You are on page 1of 18

वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन

अध्ययनसार

प्रस्तुत अध्ययन वैदिक र लौकिक भाषिक चिन्तनको तल


ु नात्मक अध्ययनमा केन्द्रित छ ।

पर्वी
ू य भाषिक चिन्तन परम्पराको सरु
ु वात वैदिक कालबाट भएको दे खिन्छ । वैदिक भाषिक

चिन्तन परम्परामा वेदको भूमिका उल्लेख्य दे खिन्छ । वैदिक कालमै ब्राह्मण, आरण्यक,

उपनिषद्, प्रातिशाख्यका साथै वेदाङ्गको भूमिका पनि महत्त्वपूर्ण रहे को छ । पूर्वीय संस्कृत

वाङमय परम्परामा लौकिक काल भनेर रामायणको रचनाकालभन्दा पछिको समयलाई मानिन्छ ।

लौकिक युगमा भाषा व्याकरणका साथै दर्शन, न्याय, मीमांसा, साहित्यशास्त्र आदि क्षेत्रमा भाषिक

चिन्तन मनन भएको पाइन्छ । गुणात्मक ढाँचामा रहे को प्रस्तुत अध्ययन वर्णनात्मक तथा

विश्लेषणात्ममक विधि अपनाई तयार पारिएको छ । सामग्री सङ्कलनमा पुस्तकालयीय

सामग्रीको उपयोग गरिएको छ । वैदिक र लौकिक वाङमयमा भाषाका बारे मा गहन चिन्तनमनन

भएको पाइन्छ । भाषिक चिन्तन परम्परामा लौकिक युग अलि विकसित र समद्ध
ृ भए पनि

वैदिक यग
ु स्तरीयताका दृष्टिले उत्कृष्ट रहे को छ । तसर्थ वैदिक र लौकिक वाङमयका भाषिक

चिन्तनमा संस्कृत भाषाको उत्त्पत्ति र विकासका साथ विस्तार गर्ने कुरामा पनि अहम ् भूमिका

रहे को पाइन्छ । यी विविध सन्दर्भका आधारमा वैदिक र लौकिक भाषिक चिन्तनको प्रभाव

आधुनिक भाषाविज्ञानमा पनि उच्च रहे को दे खिन्छ ।

प्रमुख शब्दावलीः वैदिक, लौकिक, वेद, वाक् , निरुक्त, निघण्टु, प्रातिशाख्य, ब्राह्मण, आरण्यक,
वेदाङ्ग ।
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 2

१. विषय प्रवेश

भाषा मानव समुदायका अनुभव र अनुभति


ू हरू सम्प्रेषण गर्ने सशक्त माध्यम हो । यसलाई मानव

मात्रको विशिष्ट सम्पदा मानिन्छ । समय, समाज र सभ्यताका सम्पूर्ण कुराहरूलाई वहन गर्ने,

हस्तान्तरण तथा पस्


ु तान्तरण गर्ने सामर्थ्य भाषामा हुन्छ । भाषामा अन्तरनिहित यही सामर्थ्यका

कारण भाषालाई व्यवस्थित बनाउन अनेक चिन्तन तथा प्रयासहरू भएका छन ् । पूर्वीय तथा

पाश्चात्य मनिषिहरूले अथक् प्रयास गरे का छन ् र धेरै योगदान पर्ु ‍याएका छन ् । भाषाका ध्वनि,

वर्ण, रूप, वाक्य, अर्थ जस्ता भाषिक पक्षका सम्बन्धमा वैज्ञानिक अध्ययन र चिन्तन गरी

सैद्धान्तिक क्षेत्रमा योगदान गरिएका छन ् । यसका अतिरिक्त कालक्रमिक भाषिक अध्ययन

समकालिक, भाषान्तरिक तथा अन्तरभाषिक निरन्तर अध्ययन चिन्तन भएका छन ् (वास्तोला,

२०७६)।

मानव समाजको अस्तित्वदे खि नै भाषाको प्रयोग भए तापनि भाषाका विषयमा धेरैपछि मात्र

चिन्तन मनन हुन थाल्यो । संस्कृत तथा ग्रीक-ल्याटिन भाषाका वाङ्मयमा उपलव्ध भाषिक

चिन्तनका प्राचीनतम ग्रन्थहरू आफ्ना समयका महत्वपूर्ण सिद्धान्तका साथै भाषिक विश्लेषणका

विधिका रुपमा पनि थिए । भाषालाई अध्ययन गर्ने यस्तै खालका परम्परागत विधिलाई विगतमा

भाषा अध्ययनको शास्त्रीय परम्पराको अभिन्न अङ्गको रुपमा लिइने काम गरिन्थ्यो । परम्परागत

रुपमा भएका कतिपय भाषिक अध्ययनहरू तल


ु नात्मक दृष्टिले हे र्दा पछिल्ला कालखण्डमा केही

अनुमानित तथ्य र सन्दर्भहरूको व्याख्याहरूमा पनि हुन पुगे ।

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 3

पूर्वमा संस्कृतको भाषिक चिन्तन ई.पू. १५०० तिरदे खि रहे को निरन्तर विकासक्रमलाई हे र्दा वैदिक

युगदे खि नै वेदका छ अङ्गहरूमध्ये शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरणमा अध्ययन

भएको पाइन्छ । समयक्रममा पाणिनीपर्व


ू का अध्येताहरूले व्यवस्थित व्याकरणको अध्ययनमा जोड

दिए पनि व्याकरणको सारपूर्ण रुपमा व्याकरणको गहिराइको अध्ययन गर्न सकिरहे का थिएनन ् ।

तर ई.पू ५०० शताब्दिमा दे खापरे का पाणिनीको उदयपछि संस्कृत व्याकरणको व्यवस्थित उचाइ

अत्यन्त माथि उठ्यो । यसै उचाइका आधारमा टे केर  अगाडि बढे का ई.पू. ४५० तिरका कात्यायन

तथा ई.पू. तेस्रो शताब्दी तिरका पतन्जलीले पूर्वीय भाषिक चिन्तन परम्परामा महत्वपूर्ण भमि
ू का

खेले (चालिसे, २०७५) । पूर्वमा झैं पाश्चात्य जगतम


्‌ ा भाषिक चिन्तन वा व्याकरण ज्ञान छुट्टै

विषयका रुपमा आएन । पाश्चात्य जगतम


्‌ ा भाषाको चिन्तन ग्राीसेलीहरूले फिलोसोफियाका रुपमा

दर्शन र तत्वज्ञानको स्रोतको अर्थमा व्याकरणलाई हे र्ने काम गरे भने ल्याटिनेलीहरूले भाषाका

वाङ्मय-ग्रन्थहरूको माध्यमबाट भाषा अध्ययनको भूमिका खेले । पूर्वमा पाणिनि, कात्यायन तथा

पतन्जलीले गरे को ध्वनि, वर्ण, वार्तिक तथा भाष्यहरूको बारे को चिन्तन मनन एवं पाश्चात्यमा

प्लेटो (ई.पू.४२७-३४७) तथा एरिस्टोटल (ई.पू.३८४-३२२) ले चलाएको प्राचीन भाषिक अध्ययन शैली

पछिल्ला कालमा आएपछि भाषाशास्त्रका रुपमा भाषा अध्ययनको एउटा सैद्धान्तिक मान्यताका

अर्थमा बुझ्न र व्याख्या गर्न थालियो ।

यसै प्रचलनमा संरचित तथा व्यवस्थित भएर आएका भाषाका अनुसन्धान तथा खोज र

दस्तावेजीकरणका मान्यताहरूलाई भाषाशास्त्र समेत भन्न थालियो । यसपछिका पछिल्ला

अध्ययनहरू परम्परागत तथ्य र ढाँचाका आधारमा रहे भने अर्कोतर्फ रुढ बन्दै अनुमानित

तथ्याङ्कका आधारका परम्परित केही व्याख्याहरू पनि रहे । पछिल्ला समयहरूमा यसलाई पनि

भाषाशास्त्रको एउटा परम्परित शास्त्रीय परिधिभित्र राखिने समेत गरियो । यस अध्ययनमा

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 4

उपर्युक्त पष्ृ ठभमि


ू मा आधारित भएर पूर्वीय भाषिक चिन्तनका वैदिक तथा लौकिक भाषिक

चिन्तनको चर्चा गर्ने प्रयास गरिएको छ ।

२. समस्याकथन/ प्राज्ञिक प्रश्न

संस्कृत तथा ग्रीक-ल्याटिन भाषाका वाङ्मयमा उपलव्ध भाषिक चिन्तनका प्राचीनतम ग्रन्थहरू

आफ्ना समयका महत्वपूर्ण सिद्धान्तका साथै भाषिक विश्लेषणका विधिका रुपमा पनि थिए ।

भाषालाई अध्ययन गर्ने यस्तै खालका परम्परागत विधिलाई विगतमा भाषा अध्ययनको शास्त्रीय

परम्पराको अभिन्न अङ्गको रुपमा लिइने काम गरिन्थ्यो । परम्परागत रुपमा भएका कतिपय

भाषिक अध्ययनहरू तल
ु नात्मक दृष्टिले हे र्दा पछिल्ला कालखण्डमा केही अनम
ु ानित तथ्य र

सन्दर्भहरूको व्याख्याहरूमा पनि हुन पुगे । यिनै आधारलाई हे र्दा भाषाका बारे चिन्तन मनन

वैदिक कालदे खि नै भएको दे खिन्छ । तसर्थ यस अध्ययनमा वैदिक तथा लौकिक वाङमयमा

भएको भाषिक चिन्तनलाई प्रमुख समस्याका रुपमा लिई अध्ययन कार्य गरिएको छ । प्रस्तुत

अध्ययन निम्न समस्यामा केन्द्रित रहे को छः

क) वैदिक र लौकिक वाङमयको भाषिक चिन्तन के कस्तो छ ?

ख) वैदिक र लौकिक भाषिक चिन्तनबीच के कस्ता समानता र भिन्नता रहे का छन ् ?

३. अध्ययनको उद्देश्य

यो अध्ययन निम्न उद्देश्यहरुमा केन्द्रित रहे को छः

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 5

क) वैदिक र लौकिक वाङ्मयको भाषिक चिन्तनको परिचय दिनु

ख) वैदिक र लौकिक भाषिक चिन्तनबीच रहे का समानता र भिन्नता पहिल्याउनु

४. अध्ययन विधि

यो अध्ययन गण
ु ात्मक ढाँचा र वर्णनात्मक विधिमा आधारित छ । अध्ययनका क्रममा तथ्याङ्क

सङ्कलन गर्न पुस्तकालय अध्ययन विधि र पाठपत्रलाई उपयोग गरिएको छ । यस विषयमा

लेखिएका पाठ्यपुस्तक, इन्टरनेटबाट खोजिएका पाठ्यसामग्री तथा श्रव्यदृश्य सामग्रीको उपयोग

गरी अध्ययन कार्य गरिएको छ । व्याख्या विश्लेषण गर्न निगमनात्मक विधि र तार्कि क

प्रक्रियाको उपयोग गरिएको छ ।

५. अध्ययनको सीमाङ्कन

यो अध्ययन पूर्वीय भाषिक चिन्तनहरु वैदिक भाषिक चिन्तन र लौकिक भाषिक चिन्तनको

अध्ययन हो । यस अध्ययनलाई निम्नानस


ु ार सीमाङ्कन गरी अध्ययन गरिएको छः

क) यस अध्ययनलाई पूर्वीय भाषिक चिन्तनहरु वैदिक र लौकिक भाषिक चिन्तनको

अध्ययनमा सीमित गरिएको छ।

ख) यस अध्ययनमा वैदिक र लौकिक भाषिक चिन्तनको अध्ययन गरी तिनीहरुबीच रहे का

समानता र भिन्नता पहिल्याउने प्रयास गरिनेछ त्यसकारण यो अध्ययन पूर्वीय वैदिक

चिन्तन र लौकिक चिन्तनमा मात्र आधारित रहनेछ।

ग) यस अध्ययनमा पाश्चात्य दर्शनका भाषिक चिन्तनबारे अध्ययन गरिने छै न ।

६. अध्ययनको औचित्य

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 6

यस अध्ययनमा पूर्वीय दर्शनमा भाषालाई कुन रुपमा लिइएको छ । यसको अवस्था के कस्तो छ?

भन्ने बारे मा चर्चा गरिने छ । तसर्थ भाषाको अध्ययन गर्न चाहने अनुसन्धाता, भाषाका शिक्षक,

विद्यार्थी जो कोहीलाई पनि यो सहयोगी सामग्री बन्न सक्ने भएकाले यो अध्ययन औचित्यपर्ण

छ ।

७. वैदिक वाङमयमा भाषिक चिन्तन

भाषिक सिद्धान्त र व्याकरणको ऐतिहासिक विकासक्रम हे र्दा संस्कृतको भाषिक चिन्तन ई. प.ू

१५०० तिरदे खि निरन्तर विकसित भइरहे को र वैदिक युगमा नै भाषाबारे व्यवस्थित चिन्तनको

विकास वैदिक संहिताहरु, आरण्यक र उपनिषद्हरुमा गम्भीर रुपमा भएको दे खिन्छ (बन्धु, २०७०,

प.ृ ९) । पूर्व वैदिक युगका रचना भनेका वैदिक संहिता हुन ् । संहिता भनेका मन्त्रहरु हुन ् । यस्ता

मन्त्रहरु श्रुति परम्पराबाट विकसित भएको मानिन्छ । सुरुमा वेद एउटै थियो र पछि तिनीहरुको

विधा विभाजन गरियो, ऋचा, यजु र साम गरे र । यसो गर्दा केही मन्त्रहरु बाँकी रहे र तिनै बाँकी

रहे का मन्त्रहरु नै अथर्ववेदका रुपमा सङ्ग्रहित भए (शर्मा, २०६३ प.ृ ७-८) । संस्कृतको विद् धातुबाट

बनेको वेद शब्दको अर्थ ज्ञानराशि हुन्छ । यही ज्ञानराशिको सङ्ग्रहलाई संहिता भनिन्छ । संस्कृत

वाङमयको इतिहासमा वेद वा संहिता काल सर्वप्राचीन मानिन्छ । यस कालका मन्त्रहरु ऋक् ,

यजःु , साम तथा अथर्व गरी चार भागमा विभाजित छन ् । प्रत्येक संहिताका ब्राह्मण, आरण्यक र

उपनिषद्हरु उपलब्ध छन ् । विभिन्न गुरुकुलहरुमा भिन्न भिन्न रुपले पठनपाठन हुने भएकाले

वेदका अनेक शाखाहरु छन ् । यी शाखाका आआफ्नै ब्राह्मण आदि ग्रन्थहरु छन ् (पोखरे ल, २०७६)।

पतञ्जलिको महाभाष्यमा ऋग्वेदका २१, सामवेदका १०००, यजुर्वेदका १०१ तथा अथर्ववेदका ९

शाखाहरु रहे को बताइएको छ । ऋग्वेद ऋचाहरुको सङ्ग्रह हो । यो आकारप्रकार व्यापकताका

दृष्टिले सबभन्दा ठुलो र सर्वप्राचीन मानिन्छ । सामवेदका पूर्वार्चिक र उत्तरार्चिक दईु भाग छन ्

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 7

। जसमा सबै मन्त्रहरु सङ्गीतका सातै स्वरको उपयोग गरिन्छ । यजुर्वेदका दईु भेद छन ् शुक्ल

र कृष्ण । अथर्ववेदमा अभिचारमन्त्र (मारण, मोहन आदि) सङ्ग्रहीत छन ् तथा यो बीस काण्डमा

विभक्त छ । वेदका छ अङ्गगहरु (शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरण) मा चार

अङ्ग (ज्योतिष र कल्प बाहे क) अरु सबै अङ्गहरु भाषासँग नै सम्बद्ध छन ् र यसबाट वैदिक

यग
ु मा भएको भाषिक चिन्तनको व्यापकता र गहनता स्पष्ट हुन्छ (बन्ध,ु २०७०, प.ृ ९)। चार

वेदमा सबैभन्दा पुरानो वेद ऋग्वेद मानिन्छ । भाषाको उत्त्पत्तिको स्वरूप ऋग्वेदको 'चत्त्वारि

वाक् परिमिता पदानि' मा नै प्रष्ट उल्लेख गरिएको छ (शर्मा, २०६३, प ृ १९)। वाणी चार प्रकारका

छन ् । मनलाई वशमा राख्न सक्ने ब्राह्मणहरु वाणीका चारै प्रकारलाई जान्दछन ् । वाणीका तीन

तह गुहामा छन ् तिनले अर्थ स्पष्ट बुझाउँ दै नन ् । वाणीको चौथो तह मनुष्य बोल्दछन ् (आचार्य,

२०७२, प ृ २२) । भाषासम्बन्धी चिन्तन वैदिक सुक्तहरुमा पाइन्छ यी सूक्तहरुमा पाइने शब्दहरुको

व्युत्त्पत्तिको चर्चा प्रासङ्गिक दे खिन्छ । त्यसबेला उच्चारणप्रक्रियामा विशेष ध्यान दिइन्थ्यो ।

पदपाठ गर्दा वैदिक सक्


ू तका पदहरुलाई छुट्याई तिनको स्वराघातयक्
ु त उच्चारणमा विचार

गरिन्थ्यो । वैदिक सूक्तहरुको उच्चारणको शुद्धताको निर्णय गर्ने विभिन्न शाखाहरु थिए ।

यिनका संहितापाठ र पदपाठसम्बन्धी कुराहरु प्रातिशाख्य ग्रन्थहरुमा उपलब्ध छन ् । त्यसैगरी

वैदिक भाषाको अध्ययनका क्रममा निघण्टुहरु तयार भएको उल्लेख पाइन्छ । (बन्धु, २०७०,प.ृ १०)

वेदमा अनेक स्थानमा वाक्तत्त्व, भाषाको उत्त्पत्ति, व्याकरण, छन्दको विश्लेषण वाणीका भेदहरु,

मनस्तत्त्व तथा वाक्सम्बन्धी अक्षर, पद आदिको चर्चा गरिएको पाइन्छ । जस्तैः

क) अक्षर विभक्तिको धारणाः अक्षरद्वारा नै सात प्रकारका वाणीको निर्माण हुन्छ (अथर्व, ९-

१०-२) । सात प्रकारका वाणी भन्नाले सात विभक्तिलाई लक्षित गरिएको बझि
ु न्छ ।

ख) भाषाको व्यापकताः ऋग्वेदमा जहाँसम्म ब्रह्म पग


ु ेको छ त्यहाँसम्म वाणीको व्यापकता छ

भनिएको पाइन्छ (ऋक् १०-११४-२१) । यसैगरी अथर्ववेद(९-१०-२१) मा के भनिएको छ भने

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 8

समुद्रको जल वायुमा परिणत भई संसारलाई सिञ्चन गरे जस्तै हजारौँ अक्षरका समूहहरु

जगत्मा व्यापक भई सबैको कल्याण गर्दछन ् । यसरी वेदले भाषालाई व्यापक मानेको

पाइन्छ । यसको कारण मानिसको व्यापकता हो। जहाँ जहाँ मानिसहरु हुन्छन ् त्यहाँ

त्यहाँ भाषा हुनाले यो व्यापक हुन्छ ।

ग) वाक्तत्त्वको सर्वोत्कृष्टताः अथर्ववेदमा नै वाणीको क्षेत्र सर्वोत्कृष्ट विशाल छ भनिएको छ।

यसबाट पनि मान्छे लाई अरू प्राणीभन्दा श्रेष्ठ बनाउने भाषा नै हो भन्ने बुझिन्छ ।

घ) चतुर्विध वाक् ऋग्वेदमा चार प्रकारका वाणीका पदहरु भएको उल्लेख छ (ऋक् १-१६७-४५)

। यहाँ चार प्रकारका वाणीको अर्थ नाम, आख्यात, उपसउग, निपात भनिएको छ भने

कसैकसैले परा, पश्यन्ती, मध्यमा र वैखरी गरी वाणीका चार अवस्थाको सङ्केत गरे को

पाइन्छ ।

ङ) भाषिक तत्त्वको विश्लेषणः ऋग्वेदमा भनिएको छ वाणीका चार सिङ छन ्, तीन खुट्टा छन ्,

दईु टाउका छन ्, सात हात छन ्, तीन ठाउँ मा बाँधिएको वष


ृ भ ठुलो शब्द गर्दछ, त्यो महान ्

दे व मनुष्यहरुमा प्रवेश गरे को छ (ऋक् ४-५८-३) । यहाँ चार सिङको तात्पर्य नाम,

आख्यात, उपसर्ग र निपात, तीन खट्ट


ु ाको अर्थ भत
ू , भविष्यत ् र वर्तमान गरी तीन काल, दईु

टाउकाको अर्थ शब्दका दईु भेद नित्य र अनित्य, सात हातको तात्पर्य सात विभक्तिहरु,

तीन ठाउँ मा बाँधिएको भन्नाले छाती, कण्ठ र शिर भन्ने एक अर्थ गरिएको छ भने अर्को

अर्थमा एकवचन, दईु वचन र बहुवचन अथवा प्रथमपुरुष, मध्यमपुरुष र उत्तमपुरुष

भनिएको छ । महान ् भनेको वाणी हो । यसरी ऋग्वेद कालमै भाषाको विश्लेषण हुन

थालेको पाइन्छ

च) अक्षर ज्ञानको महत्त्वः ऋग्वेदमा अक्षरको ज्ञानद्वारा ऋचाको ज्ञान हुन्छ । ऋचाको

ज्ञानद्वारा व्यक्ति उच्च स्थान प्राप्त गर्छ । दे वता पनि उसप्रति आश्रित हुन्छन ् । जसले

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 9

यो ज्ञान थाहा पाउँ दै न, त्यसले ऋचाबाट के फाइदा पाउन सक्छ (ऋक् १-१६४-३९) । यसरी

अक्षर अर्थात ् उच्चारण खण्डका ज्ञानलाई वेदले महत्त्व दिएको दे खिन्छ ।

छ) ऋग्वेदमै अर्को एक सक्


ू तमा पहिलेका पर्खा
ु हरुले पदको ज्ञान गरी हामीलाई नासोका रुपमा

ती पदहरु प्रदान गरे का हुन ् (ऋक् १-६२-२) । यसबाट आधुनिक भाषाविज्ञानको भाषा

यादृच्छिक वा परम्परित हुन्छ भन्ने मान्यता वेदमा स्थापित दे खिन्छ ।

ज) व्याकरणको प्रारम्भः यजुर्वेदअनुसार प्रजापतिले रुपलाई दे खेर सत्य र असत्य अथवा

प्रकृति र प्रत्ययका रुपमा विभाजन गरे ।

झ) भाषाको आरम्भः ऋग्वेदमा वहृ स्पतिलाई भाषाको प्रारम्भक भनिएको छ । वह


ृ स्पति

सर्वप्रथमपदार्थहरुको नामकरण गर्दछन ् । यो उनको शिक्षासम्बन्धी प्रथम खुड्किलो हो ।

ञ) वाक्तत्त्वको सक्ष्
ू मताः ऋग्वेदमा कोही व्यक्ति वाणीलाई दे खेर वा सुनेर पनि बुझ्ने प्रयत्न

गर्दैनन ् जसले बुझ्न चाहन्छन ् तिनीहरुलाई वाणीकी दे वी सरस्वती कृपा गर्दछिन ् भनिएको

छ । यसरी भाषामा भौतिक ध्वनि मात्र नभएर सक्ष्


ू म अर्थ पनि हुन्छ भन्ने सङ्केत

वेदमा पाइन्छ ।

वैदिक कालसँगै उत्तर वैदिककालीन रचनाहरुमा पनि भाषिक चिन्तन मनन व्यक्त भएको

पाइन्छ । त्यस्ता उत्तर वैदिककालीन रचनाहरुमा ब्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद ग्रन्थहरु

पर्दछन ् ।

ब्राह्मण कालमा भाषिक चिन्तनः

ब्राह्मण ग्रन्धसम्म आइपुग्दा भाषाशास्त्रीय चिन्तनमा पर्याप्त विकास भएको पाइन्छ । युगयुगमा

अनेक पारिभाषिक शब्दहरु विकसित भए जसको प्रयोग पाणिनीय व्याकरणमा भएको छ ।

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 10

मैत्रायणी संहितामा विभक्ति संज्ञाको उल्लेख पाइन्छ र यसको सङ्ख्या छ बताइएको छ

(मैत्रायणी संहिता १-७-३) ।

७.१ आरण्यक कालमा भाषिक चिन्तनः

वैदिक साहित्यमा ऋग्वेदसँग सम्बद्ध दईु आरण्यक दईु छन ् ऐतेरेय र शाङ्खायन आरण्यक ।

ऐतेरेय आरण्यक ऐतेरेय ब्राह्मणको परिशिष्ट भाग यसअन्तर्गत पाँच आरण्यक छन ् । तेस्रो

भेदमा संहिता, पद, क्रमपाठ, स्वर, व्यञ्जन आदिको चर्चा छ ।

७.२ उपनिषद् कालमा भाषिक चिन्तनः

उपनिषद्मा परब्रह्म चिन्तन तथा आत्मा र मोक्षसम्बन्धी चर्चा गरिएको पाइन्छ । अक्षर ब्रह्मबाट

यो विश्वको उत्त्पत्ति हुन्छ (मुण्डकोपनिषद् १/७) । जसलाई वाणीद्वारा बताउन सकिदै न, जसले

वाणीलाई उत्त्पत्ति गर्दछ त्यही ब्रह्म हो (केनोपनिषद् १/४) । अनन्त अक्षर ब्रह्मका विद्या र

अविद्या गरी दईु रुप छन ् (श्वेताश्वेतरोपनिषद् ५/१) ।

वैदिक भाषिक चिन्तन परम्पराको चर्चा गर्दा वेदाङ्गहरुको भमि


ू का पनि उल्लेखनिय दे खिन्छ ।

वेदाङ्गहरु शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष गरी छ प्रकारका छन ् । पाणिनीय

शिक्षामा छन्द वेदका पाउ हुन ् , कल्प भनेका हात हुन ् , ज्योतिष भनेको आँखा हो, निरुक्त भनेको

कान हो, शिक्षा भनेको नाक हो र व्याकरण चाहि मख


ु हो (शर्मा, २०६३, प ृ ५४) । उल्लिखित

वेदाङ्गमध्ये कल्प र ज्योतिषमा बाहे क अन्यमा भाषिक चिन्तन गरिएको हो । कल्प

कर्मकाण्डसँग सम्बन्धित छ भने ज्योतिष याज्ञिक कर्म गर्ने समय र मूहर्तसँग सम्बन्धित छन ् ।

'शिक्षा'मा स्वरगत उच्चारणप्रकारको निर्देश छ । वैदिक स्वरको भिन्नताले उच्चारणमा फरक

पार्दछ । स्वरको भिन्नताबाट हुने उच्चारण त्रटि


ु ले इन्द्रको शत्रु वत्र
ृ ासुरको नाश भएको कुरा
वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 11

पतञ्जलिले महाभाष्यमा उल्लेख गरे का छन ् (पोखरे ल, २०७६)। यो ग्रन्थमा उदात्त, अनुदात्त,

स्वरितजस्ता स्वरको उच्चारण नियमका बारे मा पनि उल्लेख पाइन्छ । 'व्याकरण'मा शब्दहरुको

व्यत्ु त्पत्तिसहित अर्थबोधको लागि व्याकरण चाहिन्छ भन्ने कुरा उल्लेख छ । पाणिनिले

व्याकरणलाई वेदको मुख भनेका छन ् । वेदको मुख भन्नुको अर्थ शुद्ध उच्चारणको अपेक्षा हो ।

'वेदको रक्षा गर्नु र वैदिक शब्दहरुको उचित अर्थलाई प्रकाश पार्नु' (भट्टराई, २०७४, प ृ ६५)

व्याकरणको मुख्य प्रयोजन मानिन्छ ।

निरुक्तमा शब्दहरुको व्युत्त्पत्तिका साथै अर्थ निर्धारण गरिएको पाइन्छ । खासमा निरुक्त

शब्दकोशको टीका हो । वेदका कठिन शब्दहरुको सङ्कलन निघण्टुमा गरिएको छ भने त्यस्तो

कठिन शब्दहरुको व्याख्या विश्लेषण वा टीका निरुक्तमा गरिएको छ । व्याख्या विश्लेषण गर्ने

क्रममा शब्दको मल
ू रुपको ज्ञान गराउने, प्रकृति प्रत्ययको जानकारी गराउने, धातु र प्रत्ययको अर्थ

विवेचना गर्ने तथा समानार्थक र अनेकार्थक शब्दको विवेचना गर्ने काम गरिएको छ (आचार्य,

२०७२, प ृ २५) । यास्क प्रथम निरुक्तकार हुन ् । उनको निरुक्तमा चौध अध्याय रहे का छन ् ।

यसमा मूलतः शब्दको व्युत्त्पत्ति र अर्थनिर्धारण गरिएको छ ।

छन्दले वैदिक र लौकिक छन्दका बारे मा जानकारी दिन्छ । वेदका अधिकांश मन्त्रहरु छन्दोबद्ध

छन ् । वैदिक छन्दहरु गायत्री, त्रिष्टुप, जगती, पङ्क्ति आदि रहे का छन ् । पिङ्गलको छन्दसत्र
ु मा

वैदिक र लौकिक छन्दका बारे मा उल्लेख भएको पाइन्छ (भण्डारी र पोखरे ल, २०७६) ।

७.३ प्रातिशाख्य र शिक्षामा भाषिक चिन्तनः

शिक्षाग्रन्थहरु भन्दा प्रातिशाख्यलाई पुरानो मानिन्छ । उपलब्ध जानकारी अनुसार अहिलेसम्म

पाइने ध्वनिविज्ञानको सबभन्दा परु ानो ग्रन्थ ऋग्वेद प्रातिशाख्य हो । प्रातिशाख्य र शिक्षाग्रन्थ

दव
ु ैमा ध्वनिसम्बन्धी विस्तत
ृ चर्चा पाइन्छ । यी दईु मा भिन्नता पनि छ । प्रातिशाख्य

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 12

नामअनुसार कुनै एउटा वेदका शाखासँग सम्बन्धित हुन्छ । यसले त्यसका भाषिक उच्चारण

प्रक्रियाको अध्ययन गर्दछ भने शिक्षाग्रन्थले चाहिँ सामान्या उच्चारण प्रक्रिया वा वेदविशिष्ट

ध्वनिको अध्ययन गर्दछ । शिक्षाको अर्थ हुन्छः स्वर र व्यञ्जन आदिको उच्चारणसम्बन्धी शिक्षा

वा ज्ञान । उनीहरुका विचारमा दव


ु ैको प्रतिपाद्य विषय भाषिक ध्वनि नै हो । यसकारण उदात्त,

अनद
ु ात्त, स्वरित एवम ् ह्रस्व, दीर्घ, प्लत
ु आदिको उच्चारण कसरी गरिन्छ भन्ने बताउनु नै

प्रातिशाख्य र शिक्षा ग्रन्थको मुख्य उद्देश्य रहे को दे खिन्छ (भण्डारी र पोखरे ल, २०७६) । यसर्थ

यहाँ प्रातिशाख्य पनि शिक्षा ग्रन्थभित्रै समेटिएको छ ।

७.४ निरुक्त र निघण्टुमा भाषिक चिन्तनः

यास्कलाई वैदिक कालका अन्तिम भाषा चिन्तकका रुपमा लिने गरिन्छ । यास्कका निरुक्तको

आधार ग्रन्थ उनी आफैले तयार पारे को निघण्टु हो । निरुक्तमा नैघण्टुक, नैगम र दै वत तीन

काण्ड (खण्ड) र १२ अध्याय छन ् । निरुक्तको प्रथम अध्यायमा भाषासम्बन्धी चिन्तन र निर्वचन

सिद्धान्त प्रस्तत
ु छ । निरुक्त व्यत्ु पत्तिविज्ञानको प्रारम्भिक ग्रन्थ हो । यसमा यौगिक र रुढ

शब्दको विवेचन शास्त्रीय ढङ्गले गरिएको छ (भण्डारी र पोखरे ल, २०७६) । यसरी निरुक्त चिन्तन

र व्यत्त्पत्तिशास्त्रको एक प्रमख
ु ग्रन्थका रुपमा दे खिएको छ । यसकारण यास्क प्रथम

व्युत्त्पत्तिशास्त्रका रुपमा स्थापित छन ् । त्यस्तै निघण्टु भनेको कठिन वैदिक शब्दहरुको

वर्गीकृत कोश हो । निघण्टुहरु बीसवटा भएको पाइन्छ । निघण्टुमा शब्दको सङ्ग्रह मात्र छ

व्युत्त्पत्ति छै न । यसरी वैदिक भाषाका शब्दकोशका रुपमा निघण्टुहरु रहे का छन ् ।

यसरी वैदिक कालमा वाणीको उत्त्पत्तिदे खि त्यसको प्रयोग, वाक् शक्ति र वैदिक भाषाका

विभिन्न पक्षहरु जस्तै उच्चारण व्यवस्था, व्याकरण व्यवस्था, शब्दार्थ आदिका बारे मा चिन्तन

मनन भएको दे खिन्छ ।

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 13

८. लौकिक वाङ्मयमा भाषिक चिन्तन

लौकिक संस्कृतको भाषिक चिन्तनबारे चर्चा गर्दा संस्कृत वाङ्मयको विशाल शब्दभण्डारलाई

बिर्सन सकिन्न । संस्कृत वाङ्मयको परवर्ती युगमा पाणिनिजस्ता महान ् वैयाकरणको

योगदानबाट संस्कृत भाषाको मानक रुप स्थिर भएपछि संस्कृत वाङमयको विकास र विस्तार

भयो (बन्धु, २०७०, प.ृ १३)। पूर्वीय संस्कृत वाङ्मय परम्परामा लौकिक काल भनेर महाभारत

रामायणको रचनाकालभन्दा पछिको समयलाई मानिन्छ । यिनै कृतिले वैदिक युगको अन्त्य गर्दै

लौकिक युगको आमन्त्रण गरे का हुन ् । वैदिक वा शास्त्रीय संस्कृतको परवर्ती युगमा पाणिनिभन्दा

पर्व
ू महान ् चिन्तकहरुको योगदान दे खिन्छ । खासगरी यास्क र पाणिनिका बीचको अवधिदे खि

लौकिक वाङ्मयमा भाषिक चिन्तन हुन थालेको मान्यता भेटिन्छ (न्यौपाने र घिमिरे , २०७०, प.ृ

१९) । लौकिक यग
ु मा भाषा व्याकरणका अतिरिक्त दर्शन, न्याय, मीमांसा, साहित्यशास्त्र आदिआदि

क्षेत्रमा भाषिक चिन्तन भएको पाइन्छ । लौकिक युगमा 'पाणिनिजस्ता महान ् वैयाकरणको

योगदानबाट संस्कृत भाषाको मानक रुप स्थिर भएपछि संस्कृत वाङ्मयको विकास र विस्तार

भयो' (बन्धु २०७०, प.ृ १३) । यो व्याकरण मानवमेधाको महानतम ् स्मारकमा एक हो । आजसम्म

कुनै पनि भाषाको यति पूर्ण व्याकरण बनेको छै न भनी पाणिनिको व्याकरणका सम्बन्धमा

पाश्चात्य भाषाविद् ब्लम


ु फिल्डले गरे को टिप्पणीले लौकिक वाङमयमा विकसित समद्ध
ृ भाषिक

चिन्तन परम्परालाई चित्रित गर्दछ । पाणिनि, कात्यायन र पतञ्जलिलाई संस्कृत व्याकरणका

मुनित्रय भनिन्छ (बन्धु २०७०,प.ृ १३) । यी तीन मुनिहरुलाई आधार बनाएर लौकिक संस्कृत

युगको भाषिक चिन्तन र व्याकरण परम्परालाई पर्व


ू पाणिनि युग, पाणिनि युग र उत्तर पाणिनि

यग
ु भनेर तीन चरणमा छुट्यार चर्चा गर्न सकिन्छः

८.१ पूर्व पाणिनि युग

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 14

यास्कपछि र पाणिनिभन्दा अघिको समय नै पूर्व पाणिनि युग हो (बन्धु, २०७०, प.ृ १४ )। यस
युगमा एकातिर वैदिक भाषाको अध्ययनको परम्परा जीवित नै थियो भने अर्कातिर लौकिक
भाषाको अध्ययनको क्रम शुरु भइसकेको थियो । यस युगमा विभिन्न सम्प्रदायहरु दे खा परे का
छन ् । त्यस्ता सम्प्रदायहरुमा ऐन्द्र, शाकटायन, आपिशालि, शाकल्य, काशकृत्शन, गार्ग्य, गालब,
काश्यप लगायतका सम्प्रदायहरु मुख्य हुन ् (भण्डारी र पोखरे ल, २०७६) । ऐन्द्र सम्प्रदायमा प्रकृति
प्रत्यय विभाजनको चर्चा पाइन्छ । दे वताका राजा इन्द्रले सजिलोका लागि प्रकृति र प्रत्यय
विभाजन गरे का थिए भन्ने कुरा यसमा उल्लेख छ । शाकटायन समस्त प्रातिपदिक धातब
ु ाट
व्युत्पन्न भएको विचार राख्ने विद्वान मानिन्छन ् । वाजसनेय प्रातिशाख्य र ऋक् प्रातिशाख्यमा
पनि यिनको चर्चा छ । आपिशलिले व्याकरण ग्रन्थका साथै धातु पाठ, गण पाठ, उणादि सूत्र,
आपिशालि शिक्षा,अक्षरतन्त्र जस्ता ग्रन्थमा व्याकरणको चर्चा गरे को पाइन्छ । यस्तै शाकल्य
ऋग्वेदका पदपाठका रचनाकार मानिन्छन ् । गार्ग्यलाई यास्कले शब्दमूलवादी आचार्यका रुपमा र
उपसर्ग अर्थका द्योतक मात्र नभई अर्थका प्रकाशक पनि हुन ् भन्ने आचार्यको रुपमा चर्चा गरे का
छन ् (आचार्य, २०७२, प.ृ ३४) । उनी धातु र प्रत्यय स्पष्टसँग छुट्टिने शब्दलाई मात्र धातज
ु मान्दथे
।गालव ध्वनिवैज्ञानिक हुन ् । पाणिनिले अष्टाध्यायीका दईु सत्र
ु मा काश्यपका मत उल्लेख गरे का
छन ् । त्यसैगरी अष्टाध्यायीमा स्फोटायन, चाक्रवर्मण र सेनकको चर्चा गरे को पनि दे खिन्छ ।

यसप्रकार पाणिनि पर्व


ू भाषिक ध्वनिको उच्चारण प्रक्रिया र तिनमा भएका भिन्नताको निरुपण,
प्रकृति र प्रत्ययका रुपमा शब्दको विश्लेषण, भाषिक विश्लेषण गर्ने शैलीको प्रारम्भ, शब्दार्थ
सम्बन्ध र स्फोटका माध्यमबाट भाषासम्बन्धी दार्शनिक चिन्तनको प्रारम्भ हुनका साथै पदपाठ,
धातप
ु ाठ, उणादि पाठ, गठापाठ आदिको रचना भएको पाइन्छ ।

८.२ पाणिनि युग

पाणिनिको समयबारे मतभेद भए पनि यिनलाई भण्डारकर ई. पू. पाँचौ शताब्दीका मान्दछन ् र
आमाको नाम दाक्षी भएकाले दाक्षीपत्र
ु र शालातरु ठाउँ का भएकाले शालातरु ीय पनि भनिन्छ
(बन्धु,२०७०, प.ृ १४) । यस युगका केन्द्र भनेका पाणिनि नै हुन ् । उनले लौकिक संस्कृतलाई
आधार मानेर अष्टाध्यायीको रचना गरे (श्रेष्ठ, २०६५, प.ृ १९) । यही व्याकरणबाट लौकिक भाषाले
स्थिरता प्राप्त गर्यो। उनको यो अष्टाध्यी नामक व्याकरण ग्रन्थ निकै प्रसिद्ध र बहुमान्य छ ।
यसमा वैदिक र लौकिक संस्कृतका शुद्धिगत नियमहरु उदाहरणसहित दिइएको छ (शर्मा, २०६३, प.ृ
५५) । यसैका आधारमा रचिएका लघु कौमदी र सिद्धान्त कौमदी आज पनि पठनपाठन हुँदै
आएका छन ् । अष्टाध्यायीमा आठ अध्याय र प्रत्येक अध्यायमा चार पाउ छन ् र जम्मा ३९९५
सुत्रहरु छन ् (बन्धु,२०७०, प.ृ १२) । यी सत्र
ु हरु बीजगणितका सुत्रजस्तै सङ्क्षिप्त, सारगर्भित र

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 15

असन्दिग्ध छन ् । अष्टाध्यायीको पहिलो र दोस्रो अध्यायमा पदहरुको सङ्कलन, तेस्रो, चौथो र


पाँचौ अध्यायमा प्रकृति प्रत्यय विभाजन र छै टौ, सातौँ र आठौँ अध्यायमा आगम, आदे श आदि
सन्धि प्रक्रियाद्वारा गरिने शब्दनिर्माणका बारे मा विस्तत
ृ रुपमा उल्लेख गरिएको छ ।

त्रिमनि
ु मध्येका अर्का आचार्य कात्यायन हुन ् । उनले अष्टाध्यायीका आधारमा वार्तिक रचना
गरे का छन ् । वार्तिक भनेका सत्र
ू को प्रयोजन, सन्दे ह, निर्णय, विशेष व्याख्या, गुरु लाघवविचार, कुनै
अंशको त्याग र कुनै अंशको थपमध्ये कुनै एक हो (आचार्य, २०७२, प.ृ ४०) । उनले यस्ता
वार्तिकहरु पाणिनिका सत्र
ु हरुमा संशोधन र परिवर्द्धन गर्नका लागि लेखेको मानिन्छ । यस्ता
वार्तिकहरुले अष्टाध्यायीका सुत्रहरुलाई बुझ्न सघाउँ छन ् । वार्तिककार कात्यायनको समय ईशापूर्व
४५० दे खि ३०० सम्मको मानिन्छ । यिनले लोकव्यवहारबाट निर्धारित हुने र यस्तो अर्थ मुख्य
अर्थ हो भनेका छन ् ।

त्रिमुनि मध्यकै अर्का विद्वान ् पतञ्जलि हुन ् । उनले महाभाष्यको रचना गरे का छन ् । यसमा
उनले अष्टाध्यायीका बारे मा कात्यायनले उठाएका प्रश्नहरुको जवाफ दिएका छन ् । यसमा सरल र
स्पष्ट किसिमले भाषिक चिन्तन प्रस्तत
ु गरिएको छ । पतञ्जलिको जन्म ईशापर्व
ू तेस्रोदे खि
पहिलो शताब्दीका बीच भएको मानिन्छ ।

८.३ उत्तरपाणिनि युग

लौकिक संस्कृत परम्परामा त्रिमनि


ु पछिको यग
ु उत्तरपाणिनि यग
ु हो । त्रिमनि
ु को यग
ु पछि पनि
पाणिनि सम्प्रदायमा महत्वपुर्ण कार्यहरु भए । विशेष गरी त्रिमुनिको परम्परालाई जीवित राख्न
धेरै विद्वानहरुले योगदान गरे । यिनमा भर्तृहरि, कैयट र नागेशजस्ता चिन्तकहरु अनि
जयादित्य, वामन तथा भट्टोजिदीक्षित जस्ता वत्ति
ृ कार र व्याख्याताहरुको योगदान अत्यन्त
महत्वपूर्ण दे खिन्छ (बन्धु,२०७०, प.ृ ११) । अष्टाध्यायी, वार्तिक ग्रन्थ, महाभाष्य लगायतका रचनामै
टे केर उत्तरपाणिनि युगको विकासयात्रा अगाडि बढे को दे खिन्छ । यिनमा थप व्याख्या, विवेचना
गरे र विभिन्न विद्वानहरुले पाणिनिय व्याकरण परम्परा समद्ध
ृ बनाई जीवित तल्
ु याउन योगदान
दिएका छन ् । यस समयमा पाणिनिको अष्टाध्यायी पतञ्जलिको महाभाष्य जस्ता कृतिहरुको
व्याख्याका निम्ति टीका, वति
ृ , कौमद
ु ी जस्ता प्रक्रियापरक एवम ् वाक्यपदीय दार्शनिक ग्रन्थहरु
रचिएको दे खिन्छ । यस्ता ग्रन्थहरु रच्ने विद्वानहरुमा भर्तृहरि, कैयट, नागेश, जयादित्य, वामन,
भट्टजिदीक्षित आदि रहे का छन ् ।

भर्तृहरिको वाक्यपदीय र महाभाष्यदीपि, कैयटको महाभाष्य प्रदीप, वति


ृ कारहरु जयादित्य र
वामनको काशिका, भट्टजिदीक्षितको सिद्धान्त कौमद
ु ी यस्ता रचनाहरु हुन ् । यस्ता रचनाहरु

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 16

दार्शनिक र प्रक्रियापरक प्रकृतिका छन ् । यिनकै प्रभावमा उत्तरवर्ती चरणमा विकसित पालि,


प्राकृत र अपभ्रंश भाषाहरुमा व्याकरण ग्रन्थहरु रचना भएको दे खिन्छ । नेपाली व्याकरण परम्परा
पनि संस्कृत व्याकरण परम्पराबाट नै प्रभावित रहे को दे खिन्छ ।

९. वैदिक वाङ्मय र लौकिक वाङमय भाषिक चिन्तनको तल


ु ना

वैदिक संस्कृत युगमा भाषाको उत्त्पत्ति, प्रकार, वाणीको सर्वोत्कृष्टता, अक्षर, पदलगायत
व्याकरणको विषयमासमेत चिन्तन मनन भएको पाइन्छ । वैदिक युगमा भाषाको निर्वचन, शब्दार्थ
सम्बन्ध, व्यत्ु पत्ति, अर्थ आदिका बारे मा चिन्तन भएको छ । यस्तै मानव भाषाको बारे मा पनि
त्यो युगमा चिन्तन भएको दे खिन्छ । व्यवहारका लागि मानव भाषा स्वतः प्राप्त गरे को मान्यता
यस युगमा विकास भएको दे खिन्छ । त्यस्तै वेदाङ्गहरुले पनि भाषाको उच्चारण, शब्द,
व्यत्ु त्पत्ति, छन्दोबद्धता आदिका बारे मा चिन्तन मनन गरे को पाइन्छ । यसका साथसाथै मानवमा
भाषाको आविष्कार पूर्वीय दे न भएको कुरा वैदिक युगमा गरिएको पाइन्छ ।

वैदिक युगजस्तो समद्ध


ृ परम्परा लौकिक युगमा कायम रहन सकेन । लौकिक युग भाषाको
संरचना पक्षमा बढी केन्द्रित भएको दे खिन्छ । यस यग
ु मा पाणिनिको अष्टाध्यायी र त्यसमै
आधारित त्रिमुनिको सर्वोच्चता कायम रहे को छ । पाणिनिकै रचनामा आधारित रहे र कात्यायनले
वार्तिकहरुको रचना तथा पतञ्जलिले महाभाष्यको रचना गरे का छन ् । यिनै त्रिमुनिका रचनामा
आधारित रहे र उत्तरपाणिनि यग
ु मा विभिन्न व्याकरण ग्रन्थहरु र परवर्ती संस्कृत भाषिक
परम्परा भएको दे खिन्छ । तसर्थ वैदिक युग भाषाको सर्वाङ्ग व्याख्यामा र लौकिक युग भाषाको
संरचना पक्षमा केन्द्रित भएको दे खिन्छ । संक्षेपमा उपर्युक्त भिन्नताहरु नै वैदिक र लौकिक
भाषिक चिन्तनमा दे खिन्छन ् ।

१०. निष्कर्ष

पूर्वीय भाषिक परम्परालाई हे र्दा यसको नेतत्ृ व प्राचीन ऋषिमनि


ु हरुले गरे को पाइन्छ । वैदिक
संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक, प्रातिशाख्य, शिक्षा आदिलाई परम्परागत भाषिक सामग्री मानिन्छ
। त्यस्ता ग्रन्थहरु उच्चारणसँग बढी सम्बन्धित छन ् । निरुक्त, निघण्टु आदि त्यसबेलाका
कोशीय सामग्री हुन ् । पूर्वीय भाषिक चिन्तनका दृष्टिले पाणिनिलाई मुख्य मानिन्छ । वेदलाई
संसारकै सर्वप्राचीन र विशाल आकारको रचना मानिन्छ । वेदमा सबैभन्दा परु ानो ऋग्वेद हो ।
ऋग्वेदबाटै भाषिक चिन्तन परम्परा सुरु भएको दे खिन्छ । यसमा 'चत्वारि वाक् ' को विषय उल्लेख
गरिएको छ । यस्तै भाषिक उच्चारण परम्पराको विषय पनि ऋग्वेदबाटै सुरु भएको पाइन्छ ।
पछि गएर अथर्ववेदमा समेत भाषिक चिन्तन भएको पाइन्छ । वेदपछि क्रमशः ब्राह्मण ग्रन्थ,

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 17

आरण्यक, उपनिषदहरुको विकास भएको छ । तिनमा पनि भाषिक चिन्तनमनन भएको पाइन्छ ।
यसपछि विकास भएका वेदाङ्गहरुमा भाषिक उच्चारण, व्युत्त्पत्ति, छन्द आदिका बारे मा
चिन्तनमनन भएको दे खिन्छ । वैदिक कालमा वेदकै शब्दको निर्वचनका लागि निघण्टु तथा
निरुक्तहरु पनि तयार भएका दे खिन्छन ् । यसरी वैदिक परम्परा भाषाको समग्र पक्षमा केन्द्रित
भएको दे खिन्छ ।

वैदिक कालपछि लौकिक कालीन भाषिक चिन्तन सुरु हुन्छ । यस परम्परामा भाषिक संरचना
अर्थात ् व्याकरणमा बढी केन्द्रित भई भाषिक चिन्तनको विकास भएको छ। पाणिनिको
अष्टाध्यायी लौकिक भाषिक चिन्तन परम्पराको सबैभन्दा प्रसिद्ध रचना हो । पाणिनिको
अष्टाध्यायी मा वार्तिक र भाष्यहरु लेखिएका छन ् । यिनमै आधारित भएर उत्तर पाणिनि युगमा
विभिन्न व्याकरण ग्रन्थहरुको रचना भएको छ । पाणिनि र उत्तरपाणिनि यग
ु मा विकसित
भाषिक चिन्तनको प्रभाव प्राकृत र अपभ्रंश भाषामा समेत परे को दे खिन्छ । तसर्थ वैदिक र
लौकिक भाषिक चिन्तनको प्रभाव आधुनिक समयसम्म पनि उच्च रहे को दे खिन्छ ।

वीरे न्द्रकुमार बढ
ु ा
वैदिक र लौकिक वाङमयमा भाषिक चिन्तन 18

सन्दर्भ सामग्री सूची

आचार्य, व्रतराज (२०७२). पूर्वीय र पाश्चात्य भाषिक चिन्तन. काठमाडौः रत्न पुस्तक भण्डार ।
चालिसे, विदरु (२०७५, असोज). भाषावैज्ञानिक अध्ययन नै प्राचीन भाषिक पहिचानको मल
ू सुत्र,
परिवर्तन खबर, ।
ढकाल, मतिप्रसाद (२०७५). संस्कृत व्याकरणको रुपरे खा. नवलपरासीः आस्था आगम प्रकाशन ।
तिवारी, भोलानाथ (सन ् १९८५). आधुनिक भाषाविज्ञान. बनारसः वाराणिनी प्रकाशन ।
न्यौपाने, टङ्कप्रसाद (२०६९). पूर्वीय भाषिक चिन्तन परम्परा. काठमाडौः एजुकेसनल पब्लिकेसन
एन्ड रिसर्च सेन्टर ।
न्यौपाने, टङ्कप्रसाद, भण्डारी, पारसमणि र न्यौपाने, दीपकप्रसाद (२०६८). भाषाविज्ञानका प्रमुख
सिद्धान्त. काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।
न्यौपाने, महे श्वर र घिमिरे , दिनेश (२०७०). भाषाविज्ञानका प्रमुख सिद्धान्त. काठमाडौः सनलाइट
पब्लिकेसन।
ू ामणि (२०७०). भाषाविज्ञानका सम्प्रदाय. काठमाडौः एकता बक्
बन्ध,ु चड ु स ।
भट्टराई, पद्मप्रसाद ( २०७४). पौरस्त्य दर्शनः एक चिनारी. काठमाडौः विद्यार्थी पस्
ु तक भण्डार ।
भण्डारी, पारसमणि र पोखरे ल, केशवराज (२०७६). भाषाशिक्षणका दार्शनिक आधारहरु. मड
ु लमा
राखिएको पाठ्यसामग्री नेपाल खल
ु ा विश्वविद्यालय ।
भण्डारी, पारसमणि र पौडेल, माधवप्रसाद (२०६५). साहित्यशास्त्र र नेपाली समालोचना. विद्यार्थी
पस्
ु तक भण्डार ।
लम्साल, रामचन्द्र (२०६२). नेपाली भाषा र व्याकरण. काठमाडौः सनलाइट पब्लिकेसन ।
वास्तोला, हे मराज (२०७६, वैशाख). भाषिक चिन्तनमा ग्राइसको संवाद सहयोग सिद्धान्त.
काठमाडौः शिलापत्र पत्रिका ।
शर्मा, गोपीनाथ (२०६३). संस्कृत साहित्यको रुपरे खा. काठमाडौः अभिनव प्रकाशन ।
श्रेष्ठ, दयाराम र अन्य (२०६५). संस्कृत साहित्यको इतिहास. काठमाडौः विद्यार्थी पुस्तक भण्ड f र।

वीरे न्द्रकुमार बढ
ु ा

You might also like