Professional Documents
Culture Documents
नं. 2 प्रदेश मधेश आन्दोलन अध्ययनl
नं. 2 प्रदेश मधेश आन्दोलन अध्ययनl
(2063/064)
१. परिचय
निषेधित
निषेधित
भौगोलिक वनावटः
भौगोलिक हिसावले नेपालालाई हिमाल, पहाड र तराई गरि ३ भागमा वर्गीकरण गरिएको छ भने राजनीतिक
रुपमा ७ वटा प्रदेश र ७ 7 जिल्लाहरुमा वर्गीकरण गरिएको छ। नेपालको ७ 7 जिल्लाहरु मध्ये हिमाली १६,
पहाडी 40 र तराईका २ 1 जिल्लाहरुमा वर्गीकरण गरिएका छन्। तराई क्षेत्रको चुरेदेखि दक्षिणको भारतको
सीमानासम्म जोडिएको क्षेत्रलाई तराई (मधेश) भन्ने गरिएको छ। तराई फारसी भाषाबाट आएको शब्द हो।
जसको अर्थ ओसिलो भूभाग भन्ने हुन्छ। तराईको जनसंख्याको भार बढी रहेको देखिन्छ 17 प्रतिशत भूभाग
ओगटेको तराईले नेपालको जनसंख्याको झण्डै आधि भार थाम्नु परेको छ। नेपालको जनघनत्व प्रति वर्ग
कि.मि. १५७ देखिन्छ। तराई क्षेत्र ३३० प्रति वर्ग कि.मि. अर्थात् हिमाल र पहाड भन्दा अत्याधिक बढी चाप
देखिन्छ। (परिशिष्ट ‘क’)
जनसंख्याको बनावटः
नेपालका तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका मानिसहरुको कू ल जनसंख्या ४८% को हाराहारीमा
रहेकोले त्यसको झण्डै ५०% जनताले आफू लाई मधेशी समुदायका रुपमा चिनाउने गरेका छन् । यो क्षेत्रमा
मधेसी मूलका मानिसहरुको आधिक बसोबास रहने गरेकाले यसलाई मधेश र यहाँ बस्नेहरुलाई मधेसी भन्ने
गरिएको हो । मधेसी भन्नाले मधेसमा बस्ने मानिस भन्ने बुझिने भएपनि बोलीचालिको भाषामा प्रयोग गरिने
मधिशे शब्दले पराई वा उत्तर भारतबाट आएका आप्रवासी भन्ने बुझिन्छ। मधिसे शब्द मधेसको अपभ्रंस रुप
हो।
भाषाको छनौटः
२०६८ सालको जनगणनाको तथ्याङ्ग अहिलेसम्म उपलब्ध सबैभन्दा ताजा स्थलगत तथ्याङ्ग हो । यद्यपी यसमा
धेरै भाषालाई अज्ञात भनिएको छ । नेपालमा बसोबास गर्ने १०१ भन्दा बढी जनजाती , जनजातीले बोल्ने
पहिचान भएका ९२ र पहिचान नभएका के ही भाषाहरु मध्ये १९ वटा अर्थात् कू ल भाषाको १ चौथाई जति
मुख्य भाषा तराईमा बोलिन्छ । तराईका २१ जिल्लामा जातजाति, जनजातिको विश्लेषण गर्ने हो भने नेपालमा
रहेका १०१ र पहिचान नभएका जातजाति र जनजाति मध्ये तराईका जिल्लाहरुमा झण्डै सम्पूर्ण नेपालीको
प्रतिविम्ब झल्कन्छ । मधेसका सबै जिल्लाहरुमा ७२ देखि ९६ जातजाति, जनजातिको बसोबास रहेको देखिन्छ
।
नेपालको तराईमा बोलिने भाषाहरुमध्ये नेपाली, अवधि, भोजपुरी, धिमाल, झाँगड, खडिया, किसान, कोचे, मैथिली,
मारवाडी, राजवंशी सन्थाली र थारु ईस्वि संवत २००९/११ यता गरिएका जनगणनामा लगातार उल्लेख
गरिएका छन् । तराईका पाँचवटा भाषाहरु (अंगिका, बज्जिका, खडिया, किसान र कोचे) बिक्रम संवत् २०५८
सालको जनगणनामा पहिलो पटक उल्लेख भएका छन् । पहिले मैथिली र भोजपुरी भाषाका भाषिका ठानिएका
अंगिका र बज्जिकालाई संवत् २०५८ सालको जनगणनामा छु ट्टै भाषा मानिएको छ । यस बोहक नेपालको
पहाड र भारतबाट बसाईसरी तराईमा आएका मानिसहरुले बोल्ने भाषा पनि धेरै आधिक्य संख्यामा छ जसमा
नेपाली प्रमुख हो । जनसंख्याको प्रकृ ति हेर्दा तराईका जिल्लाहरुमा झापा , मोरङ्ग, चितवन र रुपन्देहीमा पहाडे
मूलका बाहुनहरुको बहुसंख्या छ भने कञ्चनपुरमा क्षेत्रीहरुको बहुसंख्या छ, त्यसैगरी थारुहरुको सुनसरी, दाङ,
कै लालीमा बहुसंख्या देखिन्छ भने यादवहरुको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीमा बहुसंख्या देखिन्छ।
मुस्लिमहरु रौतहट, बारा पर्सा, कपिलवस्तु र बाँके मा बहुसंख्यामा रहेका छन् । मगरहरु नवलपरासीमा
बहुसंख्यामा देखिन्छ । तराईका जिल्लाहरुमा जनसंख्याको प्रकृ ति हेर्दा बाहुनहरुको आधिक्य प्रतिशत २९.१%,
क्षेत्री २७.२%, थारु २५.६%, यादव २४.१%, मुस्लिम २१.१% र मगर १७.२% जनसंख्या रहेको देखिन्छ ।
निषेधित
निषेधित
उपयुक्त तमाम तथ्यहरुको आधारबाट प्रष्ट हुन्छ कि मधेशको इतिहास गौरवमय एवं सुसंस्कृ तिले परिपूर्ण छ।
मधेशीहरु नेपालका आदिवासी समुदाय हुन् मधेशी समुदायबारे बुझ्न सर्वप्रथम मानव जातिको गौरवमय इतिहास
बोके को मधेशी समुदायको ऐतिहासिक पक्षलाई बुझ्न आवश्यक छ। नेपालको मधेश क्षेत्रमा पर्ने बुटवलको
सेरोफे रोमा नै प्राग ऐतिहासिक युगको आदि मानव झण्डै दश लाख वर्ष पुरानो मानव अवशेष बुझिन्छ। त्यस्तै
बुबल नजिककै एक ठाउँबाट दश लाख वर्ष पुरानो अनुमान गरिएको आदि मानवको दाँतको अवशेष
पाइएकोबाट स्पष्ट हुन्छ कि आदिकालदेखि नै मानव जातिहरुले यस क्षेत्रमा बसोबास गर्दै आएका छन्।
इतिहासकारहरुका भनाई अनुसार ईसा पूर्व १५०० वर्ष पहिले मध्ये एसियामा उत्पत्ति भएका कार्यहरु सिन्धु
नदी पार गरी सिन्धु घाटीमा कब्जा जमाउनु भन्दा हजारौं लाखौं वर्ष पहिलादेखि स्थानीय द्रविड जातिको
बसोबास रहेको पाइन्छ। यसरी गंगा जमुनाको मैदानी भूभागमा आर्यहरुको आगमन पूर्व काश्मिर देखि अछाम
सम्म आदिमानव द्रविड जातिको बसोबास रहेको कु रा मानव शास्त्री डा. राधाकृ ष्ण स्वीकार्नु हुन्छ। तत्कालिन
द्रविड जातिहरुले कृ षि प्रणालीको विकास गरी सामुदायिक ग्रामिण व्यवस्था अनुसार स्थायी बसोबास गर्न
थालिसके का थिए।
३५०० वर्षदेखि ५००० वर्ष बीचको अवधिमा पशुपालक घुमन्ते आर्यन जातिहरुले द्रविड जातिको विरासतमाथि
कब्जा जमाए। आर्यनभन्दा द्रविड जातिहरुका संस्कृ ति विकसित भएकाले आर्यनहरुले तिनका सभ्य संस्कृ तिलाई
स्वीकार गरी अन्तरघुलित हुँदै गंगा र जमुना नदी पार गरी हालको उत्तर प्रदेश र उत्तरी बिहार भएर कोशी
नदीसम्मको मधेश भूभागमा शक्तिशाली ठू लासाना सामन्तवादी राज्यको स्थापना गरे। गन्धार , मद्र पञ्चाल,
कौशल, अवध, वैशाली, अमरपाली अंग, मिथिला आदि राज्यहरु मधेश भू–भागमा अवस्थित रहेका थिए भन्ने
कु राको इतिहास साक्षी छ। विदेश लगायत अन्य क्षेत्रको चर्चा बैदिक बाङमय , पुराण, रामायण, महाभारत जस्ता
अन्य प्राचीन ग्रन्थहरुमा उलेख भएको पाइन्छ। ऐतिहासिक कालमा हालको जनकपुर क्षेत्रमा राजा जनक राज्य
निषेधित
निषेधित
गर्दथे भन्ने कु रा ग्रन्थ पूराणमा समेत छ ।.त्यसैगरी मध्ये मधेशको कपिलवस्तुमा शाक्य वंशीय राजाहरुको
राजधानी र बारा जिल्लाको सिम्रोनगढमा तिरहुते राजा ‘न्यान्य देव’ को राजधानी थियो भने पूर्वी मधेशमा मत्स्य
देशका राजा विराटको राज्य थियो । जसको राजधानी हाल विराटनगरको दक्षिणमा पर्ने भेडियारीमा रहेको
अनुमान गरिन्छ। हालको काठमाडौं उपत्यकामा ऐतिहासिक कालको विभिन्न अवधिमा राज्य गरी सके का
गोपाल, मल्ल, लिच्छवी वंशीय राजाहरु मधेश कै विन्दावन, मलावा, वैशाली आदि क्षेत्रबाट गएका थिए। त्यस्तै
सन् १७९३ मा सर्वप्रथम तराई भू–भाग हुँदै काठमाडौ पुगेका ब्रिटिश इण्डिया कम्पनीका उच्च पदस्त
अधिकारी ‘विलियम कर्क पेट्रिक (William Kirk Patrick) र (Francis Hamiltan) फ्रासीस हृयामिल्टन’ले
लेखेका छन् कि चुरे पहाडदेखि दक्षिणतर्फ ४५ माइल चौडाईसम्म फै लिएको समतल भूभागमा मधेशीहरुको
घना वस्ती थियो।
यसरी यी तमाम ऐतिहासिक तथ्यका आधारमा हेर्दा नेपालको मधेश मा प्राचीनकालदेखि नै मधेशीहरु बसोबास
गर्दै आएकाले वास्तविक आदिवासी मधेशीहरु हुन् भन्ने कु रा स्पष्ट छ। निश्चय नै हाम्रो जस्तो संरचना भएको
देशको सामाजिक, राजनीतिक, आर्थिक एवं साँस्कृ तिक अवस्था सामन्तवादी ढाँचाको छ। जहाँ वस्तुको सिमितता
हुनु र मानवीय आकांक्षा असीमित हुनुले समाजमा भयंकर वर्गीय एवं जातीय अन्तरविरोधहरुको उत्पत्ति गर्दछ।
यसखाले सामाजिक, आर्थिक, राजनीतिक एवं साँस्कृ तिक अवस्था भएको समाजमा वर्गीय तथा जातीय मुक्ति
आन्दोलनका ज्वारभाटा उठ्नु स्वभाविक छ र उठिरहेका छन्। हाम्रो देश नेपालका राष्ट्रिय शक्ति मुख्यतः दुई
कित्तामा विभाजित भएका छन्। यथास्थितिका पक्षधर प्रतिक्रान्तिकारी शक्तिहरु पुरानो सत्तामा रही रहनु र
अर्को परिवर्तन पक्षधर जनताको संख्या यस देशका अधिकांश रहेको छ। यी मध्ये आधा आधा संख्या मधेशमा
बसोबास गर्दछन्। जो आर्थिक स्रोत साधनले सम्पन्न विकसित चेतनाले समृद्ध एवं विद्रोही मनोविज्ञानले लैश
समुदाय हुन् । यी ५० प्रतिशत जनसमुदायलाई शिक्षा एवं राजनीतिक रुपले स्पष्ट र सचेत नपारीकन देश
अगाडि बढ्न सक्दैन। तसर्थ तमाम नेपाली लगायत मधेशी भाषा, भाषा र धार्मिक सम्प्रदायको जनताले शिक्षा
एवं विभिन्न राष्ट्रिय सहुलियत उपभोग गर्न नपाई दबेका महशुस गरेका छन्।
सन् १९५१ मा गठित तराइ काँग्रेसले देवानन्द झाको नेतृत्व सन् १९५० को दशकमा उठाएको सबैभन्दा
ठू लो मुद्दा भाषा थियो। यसले मधेशीहरुमाथि नेपाली भाषा थोपरिएको कु राको विरोध गरेको थियो । सन्
१९८३ मा गजेन्द्र नारायण सिंहले सद्भागवना काउन्सिल नामक संस्था स्थापना गरेका थिई। यस संस्थाको
मुख्य लक्ष्य मधेशीहरु विरुद्धको विभेदहरुसँग लड्नु भन्ने थियो। सन् १९९० पछि नेपाल सद्भावना पार्टी नामक
निषेधित
निषेधित
राजनैतिक पार्टीमा परिणत भयो। सन् १९८० को दशकको अन्त्य सम्म मधेसीहरुको चिनारीका लागि कु नै
ठोस आन्दोलन अगाडि बढ्न सके न। सन् १९९० को दशकमा आएर मात्र मधेसी , बुद्धिजिवी, राजनैतिक नेता,
सामाजिक कार्यकर्ता र विद्यार्थी संगठनहरुले मधेसीहरुको सन्दर्भ र अर्थ पत्ता लगाउन सचेततापूर्वक प्रयास
थाले।
१.1.4 मधेशको मूल समस्याः
जमिनदारी र सामन्तवादी संस्कृ तिको समेत बर्चस्व रहेको कारण मधेशी समुदाय भित्रकै ठू लो हिस्सा भूमिहिन
अवस्थामा रहन बाध्य छ। तराइमा बसोबास गर्ने ३० % मानिसहरु भूमिहिन रहेका छन्। जमिनमाथिको
स्वामित्वको अभाव र नेपाली भूमि पर्ने पञ्चायतकालीन कानुनी व्यवस्थाका कारणले उक्त समुदायको ठू लो
हिस्सा नागरिकताको अधिकारबाट बञ्चित रहँदै आएको थियो। २०४६ सालको परिवर्तन पछि निर्माण भएको
नेपाल अधिराज्यको संविधान २०४७ सालमा वंशजको आधारमा मात्र नागरिकता दिने नीति रहेको र
नागरिकता पाई नसके का भूमिहिन मधिशे समुदायका नेपाली नागरिकहरुले नागरिकता पाउने कु रा कानुनी
दृष्टिले पनि असम्भव जस्तै थियो। तराईको नागरिकता समस्यालाई पहिलो पटक ने.क.पा. (एमाले)ले सार्थक
ढं ङ्गले समाधान गर्न पहल गरेको थियो। कमरेड धनपति उपाध्यायको अध्यक्षतामा आयोग गठन गरेर त्यहाँको
नागरिकता समस्या समाधान गर्नका लागि गरेको प्रयास पनि संवैधानिक र कानुनी जटिलताको कारणले सम्भव
हुन सके न। २०५४ सालको स्थानीय निकायको निर्वाचन पछि स्थानीय निकायमा राष्ट्रिय भाषाहरुको प्रयोग
गर्न गरिएको प्रयासलाई सर्वोच्च अदालतले रोक लगाएपछि गैर नेपाली मातृभाषा बोल्ने निकै ठू लो समदायले
असन्तुष्ट हुनु परेको थियो। बेला बखत मधेशी समुदायका नेताहरुले नेपाली सेनामा शुन्य पहुँच र प्रहरी
प्रशासन र राज्यका अन्य निकायहरुमा समेत न्यून सहभागिताका कारणले मधेशी समुदायमा राष्ट्र मेरो हो तर
राज्य मेरो होइन भन्ने भावना फै लाईरहेको बुझिन्छ। ‘मधेशी जनताको मुक्ति भनेको मधेशबाट जमिनदारी प्रथा ,
छु वाछु त, बोक्सीको आरोप, दहेज, महिला माथिको अत्याचार र अन्धविश्वास, कु रीति, चरम व्यक्तिवादी चिन्तन,
डकै ति जस्ता सामन्तवादका जराहरुको उन्मुलन गर्नु हो।
१.1.5 सामाजिक शक्तिको आन्दोलन
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न जातीय समुहले आफू लाई मधेशी समुदायका रुपमा चिनाउँदै
आएका छन्। मधेशी पहिचान बोके को उक्त समुदायले निकै पहिले देखि नै राज्यले आफना समुदायप्रति
भेदभाव गर्ने गरेको आवाज उठाउँदै आएका थिए। मैथली , भोजपुरी, अवधि, थारु, बज्जिका र राजवंशी भाषा
बोहक त्यस्ता समुदाय आफ्नो भाषा र संस्कृ ति प्रति राज्यले उपेक्षा गरेको महसुस गर्दै आएका छन्। नेपालको
सीमा मिचिँदाको अवस्था होस वा दक्षिण सीमा क्षेत्रमा भारतले बाँध बाँधेर नेपाली भूभाग डूवानमा पारिदा होस
वा नेपालको सीमा क्षेत्रमा कोशी गण्डकी जस्ता ठू ला नदीहरुमा बाँध बाधेर पानी लैजाँदा पनि सबै भन्दा ठू लो
नोक्सानी मधेसी समुदायले व्यहोर्नु परिरहेको छ। जब भारतीय हैकम र हस्तक्षेपका विरुद्धमा नेपालमा
राष्ट्रवादी आन्दोलन शुरु हुन्छ त्यसको असर पनि नेपालका रैथाने मधिशेहरुले नै व्यहोर्नु परिरहेको हुन्छ।
यसरी पिडामा परेका मधेसीहरु ऐतिहासिक जनआन्दोलनको सफलता पछिको नयाँ नेपालमा आफ्नो हित हुने
अपेक्षा गरिरहेका थिए।तर अन्तरिम संविधानमा आफ्नो पीडा र पहिचानको प्रतिनिधित्व नभएको देखेपछि मधेशी
समुदाय आन्दोलित भएका हुन् र त्यो मधेशको मूल सामाजिक न्याय वा समस्या भइ आन्दोलनका रुपमा अघि
आएको छ।
१.1.6 राष्ट्रिय समस्याको रुपमा तराई समस्या
तराई समस्यालाई राष्ट्रिय समस्याको रुपमा लिएर तराईका जनताहरुले भोगी रहेका नागरिकताको समस्या
सुल्झाउने, बैज्ञानिक शिक्षा, उपचार लगायत अन्य आधारभुत आवश्यकताहरु पुरा गर्न नयाँ नयाँ कार्यक्रमहरु
सञ्चालन गर्न उपयुक्त देखिन्छ साथै तत्काल निम्न कदमहरु चाल्नु पर्ने देखिन्छ ।
निषेधित
निषेधित
१. तराईका जनताहरुलाई सामाजिक, आर्थिक, राजनैतिक चेतना जगाउने किसिमको शिक्षाको विकास गर्नुपर्ने।
२. गरिबी निवारण सम्बन्धी नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने।
३. सुरक्षाका अंगहरुलाई गाउँ गाउँ सम्म पुर्याई सुरक्षाको प्रत्याभुति दिनुपर्ने।
4. तराईका जायज मागहरुको संबोधन गरिनुपर्ने।
5.सबे जातजाती, सामुहहरुलाई स्थान दिनुपर्ने।
6.राष्ट्रिय सार्वभौमिकता र अखण्डतालाई जोगाउँदै निहित स्वायत्तता दिनुपर्ने।
7 .सिमाको अनुगमन र त्यसको कडा नियन्त्रण गर्नुपर्ने।
8. भारतसँग कु टनैतिक सम्बन्ध अझ विस्तार गरी सहयोगको माग समेत गरि समस्या समाधान तर्फ लाग्नुपर्ने।
२. आन्दोलनको बिजारोपणः- संघीय शासन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र
समानुपातिक निर्वाचन प्रणाली तथा आफ्नो मौलिक पहिचानलाई (मधेश÷मधेशी) अगाडि सारेर सत्ता रुढ
सद्भभावना (आनन्ददेवी) पार्टीले २०६३ पुष ९ गते मधेश बन्दका घोषणा गर्दा यसको नकारात्मक असर देशले
नेपालगञ्ज दुर्घटनाका रुपमा व्यहोर्नु पर्यो। यस घटनाको एक महिना वित्न नपाएँदै २०६३।१०।१ गते
अन्तरिम संविधान जारी गरेपछि मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतले काठमाडौमा
संविधान जलाएर विरोध शुरु गरिए। उक्त संविधान जलाएको आरोपमा पक्राउ परेका मधेशी जनअधिकार
फोरमका अध्यक्ष उपेन्द्र यादवको रिहाईको माग गर्दै २०६३।१।५ गते आयोजित सिराहाको चक्का जाम र
बन्दको माओवादी कार्यकर्ताहरुको पक्षबाट अवज्ञा गरे वापत मधेश तनावको श्री गणेश भयो।
मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले स्थानीय ट्राफिक चोक, लाहानमा टायर बालेर चक्का जाम
र बन्दको आह्वान गरिरहेका बखत माओवादी के न्द्रिय सदस्य राम कार्की सहितको साँस्कृ तिक टोली चितवनमा
हुन लागेको प्रशिक्षणका लागि पश्चिमतर्फ जाँदै गर्दा बाटोमा अवरोध भएको कु रा लिएर दुवै पक्षबीच के हिवेर
झडप भएको थियो। सोही क्रममा माओवादी चढेको गाडीबाट गोली चली प्रदर्शनकारी मध्ये रमेश महतोको
घटनास्थलमै मृत्यु भए पश्चात् प्रतिरोध स्वरुप फोरम सम्बद्ध कार्यकर्ता तथा सर्ब साधारण उग्र भएर माओवादी
पक्ष चढेको दुवै मिनिवसमा आगजनी गरे । आगजनी पश्चात् दुवै पक्षबीच के ही घण्टासम्म दोहोरो मारपिट र
झडप भएको थियो।
रमेश महतोको मृत्युलाई लिएर उक्त दिनै प्रदर्शनकारीहरुले लाहानको विभिन्न स्थानमा पार्कि ङ्ग गरि
राखिएका करिव दुई दर्जन यात्रुबाहक बसहरुमा आगजानी गरेका थिए भने राजमार्ग छेउ छाउका विभिन्न
पसलहरु समेत तोडफोड गरी क्षति पुर्याएका थिए। तोडफोड र आगजनीमा खास गरी लामो दुरीका
यातायातका सवारी साधनहरु परी करौडो मुल्य बराबर क्षति भएको थियो। सोही घटनालाई आधार बनाएर
मधेशका मोरङ, सुनसरी, सिराहा, सप्तरी, बारा एवं पर्सामा समेत प्रतिक्रिया स्वरुप विभिन्न प्रकारका प्रदर्शन,
आगजनी र मारपीटका घटनाहरु घटेका थिए। माघ ६ गते फोरम सम्बद्ध युवा विद्यार्थीहरुले मृतक रमेश
महतोको शब बोकी मृतकका परिवारलाई क्षतिपूर्ती र अपराधीलाई कडा कारवाहीको माग राख्दै लाहान बजार
परिक्रमा गरी विभिन्न गाडीहरुमा ढुङ्गा मुडा गर्दै सरकारी कार्यालय तथा तिनका गाडीहरुमा आगजनी गरी क्षती
पुर्याएका थिए। मृतकको शब अन्त्येष्टिका लागि भने महेन्द्र राजमार्ग स्थित महेन्द्रचोकमा राती अबेरसम्म
राख्दै माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्रिले माफी माग्नु पर्ने भनी धर्ना दिंदा दिँदै सम्बन्धित पक्षसँग वार्ता
गर्ने भन्दै आएका माओवादी सम्बद्ध राष्ट्रिय मधेशी मुक्ति मोर्चाका के न्द्रिय अध्यक्ष मातृका यादवले वार्तामा
नवसी धर्नामा बसेका प्रदर्शनकारीहरुलाई माओवादीका कार्यकर्ताहरुले निर्घात कु टपिट गरी मृतक महताको शब
तथा उनका दाजु रामकृ ष्ण महतो सहित के ही प्रदर्शनकारीहरुलाई अपहरण गरी घटनालाई भयङ्कर डरलाग्दो
स्थितिमा पु¥याईदिए, अर्थात विगतमा झै माओवादीले आफ्नो व्यहोरा प्रदर्शन गर्दै आन्दोलनलाई उचाईमा पुर्
निषेधित
निषेधित
याईदिए। उक्त आन्दोलनमा मृत्यु हुने हरुमा फोरमका २३, माओवादी १, अज्ञात समुह २, गोइत समूह ३, गरी
२९ जनाको मृत्यु भएको थियो।
२.1. तोडफोड, आगजनी र लुटपाटः- आन्दोलनकारीहरुको आन्दोलन प्रभावित क्षेत्रमा करौडौ मुल्य बराबरको
क्षति पुर्याएका थिए । यसै क्रममा लाहान स्थित ने.क.पा.(माओवादी) को कार्यालय, खाद्य संस्थान, हुलाक
कार्यालय, आन्तरिक राजश्व कार्यालय, सडक भिडिजन कार्यालय, जिल्ला वन कार्यालय, ईलाका प्रशासन
कार्यालय, सरसफाई तथा खानेपानी डिभिजन कार्यालय, घरेलु कार्यालय, लाहान नगरपालिका कार्यालय, अञ्चल
यातायात कार्यालय, भूमिगत जनस्रोत सिंचाई कार्यालय, ट्राफिक कार्यालय र भू–संरक्षण कार्यालयमा तोडफोड
गर्नुका साथै आगजनी गरेको थिए। जिल्ला वन कार्यालय र सरसफाई डिभिजन कार्यालयका एक–एक गरी
दुई थान सवारी साधनमा समेत आगजनी गरेका थिए। त्यसैगरी सिराहा शिक्षा कार्यालय, भन्सार कार्यालय, कृ षि
विकास कार्यालय, जिल्ला विकास समिति र माओवादीको मिथिल्ला कार्य समितिको कार्यालय तोडफोड गरी
आगजनी गरेका थिए। सिरहामा प्रदर्शनकारीहरुले ने.क.पा. (माओवादी) का अध्यक्ष प्रचण्ड, मातृका यादव र
गृहमन्त्रि कृ ष्ण प्रसाद सिटौलाको पुतला बनाई जलाएका थिए। प्रदर्शनकारीहरुले प्रचण्डपथ मुर्दावाद ,
संविधानसभा र अन्तरिम संविधान धोका हो, गृहमन्त्रि मुर्दावाद जस्ता विभिन्न किसिमका उग्र नाराहरु लगाई
सिराहा बजार परिक्रमा गरी गृहमन्त्रि सिटौलाको पुत्ला स्थानीय प्रशासन कार्यालय अगाडि र प्रचण्ड तथा
मातृका यादवको पुतला सिराहा –७ स्थित माओवादी सम्पर्क कार्यालय अगाडि दहन गरेका थिए। तोडफोड र
आगजन गरेका कार्यालयहरुका साईनबोर्डहरुमा नेपाल सरकारको स्थानमा मधेश सरकार लेखेका थिए।
२.2. रौतहट (गौर) झडपः
२.2.१ घटनाको झलकः- चैत्र ७ गते दिउँसो १ बजेदेखि नै बजारमा समर्थकहरुको चहलपहल बढिसके को
थियो। दुवै समूहहरु आआफ्नो जुलुसमा सक्रिय थिए। ठीक साढे १ बजे फोरम र माओवादीहरुको भेट भयो,
मिल चौर छेउमै फोरमका कार्यकर्ता उनीहरुको निर्धारित कार्यक्रमस्थलतिर मोडिए भने माओवादीहरु नगरतिरै
लागे। फोरमको कार्यक्रम शुरु भयो। माओवादीहरु जुलुसमा नगर परिक्रमा गरिरहेको मौका छोपी फोरमका
कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए। राइसमिल चौरमा आइपुग्दा आफ्नो मञ्च भत्किएको देखेपछि
माओवादी कार्यकर्ताहरुले पनि फोरमको मञ्च भत्काउन थाले र मञ्च नै भिडन्तको कारण बन्न पुग्यो। आफू ले
माओवादीले भन्दा पहिले कार्यक्रमको घोषण गरेको आफ्ना के न्द्रिय अध्यक्ष उपेन्द्र यादवको माओवादीले हत्या
गर्ने षडयन्त्र गरेको आरोप समेत फोरमले लगाएको छ। चैत्र ९ गते मध्यरातीसम्म गौर हत्याकाण्डमा मारिने
मध्ये २९ जनाको लास फे ला परेको छ। भिडन्तस्थलमा पाँच जना माओवादी कार्यकर्ता मारिएका थिए। बाँकी
सबै लास विभिन्न गाउँमा फे ला परेका हुन् ।
निषेधित
निषेधित
साहले विज्ञप्ति मार्फ त भारतीय आपराधिक समुह परिचालन भएको आरोप लगाएका छन्। दुई समूहबीच भिडन्त
हुनुपूर्व नै दक्षिणी चोकमा भारतीय नम्बर प्लेटका गाडीहरु र एम्बुलेन्स राखिएको दावी रहेको छ।
२.3. तराईमा देखापरेका सशस्त्र समुहहरु:-
जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोईत)
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)
जनतान्त्रिक तराई मुक्ति मोर्चा (विष्फोट सिंह)
जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह)
जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह)
लिवरेशन टाईगर अफ तराई इलम (एलटीटीई)
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा
नेपाल डिफे न्स आर्मी
तराई कोब्रा
मधेशी मुक्ति मोर्चा
नेपाल जनचान्त्रिक पार्ट
राष्ट्रिय आर्मी नेपाल
सुप क्रान्ति दल
तराई बागी
मधेश सेना
तराई टाईगर्स
राष्ट्रिय आर्मी्
शाही मुक्ति मोर्चा
जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा
मधेशी भाइरस किलर्स पार्टी ( एमभीके पी)
शान्तिका लागि तराई क्रान्ति
गोर्खा मुक्ति मोर्चा
नेपाल पिपुल्स आर्मी
तराई आर्मी
तराई उत्थान संगत
किराँत जनवादी पार्टी
तराई कमाण्डो लिग
तराई गणतान्त्रिक मुक्ति मोर्चा
नेशनल रिपब्लिक आर्मी
करेबियन डग
संयुक्त मुक्ति मोर्चा (उल्फा नेपाल)
निषेधित
निषेधित
२.4. मधेश आन्दोलन चर्कि नाका कारणहरु:- यस आन्दोलनमा विभिन्न अराजक समुहहरुबाट उत्तेजना फै लाउने
काम भएको छ। फलस्वरुप आन्दोलन चर्कि नाका कारणहरु निम्न छन् ।
मधेशी जनअधिकार फोरमले काठमाडौमा आयोजना गरेको कार्यक्रममा सरकारले हस्तक्षेप गरी
अपमानजनक ढङ्गले थुनामा राख्ने र राजकाज मुद्दा लगाउनाले।
लाहान घटनामा माओवादी पक्षले गोली चलाएर हत्या गर्ने मृतकका दाजु सहित के हीलाई अपहरण
गर्ने र मृतकको लास खोसेर जलाउने काम आफैं ले गर्नाले ।
मधेशी समुदायका पक्षमा अधिकारवादी आन्दोलनको पक्ष पोषण गर्दै आएको नेपाल सद्भभावना
(आनन्ददेवी) समूहको द्वैधपूर्ण भूमिका देखिएको छ । पुष ११ गते यसै पार्टीले चलाएको मधेश
बन्दका क्रममा नेपालगञ्जमा भएको साम्प्रदायिक दङ्गा र तोडफोडलाई सिडीमा उतारी मधिशे र पहाडी
बीच भेदभाव देखाई जनअधिकार फोरामको आन्दोलनलाई हौस्याउन गाउँ गाउँमा सिडी वितरण
गरिएको थियो।
मधेशी जनअधिकार फोरमको आन्दोलनलाई विस्तारित गर्ने कु रामा माओवादीबाट अलग्गीएको
जनतान्त्रिक तराई मुक्ति मोर्चाका गोइत पक्ष र ज्वाला पक्ष सशक्त रुपमा सिराहा, सप्तरी, धनुषा, मोरङ्ग
सर्लाही र बारामा देखापरेको बुझिन्छ । राजाका शासनकालका नेतृत्व वर्गको संलग्नता रहेपनि
मोर्चाका चेतावनीका कारण उनीहरु पन्छेका थिए भने तोडफोड आगजनीको घटनामा मोर्चाका
कार्यकर्ताहरुले प्रमुख हात रहेको विभिन्न घटनाक्रमले देखाएको छ। त्यसैक्रममा एउटा घटकले
नेपालको तराई क्षेत्रमा पहाडी समुदायका व्यक्तिहरु चालक रहेका सवारी साधनहरु चल्न नदिने
घोषणा समेत गरेको थियो। यसै साथ पहाडी मूलका मानिसहरुलाई लक्षित गरेर विभिन्न प्रकारका
कारवाहीहरु समेत सञ्चालन भएका थिए।
आदिवासी, जनजाती, मधेशी दलित महिला तथा कर्णाली प्रदेश लगायत दुर्गम तथा हिमाली क्षेत्रका
जनताले शुरु देखिनै आफ्नो पहिचान सहभागिता र पहुँचलाई सुनिश्चित बनाउने सन्दर्भमा संघियता,
समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको वकालत गर्दै आएकोमा अन्तरिम संविधानमा
उक्त विषयले यथोचित स्थान पाउन नसक्नु।
२.5. मधेश आन्दोलनमा भारतीय भूमिका:- बहुजातीय बहुसंख्यात्मक, बहुसाँस्कृ तिक एवं भौगोलिक विविधता युक्त
नेपालको प्राकृ तिक साधन स्रोत सम्पन्न उर्वरभूमि भएको अन्नको भण्डार मौजुदा उद्योगधन्दामा आधारित
औद्योगिक कल कारखाना एवं त्यसको लागि आवश्यक वन तथा कृ षि जन्य पदार्थको प्रचुरता र प्रशस्त सस्तो
श्रमशक्ति सम्पन्न क्षेत्र हो। “हरियो वन नेपालको धन” भनेको नेपालको मधेश नै हो भने सर्वत्र जग जाहेर
छ। नेपाली मधेशी समुदाय र भारतीय मधेशी समुदायका बीचमा थुप्रै हाडनाताको सम्बन्ध भएको व्यक्ति
परिवार छन्। यिनीहरु बीचका आपसी नाता सम्बन्ध कु नै पनि हिसावले छु टाउन सकिदैन। वैवाहिक सम्बन्ध
भारतमा क्रमशः हुने गरेको छ। ऐतिहासिक कालदेखि क्रमशः परम्परागत जातिगत भोज भतेर एवं नाता
सम्बन्धलाई सम्बन्ध विच्छेद गराउने खाले असर पार्न सके को छैन। नेपाली मधेसी समुदायको भाषा सस्कृ ति
रीतिरिवाज खानपिन रहन सहन भेष भुषा लगायत हाडनाता सम्बन्ध भारतीय मधेशी भई बसोबास गर्ने
जनसमुदायसँग मिल्ने र निरन्तर एक आपसमा आवत जावत हुने गरेकोले भारत र भारतीय मधेसी लगायत
सम्पूर्ण भारतीय जन समुदायसँग सम्बन्ध भावनात्मक सम्बन्ध राख्दै आएको सर्वविदितै छ।अर्कोतिर नेपालको
अर्थतन्त्रका प्रमुख भूमिका खेलेको कृ षि तथा अधिकांश मधेश क्षेत्रमा पर्दछ। यसरी नेपालको राजनीतिमा हेर्ने
हो भने ४८ प्रतिशत जनताको हाराहारीमा रहेको नेपाली मधेसी जनताले राजनीतिमा समेत ठू लो भूमिका खेलेको
हुँदा तराई आन्दोलनमा भारतीयहरुको मुख्य रुपमा निम्न अनुसार रोल हुन सक्ने देखिन्छ।
नेपाललाई भुटानको झै परराष्ट्र र रक्षामा पहुँच जमाई सधै आफ्नो पक्षमा पार्ने।
निषेधित
निषेधित
२.6. मधेश आन्दोलनका असरहरु:- नेपालमा मधेशी समुदायको सरकारसँग के ही गुनासाहरु रहेका छन्। जुन
गुनासाहरु निकै पुराना हुन् मधेशहरुले झण्डै पचास वर्षदेखि यसका बारेमा संगठित रुपबाट मुलुकको ध्यान
आकर्षित गर्ने असफल प्रयास गरिरहेका छन्। यो समुदायले डराई डराई आफु ना कु राहरु राख्ने सन्दर्भमा
अनेकन् आरोपहरु खेपिरहेको देखिन्छ। अनेकौ आरोपहरुका बाबजुद पनि नेपाल तराई काँग्रेस, तराई मुक्ति
मोर्चा, मधेशी जनक्रान्तिकारी दल, नेपाली सद्भभावना परिषद्, नेपाल सद्भभावना पार्टी मधेशी राष्ट्रिय मुक्ति मोर्चा,
मधेशी जनअधिकार फोरम तथा अन्य कतिपय राजनीतिक दलहरु तथा संगठनहरुले लामो समयदेखि मधेशीहरु
माथि भैरहेको जातीय विभेदका बारेमा कु राहरु उठाईरहेका छन्। आजसम्म यस क्रममा असंख्य मानिसहरु
यातना भोग्दै आएका छन् भने कतिपयले आफ्नो ज्यान समेत गुमाइसके का छन्।
यस समुदायका मानिसहरुको गम्भीर आरोप छ कि, नेपाली भाषा बोल्ने तथा लवेदा सुरुवाल लगाउने समुदायको
राज्य पक्षले उनीहरुमाथि ठू लो अन्यायका साथ जातीय विभेद गरेका छन्। श्रीलङ्काकै जस्तो जातीय नरसंहार
हालसम्म नभएपनि बडो चतुर्याईका साथ नेपालको सामाजिक राजनीतिक जीवनबाट मधेशी समुदायको छ। तर
के यी सब कार्यहरु राज्यले योजनाबद्ध रुपबाट नै गरेका हुन् त भन्ने प्रश्न उब्जिएको छ। ठू ला खालका
राजनैतिक दलहरु तराईको समस्याप्रति संवेदनशिल नरहेकोले नै पहिलो संविधानसभाको निर्वाचनमा तराईका
अधिकांश क्षेत्रमा ठू ला राजनैतिक दलहरुले भोग्नुपरेको पराजयले तराई आन्दोलनको महत्व र सान्दर्भिकतालाई
अझ उजागर गरेको हुँदा यसको प्रत्यक्ष असर राजनैतिक क्षेत्रमा टड्कारो रहेको छ। मुलुकहरुमा गहन जातीय
सवालहरुलाई साना मसिना कु राहर भनेर खासगरी राज्यबाट नजर अन्दाज गरिँदै जादा समस्याहरु अझ जटिल
बन्न जान्छ। नेपालमा विशेषतः मधेशिहरुका विरुद्ध देखिएको विभेद परम्परागत राज्य सञ्चालनको क्रममा
अनपेक्षित रुपमा जन्मेको प्रवृत्ति होइनन्। जसले भविष्यमा नेपालको राष्ट्रियताको प्रश्नमा ठू लो असर पार्न
सक्ने देखिन्छ।
२.७. तत्काल पार्न सक्ने असरहरु:- विश्वको बदलिँदो परिस्थिति र छिमेकी राष्ट्रहरुको प्रभावले हाम्रो देश
नेपालमा समेत विगत के ही वर्ष यताबाट जनजातीय आन्दोलनको रुपमा विविध संस्कृ ति, भाषा, भेषा र
परम्परालाई जातीय रुपमा कानुन र अधिकार खोज्न थालेको देखिन्छ। जसले एकमुष्ट रुपमा देशलाई नै ठू लो
क्षति र विकराल अवस्थामा नपु¥याउला भन्न सकिन्न। अहिलेको परिप्रेक्षमा तराई आन्दोलनले मुख्य रुपमा
निम्न प्रभाव पार्न सक्ने देखिन्छ।
2.7.1. आर्थिक क्षेत्रमा:- देशको प्रमुख आय श्रोतको रुपमा रहेको कृ षि, पर्यटन पशुपालन तथा स–साना उद्योग
व्यवसायसँग सम्बद्ध रहेकाले तराई आन्दोलन जारी रहनाले आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्न सक्छ।
निषेधित
निषेधित
2.7.2.सामाजिक, राजनैतिक र धार्मिक क्षेत्र:- विविध धर्म तथा रहन सहनमा बाँधिएको देशलाई सबै धर्मलाई
समान रुपमा नहेरिने हो भने सामाजिक क्षेत्रमा ठू लो विस्फोट हुन सक्छ।
2.7.3. जन–जीवनमा प्रभावयसले निम्न समस्या उब्जाउन सक्छ:-
क. धर्म र संविधान माथि असर पार्ने।
ख. विभिन्न जन जातिप्रति शङ्खा उपशङ्खा अविश्वास बढ्ने।
ग. सरकारी निकाय र राज्य सञ्चालकमा दवावका वातावरण हुने।
घ. जनजाति एवं मधेशीहरुले शासक वर्गमा अविश्वास गर्ने।
2.7.4. आन्तरिक सुरक्षाः- देशको निर्माणको लागि पहिलो आवश्यकता नै सुरक्षा हो। जन जातिय विचलन बढ्दै
गएमा देश पुरै रुपमा गृहयुद्धको चपेटामा फस्न सक्ने देखिन्छ। जसलाई निम्न अनुसार मुल्याङ्कन गर्न
सकिन्छ।
राज्य सञ्चालनको दृष्टिकोणले हेर्दा आन्तरिक सुरक्षा एउटा ज्यादै संवेदनशील एवं अति महत्वपूर्णविषय
हो। यसको परिवेश ज्यादै व्यापक र विस्तृत छ। कु नै पनि मुलुकको शान्ति सुरक्षा अमन चयन
कायम गर्नु प्रत्येक राज्यको प्रत्येक राज्यको प्रथम दायित्व मानिएको छ। समाजलाई त्रसित एवं
भयभित वातावरणबाट मुक्त गरी जातीय संघर्षको भावनालाई सरकारी पक्षले निष्कृ य पार्नु उसको प्रथम
कर्तव्य हुन आउछ।
जनजातीय तथा क्षेत्रीय प्रभावले अलग अलग राष्ट्रिय राज्यका रुपमा पनि जान सक्ने उदाहरण
युरोपको विभिन्न आन्दोलन एवं सोभियत संघको ज्वलन्त उदाहरण लिन सकिनेछ। यसको अतिरिक्त
रुपलङ्कको जातीय गृहयुद्ध झनै सान्दर्भिक देखिन्छ।
हाल देशमा चर्के को माओवादी समस्या सुल्झने क्रममा सोझा मधेशी तथा जनजातीलाई भड्काई
उनीहरुलाई हतियारको रुपमा प्रयोग गरी गलत आश्वासन र लोभमा फसाई आज जुन अमानवीय
कार्य गरेका छन्, जुन आन्तरिक सुरक्षाको लागि तथा देश विकासको बाधकको रुपमा खडा भएको
छ।
अर्कोतिर देशका सम्पूर्ण जनतामा भयभितको भावना सृजना हुने र गाउँ गाउँ , व्यक्ति व्यक्ति बीचको
आपसी वैमनस्यतामा वृद्धि भई समाज नै टुक्रिन जाने अवस्था हुन आउँछ।
हाम्रो देशलाई दुई ढुङ्गा बीचको तरुल मानिन्छ। यदि जातीय दङ्गामा फस्न पुगेमा कु ने पनि बेला यी
राष्ट्रहरुको दासको रुपमा होमिन नपुगिएला भन्न सकिन्न।यसरी पूरै रुपमा हामी र हाम्रो नेपालको
अस्तित्व अनि विश्व जनमानसमा परेको प्रभाव सबे धुलोमा मिसिन सक्छ। नेपाल र नेपालीका
अस्तित्व जोगाउन मधेशीहरुलाई उचित उत्थान गरी उनीहरुको संस्कृ ति एवं आर्थिक अवस्थालाई
सुधारी एउटा भाषा र एक छतमुनी बसाल्ने उपायहरुको खोजी गर्नुपर्ने।
3. मधेश आन्दोलनले पर्ने दिर्घकालीन असरहरु:- हाम्रो देशको बदलिदो परिस्थिति सँगै जनजाति, मदेश,
तराई आदि जातीहरुले विभिन्न मागहरु राख्दै आन्दोलनहरु सञ्चालन हुने क्रममा विगतमा दविएका समुह समेत
एक भई तराई आन्दोलन सञ्चालन भएको थियो। हालको आन्दोलनलाई विचार गर्दा मुख्य रुपमा मधेशी
फोरम, जनतान्त्रिक मुक्ति मोर्चा गोहित समुह, जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समुह एवं रामराजा प्रसाद
सिंहको समुह सक्रिय रहेका पाईएको छ। यो आन्दोलनको रुप र तराई जनताहरुको एकबद्धता हाल आएर
राष्ट्रिय पार्टीका संसादहरु समेत एक हुनु, खुल्ला सिमाना विदेशीहरुको रुची आदीलाई समेत विचार गर्दा यस
निषेधित
निषेधित
आन्दोलानलाई समयमा नै निराकरण गर्न नसकिएमा दिर्घकालिन रुपमा निम्न उल्लेखित असरहरु पर्न सकिने
देखिन्छ।
विखण्डनको सम्भावना
विश्वका विभिन्न राष्ट्रहरु श्रीलंका, भारत, ईराक, युगोस्लाभिया आदि राष्ट्रहरुमा सञ्चालन भएको जातीय
द्वन्दलाई विचार गर्दा श्रीलङ्काको तामिलहरुको समस्या, भारतको काश्मिरी समस्या, ईराकको सिया तथा
सुन्नि मुस्लिमहरुको समस्या एवं युगोस्लाभिया क्रयट्स्को समस्या जस्तै लामो समयसम्मको हालको
तराई समस्या बढ्दै गई अन्त्यमा देशनै विखण्डन हुन सक्ने सम्भावनालार्ई नकार्न सकिदैन।
जातीय एवं क्षेत्रीय हिंसाः
हाल बढ्दै गएको आन्दोलन त्यस आन्दोलनमा हिंसा भड्काउने समुहरु घुसपैठ गरी पहाडिया
समुहरुको घरहरु, सरकारी कार्यालयहरु आदि आगजानी गर्ने जस्ता क्रियाकलाप बढ्दै गई जातीय
तथा क्षेत्रीय कु राहरु झन् सशक्त रुपमा उठ्न गई अर्फि की राष्ट्रहरुमा झै एक जातीले अर्को जातीको
अस्तित्व समाप्त गर्ने किसिमबाट जातीय हिंसा हुन सक्ने देखिन्छ।
गृह युद्धको सम्भावनाः
विगत के ही समय देखि बढ्दै गएको अराजकता, माओवादी आफ्नो सशस्त्र क्रान्ति अन्त्य गरि
राजनीतिक पार्टीको रुपमा सरकारमा समावेश भएतापनि आफ्नो विगतका झै आतंककारी क्रियाकलाप
सञ्चालन गरि रहनु विगतको लडाईले गर्दा मनोबल गिरेको प्रहरीद्वारा शान्ति सुव्यवस्था कायम गर्न
नसकि जुन जाती एवं विभिन्न समुह आफ्नो मुक्ति आन्दोलनको नाममा हतियार प्रयोग आदीले गर्दा
हालको तरल अवस्थाको फाईदा उठाई विभिन्न समुहहरु बीचको द्वन्दले भोलीका दिनहरुमा सिभिल
बार हुनसक्ने संभावनालाई नकार्न सकिदैन।
भारतीय हस्तक्षेप बढ्न सक्ने
बढ्दै गएको तराई हिंसा र तराई मुल बीच साँस्कृ तिक एवं सामाजिक सम्बन्ध रहेको भारतले एक
पक्ष रुपले वा गोप्य रुपले तराई मुलको मागलाई एकबद्धता जनाई विगतमा अरब जगतले
प्यालेस्टाईनलाई समर्थन गरेझै भारतले तराईकै नाममा हस्तक्षेप गर्ने संभावना देखिन्छ।
3.1. मधेश आन्दोलन एक विश्लेषण:- एकीकरण पश्चात् विभिन्न भाषा भाषी जात जातिले लामो समयदेखि हामी
नेपाली हौ भन्ने पहिचान बोके को राष्ट्रलाई शिषा तथा गरिवी उन्मुख तर्फ लागिरहेको अवस्थामा अपुरो शिक्षा
र गरिवीको फाईदा लिई अल्पसंख्याक र बहुसंख्यक जातजाति , धर्म, भौगोलिक क्षेत्र छु ट्याएर राजनीति गरेर
वैमनश्यता र दुश्मनी बढाएर यसमा कसैको हित हुने छैन । हो हामीले मर्कामा परेको समुदायलाई अवसर
दिनु अत्यन्त जरुरी छ ।मधेश एउटा छु ट्टै पहिचान बोके को क्षेत्र हुनाले यसलाई विभिन्न राजनैतिक दलहरुले
विभिन्न बहाना बनाई विभिन्न ससाना समुदायहरुलाई जवरजस्ती राजनीतिको प्रयोगमा रुमुल्याएर समस्या
समाधानमा भन्दा आफ्नो बर्चस्व देखाउन अर्थात् आफ्नो स्वार्थ सिद्धिको लागि फाईदा उठाएको देखिन्छ । नत्र
हाल सबै मिलेर समस्या समाधान गर्नको सट्टा किन हिंसात्मक राजनीति गर्दछन् त ?हाल देशमा जुनसुकै साना
ठू ला राजनीतिक क्रियाकलापहरु भएमा ने.क.पा. माओवादी) लाई अपच्य भई उसको प्रतिवाद गर्ने प्रवृत्ति अर्थात्
विगतमा झै मुढे बलमा राजनीति गर्नाले समस्याले झन उग्र रुप लिएको देखिन्छ । मधेशी जन अधिकार
फोरमले सिराहाको चक्का जाम र बन्द गर्दा माओवादीले आफ्नो हठ देखाई अवज्ञा गरी गोली चलाई फोरमका
कार्यकर्ता नमारेको भए मधेशी आन्दोलनले यो उचाई पाउने थिएन । रौतहट (गौर) झडपले फोरम र
माआवादीलाई एक अर्काका लागि दुश्मनीको रुपमा खडा गरेको हुँदा दुवै पक्षलाई सम्झाई बुझाई गरी अरु
निषेधित
निषेधित
नेपालीको आहुती नदिन मध्यस्तकर्ताको आवश्यकता परेको देखिन्छ वा एक अर्काले विगतको परिस्थितीलाई
विर्सेर सम्यम अपनाई देश तथा जनताको भलाईको लागि लाग्नु पर्ने देखिन्छ।
हाल यो समस्याको लेखाजोखा गर्दा यस आन्दोलनले उचाई पाउने क्रममा अन्य दुर्गम क्षेत्र , चुरे भावर एकता
समाज तथा कर्णालीका बासिन्दा हरुले विभिन्न माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हुँदा देशका
विभिन्न भागहरुमा अरु आन्दोलनहरु बढ्दै गएर देश गृहयुद्धमा फस्न गई विखण्डन तर्फ उन्मुख हुने सङ्केत
देखिएको थियो। तसर्थ नेपाल र नेपालीको पहिचानलार्य जोगाउन राजनीतिक, बुद्धिजिवी तथा समाजका सबै
चेतनशील देशवासीहरुको कर्तव्य हुन आउँछ।
४. मधेश आन्दोलनमा भएको धन जनको क्षतिको विवरण:- २०६३ पुष १० मा नेपालगञ्जमा भएको
दंगामा १ जनाको मृत्यु भएको थियो भने नर्सिङ्ग अस्पतालनजिक रहेका करिव आधा दर्जन होटलमा तोडफोड
हुँदा लाखौ रुपैया बरावरको धनमालको क्षती भएको थियो । यसैगरि सोही आन्दोलनका क्रममा पार्कि ङ गरि
राखेका भे १ ज २९२ नं . र भे.१ ज.२७५ नम्बरको किया वस र ना. ३ ख. ४२५ नम्बरको माइक्रो बस
तोडफोड गरिएको थियो । यस बाहेक मधेसी तथा पहाडी समुदायले सञ्चालन गर्दै आईरहेका विभिन्न उद्योग,
पसल तथा घरहरुमा विपक्षी समुहद्वारा गरिएका तोडफोड तथा आगजनिमा करौडौ मूल्य बराबरको क्षती भएको
थियो। यसैगरी २०६३ माघ ५ गते सिराहको लाहानमा माओवादी कार्यकर्ताद्वारा स्थानीय विद्यार्थी रमेश कु मार
महताको हत्या पश्चात उग्ररुप लिएको आन्दोलनमा प्रहरीको गोलीबाट थप ४ जनाको मृत्यु भएको थियो ।
सोही क्रममा लाहानमा आन्दोलनरत आन्दोलनारीको समुहले दर्जनौ सवारी साधन माथि तोडफोड तथा
आगजानी गरि करौडौको क्षती पु¥याएका थिए।
4.1. माघ ५ देखि २५ सम्म बारा, पर्सा र रौतहतमा भएको क्षतीको विवरण:-
जिल्ला बारा पर्सा रौतहट कु ल
सर्वसाधारण मृत्यु २ २ – ४
सुरक्षाकर्मी घाईते ४९ १० १९ ७८
निषेधित
निषेधित
निषेधित
निषेधित
निषेधित
निषेधित
५. समाधानका संभावित कार्यदिशाहरु:- मानव जातिले बसोबास गर्दै आएको र असंख्य आप्रवासी
धारहरुको संगम थलोको रुपमा रहेका विशाल मधेश अर्थात् महाभारत पर्वत श्रृङ्खलादेखि दक्षिण र महानदी
गंगादेखि उत्तर अवस्थित विशाल जनसंख्याले भरिएका क्षेत्र जुन भौगोलिक हिसावले अति सुगम एवं समतल,
आर्थिक हिसावले उत्पन्न एवं भाषा, संस्कृ ति र सभ्यताको दृष्टिकोणले समुन्नत मधेश सरकारद्वारा हर्नु र निर्जीव
वस्तुझै दुई टुक्रामा विभक्त भई उसको उत्पीडनबाट मुक्त हुन नसक्नु जस्ता ऐतिहासिक प्रश्नको जवाफ
नदिईकन मधेशी समाजको युगान्तकारी रुपान्तरण प्रक्रिया जटिल हुने भएकाले नेपाल एकीकरण भन्दा पूर्वको
ऐतिहासिक पृष्ठभूमि बुझ्न जरुरी छ।.प्राचीन कालदेखी यहाँ विभिन्न राजा रजौटाहरुको उत्थान , पतन र
पुनउत्थानको क्रम जारी रहँदै कहिले एउटै राज्यमा के न्द्रित हुने त कहिल टुक्रा टुक्रा भई अनेकौ राज्यमा
विभाजित हुने प्रक्रिया अनुरुप कु नै कालखण्डमा मधेश (मध्यदेश) राज्य अस्तित्वमा रहेको कु रा विभिन्न पौराणिक
धर्म ग्रन्थ दन्त्य कथाबाट एवं नेपालमा अहिलेसम्म जनजीब्रोमा भन्दै आएको मधेश र मधेशीको प्रचलनबाट
पनि त्यसको सत्यताको आधारलाई प्रमाणित गर्दछ।
जहाँसम्म मधेशी समाजको विकासक्रमको सवला छ, निश्चित रुपमा यहाँ आदिम कालदेखि मानवको बसोबास
रहेको र कृ षि उत्पादनको निम्ति प्राकृ तिक अनुकू लताका कारण आर्यनहरुभन्दा पूर्वका बासिन्दाहरु नै कृ षि
अर्थतन्त्रका विकास गरिसके का थिए। आर्थिक क्षेत्रले सम्पन्न एवं देशको जनसंख्याको आधा भाग आगटेको
तराईको हालको समस्यालाई वार्ताद्वारा समाधान गर्न उपयुक्त हुन्छ । यति मात्र होईन नेपालको वर्तमान
अवस्थामा मधेसी आन्दोलनले देशको समग्र रुपमा सबैजसो क्षेत्रमा असर पारेता पनि खासगरी आर्थिक,
सामाजिक, राजनीतिक, धार्मिक, सुरक्षा तथा स्वतन्त्र जनतालाई बहकाउन सक्ने जस्तो संवेदनशील विषयमा
टड्कारो असर पार्न सक्ने हुँदा निम्न सुझावहरु प्रस्तुत गरिन्छ ।
5.१.आर्थिक:- नेपाल एउटा भूपरिवेष्टित राष्ट्र भएकोले हालैका दिनमा जसरी नेपालको आर्थिक मामलामा
छिमेकी राष्ट्र भारतले प्रभाव पार्दछ त्यस्तै तराई क्षेत्रले पनि देशको अर्थतन्त्रमा प्रतिकु ल असर पार्दछ ।
अधिकांश कृ षि योग्य भूमि, भन्सार वनजङ्गल र महत्वपूर्ण औद्योगिक क्षेत्र समेत तराईमा पर्ने हुँदा त्यस्ता क्षेत्रमा
राज्यको नियन्त्रण गुम्न गई जनताले महँगो मुल्यभार चुकाउन पर्ने र राज्यको कु ल आम्दानीमा प्रत्यक्ष असर
पार्ने हुँदा राज्यले लगाउने कर के न्द्र नियन्त्रित हुनु पर्ने नै हुन्छ भने मधेश विकाशको लागि उक्त क्षेत्रबाट
उठे को करको के ही प्रतिशत छु ट्याउनु उपयुक्त देखिन्छ ।
5.२. सामाजिकः:- देश विभिन्न भाषा–भाषी, धर्म जातजातिबाट निर्माण भएको हुँदा कु नै एक जाति भाषा, धर्म,
वर्णको आधारमा राज्यलाई विभाजन गर्दा अल्पसंख्यक समुदाय बहुसंख्यक समुदायबाट पीडित हुन गई त्यसले
निषेधित
निषेधित
धार्मिक तथा जातीय दङ्गा फै लाउन सक्ने हुँदा, भाषा, धर्म र जातिको आधारमा राज्य विभाजन गर्नु हुँदैन र
सामाजिक सद्भभाव राख्नुपर्छ।
5.३.राजनीकि:- देशको जनसंख्याको ठू लो चाप तराई क्षेत्रमा रहेकोले हालको दिनमा तराई क्षेत्रमा चलिरहेको
आन्दोलन जसमा आफ्नो पक्षमा पनि ठू ला एवं साना दल तराईको समस्या ओझेलमा पारि समस्या नबुझि
भोटको राजनीतिमा लाग्नाले देशको राजनीतिनै तराई क्षेत्रमा के न्द्रित भएको पाईन्छ । यसो भएमा राजनीति
स्वार्थको कारण देश टुक्रिन समेत सक्ने हुँदा समयमानै मूल मुद्दा समाधान तर्फ के न्द्रित हुनु पर्ने देखिन्छ ।
सो गर्न नसके मा देश गृहयुद्धतर्फ जाने सङ्केत देखिन्छ र यसले गर्दा विखण्डन तिर धके लिने देखिन्छ । त्यसैले
सबै राजनीतिक पार्टीहरु एक भई राष्ट्रिय एकतामा जोड दिई समाधान तर्फ लाग्नु पर्दछ ।
5.४.सुरक्षा:- मधेशी समुदायले सदैव आफू लाई राज्यको सुरक्षा मामलाबाट टाढा राखेको भनि बारम्बार भन्दै
आईरहेको अवस्थामा स्वायत्तता पछि उसले आफ्नो छु ट्टै सुरक्षा निकाय गठन गर्नेतर्फ विभिन्न उपायहरु
अवलम्बन गर्न सक्दछ । जसले गर्दा दक्षिणतर्फ रहेको खुल्ला सिमाना कमजोर हुन गई सीमा विवाद सृजना
हुन सक्ने सम्भावना प्रबल रुपमा देखिन्छ । आज सुरक्षा व्यवस्था खोज्नेले भोली छु ट्टै राज्यको माग गर्न सक्ने
हुँदा यस्तो संवेदनशील विषयमा के न्द्र नियन्त्रत सुरक्षा व्यवस्था कडाईका साथ लागु हुनु आवश्यक देखिन्छ ।
हाल मधेशमा जारी रहेको हिंसा, हत्या अपहरण जस्ता घटनाहरुलाई समयमै नियन्त्रण गर्न मधेश समुदायलाई
पनि योग्यताको आधारमा सुरक्षाका अंगहरुमा समावेश गराउन सकिएमा के ही हदसम्म मधेश समुदाय
सरकारतर्फ सकारात्मक हुने देखिन्छ ।
५.5. समस्याको सामाधानका लागि आधारभुत कु राहरु:- तराईका अधिकांश जिल्लाहरु भारतसँग जोडिएको हुँदा
यस मधेशी आन्दोलनमा घुपैठको सम्भावना भएको र यसलाई उचाई दिने कार्य चारैतिरबाट भएको हुँदा सोझा
साझा कतैपनि नलागेका जनता यसमा चाहेर नचाहेर आन्दोलनमा लाग्न सक्ने कु रा बुद्धिजिवी राजनीतिज्ञ तथा
नागरिक समाजहरुले नकार्न सक्दैनन् र चिन्तित मुद्रामा भएको प्रष्ट हुन्छ । तसर्थ ती जनतालाई बहकाउबाट
रोक्नु सरकार, समाजसेवी, बुद्धिजीव, राजनीतिक पार्टीहरु सबैको कर्तव्य हुन आउँछ ।उल्लेखित मधेश र मधेशी
जनसमुदायको आम जीवनसँग जोडिएका समस्याहरुको समाधानका लागि आधारभूत उपायहरु मध्ये निम्न
कु राहरुलाई जोड दिनुपर्ने देखिन्छ ।
मधेशी समुदायमाथि हुने सबैखाले शोषण उत्पीडनको मूल जड पत्ता लगाई अधिकार दिनुपर्ने ।
सबै खाले अन्धजातिवाद, क्षेत्रीयवाद, साम्प्रदायिकताबाद, मधेशी विशुद्धतावाद, वर्ग निरपेक्षतावाद जस्ता
गलत चिन्तन, प्रवृत्तिहरुको विरोध गर्दै मधेशी मुक्तिको नाममा भ्रम दिनेहरुको विरोध एवं भण्डाफोर
गर्नुका साथै प्रतिक्रियावादीहरुको फु टाउ र शासन गर भन्ने नीतिप्रति सचेत रही मेधेशी मुक्तिका लागि
संघर्षरत विभिन्न संघ संस्थाहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नु पर्ने ।
आन्दोलन सिंगो देशको राष्ट्रिय स्वाधिनता तथा आम नेपाली जनसमुदायको अभिन्न अङ्गको रुपमा
गाँसिएकाले देशका शासक वर्गहरुबाट शोषित, पीडित सम्पूर्ण पहाडिया सहित सबै जातिका जनतासँग
मित्रता कायम गर्दै अन्तराष्ट्रिय क्षेत्रमा समेत चलेको वर्गीय तथा जातीय मुक्ति आन्दोलनलाई सक्रिय
समर्थन गर्नुपर्ने ।
मधेशी समुदायलाई प्रहरी सेना सहित सबै सरकारी सेवा लगायत सबै राजनीतिक, संवैधानिक
नियकाहरुमा समानुपातिक आधारमा समान अवसर प्रदान गर्ने ।
स्थानीय रुपमा जनस्तरबाट नागरिकता प्रमाणपत्र वितरण छानविन समिति बनाई, त्यसको सिफारिसमा
नागरिकता प्रदान गर्ने व्यवस्था अविलम्ब कायम गरी कार्यान्वयन गर्नुपर्ने ।संविधानमा विद्यमान
राष्ट्रभाष, राष्ट्रियभाषाहरु बीचको भेदभाव अन्त हुनुपर्छ मैथिली, भोजपुरी, अवधि लगायतका भाषाहरुलाई
स्थानीय सरकारी कामकाजको रुपमा मान्यता प्रदान गरिनुपर्ने ।
निषेधित
निषेधित
मैथिली, भोजपुरी, अवधि लगायत अन्य भाषा, साहित्य, कला र संस्कृ तिको संरक्षण, विकास अध्ययन र
अनुसन्धानका लागि मधेशी साँस्कृ तिक प्रतिष्ठानको स्थापना गरी हालका विभिन्न संस्थान, प्रतिष्ठान
सरह समुचित अवसर प्रदान गरिनुपर्ने ।
भाषाहरुमा जातिगत, क्षेतगत र लगायत संस्कृ तिको समानुपातिक रुपले समय मिलाएर प्रचारप्रसार
गरिनुपर्ने ।
देश बाहिरबाट र देशभित्रको दुवै किसिमको बसाई सराईमाथि कडा नियन्त्रण लागु गरी समानुपातिक
विकास निर्माणको व्यवस्था मिलाइनुपर्ने । मधेशबाट उठे को सम्पूर्ण सरकारी राजश्व मधेश र
मधेशीकै आधारभूत संरचनाको विकास निर्माणमा लगानी गरिनुपर्ने ।
वर्तमानको राष्ट्रिय सभालाई जातीय सभामा परिणत गरी हाल प्रचलनमा रहेका अवैज्ञानिक,
अव्यवहारिक विकास क्षेत्रलाई विघटन गरी जाति, भाषा, संस्कृ ति, जनसंख्या र भौगोलिक एकरुपताको
आधारमा पुनगर्ठ न गरिनुपर्ने ।
जमिन्दारी प्रथा खारेज गरी जसको जोत उसको पोत लागू गरी भूमिहीन किसान , सुकु म्बासीहरुलाई
जमिन वितरणको व्यवस्था गरेर रोजगारीको व्यवस्था मिलाउनुपर्दछ । मोहीको मोहीयानी हक
सुरक्षित हुनुपर्दछ मुद्दा, ऋण, चर्को व्याज खारेज गर्ने , महँगीको अनुपातमा ज्याला तोक्नुपर्दछ । कृ षि
ऋण, कृ षि औजार आदि साधनहरुको सस्तो, सरल र प्रभावकारी व्यवस्था मिलाउनु पर्ने ।
महिलाहरुमाथि हुँदै आएको पितृसतात्मक शोषणका सबै स्वरुपको अन्त्य गरी महिलालाई पुरुष सरह
समान अधिकार दिइनु पर्ने ।
सन् १९५० सहितका सन्धि सम्झौतालाई परिमार्जन गरी समानताका आधारमा नयाँ सन्धि सम्झौताहरु
गरिनु पर्दछ । भारतबाट गरिने सीमा अतिक्रमण हस्तक्षेप र घुसपैठ बन्द गर्न विशेष पहल गरिनुपर्ने
जातीय, क्षेत्रीय तथा धार्मिक उत्पीडन लगायत छु वाछु त, सामाजिक भेदभाव, कु रिती, कु प्रथा आदिको
अन्त गरिनु पर्ने ।
6.1.परिचय:- बि.सं.2062/2063 को दोस्रो जनआन्दोलन पछि देशमा आएको राजनैतिक परिबर्तन पछि संबिधान
सभाको निर्वाचन हुनु भन्दा अगाडि देशले राजनैतिक शुन्यता र अस्थिरताको सामाना गर्नुपर्यो। उक्त अवधिलाई
संक्रमणकालिन अवधिको रुपमा लिन सकिन्छ र संक्रमणकालिन अवधिमा देशले बिभिन्न किसिमका राजनैतिक
उथल पुथल र घटना एबं परि घटनाहरुको साक्षी बस्नुपर्
यो। एकातर्फ भर्खरै भुमिगत अवस्थाबाट खुला
अवस्थामा तत्कालिन ने.क.पा. माओबादीको रुपान्तरण र त्यसले निम्त्याएको राजनैतिक, सामाजिक र सुरक्षा
चुनौती थियो भने अर्को तर्फ बिभिन्न जातिय क्षेत्रिय समुहहरुको बिगबिगिले सुरक्षा लगायत बिभिन्न किसिमका
चुनौतीका आयामहरु देखा पर्न थालिसके का थिए। देशको पूर्वी पहाडी जिल्लाहरुमा लिम्बुवान, खुम्बुवान नामक
जातिय मोर्चाहरु बिभिन्न आवरणमा आफ्ना मागहरु पुरा गराउन सरकारलाई दवाव दिने उदेश्यले असम्बैधानिक
कार्य गर्न थालिरहेका थिए भने अर्को तर्फ तत्कालीन ने.क.पा. माओबादीको राजनैतिक एजेण्डामा रहेका तमुवान,
थारुवान, ताम्सालिङ्ग, नेवा:, मधेस, कोचिला लगायतका जातिय संगठनहरु ककश मार्फ त आफ्नो मागहरु र
जातिय राज्यको वकालत गर्न सुरु गर्दै थिए । देशको कु ल 17% हिस्सा ओगटेको पूर्व झापा देखि पश्चिम
कञ्चनपुरसम्मको समतल भु-भाग र चुरे भावरलाई मिलाएर छु ट्टै मधेश एक प्रदेशको मागले पनि बिस्तारै
निषेधित
निषेधित
आफ्नो आकार ग्रहण गर्दै थियौ। अर्को तर्फ तराईमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको नामबाट भुमिगत
समुहको गतिबिधिले तराईको सुरक्षा चुनौती थपिरहेको थियो । संक्रमणकालिन अवस्थामा आफु लाई कु नै न
कु नै रुपमा उभ्याएर नयाँ बन्ने संबिधानसभा मार्फ त जारी हुने संबिधानमा आफ्ना बिभिन्न मागहरु लिपिबद्ध
गराउनको लागि माथि उल्लेखित जातिय, क्षेत्रिय, भुमिगत र अर्ध भुमिगत समुहहरुको चलखेल र आन्दोलन
चर्क दै गईरहेको थियो । चक्काजाम, आम हड्ताल, बिरोध प्रदशर्न जुलुस, धर्ना जस्ता बिरोधका कार्यक्रम मार्फ त
सरकारमा दवाव सिर्जना गर्ने कार्य एकातिर हुदै थियो भने अर्को तर्फ अपहरण, चन्दा असुली, आगजनी र ब्यक्ति
हत्या मार्फ त देशको शान्ति सु-ब्यबस्थामा गम्भिर प्रहार भईरहेको थियो ।एउटा हिंसाको सफल अवतरण
पश्चात देशले नयाँ निकास पाउने आशमा अर्को हिंसाको उत्थानले तुषारापात गर्दै थियो। देशको तराई
क्षेत्रलाई मधेश एक प्रदेशको माग गरी आन्दोलनको नेतृत्व उपेन्द्र यादवको मधेशी जनाधिकार फोरम नामक
एक गैह्र सरकारी संस्थाले गर्दै आईरहेको थियो । जसलाई भुमिगत रुपमा अप्रत्यक्ष तरिकाले जनतान्त्रिक
तराई मुक्ति मोर्चाले मलजल गर्ने काम गर्दै थियो । जसको सोझो मारमा शताब्दिदेखि तराईका बिभिन्न भागमा
बसेका पहाडी समुदायका नागरिकहरु थिए। तराईमा परा पुर्वकालदेखि बसोबास गर्दै आईरहेका पहाडी
समुदायका बासिन्दाहरुमाथि अपमान, तिरस्कार र भौतिक आक्रमणका साथै हत्या हिंसा र जबरजस्ती सम्पति
कब्जा गर्ने कार्यको थालनी संग-संगै तराईबाट पहाडी समुदायको पलायनको शिलसिला सुरु हुदै थियो।
6.2 पृष्ठभुमि:- नेपालका राजनितिक दलहरु र तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पाटी माओबादी बिच
दिल्लीमा 12 बुँदे सम्झौता सम्पन्न भए पश्चात दोस्रो जनआन्दोलन 2062/2063 ले राजसंस्थाको बहिरगमन गरेर
नयाँ राजनैतिक ब्यबस्थाको खाका कोर्न आँट्दै गर्दा तत्कालिन सरकार र माओबादी पक्षहरु बिच बिस्तृत
शान्ति सम्झौता सम्पन्न भए पछि नयाँ नेपाल निर्माणको मार्ग चित्र कोर्न संबिधानसभाबाट संबिधान जारी गर्ने
कार्यमा बिद्रोही माओबादी लडाकु हरुलाई ब्यबस्थापन गर्ने चुनौतीपुर्ण कार्यको थालनी भईरहेको अवस्थामा
बि.सं.2063 माघ 3 गते सिराहा जिल्लाको लाहान बजारमा तत्कालिन माओबादी बिद्रोही पक्ष र मधेशी
जनाधिकार फोरमका कार्यकर्ता बिच भएको झडपमा माओबादी पक्षले प्रहार गरेको गोली लागेर रमेश महतो
नामको किशोरको मृत्यु भए पश्चात तराईका बिभिन्न भागबाट हिसाँत्मक आन्दोलन सुरु हुन पुग्यो । सुरुवाती
चरणमा आन्दोलनको तारो सवारी साधन, सरकारी कार्यालय र अन्य सरकारी निकाय भएता पनि उक्त
आन्दोलनले बिस्तारै तराईमा पुस्तौदेखि बसोबास गर्दै आईरहेका पहाडी समुदायका बासिन्दाहरु लाई
बनाईरहेको थियो। मधेशी जनाधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरिरहेका थिए जसलाई सद्भावना पाटी
लगाएत तराईका अन्य स-साना राजनितिक पाटीहरुले समर्थन गरिरहेका थिए। मधेशी जनाधिकार फोरमको
मधेश आन्दोलन तराईमा बर्षौदेखि बसोबास गर्दै आईरहेका पहाडी समुदाय तर्फ अनुदार बन्दै गईरहेको
सन्दर्भमा भुमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिहँ, गोईत र राजन समुहहरु पनि
चन्दा,आतंक,हत्या,अपहरण र जबरजस्ती असुली तथा सम्पति कब्जा मार्फ त पहाडी समुदायमा आतंक
मच्चाईरहेको थियो । जसले गर्दा पहाडी समुदायहरु पलायन गरी हेटौडा, सिन्धुली, लालबन्दी ,लालगढ, हरिवन,
निजगढ जस्ता सहर तर्फ बसाई सरिरहेका थिए । राजबिराज, लाहान, सिराहा, जनकपुर, महेन्द्रनगर, गौशला,
मलंगवा, गौर, कलैया र बिरगंज जस्ता तराईका सहरहरुबाट पहाडी समुदायहरु पलायनको सुरुवात गरिरहेका
थिए ।
निषेधित
निषेधित
यसै परिप्रेक्षमा लहानबाट सुरु भएको मधेश आन्दोलन लम्बिदै जादाँ यसको प्रभाब पूर्व पश्चिम महेन्द्र
राजमार्गको आसपास रहेका सहरहरुमा समेत पर्दै गईरहेको थियो । बि.सं.2063 साल माघ 25 गते तत्कालिन
मधेशी जनाधिकार फोरमको नेतृत्वमा अ.125/130 वटा मोटरसाईकलमा सर्लाही जिल्लाको तल्लो भागबाट
निस्के को जुलुस हरिवन बजार आईपुग्दा अराजक भई 'पहाडिया चोर देश छोड, 'पहाडिया कु त्ता मारो जुत्ता,
पहाडिया कु त्ता चुरे उत्ता' जस्ता उत्तेजक र अराजक जाति सुचक नाराबाजी गर्दै हरिवन बजार पुग्दा उक्त दिन
शनिवार परेको र हरिवन बजारमा हाट लागेको हुनाले बजारमा उपस्थित महिला माथि हातपात गर्दै अभद्र
ब्यबहार गर्न थालेपछि स्थानियले तत्काल प्रतिकार गर्दा दुई पक्ष बिच झडप हुन गयो र उक्त झडपमा श्रीपुर
गा.बि.स.का पूर्व अध्यक्ष राम एक्वाल रायको मृत्यु हुन पुग्यो। उक्त घटना पश्चात सर्लाही जिल्लाका उत्तरी
भेग परवानीपुर, घारीबथान, पत्थरकोट, लालबन्दी, चाँपिनी, पटौना, हरिवन, अत्रौली र बाग्मती बाट हजारौको
संख्यामा पहाडि समुदायका मानिसहरु भेला भई मधेशी जनाधिकार फोरमको ज्यादती बिरुद्ध प्रतिकार गर्ने
उदेश्यले एउटै मञ्चमा जुट्न थाले र उक्त जमघट नै कालन्तरमा चुरे भावर प्रदेश एकता समाजको नामले
चिनिन थाल्यो।
6.3. चुरे भावर एकता समाजको उत्थान:- नेपालको माहाभारत पर्वत सृङ्खलादेखि दक्षिण र तराईदेखि उत्तरको
बिचको भित्री मधेश, चुरे र भावर क्षेत्रको समतल भु-भाग र दुनहरुका साथै पूर्व पश्चिम महेन्द्र राजमार्गको
चारकोसे झाडी क्षेत्रमा पहाडी समुदायहरुको बाक्लो बसोबास छ। चुरे पर्वतदेखि दक्षिण र तराईको उत्तरमा
धापिलो जंगल र पहाड भएको साथै अत्यन्त गर्मी हुने ईलाकामा औलोजस्तो रोगसंग लड्दै सयौँ बर्षदेखि
बसोबास गरेका पहाडि समुदाय, थारु, दनुवार र माझी समुदाय बिच परापुर्व कालदेखि अत्यन्त सुमधुर सम्बन्ध
रहदै आईरहेको छ। चालिसको दशकमा भावर क्षेत्र र चुरे आसपासबाट औलो रोग पूर्णरुपमा उन्मुलन भएसंगै
महेन्द्र राजमार्गको निर्माण पश्चात काकडभिट्टा, सुरुङ्गा, दमक, ईटहरी, ईनरुवा, ढल्के वर, लालगढ, बर्दिवास,
लालबन्दी , हरिवन, बाग्मती, चन्द्रनिगाहपुर, निजगढ, पत्थलैया, बुटवल, चोरमारा, दुम्किबास, सुनवल, शिवपुर,
भालुवाङ, शमशेरगंज, कोहलपुर र अत्तरीया जस्ता ठाउँहरुमा पहाडबाट बसाई सर्ने क्रम जारी भयो र संभावनाका
ढोकाहरु खुलेसंगै तराईबाट पनि मधेशी र मारबाडी समुदायका बासिन्दाहरु ब्यापारको लागि उक्त ठाउँहरुमा
आउनेक्रम जारी रह्रयो जसले गर्दा ति ठाउँहरुमा तिब्र रुपमा आर्थिक बिकास हुनगई शहरहरु निर्माण हुन थाले
।बि.सं. 2063 साल भन्दा अगाडी ति ठाउँहरुमा रहेका मिश्रित बासिन्दाहरुबिच कु नैपनि प्रकारको झगडा, बिवाद
र द्वेष थिएन।
बि.सं.2063 सालको मधेश आन्दोलन पश्चात तराईका ति स्थानहरुमा पहाडि र मधेशी समुदाय बिच
बर्षौ देखि रहेको सुमधुर सम्बन्ध र सद्भभावमाथि अचानक प्रहार हुन थाल्यो जसको प्रतिकार स्वरुप पहाडि
समुदायले सर्लाही जिल्लाको हरिवन गा.बि.स.मा के शव प्रसाद मैनालीको अध्यक्षतामा प्रतिकार समुह गठन गरे।
उक्त प्रतिकार समुहले मिति 2063 फागुन 01 गते राजनैतिक पार्टीको आकार ग्रहण गर्यो। हरिवनका स्थानिय
के शव प्रसाद मैनाली उक्त पार्टीका संस्थापक अध्यक्ष बने भने उपाध्यक्षमा बाबु थापा र बद्रि प्रसाद न्यौपाने
सचिव चुनिए र बिधिगत रुपमा चुरेभावर प्रदेश एकता समाज नामक नयाँ राजनितिक पार्टी नेपालको राजनैतिक
क्षितिजमा उदय हुन पुग्यो ।
स्थापनाकालमा मधेशी जनाधिकार फोरमको ज्यादतीलाई प्रतिकार गर्न बनेको चुरे भावर प्रदेश एकता
समाज पछि कालन्तरमा राजनितिक पार्टीको रुपमा राजमार्ग वरिपरी के न्द्रित रहि पहाडे समुदायको हक हित र
सुरक्षाको लागि काम गर्न थाल्यो। उक्त पार्टीले चुरे भावर क्षेत्रलाई समेटेर यहाँ बसोबास गर्ने समुदायको लागि
छु ट्टै प्रदेशको माग राखि नयाँ बन्ने संबिधानमा आफ्ना मागलाई लिपिबद्ध गरिनु पर्ने अडान सहित 2063 साल
फागुन महिनादेखि पूर्व पश्चिम महेन्द्र राजमार्गलाई के न्द्रित बनाएर आफ्नो शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु
निषेधित
निषेधित
गर्न थाले। सुरुमा उक्त आन्दोलन बिशेष गरी सर्लाही जिल्लाको हरिवन, लालबन्दी र बग्मतीको साथै रौतहट
जिल्लाको चन्द्रनिगाहपुर र बाराको निजगढ जस्ता स्थानमा चुरे भावर प्रदेश एकता समाजको आन्दोलनको
असर ब्यापक रुपमा देखा पर्न थाल्यो। ति स्थानहरुमा राजमार्ग बन्द र आम हड्तालले जनजिवन अस्त ब्यस्त
पारेको भएतापनि स्थानिय जनताहरुको ब्यापक सहभागिता र समर्थन प्राप्त थियो। लामो समयदेखि राजमार्ग
ठप्प भई आवागमनमा समस्या उत्पन्न भएपछि राजमार्ग खुलाउन सरकारले प्रहरी परिचालन गर्
यो । सर्लाहीको
हरिवनमा आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा प्रहरीको गोली लागि मिति 2064/01/15 गते स्थानिय
कार्यकर्ता मंगल बहादुर गुर्मछाने मगरको मृत्यु हुन गयो। आफ्ना कार्यकर्ता प्रहरीको गोलीबाट मारिएपछि
आन्दोलनले अझ ब्यापक रुप धारण गर्यो र उक्त आन्दोलन बिस्तार भई सिराहा, महोत्तरी, धनुषा र सप्तरी हुदै
देशभर फै लदै गयो। अर्को तर्फ राज्यले पनि ब्यापक रुपमा धरपकड र गिरफ्तारी गर्न थाल्यो। बाबु थापा
लगाएतका नेता र थुप्रै कार्यकर्ता पक्राउ पर्न थालेपछि आन्दोलन झनै अराजक र उत्तेजक बन्न थाल्यो।
आन्दोलन अनियन्त्रित र उत्तेजित बन्दै गईरहेको अवस्थामा सरकारले चुरे भावर संग बार्ताको प्रस्ताव
गर्यो र बिभिन्न चरणमा सरकार र चुरे भावर बिच बार्ता र सम्झौताहरु भए।
6.4.सरकार संगको बार्ता र बिभिन्न सम्झौताहरु:- चुरे भावर एकता समाजको आन्दोलनले ब्यापक असर गर्न
थालेपछि सरकार र समाज बिच मिति 2064/01/17 गते बार्ता भई ३ बुँदे सहमति कायम भयो फलस्वरुप
आन्दोलन के हि शान्त भयो तर सरकार पक्षबाट सम्झौताको कार्यान्वयन नभएपछि पुन: आन्दोलन भयो र फे री
सरकार र समाजबिच 2064/03/10 गते 5 बुँदे सम्झौता भयो सरकार फे री पनि सम्झौता प्रति ईमान्दार नरहेको
भनि आन्दोलन पुन: चर्कि यो र अन्तमा 2064 भाद्र 9 गते सरकार र समाजबिच 9 बुँदे सहमति भयो र
आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु समाजले फिर्ता लियो। सरकार र समाज बिच भएका सम्झौताहरुको मुख्य-
मुख्य के हि बुँदाहरु निम्नानुसार रहेका छन्।
क. आन्दोलनको दौरानमा प्रहरीको गोली लागि मृत्यु भएका मंगल बहादुर गुर्मछाने मगरलाई सहिदघोषणा
गरिने ।
ख. मृतकको परिवारलाई क्षतिपुर्ती स्वरुप रु. 10 लाख प्रदान गरिने ।
ग. घाईतेहरुको सम्पुर्ण उपचार खर्च राज्यले ब्यहोर्ने ।
घ. बाबु थापा लगाएत पक्राउ परेका नेता कार्यकर्ताहरु तत्काल रिहा गरिने ।
ङ. ईलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय र नापी कार्यालय राजमार्गका
शहरहरुमा पनि स्थापना गरिने ।
च. चुरे भावर प्रदेशको मागलाई राज्यद्वारा विचार गरिने ।
नोट:- मंगल बहादुर गुर्मछाने मगरलाई सहिद घोषणा गर्ने कार्यलाई राज्य द्वारा पालना गरिएन।
6.5. चुरे भावर शान्ति सेना:- तराईका जिल्लाहरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका बिभिन्न भुमिगत घटकहरुले
हत्या हिँसा, अपहरण र जबरजस्ति कब्जा लगायतका कार्यहरु गरिरहेको सन्दर्भमा उक्त कार्यको प्रतिकार गर्न
घरेलु हतियार सहित चुरेभावर प्रदेश समाजले दिपमान लोप्चनको संयोजकत्वमा एक लडाकु दस्ता तयार गरेको
थियो र उक्त लडाकु दस्तालाई चुरेभावर शान्ति सेना नाम दिएको थियो। चुरेभावर शान्ति सेनाको गठन
मुख्यत: भुमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चासंग प्रतिकार गर्न गरिएको भएता पनि यसको मुख्य उदेश्य
देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली जनताको सुरक्षा गर्नु रहेको भनि यसका संयोजक लोप्चनले
बताउनु भएको थियो। मधेश आन्दोलनको बिभिन्न चरणमा पूर्व पश्चिम महेन्द्र राजमार्गको फु लजोर, नवलपुर र
च.पुर लाई मधेशबादी दलहरुले कब्जा गर्न आएको बेला चुरे भावर शान्ति सेनाले प्रतिकार गरि उक्त कार्यलाई
निषेधित
निषेधित
बिफल बनाएको थियो। यसका अतिरिक्त आफ्ना लडाकु दस्तालाई राज्यको कु नैपनि सुरक्षा निकायको बिरुद्धमा
प्रयोग नगर्ने नीति चुरे भावर शान्ति सेनाको रहेको थियो।
7. राष्ट्रिय पार्टीको मान्यता:- चुरे भावर प्रदेश एकता समाजको नामबाट स्थापना भएको यस पार्टीले
स्थापनाको लगभग 11 महिना सम्म पनि निर्वाचन आयोगबाट राष्ट्रिय पार्टीको मान्यता पाएको थिएन।
स्थापनाको सुरुको अवस्थामानै यस पार्टीले आफू लाई चुरे भावर क्षेत्रको स्वायत्ता र छु ट्टै प्रदेशको माग एबं
मधेशी जनाधिकार फोरमको ज्यादती बिरुद्ध आफु लाई आन्दोलनमा होमेको र सरकारसंग बिभिन्न चरणमा
बार्तामा बसि आफ्ना मागहरु सम्बोधन गराउनु परेको कारणले र अर्कोतर्फ आफ्नो आधार ईलाकाहरुमा
राजनैतिक स्थितिलाई मजबुद बनाउन कार्य गर्नु परेको जस्ता बिभिन्न कारणले उक्त पार्टीले निर्वाचन आयोगमा
पार्टी दर्ता गरेको थिएन। बि.सं. 2064/10/17 गते उक्त पार्टीले आफु लाई निर्वाचन आयोगमा दर्ता गरे पश्चात
सोही मितिमा निर्वाचन आयोगले चुरे भावर राष्ट्रिय एकता पार्टी नामक पार्टीको प्रमाणपत्र प्रदान गर्
यो र
बिधिवत रुपमा चुरे भावर राष्ट्रिय एकता पार्टी नामक नयाँ राजनितिक शक्तिको उदय हुन पुग्यो।
7.1. पहिलो संबिधानसभाको निर्वाचन:- 2064 साल माघ 17 गते पार्टीले निर्वाचन आयोगबाट बैधानिकता पाए
पश्चात आफु लाई पुर्णरुपमा निकट भविष्यमा हुने संबिधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उदेश्यका साथ
बिभिन्न कार्यक्रमका मार्फ त आफ्नो जनाधार भएका क्षेत्रहरुमा चुनाबि तयारी गर्दै थियो। 2064/12/28 गते हुन
गईरहेको पहिलो संबिधानसभाको निर्वाचनमा चुरेभावर राष्ट्रिय एकता पार्टीले चुरे र भावर आसपास पूर्व पश्चिम
राजमार्ग संग सीमाना जोडिएका निर्वाचन क्षेत्रहरुमा आफ्ना उम्मेद्वारहरु उतार्ने निर्णय गर्यो ।सप्तरी, सिराहा,
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका उत्तरी भेगका चुनावि क्षेत्रहरुमा पार्टीको उपस्थिति र मत
सम्मानजनक रह्रयो । पार्टीका राष्ट्रिय अध्यक्ष के शव प्रसाद मैनाली आफ्ना निकटम प्रतिद्वन्दीसंग झिनो मतले
पराजित भए र पार्टीले प्रत्यक्ष तर्फ एक सिट पनि जित्न सके न भने समानुपातिक तर्फ पार्टीले कु ल
29600(उनन्तिस हजार छ सय) मत ल्याई पहिलो संबिधानसभामा एक सिट मार्फ त आफ्नो उपस्थिति जनायो।
पार्टीको तर्फ बाट सस्थापक अध्यक्ष के शव प्रसाद मैनाली सभासद बन्न पुगे ।
7.2. राष्ट्रपति निर्वाचन र संस्थापक अध्यक्षको निलम्बन:- नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भए
संगै राष्ट्रपति निर्वाचित गर्नको लागि भएको पहिलो राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो के न्द्रिय सदस्य
डा.रामवरण यादव र मधेशी दल लगाएत तत्कालिन ने.क.पा. माओबादीले रामराजा प्रसाद सिँहलाई र तत्कालिन
ने.क.पा. एमालेले रामप्रित पासवानलाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा प्रस्तुत गरेको थियो। संबिधानसभामा हुने
राष्ट्रपति निर्वाचनमा पार्टीले कसैलाई पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको थियो ।तर पार्टीका राष्ट्रिय
अध्यक्षले पार्टीको निर्णय बिपरित गई एकल निर्णय गरी डा.रामबरण यादवलाई मतदान गरेको हुनाले पार्टिले
आफ्ना संस्थापक अध्यक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निलम्बन गर्ने कारवाही गर्यो
। पार्टीले आफ्नो संथापक अध्यक्षलाई निलम्बन गरे संगै पार्टीको स्वामित्व र नेतृत्वलाई लिएर पहिलो पटक
पार्टीमा संबैधानिक जटिलता उत्पन्न हुन पुग्यो।
पार्टीबाट निलम्बन भए पश्चात सभासद् के शव मैनालीले चुरे भावर राष्ट्रिय पार्टी नामक अर्को
नयाँ पार्टी गठन गरी संबिधानसभामा दर्ता गरे।
निषेधित
निषेधित
के शव मैनालीले गठन गरेको चुरे भावर राष्ट्रिय पार्टी बैधानिक नभएको र उक्त पार्टीको
खारेजीको साथ साथै के शव मैनालीको सभासद् पद समेत खारेजीको माग गरी संस्थापन पक्ष
द्वारा निर्वाचन आयोगमा मुद्दा दायर ।
निर्वाचन आयोगले संथापन पक्षको दावीलाई सहि ठहर्
याउँदै संथापन पक्षको हितमा हुने गरी
फै सला सुनायो र पार्टीको आधिकारीकताको प्रमाणपत्र सस्थापन पक्षलाई दिए संगै के शव प्रसाद
मैनालीको हार भयो ।
निर्वाचन आयोगको फै सला उपर चित्त नबुझे पछि के शव प्रसाद मैनालीले पुन: पार्टीको
आधिकारीकताको बिषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरे।
सर्वोच्च अदालतका तत्कालिन न्यायधिश रण बहादुर बमको एकल ईजलासले के शव प्रसाद
मैनालीलाई मान्यता दिदै अन्तरीम आदेश जारी गर्यो ।
सर्वोच्च अदालतको फु ल बेन्चले माननिय न्यायधिश रण बहादुर बमको अन्तरीम आदेशलाई
उल्टाउँदै संस्थापन पक्षको आधिकारीकतालाई पुष्टि गर्दै आफ्नो फै सला सुनायो ।
सर्वोच्च अदालतको फै सलालाई कार्यन्वयन गर्दै संबिधानसभा कार्य ब्यबस्था समितिले के शव
प्रसाद मैनालीलाई सभासद् पदबाट पद मुक्त गर्यो ।
के शव प्रसाद मैनालीलाई पदमुक्त गरे पश्चात निर्वाचन आयोगले मेघ बहादुर थापा भनिने बाबु
थापालाई पार्टीको कार्यबाहक अध्यक्षको मान्यता दियो र पार्टीको महाधिबेशन मार्फ त पार्टी
अध्यक्ष चयन गर्न निर्देशन दियो ।
यस अवधिभर भुमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुद्वारा चुरे भावर राष्ट्रिय
एकता पार्टीका 3 जना कार्यकर्ताहरुको सप्तरीको महुली, सिराहाको लहान र महोत्तरीको
बर्दिवासमा हत्या गरियो ।
7.3. पार्टीको पहिलो महाधिबेशन:- स्थापना कालदेखि चुरे भावर राष्ट्रिय एकता पार्टीले आफ्नो महाधिबेशन गर्न
लामो समय कु र्नु पर्यो। राष्ट्रपति निर्वाचनमा मतदानको बिषयलाई लिएर भएको सस्थापक अध्यक्षको
निलम्बन, पार्टीको बिभाजन र त्यसपछि उत्पन्न भएको कानुनी र संबैधानिक गतिरोधको अन्त्य पछि पहिलो
पटक पार्टीको अध्यक्ष र अन्य पदाधिकारी चयनको बिषयलाई लिएर मिति 2066 साल जेष्ठ 3,4 र 5 गते
काठमाण्डौको सुन्धारा मलमा पार्टीको 3 दिने पहिलो महाधिबेशन सम्पन्न भयो। उक्त महाधिबेशनमा तत्कालिन
नेकपा एमालेका अध्यक्ष के .पि.ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। पार्टीको पहिलो
महाधिबेशनले हिमालय भक्त प्रधानलाई अध्यक्ष एबं बाबु थापालाई बरिष्ठ उपाध्यक्ष र बद्रि न्यौपानेलाई
महासचिव नियुक्त गरी 66 सदस्य कार्य समिति समेत चयन गर्
यो। पार्टीको पहिलो महाधिबेशन पश्चात पार्टीले
बिधिबत रुपमा काठमाण्डौको अनामनगरमा पार्टी कार्यलय स्थापना गरी पार्टीको अन्य गतिबिधिहरु संचालन
गर्न थाले।
7.4. पार्टी महासचिवको संबिधानसभा सदस्यमा मनोनयन:- सर्वोच्च अदालतले मन्यता खारेजी गरे संग-संगै
संसदबाट के शव मैनालीको सभासद्को पद मुक्त भएपछि रहेको रिक्त सभासद पदमा पार्टीले पार्टीका महासचिव
बद्रि न्यौपानेलाई पठाउने निर्णय गर्यो र मिति 2068 कार्तिक 10 गते बद्रि न्यौपानेले पार्टीको तर्फ बाट संबिधान
सभामा सभामुख सुभाष नेम्वाङ्गबाट सभासद्को सपथ ग्रहण गर्नुभयो।
7.5. संयुक्त सरकारमा सहभागी:- 2069/02/07 गते तत्कालिन ने.क.पा.माओबादीका नेता डा.बाबुराम भट्टराईको
नेतृत्वमा गठन भएको संयुक्त सरकारलाई पार्टीले समर्थन गरे लगतै डा.भट्टराई मन्त्री मण्डलमा पार्टीलाई
निषेधित
निषेधित
क्याविनेट स्तरको मन्त्री पद प्राप्त हुन आयो र उक्त पदमा पार्टीले महासचिव एबं सभासद् बद्रि न्यौपानेलाई
पठाउने निर्णय गर्यो । पार्टी स्थापनाको 5 बर्षमै पार्टीले सरकारमा महिला बालबालिका तथा समाज कल्याण
मन्त्रालय जस्तो प्रमुख र महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी बहन गर्ने मौका पायो। पार्टीको तर्फ बाट बद्रि
न्यौपाने महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको रुपमा सहभागी हुनुभयो।
7.6. दोस्रो संबिधानसभाको निर्वाचन र पार्टीको बिभाजन:- पहिलो संबिधानसभा मार्फ त संबिधान निर्माण हुन
नसके पछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले संबिधानसभा भंग गरी 2070 मंसिर 4 गते दोस्रो
संबिधानसभाको घोषणा गरे लगतै भट्टराई सरकार बिघटन भयो र पार्टी पनि सरकारबाट बाहिरियो ।सर्वोच्च
अदालतका तत्कालिन प्रधान न्यायधिश खिलाराज रेग्मीको नेतृत्वमा चुनावी सरकारले 2069 साल फाल्गुन 30
गते सपथ ग्रहण गर्
यो र सम्पुर्ण पार्टीहरु निर्वाचनको तयारीमा लागे। सरकारबाट बाहिरिय लगतै चुरे भावर
राष्ट्रिय एकता पार्टी दोस्रो संबिधानसभाको निर्वाचनको संघारमा आईपुग्दा बिभाजन भएर 4 वटा पार्टीमा
बिभाजित भयो । फलस्वरुप पार्टीले दोस्रो संबिधानसभाको चुनावमा नराम्रोसंग हारको सामना गर्नुपर्यो। पार्टीले
समानुपातिक तर्फ एक सिट पनि पाउन सके न। आन्तरीक कलह, पार्टी बिभाजन, कु र्सी मोह, खिचातानी र
अनुशासनहिनताले गर्दा निर्वाचनमा नराम्रो हार ब्यहोर्
नु पर्यो। पार्टीको तर्फ बाट सरकारमा सामेल भएका मन्त्री
बद्रि न्यौपाने समेत सर्लाही क्षेत्र नं.2 बाट पराजित हुनुभयो। यद्दपि पार्टीको संस्थापन पक्षले बिभाजित घटकलाई
समेत एकजुट बनाएर चुनावमा सहभागि गराउने कोशिस नगरेको होईन तर संस्थापन पक्षको के हि सीप
लागेन।
7.7. पार्टीको दोस्रो महाधिवेशन:- चुरे भावर राष्ट्रिय एकता पार्टीको दोस्रो महाधिबेशन 2070 भदौ 3,4 र 5 गते
काठमाण्डौको राष्ट्रिय सभागृहमा सम्पन्न भयो उक्त महाधिबेशनमा डा.बाबुराम भट्टराई प्रमुख अतिथिको रुपमा
उपस्थित हुनु भएको थियो । उक्त महाधिबेशनले महासचिव बद्रि न्यौपानेलाई राष्ट्रिय अध्यक्षको रुपमा
निर्वाचित गर्
यो।
7.8. संबिधान निर्माण कार्यमा पार्टीको भुमिका:- दोस्रो संबिधानसभाबाट संबिधान निर्माणको क्रममा चुरे भावर
राष्ट्रिय एकता पार्टीले सरकारलाई दवाव दिने हिसावले भुमिका खेलेको थियो । धर्मनिरपेक्षताको सवालमा
जनमत संग्रहमा जानुपर्ने, पूर्व मेची देखि लिएर पश्चिम महाकालीको बिचमा रहेको चुरे र भावर क्षेत्रलाई
मिलाएर छु ट्टै चुरे भावर प्रदेश निर्माण गरिनुपर्ने, गैह्र नेपालीले लिएको नागरिकता खारेजी हुनुपर्ने र बोर्डर सिल
हुनुपर्ने जस्ता मागहरु संबिधान मार्फ त संबोधन हुनुपर्ने भनि सरकारलाई ज्ञापनपत्र, ध्यानाकर्षण र अन्य
माध्यमबाट पेश गरिरहर्यो।
7.9. तराई आन्दोलन र नाकाबन्दी:- दोस्रो संबिधानसभाबाट 2072/06/03 गते संघिय गणतान्त्रिक नेपालको
संबिधान जारी गरे पश्चात उत्पन्न परिस्थितीले तराई मधेशमा रहेका मधेशबादी दलहरुलाई आन्दोलन गर्ने
मौका प्रदान गर्यो । आफ्ना सम्पुर्ण मागहरु पुरा नभएको भनि असन्तुष्ट मधेशवादी दलहरुले तराईलाई पन:
एकपटक आन्दोलनको भुमरीमा होमेका थिए। मधेशबादी दलहरुको मौन र कार्यगत समर्थनमा भारतले
नेपालमा अघोषित नाकाबन्दी लगाएत र एकपटक फे री मुलुक नराम्रोसंग राजनैतिक संकटको गहिराईमा
पुग्यो। आफ्नो आधार क्षेत्रमा मधेशबादी दलहरुले पहिले जस्तै गलत हर्क त गरेमा प्रतिकार गर्ने रणनीति र
योजनामा तयारी हालतमा बसेको चुरे भावर राष्ट्रिय एकता पार्टीले पर्ख र हेर को नीति अख्तियार गरेकोमा
बि.सं.2072 मंसिर 8 गते सर्लाही जिल्लाको फु लजोरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग कब्जा गर्न आएका
मधेशबादी दलका अ.2/3 हजार कार्यकर्तसंग झडप भएको र उक्त स्थानबाट मधेशि मोर्चाका कार्यकर्ताहरुलाई
तितर बितर पार्न सफल भएको।
निषेधित
निषेधित
निषेधित
निषेधित
क्रियाशिलता वर्तमान परिप्रेक्षमा झनै बढ्न गएको छ । थोरै समयमा संगठनले गरेको सकारात्मक विरता,
जनशक्ति विकास, स्रोत र साधनको व्यवस्थापन उल्लेखनिय मान्नुपर्दछ ।आजको यस नयाँ नेपालमा मधेशमा
भएका विभिन्न सशस्त्र विद्रोह तथा आन्दोलनका कारण फै लिएको हत्या हिंशा र शान्ति सुरक्षाको लागि राष्ट्रले
समेत यस शसस्त्र प्रहरी बललाई सम्पूर्ण जिम्मेवारी दिई परिचालन गर्दै आइरहेको छ । जसले आफ्नो सिमित
साधन र स्रोतको अधिकतम परिचालन गरी राष्ट्रको एकता र अखण्डतालाई अधिकतम परिचालन गरी राष्ट्रको
एकता र अखण्डतालाई कायम राख्दै परिचालित हुँदै आएको कु रा सर्वविधितै छ।
10. सन्दर्भ सामाग्रीहरु
१. राष्ट्रिय साप्ताहिक नेपाल
२. मधेस आन्दोलन को नालीबेली
३. विचार प्रदान मासिक संश्लेषण
४. राष्ट्रिय मासिक हिमाल
५. मासिक दिशाबोध
६ .कान्तिपुर दैनिक
७. गोरखापत्र
८. विमर्श
९. अन्नपूर्ण पोष्ट तथा अन्य ।
१०.अन्य सञ्चारका साधनहरु (टि.भी., रेडियो आदि)
निषेधित