You are on page 1of 3

8/7/2021 चार महिनामै ६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

Best Deals on Daraz

Poco X3 Pro

Rs. 31,999
1 Year Brand Warranty

Sel Roti Maker

Rs. 1,994
8 Months Seller Warranty
अर्थ / वाणिज्य

चार महिनामै ६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य Panasonic Front


Loading Washing
Machine
गुणस्तर परीक्षण हुँदैन, मूल्य भने बढेको बढ्यै
Rs. 57,000
मूल्य घटाउन निर्देशन दिँदै, पन्छिँदै सरकार
10 Years Brand Warranty
श्रावण २३, २०७८ राजु चौधरी

काठमाडौँ — सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको
अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । अन्य खाद्यवस्तुको मूल्य स्थिर
रहे पनि खाने तेलको मूल्य अचाक्ली बढिरहेको छ ।

https://ekantipur.com/business/2021/08/07/16283014791683960.html 1/3
8/7/2021 चार महिनामै ६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

‘कारण के ही छैन । तर अन्तर्राष्ट्रि य बजारमा बढेको बहानामा मूल्यवृद्धि गरियो,’ खुद्रा व्यवसायी चन्द्र थापाले भने,
‘कोभिडको अवसर पारेर मनलाग्दी गरे । कोभिडले थलिएका सर्वसाधारणलाई यसले थप मार परेको छ ।’ मूल्यवृद्धि भए
पनि सरकारी निकायले ध्यान दिएका छैनन् । न त गुणस्तर परिक्षणमै उनीहरूको चासो छ ।

२०७७ चैत १२ मा प्रतिलिटर २६० देखि ३०० रुपैयाँ पर्ने भुटेको तोरीको तेलको मूल्य अहिले ३२० देखि ३६० रुपैयाँ छ ।
प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर संघले २०७८ साउन १७ मा २६० रुपैयाँ तोके को छ । भटमास
र सनफ्लावरको तेल अनि डाल्डा घिउको मूल्य पनि अचाक्ली वृद्धि भएको संघले जनाएको छ ।

उद्योगीहरूले घट्ने बेला प्रतिलिटर ५ रुपैयाँ घटाए पनि बढ् दा एकै पटक १५ देखि २० रुपैयाँसम्म वृद्धि गरेको संघका
महासचिव अमूलकाजी तुलाधरले बताए । ‘उचारचढावसँगै पछिल्लो निषेधाज्ञामा तेलको मूल्य सामान्य घटेको थियो ।
अहिले फे रि एक्कासि बढेको छ,’ उनले भने, ‘कारण नै छैन । हामीले सिधै फ्याक्ट्रीलाई सोध्न सक्दैनौं । तर होलसेलले
फ्याक्ट्रीमै बढ्यो भन्छन् ।’ उद्योग र होलसेलमा मूल्य बढ् दा अनुगमन गर्ने निकाय भने चुप लागेको तुलाधरको आरोप छ ।
‘लकडाउनका बेला कच्चा पदार्थ भित्रिएको थिएन । तर अन्तर्राष्ट्रि य बजारमा बढेको दाबी गर्दै मूल्य बढाइन्छ,’ उनले भने,
‘मूल्य बढ् नुको आधार, मापदण्ड के हो, त्यो नियमन हुनुपर्थ्यो । तर हुन सके न ।’ २०७७ चैत ८ मा प्रतिलिटर २२० रुपैयाँ
रहेको भटमास तेल २०७८ साउन १७ मा २३५ रुपैयाँ, प्रतिलिटर २२५ रुपैयाँ पर्ने सनफ्लावर तेल २५० रुपैयाँ पुगेको
संघले जनाएको छ । १८० रुपैयाँको डाल्डा घिउ बढेर २२० रुपैयाँ पुगेको छ । के ही पसलमा संघले निर्धारण गरेको
मूल्यभन्दा पनि बढीमा बिक्री भइरहेको पनि उपभोक्ताकर्मी बताउँछन् । यद्यपि, नियामक निकाय भने मौन छन् । सरकारले
मूल्य घटाउन निर्देशनबाहेक के ही नगरेको उपभोक्ताकर्मीहरूको आरोप छ ।

उद्योगबाट मूल्य बढेपछि डिष्ट्रि ब्युटर, होलसेल हुँदै खुद्रामा पनि मनलाग्दी भाउ पुग्छ । खाने तेल भारत निर्यात हुँदा यहाँ मूल्य
बढेको होलसेल व्यवसायी सञ्जय फु याँलले बताए । ‘बजारमा अभाव छ । किनभने सबै तेल भारत गइरहेको छ । फ्याक्ट्रीले
भनेजत्तिकै तेल नदिँदा पनि बजार मूल्यमा असर परेको हो,’ उनले भने, ‘निर्यात रोकिँ दा यहाँ घटेको थियो । अहिले फे रि
बढ्यो ।’

कृ षि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४
हजार ४३४ टन उत्पादन हुन्छ । तेलहन (तोरी, आलस, सनफ्लावर) खेती २ लाख ६१ हजार ४३२ हेक्टरमा हुन्छ । यसबाट
×
वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । उक्त उत्पादन स्वदेशी उपभोक्तालाई पुग्दैन, जसकारण
उद्योगीहरूले कच्चा पदार्थ क्रुड सोयाबिन र सनफ्लावर तेल अनि तोरीको कच्चा पदार्थ आयात गर्छन् । उनीहरूले ब्राजिल
https://ekantipur.com/business/2021/08/07/16283014791683960.html 2/3
8/7/2021 चार महिनामै ६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
उद्योगीहरूले कच्चा पदार्थ क्रु ड सोयाबिन र सनफ्लावर तेल अनि तोरीको कच्चा पदार्थ आयात गर्छन् । उनीहरूले ब्राजिल,
अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रे नलगायत मुलुकबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । त्यसलाई रिफाइन गरेर पुनः
भारत निर्यात गर्छन् । निर्यात गर्दा राम्रो मूल्य पाउने हुँदा व्यवसायीहरू त्यतातर्फ आकर्षित भएका हुन्, जसले गर्दा यहाँ
बजारभाउमा असर गरेको फु याँलले बताए । २०७७/७८ मा ५३ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको ४५ करोड २६ लाख २६
हजार ५ सय किलो भटमासको तेल कच्चा आयात भएको भन्सार विभागको तथ्यांक छ । आयातीत वस्तुमध्ये दोस्रो यो
नम्बरमा छ ।

२०७६/७७ मा भने १८ अर्ब ७२ करोड ३६ लाख रुपैयाँको १९ करोड ९५ लाख ३६ हजार १ सय २६ किलो भटमासको
कच्चा पदार्थ आयात भएको थियो । तथ्यांकअनुसार निर्यातमा भटमासको तेल पहिलो नम्बरमै छ । २०७७/७८ मा ५३ अर्ब
६५ करोड १६ लाख रुपैयाँको २९ करोड ८० लाख ४३ हजार किलो भटमास तेल निर्यात भएको छ । जब कि अघिल्लो वर्ष
१२ अर्ब ६९ करोडको निर्यात भएको थियो । मूल्यको विषय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेर्छ ।
गुणस्तर भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याब परीक्षणमार्फ त गर्नुपर्छ । तर यी विभाग सक्रिय नहुँदा
मूल्यसँगै गुणस्तरमा पनि प्रश्न उठे को जानकारहरू बताउँछन् ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन महर्जनले भने गुणस्तर परीक्षण गर्ने गरिएको दाबी गरे ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढार्इंले पनि व्यवसायीसँग अनौपचारिक छलफल
गर्दा अन्तर्राष्ट्रि य बजारमा मूल्यवृद्धि भएकै कारण मूल्य बढाउनुपरेको स्विकारे । तर यसबारे विभागले अध्ययन गरिरहेको
उनको भनाइ छ ।

प्रकाशित : श्रावण २३, २०७८ ०७:४२

https://ekantipur.com/business/2021/08/07/16283014791683960.html 3/3

You might also like