You are on page 1of 20

Cognitivist Theory 1

Cognitivist Theory of Jean Piaget

Birendra Kumar Budha

Roll No. 75156108

M. Phil in Nepali Education

Nepal Open University

Manbhavan, Lalitpur

Birendra Kumar Budha


Cognitivist Theory 2

१ विषय प्रवेश

कुनै पनि व्यक्ति वा सिकारुको अध्ययन निर्देशन र अनुभवको माध्यमबाट उसको व्यवहारमा

मापनीय र सापेक्षिक रुपमा हुने परिवर्तनलाई सिकाइ भनिन्छ । त्यस्तै सिकाइ भन्नाले कुनै

व्यक्ति वा प्राणीले आफ्नो अभ्यास अनुभव र स्वाध्ययनबाट नयाँ खालको तथ्यका बारे मा

जानकारी लिने त्यसका आधारमा नयाँ कार्य गर्ने र आवश्यकता परे को खण्डमा व्यवहारमा वा

प्रयोगमा ल्याउने प्रक्रियालाई बुझाउँ छ त्यसैले सिकाइ भनेको अनभ


ु व तालिम अथवा

अभ्यासको नतिजा स्वरुप सिकाइ व्यवहारमा दे खिने सापेक्षित स्थायी परिवर्तन हो । सिकाइ

व्यक्तिमा दे खिने वा व्यवहारको सम्भाव्यतामा अनुभवको कारण दे खा पर्ने सापेक्षित स्थायी

परिवर्तन हो । (Hergenhehn, Olson, 1997)

सिकाइ के हो ? सिकाइ कसरी प्राप्त हुन्छ ? भन्ने जस्ता सवालहरुको समाधानका लागि शिक्षा

मनोविज्ञानअन्तर्गत विभिन्न सिकाइ सिद्धान्तहरु प्रतिपादन भएका छन ् । त्यसैले शिक्षण

सिकाइमा प्रयोग हुने मनोविज्ञानका सिद्धान्तहरुलाई सिकाइका सिद्धान्त भनिन्छ । विभिन्न

सिकाइ सिद्धान्तहरुको आसय Teaching learning ले हरे क व्यक्तिको व्यवहारमा परिवर्तन

ल्याउन मद्दत गर्नुपर्छ वा व्यवहारमा उतार्न सहयोग गर्नुपर्छ भन्ने नै हो । सिकाइ कसैले

कसैलाई ज्ञान Handover गर्ने, कुनै न कुनै रुपमा आफूले सिकेका कुरालाई जबर्जस्ती

Cramming गर्ने प्रक्रिया, परु स्कार र दण्ड वा धम्कीबाट प्राप्त गर्ने व्यवहार नमानेर

Birendra Kumar Budha


Cognitivist Theory 3

व्यक्तिगत क्षमता उजागर गरी व्यवहारमा स्थायी परिवर्तन गराउने जटिल मनोवैज्ञानिक

प्रक्रिया हो । मनोविज्ञानको उत्पत्ति दर्शनबाट भएको हो । समाजको गतिसँगै समाज

सामाजिक चिन्तन दार्शनिक चिन्तनको पनि विकास भयो । यस दौरानमा मनोवैज्ञानिकहरुले

थप्र
ु ैथप्र
ु ै विचारहरु मनोवैज्ञानिक पद्धतिहरुको विकास गरे जसलाई School of Psychology,

System of Psychology भनियो । यी School of Psychology ले सिकाइमा प्रयोग हुने विभिन्न

सिद्धान्तहरु निर्माण गरे जसलाई सिकाइका सिद्धान्तहरु भनियो । सिकाइका सिद्धान्तहरु

प्रतिपादन गर्ने मनोविज्ञानका त्यस्ता विद्यालयहरु (School of Thought) मा संरचनावाद

( Structuralism) कार्यवाद (Functionalism) गेस्टाल्टवाद ( Gestaltism) व्यवहारवाद

( Behaviourism) मनोविश्लेषणवाद ( Psychoanalysis) वैयक्तिक मनोविज्ञान ( Individual

Psychology) विश्लेषणात्मक मनोविज्ञान ( analytical Psychology) मानवीय मनोविज्ञान

( Humanistic Psychology) , Transpersonal Psychology र Cognitive Psychology आदि थिए ।

यस्ता School of Thought बाट प्रतिपादित सिद्धान्तहरुले प्राणीका अध्ययन गर्ने विभिन्न

बाटाहरु अवधारणाहरु दृष्टिकोणहरुमा मात्र प्रभाव नपारी शिक्षण प्रक्रिया र शैक्षिक

उत्पादनहरुमा समेत महत्वपूर्ण प्रभाव पारे । तिनै सिकाइका मनोवैज्ञानिक सिद्धान्तहरुलाई

Behavourism र Cognitivism दईु वर्गमा बाँडरे अध्ययन गरिन्छ ।

व्यवहारवादः व्यवहारवादका प्रतिपादक John Broadus Watson हुन ् । यस सिद्धान्तको मुख्य

क्षेत्र व्यवहार हो । यसले धारणा ( Concept) प्रयोग (Application) र दर्शन (Philosophy) मा

Birendra Kumar Budha


Cognitivist Theory 4

जोड दिएको छ । Functionalism र Constructionalism को अन्तर्क्रि याको फलस्वरूप

व्यवहारवादको उत्पत्ति भएको हो । यसमा आत्मा मन चेतनाजस्ता मानिसका आन्तरिक

पक्षहरु अदृष्य र जसले जसरी व्याख्या गरे पनि हुने भएकाले मानिसका बाह्य व्यवहारलाई

विशेष जोड दिएको छ । यस सिकाइ सिद्धान्तका समह


ू मा Pavlov, Skinner, Mull, Thorndike,

Guthrie का सिकाइ सिद्धान्तहरु पर्दछन ् । व्यवहारवादी सिकाइ सिद्धान्तहरु उत्तेजना

प्रतिक्रियाको साहचार्यबाट प्राणीको व्यवहारमा परिवर्तन गर्न र आफूले चाहे जस्तो बानीको

विकास गराउन सकिने कुरामा जोड दिन्छन ् ।

संज्ञानवादः व्यवहारवादले सिकाइ हुनलाई उत्तेजना प्रतिक्रिया आवश्यक हुन्छ उत्तेजना र

प्रतिक्रियाको साहचर्यबाट मात्र सिक्न सकिने कुरामा जोड दिएको छ भने संज्ञानवादले सिकाइ

उत्तेजना र प्रतिक्रियाको आधारमा सिकिने नभएर मानिसको अथवा प्राणीको बौद्धिक क्षमतामा

निर्भर गर्ने कुरामा जोड दिन्छ । संज्ञानवाद गेस्टाल्टवादसँग सम्बन्धित छ । यसअन्तर्गत

Kofka, Kohler को अन्तर्दृष्टि सिकाइ Jean Piaget को संज्ञानात्मक सिकाइ Max Wertheimar र

Kurt Lewin का सिकाइ सिद्धान्तहरु पर्दछन ् ।

२ समस्याकथन

यो अध्ययन Cognitivist Theory मा केन्द्रित रहे को छ । यस अध्ययनमा निम्न सवालहरुलाई

समस्याका रुपमा लिइएको छ ।

Birendra Kumar Budha


Cognitivist Theory 5

क) Cognitivist Theory भनेको के हो ?

ख) Cognitivist Theory अन्तर्गत कुन कुन सिकाइ सिद्धन्तहरु पर्दछन ् ?

ग) Cognitivist Theory अनस


ु ार सिकाइ प्रक्रिया कसरी अगि बढ्छ ?

३ अध्ययनको उद्देश्य

यस अध्ययनको उद्देश्य निम्न रहे का छन ्

क) Cognitivist Theory को परिचय दिनु

ख) Cognitivist Theory अन्तर्गतका सिकाइ सिद्धान्तकारहरुमध्ये Jean Piaget को lens बाट

Cognitivist लाई चिनाउनु

ग) Cognitivist Theory अनसार हुने सिकाइ प्रक्रियाबारे उल्लेख गर्नु

४ अध्ययन विधि

यो अध्ययन पर्ण
ू रुपमा द्वितीय सामग्रीमा आधारित छ । त्यसैले यसमा पस्
ु तकालय विधिको

प्रयोग गरिएको छ । त्यसै गरी Google, YouTube जस्ता search engine को प्रयोग गरी

सामग्री सङ्कलन गरिएको छ । उक्त सामग्रीलाई व्याख्यात्मक रुपमा प्रस्तत


ु गरिएको छ ।

५ अध्ययनको सीमाङ्कन

Birendra Kumar Budha


Cognitivist Theory 6

Cognitivist Theory को परिचय समेटिएको यस अध्ययनमा Cognitivist Theory लाई Piaget को

lens बाट मात्र प्रष्ट पारिएको छ ।

६ अध्ययनको औचित्यः

यो अध्ययन Cognitivist Theory के हो ? यसअनुसार सिकाइ कसरी हुन्छ ? सिकाइको प्रकृति

कस्तो हुन्छ भन्ने कुराको अध्ययनमा केन्द्रित भएकाले गरी उक्त अध्ययन शिक्षाको क्षेत्रमा

काम गर्ने शिक्षा नीति निर्माता शिक्षाविद् पाठ्यक्रम निर्माता पाठ्यपुस्तक लेखक शिक्षक

अभिभावक सबैलाई लाभदायी दे खिन्छ ।

७ Jean Piaget को परिचय

Jean Piaget को जन्म ९ अगस्ट १८९६ मा Switzerland को Neuchatel मा भएको हो । उनी

development psychologist हुन ् । Arthur Piaget र Rebacca Jackson को पहिलो सन्तानका

रुपमा जन्मेका Piaget Swiss Psychologist पनि हुन ् । उनका पिता प्रोफेसर थिए भने माता

बौद्धिक व्यक्तित्त्व थिइन ् । उनले आमाबाट बालसल


ु भ रुपमा धार्मिक शिक्षा पाएका थिए ।

विद्यालय शिक्षा आर्जनकै क्रममा यिनले Museum of Natural History मा Part Time जागिर

पनि गर्दथे । विद्यालय शिक्षापछि यिनी University of Neuchatel मा भर्ना भए । सन ् १९१८

मा पियाजेले विद्यावारिधि हासिल गरे । Zurich मा उनले Psychiatric clinic मा काम गर्ने

Birendra Kumar Budha


Cognitivist Theory 7

क्रममा Frued सँग काम गर्ने अवसर पाए । सन ् १९१९ मा Paris को Sorbonne मा

Psychology and Philosophy शिक्षणको जागिर पाए । त्यहाँ उनले Alfred Binet सँग भेट भयो

र IQ परीक्षणमा काम गर्न थाले । सन ् १९२१ मा Journal de Psychologie मा उनको पहिलो

लेख Psychology of Intelligence प्रकाशित भयो । सन ् १९२३ मा उनको Valanetine Chatenay

सँग विवाह भयो । उनका १९२५ मा एक छोरी, १९२७ मा अर्की छोरी र १९३१ मा छोराको

जन्म भयो । दव
ु ै श्रीमान ् श्रीमती उत्सुकतापूर्वक आफ्ना बच्चाको व्यवहारको अवलोकन गर्न

थाले । त्यस कार्यलाई समेटेर उनले Language and Thought of the child किताब लेखे । सन ्

१९२९ मा पियाजेले BIE ( Bureau International office de l' Education) मा काम गर्न थाले ।

सन ् १९२९ मै University of Geneva मा प्रोफेसरमा नियुक्त भए । सन ् १९३७ दे खि १९५४

सम्म University of Lausanne मा प्रोफेसरका रुपमा काम गरे । सन ् १९५२ मा Sorbonne मा

प्रोफेसर नियुक्त भए । पेरिसको कार्यकाल समाप्तिपछि स्विजरल्यान्ड आए र जेनेभामा Jean

Jacques Rousseau Institute मा अनुसन्धान विभागमा निर्देशक भई काम गरे । यसपछि उनले

University of Geneva मा संज्ञानात्मक विकाससबन्धी अनुसन्धान र लेखहरु लेख्दै

Experimental Psychology र Genetic Epistemology को प्राध्यापकका रुपमा काम गर्दै सन ्

१९८० मा दे हवसान भयो । उनको सिद्धान्तलाई मनोविज्ञानमा संज्ञानात्मक विकासको सिद्धान्त

( Cognitive Theory ) का नामले चिनिन्छ ।

८ Cognitivist Theory (संज्ञानात्मक विकासको सिद्धान्त)

Birendra Kumar Budha


Cognitivist Theory 8

व्यवहारवादी मनोविज्ञान सँगसँगै व्यवहारवादी दृष्टिकोणका विरुद्धमा भएको नयाँ मनोवैज्ञानिक

चिन्तन संज्ञानवाद हो । संज्ञानवाद Intellectualism को उपज हो । यस वादले मानिसको उच्च

बौद्धिक क्षमता र दक्षतामा विश्वास गर्दछ र उच्च बौद्धिकताका आधारमा पर्ण


ू ता प्राप्तिका

लागि सङ्घर्षरत रहन्छ र वातावरणमा समायोजित हुन्छ । यस वादको उत्पत्ति gestaltism

बाट भएको हो । जर्मन मनोवैज्ञानिकहरु Max Wertheimer, Kurt Kofka, Wolfgang Kohler र

Kurt Lewin लाई Cognitive School of Psychology का प्रणेता मानिन्छ । वाटसन र

थर्नडाइकको व्यवहारवादी मनोविज्ञानको प्रसिद्धि प्राप्त भइरहे का बेला यस वादको जन्म भएको

हो । प्राणीका व्यवहारप्रतिको Automistic and molecular approach का विरुद्धमा सिकाइ

प्राणीको मानसिक क्रियाबाट हुन्छ प्रत्यक्षीकरणबाट हुन्छ र वस्तल


ु ाई पूर्ण रुपमा (Holistic) र

अर्थपूर्ण रुपमा ग्रहण गरिसकेपछि मात्र हुन्छ भन्ने संज्ञानवादको मल


ू पक्ष हो । त्यसैले

संज्ञानवादीहरुले S-R Connection लाई नकार्छ न ् । व्यवहार अध्ययनको यान्त्रिक पक्षलाई

नकार्छ न ् र बौद्धिक पक्षको सर्वोच्चतालाई वकालत गर्छ न ् ।

संज्ञानात्मक सिकाइ सिद्धान्त अनुसार सिकाइलाई internal process, नयाँ सूचनालाई पूर्व

ज्ञानसँग जोड्ने र ज्ञानलाई व्यवस्थित गरी आवश्यक परे का बेला सम्झन सक्ने प्रक्रिया

भनिन्छ । यसमा input (receiving information), process (translating information into a

meaningful from which can be memorable र output (identifying and recalling information for

a particular purpose) का रुपमा लिइन्छ । त्यसैगरी learning भनेको अर्थको खोजी हो । अर्थ

Birendra Kumar Budha


Cognitivist Theory 9

पूर्णबाट अंशतिर बोध हुन्छ । विद्यार्थीले अर्थ आफै construct गर्छ न ् र आवश्यक अवस्थामा

सम्झन सक्छन ् । Assessment भनेको learning process को part हो ।

९ Cognitivist र सिकाइ सिद्धान्तहरु

१) Allan Piavio (1925-Current): Dual coding learning : processing image

: processing language

२) Howard Gardner (1943-current) : Theory of multiple intelligence

३) Robert Gagne ( 1916-2002) : Information Processing Theory

४) Benjamin Bloom (1913-1999) :Student Learning Domain(Bloom's Taxonomy)

५) John Sweller: Theory of Multimedia learning)

६) Jean Piaget : Theory of Cognitive development

७) Lev Vygotsky: Social Developmental Learning

८) Jerome Bruner ( 1915-2016)

९) Kohler : Insightful learning

Birendra Kumar Budha


Cognitivist Theory 10

१०) Lewin: Field Theory

११) Tolman: Sign Theory

उपर्युक्त विभिन्न सिकाइ सिद्धान्तहरुमध्ये निम्न तीन सिकाइ सिद्धान्तहरुलाई प्रमख


रुपमा लिइन्छः

1) J. Piaget (1896-1980) (active 1920s- 1970s)

2) L. Vygotsky (1896-1934) (active 1920s - 1930s)

3) J. Bruner (1915-current) (active 1950s-1990s)

यस अध्ययनमा जिन पियाजे र उनको संज्ञानात्मक सिकाइ सिद्धान्तका बारे मा चर्चा

गरिन्छ।

जिन पियाजे Swiss natural scientist र epistemologist हुन ् । उनलाई Children's Cognitive

Development का अनुसन्धाता भनिन्छ । उनले बालकको वद्धि


ृ र विकास हुँदै जादा सिकाइ

क्षमतामा कसरी वद्धि


ृ हुन्छ भन्ने कुराको अध्ययनमा रुचि राखे । उनले बच्चाको infancy

दे खि adolescence सम्म अवधिको व्यवहारको अध्ययन गरे ।

संज्ञानात्मक विकासका चार प्रक्रिया

Birendra Kumar Budha


Cognitivist Theory 11

1) Schema

2) Assimilation

3) Accommodation

4) Equilibrium

1) Schema : मानव मस्तिष्कमा Cognitive Structure र Cognitive Functioning दईु वटा पक्षहरु

हुन्छन ् । यिनै दईु पक्षहरुको कार्यबाट बालविकासको प्रक्रिया अघि बढ्छ । यसलाई मानसिक

प्रक्रिया भनिन्छ । पियाजेके सिद्धान्तअनुसार नवजात शिशुले जन्मदाखेरि केही न केही

नैसर्गिक पद्धति (instinct) र उच्च किसिमका सङ्गठित प्रतिक्रिया (reflexes) लिएर आएको

हुन्छ । जसबाट उसको विकासात्मक प्रक्रिया अघि बढ्छ । जस्तैः चुस्नु (sucking), हे र्नु

(looking), पुग्नु (reaching), समात्नु (grasping) आदि । पियाजेका भाषामा यी सबै कार्यहरु

बालकका Cognitive abilities हुन ् । यी Cognitive abilities लाई पियाजेले Schema भनी

नामकरण गरे का छन ् । यी साधारण सम्भाव्यताका आधारमा बालकले आफ्नो वातावरणमा

प्रतिक्रिया गर्दछ । वास्तवमा पियाजेका सिद्धान्तमा संरचना एउटा महत्त्वपर्ण


ू पदावली हो ।

जुन हरे क प्राणीको संज्ञानात्मक संरचनामा एउटा तत्त्वको रुपमा रहे को हुन्छ । (Hergenhahn

& Olison, 1997) यस्ता Schema हरु मानवीय मस्तिष्कले गर्ने कार्यका आधारहरु हुन ् । जब

जब बालक जैविक रुपबाट (Biologically) बढ्दै जान्छ । उसले सामाजिक र वातावरणीय

पक्षसँग अन्तर्क्रि या गर्दै जान्छ । जब अन्तर्क्रि या बढ्दै जान्छ बालकले विभिन्न प्रकारका

Birendra Kumar Budha


Cognitivist Theory 12

Schema को निर्माण गर्दै जान्छ । यस्ता विविध Schema को निर्माण सँगसँगै बालकको

Cognitive structure पनि परिवर्तन हुँदै जान्छ । बालकको मस्तिष्कमा जस्तो जस्तो

Cognitive Structure निर्माण हुन्छ त्यस्तै त्यस्तै Cognitive Functioning हुँदै जान्छ । अर्थात ्

बालकले शारीरिक र सामाजिक वातावरणमा समायोजित हुन जन


ु कार्य गर्दछ त्यसैलाई

Cognitive Functioning भनिन्छ । यस्तो समायोजनका लागि गरिने प्रक्रियालाई Process of

Development भनिन्छ ।

2) Assimilation

बालकमा अन्तर्निहित Schema का आधारमा वातावरणसँग मिल्दो काम गर्नुलाई Assimilation

Process भनिन्छ । बालकको मस्तिष्कको संरचनाअनुसार मस्तिष्कमा रहे को नैसर्गिक प्रवति


(instrict) जसरी विकसित भएको छ त्यसैअनुसार वातावरणमा समायोजन हुने गर्दछ ।

यसैलाई Assimilation भनिन्छ । जस्तैः ६ महिनाको बच्चालाई सानो खेलौना दियौँ भने उसले

खेलौनालाई समाएर मुखमा हाल्छ किनभने त्यस बालकको मस्तिष्कमा चुस्ने (sucking)

Schema रहे को छ । उसले चुस्न मात्र जान्दछ र चुसेर वातावरणमा समायोजित हुनुपर्दछ

भन्ने उसको Cognitive Functioning छ ।

3) Accommodation

वातावरणीय अनुभव, सुचना तथा प्रत्यक्षीकरण पूर्वनिर्मित Schema सँग मिल्न गएन भने हाम्रो

मस्तिष्कले त्यसलाई reject गर्दछ र उक्त Schema मा परिमार्जन गरी सूचना, प्रत्यक्षीकरण

Birendra Kumar Budha


Cognitivist Theory 13

एवम ् अनुभवलाई adaptation गर्दछ भने पियाजेले त्यसलाई Accommodation भनेका छन ् ।

जस्तै बच्चालाई दिएको खेलौना ठुलो छ बच्चाले उचाल्न मख


ु मा हाल्न सक्दै न । अब उसले

त्यस खेलौनालाई push गर्छ र समाउँ छ यो बच्चाको मस्तिष्कमा भएको Cognitive Structure

को परिवर्तन हो । अतः Cognitive Structure मा परिवर्तन गर्न मस्तिष्कले गर्ने New thinking

नै Accommodation हो ।

4) Equilibrium

पियाजेका भनाइमा सबै प्राणीहरुमा आफ्नो वातावरणसँग सन्तुलित सम्बन्ध राख्ने एक

किसिमको जन्मजात प्रवति


ृ हुन्छ । उसले वातावरणसँग सुव्यवस्थित रुपमा समायोजन हुनका

लागि सन्तुलन प्रक्रियाको अवलम्बन गर्दछ । बालकले आफ्नो र वातावरणबीचको सम्बन्धलाई

सुमधुर, सुव्यवस्थित र आनन्ददायी बनाउन आफ्नो Cognitive structure मा परिवर्तन गर्दछ ।

मस्तिष्कको यो Cognitive functioning लाई Equilibrium Process भनिन्छ । जस्तै बच्चाले

आफूसँग जन्मजात भएको instinct आधारमा Assimilation गर्यो, Assimilation गर्न नसक्दा

Accommodation गर्यो । अब Accommodation बाट सन्तुष्टि प्राप्त गर्न खेलौनालाई छोएर

समाएर ठे लेर आनन्द लियो । यो मानसिक सन्तुलन कार्य equilibrium हो ।

निष्कर्षमा भन्नुपर्दा पियाजेका अनस


ु ार बालकले Assimilation- Accommodation-equilibrium

प्रक्रियाद्वारा मानसिक विकासकोव प्रक्रिया चलिरहन्छ । नयाँ नयाँ Schema नयाँ नयाँ

Birendra Kumar Budha


Cognitivist Theory 14

Cognitive Structure र नयाँ नयाँ Cognitive functioning भइरहन्छ । यसका माध्यमबाट

संज्ञानात्मक विकास र ज्ञानको निर्माण भइरहन्छ ।

१० Jean Piaget's Developmental Stages (पियाजेको विकासात्मक चरण)

Jean Piaget का अनस


ु ार बालकको संज्ञानात्मक विकास तथा बौद्धिक विकास विभिन्न चरणहरु

भएर पूरा हुने गर्दछ । उसको उमेरअनुसार बुद्धि संज्ञानात्मक रुपले व्यापक र फराकिलो हुँदै

जान्छ । पियाजेका अनुसार बालकको बौद्धिक विकास निम्न चार चरणहरु भएर सम्पन्न

हुन्छन ् । उनका अनुसार उक्त चरण सबै बालकहरुले पूरा गर्दछन ् । कुनै पनि बालक उक्त

चरण skipped गर्न सक्दै नन ् ।

1) Sensori-motor stage (Birth to 2 Years)

2) preoperational stage ( 2-7 years)

3) Concrete Operational stage (7-11 years)

4) Formal Operational stage (11-15 years)

१) संवेदिक क्रियात्मक चरण (Sensorimotor stage: Birth to 2 years)

मानव विकासको ज्ञानात्मक विकासको पहिलो चरणलाई पियाजेले Sensori-motor Stage भनेका

छन ् । यो जन्मदे खि २ वर्षसम्मको अवधि हो । यो भाषाको अनुपस्थिति र प्रत्यक्ष क्रिया

अन्तर्क्रि या गर्न नसक्ने अवस्था हो । यसलाई Pre verbal stage पनि भनिन्छ । यस चरणमा

Birendra Kumar Budha


Cognitivist Theory 15

शारीरिक अन्तर्क्रि या र अनभ


ु वमा आधारित भएर ज्ञान प्राप्त हुन्छ । बच्चाले reaction को

predict गर्न सक्दै न ।

२) पूर्व क्रियात्मक चरण (Preoperational stage 2 - 7 years)

यो चरण २ वर्षदे खि ७ वर्षसम्म रहने गर्दछ । यो toddlerhood र early childhood बीचको

चरण हो । (Zhou & brown, 2015) यस चरणमा बच्चाले भाषा सिक्छ र वस्तल
ु ाई शब्दद्वारा

व्यक्त गर्दछ । यस चरणमा बच्चाले भत


ू र भविष्यत ् बीचको सम्बन्धलाई बुझ्ने र प्रतिक्रिया

दिने गर्दछ । ( Greg & George, 2006) बच्चाको सोचाइ self centered हुन्छ । पियाजेले यस

चरणलाई पनि pre conceptual phase (2 to 4 years) र (Intuitive phase (4 to 7 years) दईु

भागमा विभाजन गरे का छन ् ।

Pre conceptual Phase: यस चरणका बच्चा वस्तल


ु ाई नामबाट चिन्ने तर धारणा बनाउन

नसक्ने हुन्छन ् । उनीहरुमा Thinking, reasoning र logical क्षमता हुँदैन । सबै वस्तु आफ्नो र

आफू नै सबै प्रकारको केन्द्रबिन्द ु ठान्छन ् ।

Intuitive period: धारणा निर्माणमा more advanced level को हुन्छ । बच्चाहरु Generalization

गर्न सक्छन ् तर logical transformation गर्न सक्दै नन ् । जस्तैः दईु वटा भाँडाहरु एउटा चौडा र

अर्को लामो भाँडामा बराबर पानी राखेर कुनमा धेरै छ भनी सोधेमा लाम्चो भाँडो भरी दे खेर

Birendra Kumar Budha


Cognitivist Theory 16

त्यसैमा धेरै छ भन्छन ् । दव


ु म
ै ा पानी छ भन्ने generalization गर्न सक्छन ् तर लाम्चो

भाँडोका कारण पानी बढी दे खिएको हो भनी logical transformation गर्न सक्दै नन ् ।

३) ठोस कार्यात्मक चरण (Concrete Operational Phase 7 to 11 years)

यस चरणका बच्चाहरु numbers, space and classification का बारे मा बझ्


ु न सक्छन ् । उनीहरुको

सोचाइमा egocentric कमी र awareness of external events मा वद्धि


ृ हुन्छ । साथै reversibility

को धारणा पनि विकास हुन्छ । जस्तैः माटोबाट बल सिलिन्डर बन्न सक्ने साथै धेरै बल

बन्न सक्ने र पुनः पहिलेकै अवस्थामा माटोलाई ल्याउन सकिने कुरा थाहा पाउछन ् । यस

चरणका बच्चाहरुले वर्गीकरण गर्ने, क्रम मिलाउने काम गर्न सक्छन ् । जस्तैः colour, shape को

वर्गीकरण गर्न सक्ने र smallest to tallest का क्रममा मिलाउन सक्छन ् ।

४) औपचारिक क्रियात्मक चरण (Formal Operational stage: 11 to 15 years)

यस चरणका केटाकेटीहरु more abstract and logical thinking गर्न सक्छन ् । औपचारिक तर्क

गर्ने क्षमताको विकास हुन्छ । औपचारिक तर्क गर्ने क्षमताको विकास हुन्छ । कुनै चीज

वस्तुको सम्बन्ध र धारणाबारे hypothesis निर्माण गर्न सक्छन ् । बच्चाहरुले symbolic सोचाइ

राख्न सक्छन ् । जस्तैः गणितमा number का सट्टा symbol आउन सक्छ भन्ने थाहा पाउँ छन ्

। उदाहरणका लागि what is Y in the sum of 3+x = Y if x is 4. यसरी यस चरणमा निकै जटिल

ज्ञानात्मक क्षमताको विकास हुन्छ ।

Birendra Kumar Budha


Cognitivist Theory 17

पियाजेका भनाइमा औपचारिक क्रियात्मक चरणको अन्त्यपछि बालबालिकाहरु पूर्ण बौद्धिक

क्षमता विकासका अवस्थामा पग्ु छन ् । यस चरण पछि वैज्ञानिक चिन्तनका माध्यमद्वारा कुनै

पनि समस्या समाधान गर्ने बौद्धिक क्षमताको विकास बालबालिकामा हुने गर्दछ ।

११ Educational Implications of Piaget's Theory (पियाजेको सिद्धान्तको शैक्षिक प्रयोग)

१) सिकाइ बालकेन्द्रित हुनुपर्दछ र बच्चाको readiness लाई meet गर्ने गरी सिकाइ tailored

गर्नुपर्दछ ।

२) Learning should be constructive and active.

३) शिक्षक instructor भन्दा facilator को रुपमा मात्र रहनु पर्दछ ।

४) शिक्षण सामग्री र सिकाइ कार्यकलापले बच्चाको सिकाइलाई खोजमल


ू क बनाउनमा मद्दत

गर्दछ ।

५) शिक्षकले बालबालिकाको विकासात्मक चरण पहिचान गरी शिक्षण गर्न मद्दत गर्दछ ।

६) विभिन्न उमेर समूहका बालबालिकाको विकासात्मक चरणअनुसारको पाठ्यक्रम निर्माणमा

सहयोग गर्दछ ।

७) बालबालिकाहरुको स्तर क्षमता आवश्यकता र उमेर अनस


ु ारको विषयवस्तु, शिक्षण सामग्री र

शिक्षण विधि छनोट गर्न मद्दत गर्दछ ।

Birendra Kumar Budha


Cognitivist Theory 18

८) शिक्षकलाई आफ्ना विद्यार्थीहरुको परिपक्वता र विकासात्मक अवस्थाअनुसार शिक्षण

योजना र कक्षा व्यवस्थापन गर्न सहयोग गर्दछ ।

९) पाठ्यक्रम निर्माण गर्दा पूर्ण रुपमा सङ्गठनात्मक संरचनामा ध्यान दिन संज्ञानवादले

महत्त्वपूर्ण मद्दत गर्दछ ।

१०) संज्ञानवादले सिकाइ meaningful, behavioural र purposive बनाउन मद्दत गर्दछ ।

१२ Critiques of Piaget's Theory (पियाजेको सिद्धान्तको आलोचना)

१) पियाजेले environment र Culture ले कसरी प्रभाव पार्छ भन्ने कुरा Cognitive

developmental and learning मा समावेश गरे को दे खिदै न ।

२) Piaget को विकासात्मक चरणहरु rigid छन ् तर बच्चाहरुको विकास different rate हुन्छ ।

३) Piaget's Theory ले शिक्षकको भमि


ू कालाई कम महत्त्व दिएको छ तर अन्य संज्ञानवादीहरु

Bruner र Vygotsky शिक्षकको महत्त्वपूर्ण भूमिकामा विश्वास गर्छ न ् ।

४) पियाजेको अध्ययनको Sample size साह्रै सानो थियो उनले अध्ययनमा विभिन्न समुदायका

बच्चाहरु नसमेटी आफ्ना बच्चा मात्र समावेश गरे का थिए ।

१३ निष्कर्ष

Birendra Kumar Budha


Cognitivist Theory 19

Cognitive Theory व्यवहारवादी सिद्धान्तको विरुद्धमा आएको सिद्धान्त हो । Cognitivist हरु

सिकाइ उत्तेजनाको प्रतिक्रिया नभएर बौद्धिक प्रक्रिया हो भन्छन ् । Cognitivist हरुमा Piaget,

Vygotsky and Bruner लाई प्रमख


ु रुपमा लिइन्छ । यिनीहरुमा Piaget को विकासात्मक

सिद्धान्तअनस
ु ार सिकाइ Schema को प्रयोग गरे र Assimilation, accodomation र equilibrium

प्रक्रियाद्वारा हुन्छ भनिन्छ । बच्चाको उमेर बढ्दै जाँदा सिक्ने क्षमतामा परिवर्तन आउँ छ

भन्ने कुरालाई आधार मानेर पाठ्यक्रम निर्माण, शिक्षण सामग्री चयन गर्ने, शिक्षण सिकाइ

गतिविधि अगाडि बढाउनु जरुरी दे खिन्छ। नेपालजस्तो अविकसित मल


ु ुकमा यो सिद्धान्त अति

उपयोगी दे खिन्छ । विद्यार्थीको क्षमता योग्यतालाई विचार गरे र सिकाइ गतिविधि अगाडि

बढाउनु पर्ने कुरामा यस सिद्धान्तले जोड दिन्छ ।

Birendra Kumar Budha


Cognitivist Theory 20

सन्दर्भ सामग्री

Robin Barrow and Ronald Woods, (2006 4th Edn ). An Introduction to Philosophy of

Education, Routledge: New York.

Grace J.C. (?) Human development (5th ed.) NJ: Prentice Hall.

Graig, G.J. (1976) Human development. NJ: Prentice Hall.

Greg Dimitriadis and George Kamberelis (2006). Theory for Education. Routledge: New

York.

Hergenhahn, B. R., and Olson, M. H. (1997). An Introduction to Theories of Learning

(5th ed.) NJ: Prentice Hall.

Zhou, Molly and Brown, David (2015). "Educational Learning Theories" Education

Open Textbooks.

भट्टराई, दे वीप्रसाद (२०७४) उच्चस्तरीय शैक्षिक मनोविज्ञान, काठमाडौः क्वेस्ट पब्लिकेसन

प्रा लि ।

शर्मा, चिरञ्जीवी र शर्मा, निर्मला (२०७०) शिक्षा मनोविज्ञान, काठमाडौः एम के पब्लिसर्स

एन्ड डिस्ट्रिब्यट
ु र्स ।

Birendra Kumar Budha

You might also like