You are on page 1of 13

संघीयता : एक अध्ययन

सारांश
संघीयता मल
ु ुकको राज्यसता र सार्वभौतासत्ताको समेत विभाजन गरी शासकय क्रियाकलापमा
बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया हो, जसमा संवैधानिक रुपबाटै
राष्ट्रको शक्त्तिलाई विभिन्न संघीय एकाईमा विभाजन गरिएको हुन्छ । संघीयता भनेको स्वय
शासन र विभाजन शासनको संयोजन हो भन्ने पनि गरिन्छ । यसलाई बहुजातिय,बहुभासिक
तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजार तथा सीमान्तीकृत समह
ु लाई सशक्तिकरण
गर्ने रुपमा समेत समेत लिने गरिन्छ । विश्वमा सर्वप्रथम संघीयताको अवधारणा सन १७८७ मा
अमेरिकाबाट सरु
ु भएकोमा हाल विश्वमा नेपाल सहित २९ वटा संघीय स्वरुपको मल
ु क
ु हरु रहे को
पाइन्छ । अमेरिकामा हे र्ने हो भने विभिन्न स्वतन्त्र राज्यहरुको आपसी सहमति र सम्झौताद्वारा
साझा अभिरुचिका विषयहरु संघबाट संचालन गर्ने अभिप्रायले अमेरिका संघीय राज्य बनेको हो ।
खासगरी वाणिज्य व्यापार लाई प्रवर्धन गर्न र राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने उदे श्यका साथ
स्वतन्त्र राज्यहरुको संयुक्त्त संरचनाका रुपमा संयुक्त्त राज्य अमेरिका बनेको हो । संघीयताको
प्रमुख आधार मुलुक भित्रको विविधता नै हो । यस्तै कारणले स्विटजरल्यान्ड,
अस्ट्रे लिया,भारत,बेल्जियम, स्पेन,जर्मनी, इथियोपिया,दक्षिन अफ्रिका जस्ता मल
ु ुकहरु संघीयताको
अभ्यासमा अग्रसर भएका छन ।

बिषयबस्तःु परिचय
संघीयता अङ्ग्रेजी शब्द ‘’Federalism’’ को नेपाली रुपान्तरण हो । फेडरालिज्म शब्द ल्याटिन
भाषाको फोडस (Fodus) शब्दबाट लिइएको हो । फोदस शब्दको अर्थ सन्धी अथवा सम्झौता हुन्छ
। सामुहिक उदे श्य प्राप्तिका लागि संविधानद्वारा दे शको शासकीय शक्त्ति केन्द्र र तल्ला तहका
सरकारमा विभाजन गरिनु नै संघीयता(Federalism) हो, जसमा राज्यसत्ताका हक र दायित्वहरु
केन्द्रमा मात्र नथुपारी शासकीय क्रियाकलापमा अधिकामश जनतालाई गराउने गरी संविधानले नै
विभिन्न संघीय एकाईमा बाँड्दछ । कम्तीमा दईु तहको सरकार संविधानबाटै राज्यशक्त्तिको
विभाजन, लिखित संविधआनको सर्वोच्चता ,सवतन्त्र एवम सक्षम न्यायपालिका संघीय नीति
निर्माणमा सबै प्रदे शको सहभागिता, सरकारहरुको तहगत साझेदारी र सहयोगात्मक सम्बन्ध
संघीयताका मुलभत
ु गुणहरु हुन । संघीयतामा आर्थिक ,सामाजिक विभेदको अन्त्यको लागि
समावेशीकरण र संरक्षित क्षेत्रको अवधारणालाई अंगिकार गर्दै राज्यशक्त्तिलाई संविधान एव
कानुन बमोजिम विभिन्न संघीय एकाईमा बाँडफाँड गरे अनुसार ती संघीय एकाईहरुले आ-आफ्नो
सीमा,क्षमता,बाध्यता तथा स्रोत अनुसार कार्य सञ्चालन गर्दछन । एकातर्फ संघीयतालई
विकेन्द्रीकरणको एक स्वरुपको रुपमा लिइन्छ भने अर्कोतर्फ राज्को शक्त्ति र अधिकार एउटै
केन्द्रमा नरहने मान्यता नै संघीयताको आधारभुत सिद्धान्त भएकोले संघीयतालाई विकेन्द्रीकरण
भन्दा अकेन्द्रीकरणका रुपमा बुझ्नु पर्ने मान्यता समेत रहे को पाइन्छ ।
संघात्मक सरकारका लागि नभई नहुने प्रमुख लक्ष्णहरुः
१.केन्द्र ,प्रदे श, र स्थानीय सरकारबिच संविधानमा नै शक्त्ति विभाजन,
२.संवैधानिक सर्वोच्चता,
३.स्वतन्त्र एवम सक्षम न्यायपालिका,
४.सरकारका सबै तहतरुले जवाफदे ही भई कार्य सम्पादन,
५.नयाँ संघ निर्माणमा सबैको भलाई,
६.इमान्दार र क्रियाशील सरकारका तहहरू ।

 संघीयताको आधारभुत सिध्दान्त र मान्यता 


संघीयताको आधारभत
ु सिद्धान्त भनेको राज्यको शक्त्ति र अधिकार एउटै केन्द्रमा नरहने
मान्यता हो । त्यसैलसे यसलाई विकेन्द्रीकरण भन्दा अकेन्द्रीकरणका रुपमा बुझ्न बढी उपयुक्त्त
दे खिन्छ । विकेन्द्रीकरण केन्द्रले प्रदान गरे को अधिकारहरुलाई अभ्यास गर्ने प्रक्रिया हो भने
संघीयता एउटै केन्द्रमाशक्त्ति नरहने वा राज्य शक्त्तिको बाडँफाँड एव व्यवस्थापनको अवस्था हो
। तसर्थ संघीयता केवल स्वायत शासन मात्र होइन, यो साझा शासन पनि हो । किन भने
(संघीय) केन्द्रीय संरचना पनि सबै प्रदे शहरुको प्रायः समानप
ु ातिक वा समान प्रतिनिधित्वमा नै
निर्माण हुने गर्दछ । त्यसैले संघीयतालाई स्वायत्तता त स्वतन्त्रता सहितको एकता पनि भन्ने
गरिन्छ ।
संघीयताका आधारभुत सिध्दान्तहरु
१.पहिलो आधारभुत सिध्दान्त संघीयताको विभिन्न तहमा एकभन्दा बढी सरकारले शासन गर्ने
अर्थात ् आफैले शासन गर्ने (Self Rule) र सह-शासन (Shared
Rule) गर्ने सिध्दान्त ।
२. दोस्रो आधारभत
ु सिध्दान्त सन्नकटताको सिध्दान्त अर्थात सबैभन्दा तलको सरकारलाई
शासन गर्ने अधिकार दिनु पर्ने, शक्त्तिको बाँडफाँड गर्दा तलबाट
माथि (Upward Deligations) गरिनप
ु र्ने कुनकुन क्षेत्र र विषयमा
कति कति अधिकार राख्ने निर्क्योल गरिनप
ु र्ने र अवशिष्ट
अधिकार (Residental Power) कहाँ रहने संविधानद्वारा स्पष्ट
गरिनुपर्ने कुरामा जोड दिने सिध्दान्त ।
संघीयताका अन्य सिध्दान्तहरु
१.अन्तरनिर्भरताको सिध्दान्त संघीयतामा जब राज्य सञ्चालन गर्ने क्रममा संघीय एकाईहरु
एक अर्कासँग सम्बन्धित र एकको सहयोग अर्कोलाई आवश्यक
पर्दछ भन्ने मान्यता राख्ने सिध्दान्त ।
२.राजनीतिक अधिकारको राजनीतिक गर्ने व्यक्त्तिहरु जति जनताको नजिक पुग्दछन ्
सिध्दान्त त्यति नै बढी राजनीति र सो राजनीतिकबाट बनेको सरकार
त्यति नै बढी सफल हुने सम्भवना रहने मान्यता राख्ने
सिध्दान्त ।
३.कार्यसम्पादनमा आधारित आमजनता र राजनीतिक पार्टिका नेतत्ृ वले आफ्नै जीवनकालमा
मुल्याङ्कनको सिध्दान्त आर्थिक वद्धि
ृ भई जनताको सर्वपक्षीय आर्थिक विकास हुने
सपना दे ख्दै सो कुरालाई बास्तविकतामा परिणत गर्न सक्नुपर्ने
भन्दै यसका लागि संघीय व्यवस्था उपयुक्त्त हुने मान्यता
राख्ने सिध्दान्त ।
४.श्रोत सन्तल
ु नको सिध्दान्त संघीयतामा केवल अधिकार, जिम्मेवारी र कर्तव्य विभाजन गरे र
मात्र पग्ु दै न, जनताले अधिकारको प्रयोग सही रुपमा अनभ
ु त
ु गर्न
अर्थात अधिकारलाई व्यवहारमा उतार्नको लागि श्रोत संकलनमा
वित्तीय स्वायत्तताको आव्श्यकता पर्ने कुरामा जोड दिने
सिध्दान्त ।
५.आत्म निर्णयको सिध्दान्त संघीयतामा राष्ट्रियता सहित अलग हुने अधिकार संघीय
इकाई(प्रदे श|राज्य) मा हुनुपर्दछ भन्ने मान्यता राख्ते सिध्दान्त

विश्वमा संघीयताका प्रकार (मोडलहरु)


संघीयतामा केन्द्रीय सरकार साझा शासनका आधारमा सञ्चालन हुन्छ, भने प्रदे शिक सरकार र
स्थानीय सरकार स्वशासनका आधारमा सञ्चालन हुन्छन । यदपि विश्वमा संघीय संरचनाका
विभिन्न मोडेलहरु रहे को पाइन्छ । समग्रमा संघीयताका ती मोडेलहरुलाई दे हाय बमोजिम उल्लेख
गर्न सकिन्छ ।
संघीयताका प्रकार (मोडलहरु)
१.एकै ठाउँ मा आउन बनेको संघीय यस्तो संरचना अन्तर्गत साविकका पुराना स्वतन्त्र राज्यहरु
संरचना(Coming Together आपसमा मिलेर, समझौता वा सन्धि गरे र एउटै मा संघीय
Federalism) राज्यको निर्माण गरिएको हुन्छ । सुंक्त्त राज्य अमेरिका,
स्विटजरल्याण्ड, अस्ट्रिलिया लगायतका परु ाना संघीय राज्यहरु
यस संरचना पर्दछन ् ।
२.एकै ठाउँ मा राख्न तथा रहन जातिगत,भाषिक एव धार्मिक,भौगोलिक विविधता बीच
बनेका संघीयता(Holding Together राज्यलाई खण्डीत हुनबाट जोगाउन राज्यलाई संगै राख्ने
Federalism) उदे श्यले यस्तो संरचना अन्तर्गत विगतमा एउटै एकाइको
रुपमा शासित हुदैँ आएको एकात्मक राज्यहरुलाई विभिन्न
उप एकाइहरुमा विभाजन गरी केन्द्र र प्रदे श बिच
अधिकारको बाँडफाड सहित संरचना खडा गरिन्छ । भारत,
बेल्जियम, स्पेन लगायतका संघीय राज्यहरु यसका उदाहरण
हुन ् ।
३ .समान अधिकार विभाजन यस्तो संरचनाको संघीयतामा आकार, जनसंख्या, भौगोलिक
भएका संघीय संरचना(Symmetric आयतन वा अन्य कुनै बिशेषताहरुलाई ध्यानमा नराखी सबै
Federalism) संघीय एकाईहरुलाई समान अधिकार र केन्द्रमा समान
प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
४.भिन्न अधिकारको बाँडफाँड यस्तो संघीयतामा दे शलाई छिन्न भिन्न, विभाजन र
गरिएका संघीय विखन्डनका मागलाई रोक्ने उपायका रुपमा मल
ु क
ु का केही
संरचना(Asymmetric Federalism) प्रदे शलाई अन्य प्रदे शको तल
ु नामा बिशेष है सियत त अधिकार
प्रदान गरिएको हुनछ । क्यानाडाको फ्रेन्चभाषी क्यब
ु ेक ,
भारतको जम्मु कश्मित र पपव ु ा न्यगि
ु निको वगेन्भेल्ला
यस्तो संघीय संरचनाका उदाहरण हुन ।
५.सबैलाई एकैठाँउमा राख्न सक्ने संघ र प्रदे श मिलेर वा संयुक्त्त रुपमा सहकार्य गरी नीति
सहयोगात्मक सङ्धीयता(Co- निर्माण कार्य गर्नुलाई सहकारी| सहयोगात्मक संघीयता
operative Federalism) भनिन्छ । यस्तो संघीयताको उदाहरणको रुपमा
भेनेनजुयला,जर्मनी, बेल्जियम,इथियोपिया,दक्षिण अफ्रिकाको
संघीयतालाई लिन सकिन्छ ।

संघीय एकाइहरुको क्षेत्र निर्धारण गर्ने सिध्दान्तहरु


 सार्वभौमसत्ताको विभाजित स्वरुपमा अभ्यासको सिध्दान्त
 सार्वभौमसत्ताको बहुआयामिक स्वरुप र संयन्त्रमार्फ त प्रयोगको सिध्दान्त
 स्वायत्तता र स्वशासनको सिध्दान्त
 विविधता नै एकताको सिध्दान्त
संघीय एकाइहारुको क्षेत्र निर्धारण गर्ने आधारहरुं
संघीय एकाइहरुको क्षेत्र निर्धारण गर्ने आधारहरुको अध्ययन गर्दा मल
ु भुत रुपमा २ वटा
आधार दे खिएका छन ।ती आधार भनेको पहिचान र सामर्थ हुन ् ।त्यस मध्ये पनि
पहिचानलाई प्राथमिक आधारका रुपमा लिने गरे को पाइन्छ तथा लिनु उपयुक्त्त हुन्छ ।
१.पहिचानको आधारः संघीय एकाइ निर्माणको महत्वपुर्ण आधार पहिचान हो यधपी कुनकुन
पहिचानलाई आधारका रुपमा लिने भन्ने कुरा आफैमा कठिन बिषय हो ।नेपाली समाजमा
पनि एउटै व्यक्त्तिका अनेक पहिचानहरु छन ।वर्गीय,सामाजिक, राजनीतिक, सांस्कृतिक,
भाषिक,सामद
ु ायिक,पेशागत,लैँगिक ,क्षेत्रगत जस्ता अनेक पहिचानहरु हुन्छन ् । त्यस्ता
पहिचानहरु मध्ये संघीयएकाइ निर्माणका सन्दर्भमा प्रमुख प्रतिनिधिमुलक पहिचान दे हायनुसार
रहे का छन ् :-
क) जातिय /समुदायगत पहिचान
ख)भाषिक पहिचान
ग)साँस्कृतिक पहिचान
घ)भौगोकोक/क्षेत्रगत पहिचान
ङ)ऐतिहासिक निरन्तरता/ऐतिहासिक पहिचान
२.सामर्थ्यका आधारःसंघीय एकाइहरु निर्माणको क्रममा त्यस्ता एकाइहरुको सामर्थ के छ ?
भनी हे रिन्छ । सामर्थ्यलाई नहे री संघीय एकाई बनाउँ दा त्यो असफल बन्ने सवतःसिध्द छ।
संघीय एकाइहरुलाई सबल, सक्षम र सफल बनाउन दे हायका आधारहरुलाई सामर्थ्यका
आधारका रुपमा लिइन्छ:-
क) आर्थिक अन्तरसम्बन्ध र सामर्थ
ख) पुर्वाधार विकासको अवस्था, सम्भावना र सामर्थ
ग)प्राकृतिक साधनस्रोतको उपलब्धता र सामर्थ
घ)प्रशासनिक सुगमता तथा पहुँचको सामर्थ ।

संघीयताको अन्तराष्ट्रीय अभ्यास


संघीयता अपनाएका दे शहरुले सरकारका तहहरुलाई सरोकावालाको चासो र सम्बन्धित दे शको
आवश्यकता समेतलाई आधार मानी आ-आफ्ना किसिमले विभाजन गरे को पाइन्छ ।
क)दक्षीण हफ्रिकाः दक्षिण अफ्रिकाको संविधानमा राष्ट्रिय ,प्रान्तीय र स्थानय
(National,Provinceal and Local) गरी तीन तहको सरकार रहने व्यवस्था गरिएको छ। तीन तहकै
सरकारको अधिकार संविधानमा व्यवस्था गरिएको छ ।
ख) भारतः भारतको संविधानमा संघ (Union) र (State) का अलावा स्थानीय तहका रुपमा
पञ्चायत/नगरपालिकाको संबैधानिक व्यवस्था र अधिकारको सुची समेत उल्लेख गरिएको छ ।
ग)स्वीटजरल्याण्डः स्वीटजरल्याण्डको संविधानमा संघ(Federation),क्यान्टोनस ्(Cantons) र
नगरपालिका(कम्युन) (Municipalites) रहने व्यवस्था गरिएको पाइन्छ । नगरपालिकाहरुको
स्वारत्तता क्यान्टोनसको कानुन अन्तर्गत प्रत्याभुत गरिने उल्लेख छ ।
घ)अष्ट्रे लियाः अष्ट्रे लियामा केन्द्र (Executive Government) र राज्यहरु (States) गरी२ तह रहने
व्यवस्था संविधानमा गरिएको छ ।
ङ)जर्मनीः जर्मनीमा संघ (Federation) र ल्याण्डर रहने संवैधानिक व्यवस्था छ । जर्मनीको
संविधानमा संघीय, ल्याण्डर (प्रदे श) काउण्टी र कम्युनस गरी ४ तहको सरकारको व्यवस्था छ ।
छ) बेल्जियमः बेल्जियममा संघीय सरकार(Federal Government),क्षेत्रीय र सामुदायिक सरकार
(Regional and Community Government), प्रान्तीय र सामुदायिक संस्था (Provincial & Communial
Institution) र शहरी निकाय (Urban Entities/ Federations of Communes) गरी ४ तहको संरचना
संविधानमा व्यवस्था गरिएको छ । ब्राजिलको संविधानमा केन्द्र,राज्य र नगरपालिका गरी ३
तहको संरचनाको व्यवस्था छ ।
संघीय शासन प्रणाली अपनाएका दे शहरुको अध्ययन

क्र. संघीय दे शहरु संघीय एकाइहरुको संख्या संघीयतामा


स. प्रवेश मिति
१. संयुक्त्त राज्य अमेरिका ५० राज्य १७८७|१७८९
२. भेनेजुयला २३ राज्य १७८७
३. संयुक्त्त अरब इमिरे ट्स(यु.ए.ई.) ७ इमिरे ट्स १८४८
४. स्वीटजरल्लयाण्ड २६क्यान्टन १८४८
५. क्यानडा १० प्रान्त र ३ भक्ष
ु ेत्र १७६७
६. ब्राजिल २६ राज्य र १ संघीय जिल्ला १८९१
७. जर्मनी १६ ल्याण्डर १९४५
८. भारत २८ राज्य र ७ केन्द्रीय प्रदे श १९४७
९. पाकिस्तान ४ प्रान्त १९४७
१०. मलेसिया ९ सुल्टनेट,२ राज्य र २ संघीय क्षेत्र १९४८
११. अष्ट्रिया १० राज्य १९५५
१२. मेक्सिको ३१ राज्य १९५७
१३. रुस २१प्रान्त ७ क्षेत्र १९६३
१४. जाइजेरिया सुरुमा ३ हाल ३६ जातीय राज्य १९६३
१५. स्पेन १७ प्रान्त र २ केन्द्र शासित राज्य १९७७
१६. दक्षिण अफ्रिका ९ प्रान्त १९९०
१७. सुडान २६ प्रान्त १९९१
१८. बेल्जियम ३ क्षेत्र र ३ भाषिक समुदाय १९९३
१९. इथियोपिया ९ प्रदे श र ३ चार्टर्ड शहर १९९५
२०. इराक १८ राज्य
२१. सेन्ट्स किट्स र नेभिस १४ राज्य
२२. माइक्रोनेसिया ४ राज्य
२३. बेलाउ १६ राज्य
२४. कोमोरस ३ राज्य
२५. बोस्निया-हर्जगाभिना २ मख्
ु य एकाइ र १० क्यान्टन
२६. पपव
ु ा न्यगि
ु नी २८ प्रान्त र १ स्वायत्त राज्य
२७. अर्जेन्टिना २३ प्रन्त र १ स्वायत्त शहर
२८. अस्ट्रे लिया ६ राज्य, २ मुख्य र अन्य केही भुक्षत्र

२९. नेपाल ७ प्रदे श र ७५३ स्थानीय तह २०१६
संघीय भई एकात्मक राज्य प्रणालिमा फर्कि एका मुलुकहरु
क्र.स. दे शहरु संघमा प्रवेश गरसेको मिति एकात्मक
बनेको
१. सोमलिष्ट रिपब्लिक अफ युगोस्लाभिया १९४५ १९९२
२. क्यामरुन १९६१ १९७२
३. युगाण्डा १९६३ १९६६
४. चेकोस्लाभकिया १९६९ १९९३

नेपालले अबल्मबन गरे को संघीयताको मोडलः


नेपालमा जातिगत,भाषिक एवम ् धार्मिक ,भौगोलिक विविधता बिच राज्यलाई खण्डित हुनबाट
जोगाउन राज्यलाई संगै राख्ने उदे श्यले यस्तो संरचना अन्तर्गत विगतमा एउटै एकाइको रुपमा
शासित हुँदै आएको एकात्मक राज्यहरुलाई विभिन्न संघीय एकाई (संघ,सात प्रदे श र सात सय
त्रिपन्न स्थानीय तह) मा विभाजन गरी संघ, प्रदे श र सथनीय तह बिच संविधानले नै अधिकारको
बाँडफाड सहित संरचना खडा गरे को पाईन्छ । नेपालको तिन तहको संघीयतालई दे हाय बमोजिम
उल्लेख गरिन्छ:-

नेपालले अवलम्बन गरे को संघीयता

संघीय तह (राष्ट्रपति तथा उपराष्ट्रपति,संघीय कार्यपालिका,संघीय विधायिका तथा संवैधानिक


निकायहरु तथा अन्य कार्यलयहरुको व्यवस्था)

प्रदे श तह (सातवटा प्रदे श) (प्रदे श प्रमुख,प्रदे श कार्यपालिका,प्रदे श विधायिका तथा प्रदे शस्तरीय
आयोगहरु तथा अन्य कार्यालयहरुको व्यवस्था)

स्थानीय तह (७५३ स्थानीय तह) स्थानीय कार्यपालिका ( गाउँ तथा नगर कार्यपालिका),स्थानीय
विधायिका ( गाउँ सभा तथा नगर सभा), स्थानीय न्यायिक समिति,जिल्ला समन्वय
समिति,गाउँ पालिका| नगरपालिकाको कार्यालय तथा अन्य कार्यालयहरुको व्यवस्था)

नेपालले माथि उल्लेखित तीन तहको संघीय व्यवस्था अंगिकार गरे को छ। नेपालले हाल
अंगिकार गरे को संघीय शासन प्रणालीलाई प्रभावकारी एवं सुव्यवस्थित सुपमा संचालन गर्न
नेपालको संविधान (२०७२) मा वभिन्न व्यवसथाहरु गरिएको छ । संविधानका अनुसुचिहरुमा
विभिन्न प्रदे शहरु अन्तर्गत पर्ने जिल्लाहरुको सुची ( अनुसुची-४) संघ-प्रदे श-स्थानीय तहको
अधिकारहरुको सुची समेत उल्लेख गरिएको पाईनछ ।

नेपालका प्रदे श राजधानी सम्बन्धीत प्रदे शमा रहने जिल्लाहरु


प्रदे शहरु
१. नं. प्रदे श विराटनगर(मोरङ १४ वटा जिल्लाहरु (
) ताप्लेजङ
ु ,पाँचथर,इलाम,संखव
ु ासभा,तेह्रथम
ु ,धनकुटा,भोजपरु ,खोटाङ,सोलु
खम्
ु ब,ु ओखलढुंगा, उदयपरु ,झापा,मोरङ र सन
ु सरी)।
मधेश जनकपरु (धनष
ु ा) ८ वटा जिल्लाहरु (सप्तरी ,सिरहा,महोत्तरी,धनष
ु ा,सर्लाही, बारा,पर्सा र
प्रदे श रौतहट)।
बाग्मति हे टौडा १३ वटा जिल्ललाहरु
प्रदे श (मकवानपुर) (दोलखा,रामेछाप,सिन्धुली,काभ्रेपलानचोक,सिन्धुकपाल्चोक,रसुवा ,नुवा
कोट,धादिङ,चितवन,मकवानपुर,भक्त्तपुर,ललितपुर र काठमाण्डौ) ।
गण्डकी पोखरा (कास्की) ११ वटा जिल्लाहरु
प्रदे श (गोरखा,लमजङ
ु ,तनहुँ,कास्की,मनाङ,मस्
ु ताङ,पर्वत,सयाङ्जा,म्याग्दी,बाग ्
लङ
ु र नवलपरासी( बर्दघाट सस्
ु ता पर्व
ु )।
लुम्बिनी बुटवल १२ वटा जिल्लाहरु ( नवलपरासी(बर्दघाट सुस्ता
प्रदे श (रुपनदे ही) पश्चिम),रुपनदे ही,कपिलवस्तु,पाल्पा,अर्घाखाँची,गुल्मी,रुकुम(पर्वि

भाग),रोल्पा,प्युठान,दाङ,बाँके र बर्दिया) ।
कर्णाली विरे न्द्रनगर(सुर्खे १० वटा जिल्लाहरु(रुकुम ( पश्चिम भाग),
प्रदे श त) सल्यान,डोल्पा,जुम्ला,मुगु,हुम्ला,कालिकोट,जाजरकोट,दै लेख र सुर्खेत) ।
सुदरु पश्चि गोदावरी(कैलाली) ९ वटा जिल्लाहरु(
म प्रदे श बाजुरा,बझाङ,डोटी,अछाम,दार्चुला,बैतडी,डडेल्धुरा,कञ्चनपुर र कैलाली)।

नेपालको संघीयताका मुलभुत विशेषताहरुः-


नेपालका सातै प्रदे शमा प्रदे श सभाको निर्वाचन सम्पन्न भई प्रदे श सरकार गठनसँगै मल
ु क
ु मा
सङ्घीयताको व्यवहारीक अभ्यास सुरु भएको पनी ५ वर्ष नाघी सकेको छ। यस अवधिमा कतिपय
प्रदे शले आफ्नो नाम र स्थायी राजधानीको टुंगो लगाई सके भने कतिपयले टुंगो लगाई सकेको
अवस्था छै न। त्यसतैगरी केही स्थानीय तहका सरकारहरुले जनताको मन जित्दै विकास
प्रकृयालाई अगाडी बढाई रहे को पाईन्छ । भने अधिकांशले भ्रषटाचारी संयन्त्रको संज्ञा पाएको
पाईन्छ । नेपालमा संघीयताको कार्यान्वयनमा दे खिएका कमजोरीहरुलाई हटाउँ दै तीन वटै तहका
सरकारहरु अगाडि बढ्नु आजको आवश्यकता हो । भर्खरै -भर्खरै संघीयतामा प्रदे श गरे को नेपालले
अंगिकार गरे का संघीयताका केही मौलिक लगायतका विभिन्न विशेषताहरु रहे को पाईन्छ । ती
विशेषताहरु मध्ये केही प्रमुख विशेषताहरुलाई दे हाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
1) संसदीय व्यवस्था र गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सहितको संघीय शासन
व्यवस्थालाई अंगिकार गरिएको।
2) संविधानमा व्यवस्था भए बमोजिम प्रयोग हुने गरी नेपालको सार्वभौमसत्ता र
राजकीयसत्ता नेपाली जनतामा निहित गरिएको ।
3) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मल
ु संरचना संघ,प्रदे श र स्थानीय तह
गरी तीन तहको हुने गरी तीन तहको संघीय व्यवस्था अवलम्बन गरिएको ।
4) नेपालको राज्यशक्त्तिको प्रयोग,संघ,प्रदे श र स्थानीय तहले उक्त्त संविधान तथा
कानन
ु बमोजिम गर्ने उल्लेख गर्दै संघीय एकाईहरुका अधिकारहरु संविधानका
विभिन्न अनुसुचिहरुमा उल्लेख गरिएको ।
5) अवशिष्ट अधिकार संघीय सरकारमा रहने व्यवस्था गरिएको ( जबकी संघीयताको
जननी मानिने अमेरिकामा यस्तो अधिकार राज्यहरुमा प्रदान गरिएको पाईन्छ ।
6) संविधानले नै नेपाललाई स्वतन्त्र,अभिवाज्य, सर्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष,
समावेशी, लोकतन्त्रात्मक,समाजवाद उन्मुख, संघीय लोकतान्त्रीक गण्तन्त्रात्मक
राज्यको रुपमा परिभाषित गरे को ।
7) नेपाली भषाका अतिरिक्त्त प्रदे शले आफ्नो प्रदे श भित्र बहुसंख्यक जनताले बोल्ने
एक वा एकभन्दा बढी अन्य राष्ट्रियभाषालाई प्रदे श कानुन बमोजिम प्रदे शको
सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरिएको ।
8) संघ, प्रदे श र स्थानीय तहले आफ्नो एकल आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा
कर लगाउन र ती स्रोतहरुबाट राजस्व उठाउन सक्ने व्यवस्था ।
9) नेपाल सरकारले संकलन गरे को राजस्व संघ,प्रदे श र स्थानीय तहलाई न्यायोचित
वितरण गर्ने व्यवस्था गरिएको ।
10) नेपाल सरकारले प्रदे श र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको
क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवसथा।
11) तीन तहको कार्यपालिका र विधायिका( संघ,प्रदे श र स्थानीय) को व्यवस्था
गरिएको ।
12) प्रदे श लोक सेवा आयोग र प्रदे श न्याय सेवा आयोग सम्बन्धी व्यवस्था
संविधानमा नै गरिएको ।
13) जिल्ला भित्रका गाउँ पालिका र नगरपालिकाहरुबिच समन्वय गर्न एक जिल्ला
सभा रहने व्यवस्था गरिएको ।
14) संघ,प्रदे श र सथानीय तह बिचको सम्बन्ध सहकारीता, सहअस्थित्व र समन्वयको
सिध्दन्तमा आधारित हुने कुरा संविधानमा नै उल्लेख गरिएको ।
15) संघ र प्रदे श बिच तथा प्रदे श-प्रेश बिच उत्पन्न राजनीतिक विवाद समाधान गर्न
प्रधानमंन्त्रीको अध्यक्षतामा एक अन्तर प्रदे श परिषद रहने व्यवस्था गरिएको ।

नेपालमा संघीयतालाई सफलतापुर्वक कारयान्वयन गर्न ध्यान दिनुपर्ने कुराहरुः-


o संघीयतालाई विविधतामा एकता र पहिचानको व्यवस्थापन सहित कार्यान्वयन गर्न
सवल ,विश्वासिलो र दृढ निश्चयी राजनीतिक नेतत्ृ व,
o संघीयतामा कुनै एक पक्ष| प्रदे शले आफ्नो विजय भएको महसुस गरिरहँदा कुनै
अर्को पक्षले उपेक्षित भएको महसुस नगर्ने अवस्थाको सिर्जना गर्न सिशेष चनाखो
हुनुपर्ने,
o सामाजिक,सास्कृतिक सद्भाव ,मेलमिलाप र धार्मिक सहिष्णुतामा संघीयताले खल्ल
पुर्याउन नहुने तर्फ को सचेतना र सतर्क ता,
o समाजिक सास्कृतिक संरक्षण वा आर्थिक विकासको लागि विशेष, संरक्षित वा
स्वायत्ता क्षेत्र कायम गर्नुपर्ने,
o राष्ट्रिय एकता अखण्डतालाई अक्षुण राख्न आवश्यक व्यवस्था गर्ने,
o संघीय इकाईलाई आवश्यकता अनुसार परिमार्जित गर्दै समझदारीमा अधिकारको
बाँडफाँड गरि अल्पमतको कदर र चाहनाको सम्बोधन गर्नुपर्ने,
o मुलक
ु मा विधमान अपरिपक्व राजनीतिक संस्कारमा परिमार्जन र सदृ
ु ढीकरण गरी
लोकतन्त्र र संघीयताकको बिचमा सन्तुलन लल्याउनु पर्ने,
o संघीयतामा हरे क तहका सरकारका कार्यकारी बीच असल अन्तरसम्बन्ध स्थापित
गर्नुपर्ने,
o संघीयतालाई आन्तरिक वा बाह्य तवरबाट लादिएको भन्ने कुराको महसस
ु हुन
नदिई जनतामा आफ्नै आवश्यकता र चाहना बमोजिम निर्माण भएको| गरिएको हो
भन्ने कुरा महसुस गराउनुपर्ने,
o विधमान संस्था संगठन र नयाँ बिचको व्दन्द व्यवसथापन एवम ् संघीयताका बारे मा
जनतालाई प्रशिक्षित गर्ने विषय,
o स्वायत्तता, सहमति र संघीयता अन्योन्याश्रित हुने हुनाले तहगत रुपमा ठालुको
सोँच र व्यवहारबाट मुक्त्त हुनुपर्ने ,
o संघीयतामा व्दन्द समाधान गर्ने सवल,जिम्मेवार र सक्रिय व्यवस्था गर्नुपर्ने,
o सेवा प्रवाहको मापदण्ड तयार गरी सेवामा समता, क्षमता विकास र वध्दि
ृ मा ध्यान
पर्या
ु उदै नागरिकमा असमानता र विभेद छै न भन्ने अनभ
ु ति
ु दिलाउने,
o संघीयताको सुदृढीकरण र सेवा प्रवाह तथा आर्थिक विकास सँगसँगै जाने विषय
भएकाले सेवा प्रवाहको अवस्थामा सुधार र आर्थिक विकासमा जोड दिनुपर्ने,
o संघीयताको सफल कार्यन्वयनका लागि राज्य संयन्त्रमा राजनीतिकरण भन्दा
पेशागत क्षमता,नैतिक मुल्य मान्यता र जवाफदे ही पद्दति सुदृढ हुनुपर्दछ,
o हाम्रो जस्तो अस्थिरताको गर्भबाट जन्मने संघीयतामा राजनितिक स्थिरता कायम
गर्ने विषय समेत संघीयताको सफलतापुर्वक कार्यान्वयनका लागि महत्वपुर्ण हुन
आउँ छ आदि ।
निष्कर्ष
मुलुकमा नागरिकहरु बिचको भइचारा र सद्भाव बढाउँ दै कुनै समुहका माग र असन्तुष्टि
राजनीतिक दलहरुले आन्तरिक रुपमै संवैधानिक प्रक्रियाबाटै सम्बोधन गरी राष्ट्रलाई विकास र
उन्नतिको बाटोमा लैजाने राजनीतिक नेतत्ृ व र नागरिकको कर्तव्य हो,किनकि राजनीतिक दिशा
र प्रशासनिक इमानदारीतामा संघीयताको सफलता भर पर्ने भएकोले यस तर्फ ध्यान दिदै अगाडि
बढ्न सकेमा मात्र संघीयतालाई स्थायीत्व दिन सक्ने दे खिन्छ । अन्यथा संघीयताबाट पछि हट्नु
पर्ने समेतको अवस्था नआउला भन्न सकिने स्थिती हुँदैन ।
सन्दर्भ सामाग्री
क) लोक सेवा आयोग को नोटहरु
ख) संघीयता र संघीय शासन प्रणाली

लेखकको संक्षिप्त परिचय (फोटो र सम्पर्क नं सहित)

नामः सल
ु ेखा कुमारी महतो
स्थायि ठे गानाःजनकपुर उपमहानगरपालिका-२०
पेशाःसरकारी कार्यलयमा कार्यरत
पदःअधिकृत छै ठौ (क.स.नं.-२३५७२८)
कार्यलयःबटे श्वर गाउँ पालिका,धनष
ु ा
सम्पर्क नं.: 9818684301,9840727008
ईमेल ठे गानाःsulekhak.mahato@gmail.com
कार्यलयको ईमेल ठे गानाः bateshwormun@gmail.com

You might also like