You are on page 1of 8

1.

पृष्ठभूमिः

नेपालमा विद्यमान नदीनाला, तालतलैया, प्राकृ तिक घोलहरू र अन्य कृ त्रिम जलाशयहरुमा विविध प्रकारका
असंख्य जलचरहरूको बासस्थान रहेको छ। यी जलचरहरूले जलीय र थलीय वातावरण सन्तुलन कायम
राख्दै मानिसको पौष्टिक एवं स्वादिष्ट आहार, मनोरञ्जन लगायत लाखौं सिमान्तकृ त गरिव समुदायको
जीविकोपार्जनमा अहम् भूमिका निर्वाह गरेका छन्। तथापि, जलचरको अनुसन्धानमा खासै दृष्टि पुग्न
सके को छैन। नेपालको भौगोलिक भू-बनोट, धरातलीय अवस्था, जलवायु तथा मौसमी विविधता एवम्
प्राकृ तिक अवस्था समेतलाई दृष्टिगत गर्दा स्वदेशी माछाको प्रकार बढ्न सक्ने आधार पनि प्रसस्त
देखिन्छ, तर उचित अध्ययन र अनुसन्धानको कमिले यस क्षेत्रको पर्याप्त मात्रामा उजागर हुन
नसकके कोले अध्यावधिक एवम् वास्तविक तथ्य थाहा पाउन सक्ने अवस्थामा भने छैन। जलीय
जीवजन्तुहरूको विषयमा वैज्ञानिक जानकारीको कमीले गर्दा यिनीहरूको संरक्षण, सम्वर्धन एवं दिगो
उपयोग पनि हुन सके को छैन। यसै तथ्यलार्इ मध्यनजर गरेर नेपाल मत्स्य समाजअङ्ग्रेजीमा Nepal
Fisheries Society – NEFIS (यस पश्चात नेफिस उल्लेख गरिएको)लेआफ्नो बिक्रम सम्बत २०७७ सालको
साधारण सभाबाट एक "जलीय जैविक-स्रोत अनुसन्धान कोष (Aquatic Bio-Resources Research Fund")
को स्थापना गर्ने जमर्को गरेको हो। तदनुरूप अनुसूची १ मा उल्लेखित नेपाल मत्स्य समाजका सदस्य
एवं अन्य सम्बद्ध व्यक्तित्व तथा संघ/संस्थाबाट स्वेच्छिक रूपमा प्रदान गरिएको रकम शुरूमा न्युनतम
रू. १०,००,०००। (अक्षरेपी दश लाख रूपैयाँ मात्र) स्थापना-कोष र दाताहरूबाट प्राप्त रकमको आधारमा
समयसापेक्ष कोष थप गर्न सक्ने गरी उक्त कोषको×व्यवस्थापन तथा कार्यान्वयन कार्यविधि-२०७८"
स्थापना गरेको छ। यही कार्यविधिमा उल्लेख गरिए बमोजिम नेफिसको साधारण सभा…२०७८ को निर्णय
मिति देखि लागु हुने गरी सालबसाली रूपमा कार्यान्वयन गरिने छ। साथै यस कार्यबिधि समयानुकु ल
संशोधन एवं थप/घट गर्नु परेमा बार्षिक रूपमा आयोजना हुने नेफिसको साधारण सभाबाट निर्णय गर्न
सकिने छ।

2. कोष स्थापनाकोउद्देश्यः

यस कोषको मुख्य उद्देश्य नेपालमा जलचरको अनुसन्धान प्रवर्ध्दन गर्नु रहेको छ। जलीय स्रोतहरू मध्ये
माछा, Crustaceans/Mollusks, जलीय कीराहरू, प्राणीजन्य शुक्ष्मजीव/जुप्लाङ्गटन(Cladocera, Rotifer,
Copepod आदि) तथा Benthic Fauna आदिको (भाइरस, ब्याकटेरिया, पिको, माइक्रो, मेटा प्लाङ्गटन) आदिको
वर्गीकरण र नामपद्धति(Texonomy) सम्बन्धी अध्ययन अनुसन्धानकालागि प्राथमिकता दिर्इनेछ। यस
कोषको स्थापनाबाट मत्स्य र अन्य जलचरहरूको वर्गीकरण, विज्ञान र नामपद्धति सम्बन्धी लगायत अन्य
जलीय जैविक-स्रोतको अध्ययन अनुसन्धानमा सहयोग पुग्न गर्इ नेपालको जल सम्पदामा रहेको
जीवजन्तुको वैज्ञानिक अनुसन्धानमा के ही हदसम्म सघाउ पुग्ने विश्वास गरिएको छ।

3. छात्रवृत्ति प्रदान गरिने अनुसन्धान क्षेत्र

जलीय जैविक-स्रोत अनुसन्धान कोष (Aquatic Bio-Resources Research Fund) अन्तर्गत मुख्यतया छात्रवृत्ति
प्रदान गरिने विषयहरू निम्न प्राथमिकता क्रमअनुसार हुने छन्।

३.१ मत्स्य लगायत घोंघी, Mussel, Prawn, Aquatic Insect, Z00 and Phyto plankton को वर्गीकरण
(Classification) विज्ञान नामपद्धति(Texonomy) सम्बन्धी अध्ययन अनुसन्धान,

३.२ नदी र तालतलैयाका रैथाने तथा प्रवासी वा घुमन्ते माछाको जीवन चक्र, आहारा प्रणाली, पर्यावरण,
बांधको असर,

1
३.३ नेपालको स्थानीय वा रैथाने (Endemic) माछा सम्बन्धी अनुसन्धान,

३.४ स्थानीय जलचरहरूको उत्पादन प्रविधि विकासको अनुसन्धान,

३.५ नदी र तालतलैया आसपास बसोबास गरीजीविकोपार्जन गर्ने जनजीवनको मत्स्य पेशामा
संलग्नता सम्बन्धमा सामाजिक आर्थिक अध्ययनको विषयवस्तु,

३.६ माथि ३.१, ३.२, ३.३, ३.४ र ३.५ बुंदाहरूमा उल्लेखित विषयमा कु नै शिक्षण संस्थाबाट स्वीकृ त
प्राप्त अनुसन्धान सम्बन्धी तथ्यांक संकलन, सर्वेक्षणमा भ्रमणका लागि परिवहन वा हवाइ भाडा,
शोध पुस्तक, छपाइ, प्रकाशनको लागि रू. ३०,०००। दुर्इ किस्तामा प्रदान गर्न सकिने,

4. छात्रवृत्तिका लागि सम्भाव्य उम्मेदवार

यस कोषबाट छात्रवृत्ति प्राप्त गर्न चाहेका सम्भाव्य उम्मेदवार नेपालको कु नै विश्बविधालय वा शिक्षण
संस्थामा मत्स्य विज्ञान अन्तर्गत माथि उल्लेखित ३.१ विषयमा एम. एस्सी./पिएच डी डिग्रीको लागि
आंशिक वा पूर्णकालीन अनुसन्धानमा संलग्न रहेकोछात्र वा छात्रा हुनु पर्नेछ। अध्ययनरत जलीय
जीवजन्तुको Taxonomy सम्बन्धी विषयमा आफ्नो शोधपत्र तयारीको लागि अनुसन्धान गर्न इच्छु क नेपाली
नागरिकले यस छात्रबृत्तिको लागि नेफिससमक्ष आवेदन दिन सक्ने छन्। यस प्रकार आवेदन पेश गर्दा
अध्ययनरत संस्थाको सुपरिवेक्षक र विभागीय प्रमुखबाट स्वीकृ त अनुसन्धान प्रस्ताव सहित अनुसूची २
अनुसारको आवेदन फाराम (Fellowship Application Form) पेश गर्नु पर्नेछ। इच्छु क उम्मेदवारले
तोकिएको फर्मेटमा आफ्नो निवेदननेफिसको कार्यालयमा आवश्यक कागजात सहित पेश गर्नु पर्ने छ।

5. कोषको व्यवस्थापन र छात्रवृत्ति रकम

यस कोषको व्यवस्थापन नेफिसको राष्ट्रिय कार्यकारिणी सभा (रा.का.का.स.)ले यसै कार्यान्वयन कार्यविधि…
२०७८ अनुसार गर्नेछ। यस बाहेक नेफिसकोरा.का.का.स.बाटै समाजको विधानमा उल्लेख भए अनुसार
हुनेछ। निर्दिष्ठ रकम जम्मा भए पश्चात उपयुक्त बैंकमा नेपाल मत्स्य समाजको नाममा जलीय जैविक-
स्रोत अनुसन्धान अक्षयकोष खाता खोली जम्मा भएको मूल रकमबाट प्राप्त ब्याज सोही बैंकमा नेपाल
मत्स्य समाजकै नाममा खोलिएको बचत खातामा जम्मा भएको एक वर्षको ब्याज रकम मध्येबाट
कम्तीमा २५ प्रतिशत रकम अक्षयकोष थपका लागि छु ट्यार्इ बाँकी रकम मध्येबाट अनुसन्धान
छात्रवृत्तिका लागि इच्छु क शोधकर्ताहरूसँग आवेदन आह्वान गरिने छ। उक्त अक्षय कोष शुरुमा
न्युनतम रु. १०,००,०००।- (अक्षरेपी दश लाख रूपैयाँ मात्र) को वार्षिक ब्याजदरबाट प्राप्त हुने
रकमबाट यस कार्यविधिमा उल्लेख भए अनुसार पहिलो बर्ष एकजनालाई बढीमा रू. ३०,०००।- (अक्षरेपी
तीस हजार रूपैयाँ) मात्र छात्रवृत्ति प्रदान गरिने छ। तर कोषमा थप दाताहरुबाट रकम थपिन आएमा र
सोही कोषको ब्याजले पुग्ने भएमा र मूल्याङ्कन समितिलाई शोध प्रस्तावको मूल्याङ्कनको आधारमा छात्रवृत्ति
रकम थप गर्न आवश्यक छ भन्ने लागेमा मूल्याङ्कन समितिको सिफारिस अनुसार प्रतिव्यक्ति प्रतिवर्ष (एक
छात्रवृत्ति) न्युनतम रु. ३०,०००।- (अक्षरेपी तीस हजार रूपैयाँ) देखि बढीमा रु. ५०,०००।-(अक्षरेपी
पचास हजार रूपैयाँ) सम्म प्रदान गर्न सकिने छ। सो छात्रवृत्ति तीन किस्तामा प्रदान गरिने छ। यस
अक्षय कोषमा रकम सहयोग गर्ने महानुभावहरुको नामावली सहयोग राशी सहित यसै कार्यविधिको
अनुसूची १ मा उल्लेख गरिने छ र सो नामावली वर्षको एक पटक अध्यावधिक गरी साधारण सभामा
प्रस्तुत गरिने छ।

6. आवेदन आह्वान र छनौट प्रकिया

2
छात्रवृत्ति प्रदान गर्न १५ दिनको म्याद राखेर सूचना प्रकाशित गरिने छ। इच्छु क शोधकर्ताले तोकिएको
समय भित्र अनुसूची २ अनुसारको फाराम भरी पेश गर्नु पर्ने छ। समयसिमाभित्र प्राप्त आवेदनहरूको
मूल्याङ्कनका लागि नेफिसको रा.का.का.स.ले तीन सदस्यीय मूल्याङ्कन एवं छनौट समिति गठन गर्नेछ।
गठित छनौट समितिले १० दिन भित्र आफु ले तयार पारेको मूल्याङ्कन प्रकृ याको आधारमा आह्वान
भएअनुसार प्राप्त अनुसन्धान प्रस्ताव सहितको आवेदन अध्ययन गरी उत्कृ ष्ट आवेदकलार्इ छात्रवृत्ति प्रदान
गर्न नेफिसको रा.का.का.स.मा अनुमोदनका लागि सिफारिस गर्नेछ। सोही सिफारिसको आधारमा नेफिस
रा.का.का.स.को बैठकबाट छात्रवृत्ति प्रदानका लागि सर्वसम्मत निर्णय गरी सम्बन्धितलार्इ १० दिन भित्र
सूचित गरिने छ।

7. छात्रवृत्ति पाउने अनुसन्धान/सोधकर्ताको दायित्व

छात्रवृत्ति प्राप्त सम्बन्धी सूचना पाएको १५ दिन भित्र छात्रवृत्ति पाउने ब्यक्तिले नेफिस समक्ष अनुसूची ३
अनुसार करारनामा गर्नु पर्ने छ। नेपाल मत्स्य समाज र अनुसन्धानकर्ता बिच सम्झौता भर्इसके पश्चात
विषय परिवर्तन वा हेरफे र गर्न पाइने छैन। छात्रवृत्ति एक वर्षको लागि मात्र प्राप्त हुने छ। छात्रवृत्ति
पाउने छात्र/छात्राले छात्रवृत्ति प्राप्त भएपछि सोही बमोजिम आफ्नो Supervisor को General Guidance
अनुसन्धान कार्य शुरू गरेर निर्दिष्ट समय-सिमा भित्र सम्पन्न गर्नु पर्नेछ। छात्रवृत्ति रकम यस कार्यविधिको
बुँदा…५ मा उल्लेख भए अनुरूप पहिलो वर्ष बढीमा रू. ३०,०००।- (अक्षरेपी तीस हजार रूपैयाँ) मात्र र
कोषको अबस्था बमोजिम मूल्याङ्कन एवं छनौट समितिको सिफारिस अनुसार प्रतिव्यक्ति प्रतिवर्ष (एक
छात्रवृत्ति) न्युनतम रु. ३०,०००।- (अक्षरेपी तीस हजार रूपैयाँ) देखि बढीमा रु. ५०,०००।- (अक्षरेपी
पचास हजार रूपैयाँ) सम्म पाउन सक्नेछ। जम्मा स्वीकृ त छात्रवृत्तिलाई बराबर तीन भाग लगाई तीन
किस्तामा प्राप्त हुने छ। पहिलो किस्ता करारनामा लगत्तै प्राप्त हुनेछ भने करारनामाको तीन महिना
पश्चात कार्य प्रगतिको आधारमा दोस्रो किस्ता माँग गरीप्राप्त गर्न सकिने छ। शोधपत्र तयार भए पश्चात
तेस्रो तथा अन्तिम किस्ता प्राप्तीका लागि निबेदन सहितको अन्तिम प्रतिबेदन पेश गरी प्रचलित आर्थिक ऐन
नियम अनुरूप प्राप्त हुनेछ। यस कार्यबिधि संशोधन भएमा सोही अनुसार हुने छ।

8. छात्रवृत्ति खारेजी र बचाउ

छात्रवृत्ति पाउने छात्र/छात्राले करारपत्रमा उल्लेख भए बमोजिम शोधकार्य शुरू गरी समय-सिमाभित्र
सम्पन्न गर्नु पर्नेछ। प्रगति प्रतिवेदन र सम्पन्न प्रतिवेदन सुपरभार्इजरको सिफारिस सहित प्राप्त नभएमा
छात्रवृत्ति स्वतः खारेज हुनेछ। यसरी शोधकार्यको करारनामा अनुसार कार्य सम्पादन हुन नसके र दोस्रो,
तेस्रो वा दुबै किस्ताको छात्रवृत्ति प्रदान हुन नसके मा उक्त रकम छात्रवृत्ति कोषमै रहने र अर्को वर्षको
छात्रवृत्तिको लागि उपयोग गरिनेछ। यसप्रकार छात्रवृत्ति करार बमोजिम शोधकार्य संचालन भएर
आवधिक प्रगति प्रतिवेदनहरू उपलब्ध भएमा मात्र नेफिसले प्रतिवेदन प्राप्त भएको १५ (पन्ध्र) दिनभित्र
छात्रवृत्ति रकम प्रदान गर्नेछ।

3
अनुसूची १
जलीय जैविक-स्रोत अनुसन्धान कोषमा योगदान गर्नुहुने व्यक्तित्व तथा संघ/संस्थाहरुको विवरण

क्र.सं   नाम, थर संस्था/ठे गाना सहयोग रकम रु. सहयोग प्राप्तमिति


१ श्री अग्नी प्रसाद नेपाल सल्लाहकारएवं पूर्व रा.का.का.स.सदस्य, नेफिस २०,००० २०७८।४।५
२ श्री अरूण राणा एशियालीबिकास बैक, काठमाडौ १०,००० २०७८।४।३२
३ डा. अर्चनाप्रसाद निवर्तमानरा.का.का.स.सदस्य, नेफिस १५,००० २०७८।४।२७
४ डा. उषालोहनी  नेफिसआजीवन सदस्य १०,००० २०७८।४।२७
५ प्रा.डा. जीवनश्रेष्ठ  नेफिसमानार्थ सदस्य ४९,००० २०७७।११।२९
६ डा. दीपबहादुर स्वार सल्लाहकारएवं संस्थापक अध्यक्ष, नेफिस ५०,००० २०७८।३।२०
७ प्रा.डा. दिलिपकु मार झा पूर्वरा.का.का.स.सदस्य, नेफिस १०,००० २०७८।५।८
८ डा. नारायणपण्डित (सदस्यता शुल्क + 2,000) निवर्तमानरा.का.का.स.सदस्य, नेफिस २०,००० २०७८।४।२९
९ डा. नीताप्रधान निवर्तमानसचिव, नेफिस २०,००० २०७८।४।२२
१० श्री नेपालमत्स्य समाज बालाजु, काठमाडौ ५१,००० २०७८।३।३१
११ श्री नेलशनपोखरेल नेफिसप्रदेश प्रतिनिधी, प्रदेश १ १५,००० २०७८।५।८
१२ श्री प्रमोदकु मार रिजाल अध्यक्ष, नेफिस २५,००० २०७८।४।७
१३ श्री प्रवेशसिंह कु वँर महासचिव, नेफिस २५,००० २०७८।३।१९
१४ श्री बिजयगोपाल राजबंशी (नेफिस पूर्व सल्लाहकार
बांसबारी, काठमाडौ
स्व. प्राज्ञ कृ ष्ण गोपाल रावबंशीकोस्मृतिमा) २५,००० दीप स्वार
१५ श्री भागवतप्रसाद पूर्वरा.का.का.स.सदस्य, नेफिस २५,००० २०७८।५।८
१६ श्री महेशचन्द गुप्त नेफिसआजीवन सदस्य १५,१०० २०७८।४।३०
१७ श्री माधबबहादुर पन्थ संस्थापकसल्लाहकार, नेफिस २५,००० २०७८।५।४
१८ प्रा.डा. माधवकु मार श्रेष्ठ सल्लाहकारएवं पूर्व अध्यक्ष, नेफिस ५०,००० २०७८।३।२०

4
क्र.सं   नाम, थर संस्था/ठे गाना सहयोग रकम रु. सहयोग प्राप्तमिति
१९ श्री मीराप्रधान (नेफिस संस्थापक महासचिव
लाजिम्पाट, काठमाडौं
स्व.गगन बहादुर न्हुछें प्रधानको स्मृतिमा) २०,००० २०७८।५।४
२० श्री मुकु न्दबहादुर थापा कार्यालयसचिव, नेफिस ३०,००० २०७८।३।३१
२१ श्री युगलकिशोर तिवारी निवर्तमानउपाध्यक्ष, नेफिस २५,००० २०७८।५।१
२२ श्री रबिन्द्रकु मार बाटाजू पूर्वरा.का.का.स.सदस्य, नेफिस ५०,००० २०७८।३।२५
२३ श्री रबिलालशर्मा निवर्तमानरा.का.का.स.सदस्य, नेफिस २१,००० २०७८।५।१
२४ श्री रमेशजैसवाल रा.का.का.स.सदस्य, नेफिस १०,००० २०७८।४।२८
२५ श्री राहुलरन्जन सचिव, नेफिस १०,००० २०७८।४।२४
२६ श्री लक्ष्मीकार्की म.बि.अ., मत्स्य नश्ल संरक्षण तथा प्रवर्द्धन श्रोत के न्द्र
भैरहवा १०,१०० २०७८।५।३
२७ श्री वैकु ण्ठअधिकारी उपाध्यक्ष, नेफिस २५,००० २०७८।४।२५
२८ श्री शुक्रकु मार प्रधान (सदस्यता शुल्क ‌+ 5000) नेफिसआजीवन सदस्य १०,००० २०७८।४।२६
२९ श्री शुभरत्नशाक्य नेफिसआजीवन सदस्य १०,००० प्रबेश कु वँर
३० श्री सन्तोषीश्रेष्ठ कोषाध्यक्ष, नेफिस १५,००० २०७८।४।२२
३१ श्री सितलभट्टरार्इ रा.का.का.स.सदस्य, नेफिस १०,००० २०७८।४।३१
३२ श्री सुभाषकु मार झा रा.का.का.स.सदस्य, नेफिस १०,००० २०७८।३।२०
३३ श्री सुमित्रालौडारी निवर्तमानकोषाध्यक्ष, नेफिस १०,००० २०७८।४।२७
३४ डा. सूर्यबहादुर शाही नेफिसप्रदेश प्रतिनिधी, सुदुरपश्चिम १०,००० २०७८।४।३१
३५ प्रा.डा. सूर्यरत्नगुभाजु  नेफिसआजीवन सदस्य १५,००० २०७८।४।२९
३६ श्री स्वर्णिमाके .सी. रा.का.का.स.सदस्य, नेफिस १०,००० २०७८।५।१
स्टेटमेन्ट अनुसारको नाम पछि थपिने छ। ७६१,२००

5
अनुसूची २
जलीय जैविक-स्रोत अनुसन्धान कोष (Aquatic Bio-Resources Research Fund)
शोधकार्यको छात्रवृत्तिकोलागि आवेदन फार्मको नमुना
१. आवेदकको वैयक्तिक विवरणः

नाम, थर: वुवा/आमाको नाम:

स्थायी ठे गानाः

प्रदेश: जिल्ला: गाउँ/नगरपालिका:

वडा नं: गाउँ/टोलः

सम्पर्क ठे गानाः

मोवार्इल नं: इमेलः

२. अध्ययन एवं शोधकार्य सम्बन्धी विवरणः

शैक्षिक तह: () चिन्ह लगाउनेः स्नातकोत्तर विद्यावारिधि

शैक्षिक संस्था/विश्वविद्यालयको नाम तथा संकाय:

भर्ना भएको साल: हाल कु न सेमेस्टरः

शोधकार्यमा संलग्न सुपरभाइजर शिक्षक/ प्राध्यापकको

नाम, थरः पदः

सम्बन्धित संकायको विभागीय प्रमुखको


नामः

जलचर अनुसन्धान विषयको शीर्षकः

शोधको उद्देश्य:

अनुसन्धान शुरू हुने मिति: समापन मिति:

३. आवदेन साथ पेश हुनुपर्ने अन्य जरूरी कागजात:


क) नेपाली नागरिकताको प्रमाण…पत्रको प्रतिलिपि
ख) शोधकार्यमा संलग्न सुपरभाइजर, शिक्षक/प्राध्यापकको सिफारिश पत्र
ग) शोधकार्यको स्वीकृ त प्रस्तावको प्रतिलिपी
घ) सम्बन्धित संकायको विभागीय प्रमुखकोसिफारिश पत्र

6
आवदेन पेश गरेको मितिः दस्तखतः

अनुसूची ३

छात्रवृति प्रदान

यस कार्यविधिको बुँदा नं. ६ अनुसारको छनौट समितिको सिफारिसको आधारमा छनौट भएका
शोधकर्ताले अनुसूची…३ अनुसारको करारनामा गरेपछि छात्रवृत्ति प्रदान गरिने छ। यस करारनामाको
उद्देश्य समयसीमाभित्र अध्ययन समाप्त हुनेछ। सबै भुक्तानी समयावधि भित्र हुने र शोध-प्रतिवेदन (थेसिस)
वा अध्ययनको एक प्रति रिपोर्ट नेपाल मत्स्य समाजमा बुझाउने प्रतिबद्धता गर्नुपर्ने छ।

छात्रवृति प्राप्त गर्ने अनुसन्धानकर्ताको दायित्व


(अनुसूचि २ करार पत्र फारामको नमुना)

करारनामा

.....................प्रदेश ........................जिल्ला ............................................ गाउँ/नगरपालिका वडा नं. .......

निवासी श्री ........................................ को छोरा/ छोरी वर्ष ..........को म................................................

हाल शिक्षण सस्था ..................................................... मा स्नातकोत्तर/विद्यावारिधि तहको

.............................. मा अध्ययनरत छु । म जलीयजैविक…स्रोत अनुसन्धान कोष (Aquatic Bio-Resources

Research Fund) बाट पाउने छात्रवृतिको रकम यस कोषको सम्पूर्ण उद्देश्य अनुरूप प्रयोग गर्नेछु र

प्राप्त कु ल छात्रवृत्तिको रकम बराबरको बिल भर्पाई करारनामा अनुसार नेपाल मत्स्य समाज (नेफिस) मा

फर्छ्यौटको लागि समयावधि भित्र बुझाउने छु । अध्ययन समापन पछि शोध-प्रतिबेदन(थेसिस)को एक

प्रति पनि बुझाउने छु ।

दस्तखतः दायाँ बायाँ


मितिः २० । ।

7
8

You might also like