राष्ट्रिय दैनिकमा कला एवम साहित्यका विषयवस्तुको प्राथमिकता

You might also like

You are on page 1of 19

राष्ट्रिय दै निकमा कला एवम साहित्यका विषयवस्तक

ु ो प्राथमिकता

Submission Date: 1 Jummada al-ula 1444


Thesis Proposal Submitted to:
Research Committee
Adharsheela College
Nayabazar-16, Balaju, Kathmandu

Submitted by:
Elaiyaa pathak
Exam Roll no: 611910018 (1st Semester)
Exam year: 1444 H.S
Batch: 1442 H.S
Email: elaiyaaali@gmail.com
१) पष्ृ ठभूमि

क) साहित्यिक पत्रकारिता

भाषाको माध्यमबाट कुनैपनि व्यक्तिको अन्तरं गमा रहे का अनुभूति अभिव्यक्ति गराउने
ललितकलालाई साहित्य भनिन्छ । यसलाई मानव अभिव्यक्ति साथै सामाजिक दर्पणको
रूपमा पनि मानिदै आएको छ । साहित्यकार आफ्नो व्यक्तिगत कल्पनाको एवं प्रतिकको
आधारमा यथार्थवादको धरातलमा, मानवीय संवग
े एवं अतियथार्थवादी विषयवस्तुलाई संमिलिल
गरि रचना गर्दछ । साहित्यलाई तीन भागमा विभाजन गर्न सकिन्छ । गद्य, पद्य र चम्पू ।
यी तीन तवरका माध्यमबाट रचनाकारले कुनैपनि भूगोलको बारे मा इतिहास, पौराणिकता,
राजनैतिक तथा सामाजिकता, भाषिकता, लैंगिकता साथै समसामयिकता लाई व्यक्त गर्दछ ।
अतः समाजको जनसांख्यिकीलाई बुझ्ने दोस्रो भाषाको रुपमा पनि साहित्यलाई लिन सकिन्छ
। विश्वको सबैभन्दा परु ानो भाषा ल्याटिन एवं आर्मेनियाईहरूबाट नै साहित्यलाई यसरी मानिँदै
आइरहे को छ :

Literature is cultivating devotion to God.


Literature is cultivating morality.
Literature is cultivating dexterous intellect.

मण्डकोपनिषद्को प्रथम अध्यायको प्रथम श्लोकमा भनिएको छ,

"अथ परा यदक्षरमधिगम्यते ।।५।।

अर्थात ्, साहित्यमा रचना राम्रो नहोस ्, व्याकरणको शुद्धि पनि नहोस, छन्द नमिल्ने भएपनि
होस ् तर त्यसमा विषयवस्तक
ु ो गण
ु ानव
ु ादको, यशको वर्णन राम्रो छ भनी त्यहाँ व्याकरणको
त्रटि
ु हुँदैन । महात्माहरु भावप्रेमी हुन्छन ्, शब्दप्रेमी होइनन ् ।  तसर्थ साहित्यको रस नै भाव
हो । साहित्यले व्यक्तिमा श्रोत्र- धारा, त्वग ्-धारा, चक्षु-धारा, घ्राण-धारा र रसना-धारा आदिलाई
तत्वगत पारे र उसमा नैतिकता, कर्तव्यबोधता, जिम्मेवारीपना, धार्मिकता, एवं व्यवहारिकतालाई
उच्च स्थानमा लैजान्छ । साहित्य कुनै पनि दे शको भूत हो, वर्तमान एवं भविष्य हो ।
साहित्यले नै भाषालाई गति दिएको हो । साहित्यले नै कुनैपनि स्थानको लोकमान्यता,
चालचलनलाई उजागर गरिदिन्छ । खण्डकाव्य, काव्य, महाकाव्य, निबन्ध-यात्रा, कथा, कहानी,
उपन्यास आदिलाई साहित्यको हाँगाहरूको रूपमा लिन सकिन्छ ।

साहित्य जीवनको सूक्ष्म अनुभति


ू र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक
जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको
सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको
औजार पनि भनिन्छ ।

साहित्यको यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन ् ।


स्रष्टाका साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन ् । त्यसमाथि साहित्यिक पत्रकारिता
आम पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता,
उध्र्वगामिता, यथार्थपरकता यसका विशेषता हुन ् । भाषाको विकास र सांस्कृतिक विनाशमा
पनि यसकै हात रहे को हुन्छ ।

साहित्यिक पत्रकारिता भन्नाले साहित्यिक जगतमा चर्चित समाचारहरुको सङ्कलन, चयन,


सम्पादन, शीर्षक छनौट र आवरण पष्ृ ठको साजसज्जा बझि
ु न्छ । साहित्यिक सामग्रीहरुको
संयोजन र साहित्यिक गतिविधिमा केन्द्रित सामग्रीको प्रकाशन र प्रसारण गर्नु साहित्यिक
पत्रकारिता हो । वाङ्मयको अभिवद्धि
ृ का दृष्टिले विभिन्न विधा (कविता, कथा, निबन्ध, एकाङ्की,
यात्रासंस्मरण, समीक्षा आदि) का सामग्रीलाई राम्ररी सम्पादन गरी प्रकाशनमा ल्याइने काम
साहित्यिक पत्रकारिताले गर्छ । यस्ता साहित्यिक पत्रपत्रिकालाई सम्पादन, संयोजन र प्रकाशन
गर्ने व्यक्तिहरु साहित्यिक पत्रकार भनिन्छन ् ।

अर्थात ् साहित्यिक रचनाहरुको सङ्कलन र चयनका साथै साहित्यिक पत्रिकाका निम्ति


उपयक्
ु त हुने सामग्रीहरु सम्पादन गर्ने कार्य नै साहित्यिक पत्रकारिता हो । यस्तो कार्य गर्ने
व्यक्ति साहित्यिक पत्रकार कहलाउँ छ ।

ख) विश्वमा साहित्यिक पत्रकारिता

अ) प्रारम्भिक चरण (एंग्लो -सैक्सन)


विश्व साहित्यको इतिहास मुलत विभिन्न धर्मकथा, वधुशिक्षा, जातक एवं एब्राहै मिक कथाहरूमा
पाइन्छ । तर यस्ता कथाहरूलाई मूलतः धर्मग्रन्थको संज्ञा दिने भएकाले यी कथाहरु ती
समयमा सम्बन्धित धर्मगुरुहरुले आफ्नो शिष्य एवं अनुयायीहरुलाई दिन्थे । साथै धर्मग्रन्थका
रूपमा तयार पारे र हस्तान्तरण गरिन्थ्यो । जसलाई त्यस समयको पत्रकारिता मान्न सकिन्छ
। मूलत: एंग्लो-सैक्सन साहित्यका कारणले साहित्यको जन्म भई नै १९३० दे खि विश्वमा
साहित्यिक पत्रकारिताले जन्म लिएको हो ।

इग्लैन्डमा ५५ ईसा पूर्वदे खि ४१० ई. पू. सम्म रोमनहरूको अधिकार थियो । जसका कारण
त्यहाँ ल्याटिन भाषाको प्रभत्ु व भयो । रोममाथि आएको आपत्तिका कारण रोमन्सहरू आफ्नो
दे श रोम फर्कि ए । तब इंग्लैण्डका दे शज सैल्टसले आफ्नो रक्षार्थको लागि जर्मन निवासी
जूट्सलाई आमन्त्रित गरे , जो पछि सैक्सन्ज र ऐंग्ल्स इंग्लैण्ड पुगे । उनैको भाषा र
साहित्यका कारण सातौं शताब्दीमा अंग्रेजी भाषाको जन्म भयो । अर्थात, आजको अंग्रेजी
भाषाको मल
ू रूप ल्याटिन भाषा हो । त्यस समयमा अंग्रेजी भाषाले प्राथमिकता नपाएका
कारण पन
ु ः उनले ल्याटिन भाषाबाट साहित्यलाई गति दिए । साधारणतया: सरु
ु वाती कवि
ज्योफ्रे चान्सरलाई नै मानिन्छ। जो आफ्नो समयका प्रख्यात सैनिक, राजनीतिज्ञ एवं विद्वान
थिए । उनको काव्य 'बोल्वफ
ु ' हो । तर यस काव्यमा कुनै शिल्पी एवं शैली, छन्द एवं रस
थिएन । अर्थात प्रारम्भिक चरणको ल्याटिन, आर्मेनियाई कोरियन भाषाहरूमा साहित्य केवल
नाम मात्रको थियो । जसमा कुनै विधालाई स्पष्ट छुट्टयाइएको थिएन । यसैगरी,नार्मन
विजयदे खि चान्सर (१०६६-१३५०) सम्मको साहित्यिक आदर्शतामा आएको परिवर्तनको पहिलो
हस्तलिखित ग्रन्थ 'पोयमा मौरे ले' (११७०) मानिन्छ । जो पूर्णत धार्मिक रं गमा रं गिएको एवं
शासक ब्रिटन्जको लाचारीलाई झल्काउछ ।

यसरी विश्वमा साहित्यले त जन्म लियो तर साहित्यको अवस्था भने अत्यन्तै निराशाजनक
थियो । तेह्रौं शताब्दीसम्म आइपग्ु दा साहित्यका विभिन्न पस्
ु तक लेखिए, लेखियो, बाँडियो,
पढियो तर पत्रकारिता भने ऋणात्मक अवस्थामा थियो । साहित्य केवल दरबारको घेरासम्म
बस्यो । इसाई धर्म प्रचारप्रसार गर्न र यहुदीहरूको विनाशका लागि यस समयमा साहित्यको
नाममा पुस्तक लेखिए ।
आ) साहित्यको विशुद्ध रूप - उदय, विकास र विस्तारको चरण इस्लामभन्दा पूर्व
(६३२)

अरबी भाषामा साहित्य र विज्ञानको विस्तार अत्यन्तै वह


ृ त ् छ । आज पनि पश्चिमी एशिया र
मध्यपर्व
ू तथा उत्तरी अफ्रीकाको अनेकौ जातिहरू अरबी नै बोल्छन । अरबी साहित्य
अधिकतर इस्लामको उपज हो । अरबको प्राचीन अभिलेखहरू ( सातवीं शताब्दी ई. पू. दे खि
चौथो शताब्दी ईस्वी) सम्म केही यस्ता भाषाहरू पत्ता लागेका छन जो उत्तरो 'थीं' तथा
दक्षिणी लिपिमा लेखिएको थियो जुन आज हराइसकेको छ । जुन अरबी भाषा र साहित्यको
आज प्राधान्य एवं शताब्दीदे खि ख्याति पाइरहे को छ, त्यो कुरै श जातिको बोली थियो । त्यही
सांस्कृतिक विचार, धार्मिक चितन एवं साहित्यिक व्यंजनाको वाहन बन्यो र त्यो नै भाषा
हजरत मह
ु म्मदको आदर्श बन्यो । त्यही समयबाट साहित्यलाई गायनको रूपमा प्रस्तुत गर्ने
एवं हरे क जम
ु ा (शक्र
ु बार) को दिन फरकफरक विधाका साहित्यलाई एकत्रित गरि लिपिबद्व
गरे र किब्ला(मक्का) मा सर्वसाधारणको लागि राखिन्थ्यो । यो नै विश्व साहित्यिक
पत्रकारिताको प्रारम्भिक चरण हो । जसअन्तर्गत प्राचीन कविहरूका कविताहरू पर्दथे ।
जसअन्तर्गत 'इनू अ-ल कस', 'आबिद इन अल-अब्रास', 'अल्कमा अन्न न कमी आह', 'अल-
मुहाल्हिल', 'अम्र इब्न', 'कुल्सुम', 'अल- हारिस इब्न-हिल्लिजा', 'तरफा इब्न अल अब्द अल-
मुतलम्मिस' , 'अल- अश' अस र कवियित्री 'जलीलाह' , केही उत्तरी प्रागिस्लाम कविहरू — 'औस
इब्नहजार', 'जुहैर', 'इब्न अबी-सुल्मा', 'अल-हुताया', 'काब इब्न जुहैर' एवं 'अल नाविगाह' रहे का
छन ।

अरबको अनेक अरबी-साहित्यकारहरूले शुद्ध साहित्यको संज्ञा दिएका छन । साथै धार्मिक


ज्ञानलाई इल्मसम्म भनेका छन । अरबी मकतबोंमा धार्मिक विषयहरू समेत शिक्षणलाई अग्र
स्थान दिएर साहित्यलाई प्रचारप्रसार गरिएको थियो । साहित्यिक आलोचना एवं इतिहास,
व्याकरण, लिपि-लेख, कोष ( लुगत), अलंकार-काव्य, शब्द-शास्त्र, शैली- सिद्धान्त, तर्क -विज्ञान
आदिको प्रारम्भिक अवस्था अरबका साहित्यकारहरूले गरे काले नै आज विश्वमा साहित्य र
साहित्यिक पत्रकारिताले स्थान पाएको हो ।

ू को अरबी साहित्यमा गद्य-पद्यको ख्याति गीत एवं कलामा पाइन्छ । हम्माद


इस्लाम-पर्व
अल-रावियाले प्राचीन कविताहरूको संग्रह लेख्ने प्रयत्न गरे का थिए, जो सर्वसाधारणको लागि
हालको पत्रपत्रिका समान थियो । त्यति बेला सम्म केवल मौखिक रूपमा कविता, कथा, काव्य,
कहानी आदिको प्रचार एवं संरक्षण गरिन्थ्यो । अम्र इन कमी आहले साहित्यको पहिलो
समूचा कसीदा (ओड) लेखी संग्रहित गरे । पुनः अल-कैस तूरफा, जह
ु ै र आदिले दीवान (
प्रशासनिक रजिस्टार वा लगबक
ु ) लेखे ।

यही अरबी साहित्यको पहला युग थियो जहाँ कसीदाको उदय एवं विस्तार मुहम्मद साहब
भन्दा पनि पहिले नै भएको थियो । उसैको प्रायः वही रूप आजको वर्तमान साहित्य एवं
साहित्यिक पत्रकारिता हो । कसीदोंको विषय विविध एवं हजारौं छन । जसअन्तर्गत सुरूवाती
चरणका साहित्यका दे खिएको प्रेमिकाको आवाहन, आखेटको(वन विहार) दृश्य, कवीला जीवन,
अपानकों दृश्य, तूफान साथै इन्द्र युद्ध, पराक्रम, रातमा हमला, दाता प्रति कृतज्ञता- प्रकाशन,
दःु ख-सुखका गीत, मंत्री साथै प्रतिशोधका गीत, व्यंग्य आलोचना, समालोचना, उपन्यास लेखन,
कथा कविता छन्द लहरी आदिको अर्थपूर्ण पारिभाषिक व्याख्या एवं विश्लेषण अरबबाटै भएको
हो ।

इ) साहित्यको वर्तमान युग र पत्रकारिताको संवरण यग


'कुरान'लाई एक साहित्यिक युगको अन्त र दोस्रो साहित्यिक युगको आरम्भ मानिन्छ ।


यसका साथै यसलाई जीवित साहित्यिक आवाजको रूपमा यसको प्रागिस्लामी साहित्यको वह
ृ त
सामंजस्य मानिन्छ । यसमा वर्णित मानव हितका सचित्र सर्वथा पार्थिव कुराहरूको वर्णनका
कारण प्राचीन काफिर (प्रायामी) शायरहरूले आफ्नो कलमसम्म तोडिदिएको अनुसन्धानले
प्रस्टाएको छ । कुरानको आरम्भमा 'सरू ाओं' (अध्यायों) मा कयामत (महाप्रलय) का वर्णनको
मार्मिकता, शक्ति एवं ओजबाट भएको छ । साहित्यिक विकासको दृष्टिबाट कुरानले पूर्ण
विकसित प्राचीन काव्य-शैलीलाई तोडेर समकालीन पेशेवर धार्मिक तक
ु बन्दीको गद्यात्मक
तर्ज 'सर्ज' लाई अपनाएको छ । त्यस अंधकार युगमा जब अरबसँग यहूदि र ईसाइको
ु ाबल गर्न कुनै साहित्य थिएन, तब 'कुरान' एक महान ् चुनौती बनेर आयो । त्यस
रचनासँग मक
कालमा कुरानले प्रमुख साहित्य र साहित्यिक शैलीलाई प्रस्तुत गरे को थियो जुन आजको विश्व
साहित्य हो । मनोवैज्ञानिक, सामाजिक, आर्थिक, धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट कुरान
तत्कालीन अरबी जगतको असाधारण दर्पण हो । यस अर्थमा तबसम्म अरबी एवं विश्व
साहित्यमा यस असामान्य रचनाको सदृश केही पनि थिएन । मध्य युगमा विश्वभरि नै अरबी
शिष्ट साहित्यिक व्यंजनाको भाषा थियो ।
विस्तारै - विस्तारै काव्यिक बोली कुरानको दोस्रो स्तरमा एक साहित्यिक गद्यशैलीको जन्म
भयो । शाने रशुल हजरत मुहम्मद साहब सल्ललाहु व अलैहि वा सलाम साहब को तेस्रो
उत्तराधिकारी उसमान (६४४-५६) को खिलाफ कालमा क़ुरानको एक पाठ प्रस्तुत गरियो ।
जसका कारण धर्म, साहित्य कला र विचारको क्षेत्रमा अरबमा क्रान्ति मच्चियो र विस्तारै
अरबी व्याकरण, शब्दकोष, इतिहास, अनुवत
ृ , धर्मशास्त्र आदिको निरूपणमा पनि त्यसको उसका
प्रभाव दरू गामी सिद्ध भयो । यसरी वर्तमान साहित्यको प्रारम्भिक उदय र विकासका साथै
प्रारम्भिक तबरमा अभिलेखन, सार्वजनिककरण, प्रचारप्रसार, किब्लामा पोस्टर टास्नु इस्लामी
धर्मको विकाससँगै भएको पाइन्छ ।

ई) आधनि
ु क पत्रकारिता

रे नाडो नामक पेरिसका एक डॉक्टरले अस्पतालका रोगीहरूलाई मन-बहलाउनका लागि


अद्भत
ु घटनाहरू, रोचक कहानी, अलौकिक घटना एवं रोचक खबरहरू जम्मा गरे र बिरामीहरूलाई
पढ्न दिन थाले । डा. रे नाडोलाई विश्वास थियो कि यस्ता मनोरञ्जनले रोगीहरूलाई शान्त एवं
प्रसन्नका साथै शीघ्र निरोग समेत बनाउन मद्दत गर्नेछ ।

यसैबाट उत्साहित भएर पेरिस प्रशासनको अनुमतिलिई डा. रे नाडोले १६६२ ई. से यस्ता सामग्री
संकलित गरि एक नियमित साप्ताहिक पत्रिका शुरु गरे , जो सामान्य किसिमका व्यक्तिहरूमा
पनि चाडैं नै लोकप्रिय हुन पुग्यो । रे नाडोको अनुकरण गर्दै पेरिसबाट नै सांसद डेनिस द सैलो
ने १६५० ई. मा "जर्नल द सैवेंत्रास“ नामक एक साहित्यिक पत्र आरं भ गरे । आइज़क
डिज़रे ज़ीका मतानस
ु ार साहित्य र समालोचनाको यो नै विश्वको पहिलो पत्रिका हो । यसरी नै
दोस्रो पत्रिका १६८४ मा बेलले प्रकाशित गरे जसको नाम “वावेत्स द ला रिपब्लिक द लेटर्स“
थियो ।

फ्रान्सपछि इंग्लैंडबाट पनि अनेकौं साहित्यिक पत्रिका निस्कन थाले । त्यसमा पनि डेनियल
डेफोको ”द रिव्यू” प्रथम अंग्रेज़ी पत्र थियो जुन पत्र लेखेबापत दण्डको रूपमा उनलाई १७०३ मा
जेल चलान गरियो । तत्पश्‍चात रिचर्ड स्टीलको द टै टलर, फिर स्टील र ऐडिसन द्वारा मार्च
१७११ मा मिलेर प्रकाशित गरे का "द स्पेक्टे टर” तथा साहित्य समालोचनाको विख्यात पत्रिका
ू ” को नाम विशेष उल्लेखनीय रहे का छन ् । यसका अतिरिक्त, “जेंटिलमेन्स
”द मंथली रिव्यज़
मैगजीन”, ”द क्रिटिकल” तथा डा. सैम्युल जोनसनको दईु सुप्रसिद्ध पत्रिकाहरू ”द रै म्बलर” र
”द आइडलर“ लाई समेत विशेष ऐतिहासिक महत्तका साथ साहित्यिक पत्रकारितामा दर्शाइएको
छ । अंग्रेज़ी साहित्यको विकासमा यसलाई अमूल्य योगदान मानिन्छ ।

वस्तुतः फ्रान्सेली क्रांति पश्चात ् १७४९-५० सम्म यूरोपका प्रायः सम्पूर्ण दे शहरूमा अनेक
साहित्यिक पत्र-पत्रिकाहरू प्रकाशित एवं लोकप्रिय भए । यूरोपीय रे नाँसाँ (पुनर्जागरण), मध्य
वर्ग के उदय र जातीय चेतना (राष्ट्रिय चेतनाको बोध) को विकासदे खि साहित्यिक
पत्रकारिताको शरु
ु आत भएको हो ।

जोन म्याकफी, टम वोल्फ, जोन डिडियन, रिचर्ड रोड्स र जेन क्रेमरले "नयाँ पत्रकारिता"
नामबाट साहित्यिक पत्रकारिताको नयाँ इतिहास निर्माण गरे । त्यो नै १९६०- १९७० बिचको
मध्यकालीन बीसौं शताब्दी थियो ।

ग) नेपालमा साहित्यिक पत्रकारिता

अ) प्रारम्भिक काल

नेपालमा पत्रकारिताको आरम्भ साहित्यिक पत्रकारिताबाट नै भएको पाइन्छ । मोतीराम


ू त गोर्खा भारत जीवन (वि.सं. १९४३) नामक पत्रिका
भट्टद्वारा हिन्दी भाषाबाट अनदि
प्रकाशनलाई पहिलो नेपाली पत्रिका हो भनिँदै आएको छ । त्यसकारण मोतीराम भट्टले गोरखा
भारत जीवन नामक नेपाली मासिक पत्रिका सम्पादित तथा प्रकाशित गरे का थिए भन्ने
कुराको इतिहास बनिसकेको छ । विज्ञ अनुसन्धाताहरुले उक्त पत्रिकाको नमुना दे ख्न पढ्न
नपाइएको कुरा लेखेको भए तापनि तत्कालीन समयमा प्रकाशित विज्ञापन र इतिहास चर्चाबाट
उक्त पत्रिकाको अस्तित्व प्रमाणित भइसकेको छ । यसैगरी मेतीरामले वि.सं. १९५० मा
नेपालभित्रबाट अर्को पत्रिका निकालेका थिए भन्ने कुरा पनि जानकारीमा आइसकेको छ । पं.
नरदे व मोती कृष्णद्वारा सुधासागर नामक साहित्यिक पत्रिका वि.सं. १९५५ श्रावणमा पाशुपत
प्रेस, काठमाडौँ छापी प्रकाशित गरे को उल्लेख पाइन्छ । सध
ु ासागर (वि.सं. १९५५) दोस्रो नेपाली
पत्रिका मानिएको छ तर यी दईु वटै पत्रिकालाई विवेचना गर्ने आधार फेला नपरे को हुँदा
इतिहास निर्माताको रुपमा मात्र मान्दै आएका छन ् । सूचना पत्रकारिताको क्षेत्रबाट प्रकाशित
भएको गोर्खापत्र (१९५८) पछि लामो समय नेपालबाट पत्रपत्रिकाहरु प्रकाशित भएनन ् ।

भारतमा रहे का नेपालीहरुले भने समयसमयमा यस्ता पत्रपत्रिका निकालिरहे का थिए ।


जसअन्तर्गत दार्जीलिङबाट गोर्खे खबर कागत (वि.सं. १९५८), चन्द्रिका (वि.सं. १९७४), आदर्श
(वि.सं. १९८६), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८), पछि गएर दियालोको रुपमा प्रकाशित
हुन थाल्यो । गोर्खाली (वि.सं. १९७२), नेबुला (वि.सं. १९९२), गाउँ सुधार पत्रिका (वि.सं. १९९६),
खोजी (वि.सं. १९९७), गोर्खा (वि.सं. २००१), पुकार (वि.सं. २००५), भारती (वि.सं. २००६), साथी
(वि.सं. २००६), हाम्रो कथा (वि.सं. २००६), शिक्षा (वि.सं. २००६), तेस्रो आयाम (२०१२) आदि हुन
भने पछिल्ला चरणमा हिमाललोक, पराग, सगुन, चियाबारी, बैँसालु, आदि उल्लेख्य छन ् ।
सिलाङबाट गोर्खासेवक (वि.सं. १९९२), फिलिङ्गो (सन ् १९७५), आशा (सन ् १९६४) आदि ।
आसामबाट ब्रह्मपुत्र (सन ् १९६४), विन्द ु (सन ् १९६१) आदि । मजफरपुरबाट क्रान्तिकारी (वि.सं.
२००५), दिल्लीबाट गोर्खा समाचार (वि.सं. २००१), जवन (वि.सं. २००५) आदि । पटनाबाट नेपाल
पुकार (वि.सं. २००६) मुख्य रहे का छन ् । सिक्किमबाट अपतन साहित्यिक संस्थाद्वारा प्रकाशित
अपतन पत्रिकाको यस क्षेत्रमा महत्वपूर्ण योगदान रहे को छ । अन्य पत्रिकाहरुमा कञ्चनजङ्घा
(वि.सं. २०१४), सुनाखरी (२०१६), ध्रुवतारा, प्रगति, तीनधारा, लालुपाते, स्रष्टा, अर्चना, मुनाल, निर्माण,
प्रतिबिम्ब, दध
ु ेरी, बिनायो इत्यादि मुख्य हुन ् ।

यसका साथै नेपाली साहित्यको चिन्तन–मनन, सम्पादन, प्रकाशन, शिक्षण आदि कार्यमा
बनारसको प्रमुख भूमिका रहे को कुरा प्रस्तुत आधारहरुबाट प्रष्ट हुन्छ । बनारसको नेपाली
सहित्यिक गतिविधिको विकास नेपालभित्रकै प्रगति र उत्थानमा सहयोग पर्या
ु उने उद्देश्यले
गरिएको थियो ।

यता नेपालमा त्यस बेला उपन्यास तरङ्गिणी (वि.सं. १९५९) र सूक्ति सुधा (वि.सं. १९६१) नामक
संस्कृत मासिक पत्रिकाको योगदान उल्लेखनीय भएझैँ राममणि आ.दि., दे वीदत्त पराजुली र
सोमनाथ सिग्दे लहरुले निकालेको सुन्दरी (वि.सं. १९६४) र माधवी (वि.सं. १९६५) पत्रिकाको नेपाली
साहित्यको इतिहासमा ठूलो योगदान रहे को छ । माधवप्रसादको सम्पादनमा निस्किएको चन्द्र
(वि.सं. १९७१) साप्ताहिक । खरदार कृष्णप्रसाद् कोइराला र सुब्बा दे वीप्रसाद सापकोटाको
साप्ताहिक गोर्खाली (वि.सं. १९७३) र मासिक जन्मभमि
ू (वि.सं. १९७९) ले पनि यस क्षेत्रमा राम्रो
इतिहास बनाएका थिए । आशुकवि शम्भुप्रसादको साप्ताहिक पत्रिका राजभक्ति (वि.सं. १९८३),
पनि उल्लेखनीय छ । काशीबहादरु श्रेष्ठको सम्पादनमा वि.सं. १९९३ दे खि निस्किएको उदय
मासिक पत्रिकाको छुट्टै अस्तित्व छ । उदयले त्यस बेला नेपाल र भारत दव
ु ैतिर प्रसिद्धि
पाएको थियो ।
महाकवि लक्ष्मीप्रसाद दे वकोटाको प्रधान सम्पादकत्वमा निस्किएको युगवाणी (वि.सं. २००४)
साप्ताहिकको आफ्नै विशेषता छ । नारायणप्रसाद भट्टराईको सम्पादनमा निस्किएको दीपक
पनि लोकप्रिय भएको थियो । बनारसबाट २०३१ मा तीन महिने नौलो पाइलो (वि.सं. २०१२) को
चार अङ्क प्रकाशित भएपछि २०१४ दे खि नेपालबाट प्रकाशित भयो । तर यति मात्रले पनि
नेपाली साहित्यमा झर्रोवादको प्रयोग तथा भाषासुधार र समाज सुधारका सन्दर्भमा यस
पत्रिकाले साहसिलो पाइलो चलाएको हो । काशी हिन्द ू विश्वविद्यालयका नेपाली छात्र सङ्घको
वार्षिक मुखपत्र छात्र, संस्कृत परिषद् वाराणसीको मुखपत्र छत्रदत
ू , अलिख बनारस नेपाली छात्र
सङ्घको वार्षिक छत्रवाणी मख
ु पत्रले आफ्नो समयमा उल्लेखनीय काम गरे ।

राणाकालमा पत्रपत्रिका प्रकाशित गर्नु सहज थिएन । तैपनि वि.सं.१९९१ मा नेपालबाट


ऋद्धिबहादरु मल्लको सम्पादकत्वमा प्रकाशित शारदा भने नेपाली साहित्यिक पत्रकारिताको
इतिहासमा कोशेढुङ्गा सावित भएको छ । शारदाको प्रकाशनले साहित्यिक पत्रकारितामा मात्र
होइन साहित्य क्षेत्रमा समेत नयाँ युग जन्माएको कुरा विज्ञहरुले सकारिसकेका छन ् । शारदाले
यस क्षेत्रमा बनाएको इतिहास सधैँ अमर रहनेछ । त्यसपछि शारदा लगायत केही सरकारी
सहयोग समेतमा प्रकाशित भएका साहित्यिक पत्रिकाहरु सूर्यभक्त जोशीद्वारा सम्पादित
उद्योग (१९९५), हृदयचन्द्रसिंह प्रधानको साहित्यस्रोत (२००४), दे वीप्रसाद रिमालको सम्पादनमा
आँखा (२००५), शेषराज रे ग्मीद्वारा सम्पादित पुरुषार्थ (२००६) आदि हुन भने यसै समयमा
भारतबाट उदय (१९९३), युगवाणी(२००४), भारती (२००६) जस्ता पत्रिकाहरु प्रकाशित भएर क्रमशः
साहित्यिक पत्रकारिताको उर्वरभूमि तयार पार्ने क्रम विकसित हुँदै आजको यस अवस्थासम्म
आइपग
ु ेको हो ।

जनस्तरबाट स्वतन्त्र रुपको पत्रिका प्रकाशन भने २००७ सालपछि मात्र भएको दे खिन्छ ।
श्यामप्रसाद शर्माको सम्पादनमा पर्साबाट प्रकाशित सेवा(२००८) पत्रिकालाई मोफसलको पहिलो
पत्रिका मानेको पाइन्छ । यसपछि भने नेपालबाट धेरै पत्रिकाहरु प्रकाशित हुन थाले । २००७
सम्म लेखक–कविहरु प्रायः आफ्ना रचनाहरु प्रकाशित गर्न सक्ने स्थितिमा थिएनन ् । त्यस
बेलाको शासनसत्ता प्रतिकूल भए तापनि त्यस बेलासम्म करिब एक दर्जनजति पत्रिकाहरु
प्रकाशित भएका थिए । यिनै पत्रिकाहरुमा स्रष्टाहरुका केही रचनाहरु छापिने गर्थे । गोरखापत्र
र शारदाले दर्जनौँ लेखकहरु जन्माएको कुरा इतिहास बनिसकेको छ । प्रजातन्त्र प्रप्तिपछि
राजनीतिक स्वतन्त्रतासँगै सबै क्षेत्र खुला भयो । भाषा, साहित्य, कला, संस्कृतिको विविध पक्ष
विस्तारै फैलिन थाले । तर पनि सात–सत्रको दशकले त्यति ठूलो साहित्यिक उपलब्धि भने
दिन सकेको दे खिद
ँ ैन ।
यस दशकमा साहित्यिक पत्रकारिताभन्दा समाचार पत्रकारिता बढी ऊर्जावान ् भएको दे खिन्छ ।
त्यति बेला सबैलाई प्रजातन्त्र प्राप्तिको खसि
ु यालीले तानेको हुन सक्छ । त्यसकारण प्रायः
त्यस बेलाको बौद्धिक क्षेत्र राजनीतिक–प्रजातान्त्रिक अभ्यासमा बढी केन्द्रित भएको होला ।
त्यति बेला साहित्यिक पत्रकारिताको विकास भएको थिएन भन्ने कुराचाहिँ होइन । यो पक्ष
पनि सक्रिय नै थियो तर खुला परिवेश जति हुनुपथ्र्यो त्यतिचाहिँ नभएकै हो । यस दशकभित्र
प्रकाशित केही पत्रिकाहरुको विवरण – इन्द्रधनु (२००८), महिला (२००८), जागति
ृ (२०१०),
विद्यार्थी (२०१०), प्रतिभा (२०१०), कोपिला (२०१०), प्रगति (२०१०) इन्द्रे णी (२०१३), धरती
(२०१३), भक
ृ ु टी, शान्ति (२०१४), दीपशिखा (२०१५), सिर्जना (२०१७), दर्पण (२०१७), डाँफेचरी
(२०१०), कोसेली (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६), छहारी (२०१५), कलाकार (२००९),
आह्वान (२००९), प्रहरी (२०१६), नेपाली (२०१६), जुनेली (२०१५) आदि ।

आ) साहित्यिक पत्रकारिताको उर्वरकाल

२०१७ मा प्रजातन्त्र खोसिएपछि राजनीतिमुक्त–निरङ्कुश वातावरणमा पनि साहित्यकारहरुले


आफ्नो काम गरिरहे । जन
ु कारणले गर्दा अभिव्यक्ति प्रकट गर्न अप्ठ्यारो बेला ०१७–०२७ को
दशक विशेष गरी साहित्यिक पत्रिकाका निम्ति अत्यन्तै मलिलो समय रहे को कुरा विज्ञहरु
बताउँ छन ् । राजनीतिक सक्रियता र अन्य स्वतन्त्र गतिविधि नभएका कारण पनि लेखक–
बुद्धिजीवीहरु पत्रिकाका माध्यमबाट आफ्ना अभिव्यक्ति जनसमक्ष ल्याउन साहित्यतर्फ लागेको
कुरा प्रस्ट हुन्छ ।

२०१७ पछि प्रकाशित पत्रिकाहरुमध्ये रुपरे खाको स्थान अग्रणी मानिन्छ । त्यसो त अन्य
ू का प्रशस्तै रहे को छ । यस बेलाका केही पत्रिकाहरु कविता (२०१७),
पत्रिकाहरुको पनि भमि
रुपरे खा (२०१७), इन्द ु (२०१७), स्वास्नीमान्छे (२०१७), रत्नश्री (२०२०), कल्पना (२०२२), मक
ु ुट
(२०१९), पर्णि
ू मा (२०१९), हिमानी (२०१९), भानु (२०२०), बगैँचा (२०१८), रचना (२०१८), अरूणोदय
(२०२०), कविता (२०२१), रमझम (२०२१), सगुन (२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह (२०२२),
आकाङ्क्षा (२०२३), गुराँस (२०२३), प्राचीन नेपाल (२०२४), नेरावि (२०२४), प्रतीक्षा (२०२५), मधुपर्क
(२०२५), विश्व (२०२६), रे वा (२०२६), सामग्री (२०२६), सुनगाभा (२०२७), प्रतीक (२०२७), सुस्केरा
(२०२६), सञ्चय (२०२७), अभिव्यक्ति (२०२७), प्रज्ञा (२०२७), शिलान्यास (२०२७), आमा (२०२८),
गुनकेसरी (२०२९), इन्द,ु बिहान, तुवाँलो, पारिजात, सिउँ डी, बान्की, विदे ह (२०३०), सङ्कल्प, सन्दर्भ,
सन्सार, बरगाछी आदि । यस अवधि अर्थात ् चालीसको दशक प्रारम्भ हुने बेलासम्म एक
सयभन्दा बढी साहित्यिक पत्रिकाहरु प्रकाशित भएका थिए । यसरी यो अवधिमा साहित्यिक
पत्रकारिता निकै फस्टाएको दे खिन्छ ।

२. समस्याको कथन

विश्वको आरम्भदे खि नै साहित्यलाई फरकफरक विभिन्न दृष्टिकोणले प्रस्तत


ु गरिदै आइएको
छ भने यसमा एकरूपता भने पाइदै न । नेपालको पत्रकारिताको इतिहास साहित्यिक
पत्रकारिताबाट नै भएको पाइन्छ । समयसँगै साहित्यमा भाषाको एकरूपता नपाउनक
ु ा साथै
नेपाली साहित्यको पुरानो संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले समेत नेपाली भाषा, शैली, शिल्प, लय,
व्याकरण एवं हिज्जेमा ल्याइरहे को परिवर्तनले साहित्यिक पत्रकारितालाई धरासायी बनाउदै
ल्याइएको छ । प्रायः पत्रपत्रिकामा साहित्यिक समाचार कुनै बारसँग सम्बन्धित बनाएर
प्रकाशित गरिन्छ । जसमा एक हप्ता भित्र भएका साहित्यिक गतिविधि, पुरस्कार, सम्मान,
पस्
ु तक लोकार्पण एवं विमोचन, बेस्ट सेलर पस्
ु तकका साथै अनव
ु ादको पाटो समेतमा कुनै
वास्ता दे खिदै न । पत्रिकाको कुनै छुट्टै पेजमा दै निक रूपमा खेल समाचार, राजनिती, आर्थिक,
समसामयिक, विश्व परिवेश जस्ता विषयले स्थान पाउँ दा साहित्यिक समाचारले भने कुनै छुट्टै
बार कुर्नुपर्ने साथै यी र यस्ता समाचारहरू प्राथमिकतामा नपर्नुले नेपाली पत्रकारितामा गहन
समस्या उब्जाएको छ ।

३. शीर्षक छनोटको कारण

नेपाली पत्रिकामा प्रकाशित साहित्यिक समाचारहरुको विश्लेषण गर्दा सानैदेखि साहित्यमा रुची
राख्ने भएकाले मलाई यस विषयमा धेरै ज्ञान छ भन्ने लाग्यो । त्यसैले मैले पत्रकारितामा
कला र साहित्य बिट रोजें । यस अवधिमा लेखकहरूसँगको सम्पर्क , अन्तर्राष्ट्रिय कला एवं
साहित्यमा चासो राख्नु, भाषामाथिको अध्ययन, प्रकाशन एवं नयाँ तथा पुराना लेखकहरूसँगको
सगंतले गर्दा सामग्री संकलनमा पनि सजिलो हुने मैले विश्वास लिएको छु । अनुसन्धानका
क्रममा खोजिएका तथ्यहरू पहिलेदेखि कै अध्ययनका कारण अलि सहज पनि दे खिने भएको
छ र म आफैँ पनि कला र साहित्य पत्रकारितामा रुचि राख्ने भएकाले सम्पादकको मनोभाव
बुझ्न सजिलो हुने ठानेर पनि मैले यो शीर्षक चयन गरे को हुँ ।
४. अनुसन्धानको उद्देश्य

यो अनुसन्धानको उद्देश्य निम्न प्रकार रहे का छन ्ः

१. काठमाडौँबाट प्रकाशित हुने तिनवटा ब्रोडसिट दै निकमा प्रकाशित भइरहे को कला र साहित्य
सम्बन्धी समाचारको विश्लेषण गर्ने ।

२. ब्रोडसिट दै निकमा कला र साहित्य सम्बन्धि समाचारको निर्माण कसरी गरिन्छ । कुन
भाषाका कस्ता विषयहरूलाई प्राथमिकतामा राखिन्छ भनेर अध्ययन गर्नु ।

३. नवपुस्ताका लेखहरू कति प्रकाशित भए भन्ने आँकडा राख्नु ।

४. प्रकाशित लेखमा अनुवाद एवं अन्तर्राष्ट्रिय साहित्य र साहित्यकारका बारे मा अध्ययन गर्नु

५. पूर्वकार्यको समीक्षा

कला र साहित्य पत्रकारितासँग सम्बन्धित रहे र सोध अध्ययन र प्रकाशन गरिएका


अनुसन्धान प्रतिवेदन र पुस्तकहरुको अध्ययन गरी समिक्षा गरिने छ । यी सामाग्रीहरु
संकलन गर्नका लागि संस्कृति, कला, धर्म र साहित्य क्षेत्रमा क्रियाशील संघ संस्थाहरु, नेपाल
प्रज्ञा प्रतिष्ठान,नेपाल साहित्यिक पत्रकार संघ , जामे मस्जिदबाट प्रकाशित ऐतिहासिक लेख,
राजपाल एण्ड सन्सको विश्व साहित्यको रूपरे खा, कला र साहित्यको आदिम युग, विश्व
मस्लि
ु म संघ, नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित ‘साहित्यिक पत्रकारिता’ विषयक
गोष्ठीमा प्रस्तुत कार्यपत्र बाट यो विषयसँग सम्बन्धित रहे र अध्ययन भएका सामाग्रीहरूका
बारे मा जानकारी संकलन गरि पर्व
ू कार्यको समिक्षा गरिनेछ ।

६. अध्ययन पद्दति

यो अध्ययनमा तथ्याङ विश्लेषण गर्दा परिमाणात्मक र गुणात्मक गरी बहुपद्दतीको प्रयोग गरी
निचोडमा पुगिनेछ । यस अनुसन्धानमा काठमाडौं उपत्यकाबाट प्रकाशित हुने तिनवटा नेपाली
ब्रोडसिट दै निकहरू (कान्तिपुर दै निक, नागरिक दै निक, गोरखापत्र )मा कला र साहित्य
पेजअन्तर्गत रहे र छापिने नेपाली कला र साहित्य सम्बन्धी समाचार सामाग्रीहरुको विश्लेषण
गर्नेछु । यस अध्ययनमा कला र साहित्य पष्ृ ठलाइ मुख्य आधार मानिनेछ।
७. अध्ययनको सीमा

यो अध्ययनमा काठमाडौंबाट प्रकाशित हुने ३ वटा नेपाली ब्रोडसिट दै निकहरू कान्तिपरु दै निक,
नेपाल समाचारपत्र र गोरखापत्रमा ४ दिनको अवधिमा कला र साहित्य पेजमा प्रकाशित
नेपाली तथा अन्तर्राष्ट्रिय कला र साहित्य सम्बन्धी समाचारहरुको विषयवस्तु विश्लेषणमा
मात्र केन्द्रित हुनेछ । यसका साथै ती पत्रिकाका कला र साहित्य पेज हे र्ने सम्पादकहरुसँग
कला र साहित्य समाचारहरु पत्रिकाको प्राथमिकतामा कसरी रहे का छन ् भन्ने विषयमा
आधारित रहे र गरिएको अन्तवार्ता को विश्लेषण मात्र यो अध्ययनले समेट्ने छ ।

८. अध्ययनको समयावधि

यो अध्ययनका लागि ४ दिनको अवधि छुट्याइएको छ । जुन 7,8,9,10 र 11 December 2022


समयावधिको रहने छ ।

९. तथ्यांक संकलन

कान्तिपरु दै निकमा प्रकाशित साहित्य कला र सम्बन्धि लेख एवं समाचार

मिति शिर्षक कैफियत


7 December प्रभावशाली १०० महिला को- को ? (विश्व
2022 परिवेशअन्तर्गत प्रभावकारी व्यक्तिको सुची)

8 December - नभएको
2022
9 December - नभएको
2022
10 December मखमली प्रेमको हर्मोन (मायाजाल) कोशेली विशेष
2022 जार काटे को मार्ग (ती-दिन , सम्झना) साहित्यिक पत्रिका
खेल मिलेमतोको उपक्रम (कला)
हावामा तैरिरहे को खाली गिलास (रं गमञ्च)
गरु
ु जत्ति खर्चिलो अर्को किताब छै न (किताब वार्ता)
पाईला पाईलामा पर्खाल बहस
बाघ र मान्छे को पुरानो दस्
ु मनी (रोमाञ्च)
11 december - नभएको
2022

नागरिक दै निकमा प्रकाशित साहित्य कला र सम्बन्धि लेख एवं समाचार

मिति शिर्षक कैफियत


7 december - नभएको
8 december य:मरी विशेष कला अन्तर्गतको समाचार
9 december वाह श्रीअस्तु (नियात्रा)

लइ
ु टे ल गठ
ु ी चन्चल ( परु स्कार प्रदान; समाचार)

10 december योमरी पन्


ु ही हे र्न सर्वसाधारणदे खि सांसदसम्म समाचार

11 december - नरहे को
गोरखापत्रमा प्रकाशित साहित्य कला र सम्बन्धि लेख एवं समाचार

मिति शिर्षक कैफियत


7 december य:मरी पर्णि
ू मा विशेष(ऐतिहासिकता, इतिहास
समाचार)

8 december ढुंगानालाई २०७८ सालको साझा पुरस्कार(समाचार)


9 december - नरहे को
10 december भाषायुवा फणिन्द् रत्न वज्राचार्य यात: सत्यमोहन नेपाल भाषा साहि
जोशी समाचार विशेष
ल: ल्हात कोशेली विशेष
गद्य गुरु पं निष्ठानन्द वज्राचार्यया १६६ दँ बुन्हि
भजन दाफा पक
ु ार सुरू (समाचार)
मिथिला संस्कृति सम्बन्धी कार्यक्रम शरु

(समाचार)
नेवारी संस्कृतिको प्रेमदिवस मतिना पारु
(ऐतिहासिकता साहित्य )
कहर वत्ृ त (कथा)
सहिद (कविता)
वास्तविकता (कविता)
हार्दिकताभित्र बौद्धिकताको लेपन (पुस्तक वार्ता)
रातभर निन्द्रा परे न (अनस
ु न्धान)
नाट्य महोत्सव उत्साह र आक्रोश (समाचार )
मुस्ताङी छटा (पर्यावरणीय साहित्य)

11 december साकेलादा किरात प्रदे शमो दिम(समाचार) गोरखापत्रमा प्रक


आसो रोदङ
ु ची छै मारीमो लाममा (समाचार) चाम्लिङ भाषा पष्ृ ठ
१०. व्याख्या विश्लेषण

नेपालमा साहित्यिक पत्रकारिता प्रायजसो मरे तल्


ु य समान नै छ । विभिन्न पत्रपत्रिकाले प्राय
यस्ता कला र साहित्यलाई शुक्रबार वा शनिबार विषेशमा प्रस्तत
ु गर्दछन । त्यसैले मैले
कान्तिपुर दै निक, नागरिक दै निक र गोरखापत्रको तुलनात्मक अध्ययन गरे को हुँ । नागरिक
दै निकको शुक्रबार विशेष लगभग समाप्त भैसकेको छ । कान्तिपुरको कोशेली विशेष प्रायः
नवपस्
ु ताका कमजोर लेखन शिल्पी भएका लेखहरू मात्र छन । इतिहासकै जेठो गौरव बोकेको
गोरखापत्रले केही समेटदै छ र त्यो भन्दा बढी छाडदै छ । प ुराना श्रष्ठा र साहित्यका
विषयवस्तु समावेश नगरिनु, अन्तर्राष्ट्रिय साहित्य कला रं गमञ्चलाई नसमेटिन,ु नयाँ पस्
ु ताका
विकाउ लेख मात्र प्रकाशित हुनु यी तिनै पत्रिकाको साहित्यिक पत्रकारिताको दर्व
ु ल पक्ष हुन ।
लगभग ११ लाख लेखक रहे को नेपाली साहित्यका ६० लाखको हाराहारीमा पाठकहरू छन ।
उनीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्न नसक्दा नसक्दै पनि हप्ताको एक दिन
समावेश हुने यस्ता समाचारहरूमा केवल दर्व
ु लतामात्र दे खिएको छ । राज्य र नेपाल
प्रज्ञाप्रतिष्ठानको गैर जिम्मेवारीपना पनि यहाँ प्रस्ट झल्कन्छ । अनुवादको पाटो, अन्तर्वार्ता,
साहित्यिक समाचार लगभग समाप्त भैसकेको छ भने यस्ता विशिष्ट ख्याति कमाएका
पत्रपत्रिकामा साहित्य एवं सम्पादनतर्फ कलम चलाउने पत्रकार नहुनु पनि अर्को दर्दु शा हो ।

११. निष्कर्ष

आजका साहित्यिक पत्रिका र तिनको सम्पादन कार्यमा संलग्न पत्रकारहरुका थुप्रै समस्या छन ्
। साहित्यिक पत्रकरिताको सबभन्दा ठूलो समस्या साहित्यिक पत्रकारहरुले पाठकहरुका
आकांक्षाको पूर्ति गर्न नसक्नु नै हो । जसको नाजुक अवस्था माथिको तथ्यांकले दे खाइसकेको
छ । हाल हाम्रा बजारमा हिन्दी र अङ्ग्रेजी भाषाका निकै पत्रिकाहरु बिक्री हुन्छन ् । नेपाली
भाषाका केही पत्रिकालाई छाडेर प्रायः धेरै नेपाली पत्रिका तिनको दाँजोमा पुग्न सक्तैनन ् भनेर
पाठकहरु छटपटिने गरे को दे खिन्छ । पत्रिकाका सामग्री र प्रस्तत
ु ीकरण दव
ु ै दृष्टिले हाम्रा
साहित्यिक पत्रिकाहरु उत्कृष्ट छन ् तापनि विदे शी पत्रिकासँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहे को
तथ्य अझसम्म टड्कारो छ । गुणस्तरीय सामग्री कम हुने र पाठकको रुचिअनुसार
पाठ्यविषय थोरै मात्र हुने हुँदा साहित्यिक पत्रिका किन्ने ग्राहक आकर्षित नभएका हुन ् भन्ने
कुरा कहिलेकाहीँ चर्चामा आउने गर्छ तापनि आजको हाम्रो साहित्यिक पत्रकाारिता निकै माथि
उठिसकेको कुरा सगर्व भन्न सकिन्छ । यति हुँदा पनि अनुसन्धानमूलक र विशेष प्रकारका
सामग्री दिने पत्रिकाबाहे क बहुविधा सङ्कलन पत्रिककाहरुले विषयगत विविधताका बारे मा
ध्यान नदिएको र प्रकाशित सामग्री पनि पाठकका रुचिअनुसार नभएको गुनासो कतिपय विज्ञ
पाठकहरुबाट सन्
ु ने गरिन्छ । त्यसकारण पनि हिन्दी, अङ्ग्रेजी आदि भाषाका पत्रिकाहरुतर्फ
आकर्षित हुनु स्वाभाविक हो भन्ने गरिन्छ ।

१२. सन्दर्भ सामग्री

साहित्यिक पत्रकार सङ्घको तल


ु नात्मक अध्ययन, कार्यपत्र, हे टौँडा, मकवानपुर २०७४

पोखरे ल, डी.आर (२०६६), नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा चितवनमा आयोजित


मोफसलमा साहित्यिक पत्रकारिता विषयक सङ्गोष्ठी

उपाध्याय, भगवतशरण (अक्टोबर, १९५७), विश्वसाहित्य की रूपरे खा, राजपाल एण्ड सन्ज,
काश्मीरी गेट, डिल्ली -६

ख़लीफ़ा नज़ीर अहमद बिन मह


ु म्मद दाऊद राज, (रजब 1432 हिजरी (जन
ू 2011 ईस्वी),
जमीयत अहले हदीष जोधपुर (राज.)

कान्तिपुर दै निक - 7 dec - 10 dec

नागरिक दै निक - 7 dec - 10 dec

गोरखापत्र - 7 dec - 10 dec

ु हक्क उमारी, कुरान मजिद, किंग फहद कुअन परिन्टिन्ग कम्प्लेक्स,


अन:ु मौलाना अजीजल
मदीना मुनव्वरा

Imru' al-Qais bin Hujr al-Kindi poetry redearch (A.D. 500)

You might also like