You are on page 1of 2

कविता

---------
त्यो रातो कोट
----------------

त्यो फलाँठको सिँगौरामा


सजाएर झुण्डाएको रात‍ो कोट
खुइ परे र रङ् बदलिएछ
हातमै चिप चिप लाग्ने गरी
अब बदल्ने कोट रातो नहुन सक्छ
सोचिरहे छ गाँउको ठूलै खेतालो।

त्यो ग्रहण भत्काएर झरे को घाममा


सडक हे र्न
हालेको थियोे रातै चश्मा
त्यो पनि थोत्रिएछ
फेर्नू पर्ने रातोले त अब काम नदे ला जस्तो छ
कुन रङ्गको फेर्ने हरियो कि निलो
सोच्दै छ शहरको ठूलै खेतालो।

हो गाँउमा,सडकमा,भन्ज्याँङ अनि चौतारीहरूमा


जताततै कुरा हुन थालेको छ रातो पोशाक
रातो टाई
रातो चश्मा
रातो जत्ु ता
थोत्रिएको
रातो रङ् उडिसकेको
पुन:रातो बनाउन कठिन भएको
राता किताबका पानाहरू माउले चिथोरे को
समयको सडकमा रातो रङ् फेर्नु पर्ने
अावाजहरू आइरहे को
हे रिरहे का छन ्
वर्तमानमा महलमा बसेका ठालुहरू
अन्योलमा अबका दिनहरूमा
खेतालाहरूले
कतै कोदालो आफ्नै ढाडमाथि खेत सँझिएर
खन्ने पो हुन्कि ?
भयले काम्न थालेकाछन ् ठालह
ु रू
उता अाईल्याण्डहरू सजाँउने
सपना बुन्दै बन्
ु दै ।
रातो रङ् पखाल्दै
र निलो नदीमा धद
ुँ ै धुद
ँ ै।

You might also like