You are on page 1of 7

“विद्यार्थीहरुलाई समाजमा विद्यमान सामाजिक समस्या र

विकृ ति को बारेमा भएको कठिनाई”

कार्यमुलक अनुसन्धान (Action Research)


Presented by Khem Raj Pokharel
Teacher, Nepal Rastriya Ma.Vi.
Barju-5, Sunsari
१. पृष्ठभूमि:

खासमा भन्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धि सामाजिक

विषयवस्तुको क्षेत्रमा जटिल बनिरहेको छ। विद्यार्थीहरु समाजसँग आधारित भई सामाजिक समस्या

र विकृ ति को बारेमा सिक्न नसक्नुमा शिक्षक मात्र दोषी छै नन्, यसमा शिक्षाक्षेत्रमा रहेका

सरोकारवालाहरु दोषी छन्। विद्यार्थीहरु स्वयं आफै समुदायका सदस्यहरु हुन्। आफ्नो समुदायमा

भएका सामाजिक समस्या र विकृ ति हरुलाई उनीहरुले जिनेवा त्यसको बारेमा जानकार हुन

आवश्यक छ। उनीहरुले समस्याहरु के लाउने, समाधानको उपायको खोजी गर्ने र उनीहरुले आफ्नो र

समुदायको व्यवहार परिवर्तन गर्न अहम भूमिका खेल्नु पर्दछ। समस्या पहिचान पनि नहुनु भनेको

विद्यार्थीहरुमा व्यवहारिक ज्ञान नहुनु भन्ने बुझिन्छ।

सामाजिक विषयको अध्ययन अध्यापन कार्य विशेषत ठाउँ परिवारसँग सम्बन्धित हुन्छ। एक

ठाउँ विशेषको समस्या वा घटना क्रम अर्को ठाउँ विशेषमा फरक पर्ने भएकाले यस्ता विषयवस्तुको

अध्ययनको लागि शिक्षक तथा विद्यार्थीहरूको शैक्षिक भ्रमण हुन आवश्यक पर्दछ भन्ने कु रा मैले

ठहर गरेको छु ।

समाजमा विद्यमान सामाजिक समस्या र विकृ तिको बारेमा विषयवस्तुसँग सम्बन्धित भई

विद्यालय, प्रशासन विषय, शिक्षा र विद्यार्थीहरु पनि बेलाबेलामा समुदायमा पुगी स्पष्ट हुन जरुरत

छ। यसले अध्ययन कार्यलाई दिगो र भरपर्दो बनाउँ छ। यसले गर्दा विद्यार्थीहरुले आफ्नो दिमागमा

लामो समयको लागि छाप बनाउने कु रा मेरो ठहर छ। म यास नेपाल राष्ट्रिय मावि मा २०७८ साल

भाद्र ३ गतेबाट सामाजिक विषयको शिक्षक रूपमा कार्य गर्दै आएको छु । यस नेपाल राष्ट्रिय मावि

मा २०७८ सालमा कक्षा १ देखि कक्षा १२ सम्ममा करिब एक हजार विद्यार्थीहरु अध्ययनरत थिए

उक्त वर्षसम्म कक्षा ८ को कक्षा शिक्षकको रूपमा रहेको थिए। उक्त कक्षामा १०८ जना विद्यार्थीहरु

2
पठनपाठन गर्थे । यसै गरेर २०७९ सालमा कक्षा आठमा ८९ जम्मा विद्यार्थीहरु अध्ययनरत थिए

रकु ल विद्यार्थीको संख्या ९५४ रहेको थियो।

२. कार्यमुलक अनुसन्धान का उद्देश्यहरू:

 विद्यार्थीहरुले समाजमा रहेका सामाजिक समस्या र विकृ ति हरुलाई के लाउन सक्ने

 समाजमा रहेका सामाजिक समस्या र विकृ ति हरुलाई समाजका सदस्यहरुलाई अवगत

गराउने

 आफू ले अध्ययन गर्ने पाठ्यपुस्तकमा आधारित भई समुदायमा भएका सामाजिक समस्याहरु

मिल्दा वा फरक कस्ता हुन्, दाँज्ने।

 शिक्षकले आफु ले गरेको अनुसन्धानबाट आफु परिबर्तन हुन सक्ने

३. अनुसन्धान अध्ययनको औचित्य:

यो कार्यमूलक अनुसन्धानको औचित्यलाई मेरो बुझाइमा शिक्षण क्षेत्रको एक महत्वपूर्ण अङ्ग हो।

यसमा learning by doing सिद्धान्त लागू हुन्छ। यसले शिक्षण सिकाइको क्रममा आफू ले गरेको

कार्यबाट शिक्षक स्वयम कति सन्तुष्टि छ भन्ने कु राको जानकारी हुन पुग्दछ। अर्कोतिर

विद्यार्थीहरुले सिके का कु राहरुले उनीहरूको व्यवहारमा कतिको परिवर्तन भयो भन्ने कु रा पनि

अवगत गराउँ दछ। यसले कक्षाकोठामा विद्यार्थीहरुमा रहेका समस्याहरु पनि बुझ्न सकिँ दो रहेछ

भन्ने कु राको जानकारी गराउँ दै रहेछ। यसैगरी शिक्षक ले सोही समयमा अध्यापन कार्यलाई

परिवर्तन गरी विद्यार्थीहरुमा ब्यवहारिक परिवर्तन गर्न गराउन सहज बनाउँ दछ। मैले यो सन्दर्भमा

सानो विषयवस्तुको छनोट गरी सोही विषयवस्तुको अध्यापन गराउँ दै अन्य विषयवस्तुहरूको क्षेत्रमा

पनि यस कार्यलाई जोडी शिक्षण सिकाई क्रियाकलापहरुलाई आगाडी वढाउन उपयोगी हुने अनुभूति

प्राप्त गरेको छु ।

3
४. अध्ययनको सीमा:

कु नै पनि विषयवस्तुको अध्ययन गर्नु भनेको कति विषयवस्तुको ज्ञान हासिल गर्नुपर्ने भन्ने हुन्छ।

मैले अध्यापन गर्ने क्रममा, सीमा तोक्दा कक्षा ८ मा पढ्ने १०६ जना बिद्यार्थीहरुलाई लिएको छु ।

मैले अध्यापन गर्ने विषयको शीर्षक पनि यसको सीमाभित्र पर्ने गर्दछ। मैले समुदायमा रहेका करिब

२० वटा सामाजिक समस्या र विकृ ति हरुलाई पनि यस विषयको सीमा (क्षेत्र)को रुपमा लिएको

थिएँ।

५. समस्याको पहिचान:

शिक्षण सिकाइको सिलसिलामा थुप्रै समस्याहरु रहने गर्दछन्। मैले शिक्षण गर्ने क्रममा पाएका

समस्याहरुलाई यहाँ निम्न बुँदाहरु मार्फ त के लाएको छु :

 पाठ्यपुस्तकमा दिएका विषयवस्तु अनुसार समुदायमा पनि सोहीबमोजिम का समस्याहरु

हुँदा पनि विद्यार्थीहरुले बाहिर देखाउन नचाहेको।

 समस्या र विकृ तिहरु समुदायमा धेरै रहेका भए तापनि पाठ्यपुस्तकमा रहेका विषयवस्तुहरु

का पात्रहरू उस्तै-उस्तै हुन् भनेर तुलना गर्न कठिन लाग्नु।

 आफ्नो परिवेशको समुदायमा हुने सामाजिक समस्याहरुको तुलना अन्य वा फरक परिवेशको

समुदायमा हुने समस्याहरु फरक पर्ने।

 सामाजिक समस्यालाई सबै क्षेत्रबाट लुकाउने प्रवृत्ति

 दोस्रो भाषाका विद्यार्थीहरुका लागि नेपाली भाषामा स्पष्टरुपमा समस्या बताउन नसक्नु

4
६. कार्यमूलक अनुसन्धानको ययोजना

कु नै पनि कार्य गर्नु अगाडि काम गर्ने कार्यकर्ताले योजनाको तय गर्नुपर्ने हुन्छ। योजना अन्तर्गत के

गर्ने, कसरी गर्ने, समय कति लाग्छ, कति संख्या योजना अन्तर्गत रहन्छन्, कस्तो विधि प्रयोग गर्ने,

के के सामाग्रीको प्रयोग गर्ने जस्ता कु राहरु पर्ने गर्दछन्।

 समयावधि: मैले यो कार्यमूलक अनुसन्धानको समयावधि २०७९ साल माघ महिनाको १०

गतेबाट २०७९ साल माघ १७ गते सम्मको समयलाई लिएको थिएँ।

 विधि: प्रत्येक विद्यार्थीहरुलाई समाजमा रहेका पाँच वटा सामाजिक समस्या र विकृ तिहरुलाई

टिपोट गर्न भने। विद्यार्थीहरुले पनि आफु ले कोसँग सोध्ने भन्ने कु राको जानकारी लिए।

यसमा प्रयोग भएका विधिहरू मा छलफल विधि, प्रश्नोत्तर विधि, अवलोकन विधि आदि

विधिहरु प्रयोगमा आएका थिएँ।

 शैक्षिक सामग्री: मैले शैक्षिक सामग्रीको रूपमा आफैं ले तयार गरेको चार्ट(chart) र

विद्यार्थीहरुलाई उनीहरूको उत्तरपुस्तिकामा बनाउन दिएको चार्टलाई लिएको थिएँ।

७. कार्यक्रम संचालन:

शिक्षण गर्ने सिलसिलामा मैले विद्यार्थीहरुलाई आफू ले तालिममा सिके को ज्ञान सीपको आधारमा

विषयवस्तुको छनोट गरी सामान्य उदाहरणबाट समस्याहरु के लाउन लगाएको र यसको लागि मुख्य

गरेर तीन चरण हरुलाई लिएको थिएँ।

 पहिलो चरण: मैले एउटा चार्ट मा भएका समस्या देखाएर उनीहरुलाई उनीहरुकै

समुदायमा पनि यस्ता समस्या छन् वा छै नन्, कस्ता कस्ता समस्याहरु मिल्दाजुल्दा

छन् भनेर आफ्नै उत्तरपुस्तिकामा टिपोट गर्न लगाएको थिएँ।

 दोस्रो चरण: मैले यो कार्यका लागि यो चरणमा निम्न लिखित कार्य गर्ने भनी

विद्यार्थीहरुलाई निर्देशन दिएको थिएँ। मैले उनीहरुलाई सुरुमा मैले तयार गरेको चार्ट

5
मा रहेका समस्याहरु उनीहरूको समुदायमा कति मिल्दाजुल्दा रहेछन् टिपोट गर्न

भने र कक्षामा प्रस्तुत गर्न पनि निर्देशन दिएँ।

 तेस्रो चरण: दोस्रो चरणमा दिएको कार्यलाई तेस्रो चरणमा भए-नभएको मूल्याङ्कन

गर्ने र नभएको भए आवश्यक पर्ने सुझाव र निर्देशनहरू दिने काम गरेँ र मौखिक

प्रश्नहरुका माध्यमबाट समस्या हो कि होइन भन्ने विषयमा छलफल गरी

समस्याहरु के लाइएको थियो। साथै पुनः अर्को दिनको लागि गृहकार्य समेत दिएर

कार्यलाई पुरा गरियो।

८. अनुसन्धानको प्राप्ति:

यस अनुसन्धानबाट निम्नअनुसारका प्राप्तिहरुको पाइएका छन्:

 विद्यार्थीहरुले समुदायमा भएका सामाजिक समस्या र विकृ तिहरु सम्बन्धी चार्टलाई आफू ले

पनि बनाएका छन्।

 चार्टमा रहेका समस्या र विकृ तिहरुलाई आफ्नो समुदायमा भएका समस्या र विकृ ति हरु

सँग दाँजेका छन्।

 विद्यार्थीहरु अध्ययनप्रति जिज्ञासु र उत्सुक भई आफू ले के ही समस्याहरुलाई टिपोट गरेका

छन्।

 कामप्रति मोह र जाँगर बढेको छ।

 नयाँ नयाँ विषयवस्तुको खोजी गर्ने हौसला प्राप्त भएको छ।

 शिक्षकको शिक्षण कार्य सहज बन्न पुगेको छ।

 सबै पक्षहरुमा सन्तुष्टि प्राप्त भएको छ।

6
९. निष्कर्ष:-

निष्कर्ष:- विषयवस्तुको स्पष्ट ज्ञान हुँदा विद्यार्थीहरुको आफैं ले कार्य गर्न सक्दारहेछन् यही भन्ने

कु राको जानकारी प्राप्त भएको छ सामाजिक विषयमा सिकाइलाई सान्दर्भिक बनाउनकोलागि शैक्षिक

भ्रमण महत्वपूर्ण पक्ष मानिएको छ तर भ्रमण गर्दा हुने समस्या देखि हामी सबै सरोकारवालाहरु

पन्छिने गर्नुहुँदैन। आपसी सहयोग र सहकार्य उक्त कार्यहरु गर्दै जानुपर्ने हुन्छ।

सामाजिक विषयको विषयवस्तुमा विद्यार्थीहरु समुदायमा नै पुगेर सिक्ने गर्नाले समस्या

समाधानमा ठू लो मद्दत पुग्ने रहेछ। मैले रहेको विषयवस्तु सान्दर्भिक र यथार्थ बन्न पुग्यो। मैले

आफू ले गरेको कार्यमा सन्तुष्टि भएँ।

You might also like