You are on page 1of 1

आकाश

सुस्मिता नेपाल

आकाश उसको
आँखाभित्र पस्यो

म पनि उसको
आँखाभित्र पसेँ

आकाशका हजारौँ
हातहरूले समातिएँ

त्यसपछि
उसैको आँखाको
आकाशमा टाँगिएँ

कविले आकाशलाई कवितामा प्रेमको “प्रतीक” स्वरूप प्रस्तुत गर्नुभएको छ । त्यस्तो प्रेम, जो आकाश जस्तो
विशाल, सीमाहीन र अन्त्यहीन छ । कवि त्यस प्रेमभित्र यस्तरी समातिएको, निस्कन असम्भव सरी टाङ्गिएको
र त्यही प्रेमिल अवस्थाले चुर्लुम्म डुबेको भाव यस कवितामा आएको छ । सिमाहीन आकाशलाई दे ख्‍न सक्ने
आँखा अझ कविले झन गतिलो “प्रतीक” को रूपमा अर्थ्याउनुभएको छ । यी दईु प्रतीकलाई एकभन्दा अर्को बढी
नै महत्त्वको रूपमा आएको छ । वास्तवमा प्रेम कहिले पनि अन्त हुन सक्दै न त्यसैले यो अन्त्यहीन छ ।

प्रेम के हो त ? प्रेम आकार बिहिन अनभ ु ति


ू हो । बाबआु माले गर्ने प्रेम, पति पत्नीबीच हुने प्रेम,शिक्षक शिक्षिकाले
गर्ने प्रेम, साथीले गर्ने प्रेम, कामप्रतिको प्रेममा भिन्नता रहे को छ । त्यस्तै प्रेमीहरू बीच हुने प्रेमले पनि एउटा
अर्थपूर्ण स्वरुप निर्माण गरे को हुन्छ । जसरी जीवनको परिभाषा गर्ने सकिँदै न त्यसरी नै प्रेमको पनि परिभाषा
गर्न सकिँदै न । प्रेम भएर नै यो संसार रमाइलो छ । प्रेमले नै मानिसलाई बाँच्ने आधार दिन्छ भन्ने कुरा यस
कविताको मुख्य भाव रहे को छ ।

You might also like