You are on page 1of 16

सारसंक्षेप

नेपालमा शिक्षाको सुरुवात वैद्धिक शिक्षा बाट भएका हो । वेदमा आधारित


शिक्षालाई बैद्धिक शिक्षा भनिन्छ । वैदिक कालीन समयमा गुरुकु ल, क्रषिकु ल जस्ता
संस्थाहरुमा अध्ययन गरिन्थ्यो । वर्तमान समयमा जस्तो आधुनिक विद्यालय
तत्कालीन समयमा खोलिएको थिएन । अध्ययन गर्ने इच्छा भएका विद्यार्थीहरू
उपनयन संस्कार पछि गुरुका आश्रममा गई अध्ययन गर्ने परम्परा थियो । जुन
एउटा विशिष्ट परम्परा थियो । गुरुकु लमा विशेष गरी गुरुको पूर्ण नियन्त्रणमा बसी
खानपान, भेषभुषा, आचरण, व्यवहार आदिमा समेत अनुशासित र मर्यादित भई अध्ययन
गर्ने परम्परा थियो । जुन वर्तमान समयका गुरुकु ल आश्रमहरूमा पनि बिद्यमान नै
छन्‌ । गुरुकु ल शिक्षा पद्धतिमा विद्यार्थीहरूलाई सत्य, धर्म, मर्यादा, चरित्र र ज्ञान
सम्पन्न व्यक्तिका रूपमा चिनाउने प्रयास गरिन्छ । यस शिक्षा पद्धतिभित्र लौकिक र
पारलौकिक ज्ञान दिने गरिन्छ । गुरु नै सर्वेसर्वा भई आफ्ना शिष्यहरूलाई ज्ञान दिने
परम्परा बोके को गुरुकु लीय शिक्षा आधुनिक शिक्षण प्रविधिको आरम्भ गर्नका लागि
प्रेरणा दिने प्रेरक संस्था र मार्गदर्शक हो ।

गुरुकु लीय शिक्षामा भएको परिवर्तनले शिक्षाको क्षेत्रमा नयाँ विधि र प्रविधिको
जन्म भएको छ, फलस्वरुप गुरुकु लीय शिक्षा आधुनिक विद्यालयीय शिक्षामा रुपान्तरण
भएको छ । प्राचीन समयका गुरुकु लीय शिक्षाभन्दा सयौँ परिवर्तन वर्तमान समयका
विद्यालयीय शिक्षामा भएको देख्‍न सकिन्छ । आजको २१ औं शताब्दीको युगमा
विज्ञानले आविष्कार गरेका Computer,E-mail, Enternet, Projecter जस्ता विविध उपकरण
र प्रविधिको प्रयोगले शिक्षाको क्षेत्रमा व्यापक परिवर्तन ल्याएको छ । यस्ता
प्रविधिहरूको समुचित प्रयोगले शिक्षा क्षेत्रको अन्धकारलाई हटाई उज्यालो दिने
सत्प्रयास भएको छ । यी प्रविधिविना आधुनिक शिक्षा पद्धति सञ्चालन गर्न असम्भव
प्राय नै छ।

प्रविधिको आविष्कारले शिक्षा क्षेत्रमा परिवर्तन ल्याएको छ भने अर्कातिर


आधुनिक शिक्षण प्रविधि भनेर नयाँ प्रविधिलाई मात्र आत्मसात्‌ गरिँदा प्राचीन
गुरुकु लीय शिक्षाभित्र पाइने अनुशासन, नैतिकता, गुरुप्रतिको सम्मान, धर्म धार्मिक
ग्रन्थहरूमाथिको आस्था र विश्‍
वास जस्ता विविध कु राहरूमाथि हास उत्पन्न भइरहेको
यथार्थलाई नकार्न सकिन्‍
न । प्राचीन गुरुकु लीय शिक्षाले मानिसलाई मानव बन्न
सिकाएको थियो भने आधुनिक प्रविधियुक्त शिक्षाले मानिसलाई मानव कम र यन्त्र
बढी वनाएको देखिन्छ । यी कु रालाई मध्यनजर गरी हेर्दा आधुनिक शिक्षण
प्रविधिभित्र गुरुकु लीय शिक्षाभित्रको विभिन्‍न पाटोहरूलाई पनि समावेश गरी शिक्षालाई
अगाडि बढाउने हो भने अवश्य पनि शिक्षाले व्यक्तिको जीवनलाई सच्चरित्रवान्‌ बनाई
बतुध्वैव कु ट्स्बकस्‌' भन्ने भावनालाई जागृत गराई व्यावसायिक, शैक्षिक र प्राज्ञिक
व्यक्तित्व निर्माण गर्न सघाउ पुस्याउँछ ।

मुख्य शब्दावली

गुरुकु ल, व्रह्मचर्य, वैदिक, लौकिक, अर्वाचीन ।


परिचय

आजको २१ औं शताव्दीमा विज्ञान तथा प्रविधिले शिक्षाको क्षेत्रमा व्यापक परिवर्तन


ल्याएको छ । आधुनिक शिक्षण पद्धतिले बालके न्द्रित शिक्षण सिकाइलाई विशेष जोड
दिने गरेको पाइन्छ । आधुनिक शिक्षण प्रबिधि र पद्धतिले शिक्षकलाई विद्यार्थीको
उमेर, रुचि, पूर्वयोग्यता, मनोविज्ञान लगायतका सिकाइलाई प्रभाव पार्ने तत्वको ख्याल
गरी शिक्षण गर्नुपर्ने मार्गदर्शन गरेको छ । कु नै पनि शिक्षण पद्धतिभित्र निश्चित
लगानी रहेको हुन्छ । सो लगानीलाई क्रियाशील तुल्याउने प्रक्रिया हुन्छ र त्यस
प्रक्रियाभित्र सबै खालका प्रशोधन सम्बन्धी कार्य हुन्छन्‌ । प्रशोधन पश्चात्‌ एउटा
निश्चित प्रतिफल प्राप्त हुन्छ भनी आधुनिक शिक्षण पद्धतिले अर्थ्याएको छ (पौडेल र
अधिकारी, २०६०) । आधुनिक शिक्षण पद्धतिले सिकाइलाई वातावरणको उपज मान्ने
गरेको पाइन्छ र त वातावरण अनुसार प्रत्येक विद्यार्थीको रुचि, योग्यता, क्षमता पृथक्‌
पृथक्‌हुन्छ भन्ने कु रा स्वीकार गर्न सकिन्छ ।

आधुनिक शिक्षण पद्धतिलाई वर्तमान समयसम्म ल्याइ पुग्याउनका लागि प्राचीन


वैदिक शिक्षा र गुरुकु ल शिक्षा पद्धतिको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ ।
विशेषतः गुरुकु ल शिक्षा पद्धति भन्नाले गुरुको पूर्ण नियन्त्रणमा रही छात्रहरूले शिक्षा
ग्रहण गर्ने पद्धति भन्‍ने बुझिन्छ । एउटा गुरुले एउटा योग्य शिष्य तयार गर्नुपर्छ भने
त्यो योग्य शिष्यले अर्को योग्य शिष्य र उसले अर्को योग्य शिष्य तयार गर्दै जाने
परम्परा गुरुकु ल शिक्षा पद्धतिभित्र रहेको हुन्छ (गिरी, २०६१) ।

यसैगरी यो परम्परा खोलो धाउने परम्परा नभएर तिर्खा धाउने परम्परा हो, अर्थात्‌
यस परम्परामा शिष्य गुरुका समीपमा जान्छ र इच्छानुसार आफ्नो ज्ञानको तिर्खा
मेटाउँछ (सुवेदी, २०७०) ।

विभिन्‍न विद्वान्‌का गुरुकु ल शिक्षा पद्रतिका सम्बन्धमा देखिएका मतलाई नियाल्दा


गुरुकु ल शिक्षा एउटा विशिष्ट परम्परा वौकै को पद्धति हो भन्ने बुझ्न सकिन्छ ।
आधुनिक शिक्षण पद्धति र गुरुकु ल शिक्षण पद्धतिमा के ही समानता देखिएतापनि धेरै
असमानता देखिन्छ । आधुनिक शिक्षण पद्धतिले विद्यार्थीहरूलाई उनीहरूको रुचि,
योग्यता र क्षमतालाई ख्याल गरी सौही अनुरूप शिक्षा दिनुपर्ने मान्यता राख्छ भने
गुरुकु ल शिक्षा पद्धतिले त्यो कु रालाई मान्यता दिँदैन । गुरुकु ल शिक्षा पद्धति विशेष
गरी गुरुका अधीनमा रही व्रहमचर्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवनयापन गर्दै विद्या
आर्जन गर्ने प्रणालीका रूपमा परिचित रहेको देखिन्छ । यस प्रणालीभित्र मूलतः तीन
तत्त्व पाइन्छन्‌ । तिनमा गुरु र शिष्यको आत्मिक सम्बन्ध, सत्य, तप, दम, शम आदि
साधनहरूद्वारा दृढ चरित्र निर्माण तथा स्वाध्याय अर्थात्‌ अपरा विद्या प्राप्ति (सुवेदी,
२०७०) । गुरुकु ल शिक्षा पद्धति पूर्वीय मान्यतामा आधारित शिक्षा प्रणाली हो । यस
प्रणालीका अनुसार शिक्षाबाट यो संसारमा सुख, समृद्धि एवं सुयश प्राप्त हुन्छ भने
मृत्युपछि मोक्ष प्राप्त हुन्छ । शिक्षारूपी प्रकाशवाट हामीमा रहेका हरेक संशयहरूको
उन्मूलनका साथै कठिनाइहरूको निवारण हुन्छ र जीवनको वास्तविक महत्त्वलाई
थाहा पाउने शक्ति प्राप्त हुन्छ (खनाल, २०७१) । यसैगरी गुरुकु ल पद्धतिभित्र दिइने
वैदिक शिक्षाले मानिसको भित्री अन्तर्ज्योतिलाई वाहिर प्रष्फु टन गराउने गर्दछ जसबाट
मानसिक, बौद्धक तथा आत्मिक शक्तिहरूको सन्तुलित विकासमा महत्त्वपूर्ण भूमिका
खेल्दछ । यसैगरी गुरुकु ल शिक्षा पद्भतिभित्र अध्ययनका अतिरिक्त स्नान, सन्ध्या, पूजा,
हवन, गौसेवा, गुरुशुश्रूषा, जङ्गलबाट समिधा ल्याउने, वस्तीमा भिक्षा माग्न जानुपर्ने काम
शिष्यले गर्नुपर्थ्यो (घिमिरे, सन्‌२०१६) ।

यी सम्पूर्ण कु रालाई मध्यनजर गरेर हेर्दा गुरुकु ल शिक्षा पद्धति एउटा इतिहास रचना
गरेको, विशिष्ट परम्परा बोके को, संस्कारयुक्त, पूर्वीय दर्शन र वेदमा आधारित शैक्षिक
प्रणाली हो भन्‍ने बुभ्न सकिन्छ ।

गुरुकु ल शिक्षाको महत्त्व हिजो जति थियो आज झन्‌धेरै बढेको अनुभूति गर्न
सकिन्छ किनभने आधुनिक शिक्षा प्रणालीले व्यक्तिलाई शिक्षा दिएतापनि उचित
संस्कार दिन सके को छैन । उचित संस्कारको अभावमा समाजमा बेथिति, कु संस्कार र
दुराचार बढ्दै गएको छ । अर्थ र काम प्रधान संस्कृ तिले मानव मस्तिष्कलाई एकाङ्गी
बनाएको छ । स्तरीय शिक्षाको नाममा अर्थ सङ्कलन नै ध्येय रहेको छ । आफ्नो
कला, संस्कृ ति, परम्परा, रीतिरिवाज, संस्कार आदिमा अन्धपरम्पराको कलङ्क थोपरिएको
छ (मिश्र, २०६१) ।

विशेषतः वर्तमान समयमा देखिएका विभिन्न कु संस्कार, दुराचार, भ्रष्टाचार, गुरुप्रति


गरिने अभद्र व्यवहार, शिक्षाप्रति उब्जिने नकारात्मक दृष्टिकोण, बेरोजगारी समस्या,
आर्थिक मोह जस्ता विविध कु रालाई निमिट्यान्न पार्न गुरुकु ल शिक्षा पद्धतिको
आवश्यकता रहेने देखिन्छ । अयतोमा यद्गमय) तगयोमा ज्योति्गमय; सत्योर्मा अगर्त
गमय” को मार्गलाई पछ्याउन गुरुकु ल शिक्षा पद्धतिको अपरिहार्यता रहेको स्पष्ट
हुन्छ ।

समस्याको कथन

यस सेमिनार पत्रका समस्या कथन निम्नानुसार रहेका छन्‌।

क) गुरुकु लशिक्षा पद्धतिको विश्लेषण कसरी गर्न सकिन्छ ?

ख) आधुनिक शिक्षा प्रविधिमा गुरुकु ल शिक्षा पद्बतिको आवश्यक्ता के कति रहेको छ


?

अध्ययनको उद्देश्य

यस अध्ययनका उद्देश्य निम्तानुसार रहेका छन्‌:

१) गुरुकु ल शिक्षा पद्धतिको विश्लेषण गर्नु,

२) आधुनिक शिक्षण प्रविधिमा गुरुकु ल शिक्षा पद्धतिको आवश्यकताको विश्लेषण गर्नु

अध्ययन विधि

प्रस्तत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । प्रस्तुत


अध्ययनमा द्वितीयक तथ्याङ्ककका स्रोतहरू उल्लेख गरिएको छ । प्राप्त भएका
तथ्याङ्कलाई वर्णनात्मक शैलीमा व्याख्या विवेचना गरिएको छ ।

नीतिगत दस्तावेजको पुनरावलोकन

गिरी (२०६१) द्वारा लिखित 'गुरुकु लशिक्षापद्धति' शीर्षकको लेखमा गुरुको पूर्ण
नियन्त्रण एवं निर्देशनमा रही छात्रहरूले शिक्षा ग्रहण गर्नै पद्धति अथवा व्यवस्थालाई
गुरुकु लपद्धति भचिन्छ भनेका छन्‌। यस्तै उनले गुरुकु ल परम्परालाई एउटा विशिष्ट
परम्परा मानेका छन्‌ । हाम्रो आर्य समाजको सम्पत्ति नै गुरुकु ल परम्परा हो भनी
मानेका छन्‌।
खनाल (२०७१) द्वारा लिखित “बैदिक शिक्षाप्रणाली र तत्कालीन शैक्षिक विकास'
शीर्षकको लेखमा वैदिककालीन शिक्षा विशेषतया गुरुकु ल प्रणालीमा आधारित थियो ।
विद्यार्थीहरूले गुरुकु ल तथा आश्रममा रहेर ज्ञानार्जन गर्दथे । सामान्यतया गुरुकु ल
प्राकृ तिक सौन्दर्यले युक्त गाउँ तथा शहरदेखि कै ही टाढा हुन्थे । विद्यार्थीहरू
गुरुकु लको निशिचत नियममा रहनु पर्दथ्यो भनी गुरुकु लका सम्बन्धमा के ही विचारहरू
राखेको पाइन्छ ।

घिमिरे (सन्‌२०१६) द्वारा लिखित “गुरुकु ल शिक्षा आजको आवश्यकता' शीर्षकको


लेखमा मानव मैत्री शिक्षा शिक्षाको पनि शिक्षा हो, यसले शिक्षाका प्राविधिक,
व्यावसायिक र वैज्ञानिक पाटाहरूलाई पनि सफल हुने आधार दिन्छ । मानिस र
समाज सर्वप्रथम नैतिक रूपले ठिक भयो भने मात्र प्राविधिक रूपले सफल हुन्छ ।
कु शिक्षाले सामाजिक कलह ल्याउँछ भने सुशिक्षा र सत्सङ्गले सामाजिक एकतामात्र
होइन अन्ततोगत्वा विश्व भ्रातृत्व र विश्वशान्ति स्थापनामा वल पुन्याउँछ । यस्तो
शिक्षा गुरुकु लीय शिक्षा प्रणालीमा मात्र छ भनी गुरुकु ल शिक्षा प्रणाली र पद्धतिको
पृष्ठपोषण गर्दै सो शिक्षा प्रणालीको आवश्यकता र महत्त्वलाई उजागर गर्नै प्रयास
गरेका छन्‌।

मिश्र (२०६१) द्वारा लिखित 'प्राचीन शिक्षा र अर्वाचीन शिक्षा : एक दृष्टि शीर्षकको
लेखमा गुरुकु लमा निवास, गुरुशुथूषा, विद्याध्ययन, अभ्यास, ब्रह्मचर्याव्रत पालन, भिक्षाचर्या
आदि व्रह्मचारीको शिक्षाको अभिन्न अङ्ग हो । प्राचीनकालमा शिक्षाको के न्द्र त्राषि
महर्षिहरूको आश्रम हुन्थ्यो । जसलाई गुरुक्ल शिक्षा भनिन्थ्यो भनी भनेका छन्‌।

सुवेदी (२०७०) द्वारा लिखित “गुरुकु ल शिक्षा : आजको आवश्यकता' शीर्षकको


लेखमा घरमा नबसी गुरुका अधीनमा रहेर व्रह्मचर्यपूर्वक त्याग एवं तपस्यायुक्त
जीवनयापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरुकु ल शिक्षा प्रणालीको प्रमुख उद्देश्य
हो । यस प्रणालीभित्र मूलतः तीन तत्त्व पाइन्छन्‌। तिनमा गुरु र शिष्यको आत्मिक
सम्बन्ध, सत्य, तप, शम आदि साधनहरूद्वारा दृढ चरित्र निर्माण तथा स्वाध्याय अर्थात्‌
अपरा विद्या प्राप्ति गर्नु गुरुकु लीन शिक्षा प्रणालीको मुख्य विशेषता हो भनी अथर्याइएको
पाईन्छ ।
आचार्य (२०७४) द्वारा लिखित शिक्षणमा आधुनिक विधि' शीर्षकको लेखमा
आधुनिक शिक्षण पद्धतिले सहभागितामूलक बालके न्द्रित शिक्षण सिकाइमा जोड दिन्छ
। यस विधिमा शिक्षकले विद्यार्थीको उमेर, पूर्वयोग्यता, अभिरुचि, मनोविज्ञान लगायत
सिकाइलाई प्रभाव पार्ने तत्त्वका आधारमा शिक्षण गरिन्छ भनी आधुनिक शिक्षण
पद्धतिको मर्मवोध गराएका छन्‌।

यसरी विभिन्‍न विद्वान्‌ले गुरुकु ल शिक्षा पद्धति र आधुनिक शिक्षा पद्धतिका बारेमा
राखेका कु रालाई अवलोकन गर्दा गुरुकु ल शिक्षा भनेको वैदिक शिक्षामा आधारित
शिक्षा रहेको र त्यस्तो शिक्षा गुरुका आश्रममा गई व्रह्मचर्यव्रत नियममा रही अध्ययन
गरी आफू मा नैतिकता, आध्यात्मिकता, सामाजिकता जस्ता बिविध गुणको विकास गर्ने
एउटा विशिष्ट परम्परा भन्‍
ने बुझिन्छ ।

यस्तै आधुनिक शिक्षण पद्धति र प्रबिधि भन्नाले सिकारुको मनोविज्ञान, योग्यता


लगायतका कु राहरू ध्यानमा राखी उचित बैज्ञानिक उपकरण र प्रविधिको समुचित
प्रयोगद्वारा अध्ययन र अध्यापन गराउने प्रक्रिया भन्‍ने बुझिन्छ ।

यसरी साहित्यको पुनरावलोकन गर्ने कार्यले प्रस्तुत प्रतिवेदन लेखनका चरणमा


गुरुकु ल शिक्षा पद्धति र आधुनिक शिक्षण प्रविधिका बारेमा बुभन तिकै सहज र सरल
बनाएको छ । लेखनका चरणमा आउने सम्भावित समस्याको निराकरण गर्न
साहित्यिक पुनरावलोकनले मार्गदर्शन गरेको छ।

प्राप्ति तथा छलफल

यहाँ विभिन्‍न पुस्तक, पत्रपत्रिका, जर्नल, लेखरचना आदिको समुचित प्रयोग गरी
अध्ययन गर्ने कार्य सम्पन्न गरियो । ती सम्पूर्ण कु राको अध्ययनपश्चात्‌साहित्य
पुनरावलोकनको क्रम पूरा गरी प्रस्तुत अध्ययनका उद्देश्यलाई परिपूर्ति गर्नका लागि
प्राप्त सामग्रीहरूको बिश्लेषण निम्तानुसारका उपशीर्षकहरूको आधारमा गरिएको छ :
गुरुकु ल शिक्षा पद्धति

'गुरु' शब्दले सम्मानित एवं अदरणीय व्यक्तित्वलाई जनाउँदछ । यस्ता सम्मानित


एव दूरदर्शी व्यक्तित्वले चलाएको शिक्षाको परम्परालाई 'कु ल' शब्दले जनाउँदछ तसथ
“गुरु" र कु ल' शब्द आपसमा नजिक देखिन्छन्‌ । 'गुरुकु ल' शव्दले पबित्र विद्याको
परम्परा अँगालेको पख सरस्वतीको मन्दिर ज्ञानपूतात्मा महर्षिहरूको तपस्थली भन्‍ने
बुझिन्छ ।

गुरुकु ल शिक्षा पद्दति भन्नाले गुरुको आश्रममा गई अध्ययन गर्ने एउटा विशिष्ट
परम्परा भन्‍ने वुझिन्छ । गुरुकु ल शिक्षा पद्धति वैदिक सभ्यतामा आधारित शिक्षण
पद्धति हौ । यस पद्धतिभित्र गुरुको पूर्ण नियन्त्रण र निर्देशन रहेको हुन्छ । यस
पद्धतिभित्र रहेका के ही कु रालाई उपशीर्षक दिएर निम्नानुसार प्रस्तुत गरिएको छ ।

गुरुकु लको ऐतिहासिकता

गुरुकु लको प्राचीन इतिहास खोतल्दै जाने हो भने प्राचीन भारतवर्षमा पुग्नुपर्ने हुन्छ
। तत्कालीन समयमा गुरुकु लको महत्त्व धेरै थियो । वाल्मीकिद्वारा रचना गरिएको
रामायणलाई आधार मान्दा रामायणका पात्र रामले महर्षि विश्वामित्र एवं वसिष्ठद्वारा
सञ्‍चालित गुरुकु लमा अध्ययन गरेको देखिन्छ ।

यसैगरी महाभारतमा वर्णित कृ ष्णले सान्दीपनि गुरुका आश्रममा अध्ययन गरेको


देखिन्छ । यस्तै पाण्डवले क्रषि द्रोणाचार्य गुरुका कु लमा अध्ययन गरेको कु रा प्राचीन
संस्कृ त साहित्यका ग्रन्थहरूले पुष्टि गरेका छन्‌ । यसैगरी महर्षि दुर्वासाको
विश्वविद्यालय करिब दसहजार शिक्षार्थीद्वारा पूर्ण थियो र उनी सम्मानित कु लपति थिए
। महर्षि वसिष्ठ, अङ्षरा, सान्दिपनि आदिलाई प्राचीन समयका सम्मानित कु लपति मान्ने
गरिन्थ्यो । यस्तो विशिष्ट परम्परा बोके को गुरुकु ल शिक्षाले पौराणिक कालभन्दा
धेरैपछि विश्वविद्यालय तहसम्म फड्को मार्न सफल भएको देखिन्छ । यसै क्रममा
प्राचीन भारत वर्षमा नालंदा विश्वविद्यालय, तक्षशिला विश्वविद्यालय, वल्लभीपुर आदि
प्रसिद्ध गुरुकु ल संस्थाको स्थापना भएको देखिन्छ ।

यही परम्परा विकसित हुँदै नेपालको सन्दर्भमा पनि हाल गुरुकु ल शिक्षाको महत्त्व
वढेको देखिन्छ । नेपालको सन्दर्भमा लिच्छवीकालमा गुरुकु ल शिक्षाको एकदम धेरै
महत्त्व रहेको थियो भन्ने कु रा तत्कालीन समयका प्राचीन अभिलेख, ताम्रपत्रवाट स्पष्ट
हुन आउँछ । लिच्छवीकालीन गुरुकु ल, मल्लकालीन गुरुकु ल हुँदै गुरुकु ल परम्परा
अघि बढेको देखिन्छ । लिच्छवीकालमा संस्कृ त गुरुकु ल मात्र सञ्चालित थिए भने
मल्लकालमा आएर बौद्ध गुरुकु ल पनि स्थापना भएको देखिन्छ । यही परम्परा
राणाकालीन समयमा पनि दोहोरिएको देख्‍न सकिन्छ । बि.सं. १९४३ मा बीर
शमसैरले संस्कृ त पाठशाला खोल्नु गुरुकु ल शिक्षाको ज्वलन्त उदाहरण हो । यस्ता
विविध इतिहास बोके को गुरुकु ल शिक्षा वि.सं. २००२ मा पद्‍मशमसेर प्रधानमन्त्री
भएपछि कमजोर हुँदै गएको देखिन्छ । अझ ५० को दशकदेखि त गुरुकु ल शिक्षा
कछु वा गतिमा अगाडि बढेको देखिन्छ । वर्तमान समयमा नेपाल सरकार शिक्षा
मन्त्रालयले गुरुकु ल शिक्षालाई मूल प्रवाहमा ल्याउनका लागि नीति नियमहरू वनाई
कार्यान्वयन गर्ने दिशामा पाइला चालेको देखिन्छ । यस्ता सकारात्मक पक्षले
गुरुकु लको संरक्षण र संवर्द्धन गर्ने छ भन्ने आशाका पहाडहरू चुलिँदै गएका छन्‌।

गुरुकु ल शिक्षा पद्धतिको उद्देश्य

गुरुकु ल भन्नासाथ लौकिक र पारलौकिक ज्ञान सम्पन्न गर्ने साधन स्थलका रूपमा
बुझिन्छ । गुरुकु ल भनेको सत्य, धर्म, मर्यादा, चरित्र र ज्ञान सम्पन्न व्यक्ति बनाउने
पद्धति हो (दाहाल, २०६१) ।

यही मर्म अनुरूप गुरुकु लको उद्देश्य वैदिक साहित्य, पुराण, व्रह्मसूत्र, गीता,
उपनिषद्‌जस्ता पूर्वीय वाङ्मयको अध्ययन मनन तथा सन्ध्यावन्दन, यज्ञयागादिको
अनुशीलन, मातापिता, गुरुजन, वृद्ध व्यक्तित्वको सेवा साथै जीवजन्तु,पशुपन्छी एवं
बोटबिरुवाप्रति मैत्रीभाव प्रकट गर्नु आदि रहेको देखिन्छ । यसैगरी गुरुकु लमा
अध्ययन गर्ने छात्रहरूले योगाभ्यासद्वारा ईश्वरको साक्षात्कार गरी भौतिक पदार्थबाट
प्राप्त गर्न नसकिने आनन्द प्राप्त गर्न सक्ने र सर्वव्यापक एवं आनन्दस्वरूप ईश्वरको
प्राप्ति गुरुकु लीय शिक्षाबाट मात्रै सम्भव रहेको कु रा देखिन्छ । यी विविध कु रालाई
मध्यनजर गर्दा गुरुकु ल शिक्षा प्रणालीको उद्देश्य विशिष्ट रहेको देखिन्छ ।

यस पद्धतिका उद्देश्यहरू व्रहमज्ञान प्रदान गर्नु, यज्ञ सम्पादन गर्न सक्ने तुल्याउनु
संस्कार प्रदान गर्नु, संस्कृ ति र सभ्यता हस्तान्तरण गर्नु, सैद्धान्तिक र व्यावहारिक ज्ञान
हस्तान्तरण गर्नु, सीप र प्रविधि हस्तान्तरण गर्नु, मनव वंशपरम्पराको रक्षा गर्नपर्छ भन्‍
ने
चेतना प्रदान गर्नु, यी मुख्य उद्देश्य परिपूर्ति गर्नका लागि नै वास्तवमा गुरुकु ल
शिक्षाको प्रारम्भ भएको देखिन्छ ।

गुरुकु ल शिक्षा पद्धतिमा पाठ्यक्रम

गुरुकु ल शिक्षा विशेषगरी बैदिक सभ्यतामा आधारित थियो । प्राचीन गुरुकु ल शिक्षा
पूर्णतया धर्म र धर्मशास्त्रहरूसँग सम्बन्धित थियो भने आधुनिक गुरुकु ल शिक्षा
आधुनिक विषयसँग पनि सम्बन्धित रहेको देखिन्छ । गुरुकु ल शिक्षा अन्तर्गत
विशेषगरी दर्शन, व्याकरण, साहित्य, ज्योतिष, धर्मशास्त्र, आयुर्वेद जस्ता विषय पठनपाठन
हुने गर्दथ्यो ।

यसरी प्राचीन गुरुकु लमा पढाइने विभिन्न शास्त्रहरू नैतिक आदर्श, चरित्रवान्‌
नागरिक तयार पार्न सहयोग गर्ने, व्यवहारोपयोगी जस्ता विविध कु रासँग सम्वन्धित थिए
भन्‍ने कु रा स्पष्ट हुन्छ ।

जब नेपालको सन्दर्भमा जाति व्यवस्था वा वर्णाश्चम व्यवस्थाको प्रादुर्भाव भयो तब


वर्णाश्चम व्यवस्था अनुसार निम्न प्रकारको शिक्षा प्रदान गरिन्थ्यो ।

ब्राह्ममण : वैदिक संहिता, वेद वेदाङ्ग, व्याकरण, ज्योतिष (गणित, फलित), साहित्य, नीति
नियम, कर्मकाण्ड, राजनीति, दर्शन आदि ।

क्षत्रीय : रक्षा सम्वन्धी शस्त्रअस्त्र सञ्चालन, राजनीति, अर्थशास्त्र, दण्डनीति आदि ।


वैश्य : कृ षि, व्यापार र पशुपालन ।
शृद्व : सेवा, संगीत एवम्‌नाचगान, वाद्यवादन आदि ।

आधुनिक समयमा आइपुग्दा गुरुकु ल शिक्षा पद्धतिमा पनि के ही नयाँ आयामहरू


थपिएका छन्‌। वर्तमान सन्दर्भमा नेपालभित्र रहेका गुरुकु लहरूमा आधनिक बिषयका
रूपमा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिक जस्ता विषयहरू पनि पठनपाठन हने गरेको
पाइन्छ । त्यसका अलावा प्राचीन गुरुकु लीय पद्धतिमा अध्ययन गराइने सम्पर्ण
विषयहरू वर्तमान समयका गुरुकु लहरूमा पढाइने गरिन्छ ।
विभिन्‍न तथ्यलाई आधार मान्दा गरुकल शिक्षा पद्दतिमा विशेषतः हिन्दू दशन र
वैदिक सनातन धर्ममा आधारित शिक्षा दिइन्थ्यो भन्ने कु रा स्पष्ट हुन्छ । गुरुकु लमा
अध्ययनरत छात्रछात्राहरूलाई उनीहरूको क्षमता हेरेर विनय र अनुशासनका कथा
आख्यान, स्वावलम्बन शिक्षा, वेद, उपवेद जस्ता विविध व्यावहारिक शिक्षा र सैद्धान्तिक
शिक्षा दिई उनीहरूको जीवन समुन्‍नत पार्ने प्रयास गरिन्थ्यो ।

गुरुकु ल शिक्षा पद्धतिमा शिक्षणविधि

गुरुकु ल शिक्षा पद्धतिमा शिक्षणविधि विशेषगरी मौखिक रहेको थियौ । वेदमा


आधारित शिक्षा पद्धति भएका कारण श्रुतिपरम्पराबाट गुरुकु ल शिक्षा अघि बढेको
पाइन्छ । वर्तमान समयमा मौखिक विधिका अलावा अन्य विधि पनि प्रचलित रहेको
भने देखिन्छ । प्राचीन गुरुकु लहरूमा छात्रहरूले आचार्यहरूले भनेको सबै कु रा
कण्ठस्थ गर्नुपर्थ्यो । प्रत्येक पाठको आरम्भमा विद्यार्थीहरूले गुरु चरण स्पर्श गर्दै
पाठ प्रारम्भका लागि अनुरोध गर्दथे र गुरुले गम्भीर वाणीले मन्त्रोच्चारण गर्दथे भने
छात्रहरूले गुरुको अनुशरण गर्ने गर्दथे । यसरी शिक्षण समाप्त भएपछि शिष्यले गुरु
चरण स्पर्श गर्दै त्यस दिनको पाठ समाप्त गर्थे (खनाल, २०७१) ।

गुरुकु ल पद्धतिमा विशेषगरी वेद पढ्दा कसरी पढ्नुपर्छ, वेदका मन्त्रहरू कसरी
उच्चारण गर्नुपर्छ भन्ने विविध सम्बन्धमा याज्ञवल्क्य शिक्षाले दिएको निर्देशनलाई
ख्याल गरिन्छ । वेद पढ्दा गुरुमुख पद्धतिबाट, गुरु परम्पराबाट नै सिक्नुपर्छ भन्ने
मान्यता वर्तमान समयसम्म पनि प्रचलित छ । प्राचीन गुरुकु लहरूमा शिक्षण गर्दा
गुरुमुख पद्धति, प्रायोगिक पद्धति, छलफल विमर्श पद्धति, शास्त्रार्थ पद्धति, कण्डीकरण
पद्धति, सूत्र पद्धति, व्याख्या पद्धति, आवृत्ति पद्धति, धुलोट पद्धति जस्ता पद्धतिहरूको
विकास भएको देखिन्छ । यी पद्भतिहरूको प्रयोग वर्तमान समयका गुरुकु लहरूमा पनि
प्रयोग हुने गरेको पाइन्छ ।
गुरुकु ल शिक्षा पद्धतिमा विद्यार्थीको भूमिका

गुरुकु ल शिक्षा पद्धति हिन्दू दर्शन र वेदान्तमा आधारित शैक्षिक प्रणाली हो तसर्थ
यस पद्धतिमा विद्यार्थीको भूमिका हिन्दू दर्शन र वेदान्तले निर्देश गरे अनुरूप रहेको
पाइन्छ । उपनयन संस्कार पश्चात्‌ वटुकहरू पूर्ण व्रह्मचर्य नियममा रहेर हत्या,
हिंसा, असत्य, रिस आदि त्यागेर सन्तोषी बनी तपस्या र अध्ययनमा तल्लीन हुनुपर्थ्यो
। हिन्दु धर्मसँग सम्बन्धित विभिन्‍
न शास्त्रहरूमा विद्यार्थीमा हुनुपर्ने गुणहरूलाई यसरी
उल्लेख गरिएको पाइन्छ :

काकचेष्टा वको ध्यान स्वाननिद्रा तथैब च।


अल्पहारी गृहत्यागी बिद्यार्थी पञ्‍
चलक्षणम्‌/ (नीतिशास्त्र)

अर्थात्‌ कागको जस्तो चेष्टा भएको चतुर, बकु ल्ला जस्तो ध्यानमग्न हुन सक्ने,
कु कु रको
जस्तो पातलो निद्रा भएको, आफ्नो शरीरले पचाउन सक्ने गरी थोरै खाने र घरबाट
टाढा गएर वस्न सक्ने लक्षण भएका विद्यार्थी वास्तवमा असल विद्यार्थी हुन्‌।

असल र गुणी विद्यार्थीले काम(मैथुनादि क्रिया), क्रोध, लोभ, स्वाद, श्रृङ्गार,


मनोरञ्जन, अतिनिद्रा र अति सेवा (चाप्लुसी) जस्ता आठ चिज त्याग गर्नुपर्छ ।

हिन्दु धर्म र विभिन्न शास्त्रमा उल्लेख गरिएका विभिन्न मत अभिमतलाई आधार


मान्दा विद्यार्थीमा नैतिक आचरण, गुरशुश्रूषा, विद्याध्ययनमा रुचि, स्वाबलम्बी, परोपकारी,
काम क्रोध, लोभ, मोह, हिँसा आदिको त्याग, स्वाध्ययनमा रुचि जस्ता विविध क्राहरूले
युक्त हुनुपर्छ भन्‍
ने रहेको देखिन्छ ।

समग्रमा गुरुकु ल शिक्षा पद्धतिमा ब्रह्मचर्याश्चममा बसी गर्नुपर्ने हरेक विधि विधान
पूरा गर्नुपर्ने र अध्ययन कार्यमा संलग्न हुनुपर्ने विद्यार्थीको प्रमख भूमिका हो ।

गुरुकु ल शिक्षा पद्धतिमा गुरुको भूमिका

प्राचीन गुरुकु लमा गुरुको भूमिका निर्वाह गर्ने वसिष्ठ, धौम्य, द्रोणाचार्य, शक्राचार्य
आदि गुरुहरू भगवानका रूपमा वर्तमान समयमा पन्ति पूज्य व्यक्तिका रूपमा रहेका
छन्‌ । यस्तै वेदव्यासलाई सम्पूर्ण व्रह्माण्डकै गुरु मानी आज पनि आषाढ शुक्ल
पूर्णिमाका दिन गुरुका प्रतीकका रूपमा पूज्ने चलन छ । यी विविध प्रसङ्गलाई हेर्दा
"गुरु"को महत्त्वका बारेमा स्पष्ट हुन आउँछ ।

गुरुका सम्वन्धमा विभिन्न प्राचीन ग्रन्थहरूमा बिभिन्न कु राहरू व्यक्त भएका छन्‌ ।
जुन निम्नानुसार छन्‌:

गुरुव्रह्मा गृरुर्बिष्णु गुरुर्देबो महेश्वर ।


गुरुर्साक्षात्‌परब्रहम तस्मैश्री गुरबे नमः ॥

अर्थात्‌गुरु नै व्रहमा हुन्‌, विष्णु हुन्‌र महेश्वर हुन्‌। यस्ता परब्रह्मको अवतारका
रूप लिएका गुरुप्रति हार्दिक नमन छ।

माथि प्रस्तुत भएको गुरुको महिमाबाट पनि गुरुकु लमा गुरुको भूमिका महत्त्वपूर्ण
रहेको करा स्पष्ट हुन्छ ।

विशेषतः गुरुकु लमा रहने गुरुहरूले छात्रहरूबाट के ही पनि तलब नलिइकन अध्यापन
गराउने गर्दथे । व्यक्तिगत सम्पत्ति, धनार्जनको लोभ नगरी, शिष्ट आचरणमा बसेर
आफ्ना शिष्यहरूलाई योग्य र कु शल बनाउनु नै गुरुहरूको ध्येय हुन्थ्यो । सन्यास
आश्रममा रही ५० वर्ष नाघेका व्यक्ति नै गुरु हुने हुनाले ती गुरुहरू आदर्शयुक्त,
परिपक्व, ज्ञान, सिप र अनुभवले खारिएका हुन्थे । समग्र रूपमा हेर्दा गुरुकु लका
गुरुहरू ईश्वरका साक्षात्‌अवतारका रूपमा पूज्य र सम्मानित हुन्थे ।

गुरुकु ल शिक्षा पद्धतिमा मूल्याङकन प्रक्रिया

विधिवत्‌अध्ययन समाप्त गरिसके पछि वेद तथा विभिन्न शास्त्रका विद्वान्‌हरूको


बिद्धत् सभालाई शिक्षार्थीहरूले आफू ले आर्जन गरेको ज्ञान, सिप, शील, स्वभाव र
शास्त्रार्थले सन्तोष गराउन सके पछि उनीहरू बिद्यामा स्नातक हुन्थे ।

आश्चमका सम्पूर्ण तियम पूरा गरेकालाई विद्या पूरापूर हासिल नगरेको भएपनि गरुले
"व्रत स्नातक"उपाधि दिन्थे भने नियममा सानातिना कसरमसर रहे तापनि विद्यामा
पारङ्गत हुनेलाई विद्या स्नातक' उपाधि दिन्थे विद्या र व्रत दुवैतर्फ उत्कृ ष्ट हुनेलाई
"उभय स्नातक" को उच्च मान्यता प्रदान गरिन्थ्यो (विडारी र अन्य २०७२)
यसरी विभिन्‍न विचारहरूलाई मध्यनजर गरी हेर्दा गुरुकु ल शिक्षाले मानिसमा नैतिक
आचरण, सामाजिक सद्भाव, धर्मप्रति खच जागरण गर्दै 'परोपकार पुण्याय पागल
परपीडनम्‌' भन्‍
ने जस्ता भावलाई सम्बोधन गर्नका लागि शिक्षा दिन्थ्यो र त्यसै अनुरूम
मूल्याङ्कन हुन्थ्यो भन्‍ने कु रा स्पष्ट हुन आउँछ ।

आधुनिक शिक्षण प्रविधिमा गुरुकु ल शिक्षा पद्धतिको आवश्यकता

आधुनिक शिक्षण प्रविधि भन्नाले विभिन्न उपकरण तथा प्रविधिहरूको प्रयोग गरी
तिनलाई शिक्षणमा उचित ढङ्गले प्रयोग गर्ने पद्धति भन्ने बुझिन्छ । आधुनिक शिक्षण
प्रविधिमा वालवालिकाको रुच, चाहना, प्रवृत्ति तथा समग्र वालव्यवहारको अध्ययन गरी
अध्यापन गराइन्छ । यस्तो शिक्षण प्रविधिले वर्तमान समयमा ठुलो सफलता प्राप्त
गरेको छ । विश्‍
व समाजको शैक्षिक परिवेशलाई आधार मान्दा पत्ति यस्तो प्रविधियुक्त
शिक्षणले विश्‍
वको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आधुनिक
शिक्षण प्रविधिविना वर्तमान समयमा शिक्षाको परिकल्पना गर्न पनि सकिन्न । वर्तमान
समयको शिक्षालाई प्रशस्त मार्गदर्शन गर्न शिक्षण प्रविधिहरूले पुग्याएको योगदान
वास्तवमा अतुलनीय नै छ।

गुरुकु ल शिक्षा वैदिक संस्कारमा आधारित शैक्षिक प्रणाली हो । सनातन धर्म र


वेदमा आधारित भई, गुरुका आश्रममा गई बरह्मचर्पव्रद पियम पालना गरी अध्ययन
गरिने एउटा विशिष्ट परम्परा बोके को र लामो इतिहासको कालखण्ड पार गरेको
शैक्षिक प्रणाली नै गुरुकु ल शिक्षा पद्धति हो । यस पद्धतिमा प्राचीन समयमा गुरु,
शिष्य, पाठयक्रम जस्ता विविध कु रा विशिष्ट हुन्थे भने वर्तमान समयमा आइपुग्दा
यिनमा पनि के ही फरकपनको आभास पाउन सकिन्छ । गुरुकु लहरूमा वर्तमान
समयमा बिज्ञान तथा प्रविधिको प्रवेशले के ही के ही कु राहरूमा परिवर्तन भएको देख्न
सकिन्छ । जे होस्‌ गुरुकु लमा भएको विविध परिवर्तन पनि आधुनिक शिक्षण
प्रविधिको योगदान नै हो भन्न सकिन्छ ।

आधुत्तिक शिक्षणले विशेषगरी प्रविधिलाई मात्र जोड दिएको पाइन्छ । आधनिक


शिक्षण विधिभित्र गुरुकु लको जस्तो नैतिक आचरण, शिष्टता, अनुशासन, गुरुप्रति
सम्मान,
वैज्ञानिक पाठ्यक्रम जस्ता विविध नैतिक तथा व्यावहारिक शिक्षा दिने हो भने
आधनिक शिक्षाले अझ द्रुत गतिमा फडको मार्न सक्दछ । आधुनिक शिक्षणले
प्रविधिका सम्पूर्ण कु रालाई आत्मसात्‌ गर्दा पनि वर्तमान समयका विद्यार्थीहरू क्रमशः
अनुशासन र नैतिकता जस्ता कु रामा खँस्कँ दै गएको यथार्थतालाई बुझेर गुरुकु ल शिक्षा
पद्धतिको जस्तो आचरण र व्यवहार सिकाउने हो भने अवश्य पनि विद्यार्थीमा
न्ैतिकता र अनुशासन बढ्ने कु रामा दुईमत छैन । आजको आधुनिक शिक्षणले
मानिसलाई विशेषगरी जागिरमुखी, पैसामुखी र यन्त्र बनाएको छ भने गुरुकु ल शिक्षाले
मानिसलाई कर्मशील, ज्ञानवान्‌ र मानव वन्‍न सिकाएको छ । गुरुकु ल शिक्षालाई
आधुनिक शिक्षण प्रविधिसँग जोडेर अध्ययन अध्यापन गराउन मात्र सकियो भने
शिक्षाको क्षेत्रमा कायापलट हुने कु रा निर्धक्‍क भन्‍न सकिन्छ ।

आधुनिक शिक्षणले वर्तमान समयका विद्यार्थीलाई प्रविधिको समुचित ज्ञान दिए


तापनि कर्मशील, ज्ञानवान्‌, शिष्टाचार, विश्वबन्धुत्वको भाव, परोपकार, धर्म र पापको
ज्ञान
दिन नसक्दा संसारमा दिनप्रतिदिन हत्या, हिंसा, अत्याचार, शौषण, दमन, बलात्कार, युद्ध
जस्ता भयानक र दर्दनाक घटनाहरू हुने गरेको पाइन्छ । यस्ता कु राको निर्मूल गर्ने
मार्गदर्शन गराउने शिक्षा गुरुकु ल शिक्षा नै हो । गुरुकु ल शिक्षाले व्यक्तिलाई ज्ञान
मात्र दिने होइन त्यो ज्ञानलाई व्यवहारमा कसरी लागू गराउन सकिन्छ भन्ने जस्ता
कु रामा पनि जोड दिएको पाइन्छ । गुरुकु ल शिक्षाविना आधुनिक शिक्षण प्रविधिले
मात्र गति लिन सक्दैन ।

वर्तमान समयमा हुने गरेका हरेक किसिमका युद्ध, द्वन्द, हत्या, हिंसा, शोषण,
अन्याय, अत्याचार, बलात्कार जस्ता विकृ ति विसङ्गतिलाई आधुनिक शिक्षण प्रविधिले
आत्मसात्‌गर्न नसक्दा तिनको निराकरण र विश्व शान्ति स्थापना गर्नका लागि पनि
गुरुकु लमा दिइने शिक्षा जस्तो अनुशासित र संयमित शिक्षाको आवश्यकता पर्दछ ।
यस्तो गौरवमय इज्जत र प्रतिष्ठा बोके को गुरुकु ल शिक्षा आधुनिक शिक्षामा समावेश
गरी शिक्षण विधि तथा प्रविधिलाई अघि बढाउने हो भने शिक्षा मात्रै नभएर सिङ्गो
विश्व नै परिवर्तन हुन सक्‍छ र विश्वमा युद्दको भयावह स्थिति रोकिएर शान्तिस्थापना
हुन सक्छ । यस्ता विविध कु राले गर्दा आधुनिक शिक्षण प्रविधिमा गुरुकु ल शिक्षाको
आवश्यकता रहेको देखिन्छ ।

You might also like