You are on page 1of 12

लोकसेवा परीक्षामा लेखनलाई प्रभावकारी बनाउने तरिका

 पोसाक सफा र सजिलो तथा खु सी अनु हारका साथ प्रवे शपत्र तथा ले ख्ने कलम तथा
स्केलसहित समयमै परीक्षा हलमा पु ग्ने र आफ्नो सिटमा बसी परीक्षाको परिवे शलाई आफ्नो
बनाउने  । 
 प्रश्नपत्र प्राप्त हुनासाथ सबै प्रश्नलाई सरसर्ती पढ्ने र केही प्भथ धयचमक सम्झनामा
आयो भने प्रश्नको नजिकै टिपोट गर्ने र प्रश्नमा रहे का ज्यादा महत्वपूर्ण  वाक्य वा शब्द
(समूह)लाई अन्डरलाइन गर्ने ।
 सबै प्रश्नलाई औसत रूपमा बराबर समय छुट्याउने तर सबै भन्दा बढी आउने प्रश्नको
उत्तरबाट जवाफ दिन सु रु गर्ने , उत्तर ले ख्दै जाँदा समय बचे को वा मिचे को ख्याल गर्दै
सन्तु लन मिलाउँ दै जाने  ।
 प्रश्नले के मागे को हो ? प्रस्ट बु झेर अनि मात्र उत्तरलाई कुन ढाँचामा ले ख्ने हो योजना
गर्दै उत्तर तयार गर्दै जाने  ।
 सोधिएको प्रश्नको मूल सवाल/शीर्षकभित्र रहे र आफ्ना तर्क वा पु स्ट्याइँ का आधार
उपलब्ध गराउनु पर्ने हुन्छ । कम महत्वपूर्ण  र प्रश्नले माग नगरे को पक्षमा प्रवे श नै नगर्ने  ।
उत्तरमा Key words  को प्रयोग गर्ने, जस्तो कि से वा–प्रवाहको सम्बन्धमा नागरिक
निगरानी तथा पृ ष्ठपोषण ।
 प्रश्नले माग गरे को विषयवस्तु को पक्ष, गहिराइ वा दायरालाई बु झ्नु अत्यन्तै आवश्यक छ ।
जस्तै – मूल्यांकन गर्नुहोस् भन्दा राम्रा–नराम्रा पक्षबारे आफ्ना विचार राख्नु पर्छ भने
विवे चना गर्नुहोस् भने को अवस्थामा सोही विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा गर्नुपर्ने
हुन्छ ।
 सबै प्रश्नको जवाफ ले खिसकेपछि समय मिले सम्म प्रश्नसं ख्या र उत्तरपु स्तिकाको क् रम
मिले –नमिले को हे र्ने र त्यति गर्दा पनि समय बचत भयो भने ले खिएका उत्तर हे र्दै जाँदा
तत्काल दे खिएका त्रुटि सच्याउने वा छुटे का सानातिना प्रसं ग थप गर्ने ।
 उत्तर ले ख्दा थप आकर्षक बनाउन चित्र वा फर्मुला वा सान्दर्भिक प्रसं ग वा प्रासं गिक
घटनालाई जोड्न सकिन्छ । तर, सबै उत्तरमा उल्लिखित कुरा खोज्नतर्फ लागे मा समय
पालना नहुन सक्छ । 
 अन्तरसम्बन्ध विश्ले षणसम्बन्धी प्रश्नमा कुन–कुन विषयबीच सम्बन्ध केलाउने हो ?
प्रस्ट हुन जरुरी हुन्छ । जस्तो कि दिगो विकासका पक्षका रूपमा आर्थिक, सामाजिक र
वातावरणीय पक्षहरू, वर्तमान सं विधानले उठाएका बृ हत् सवालहरूमा सं घीयता, समाजवाद
र समृ दधि ् , से वा–प्रदायक र से वाग्राहीबीचको सम्बन्धजस्ता विषयलाई सिद्धान्त र
व्यवहारको कसीमा व्याख्या गर्दै उत्तरलाई खँ दिलो बनाउने प्रयत्न गरिनु पर्छ ।

यसरी गर्ने  लोकसेवाकोे तयारी

सरकारी जागिरमा युवा आकर्षण पछिल्लो समयमा झनै बढ्दो छ । सरकारी सेवा तथा प्रशासनिक क्षेत्रमा प्रवेश गर्नका
लागि लोकसेवा आयोग उत्तीर्ण गर्नुपर्छ । विभिन्न शीर्षकमा पदपूर्ति गर्न सरकारले प्रत्येक वर्ष दरखास्त आह्वान गर्दै
आएको छ । लोकसेवा परीक्षा मिहिनेतका साथ पढ्ने हो भने सजिलै पास गर्न सकिन्छ ।
पढ्ने कसरी ? 
सर्वप्रथम त विद्यार्थीमा आत्मविश्वास हुन जरुरी छ । कु नै एउटा विषयमा लक्षित गरेर पढ्नुहोस् । अधिकांश विद्यार्थीले
एकभन्दा बढी आवेदन दिने हुँदा कसलाई कति समय दिने भन्नेमा नै अल्मलिइरहेका हुन्छन् । तसर्थ, कु नै निश्चित लक्ष्य
लिएर पढ्नुहोस् । 
लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक
प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ । 

लामो समयसम्म एउटै विषयवस्तु घोके र बस्नुहुँदैन । दिनभरि किताब हेरेर समय बिताउनुभन्दा छोटो समय पढ्नु राम्रो
हुन्छ । तथ्यांक र चित्रसँग जोडेर पढ्दा स्मरण रहन्छ । 
इतिहास, मिति, परिभाषा र तथ्यांक पढ्दा दैनिक क्रियाकलापसँग जोडेर फर्मुला बनाउनुपर्छ । पढेको कु रालाई बेलुका
पुनरावलोकन गर्नुपर्छ । विषयवस्तु एक–अर्कासँग जोडेर पढ्दा पछिसम्म याद रहिरहने हुन्छ । कु नै एउटा तथ्यांक अर्को
सम्बन्धित तथ्यांकसँग जोड्दा ज्ञानको दायरा बढ्दै जान्छ । 
लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक
प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ । 
के ही कु रा पढेरभन्दा लेखेर बढी स्मरण गर्न सकिन्छ । तसर्थ आफू ले पढेको विषयवस्तु लोकसेवाको उत्तर शैलीमा लेख्ने
अभ्यास गनुपर्छ । मुख्य शब्दलाई लक्षित गर्नुपर्छ । शब्द स्मरण गर्न सजिलो हुने भएकाले छोटो समयमै परीक्षाको
तयारी गर्न सकिन्छ ।
कु नै विषयवस्तु पढ्दा सबल र दुर्बल पक्ष सँगसँगै पढ्नुपर्छ । यसरी पढ्दा कम समयमै धेरै विषयमा पूर्ण अध्ययन गर्न
सहज हुन्छ । 
कसरी लेख्ने ?
लोकसेवाको परीक्षा दिँदा आत्तिनुहँुदैन । किनकि, यो पनि अन्यजस्तै सामान्य परीक्षा हो । परीक्षा दिन जाँदा पास
गर्छु भन्ने आत्मविश्वास लिएर जानुपर्छ । 
जाँचकले छोटो र तर्क युक्त उत्तरलाई प्राथमिकता दिने गर्छ । तसर्थ, सके सम्म सटिक उत्तर लेख्नुपर्छ । 
इतिहास, तथ्यांक, परिभाषा र उदाहरण जोडेर सिलसिलाबद्ध रूपमा लेख्नुपर्छ । उत्तरको सुरुवात र अन्त्य तथ्यांक
तथा उदाहरणमा लक्षित गर्नुपर्छ ।
सीमित समयमा लेख्नुपर्ने विषय विषय धेरै हुन्छ । यसले गर्दा, परीक्षामा समय व्यवस्थापन चुनौतीको विषय बन्ने गर्छ ।
उत्तर जान्दाजान्दै पनि समय व्यवस्थापन गर्न नसक्दा कतिपय परीक्षार्थी असफल भइरहेका हुन्छन् । तसर्थ, परीक्षाको
सुरुवातीदैखि नै समय व्यवस्थापनमा ध्यान दिनुहोस् । 

लोकसेवा आयोगको परीक्षामा ध्यान दिनुपर्ने कु राहरू

सबैभन्दा बढी प्रतिस्पर्धा हुने लोकसेवा आयोगको परीक्षामा सफलता पाउन गहिरो बुझाइसहितको राम्रो तयारी त
आवश्यक हुन्छ नै, परीक्षाको समयमा के ही सामान्य कु रामा ध्यान नपुग्नाले पनि असफल हुन सकिन्छ । लोकसेवा
आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको परीक्षा नजिकै आएको सन्दर्भमा परीक्षार्थीले लामो समयदेखि गरेको
कठोर मिहिनेतलाई परीक्षामा अधिकतम प्रदर्शन गर्न सकू न् भन्ने उद्देश्यले यहाँ परीक्षामा ध्यान दिनुपर्ने के ही आधारभूत
कु रा प्रस्ट पार्न खोजिएको छ ।
१. स्वास्थ्यमा ध्यान दिने 
परीक्षामा शरीर र मस्तिष्क दुवै स्वस्थ र स्फू र्ति हुनु अन्त्यतै जरुरी हुन्छ । यसका लागि परीक्षाभन्दा एक–दुई
दिनअघिबाट खानपिनमा विशेष ध्यान दिनुपर्छ । गरिष्ठ मसलारहित शाकाहारी र सात्विक भोजन गर्नाले र पर्याप्त पानी
पिउनाले शरीरमा हलुकोपना महसुस हुन्छ । हल्का व्यायाम, ध्यान र योगा गर्नाले शरीरमा नयाँ ऊर्जा र ताजगीपन
आउँछ । बाहिर धुवाँधुलोमा धेरै ननिस्की कोठामै बसेर सरसर्ती कोर्स रिभिजन गर्ने र बीच–बीचमा मधुर सांगीतिक धुन
सुन्ने वा आफू लाई सबैभन्दा मनपर्ने मनोरञ्जनात्मक क्रियाकलाप गर्नाले शरीरबाट आलस्य भाग्छ । 
परीक्षा के होला, कस्तो होला, प्रश्न कस्तो आउला, लेख्न सकौँला वा नसकौँला, पास हुँला कि नहुँलाजस्ता अनगिन्ती
प्रश्न मनमा खेलाएर बस्नुहुन्न । यसले गर्दा थाहै नपाई तनाव बढ्छ र शारीरिक अस्वस्थताका अनगिन्ती लक्ष्यण देखिन
थाल्छन् । धेरै परीक्षार्थीको परीक्षाको के ही दिनअघिबाट रातभर नसुती पढ्ने बानी हुन्छ । अनिद्रा आलस्य र तनावको
मूल कारण हो । त्यसैले परीक्षाको समयमा कम्तीमा ६–७ घन्टा सुत्नु आवश्यक हुन्छ । 
२. परीक्षापूर्वको तयारीमा ध्यान दिने 
परीक्षाको दिन सबैभन्दा पहिले परीक्षाका आवश्यक सामग्री तयारी अवस्थामा राख्नुपर्छ । प्रवेश पत्र, परीक्षामा प्रयोग गर्ने
पेन (कम्तीमा दुइटा), घडी र आवश्यक पर्ने भए स्के ल, पेन्सिल, इरेजर आदिजस्ता अन्य सामग्री समयमै ठिक्क पारेर
राख्नुपर्छ । परीक्षा भवनको लोके सनबारे एक दिनअगावै स्पष्ट हुनुपर्छ । परीक्षाको दिन परीक्षा समयभन्दा एक घन्टाअघि
परीक्षा के न्द्रमा पुग्ने गरी निस्कनुपर्छ ।
 परीक्षा के न्द्रमा प्रवेश गरेपछि आफू बस्ने डेस्क, बेन्च कत्तिको कम्फर्टेबल छ चेक गर्नुपर्छ र कु नै समस्या भए परीक्षा
व्यवस्थापनमा खटिएका कर्मचारीलाई भनी तुरुन्तै समाधान गर्नुपर्छ । परीक्षा हलमा प्रवेश गरी उत्तरपुस्तिका प्राप्त
भएपछि परीक्षा सुरु हुनुपूर्व नै सबै उत्तरपुस्तिकाको कभर पेजमा भर्नुपर्ने सबै कु राहरू नअत्ताल्लिईकन राम्रो अक्षरमा प्रस्ट
बुझिने गरी भर्ने । सिम्बोल नम्बर सबै कपीमा एकपटक दोहो-याएर रुजु गर्ने । त्यसपछि उत्तरपुस्तिकालाई चारैतिर
कम्तीमा एक–एक इन्च मार्जिन राखेर फोल्ड गर्ने । उत्तरपुस्तिकाको बायाँतिर अलि बढी मार्जिन छाड्नु राम्रो हुन्छ । 
३. परीक्षा सुरु भएपछि ध्यान दिनुपर्ने कु रा
परीक्षा आरम्भको घन्टी बजेर प्रश्नपत्र प्राप्त भएपछि सर्वप्रथम प्रश्न सरसर्ती हेर्नुपर्छ । प्रश्न कठिन भए पनि आत्तिनुहुँदैन
र सजिलो भए पनि हौसिनु हुँदैन । भावना वा संवेगलाई नियन्त्रण गर्न सक्नुपर्छ । प्रत्येक प्रश्नको उत्तर लेख्न सुरु गर्नुपूर्व
प्रश्नलाई ध्यान दिएर दुई–तीनपटक पढी प्रश्नको विषयवस्तु, सन्दर्भ, फोकस र खण्ड तथा तिनको अंकभार पहिचान
गरी त्यस्ता प्रत्येक खण्डका मूल शब्दलाई अन्डरलाइन गर्नुपर्छ । त्यसपछि प्रश्नको उत्तर कतिवटा शीर्षक तथा
उपशीर्षकमा कसरी लेख्ने भनी मनमनै उत्तरको योजना वा खाका बनाउनुपर्छ । 
प्रत्येक खण्डलाई छु ट्टाछु ट्टै शीर्षक दिई लेख्नु राम्रो हुन्छ भने त्यस्तो शीर्षक अघि अन्डरलाइन गरेको शब्दलाई आधार
मानी बनाउनुपर्छ । यसरी प्रश्नलाई बुझ्ने र 
उत्तरको योजना बनाउने कार्य एकदेखि डेढ मिनेटको समयभित्र सक्नुपर्छ । 
४. समय व्यवस्थापनमा ध्यान दिने 
उत्तर लेख्दा समयलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । १० अंकको प्रश्नका लागि १८ मिनेटको समय हुन्छ, तर १५
देखि १६ मिनेटभित्र लेखिसक्नुपर्ने हुन्छ । बाँकी दुई मिनेट सुरुमा प्रश्न बुझेर उत्तरको खाका विकास गर्न र बीचमा
आइपर्न सक्ने कु नै भैपरी व्यवस्थापनका लागि छु ट्याउनुपर्छ । 
कु नै एउटा प्रश्न बढी आउँछ र अर्को कम आउँछ भन्ने ठानेर आउने प्रश्नलाई बढी समय दिने र कम जानेको छु भन्ने
लागेको प्रश्नलाई कम समय दिने गर्नु हुन्न । जुन प्रश्नका लागि जति समय हो, त्यो सबै समय सोही प्रश्नलाई दिनुपर्छ ।
कम जानेको विषयमा के ही न के ही जानेको कु रा मौलिक रूपमा लेख्यो भने १० मा ३–४ अंक ल्याउन कठिन हुँदैन, तर
धेरै जानेकोमा जति धेरै लेखे पनि सामान्यतया जति आउने हो सोभन्दा थप ०.५ अंक ल्याउन पनि ज्यादै कठिन
हुन्छ । त्यसैले जानेको प्रश्नको उत्तर धेरै लेख्नुभन्दा नजानेको प्रश्नको उत्तर के ही न के ही लेख्नु धेरै लाभदायी हुन्छ । 
५. सिलसिलेबार उत्तर लेख्ने 
प्रश्नको उत्तर लेख्दा १ नम्बरदेखि क्रमशः अन्तिमसम्म लेख्नुपर्छ कि अघिपछि गरेर लेखे पनि हुन्छ भन्ने द्विविधा धेरैमा
हुन्छ । लोकसेवाको परीक्षामा प्रश्न छान्न पाउने सहुलियत हुँदैन । सबै प्रश्न अनिवार्य नै हुन्छन् । त्यसैले सिरियल्ली नै
लेख्दा सजिलो हुन्छ । तर, आफू लाई बढी कन्फिडेन्स भएको प्रश्न पहिले गरी अरू त्यसपछि गर्न पनि सकिन्छ । यद्यपि
यसो गर्दा कु नै प्रश्नको उत्तर लेख्ने भुलिने वा एउटा समूहको उत्तर अर्कै उत्तरपुस्तिकामा पर्ने जोखिम हुन सक्छ ।
त्यसतर्फ भने सजग हुनुपर्छ । 
६. भाषाको प्रयोग सम्बन्धमा
लोकसेवाको परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सकिन्छ । सम्भव भएसम्म सबै परीक्षा एउटै भाषामा दिएको राम्रो ।
तर, एउट खण्ड नेपाली र अर्को खण्ड अंग्रेजीमा दिन पनि सकिन्छ । त्यसैगरी माध्यम भाषा नेपाली बनाएको अवस्थामा
वाक्यहरूको बीचमा आवश्यकताअनुसार अंग्रेजी शब्दको प्रयोग गर्न पनि सकिन्छ ।
कहिलेकाहीँ कु नै खण्डको शीर्षकमुनि नेपाली भाषामा पृष्ठभूमि लेखेर प्रश्नले मागेको उत्तरका बुँदाचाहिँ के ही वा सबै
अंग्रेजीमा आउँछ भने अंग्रेजीमै लेख्न पनि सकिन्छ । तर, नेपाली माध्यमको उत्तरमा अंग्रेजी प्रयोग गर्दा अनावश्यक र
भद्दा भान हुने गरी जबर्जस्ती प्रयोग गर्नु भने हुँदैन । उत्तर लेख्दा सम्भव भएसम्म सरल भाषामा छोटा–छोटा वाक्यमा
सीधा र प्रस्ट रूपमा आफ्नो धारणा लेख्नुपर्छ । जार्गन, जटिल र लामा–लामा वाक्य, अमूर्त र अप्रत्यक्ष भाषाको प्रयोग
गर्नु हुँदैन । 
७. उत्तरको बनोटका सम्बन्धमा 
उत्तर लेख्दा अनुच्छेद र बुँदाको उचित संयोजन गरी लेख्नुपर्छ । प्रत्येक खण्डको शीर्षकपछि तीन–चार लाइनमा नबढ्ने
गरी अनुच्छेदमा पृष्ठभूमि लेख्ने र बुँदागत रूपमा मागेको उत्तर लेख्ने गर्नुपर्छ । पृष्ठभूमि लेख्दा आवश्यकताअनुसार
सोधिएको विषयको परिभाषा गर्ने वा त्यससम्बन्धी तथ्यांकमा आधारित भएर सन्दर्भ विकास वा प्रश्नकै पुनर्सम्बोधन गर्न
सकिन्छ । उत्तर लेख्दा प्रत्येक खण्डलाई एकअर्कामा लिंक गर्ने गरी लेख्नुपर्छ ।
एउटा अनुच्छेद बढीमा ६–७ लाइनभन्दा नबढ्ने गरी लेख्नु राम्रो हुन्छ । वाक्यहरूका बीचमा पर्याप्त स्पेस छाड्ने र
अनुच्छेदबीच वाक्यबीच छाडेकोभन्दा दोब्बर स्पेस छाड्ने गर्दा उत्तर आकर्षक देखिन्छ ।
उत्तर लेख्दा धेरैजसो परीक्षार्थीले गर्ने साझा गल्ती भनेको सबै प्रश्नको उत्तर एउटै ढँचामा जस्तो नीतिगत, संस्थागत,
व्यवस्थापकीय, वातावरणीय पक्ष छु ट्याई लेख्नु हो । यसो गर्नाले उत्तरलाई भद्दा, आर्टिफिसियल र
सिर्जनशीलताविहीन बन्छ । प्रत्येक उत्तर फरक–फरक शैली र ढाँचामा मौलिक ढंगले लेख्नाले राम्रो अंक प्राप्त गर्न
सकिन्छ ।
अरूको भन्दा भिन्न लेखेर नै अरूलाई जितिने हो भन्ने कु रालाई भुल्नु हुँदैन । प्रत्येक उत्तरको अन्त्यमा संक्षिप्त निष्कर्ष
लेख्नुपर्छ । निष्कर्ष लेख्दा एक वाक्यमा पूरै उत्तरको भाव खिच्ने र अर्को वाक्यमा सम्बन्धित विषयमा मोटो सुझाब दिने
गर्नु राम्रो हुन्छ । धेरैले रेडिमेड निष्कर्ष लेख्ने गर्छन्, जुन सरासर गलत हुन्छ । हरेक प्रश्नको भिन्न निष्कर्ष हुन्छ । 
८. परीक्षाहलको वातावरणका सम्बन्धमा परीक्षा हलभित्रका गतिविधिले पनि परीक्षालाई प्रभाव पार्छ । कहिलेकाहीँ
अगाडि पर्दा वा बेन्चको छेउतिर पर्दा परीक्षामा खटिएका निरीक्षक नजिकै आएर बस्ने वा उभिएर लेखेको हेरिरहने गर्न
सक्छन् । यसबाट परीक्षार्थीलाई अप्ठ्यारो महसुस भई लेखन प्रभावित हुन सक्छ । 
त्यस्तो भएमा समयमै सो कु रा त्यस्तो व्यक्तिलाई जानकारी दिई त्यहाँ नबस्न भन्नुपर्छ । सँगै बसेका परीक्षार्थीले कति
छिटो–छिटो पाना पल्टाउँछन् वा उत्तर लेखिसक्छन् वा उत्तरपुस्तिका थप्छन् भन्ने कु राले पनि आफ्नो मनस्थितिमा
असर पर्न सक्छ । त्यसबाट बच्न वरिपरि कसैलाई मतलब नगरी आफ्नो उत्तर लेखनमा मात्र के न्द्रित हुने गर्नु राम्रो
हुन्छ । धेरै पेज लेखेर वा छिट्टै सके र वा धेरै कपी थपेर पास भइने होइन, जति लेखिन्छ गहकिलो र मागेको उत्तर
लेख्नुपर्छ भन्ने कु रामा विश्वस्त हुनाले यस्ता कु राबाट प्रभावित भइन्न ।

लोकसेवाको उत्तर कसरी लेख्ने ?

लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा धेरै पढेको र राम्रो ज्ञान भएकोभन्दा पनि राम्रो लेख्न सक्ने अर्थात्
पढेको कु रा अधिकतम रूपमा परीक्षाको उत्तरपुस्तिकामा उतार्न सक्ने व्यक्ति नै सफल हुने गरेका छन् । नपढी त हुँदैन,
तर पनि पढेर मात्र पनि सफलता हात नपर्न सक्छ । त्यसैले लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नले
मागेका कु रा सके सम्म मौलिक तरिकाबाट लेख्नुपर्छ ।
धेरै प्रतिस्पर्धीले तयारी कक्षा पढ्ने र प्रशिक्षकको नोटलाई विशेष आधारका रूपमा लिने हुनाले सबैको उत्तर एकै
खालको हुन गई जाँचकीलाई मौलिकताविहीन उत्तरजस्तो पनि लाग्न सक्छ । सके सम्म उत्तर लेख्दा सबै विषयवस्तु
समावेश गरी, लेखाइको निरन्तरता र आबद्धता मिलाई, जाँचकीको ध्यान आकृ ष्ट गर्ने कु रामा जोड दिनुपर्छ । 
उल्लिखित पृष्ठभूमिमा लोकसेवा आयोगले लिने प्रतिस्पर्धात्मक परीक्षामा उत्कृ ष्ट अंक ल्याउन अपनाउनुपर्ने सावधानी र
के ही तरिका तल 
दिइएको छ :
१. प्रश्न गम्भीर भई पूरै पढ्ने, झुक्याउन खोजेको विषय, सन्दर्भ, पुच्छ्रे  प्रश्न पत्ता लगाउनुपर्छ ।
२. प्रश्नको उत्तर सरसर्ती मनमनै सम्झनुपर्छ ।
३. कति लेख्ने हो, त्यसको आँकलन गरी भूमिका, निष्कर्ष आवश्यक पर्छ–पर्दैन, यकिन गर्नुपर्छ ।
४. सके सम्म सफा र प्रस्ट अक्षरमा शुद्ध उत्तर लेख्नुपर्छ ।
५. उत्तर लेख्दा प्रयोग गरिने मुख्य चार विधिमध्ये उपयुक्त विधिको छनोट गरी संरचनात्मक उत्तर दिनुपर्छ ।
(क) व्यवस्था, प्रयास, समस्याका क्षेत्र, सुधारका उपायलगायत प्रश्नको उत्तर दिँदा तीनवटा उपशीर्षक बनाउनु
उपयुक्त हुन्छ ।
(अ) नीतिगत व्यवस्था : यसअन्तर्गत संविधान, कानुन, आवधिक योजना, क्षेत्रगत नीति र रणनीति, वार्षिक बजेट,
सरकारको नीति तथा कार्यक्रम, अन्तर्राष्ट्रिय  
  सन्धि–सम्झौता आदिलाई उल्लेख गर्नुपर्छ ।
(आ) संस्थागत व्यवस्था : यसअन्तर्गत सरकारी क्षेत्र जस्तै– संघ, प्रदेश र स्थानीय सरकार, सोमातहतका मन्त्रालय,
विभाग, आयोग, सचिवालय, परिषद्, के न्द्र, समिति, कार्यदल, परियोजना आदि उल्लेख गर्नुपर्छ ।
(इ)  कार्यक्रम, व्यवहार र आचरणगत व्यवस्थाः सअन्तर्गत सञ्चालित परियोजना तथा कार्यक्रमहरू, दैनिक अभ्यास,
वर्तमान आचरण र संस्कार, सरकारी, निजी तथा सामाजिक क्षेत्रबाट गरिएका सबै प्रयास समेटी उत्तर दिनुपर्छ ।
(ख) संकट, विपत्, द्वन्द्व, परिवर्तन व्यवस्थापन, वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने उपायजस्ता प्रश्नहरूको
उत्तर समयक्रममा आधारित भई देहायका तीन उपशीर्षकमा लेख्दा राम्रो मानिन्छ :
(अ) वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने कामहरू,
(आ) वैदेशिक रोजगारीमा रहेका वेला गर्नुपर्ने कामहरू,
(इ) वैदेशिक रोजगारीबाट फर्कि एपछि गर्नुपर्ने कामहरू,
(ग) भ्रष्टाचारका कारण, सुशासनका अवरोध, सेवा–प्रवाहका बाधा, दिगो विकासका आयामजस्ता प्रश्नको उत्तर
देहायबमोजिमका उपशीर्षकअनुसार लेख्नु राम्रो मानिन्छ :
(अ) राजनीतिक कारण     (आ) आर्थिक कारण
(इ) सामाजिक कारण    (ई) सांस्कृ तिक कारण
(उ) प्राविधिक कारण    (ऊ) शासकीय कारण
(ए) मनोवैज्ञानिक कारण    
(ऐ) वातावरणीय वा  पर्यावरणीय कारण
(ओ) कानुनी कारण    
(औ) व्यक्तिगत वा मानवीय कारण
(घ) संविधान, कानुन, योजना आदिबाट प्रश्न सोधेमा अगाडिबाट पछाडि जाने विधि वा उपशीर्षक निर्माण विधिबाट
उत्तर लेख्नु राम्रो मानिन्छ ।
६. उत्तर लेख्दा सार्वजनिक रूपमा मानहानि हुने र गम्भीर आरोप लगाउने शब्दहरूको प्रयोग सके सम्म गर्नु हुँदैन ।
७.     तर्क वा राय दिनुपर्ने प्रश्नको उत्तर लेख्दा एउटै तर्क वा राय दिनुपर्छ ।
८.     अनावश्यक रूपमा भूमिका र निष्कर्ष लेख्नु हुँदैन । 
९.     उत्तर लेख्दा कमजोरी मात्र औंल्याउने, दोष मात्र देखाउने, प्रतिक्रिया मात्र दिने, नकारात्मक टिप्पणी मात्र गर्ने
गर्नुहुँदैन ।
१०. सकारात्मक मनोवृत्तिसहित उत्तर लेखी जिम्मेवार व्यक्तिको झल्को दिन सक्नुपर्छ ।
११. उत्तरमा एउटै बुँदा दोहो-याउने वा फरक–फरक तरिकाबाट लेख्नु हुँदैन ।
१२. उत्तरले व्यापक दृष्टिकोण राखेको र समस्याको समाधान दिनेतर्फ उन्मुख भएको हुनुपर्छ ।
१३. अरूको भन्दा फरक तरिकाबाट विषयवस्तु प्रस्तुत गरी जाँचकीको ध्यान र मन जित्न सक्नुपर्छ ।
समग्रमा, तपाईंले आफ्नो शैलीमा नै आफू लाई सक्षम देखाउनुपर्ने हुनाले समय व्यवस्थापन, शुद्धाशुद्धि, सके सम्म
क्रमिक रूपमा उत्तर लेखन, सन्तुलित, सकारात्मक र ठोस सुझाबसहितको वस्तुपरक उत्तरलगायत विषयमा उचित
विचार पु-याई के ही पनि गलत तथ्यांक प्रयोग नगरी, स्रोतसहित डाटा उदाहरणका रूपमा राखी उत्तर लेख्दा
प्रतिस्पर्धामा खरो उत्रिन सकिने मेरो विश्वास छ ।

बैंकिङ परीक्षा तयारी गर्दा ध्यान दिनुपर्ने कु राहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठू लो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा
बैंकहरुले आफू ले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किन छनौट भइएन भन्नेमा अलमल पर्छन्

कु नै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले
भ्याके न्सी खालेका छन् भने परीक्षाको तयारीका लागि पाठ्यक्रम पनि उपलब्ध गराएका हुन्छन् । निजी स्तरका बैंकहरुले पनि
लिखित परीक्षामार्फ त कर्मचारी छनौट गर्दैछन् भने सोही अनुरुप तयारी गर्नुपर्छ । पहिलो कु रा त तपाईँ कु न पदको लागि एप्लाई गर्दै
हुनुहुन्छ र त्यो पदमा रहेर तपाईँले पुरा गर्नुपर्ने जिम्मेवारी के के छन् भन्ने कु रामा नै स्पष्ट हुनुपर्छ । समग्रमा भन्नुपर्दा, बैंकिङ
परीक्षाको तयाी गर्दा निम्न कु राहरुमा ध्यान पुर्याउनुपर्दछः

बैंकिङ क्षेत्रको विकासक्रम

बैंकमा जागीर खाने सोच बनाउनेवित्तीकै तपाईँ पहिले नेपालमा बैंकको सुरुवात कहिले र कसरी भयो? बैंकको सुरुवात हुनुअघि
कसरी कारोबार हुन्थ्यो ? बैंकको सुरुवातदेखि हालसम्म के कस्ता परीवर्तनहरु भएका छन् ? लगायतका विषयमा खोजी खोजी
अध्ययन गर्नुहोस् ।

नियामक निकाय
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । यो विषयमा तपाईँ जानकार पक्कै हुनुहुन्छ । तर, नेपाल
राष्ट्र बैंकको बारेमा तपाईँलाई अरु के के थाहा छ ? यसको स्थापना, हालसम्मका गभर्नरहरु, गभर्नर एवम् डेपुटी गभर्नरको
निकाय, राष्ट्र बैंकका कार्यहरु, विभागहरु लगायतका विषयमा पनि जानकारी लिनुहोस् ।

बैंकिङ प्रविधिहरु
अहिले बैंकिङ क्षेत्रमा द्रुत गतिमा प्रविधिको विस्तार भइरहेको छ । कतिपय प्रविधिहरु त तपाईँ पनि प्रयोग गर्नुहुन्छ होला । ती
प्रविधिहरुका बारेमा तपाईँलाई कत्तिको थाहा छ ? बैंकले प्रयोग गर्ने सफ्टवेयरहरुको बारेमा वा बैंकका ग्राहकहरुका लागि
ल्याइएका कार्डहरु, मोबाइल बैंकिङ लगायतका विषयमा पनि अध्ययन गर्नुहोस् ।

बैंकबारे जानकारी
बैंक कसरी संचालन हुन्छ ? सर्वसाधारणहरुबाट पैसा लिएपछि व्याज कसरी दिन्छ ? ऋणीहरुलाई ऋण कसरी प्रदान गर्छ ?
अन्य के के काम बैंकबाट हुन्छ ? यस्ता सबै जानकारी पनि तपाईँसँग हुनुपर्छ । त्यस्तै, शेयर बजार, बीमा, रेमिट्यान्स
लगायतसँग बैंकको सम्बन्ध पनि जान्नुपर्छ ।

बैंकिङ शब्दावलीहरुबारे स्पष्ट जानकारी

हरेक क्षेत्रमा प्रयोग गर्ने शब्दावलीहरु फरक हुन्छन् । त्यस्तै, बैंकिङ क्षेत्रमा प्रयोग हुने थुप्रै शब्दावलीहरु छन्, जुन अन्य क्षेत्रमा
प्रयोग हुँदैन । तपाईँ बैंकिङ क्षेत्रमै प्रवेश गर्ने भएपछि यस्ता शब्दावलीहरु खोजीखोजी पढ्नुहोस् ।

विद्यमान बैंकिङ नीति

बैंकिङ क्षेत्र निश्चित ऐन तथा नीति अन्तर्गत रहेर चलेको हुन्छ । हाल कु न ऐन तथा नीति अन्तर्गत रहेर राष्ट्र बैंकले बैंक् तथा
वित्तीय संस्थालाई नियमन गरिरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्नुहोस् ।

चालू मौद्रिक नीति र बजेट

हरेक आर्थिक वर्षमा सरकारले नयाँ बजेट सार्वजनिक गर्छ । सोही अनुसार, राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्छ । चालू आर्थिक
वर्षको बजेट र त्यसले लिएका लक्ष्यका साथै मौद्रिक नीतिको पनि गहन अध्ययन गर्नुहोस् ।

राष्ट्र बैंकका नीति निर्देशनहरु

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले समयसमयमा निर्देशन जारी गर्ने गर्दछ । कहिले व्याजदर सम्बन्धमा, कहिले मर्जर
सन्दर्भमा वा अन्य विषयमा । यस विषयमा जानकारी लिइरहनुपर्दछ । राष्ट्र बैंकले के कस्ता निर्देशन जारी गर्यो र किन भन्ने विषयमा
थाहा हुनुपर्दछ ।

अन्तरराष्ट्रि य परिवेश
देशको वित्तीय क्षेत्रका बारेमा त जान्नुपर्छ नै । साथमा अन्तरराष्ट्रिय वित्तीय बजारमा के के भइरहेको छ भन्ने कु राको पनि जानकारी
लिइरहनुपर्छ । विश्व बैंक, आईएमएफ, एडीबी जस्ता संस्थाको सल्लाह सुझाव लगायत नेपालको बैंकिङ क्षेत्रलाई प्रवाभ पार्न
सक्ने हरेक कु राहरुको अध्ययन गर्नुपर्छ ।

एप्लाई गरेको बैंकको बारेमा

तपाईँले एप्लाई गर्नुभएको बैंकको बारेमा तपाईँलाई के के थाहा छ ? स्थापना, वित्तीय अवस्था, शाखा संजाल, अध्यक्ष, सीईओ
लगायतका साथै बैंकले प्रदान गर्ने सेवा, व्याजदर लगायतका विषयमा जानकारी लिनुहोस् ।

कहाँबाट लिने त जानकारी ?

बैंकमा जागीर खानको लागि बैंकिङ क्षेत्रसँग सम्बन्धित सबै कु राको जानकारी चाहिन्छ । यस्ता जानकारीहरु समावेश गरिएका
पुस्तकहरु बजारमा पाइन्छन् । पुस्तकमा नपाइएका कु राहरु नेपाल राष्ट्र बैंकको वेभसाइटमा पाइन्छ । समसामयिक जानकारीका
लागि समाचार हेर्नुपर्छ । बैंकसम्बन्धी जानकारीका लागि बैंकको वेभसाइट हेर्न सक्नुहुन्छ ।

विश्लेषणात्मक क्षमता
सबै जानकारी लिएर मात्र हुँदैन, आफू मा विश्लेषण गर्ने क्षमता पनि विकास गर्नुपर्छ । नेपालमा बैंक हुँदा र नहुँदाका फरक,
प्रविधिको प्रयोगले ल्याएका सुविधा, बैंकिङ क्षेत्रमा देखिएका कमजोरी, सुधार गर्नुपर्ने कु राहरु लगायतका विषयमा विश्लेषणात्मक
जवाफ दिन सक्ने क्षमता आफू मा विकास गर्नुभयो भने तपाईँले बैंकिङ परीक्षामा राम्रो गर्न सक्नुहुन्छ ।

You might also like