You are on page 1of 8

दै लेखी भाषाका अनुकरणात्मक शब्द

— वीरे न्द्रकुमार बुढा

द्रोणाचल क्याम्पस

दल्
ु लु दै लेख

अध्ययन सार

ृ , सम्पन्न र वैभवशाली बनाउन सहयोग पुर्‍याउने


अनुकरणात्मक शब्द भाषाका मौलिक शब्द हुन ् । भाषालाई समद्ध
यस्ता शब्दहरुले भाषाको मौलिकतालाई चिनाउन पनि मद्दत गर्दछन ् । अनुकरणद्वारा उत्पन्न हुने भएकाले यस्ता
शब्दहरुले भाषिक वक्ताको प्राकृतिक आवाजको नक्कल गर्ने तरिकालाई छर्लङ्ग्याउछन ् । प्रस्तत
ु लेखमा दै लेखी
भाषामा प्रयुक्त अनुकरणात्मक शब्दहरुको अध्ययन गरिएको छ । दै लेखी भाषालाई विभिन्न भाषाविद्हरुले
भाषिकाको रुपमा अध्ययन गर्दै आएको भए पनि नेपालको राष्ट्रिय जनगणना २०६८ ले भाषाका रुपमा स्विकारी
ृ ाषाको सूचीमा सूचीकृत गरी यो भाषा बोल्नेको सङ्ख्या ३,१०२ रहे को उल्लेख गरे को छ । यो
नेपालका १२३ मातभ
लेख गुणात्मक अध्ययनसँग सम्बन्धित छ ।क्षेत्रकार्य विधिको प्रयोग गरी दै लेख जिल्लाको पश्चिम क्षेत्रका विभिन्न
उमेर, जाति, लिङ्ग, पेसा व्यवसायका १० जना दै लेखी भाषी वक्ताहरुलाई उद्देश्यमल
ू क नमन
ु ा छनोट गरे र दै लेखी
भाषाका अनुकरणात्मक शब्दहरु सङ्कलन गरिएको छ । सङ्कलित शब्दहरुलाई व्यवस्थित र क्रमबद्ध अध्ययन गरी
शर्मा ( २०५९ ) ु ार विश्लेषण गरिएको छ । नेपाली भाषामा झै दै लेखी भाषामा ध्वनिवाचक , गतिवाचक,
का अनस
रीतिवाचक,दृश्यवाचक आदि प्रकारका अनुकरणात्मक शब्दहरु भेटिएका छन ् । दै लेखी भाषामा भतरान्त, ग्वाा,
पणाम्म, ठ्याइाअजस्ता थुप्रै मौलिक अनुकरणात्मक शब्दहरु भेटिएका छन ् भने केही अनुकरणात्मक शब्दका
शाब्दिक र उच्चारणगत भिन्नताबाहे क अन्य व्यवस्था नेपाली भाषाकै समान दे खिन्छन ् ।

प्रमुख शब्दावली : दै लेखी भाषा, भाषिका, अनुकरणात्मक शब्द, अनुकरण, स्वनानुकरणात्मक, प्रकीर्ण, ध्वनि, गति,
दृश्य ।

१. दै लेखी भाषाको परिचय

दईु महाभारत लेकको बिचमा अवस्थित दै लेख जिल्ला वर्तमान नेपालको भौगोलिक विभाजन अनुसार कर्णाली
प्रदे शको बिच भागमा पर्दछ । यो जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीका रुपमा
ु लु र बेलासपुर राज्यमा विभाजित थियो । वि.सं. २००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका
परिचित दल्
केही क्षेत्रहरु यसमा गाभिएका भए तापनि राजा रजौटा ऐन २०१६ पछि आधुनिक नेपालको ढााचा बमोजिम गौडा र
२०१८ सालपछि यो जिल्ला पूर्वमा भैरी लेक र कट्टी भञ्ज्याङ, उत्तरमा महाबु लेक, पश्चिममा कर्णाली नदी र
दक्षिणमा तिनचुलाभित्रको भूभागलाई दै लेख जिल्लाको सीमाङ्कन गरिएको पाइन्छ । जिल्लाको मध्यपश्चिम हुँदै
बग्ने छामगाड खोला र पूर्वी भेग हुादै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दै लेख जिल्लाको आकर्षक भौगोलिक
स्थल मानिन्छ भने नागराजको विशाल हिमाली राज्यको शीतकालीन राजधानी दल्
ु लु क्षेत्रमा अवस्थित पञ्चकोशी
तीर्थस्थलमध्ये श्रीस्थान र नाभिस्थानभित्र नित्य प्रज्वलित ज्वाला र त्यसबाट निकाल्न सकिने ग्याास तथा पेट्रोलले
पनि यो क्षेत्रलाई धार्मिक, व्यापारिक तथा पर्यटकीय रुपमा चर्चित हुन पुगेको छ । आर्थिक दृष्टिकोणले त्यति
सम्पन्न नभए तापनि प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम ् भाषिक दृष्टिले यो जिल्ला सम्पन्न मानिन्छ

भाषा परिवर्तनशील हुन्छ । कुनै पनि भाषा सर्वत्र एक नासले बोलिदैंन । राजनीतिक सांस्कृतिक स्थितिमा र
भौगोलिकताका आधारमा भाषामा विविधता दे खिन आउाछ । कुनै पनि भाषाका विभिन्न भाषिक भेदहरुमध्ये विविध
कारणले कुनै भाषा बन्न जान्छ भने कुनै भाषिकाको रुपमा रहन्छ ।

सिंजामा उत्पत्ति भएको नेपाली भाषा र यसको साहित्यको विकास विस्तारमा दल्
ु लु क्षेत्रले ठुलो योगदान पुर्‍याएको
ु लुस्थित राजा दामुपालको वि. सं.१०३८ को प्राचीन शिलालेखले प्रमाणित गर्दछ
कुरा दल् ( श्रेष्ठ र शर्मा, २०४९) ।
दै लेख जिल्लामा बोलिने नेपाली भाषा सिंजाबाट फाटे को हाागो हो । भाषाशास्त्री बालकृष्ण पोखरे लको नेपाली भाषाको
वर्गीकरण अनुसार नेपाली भाषाका विभिन्न पााच भेदहरुमध्ये दै लेखी भाषालाई नेपाली भाषाको पूर्वेली भाषिकाको
खसानी भेद अन्तर्गतको उपभेद मानिएको थियो । वि. सं. २०६८ को राष्ट्रिय जनगणनाबाट यसले भाषाको मान्यता
पाइसकेको छ । वि.स.. २०६८ को जनगणना अनस
ु ार नेपालमा दै लेखी भाषाका वक्ताहरु ३,१०२ रहे को दे खिन्छ ।
नेपालको पश्चिम भागमा बोलिने यस भाषाको विकास र विस्तार क्रमश: भइरहे को छ । यस अध्ययनमा दै लेख
जिल्लाको पश्चिम भागलाई आधार बनाई दै लेखी भाषाका अनक
ु रणात्मक शब्दहरु र यसको प्रयोग क्षेत्रका बारे मा चर्चा
गर्ने प्रयास गरिएको छ ।

२. अध्ययन विधि

यो लेख गुणात्मक अध्ययनसँग सम्बन्धित छ । क्षेत्रकार्य विधिको प्रयोग गरी दै लेख जिल्लाको पश्चिम क्षेत्रका
विभिन्न उमेर, जाति, लिङ्ग, पेसा व्यवसायका १० जना दै लेखी भाषी वक्ताहरुलाई उद्देश्यमूलक नमुना छनोट गरे र
दै लेखी भाषाका अनुकरणात्मक शब्दहरु सङ्कलन गरिएको छ । सङ्कलित शब्दहरुलाई व्यवस्थित र क्रमबद्ध
अध्ययन गरी शर्मा ( २०५९ ) का अनुसार विश्लेषण गरिएको छ ।

३. अनक
ु रणात्मक शब्दको परिचय

वस्तु , जीव वा वातावरणको आकृति, प्रकृति,गति, आवाज आदिको प्रतिकृति उतार्ने एवम ् नक्कल गर्ने मानवीय
प्रवति
ृ बाट भाषामा विकसित हुने शब्द अनुकरणात्मक शब्द हुन ् ( अधिकारी, २०६७) । भाषाका विभिन्न शब्दनिर्माण
प्रक्रियाहरुमध्ये प्रक्रीर्ण प्रक्रिया अन्तर्गत अनुकरण प्रक्रिया एक हो । कुनै आवाज , गति,दृश्य आदिका आधारमा
अनक
ु रण शब्द बनाउने प्रक्रियालाई अनक
ु रण प्रक्रिया भनिन्छ । यस प्रक्रिया अन्तर्गत बनेका शब्दलाई
अनुकरणात्मक शब्द भनिन्छ (लम्साल र अन्य,२०६६) । भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता
अनुकरणात्मक शब्दहरु प्राय: क्रियाविशेषण अन्तर्गत पर्दछन ् । कुनै आवाज दृश्य वा क्रियाको तरिकालाई सहज
किसिमले नक्कल गर्ने भएकाले भाषाको विकासमा यसको महफ्वपूर्ण भूमिका रहन्छ ।

भाषाको उफ्पत्ति सम्बन्धी विभिन्न सिद्धान्तहरुमध्ये अनुकरण एक सिद्धान्त हो । खिसी गरे र यसलाई भुकभुकवाद
(बोउ बोउ थ्यौरी) पनि भनिन्छ । भुकभुक वा बोउ बोउ भनेको कुकुरको भुकाइ हो । यस सिद्धान्तले यस्तै (भुकभुक
वा बोउ बोउ) अनुकरणबाट भाषाको उफ्पत्ति भएको भन्ने मानिन्छ । मानिसले आफ्नो वरपर सुन्ने प्राकृतिक
ध्वनिहरुको नक्कलबाट नै भाषामा यस्ता शब्दहरुको विकास भएको यस सिद्धान्तले मान्दछ । यस सिद्धान्तले केवल
अनुकरणात्मक शब्दको उफ्पत्तिबारे प्रकाश पार्ने हुादा यसलाई आंशिक सत्य भएको सिद्धान्त मानिन्छ ।

अनुकरणात्मक शब्दलाई अङ्ग्रेजीमा ओनोमेटापोइक भनिन्छ । ओनोमेटापोइक को अर्थ ध्वनिबाट शब्दको निर्माण
गर्नु हो भनिन्छ । मेरियम वेभस्टर्स लर्नर्स डिक्सनरीमा ओनोमेटापोइक लाई प्राकृतिक ध्वनिको नक्कलबाट शब्द
निर्माण गर्नु हो भनी परिभाषित गरिएको छ । अनुकरणात्मक शब्द यस्ता शब्द हुन ् जसको उच्चारणबाट नै अर्थको
सङ्केत मिल्दछ । यी शब्दहरुको उच्चारण वस्तस
ु ँग वा ध्वनिको अनक
ु रणसँग मिल्दछ । यसरी ध्वनिको
अनुकरणबाट निर्मित अनुकरणात्मक शब्दलाई स्वनानुकरणात्मक शब्द भनिन्छ । यस्ता शब्दहरु सबै भाषामा समान
हुँदैनन ् । यिनीहरु केही हदसम्म भाषाको आफ्नो व्यवस्था अनुसार हुने गर्दछन ् । जस्तै : घडीको आवाजलाई
दै लेखीमा ख्याटख्याट, नेपालीमा टिकटिक, अङ्ग्रेजीमा टिकटक, चिनियामा दि दा र जापानीमा कैचिन कैचिन भनिन्छ
। स्वनानुकरणात्मक शब्दको प्रयोग हास्यव्यङ्ग्यमा अधिक मात्रामा प्रयोग गरिन्छ ।

कुनै क्रिया वा घटनाको अनुकरणबाट भाषिक शब्दको निर्माण गर्ने पद्धति अनुकरण हो । यसरी बन्ने शब्द
अनुकरणात्मक शब्द हुन ् । स्वाभाविक आवाज , गति र दृश्यको आवाज बुझाउने शब्दलाई अनुकरणात्मक शब्द
ु रणात्मक शब्दलाई तीन भेद गर्न सकिन्छ : अनक
भनिन्छ । अनक ु रणात्मक, अनरु णनात्मक, दृश्यात्मक । आवाज
बुझाउने अनुकरणात्मक शब्द हुन ् , आवाज घन्किने अनुरणनात्मक हुन ् भने गति एवम ् दृश्य बुझाउने दृश्यात्मक
शब्द हुन ् ।

दै लेखी भाषामा अनुकरणात्मक शब्दहरु नाम, विशेषण, क्रिया र क्रियाविशेषण गरी चार शब्दवर्ग छन ् । तर अन्य
वर्गभन्दा क्रियाविशेषण वर्गका अनुकरणात्मक शब्द बढी भेटिन्छन ् । उपर्युक्त चारै प्रकारका अनुकरणात्मक शब्दका
उदाहरण यहाँ प्रस्तुत गरिन्छ :
१ नामः रन्को, झ्याउँ को, रङ्ङणो, भटभटे , धाF दो, रणाको, लत्को, घअणो, रै लो।

२ विशेषणः कचपचे, चन ु े, मालमल


ु चन ु े, अणबाङ्ङे , होलकुत्तो, रै लै, पटपटानो, गनगने, घणघणे, ।

३ क्रियाः हुङ्रनु, कुकाउनु, रङ्ङणयाउनु, जङ्तणयाउनु, कच्पच्याउनु, राणन


्‌ ु, घुसमुणयाउनु, मक्मक्याउनु, छचल्क्याउनु।

४ क्रियाविशेषणः भतरान्त, पणयाम्म, लटै लटै , ग्वावाF, खलरान्तै, झल्झल, लतारान्तै, रकरक, मङ्ङ ।

४. अनुकरणका आधार र अनुकरणात्मक शब्दका प्रकार

अनुकरणात्मक शब्दहरु अनुकरणका आधारमा निर्मित हुन्छन ् । दै लेखी भाषामा अनुकरणका आधारहरु मूलत: त L न
वटा दे खिन्छन ् : एउटा आवाजका आधारमा अनुकरण ² अर्को गतिका आधारमा अनुकरण र तेस्रो दृश्यका आधारमा
अनुकरण । अनुकरणका यिनै तिन आधारअनुरुप अनुकरणात्मक शब्द निम्नलिखित तिन प्रकारका छन ् :
(क) ध्वनि —अनुकरणात्मक शब्द
आवाज (ध्वनि) को अनुकरणमा बनेका शब्दलाई ध्वनि अनुकरणात्मक शब्द भनिन्छ (शर्मा ,२०५९ : १४५) । दै लेखी
भाषामा यस प्रकारको अनक
ु रणात्मक शब्दले सजीव र निर्जीव दव
ु ैका आवाजको बोध गराउाछ , जस्तै :—
१ सजीव वस्तुको आवाज

मुसाको बोली— च्वाँ च्वाँ, बिरालाको बोली —माउ F, गोरूको आवाज — हुक्काF, रोएको आवाज —
ड्वावाF,
गाईको बोली— हम्बा, बाख्राको आवाज — म्याआ, कुखुरा बासेको — कुकुणी काF, भ्यागुत्ताको बोली — ट्वार्र ,
कुकुरको बोली —भ्वाङ भ्वाङ, भैसीको बोली— ह्वाईंक्क /वाईंवाईं , गाई वस्तल
ु े पिडा हुादा निकाल्ने आवाज —
ड्वाF ड्वाF सर्पको आवाज— फ्वाF फ्वाF, धेरै केटाकेटी रोएको आवाज— चिचेकल्ला, कुखुराको चल्लाको आवाज—
चिउँ चिउँ ।

२ निर्जीव वस्तुको आवाज

हवाइजहाजको आवाज— ग्वावावाँ, ढोका खोलेको आवाज— घणयास्स, रुख ढलेको आवाज— गणयाम्म,
भाF डाकुाडा चलाएको आवाज— खणयाङ्खुणुङ, च्यातिएको आवाज— धरारान्तै, बोलेको आवाज— चणयास्स
, कुनै चीज वस्तु फालेको आवाज— स्वाईंअ, बारी खनेको आवाज— भ्वाक भ्वाक, खाजा खाF दाको
आवाज— मणमण चिरिएको आवाज— च्वार्र , भाँडा फालेको आवाज —ठ्याईंअ, गालामा हानेको आवाज— पणयाम्म/
चट्याम्म, डोरी चुटेको आवाज— च्वाट्ट, खसेको आवाज— भ्वात्त, भाF चिएको आवाज— ठ्यास्सै, थिचेको
आवाज —थथचथच आकाश गड्केको आवाज — दननन, भुईं बढारे को आवाज— सर्‍याङसुणुङ्,
पड्केको आवाज— भणामभण ु ,
ु म , ठुलो पानी परे को आवाज— भणभणभणभण, दौडेको आवाज —
ग्वारग्वारग्वारग्वार, फुटे को आवाज —प्वाट्ट हल्ला गरे को आवाज —ग्वाF ग्वाF ग्वाF ग्वाF, कराएको —
कुकाकल्ल, गिलो वस्तुमा हान्दाको आवाज — क्वाच्च, गिलो वस्तुमा टे क्दा—ल्याच्च, तरकारी झानेको आवाज
—झ्वाईअ, चपाएको आवाज — कणयाङकणयाङ, सिसा फुटे को आवाज— खन्ज्याङखन् ु , भाF चिने तरिका —
ु जङ
ठ्वास्स, गाई भैसी लडेको आवाज — गणमैदान, हानेको आवाज — स्वाट्ट, दाह्रा बुकाएको आवाज —कणकण,
आकाश गड्केको— चणचणचणचण चणयाम्म, रक्चेको आवाज — खणखणखणखण, खसेको आवाज— भतरान्त
आदि ।

दै लेखी भाषामा ध्वनि अनुकरणात्मक शब्दहरु अन्य अनुकरणात्मक शब्दहरु भन्दा बढी मात्रामा भेटिन्छन ् । यस
भाषाका वक्ताहरुले मानिस, जीवजनावर , चराचुरङ्गी तथा कीटपतङ्ग र निर्जीव वस्तुको आवाज नक्कल गर्दा यस्ता
शब्दहरु निर्माण हुने गर्दछन ् । यस्ता शब्दहरुमा भाषाको आफ्नो मौलिकता पाइने भएकाले भाषाको मौलिकता बझ्
ु न
यस्ता शब्दहरुको अध्ययन महफ्वपूर्ण मानिन्छन ् ।

(ख) गति—अनुकरणात्मक शब्द

गति (चाल) को अनक ु रणात्मक शब्द भनिन्छ (शर्मा ,२०५९:१४५) । दै लेखी


ु रणमा बनेका शब्दलाई गति अनक
भाषामा यस प्रकारका अनुकरणात्मक शब्दले गति वा चालको अर्थबोध गराउाछन ् , जस्तै :—
हिड्ने गति —लतालत, खाने गति —फलफल, पढ्ने गति—खरखर, उफ्रने गति—फणफण, फुस्कने गति—फ्वास्स, रक्चने
गति—खणखणखणखण, , आ F खा बन्द हुने चाल—झपक्क, ढोका उग्णने चाल—फङ्ल्याङ्फुङलङ
ु , फुक्ने
चाल —फ्वाF फ्वाF, पिउने गति—चनक्क, साF झ पर्ने गति—झमक्क, बत्ती निभ्ने गति—ध्याप्प, दौड्ने गति— गुरगुर,
पानीमा डुब्ने —चुम्लुङ्ङ, डराएको अवस्थामा— बुर्र हुनु, डरले उफ्रने गति—बर्रु , भिरबाट लड्ने —गणमैदान, भुईमा
पल्टिने—गणि ु ी, काम गर्ने तरिका—लट्टपट्ट, अल्छीको काम गराइको गति—लणयाङ्तणयाङ्,
ु मण थाकेको अवस्था—
फत्याकफुतुक, हान्ने ,खाने,खन्ने चाल— भकाभक, बिजुली चम्किने —मिल्ल, दल
ु ो पर्ने चाल— ट्वाङ्ङ, आगालो हाल्ने
—ग्वाम्म, हिड्ने गति —टर्‍याकटर्‍याक, हिड्ने गति —फ्यास्स, पोखिने गति — ह्वाल्ल, चाट्ने गति —
ल्यापल्याप, खस्ने गति — फिर्तिक्कै, घुम्न गति —फिरफिरफिर, खाने गति—हसहस, आ F खा चिम्क्याउने
—चिमचिम, जाने गति — खरक्क, फ्याक्ने गति सुइ F सुइ F, फर्कि ने गति —फर्लक्क, बिस्तारै पिट्नु —
पाट्टपिट्ट लाउनु, लर्कि ने गति —लणयाकलुणुक, छर्ने गति — छर्र , लुछेको गति —लुछालुछ ।

दै लेखी भाषामा यस्ता अनुकरणात्मक शब्दहरुको प्रयोग पनि प्रशस्त मात्रामा भेटिन्छन ् । काम गराइको तरिका
बझ
ु ाउने भएकाले यस्ता शब्दहरुको प्रयोग अधिक रुपमा हुने गर्दछ ।

(ग) दृश्य— अनक


ु रणात्मक शब्द

दृश्य ( स्थिति, अवस्था ) को अनुकरणमा बनेका शब्दलाई दृश्य अनुकरणात्मक शब्द भनिन्छ ( शर्मा, २०५९: १४५) ।
दै लेखी भाषामा यस प्रकारका अनुकरणात्मक शब्दले स्थिति, अवस्था आदि दृश्यको अर्थ बोध गराउाछन ् , जस्तै :—

भिज्ने दृश्य — लप्लप्यानो, तुत्तुर्‍यानो, पसिना आएको दृश्य — खलारान्तै, पोखिएको दृश्य — छिल्लिबिल्ली,
बिजुली मिल्केको — मिल्ल, ढाकेको अवस्था — घ्वाप्प, आगोको झिल्का — झिल्ल, नमिलेको अवस्था —गुजिमुजी/
गज्याङगुजुङ, उम्रेको अवस्था — भरारान्तै, मिलेको अवस्था — च्याम्म, फुल फुलेको अवस्था — ढुकुरान्तै, टोलाएको
अवस्था —क्वाप्प, चिप्लो भएको अवस्था — र्‍यालफ्याल, उक्सेको दृश्य —भ्वाक्क, कसेको अवस्था —टनक्क, झस्केको
अवस्था —झ्यास्स, बलेको अवस्था — हुरुरु, गनाएको अवस्था — ह्वास्स, साF घुरोमा बस्ताको अवस्था —चेपाचेप,
ु ेको अवस्था — स्वा:त, शरीरको दृश्य — पटपटानो/पटपटानी, नमिलेको अवस्था — राF टाराF टा, फलेको दृश्य —
सत
लटै लटै /झुत्तैझुत्तै, चल्केको दृश्य — चलक्क/टल्ल, फुटे को दृश्य — प्वाट्ट, खसेको अवस्था — लतारान्तै, बढे को
दृश्य— लतलतानो, जिद्दी गरे को — घअणेदल, आएको दृश्य— हरास्स, हल्लेको दृश्य — लफेलफे, अठ्याएको

दृश्य — पचक्क, बन्द भएको दृश्य —पचक्क/चपक्क, उफ्रेको दृश्य— फणफणफणफण, पानीको भुमरी —रिङ्ङाउ,

खाएको दृश्य — क्वाप्प, सुकेको दृश्य — झुरिमुरी, डणेको दृश्य — खागखाग,् उठे को दृश्य — जण\‌जण आदि ।

दै लेखी भाषामा दृश्यको अनुकरणबाट निर्मित यस्ता शब्दहरु पनि मनग्यै पाइन्छन ् । कुनै चीज वस्तु दे ख्दा
स्वतस्फूर्त रुपमा निस्कने यस्ता शब्दहरुले पनि भाषाको मौलिकता बझ्
ु न सहयोग पर्ु ‍याउनक
ु ा साथै भाषालाई समद्ध
ृ र
वैभवशाली बनाउाछन ् ।

५. अनुकरणात्मक शब्दको संरचना


अनुकरणात्मक शब्दको संरचना—विश्लेषण ध्वनिसंवेदनाविज्ञान( एजयलभकतजभतष ्अक ) का आधारमा गरिन्छ ।
यस अनुसार मूल अनुकरणात्मक शब्दलाई दईु खण्डमा टुक्रयाइन्छ । जसमध्ये आदिव्यञ्जन वा व्यञ्जनगच्
ु छको
एउटा खण्ड हुन्छ र शेष अंशको अर्को खण्ड हुन्छ । यी दव
ु ै खण्डमा पाइने स्वर र व्यञ्जन मूल अनुकरणात्मक
शब्दका संरचना तफ्व हुन्छन ् (शर्मा, २०५९:१४६) र यिनकै आधारमा दै लेखी भाषाका केही अनक
ु रणात्मक शब्दको
संरचना यसप्रकार दे खाउन सकिन्छ :
५.१ मूल अनुकरणात्मक शब्द, खण्डविभाजन र संरचना

च्वाँ = च्व ् —आ F
= व्यव्य—स्व, माउ F = म ् —आउ F = व्य —स्वस्व, खण = ख ् — अण = व्य
—स्वव्य, फ्याF = फ्य ् —आँ = व्यव्य —स्व, स्वाइ F अ = स्व ् —आइ F अ = व्य —स्वस्वस्व, वाइ F
= व ् — आइ F = व्य —स्वस्व भ्यात्त = भ्य ् —आत्त = व्यव्य—स्वव्यव्य,
ड्वाङ्ङ = ड्व ् —आङ्ङ = व्यव्य —स्वव्यव्य, स्वा:त = स्व ् —आ:त = व्यव्य—
स्वव्यस्व आदि ।

मूल अनुकरणात्मक शब्दका उपर्युक्त संरचनाहरु केही बान्की मात्र हुन ् । उक्त उदाहरणहरु संरचना दे खाउने तरिका
प्रष्ट पार्न मात्र प्रस्तुत गरिएका हुन ् । मूल अनुकरणात्मक शब्दका विपरीत व्युत्पन्न अनुकरणात्मक शब्दको संरचना
विश्लेषण द्विफ्व भएको अंश छुट्याएर अथवा आधार तफ्व र प्रत्यय छुट्याएर गरिन्छ , जस्तै :—
५.२ व्युत्पन्न अनुकरणात्मक शब्द र संरचना

क्याइँक्याइँ = क्याइ F—क्याइ F, झरुु मझरुु म = झरुु म — झरुु म, झण\यामझणयाम ् = झणयाम ् —झणयाम,्
भणयाम्भणयाम ् = भणयाम ् — भणयाम,् झुरिमुरी = झुरी —झुरी, खाग्खाग ् = खाग ् —खाग,्
खन्ज्याङ्खुन्जुङ = खन्ज्याङ —खन्ज्याङ्, खणयाङ्खुणुङ् = खणयाङ —खणयाङ्, फणेफणे = फणे —फणे, लफेलफे
= लफे —लफे, रकरक = रक— रक, गजेमजे = गजे —मजे, सणयाम्सणयाम ् = सणयाम ् —
सणयाम,् भस्याम्भुसुम ् = भस्याम ् —भस्याम,् भस्भस = भस —भस, फस्फस = फस –फस, माणमुण = माण —
माण, हसहस = हस — हस आदि ।

६. अनुकरणात्मक शब्द र अर्थ

ध्वनिसंवेदनाविज्ञान अनुसार अनुकरणात्मक शब्दका संरचनामा रहने तफ्वहरुमा केही न केही ध्वनिसंवेदन
(फोनेस्थेटिक्स) अर्थात ् ज्ञेयता वा इन्द्रियगोचरता हुनु आवश्यक ठानिन्छ (शर्मा, २०५९:१४७) । यस दृष्टिबाट (
ट्याङङ् ) शब्दलाई हे र्दा यसमा रहे को ( ट ) टकरात्मक आवाजको प्रतिनिधिफ्व गर्छ । उपर्युक्त ( ट ) बाट प्राप्त हुने
( ट्याङङ् ) वा ( ट्याक्क ) को अर्थ बुझ्न मद्दत गर्छ ।
टकारात्मक संवेदन ज्ञेय वा इन्द्रियगोचर कुरो हो । जसले
यसै गरी (ट्याङ्ङ ) को (—याङ्ङ) ले केही घन्किने आवाज र ( ट्याक्क ) को (—याक्क) ले केही बोधो आवाजको
अभिव्यक्ति गर्छ । (—याङ्ङ ) र (—याक्क) सूचित गर्ने आवाजको कम र बढी मुखरता पनि ज्ञेय कुरो हो ,
किनभने संवेदनका आधारमा दव
ु ैलाई छुट्याउन सकिन्छ ।

अर्थका आधारमा हे र्दा अनुकरणात्मक शब्दहरु मुख्यत: यसप्रकारका दे खिन्छन ् :


(क) ध्वनिवाचक
भतरान्त , ड्वाँ , छ्यार्र , क्याटक्याट , प्याटप्याट, पुचपुच, घ्वााक्क, ट्याङ , चणयाङ्ङ, टिउटिउ, स्वााक्क, स्याँक्क,
भ्वात्त, भणाम्म, ग्वाम्म, पणाम्म, चणाम्म, गणाम्म, झ्वाम्म, पच्याकपच ु , खणेखणे, खसेखसे, मणमण, ग्वाँआ,
ु क
गुटगुटगुटगुट, कणयाङ्कुणुङ् , क्वाँक्क, चुम्लुङ्ङ, ढाइँअढुइँअ, गाँइअगुइँअ, गान्नगुन्न आदि ।

(ख) रीतिवाचक
फिणिफिणी, लतलत, हसहस, फसफस, रकरक, लमलम, तर्लु
ु ङ्ङ,मसमस, लसलस, ल्यापल्याप, टर्‍याकटर्‍याक, टसेटसे,
ट्यासट्यास, फ्यासफ्यास, ख्वासख्वास, लत्याकलत्याक, क्वाइाक्क, गुणिङ्मुणिङ्, लफेलफे, हपेहपे, लततत, थिरिरिरी,
कपकप, झपझप, भचाभच, कचाकच,मचामच, ठसाठस, स्वाट्ट, जुम्लुङ्ङ, टान्नटुन्न, पच्याकपुचुक, काइाअकुइाअ,
तान्नतुन्न, चुनचुन, च्याटचुट, फ्याटफुट, टाकटुक, भकारान्तै, र्‍याउार्‍याउा,च्याउाच्याउा, माणामाण आदि ।

(ग) गतिवाचक
हरास्स, ल्वात्त, फसफसफसफस, जणजण, फिरिक्क, फ्वात्त, स्वाइाअ, सट्सट, कपकप,फताफत, ह्वालल,
लततत,हङर्‍याङफङर्‍याङ आदि ।

(घ) दृश्यवाचक
टिलिक्क, मिलमिलमिलमिल, सम्म, कक्रक्क, खणि ु ी, चिलेइलो,सम्म आदि ।
ु मण

(ङ) स्थितिवाचक
ग्वाज्ज, ह्वास्स, क्वाप्प, लतेपते, छिल्लिबिल्ली, गज्याङ्मज्याङ् ,ट्यास्स, ठिङ्ङ आदि ।

(च) परिमाणवाचक
प्यात्त, लितिक्क, खचखच, टनाटन, किलाकिल, लतक्कै,फसक्कै, भसक्कै आदि ।

७. निष्कर्ष

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार दै लेखीले नेपाली भाषाको भाषिका नभई छुट्टै भाषाको रुपमा मान्यता
पाइसकेको छ । दै लेखी भाषामा ध्वनिवाचक, गतिवाचक, रीतिवाचक, दृश्यवाचक, स्थितिवाचक, परिमाणवाचकजस्ता
अनुकरणात्मक शब्द पाइएका छन ् । क्षेत्रीय विधिको प्रयोग गरे र सामग्री सङ्कलन गरी विश्लेषण गरिएको उक्त
अध्ययनबाट दै लेखी भाषाका ट्यास्स, स्वााइअ, जुम्लुङ्ङ, ग्वााजस्ता थुप्रै मौलिक अनुकणात्मक शब्दहरु पाइनुका साथै
केही शब्दहरुका सन्दर्भमा शाब्दिक र उच्चारणगत भिन्नताबाहे क अन्य व्यवस्था नेपाली भाषाको जस्तै रहे को
पाइएको छ ।

सन्दर्भ सामग्री

अधिकारी, सूर्यमणि (२०५६). नेपाली भाषाको इतिहास. काठमाडौं : भुF डीपुराण प्रकाशन ।

अधिकारी, हे माङ्गराज (२०६७). प्रयोगात्मक नेपाली व्याकरण. ललितपरु :साझा प्रकाशन ।

ढकाल , शान्तिप्रसाद (२०६५). सामान्य र प्रायोगिक भाषाविज्ञान. काठमाडौं : शुभकामना प्रकाशन ।


न्यौपाने घनश्याम (२०६२). आधुनिक नेपाली व्याकरण. काठमाडौं : दीक्षान्त प्रकाशन ।

ू ामणि (२०७०). अनस


बन्धु, चड ु न्धान तथा प्रतिवेदन लेखन. काठमाडौं : साझा प्रकाशन ।

बुढा, वीरे न्द्रकुमार (२०६५). दै लेखी भाषिकाको अध्ययन. अप्रकाशित शोधपत्र त्रि.वि. ।

यादव, योगेन्द्रप्रशाद र भीमनारायण रे ग्मी (२०५९). भाषाविज्ञान. काठमाडौं : न्यु हिरा इन्टरप्राइजेज ।

लम्साल, रामचन्द्र र अन्य (२०६६). साधारण नेपाली. काठमाडौं : शभ


ु कामना प्रकाशन ।

शर्मा, मोहनराज (२०५९). शब्दरचना र वर्णविन्यास वाक्यतफ्व, अभिव्यक्ति र पाठहरु. काठमाडौं :नवीन प्रकाशन ।

शर्मा , मोहनराज र कृष्णहरि बराल (२०५९). भाषाविज्ञान र नेपाली भाषा. काठमाडौं : नवीन प्रकाशन ।

शर्मा , मोहनराज र खगेन्द्रप्रसाद लुइटे ल (२०६६). शोधविधि. ललितपुर :साझा प्रकाशन ।

श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०५६). नेपाली साहित्यको संक्षिप्त इतिहास. काठमाडौं : साझा प्रकाशन ।

Nepal, G. (2011). National Population and Housing Census. Kathmandu: Government of Nepal
National Planning Commission Government Secretariat CBS.

You might also like