You are on page 1of 4

अखण्ड चरित्र ,पुर्णअवतार - श्रीकृष्ण बासुदेब

-बि.एस.क्षेत्री

महाभारतको सबै पात्रहरु मध्य योगेश्वर श्री कृष्णमात्र यस्ता  अद्भभुत  चरित्र हुन  जो ईश्वरको अवतार भएर
पनि समग्र मानवजातिको प्रतिनिधित्व  गर्दछन । महाभारतमा उल्लेख भएको चरित्रहरुको गहिरो  विश्लेषण
गर्ने हो भने कि त असाध्य आदर्शवान चरित्र भेटिन्छ कि एकदम  दष्ु ट चरित्र भेटिन्छ तर पुर्ण सन्तुलित चरित्र
भेट्न कठिन छ । यदि कोहिमा त्यो सन्तुलित एबम अद्धितिय चरित्र छ भने त्यो अरु कोहि नभएर बासुदेव
कृष्ण नै कै हो  । सुखमा -दख
ु मा, लाभमा -हानीमा , हारमा- जितमा  ,मानमा अपमानमा  जुनसुकै 
परिस्थितिमा आफुलाइ सजिलै समायोजन गर्ने अनि एकै जस्तो समभाब ब्यक्त  गर्ने स्थितिप्रज्ञ हुन बासुदेब
श्रीकृष्ण ।

बास्तबमा महाभरतमा हरे क पात्र कुनै न कुनै उल्झनले बाधिएको छ । सम्पुर्ण  महाभारत नै श्राप र आशिर्वादको
चक्रमा रुमलिएको छ ।  हरे क पात्रहरुमा  बिबिधता छ  तर पनि  ती सबै पात्रहरु निरस , श्यामश्वेत र एकाङी
चरित्रको लाग्छन  ।  सबैमा एक प्रकारको आशक्ति बिद्ध्मान छ । उनिहरु आफ्ना  आफ्नै मजबुरि र
परिस्थितिले बिबश भएका  छन तर श्री कृष्ण  यी सबै भन्दा माथी र बिल्कुलै   फरक  छ्न । कहिले उनी
बाललिला दे खाइरहे का हुन्छन ,कहिले गोपिनीहरुको वस्त्र हरण गरे र मजा मानी रहे का हुन्छन त कहिले
अर्जुनलाई भागवत गिता जस्तो गहन दर्शन सुनाइरहे का हुन्छन  । उनी जिबनमा सकारात्मक र नकारात्मक
दब
ु ै उर्जाको भरपरु   प्रयोग गर्ने अनुपम पात्र हुन । अझ भनौ उनी पुर्णत स्वतन्त्र, मनमोजी र रं गिन चरित्र  हुन  ।
हिलोमै रहे र पनि बिल्कुल  स्फटिक झै सफा र सुन्दर  कमलको फुल झै अथवा उजाड  मरुभूमिमा भेटिएको
हरियो बगैचा जस्तै उनी बिरोधाभाष बिच पनि अत्यन्त मानबिय जीवन बाँच्दछन    । एकातर्फ उनी महायोगी
दिब्य ज्ञानि हुन जो अर्जुनलाई पटक पटक सन्यास हुन प्रेरित गर्छन भने अर्को तर्फ मानबले सबैभन्दा  पहिले
आफ्नो कर्म गर्नुपर्छ , आफ्नो सनातन धर्म निभाउनु पर्छ भनेर युद्ध गर्न प्रेरित पनि गर्छन । सतहमा  हे र्दा उनी
भ्रमपुर्ण र दिग्भ्रमित कुरा  गर्छ्न तर गहिराईमा  हे र्दा उनको  कुरामा दार्शनिक सत्यता लुकेको  हुन्छ  । उनी
सबैका प्रिय  पात्र हुन । तथापि उनी सम्पुर्ण  तर्क ,बुद्धि र सोच भन्दा बाहिर छन अर्थात "एनिगमेटिक" छन   ।
उनी दोषि भएर पनि दोष रहित र निष्कलंकित छन । उनिमा अत्यन्त बालसुलभपन पनि भेटिन्छ भने कठोर
परिपक्कता पनि भेटिन्छ । जसले  जस्तो रुपमा दे ख्न चाहे को छ ,उनी तेस्तै रुपमा दे खापर्छन । उनको चरित्र
कहि कति खण्डित  छै न , उनिमा गुण दोष  दब
ु ै बिद्धमान छन ।तसर्थ उनमा जीवन प्रती लालित्यपन छ -
नकारात्मकता छै न । उनी साधु सन्त झै कुरा गर्छन तर बिल्कुल गम्भीर छै नन फेरि हर समय बुद्धिबिलासमा
पनि रम्दै नन । बडो अनौठो किसिमको  सन्तुलन र मध्यमार्गी धारमा हिड्छन श्री कृष्ण  बासुदेव ।

श्रीकृष्णले प्रचलित धर्मको प्रतिकूलजस्तो दे खिने कार्यहरू थुप्रै गरे का थिए । उनी मथुरामै रहँदा आक्रमण भएको
थियो र त्यतिखेर उनी भागेर गुफामा लुक्न पग
ु े । जरासन्धको पन
ु ः आक्रमणको डरले मथुरा नगरी नै खाली
गराई  द्वारकामा बसाइँ सरे र गएका थिए । ती कदमहरु  धर्म र मर्यादाको हिसाबले   क्षत्रियोचित थिएनन ्,
कायरतापूर्ण थिए ।राजकुमारी  रुक्मिणीलाई शिशुपालसँग विवाह हुन लागेको अवस्थामा  स्वइच्छाले हरण 
गरी ल्याउनु, आलोचना सहन नसकेर शिशुपालको   बध गर्नु ,दर्यो
ु धनलाइ  छल गरे र भिम द्वारा  मार्न लगाउनु
धर्म र नैतिकता विरुद्धका कार्यहरू थिए ।श्रीकृष्णकै उक्साहटमा  अर्जुनले कुरुक्षेत्रको यद्ध
ु मा भीष्म, कर्णहरूलाई
मत्ृ यु शैयामा पुर्याएका थिए जुन प्रचलित यद्ध
ु मर्यादाको विपरित कार्य थिए । आफ्नै बहिनी सुभद्रालाई हरणगर्न
अर्जुनलाई सहयोग पुर्‍याउनु यादवगणको मर्यादाको  खिलाफ  थियो । यी केही दृष्टान्त हुन ्  जस्ले श्री कृष्ण
लाई नायक कम र खलनायक ज्यादाको  रुपमा परिचय गराउछ  । एकातर्फ उनी  न्याय र धर्मको रक्षाको लागि  
यद्ध
ु अपरिहार्य  छ भन्छन भने अर्को तर्फ उनी  शान्ति र मानवताको लागि पूर्ण रुपमा कटिबद्ध  दे खिन्छन । ।
तर पनि उनी मूलतः सत्य, न्याय  र धर्मको पक्षमा थिए   । गोविन्द, कान्हा, कन्है या, काले, मुरलीमनोहर,
श्यामसुन्दर, माखनचोर आदि थुप्रै उपनामबाट पुकारिएका यी कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य
सर्जक अर्थात शाक्षात  इश्वरको अवतार रुपमा सम्झिने र पूजा गरिने गरिन्छ ।

राधा कृष्ण : एक अमर  प्रेम कथा

राधा र कृष्णको प्रेमकथा  प्रेम गर्नेहरुको लागि एउटा अनुपम  दृष्टान्त हो । आम प्रसङ्गमा   पहिले राधा अनि
कृष्णको नाम लिइन्छ, नारीभावले ओतप्रोत यो स्त्री प्रधानताले  नारिको महत्व र  महानताको   पुष्टि गर्छ  ।
ब्रज ,मधुवन, द्धारीका, गोठालो , मख्खन, बन्ृ दावन, जस्ता धेरै बिम्बहरु राधाकृष्णसँग जोडिएर आँउछन ् । राधा
लगायत धेरै गोपिनीहरुसँग राशलिला मचाउने कृष्ण एउटा सामान्य ग्वाला अर्थात  प्ले ब्वाइ होइनन ।
गोपिनीहरु कृष्णका  केवल भोग र बिलासका साधनहरु मात्र थिएनन उनी हरुको सम्बन्धमा स्नेह र निष्ठा पनि
थियो ।उनिहरु साथी सहपाठी मात्र होइन इश्वर र भक्त जत्तिकै पबित्र  सम्बन्ध पनि   थियो । सम्पुर्ण १६
हजार गोपिनीका उनी साझा प्रिय पात्र थिए।

मिलन बिनाको राधा कृष्णको प्रेम सम्बन्ध  मार्मिक र हृदय स्पर्शी छ  ।  राधा कृष्णको प्रेमिका थिइन भने  "
रुक्मिणी  " उनको धर्मपत्नी थिइन ।   मिलन र बिछोडको परिधी बाट ब्याख्या गर्ने हो  भनें  कृष्ण र राधाको
बिछोड भित्र पनि अलौकिक मिलन छ, जहाँ कृष्ण छन त्यहाँ  राधा अनि जहाँ राधा  त्यहाँ कृष्ण । प्रतीकात्मक 
रुपमा राधा कृष्णको जोडि उत्कृष्ट जोडी  हो । एक आत्मा दई
ु शरीर भए झै उनिहरुको प्रेम कालजयि 
,एतिहासिक र युगान्तकारी  छ ।   उनीहरुको प्रेम सम्बन्ध आम जनमानसले  बझ्
ु ने  भन्दा फरक र उच्च 
स्तरको छ ।   प्रेमको अन्तिम  उदे श्य  बिवाह हो , बिवाह बिना प्रेम अधुरो हुन्छ भन्ने मान्यता लाई यसले
तोडेको छ । एक प्रसँगमा कृष्णले राधा सङ्ग ्  किन बिवाह  नगरे को भन्ने प्रश्नमा ," बिवाह गर्नका लागि त
अर्को कुनै मान्छे चाहीन्छ राधा, तिमी त मेरै अशं हौ जे तिमी छ्यौ त्यही म हुँ, जे म हुँ त्यही तिमी हौ, यो
ध्रुवसत्य हो । हामी दई
ु मा भेद छँ दै छै न ।जसरी दध
ू मा सेतोपन छ, अग्निमा दाह्य-शक्ति छ, पथ्
ृ वीमा गन्ध छ,
त्यसैगरी हामी दई
ु को अविञ्छिन्न सम्बन्ध छ । तिमी सष्टि
ृ को आधारभूत तत्व हौ भने म त्यसको बीजरूप हुँ'
(ब्रह्मवैवर्त परु ाणः श्रीकृष्ण जन्मखण्ड) ।उपर्युक्त कथनमा भने झै सम्पुर्ण प्रकृति -पुरुष नै राधा-कृष्णमा
प्रतिविम्बित भएको हामी पाउँ छौँ । यस प्रकार राधाकृष्णको  सम्बन्धलाइ  अलौकिक अनि आत्मिक रुपमा
व्याख्या  गरिएको छ  ।   

भागवत गिता - ज्ञानको सारसंक्षेप


कौरब पक्ष र पाण्डब बिच महाभारत यद्ध
ु हुनु ठिक अघि श्री कृष्णले अर्जुनलाई दिएको दिब्य  उपदे श नै भागवत
गिता  हो । गीता जस्तो गहन र उच्चकोटिको आध्यात्मिक एबम दार्शनिक ग्रन्थ बिरलै पाइन्छ  ।यो धार्मिक
ग्रन्थ भन्दा पनि दार्शनिक एब बैज्ञानिक ग्रन्थको रुपमा परिभाषित गर्नु जरुरी छ ।जब अर्जुनले युद्ध मैदानमा
आफ्नै आफन्त दाजुभाइ प्रियजन पितामह गुरु आदि एक अर्काको बिरुद्धमा  सत्ता ,शक्ति र राज्यको निमित्त
मार्न मर्नको निमित्त तयार भएको दे ख्छन त्यो दृश्यले उनी अत्यन्त भाब बिव्हल भएर आफ्नो गाण्डिब ( धनु)
फ्याँक्छन र कुनै पनि हालतमा युद्द नगर्ने घोषणा गर्छन । उनी भन्छ्न,"  यो हस्तिनापुर र इन्द्रप्रस्थ त झन
तुच्छ राज्य हो - यदि यो युद्ध जितेर मलाई स्वर्ग ,मर्त्य, पाताल यी तिनै लोक प्राप्त हुन्छ भने पनि म यो निर्णय
फिर्ता लिन्न। म आफ्नै कुल बंशको बिरुद्ध हतियार उठाउदिन ," । यहि पष्ृ ठभुमि र प्रसङ्गमा रहे र कृष्णले 
सत्य ,ज्ञान , धर्म र मानबिय नश्वरताको बारे मा अर्जुनलाई सम्झाइ बुझाइ गर्छन र कर्म सम्झेर धर्म रक्षाको
लागि  यद्ध
ु गर्नको निमित्त  प्रेरित  गर्छ्न । श्रीकृष्णले गिता मार्फ त अत्यन्त गहन आध्यात्मिक ज्ञानको
ब्याख्या गरे का छन । जीवन एक लिला हो , मानिस्ले कर्म गर्नु पर्छ , फलको  आश गर्नु हुन्न किनकी यो
मानिस्को लगाम भन्दा बाहिर  छ , निश्काम कर्म बाट मात्र निर्बाण  सम्भब छ  यस्ता अनकौ गहिरो 
आध्यात्मिक ज्ञानको भण्डार  हो भागवत गीता।येस्मा योग्येश्वोर कृष्णले ज्ञानयोग ,ध्यान योग र कर्म योग
मार्फ त मोक्ष सम्भब हुने कुरा बताएका छन । त्यस्तै मानविय स्वभावको आधारमा   प्रमुख ३ गुणहरु -  
तमोगुण ,रजोगुण र सत्वगुण  अनि कर्म फल को सिद्धान्त , अष्टाङी मार्ग  आदिको बारे मा पनि  गितामा
बिस्तारमा  बताइएको छ । बास्तबमा भन्ने हो भने  मानव जिबनका जटिलतम प्रश्नहरुको उत्तर भेटिन्छ यस
पुस्तकमा । अर्जुनले जीवन र जगतका अनकौ कठिन प्रश्न र समस्या उठान गर्छन भने श्री कृष्णले  त्यसको
उत्तरहरु बैज्ञानिक ,ब्यवहारिक र दार्शनिक रुपमा दिन्छ्न । यस जगतको आदि र अन्त्य आफू(श्री कृष्ण )" नै
भएको र आफू नै पराशक्ति , पर्मेश्वोर र सम्पुर्ण  चराचर जगतको  सष्ृ टकर्ता,पालनकर्ता  र सम्हारकर्ता रहे को
रहस्य उद्घघाटन गर्छन ।

महाभारत युद्ध - कृष्णको भुमिका

  महाभारत एउटा बह
ृ त  राज्नितीशास्त्र पनि हो जसमा  व्यापक रुपमा छ्ल -कपट, जाल - झेल र षडयन्त्रको
प्रयोग भएको छ  । यथार्थमा भन्दा  महाभारत यद्ध
ु को मुख्य सुत्रधर नै श्री कृष्ण हुन उनी बिना न यद्ध
ु सम्भब 
थियो न पाण्डबको बिजय नै सम्भब थियो । यद्ध
ु गर्नु हुन्न भन्दै शान्तिको वकालत गर्दै शान्तीदत
ु बनेर
कयौंपटक बार्ताको निमित्त उनी अघि बढे का छन भने यद्ध
ु हुने निश्चित भएपछी  कौरब पक्षलाई नारायणी सेना
र पाण्डव पक्ष बाट स्वम अर्जुनको  सारथि बनी युद्धभुमीमा सरिक भएका छन । अझ अनौठो कुरा के छ भने
एकातर्फ   श्रीकृष्ण महाभारत युद्दमा हतियार नउठाउने प्रण गर्छ्न फेरि अर्को तर्फ रथको  पाङ्ग्ररा उचालेर भीष्म
माथी हमला पनि गर्छन । उनी जतिकै  कुटिल, कुटनैतिज्ञ , चतुर  पात्र महाभारतमा पाउन मुस्किल छ । उनी
यद्ध
ु को  साधन र साध्य  दब
ु ै हुन । सतहमा जस्तो दे खिए पनि मुलभुत रुपमा उनी ब्रह्म-ज्ञानी हुन ्, त्रिकालदर्शि
हुन , तत्वज्ञानि हुन । महाभारत यद्ध
ु अवश्यँभाबी  छ र  यो युद्ध पाण्डब पक्षले जित्छ भन्ने कुरा कृष्णलाई पहिले
नै ज्ञात थियो । अर्जुनलाई यद्ध
ु गर्नको निमित्त सम्झाउन गार्हो हुँदै  गएपछी मधुसूदन  भन्छन  "हे अर्जुन तिमी
किन युद्धको परिणामका बारे मा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।" यति भन्दै आफ्नो बिराट
स्वरुप दे खाउछन र केवल एउटा साधनको रुपमा मात्र पहिले आफू बाट पराजित भैसकेता कौरब पक्ष बिरुद्ध यद्ध

गर्न अर्जुनलाई आग्रह गर्छन । यद्ध
ु मा श्रीकृष्णले साम ,दाम ,दण्ड , भेद सबै रणनीतिको अबलम्बन गर्दै पाँच
पाण्डबको पोल्टामा बिजय निश्चित गराउछन । चाहे जयद्रथलाई सर्या
ु स्त भएको  भ्रम सज
ृ ना गरे र होस चाहे  
कर्णलाई तिमी कुन्तीको ज्यष्ठ पुत्र हौ भनेर होस ,चाहे गधा युद्दमा भिमलाई दर्यो
ु धनको जाङ्घ तिर हान्ने इसरा
दिएर होस । तसर्थ महाभारत यद्ध
ु को पटकथा ,निर्माण  र निर्देशन सबै श्री कृष्णको इसारामै भएको हो ।

You might also like