Professional Documents
Culture Documents
Nepali Project
Nepali Project
टोखा-०८, काठमाडौं
उपन्यासको मख्ु य विषयवस्तु मध्ये एक नेपाली किसानको दैनिक सघं र्ष हो। लेखकले कृ षकहरूले सामना
गर्नुपरे का अथाह चनु ौतीहरूलाई चित्रण गरे का छन,् जसले आफ्नो कर्तव्य र काम परू ा गर्न अथक परिश्रम गर्छन् तर
शोषित र दमित हुन पग्ु छन् । व्यावहारिक सामाजिक जीवनमा प्रचलित अन्ध परम्परा, असामाजिक रीतिथिति र
जातीय पृथक्तावादी प्रचलन एवं हुदँ ा खाने र हुनेखाने वर्गको आर्थिक असमानताको सेरोफे रोमा संरचित नेपाली
समाजको रूपान्तरणका लागि गरिएको ब्यावहारिक क्रान्तिको नमनु ा हो, ‘एक चिहान उपन्यास’ । बहुसङ्ख्यक
गरिबीको निरपेक्ष रे खामनिु रहेका सर्वहारा बिपन्न वर्गका नागरिकको आर्थिक पीडाको क्रन्दन र त्यसको
परिणतिलाई पृष्ठभमिू बनाइएको समाजको चित्रण गरिएको छ, ‘एक चिहान’ उपन्यासमा । यस उपन्यासमा मख्ु यतः
विजातीय अथवा अन्तर्जातीय वैवाहिक सम्बन्ध जोर्ने, मर्दापर्दा संस्कारका रूपमा नसकीकन पनि गर्नुपर्ने दान,
धर्म, भोज भतेर जस्ता बाध्यकारी सस्ं कृ ति अनि दाइजो प्रथा र अनमेल अनचि ु त प्रेमसम्बन्धजस्ता गतिविधिहरू
रहेको नेपाली समाजको चित्रण गरिएको छ ।
नानीथकुँ
नानीथकँु यस उपन्यासकी प्रमख ु नारी पात्र, नायिका एवं के न्द्रीय पात्र हो । अष्टनारानकी छोरी नानीथकँु सोझी,
अल्लारे , अशिक्षित १७ वर्षे किशोरी हो । खेतीकिसानी एवं आमालाई तान बन्ु न सघाउने अनि घरको कामकाज
गर्ने अनपढ नारी हो । ऊ नारी मल्ू य र अस्मिताप्रति सचेत हुन सके की छै न । किशोरावस्थाकी नानीथकँु अदरू दर्शी,
अपरिपक्व अल्लारे चरित्रको रूपमा देखिन्छे । बाबक ु ो आदर्शलाई मनन गर्ने, दाजल ु ाई सम्मान गर्ने पात्र हो ।
नानीथकँु अष्टनारानकी छोरी, प्रमख ु नारी पात्र नायिका एवं के न्द्रीय पात्र १७ वर्षे किशोरी, सोझी, अल्लारे ,
अशिक्षित, नारी मल्ू य र अस्मिताप्रति सचेत हुन नसक्ने, सही निर्णय क्षमता नभएकी, सस्तो प्रेम गर्ने, अदरू दर्शी,
किशोरावस्थाकी. डाक्टरकी प्रेमिका, धेरै पाको र विवाहित परुु षसँग माया र बिहे गर्ने चाहना राख्ने, दाजु र डा.
गोदत्तप्रसादकी पत्नी रञ्जनाले नारी मल्ू य र अस्मिताको बारे मा सम्झाएपछि सचेत बनेकी गतिशील चरित्र हो ।
रञ्जनादेवी
रञ्जनादेवी यस उपन्यासकी सहायक पात्र हुन् । उनी डा. गोदत्तप्रसादकी पत्नी हुन् । उनी नारी मल्ू य र अस्मिताप्रति
सचेत छिन् । स्थीर चरित्र भएकी, आफ्नो भाग्य र भविष्यप्रति सचेत चतरु अनि दरू दर्शी, पढेलेखेकी बौद्धिक नारी
हुन् । उनी बौद्धिक महिला वर्गकी वर्गीय चरित्र पनि हुन् । उनी परिपक्व एवं स्थीर चरित्र भएकी सत् पात्र हुन् ।
3
उनले आफ्नो अनि नानीथकँु को भविष्य बरबाद हुनबाट जोगाएकी छिन् अनि पतिलाई पतीत हुनबाट जोगाएकी
छिन् । यसरी हेर्दा डाक्टरकी पत्नी रञ्जनादेवी उपन्यासकी सहायक पात्र, नारी मल्ू य र अस्मिताप्रति सचेत,
बौद्धिक, चतरु अनि दरू दर्शी नारी, भाग्य र भविष्यप्रति सचेत, वर्गीय चरित्र, परिपक्व, सत् पात्र, स्थीर चरित्र हुन् ।
सुरमान सुब्बा
सरु मान सब्ु बा हुने खाने सम्पन्न उच्च वर्गका वर्गीय चरित्र हो । ऊ उपन्यासमा सहायक एवं नकारात्मक चरित्रका
कलषि ु त भावना भएका खलपात्रका रूपमा देखिएको छ । सरु मान गरिबहरूलाई शोषण, दमन गर्ने सामन्ती
तल्सिङ हो । पचास वर्षे बढु ो सब्ु बा सरु मान आफ्नो कारिन्दा रामबहादरु मार्फ त अष्टनारानले छोरी दिने वचन
दिएको जाली कुरा बनाई आर्थिक प्रलोभनमा पारी भर्खरै यौवन फक्रेकी सत्र वर्षे नानीथकँु लाई आफ्नी बनाउने
दस्ु प्रयास गर्छ । यी दबु ैको एउटै स्वार्थ नानीथकँु को जवानी ननु ु नै देखिन्छ । ऊ धनको रवाफ देखाउने , लोभी, पापी,
जाली, फटाहा, कपटी, भ्रष्ट, पतीत, असत,् कामक ु , दष्टु . नारीलाई यौन विलासिताको साधन ठान्ने किसानप्रति
सहानुभति ू को नौटङ्की रची निहीत स्वार्थको खेल खेल्ने दष्टु मनोवृत्तिका धर्तू ब्वासो हो ।
हुने खाने उच्च वर्गका साहु महाजन एवं शोषक सामन्त वर्गको प्रतिनिधित्व सब्ु बा सरु मान र डा. गोदत्तप्रसादले
गरे का छन् भने सर्वहारा विपन्न वर्गका शोषित पीडित निम्न वर्गका नागरिकको प्रतिनिधित्व अष्टनारानले गरे को
छन् । उच्च वर्गका हुने खानेहरूले विभिन्न जालझेल, षड्यन्त्रका तानाबाना बनु ेर गरिब एवं निम्न वर्गका
नागरिकहरूमाथि गर्ने शोषण, दमन, अन्याय, अत्याचारपर्णू सामन्ती व्यवहारलाई प्रस्ततु गरिएको छ । पैसामख ु ी
अमानवीय चरित्र भएको डा. गोदत्तले बिनापैसा उपचार गर्न नखोज्नु अनि पैसा पाउने लोभमा उपचार गर्न गएपछि
नानीथकँु को जवानीप्रति आकर्षिक भई उसलाई आफ्नी बनाउन खोज्नु अनि बढु ो सब्ु बा सरु मानले नानीथकलाई
जाली कुरा बनाई आफ्नी बनाउन खोज्नल ु े स्वार्थी, भोगविलासी कामकु उच्च वर्गका शोषक सामन्तहरूले गरिब
वर्गमागि गर्ने शोषण, दमनको वास्तविकतालाई चित्रण गरे को छ । शिक्षा र स्वास्थ्यमा उच्च वर्गकै एकाधिकार
भएको विभेजन्य शोषणयक्त ु समाजको चित्रण गरिएको छ । अष्टनारानजस्ता सर्वहारा गरिबहरू अहोरात्र खटिंदा,
जोतिँदा पनि रोग, भोक र शोकले थलिएर मर्नुपर्ने सामन्ती समाजको चित्रण छ । बहुजाति, बहुभाषी, बहुसस्ं कृ तिले
विविधतायक्तु नेपाली समाजको चित्रण छ जहाँ हुनेखानेको समाजमा गरिबहरू साँस्कृ तिक दास बनेर बाँच्नपु र्ने
बाध्यकारी समाजको चित्रण छ । भरिया, मजदरु , सिकर्मी, डकर्मी, ज्यामी, कृ षकहरूले श्रमको मल्ू य पाउन
नसके को, दयनीय जीवनदशा फे रिन नसके को शोषणयक्त ु समाजको त्रिचण गरिएको छ । प्रगतिशील विचार राख्ने
4
अष्टनारानको परिवारको चेतना जागरणसँगै कुसस्ं कार तोड्दै शोषण र दमनका विरुद्ध जागेको तथ्यले समाज
रूपान्तरणको दिशातर्फ अगाडि बढेको सङ्के त गर्दछ ।
निष्कर्ष
‘एक चिहान’ उपन्यासमा वर्गीय असमानता, गरिबी, र शोषणका कारण सबैको एक चिहान मृत्यु भएको देखिएको
छ । गरिबहरुमाथि साहु वा उच्च कर्णले कसरी शोषण गर्दा रहेछन् भन्ने कुरा प्रष्ट पारिएको छ । लेखकले
प्रगतिवादी चिन्तन सहित समतामल ू क समाजको निमार्ण वा समाज सधु ारको चाहाना राखेका छन् । यस कथामा
धार्मिक रुढीवादी परमपरा अन्त्य गर्न र अन्तरजातीय सम्बन्ध बढाउन खोजिएको देखिन्छ । आर्थिक शोषण अन्त्य
गर्न ऋण नलिने र प्रलोभनमा नफस्ने सल्लाह दिइएको छ । वर्गीय असमानता हटि सामाजीक न्याय कायम हुनपु र्ने
कुरा यस कथामा उल्लेख गरिएको छ । शोषक वर्गको जालझेल, षड्यन्त्र, प्रलोभन बाट सचेत हुनपु र्ने सन्देश यस
कथाले दिएको छ । मिहेनत, परिश्रम वा श्रमको हामी सबैलाई बोध गराउनु यस उपन्यासको मख्ु य उदेश्य हो ।
समग्रमा भन्नपु र्दा, "एक चिहान" एउटा चिन्तनशील उपन्यास हो जसले ग्रामीण नेपालको जीवनको कठोर
यथार्थलाई प्रकाश पार्छ । लेखकले आफ्नो लेखनमार्फ त सीमान्तीकृ त समदु ायलाई आवाज दिएका छन् र
सामाजिक र राजनीतिक परिवर्तनको आवश्यकतालाई प्रकाश पारे का छन् ।