You are on page 1of 2

आज मिति २०७९।12।29 गते शनिवारका दिन दिनको २:०० बजे यस एकडारा

गाउँपालिकाको कार्यपालिका बैठक गाउँपालिका अध्यक्ष श्री दीप नारायण मण्डल ज्यूको अध्यक्षतामा
बैठक वसी तपसिल बमोजिमको उपस्थिति भई निर्णय गरियो ।
उपस्थिति
१. श्री दीप नारायण मण्डल (गा.पा. अध्यक्ष) अध्यक्ष
२. श्री महजबी खातुन (गा.पा. उपाध्यक्ष) सदस्य
३. श्री मनोज कु मार मण्डल (वडा अध्यक्ष) सदस्य
४. श्री सखीचन्द्र यादव (वडा अध्यक्ष) सदस्य
५. श्री राम विलास राय (वडा अध्यक्ष) सदस्य
६. श्री जिबछ प्रसाद यादव (वडा अध्यक्ष) सदस्य
७. श्री शेराजुद्दीन अंसारी (वडा अध्यक्ष) सदस्य
८. श्री श्याम चौधरी (वडा अध्यक्ष) सदस्य
९. श्री नजाम खातुन सदस्य
१०. श्री सकु न्तला देवी पासमान सदस्य
११. श्री रबरु देवी सदस्य
१२. श्री सोमित्रा देवी सदस्य
१३. श्री विपिन कु मार साह सदस्य
१४. श्री गणेश चौधरी सदस्य
१५. श्री सरोज कु मार सिंह प्रमुख प्रशासकीय अधिकृ त) सदस्य सचिव
आमन्त्रित
१ श्री इन्दल साह (पशु चिकित्सक)
२ श्री महेन्द्र मण्डल (स्वास्थ्य शाखा प्रमुख )
३ श्री गोणु मण्डल (प्रशासन शाखा/योजना शाख प्रमुख)
४ श्री शिवेन्द्र ठाकु र (सू.प्र.अ.)
५ श्री मिथलेश ठाकु र (क.अ.)
प्रस्ताव नं १ :-घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान समबन्धमा |
निर्णय नं १ :- प्रस्ताव नं १ माथि छलफल गर्दा यस एकडारा गाउँपालिकाकोमा निर्माण तथा सप्लायर्स
समबन्धि कार्य गर्नको लागि तपसिल अनुसारको प्राप्त निर्माण व्यवसायीलाइ घरेलु तथा साना उद्योग
कार्यालय द्वारा जारि गरिएको प्रमाण तथा संलग्न काजगातहरुको आधारमा घ वर्गको निर्माण व्यवसायी
इजाजत प्रमाण पत्र उपलव्ध गराउने निर्णय गरियो |
1.खुश्बु निर्माण सेवा एण्ड सप्लायर्स भंगहा-१ ,महोत्तरी
२.युविका कन्स्ट्रक्सन एण्ड सप्लायर्स, एकडारा-३ ,भटौलिया
प्रस्ताव नं. २ :- म्याद रद्द तथा निष्कासन सम्बन्धि निर्णय बदर सम्बन्धमा |
निर्णय नं २ :- प्रस्ताव नं. २ माथि छलफल गर्दा यस एकडारा गाउँपालिकाको कार्यलय एकडारा
महोत्तरीमा कार्यरत कर्मचारी इन्जिनियर श्री सुभाष पाण्डेय लाइ च.नं.१४९४ मिति २०७९/१२/२२
गतेको पत्र अनुसार निजको कार्यछमता माथि प्रस्न उठाउदै विना कु नै सफाईको मौका नदिई करार
म्याद रद्द तथा निस्काशन समबन्धि गरिएको निर्णय अमानवीय तथा कर्मचारी प्रतिको उपहासहुने यस
कार्यपालिकाको ठम्याई रहेको छ साथै यस कार्यलयमा इन्जिनियर पदमा अरु कु नै कर्मचारी समेत
नरहेको र निजकै स्वामित्वमा यस पालिकाका योजना तथा कार्यक्रमहरु संचालनमा रहेको हुँदा सो
च.नं.१४९४ मिति २०७९/१२/२२ गतेको पत्र हाललाइ रद्द गरि कार्यरत कर्मचारी श्री सुभाष पाण्डेय
को करार अवधि २०८० असार मसान्त सम्मको रहने गरि निज लाइ कामकाजमा खटाउने निर्णय सर्व
सहमतिबाट गरियो |

You might also like