You are on page 1of 3

फ्लाइट डिलेमा दोष कसको ?

person रातोपाटी संवाददाता access_time मंसिर ८, २०७५ chat_bubble_outline0

जहाज कुर्दै यात्रु आफ्ना गन्तव्य पुग्नका लागि जब घन्टौं बस्नुपर्ने बाध्यता सिर्जना हुन्छ
विमानस्थल अस्तव्यस्त र एकदमै पट्यारलाग्दो हुन्छ । यस्तो बेला यात्रल
ु ाई प्रत्येक मिनेट
घन्टाबराबर र प्रत्येक घन्टा प्रत्येक दिनबराबर महसुस हुन्छ । यो जायज पनि हो ।  

दे शको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभव


ु न अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो केही
समयदे खि बढिभन्दा बढी फ्लाइट डिलेका घटना सामना गरिरहे को छ । यदि हवाई यात्रा गर्दै
हुनुहुन्छ भने जाडोको मौसममा तपाईं यस्तै उडान विलम्बको कष्टदायी अवस्थाबाट गुज्रिनु पर्न
सक्छ। यो विरक्तलाग्दो अवस्थाबाट प्रत्यक्ष रूपमा यात्रु पीडित भए पनि वायस
ु ेवा प्रदायक
कम्पनीहरू यसको मारबाट अछुतो छै नन ् । 

‘वायस
ु ेवा कम्पनीले के चाहन्छ भने मेरो यात्रु तोकिएकै समयमा उडोस,् जसले गर्दा कम्पनीको
प्रतिष्ठा बढोस ् । मेरै जहाजबाट बढिभन्दा बढी यात्रल
ु े उडान भरुन,’् नागरिक उड्डयन
प्राधिकरणका प्रेमनाथ ठाकुर भन्छन,् ‘ऊ कहिल्यै चाहँदैन कि मेरो जहाज डिले होस,् मैले अघि नै
भनेँ विभिन्न कारणले फ्लाइट डिले हुने गर्छ । यसमा वायुसेवा कम्पनीको कुनै दोष छै न ।’ 

उनका अनुसार फ्लाइट डिले हुनुमा व्यस्त पर्यटन मौसम, प्रतिकुल मौसम, त्रिभुवन विमानस्थलमा
रहे को एकमात्र धावनमार्ग र यसको ‘वान वे एप्रोच’ जस्ता विभिन्न कारणले पछिल्लो समय
फ्लाइट डिले भइरहे का छन ् । 

दे शको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण त्रिभुवन विमानस्थल विहान ५ बजे
खुलेसग
ं ै आधा रातसम्म व्यस्त हुने गर्छ । यहाँ प्रत्येक दिन बिहान ५ बजेबाट मध्यरात ३ बजेसम्म
जहाज निरन्तर उडान र अवतरण भइरहन्छन ् । यो सँगसँगै अन्य मर्मतसम्भारका काम र जहाज
पार्कि ङका काम लगायत दिनहुँका गतिविधि विमानस्थलमा निरन्तर सञ्चालन भइरहन्छन ् ।
यात्रल
ु े यस्ता गतिविधि नदे खे पनि यी र यस्ता काम जसले विमानस्थललाई निरन्तर सञ्चालन
गरिरहन महत्वपर्ण
ू योगदान गरिरहे का हुन्छन ् ।
त्यसबाहे क विमानस्थलमा यात्रु, वायुसेवा कम्पनी र ग्राउन्ड ह्यान्डलिङका कर्मचारीलाई सबैभन्दा
बढी समस्या परिरहे को चन
ु ौतीको अवस्था भनेको प्रतिकुल मौसमका कारण हुने फ्लाइट डिले नै हो
र यसमा कुहिरो प्रमुख प्रमुख कारण हो । बिहान सबेरैको प्रतिकूल मौसमले पुरै दिन उडान तालिका
प्रभावित पार्ने गर्छ । यसले गर्दा कुनै पनि जहाजले ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) ले मौसम
सध
ु ारको अनम
ु ति नदिएसम्म उडान गर्न पाउँ दै नन ् । यद्यपि, अधिकांश वायस
ु ेवा कम्पनीले
प्रतिकुल मौसमका बेला ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) को भरमा उडान–अवतरण
गर्नुपर्छ । 

मौसम सफा भएका बेला पाइलटले पनि भिएफआर प्रविधिको सहयोगमा उडान–अवतरण
गर्नुपर्नसक्छ । प्रतिकुल मौसमका बेला भने पाइलटले आइएफआर प्रविधिको सहयोगबाट उडान–
अवतरण गर्नुपर्छ जसमा केही दरु ीसम्म सफा र उपयुक्त मौसम हुनु जरुरि हुन्छ। यो नियम
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दब
ु ैमा लागू हुन्छ ।

‘फ्लाइट डिलेको प्रमुख कारण विमानस्थलको एउटामात्र धावनमार्ग र एकमात्र एप्रोच प्रमुख हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टु जिरो र जिरो टु गरी दईु तर्फी धावनमार्गको सुविधा भए
पनि जिरो टु (कोटे श्वर क्षेत्र) बाट एकतर्फी उडान र एकतर्फी अवतरणको एप्रोच प्रचलित छ । साथै
काठमाडौं उपत्यकाको कचौराजस्तो आकार र सानो आकासले गर्दा जहाजलाई होल्ड गर्नुपर्ने
बाध्यता छ ।

दे शको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दै निक ५ सय भन्दा बढी उडान–अवतरण को चाप


थेगिरहे को छ । यो याममा मौसममा आउने प्रतिकुलताले पनि समस्या थपिरहे को छ । छिनछिनमा
मौसम परिवर्तन भइरहे को हुन्छ । राति र बिहानको समयमा हुस्सु  र दिउँ सोको समयमा पनि
तँव
ु ालोले आकास ढाकिरहे को हुन्छ । जसले गर्दा आइएफआर उडान गर्नुपर्ने अवस्था आइपर्छ ।

यस्तो अवस्था आउनेबित्तिकै प्रतिघन्टा अधिकतम १२ दे खि १३ वटाभन्दा बढी उडान गर्न


विमानस्थल व्यवस्थापन असमर्थ रहन्छ । जसका कारण यसको प्रभाव अन्य उडानमा पर्नु
स्वाभाविक हुन जान्छ । जाडोको मौसममा उपत्यकाको मात्र नभई अधिकांस तराई क्षेत्रमा रहे का
विमानस्थल ढिलो खुल्छन ् । जसको कारणले काठमाडौंबाट संचालन हुने अन्तरिक उडान
मौसमको सुधार कुरे र बस्न बाध्य हुन्छन ्  ।  

भिडियोहे र्नुहोस:्
अक्टोबर दे खि डिसेम्बर नेपाल भ्रमणका लागि आउने पर्यटकको मुख्य सिजन हो । पछिल्लो समय
धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं गन्तव्यको उडान संख्या वद्धि
ृ गरे का छन ् । ताजा
तथ्यांकअनस
ु ार त्रिभव
ु न विमानस्थलमा ३ दर्जन हाराहारीमा अन्तर्राष्ट्रिय वायस
ु ेवा कम्पनीले
उडान गरिरहे का छन ् । तिनले काठमाडौंका लागि दिनको झन्डै १ सय पचास उडान–अवतरण
गरिरहे का छन ् भने आन्तरिकतर्फ दिनको साढे ३ सयभन्दा बढी उडान–अवतरण भइरहे का छन ् । 
प्राकृतिक रूपमा व्यस्त पर्यटन यामका बेला त्रिभव
ु न विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संख्या
पनि उल्लेख्य हिसाबले वद्धि
ृ भइरहे को छ । यसबाट असाध्यै राम्रो आम्दानी हुने दे खिए पनि
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटामात्र धावनमार्ग रहे को छ र यसले
धावनमार्गमा पर्ने चाप तथा त्यसको कारण फ्लाइट डिले हुने गरे को छ । 

त्यसैगरी जब धावनमार्ग खालि भएको अवस्था हुन्छ, तब जहाज ट्याक्सीवे र पार्कि ङ क्षेत्रमा भीड
हुने गर्छ । यसको अर्थ जब कुनै जहाज उडान गर्न तयार हुन्छ तब अवतरण गर्न आइरहे को अर्को
जहाज थप केही घन्टा होल्ड गर्नुपर्ने अवस्था उत्पन्न हुने गर्छ । यो असाध्यै कष्टदायी अवस्था हो ।
यसबाट उड्न ठिक परे को जहाज थप केही समय रोकिनप
ु र्छ जसले गर्दा हवाई ट्राफिक चाप बढाउन
मद्दत पगि
ु रहे को हुन्छ । 

त्यसबाहे क त्रिभव
ु न विमानस्थलमा हाल सञ्चालन भइरहे का विभिन्न पँर्वाधार निर्माणका
गतिविधिले ट्याक्सीवेलाई थप सीमित गरिदिएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय जहाजका उडान–
अवतरणलाई बढी प्राथमिकता दिने गरिएको छ । जसका कारण आन्तरिक उडानमा सम्झौता हुने
गरे को छ । जबसम्म विमानस्थलमा जारी पँर्वाधार निर्माणका काम सम्पन्न हुँदैनन ् तबसम्म थप
केही वर्ष फ्लाइट डिलेको समस्या यथावत र अनिवार्य हुने निश्चित छ । 

त्रिभव
ु न विमानस्थल र दे शभरका सबै विमानस्थल सञ्चालन गर्ने प्रमख
ु निकाय नेपाल नागरिक
उड्डयन प्राधिकरण हो । प्राधिकरणले हाल त्रिभुवन विमानस्थलमा मात्र करिब ११ अर्ब रुपैयाँ खर्च
गरी विभिन्न पँर्वाधार निर्माण, भइरहे का पँर्वाधारको सुधार र मर्मतलगायतको काम गरिरहे को छ । 

हो, यहाँ धेरै समस्या छन ् र यो पनि हो कि यो सोचेजति सजिलो पनि छै न । यस्ता सबै समस्या
समाधान हुन केही वर्ष पक्कै लाग्ने छ र नेपालका सबै आन्तरिक वायुसेवा कम्पनीहरू यात्रल
ु ाई
उत्कृष्ट उडान अनुभव तथा सेवा दिन भने सधैं प्रतिबद्ध छन ् र सधैं यही प्रयास गरिरहने पनि छन ् ।

You might also like