मलजल नै गरिरहेका थिए । त्यसको पछाडि
राजनीतिक स्वार्थ नै थियो ।”

जमिन व्यवस्थापनको चुनौती


जमिनको व्यवस्थापन अर्को चुनौती थियो । बस्तीको स्थापनासँगै ओइरिएका बासिन्दाले
भोगचलन गर्ने जमिनको व्यवस्थापन चुनौती बन्यो । खासमा जमिनको व्यवस्थापनको
लागि नै समितिको आवश्यकता खट्कियो । लालबहादरु दर्जीकी श्रीमती देवकुमारी भन्छिन्,
“एकाध वर्षमा नै मान्छेहरू थपिँ दै गए । मान्छेहरू बढ् दै गएपछि बस्तीको विकासको
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 219

लागि समिति चाहियो । अनि हामीले समितिको कल्पना ग¥ यौ ँ । हामी बुढाबुढीले बैठक
राख्यौँ । बैठकबाट समिति गठन भयो ।”7
पहिलो समितिको आधिकारिक तथ्यांक अहिले उपलब्ध छै न । बाढीले समितिको
पुरानो कार्यालय बगाएकाले सबै कागजात बगे क ो श्याम तुलाचन बताउँ छ न् । पहिलो
समिति २०६० तिर गठन भएको तत्कालीन समितिका सदस्य दर्गाब ु हादरु विक सम्झन्छन् ।
उनका अनुसार त्यति बेला ३८५ कुरिया थिए । शुरूमा समितिको नाम बिनापाते राखे
पनि पछि “तिनाउ नगर विकास समिति” राखियो । विकका अनुसार समितिको अध्यक्ष
लालबहादुर दर्जी थिए । उपाध्यक्ष मिनबहादुर कुमाल, सचिव खगेन्द्र पौडे ल, सहसचिव
गंगा सुवेदी, सदस्यमा दर्गाब
ु हादरु विक लगायत थिए । बस्तीमा बहुमत संख्या दलितको
भए पनि टाठोबाठो र पढ्नलेख्न जानेकाले गैरदलितहरू समितिमा धेरै थिए ।
समितिले शुरू मा प्रत्ये क घरधुर ीबाट २०/२० रुपै याँ उठाएर कोष बनायो । अनि
जमिनको वितरण प्रणालीलाई व्यवस्थित गर्न थाल्यो । दर्जी सम्झिन्छन् :

हामीले एकरूपता कायम गर्न खोज्यौँ । पहिला आउने ले बीच तिरको जमिन
रोके । पछि आउनेले छे उछाउमा रोक्न थाले । एकरूपता होस् भनेर बराबरी जमिन
ओगट्ने नियम बसाल्यौँ । अगाडि १८ हात र पछाडि ३० हात गरे र लगभग आठ
धुर ओगट्ने व्यवस्था ग¥ यौ ँ । एउटै मान्छेले धेरै जमिन ओगट्न नपाउने गरायौ ँ ।
हामी समितिका मान्छेले पनि धेरै ओगटे नौ ँ । सबै गरिबगुरुवाको लागि रोके को
हो भने किन बढी रोक्ने भन्ने सोच्यौँ । यस्तो नराम्रो ठाउँ छ आउने आउन् र
बसून् भन्ने सोच्यौँ ।

यसरी जमिन ओगट्ने तरिकामा एकरूपता ल्याउने कोसिस भएपछि समितिले खाली
जमिन वितरण गर्न पनि थाल्यो । दुर्गाबहादुर विक भन्छन्, “कोही भाडामा बसेर मजदुरी
गर्ने जसको अन्यत्र कतै के ही छै न भन्ने समितिलाई लागेपछि एक हजार एकाउन्न रुपैयाँ
लिएर दिइन्थ्यो । घडे रीको क्षेत्रफल आठ धुर कायम गरिएपछि खोलाको छे उतिर अलि
धेरै र बस्तीको बीचतिर अलि कम हुन्थ्यो ।”

आधारभूत आवश्यकताको चुनौती


जमिनको व्यवस्थापनसँगै समितिले आधारभूत आवश्यकतामा पनि ध्यान दिन थाल्यो ।
बस्तीको स्थायित्वको लागि आधारभूत आवश्यकताको व्यवस्थापन आवश्यक थियो ।
त्यस्तै प्रकृ ति सँगको संघर्ष अर्को पाटो थियो । त्यसैले समितिले खानेपानी, विद्युत, बाँध,
7
देवकुमारी दर्जीसँग माघ १८, २०७५ मा गरिएको कुराकानी ।
220 | रामचन्द्र श्रेष्ठ

शिक्षा लगायतमा ध्यान दिन थाल्यो । खानेपानीको लागि बोरिङ गाडियो । देवकुमारी
परियार सम्झिन्छिन्, “गैंडाकोट पुगेर बोरिङ धसाउने मान्छे ल्याइएको थियो । उनीहरूले
चार लाख लाग्छ तपाईहरूलाईँ पानी खुवाएरै छोड्छौ ँ भनेका थिए । हरे क घरबाट पैसा
उठाइयो, के ही पैसा समितिको कोषमा पनि थियो । तर बोरिङ धसाउँ दा धसाउँ दै मेसिनको
फाली अड्किएर भाच्चियो । थप पचास हजार खर्च भयो । बोरिङ सुचारु गर्न र घरको
लागि नजिकै को बस्ती पवित्रनगरबाट विद्युत तानिएको थियो ।”
तटबन्ध र विद्युतबारे दर्गाब
ु हादरु विक सम्झन्छन् :

सरकारी कार्यालयहरूबाट तटबन्धको लागि जाली मागेको पाइएन । पछि एमालेका


स्थानीय नेता रामप्रसाद खनालको माध्यमबाट जाली पाइयो । प्रत्येक घरबाट
अनिवार्य श्रमदानको आधारमा खोलामा जाली-ढुंगा लगाइयो । विद्युत ल्याउनको
लागि पोल र तार टाँगियो । विद्युत प्राधिकरणका चिनजानका कर्मचारीले पोल
र तार टाँगे विद्युत ल्याइदिने भनेका थिए । तर पोल गाडे को छ महिना नबित्दै
बाढीले सबै लगिदियो ।

सामाजिक वैधता तर्फ को यात्रा


लालबहादुर दर्जीको समिति सधै ँ कायम रहेन । २०६२ सालमा दर्जीको समिति विघटन
भएर भीमबहादुर के सी अध्यक्ष बने । समितिमा पढे क ो मान्छे हु नु प र्छ भने र बहु म तकै
आधारमा नयाँ समिति बनाइयो । दुर्गाबहादुर विक भन्छन्, “समितिमा पढेको मान्छेको
आवश्यकता भयो । अनि भीम के सी के ही पढेको हुनाले उनलाई राखियो । सचिवमा अझ
पढेको जानेको मान्छे चाहियो । भर्खर भर्खर आएका श्याम तुलाचनले गर्न सक्छन् । युवा
हुन् र पढेका पनि छन् भनेर उनलाई सचिवमा चुनियो ।”
समितिको यस्तो फे रबदलमा राजनीतिक दलहरूको हस्तक्षेपकारी भूमिका हुन्थ्यो ।
श्याम तुलाचन भन्छन् :

समिति निर्माण गर्न राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका हुन्थ्यो । त्यति बेला
यहाँ एमालेको बढी वर्चश्व थियो । २०६३ सालपछि माओवादीको प्रभाव बढ्न
थाल्यो । ती पार्टीहरूले खटाए अनुसार समिति बन्थ्यो । फलाना-फलाना मान्छेलाई
फलाना-फलाना पदमा राख्ने भन्ने हु न ्थ्यो । दलका कार्यक्रम, जु लु स हरूमा
सुकुमबासी बस्तीका मान्छेहरूलाई लगिन्थ्यो । त्यसको लागि पनि समितिमा
आफ्नो मान्छे हुनु राजनीतिक दलहरूलाई आवश्यक थियो ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 221

यो वैधता तर्फ को यात्रा थियो । वैधताले स्वीकारोक्तिलाई जनाउँ छ । त्यस्तो स्वीकारोक्ति


निश्चित सामाजिक मूल्य, मान्यता, विश्वास र परिभाषाले निर्मित प्रणालीको सीमाभित्र हुन्छ ।
वैधतालाई कानूनी र सामाजिक गरी दईु प्रकारमा विभाजन गर्न सकिन्छ । कानूनी वैधताले
नियम, कानून र नीतिलाई इंगित गर्छ । त्यो भनेको कानूनी प्रणालीद्वारा स्वीकारोक्ति प्राप्त
गर्नु हो । सामाजिक वैधताले समाजबाट स्वीकार हुनुलाई जनाउँ छ । जमिनको सन्दर्भमा
कानूनी कागजपत्र (लालपुर्जा, नक्सा, इत्यादि) को आधारमा कानूनी वैधता प्राप्त हुन्छ ।
यसरी कानून ी रूपले वै ध जमिनले उपभोग, हस्तान्तरण, बिक्री, धितो, भाडा, लगानी
आदिका लागि स्वीकारोक्ति प्राप्त गर्छ । जमिनको सामाजिक वैधताको अर्थ बसोबासको
लागि सामाजिक स्वीकारोक्ति हो (श्रेष्ठ र अरू २०१६ : २५–२६) । सामाजिक वैधताका
तीन आयाम हुन्छन्—आर्थिक, राजनीतिक र सांस्कृतिक ।
राजनीतिक उद्देश्यका लागि पनि राजनीतिक दलहरूको हस्तक्षेप महत्त्वपूर्ण थियो ।
अर्कोतर्फ बस्ती पनि वैधानिकताको खोजीमा थियो । सुकुमबासी बस्तीलाई वैधानिकता
प्रदान गर्न राजनीतिक दलहरूको भूमिका रहेको वडाध्यक्ष रामचन्द्र क्षेत्री पनि स्वीकार्छन् ।
उनी भन्छ्न् :

बिनापाते र अन्य सुकुमबासी बस्ती बस्नु र फै लिनुमा राजनीतिक पार्टीहरूको


सहानुभूति ले काम गरे क ो साँ च ो हो । बस्ती बसिसके पछि मानवीय जीवनका
दैनिक आवश्यकताहरू पानी र विद्युत पु¥ याइदिनै पर्छ । त्यसैले राजनीतिक पार्टी
र स्थानीय तहले जस्तोसुकै बस्तीमा पनि पानी र विद्युत को लागि सिफारिस
दिलाइदिने र सहयोग गर्ने गर्छ ।

यसरी राजनीतिक दलहरूको सहभागिताले बस्तीले राजनीतिक वैधता प्राप्त गर्दै गयो । बस्तीमा
विद्यालय निर्माणको पनि प्रयास भयो । श्याम तुलाचन सम्झन्छन् :

२०६३ सालमा तिनाउ नगर प्राथमिक विद्यालय भन्ने निजी विद्यालय स्थापना
ग¥ यौ ँ । स्कू लको भवन बनाउन प्रत्येक घरबाट अनिवार्य श्रमदान गरायौ ँ । दुई
जना शिक्षकको व्यवस्था गरे का थियौ ँ । स्कू लको लागि एउटा क्रिश्चियन संस्थाका
युवराज विक भन्ने साथीले सहयोग गर्नुभएको थियो । उहाँले संस्थाको तर्फबाट
लक्ष्मी परियारलाई एक वर्षको लागि शिक्षिकाको रूपमा पठाउनु भएको थियो ।
अर्को शिक्षक हामीले नै व्यवस्था गरे का थियौ ँ । पछि बाढीले स्कू ल नै बगाइदियो ।
222 | रामचन्द्र श्रेष्ठ

विद्यालय स्थापनाको यो अभ्यासले बस्तीमा शिक्षा उपलब्ध त गरायो नै साथै बस्तीलाई


सांस्कृतिक वैधता पनि दियो ।
बिनापातेको स्थापनाको मुख्य समस्या भनेकै बाढी थियो । बिनापातेले पटक-पटक
बाढी बेहो¥ यो । मान्छेहरूले कहिले-कहिले बाढी आएको थियो प्रस्ट बताउन सक्दैनन् ।
तर, उनीहरू सँगको कुराकानीबाट थाहा हुन्छ वि.सं.२०६३, २०६५ र २०६७ तिर बस्ती
ठूला बाढीको मारमा परे को थियो । बाढीले मानिस नै बगाएको कुनै स्मृति र अभिलेख
भने छै न । घर, भाँ डाकँु डा, नगद बगाएका कथा भने धेरै छन् । २०६७ को बाढीसम्म
आइपुग्दा धेरै मानिसले बस्ती छाडिसके का थिए । श्याम तुलाचनका अनुसार त्यति बेला
भीम के सी सहित १३ घरमात्र बसिरहेका थिए । अरू सबैले ठाउँ छाडे र पुनः डे रामा वा
अन्त बसाइँ सरे का थिए ।
२०६८ सालपछि बस्तीको पुनः बसोबास शुरू भयो । तुलाचन व्याख्या गर्छन् :

वि.सं . २०६७/६८ तिर धेरै छिन्नभिन्न भए । जम्मा १३ (अध्यक्ष भीम के सी


सहित) घरमात्र बाँकी थिए । अब बस्ती हुन्न । यहाँ बस्न मिल्दैन भन्ने मनसाय
थियो । अनि हामीले भन्यौँ, ‘बस्ने हो भने संघर्ष गर्नुप¥ यो । बरु श्रमदान गरौ ँ । बचे
बचिन्छ नत्र भाग्यमा रहेनछ जाम्ला ।’ २०६८ मंसिरपछि हामीले नयाँ अभियान
शुरू ग¥ यौ ँ । एउटा समिति बनायौ ँ । भीम के सीकै अध्यक्षता र म सचिव रहेको
समिति बन्यो । हात्तीसँुड र पवित्रनगरका साथीहरूसँग मिलेर काम गरौ ँ भन्ने प्रस्ताव
ग¥ यौ ँ । हात्तीसँुडको साथीहरू तीव्र व्यवस्थापनमा हुनुहुन्थ्यो । उहाँहरूले पैसाको
व्यवस्थापन गर्ने हुनुभयो र हामीले श्रमदान गर्ने भयौ ँ । अनि हामीले बिनापातेमा
घडे री भएका तर भागेका साथीहरूलाई भन्यौँ, ‘कि तपार्इंहरू आएर बस्नुस् होइन
भने हामीले यो अरूलाई दिन्छौँ र त्यस बराबरको पै स ा लिन्छौँ र तटबन्धमा
हाल्छौँ ।’ कोही आउनुभयो । कोही आउनुभएन । त्यस पछिका तीन वर्षसम्म
(वि.सं. २०६८, २०६९ र २०७०) कसलाई राख्ने, कसलाई नराख्ने भन्ने छनोट
गर्ने काम भयो । यो छनोट गर्न के ग¥ यौ ँ भने नयाँ आउने मानिसलाई निश्चित पैसा
दिए मात्र पाउनुहुनेछ भन्यौँ । समितिले घडे रीको मूल्य तोक्यो । चार धुर घडे रीको
मूल्य पाँच हजार । तर एकरूपता थिएन । कसैको बढी र कसैको कम थियो ।

यसरी प्राप्त गरिएको घडे री बेचबिखन पनि हुनथाल्यो । एकातर्फ बस्तीले कानूनी वैधता
प्राप्त गरे को थिएन । अर्थात् जमिनले लालपुर्जा प्राप्त गर्ने, त्यस मार्फत बेचबिखन, धितो,
हस्तान्तरण हुने थिएन । अर्कोतर्फ , बेचबिखनको प्रचलन शुरू भइसके को थियो । समितिले
बेचबिखनको तथ्यांक राख्थ्यो । यसरी बस्तीले आर्थिक वैधता हासिल गर्दै गयो ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 223

नयाँ समितिले बस्तीको सुरक्षालाई पहिलो प्राथमिकता दियो । श्याम तुल ाचनका
अनुसार खोला किनारमा बाँध बाध्न थालियो । त्यसको लागि श्रमदान गराइयो जसलाई
झारा (प्रतिघर एक जना श्रममा जानैपर्ने बाध्यकारी व्यवस्था) भनिन्छ । स्थानीय प्रयाससँगै
नेपाल सरकारद्वारा सञ्चालित “जनताको तटबन्ध” कार्यक्रमबाट ठक्करहरू निर्माणको
लागि सहयोग प्राप्त भयो । तटबन्ध निर्माणको कार्य पछिसम्म जारी रहेको देखिन्छ । फागुन
२२, २०७३ मा समितिको बैठकले बस्तीको उत्तरी क्षेत्रमा जाली बिछ्याउने निर्णय गरे को
माइन्युटमा उल्लेख छ ।
बस्तीको पुन ःस्थापनापछि समितिले पानी, विद्युत र सडकलाई जोड दिएको तर
त्यसको लागि के ही वर्ष लागेको देखिन्छ । समितिको पुस ६, २०७३ मा बसेको बैठकमा
खानेपानीको पाइप लाइन विस्तार गर्ने निर्णय गरे को माइन्युटमा उल्लेख छ । तर पानी
उपलब्ध गराउने प्रयास २०७२ सालदेखि नै भएको सचिव श्याम तुलाचन बताउँ छन् ।
उनी भन्छन् ः

खानेपानी संस्थानले यस क्षेत्रमा खानेपानीको माग पूरा गर्न बोरिङ गाड्ने योजना
बनायो । त्यति बे ल ा माझगाउँ , पवित्रनगर, हात्तीसँु ड र बिनापाते म ध्ये कहाँ
गाड्ने ठाउँ चाहियो भन्ने कुरा आयो । ठाउँ दिन हामी तयार थियौ ँ तर बाढीको
जोखिमका कारण माझगाउँ मा राखियो । बोरिङ गाड्दा गाड्दै पवित्रनगरमा पीच
भयो । यहाँ पानी ल्याउन पीच फोड्नुपर्ने । भर्खरै गरे को पीच फोड्न पवित्रनगरका
साथीहरू मान्नुभएन । अनि हामीले हात्तीसँुडबाट पानी ल्याएको हो । त्यहाँ
चार इञ्ची पानी गएको छ हामीले दुई इञ्ची ल्याएका छौ ँ । हामीले पानी खान
थालेको तीन वर्ष भयो । २०७२ सालदेखि आएको हो । अहिले हरे कको घरमा
खानेपानीको मिटर छ ।

खानेपानी पाइपलाइनको विस्तारको क्रम भने आ.व. २०७४/७५ सम्मै चालु भएको देखिन्छ ।
आ.व. २०७४/७५ मा “खानेपानी पाइप लाइन विस्तार” योजना अन्तर्गत नगरपालिका र
स्थानीय उपभोक्ताको क्रमशः ४० र ६० प्रतिशत लगानीमा जेठ ३१, २०७५ मा सम्पन्न
भएको बुटवल उपमहानगरपालिकाले प्रदान गरे को कार्यसम्पादन प्रमाणपत्रमा उल्लेख छ ।
खानेपानीको व्यवस्था भएको एक वर्षपछि विद्युत जडान शुरू भयो । वडाले सिफारिस
दिएपछि विद्युत प्राधिकरणले जडान गरिदिएको तुल ाचन बताउँ छ न् । विद्युत जडानको
लागि समितिले २० थान पोल किन्ने निर्णय गरे क ो फागुन २२, २०७३ को बै ठ कको
माइन्युटमा उल्लेख छ ।
224 | रामचन्द्र श्रेष्ठ

खानेपानी र विद्युतको व्यवस्थापछि सडक निर्माणलाई जोड दिएको देखिन्छ । बस्तीका


मखु ्य सडक र सहायक गल्ली छन् । बस्ती निश्चित ज्यामितीय आकारमा बसेको छै न । त्यसैले
कुन सडक र गल्लीलाई प्राथमिकता दिने भन्ने समस्या छ । तथापि बस्तीको मुख्य सडकमा
कालोपत्रे गर्ने योजना पारित भइसके को छ । आ.व. २०७५–२०७६ को बजेट अन्तर्गत
बुटवल उपमनपाको १५ लाख र उपभोक्ता समितिको दुई लाख ३३ हजारको लगानीमा
बस्तीको मुख्य सडक कालोपत्रे भयो । बस्तीको दक्षिणी भागमा रहेको डम्पिङ साइटले
नगरपालिका सँगको समझदारीमा उल्लेखनीय भूमिका खेलेको छ । सडक निर्माणको लागि
बुटवल उपमनपाको लगानी डम्पिङ साइटले पारे को नकारात्मक असरको क्षतिपूर्ति हो ।
बस्तीको पुनःस्थापनापछि द्रूत गतिमा पूर्वाधार निर्माण भएको देखिन्छ । बस्तीको
सबैभन्दा ठूलो चुनौती बाढी थियो । तटबन्ध निर्माणसँगै जोखिम कम भएको छ । नदीसँग
सम्बन्धित पदार्थ (ढुंगा, बालुवा र गिट्टी) को अत्यधिक उत्खनन्‌ले गर्दा नदीको गहिराई
बढेको छ । बहाव क्षेत्र पूर्वतर्फ सर्दै गएकाले पनि तुलनात्मक रूपमा बाढीको जोखिम नभएको
सचिव तुलाचन बताउँ छन् । यसरी स्थानीय तहको लगानीसँगै बस्तीको राजनीतिक वैधता
बलियो हुँदै गयो । स्थानीय सरकारले उपलब्ध गराउने अत्यावश्यक सुविधाले अनौपचारिक
बस्तीलाई सामाजिक वैधता प्रदान गर्छ (श्रेष्ठ र अरू सन् २०१४ : १४) । बिनापातेले पनि
राजनीतिक, सांस्कृतिक र आर्थिक वैधतासँगै सामाजिक वैधता हासिल ग¥ यो ।

कानूनी वैधताको प्रतिक्षा


बिनापाते अने क ौ ँ चुन ौतीसँ ग जुधेर स्थायित्व र वै धानि कतातर्फ लम्के को छ । बस्तीले
कानूनी वैधता पाउने नपाउने निश्चित छै न । तथापि उपमहानगरपालिकाको लगानी बढ्नुले
कानूनी वैधतातर्फ पनि लम्के को संकेत गर्दछ । बिनापाते र यस्तै सुकुमबासी बस्तीबारे
उपमहानगरपालिकाले योजना बनाइरहेको बारे उपमहानगरपालिका कार्यपालिका सदस्य तथा
वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री भन्छन्, “उपमहानगरपालिकाले सबै अव्यवस्थित
बस्तीको तथ्यांक संकलन गरिसके को छ । नदीको रे डलाइन तयार गर्ने र नदी किनारका
अव्यवस्थित बस्ती कसरी व्यवस्थापन गर्ने भन्नेबारे विचार गरिरहेको छ ।”8
चैत २०७४ देखि यस्ता सबै सुकुमबासी बस्तीमा जमिन किनबेचमा औपचारिक रोक
लागेको छ । जमिन किनबे च मा महत्त्वपूर्ण भूमिका खेल्ने बस्तीका समितिहरू विघटन
गरिएका छन् र त्यसको ठाउँ मा टोल विकास संस्था गठन गरिएका छन् । बिनापातेको
पुरानो तिनाउ नगर विकास समिति विघटन भएर “सत्यवती टोल विकास संस्था” चैत
३०, २०७४ मा गठन भयो । नवगठित समितिलाई बुटवल उपमहानगरपालिकाले जेठ
२०, २०७५ मा दर्ताको प्रमाणपत्र दिएको छ । नवगठित संस्थाका पदाधिकारीहरूमा पुरानो
8
क्षेत्रीसँग वडा कार्यालयमा माघ १८, २०७५ मा गरिएको कुराकानी ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 225

विकास समितिका व्यक्तिहरू नै दोहोरिएका छन् । समितिको गठन उपमहानगरपालिकाको


प्रतिनिधिको उपस्थितिमा टोल भेलाको सर्वसम्मतिले भएको सचिव तुलाचन बताउँ छन् ।

बसाइँको गतिशीलता
सुकुमबासी बस्तीको स्थापनादेखि स्थायित्वको यात्रामा अनेक उतारचढाव हुन्छ । हुन
त अन्य बस्तीमा पनि उतारचढाव हुन्छन् तर सुकुमबासी बस्तीको चरित्र अन्य बस्तीको
तुलनामा बढी कमजोर हुन्छ । एकातर्फ स्थापनादेखि स्थायित्व सम्मका अनेक चुनौतीसँग
जुध्नुपर्ने हुन्छ र अर्कोतर्फ अनेक राजनीतिक-आर्थिक सन्दर्भले पनि उतारचढावको निर्माण
गरे का हुन्छन् ।
बिनापातेको स्थापनामा छे उछाउका बस्तीमा बस्ने ज्यालादारी मजदरु को उल्लेखनीय
भूमिका रहेको प्रस्ट देखिन्छ । तर, सुकुमबासी बस्तीको आम चरित्र हो शुरूआती चरणका
मानिस विस्थापित हुँदै जानु र नवप्रवेशीको भूमिका बढ्दै जानु । यसको पछाडि शुरूआतमा
बस्ने मानिसहरूमा आर्थिक, राजनीतिक तथा सामाजिक पँूजीको कमी भएको लालबहादुर
दर्जी लगायतको अनुभवले प्रस्ट पार्छ । यही नियति बिनापातेमा पनि दोहोरिएको छ ।
बिनापातेमा बसोबास गर्ने मानिसलाई तीन चरणमा वर्गीकरण गर्न सकिन्छ ः

१) शुरूआती बासिन्दा
२) बाढीका कारण २०६८ पछि पुनःस्थापित
३) पछि बस्तीमा घडे री किनेर बसेका

पहिलो खालका मान्छेहरू शुरूआतमा जग्गा रोके पछि कहिल्यै पनि बस्ती नछाडे का
मानिसहरू हुन् । घर बाढीले बगाए पनि उनीहरू बस्तीको अर्को भागमा पुनः बसोबास
गरिरहे, तर बस्ती छाडे नन् । यस्ता मानिस निकै कम छन् । तुलाचनका अनुसार २०६७
सालको बाढीपछि यसरी बस्नेहरू जम्मा १३ परिवार मात्र थिए । शुरूआती चरणमा ३८५
जति कुरिया भएको बस्ती २०६७ सालमा आइपुग्दा १३ मा खुम्चेको थियो । धेरैजसो
मानिस बाढीकै कारण बस्तीबाट विस्थापित भएका थिए ।
विस्थापितमध्ये के ही बस्ती वरिपरिकै भागमा पुनः डे रा लिएर बसेका थिए । सचिव
श्याम तुलाचनका अनुसार २०६८ सालतिर बस्ती पुनःस्थापनाको लहर शुरू भएसँगै के ही
मानिस फर्कि ए । फर्कि एका मानिसहरूले तटबन्धका लागि श्रमदान गर्नुपर्थ्यो साथै के ही
पैसा पनि दिनुपर्थ्यो । तर सबै विस्थापित मानिस फर्कि एनन् । यसरी नफर्क नुमा बाढीको
पुनः सम्भावनाको भय मात्र थिएन, समितिकै नीति पनि एउटा उल्लेखनीय कारण थियो ।
226 | रामचन्द्र श्रेष्ठ

झारा तिर्न नसके कै कारण कै यौ ँ पुराना मानिस पुनःस्थापित हुन नसके को देवकुमारी
परियार बताउँ छिन् । उनी भन्छिन्, “समितिमा दाम कमाउने मानिसहरू बलिया भए ।
बाढीपछि फे रि जाँदा कसैसँग सत्तरी हजार त, कसैसँग लाख मागियो । पैसा दिन नसके पछि
धेरैले छाडे । यसरी बस्ती छोड्नेहरूमा दलितहरू धेरै थिए ।”
परियार र उनका श्रीमान् लालबहादुर दर्जी बस्तीका संस्थापक भए तापनि अहिले
बस्तीमा छै नन् । २०६७ सम्म बस्तीमै भएका उनीहरू बाढीले घर लगिदिएपछि नजिकै
पवित्रनगरमा डे रामा बसे । २०६२ मा समिति परिवर्तनसँगै नयाँ समितिसँग दर्जी परिवारको
कुरा नमिलेको उनीहरूको भनाइमा झल्किन्छ । बस्तीमा दर्जी परिवारको विस्थापनबारे
शुरू आती चरणका मानिसहरूको फरक-फरक धारणा छ । धनबहादुर परियार वर्तमान
समितिकै कारण दर्जी परिवार विस्थापित भएको बताउँ छन् । परियार परिवार भने पुनःस्थापित
हुन चाहे पनि अहिलेको समितिले झाराको कारण बनाएर नदिएको बताउँ छन् । पुनःस्थापित
हुन खोज्दा नमिठा वचन लगाएका कारण नफर्के को देवकुमारी परियार बताउँ छिन् ।
मानवीय व्यवहारको क्रममा हु ने खटपट, सामान्य असहमतिको व्यवस्थापन गर्न
नसक्नु र ईर्ष्याभावले पनि बस्ती छोडिएको देख िन्छ । बस्ती स्थापनाको शुरू आतमा
महत्त्वपूर्ण भूमिका खेलेका दर्गाब
ु हादरु विक अहिले बुटवलबाट लगभग ३० किमी पश्चिम
कञ्चन गाउँ पालिका वार्ड नं. १, सानी उकालीमा बस्छन् । बुटवल छँ दा दिनभर मजदुरी
गर्थे । उनले बुटवलको चाँदबारीमा आफ्नो परम्परागत आरनको पेशा पनि चलाएका थिए ।
तर उनी समितिमा भएको तनावको कारण बस्ती छाडे । बस्ती छोड्नुपर्ने कारणबारे विक
भन्छन्, “समितिको कामले यताउता हिँडिरहनुपर्ने पैसा पनि धेरै खर्च हुने । तर अपजस
खाइरहनुपर्ने भयो । २०६३ सालको आन्दोलनपछि अरू साथीहरू हावी हुन थाल्नुभयो ।
पटक-पटक झगडा पनि भयो । यसरी सधै ँ तनावमा बस्नुभन्दा छोड्नु ठीक भनेर फागुन
२०६३ तिर म यहाँ आएँ ।”
वि.सं. २०६८ मा बस्तीको पुनःस्थापनासँगै पूर्वाधारको निर्माणले बिनापातेमा जमिन
किन्नेको संख्या बढ्यो । यो अध्ययनको क्रममा बस्तीमा अवस्थित १६५ घरको दुई तिहाई
अर्थात् ११० घरमा गरिएको सर्वेक्षण अनुसार जमिन रोक्ने घर जम्मा ४७ र पछि घडे री
किन्ने संख्या ६३ पाइयो । यसले पनि शुरूआतमा रोक्नेको संख्या विस्थापित भएको संकेत
गर्छ । त्यस्तै, स्थायित्व र सामाजिक वैधतासँगै बस्तीतर्फ आकर्षण बढेको संकेत गर्छ ।

सरु क्षादाताको रूपमा बस्ती


“प्लेस” निर्माणको महत्त्वपूर्ण पाटो सुरक्षा हो । “स्पेस” ले सुरक्षा प्रदान गर्न थालेपछि त्यो
प्लेसमा परिणत हुँदै जान्छ । मानिसले जीवनको स्थायित्वको लागि आइपर्ने चुनौतीको
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 227

सामनाको रूपमा सुरक्षालाई अनुभूत गर्छ । प्लेसले सुरक्षाको अनुभूति दिन्छ । मान्छेको
भाग्य निर्माणमा प्लेसको भूमिका हुन्छ (जियाङमिन र अरू सन् २०१३ : १४) ।
मानिसले समाजमा शान्ति र अमनचयनसँ ग बाँ च ्न पाउनुल ाई नै सुर क्षाको रूपमा
लिइन्छ । तर सुरक्षाको अर्थ यतिमात्र हुँदैन । व्यक्तिले आफ्नो प्रगतिको लागि हिंसात्मक
वा अहिंसात्मक चुनौतीबाट जोगिन सक्नु नै सुरक्षा हो । सुरक्षाका चार आयाम हुन्छन्—
व्यक्तिगत, सार्वजनिक, सांस्कृतिक र भू-राजनीतिक (मुनारिज सन् २०१३ : ५–१४) ।
यहाँ चर्चा गर्न खोजिएको चाहिँ सुरक्षाको व्यक्तिगत आयाम हो । त्यस्तै, हिंसात्मकभन्दा
पनि सामाजिक चुनौतीको समाधानमा बस्ती कसरी सहयोगी बन्छ र प्लेसको निर्माण हुन्छ
भन्ने अध्ययनको चासोको क्षेत्र हो ।

आवास चुनौतीको सामना


बिनापातेले आवासको समस्या समाधान गरी पहिलेदखे ि नै शहरमा बसेकालाई भाडावालबाट
आफ्नै स्वामित्वको जमिनको मालिक बनाउन भूमिका खेलेको छ । यो जमिन कानूनी
हिसाबले अवैध भए पनि सम्पत्तिको अनुभूति गराउन र सकं टको बे लामा उपयोग गर्न
सहयोगी भएको छ । बिनापातेले कसरी आवासको चुनौती समाधान ग¥ यो भन्नेबारे के ही
बासिन्दाको अनुभव यस्तो छ —

१. टिनले छाएको, इँटाले बनाएको अर्धपक्की घरमा बस्ने ७० वर्षे बद्रीकुमारी नेपालीले जीवनका
अनेक उतारचढाव व्यहोरे की छन् । पर्ख् ु यौली पाल्पा जब्कादेवी घर भएकी नेपाली ३० वर्षको
उमेरमा श्रीमान‌क ् ो मृत्यु भएपछि संकटमा धके लिएकी थिइन् । श्रीमान‌क ् ो मृत्पयु छि घरमा
देवरहरूको व्यवहार राम्रो नभएका कारण उनी २०५४ सालमा बटु वल आइन् । बटु वलमा
दैनिक ज्यालादारी मजदरु ी गरे र आफ्ना छोरा र छोरीलाई हुर्काइन् । अनेक ठाउँमा भाडामा
बस्दै जीवन निर्वाह गरे की नेपालीले अहिले आफ्नै घर पाएकी छन् ।
बटु वल आगमनदेखि बिनापातेको बसाइँबारे बद्रीकुमारी भन्छिन,् “म शरू ु मा यहाँ आएर
दिपनगरमा बसे ँ । आएको रात त्यहाँ एकजना मगर्नी बज्यैकोमा बसे ँ दइु टा छोराछोरी लिएर ।
भोलीपल्ट उठे र कोठा खोज्न गएँ । कोठा खोजेपछि खाना खाएर बजार गरे ँ । पर्सीपल्टबाट
लेबर काम थाले ँ । आउँदा ७४० रुपैयाँ बोके र आएको थिएँ । त्यति बेला कोठाको भाडा
१५० थियो । पाँच वर्ष बसे ँ दिपनगर । त्यसपछि बेसक्याम्प, त्यसपछि फे रि दिपनगरकै अर्को
ठाउँमा बसे ँ । त्यसपछि ठूटीपीपल गएँ । त्यहाँ ६ महिना बसे ँ । के गर्ने दःु खले गर्दा कहाँ कहाँ
पगु ्नुपर्ने ! त्यसपछि अलि समय आदर्शनगर बसे ँ । त्यहाँबाट छोडेर फूलबारीमा बसे । त्यसै
बेला यहाँ जग्गा खल ु ेको साथीहरूले थाहा दिए । थाहा पाउने बित्तिकै भदौ ८, २०६० मा
बाँस लिएर आएर रोके ँ ।”
228 | रामचन्द्र श्रेष्ठ

२. ५० वर्षीय रे शबहादरु विक २० वर्ष पहिले पाल्पाको रिड्गीरहबाट बटु वल आएका थिए ।
गाउँमा दैनिक ज्याला मजदरु ी गर्ने रे शबहादरु कामको खोजीकै क्रममा दिल्ली पगु े । त्यहाँ
के ही महिना चौकीदारी काम गरे र फर्के का उनी गाउँमा रानामामा भनेर चिनिने साथीसँग
बटु वल आए । शरू ु आतमा उनले औद्योगिक क्षेत्रमा काम गरे । पछि रिक्साचालक भए ।
पटक-पटक डेरा सर्नुपर्दा दिक्क भएका रे शबहादरु ले २०६० सालतिर बिनापातेमा बस्ती
खल ु ेको छ भन्ने थाहा पाएपछि जमिन रोक्न आए । मध्यरातमा दईु महिनाको भाडा नतिरी
डेराबाट भागेका रे शबहादरु अहिले आफ्नो अर्धपक्की घरको मालिक बन्न पाएकोमा खश ु ी
देखिन्छन् । शरू
ु मा रोके को घडेरी बेचरे उनले बिनापातेमै कम मलू ्यका अन्य दईु घडेरी किने ।
तीमध्ये एउटा घडेरी बेचरे ढाई लाख खर्च गरी जेठा छोरालाई बहराइन पठाएका छन् । सबै
छोराछोरीको बिहे भइसके को छ । उनी अहिले पनि मिस्त्री काम गर्छन् । बिनापातेले उनलाई
घरको मालिक बनायो, छोरालाई वैदशि े क रोजगारमा जान सहयोग ग¥यो र छोरीहरूको बिहे
गरिदियो । उनी अब गाउँ सम्झन पनि चाहन्नन,् भन्छन,् “गाउँमा भएको भए त भीख मागेर
खान पर्थ्यो । गाउँमा के छ र ? त्यहाँ त पाती मात्र पला’छ ।”

३. मकै पोलेर जीविका चलाउने बेलबहादरु विकको पर्वू बासस्थान नवलपरासी हो । त्यहाँ पनि
सकु ु मबासी बस्तीमै बस्ने गरे का बेलबहादरु ले उपचारका लागि ॠण लिएका थिए । त्यहाँको
जमिन बेचरे ॠण चक्ता ु गर्दै उनी बटु वल आएका थिए । त्यति बेला उनी घरवारविहीन थिए ।
उनको लागि भर्खरै खल ु ेको बिनापाते आश्रयस्थल बन्यो ।
आफ्नै जमिनको उपलब्धता बाहेक सस्ता डेराका माध्यमबाट पनि सक ु ु मबासीले
आवासको चनु ौती सामना गर्न सहयोग प¥ु याएको छ । ११० घरका ११७ घरधरु ीको सर्वेक्षण
गर्दा ८० घरधरु ीले आफ्नै घर भोगचलन गरे को र ३७ घरधरु ी भाडामा बसेको पाइयो ।
गैरसक ु ु मबासी बस्तीभन्दा तल ु नात्मक रूपले सकु ु मबासी बस्तीको भाडा सस्तो हुनाले पनि
न्नयू आयका मानिसलाई बस्ती उपयक्त ु आवास थलो बनेको छ ।

आर्थिक चुनौतीको सामना


सुकुमबासी बस्तीको अर्को चरित्र हो—सहज किनबेच । कानूनी वैधताबिना पनि आर्थिक
वैधता प्राप्त भएको सुकुमबासी जमिनको सजिलै बिक्री हुन्छ । सरकारी कागजात, प्रक्रियाको
आवश्यकता नपर्ने र रै कर जमिनभन्दा धेरै गुणा सस्तो हुनाले पनि सुकुमबासी बस्तीमा
किनबेचको गति तीव्र हुन्छ । सहज बेचबिखनले आर्थिक कठिनाइबाट उम्कन सजिलो
गराएका के ही उदाहरण छन् :
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 229

१. मिस्त्री काम गर्ने २१ वर्षीय समीर अछामीका बबा ु चितवनका हुन् । चप्पल कारखानामा
काम गर्न उनका बबा ु बटु वल आएका थिए । बबा ु ले यतै बिहे गरे । उनीहरू होराइजन
चोकमा भाडामा बस्थे । हात्तीसँडु मा बस्ती खल ु ेको थाहा पाएपछि जमिन रोके । समीर १३
वर्षका हुदँ ा उनकी आमाको मृत्यु भयो । त्यसको तीन वर्षपछि बबा ु को मृत्यु भयो । समीरका
एउटा भाइ पनि छन् । दईु भाइको लागि हात्तीसँडु को जमिन अपगु थियो । तर त्यसको मलू ्य
बिनापातेको भन्दा धेरै थियो । उनले हात्तीसँडु को जमिन बेचे र बिनापातेमा दईु ओटा घडेरी
किने । त्यही पैसाले दईु भाइको लागि बेग्ला-बेग्लै घर बनाए । जमिन किनबेचको सहजताले
उनलाई आर्थिक कठिनाइबाट उम्कन सजिलो भएको छ ।

२. ४६ वर्षे हिराबहादरु प्यारालाइसिसबाट पीडित भए । अकस्मात आइपरे को अप्ठ्यारोबाट


पार पाउन उनलाई बिनापातेले मद्दत ग¥यो । उनी सानै छँ दा उनका बबा ु को पसु ्ता बटु वल
आएका थियो । उनीहरूले बटु वलमै जमिन किनेका थिए । पछि अश ं बण्डाको क्रममा जमिन
टुक्रियो । खोला छे उमा गिट्टी ढुंगा संकलन गर्ने काम गर्ने हिराबहादरु कहिलेकाही ँ बम्बई
पनि जान्थे । त्यही क्रममा उनी लागपु दार्थ दर्व्य
ु सनी बने । तर समयमै पनु ःस्थापना के न्द्रको
सम्पर्क हुनाले उनी दर्व्य
ु सनको विकराल अवस्थामा फँ सेनन् । पछि उनी त्यही पनु ःस्थापना
के न्द्रमा साथी शिक्षकको रूपमा काम गरे । सात महिनाअघि प्यारालाइसिस भएपछि उनलाई
आर्थिक संकट प¥यो । आर्थिक संकटबाट उम्कन उनलाई बिनापातेको जग्गाले मद्दत ग¥यो ।
अन्य कुनै सम्पत्ति पनि नभएका र बचत पनि नभएका हिराबहादरु ले आफ्नो घडेरी साढे सात
लाखमा बेचे । डेढ लाख उपचारमा खर्च भयो भने बचेको पैसाले बिनापातेमै पहिलेभन्दा
कम क्षेत्रफलको घडेरी किनेर घर बनाए । सरल र सहज बिक्रीको वातावरण र पनु ः जमिन
प्राप्तिको सम्भावनाका कारण हिराबहादरु रोगको संकटलाई सामना गर्न सक्षम भए । यसरी
बिनापाते आश्रयस्थलमात्र बनेन, संकटबाट उम्कने माध्यम पनि बन्यो ।

जमिनको बेचबिखन बाहेक थप सम्पत्ति आर्जनको अर्थमा पनि सुकुमबासी बस्तीले


आर्थिक कठिनाइ सामना गर्न सहयोग गर्छ । थप जमिन आर्जन गरी आर्थिक पँूजी विस्तार
गरे का के ही उदाहरण उल्लेखनीय छन् ः

१. ६४ वर्षीय वीरबहादरु को मल
ू घर गोरखा थियो । गोरखाबाट उनका पर्खा ु चितवन आए ।
त्यसपछि नवलपरु आए । नवलपरु बाट बर्दघाट आए । २०१९ सालमा पनु र्वासको नाममा
उनका बबा
ु आमा यसरी बसाइँ सर्दैसर्दै आएका थिए । बर्दघाटमा उनीहरूको एक कट्ठा जमिन
छ । उनीहरू तीन दाजभु ाइ हुन् । त्यो एक कट्ठा जमिनले तीन भाइलाई पगु ्न नसक्ने भएपछि
उनी थप अवसरको खोजीमा बटु वल आए । उनलाई बटु वल ल्याउने काम उनका साथीले
230 | रामचन्द्र श्रेष्ठ

गरे का हुन् । साथीहरूले “बटु वलमा सक


ु ु मबासी खल
ु ेको छ जाउँ र रोकौ ँ” भनेकाले उनी यहाँ
आए । सक ु ु मबासी बस्तीले उनलाई निकट भमि ू हीनताको कारणले उत्पन्न हुने गरिबीबाट
मक्त
ु हु न के ही सहयोग ग ¥ यो ।

२. ५४ वर्षीय धनबहादरु परियारको पर्ख्


ु यौली घर तनहँु हो । तनहुमँ ा उनी अधियाँमा खेती गर्ने,
समय-समयमा बाजा बजाउने काम गर्थे । तीन छोरा र उनीहरूका श्रीमती, बालबच्चा पाल्न
पहाडको अधियाँमा गर्ने गजु ारामख
ु ी खेतीले पगु ्दैनथ्यो । पहाडमा कठिनाइ भएपछि उनी
बटु वल आए । यहाँ मझवु ामा जमिन रोके तर त्यो जमिन निकै कम थियो । बिनापातेमा बस्ती
खल ु ेपछि उनी अलि धेरै जमिन रोक्न पाउने हुनाले मझवु ा छाडेर यता आए । सक ु ु मबासी
बस्तीको जमिन प्राप्तिको यो सहजताले उनले जीवनमा थप सरु क्षानभु ति ू गरे ।

बिनापाते बस्तीले ज्यालादारी श्रममा निर्भर भएका मानिसहरूको लागि आवासको


सु विधा उपलब्ध गरायो । त्यस्तै, सहज बे च बिखन र जमिन विस्तारको माध्यमबाट
रोगव्याधी सहित आउने आर्थिक कठिनाइ सामना गर्न बस्ती माध्यम बन्यो । आवासको
सुविधाले जीवनलाई स्थायित्वतर्फ लग्यो । बस्तीले अनेक प्राकृ तिक र मानवीय चुनौती
सामना गर्दै स्थायित्व ग्रहण ग¥ यो । बस्तीको स्थायित्वसँगै जीवन प्रतिको सुरक्षा बढ्न
थाल्यो । बस्तीले सुरक्षाको अनुभूति दिलायो ।

बस्ती : शहरसँग अन्तरक्रियाको थलो


बस्तीले शहरसँ ग अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरे क ो छ । शहरलाई श्रमको
आवश्यकता हुन्छ भने मजदरु लाई श्रम बिक्री गर्ने बजारको । श्रम र बजारको अन्तरक्रियाको
लागि मानिस अडिने आश्रयस्थलको आवश्यकता हुन्छ । त्यस्तो थलो बन्छन् शहरको
बीच-बीचमा निर्माण भएका सुकुमबासी बस्ती । सुकुमबासी बस्ती शहरबाट धेरै टाढा
हुँदैनन् । यी शहरका छे उछाउ वा बीचकै खाली भागमा स्थापित भएका हुन्छन् । बिनापाते
पनि शहर सँगको अन्तरक्रियाको थलो बनेको छ ।
सुकुमबासी बस्तीले स्थायित्व ग्रहण गर्न थालेपछि यो शहर प्रवेश गर्ने धेरै नवप्रवेशीको
लागि उपयुक्त थलो बन्न थाल्छ । ग्रामीण क्षेत्रबाट शहर आउने न्यून पँूजी भएका मानिसको
लागि यो छनोटको स्थान हो । के ही वर्षको इतिहास, विद्युत, पानी, सडक जस्ता पूर्वाधारको
उपलब्धताका कारण शहरमा बस्ने र शहरिया बन्ने अवसर प्राप्त हुन्छ ।
पेशा, व्यवसाय र ज्यालादारी मजदरु ी मार्फत शहरसँग अन्तरक्रिया हुन्छ । ११० घरधरु ीमा
गरिएको सर्वेक्षणमा ती घरधुरीमा उपलब्ध श्रमशक्तिले विभिन्न पेशा अँगालेको पाइयो ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 231

तालिका १ ले सुकुमबासी बस्तीमा ज्यालादारी मजदुरको संख्या अधिक हुने प्रस्ट


पार्दछ । त्यसपछि पसल, सिलाइकटाइ, ठे केदारी, इलेक्ट्रिसियन, प्लम्बिङ, रिक्सा व्यवसायी
जस्ता स्वव्यवसाय छन् । त्यस पछिका व्यवसायमा निकै अन्तर देखिन्छ ।

तालिका १ः पेशाको प्रकृति अनुसार श्रमशक्ति


पेशाको प्रकृ ति सख
ं ्या
ज्यालादारी मजदरु ी ९५
स्वव्यवसाय (न्नयू पँजू ीको पसल, सिलाइकटाइ, ठे केदार, इलेक्ट्रिसियन, प्लम्बिङ, रिक्सा
५९
व्यवसायी)
सेवा (शिक्षण, पसल तथा रे ष्टुरे ण्टमा कामदार) १६
जागिर (निजामती, प्रहरी, गैरसरकारी) ८
ड्राइभिङ ११
वैदशि
े क रोजगार ११
जम्मा २००

बस्ती : शहरिया पहिचान निर्माणको थलो


पहिचान सामाजिक विज्ञानमा निकै जटिल शब्दावलीको रूपमा लिइन्छ । तर सामान्यतया
पहिचानले व्यक्ति वा समूहले आफूलाई कसरी अभिव्यक्त गर्छ भन्ने बताउँ छ (गोलुबोभिच
सन् २०१० ः २५) । व्यक्ति वा समू ह को आफै प्रतिको धारणा विभिन्न सामाजिक-
आर्थिक-सांस्कृतिक प्रक्रिया मार्फत निर्मित हुन्छ । व्यक्ति वा समूहले भनाइ, गतिविधि
वा संकेतका माध्यमबाट आफ्नो पहिचान अभिव्यक्त गर्छन् । शहरिया पहिचानको अर्थ
व्यक्तिले आफू लाई शहरको बासिन्दाको रूपमा प्रस्तुत गर्नु हो । व्यक्तिले आफै लाई
गाउँ ले परिचयबाट टाढा राख्दै शहरिया भएको अनुभव गर्नु र त्यसरी नै परिचित गराउनु
नै शहरिया पहिचान हो ।
“गाउँ क ा मान्छेहरूले मलाई यो शहरिया हो भन्छन् । गाउँ म ा मे र ो ठू लो नाम छ ।
यसले प्रगति गरे को छ भन्छन् । म शहरिया नै हुँ नि ।” विगत २५ वर्षदेखि बुटवल बस्दै
आएका चन्द्र बानियाँ यसरी आफ्नो शहरी पहिचान व्यक्त गर्छन् ।
चन्द्र २५ वर्षअघि नवलपरासी, सुनवलको मुखियाटोलबाट कामको खोजीमा बुटवल
आएका थिए । साथीहरूसँग बुटवल आएका उनी शुरूमा घर निर्माण क्षेत्रमा श्रमिकको
रूपमा काम गर्थे । उनको ठे केदार एकजना नेवार साहू थिए । निर्माण क्षेत्रमा काम थालेको
के ही महिनापछि नै ठे केदारले साझेदारीमा बुटवल औद्योगिक क्षेत्रमा प्लाष्टिक कम्पनी
232 | रामचन्द्र श्रेष्ठ

खोले । चन्द्र पनि त्यही उद्योगमा मजदुर बने । उनीहरूलाई उद्योगको आवास गृहमै बस्ने
सुविधा थियो ।
१२ वर्ष पहिले उनको र उद्योगका साझेदारबीच झगडा भयो । उनको ठे केदार साहू
उद्योग छाडे र अमेरिका गए । नयाँ व्यवस्थापनले मजदुरहरूलाई क्वार्टरको सुविधा बन्द
गरिदियो । उनलाई वासस्थानको समस्या प¥ यो । संकटको समयमा काम लागे आफूसँगै
काम गर्ने बिनापातेका साथी । उनै साथीको माध्यमबाट चन्द्रले बिनापातेमा जमिन किने
र घर बनाए । पहिले बनाएको घर खोलाले बगायो । उनी बिनापातेको अर्को भागमा बस्न
थाले । जहाँ उनी अहिले पक्की घर निर्माण गरिरहेका छन् । गाउँ मा अहिले चार कठ्ठा खेत
भएका चन्द्र शहर छाड्न चाहँदैनन् । बिनापातेले उनलाई आवास सुविधामात्र दिएन शहरिया
परिचय पनि दियो । चन्द्र भन्छन्, “मलाई शहरिया बनाएको यही बिनापातेले हो ।”
बिनापाते मार्फत शहरिया पहिचान ग्रहण गरे का अर्का उदाहरण अर्जुन चौधरी हुन् ।
२५ वर्षअघि कपिलवस्तुको हरिहरपुरबाट बुटवलमा आएर ज्यालादारी मजदुरीका अनेक
अनौपचारिक क्षेत्रमा काम गरे का चौधरी अहिले मिस्त्री र ठे केदारी गर्छन् । बिनापातेमा
शुरूआतदेखि नै बस्न थालेका चौधरी आफू शहरिया भएको खुशी यसरी व्यक्त गर्छन् ः

बुटवलमा आएर मैले काम पाएँ । यही ँ रमाएँ । मसँ ग आएका साथीहरू फर्के
तर म यही ँ बसे ँ । देहातमा पनि मेरो घर र खेत छ तर म त्यहाँ रमाउन सक्दिनँ ।
बुटवलमा प्रशस्त काम छ । मलाई त्यही ँ मन पर्छ । गाउँ छोडे र मैले ठीक गरँे ।
गाउँ मा के ही प्रगति गर्न सक्दिनथे ँ । यहाँ आएर प्रगति गर्न सके ँ । बिनापातेले मलाई
घर दियो । टे क्ने ठाउँ दियो । अब त म पनि शहरिया भएँ नि !

देशको राजनीतिक र सामाजिक परिवर्तनसँगै मानिसमा चेतना विस्तार भयो । शान्ति


प्रक्रिया, आमसञ्चारको फै लावट र बजारको विस्तारले शहर आर्थिक गतिविधिका के न्द्र
बन्न थाले । फलस्वरूप शहर प्रतिको आकर्षण बढ्न थाल्यो । राजनीतिक परिवर्तनले
स्थापित गरे को समावेशी सिद्धान्तले विभिन्न अवसर सिर्जना ग¥ यो । ती अवसरले ग्रामीण
भेगका मानिसलाई राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनायो । यो सक्रियताले
शिक्षा, स्वास्थ्य, रोजगार प्रतिको आकर्षण बढायो । यो सबैको के न्द्र शहर थियो ।
सीएमए अध्ययन गरे क ा बुट वलभन्दा लगभग ४० किलोमिटर पश्चिमको गै ड हवा
गाउँ पालिका सूर्यपुराका रामलखन लोध गाउँ मै मेडिकल चलाउँ थे । साथै माछापालन, के रा
खेती र गाईपालन पनि गर्थे । २०६२–२०६३ सालको जनआन्दोलन र मधेस आन्दोलन
पश्चात् हरे क संघसंस्थामा समावेशी सिद्धान्त अपनाउन थालियो । त्यही कारण मधेसी
मूल को समुद ायको तर्फबाट रामलखनले स्कू ल व्यवस्थापन समूह को सदस्य, स्थानीय
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 233

खोलामा तटबन्ध कार्यक्रममा उपभोक्ता समितिको सदस्य लगायतका अनेक सामाजिक


गतिविधिमा सक्रिय हुने अवसर पाए । यी गतिविधिले उनको चेतनाको क्षितिज बढायो ।
उनले विस्तारै शहर जानुपर्ने आवश्यकता बुझ्न थाले ।
रामलखन भन्छन्, “सामाजिक काम गर्दैगर्दा मलाई गाउँ छोडे र शहरमै जानुपर्छ भन्ने
लाग्यो । गाउँ मा सूचनाको स्रोत हुँदैन । गाउँ मा कुनै किसिमको मिडिया छै न । रोजगार,
विकास, सबै को कारण शहर गाउँ भन्दा अगाडि बढे को छ । गाउँ मा बसेर पछाडि मात्र
परिन्छ । मलाई छोराछोरीलाई राम्रो शिक्षा दिन पनि शहर जानुपर्छ भन्ने लाग्न थाल्यो ।”
शहर बसाइ त्यति सजिलो भने थिएन । उनले बुट वलका विभिन्न भागमा जमिन
किन्न खोजे । तर उनको आर्थिक क्षमताले भ्याएन । त्यही बेला उनको भेट उनकै गाउँ का
उखुको जुस बेच्ने मानिसहरूसँग भयो । ती स्वव्यवसायीहरू बिनापातेमा डे रा गरे र बस्थे ।
रामलखनले उनीहरूको बसाइबारे सोधखोज गर्दा बिनापातेबारे थाहा पाए । त्यहाँ पुगेर
बुझ्दा उनले जमिन किन्न सकिने देखे । आफ्नो शहर बस्ने सपना बिनापातेमा पूरा हुने
सम्भावना देखे । त्यही ँ जमिन किने र घर बनाए । यसरी उनी श्रीमती, दुई छोरा, एक छोरी,
एक भतिज र एक भतिजीसँग बिनापातेमा बस्न थालेको चार वर्ष भएको छ ।
अहिले उनी के राको व्यापार गर्छन् । त्यसको लागि घरमै के रा गोदाम राखेका छन् ।
उनका दईु छोरामध्ये जेठोले बुटवलकै कालिका मानवज्ञान उच्च मा.वि.बाट १२ कक्षा उत्तीर्ण
गरी उच्च शिक्षाको तयारी गरिरहेका छन् भने कान्छा छोराले पनि कालिकामै कक्षा ११ मा
विज्ञान विषय पढ्दैछन् । छोरी पनि विज्ञान विषय लिएर ११ कक्षामा अध्ययनरत छिन् ।
बिनापाते ले उनलाई शहरसँ ग अन्तरक्रिया गर्ने अवसर प्रदान ग ¥ यो । सुकु मबासी
बस्तीहरू शहर सँगको अन्तरक्रियाको लागि उपयुक्त छन् भन्ने उनको विश्वास छ । उनी
भन्छन्, “हामी पछाडि परे को कारण सुकुमबासीमा आउन नखोजेकोले हो । बुबाबाजेले
सुकुमबासीमा बस्नु उचित हुँदैन भन्ने सोचे जसकारण हामी पछाडि प¥ यौ ँ । अब परिवर्तन
हु नुपर्छ भन्ने लागेको कारण म शहरमै बस्छु भन्ने अठोट गरे । बिनापाते ले मेरो सपना
पूरा गरिदियो । मलाई फे रि गाउँ फर्कि ने सोच छै न । यो ठाउँ ले मलाई शहरमा बस्ने बास
दिएको छ ।”
पहिचानको निर्माण बस्तीले मात्र नभई पेशाले पनि गर्छ । पहिचान सामाजिकीकरणको
माध्यमबाट हासिल हुन्छ । सामाजिकीकरणको एउटा माध्यम पेशा हो (गोलुभोभिच सन्
२०१० : २९) । पेशाको माध्यमले शहरसँग अन्तरक्रिया हुन्छ जसले शहरिया पहिचान
निर्माण हुन्छ । पेशाले पहिचान निर्माण भएको एक उदाहरण तुलसी विक हुन् ।
२४ वर्षकी तुलसी बुटवलको चर्चित बुल्सआई क्याफे मा काम गर्छिन् । पहिला आमासँगै
घर निर्माणमा दैनिक ज्यालादारी काम गर्ने तुलसी क्याफे मा काम गर्न थालेपछि आफै लाई
परिवर्तित भएको महसुस गर्छिन् । क्याफे ले आफूमा धेरै परिवर्तन ल्याइदिएको बताउँ छिन्
234 | रामचन्द्र श्रेष्ठ

उनी । क्याफे ले उनलाई मानिसहरूसँग बोल्न सिकाएको छ । मान्छेका अनेक रूपरंग पनि
चिनाइदिएको छ । क्याफे को आयतनमा उनले शहरको प्रवृत्ति नियालेकी छन् । भन्छिन्,
“पहिले अँध्यारोमा बसेर के ही कुरा नदेखे जस्तो थिएँ म । यहाँ आएर काम गर्न थालेपछि
धेरै कुरा सिकँे । क्याफे ले मलाई शहर सिकायो । संसार देखायो ।”
क्याफे ले उनलाई शहर चिनाएको मात्र छै न, संसारको गति पनि महसुस गराएको छ ।
जिविकोपार्जनसँगै उनले संसार पनि बुझ्दैछिन् । “यहाँ नआएको भए जमाना कहाँ पुगेछ
भन्ने पनि थाहा हुन्थेन,” तुलसी भन्छिन् ।
तुलसीको पहिचान क्याफे ले निर्माण गरे को हो । उनी बिहान नौ बजेदेखि साँझ आठ
बजेसम्म क्याफे मा नै हुन्छिन् । क्याफे मा आउने ग्राहकहरूको व्यवहार ठीक छ । सबैसँग
उनी हाँसेर बोल्छिन् । क्याफे मा उनले शहरिया संस्कार सिके की छिन् । ग्राहकहरू सँगको
अन्तरक्रियाले नयाँ-नयाँ परिवर्तनबारे थाहा पाएकी छिन् । उनी आफूलाई शहरिया भनी
चिनाउन कुनै कसर बाँकी राख्दिनन् । शहरसँग उनको लगाव छ । सम्मान छ । शहर प्रतिको
उनको बोध र सम्मान यस्तो छ, “म बुटवल शहरसँग खुशी छु । शहरले मलाई अवसर
दियो । शहर जति परिवर्तन हुँदै गएको छ त्यति आफै ँ परिवर्तन हुँदै गएको छु ।”
तुलसीको पहिचानको निर्माण बस्तीले भन्दा पनि पेशाले गरे को हो । पेशा शहरको
उत्पादन हो । शहरसँग अन्तरक्रिया गर्ने अवसर भने बस्तीले प्रदान गरे को हो ।
पे श ाका माध्यमबाट शहरसँ ग अन्तरक्रिया गरे को अर्को उदाहरण हु न् , मीना
नेपाली । शहरमा स्थापना हुने अनेक उद्योग, व्यावसायिक के न्द्र, सुपरमार्केट लगायतले
रोजगारको सिर्जना गर्छन् । त्यस्ता पेशा शहरसँग अन्तरक्रियाका माध्यम हुन्छन् । मीना नेपाली
२०५८ तिर बुटवल आएकी थिइन् । उनको बुटवल आगमनको कारक देशमा भइरहेको
युद्ध थियो । उनी श्रीमान्‌सँग भारतको कानपुरमा बस्थिन् । कपिलवस्तुको चन्द्रौटाभन्दा
दक्षिण चार नम्बरतिरका उनका माइतीहरू युद्धको चपेटामा परे र बुटवल आएको थाहा
पाएपछि उनी भारतबाट दिदी र आमालाई भेट्न आएकी थिइन् । त्यसै क्रममा बिनापातेमा
जमिन खुलेको थाहा पाएर एउटा घडे री ओगटिन् । छ वर्ष पहिले उनका श्रीमान् सहित
सपरिवार बुटवल आए ।
शरूु आतमा मीना मिस्त्री काम गर्थिन् । २०७३ को फागनु मा उनीहरू नवनिर्मित भाटभटेनी
सुपरमार्केट नजिकको घर बनाउने काम गर्दै थिए । त्यति बे ल ा भाटभटे न ी उद्‌घ ाटनको
तयारीमा थियो । नयाँ कामदारको आवश्यकता थियो । घरका मालिकले उनीहरूलाई
भाटभटे नीमा काम पाइन सक्छ भन्ने बताए । त्यसपछि मीना भाटभटे नीको चौकीदारलाई
भन्न गइन् । हरे क दिन साहुलाई भेट्न खोजिन् । मीना त्यो घटना यसरी सम्झिन्छिन् :
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 235

त्यहाँ काम पाइन्छ भन्ने थाहा पाएपछि गार्डलाई भन्न थाले ँ । गार्डले भोलि
आउनुस् भने । म जति बेला पनि जान थाले ँ । बिहान, दिउँ सो, साँझ जति बेला
पनि जान थाले ँ । तेस्रो दिन गार्डले म्यानेजरसँग कुरा गर्दिए । म्यानेजरले के काम
आउँ छ भनेर सोधे । मैले पढे-लेखेको त छै न जे दिए पनि गर्छु भने ँ । अनि उनले
ल आजैदेखि सरसफाइमा काम गर्नु भने ।
भाटभटे नीमा काम गर्न थालेपछि उनमा निकै परिवर्तन आएको छ । पहिला दिनभर
घाममा काम गर्नुपर्थ्यो अहिले एसीमा भित्रै काम गरे पुग्छ । हप्तामा एक दिन बिदा पाइन्छ ।
बिमाको व्यवस्था छ । सुपरमार्केटमा काम गर्न थालेपछि उनले सामानको किनमेलमा पनि
ख्याल गर्न थालेकी छिन् । बैंक मार्फत तलब पाइने हुनाले बैंकमा खाता पनि खोलेकी छिन् ।
बिनापातेले उनलाई आश्रयस्थल दियो र सुपरमार्केटको रोजगारले जीवनको स्थायित्व ।
त्यो खुशी उनी यसरी व्यक्त गर्छिन् :

हाम्रो पहिलेको हालत देखेको भए कवाडी भन्नुहुन्थ्यो होला । कस्तो थियौ ँ कस्तो
भयौ ँ । के ही थिएन हाम्रो । झुपडीमा बस्थ्यौँ । कति डर थियो । अब त पुर्जा
पनि पाइएला । बाटो पनि बन्दैछ । घडे रीको भाउ पनि बढ्दै छ । भारतमा हुँदा
त हामीसँग के ही थिएन । अहिले त हामीसँग के ही त छ । दुःख, बिमार नभए त
के ही गरम्ला भन्ने आशा छ ।

यसरी बस्तीको माध्यमबाट शहरसँग अन्तरक्रिया गर्दै बिनापातेका बासिन्दाले शहरिया


पहिचान ग्रहण गरे का छन् ।

निष्कर्ष
अनधिकृ त र अनौपचारिक भएकाले सुकुमबासी बस्तीलाई हेयको दृष्टिले हेर्ने गरिन्छ ।
तर, सुकुमबासी बस्ती शहरीकरणकै सह-उत्पादन हो । बसाइँसराइको पृष्ठभूमिमा पँूजीको
संकेन्द्रीकरण हुन्छ । पँूजीको वितरण नभइ एकै ठाउँ मा पँूजी के न्द्रीकरण हुँदा न्यून पँूजी
भएका ठाउँ बाट अधिक पँूजी भएका ठाउँ मा बसाइँसराइ बढ्छ । पँूजीवादी विकासको
यो चरित्रले शहर र गाउँ बीचको असमानता बढाउँ छ । पँूजीवादी विकासको चरित्रले नै
गाउँ बाट शहरतिर श्रमको बहाव बढाउँ छ (सुवेदी २०६८ ः १५३) ।
सु कु मबासी बस्तीको पछिल्लो फै लिँ द ो क्रमको कारण जमिनको निरपे क्ष अभाव
हो । शहरमा पछि आउने मान्छेको लागि पहिला आउने मान्छेको तुल नामा जमिनको
उपलब्धता कम हुन्छ । यसले जमिनको निरपेक्ष अभाव सिर्जना गर्छ । फलस्वरूप मान्छेको
आकर्षण प्रयोगमा नआएका खोला किनार, वन-जंगल, सार्वजनिक स्थान, सांस्कृतिक
236 | रामचन्द्र श्रेष्ठ

सम्पदाका क्षेत्रमा जान्छ । यस्ता ठाउँ हरूमा सुकुमबासी बस्ती स्थापनाका लागि अर्थ-
राजनीतिक परिवे श निर्माण भएको हु नु प र्छ । बु ट वलको सन्दर्भमा मु ख ्य राजनीतिक
परिवर्तनको समयमा सु कु मबासी बस्तीको आयतन वृद् धि हुँ दै आएको छ । त्यसको
कारण सार्वजनिक स्थल र खोला किनारमा नियमन गर्ने राजनीतिक संस्थाहरूमा रिक्तता
हुनु हो । अर्कोतर्फ राजनीतिक उद्देश्यले प्रेरित भएर राजनीतिक दलहरूले पृष्ठपोषण गर्नु
पनि हो । त्यस्ता परिवेशले मात्र बस्तीले वैधता प्राप्त गर्न सक्छ ।
सुकुमबासी बस्ती स्थापना हुन र स्थायित्व तथा सामाजिक वैधता प्राप्त गर्न अनेकन
उतारचढावबाट गुज्रनुपर्छ । यसको आफ्नै विशेष गतिशीलता हुन्छ । अनेकन चुनौतीलाई
सामना गर्दै सुकुमबासी बस्तीले स्थायित्व ग्रहण गर्दै स्पेस (स्थान) बाट प्लेस निर्माणको
यात्रा तय गर्छ । यो क्रममा श्रमको माध्यमबाट बस्तीले शहरसँग अन्तरक्रिया गर्दछ । अन्ततः
यसले आर्थिक, सामाजिक, सांस्कृतिक स्वीकारोक्ति सहितको सामाजिक वैधता प्राप्त गर्छ ।
सामाजिक वैधताप्राप्त सुकुमबासी बस्तीले बासिन्दालाई सुरक्षा, समुदाय र पहिचान
दिन्छ । सुकुमबासी बस्तीले एकातर्फ गाउँ लेबाट शहरिया बासिन्दा बन्ने प्रक्रियाको लागि
स्थान उपलब्ध गराएर र अर्कोतर्फ शहरसँग श्रम आधारित अन्तरक्रियाको लागि सम्भावना
उपलब्ध गराएर शहरिया पहिचान निर्माणमा भूमिका खेल्छ । यसरी सुकुमबासी शहरले
जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम बनिरहेको छ ।
सुकुमबासी बस्ती शहरीकरणकै उत्पादन भएकाले शहर व्यवस्थापन र शहर विकास
नीति तर्जुमा गर्दा यस्ता बस्ती र बस्तीवासीबारे विचार गर्नु आवश्यक छ । स्थानीय, प्रदेश
र संघीय सरकारले सुकुमबासी बस्तीबारे ठोस कार्यनीति तर्जुमा गर्नुपर्छ । एकातर्फ यी
बस्तीले शहरी गरिबीको प्रतिनिधित्व गरिरहेका छन् भने अर्कोतर्फ शहरलाई श्रम उपलब्ध
गराएका छन् । शहरलाई जीवन्त राख्न यस्ता बस्तीको भूमिका रहेको छ । त्यसैले यी
बस्तीको वै धता को खोजीलाई समाधान गर्दै शहरलाई सबै खालका मानिसको साझा
बस्तीको रूपमा निर्माण गर्नुपर्छ ।

धन्यवाद
यो ले ख तयार पार्ने क्रममा सजिलै आफ्नो मनपे ट खोल्ने र विश्वास गर्ने बिनापाते क ा
बासिन्दाहरूप्रति आभारी छु । त्यस्तै, शोध स्थलमा सहयोग गर्ने साथीहरू रवीन्द्र पोखरे ल,
सुर्ज न तिवारी, पूर्ण चन्द्र भट्टराई, ओमप्रकाश खासु मगरप्रति आभारी छु । ले ख नीमा
पटक-पटक सुझाव दिन झर्को नमान्ने मानवशास्त्रका अध्येता अमृतकुमार भण्डारी र भाइ
लक्ष्मण श्रेष्ठप्रति पनि आभारी छु । घरे लु वातावरण र बलियो मानसिकता निर्माणको लागि
अस्मिता र शारदालाई धन्यवाद । यो शोधकार्यमा सहभागी गराउनु हुने सोहन प्रसाद साह
र मेन्टरिङ प्रक्रियामा नथाक्ने महेशराज महर्जनप्रति कृ तज्ञ छु ।
ु ु मबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम |
सक 237

सन्दर्भ सामग्री
क्षेत्री, रोहितराज । २०६६ । पश्चिमाञ्चल क्षेत्रको औद्योगिक नगरी : बुटवल । बुटवल
दर्पण । पृ. १७३–१८० । बुटवल : बुटवल साहित्य, कला तथा संस्कृति प्रतिष्ठान ।
ढकाल, सुरेश । २०७५ । शहरका सुकुमबासी । अन्नपूर्ण पोष्ट (शहर विशेष अंक), वैशाख
२०, पृ. १० ।
तानाका, मासाको । २०६३ । नेपालमा सुकुमबासी आन्दोलनको एक दशक । सहरीकरण :
जीविकाको विविध आयाम । भास्कर गौतम र जगन्नाथ अधिकारी, सं., पृ. ९५–११६ ।
काठमाडौ ँ ः मार्टि न चौतारी ।
नेपाल राजपत्र । २०७३ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सूचना । नेपाल राजपत्र,
खण्ड ६६, संख्या ६१ ।
प्रधान, रवीन्द्रप्रसाद । २०७५ । द यात्रा । काठमाडौ ँ ः श्रीमती रे णुका प्रधान ।
बुटवल उमनपा कार्यालय । २०७४ । बुटवल उपमहानगरपालिको पार्श्र्वचित्र । बुटवल :
बुटवल उपमहानगरपालिका कार्यालय ।
मैनाली, गोपीनाथ । २०७४ । नापी बुलेटिन । काठमाडौ ँ ः कृ षि, भूमि व्यवस्थापन तथा
सहकारी मन्त्रालय ।
शाक्य, आनन्दमान सिंह । २०५३ । बुटवल नगरपालिकाको शैक्षिक स्थिति एक विश्ले षण ।
बुटवल स्मारिका । पृ. १४–१८ । बुटवल : बुटवल नगरपालिका ।
सुकु मबासी समस्या समाधान आयोग । २०६६ । प्रगति प्रतिवे द न तथा सुझ ावहरू ।
अप्रकाशित प्रतिवेदन, काठमाडौ ँ ।
सुवेदी, भलक । २०६८ । सहरी गरिबी र राज्य । सहरीकरण : जीविकाको विविध आयाम ।
भास्कर गौतम र जगन्नाथ अधिकारी, सं., पृ १४१–१५३ । काठमाडौ ँ ः मार्टिन चौतारी ।
Acharya, Balaram. 2010. Urban Poverty: A sociological Study of
Shankhamul Squatter. Dhaulagiri Journal of Sociology and
Anthropology 4: 179–192.
CBS (Central Bureau of Statistics). 2003. Population Monograph. Vol.
I. Kathmandu: CBS.
Golubovic, Zagorka. 2011. An Anthropological Conceptualisation of
Identity. Synthesis Philosophica 26(1): 25–43.
Kaplan, Paul F. and Nanda R. Shrestha. 1982. The Sukumbasi Movement
in Nepal: The Fire from Below. Journal of Contemporary Asia
12(1): 75–88.
238 | रामचन्द्र श्रेष्ठ

Munárriz, Luis Álvarez. 2013. Foreword: Anthropological Approach


to Security. In Anthropology and Security Studies. Hurtado, Fina A.
and Giovanni Ercolani, eds., pp. 5–14. Murcia: University of Murcia.
Neuwirth, Robert. 2005. Shadow Cities: A Billion Squatters, A New
Urban World. New York: Routledge.
Shalheim, Peter. 2015. Power for Nepal: Odd Hoftun and the History
of Hydropower Development. Kathmandu: Martin Chautari.
Shrestha, Nanda R. 2001. The Political Economy of Land, Landlessness
and Migration in Nepal. New Delhi: Nirala Publication.
Shrestha, Reshma, Arbind Tuladhar, Jaap Zevenberge and Mahesh
Banskota. 2014. Decades of Struggle for Space: About the Legitimacy
of Informal Settlements in Urban Areas. Paper presented at FIG
Congress, Engaging the Challenges – Enhancing the Relevance.
Kuala Lumpur, Malaysia, June 16–21.
Shrestha, Reshma, Arbind Tuladhar, Jaap Zevenberge and Mahesh
Banskota. 2016. Urban Land Governance: “Action Space,” Legitimacy
of and Intervention strategies for Urban Informal Settlements in
Nepal. Nordic Journal of Surveying and Real Estate Research
11(2): 20–50.
Srivastava, Sanjay. 2015. Entangled Urbanism. Delhi: Oxford University
Press.
Todaro, Michael P. and Stephen C. Smith. 2017. Economic Development.
London: Pearson Publication.
Xiangming, Chen, Anthony M. Orum, and Krista E. Paulsen. 2013.
Introduction to Cities: How Place and Space Shape Human
Experience. Oxford: Wiley-Blackwell.
दलित महिला रे डियोकर्मीका चनु ौती | 239

खण्ड चार

सामाजिक समावेशीकरण
240 | सोना खटिक
दलित महिला रे डियोकर्मीका चनु ौती | 241

दश

दलित महिला रेडियोकर्मीका चुनौती : कपिलवस्तु


र रुपन्देहीको अध्ययन

सोना खटिक

परिचय
पश्चिम तराईका कपिलवस्तु र रुपन्देही जिल्लामा गरिएको यो अध्ययनले त्यस क्षेत्रका
सामुद ायिक एफएम रे ड ियोमा दलित महिला रे ड ियोकर्मीको अवस्था देखा उँ छ । अन्य
माध्यमको तुलनामा नेपालका एफएम रे डियोमा महिला पत्रकारको सहभागिता उत्साहजनक
छ । कुल १,१४३ जना महिला पत्रकारको सहभागिताबीच सञ्चारिका समूहले गरे को एक
सर्वेक्षण अनुसार महिला रे डियोकर्मीको संख्या झन्डै दुई तिहाई अर्थात् ६२.१ प्रतिशत छ ।
यसमा आधाभन्दा बढी हिस्सा अर्थात् ५१.८ प्रतिशत ब्राह्मण-क्षत्री समुदायका महिलाको
छ भने दलित महिलाको संख्या ७ प्रतिशत छ (सञ्चारिका समूह सन् २०१६ : १८–१९) ।
प्रस्तुत अध्ययनले देखाए झै ँ रे डियोमा दलित महिलाको सहभागिता ज्यादै न्यून छ । यो वा
अन्य कुनै अध्ययनले सामुदायिक रे डियोमा कार्यरत महिलाबारे छुट्टै तथ्यांक निकालेका
छै नन् । यद्यपि, नेपालमा सामुदायिक वा व्यावसायिक रे डियोको सञ्चालनको कार्यशैली
खासै भिन्न नभएकोले के भन्न सकिन्छ भने सामुदायिक रे डियोमा दलित रे डियोकर्मीको
प्रतिनिधित्वको अवस्था पनि समग्र रे डियोको भन्दा खासै भिन्न छै न ।
सामुदायिक रे डियो प्रसारक संघको वेबसाइटमा उल्लेख गरिएको तथ्यां क अनुसार
देशभर ३५० भन्दा बढी सामुदायिक रे डियो सञ्चालनमा छन् र सामुदायिक रे डियोको

२४१
242 | सोना खटिक

उपस्थिति ७७ ओटै जिल्लामा छ ।1 कपिलवस्तु र रुपन्देही जिल्लामा भने क्रमशः १२


ओटा र ७ ओटा सामुदायिक रे डियो छन् । यस अनुसन्धानका क्रममा २०७५ को शुरूआतमा
तथ्यांक लिँदा यी १९ ओटा सामुदायिक रे डियोमा करिब ४५ जना महिला रे डियोकर्मी
कार्यरत थिए । तीमध्ये कपिलवस्तुमा २० जना र रुपन्देहीमा २५ जना थिए । त्यस्तै, यी
दुई जिल्लामा कार्यरतमध्ये यो अध्ययन गरिरहेको समयमा म आफू सहित जम्मा चार
जना (रुपन्देहीमा एक र कपिलवस्तुमा तीन जना) रे डियोकर्मी महिला दलित समुदायका
छन् ।2 कार्यरत दलित महिला रे डियोकर्मी (दमरे ) मध्ये एक जना (उजेली विश्वकर्मा, रे डियो
मायादेवी) कार्यक्रम सञ्चालक, एक जना (कल्पना रसाइली, समानता एफएम) समाचार
वाचक, एक जना (शशि परियार, रे डियो जागरण) कार्यक्रम संयोजक र एक जना (यो
लेखक आफै , रे डियो कपिलवस्तु) स्टे सन म्यानेजर हुन् ।3
कपिलवस्तु र रुपन्देहीका सामुदायिक रे डियोमा कार्यरत (म आफू बाहेक) तीन जना
तथा पहिले काम गरे र छाडे का अरू दुई जना (शान्ता परियार, शिवराज एफएम र निशा
विश्वकर्मा, रे डियो भ्वाइस एफएम) गरी पाँच जना रे डियोकर्मीको अवस्था, अनुभव र भोगाइ
नै यो अध्ययनको मुख्य आधार हो ।4 यस बाहेक यी दुई जिल्लाका रे डियोमा कार्यरत तीन
जना स्टेसन म्यानेजर र दुई जना गैरदलित रे डियोकर्मी महिलासँग पनि कुराकानी गरी के ही
जानकारी लिइएको थियो । दमरे हरूसँग उनीहरूको रे डियो प्रवेशको पृष्ठभूमि, रे डियोमा काम
गर्दाको अवस्था तथा रे डियोले प्रदान गरे का अवसर र उनीहरूको पेशागत जीवनको समग्र

1
https://www.acorab.org.np/index.php?pagename=member&page=1; मंसिर
३, २०७६ मा हेरिएको ।
2
यो ले ख मा “रे ड ियोकर्मी” भन्नाले रे ड ियो स्टे स नमा काम गर्ने कार्यक्रम सञ्चालक,
रिपोर्टर, प्राविधिक, बजार प्रतिनिधि, समाचार वाचक, समाचार प्रमुख, कार्यक्रम प्रमुख र स्टे सन
म्यानेजरलाई बुझाउँ छ ।
3
यो म आफै ँ ले सं क लन गरे क ो तथ्यांक हो । म कपिलवस्तुमा अवस्थित सामु द ायिक
रे डियो “रे डियो कपिलवस्तु” मा स्टे सन म्यानेजरको रूपमा कार्यरत छु । यहाँ संख्यामा आफूलाई
समेत गणना गरिएको भए पनि मैले आफ्नो भोगाइ र अनुभव प्रस्तुत नगरिकन अन्य दमरे सँगका
कुराकानीबाट प्राप्त जानकारीलाई प्रस्तुत गरे को छु । यद्यपि विश्लेषणका क्रममा यस क्षेत्रमा मेरो
आफ्नै लामो अनुभ व र भोगाइले पनि कु नै न कु नै रूपमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारे क ो म
स्वीकार गर्छु । रे डियोको मेरो यात्राबारे म आफै ँ ले वा मेरोबारे अरूले लेखेका लेखका लागि
विभास (२०७५), पौडे ल (२०७५), खटिक (२०७६), के सी (सन् २०१९) र द वर्ल्ड बैंक (सन्
२०१८) हेर्न सक्नुहुनेछ ।
4
रे डियो छोडे को बेलामा शान्ता परियार कार्यक्रम सञ्चालक (दश वर्षदेखि) थिइन् भने निशा
विश्वकर्मा स्टे सन म्यानेजर (४ महिनादेखि) थिइन् ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 243

यात्रामा भोगेका चुनौतीबारे जानकारी लिन भदौ–चैत २०७५ सम्मका विभिन्न मितिमा
पटक-पटक विस्तृत कुराकानी गरिएको थियो । त्यस्तै, रे डियोको समग्र व्यवस्थापनको
नेतृत्व गर्ने स्टेसन म्यानेजरसँग रे डियोको कर्मचारी छनोट, जिम्मेवारी बाँडफाँट तथा अन्य
सेवा सुविधा तथा क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने नीति र अभ्यासबारे पनि के ही
कुराकानी गरिएको थियो । गैरदलित रे डियोकर्मी महिलासँग भने दमरे हरूको अवस्थासँग
उनीहरूको अवस्था तुलना गर्दा के कस्तो भिन्नता देख्न सकिन्छ भनेर जान्नका लागि
वार्ता गरिएको थियो ।
सामुदायिक रे डियोमा कार्यरत दमरे हरूको अध्ययनबाट उनीहरूको सामाजिक अवस्था र
चेतनाका कारणले रे डियो प्रवेश सहज नभए पनि रे डियोमा प्रवेशपछि कार्यक्रम सञ्चालकका
रूपमा तिनको सामाजिक प्रतिष्ठा बढेको अर्थात् समाजले उनीहरूलाई हेर्ने नजर बदलिएको
देखिन्छ । तर सामुदायिक रे डियोभित्रै भने उनीहरूले कथित उच्च जातका अन्य सहकर्मीले
भन्दा बढी मेहेनत गर्दा वा क्षमता प्रदर्शन गर्दा पनि समान रूपले वृत्ति विकासको अवसर
नपाएको तीतो अनुभव सँ गाले क ा छन् । अन्य जागिरको तुलनामा रे ड ियोलाई कर्मक्षेत्र
बनाउँ दा आर्थिक रूपले आत्मनिर्भर हुन नसके तापनि एक दिन रे डियोलाई माध्यम बनाएर
आफू र आफ्नो समुदायले सामाजिक रूपमा भोगेका विभेद र अपहेलना विरुद्ध आवाज
उठाउने तथा आफ्नो समुदायलाई जागरुक पार्न सकिने आशाले रे डियो प्रतिको आकर्षण
कायम रहेको तथ्य यस लेखले उजागर गरे को छ । एकाध अपवाद बाहेक रे डियोमा काम
गर्दा बोल्ने सीप, क्षमता र आत्मविश्वास बढे पनि त्यसमा अत्यधिक समय दिनुपर्दा आफ्नो
शैक्षिक योग्यता बढाउने वातावरण पनि नमिलेको गुनासो दमरे हरूले गरे का छन् ।
यो लेखमा परिचय र निष्कर्ष बाहेक तीन खण्ड छन् । पहिलो खण्डमा दमरे हरूको
सामाजिक-आर्थिक पृष्ठभूमिबारे चर्चा छ । दोस्रो खण्डमा उनीहरूलाई रे डियोमा प्रवेश गर्न
उत्प्रेरणा जगाउने तत्त्व तथा प्रवेशको पृष्ठभूमिबारे जानकारी छ । र, तेस्रो खण्डमा रे डियोमा
प्रवेश गरिसके पछिको अवस्था र त्यहाँ काम गर्ने वातावरणबारे चर्चा गरिएको छ । खास
गरी रे डियोमा दमरे हरूले के कस्तो भूमिकामा काम गरे , उनीहरूलाई सहकर्मी र रे डियोको
व्यवस्थापनले कसरी हे¥ यो र आर्थिक रूपमा उनीहरूले रे डियोमा काम गरे र के हासिल
गर्न सके वा सके नन् भन्ने सन्दर्भ यस खण्डमा उठाइएको छ ।

सामाजिक-आर्थिक पष्ठृ भूमि


यो अध्ययनमा समावेश भएका दमरे हरूका परिवारमध्ये, परियारको लुगा सिउने, विश्वकर्मा
र रसाइलीको फलामको काम गर्ने तथा खटिकको पेशा बंगुर पाल्ने र मासु बेच्ने पुर्ख्यौली
पेशा हो । तर अहिले दलित समुदायका मानिस यस्तो पुराना पेशामा कमै संलग्न छन् । यिनै
पेशा अँगालिरहेकाहरूको पनि यस्तो परम्परागत पेशाले परिवार धानेको छै न । दमरे हरूका
244 | सोना खटिक

परिवार मूलतः विपन्न नै छन् । अहिले कसैको परिवार लेखापढी र राजनीतिमा त कसैको
परिवार खेतीबारी र वैदेशिक रोजगारमा लागेका छन् । उनीहरूका छोराछोरीको पनि पेशा
बदलिइसके को छ । यही क्रममा उनीहरू रे डियोमा काम गर्न आइपुगेका हुन् ।
दलित महिला रे डियोकर्मी शान्ता परियारको परिवारको मुख्य पेशा घरमै कपडा सिउने
हो । उनीहरूको थोरै खेतीपाती भए पनि त्यसले खासै आर्थिक भरथेग गर्दैनथ्यो । परिवारमा
बुबा एकजना बाहेक कमाउन सक्ने कोही थिएनन् । कपडा सिलाए बापत मासिक रूपमा
पाइने चार-पाँच हजार रुपैयाँले घर खर्च धान्न धौ-धौ पर्थ्यो । त्यसमा पनि शान्ताका दाजु
छिट्टै बिहे गर्दै आमाबुबाबाट छुट्टिएर बसे । कान्छो दाजु जन्मै अपांग । शान्ताकी दिदी
पनि बिरामी हुँदा आर्थिक संकट भयो । घरमा यस्तो संकट भए पनि शान्ताका बुबाआमाले
उनलाई पढाए । त्यस्तो अवस्थामा पनि पढाइएकोले शान्तालाई अब लेखपढसँगै के ही
गर्नुपर्छ र घरमा बुबालाई आर्थिक भरथेग दिनुपर्छ भन्ने मनमा लागेको थियो । त्यसै क्रममा
उनी फागुन २०६४ मा रे डियोमा प्रवेश गरे की हुन् ।
फागुन २०६४ देखि नै रे डियोमा काम गर्न थालेकी शशि परियारका बुबा बितेपछि
लुगा सिलाउने पुर्ख्यौली पेशा बुबासँगै गयो । बुबाको शेषपछि खेतीकिसानीले जेनतेन
धानिएको परिवारमा दाइले बहिनीलाई भरथेग गरे । बुबा बितेपछि आर्थिक स्रोत जुटाउने
उनैमात्र थिए । बहिनीलाई पनि के ही काम गराएमा परिवार चलाउन सजिलो होला कि
भन्ने उनको इरादा थियो । यही पारिवारिक परिवेशमा उनी दमरे भएकी हुन् ।
अर्की दमरे हु न् कल्पना रसाइली । उनी २०७३ सालदे ख ि रे ड ियोमा काम गर्दै
आइरहेकी छन् । उनका बुबा वैदेशिक रोजगारका सिलसिलामा कतारमा करिब दश वर्ष
बसेर २०७४ सालमा घर फर्कि ए । उतैको कमाइले उनका बुबाले पूर्व-पश्चिम लोकमार्गमा
पर्ने चन्द्रौटा बजारमा ग्रिलको पसल चलाउँ दै आएका छन् । उनका बुबाआमा साक्षर छन् ।
बिहे भइसके की दिदीले बी.एड. पढेकी छिन् भने उनी १२ कक्षा अध्ययनरत छिन् । अर्की
दमरे निशा विश्वकर्माको परिवारमा दुई छोराछोरी, श्रीमान् र आफू गरी चार जना छन् ।
श्रीमान् सामाजिक संघसंस्थामा काम गर्दागर्दै अहिले शिवराज नगरपालिकामा मनोनीत
नगर कार्यपालिकाका सदस्य भएका छन् भने उनीहरूका छोराछोरी सानै छन् । उनी २०६०
जेठदेखि २०७० असारसम्म रे डियोमा संलग्न रहिन् ।
अर्की दमरे उजेली विश्वकर्मा भने तुलनात्मक रूपमा हुनेखाने परिवारमा जन्मिएकी
हुन् । जमिनदारको परिवारमा जन्मिए तापनि उनको परिवार पनि सामाजिक विभेदबाट
मुक्त थिएन । आर्थिक रूपमा कमजोर अन्य दमरे का परिवारका सदस्य गैरदलितका घरमा
खेताला, हरुवा, चरुवाका रूपमा बस्ने भएकाले उनीहरूमाथि चरम विभेद हुन्थ्यो । तर
आर्थिक रूपमा हुनेखाने उजेलीको परिवारले पनि सामाजिक विभेद भोग्दै आएको थियो ।
कुराकानीको क्रममा उजेली विश्वकर्माले १५ वर्षअघि भएको विभेदको घटना सुनाइन् ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 245

गैरदलितहरू उनीहरूको घरमा खेताला र हलीको रूपमा काम गर्थे । खेताला र हलीको
पारिश्रमिकका रूपमा पैसा, धान, चामल र गहुँ दिने गरिन्थ्यो । उनीहरूले ती चिज सहजै
स्वीकार गर्दथे तर उजेलीको परिवारले छोएको पानी वा पकाएको खानेकुरा भने तिनले
स्वीकार्दैनथे । उनीहरू उजेलीको खेतमा काम गर्न आउँ दा आफ्नै भाँडामा खाना र पानी
बोके र आउँ थे । उनको घरमा पनि पस्दैनथे । उनले एक दिनको घटना पनि सुनाइन् ः

एक दिन खेतमा गएका बेला हलियाहरूले ल्याएको भाँडाको पानी मैले अञ्जानवश
आफै झिके र खाएँ । त्यो देखेपछि उनीहरूको शरीरमा रगत उम्लियो । ‘हाम्रो पानी
आफै झिके र खाइदिने ?’ भन्दै त्यही ँ गालीगलौज गर्दै हप्काउन थाले । खेतमै
भनाभन भयो । अन्तमा म पनि रिसको झोकमा उभाएको जगको पानी तिनीहरूकै
मुखमा छ्यापेर घर आएँ । त्यसपछि त के चाहियो र ! सबै मजदरु एकजुट भएर
हामीलाई कसरी अपमानित गर्ने र बदला लिने भनेर लागिपरे । सोही दिन साँझमा
घरमा हलिया, मजदुर, गाउँ का के ही अन्य गैरदलित र मेरो बुबा तथा परिवारबीच
बैठक बस्यो । बैठकमा मैले गरे को व्यवहारका लागि बुबालाई सार्वजनिक रूपमा
माफी मगाइयो । अर्को दिनदेखि नै ती कामदार र हलियाहरूले हाम्रो खेतमा काम
गर्न छाडे र खेत बाँझै रह्यो ।

उजेलीको विवाह भएको घरको पनि आर्थिक अवस्था राम्रै छ । घरका सदस्यहरू कृ षि
तथा व्यापार व्यवसायमा आबद्ध छन् । पारिवारिक आर्थिक अवस्था राम्रो रहेका कारण
उजेलीलाई परिवार पाल्न आफै ँ ले कमाउनुपर्ने बाध्यता छै न ।
उजे ल ी बाहेक अन्य दमरे क ो पारिवारिक/आर्थि क अवस्था कमजोर नै देख िन्छ ।
यसबाट स्पष्ट हुन्छ—यी रे डियोकर्मीको परिवार सानोतिनो रोजगार वा पेशा व्यवसाय र
ज्याला मजदुरी गरे र जीवन निर्वाह गर्दै आइरहेका छन् । यस अध्ययनको क्रममा कु रा
गरिएका दमरे हरूमध्ये एक जनाको परिवार मात्रै स्थानीय तहमा जनप्रतिनिधि रहेका छन्
भने अन्यको परिवारले कुनै सरकारी पद प्राप्त गरे को छै न । ती एक जना पनि अहिलेको
संवैधानिक व्यवस्था अनुसार स्थानीय तह समावेशी हुनुपर्ने हुनाले मात्रै मनोनीत भएका
हुन् भन्नेमा शंका छै न ।

रेडियोमा प्रवेशको कारण र पष्ठृ भूमि


जो कोहीले पनि शिक्षालाई आफ्नो भविष्यको पेशा वा व्यवसायसँग जोडे र हेर्ने गर्छन् ।
हाम्रो समाजमा कमाउने पेशा र बाँच्ने लक्ष्यलाई एकसाथ जोडे र हेर्नेहरू भने निकै कम
छन् । आर्थि क रूपमा सम्पन्नहरू पहिले निश्चित शै क्षि क योग्यता पू र ा गरी पे श ा वा
246 | सोना खटिक

व्यवसायमा प्रवेश गर्छन् । आर्थिक रूपले आफ्नो वा परिवारको खर्च धान्न कुनै न कुनै
काम गर्नुपर्ने बाध्यतामा पर्नेहरू कि काम गर्दै पढाइलाई निरन्तरता दिन्छन् कि भने पढाइ
छाडे र कमाउनतिर लाग्छन् । जातीय विभेद, छुवाछूत र कुरीतिले पिरोलिएका दमरे हरू
जागिर खाने उद्देश्यले मात्रै नभई विभेद विरुद्धको आवाज उठाउन पाउने लालसामा पनि
रे डियोमा प्रवेश गरे का छन् । काम गरी साँझ बिहानको छाक टार्नु त छँ दैछ, रे डियोमै काम
गर्न पाइयो भने आफू र आफ्नो समुदायले भोगेका सामाजिक विभेद र छुवाछूत विरुद्ध पनि
आवाज उठाउन पाइन्छ भनेर आफू रे डियोप्रति आकर्षित भएको के हीले बताएका छन् ।
अध्ययनमा समेटिएका सबै पाँच जना उत्तरदाताले कक्षा ११ वा १२ पढ्दै रे डियोमा
प्रवेश गरे का हुन् । तीमध्ये दुई जनाले सामाजिक विभेद विरुद्धको आवाज उठाउन रे डियोमा
लागेको बताए । उनीहरूका अनुसार अर्थोपार्जनका अरू पनि विकल्प हुनसक्थ्यो होला तर
रे डियो नै रोज्नुको कारण भने आफ्नो आवाज अभिव्यक्त गर्न र जनचेतना जगाउनमा यसको
प्रभावकारिता देखेरै हो । अझ सामुदायिक रे डियो त आवाज विहीनहरूको आवाजलाई
ठाउँ दिने माध्यम हो भन्ने उनीहरूले सुने क ा थिए । बाँ क ी तीन जनाले भने आफ्नो र
परिवारका आर्थिक आवश्यकतालाई पूर्ति गर्दै पढाइलाई पनि अगाडि बढाउन रे डियोमा
काम गर्न शुरू गरे को बताए ।
उजेली विश्वकर्मालाई उनको बुबाले शिक्षक बनाउने ठूलो सपना देखेका थिए । छोरी
दश कक्षा पास भई कक्षा ११ मा पढ्न थाल्दा उनले एउटा विद्यालयमा समेत जागिरका
लागि कुराकानी मिलाइसके का थिए । बिहानको कक्षा लिएर दिनभर फुर्सद हुने उजेली
फुर्सद हुँदा घरमै रे डियो सुनेर बस्थिन् । जति जति रे डियो कार्यक्रम सुन्यो उति उति आफू
पनि रे डियोमा काम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले उनलाई सताउँ थ्यो । रे डियोमा कसैले
अन्तर्वार्ता गरिरहेको उनलाई एकदमै मन पर्थ्यो र आफू पनि कहिले यस्तो बन्न सक्ने
होला भनेर मनमा कुरा खेलाउँ थिन । त्यसैले उनले शिक्षकमा जागिर खाने बुबाको प्रस्ताव
अस्वीकार गरिन् । र, आफूले भोगेको जातीय विभेदको कुरा उठाउन शिक्षक होइन पत्रकार
बन्ने लक्ष्य लिएर रे डियोमा काम गर्ने सोच बनाइन् । आफूले गैरदलितको पानी छोइदिएकै
निहुँमा अपमानित हुनुपरे को र बुबाले सार्वजनिक रूपमा माफी माग्नुपरे को पीडा उनको मनमा
खिल बनेर गढेको थियो । यसका अलावा आफ्ना सहपाठीको उत्प्रेरणाले पनि रे डियोमा
प्रवेश गर्न उनलाई हौस्याएको थियो । कक्षा ११ मा पढ्ने एक जना गैरदलित सहपाठी
गोविन्द बरालले रे डियोमा काम गर्न उनलाई हौसला दिएका थिए । त्यसको कारण भने
उजेलीको आवाज थियो । रे डियो कार्यक्रममा बज्ने अरूको जस्तै उनको आवाजमा पनि
मिठास र आत्मविश्वास थियो । त्यसैले उनका साथीले “तिमी रे डियोमा बोल्न सक्छौ,
रे डियोमा तालिम खुल्ने वित्तिकै प्रशिक्षण लेऊ” भने । साथै, दलित समुदायको आवाज
उठाउन उजेलीजस्तै मान्छे रे डियोमा जानुपर्छ भनेर प्रेरित गरिरहे ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 247

आफ्नै अठोट र साथीको हौसलाले उजेली २०६६ सालमा नेपाल पत्रकार महासंघ,
नवलपरासी र श्रुतिसं घ विद्यालयको संयुक्त आयोजनामा सोही विद्यालयमा आयोजना
गरिएको उद‌घ् ोषण तालिम लिन पुगिन् । सो तालिममा सामुदायिक रे डियो परासीका स्टे सन
म्याने ज रलाई पनि प्रशिक्षकका रूपमा निम्त्याइएको थियो । उक्त तालिममा उजे ल ीको
क्षमता पहिचान गरी उनैले आफ्नो स्टे सनमा काम गर्न छनोट गरे का थिए । बुबाको इच्छा
विपरीत कदम चाले कीले तालिमका लागि आवश्यक रकम बुबासँग माग्ने आँट उनले
गरिनन् । त्यसको जोहो पनि साथीले नै गरिदिए । तालिम पश्चात् सांगीतिक यात्रा नामक
कार्यक्रम के ही समय (३ अंक) चलाएपछि उनलाई शिक्षा मूलक कार्यक्रम दलित जागरण
सञ्चालनको जिम्मा दिइयो । सां ग ीतिक कार्यक्रममा गीत बजाउँ दै बीच-बीचमा थोरै
बोल्नुपर्दथ्यो भने दलित जागरण कार्यक्रममा दलितका विभिन्न मुद्दामाथि सूचना, विचार,
अनुभव तथा अन्तर्वार्ता समेट्नु पर्दथ्यो । उनले रे डियोमा बोल्न थालेपछि भने उनका बुबा
निकै खुसी भएका थिए ।
शशि परियार आफ्नो परिवारको आर्थिक आवश्यकता पूरा हुने आशाले रे डियोमा प्रवेश
गरे की हुन् । पाल्पाकाे बासिन्दा रहेका दलित अगुवा एवं पत्रकार सुभाष दर्नालको प्रगति
देखेर शशिकी आमाले छोरीलाई पनि सुभाषजस्तै बनाउन खोजेकी थिइन् । युवावस्थामै
देहान्त भएका सुभाष नाताले शशिका काका पर्थे । एक हिउँ दमा शशिकी आमाले सुभाषलाई
भनिन्, “हाम्री शशिलाई पनि रे डियोमा काम लगाइदिनुप¥यो ।” त्यसको करिब ५ महिनापछि
सुभाष दर्नालले नेतृत्व गरे को जागरण मिडिया सेन्टरद्वारा रुपन्देहीको बुटवलमा सञ्चालित
रे डियो जागरणले दश दिने तालिम आयोजना गरे को थियो । उक्त तालिममा आधारभूत
पत्रकारिताको जानकारी तथा रे डियोमा कार्यक्रम सञ्चालन गर्ने र समाचार लेख्ने तथा
बोल्ने तरिका सिकाइएको थियो । रे डियोमा दलितको उपस्थिति एवं विषयवस्तु बढाउने
उद्देश्यले खुलेको सो रे डियोले सहभागीहरूलाई निःशुल्क तालिम दिएको थियो । तालिम
पश्चात् छानिएका सहभागीलाई सोही रे डियोमा काम गर्ने अवसर पनि दिइएको थियो ।
तालिम सके पछि शशिले रे डियो जागरणमै काम गर्ने मौका पाइन् । शशि एक दशकदेखि
रुपन्देहीको रे डियो जागरणमा निरन्तर काम गरिरहेकी छन् ।
शशिले आफ्नी साथी शान्ता परियारलाई पनि तालिमबारे जानकारी गराएर तालिममा
सहभागी हुन उक्साइन् । शान्ता खासमा नर्स बन्न चाहन्थिन् । तर घरको आर्थिक दरु अवस्थाले
उनको सपना पूरा हुने सम्भावना थिएन । आफ्नो पढाइ खर्च जोहो गर्न र परिवारलाई पनि
के ही आर्थिक सहयोग गर्न सकिन्छ कि भन्ने आशा शान्तामा थियो । उनले पनि तालिम
सकिएपछि रे डियो जागरणमा शशिसँगै काम गरिन् ।
त्यस्तै, अन्य दुई जना दमरे ह रू से य र लगानी मार्फत रे ड ियोमा प्रवे श गरे क ा हु न् ।
सहकारी स्थापना गरे र त्यस मार्फत खोलिएका सामुद ायिक रे ड ियोमा से य र सदस्यहरू
248 | सोना खटिक

रे डियोका सदस्य हुने गर्छन् । कल्पना रसाइलीकी दिदीले पनि सेयर राखेकी थिइन् । लामो
समयदेखि पत्रकारितामै लागेका पत्रकार चिन्ता परियारसँग कल्पनाकी दिदीको पहिलेदेखि
चिनजान थियो । रे डियो सञ्चालनको लागि सेयर लगानी गर्न चिन्ता परियारले अनुरोध
गरे पछि कल्पनाकी दिदीले कपिलवस्तुको रे डियो शिवराज एफएममा लगानी गरिन् । दिदीले
सेयर लगानी गरे पछि कल्पनाले सोही रे डियोमा काम पाएकी हुन् ।
अर्की रे ड ियोकर्मी निशा विश्वकर्माको कथा भने अलि फरक छ । निशाको माइती
पोखरा हो । पोखरामा छँ दै साथी मार्फत एउटा पत्रिकाको सम्पादक तथा रिपोर्टरसँग उनको
भेटघाट भयो । उनले शुरूमा उक्त पत्रिकामा टाइपिस्टको काम गरिन् । पछि पोखराकै
रे ड ियो अन्नपूर्णले कार्यक्रम सञ्चालकको आवश्यकता सम्बन्धी विज्ञापन निकाल्यो ।
उनले आवेदन दिइन् र लिखित तथा मौखिक परीक्षा पास गरिन् । उनले २०६१ सालमा
कार्यक्रम सञ्चालकको रूपमा नियुक्ति पाइन् । उनले रे डियोमा कार्यक्रम सञ्चालनका साथै
विज्ञापनमा बोल्ने, घण्टा-घण्टामा समाचार पढ्ने काम पनि गरिन् ।
निशाले रे डियो अन्नपूर्णमा तीन वर्ष काम गरिन् । त्यसैबीच २०६३ सालमा बिवाह
भएर उनी कपिलवस्तुमा आइन् । विवाहपछि पनि रे डियोमा काम गर्ने उनको धोको बाँकी
नै थियो । त्यस बेला कपिलवस्तुमा कुनै रे डियो स्टे सन नभएकोले घरबाट ७० किलोमिटर
टाढाको रे डियो लुम्बिनी (रुपन्देही) मा साप्ताहिक कार्यक्रम सञ्चालकको रूपमा एक वर्ष
काम गरिन् । उनले २०६६ सालमा संघसंस्थासँग समन्वय गरे र आफ्नै पहलमा कार्यक्रम
बनाउने र बजाउने सम्झौता गरिन् । यसरी नै कपिलवस्तुको दोस्रो सामुद ायिक रे ड ियो
बुद्ध आवाजमा एक वर्षसम्म कार्यक्रम चलाइन् । एक वर्षपछि उनले उक्त रे डियोमा काम
गर्न छाडे र २०६९ सालमा आफ्नै पहलमा रे डियो भ्वाइस स्थापना गरिन् । त्यस क्रममा
उनले सो रे डियो स्थापनाका लागि आर्थिक स्रोत जुटाउने, सञ्चार मन्त्रालयबाट रे डियो
सञ्चालनका लागि इजाजत लिने काममा अगुवाइ गरिन् ।
दमरे हरूमा प्रायःजसो कोही रहरले या कोही बाध्यता वा अरूको प्रेरणाले रे डियोमा काम
गर्न पुगेका छन् । कसैले त्यसैलाई पेशा बनाएर लगानी समेत गरे का छन् । रे डियोमा काम
गर्दै जाने क्रममा उनीहरूले पत्रकारितासँग सम्बन्धित विभिन्न तालिम गोष्ठी र सेमिनारमा
अवसर पाएसम्म सहभागी हुँदै पत्रकारिताको सीप र क्षमतामा वृद्धि गर्दै गएको पाइन्छ ।
आफ्नो जिल्लामा पत्रकारिता विषयसँग सम्बन्धित उच्च तहको औपचारिक पढाइ नभएका
कारण इच्छा भएर पनि उनीहरूले त्यस अनुसारको शैक्षिक योग्यता हासिल गर्न पाएका
छै नन् । के हीले सामान्य उद्घोषण वा आधारभूत पत्रकारिता सम्बन्धी छोटा तालिम लिए
पनि स्तरीय तालिमको अवसर नपाउँ दा उनीहरूले मुख्य जिम्मेवारी पाउन सके का छै नन् ।
कपिलवस्तुमा पत्रकारिता पढाउने कलेज छै न । रुपन्देहीको बुटवलमा भने उच्च माध्यमिक
तहमा (कक्षा ११–१२) पत्रकारिता पढ्न पाइन्छ तर बुटवल बाहिरबाट आउनेका लागि त्यो
दलित महिला रे डियोकर्मीका चनु ौती | 249

सहज विकल्प भएन । उसै आर्थिक रूपमा कमजोर दलित परिवारले आफ्ना छोरीहरूलाई
बुटवलमा डे रा लिएर पत्रकारिता पढाउने सामर्थ्य राख्दैनन् । यसले गर्दा पत्रकारिता सम्बन्धी
ज्ञान नै हासिल गरे र यस क्षेत्रमा लाग्ने सम्भावनालाई घटाएको छ ।

रेडियोमा काम गर्दाको अवस्था


दमरे हरू रे डियोमा प्रवेश गर्नुको पछाडि रहेको आकर्षण कि त दाम हो कि नाम हो भन्ने
प्रसंगबारे माथि नै चर्चा भइसक्यो । आफ्नो दैनिक आवश्यकता पूरा गर्न चाहिने आर्थिक
स्रोतको जोहो गर्न के हीले रे डियो रोजे । उनीहरूलाई उनका अभिभावकले वा उनीहरूले
तिनका अभिभावकलाई त्यसरी नै मनाए । त्यस्तै, के हीको सन्दर्भमा रे डियोको शक्ति प्रयोग
गरी समाजमा जातीय विभेद र छुवाछूत विरुद्ध चेतना जगाउने प्रमुख उद्देश्य रह्यो । यस
खण्डले रे डियोमा काम गरे र सामान्य गुजारा गर्ने अवस्था पनि नहुँदा दमरे हरूमा निराशा
बढेको चित्र देखाउँ छ । त्यस्तै, रे डियोमा उपयुक्त जिम्मेवारी र वातावरण नपाउँ दा सामाजिक
परिवर्तनका लागि आफूले सोचेजस्तो योगदान गर्न नसके को दमरे हरूले अनुभव गरिरहेको
बारे पनि यहाँ चर्चा गरिएको छ ।

नफे रिएको आर्थिक स्थिति


“पहिले सिक्नुपर्छ” भन्दै रे डियोहरूमा शुरूमा छ महिनादेखि वर्ष दिनसम्म स्वयंसेवकका
रूपमा काम लगाइन्छ । यस अध्ययनमा समेटिएका प्रायः सबैले स्वयंसेवीका रूपमा निश्चित
समय बिताएपछि मात्र न्यून पारिश्रमिकमा काम गर्न पाएका थिए । स्वयंसेवाको अवधि
पार गरे पछि सामान्यतया प्रति कार्यक्रमको एक सयदेखि २५० रुपैयाँसम्म पारिश्रमिक वा
मासिक २ हजार तलब सहित काम दिइन्छ । उजेली विश्वकर्माले रे डियो परासीमा करिब
एक वर्षसम्म स्वयंसेवक भएर काम गरिन् । शशि परियारले स्वयंसेवकका रूपमा छ महिना
बिताएपछि तलबमा काम गर्न पाइन् । त्यस्तै, निशा विश्वकर्माको पनि रे डियोमा कामको
शुरूआत स्वंसेवककै रूपमा भएको हो । कपिलवस्तुको रे डियोमा आएर काम गर्दा उनी
विभिन्न संघसंस्थासँग समन्वय गरे र प्रायोजित कार्यक्रम रे डियोमा जुटाउँ थिन् । त्यसको
के ही प्रतिशत उनलाई पारिश्रमिक बापत प्रायोजन गर्ने सं स ्थाले नै दिन्थ्यो । रे ड ियोले
उनलाई प्राविधिक सहयोग मात्र उपलब्ध गराउँ थ्यो । उजेलीले एक वर्षसम्म १० देखि ५
बजेसम्म स्वयंसेवक भएर काम गरे पछि मासिक रु. दुई हजारका दरले तलबी कर्मचारीको
रूपमा काम गर्न पाएकी हुन् । करिब दश वर्ष काम गरे पछि बल्ल उनको तलब अहिले
मासिक रु. दश हजार पुगेको छ । र, कुराकानी गरिएका कुनै दमरे हरूले पनि योभन्दा बढी
पारिश्रमिक हात पार्न सके का छै नन् ।
250 | सोना खटिक

एक जना दमरे रे डियोमा काम गरे को करिब एक दशकपछि अहिले आर्थिक अभावकै
कारण घरकै खेतीपातीमा लागिन् । उनी भन्छिन्, “१५ हजार रुपैयाँ कसले देला अनि
सामान्य गुजारा चल्ला भन्ने आशामा कति कहिले यो वा कहिले त्यो रे डियो स्टे सनमा
काम गरिरहने, अब त पुग्यो ।” उनले एक दशकको मेहनत र समय आर्थिक हिसाबले
बालुवामा पानी खन्याएजस्तो महसुस गरे की छन् । समग्रमा भन्दा घरपरिवारलाई आर्थिक
रूपमा के ही भरथेग गर्न सकिन्छ कि भनेर आएका दमरे हरूलाई यो कमाइले कुनै भर दिएको
छै न । त्यसैले उनीहरूलाई रे डियो छोड्न घरपरिवारबाट तीब्र दबाब हुन्छ ।

तालिम र वत्ति
ृ विकास
रे डियोमा प्रवेश गर्दा आफूले पाउने जिम्मेवारी अनुसार आधारभूत तालिम लिएर मात्र
पुग्दैन । सोही क्षेत्रमा आफ्नो भविष्य सुरक्षित बनाउन र पेशागत रूपमा प्रगति गर्न बेला
बेलामा साना ठूला पुनर्ताजगी तथा “एड्भान्स्ड” तालिम आवश्यक पर्छ । रे डियोमा मात्र
होइन समग्र नेपाली पत्रकारिता क्षेत्रमा सञ्चारकर्मीलाई कस्तो तालिमको आवश्यकता पर्छ
भनेर पहिचान गर्ने र उपयुक्त व्यक्तिलाई उपयुक्त तालिमको अवसर दिने बलियो अभ्यास
छै न । पहुँचका भरमा सञ्चार गृहका सीमित व्यक्ति नै पटक-पटक एकै किसिमको तालिममा
सहभागी हुँदा पहुँच नहुनेले आवश्यक तालिमको अवसर पाउँ दैन ।5 यस्तो परिस्थितिमा
दलित महिला रे डियोकर्मीको लागि तालिमका अवसर तुलनात्मक रूपले झन् कम नै आउँ छ ।
शान्ताले रे डियोमा पाँच वर्षसम्म काम गरिन् तर त्यो अवधिमा उनले जम्मा दुई पटक
मात्र तालिमको अवसर पाइन् । त्यो पनि रे डियोले उनको आवश्यकताका आधारमा छनोट
गरे को नभई बाध्यतावश । एउटा संस्थाले काठमाडौमँ ा आयोजना गरे को संस्कृति संरक्षणबारे
रिपोर्टि ङ सम्बन्धी र अर्को रे ड ियोमा दलितको आवाज कसरी उठाउन सकिन्छ भन्ने
विषयको तालिममा दलित महिलालाई नै पठाउन भनेपछि बाध्यताले उनलाई पठाइएको
हो । अझ समाचार शाखाको जिम्मेवारी सम्हाल्ने व्यक्ति त त्यसरी बोलाइँदा पनि जान
पाउँ दैन । “तिमी गए तिम्रो सट्टामा कसले समाचार पढ्छ ?” भन्दै अरूलाई नै तालिममा
पठाइन्छ । तालिममा पठाउने कुनै निश्चित प्रक्रिया नै हुँदैन । कसलाई कति पटक कहाँ
पठाउने भन्ने कुरा स्टेसन मेनेजरको तजबिजमा भरपर्छ । त्यस्तोमा प्रायःजसो आफन्त पर्ने
वा आफूले भनेको मान्नेलाई छानिन्छ ।
त्यसैले, दमरे हरूले वृत्ति विकासको अवसर वा शैक्षिक योग्यता बढाउने मौका पनि
पाउन सके का छै नन् । उनीहरूको इच्छा अनुसारको जिम्मेवारी र अवसर प्रदान गर्ने वा
बढुवा गर्ने सम्बन्धमा रे डियोमा कुनै निश्चित मापदण्ड हुँदैन । त्यसैले उनीहरूले रे डियोमा
5
ने पाली मिडियामा तालिमको अभ्यास सम्बन्धी विविध पाटोबारे विस्तृत जानकारीका
लागि हेर्नुहोस्, हुमागाई ं र अरू (२०६७) ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 251

खासै महत्त्वपूर्ण पद र भूमिका पाएका हुँदैनन् । प्रायःजसो दमरे हरू सांगीतिक कार्यक्रमबाट
रे ड ियोमा प्रवे श गर्छन् । त्यसमा पनि उनीहरूलाई फोन इन कार्यक्रममा बढी अवसर
दिइन्छ । यस्ता कार्यक्रममा गर्ने भने कै फोनमा स्रोतासँग उनीहरूका हालखबर, पेश ा र
रुचि सोध्ने, श्रोताले इच्छा गरे अनुसारका गीत सुनाउने र त्यसै आधारमा रे डियो स्टे सनको
लोकप्रियता बढाउने हो । त्यस्ता कामबाट पत्रकारितासँग सम्बन्धित खासै कुनै विषयगत
ज्ञान हुँदैन न त पत्रकारिता सम्बन्धी सीपको वृद्धि हुन्छ । साथै, त्यस्ता कार्यक्रममा आफ्नो
क्षमता देखाउने खासै ठाउँ हुँदैन जसले गर्दा पदोन्नतिको अवसर पनि पाइँदैन । स्टे सनमै
मात्र खुम्चि नु पर्ने काममा व्यस्त हुँद ा जति लामो समयसम्म काम गरे क ो अनुभ व भए
पनि रे डियोका व्यवस्थापकले फिल्डमा गएर काम गर्न सक्ने मामिलामा हतपती विश्वास
गर्दैनन् । अर्कोतिर स्टे सनसँग गाडीको व्यवस्था पनि नहुँदा र दमरे हरूसँग आफ्नो स्कुटर
वा छरिता सवारी साधन नहुँदा फिल्डमा जान आउन समस्या छ । घरपरिवार वा समाजले
पनि महिला भएर फिल्डमा हिँडेको त्यति निको मान्दैनन् । जागिर खाने भनेको १० देखि
५ बजेसम्म कार्यालयमा बस्ने हो, हिँडडुल गर्ने होइन भन्ने आम सोचाइ छ, विशेष गरी
शिक्षा र चेतनास्तर कमजोर रहेका तराईका जिल्लामा ।
सरकारी सञ्चार माध्यमको नियम अनुसार पदोन्नतिका लागि महिलालाई कम्तीमा
दुई वर्ष र पुरुषलाई कम्तीमा तीन वर्ष सो पदमा काम गरे को हुनुपर्ने व्यवस्था छ । तर
सामुदायिक रे डियोमा त्यस्तो कुनै व्यवस्था छै न । महिला पत्रकारको पदोन्नति हुन निकै
लामो समय लाग्ने गरे को छ (सञ्चारिका समूह सन् २०१६) । यस अध्ययनका लागि
कुराकानी गरिएकामध्ये दईु जना दलित महिला रे डियोकर्मीले पाँचदेखि सात वर्षसम्म एक
पटक पनि पदोन्नति नभएको बताएका छन् । तीन जनाले आफूले काम गरे को अवधिमा
पदोन्नति भएको बताए पनि त्यस पदमा जाने अरू कोही नभएपछि र रे डियो नै छाडे र
जालान् कि भन्ने डरले मात्र पदोन्नति भएको हो । शान्ता र उजेलीले एउटै रे डियोमा पाँच
वर्ष कार्यक्रम सञ्चालक भएरै काम गरे । काम भने सबै गर्नुपर्ने तर पदचाहिँ कार्यक्रम
सञ्चालकको मात्रै रह्यो । उजेली भन्छिन्, “मेरै अगाडि ११ कक्षामा पढ्दै गरे की गैरदलित
महिला रे डियोकी कार्यक्रम प्रमुख बनिन्, तर १२ कक्षा पढेकी, दश वर्ष पत्रकारिता गरे की
र उक्त रे डियोमै पाँच वर्षसम्म काम गरे की भए पनि मलाई त्यो मौका आएन ।” योग्यता
र अनुभव अनुसार उजेली सहायक स्टे सन म्यानेजर बन्नुपर्ने थियो ।
अर्की दमरे शशि परियारले पनि पाँच वर्षसम्म कार्यक्रम सञ्चालक भएर काम गरिन् ।
पाँच वर्षपछि प्राविधिकको काम पनि गर्ने गरी प्राविधिक प्रमुख भनेर उनलाई अर्कै तिरको
जिम्मेवारी थपियो । रे डियोमा काम गरे को दश वर्षको अवधिमा शान्ता परियारको एक
पटक पनि बढुवा भएन । उनले सधै ँ कार्यक्रम सञ्चालक मात्र भएर काम गरिन् । सधै ँ
एउटै पदमा बसिरहनु परे पछि पारिश्रमिक बढ्ने कुरै भएन ।
252 | सोना खटिक

अरू कहाँ पदोन्नति वा अन्य अवसर नपाउने ले त पाएनन् नै , आफ्नै अग्रसरतामा


रे डियो खोलेर नेतृत्वदायी पदमा बसेका दमरे लाई पनि त्यहाँ टिक्ने वातावरण मिल्दैन ।
अनेक लाञ्छना र षड्यन्त्रको शिकार बनाइन्छ । निशा विश्वकर्माको भनाइ अनुसार उनी
त्यस्तै षड् यन् त्रको शिकार भइन् । पत्रकारितामा दुई दशक बिताइसके की उनले आफै
अग्रसर भएर रे डियो खोल्नेसम्म काम गरिन् । सबथोक मिलाउँ दै बुझाउँ दै पोखरादेखि शुरू
भएको उनको पत्रकारिता यात्रा कपिलवस्तु जिल्लामा आइपुग्दा रे डियो स्टे सन खोलीकन
स्टे सन म्यानेजरसम्म पुग्यो । सो स्टे सनमा दलित र गैरदलित सबैको सेयर थियो । रे डियो
सञ्चालनमा आएपछि लगत्तै निशा रे डियोको म्यानेजर बनेकी थिइन् । उनी कुनै राजनीतिक
पार्टीमा समेत सक्रिय थिइन् । तर छ महिना नपुग्दै पार्टीले अह्राए बमोजिम काम नगरे को
कारण उनलाई स्टेसनबाट निस्कन बाध्य पारियो ।
त्यसै गरी रे डियोका अध्यक्ष र मेनेजरसँग सम्बन्धित पार्टीको कार्यक्रम सम्बन्धी समाचार
साँझको समाचारमा पढे पनि बिहान पुनः नपढेको निहुँ झिके र शान्ता परियारलाई स्पष्टीकरण
सोधियो । के कति कारणले प्रसारण भएन भने र अध्यक्ष र मे ने ज र दुवै ले बै ठ क बसाई
स्पष्टीकरण मात्र सोधेनन् रे डियो छाड्न पनि बाध्य गराए । शान्ताको भनाइ अनुसार भित्री
कारण यो भए पनि बाहिर चाहिँ रकम हिनामिना गरे को भन्ने आरोप लगाइएको थियो ।
ती आरोप पूर्णतः झुटो भएको र आफूमाथि जालसाजी भएको उनी बताउँ छिन् । उता एक
दलित महिला रे डियोको उच्च तहमा पुगेको र उसको मातहतमा बसेर काम गर्नु पर्दाको
हिनताबोधले षड्‌यन्त्र गरे र हट्न बाध्य बनाइएको निशाको ठम्याइ छ ।
रे डियोमा काम गर्दा समय नमिलेका कारण आफ्नो शैक्षिक योग्यता बढाउन नपाएको
तथ्यप्रति पनि दमरे हरू उत्तिकै चिन्तित छन् । शान्ता परियारले रे डियोको समय र कलेजको
समय जुध्दा पढाइलाई अघि बढाउन पाइनन् । उनी भन्छिन्, “कलेजमा बिहान ६ देखि
१० बजेसम्म पढाइ हुने उता ड्युटी पनि बिहान ६ बजेदेखि २ बजेसम्म हुनाले पढाइलाई
निरन्तरता दिन सकिनँ ।” उनका अनुस ार बिहान कले ज जान भने र ड् युट ी बिहान १०
बजेपछि गराइदिन धेरै अनुरोध गर्दा पनि भएन । त्यसो गर्ने भए रे डियोमा काम गर्न छोडिदेउ
भन्ने टर्रो जवाफ उनी पाउँ थिन् । तर घरको आर्थिक संकटले गर्दा उनले महिनाको पाँच
हजार रुपैयाँ कमाइ हुने रे डियो पनि छाड्न सकिनन् । उनी सम्झिन्छिन्, “त्यसरी काम गर्दा
समाचार पढ्ने बाहेक अरू कार्यक्रम, रिपोर्ट, अन्तर्वार्ता बनाउने खालको क्षमता विकास
भएन र अन्ततः ५ वर्षसम्म काम गरे पछि रे डियो छोड्न बाध्य भएँ ।” उनले भनिन्, “दुई
ओटा रे डियो स्टे सनमा काम गरे र जुन बाध्यताले रे ड ियोमा आएकी थिएँ त्यो अनुस ार
नभएपछि अहिले रे डियो छोडे र म घरमा बस्दै आएकी छु ।”
अर्की पात्र कल्पना रसाइली पनि रे ड ियोमा काम गर्न शुरू गरे को एक वर्ष नबित्दै
बाध्यतामा परिन् । कक्षा ११ को परीक्षा दिने बे ल ा कम्तीमा दश दिन बिदा लिनुप र्ने
दलित महिला रे डियोकर्मीका चनु ौती | 253

भयो । त्यही बेला बुबा पनि काम गर्न विदेश जानुपर्ने भएकोले उनले एक महिना बिदा
मागिन् । बिदा नपाइने भएपछि कार्यरत रे डियो छाडिन् । परीक्षा सकिएपछि लगत्तै अर्को
रे डियोमा काम थालिन् ।6
रे डियो स्टेसनभित्र व्यक्तिको योग्यता र क्षमताका आधारमा निश्चित प्रक्रिया र मापदण्ड
लागू गरी व्यवहार गर्नेभन्दा पनि स्टे सन प्रमुखको तजबिजमा काम गर्नुपर्ने अवस्था छ ।
त्यसै ले रे ड ियोको स्टे स न प्रमुख लाई खुश ी बनाउन नसके मा आउने अवसर दमरे ह रूका
लागि दुरुह हुने गरे का छन् । हुन त यो समस्या अनौपचारिक क्षेत्र सबैतिरका दलित र
गैरदलित सबै ले भोग्दै आएका छन् । तै पनि अने क खाले कठिन संघर्षद्वारा बल्लबल्ल
एउटा पेशा अंगाल्न पाएका दलित महिलाले यस्ता प्रवृत्तिमाथि प्रश्न उठाउने “जोखिम”
मोल्न सक्दैनन् । जसले गर्दा अरूले भन्दा उनीहरूले अवसर पाउने सवालमा थप विभेद
भोग्नुपर्छ । उजेली विश्वकर्मा भन्छिन्, “रे डियो म्यानेजरसँगै पछिपछि फिल्डमा नजाँदा,
उनले भने को नमान्दा (रे डियोमा बढी समय दिनुपर्ने , स्कुटी किन्नुपर्ने ) आफूभन्दा पछि
पत्रकारिता पेशामा आएका, अनुभव र उमेरले समेत आफूभन्दा सानो मान्छेको अधीनमा
काम गर्नुपर्छ । त्यसले रे डियोकर्मीलाई काम गर्ने जाँगर मर्छ ।” उजेलीले यिनै कारणले
काम गरिरहेको एउटा रे डियो छाडे र यो अध्ययन हुनुभन्दा के ही अघिमात्र अर्को रे डियोमा
काम शुरू गरे की हुन् ।

कार्य स्थलको वातावरण


सामुदायिक रे डियोमा काम गर्ने दलित महिलाले लैंगिक हिसं ा पनि झेल्नु परे को छ । स्टेसनमा
आफूभन्दा माथिल्लो तहका पुरुष कर्मचारीले महिला कर्मचारीलाई अनेक किसिमका लालच
देखाएर स्वार्थपूर्ति गर्ने बाटो अपनाउँ छन् । जसबाट आफ्नो स्वार्थपूर्ति हुने देखियो त्यो
महिलालाई अवसर दिने, सीप सिकाउने, अगाडि बढ्ने मौका दिन्छन् । यो परिपाटी अरू
मिडिया हाउसमा समेत भइरहन्थ्यो । यसबारे के ही सञ्चारकर्मीले आवाज पनि उठाएका
छन् । तर लगातार हुने लैंगिक हिंसाका विषयमा समय समयमा सञ्चार माध्यममा समाचार
सार्वजनिक हुँदा समेत यस विषयमा महिला पत्रकारहरू खुलेर बोल्न चाहँदैनन् । काम गर्दा
आफ्नै सहकर्मीले मौखिक र सांकेतिक यौन दर्व्य ु वहार गरे को अनुभव पूर्व पत्रकार मीना कै नी
र सुविना श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । पत्रकार सरला गौतमले कुनै समय
रे डियोमा काम गर्दा आफ्नै हाकिमको दुर्व्यवहार र त्यसको प्रतिकारबारे बताएकी थिइन् ।7

6
यो लेखन अन्तिम अवस्थामा पुग्दा (पुस २०७६ मा) उनले काम गरिरहेको रे डियो पनि
छाडिसके की छिन् । उनी अहिले घरमै बस्छिन् ।
7
अक्टोबर २२, २०१८ साँझ प्रसारण भएको बीबीसी नेपाली सेवामा यौन हिंसा विरुद्ध
आवाज उठाइने “मी टू” अभियानको नेपालमा प्रभावबारे रिपोर्ट बजाइएको थियो । सो रिपोर्टमा
254 | सोना खटिक

यस पृष्ठभूमिमा यो अध्ययनका पात्र दमरे हरूले पनि कुनै न कुनै प्रकारले आफूहरूमाथि
दुर्व्यवहार भएको कुरालाई नकारे का छै नन् । उनीहरूले आफूसँगै काम गर्ने र आफूभन्दा
उच्च तहका रे डियोकर्मीले उचित व्यवहार नगरे को गुनासो सुनाए । जस्तो, उनीहरूले कहिले
“तिमी र म मात्रै फिल्ड जाउँ है” भन्ने, कुनै काम सोधेमा, “भोलि अलि छिटो आऊ
वा आज अलि ढिलोसम्म बस” भन्ने, “यो काम गरिदिए वा सिकाए बापत मलाई के
दिन्छ्यौ त ?” भन्ने, “तिमीले मेरो कुरा मान्यौ भने म फलानो फलानीजस्तै बनाइदिनेछु”
भन्ने गरिन्छ । यस्ता व्यवहार सँगै काम गर्ने सहकर्मीबाट महिला रे डियोकर्मीले भोगेका
छन् । यी आग्रह वा प्रस्ताव उत्तरदाताको विचारमा राम्रो मनसायले आएका थिएनन् ।
यसै सन्दर्भमा एक दमरे को अनुभव उल्लेखनीय छ । उनलाई रे डियोले एउटा कार्यक्रममा
गएर त्यसको रिपोर्टि ङ गर्ने जिम्मा दियो । तर रिपोर्टि ङ गरे र रे डियोमा आएपछि समाचार
लेख्ने अभ्यास त्यति नभएका कारण समस्या भयो । समाचार लेख्ने सिलसिलामा उनले
आफूभन्दा वरिष्ठ एक पुरुष सहकर्मीको सहयोग मागिन् । तर ती पुरुष सहकर्मीले “तिम्रो
काम गरिदिएमा मलाई के दिन्छौ ?” भनेर सोधे । उनले पनि सहज भावमा भनिन्, “म
कार्यक्रममा जाँ दा नास्ता पाएकी थिएँ । त्यही लिएर आएकी छु , त्यो नास्ता तपाई ं नै
खानु ह ोला ।” तर ती पु रु ष कर्मचारीले भने , “म नास्ता त खादिनँ मलाई अरू के ही
चाहिन्छ ।” तिनको उत्तरमा लुकेको दुराशय बुझ्न उनलाई गाह्रो भएन । त्यसपछि उनी
ती पुरुष कर्मचारीबाट टाढिइन् र के ही समयपछि उक्त रे डियोमा कामै गर्न समेत छाडिन् ।
यसरी आफ्ना पुरुष सहकर्मीको दुर्व्यवहार कि त सहेरै काम गर्नुपर्ने नत्र भने आफै स्टे सन
छोड्नुपर्ने परिस्थिति छ । किनकि आफूभन्दा वरिष्ठ पुरुष सहकर्मीले गर्ने दर्व्य
ु वहार विरुद्ध
आवाज उठाउँ दा न्याय पाइनेमा एकतिर उनीहरूलाई भरोसा छै न अर्कोतिर आफै बहिस्कृत
हुने डरका कारण उनीहरू चुपचाप बस्न बाध्य छन् ।
राति राति काम सके र घर फर्किं दा समेत महिला रे डियोकर्मीहरू यौन हिंसामा परे का
छन् । घर जाने गाडी कुरे र बाटो किनारमा उभिइरहँदा “यति रकम दिन्छु जाने होइन ?”
भन्ने किसिमका प्रश्न समे त सामना गरे क ो उनीहरूको अनुभ व छ । सञ्चारगृह ले राति
अबेरसम्म काम गर्ने महिला रे डियोकर्मीको लागि सवारी साधनको व्यवस्था गर्न नसक्दा
उनीहरू यौन हिंसामा परे का छन् ।
अर्कोतिर महिलाको शारीरिक र मानसिक अवस्थाप्रति धे रै कम मात्रै सञ्चारगृह
सं वे द नशील छन् । रे ड ियो जागरणमा कार्यरत शशि परियारले जे न ते न दुई महिना मात्र
प्रसूति बिदामा बस्न पाइन् । रे डियोमा शिशु स्याहार गर्ने वातावरण नहुँदा उनलाई समस्या

आवाज (बाइट) दिएका महिला पत्रकारले न्यूज रुम लैं गि कमै त्री नहु न ाले मानसिक तनाव हु ने
गरे क ो बताएका थिए । हे र्नु होस् , https://www.facebook.com/BBCnewsNepali/
videos/1239883982803332; पुस १४, २०७६ मा हेरिएको ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 255

प¥ यो । शशि परियारकै जस्तो समस्या उजेली विश्वकर्माले पनि भोगिन् । अझ फिल्डमा


हिँडिरहनुपर्ने, बिहानदेखि बेलुका अबेरसम्म पनि खट्नुपर्ने हुँदा आमा बनेपछि रे डियोकर्मी
महिलाहरूलाई आफ्नो पे श ालाई निरन्तरता दिनै कठिन छ । थोरै जनशक्तिबाट काम
चलाइरहेका रे डियोमा कुनै कर्मचारी लामो बिदामा बस्दा समस्या त हुन्छ तर आमा र
बच्चाको स्वास्थ्यसँ ग प्रत्यक्ष जोडिएका यस्ता समस्याको व्यवस्थापन गर्न रे ड ियोहरू
संवेदनशील हुन सके का छै नन् ।
नेपाली समाजमा महिलाहरूले जागिर खाएर मात्र पुग्दैन । उनीहरूले घरपरिवारलाई पनि
उत्तिकै समय दिनुपर्छ । सबै घरधन्दा र आफ्नो परिवार एवं बालबच्चाको रे खदेख गरे र मात्र
उनीहरू जागिरमा निस्कन पाउँ छन् । त्यसमाथि कमाई पनि निकै कम हुने रे डियोकर्मीजस्तो
पेशामा त घरायसी काममा कुनै सम्झौता गर्नुपर्ने अवस्था आए जागिर छोडिहाल्नुपर्ने दबाब
रहन्छ । झन् रे डियोमा छुट्टी नै नपाउने अवस्थामा के होला ! उजेली विश्वकर्माले काम
छोड्नुपर्ने अवस्था आएको पनि यस्तै कारणले हो । काम गर्ने समयबारे स्टे सन मेनेजरसँग
कुरा नमिल्दा उनी काम छाड्न बाध्य भइन् । उनी रे डियोमा रे कर्डिङ गरे र प्रसारण गरिने
दैनिक सांगीतिक कार्यक्रम सञ्चालन गर्थिन् । पारिश्रमिक भने मासिक तलबका रूपमा
नभई कार्यक्रम अनुसार गन्ती गरे र पाउँ थिन् । मासिक पारिश्रमिक नपाउने र दश किलोमिटर
टाढादेखि दुई ओटा गाडी बदलेर दैनिक ७० रुपियाँसम्म भाडा तिरे र आउनुपर्ने भएकोले
हप्तामा दुई दिन स्टे सन आएर हप्ता भरिकै कार्यक्रम रे कर्ड गर्थिन् । यसबाट आउने जाने
समयका साथै खर्च पनि बँच्थ्यो । तर मेनेजरले स्कुटर किनेर दिनदिनै आउनुपर्छ भन्ने दबाब
दिइरहन्थे । उनले पनि कार्यक्रमको अंक गनेर पारिश्रमिक दिने भएपछि “म किन सातै दिन
रे डियोमा आएर काम गरौ”ँ भनेर आफ्नो अडान राखिरहिन् । तैपनि म्यानेजरले कचकच
गरिरहेपछि दिक्क लागेर उनले लामो समय काम गरे को रे डियो नै छाडिन् ।
कार्यक्रम उत्पादनमा समेत दमरे हरूले विभेदको अनुभव गर्नुपरे को छ । एकपटकको
अनुभ व सुन ाउँ दै उजे ल ी विश्वकर्माले भनिन् , “रे ड ियो स्टे स नमा आउने अतिथिले पनि
दलितको विषयमा बोल्नु परे पछि धोका दिएका छन् ।” एकदिन उजेलीले एकजना स्थानीय
स्तरको गैरदलित राजनीतिक नेतालाई कुराकानीका लागि रे डियो स्टे सन निम्त्याइछिन् ।
दलितको विषयमा बोल्नुपर्छ भनेर खबर गरिए पनि फोनमा समय लिँदा विषयवस्तुबारे
विस्तृत कुराकानी भएको थिएन । ती व्यक्तिसँग कार्यक्रम शुरू हुनुभन्दा अघि रे डियोमा जब
विषयवस्तुबारे विस्तृतमा कुराकानी भयो तिनले असहज अनुभूति गरे । यतिकै मा मोबाइलमा
फोन आएजस्तो गरे र उनी बाहिर निस्के अनि “इमर्जेन्सी प¥ यो, म त जानुपर्ने भयो” भन्दै
हिँडे । उजेलीले भनिन्, “म त अक्क न बक्क भएँ । अब तुरुन्तै के कार्यक्रम बजाउने ?
मेनेजरलाई के जवाफ दिने भन्ने प्रश्न मनमा उठिरहे । पछि पुरानो कार्यक्रम प्रसारण गरी
256 | सोना खटिक

तत्कालको यो संकट टारियो । म्यानेजरलाई यो कुरा सुनाउँ दा उनले नसुनेझै ँ गरे । यसमा
मेरै कमजोरी भएको भन्दै आफै ँ ले गल्ती पनि स्वीकारे ँ । तैपनि कुनै प्रतिक्रिया जनाएनन् ।”

परिवार र समाजको व्यवहार


खास भन्ने हो भने आफ्नै सोख वा जिद्दीले रे डियोमा काम गर्न आइपुगेका हुन् दमरे हरू ।
कतिपयले परिवारबाट विरोध हुँदाहुँदै यस क्षेत्रमा पाइला टे के र जति समयसम्म टिक्न
सकिन्छ टिके । के हीले भने परिवार सँगको सल्लाहमै आए पनि आर्थिक वा अन्य कारणले
यस क्षेत्रमा के ही समय बिताएपछि पेशा छोड्नुपर्ने पारिवारिक दबाबमा पनि काम गरिरहे ।
तर उनीहरूले पारिवारिक प्रोत्साहन र अगाडि बढ्नको लागि साथ सहयोग भने पाएनन् ।
दलित महिलालाई हेर्ने सामाजिक नजर पनि सकारात्मकभन्दा बढी नकारात्मक नै रहेको
छ । रे डियोमा काम गर्ने महिलालाई समाजले सकारात्मक नजरले नहेरिदिएपछि परिवारले
रे डियोमा काम नगर्न झन् दबाब बढाएको छ ।
रे डियोमा काम गर्दा समय निश्चित नहुने र घर व्यवहारका कतिपय क्रियाकलापमा सामेल
हुन नपाउने हुँदा परिवारले झिँजो मानेको अनुभव दमरे हरूले गरे का छन् । कहिलेकाही ँ
छोराछोरीको स्कू लको रिजल्ट लिने, उनीहरूको जन्मदिन जस्ता अवसरमा पनि सँगै बस्न
नपाइने हुँदा परिवारजनमा मात्रै होइन आफै मा पनि खिन्नता बढेको रे डियोकर्मीको दुःखेसो
छ । रे डियोमा चाडपर्वका समयमा त उनीहरूमाथि झन् बढी कामको दबाब र बोझ हुन्छ ।
उदाहरणका लागि, विजयादशमी, दिपावली, नयाँ वर्षमा रे डियोहरूबीच शुभकामना बटुल्ने,
विज्ञापनका जिंगल तयार पार्ने र बजाउने होडबाजी नै हुन्छ । परिवारसँग बसेर रमाउनुपर्ने
बेला पनि बिदा नपाइँदा सबैले खल्लो महसुस गर्छन् । यो सबै सञ्चारकर्मीको समस्या
हो । रे ड ियो रिपब्लिकाकी व्यवस्थापक उषा किरण पन्त भन्छिन्, “रे ड ियोमा चाडपर्व
वा सार्वजनिक बिदामा छुट्टी हुँदैन । त्यसमा पनि तलब कम हुने, बढी काम गर्नुपर्ने हुँदा
विवाहित महिला रे डियोकर्मीले परिवारमा समय र पैसा दवु ै दिन सक्दैनन् । त्यसैले रे डियोमा
उनीहरूलाई टिक्न गाह्रो छ ।”8
महिला रे ड ियोकर्मीले चलाएको सामु द ायिक रडियो मु क् तिकी स्टे स न म्याने ज रको
गुनासो छ, “मेरो परिवारले सधै ँ रे ड ियोमा काम गर्न छोडे र घरै बस्न दबाब दिन्छन् ।”
यही कारणले पारिवारिक नाता सम्बन्धमा समेत दरार उत्पन्न हुन्छ । विवाहित महिलाको
घरमा कचकच चलिरहन्छ । एकजना दमरे ले भनिन्, “मेरो श्रीमान्‌ले कि मलाई छोड् कि
रे ड ियो छोड् भन्नुहु न ्छ ।” तर दुवै ल ाई नछोडीकन रे ड ियो पत्रकारिता गर्नु भने क ो के ही
विवाहित महिलाका लागि खुकु रीको धारमा हिँडे सरह भएको छ । दलित महिलाको
काँधमा रे डियोका अनेक दायित्व, माग र अंकुश बोके र यहाँसम्म आउन उनीहरूले धेरै
8
पन्तसँग पुस १५, २०७५ मा गरिएको कुराकानी ।
दलित महिला रे डियोकर्मीका चनु ौती | 257

मेहनत र संघर्ष गरे का छन् । तिनै दमरे भन्छिन्, “त्योभन्दा बढी संघर्ष मैले मेरो पारिवारिक
सम्बन्धलाई जोगाउन गर्नुपरे को छ ।” पारिवारिक असहयोगका कारण महिला पत्रकारले
आफ्नो काममा गुणस्तर बढाउन पनि सके का छै नन् । कहिलेकाही ँ राति अबेरसम्म बसेर
तयार गरे को समाचार रे डियोमा बजेन भने त झन् पारिवारिक तनाव उत्पन्न हुन्छ । कारण
भोलि परिवारका सदस्यले “तिमी त्यति रातिसम्म अफिसमा थियौ, तिम्रो समाचार/कार्यक्रम
खोई” भनेर समेत स्पष्टीकरण लिन थाल्छ । यस्तो अवस्था त महिला पत्रकारका लागि
सधै ँ त्रासदीपूर्ण रहन्छ ।
परिवारको सम्बन्ध र कामसँ ग पारिवारिक वृत्त भन्दा बाहिरका कामबीच तालमे ल
मिलाउन सहज छै न चाहे ती पहाडी महिला होउन् या मधेसी महिला । घरमा सीमित
भइरहेक ा मधेसका दलित महिला पत्रकारहरू एक्कासी सार्वजनिक चासोको रे ड ियोमा
काम गर्न पुग्दा समाजमा पनि एक किसिमको तरंग पैदा हुन्छ । सञ्चार माध्यममा काम
गर्दा कुनै समय सीमा नहुने, कहिले बिहान ६ बजे निस्कनुपर्ने, कहिले राति ९ बजेसम्म
अफिसमै भइने हुँद ा उनीहरू बस्ने समाज र परिवारमा समे त उनीहरूलाई सहज छै न ।
खास गरी चेतनाको अभाव भएको ग्रामीण मधेसी समाजले महिलाको चालचलनमा अलि
बढी नै चियोचर्चो गर्छ । अविवाहित महिला भए निश्चित समय तालिकाभन्दा यताउता
हिँडडुल गर्ने बित्तिकै वा कसैसँग भेटघाट र कुराकानी गर्ने बित्तिकै उसको चरित्रमाथि प्रश्न
उठाउन थालिहालिन्छ । कोसँ ग, कति बजे , कता जाँ दैछे, के काम गर्छे जस्ता कुराको
खोजीमा समाज र परिवारका मान्छे लागेका हुन्छन् । त्यसमाथि पनि दलित महिलाको त
क्षमतामाथि शंका गर्नमा समाजका कोही पछि हुँदैनन् । दलित महिला रे डियोकर्मीले काम
गर्ने अवसर पाए वा के ही माथि पुगे “आफ्नो क्षमताले हो र ? इज्जत फालेर मात्रै मौका
पाएकी होला” भन्ने जस्तो शंका समाजले गर्छ ।9 यी सबै सामाजिक तथा पारिवारिक
तनावबाट बच्नकै लागि कतिपय महिलाले पत्रकारिता छाडे का छन् ।
बाहिर फिल्डमा काम गर्न जाने प्रसंगमा पत्रकारितामा महिलाको क्षमतालाई विश्वास
गर्ने ह रू पनि कम छन् । महिला भन्ने बित्तिकै ऊ कमजोर हु न ्छे, उसमा आत्मविश्वास
हुँदैन, राम्रो काम गर्न सक्दिन भन्ने मानसिकताले पत्रकारिता क्षेत्रमा पनि बलियोसँग जरा
गाडे को छ । महिलामा जति नै गुण र क्षमता भए पनि महिला भएकै आधारमा उसलाई

9
यस प्रसंगमा मेरै उदाहरण पनि छ । जब मैले रे डियोमा काम गर्न शुरू गरे ँ त्यसपछि टोल
छिमेकका मानिसले शुरूमा को के टी हो, कस्ती छे , कसरी बोल्छे भनेर हेर्न आउने गरे का थिए ।
त्यसमा कौतूहलतासँगै नराम्रो नजरले हेर्ने गरे को पनि पाउँ थे ँ म । अलि शिक्षित, पढे लेखेकाले समेत
रे डियोकर्मी महिलालाई चरित्रहीनको आरोप लगाउँ थे । एक जना कथित उच्च जातकी महिलाले
भनेकी थिइन्, “रे डियोमा काम गर्ने महिला इज्जत फालेर यसमा लाग्छन् ।” रोचक कुरा के थियो भने
त्यसको एक वर्ष नबित्दै उनकै श्रीमान्‌ले रे डियो खोले र उनले त्यही रे डियोमा काम गर्न थालिन् ।
258 | सोना खटिक

पत्याइँदैन । अन्तर्वार्ता दिने व्यक्तिहरूले समेत महिलाले पनि अन्तर्वार्ता लिन सक्लिन् र
भनेजस्तो गरी हेपाहा व्यवहार देखाउँ छन् । अन्तर्वार्ता दिनुभन्दा पहिले नै उनीहरूले क्षमता
जाँच्नका लागि आफै ँ ले महिला पत्रकारको अन्तर्वार्ता लिन्छन् । सबै बेलिविस्तार लाएपछि
मात्रै उनीहरूले पत्याउँ छन् । त्यही ठाउँ मा पुरुष पत्रकार भयो भने ऊ जस्तोसुकै भए पनि
जान्नेबुझ्ने हो भन्ने धारणा लिइएको हुन्छ । गैरदलितको सवालमा त यस्तो अवस्था छ
भने दलित महिलाले त यस्तो परीक्षामा अझ बेसी खरो उत्रिनुपर्ने चुनैती हुन्छ ।

अन्त्यमा,
ने पालमा सामुदायिक रे डियोको संख्या बढ्दै जाँ दा दलित समुदायका महिलालाई पनि
रे डियोमा प्रवेश गर्ने अवसर प्राप्त भएको छ । शिक्षामा पहुँच बढेसँगै उनीहरू घरपरिवारको
दैलो नाघ्दै बुबाबाजेले अँगाल्दै आएका परम्परागत पेशाभन्दा फरक क्षेत्रमा ज्ञान, क्षमता र
सीप हासिल गर्ने अवसर जुटेको छ । आधुनिक पेशामा पनि सूचना र विचार अभिव्यक्त
गर्न पाइने प्रभावकारी माध्यम रे डियोसँग जोडिन पाउँ दा उनीहरूले आफ्ना अग्रजले बेहोर्न
परे का जस्ता चरम जातीय विभेद र अत्याचारबाट के ही मुक्ति पाएका छन् । यतिमात्र होइन,
आफ्ना सन्तान रे डियोमा काम गर्ने भएपछि बुबाआमा लगायत दमरे हरूको परिवारप्रति
समाज र छरछिमेकले गर्ने व्यवहारमा पनि के ही नरमी आएको छ जबकि त्यस्ता हेराइ र
व्यवहारमा नकारात्मक पाटो पनि नभएको भने होइन ।
जम्माजम्मीमा रे डियोमा काम गर्ने दलित महिलाहरूको आत्मसम्मान काफी मात्रामा
बढे क ो छ । मान्छेको रूपमा समे त नगन्ने जातप्रथा र पितृस त्ताले गाँ जे क ो समाजमा
रे डियोकर्मीको परिचय सहित शिर उठाएर हिँड् ने वातावरण दमरे ह रूलाई मिले को छ ।
आफ्नै परिवारभित्र आवाज दबाइएकाहरूले रे डियो मार्फत दुनियाँलाई आफ्नो आवाज
सुन ाउन पाउँ द ा आत्मबल बढे क ो महसुस गरिरहेक ा छन् । गुम नाम भएर बाँ चेक ाहरूले
आफ्नै नामबाट परिचय दिन पाएका छन् । अध्ययनमा सम्मिलित पाँच जना उत्तरदातासँग
गरिएको विस्तृत कुराकानीमा सबैले यिनै पक्षलाई रे डियोमा काम गर्दाको मुख्य “उपलब्धि”
ठह¥ याएका थिए । दलित महिलाका लागि रे डियोमा प्रवेश गर्ने मोह र प्रवेश गरिसके पछि
अनेक चुनौतीबीच पनि जब्बर भएर टिक्न सक्नुका पछाडि यही आत्मसम्मानको लालसा
नै प्रमुख कारण रहेक ोमा कुनै सन्देह छै न । यो अध्ययन दलित महिला रे ड ियोकर्मीका
चुनौतीमा के न्द्रित भएका कारण अघिल्ला खण्डमा रे डियोबाट दमरे हरूले पाएका यस्ता
“उपलब्धि” को चर्चा गरिएको छै न । वास्तवमा यी उपलब्धिलाई नजरअन्दाज गर्न
खोजिएको भने कदापि होइन ।
आत्मसम्मानका लागि रे डियो प्रतिको आकर्षण एकतिर छ भने आफ्नो र परिवारको
पे ट पाल्नुपर्ने बाध्यता अर्कोतिर । रे ड ियोमा काम गरे र पनि छाक टार्नै मु श्कि ल पर्ने
दलित महिला रे डियोकर्मीका चनु ौती | 259

अवस्थाले दलित महिला रे डियोकर्मीलाई निराश तुल्याएको छ । एक्लो हुँदा र आफ्नो


व्यक्तिगत खर्चको मात्र जोहो गरे पुग्ने अवस्थामा रे डियोबाट पाइने न्यूनतम पारिश्रमिक
चिन्ताको विषय हुने नगरे पनि दमरे हरूका लागि समय र परिस्थिति अनुसार हाँक बढ्दो
छ । परिवारको लालनपालनको भार समेत बोक्नुपर्ने अवस्था आउँ दा रे डियोको जागिर
उल्टै बोझ बन्न थालेको आभाष रे डियोकर्मी र उनका परिवारले गर्न पुग्छन् । त्यसमाथि
रे डियो भने र जति हाड खियाउँ द ा पनि मेहनत र संघर्ष गरे अनुसार अन्य सरह आफ्नो
रुचि अनुसारको जिम्मेवारी नपाउँ दा, समयमा क्षमता अभिवृद्धि र वृत्ति विकासको अवसर
नपाउँ दा काम गरिरहेको रे डियो र पेशाप्रति नै बिस्तारै मोहभंग हुन थालेको देखिन्छ । यही
कारण के ही व्यक्ति अर्को रे डियो स्टे सनमा जाँदा अलिक राम्रो भइहाल्छ कि भनेर एकबाट
अर्कोमा चहार्छन् भने के ही व्यक्ति यो क्षेत्रलाई नै माया मारे र अन्य पेशा/व्यवसायमा लागेका
छन् वा घरपरिवारकै रे खदेखमा सीमित छन् । आफूले रगत-पसिना बगाएको रे ड ियो र
रे डियोकर्मीको पेशाबाट अलग्गिने हद सम्मको दिग्दारीको विकासले रे डियोकर्मी, रे डियो
चलाउने संस्था र पत्रकारिता क्षेत्रलाई नै घाटा पु¥ याइरहेको छ ।
दमरे हरूको समग्र अवस्थाबाट के थाहा हुन्छ भने आफूलाई “सामुदायिक रे डियो”
भनी दाबी गरिसके पछि समावेशी पनि देखिनुपर्ने कारणले सामुदायिक रे डियोहरूले दलित
महिलालाई पनि प्रवेशको अवसर त दिन्छन् तर उनीहरूलाई काम गर्ने उचित वातावरण
निर्माणतर्फ भने उनीहरूको कुनै चासो देखिएको छै न । यसको अर्थ कम्तीमा पनि अध्ययन
गरिएका यी दुई जिल्लाका हकमा दमरे हरू सस्तोमा उपलब्ध तल्लो तहका श्रमिक बन्न
पुगेका छन् । दलित महिलाले जति हदसम्म रे डियो स्टे सनको माथिल्लो पदमा पुग्ने अवसर
पाएका छन्, त्यसमा पनि विकल्पहीनताको नीति लागू भएको पाइन्छ । ती पदमा पुगेका
दलित महिलाको पदोन्नतिको घटना हेर्दा अन्यले रे डियो स्टे सन छोडे र गइसके पछि अन्तिम
विकल्पका रूपमा उनीहरूलाई त्यहाँ लगिएको देखिन्छ । हाल सम्मको सामान्य अवस्था
हेर्दा योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धात्मक विधिद्वारा आफ्नो रे डियो करिअरको
सिँढी चढ्ने अवसर दलित महिला रे डियोकर्मीले हतपती पाउँ दैनन् ।

धन्यवाद
प्रस्तुत विषयमा अनुस न्धान गर्न प्रोत्साहन गर्ने सोहन प्रसाद साह र अनुस न्धान तथा
लेखनका लागि आर्थिक सहयोग सहित क्षमता विकास गर्न सघाउने मार्टि न चौतारीलाई
धन्यवाद छ । विभिन्न सूचना तथा जानकारी कपिलवस्तु र रुपन्देहीका सामुदायिक रे डियोमा
काम गरिरहनुभएका वा गरे र छाड्नुभएका दलित महिला रे डियोकर्मीले दिनुभएको थियो ।
उहाँहरूप्रति धेरै आभारी छु । लेखको अवधारणा तयार पार्ने बेलादेखि नै मेन्टरिङ गर्ने
मस्यौदा परिमार्जनका लागि बारम्बार सुझाव दिने र सम्पादन मार्फत यो लेखलाई यस
260 | सोना खटिक

अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्ने मार्टिन चौतारीका अनुसन्धाता देवराज हुमागाईलाई



धन्यवाद । साथै, यो लेखलाई परिमार्जनकै क्रममा सघाउने अर्जुन पन्थीप्रति पनि आभारी
छु । यसमा भएका त्रुटि एवं कमीकमजोरी भने मेरै हुन् ।

सन्दर्भ सामग्री
के सी, माया । सन् २०१९ । मधेशबाट पत्रकारितामा उठे को यो आवाज : कथा सोना
खटिकको । हुलाकी न्यूज । जनवरी १३ । www.hulakinews.com/tag/sona-
khatik/ मा उपलब्ध; चैत १३, २०७५ मा हेरिएको ।
खटिक, सोना । २०७६ । स्वतन्त्रताको म्याराथन । नयाँ पत्रिका (झन् नयाँ), जेठ ११, पृ. ज ।
पौडे ल, मनोज । २०७५ । अनि पत्रकार भइन् । कान्तिपुर (फिचर), मंसिर २८, पृ. १० ।
विभास, नवीन । २०७५ । त्यसपछि सोना पत्रकार भइन् । अन्नपूर्ण पोष्ट (फुर्सद), असोज
१३ । http://annapurnapost.com/news/109453 मा उपलब्ध; चैत १३, २०७५
मा हेरिएको ।
हु मागाई,ं देवराज, शेखर पराजुली, हर्षमान महर्जन र अर्जुन पन्थी । २०६७ । मिडिया
तालिम : नेपाली अभ्यासको लेखाजोखा । काठमाडौ ँ : मार्टि न चौतारी ।
Sancharika Samuha Nepal. 2016. Women Journalists in Nepal: Research
on Professional Status of Women Journalists in Nepal. Kathmandu:
Sancharika Samuha Nepal.
The World Bank. 2018. A Fearless Voice. https://www.worldbank.
org/en/news/feature/2018/12/04/a-fearless-voice मा उपलब्ध; चैत १३,
२०७५ मा हेरिएको ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 261

एघार

समावेशिताको कसीमा अदालती सरं चना र फै सला

रक्षाराम हरिजन

पष्ठृ भूमि
नेपालमा भएका प्रत्येक राजनीतिक आन्दोलन समावेशितासँग जोडिएको छ । ती राजनीतिक
आन्दोलनमा नेपाली राज्यमा सबै खाले जनताको समावेशिताको माग भएको पाइन्छ । राज्य
व्यवस्था नै परिवर्तन गर्ने गरी २००७ सालमा भएको राजनीतिक आन्दोलनको अघिपछि
जनताका अनेक तह र तप्काले समावेशिताको माग गरे को इतिहास छ । नयाँ-नयाँ राज्य
व्यवस्थाले राजनीतिक आन्दोलनका मागलाई सम्बोधन गर्न असफल भएको विगत पनि छ ।
ने प ाली राज्यलाई समावे श ी बनाउन सकारात्मक उपायको अवधारणालाई कानून ी
रूपमा नागरिक अधिकार ऐन, २०१२ को दफा ५(क) ले पनि के ही हदसम्म स्वीकार
गरे को थियो, जसमा “स्त्री जाति, बालक वर्ग र कुनै अनुन्नत वर्ग नागरिकका लागि विशेष
व्यवस्था गर्ने” भनी उल्लेख गरिएको थियो । सात दशकअघि समावेशीकरणको मुद्दा उठे को
बे ल ा त्यसलाई सम्बोधन गर्न विशेष व्यवस्था गर्ने कानून ी रूपरे खा बनाइएको थियो ।
त्यसले विभेदलाई न्यून गर्न के ही सहयोग गरे को भए पनि समावेशीकरणको सवाललाई
खासै सम्बोधन गर्न सके न ।
नेपालको इतिहासमा यस बीचको अवधिमा समावेशीकरणको सवाल उठ्दै नउठे को
होइन । २०६२–२०६३ सालको जनआन्दोलनपछि राज्यमा समानुपातिक समावेशीकरणको
सवाल जोडतोडले उठ्न थालेको हो । २०६४ सालमा भएको मधेस विद्रोहको प्रमुख मुद्दा
नै संघीयता र समावेशिता रहेको थियो । त्यसअघि भएको दश वर्षे सशस्त्र द्वन्द्वको एक
प्रमुख विषय समावेशी राज्यको परिकल्पना रहेको थियो ।

२६१
262 | रक्षाराम हरिजन

समानता सिद्धान्त वा लक्ष्य हो भने समावेशिता प्रक्रिया र समानुपातिक प्रतिनिधित्वको


माध्यम हो (तामाङ २०६५ : ११२) । समानुपातिक प्रतिनिधित्व मार्फत समावेशी प्रक्रिया
अँग ाल्ने र समानताको लक्ष्यमा पुग्ने काम ने पालका लागि आकाशको फल जस्तै हुँदै
आएको छ । असमावेशी नेपाली राज्य भने लामो समयदेखि सांकेतिक समावेशिताको
हदसम्म मात्रै अभ्यास गर्न तयार देखिँदै आएको छ । पाँच दशक अघि राजा महेन्द्रको
शासन कालमा एकाध व्यक्तिलाई टिपेर सरकारमा लैजाने अभ्यास गरिएको थियो । यसरी
एक-दईु जनालाई मन्त्री परिषद‌म् ा सहभागी गर्ने सांकेतिक समावेशिताको चलन हालसम्म
पनि जारी छ । यो जनताको अधिकारको रूपमा नभई दया वा आशीर्वाद स्वरूप गरिएको
समावे श ीकरण थियो । आरक्षण वा समग्र रूपमा समावे शिता को प्रावधान समानताको
अधिकार हो, कसैले दिने दान होइन । यसले सामाजिक न्यायको नैतिक अवधारणाको
मूलभूत सिद्धान्त प्रदान गर्छ (गुरु सन् २०१६) । राज्यमा सबै नेपालीको प्रतिनिधित्वका
लागि समानुपातिक समावेशीकरणको मुद्दा उठे को धेरै वर्ष बितिसक्दा पनि एकल जातीय
प्रभुत्व छ । आदिवासी जनजाति र दलित समुदायका ने ता र विज्ञहरू अक्सर के कुरा
दोहो¥ याएर भन्छन् भने सन् १७६९ मा नेपालको प्रादेशिक एकीकरण भएदेखि नै हिन्दू
पुरुष, खस नेपाली भाषी, पहाडी ब्राह्मण-क्षत्रीहरूका लागि “अघोषित आरक्षण” कायम
रहिआएको छ (दाहाल २०६३ : ३८) ।
विश्वमा सामाजिक न्याय र लैंगिक समानता विषयमा बृहत् बहस तथा छलफल हुँदै
आएको छ । संयुक्त राष्ट्र संघद्वारा जारी मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र
सन् १९४८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध सन् १९६६ ले
समेत समावेशी राज्यको अवधारणाको विकासमा योगदान पु¥ याएको छ । यसरी विश्वमा
समावेशिताको सवाल निरन्तर उठ्दै आएको अवस्थामा नेपालमा भएका विभिन्न संघर्षका
कारण समावेशिताको सवालले औपचारिकता प्राप्त गरे को हो । नेपाल सरकार र नेकपा
(माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता,1 नेपाल सरकार र मधेशी जनअधिकार
फोरमबीच भएको २२ बँुदे सम्झौता,2 र ने पाल सरकार र संयुक्त लोकतान्त्रिक मधेश ी

1
ने पाल सरकार र ने .क.पा. माओवादीबीच मंसिर ५, २०६३ मा भएको विस्तृत शान्ति
सम्झौता, www.peace.gov.np/uploads/files/14_Gov.pdf मा उपलब्ध; माघ ३, २०७५
मा हेरिएको ।
2
नेपाल सरकार र मधेशी जनअधिकार फोरम नेपालबीच भदौ १३, २०६४ मा भएको सम्झौता,
www.peace.gov.np/uploads/files/mopr-4.pdf मा उपलब्ध; माघ ३, २०७५ मा हेरिएको ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 263

मोर्चाबीच भएको सम्झौता3 लगायतका सहमति र सम्झौता समानुपातिक समावेशीका


सम्बन्धमा गरिएका महत्त्वपूर्ण पहल थिए ।
निजामती सेवा ऐन २०४९ मा साउन २३, २०६४ मा संशोधन भई कर्मचारी भर्ना
प्रक्रियामा समानुपातिक समावेशीको सिद्धान्तलाई अवलम्बन गरिएपछि समावेशीकरणको
व्यावहारिक कार्यान्वयन शुरू भयो । यसअघि नेपालको अन्तरिम संविधान २०६३ मा
राज्यका हरे क निकायमा आर्थिक र सामाजिक रूपमा विपन्न तथा सीमान्तकृ त समुदायको
समानुप ातिक समावे श ी गराउन भनी मौलिक हकको रूपमा सुनिश् चित गर्न खोजियो ।
समानताको अधिकारलाई सम्बोधन गर्न राजनीतिक दलहरूका दस्तावेजमा “समावेशी राज्य
संरचनाको निर्माण,” “समानुपातिक प्रतिनिधित्व,” “भेदभावको अन्त्य” आदि शब्दावली
प्रयोग भए । संविधानसभाबाट असोज ३, २०७२ मा जारी नेपालको संविधानलाई फागुन
१६, २०७२ मा संशोधन गरी समानुपातिक समावेशीलाई मौलिक हकमा समावेश गरियो ।
नेपालको संविधान जारी भएपछि करिब साढे दईु शताब्दी लामो हिन्दू, कथित उच्च जातीय
सामन्ती, राजतन्त्रात्मक, के न्द्रीकृ त र एकात्मक राज्य सत्ताका अवशेष भत्कने र संघीयता,
गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीकरण र धर्मनिरपेक्षताका आधार निर्माण हुने
क्रम जारी छ (किसान सन् २०१७) ।
वास्तवमा सकारात्मक विभेद नीतिका प्रावधान यस्ता माध्यम हु न् जसले राष्ट्रिय
कल्पना र त्योभन्दा पर नागरिक-नागरिकबीच सम्बन्ध बढाइदिन्छ, जसलाई राष्ट्र भनिन्छ
(ग्यालेन्टर सन् २०१६ : ३१) । नेपालको संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक,
बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै
आर्थि क समानता, समृद् धि र सामाजिक न्याय सुनिश् चित गर्न समानुप ातिक समावे श ी र
सहभागिता मल ू क सिद्धान्तका आधारमा समता मल ू क समाजको निर्माण गर्ने संकल्प गरिएको
छ । संविधानमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परे का महिला, दलित,
आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृ त,
अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित
वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक
समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता गराउने भनी ने पालको
संविधान २०७२ ले मौलिक हकको रूपमा सुनिश्चित गरे को छ । यस अघिको नेपालको

3
नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच फागुन १६, २०६४ मा भएको
सम्झौता, www.peace.gov.np/uploads/files/mopr-7.pdf मा उपलब्ध; माघ ३, २०७५
मा हेरिएको ।
264 | रक्षाराम हरिजन

अन्तरिम संविधान २०६३ ले समेत राज्यको सबै निकायमा समानुपातिक समावेशीको


हक सुनिश्चित गरे को थियो ।
विडम्बना, ने पालको संविधा न २०७२ पश्चात् ने प ाली राज्यमा सदियौ दँ ेख ि वर्चस्व
कायम गरे को समुदायलाई सबैभन्दा बढी सिट दिने गरी कानून बनाइयो । समानुपातिक
समावे श ीकरणको सिद्धान्तलाई चुन ौती दिँदै सं घ ीय र प्रदेश सं स दको निर्वाचन प्रणाली
समावेशी सिद्धान्तको मर्म र भावनालाई कुल्चिइयो (हरिजन सन् २०१७) । निर्वाचन सम्बन्धी
कानूनमा राज्यमा सदियौदँ ेखि एकछत्र प्रभुत्व कायम गर्दै आएका खस-आर्य समुदायलाई
पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबैभन्दा बढी ३१ प्रतिशत आरक्षणको कानूनी
प्रबन्ध गरियो, जुन सकारात्मक विभेद र आरक्षणको मूल मर्मलाई निस्तेज गर्ने प्रपञ्च हो ।
यस विषयलाई युरोपियन युनियनको निर्वाचन सम्बन्धी प्रतिवेदनमा समेत उठाइएको छ ।
राज्यमा एकछत्र प्रभुत्व कायम गर्दै आएको समुदायलाई राज्य र राजनीतिक क्षेत्रमा
मात्रै एकाधिकार गर्न सहज बनाइएको होइन, राज्यका न्याय, सुरक्षा र प्रशासनमा पनि
वर्चस्व कायम गर्ने वातावरण जारी राखिएको छ । खास गरी सेना र न्यायालयका उच्च
पदाधिकारी हुन एउटै नश्ल, जाति, जात र थर मात्रै योग्य हुने अभ्यासमा सुधार गर्ने संकेत
समेत देखिएको छै न । ती सबै संस्थामा स्थापित हुन महिला, दलित, मधेसी, जनजाति सबै
अयोग्य नै छन् भन्ने हो भने पनि उनीहरूलाई योग्य, दक्ष र सक्षम बनाउने दायित्व पनि
राज्यकै हो । यसरी समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समता
मूलक समाजको निर्माण गर्ने संवैधानिक संकल्पलाई पूरै ओझेलमा पारिएको अवस्थामा
समावेशी कोणबाट सिंगो राज्यको पुनर्संरचना अपेक्षित हुन्छ । राज्यको पुनर्संरचना गर्ने हो
भने नेपालको न्यायिक संरचनामा समावेशिता एक प्रमुख मुद्दा हो ।

नेपालको न्यायिक सरं चनामा समावेशिता


नेपालमा २००९ सालमा प्रधान न्यायालयको स्थापना र न्यायपालिकाको विस्तार भयो ।
यसै क्रममा २०१५ सालमा सर्वोच्च अदालत स्थापित भयो । नेपालको संविधान, २०७२ ले
पनि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरे को छ । यहाँको न्यायपालिका
भने एकाध प्रभुत्वशाली शासक समुदाय बाहेक अरू सबै समुदायबाट “स्वतन्त्र” रहेको छ,
जसले गर्दा यसले दिने न्यायको निष्पक्षता र न्यायाधीशहरूकै क्षमताबारे प्रश्न उठ्ने गरे को छ ।
२०७३/७४ सालमा सम्पन्न तीन ओटै तहको निर्वाचन पश्चात् नेपाल संघीय संरचनाको
अभ्यासमा गएको छ, तर न्यायपालिका नितान्त एकात्मक प्रणालीमा आधारित रहेको
छ । सर्वोच्च, उच्च र जिल्ला अदालत गरी तीन तहको अदालतको व्यवस्था छ । नयाँ
संविधानले तीन तहको अदालत बाहेक सर्वोच्च अदालत अन्तर्गत संवैधानिक इजलासको
परिकल्पना गरे को छ, जसले संवैधानिक तथा कानूनी विषयको विवादमा मात्रै सुनुवाइ
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 265

गर्दै आएको छ । संवैधानिक इजलास बाहेक प्रदेश तहका अदालतलाई उच्च अदालतको
नामकरणले मात्र संघीय अदालत हुन सक्दैन (ज्ञवाली २०७४) । नेपाल सरकारको भदौ
२९, २०७३ को निर्णय अनुसार सात ओटा उच्च अदालत र ११ ओटा उच्च अदालतका
इजलास स्थापना गरिएको थियो ।
नेपालको न्यायालयमा २०७३ सालमा पहिलो पटक समानुपातिक समावेशी सिद्धान्तको
आधारमा न्यायाधीश नियुक्ति गर्ने कानूनी व्यवस्था ल्याइएको थियो । न्याय परिषद् ऐन,
२०७३ तथा न्याय सेवा आयोग ऐन, २०७३ मा जिल्ला, उच्च वा सर्वोच्च अदालतमा
न्यायाधीश नियुक्त गर्दा न्याय परिषद्ले संविधानको अधीनमा रही समानुपातिक समावेशी
सिद्धान्त बमोजिम न्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था छ । संविधानमा
राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिताको अधिकारलाई मौलिक हकमा
राखिएको छ । तर न्याय प्रशासनसँग सम्बन्धित कानूनको तर्जुमा गर्ने क्रममा न्यायालयमा
पनि समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गर्नुपर्ने अडान दिएका सांसद्‌माथि
न्यायालय नै बर्बाद पार्ने आरोप लगाइयो ।4
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरे को चौधौ ँ योजना (आर्थिक वर्ष २०७३/७४
देखि २०७५/७६) को आधारपत्रमा शासकीय सुधार अन्तर्गत न्याय व्यवस्थालाई समेत
समावे श गरिएको छ । सो आधारपत्रमा न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुल भ,
मीतव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्य राखिएको छ । र, सबैका
लागि न्याय सुनिश्चित गर्न न्यायमा सहज पहुँच कायम गरी नागरिकको जिउ, धन, समानता
र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक र मानवअधिकारको संरक्षण र
प्रवर्द्धन तथा सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनमा सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था
कायम गर्ने उद्देश्य पनि राखिएको छ (न्यायमा पहुँच आयोग २०७३) ।
हुन त निजामती सेवामा आरक्षण प्रणालीको अनुसरणले महिला, जनजाति, मधेसी,
दलितको अनु प ातमा क्रमशः वृद् धि हुँ दै छ । त्यसको तु ल नामा से न ा, प्रहरी, अदालत
लगायतका राज्यका निकायमा आरक्षण प्रणालीको अनुसरण नगरिनाले जातीय विविधताको
झलक देखिँदैन । न्यायालयमा सदियौ ँ देखिको असमावेशिता अहिले पनि कायम छ ।
न्यायालयलाई सुधार्नुपर्ने न्याय परिषद्ले न्यायालयभित्र, खास गरी न्यायाधीश नियुक्तिका
सम्बन्धमा, समावेशिता बहस र छलफलको विषय समेत भएको छै न । न्याय परिषद‌म् ा सत्ता
र विपक्षी दलका राजनीतिक तथा निजी स्वार्थ हावी भएको कुरा २०७० सालमा जिल्ला
न्यायाधीश, २०७२ सालमा उच्च अदालतमा ८० जना न्यायाधीश लगायत राजनीतिक

4
प्रतिनिधि सभाका एक सदस्यसँग माघ ५, २०७५ मा गरिएको कुराकानी ।
266 | रक्षाराम हरिजन

कोटाको आधारमा पछिल्ला न्यायाधीश नियु क् तिले छरपस्ट पारिसके को छ । 5 उच्च


अदालतको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा पाँच ओटा मुद्दा समेत परे का थिए ।
यस्तो अवस्थामा समावे शिता को विषयमा अदालतमा परे का रिट निवे द नमा
न्यायाधीशहरूबाट सकारात्मक तथा नकारात्मक व्याख्या भएको पाइन्छ । यसबारे के ही
न्यायाधीशले सकारात्मक रूपमा फै सला गरे का छन् भने के ही न्यायाधीशले समावेशीको
मुद्दालाई प्रतिकूल असर पर्ने गरी आदेश दिएको देखिन्छ । सामान्यतः न्यायाधीशले गर्ने
फै सला र निर्णयमा तिनका सामाजिक, आर्थि क , सां स ्कृतिक र पारिवारिक परिवे श र
पृष्ठभूमिले प्रभाव पारे को हुन्छ । विभिन्न सीमान्तकृ त समुदाय, दलित, महिला, मधेसी,
जनजातिले भोग्ने गरे का छुवाछूत, विभेद वा बहिष्करणको अनुभूति तत्‌तत् समुदायलाई
मात्रै हुन्छ । अन्य समुदायको व्यक्तिले अनुमान गर्न सक्छ, तर अनुभूति भने गर्न सक्दैन,
चाहे ती न्यायाधीश हु न् या वकिल । त्यसै ले न्यायालयमा समानुप ातिक समावे श ीको
सिद्धान्तलाई अंगीकार गर्नु अपरिहार्य रहेको हो (झा सन् २०१६) ।
ने प ालमा सकारात्मक विभे द को नीति र कार्यक्रमको कार्यान्वयनमा न्यायालयको
महत्त्वपूर्ण भूमिका हुन्छ । यो उपचारको अर्को तह हो जहाँ न्यायको नीति यसको उद्देश्यसँग
तादात्म्य राख्दछ । वञ्चित समुदायबाट आएका उम्मेदवारलाई समान प्राथमिकता दिइयो
भने यो प्रभावकारी हु न ्छ । साथै यो तहमा मानवीय निष्पक्षताको अवयवको परीक्षण
हु न्छ (गुरु सन् २०१६) । समावे शिताको विषयमा अदालत वा न्यायालयले के -कस्तो
आदेश, फै सला, निर्देशन, राय वा प्रतिक्रिया जनाउँ दै आएका छन् ? त्यसको जरो खोतल्न
न्यायाधीशहरूका दृष्टिकोण, प्रतिक्रिया तथा व्यवहारलाई समेत विश्ले षण गर्नु आवश्यक छ ।
यसर्थ, समावेशिताको सवालमा संवैधानिक तथा कानूनी प्रावधान, कार्यान्वयन प्रक्रिया
र त्यसको न्यायिक पुनरावलोकन समेतको अध्ययनको खाँचो महसुस गरिएको छ । यो
अध्ययन विशेष गरी समावेशी प्रावधानको सकारात्मक व्याख्या, सोको कार्यान्वयनको
विषयमा न्यायिक जाँचमा देखिने प्रक्रियागत कठिनाइ, र अधिकारी तथा न्यायाधीशको
दृष्टिकोणमा आधारित रहेको छ ।
यहाँ सर्वोच्च अदालतले फै सला र निर्णय गरे का २५ ओटाभन्दा बढी मुद्दा अध्ययन र
विश्लेषण गर्ने जमर्को गरिएको छ । प्राथमिक स्रोतमा खास गरी फै सला तथा निर्णय भएका
मद्ु दाको फाइल अध्ययन र मखु ्य सचू नादाता सँगको अन्तर्वार्तालाई सचू नाको आधार बनाइएको
छ । ती मुद्दाका निवेदक, अधिवक्ता तथा संलग्न के ही न्यायाधीश सँगको कुराकानीलाई
आधार मानेर न्यायिक जाँच, न्यायिक दृष्टिकोण तथा पुनरावलोकनको विश्ले षण गर्ने प्रयत्न
गरिएको छ । साथै, समावेशी सम्बन्धी मद्ु दाका फाइल कागजपत्र, संविधान, कानून, प्रस्तावित
कानून, अध्ययन प्रतिवेदन तथा लेख-आलेखलाई द्वितीय स्रोतको रूपमा प्रयोग गरिएको छ ।
5
पूर्व न्यायाधीशहरूसँग माघ ५, २०७५ मा गरिएको कुराकानी ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 267

यस अध्ययनमा समावेश गरिएका मुद्दा अदालतबाट फै सला तथा अन्तिम आदेश भई


कार्यान्वयन भइसके का मुद्दा हुन् । यसले अदालतको दृष्टिकोणलाई के लाउन सहज हुने
विश्वास गरिएको छ । समावेशीको सवालमा नेपालको न्यायालय कतिसम्म प्रगतिशील
रहेको छ भन्ने कुरा विश्ले षण गरिएको छ । ती फै सला तथा निर्णयलाई आत्मसात् गर्दै
समावेशी सिद्धान्त, त्यसको मर्म र भावनासँग जोडे र विश्ले षण गरिएको छ ।
अदालतले मुद्दाको रोहमा गरे को फै सला-आदेशलाई राज्य र नागरिक सबैले मान्नै
पर्छ, यसले कानून ी राज्य स्थापनामा सहयोग गर्छ । अदालतको आदेश मान्नु सबै क ो
कर्तव्य पनि हो । त्यसैले यो अध्ययनमा अदालत वा न्यायालयप्रति जनआस्था बिगार्ने
कुनै आशय राखिएको छै न । समावेशी सम्बन्धी संवैधानिक प्रावधान, कानून र मुद्दामा
न्यायालयको पुनरावलोकन, बुझाइ, आदेश, फै सला, निर्देशन, राय वा प्रतिक्रियाबारे पत्ता
लगाउनु यो लेखको मुख्य उद्देश्य हो ।
यसअघि अदालतको फै सला तथा निर्णयमा आधारित रहेर नेपालका अदालतद्वारा
महिला सशक्तीकरणको निमित्त तर्जुमा गरिएका विशेष उपायको संवैधानिक दृष्टिबाट न्यायिक
परीक्षण गरिएको थियो (मल्ल सन् २००३) । नेपाल सरकार विरुद्ध अधिवक्ता राधेश्याम
पराजुल ीको रिट (रिट नं . ३६९२) अनुस ार “ने प ालका अदालतहरूद्वारा महिलाहरूको
सशक्तीकरणको निमित्त तर्जुमा गरिएको विशेष उपायहरूको संवैधानिक दृष्टिबाट न्यायिक
परीक्षण गरिएको छ, र यस प्रकारका प्रयासहरूलाई सहयोग पु¥ याएको छ” (मल्ल सन्
२००३ : ३५) । यस लेखमा भने अदालतले गरे को समावेशीको कानूनका प्रावधानलाई
न्यायिक परीक्षण तथा न्यायिक दृष्टिकोणलाई प्रस्तुत गर्न खोजिएको छ ।

समावेशिता र जातीय राजनीति


नेपालमा सडकमा लगाइने नारा र पार्टी तथा राज्यका आचरणमा ठूलो भिन्नता छ । सडकमा
समावेशिताको नारा लगाउने दल र तिनले हाँक्ने राज्य नै समावेशी छै नन् । राजनीतिक
दलहरूका चुनावी घोषणापत्र व्यवहारमा लागू भएका छै नन् । चाहे नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) होस् या अन्य राष्ट्रिय राजनीतिक दल, ती आफै पनि समावेशी छै नन् (पासवान
सन् २०१७) । ने कपा, ने पाली काँ ग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) ने पाल, र संघीय
समाजवादी फोरम, नेपालको के न्द्रीय समितिमा १० प्रतिशतभन्दा बढी महिला छै नन् ।
राजनीतिक दलहरूकै अगुवाइमा जनआन्दोलन भएपछि २०६३ सालमा विस्तृत शान्ति
सम्झौता पश्चात् कानूनी रूपमा समावेशी प्रणाली लागू भएको हो । निजामती सेवा ऐनमा
संशोधन भई समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्ति प्रक्रिया अवलम्बन
गरियो । हाल निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी, सशस्त्र प्रहरी, तथा विद्यालय-
268 | रक्षाराम हरिजन

विश्वविद्यालय लगायत सरकारी-अर्धसरकारी सबै निकायमा समानुपातिक समावेशीको


प्रणाली अवलम्बन गरिएको छ ।
निजामती सेवामा समावेशी नीति लागू पश्चात् करिब २० हजार कर्मचारी नियुक्त भए,
जसमध्ये करिब सात हजार कर्मचारी समावेशी कोटा अन्तर्गत छानिएका छन् । निजामती
से व ाको सं र चनामा करिब ८५ प्रतिशत कर्मचारी पुरु ष छन् भने महिला कर्मचारी १५
प्रतिशत मात्रै । उनीहरूमा ५६ प्रतिशत ब्राह्मण, १४ प्रतिशत क्षत्री, पाँच प्रतिशत दलित
तथा आठ प्रतिशत मधेसी र १५ प्रतिशत जनजाति लगायत अन्य जाति समूहका छन्
(थर्ड एलायन्स २०७५) ।
नेपाली सेनामा २.३ प्रतिशत मधेसी र ५.२ प्रतिशत थारू छन् । सेनामा मगर, गुरुङ,
तामाङ, किराँती-लिम्बू तथा मधेसी समुदायमा आधारित बटालियनमा कूल सेनाको ४.२
प्रतिशत मात्रै छन् । ८७ प्रतिशत प्रमुख जिल्ला अधिकारी पहाडी ब्राह्मण तथा क्षत्री छन् ।
अन्य क्षेत्रमा जस्तै सञ्चार माध्यममा पनि प्रायः ब्राह्मण-क्षत्रीकै नेतृत्व छ (थर्ड एलायन्स
२०७५) । सरकारी स्तरमा प्रेस काउन्सिल, गोरखापत्र संस्थान, नेपाल टे लिभिजन, रे डियो
नेपाल र रासस जस्ता निकायमा मधेसी प्रतिनिधित्व र पहुँच अति न्यून छ (चन्द्रकिशोर
२०६४) । सबै जसो पत्रपत्रिका र सञ्चार गृहका सम्पादकमा एकल जातीय पुरुष वर्चस्व छ ।
न्याय परिषद् सचिवालयको वार्षिक प्रतिवेदन २०७४/०७५ अनुसार सर्वोच्च, उच्च र
जिल्लामा जम्मा ३९४ न्यायाधीश कार्यरत थिए ।6 उनीहरूमध्ये १४ जना, अर्थात् ३.५५
प्रतिशत, महिला न्यायाधीश छन् भने २०७२/०७३ मा २.८९ प्रतिशत महिला न्यायाधीश
थिए । ८८.५७ प्रतिशतभन्दा बढी पहाडी ब्राह्मण-क्षत्री छन् । उक्त प्रतिवेदन अनुसार समग्र
दलित समुदायबाट दुई जना न्यायाधीश, अर्थात् ०.५१ प्रतिशतको मात्रै उपस्थिति छ ।
आदिवासी जनजातिबाट एक जना महिला सहित ६.६ प्रतिशत, जसमा नेवारको मात्रै ३
प्रतिशत उपस्थित छ । मधेसी ३ प्रतिशत, थारू ०.५० प्रतिशत र मुस्लिम १.१ प्रतिशत
न्यायाधीश छन् । नेपालमा ४.५ प्रतिशत जनसंख्या आगेटेको मधेसी दलित समुदायबाट
ने पालको न्यायिक इतिहासमा कुनै न्यायाधीश बने क ो भेटिँदैन । सो प्रतिवे द न अनुसार
मधेसी, दलित, मुस्लिम र थारू समुदाय लगायतका पिछडिएको समुदायबाट एक जना पनि
महिला न्यायाधीश छै नन् भने जनजाति समुदायको महिला न्यायाधीश नगण्य मात्रै छ ।
सन् २०१३ मा प्रकाशित राष्ट्रिय न्यायिक प्रतिष्ठानको एउटा प्रतिवे द न (ने श नल
जुडिसियल एके डे मी सन् २०१३) ले नेपालका अदालतमा जिल्ला न्यायाधीशमा न्याय
सेवाबाट ८९.६ प्रतिशतभन्दा बढी ब्राह्मण-क्षत्री समुदायबाट आउने गरे को देखाएको छ ।
न्यायिक क्षेत्रका ४,९०८ कर्मचारीमा जातको आधारमा ७७.६ प्रतिशत ब्राह्मण-क्षत्री,
धार्मिक आस्थाको आधारमा ९८.३ प्रतिशत हिन्दू र लैंगिक आधारमा ८६.१ प्रतिशत
6
न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७४/७५ बाट विश्ले षण गरिएको ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 269

पुरुषको वर्चस्व छ । न्यायाधीशमा ८७.१ प्रतिशत, राजपत्र-अंकित अधिकृ तमा ८७.६


प्रतिशत, राजपत्र-अनंकित कर्मचारीमा ८२.१ प्रतिशत, र अन्य कर्मचारीमा ६६.६ प्रतिशत
ब्राह्मण-क्षत्रीको जातीय प्रभुत्व छ । जनजाति समूहबाट कुल न्यायाधीशमा ९.३ प्रतिशत,
राजपत्र-अंकित अधिकृ तमा ९.३ प्रतिशत, राजपत्र-अनंकित कर्मचारीमा ११.२ प्रतिशत
र अन्य कर्मचारीमा २१.३ प्रतिशत छन् । न्यायपालिकामा जनजाति दोस्रो स्थानमा छन्,
तर त्यसको तुलनामा ब्राह्मण-क्षत्री पाँच गुणाभन्दा बढी छन् । अन्य समूहको प्रतिनिधित्व
नगण्य छ । ब्राह्मण-क्षत्री बाहेकका समूहको प्रतिनिधित्व तल्लो स्तरमा बढ्दैछ, जसलाई
सरकारको समावेशी नीतिको उपलब्धिको रूपमा लिन सकिन्छ । तर अहिले पनि महिला,
मधेसी, जनजाति, दलितको योग्यता नै नपुगेको अर्थ लाग्ने व्यवहार गर्ने सिलसिला निरन्तर
छ (हरिजन सन् २०१७) ।
संविधानले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परे का महिला, दलित,
आदिवासी-जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृ त,
अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस-
आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको
सुनिश्चितता गरे को छ । विद्यमान निजामती सेवा, प्रहरी, सेना, शिक्षक सेवा, न्याय सेवा,
विभिन्न संस्थान, निर्वाचन, निगम, विश्वविद्यालयका कर्मचारी नियुक्तिका नियम तथा अन्य
सरकारी तथा सार्वजनिक निकायसँग सम्बन्धित काननू मा समानपु ातिक समावेशीको आधारमा
कर्मचारी नियक्ु ति गर्ने प्रावधान छन् । प्राविधिक शिक्षा, खास गरी स्वास्थ्य शिक्षा, अध्ययनको
लागि छात्रवृत्तिमा समेत विद्यार्थीको भर्ना प्रक्रियामा समावेशी गर्ने सम्बन्धी व्यवस्था छ ।
ती कानूनी प्रावधान व्यवहारमा लागू भएको देखिँदैन । अतः कानून लागू नभएको
वा उक्त कानून बमोजिम आफूले सेवा-सुविधा वा आरक्षण प्राप्त गर्न नसके को दाबी गर्दै
नागरिकहरू अदालतको ढोकासम्म ढकढक्याउन पुगेका हुन्छन् । अदालतको असाधारण
क्षेत्राधिकार अन्तर्गत उच्च तथा सर्वोच्च अदालतमा समावेशी विषयमा रिट निवेदन दर्ता
गरिएको छ । अदालतमा समावे श ी विषयको रिट निवे द नमा विभिन्न विषय समावे श
भएको देखिन्छ । त्यसमा आरक्षित कोटामा गैर-समुदायको व्यक्तिको नियुक्ति गरिएका र
आरक्षित कोटामै खुला उम्मेदवारबाट पदपूर्ति गरिएका तथा पदपूर्ति गर्दा समावेशी प्रक्रिया
अवलम्बन नगरिएका मुद्दा छन् ।

मुद्दाको ऐनामा समावेशिता


यस अध्ययनमा समावेश गरिएका २५ ओटा मुद्दामा ३७ जना निवेदक छन् । उनीहरूमा
पाँच जना महिलाको सहभागिता छ । निवेदकमध्ये दलित तीन, मुस्लिम दुई, मधेसी १३,
खस-आर्य सात, जनजाति एक, र मधेसी ब्राह्मण-क्षत्री ११ जना छन् ।
270 | रक्षाराम हरिजन

सम्बद्ध मुद्दामा एकल, संयुक्त, विशेष र संवैधानिक इजलासबाट फै सला भएका रिट
निवेदन रहेका छन् । समग्रमा यी मुद्दामा फै सला दिने न्यायाधीशहरूको जातिगत विवरण
हेर्दा सबैभन्दा बढी खस-आर्य ब्राह्मण-क्षत्री नै देखिन्छन् । एउटै न्यायाधीश एकभन्दा बढी
मुद्दामा समेत संलग्न थिए । तर एक न्यायाधीश जति ओटा मुद्दामा संलग्न भए पनि एक
जना मात्रै गनिएको छ । यसरी हेर्दा न्यायाधीशमध्ये १९ जना ब्राह्मण-क्षत्री, तीन जना
जनजाति, दुई मधेस ी ब्राह्मण-क्षत्री, दुई जना मधेस ी कायस्थ, तीन जना मधेस ी र एक
जना मुस्लिम रहेका छन् । ती मुद्दाको निर्णायक भूमिकामा ठूलो संख्या रहेको दलित र
थारूको सहभागिता छै न । हुन त पूरै न्यायालयमा उच्च अदालतको न्यायाधीश पदमा दुई
जना मात्रै पहाडी समुदायका दलित रहेका छन् (न्याय परिषद् सचिवालय २०७५) भने
जनगणना २०६८ मा ४.४ प्रतिशत जनसंख्या ओगटे का मधेसी दलित समुदायबाट एक
जना पनि न्यायाधीश छै नन् ।
समावेशी र सहभागिताको विषयमा सर्वोच्च अदालतले महत्त्वपूर्ण आदेश र फै सला
गर्दै आएको छ, तर यस्ता आदेश वा फै सलामा एकरूपता छै न । फरक-फरक इजलासले
समावेशितालाई फरक-फरक हिसाबले व्याख्या गरे का छन् । सर्वोच्च अदालतले समानुपातिक
समावेशिताको सिद्धान्तलाई अनुपालन गराउने सन्दर्भमा कुनै-कुनै अति नै महत्त्वपूर्ण नजिर
स्थापित गरे को छ । कतिपय फै सलाले समानुपातिकतालाई तोडमरोड गर्ने सरकारी रवैयालाई
बल पु¥याएको छ (थर्ड एलायन्स २०७५) । इजलासमा बस्ने न्यायाधीशहरूको पारिवारिक,
सामाजिक, आर्थिक वा सांस्कृतिक पृष्ठभूमिले उनीहरूले गर्ने फै सला र निर्णयमा समेत असर
गरे को हुन्छ । सोही अनुसार नै समावेशी मुद्दामा फै सला तथा व्याख्या भएको देखिन्छ ।
खास गरी समावेशिताका विषयमा अदालतको ढोकामा पुगेपछि कर्मचारी, अधिवक्ता तथा
न्यायाधीशले त्यसलाई औचित्यहीन बनाउने प्रयास गरे को देखिन्छ (हरिजन सन् २०१९) ।

न्यायिक पुनरावलोकन र अदालत


न्यायिक पु न रावलोकन उच्चतम न्यायालयलाई प्रदान गरिएको यस्तो अधिकार हो
जसले कार्यपालिका एवं विधायिकाद्वारा गरिएको गैरसंवैधानिक तथा गैरकानूनी कार्य वा
अतिक्रमणमा रोक लगाइ संविधानको रक्षा गर्छ भन्ने मान्यता छ । नेपालमा “व्यवस्थापिका
संसद्‌ले बनाएको कानून र कार्यपालिकाले गरे का निर्णयको सर्वोच्च अदालतले न्यायिक
पुनरावलोकन मार्फत संवैधानिक परीक्षण गर्न सक्ने” व्याख्या समेत गरे को छ (ने.का.प.
२०६७) । यसलाई परिभाषित गर्दै सर्वोच्च अदालतले अर्को मुद्दामा भनेको छ, “न्यायिक
पुनरावलोकनको अधिकार भनेको न्यायपालिकाको अन्तर्निहित अधिकार हो । न्यायिक
पुनरावलोकनको अधिकारबिना संविधानवाद, कानूनको शासन, सीमित सरकार, शक्ति
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 271

पृथ कीकरण र नियन्त्रण एवं सन्तुलनका आधारभूत मान्यताहरू जीवन्त बन्न सक्दैन”
(ने.का.प. २०६९क) ।
संविधानको व्याख्या-विश्ले षण गर्ने अधिकार न्यायपालिकालाई मात्रै दिइएको हुन्छ ।
न्यायिक सक्रियता अन्तर्गत न्यायपालिकाले विधायिका तथा कार्यपालिकाको निर्णय तथा
काम कारबाहीको सं वै धानि कताको परीक्षण वा जाँ च को लागि न्यायिक समीक्षाको
अवधारणाको प्रयोग गर्ने गर्छ । न्यायिक सक्रियताले सीमित परिधिभित्र रही मुद् दाको
कारबाही किनाराको कार्यभन्दा माथि उठे र समुदाय तथा नागरिकको हितमा आदेश गर्ने
कार्य गर्छ । नेपालको सर्वोच्च अदालतले विभिन्न समयमा गरे को न्यायिक सक्रियताको
उदाहरण हेर्न सकिन्छ । पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले एउटा मुद्दामा भनेका छन्,
“न्यायिक पुन रावलोकनको अधिकारको स्रोत भने क ो स्वयं सं विधा न नै हु ने हुँद ा त्यस
अधिकार अन्तर्गत संविधानको न्यायिक परीक्षण हुने नभई कानूनको संवैधानिकता परीक्षण
गरिने हुन्छ” (ने.का.प. २०६५) ।
“न्यायिक पुनरावलोकनको सिद्धान्त अन्तर्गत कुनै पनि कानूनको संवैधानिकता परीक्षण
गर्दा त्यस कानूनले कानूनी व्यवस्थामा पारे को प्रभाव, त्यसको अभावमा उत्पन्न हुन सक्ने
कानूनी रिक्तताको स्थिति, त्यस कानूनले समेटेको क्षेत्र र त्यसको प्राविधिक पक्ष समेतको
समग्र मूल्यांकन गर्नुपर्ने” (ने.का.प. २०६६) कुरा सम्मानित अदालतले स्वीकार गरे को छ ।
ने प ालको न्यायपालिकाले न्यायिक समीक्षा वा पुन रावलोकनको जीवन्त उदाहरण
स्थापित गरे को छ, जसले सरकारको स्वेच्छाचारितालाई नियन्त्रण गर्नुको साथै कानूनी
राज्यको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको छ । “संवैधानिक सर्वोच्चता र नागरिक
हकको संरक्षकको रूपमा मौलिक हकको विरुद्ध हुने जुनसुकै प्रकारका शक्ति, अधिकारको
स्वेच्छाचारी र मनोमानी कार्यलाई न्यायिक पुनरावलोकनद्वारा रोकिने” (ने.का.प. २०७१क)
भन्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरे को छ । त्यसै गरी, अर्को मुद्दामा सर्वोच्च
अदालतले व्याख्या गरे को छ, “सिफारिस गर्ने निकायले आफ्नो बुद्धिमत्ता र सद्‌विवेक
वस्तुगत रूपमा प्रयोग गरे को छ भन्ने कुरा गरिएको निर्णय व्यहोरा र निर्णय प्रक्रियाबाट
पनि देखिनुपर्दछ । अन्यथा बुद्धिमत्ता प्रयोग गरे को भन्ने कुराको आडमा स्वेच्छाचारिताले
प्रश्रय पाउने खतरा रहन्छ । स्वेच्छाचारितालाई अदालतले मान्यता दिन हुँदैन, त्यसमा
नियन्त्रण कायम गर्नु वाञ्छनीय हुन्छ । यो नै न्यायिक कार्यको धर्म पनि हो, मर्म पनि हो”
(ने.का.प. २०७३क) । यसरी अदालतले न्यायिक पुनरावलोकनको मध्यमबाट राज्यका
स्वेच्छाचारी निर्णय, काम कारबाहीलाई नियन्त्रण गर्छ ।
नेपालको संविधानको प्रस्तावनामा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी
राज्यको अवधारणालाई आत्मसात् गरिएको छ । यसले नेपालको न्याय सम्बन्धी अधिकार
यो संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक
272 | रक्षाराम हरिजन

निकायबाट प्रयोग गरिने व्यवस्था गरे क ा छ । मौलिक हकमा बन्देज लगाइएको, कु नै


कारणले कानून संविधानसँग बाझिएको विषय, तीन तहको कानून बाझिएको विषयमा
पुनरावलोकन गर्ने अधिकार सर्वोच्च अदालत अन्तर्गतका संवैधानिक इजलासमा रहेको
छ । सो बाहेक संविधान र कानूनको व्याख्या गर्ने तथा कानूनी सिद्धान्तको प्रतिपादन गर्ने,
कार्यपालिकीय कार्यको पुनरावलोकन गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतमा निहित
छ । त्यसै गरी संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलन, सार्वजनिक सरोकारको विषय
लगायत कुनै कानूनी प्रश्नको निरुपणका गर्न तथा न्यायिक उपचार प्रदान गर्न सक्ने अधिकार
उच्च अदालतलाई समेत प्रदान गरिएको छ ।7
अतः न्यायिक पुनरावलोकन जनताका मौलिक मानवअधिकारको रक्षा र संवैधानिक
सर्वोच्चताको सुनिश्चितताका लागि न्यायपालिकाले प्रयोग गर्ने असाधारण अधिकार हो ।
यसले न्यायिक पुनरावलोकनको माध्यमबाट संविधानद्वारा प्रदत्त जनताका हक-अधिकारको
सं र क्षण गर्छ । यस अध्ययनमा समावे श गरिएको समावे श ी विषयमा पनि न्यायालयले
न्यायिक पुनरावलोकन गर्दै आएको छ । तिनै न्यायिक पुनरावलोकनको रोहमा भएका
फै सलालाई यस अध्ययनको मुख्य स्रोतको रूपमा लिइएको हो ।

समावेशिताको अवधारणामा एकरूपता


न्यायालयले समावेशिता सम्बन्धी जेसुकै फै सला वा निर्णय गरे को भए पनि अवधारणा
तथा परिभाषामा लगभग एकरूपता नै पाइन्छ । आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले
पछाडि परे को महिला, दलित, आदिवासी-जनजाति, मधेसी समुदाय, उत्पीडित वर्गको
समेत उत्थान गर्न तथा उनीहरूलाई मूलधारमा ल्याउन समावेशी सिद्धान्त अनुरूप विशेष
व्यवस्था गर्न आवश्यक छ । साथै, समावेशीकरणको माध्यमबाट ती समुदाय वा वर्गलाई
राज्यका हरे क संरचना तथा निकायमा समानुपातिक समावेशी र सहभागिताको सुनिश्चितता
गर्नुपर्ने औँल्याइएको छ । विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान,
सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न र सामाजिक सुरक्षामा
विशेष अवसर दिनु पर्ने भनिएको छ ।
सामाजिक, आर्थिक र भौगोलिक कारणले पछाडि परे का वर्ग र समुदायलाई विशेष
व्यवस्था गर्नु जरुरी छ । तर विविधताको सुनिश्चितताको अर्थ योग्यता (मेरिट) सँग सम्झौता
गर्नु होइन । यसको मतलब न्यूनतम योग्यतासँग सम्झौता गर्नु होइन । बरु के ही विशेष
उपाय अवलम्बन गर्दै फरक समूहबीच प्रतिस्पर्धा गराउँ दै उनीहरूको क्षमता विकास गराउनु
आवश्यक हुन्छ । समानसँग असमानको प्रतिस्पर्धाभन्दा पनि असमानहरूबीच असमानको

7
नेपालको संविधान, २०७२ को प्रस्तावना र धाराहरू १२६, १३३ र १४४ हेर्नुहोस् ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 273

प्रतिस्पर्धाको साथ विविधता सहितको समावेशिता सुनिश्चित गर्न सक्नु आवश्यक हुन्छ
(ने.का.प. २०७५) । यसरी असमानहरूबीच पिछडिएको समुदायको लागि गरिने विशेष
व्यवस्था नै आरक्षण हो । आर्थिक, सामाजिक, शैक्षिक दृष्टि सदियौदँ ेखि पछाडि पारिएका
वर्ग, जाति, समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन जरुरी हुन्छ । उनीहरूलाई पहिलादेखि
नै विशेषाधिकार प्राप्त वर्ग, समुदायसँग पिछडिएको समुदायको प्रतिस्पर्धा गराउनु न्यायोचित
हुँदैन । उनीहरूलाई मूल प्रवाहमा ल्याउन के ही निश्चित समयको लागि विशेष अधिकार
दिई असमान व्यवहार गर्नुपर्छ, यसको लागि सशक्तीकरणको पनि आवश्यकता हुन्छ ।
यो लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो । समावेशी, समानुपातिक समावेशी,
तथा आरक्षण वा सकारात्मक विभेदको विषयमा अदालतको अवधारणामा एकरूपता
रहेको देखिन्छ ।
नीलमकुमारी यादव विरुद्ध नेपाल बैंक लि. समेतको मुद्दामा व्याख्या गरिएको छ :

राज्यको मूल प्रवाहबाट बाहिर रहेको वर्ग वा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले
पछाडि परे को महिला, दलित, आदिवासी-जनजाति, मधेशी समुदाय, उत्पीडित वर्ग
समेतको उत्थानका लागि समावेशी सिद्धान्त अनुरूप विशेष व्यवस्था गरी त्यस्तो
वर्ग वा समुदायलाई राज्यको संरचनामा सहभागी हुने र गराउने सुनिश्चितता प्रदान
गर्नु पर्ने देखिन्छ । त्यसरी समावेशी सिद्धान्तको आधारमा राज्यको प्रत्येक निकायमा
सहभागी हुन पाउनु त्यस्तो वर्ग वा समुदायका व्यक्तिको मौलिक हक नै रहेको
छ । यसमा राज्यको कुनै पनि निकाय कुनै प्राविधिक, आर्थिक, व्यवस्थापकीय
वा अन्य बहानामा संविधानको उद्देश्य अनुरूप समावेशी सिद्धान्तका आधारमा
सहभागी हुन पाउने हकको कार्यान्वयन गर्नुपर्ने कर्तव्य वा दायित्व निर्वाह गर्नमा
लामो समयसम्म अनदेखा वा वे व ास्ता गर्नु मनासिब र तर्क सं ग त हु न नसक्ने
[देखिन्छ] । (ने.का.प. २०६८)

त्यसै गरी निरजकुमार साह विरुद्ध नेपाल सरकारको मुद्दामा व्याख्या गरिएको छ :

राज्यको मूल प्रवाहमा आउन नसकी राज्यबाट उपलब्ध साधन, स्रोत र पहुँचमा
प्रतिनिधित्व हुन नसकी बहिष्करण (Exclusion) मा परे का वर्गलाई राज्यको
मूल प्रवाहमा समावेश (Inclusion) गर्नको लागि त्यस्ता पक्षको साधन, स्रोत,
र अवसरमा पहुँच र प्रतिनिधित्वको सुनिश्चित हु न ्छ । त्यसका लागि राज्यको
हरे क संरचनामा सहभागिताको सुनिश्चित अवसर प्रदान गर्न, सामाजिक र आर्थिक
रूपमा पछाडि परे को वर्गलाई विशेष अवसर दिई व्यक्तित्व विकास गराउने दायित्व
274 | रक्षाराम हरिजन

राज्यको हुनेछ । उच्च शिक्षामा सबैको पहुचँ को सनिश्


ु चितता (Financial support)
भर्ना नीतिमा नै समावेशिताको सुनिश्चितता भर्नामा विविधता (Diversity) को
सम्बोधन हाम्रो जस्तो बहुपहिचान भएको समाजमा (Plural society) अपरिहार्य
देखिन्छ । यसमा समावेशीको नाउँ मा योग्यतालाई बे वास्ता गर्न उचित हुँदैन ।
(ने.का.प. २०७५)

यो मुद्दामा त्रिभुवन विश्वविद्यालय र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता


सरकारी अनुदानमा सञ्चालन हुने प्रतिष्ठानमा समावेशिताका लागि थप काम गर्न पर्ने पक्ष
पनि औँल्याइएको छ । खास गरी समानसँग असमानको प्रतिस्पर्धाभन्दा पनि असमानबीच
असमानको प्रतिस्पर्धाको साथ विविधता सहितको समावेशिताको सुनिश्चितता, आर्थिक
रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र
विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगार, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष
अवसर तथा लाभ पाउने हक रहेकोले सरकारी अनुदानमा सञ्चालन हुने प्रतिष्ठानले छात्रवृत्ति
प्रदान सम्बन्धी नियम बनाउनुपर्ने र भर्नामा आवश्यक न्यूनतम योग्यतासँग सम्झौता नगरी
विविधताको सुनिश्चितता गर्न तत्काल आवश्यक मापदण्ड तयार गर्न निर्देशन दिएको छ ।
अधिवक्ता नारायण झा विरुद्ध त्रिभुव न विश्वविद्यालय सभा, कीर्तिपुर , काठमाडौ ँ
समेतको मुद्दामा राज्यको मूल प्रवाहमा समेटिन नसकी पछि परे का वर्ग वा समुदायका
नागरिकलाई सामाजिक न्याय र सशक्तीकरणका माध्यमबाट अरू सरह समान प्रतिस्पर्धामा
उत्रन सक्षम नभए सम्मका लागि मात्र सकारात्मक विभेद सम्बन्धी नीति अवलम्बन गर्ने
प्रावधान थियो (ने . का.प. २०६९ख) । त्यसमा सकारात्मक विभेद , सशक्तीकरण तथा
आरक्षण जस्ता कार्यक्रमका माध्यमबाट उनीहरूको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि
भई अरू सरह प्रतिस्पर्धा गर्न सक्षम भएपछि पूर्ण प्रतिस्पर्धामा आधारित “समानहरूका
बीचको समानता” पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशित गर्दा समावेशीतर्फ उत्तीर्ण हुने
उम्मेदवारको नामावली प्राथमिकतामा राखी खुला समूहबाट स्वतः हटाइने प्रावधान थियो ।
यसले गर्दा आरक्षित समुदायलाई खुलातर्फ छनोट हुनबाट रोक्ने कार्य हुँदै आएको छ ।
यस्ता नियममा भएको प्रावधान समानता, समावेशिता र सामाजिक न्यायको सिद्धान्तको
प्रतिकूल रहेको भन्दै उक्त व्यवस्था अमान्य र बदर घोषित गरे को थियो । संविधानले सारभूत
समानता, सामाजिक न्याय र समावेशीकरणलाई प्राथमिकता प्रदान गरे को अवस्थामा खुला
र समावेशी दुवैतर्फ उत्तीर्ण उम्मेदवारलाई समावेशी तर्फबाटै सिफारिस गर्दा संविधानको
भावनाको पक्षपोषण नहु ने र त्यस्ता उम्मेदवारलाई खुल ा तर्फबाट सिफारिस गरिएमा
समावेशी तर्फ का अरू उम्मेदवारले मौका प्राप्त गर्ने भई संविधानको भावना अनुकूल हुन्छ
भनी व्याख्या समेत गरिएको छ ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 275

त्यसमा “आर्थिक, सामाजिक, शैक्षिक वा सांस्कृतिक क्षेत्रमा पछाडि परे का कारण


राष्ट्रिय जीवनको मूल प्रवाहमा समाहित हुन नसके का वर्ग वा समुदायका नागरिकहरूलाई
सशक्तीकरण तथा आरक्षण जस्ता सकारात्मक विभेदका माध्यमबाट राष्ट्रिय जीवनको मूल
प्रवाहमा समाहित गराउने समावेशीकरण सम्बन्धी सिद्धान्तको उद्देश्य भएको हुँदा वञ्चिती
(exclusion) मा परे का त्यस्ता वर्ग वा समुदायको पहिचान गर्ने दायित्व राज्य अर्थात्
नेपाल सरकारमै निहित हुने” कुरा औँल्याइएको छ ।
रज्मदिन मियाँ विरुद्ध नेपाल सरकार समेतको मुद्दाका सम्बन्धमा भनिएको छ :

देशमा विद्यमान समस्याहरूको समाधानका लागि राज्यको अग्रगामी पुनर्संरचनाभित्र


राज्य सं यन् त्रमा समावे श ी रूपले सबै लिं ग , जातजाति, भाषाभाषी, धार्मिक,
सांस्कृतिक पहिचान बोके का नागरिकहरूका साथै क्षेत्रीय रूपमा पछाडि परे का
नागरिकहरूलाई समेत सहभागी हुने अवसरको सुनिश्चितता गर्नु अपरिहार्य हुन्छ ।
देशका विभिन्न भागमा छरिएर रहेका नेपाली मसु लमान समदु ायका नागरिकहरूमध्ये
नेपालको दक्षिणी समथर भूमि तराई मधेशमा बसोबास गर्ने मुसलमान नागरिकका
हकमा शिक्षक सेवामा आरक्षण सुविधा प्राप्त हुने र अरू भू-भागमा बसोबास गर्ने
मुसलमानका लागि आरक्षणको सुविधा प्राप्त नहुने भनी संकुचित अर्थ गर्ने हो
भने अरू क्षेत्रमा बसोबास गरे का अल्पसंख्यक मुसलमानप्रति राज्यद्वारा विभेद
गरिएको छ । (ने.का.प. २०७०क)

सन्तोष यादव समेत विरुद्ध नेपाल सरकार मुद्दामा “निजामती कर्मचारीका सन्ततिलाई
उपलब्ध हुने छात्रवृत्ति नेपाल सरकारले उपलब्ध गराएको आर्थिक अनुदानबाट सञ्चालित
भएकोले त्यस्तो छात्रवृत्ति वितरण गर्दा छात्रवृत्ति सम्बन्धी ऐन र नियमावली बमोजिम
समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने हुन्छ । त्यस्तो कानूनी व्यवस्थालाई
बेवास्ता गर्न वा त्यस्तो व्यवस्थाको प्रतिकूल हुने गरी छात्रवृत्ति वितरण सम्बन्धी निर्देशिका
बनाउन वा छात्रवृत्ति वितरण गर्न मिल्दैन । निर्देशिका वा नियमावलीमा छात्रवृत्ति को
वितरणमा समानुपातिक र समावेशी हुने गरी लागू गर्नु” भनी परमादेश समेत जारी गरिएको
थियो (ने.का.प. २०७१ख) ।
यसरी विभिन्न मु द् दाका अन्तिम आदे श वा फै सलामा मु द् दा हारजित जे भए पनि
समावे श ीको मामिलामा अदालत सै द् धान्तिक रूपमा एकमत दे ख िन्छ भने राज्यलाई
समावेशीको आवश्यकता रहेको कुरामा सहमत भएको देखिन्छ । हरे क फै सलामा समावेशी,
समानुपातिक समोवेशी, आरक्षण वा सकारात्मक विभेदको विषयमा व्याख्यामा एकरूपता
पाएको देखिन्छ, जसले समावेशी विषयमा अदालतको दृष्टिकोण स्पष्ट भएको हुन्छ ।
276 | रक्षाराम हरिजन

प्राविधिक कारण र औचित्यहीनता


“ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो” भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अदालत
र न्यायाधीशले सदैव आत्मसात गर्नुपर्छ । समानुपातिक समावेशीको सिद्धान्तको विपरीत
गरिएको काम कारबाहीको विषयका धेरै जसो मुद्दा औचित्यहीन अवस्थामा पुगेको देखिन्छ,
जुन उपरोक्त सिद्धान्तको मर्म र भावना विपरीत छ ।
रक्षाराम हरिजन विरुद्ध संवैधानिक परिषद्, सिंहदरबार, काठमाडौ ँ समेतको मुद्दामा
संविधानमा मौलिक हकको रूपमा रहेको समानुपातिक समावेशीको सिद्धान्तको मर्म र
भावना विपरीत संवैधानिक परिषदल ् े अख्तियार दरुु पयोग अनुसन्धान आयोगको आयुक्तमा
नियुक्ति गरे को विषय अदालतमा प्रवेश गरे को थियो । विडम्बना, मुद्दाको सुनुवाइमै ढिलाइ
गरियो, जसले गर्दा सुनुवाइ हुँदासम्म नियुक्ति प्रक्रिया पूरा भएर पद बहाली भइसके को
थियो । विपक्षीहरूले नियुक्तिका सबै प्रक्रिया पूरा भई राष्ट्रपतिबाट नियुक्ति भइसके को
अवस्थामा रिट निवेदनको सान्दर्भिकता र औचित्य समाप्त भएको जिकिर गरे । राज्यमा
रहेका दलित, उपेक्षित, बहिष्करणमा परे का तथा सीमान्तकृ त समुदायलाई अयोग्यताको
छाप लगाउँ दै मुद्दा नै तथ्य संगत नभएको दाबी पनि गरे । तिनै जिकिरलाई समर्थन गर्दै
अदालतले भन्यो, “ती सिफारिस र निर्णय कुनै जात जातितर्फ विशेष मात्र लक्षित भएको
भन्ने निष्कर्ष निकाल्नु न्यायको रोहमा उचित देखिँदैन । हालको अवस्थामा सिफारिस
भएका व्यक्तिहरू सम्बन्धित पदमा नियु क्त भई शपथ लिई पदभार ग्रहण गरिसके को
अवस्था देखिन्छ” (ने.का.प. २०७३ख) । उक्त निवेदनमा निजहरूका योग्यता, अनुभव
इत्यादि सम्बन्धमा कुनै प्रश्न नउठाई समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्ने
सम्मको आधार रहेको भन्दै रिट खारे ज गरिएको थियो । यस मुद्दामा लिइएका आधारमध्ये
प्रमुख आधार सम्बन्धित निकायबाट सिफारिस भई नियुक्ति तथा सपथ ग्रहण समेत भई
सके को अवस्थाले मुद्दाको औचित्यमाथि प्रश्न उठाई सोही रिट खारे ज गरे को देखिन्छ ।
एकतिर संगमलाल खंग खत्वे विरुद्ध राष्ट्रिय प्राथमिक विद्यालय, कोरियानी, सप्तरी
समेतको मुद्दामा अदालतले भनेको थियो, “समावेशी कोटा छुट्ट्याइ विज्ञापन प्रकाशित
हु नु पर्ने निवे द कको भनाइ भए आवे द न फर्म बु झ ाउनु भ न्दा अगावै उजु र गर्न आउनु
पर्दछ । प्रकाशित विज्ञापन अनुस ार आवे द न फर्म बुझ ाइसके कोले विज्ञापन प्रकाशनको
कार्यबाट निजको हकमा आघात पुग्ने आशंका रहेको भनाइ तथ्यसंगत छै न” (ने.का.प.
२०७३ग) । समावेशी रूपबाट विज्ञापन प्रकाशित हुन सोको कोटा नै नछुट्ट्याएको र कोटा
छुट्ट्याउनु पर्ने-नपर्ने, विद्यालयमा कति शिक्षक रहेको-नरहेको आदि विषय नीतिगत विषय
भएकोले सो सम्बन्धमा परमादेश को आदेश बाट हस्तक्षेप गर्न नमिल्ने भनी अदालतले
सिद्धान्त नै प्रतिपादन गर्न खोजेको छ ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 277

अर्कोतिर निलमकु मारी यादवको मु द् दामा अदालतले राज्यका कु नै पनि निकाय


कुनै प्राविधिक, आर्थि क , व्यवस्थापकीय वा अन्य बहानामा सं विधा न-प्रदत्त समावे श ी
सिद्धान्तका आधारमा सहभागी हुन पाउने हकको कार्यान्वयन गर्नुपर्ने कर्तव्य वा दायित्व
निर्वाह गर्नमा लामो समयसम्म अनदेखा वा वेवास्ता गर्नु मनासिव र तर्क संगत हुन नसक्ने
उल्लेख गरे को छ । यसको अर्थ इजलासको बुझाइमा फरकपन भएकाले अन्तरविरोधपूर्ण
आदेश भएको देखिन्छ ।
राज्यबाट विशेष लाभ प्राप्त गरिसके को अवस्थामा तहपिच्छे समावेशी लागू गर्ने कि
नगर्ने भन्ने प्रश्नमा अदालतले आफ्नो मत दिएको छ । डा. मिङ्‌मार गेल्जेन शेर्पा विरुद्ध
नेपाल सरकार समेत मुद्दामा “सकारात्मक विभेदका आधारमा समावेशीलाई कुन बिन्दुसम्म
लाने भन्ने कुरा राज्यको नीतिगत व्यवस्थामा अदालतले हस्तक्षेप गर्नु न्यायिक दृष्टिले
उचित मान्न हुँदैन” र “बढुवा भनेको सेवामा प्रवेश गरिसके का समान कर्मचारी बीचको
प्रतिस्पर्धा हुँदा समान सरह हुने प्रयोजनको लागि असमान अवस्थाका व्यक्तिलाई एक
पटक मौका प्रदान गरी त्यस्ता व्यक्तिले राज्यबाट विशेष लाभ प्राप्त गरिसके को अवस्थामा
तहपिच्छे असमान भनी मौका प्रदान गर्दा समानताको सिद्धान्तको उपहास हुन जाने” भनी
व्याख्या गरिएको छ (ने.का.प. २०७१ग) । यस सम्बन्धमा थप व्याख्या गर्दै भनिएको छ :

समावे श ी सिद्धान्तको मू ल मर्म भने क ो राज्यले सीमान्तकृ त तथा आर्थि क ,


सामाजिक, सांस्कृतिक र अन्य कारणले पछाडि परे का वर्ग एवं मूल प्रवाहमा
समाहित गराउने उद्देश्यले त्यस्ता वर्ग समेतको प्रतिनिधित्वको अपेक्षा गरी प्रदान
गरिएको सुविधा राज्यबाट कु नै एक व्यक्तिलाई पटक-पटक हु नुप र्ने भनी माग
गर्न समानताको सिद्धान्त र समावेशिताको सिद्धान्तले नमिल्ने हुँदा कुनै व्यक्ति
समावेश ीको आधारमा सरकारी से व ामा प्रवे श गरे पश्चात् निजका हकमा पुन ः
समावेशीबाट पाउने लाभ समाप्त भएको मान्नुपर्छ । बढुवा पदसोपानको सिद्धान्त
र समावेशीको सिद्धान्त दुई अलग-अलग सिद्धान्त हुन् । समावेशीको सिद्धान्त
अनुसरण गरी सुविधा हासिल गरी पदसोपानको सिद्धान्तभित्र प्रवेश गरिसके का
कर्मचारीले पुनः समावेशीको सुविधा माग गर्नु भनेको बढुवा पदसोपानको सिद्धान्त
विपरीत हुने ।

यसरी प्राविधिक, प्रशासनिक तथा नीतिगत कठिनाइका कारण अदालत समावेशीको


मुद्दामा पछि हटेको देखिन्छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्न नसके का कर्मचारीतन्त्रले
प्रशासनिक तथा व्यावहारिक अड् च न समे त उत्पन्न गरे क ो अवस्था छ । यति हुँद ाहुँदै
इजलासले समावेशी सिद्धान्तलाई सामान्यतः अवलम्बन गर्नुपर्ने कुरामा जोड दिने गरे को
छ, जुन नेपालको न्यायालयको प्रगतिशील र बलियो कदमको रूपमा हेर्न सकिन्छ । लोक
278 | रक्षाराम हरिजन

कल्याणकारी राज्यले नागरिकहरूलाई आफ्नो अनुकूलतामा अधिकार उपभोग गर्न सक्षम


बनाउने होइन । सरकारले नागरिकलाई समान रूपले अधिकार उपभोग गर्न सक्ने बनाउन
पूर्वावस्थाको प्रबन्ध गर्नुपर्ने हुन्छ, जुन अदालतले औँल्याएको छ ।

एउटै विषयमा फरक-फरक फै सला


अदालतले गर्ने फै सलामा एकरूपता हुनु आवश्यक हुन्छ । समानुपातिक समावेशीकरण
तथा सामाजिक न्यायको सवालमा अदालत एकमत हुनुपर्छ । न्यायालयले दिने न्यायमा
एकरूपता कायम गर्न सक्नुपर्छ । तर एउटै विषयमा फरक-फरक फै सला आउँ दा अन्याय
हुन्छ, किनभने यसले समानुपातिक सिद्धान्तको मूल मर्मलाई नै निस्तेज गर्न सक्छ ।
आरक्षित सिटमा पदपूर्ति हुन नसकी बाँकी रहेका सिट पुनः सोही समूहतर्फ विज्ञापन
गरी पदपूर्ति गर्नुपर्ने विषयमा मोहम्मद मुस्तफा विरुद्ध लोक सेवा आयोग, के न्द्रीय कार्यालय
अनामनगर समे त को मुद् दामा समावे श ी सम्बन्धी सं वै धानि क हकको प्रचलनको लागि
निजामती सेवालाई समावेशी बनाई सो सेवाका कर्मचारीको पदपूर्ति गर्ने सन्दर्भ उठाइएको
थियो (ने.का.प. २०७०ख) । निजामती सेवा ऐनमा महिला, आदिवासी-जनजाति, मधेसी,
दलित, अपांग र पिछडिएका क्षेत्र समेतका वर्गका लागि तोकिएको अनुपातमा सिट संख्या
निर्धारण गरी ती वर्गबीच मात्रै प्रतिस्पर्धा हुने गरी पद छुट्ट्याइएको छ । त्यस्ता पदमा जुन
वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन
नसके मा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नुपर्नेछ भन्ने प्रावधान छ । त्यस्तो
प्रावधान विपरीत सोही वर्ष खुलातर्फ समावेश गरे को विषयमा मुद्दा दायर भएको थियो ।
अदालतको आदेशमा कुनै आर्थिक वर्षको विज्ञापनद्वारा पूर्ति हुन नसके को समावेशी
समूहका लागि छुट्ट्याइएको पद अर्को वर्षको विज्ञापनमा समावेश नगरी त्यसपछि पहिलो
पटक नै खुलातर्फ समावेश गरी विज्ञापन र पदपूर्ति गर्न उक्त कानूनी व्यवस्था बमोजिम
मिल्दैन । समावेशी समूहतर्फ छुट्ट्याइएको पदको विज्ञापन बमोजिम पूर्ति हु न नसके को
बाँकी पद त्यस पछिको दोस्रो विज्ञापनमा समावेश गर्नुपर्ने र दोस्रो विज्ञापनबाट पनि पूर्ति
हुन नसके मा मात्र सो सालको विज्ञापनमा खुला तर्फ को विज्ञापन र पदपूर्ति गर्नुपर्ने हुन्छ ।
अधिकृ त तहको मधे स ी समूह अन्तर्गत तीन ओटा सिटमा पदपूर ्ति हु न नसकी बाँ क ी
रहेकोलाई अर्को वर्ष लोक सेवा आयोगले खुलातर्फ समावेश गरे को कार्यलाई अदालतले
बदर गरे को थियो भने ती तीन पद मधेसी समूह तर्फ को पदको पुनः विज्ञापन गरी तदनुरूप
पदपूर्ति गर्न परमादेश जारी गरे को थियो ।
अदालतले “अबदेखि गरिने विज्ञापनमा संविधान र कानून बमोजिम समावेशी समूहको
लागि छुट्ट्याइएको पदमा पदपूर्ति गर्दा अघिल्लो वर्षको विज्ञापनबाट पूर्ति हुन नसकी बाँकी
रहेको पद समेत पछिल्लो वर्ष हुने विज्ञापनमा समावेश गरी विज्ञापन गर्ने र लगातार दुई
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 279

वर्षको विज्ञापनबाट पनि पूर ्ति हु न नसके मात्र खुल ातर्फ लगी विज्ञापन गर्नू र सो कु रा
विज्ञापन गर्दाकै समयमा खुलाई पारदर्शी ढं गले विज्ञापन गर्ने व्यवस्था मिलाउनू” भनी
निर्देशनात्मक आदेश जारी गरे को थियो (ने.का.प. २०७०ख) ।
यस्तै विषयको अर्को मुद्दामा भने यस निर्देशनात्मक आदेशलाई अदालतले नै लत्याएको
उदाहरण छ । लोक सेवा आयोगको छनोट समितिले समावेशी सिद्धान्त विपरीत कार्यलाई
बदरको माग गर्दै दायर वीरे न्द्र साह विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्साल समेत मुद्दामा
त्यसलाई कानून सम्मत नै भएको फै सला गरिएको थियो (ने.का.प. २०७२क) । नेपाल
प्रहरीमा प्रहरी निरीक्षक (प्रशासन) पदको समावेशी समूहतर्फ माग बमोजिम आवश्यक
संख्यामा उम्मेदवार उत्तीर्ण हुन नसके को सिटमा पद संख्या खुलामा समावेश गरी नतिजा
तयार गरिएको थियो । विज्ञापनमा मधेसी समूहको १७, महिला १३ र दलित नौ जना
प्रहरी निरीक्षकको माग गरिएको थियो । तर छनोट समितिको निर्णयमा समावेशी अन्तर्गत
आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण हुन नसके को पद संख्या क्रमशः मधेसी १३, महिला
३ र दलित ६ रहेको थियो । यसरी बाँकी सिटलाई सोही सूचना मार्फत खुला नतिजामा
गाभिएको थियो । अतः विज्ञापित प्रहरी निरीक्षकको परीक्षामा अनुत्तीर्ण भएको तथ्यलाई
निवे द कहरूले निवे द नमै स्वीकार गरे क ो तथा प्रहरी नियमावलीमै आवश्यक सं ख ्यामा
दरखास्त नपरे को वा माग भएको संख्यामा उत्तीर्ण हुन नसकी समावेशी तर्फ को सिट बाँकी
रहेमा खुलाबाट पूर्ति गर्न सकिने कानूनी व्यवस्था भएको भन्दै मुद्दा खारे ज गरिएको थियो ।
तर, सो कानून नै पूर्वाग्रही भएको तथा समावेशी सिद्धान्तको सर्वमान्य सिद्धान्तको
विपरीत प्रहरी नियमावली रहेको भन्दै विभेदकारी प्रावधानको बदर घोषितको माग गर्दै
शम्भुकु मार दास विरुद्ध प्रहरी प्रधान कार्यालय समे त उत्प्रे ष ण परमादेश ०७३-डब्लु.
सी.-००३३ अर्को रिट निवे द न दायर भएको थियो (ने . का.प. २०७४) । समानुप ातिक
सहभागिता गराउने उद्देश्य विपरीत प्रहरी नियमावली २०७१ को नियम ९ (११) मा झारा
टार्ने किसिमले समावेशीको प्रावधान राखिएको छ । सो प्रावधान बदर गरी कम्तीमा दईु
वर्षको विज्ञापनबाट पनि पूर्ति हुन नसके मा मात्र त्यस्तो पद खुला प्रतियोगिताद्वारा पूर्ति
गरिनुपर्ने माग गरिएको थियो । संवैधानिक इजलासमा पेश भएको उक्त मुद्दालाई प्रथम
सुनुवाइमा खारे ज गरिएको थियो । हालसम्म फै सलाको पूर्ण पाठ आउन नसके कोले सो
सम्बन्धमा विस्तृत उल्लेख गरिएको छै न ।
उल्लिखित तथ्यलाई विवे च ना गर्दा मौलिक कानू न को उल्लंघन तथा समावे श ी
प्रावधानमा पश्चगमन हु ने गरी कार्यपालिकाले नियमावली निर्माण र कार्यान्वयन गरे को
देख िन्छ । कार्यपालिका र त्यस मातहतका निकायले कानून को कार्यान्वयनका लागि
चाहिने विभिन्न किसिमका नियम बनाउने अधिकारलाई प्रत्यायोजित विधायन भनिन्छ ।
प्रत्यायोजित विधायन अन्तर्गत बन्ने यस्ता नियम नेपालमा भने मनलाग्दो ढंगले बनाइको
280 | रक्षाराम हरिजन

पाइन्छ । प्रचलित मौलिक कानूनसँग बाझिने गरी कुनै पनि निकायले प्रत्यायोजित विधायन
बनाउन सक्दैन ।
अदालतले एकतिर मो. मसु ्तफाको मद्ु दामा दईु वर्षसम्म आरक्षित समहू मै कानून बमोजिम
पुनः विज्ञापन गर्नुपर्ने निर्देशन दिएको छ, जुन विधायिकाद्वारा निर्मित कानून निजामती सेवा
ऐन, २०४९ को दफा ७(१०) मा प्रस्ट व्यवस्था छ । अर्कातिर, प्रत्यायोजित विधायनको
अधिकार प्रयोग गरी कार्यपालिकाद्वारा निर्मित नियममा आरक्षित समूहभित्र कुनै कारण
पदपरू ्ति हुन नसके मा खल ु ाबाट पदपरू ्ति गर्ने प्रावधान छ, जनु विधायिकाको मौलिक कानूनसँग
बाझिन्छ । अदालतले भने निजामती सेवा ऐन, २०४९ लाई नजरअन्दाज गरे को देखिन्छ ।
यसले गर्दा अदालतले तथ्य, प्रमाण, तथा विधि निर्माताको मनसायलाई न्यायोचित तवरले
व्याख्या गर्न सक्यो कि सके को छै न भन्ने प्रश्न उठे को छ ।
संविधानको मौलिक हकमा रहेको समानुपातिक सिद्धान्तको प्रावधानलाई प्रभावकारी
कार्यान्वयन गर्ने दायित्वलाई राज्यले कु नै पनि बहानामा बे व ास्ता गर्न मिल्दैन । सबै
नागरिकलाई समान हैसियत तथा क्षमता अभिवृद्धि गर्नु राज्यको दायित्व हुन्छ । नेपालको
संविधान अनुसार राज्यले उत्पीडित तथा पिछडिएको वर्ग, समुदाय, क्षेत्रका नागरिकको
संरक्षण, उत्थान, सशक्तीकरण, विकास गर्ने नीति लिएको देखिन्छ । समानुपातिक सिद्धान्तको
प्रतिकूल हुने गरी कुनै कानूनी प्रावधान वा राज्यको काम कारबाही भएकोमा अदालतले
राज्यलाई उत्तरदायी बनाउने कार्यमा अग्रसर हुनु पर्छ ।

न्यायालयमै असमावेशी सरं चना


राज्यको प्रमुख तीन अंगको तेस्रो महत्त्वपूर्ण अंग न्यायपालिका हो । राज्यका अरू निकाय
जस्तै न्यायपालिकामा पनि राज्यको विविधता झल्किने गरी सबै क ो प्रतिनिधित्व हु नु
आवश्यक हु न्छ । अरूलाई उत्तरदायी तथा कानूनी शासन पालना गराउने आदेश दिने
निकाय आफै ले सबैभन्दा बेसी मात्रामा समावेशी राज्यको अवधारणालाई आत्मसात् गर्नु
पर्छ । त्यसैले कुनै बहानामा न्यायपालिकाले समावेशी सिद्धान्तलाई अवमूल्यन हुने गरी
काम कारबाही गर्नु न्यायोचित हुँदैन ।
संविधानको प्रावधान अनुसार संविधानको व्याख्या गर्ने अदालत मात्रै होइन, सर्वोच्च
अदालतका न्यायाधीश छान्ने न्याय परिषद् पनि समानुप ातिक समावे श ी सिद्धान्तबाट
पृथक् हुन पाइँदैन । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको
नियुक्ति समावेशी सिद्धान्तको विपरीत गरिएको विषय उठे को थियो । यसबारे अधिवक्ता
डा. विजयसिं ह सिजापति विरुद्ध न्यायपरिषद्, काठमाडौ ँ मुद् दामा सर्वोच्च अदालतको
एकल इजलासले “न्यायपरिषद‌बाट ् सिफारिस व्यक्तिहरूको नामावली हेर्दा महिला, मधेसी,
जनजाति, खस-आर्य लगायतका व्यक्तिहरू रहेको र सर्वोच्च अदालतमा कानूनको ज्ञाता
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 281

र संविधानले तोके को योग्यता पुगेका व्यक्तिहरूबाट मात्र न्यायाधीशमा नियुक्ति गर्नुपर्ने


अवस्था रहेको” भन्दै कारण देखाऊ आदेश समेत जारी नगरिकन रिट खारे ज गरे को थियो
(ने.का.प. २०७२ख) ।
त्यस्तै, २०७२ सालमा उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति गर्दा न्याय
परिषद्ले संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्त बमोजिम न्यायाधीश
सिफारिस नगरे को भन्दै अधिवक्ता, सरकारी वकिल लगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै
पाँच ओटा निवेदन दर्ता गराएका थिए ।8 संयुक्त इजलास, पूर्ण इजलास हुँदै संवैधानिक
इजलास पेश भएको मुद्दा पनि अन्ततः खारे ज गरिएको थियो ।
यसरी न्यायाधीश नियुक् तिमा सं विधा नले तोके को योग्यता पुगे क ा व्यक्ति मध्येबाटै
सम्भव भएसम्म समावेशी सिद्धान्तको समेत आधारमा सर्वोच्च अदालतमा न्यायाधीश
नियुक्तिको सिफारिस हुने कुरामा दुई मत हुन सक्ने अवस्था नहुने भनिएको छ । यसले
समग्र महिला, दलित, जनजाति, मधेसी लगायतका सीमान्तकृ त समुदायको योग्यतामाथि
प्रश्न खडा गरिएको स्पष्ट देखिन्छ । यसरी समानुपातिक सिद्धान्तको आधारमा नियुक्ति गर्ने
कानूनी व्यवस्थालाई यस फै सलामा “सम्भव भएसम्म समावेशी सिद्धान्त अपनाउनुपर्ने”
भने र सीमित गरिदिएको छ । उल्लिखित समुद ाय सक्षम वा दक्ष छै न न् भन्ने प्रश्न गर्नु
आफै मा राज्यको विभेदकारी रवैयाको द्योतक हो । पिछडिएका वर्ग, समुदाय तथा क्षेत्रका
नागरिकलाई सक्षम बनाउने तथा सशक्तीकरण गर्ने दायित्वबाट राज्य पन्छिनु हुँदैन । कुनै
विशेष वर्ग वा समुदायको नागरिकलाई सशक्तीकरण गर्न नसके कै कारण सधैकँ ो लागि
बहिष्करणमा पार्नु न्यायोचित हुँदैन ।

निष्कर्ष
नेपालको न्यायपालिकाले संविधान र प्रचलित कानून बमोजिम मानवअधिकार, नागरिकको
अधिकार तथा अन्य अत्यावश्यक अधिकारको रक्षाको लागि उदाहरणीय कार्य गरे को
पाइन्छ । व्यवस्थापिकाले मौलिक हकको बन्देज लगाउने कानून बनाएमा तथा कार्यपालिकाले

8
सुरेन्द्र प्रसाद यादव समेत विरुद्ध न्याय परिषद् सचिवालय समेत, उत्प्रेषण समेत, रिट नं.
०७५-डब्लु.सी.-०००२; प्रकाश कुमार काफ्ले विरुद्ध न्याय परिषद् सचिवालय समेत उत्प्रेषण समेत,
रिट नं. ०७५-डब्लु.सी.-०००१; अधिवक्ता तोयानाथ ढुङ्गाना विरुद्ध न्याय परिषद् सचिवालय
समेत, उत्प्रेषण रिट नं. ०७५-डब्लु.सी.-०००३; नेपाल न्याय सेवा अन्तर्गत महान्यायाधिवक्ताको
कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता दर्गाबु न्धु पोखरे ल समेत विरुद्ध न्याय परिषद् सचिवालय
समेत, उत्प्रेषण समेत रिट नं. ०७५-डब्लु.सी.-०००४; र डिलहरी शर्मा विरुद्ध न्याय परिषद् न्याय
परिषद्को सचिवालय पाटन ललितपुर समेत, मुद्दा नं. ०७३-आर.ई.-०२८८ । लगायतका पाँच
ओटै मुद्दा मिति २०७५।१२।२९ मा रिट खारे ज हुने फै सला भएको थियो ।
282 | रक्षाराम हरिजन

मानवअधिकारको उल्लंघन तथा स्वेच्छाचारी निर्णय र काम कारबाही गरे मा त्यसलाई रोक्ने
राज्यको अंग हो न्यायपालिका । यसले न्यायिक पुनरावलोकन तथा न्यायिक सक्रियताद्वारा
नागरिकका हक-हितको रक्षा गरे को हुन्छ ।
नेपालको संविधानले समानपु ातिक समावेशीकरणको व्यवस्था गरे को छ भने बहिष्करणमा
परे का तथा पिछडिएको वर्ग समुदायको सशक्तीकरण गर्नु पर्नेमा समेत जोड दिएको छ ।
राज्यको सार्वजनिक निकायमा लक्षित वर्गको उपस्थिति, प्रतिनिधित्व, सहभागिता, पहुँच
र अस्तित्वले लोकतन्त्रको सबलीकरणमा लोकतान्त्रिक प्रणालीको प्रवर्द्धनमा सकारात्मक
भूमिका खेल्छ । यस्तै, लोकतान्त्रिक मूल्य-मान्यता र संवैधानिक व्यवस्थालाई आधार
मानेर निजामती सेवाबाट आरक्षणको शुरूआत गरिएको र राज्यका हरे क अंग, निकाय
र क्षेत्रमा विस्तार गरिएको हो । समानुपातिक प्रतिनिधित्वको अधिकार भनेको राज्यका
अंग, निकाय, क्षेत्र, तह, संरचना, साधन-स्रोत र अवसरमाथि सबै समूह तथा समुदायको
बराबरी हिस्सेदारी हो । समानुपातिक समावेशी भनेको कुनै पनि पछाडि परे को समूहको
लागि राज्यका निकायमा उनीहरूको जनसंख्याको अनुपातमा राज्यमा प्रतिनिधित्व वा
सहभागिता हो ।
मूल कानूनको रूपमा रहेको संविधानले सामाजिक न्यायको हकलाई मौलिक हकको
रूपमा स्वीकार गरे क ो र समानु प ातिक समावे श ीको सिद्धान्तलाई सामाजिक न्याय र
समानताको मु ख ्य आधार बनाएको अहिले क ो अवस्थामा अन्य सामान्य वा विशे ष
कानूनले संविधानको अनुसरण र अवलम्बन गर्नुपर्ने भनी सर्वोच्च अदालतबाट सिद्धान्त
प्रतिपादन भएको छ ।
न्यायाधीशले संविधान तथा कानूनको अधीनमा रही पीडित पक्ष तथा वञ्चितीकरणमा
परे को समुदायको हकमा प्रगतिशील आदेश फै सला गर्न सक्छन् । समावेशिताबारे नेपालका
न्यायालयले गरे का फै सलालाई अध्ययन गर्दा अवधारणागत हिसाबले खासै फरक मत
देखिएको छै न । सबै जसो आदेश तथा निर्णयमा समानुपातिक समावेशीको सिद्धान्तलाई
राम्ररी व्याख्या गरिएको छ ।
यस अध्ययनमा दुई थरीको अवस्था र अभ्यासहरू दे खा परे क ो छ, जु न आफै मा
विरोधाभासयुक्त छन् । एकतिर सामान्यतया सं वै धानि क तथा कानून ी रूपमा राज्यका
निकायमा आर्थिक-सामाजिक रूपले पछाडि परे का वर्ग समुदायलाई मूलधारमा ल्याउन तथा
राज्यको निकायमा प्रतिनिधित्वको सुनिश्चितता गर्न समानुपातिक समावेशी र आरक्षणको
व्यवस्था गरिएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतमा समानुपातिक
सिद्धान्त बमोजिम नियुक् ति हु नु पर्ने कानून ी प्रबन्ध रहेक ा छन् । समावे श ी सिद्धान्तको
अवधारणागत रूपमा न्यायालय पनि प्रस्ट छ र न्यायालयका आदेशमा पनि समावेशीको
बुझाइमा धेरै जसो एकरूपता छ ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 283

अर्कोतिर, व्यवस्थापिकाले नै समानुपातिक समावेशी सिद्धान्तको मूल मर्म विपरीत


निर्वाचन सम्बन्धी ऐनहरू पारित गरे को छ । ऐनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी
कार्यपालिकाले समावे शी व्यवस्थालाई ओझेल मा पर्ने गरी प्रहरी सम्बन्धी नियमावली
बनाएको छ । उल्लिखित तथ्यलाई हेर्दा न्यायालयले समानुपातिक समावेशी सिद्धान्त
अँगाल्न खोज्दा खोज्दै पनि कार्यपालिकाले त्यस सिद्धान्त विपरीतका कार्यलाई रोक्न
खोजेको देखिएन । यसरी समावेशी प्रावधान कार्यान्वयन गर्नमा तीन ओटै निकाय इमानदार
हुन सके को छै न ।
कार्यान्वयनको प्रश्न आउँ दा प्रशासनिक जालझेल हुने गरे को छ, र विभिन्न प्रशासनिक
त्रुटि देखाउँ दै समावेशी सिद्धान्तको मर्म विपरीतका कार्य हुँदै आएका छन् । नीतिगत र
प्रशासनिक जालझेल तथा व्यावहारिक बठ्याइँ हुँदा पनि अदालतले प्रतिवाद गर्न सके को
देखिँदैन । यसको कारण समानुपातिक समावे शीको सिद्धान्तलाई न्यायालयमा नै लागू
नहुने हुन सक्छ । यसले संविधान र समावेशिताको संवैधानिक मान्यताप्रति न्यायालयको
प्रतिबद्धतामाथि प्रश्न चिह्न खडा गरे को देखिन्छ । यसरी महिला, दलित, मधेसी, जनजाति,
मस्लि
ु म, थारू, अपांगता भएका व्यक्ति लगायतका अल्पसंख्यक तथा सीमान्तकृ त समदु ायको
समानुपातिक समावेशीको अधिकार सुनिश्चित हुन सक्दैन । जसले गर्दा उनीहरूको राज्यप्रति
नैराश्यसँगै न्याय प्रक्रियाप्रति अविश्वास उठ्दै जान्छ ।

धन्यवाद
यस अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरे कोमा मार्टि न चौतारीप्रति कृ तज्ञ छु ।
अनुसन्धानका क्रममा विभिन्न सहयोग गर्नुहुने अधिवक्ता, पूर्व न्यायाधीश, मुद्दाका पक्षहरू
लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । अध्ययन तथा लेखन अवधिमा मार्गनिर्देश
गर्नुको साथै लेखको मस्यौदामाथि टिप्पणी गर्नुहुने मार्टिन चौतारीका सुजित कर्ण तथा सोहन
प्रसाद साहप्रति आभार प्रकट गर्दछु । भाषा सम्पादन गर्नु हुने राजेन्द्र महर्जन र महेशराज
महर्जनलाई धन्यवाद दिन चाहन्छु ।

सन्दर्भ सामग्री
किसान, यामबहादुर । सन् २०१७ । ने प ालको सं विधा नमा सकारात्मक उपाय तथा
समावेशीकरण : सकारात्मक तथा नकारात्मक पक्ष । इन्क्जलु न वाच (द्वैमासिक) । अंक ३ ।
गुरु, गोपाल । सन् २०१६ । भारतमा सामाजिक न्यायको वाहक : नेपालमा सकारात्मक
विभेद नीति कार्यक्रमहरूको कार्यान्वयन । नेपालको लागि सकारात्मक विभेद नीति,
प्राज्ञिक बहस । उज्ज्वल सुन्दास र अर्जुन विश्वकर्मा, सं., पृ. ३५–५६ । ललितपुर :
समता फाउन्डेशन ।
284 | रक्षाराम हरिजन

ग्यालेन्टर, मार्क । सन् २०१६ । नेपालका लागि सकारात्मक विभेद नीतिको निर्माण :
छनौट र समस्याको यात्रा । नेपालको लागि सकारात्मक विभेद नीति, प्राज्ञिक बहस ।
पृ. १७–३४ । ललितपुर : समता फाउन्डेशन ।
चन्द्रकिशोर । २०६४ । नेपाली मिडियामा मधेशी पत्रकार । समावेशी मिडिया प्रत्यूष
वन्त, हर्षमान महर्जन, देव राज हु म ागाई र शे ख र पराजुल ी, सं . , पृ. २२३–२३१ ।
काठमाडौ ँ : मार्टि न चौतारी ।
ज्ञवाली, चन्द्रकान्त । २०७४ । सन्दर्भ संविधान र यसको कार्यान्वयन पक्ष : संघीयता,
समावे शिता र सं स दीय मोडे ल मा ने प ालको सं विधा नको कार्यान्वयन । न्याय दूत
२१६ : १७३–१८६ ।
तामाङ, मुक्त सिं ह । २०६५ । समानता, सं घ ीयता र बहु स ाँ स ्कतिक राष्ट्रवाद । राज्य
पुनर्संरचना : राजनीतिक, आर्थिक र सां स्कृतिक दृष्टिकोण । कृ ष्ण खनाल, झलक
सुवेदी र मुक्त सिंह तामाङ, पृ. १०५–१५८ । काठमाडौ ँ : मार्टि न चौतारी ।
थर्ड एलायन्स । २०७५ । समावेशिता : आवश्यकता र चुनौतीहरू । काठमाडौ ँ : तराई
मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) ।
दाहाल, डिल्लीराम र कृ ष्णबहादु र भट्टचन । २०६३ । ने प ालमा आरक्षणसम्बन्धी
समाजशास्त्रीय दृष्टिकोण । विशेष अधिकार र आरक्षणको राजनीति । पूर्ण बस्नेत र
सुभाष दर्नाल, सं., पृ. २९–८० । काठमाडौ ँ : जागरण मिडिया सेन्टर ।
ने.का.प. । २०६५ । श्रीप्रसाद उपाध्याय वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
समेत । नेपाल कानून पत्रिका २, निर्णय नं. ७९२५ ।
ने.का.प. । २०६६ । रमेशलाल राना थारू वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
समेत । नेपाल कानून पत्रिका ७, निर्णय नं. ८१८८ ।
ने.का.प. । २०६७ । अधिवक्ता सुबोधमान नापित वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय, सिंहदरवार समेत । नेपाल कानून पत्रिका ६, निर्णय नं. ८३८५ ।
ने.का.प. । २०६८ । नीलमकुमारी यादव समेत वि. नेपाल बैंक लि. समेत । नेपाल कानून
पत्रिका १०, निर्णय नं. ८६९८ ।
ने.का.प. । २०६९क । अधिवक्ता श्रीकृ ष्ण सुवेदी समेत वि. राष्ट्रपति डा. रामवरण यादव,
राष्ट्रपतिको कार्यालय समेत । नेपाल कानून पत्रिका १२, निर्णय नं. ८९२६ ।
ने.का.प. । २०६९ख । नारायण झा वि. त्रिभवुन विश्वविद्यालय सभा समेत । नेपाल कानून
पत्रिका २, निर्णय नं. ८७६५ ।
ने.का.प. । २०७०क । रज्मदिन मियाँ वि प्रधानमन्त्री तथा मन्त्रिपरिषदक
् ो कार्यालय, सिंहदरबार
समेत नेपाल कानून पत्रिका १२, निर्णय नं. ९०८८ ।
समावेशिताको कसीमा अदालती संरचना र फै सला | 285

ने.का.प. । २०७०ख । मो. मुस्तफा वि. लोक सेवा आयोग के न्द्रीय कार्यालय, काठमाडौ ँ ।
रिट नं. ०७०-डब्लु.अो.-०४९७, फै सला मितिः २०७०।११।१३ गते । सर्वोच्च अदालत,
काठमाडौ ँ ।
ने.का.प. । २०७१क । सागर के .सी. वि. नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबार,
काठमाडौ ँ समेत । नेपाल कानून पत्रिका १२, निर्णय नं. ९३०० ।
ने . का.प. । २०७१ख । सन्तोष यादवसमे त वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् क ो
कार्यालय, सिंहदरबार  काठमाडौ ँ समेत । नेपाल कानून पत्रिका ४, मुद्दा नं. ०७०-
डब्लु.अो.-०४९० ।
ने.का.प. । २०७१ग । डा. मिङ्गमार गेल्जेन शेर्पा वि. नेपाल सरकार समेत । नेपाल कानून
पत्रिका ११, नि. नं. ९२७७ ।
ने.का.प. । २०७२क । विरे न्द्र साह समेत वि. प्रहरी प्रधान कार्यालय समेत, ०७०– डब्लु.
अो.–०५२० उत्प्रेषण । नेपाल कानून पत्रिका, फै सला मिति २०७२।५।२१ गते सर्वोच्च
अदालत, काठमाडौ ँ ।
ने.का.प. । २०७२ख । अधिवक्ता डा. विजय सिंह सिजापति वि. न्याय परिषद्, काठमाडौ ँ
समेत रिट नं. ०७२-डब्लु.अो.-०६४७ फै सला मिति २०७२।१२।७ गते । सर्वोच्च
अदालत, काठमाडौ ँ ।
ने.का.प. । २०७३क । अधिवक्ता ओमप्रकाश अर्याल वि. सम्माननीय राष्ट्रपतिको कार्यालय,
शीतल निवास, काठमाडौ ँ समेत । नेपाल कानून पत्रिका ११, निर्णय नं. ९७१० ।
ने.का.प. । २०७३ख । रक्षाराम हरिजन वि. संवैधानिक परिषद्, सिंहदरबार, काठमाडौ ँ
समे त , रिट नं . ७१-डब्लु.अो.-०७७१ । फै सला मिति २०७३।०४।१९, सर्वोच्च
अदालत, काठमाडौ ँ ।
ने.का.प. । २०७३ग । संगमलाल खंग खत्वे वि. राष्ट्रिय प्राथमिक विद्यालय, कोरियानी,
सप्तरी समेत । नेपाल कानून पत्रिका ३, निर्णय नं. ९५६४ ।
ने .का.प. । २०७४ । शम्भुकुमार दास समेत वि. प्रहरी प्रधान कार्यालयसमेत, उत्प्रे षण
परमादे श ०७३-डब्लु.सी.-००३३ । फै सला मिति २०७४।८।१३ गते , सर्वोच्च
अदालत, काठमाडौ ँ ।
ने . का.प. । २०७५ । निरजकु मार साह वि. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क ो कार्यालय
समेत, रिट नं. ०६९-डब्लु.अो.-०३४८ । नेपाल कानून पत्रिका १, निर्णय नं. ९९४२ ।
न्यायमा पहुँच आयोग । २०७३ । वार्षिक कार्ययोजना २०७३।७४ । काठमाडौ : न्यायमा
पहुँच आयोग, सर्वोच्च अदालत ।
न्याय परिषद् सचिवालय । २०७५ । न्याय परिषद बुले टि न १५ । काठमाडौ ँ : न्याय
परिषद् सचिवालय ।
286 | रक्षाराम हरिजन

पासवान, भोला । सन् २०१७ । राजनीतिक दलमा समावेशिता देखाउने दाँत एउटा, चपाउने
अर्कै । इन्क्लुजन वाच (द्वैमासिक), जनवरी-फे ब्रुअरी ।
Harijan, Raksha Ram. 2017. Diluted Proportional Electoral System.
Asian Human Rights Commission (AHRC), Hong Kong. Available
at www.humanrights.asia; accessed February 20, 2019.
Harijan, Raksha Ram. 2019. Caste Apartheid in the Judiciary. The
Record. Available at www.recordnepal.com; accessed February 20,
2019.
Jha, Dipendra. 2016. Principles of Inclusion in Judiciary. Available
at www.indigenousvoice.com/en/principles-of-inclusion-in-
judiciary.html; accessed February 20, 2019.
Malla, Sapana Pradhan. 2003. Special Measures of Women & Their
Impact. Kathmandu: Forum for Women, Law and Development
(FWLD).
National Judicial Academy. 2013. Gender Equality and Social Inclusion
Analysis of the Nepali Judiciary. Unpublished research report,
National Judicial Academy, Kathmandu.
लेखक परिचय | 287

लेखक/सम्पादक परिचय

कपिलवस्तु निवासी लक्ष्मी श्रे ष्ठ महिला अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् ।
विभिन्न सामाजिक सं घ सं स ्थामा आबद्ध उनी हाल मधे श मानवअधिकार गृह (माहु र ी
होम) को कार्यकारी निर्देशकको रूपमा कार्यरत छिन् । इमेल : leenxami@gmail.com

सरस्वती शर्मा विगत दुई दशकदेखि नवलपरासी जिल्लामा रहेर कानून व्यवसाय गर्दै
आइरहेकी अधिवक्ता हुन् । इमेल : advocate.sarswati@gmail.com

उमा पौडेल मानवअधिकारका क्षेत्रमा १३ वर्षदेखि सक्रिय छिन्, र सुरक्षित आप्रवासनका


सवालमा ६ वर्षको कार्य अनुभव संगालेकी छिन् । उनले स्नातकोत्तर तह (समाजशास्त्र)
मा आप्रवासनबारे शोधपत्र लेखेकी थिइन् । उज्यालो अनलाइन र विभिन्न पत्रपत्रिकामा
वैदेशिक रोजगारीसँग जोडिएका फरक-फरक विषयवस्तुलाई प्रोफाइल र फिचर स्टोरी लेखन
मार्फत उनले उजागर गर्दै आएकी छिन् । इमेल : pdl.uma@gmail.com

दीपक ज्ञवाली २८ वर्षदेखि लेखन तथा पत्रकारितामा सक्रिय छन् । हाल गोरखापत्र
संस्थानका गोरखापत्र, द राईजिङ नेपाल लगायतका प्रकाशनहरूको प्रदेश ५ ब्यूरो प्रमुख
ज्ञवालीले लामो समय हिमाल खबरपत्रिका, समय, राजधानी दैनिक लगायतका विभिन्न
पत्रपत्रिकाहरूमा काम गरिसके का छन् । दै नि क लु म्बि नी, भावना दै नि क लगायतका
मोफसलका विभिन्न पत्रपत्रिकामा सम्पादक रहिसके का ज्ञवाली खोजपत्रकारितामा
रुचि राख्छन् । उनले पब्लिके शन नेपालयका विभिन्न प्रकाशनहरूमा विगतको युद्धका
बारे म ा विभिन्न सामग्रीहरू ले खे क ा छन् । उनले झण्डै एक दर्जन विभिन्न विधाका

२८७
288 | पैदल अनुसन्धान : प्रयोग र उपलब्धि

पु स ्तकहरू सम्पादन गरे का छन् र । उनका आफ्नै के ही प्रकाशनहरू पनि छन् ।


इमेल : dipkadam123@gmail.com

रुपन्देही जिल्ला निवासी रामविकास चौधरी माहुरी होम कपिलवस्तुमा मानवअधिकार


अधिकृ तका रूपमा कार्यरत छन् । रुपन्देहीका एक कुशल सञ्चारकर्मीका रूपमा परिचित
उनी नेपाल पत्रकार महासंघ ५ नं प्रदेशका कार्यसमिति सदस्य पनि हुन् । मानवअधिकार
तथा सञ्चार क्षेत्रमा योगदान पु¥ याएकोमा उनी “मधेसका सय जना हिरोहरू” र “साहसिक
पत्रकारिता परु स्कार २०१८” आदिबाट सम्मानित छन् । इमेल : bikasnews@yahoo.com

मोतीकला पंगेनी २०५७ सालदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गदै आएकी
अधिकारकर्मी हुन् । उनले नवलपरासीस्थित जवाफदेहिता निगरानी समितिमा काम गरे की
छिन् । हाल उनी सहकारी र महिलाहरूको क्षेत्रमा सहजकर्ताको रूपमा काम गर्छिन् ।
इमेल : pangeni66@gmail.com

वृजराज कुशवाहा २०४६ सालदेखि अध्यापन, २०५४ सालदेखि पत्रकारिता र २०६२


सालदेखि मानवअधिकार क्षेत्रमा लागेका हुन् । उनी गण्डक नदी नियन्त्रण संघर्ष समिति
नवलपरासीका प्रवक्ता र नदी अधिकार मञ्च साउथ एसियाका संयोजक हुन् । पत्रकारितामा
स्नातकोत्तर गरे का उनी अनलाइन जनता डट कमका सम्पादक हुन् र मानव विकास अध्ययन
के न्द्रका अध्यक्ष हुन् । इमेल : brijraaj@gmail.com

संजय कुमार पासीले १२ वर्षदेखि ग्रामीण क्षेत्रमा बसी सीमान्तकृ त समुदायको वकालत
गर्दै आएका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर
गरी हाल कानून विषयमा अध्ययनरत छन् । इमेल : sanjayapasi@yahoo.com

रामचन्द्र श्रेष्ठ स्वतन्त्र लेखक हुन् । उनका विभिन्न पत्रपत्रिकाहरूमा सामाजिक शास्त्रसँग
सम्बन्धित र समसामयिक लेखहरू प्रकाशित छन् । उनी कविता, निबन्ध र कृ ति समीक्षामा
पनि कलम चलाउँ छन् । इमेल : shrestharc017@gmail.com

सोना खटिक पूर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टे क्नोलोजीमा स्नातकोत्तर अध्ययनरत


छिन् । एक दशकदेखि सामुदायिक रे डियो कपिलवस्तुमै क्रियाशील भएर काम गर्दै आएकी
खटिक हाल उक्त रे डियोको स्टे सन म्यानेजर हुन् । राष्ट्रिय दलित पत्रकार संघको के न्द्रीय
सदस्य तथा प्रदेश ५ को इन्चार्ज एवं सञ्चारिका समूह नेपालको कपिलवस्तु जिल्ला अध्यक्ष
लेखक परिचय | 289

रहेकी उनी दलित, विपन्न तथा सीमान्तकृ त समुदायका महिला तथा बालबालिकाहरूको
सवालमा क्रियाशील रहँदै आएकी छिन् । इमेल : sonakhatik@gmail.com

रक्षाराम हरिजन सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता तथा मानवअधिकारकर्मी हुन् ।


उनी तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) सँग करिब ६ वर्षसम्म आबद्ध
रहेका थिए । “सामाजिक न्यायका लागि दर्नाल अन्तर्राष्ट्रिय पुरस्कार” बाट सम्मानित
हरिजनको समावे श ी : आवश्यकता र चुन ौती पुस ्तक प्रकाशित छ । समावे श ीकरण,
नागरिकता, विभेद र मानवअधिकार विषयमा उनका विभिन्न लेखहरू प्रकाशित छन् ।
इमेल : raksharamh@gmail.com

----

मार्टि न चौतारीका अनुसन्धाता सोहन प्रसाद साहले जवाहरलाल नेहरू विश्वविद्यालयबाट


विज्ञान, प्रविधि र नवप्रवर्तनबारे विद्यावारिधि गरे क ा हु न् । विज्ञान प्रविधि साथसाथै
ने प ालको तराई मधेस का विभिन्न मुद् दाबारे उनले कलम चलाएका छन् । उनी विज्ञान,
प्रविधि र समाज सँगको अन्तरसम्बन्धबारे अध्यन-अनुसन्धानमा रुचि रख्छन् । इमेल :
sohansha@gmail.com

महेशराज महर्जन त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्दैछन् । मार्टि न


चौतारीमा आबद्ध महर्जन यहाँबाट प्रकाशन हुने समाज अध्ययन जर्नलका सह-सम्पादक
हुन् । उनी अनुसन्धानका साथै भाषा सम्पादन र अनुवाद पनि गर्छन् । माइग्रेसन, दलित,
भूमि, र प्राज्ञिक ले खन उनका रुचिका विषय हु न् । उनको सह-सम्पादनमा सिटिजन्स,
सोसाइटी एण्ड स्टेट : क्राफ्टिङ एन इन्क्लुसिभ फ्युचर फर नेपाल (सन् २०१४) प्रकाशित
छ । इमेल : mtmaheshraj@gmail.com
290 | पैदल अनुसन्धान : प्रयोग र उपलब्धि

You might also like