You are on page 1of 2

What is bakance sheet? Why and how is prepared?

कु नै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ


जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई
संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको
हकमा नाफा नोक्सान हिसाब खाता बनाईसके पछि अन्त्यमा बनाईने हिसाब
वासलात हो । वास्तवमा यो कु नै खाता होइन, खाताहरुको निचोड वा सारांश हो ।
प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक
अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको
यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब
खाताले कु ल नाफा वा कु ल नोक्सान के हि भए वा नभएको जानकारी दिन्छ साथै सो
खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु

 तिर्नुपर्ने बिल (Bills Payable)


 बैंक ओभरड्राफ्ट ( Bank Overdraft)
 साहु ( Creditor)
 ऋण ( Loan)
 सुरक्षित कोष (Reserve Fund)
 पुँजी ( Capital)
 पुँजी फिर्ता (Drawings)
 खुद नाफा (Net Profit)
 खुद नोक्सान (Net Loss)

 वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु


 नगद मौज्दात (Cash in Hand)
 बैंक मौज्दात ( Cash at Bank)
 भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable)
 आसामी (Debtor)
 फर्निचर (Furniture)
 मोटर ( Motar)
 लगानी (Investment)
 भवन, हाता र पर्खाल (Business Premises)
 अदृश्य सम्पतिहरु (Intangible Assets)
 सामानको अन्तिम मौज्दात (Closing Stock)

 वासलातमा समावेश हुने समायोजनका के हि कारोबारहरु


 अन्तिम मौज्दात (Closing Stock)
 पेस्की खर्च ( Prepaid Expenses)
 भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses)
 ह्रास ( Depreciation)

You might also like