Professional Documents
Culture Documents
नियात्राकारका रूपमा सलेन कार्थक
नियात्राकारका रूपमा सलेन कार्थक
प्रवेश
यात्रासाहित्य वा नियात्रालाई निबन्धविधाकै एउटा विशेष प्रकाश वा उपभेद मानिन्छ। नियात्रा शब्द ‘यात्रा तत्सम’शब्दमा ‘नि’ उपसर्ग लागेर
बनेको हो। यसमा प्रयुक्त नि उपसर्गले निजात्मकता वा निबन्धात्मकता भन्ने अर्थ प्रकट गर्छ। आख्यानेत्तर गद्य साहित्यक एउटा प्रमुख शाखा
आत्मपरक निबन्धबाट विकसित यो लेखन सिर्जनात्मक नव गद्य लेखनकै एउटा महत्वपूर्ण भेद हो। विश्व साहित्यमा यात्रा साहित्य नामले
परिचित यस किसिमक लेखनले विश्वसाहित्यमा पर्याप्त प्रतिष्ठा र लकप्रियता प्राप्त गरिसके को भए तापनि नामिक निरन्तरता भने अझै प्राप्त
गरेक देखिँदैन।1 नेपाली साहित्यमा पनि यस किसिमक लेखनलाई बुझाउनका निम्ति यात्रासाहित्य, यात्रावृत्त, यात्रावृतान्त, भ्रमणवृतान्त,
यात्राविवरण, यात्रासंस्मरण, यात्रानिबन्ध, नियात्रा आदि अनेक शब्दहरू प्रचलनमा आएको देखिन्छ। यद्धपि वर्तमान समयमा भने नियात्रा
शब्द नै सर्वाधिक प्रचलनमा रहेको देखिन्छ
।
नियात्रा नेपाली साहित्यमा नवनिर्मित र मौलिक शब्द भएको हुनाले यसको प्रयोग अन्यत्र पाइँदैन। बालकृ ष्ण
पखरेलले वि.सं. २०२५ सालमा प्रकाशित तारानाथ शर्माको बेलायततिर बरालिँदा पुस्तकको यी नियात्राबारे शीर्षक भूमिकात्मक लेखमा
यस शब्दको प्रथमचोटि प्रयोग गरेका हुन्। उनले नियात्रालाई यसरी परिभाषित गरेका छन्- “सत्यक निस्त वर्णन छ भने त्यस यात्रालेख
( Traval Account) र रमरमक आनन्दबाट मुछिएको छ भने चाहिँ नियात्रा कहलाउँछ”।2
यसपछि भने नेपाली साहित्यमा यात्रा निबन्धका निम्ति नियात्रा शब्दको सर्वाधिक प्रयोग भएको तथा स्वतन्त्र
साहित्यिक उपविधाका रूपमा समेत यता शब्दक प्रयोग भएको देखिन्छ।
नियात्रा लेखनमा सलोन कार्थकको प्रवेश
नेपाली परिवेशमा यात्रा र यात्रालेखनको प्रारम्भ राजनैतिक उद्देश्यबाट अभिप्रेरित भएको देखिन्छ। प्राचीन कालमा कर्णाली प्रदेशका खस
राजाहरूले आ-आफ्ना समयका राज्य विस्तारका उद्देश्यले विभिन्न भुभागको भ्रमण गरेका र त्यही अभिलेखहरू राख्न लगाएका प्रमाण
फे ला परेको छ। यही पृष्ठभूमिमा नेपाली साहित्यक पहिलो यात्रा लेखनको कृ ति मानिएको राजा गगनिराजको यात्रा शीर्षकको यात्रा वृतान्त
प्राप्त भएको छ। उक्त ग्रन्थका अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’को अनुमान अनुसार यसका लेखक करवीर रावल थिए र रचनाकाल
१५५५ तिरको मानिएको छ। यसपछि देखापरेको नेपाली यात्रा वृतान्तक अर्को महत्वपूर्ण कृ ति जङ्गबहादुरक बेलायत यात्रा हो। वि. सं.
१७११ सालमा लेखिएको यस पुस्तकलाई सम्पादन कमल दीक्षितले वि. सं. २०१४ सालमा प्रकाशनमा ल्याएका हुन्। जङ्गबहादुरक
बेलायत यात्रापछि नेपाली नियात्रा लेखनको आरम्भिक कालमा देखापरेको अर्को उल्लेखनीय कृ ति सुवेदार शेरसिंह रानाको मेरो लन्डन
राजतिलक यात्रा (वि. सं. १९७०) हो। साहित्यिक दृष्टिले यही कृ तिलाई नै नेपाली यात्रा निबन्धको पहिलो कृ ति मानिएको छ3 भने
भारतबाट देखापरेको सम्भवत यही पहिलो यात्रा निबन्धात्मक कृ ति हो। यसपछि भारतीय भूमिबाट देखापरेको अर्को महत्वपूर्ण यात्रा साहित्य
सम्बन्धि रचना एलिसा राजमती प्रधानको स्कोट्लेन्डको बखान गोर्खे खबरकागतको सन् १९३० को जनवरी, फरवरी र मार्चका अङ्कहरूमा
क्रमश प्रकाशित भएको कु रा नियात्राकार सलोन कार्थकले विश्व एउटा पल्लो गाउँ मा उल्लेख गरेका छन्। 4 यसरी नै वि. सं. २०१४ सालमा
1
निमहर्ही व्यास, यात्रा साहित्यक स्वरूप र विशेषता, (रत्न वृहत नेपाली समालचना- सैद्धान्तिक खण्ड), पृ. ११।
2
तारानाथ शर्मा, बेलायततिर बरालिँदा, काठमाडौँ, साझा प्रकाशन, पृ. व ।
3
गीता त्रिपाठी, नेपाली नियात्रा सिद्धान्त र प्रयोग, पृ. ६२।
4
सलोन कार्थक विश्व एउटा पल्लो गाउँ, पृ. १५७।
प्रकाशित लैनसिंह बाङ्गदेलको युरोपको चिट्ठी ले नियात्राको आधुनिक कालको स्थापना र विकासमा ठू लो टेवा पुऱ्याएको मानिन्छ। यसपछि
तारानाथ शर्माको बेलायततिर बरालिँदा नियात्रा सङ्ग्रह प्रकाशित भएपछि भने नियात्रा शब्द प्रचलनमा आउनका साथै नियात्रा लेखक निक्कै
माथिल्लो चूलीमा पुगेको मानिन्छ। शर्मापछि नियात्रा लेखनमा नेपालतिरबाट धेरै नियात्राकारहरू सक्रिय रहेका देखिन्छन्। यद्धपि भारतबाट
भने सन् १९७६ मा समुद्रवारि समुद्रपारि को प्रकाशनपछि मात्रै नियात्रा लेखनतिर ध्यान आकृ ष्ट भएको देखिन्छ। नियात्राकार सलोन कार्थक
प्रथमत उनी स्वयमद्वारा सम्पादित र सङ्कलित यही कृ ति लिएर भारतीय नेपाली साहित्यमा नियात्राकारका रूपमा देखापरेका हुन्।
4. स्थानीयता
यात्रा सँधै कु नै स्थानसँग नै सम्बद्ध हुन्छ। यसर्थ स्थानीयता पनि नियात्रालेखनको महत्वपूर्ण पक्ष हो। नियात्राकार कार्थकले पनि
आफ्ना नियात्राहरूमा यात्राकृ त स्थलहरूको प्राकृ तिक, भौगोलिक, सामाजिक, आर्थिक एवम् सांस्कृ तिक परिवेशको
सफलतापूर्वक चित्रण गरेका छन्। उदाहरणका निम्ति यहाँ उँठ, हात्ती र बाँदरको गुलाफी शहर जयपुर, राजस्थानको भौगोलिक
एवम् प्राकृ तिक परिवेशलाई अकृ त्रिम रूपमा प्रस्तुत गरिएको नियात्रा अंश उद्घृत गरिन्छ,
“जब हाम्रो सवारी राजस्थान राज्यमा प्रवेश गर्छ- रुगरुगे डाँडाहरू, पाखा पखेराहरूमा पुड्कापुड्की पौधाहरू
अटाउन आउँछ। सवारीबाट नै सडको छेउमा एकल उँठ आफ्नो मालिकको निर्देशनमा काठको गाडा तानेर लमकलमक अघि
बडिरहेको हेर्छु। अब चाहिँ राजस्थानमा आइपुगेको अनुभव गर्छु”।
(विश्व एउटा पल्लो गाउँ- पृ. १३४)
यसरी नै कार्थकले आफ्ना नियात्राहरूमा आफू ले भ्रमण गरेका विभिन्न स्थानहरूको सांस्कृ तिक परिवेशलाई पनि खुबै
सफलतापूर्वक टिपेका छन्,
“चढ्नुपर्ने लिफ्टमा कोरियन किशोरी गाइडहरूले कम्मरसम्म झुके र स्वागत अभिवादन गर्दाररहेछन्। यो प्रसङ्गमा
कोरियन जीवन संस्कृ तिको एउटा कु रा सान्दर्भिक ठहर्छ- यो कोरियन शिष्टाचार रहेछ। कोरियन जीवन पद्धतिउपर
कन्फ्यूसिअसको ठू लो प्रभाव रहेछ। ठू ला बडाहरूको आदर-इज्जत गर्नु, अफिसमा हाकिमभन्दा ढिल्याएर पुग्नु र हाकिमभन्दा
चाँडो अफिसबाट उठेर हिँड्नु अभद्रता ठानिदोरहेछ”।
( विदेशतिर रिङ्दै जाँदा, पृ. ५१)
5. आत्मपरकता वा निजात्मकता
नियात्रा निजात्मकताप्रधान लेखन भएको हुनाले यसमा निजात्मकताको स्थान अत्यन्त महत्वपूर्ण हुन्छ। कार्थकले आफ्ना
नियात्राहरूलाई सके सम्म निजात्मक चिन्तन र अनुभूतिले रङ्गाएर ती नियात्राहरूलाई यात्रा विवरण मात्रै हुनबाट जोगाएका छन्।
बैङककमा प्रथमपल्ट बाइक टेक्सीको सवारी गर्नुपर्दाके घटनालाई उनले निजात्मक रङ्गमा रङ्गाएर खुबै कु सलतासाथ पाठमाथि
राखेका छन्,
“यो चाकलो, चिल्लो, चम्किलो र बाक्लो साना ठू ला आकारका द्रुत गतिमा होसबिना हुतिने हजारौँ सवारी
साधनहरूको विचमा हामी चढेको बाइटेक्सी कारणवस जिप्टियो, चेप्टियो, पोखियो भने त मेरो यस यात्राको यो समस्यालाई
हल नगरी शेष पो हुन्छु कि भनी झ्वाट्टै साँच्छु ”।
(गोलार्द घुमाइका रङ्गहरू, पृष्ठ३०)
यसरी नै इटलीको साँघुरो सड़कमा गर्नुपरेको यात्रालाई पनि नियात्राकार कार्थक खुबै रोचकताका साथ नियात्रामा प्रस्तुत गर्छन्,
“साँघुरो, घुमाउरो सड़क र कति सड़कहरूतिर सवारी दुवै तर्फी मोड्ने स्वतन्त्रता हुँदा कतिचोटि म
चडेको सवारी अर्को सवारीसँग जुधे-जुधेको महसुस गर्छु। बसेको सीटबाट आफू पोखिएको पोखिएको झै लाग्छ। आफ्नो मुटु पनि
चिम्टाले चेपेको अनुभव अङ्गाल्छु ”।
(विश्व एउटा पल्लो गाउँ, पृ. ७७)
6. आत्मीयता
आत्मीयताको कारणले गर्दा नै नियात्राकार सलोन कार्थकका नियात्राहरू विशिष्ट बनेका छन्। आत्मीयताको कारणले गर्दा
यात्राकृ त स्थलहरूमा भेटिएका पात्र, परिवेश र प्रकृ तिसँग उनको निकटतम सम्बन्ध स्थापित हुनसके को देखिन्छ। कार्थक
आफू ले भ्रमण गर्न पुगेका ठाउँहरूको प्राकृ तिक परिवेशसित सके सम्म गहिरो आत्मीयता स्थापित गर्न चाहान्छन्,
“यो छोटो भ्रमणमा वनको यो प्रकृ ति सुन्दरता मात्र मैले उपभोग गरेको छैन तर साना साना छङछङ गर्ने झरनाहरू,
ठू लाठू ला निश्चल तालहरू, मेक्सिको खाडीको छालहरूले बजाएका थपडीहरूमा पनि आनन्द लिन्छु ”।
(पदयात्रा गाउँको फन्को विदेशको, पृ. २७)
यात्राकृ त ठाउँहरूको प्राकृ तिक परिवेशसित मात्रै नभएर ती ठाउँहरूमा भेटिएका विभिन्न जाति र वर्गका मानिसहरूसित पनि
नियात्राकार उत्तिकै आत्मीय सम्ब्नध स्थापित गर्न पुग्छन्। भारतको कन्याकु मारी जस्तो सुदुर ठाउँमा माझी पेशा अपनाएर
जीवन धान्न निम्नवर्गमा मानिसहरूसित समेत आत्मीय भाव राख्न पुग्छन्। यही आत्मीयताकै कारणले गर्दा नियात्राकारलाई
तिनीहरूले भोग्नुपरेको पिडा स्वयम् आफै ले भोग्नु परेझैँ अनुभव हुन्छ। विश्वका विभिन्न ठाउँहरूमा पिडादायक एवम् कष्टसाध्य
जीवन धान्न बाध्य बनेका आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीहरूप्रति त झनै उनको आत्मीयता र सहानुभूति अझ प्रगाढ र
प्रबल देखिन्छ।
7. कल्पनाप्रवणता
कु नै पनि कु राको सपाट वर्णले मात्रै साहित्यिक सौन्दर्य सिर्जना गर्न नसकिने हुनाले नियात्रामा पनि कल्पना तत्वको विशेष महत्व
हुन्छ। यद्धपि कवितामा झै अत्याधिक कल्पनाशीलता भने नियात्रामा पाइन्दैन। कल्पनाको समुचित प्रयोगकै कारणले गर्दा नै
पाठकहरू कार्थकका नियात्राहरू प्रति आकृ ष्ट र सम्मोहित भएका छन्। कार्थकका नियात्राहरूमा पाइने कल्पनाशीलताको एउटा
नमुना यहाँ प्रस्तुत गर्न सकिन्छ,
“सूर्योदय र सूर्यास्तका दृश्यपानका लागि प्रसिद्ध कन्याकु मारीको तटमा वारपार लाखौ पर्यटकहरूको
उन्माद यो घडी बढ्दो छ। विभिन्न ज्योतिर्मय रङ्गहरूले पोत्दै पोत्दै एउटा अन्य सूर्य उदाउँछ। लाखौ पर्यटकहरूको ताली र
सामुद्रिक छालको गर्जन मिश्रणमा एउटा अस्पष्ट नौलो सङ्गीतको जन्म हुन्छ”।
यसरी नै पश्चिममा प्रसिद्ध साहित्यकार टामस् हार्डीको जन्मस्थान हार्डीस कटेजको बाहिरी परिसरको वर्णनमा पनि कार्थकको
कल्पना प्रविणता स्वत स्पष्ट हुन पुगेको छ,
“बाहिरको जीवन्त परिसरमा छिर्के मिर्के रङ्गका पुतलीले शब्दमा फु लेको फू ललाई अरू आकर्षक गरेर
स्पर्श गरिरहेको आँखामा अटाउँछ। पात पहेलिँदै गएको बोट विरुवा विचमा ऋतुको रातो गुलाफ मस्त फु लेको देख्छु ”।
8. चित्रात्मकता
चित्रात्मकता पनि नियात्राकार कार्थकका नियात्राहरूमा पाइने उल्लेखनीय पक्ष हो। विभिन्न विम्ब, अलङ्कार र प्रतीकहरूको
समुचित प्रयोगद्वारा पाठको मनमा यात्राकृ त स्थलहरूको चित्रात्मक छवि प्रस्तुत गर्नसक्नु कार्थकको नियात्रा लेखनको सबल पक्ष
मान्न सकिन्छ। स्वीट्जरल्याण्डको यात्रामा निस्किएका नियात्राकार कार्थक आफ्नो घरको बैठक कोठाको भित्तामा शोभित
तस्बीरको समेत खुबै चित्रात्मक रूपमा वर्णन गर्छन्,
“हाम्रो घरको बैठक कोठाको एउटा भित्तामा सपनाको स्वीटजर्ल्याणडको एउटा गाउँ छ। त्यसको
पृष्ठभूमिमा अभिभावकको रूपमा स्वीस आल्पस पर्वत ऋं खला आफ्नो सम्पूर्ण सुन्दरतामा साजसज्जासँग प्रस्तुत छ। यसको
मुन्तिर उभेका गोरूको जुरो जस्ता डाँडाकाँडाहरू र सलहका बोटहरू स्वरूपवर्धक र शानसँग उभेका छन्। सबैभन्दा तल
विशाल हरिया तृणभूमि.... त्यहाँ बसौबसौ र प्रियेसँग हातमा हात राखी मनका खुशीहरू बाटौबाटौ लाग्छ”।
(विश्व एउटा पल्लो गाउँ, पृ. ४४)
यसरी नै आनन्दमानका जरुवाहरूको चित्रण पनि कार्थकले खुबै सजीव रूपमा गरेका छन्। जरुवाहरूसित जरुवावास जङ्गलमा
भेट भएपछि ती आदीवासीहरूको चित्र नियात्राकार कार्थक आफ्नो नियात्राको क्यानभासमा यसरी उतार्छन्,
“कराहीको पिँध जत्तिकै कालो वर्णका जरुवाहरू कम्मरदेखि माथि शरीरको नग्न भागलाई कालो
रङ्गहरूले पोतेका, घुङघुर जस्तो के स, तुल्नात्मक रूपमा हामी पहाडका मानिसहरूभन्दा पुङका.....”।
9. स्वध्रतीप्रेम र तुलनात्मकता
स्वधर्तीप्रेम र तुलनात्मकता पनि नियात्राकार कार्थकका प्राय: सबै नियात्राहरूमा पाइन्छ। यात्राका क्रममा आफू जहाँ पुगे तापनि
उनको अनतर्मनमा आफ्नो धर्ती र जातिप्रति अतिनै आस्था, प्रेम र आकर्षण देखिन्छ। आफू जन्मेको भूमी र प्रकृ ति, आफ्नो
जाति र संस्कृ ति रहनसहन तथा भाषाप्रतिको प्रेम उनका नियात्राहरूमा अभिव्यक्त भएको देखिन्छ। दृष्टान्तका निम्ति के ही
नियात्रा अंशहरू यहाँ उद्घृत गरिन्छ,
क) “परदेशमा आफ्नो मानिस र जाति यहाँ त्यहाँ छन् भन्ने कु रो जब जब थाहा पाउँछु म गर्नु पर्ने अरू
थोकहरूलाई दोस्रो तेस्रो पङ्कतिमा झारेर भेटघाट गर्ने कामतर्फ उन्मुख हुन्छु ”।
ख) “विश्वको कु नै ठाउँमा विचरण किन नगरू आफ्नै जाति, संस्कृ ति बोक्न व्यक्तित्व भेटिए वा
तिनीहरूका स्थल घुम्न प्राप्य भए यात्राको महत्व मह जस्तो मिठो र मूल्यवान् मलाई लाग्छ”।
स्वधर्तीप्रति प्रेमपूर्ण भावना राख्नका साथै यात्राकृ त स्थलहरूलाई आफ्नो स्वधर्तीसित तुलनात्मक रूपमा प्रस्तुत गर्नु पनि
कार्थकको नियात्रा लेखनको विशेषता मान्न सकिन्छ।
उदाहरणार्थ,
“जसरी दार्जीलिङको निम्ति एउटा गर्व गर्ने कु रा दार्जिलिङको सानो रेल हो, त्यसरी नै हङकङको गर्व
गर्ने एउटा सानो कु रो छ पीक दाम ( शिखर छैन) स्वीकार्दै रहेछ”।
“वाह! यो सडक चालीस वर्षसम्म बनाउनु पर्दैन? म हाम्रो ठाउँमा फर्के र आउँछु , रातभरि पानी परे नयाँ निर्माण गरी सिध्यायौ
भन्नेको सडकहरू चालीस घण्टाभित्र दबेर वा भत्के र जान्छ....।
......स्वीजर्ल्याण्ड हाम्रो तालको मनस्थितिले बन्नु सम्भव रहेनछ भन्ने निष्कर्ष निकाल्नु सक्छु ”।
10. चिन्तनशीलता
चिन्तन वा विचारतत्त्वलाई कु नै पनि साहित्यिक लेखनको आत्मा मान्न सकिन्छ। यात्राक्रममा आफू ले सञ्चयन गरेका अनुभव र
ज्ञानका साथै आफ्नो लेखकीय चिन्तन र विचारलाई समेत कार्थकले आफ्ना नियात्राहरूमा प्रस्तुत गरेको भेटिन्छ। उनी आफ्ना
नियात्राहरूमा प्रस्तुत गरेको भेटिन्छ। उनी आफ्ना नियात्राहरूमा चिन्तनशील देखिन्छ्न। कहिले उनी स्वजातिले विदेशमा
भोग्नुपरेको अस्तित्व सङ्कटप्रति चिन्तनशील देखिन्छन् भने कहिले नेपालीहरूले विदेशमा भोग्नु परेको कष्टसाध्य जीवनशैलीप्रति
त कहिले जीवन जगतप्रति नै उनी चिन्तनशील देखिन्छन्।
उदाहरणार्थ
“कतिपल्ट अतीत कति काम लाग्दो हुन्छ। यसैले सोच्नुपर्छ है वर्तमानलाई प्रेमसँग मौनतामा म मनमनमा
भन्छ”।
(पदयात्रा गाउँको फन्को विदेशको, पृ. ४२)
“एउटा मान्छेले आफू उभेको भूमिमा जबसम्म आत्मसम्मानसँग स्वतन्त्रताको बोध गर्दैन ऊ हाँसेर पनि
हाँसेको हुँदैन। ऊ त्यहाँ हाँस्न सक्छ भने उ एउटा नयाँ अलौकिक व्यक्ति भएको हुनुपर्छ”।
(पदयात्रा गाउँको फन्को विदेशको, पृ. ५७)
काव्यात्मक ढाँचामा संवादहरूका साथै कार्थकका नियात्राहरूमा आलङ्कारिक पक्षबाट पदावलीहरूको पनि प्रयोग पाइन्छ।