You are on page 1of 15

4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना

खोज अनुसन्धान पर्यावरण साहित्य

साहित्यपोस्ट
ज्येष्ठ २२, शनिवार ११:३४

712  Share  Tweet  Subscribe


SHARES

https://sahityapost.com/environment-literature/39392/ 1/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

कतिपयले भने—इकोलोजी विज्ञानको विषय हो, वातावरणविद् विज्ञानीबाहेक


यसमा अरुको काम छैन। वास्तवमा, पर्यावरण भनेको जीव मात्रले स्वास फे र्ने
वायुजस्तो सर्वव्यापी तत्त्व हो। यसमा हरेक व्यक्तिको समान अधिकार छ; कर्तव्य र
दायित्व पनि कसैको कम छैन। त्यसैले यो विषयलाई शिक्षानुष्ठानहरुले पाठ्यक्रममा
अन्तर्भूक्त गरेका छन् भने कलाकार, लेखकहरुले पनि आफ्ना सिर्जनामा समेटेका
छन्। वातावरणलाई मुख्य विषय बनाएर लेखिएको परिवृत्तीय साहित्य अहिले खुबै
महत्त्वपूर्ण भएको छ। पर्यावरण चेतना हाम्रो साहित्यमा पहिले नभएको होइन, हाम्रा
ऋषिमुनिहरुले द्यौशान्तिरापशान्तिरोषधय शान्ति भनेकै हुन्। लेखनाथ पौडेलको
तरुण तपसी (नव्यकाव्य) परिवृत्तीय साहित्य कै नमुना हो। चरीले छादेको रगतको
थोपामा सिङ्गो पृथ्वी नै डु बेको देख्ने कवि लेखनाथलाई श्रेष्ठ नेपाली इको-कवि भन्न
सकिन्छ। मान्छेले गरेको अविवेकी कर्मले पर्यावरणको सन्तुलन बिग्रिँदै खतराको
तहमा पुगेपछि परिवृत्तीय सिद्धान्त विकसित भयो। सैद्धान्तिक रुपमा पश्चिमेली
जगतमा यो चेतना 1960 को दशकदेखि विकसित भएको हो। यसमा परिवृत्तीय
विज्ञानको आधारमा साहित्य सिर्जना र समालोचना गरिन्छ। इकोलोजी (जर्मन
okologie) शब्द सर्वप्रथम जर्मन विज्ञानी अर्नेस्ट हेके लले प्रयोग गरेका हुन भने
जर्जिया विश्वविद्यालयका प्रोफे सर इउजिन ओडम (1913-2002)लाई इकोलोजीका
जनक मानिन्छ।

https://sahityapost.com/environment-literature/39392/ 2/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

सन् 1992 मा अमेरिकामा स्थापित द एसोसिएसन फर द


स्टडी अफ लिट्रेचर एन्ड एन्भायोमेन्ट नामको संस्थाले निकै
काम गरेको छ। भारतको उत्तराखण्ड अञ्चलमा सन 1973 मा
ख्यातिप्राप्त गान्धीवादी नेता सुन्दरलाल बहुगुनाको नेतृत्वमा
छेडिएको ‘चिपको आन्दोलन’ सारा विश्वको दृष्टि आकर्षण
गरेको थियो। असम राज्यको माजुली टापुमा यादव पायेङ(1963-) नाम गरेका
एकजना फरेस्टरले अरण्यको संरक्षणमा समर्पित भएर ‘अरण्य मानव’ आख्या
पाएका छन्। उऩले आफ्नो निवासको छेउछाउमा रुख रोपेर कृ त्रिम अरण्यको सृष्टि
गरेका छन। यसरी कतै व्यक्तिगत कतै संस्थागत रुपमा पर्यावरण सुरक्षाका काम
हुँदै छन् ।

समसामयिक विश्वसाहित्यमा परिवृत्तीय साहित्य सिर्जनाको महत्त्व बढेको छ। रचेल


कार्सनको द साइलेन्ट स्प्रिङ इकोलोजीको विज्ञानलाई ध्यानमा राखेर लेखिएको
साहित्यको पहिलो दृष्टान्त कथा हो। सन 1962 मा प्रकाशित कार्सनको यस कृ तिले
परिवृत्तीय लेखनको इतिहासमा ठू लो परिवर्तन ल्यायो। कीटनाशकको अत्यधिक
प्रयोगले पर्यावरणमा प्रतिकू ल असर पर्छ भन्ने कु रा यस ग्रन्थमा उल्लेख गरिएको छ।
मलेरिया निर्मूल गर्न व्यापक रुपमा डिडिटीको प्रयोग गर्नाले वनस्पति र प्राणीजगत
सखाप हुनसक्छ भन्ने चेतावनी एउटा मिथकको माध्यममा दिइएको छ। रेमन्ड
विलियम्सको द कन्ट्री एन्ड द सिटी शीर्षकको ग्रन्थमा उद्योगीकरणका कारणले
इङ् लैन्डको जनजीवनमा आएका सामाजिक, अर्थनैतिक र सांस्कृ तिक परिवर्तनको
चर्चा गरिएको छ। पर्यावरणमा पनि यसको नकारात्मक प्रभाव परेको स्पष्ट छ। अर्को
सन् 2003 मा नोबेल पुरस्कारले सम्मानित ग्रन्थ छ, जे. एम कोत्जीको ‘डिस्ग्रेस’ ।
1999 मा प्रकाशित यस उपन्यासमा लैङ्गीक र नृगोष्ठीय हिंसामाथि प्रकाश पारिएको
छ। जीवजन्तुको अधिकारका विषयमा पनि कोत्जीले वकालत गरेका छन्। इन्द्र
सिन्हाको बहुचर्चित उपन्यास ‘एनिमेल्स पिपुल’ भारतको भोपालमा भएको ग्यास
त्रासदिमा आधारित छ। सन् 1984 को 2-3 दिसम्बरमा भोपालको युनियन कार्बाइड
इन्डिया लिमिटेडको कीटनाशक उद्योगबाट विषाक्त ग्यास निर्गत हुनाले हजारौं

https://sahityapost.com/environment-literature/39392/ 3/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

जीवकु लको मृत्यु भयो, बाँचेका कति पङ्गु भएका थिए। यो पर्यावरण विनाशकारी
भयङ्कर दुर्घटना थियो। यस उपन्यासमा चार पाउका भरमा पशुसरह हिँड् न बाध्य
भएको किशोरको करुण कथा छ। उसैगरी रिचर्ड पवार्सको ओभरस्टोरी परिवृत्तीय
मूल बनाइएको एक उत्कृ ष्ट उपन्यास हो। युक्रे नको चेर्नोबिलमा 1986 मा घटित
न्युक्लियर विस्फोटको आधारमा अमेरिकी सिने डाइरेक्टर क्रे ग मेजिनले ‘चोर्नोबिल’
भन्ने पटकथा लेखेका छन्। अंग्रेजी लगायत अन्य विकसित भाषाहरुमा परिवृत्तीय
साहित्यका अनगिन्ती ग्रन्थ रचिएका छन्। नेपाली भाषामा के ही फु टकर रचना
प्रकाशित नभएका होइनन् तर पुस्तकाकारमा भने कृ तिको संख्या नगण्य छ।

नेपाली साहित्यमा यस सिद्धान्तलाई भित्र्याउने र यस सिद्धान्तको आधारमा कृ तिको


समीक्षा गर्ने र यसको विकासमा निरन्तर लागिपरेका समालोचक डा. गोविन्दराज
भट्टराई हुन्। उनको उत्तरआधुनिक विमर्श शीर्षकको ग्रन्थमा एउटा सिङ्गो अध्याय नै
परिवृत्तीय साहित्य र समालोचनामा के न्द्रित रहेको छ। उसैगरी उनको निबन्ध संग्रह
‘मिर्मिरेमा दस पाइला’मा समेटिएका दशवटा निबन्ध पर्यावरणका दृष्टिले महत्त्वपूर्ण
छन्। अमर नेम्बाङको सम्झनाका तरेलीहरु (संस्मरण संकलन) नेपाली परिवृत्तीय
साहित्यको उत्कृ ष्ट कृ ति हो। यसमा मौसम परिवर्तन गर्दा उब्जाउ खेतहरु मरुभूमिमा
परिवर्तन भएको, बाढी, पहिरो र त्यसका भयङ्कर परिणाम अनिकाल, भोकमरी आदि
समस्याको उल्लेख पाइन्छ। हामीले वातावरण सन्तुलनलाई भत्काउँदै गयौँ भने
त्यसको भयङ्कर परिणाम हुने चेतावनी भन्न सकिन्छ। लेखक नेम्बाङ वनस्पतिसँग
सम्वाद गर्दछन्। ग्रन्थमा पशुप्राणी, माटो, हावा, पानी आदि प्रकृ तिका सबै तत्त्वहरु
प्रेमपूर्ण छन्। मान्छेको छल-कपट र विश्वासघाती चरित्रलाई समेत लेखकले उदाङ्गो
पारेका छन्। मान्छे चरा-चुरुङ्गी, नदी-पहाड आदिलाई लिएर सुन्दर कविता लेख्छ
तर व्यवहारमा उल्टो छ। ध्रुवचन्द्र गौतमको जेलिएको (उपन्यास), सञ्जय वान्तवाको
त्यो गाउँमा-त्यो बस्तीमा (कविता संकलन), अविनाश श्रेष्ठको करोडौं सूर्यहरुको
अन्धकार, मनप्रसाद सुब्बाको आदिम बस्ती, राजेन्द्र भण्डारीको क्षर अक्षर आदि
कृ तिलाई नेपाली पर्यावरण साहित्यका उदाहरणका रुपमा लिन सकिन्छ।

https://sahityapost.com/environment-literature/39392/ 4/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

पर्यावरण विज्ञानमा स्नातकोत्तरको डिग्री हासिल गरेर पर्यावरण विशेषज्ञका रुपमा


लन्डनमा कार्यरत विजय हितान इकोराइटिङमा समर्पित सर्जक हुन्। उनका
कृ तिहरुमा थकित पृथ्वी (कथा संग्रह) र वाग्मती ब्लुज (कविता संग्रह) परिवृत्तीय
सिर्जनाका नमुना हुन। इ-पत्रिकामा प्रकाशित हितानको वुहान, कोरोना र ब्लु प्लानेट
शीर्षकको कथालाई नेपाली भाषाको परिवृत्तीय थिमको दृष्टान्त आख्यान मान्न
सकिन्छ। विगतका के ही वर्षदेखि 5 र 6 जूनका दिन हितानको अगुवाईमा विश्व
पर्यावरण दिवसमा नेपाली साहित्य संगोष्ठीको आयोजन गरिन्छ। गत वर्ष (2020)
का जसरी यो वर्ष पनि पर्यावरण एक्टिभिस्ट उऩै विजय हितानको संयोजनमा
लन्डनबाट भर्चुअल संगोष्ठी हुने अनि त्यस दिन स्वच्छन्द सुसेलीहरु-2 (पर्यावरण
कविता सङ्कलन) र असमका कवि डा. देवेन सापकोटाको पर्यावरण थिममा रचित
कविताहरुको सँगालो परिश्रान्त पृथ्वीको लोकार्पण हुने जानकारी पाइएको छ। यी
दुवै कृ तिले नेपाली पर्यावरण काव्य साहित्यको घडेरी दर्बिलो पार्नेछन्, त्यसमा कु नै
शङ्का छैन।

मान्छे जीवश्रेष्ठ प्राणी हो। जीवश्रेष्ठ भनेको अरु जीवहरुको हक खोसेर उनीहरुलाई
अत्याचार गरेर मौज गर्नु होइन। जीव होस वा जड, पृथ्वीका सबै तत्त्वहरुको संरक्षण
गर्नु जीवश्रेष्ठ प्राणी हुनाको नाताले मान्छेको परम कर्तव्य हो। तर अविवेकी मान्छेले
आफ्नो भौतिक सुखसुविधाका लागि विज्ञान र प्रयुक्तिको नाममा नाना थरिका
सङ्कटलाई निम्त्याएको छ। ओजन लेयरमा ठु ला ठु ला प्वाल पर्नाले त्यसबाट सूर्यको
विनाशकारी आल्ट्राभायोलेट रश्मि छिरेर पृथ्वीको जीवजगतलाई खतरामा पारेको
छ भने ग्लोबल वार्मिङले गर्दा मेरुप्रदेशको हिउँ पग्लेर सबै जलमग्न हुने डर छ।
मान्छेको भौतिक सुख र चाहनाले पृथ्वीलाई नै विध्वस्त पार्ने डरले त्रस्त छन् सबै।
अक्सफोर्ड युनभर्सिटीबाट विद्यावारिधि गरेका जेरुसलेमको हिब्रु विश्वविद्यालयका
प्रोफे सर तथा लेखक नोवाल हरारीले उनको सेपिएन्स भन्ने ग्रन्थमा मान्छेले आफ्नो
भौतिक सुखका लागि पर्यावरणमा आतङ्क मच्चाएको कु रा उल्लेख गरेका छन्।
यतिखेर ग्रेटा थनबर्ग नामकी किशोरी पर्यावरण एक्टिभिस्ट सारा विश्वको दृष्टि
आकर्षण गर्न सफल भएकी छन्। उनी राष्ट्र संघको वातावरण कन्फरेन्समा भाग लिन

https://sahityapost.com/environment-literature/39392/ 5/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

इंग्लैन्डदेखि पानीजहाजमा चौध दिनको यात्रा गरी न्युयोर्क पुगेकी थिइन्। उनले
विकसित राष्ट्र का टाउके हरुलाई हाउ डेयर यु…. भनेर ललकारेकी छन्।

इकोलोजी भन्नाले वनस्पति र प्राणीबीच प्राकृ तिक रुपले रहने अन्योन्याश्रित


सम्बन्धलाई बुझाउँछ। इकोलोजीले प्राणी, वनस्पति, भूगर्भ र मौसमको प्राकृ तिक
तालमेलको विज्ञानलाई अध्ययन गर्दछ अनि त्यो प्राकृ तिक तालमेल यथावत राख्ने
प्रयत्न गर्दछ।

प्राकृ तिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु,
जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको सिकार गर्नु, खानि खन्दै पहिरो लडाउनु,
जङ्गललाई साफ गर्नु—गम्भीर चिन्ताका विषय हुन। पशुपालनका परम्परित विधि
हराएपछि, कृ षिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन थालेको छ।
भारतको धनवादस्थित चासनाला कोइला खानीको दुर्घटना (1975), भोपाल ग्यास
विपद् (1984), युक्रे नको चेर्नोबिलमा 1986 मा घटित न्युक्लियर बिस्फोट,
अस्ट्रेलियाको जङ्गलमा भएको आगलागी, असमको बाघजानमा भर्खरै हुनगएको
ग्यास लिक(2020) तथा आगलागी र यस प्रकारका अरु धेरै मान्छेको गैरजिम्मेदारी
र लापर्वाहीले गर्दा घटित दुर्घटनाहरुले पर्यावरणमा ठू लो क्षति पुर्याएका छन्। यी
कु राको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो। परिवृत्तीय
साहित्यमा र तिनको समालोचनामा तिनै कु रा हुन्छन भनेर भट्टराईले विषयलाई
छर्लङ्ग पारेका छन् । फे रि इकोराइटिङलाई छ वटा दृष्टिकोणले हेरिन्छ भन्ने कु रा पनि
भट्टराईको ग्रन्थमा उल्लेख छ। ती हुन—

1. इकोलोजी। यसमा इकोसिस्टम, इकोलोजिकल निस र फु ड चेनका हाँगा छन्।


2. मानवके न्द्री तथा पर्यावरणके न्द्री
3. इकोफे मिनिजम
4. प्रकृ तिको महत्त्व
5. ग्राम्यता र अप्रदूषित परिवेश र
6. रोमान्टिकता

https://sahityapost.com/environment-literature/39392/ 6/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

इकोकृ टिसिजमको दृष्टिले कृ तिलाई मूल्याङ्कन गर्न खोज्ने आजको समालोचकले


उल्लेखित बुँदाहरु बुझेको हुनु पर्दछ।

परिवृत्तीय समालोचना र यसका आधार


विज्ञानको सहारा लिएर पृथ्वीलाई नष्ट गर्ने काममा मानिस लागेको लाग्यै छ। त्यस
कार्यको विरोधमा लेखिएको साहित्य नै पर्यावरण साहित्य हो। यस्तो प्रकारको
लेखनलाई इकोक्रिटिसिज्मले मात्र मूल्याङ्कन गर्न सक्तछ। कथा, कविता, निबन्ध,
नाटक आदि शून्यमा लेखिँदैनन्। कु नै ठाउँ, त्यसको प्रकृ ति, भूगोल, इतिहास
संस्कृ ति आदि तत्त्वहरुले व्यक्तिको दिमागमा क्रिया गरिरहेका हुन्छन् अति ती सबै
कु रा लेखकको सिर्जनामा आउँछन्।

लरेन्स बुयल (1939– ) पारिस्थितिक समालोचनाका अग्रदूत हुन्। उनको द


इन्भाइरोमेन्टल इमाजिनेसन (1995) कृ ति परिवृत्तीय समालोचनाको महत्त्वपूर्ण
मानक ग्रन्थ हो। यस ग्रन्थमा बुयलले के ही महत्त्वपूर्ण कु राको उठान गरेका छन् । ती
हुन्ः

1. मानवेत्तर वातावरण भनेको एक प्रकारको सीमाक्षेत्र मात्र होइन, तर यो एउटा


यस्तो उपस्थिति हो जसले बताउँछ—प्रकृ तिको इतिहासभित्रै मानवइतिहास
अन्तर्निहित वा निर्मित छ। मानव र मानवेतरको कु नै भेद हुँदैन।

2. मानवको इच्छामात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन।

3. वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृ तिभित्र आउनुपर्ने नैतिक


दायित्वबोध हो।

4. वातावरण भनेको मानवलाई दान गरिएको कु नै वस्तु होइन, यो एउटा


परिवर्तनशील, कमजोर र सधैं संरक्षण चाहने प्रक्रिया (अस्तित्व ) हो।

https://sahityapost.com/environment-literature/39392/ 7/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

यी कु रालाई अनुधावन गरेपछि मानिस उसका पहिलेका अविवेकी कर्मदेखि तर्सिन्छ


र आफ्नो मूर्खताका लागि पश्चाताप गर्छ। योग्यभोग्या वसुन्धरा भनेर धरालाई
बलात्कार गर्न खोज्नेलाई पनि बाधा दिन्छ। यसरी ऊ जिम्मेदारीपूर्ण आचरण गरेर
सही अर्थमा जीवश्रेष्ठ बन्न सक्तछ। परम्परित शास्त्र रटेको समालोचकले नयाँ
कु राहरु देख्तैन, देखे पनि बुझ्दैन। अबको समालोचकले इकोप्रति लेखक सजग छ
कि छैन, उसको कृ तिमा कु न तरिकाले इकोलोजीलाई प्रस्तुत गरेको छ ती
कु राहरुलाई हेर्नु पर्दछ।

लेखकका अन्य सिर्जनाहरू पढ् न यहाँ क्लिक गर्नुहोस्...


#ज्ञानबहादुर छेत्री #परिवृत्तीय विज्ञान

https://sahityapost.com/environment-literature/39392/ 8/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

16 comments Sort by Oldest

Add a comment...

Indira Gautam
उत्कृ ष्ट लेख।
Like · Reply · 1 · 2y

Gyanbahadur Chetry
धन्यवाद, इन्दिरा बैनी।
Like · Reply · 2y

Govinda Raj Bhattarai


it is convincing Gyan sir badhaai
Like · Reply · 2y

Gyanbahadur Chetry
thank you, sir.
Like · Reply · 2y

Anjan Baskota
Thank you so much G.B sir for letting us know about the new trend....Keep
writing sir
Like · Reply · 2y

Gyanbahadur Chetry
thanks bro
Like · Reply · 2y

Nilima Acharya
Thanks a lot sir for this great writing ..This writing will must creat awareness
among the poets about ecology......
Like · Reply · 2y

Gyanbahadur Chetry
thank you. I hpe so..
Like · Reply · 2y

Dharmendra Upadhyaya
पर्यावरण,पर्या-साहित्य,पर्या-समालोचना विधालाई समेटेर लेखिएको ज्ञानबहादुर छे त्रीज्यूको
सुन्दर लेख ।बधाई तथा यस्ता विषयमा फे रिफे रि पढ् न पाउने आशा गरियो।
Like · Reply · 2y

Load 10 more comments

https://sahityapost.com/environment-literature/39392/ 9/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

Facebook Comments Plugin

साहित्यपोस्ट पढ् नुभएकोमा धन्यवाद


यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ् नुहोस्...

https://sahityapost.com/environment-literature/39392/ 10/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना

सलिजो : सन्दिग्ध सिद्धान्तमा आधारित पहिलो नेपाली उपन्यास

https://sahityapost.com/environment-literature/39392/ 11/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

यत्तिको शक्तिशाली अन्तर्वार्ता आजसम्म पढेको रहेनछु

https://sahityapost.com/environment-literature/39392/ 12/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

मिर्मिरे मा दश पाइला : नेपाली परिवृत्तीय साहित्यको एक उत्कृ ष्ट


निबन्ध ग्रन्थ

https://sahityapost.com/environment-literature/39392/ 13/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

प्रतिभाको कदर

   

साहित्यपोस्ट डट कम

शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर

( वडा नम्बर ३ काे कार्यालयसँगै )

सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६

प्रेस काउन्सिल दर्ता नं. ००७१४

फोन नंः : ९८५१०९७८८८

हाम्राे टिम

https://sahityapost.com/environment-literature/39392/ 14/15
4/20/24, 8:33 AM पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना | साहित्यपोस्ट

अश्विनी कोइराला
प्रधानसम्पादक

कृ ष्ण ढुङ्गे ल
सम्पादक

प्रकाश पौडेल "माइला"


संरक्षक

सर्वज्ञ वाग्ले
अन्तर्राष्ट्रि य संयोजक

डिजी शर्मा
युरोप संयोजक

राज यात्री लम्साल


युएइ संयोजक

लेख रचना पठाउन : sahityapost2020@gmail.com

   
सर्वाधिकार © २०७७-२०७९, शब्द मिडिया प्रा. लि.
Developer: Anil Khatiwada । Layout: Milan Acharya

https://sahityapost.com/environment-literature/39392/ 15/15

You might also like