You are on page 1of 29

परिचय

1.1 अध्ययनको पृष्ठभूमि

सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङकनप्रति विधार्थीको धारणा शीर्षकमा कार्यपत्र


तयार पारिएको छ। उक्त शीर्षकसँग सम्बन्धित दुई वटा उद्देश्यहरु रहेका छन्‌ ।
जसले यसको आन्तरिक मूल्याङ्‍कनले पारेको प्रभाव र यसका कार्यान्वयनका
पक्षलाई हेर्दछ भने अर्कोतिर विधार्थीहरुको सिकईप्रतिको चासो र दक्षतामापनलाई पनि
यसले विशिष्टता प्रदान गर्ने छ र जसमा विधार्थीहरुको सिकाई मुल्याङ्‍कन प्रतिको
धारणा पत्ता लगाउन, र शिक्षकको अनुभव पहिचान गर्नु यसको उद्देश्यभित्र राखि
अध्ययन गर्ने औचित्य देखाएको छ ।

यस सेमिनार पत्रको महत्वलाई हेर्दा खास गरी विधार्थीहरुको सिकाईप्रतिको दृष्टिकोण


कस्तो रहेको छ भन्ने बारे अध्ययन गरिएको छ । त्यसैले विधार्थीहरुको सिकाइ
सहजीकरण्मा कस्तो भूमिका खेलेको छ भन्ने बारे यसमा अध्ययन गरिएको छ ।
शिक्षण सिकाइ क्रियाकलापको क्रममा प्रत्येक बिधार्थीहरुले हासिल गरेका सिकाइ
उपलब्धिहरुको लेखाजोखा गरी उनिहरुको स्तर पत्ता लगाइ सो अनुसार आवश्यक
सुधारात्मक कदम चाल्नु नै निरन्तर आन्तरिक मूल्याङ्कन हो । यसमा खास गरी
विधार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सिकाइ स्तरको लेखाजोखा गर्ने काम गरी
आत्मगत मूल्याङकन गर्ने गरिन्छ । यसका विभिन्न आधारहरु रहेका छन्‌। जसलाई
उपस्थिति (), कक्षा सहभागिता (), कक्षाकार्य (), गृहकार्य () , परियोजना कार्य () ,
र आत्म मूल्याङ्कन (), आदिलाई आधार मानी यसको कार्यान्वयन गर्ने कार्य गरिन्छ
। त्यस्तै विधार्थीले कक्षाकोठामा गर्ने हरेक क्रियाकलाप सिकाइ उपलब्धि आदिको
दिनँहु मूल्याङ्कन गरि त्यसको आधारमा उक्त विधार्थीहरुको शैक्षिक प्रगतिको
लेखाजोखा गर्ने प्रणाली नै आन्तरिक मूल्याङ्कन प्रणाली हो ।
नेपालको सन्दर्भमा त्रिभुवन विश्वविधालयमा २०२८ सालमा नयाँ शिक्षा प्रणाली लागू
भए पश्‍चात उच्च शिक्षामा २०३० साल देखि त्रि.वि. मा सेमेस्टर प्रणाली लागू भएको
थियो । सेमेस्टर कार्यक्रम शुरु भएको अवस्थामा कडाईका साथ प्रवेश परीक्षा,
आन्तरिक परिक्षा र सेमेस्टर परिक्षाहरु सञ्‍चालनमा आएका थिए (रेग्मी, २०७३
पे.७) । यतिसम्म कि के हि विधार्थीहरु प्रवेश परिक्षा मै असफल भएका कारण भर्ना
हुन सके नन्‌ र के हि विधार्थीहरु आन्तरिक परिक्षा नदिएको र असफल भएका कारण
सेमेस्टरमा सामेल हुन पाएनन्‌ । तर सेमेस्टर प्रणाली लागू भएको चार बर्षपछि
आन्तरिक परिक्षा फित्तलो हुन लागेको र सेमेस्टर परीक्षा भनि अभद्र तरिकाबाट
सञ्चालन भएको हुनाले बिधार्थी, शिक्षक दुबै पक्षमा निराशा छाउन थाल्यो । २०३६
सालमा भएको विधार्थी आन्दोलनको एउटा प्रमुख माग सेमेस्टर प्रणाली खारेज गर्नु
थियो । यस आन्दोलनको कारण स्मात्तकोत्तर तहमा सञ्चालित एक बर्षे राष्ट्रिय
विकास सेवा कार्यक्रम पनि स्थगित भयो । २०३६ सालमा शिक्षा मन्त्रालयले गरेको
उच्च शिक्षा सम्बन्धी पूर्ण विधि मूल्याडकनबाट यस प्रणालीमा सुधार गर्ने नीति लिएको
पाईन्छ । त्यति गर्दा पनि शिक्षक र विधार्थीहरुले यस सेमेस्टर प्रणालीलाई आफनो
स्वामित्वमा लिन सके नन्‌ र त्यो प्रणाली त्रिभुवन विश्वविधालयले २०३७ सालमा
खारेज गरी पुन: २०३८ सालमा बार्षिक प्रणाली लागु भयो । यो प्रणाली आन्तरिक
परिक्षाको चलन कायमै रहेको बेला पछि त्यसमा पनि अत्याधिक अ पछि २०६६
सालमा खारेज गरेको थियो ।

त्यसैगरी २०७० श्रावण (२७-२९) मा पोखरामा भएको क्याम्पस प्रमुखहरुको


अभिमुखिकरण कार्यशाला गोष्ठिमा आगामी शैक्षिक बर्ष देखि विश्वविधालय, क्याम्पस
कीर्तिपुरमा सेमेस्टर प्रणाली लागू गर्ने भनि त्रिभुवन विश्वविधालयका वर्तमान
उपकु लपति प्रा.डा.हिरा बहादुर महर्जनबाट उद्घोष भएको थियो । त्रि.वि. द्वारा
प्रकाशित वा आर्थिक वर्ष २०७०/२०७१ को नीति तथा कार्यक्रममा त्रिभुवन विश्‍व
विद्यालयमा शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र तदअनुरुप २०७०/०९/०२ मा
त्रि.वि. कार्यकारी परिषद्को निर्णय १३५४ अनुसार बिश्व विधालय क्याम्पस
कीर्तिपुरलाई सेमेस्टर प्रणालीमा लैजाने निर्णय भई सेमेस्टर प्रणालीको कार्यबधि र
प्रकाशित तालिका अनुसार पठनपाठन प्रारम्भ भएको थियो । यस सेमेस्टर
कार्यकमलाई २०७१ सालमा उपत्यकाभित्र र २०७२ सालसम्म नेपाल भरिका
स्वात्तकोत्तर तहमा लागू गर्ने नीति बनाइएको थियो र यसै आधारमा कार्यक्रम अगाडि
बढाइएको थियो (रेग्मी.२०७४.पे.४)

यसको मूल्याङ्कन ब्यवस्था २०२८ सालमा नयाँ राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु
गरिदा नेपालमा उच्च शिक्षामा गुणात्मक सुधार ल्याउन के हि परियोजना अगाडि
बढाउन सिफारिस गरिएको थियो । शिक्षालाई अवसरसँग जोड्ने, प्राविधिक तथा
व्यवसायिक शिक्षामा जोडदिने शैक्षिक गुणस्तर बृद्धि गर्ने, शिक्षण पेसालाई आकर्षण
बनाउने र विधार्थीलाई १० महिना राष्ट्रिय विकास सेवामा लगाउने जस्ता उद्देश्य
यसमा राखिएको थियो । त्यस्तै उद्देश्यका आधारमा आन्तरिक परिक्षा र त्यसका
प्रस्तुतिकरण सहभागिता आदि कु रालाई सेमेस्टर मूल्याङ्कन गरिएको थियो । खासगरि
मैले यस शिर्षकलाई मुद्धा बनाउनमा यो (0195510011 '6901118 ए 9109001)
भित्र रहेर सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कनमा अहिले सम्म कु नै खोज अनुसन्धान
नभएकोले मैले यस शिर्षकलाई रोजेको हु । यसमा आन्तरिक मूल्याङ्कनमा के कस्तो
व्यवस्था छ र त्यसले के कति आधार प्रदान गरेको छ । यसले अहिलेको अवस्थामा
विधार्थीको सही मूल्याङकन भएको छ वा छैन भन्ने बारे खोज गरिएको छ ।
(पौडेल,२०७४ पे. १७)

१.२ मुद्दा वा उद्देश्‍यहरु


कक्षाकोठा शिक्षण, सिकाई र मुल्याङ्‍कनलाई सेमिनारपत्रको क्षेत्रका रुपमा उठान
गरिएको छ । शिक्षाशास्त्र संकाय स्नातकोत्तरको आन्तरिक मुल्याङ्कन प्रति विद्यार्थीको
धारणालाई मुख्‍य मुद्दा अन्तर्गत रहेर निम्‍न लिखित २ वटा उद्देश्‍यहरु तय गरिएको छ

कः आन्तरिक मूल्‍ङ्कन सम्बन्धी विद्यार्थीको धारणा संकलन गरी विश्‍लेषण गर्न ।

खः आन्तरिक मूल्याङ्‍कन सम्बन्धीत शिक्षकको अनुभव गर्न ।

१.३.अध्ययन विधि
स्नात्तकोत्तरको आन्तरिक मूल्याङ्कनप्रति विधार्थीको धारणा शिर्षकमा पत्र तयार गर्दा
विभिन्न विधिहरुको अवलम्बन गरिएको छ । मुलतः नीतिगत दस्तावेजको
पुनरावलोकन र स्थलगत अध्ययन क्षेत्रगत अध्ययनलाई अनुसरण गर्दै सामग्रीहरु
संकलन गरिएको छ । प्राथमिक र द्धितीय सामग्रीहरुको प्रयोग गरि प्रस्तुत
सेमिनारपत्र तयार गरिएको भएपनि सेमिनार पत्र प्रस्तोता नै यस सेमेस्टर प्रणालीको
आन्तरिक मूल्याझकनको अनुभव प्राप्त गरिसके को हुनाले के हि व्यक्तिगत विचारहरु
पनि प्रभावित र प्रसारित भएको छ । यस आन्तरिक मूल्याङकनप्रति विधार्थीको
धारणा, बिचार,दृष्टिकोणमा प्राथमिक सामाग्रीको रुपमा स्थलगत अध्ययनमा गरिएको
कार्यकलाप र द्धितीय सामाग्रीको रुपमा आन्तरिक मूल्याङ्कन सम्बन्धीत विभिन्न
पुस्तकमा भएका प्राज्ञिक विद्धानहरुका लेख रचना, पाठ्यपुस्तक, पत्रिका आदिलाई
समेटिएको छ । सेमिनार पत्र प्रस्तोता ब्यक्तिगत अनुभवगत विचार, मूल्याङकनीय
आधार र अन्तवार्ताका क्रममा आएका राम्रा र नराम्रा विचारहरुलाई पनि यस भित्र
देखाइएतापनि यस सेमिनार पत्रको अध्ययन विधि भन्दा अलि पर राखिएको छ तर
समेट्दै नसमेटेको भने छैन ।सेमेस्टर प्रणाली लागू भएदेखि यसको आन्तरिक
मूल्याङ्कन सम्बन्धी बिधार्थीको धारणा सङ्कलन गरि बिश्लेषण गर्नुको मूल उद्देश्य रहेको
छ । यस सेमिनार पत्रमा मुलत: दुईवटा अध्ययन बिधिलाई उपयोगमा ल्याइएको छ

२. साहित्यको पनरावलोकन
२.१.नीतिगत दस्तावेजको पुनरावलोकन

स्नातकोत्तर तहको आन्तरिक मूल्याडकनप्रति विधार्थीको धारणा शीर्षकमा पत्र तयार


गर्दा मुलतः स्थलगत अध्ययन कक्षागत अवलोकनसँग सम्बन्धित रहेर गरिएको छ
। यसमा आन्तरिक मुल्‍याङ्‍कन गर्दा त्यसतर्फ जाने र अध्ययन गर्ने आधार निमार्ण
गर्नु यसको सैद्धान्तिक अध्ययनको दायरालाई विस्तृत पार्नु नै रहेको छ । यहि
परिपार्टीलाई निरन्तरतापूर्ण बनाउन आन्तरिक मूल्याङकन सम्बन्धित पाठ्यपुस्तक,
पाठ्यसामग्री आदिलाई अध्ययनको मेरुदण्डको रुपमा लिईएको छ । नीतिगत
दस्तावेजको पुनरावलोकनको क्रममा प्रथमत्‌ सामग्रीलाई एकिकृ त गर्दै पुस्तकालिय
अध्ययनलाई समेत पछ्याइएको छ । अध्ययन गर्दा सरसति मौनरुपमा र आवश्यकिय
पक्षमा रेखाङ्कन गर्दै सोहि अनुसार बुँदा टिपोट पनि गरिएको छ । बुँदा टिपोट
गरिएको सन्दर्भहरुको ब्याख्या, बिश्लेषण, एवम्‌ सन्दर्भ प्रयोगमा बिशेष जोड दिइएको
छ । नीतिगत दस्तावेजका रुपमा अध्ययन गरिएको सामाग्रीलाई सन्दर्भ सूचीको
रुपमा उत्थान गरिएको छ र अध्ययन विधि पनि उल्लेखित पद्धति नै रहेको छ ।
समग्रमा नीतिगत दस्तावेजको रुपमा पुनरावलोकन गर्दा मौनपठन, पठनबोध,
आवश्यक पक्षमा रेखाङ्कन, पाठ्य सामग्रीका मुख्य पक्षलाई बुँदा टिपोट विश्लेषण र
पाठयसामग्री र सेमिनार पत्र बिचको सम्बन्ध दर्शाउने जस्ता कार्यलाई अवलोकन
गरिएको छ।

२.२. स्थलगत अध्ययन

कु नै पनि ठाँउ वा क्षेत्रमा तयार गरिने अध्ययन अनुसन्धानलाई स्थलगत अध्ययन भन्ने
गरिन्छ । मूलतः स्थलगत अध्ययन विषयवस्तुको क्षेत्र र उद्देश्य अनुरुप तय गरिन्छ
। सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याड्नप्रति विधार्थीको धारणा मूल उद्देश्य रहेको
प्रस्तुत सेमिनार पत्रको अध्ययन क्षेत्र विशुद्ध स्थलगत अध्ययन सेमेस्टरका कक्षा
अवलोकनमा के न्द्रित रहेको छ । यसमा स्थलगत /कक्षागत अवलोकन बिना यसको
उद्देश्य पुरा हुन सक्दैन । आन्तरिक मूल्याइकनप्रति बिधार्थीको धारणा र प्रागिक
शिक्षकको अनुभवलाई यसमा उल्लेख गरी अध्ययनलाई अगाडि बढाईएको छ।

स्थलगत अध्ययन सन्दर्भमा प्रस्तुत सेमिनार पत्रको उद्देश्य अनुरुप बिधार्थीको धारणा
र शिक्षकको सिकाई अनुभव पहिचान आदिलाई सङ्कलन गरी व्याख्या बिश्लेषण
गरिएको छ । यस सेमिनार पत्रमा दुईजना विधार्थीको आन्तरिक मूल्याड्कनप्रति
दृष्टिकोण बिचार गरी के हि असंरचित प्रश्नहरुका साथ अर्न्तवार्ता लिएको हो ।
सर्लाही क्याम्पस मलंगवा, सर्लाहीको शिक्षा शास्त्र संकायका विधार्थीहरुलाई लिईएको
छ।

२.३.सम्बन्धित शिर्षक दस्तावेजको अध्ययन

यस पत्रमा सेमेस्टर प्रणाली सम्बन्धित आन्तरिक मूल्याङकनका महत्वपूर्ण दस्तावेजको


पूनरावलोकन गरिएको छ । यसमा नेपालको शिक्षा प्रणालीमा सेमेस्टर प्रणाली सुरु
भएदेखि त्यसको आन्तरिक तथा बाह्य मूल्याङ्कनमा बिभिन्न बिद्धानहरुको विचार,
दृष्टिकोण र पत्रपत्रिका लेख, र रचना आदिलाई लिएर पूनरावलोकन गरिएको छ ।
नेपालको शिक्षा प्रणालीको सेमेस्टर प्रणालीमा एउटा ५%७५०७ र शिक्षाको पहुँचता
र सक्षमतालाई बलवान बनाउने एउटा कडीको रुपमा हेरिएको छ । त्यसैले यसको
कार्यान्वयन र चुनौतीलाई पनि विशेष रुपले हेरिएको छ । त्यसैले यस सम्बन्धित
बिभिन्न प्राज्ञिक बिद्वानहरुले लेखेका लेखहरु, पत्रपत्रिकामा लेखेका लेखहरुलाई लिएर
यसको पुनरावलोकन गरिएको छ ।

त्रि.वि. (२०७०/०७१) त्रिभुवन विश्वविधालय, आर्थिक बर्ष (२०६९/०७०) को


प्रस्तावित कार्यकमद्धारा लिखित त्रिभुवन बिश्व विधालयमा सेमेस्टर प्रणालीका चुनौती
एवम्‌ अवसर भन्ने लेखमा खासगरि त्रिभुवन विश्व विधालयको २०७० श्रावन २७-
२९ मा पोखरामा भएको क्याम्पस प्रमुखहरुका अभिमुखिकरण कार्यशाला, गोष्ठीमा
आगामी शैक्षिक वर्षदेखि विश्व विधालय क्याम्पस कीर्तिपुरमा सेमेस्टर प्रणाली लागू
गर्ने भनि त्रिभवन विश्वविधालयका वर्तमान उपकु लपति प्रा.डा.हिरा बहादुर महर्जनबाट
उद्घोष भएको थियो । त्रि.वि. द्वारा प्रकाशित वा आर्थिक वर्ष २०७०/२०७१ को
नीति तथा कार्यक्रममा त्रिभुवन विश्व विधालयमा शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र
तदअनुरुप २० 907 ०९/०२ मा त्रिवि. कार्यकारी परिषद्को निर्णय १३५४ अनुसार
बिश्व विधालय क्याम्भस कीर्तिपुरलाई सेमेस्टर प्रणालीमा लैजाने निर्णय भई सेमेस्टर
प्रणालीको कार्यबिधि र प्रकाशित तालिका अनुसार पठनपाठन प्रारम्भ भएको थियो ।
यस सेमेस्टर कार्यकमलाई २०७१ सालमा उपत्यकाभित्र र २०७२ साल सम्म
नेपालभरिका स्वात्तकोत्तर तहमा लागू गर्ने नीति लिईएको कार्यान्वयनमा लैजाने कार्य
भएको रहेछ र यसै आधारमा कार्यक्रम अगाडि बढाइएको थियो रेग्मी. २०७४. पे.
४)

यसको मूल्याङकन व्यवस्था २०२० सालमा नयाँ राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु
गरिदा नेपालमा उच्च शिक्षामा गुणात्मक सुधार ल्याउन के हि परियोजना अगाडि
बढाउन सिफारिस गरिएको थियो । शिक्षालाई अवसर संग जोड्ने, प्राविधिक तथा
व्यवसायिक शिक्षामा जोडदिने, शैक्षिक गुणस्तर बृद्धि गर्ने, शिक्षण पेसालाई आकर्षण
बनाउने र विधार्थीलाई १० महिना राष्ट्रिय विकास सेवामा लगाउने जस्ता उद्देश्य
यसमा राखिएको थियो । त्यस्तै उद्देश्यका आधारमा आन्तरिक परिक्षा र त्यसका
प्रस्तृतिकरण सहभागिता आदि कु रालाई समेटेर मूल्याङ्कन गरिएको थियो । खास गरि
मैले यस शिर्षकलाई मुद्धा बनाउनमा यो () भित्र रहेर सेमेस्टर प्रणाली आन्तरिक
मूल्याङ्कनमा अहिले सम्म कु नै खोज अनुसन्धान नभएकोले मैले यस शिर्षकलाई रोजेको
छु । यसमा आन्तरिक मूल्याङ्कनमा के कस्तो व्यवस्था छ र त्यसले के कति आधार
प्रदान गरेको छ । यसले अहिलेको अवस्थामा यस विधार्थीको सही मूल्याङकन भएको
छ वा छैन भन्ने बारे खोज गरिएको छ ।(पौडेल, २०७४ पे. १७)
अधिकारी (२०७१), यस सम्बन्धमा भन्छन्‌ सेमेस्टर प्रणालीका लागी आवश्यक
पूर्वाधार र त्यसको व्यवस्थापन एवम्‌ कार्यान्वयन गर्नका लागी विस्तृत कार्यविधिको
निर्माण भएको र शैक्षिक क्यालेन्डर प्रवेश परिक्षा र मेरिटका आधारमा सम्बन्धित
कोटामा विधार्थी भर्ना भएको रहेछ । त्यसैले यस कक्षामा तोकिएको पाठयकम
पाठयोजना अनुसार अध्ययन गर्ने र गराउने तथा नियमित कक्षा सञ्चालन र शिक्षक
बिधार्थीको उपस्थिति अनिवार्य गरिनुपर्छ भन्ने रहेको छ । विधार्थीका कमजोरी
पक्षलाई अनिवार्य पृष्ठपोषण दिइने यस प्रणालीमा रहन्छ । यसमा अन्तरकिया गर्ने
अवसरमा शिक्षक र बिधार्थीको चौतर्फी ज्ञान सिपको विकास गरिनुपर्छ भन्ने मान्यता
रहेको छ । शिक्षक र विधार्थीलाई अनुसन्धानको मौका दिइनुपर्छ तब मात्र
खोजनीतिको कार्य मूल्याङ्कन प्रणालीबाट त्यसको प्रयोग गर्न सकिन्छ । शिक्षकहरुको
मूल्याङ्कन गर्ने अवसर बिधार्थीहरुलाई दिइनुपर्ने भन्ने पनि रह्यो । यस त्रि.वि. ले
तोके को समयको अतिरिक्त काम गर्ने शिक्षक एवम्‌ कर्मचारीहरुको पारिश्रमिक
निश्चित गरिनुपर्दछ र सम्बन्धित विभागीय प्रमुख तथा क्याम्पस प्रमुखलाई सेमेस्टर
प्रणाली कार्यान्वयन गर्ने क्षेत्रधिकार र प्रत्यायोजन भन्ने आधारभूत पक्ष यस प्रणाली
भित्र लागू गरिएको रहेछ ।

सेमेस्टर प्रणाली हामी सबैको लागी अवसरदायी हुनेछ । यस प्रणालीबाट बर्ष दिन
पढेर ३ देखि ४ घण्टासम्म परिक्षा दिने र त्यसैको भरमा मूल्याङ्कन गर्ने कक्षाकोठामा
धेरै अनुपस्थितिका कारण सम्बन्धित बिषयको शिक्षकनै नचिन्ने तथा शिक्षक र
बिधार्थीको दुरी बढ्दै जाने प्रणालीमा व्यापक सुधार हुनेछ । निर्यामत कक्षा हुने
विभिन्न विधिबाट पठनपाठन र मूल्याङकन हुने जस्ता कारणले विधार्थीमा चौतर्फी
प्रतिभाको विकासका अवसरहरु प्राप्त हुने देखिन्छ । सापेक्षे मूल्याङ्कन प्रणालीमा
आधारित GPA (Granding Point Average) मा मूल्याङकन हुने हुनाले कु नै निश्‍चित
प्राप्ताङ्क भन्दा पनि विधार्थीलाई ग्रेडभित्र राखी मूल्याङ्कन गरिने प्रचलन हुनेछ । समयमा
परिक्षाफल प्रकाशित हुने र परिक्षाफलको प्रतिशत सुधार हुने प्रबल सम्भावना रहनेछ

अधिकारी (२०७२) यस सम्बन्धमा भन्दछन्‌ २०२० सालमा नयाँ शिक्षा लागू भयो,
त्यसपछि उच्च शिक्षामा २०३० सालदेखि त्रिभुवन विश्वविधालयमा सेमेस्टर प्रणाली
लागु भएको थियो । सेमेस्टर कार्यक्रम सुरु भएको अवस्थामा कडाईका साथ प्रवेश
परीक्षा, आन्तरिक परिक्षा र सेमेस्टर परिक्षाहरु सञ्‍चालनमा आएका थिए । यतिसम्म
कि के हि विधार्थीहरु प्रवेश परिक्षा मै असफल भएका कारण भर्ना हुन सके नन्‌र के हि
विधार्थीहरु आन्तरिक परिक्षा नदिएको र असफल भएका कारण सेमेस्टरमा सामेल हुन
पाएनन्‌ । तर सेमेस्टर प्रणाली लागू भएको चार बर्षपछि आन्तरिक परिक्षा फित्तलो
हुन लागेको र सेमेस्टर परीक्षा पनि अभद्र तरिकाबाट सञ्चालन भएको हुनाले बिधार्थी,
शिक्षक दुबै पक्षमा निराशा छाउन थाल्यो । २०३६ सालमा भएको विधार्थी
आन्दोलनको एउटा प्रमुख माग सेमेस्टर प्रणाली खारेज गर्नु थियो । यस आन्दोलनको
कारण स्वात्तकोत्तर तहमा सञ्चालित एक बर्षे राष्ट्रिय विकास सेवा कार्यक्रम पनि
स्थगित भयो । २०३६ सालमा शिक्षा मन्त्रालयले गरेको उच्च शिक्षा सम्बन्धी पूर्ण
विधि मूल्याड्कनबाट यस प्रणालीमा सुधार गर्ने नीति लिएको पाईन्छ । त्यति गर्दा
पनि शिक्षक र विधार्थीहरुले यस सेमेस्टर प्रणालीलाई आफनो स्वामित्वमा लिन
सके नन्‌ र त्यो प्रणाली त्रिभुवन विश्व विधालयले २०३७ सालमा खारेज गरी
पुन:२०३८ सालमा बार्षिक प्रणाली लागु भयो । यो प्रणाली लागु भएपछि पनि
आन्तरिक परिक्षाको चलन कायमै रहेको बेला पछि त्यसमा पत्ति अत्याधिक
अनिर्यामतता भएको कारण त्यसलाई पछि २०६६ सालमा खारेज गरेको थियो ।
यसमा अनुगमन र मूल्याङ्कन हुन सके को छैन । शिक्षकहरुले कोर्ष पुरा गर्न सके का
छैनन । शिक्षकहरुलाई समय समयमा बिषयगतरुपमा क्याम्पसहरुले पुनः ताजगी
तालिमको व्यवस्था गरेको छैन । विधार्थीहरुले चुनौतीसँग सामना गर्न नसके को र
रचनात्मक विचार (111101॥0 ४€ 1069) नभएकाले रोजगारदाताहरु त्यति खुशी
छैनन्‌ । सेमेस्टर प्रणाली नेपालका विश्व विधालयका लागी नौलो प्रणाली नभएको
बिगतमा भएको कमीकमजोरीलाई सच्याई यसलाई लागु गर्न सक्दा त्रि.वि. मा यो
प्रणाली निश्चय पनि सफल हुने देखिन्छ । कार्यान्वयनका दुई तिन वर्षसम्म
संरचनागत सुधार गर्दै नियमित रुपमा शैक्षिक क्यालेण्डर लागू गर्न सके म गर्न सके मा
परिक्षा मात्र नभई त्रिभुवन विश्वविधालय संरचनामा सुधार आई आम
सरोकारवालाहरुको विश्वास त्रि.वि.माथि बढ्ने देखिन्छ ।

रेग्मी (२०७४), यस सम्बन्धमा भन्दछन् विश्‍वविद्यालय समाजको अति महत्वपूर्ण हंग


हो । समाज वा देशलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागी आवश्यक पर्न उच्च
स्तरको प्राविधिक तथा अप्रविधिक जनश्‍क्ति उत्पादन गर्नु यसको प्रमुख दायित्व हो ।
यस्ता नविन विचारको सृजनाले नवीन खोज अनुसन्धान गर्नुका साथै समाजमा जागरण
ल्याउने काममा महत्वपूर्ण भूमिका खेल्दछ । यो भूमिका वा दायित्वलाई निर्वाह
गर्नका लागि समयानुकू ल शिक्षण तथा परिक्षा प्रणाली अपनाउनुपर्ने हुन्छ । यस
दिशामा विश्वविधालय सधै अग्रसर रहेको पाईन्छ । सेमेस्टर प्रणालीलाई दुई सत्रमा
बाडिएको छ जसमा हरेक सत्र करिब करिब १६ हप्ताको हुन्छ । यो आफै मा खोजी
कार्य गरि आफनो प्रागिक बौद्धिकताको तह बढाउने तह भएकाले पनि यसको
औचित्यता छ । यसका विभिन्न खालको चुनौतीहरु छन्‌ जसलाई कार्यान्वयनमा
ल्याउन अझै सकिएको छैन । त्यसकारण पनि यो पछिल्लो समयमा समस्याको रुपमा
रहेको छ । यसमा भौतिक पूर्वाधार, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार
कक्ष, आधुनिक सूचना प्रविधिको कमि, दक्ष र उपयुक्त सङ्ख्यामा शिक्षक तथा
कर्मचारीको कमि, भौतिक पूर्वाधार सुधारका लागि पर्याप्त बजेटको कमि, विधार्थी
संख्यामा रकम जस्ता साझा समस्या देखा परेको पाईन्छ । त्यसै गरि गुणस्तरीय
जनशक्तिको कमि एउटा हो । सेमेस्टर प्रणालीको मर्म र व्यवहारिकतालाई मनन गरि
प्रभावकारि रुपमा कार्यान्वयन गर्नका लागि शिक्षक र कर्मचारीको योग्यता र
लगनशिलताको पत्ति महत्वपूर्ण भूमिका रहन्छ । यसमा आधुनिक प्रविधिमा तालिम
प्राप्त कर्मचारीको अभाव देखिन्छ । त्यसैगरि कक्षाकोठा, सौचालय, सेमिनार कक्ष,
चमेना गृह, आधुनिक सूचना प्रविधि जस्ता कु राहरुको कमी रहेको पाईन्छ । त्यसैगरि
अभिमुखिकरण तथा तालिमको कमि रहेको पाईन्छ । निश्चित समयमा कोर्ष सम्पन्न
गर्नु पर्ने र आन्तरिक मूल्याङ्कनलाई विशेष महत्व दिएको सेमेस्टर प्रणालीमा आन्तरिक
मूल्याङ्कनका विभिन्न पक्षहरुका बारेमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञानका लागि
अभिमुखिकरण तथा तालिमको व्यवस्था के न्द्रिय विभागहरुमा पनि अझै प्रभावकारी हुन
सके को देखिदैन । त्यसै गरि आजसम्म पनि कतिपय शिक्षक तथा कर्मचारीलाई
GPA/CGPA जस्ता ग्रेडिङ प्रणालीका आधारभूत विशेषताहरुको बारेमा राम्ररी जानकारी
दिन सके का छैनन्‌ । बार्षिक प्रणाली अर्न्तगत स्नातक तह उत्तिर्ण गरेर आउने
विधार्थीहरुलाई यस प्रणालीमा अभ्यस्त गराउने काम निकै चुनौतिपूर्ण भएको छ ।
त्यसैगरि शैक्षिक क्यालेण्डर लागू गर्नमा कमजोरी, मूल्याङ्कन प्रणालीको प्रभावकारी
कार्यान्वयनमा कमि, प्रोत्साहनमा कमि, आधुनिक सूचना प्रविधिको समायोजनको काम
आदि रहेका छन्‌।

चाडेल (२०७४), यस सम्बन्धमा भन्दछन्‌ त्रिभुवन विश्वविधालयले चार वर्ष अगाडि


शैक्षिक गुणस्तर सुधार गर्ने र त्रिभुवन विश्वविधालयलाई शैक्षिक उत्कृ ष्टताको
के न्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ पुनः सेमेस्टर प्रणाली लागू गरेको रहेछ
हाल उपत्यकाभित्र स्तात्तकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरिएको छ । आगामी
के हि वर्ष भित्र त्रि.वि. का सम्पूर्ण कार्यक्रम सबै तहमा सेमेस्टर प्रणालीमा लैजाने
त्रिविको नीति वमोजिम यस वर्षदेखि उपत्यका बाहिरका सम्पूर्ण क्याम्पसहरुमा
मानविकी व्यवस्थापन र शिक्षाशास्त्र, विज्ञान संकायमा पनि स्नात्तकोत्तर तहमा
सेमेस्टर प्रणाली लागु गर्ने निर्णय गरेको रहेछ । यस सन्दर्भमा सेमेस्टर प्रणाली के हो
? यसका आधारभूत मान्यता के हो ? वार्षिक र सेमेस्टर प्रणाली संचालनमा के
भिन्नता छ ? सेमेस्टर प्रणालीको कार्यान्वयन कसरी गर्ने ? र यसका सकारात्मक
पक्षहरुलाई सेमेस्टर प्रणालीले लागू गरेको पाईन्छ र यसको खोजी गरी कार्यान्वयन
गरेको पाईन्छ । त्यसैगरि विश्वमा क्वाड्मेस्टर, ट्वाइमेस्टर, सेमेस्टर र वार्षिक गरि
चार किसिमका शैक्षिक प्रणालीहरु प्रयोगमा आएका गरिछ छन्‌ । क्वाड्मेस्टर
प्रणालीमा एक शैक्षिक वर्षलाई बराबर तिन भागमा विभाजन गरिन्छ । भने सेमेस्टर
प्रणालीमा एक शैक्षिक वर्षलाई बराबर दुई भागमा विभाजन गरिन्छ । वार्षिक
प्रणालीमा बाह महिनाको एक शैक्षिक सत्र हन्छ । त्यस्तै सेमेस्टर प्रणालीका
आधारभूत मान्यताहरु छन्‌, जसमा छ महिनाको एक शैक्षिक सत्र प्रत्येक छ महिनामा
भर्ना, अध्यापन र परिक्षा सके र सातौ महिनामा अर्को सेमेस्टर सुरु गर्ने गरिन्छ ।
परिक्षा भएको एक महिनाभित्र परिक्षाफल, निरन्तर तथा विके न्द्रित मूल्याड्कन प्रणाली
ग्रेडिडका आधारमा विधार्थीको मूल्याङकन सहभागितामुलुक तथा अन्तरक्रियात्मक
शिक्षण विधि, सिकाईमा आधारित मूल्याङ्कन र पादयकम विधार्थीहरुको नियमित
उपस्थिति कक्षा शिक्षकलाई सम्पूर्ण अधिकार नै सेमेस्टर प्रणालीका विशेषताहरु रहेका
छन । त्यसैले अहिले समग्रमा स्वात्तक तहमा पनि सेमेस्टर प्रणाली लागू भईसके को
छ । त्यसैकारण एम.फिल,. कार्यकमहरु पनि सेमेस्टर प्रणालीमा अध्ययन चलिरहेको
छ । त्यसैले यस सेमेस्टर प्रणालीले खास गरि परिक्षाफलको प्रभावकारिता र शिक्षण
सिकाई सुधार निरन्तर मूल्याङ्कनको व्यवस्थाले पनि समग्रमा यसको सुधार भइरहेको
पाईन्छ । सेमेस्टर प्रणालीको कार्यान्वयन र यसको सकारात्मक प्रभावले त्यसको
नीतिगत व्यवस्था र सिकाई सुधारमा विशिष्टता प्रदान गरेको पाईन्छ ।

पौडेल (२०७५), यस सम्बन्धमा भन्दछन्‌ सेमेस्टर प्रणालीको कार्यान्वयनमा विधार्थी


भर्ना विवरण निर्धारण पनि एक हो । सेमेस्टर प्रणालीमा अध्ययन गराउँदा निर्यामत
विधार्थीको दैनिक हाजिरी राख्नुपर्ने, प्रत्येक विधार्थीको निरन्तर मूल्याङ्कन गर्नुपर्ने,
गृहकार्य चेक गर्नु, मौखिक प्रस्तुति गराउनु पर्ने आदि उचित शिक्षक विधार्थी अनुपात
भएमा मात्र सेमेस्टर प्रणालीको मर्मअनुसार पढाउन सकिन्छ । शिक्षण शुल्क निर्धारण
वार्षिक प्रणाली भन्दा सेमेस्टर प्रणालीमा प्रशासनिक तथा शैक्षिक खर्च बुझिने हुदाँ
सेमेस्टर प्रणालीमा विधार्थीबाट उठाईने न्यूनतम्‌ शुल्क पुनरावलोकन गर्ने र खर्च
व्यहोर्न सकिने गरि शिक्षण शुल्क पनि बृद्धि गर्न सकिन्छ । आन्तरिक शैक्षिक
क्यालेण्डर निर्माण, कक्षाकोठा सुधार, ईन्टरनेट व्यवस्था शिक्षण विधिमा नयाँ
परिवर्तन, आन्तरिक मूल्याङकन विधि तयार गर्ने, विधार्थीको अनिवार्य हाजिरी लिने
व्यवस्था, शिक्षकको न्यूनतम शैक्षिक भार परिभाषित गर्ने,सेमेस्टर वारे अभिमुखिकरण
द्वारा तालिम दिने, अहिलेको टङ्कारो आवश्यकता हो । यसमा खास गरि पाठ्यकम र
के डिट तथा ग्रेडिङ आदि आवश्यकता महशुश गरि त्यसको कार्यान्वयन पक्षमा विशेष
जोड दिने गरिन्छ । Term Paper कसरि लेखाउने, 121656111910011 कसरी
गराउने, सोध कार्य कसरी गराउने, Plagiarism के हो र यसलाई कसरी हटाउने!,
प्रश्नपत्र कस्तो हुनुपर्छ ?, प्रश्नपत्र मोडरेशन कसरि गर्ने ?, सम्परिक्षण कसरी गर्ने ?,
आदि विषय सेमेस्टरमा पढाउने हरेक शिक्षकलाई अभिमुखिकरण संचालन गर्ने काम
गरिन्छ । त्यसैगरि आन्तरिक मूल्याङकन विधि तयार गर्ने काम अन्तराष्ट्रिय प्रचलन
अनुसार साधारणतया आन्तरिक परिक्षाको मूल्याडकन (Exam, Term Paper,
Assignment, Present, Class Participation, Attendance) आदिको आधारमा गरिन्छ ।
त्यसैले सम्बन्धित डिन कार्यालयले आफनो अधययन संस्थान संकायका लागि उपयुक्त
आन्तरिक मूल्याङ्कन विधि अंक विभाजन सहित तयार गरि कडाईका साथ लाग्नुपर्छ ।
आन्तरिक मूल्याङ्कन पारदर्शी हुनुका साथै विधार्थीको अनिवार्य फिर्ता दिने व्यवस्था
हुनुपर्छ ।

त्रि.वि.सेमेस्टर विनियम(२०७४), यस सम्बन्धमा भन्दछ, त्रिभुवन विश्वविधालयमा


सेमेस्टर प्रणाली संचालन गर्दा एउटा विनियम २०७४ पारित भएको थियो जसमा
त्रिभुवन विर्श्वावधालयमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन, मानविकी
समाजशास्त्र, शिक्षाशास्त्र र कानून संकायका स्नात्तकोत्तर तहका पाठ्यकमका लागि
यस विनियममा रहि यसको अवधारणा सञ्चालन यसका भरमा प्रकिया, शिक्षण विधि,
मूल्याङ्कन पद्धति, परिक्षा ग्रेडिङ पद्धति, छात्रावत्ति, दण्ड सजाय आदिको वारेमा यस
विनियममा उल्लेख गरिएको पाईन्छ । यसका विशेष प्रावधान यस प्रकृ तिका रहेका
छन्‌ । जसमा सेमेस्टर प्रणालीमा पहिलो भर्ना हुनका लागि प्रवेश परिक्षा अनिवार्य
उत्तिर्ण हुनु पर्दछ । त्यसैगरि चालिस प्रतिशत मूल्याङ्कन आन्तरिक परिक्षाको
माध्यमबाट गरिने र साठी प्रतिशत बाह्य परिक्षामा रहने व्यवस्था यस विनियममा
उल्लेख गरेको पाईन्छ । यसमा विधार्थीलाई असी प्रतिशत कक्षामा हाजिरि हुनुपर्ने, र
यदि सो विधार्थी विरामी भएको प्रमाण पेश गरेमा ७० प्रतिशत सम्मलाई परिक्षा
लाउन स्वीकार्ने काम पनि यस विनियममा उल्लेख गरिएको छ । यस विनियम
२०७४ मा आन्तरिक परिक्षामा उत्तिर्ण भएका विधार्थी मात्र अन्तिम परिक्षामा सामेल
हुन पाउँदछ । अन्तिम परिक्षामा सामेल हुनका लागि विधार्थीहरुले प्रत्येक विषयमा
कम्तिमा पनि ५० प्रतिशत अङ्क र औसतमा ६० प्रतिशत अङ्क (३.०) सिजिपिए
ल्याउनु पर्ने पनि यसमा उल्लेख गरिएको रहेछ र यस सेमेस्टर प्रणालीमा मूल्याङ्कन
प्रणाली भने ग्रेडिङ पद्धतिमा हुने गर्दछ । यस विनियम अनुसार देशको सम्पूर्ण
विधालयमा स्तात्तकोत्तर तहको दुबै तहमा लागु गरि यसको शिक्षण कार्यलाई
प्रभावकारी बनाउने काम गरिएको पाईन्छ । यसमा मूल्याङ्कन कै कममा कु नै पनि
विषयमा अतिरिक्त मूल्याङ्कन परिक्षाको अंक आन्तरिक परिक्षाको अंकभन्दा २०
प्रतिशत भन्दा बढी भएमा आन्तरिक परिक्षाको अंक अन्तिम परिक्षाको अंक भन्दा
बढीमा २० प्रतिशत मात्र बढ्ने वा हुने गरि घटाईने गरिने रहेछ । त्यसैगरि
आन्तरिक मूल्याङ्कनलाई पनि विभिन्न भारमा शिर्षक दिई यसका कार्य अगाडि बढाईने
काम गरिदो रहेछ । त्यसमा उपसत्र लेख्‍ने (Term Paper) कक्षा प्रस्तुति, एकाई
परिक्षा, प्रतिवेदन लेख्ने, परियोजना कार्य, गृहकार्य विषय समितिको सिफारिसमा विधा
परिषद्द्धारा स्विकृ त अन्य अन्य गतिविधिहरुको पनि आन्तरिक मूल्याङ्कनपद्धति गरिदो
रहेछ । यो सेमेस्टर परिक्षा एक बर्षमा दुई पटक हुने पनि यस प्रावधान विनियममा
रहेका छन्‌। यसमा विधार्थीहरुको आन्तरिक परिक्षाको प्राप्ताङक र अन्तिम परिक्षाको
फारम सहित आन्तरिक परिक्षा समाप्त भएको मितिले १० दिन भित्रमा सम्बन्धित
डिनको कार्यालयमा पठाउनु पर्ने यस विनियममा उल्लेख गरिएको छ । र अन्तिम
परिक्षा सकिएपछि यसमा खास गरि त्यो उत्तरपुस्तिकाको परिक्षा सम्बन्धित डिन
कार्यालयको परिक्षा शाखामा गरिनेछ । त्यसैले यसमा मूल्याङ्कन प्रणाली राम्रो भएको
कारणले पनि यस सेमेस्टर प्रणालीका नतिजामा देशभर एकरुपता र विश्वसनियता,
वैधता, व्यवहारिकता अपनाउन यस विनियममा टेके र अगाडि बढाएको रहेछ ।

धिताल २०७५, यस सम्बन्धमा भन्दछन, स्तात्तकोत्तर नेपाली शिक्षा विषयको सेमेस्टर


प्रणालीको समस्याहरुको अध्ययन बारे भन्नुहन्छ । २०२८ सालमा राष्ट्रिय शिक्षा
पद्धति योजना सँगै ठू लो फड्को मारेको शिक्षा क्षेत्रमा लागू भएको सेमेस्टर प्रणाली
२०३८ सालपछि विस्थापित भएर पुनः २०७० सालदेखि थालनी भएको छ । जसले
सामान्य शिक्षातर्फ विस्थापित भए पनि प्राविधिक शिक्षातर्फ हालसम्म कायम रहेको
सेमेस्टर प्रणाली सामान्य शिक्षातर्फ पनि अध्ययन अध्यापन सुरु भए र प्रथम र द्वितीय
सेमेस्टरको परिक्षाफल हुदै त्यसको कार्यान्बयन अवस्थालाई अझै राम्रो बनाउन यसको
नीतिगत व्याख्यातिर ध्यान दिएको पाईन्छ । सेमेस्टर प्रणालीलाई प्रभावकारी ढं गबाट
सञ्चालन गरी निरन्तरता दिनु, सुझावहरु दिनु यसको औचित्य हो । बार्षिक प्रणालीको
तुलनामा शिक्षाको गुणस्तर बढाउन सक्षम सेमेस्टर प्रणाली विश्वविधालय क्याम्पस
सबै क्याम्पसहरुमा लागू भइसके को पाईन्छ ।

त्यसैले सेमेस्टर प्रणालीमा समयानुकू ल सुधार गरि दक्ष जनशक्ति उत्पादन गर्न
आवश्यक सबै पक्षहरुमा के न्द्रित हुन जानकारी प्राप्त हन्छ । सेमेस्टर प्रणालीमा
भएका आधारभूत पक्षहरु मूल्याङ्कन प्रक्रिया र शैक्षिक गुणस्तरलाई अझै प्रभावकारी
बनाउन पनि यो सेमेस्टर प्रणाली लागू गरिएको पाईन्छ । त्यसैले यसको कार्यान्वयन
पक्ष लागू गरिएको पूर्वअवस्थामा यो खास खास मापदण्डमा आधारित रहन्छ । त्यसैले
पाठयक्रमका दृष्टिले सेमेस्टर प्रणाली अन्तरक्रिया गर्ने अवसरका दृष्टिले शैक्षिक
सकारात्मक तवरले यसको कार्यान्वयन गरिएको पाईन्छ । शैक्षिक प्रणाली र
पद्दतिलाई, आधुनिक, वैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले यसको अवधारणा
आएको पाईन्छ । त्यसैले सेमेस्टरलाई सबलीकरण बनाउन यो सेमेस्टर प्रणाली लागू
भएको हो । पाठ्यक्रमको निर्माण र मुल्‍याङ्‍कनको सम्पूर्ण जिम्मेवारी विषय शिक्षक र
सम्बन्धित बिभागलाई दिई यसको कार्यान्वयन गर्न पनि यस सेमेस्टरको उपलब्धि
मानिन्छ ।

३.१. आन्तरिक मूल्याङ्कन सम्बन्धि विधार्थीको धारणा

यस पत्रको पहिलो उद्देश्‍यको रुपमा आन्तरिक मूल्याङ्कनप्रति विधार्थीको धारणा पहिचान


गर्ने रहेको थियो ।उद्देश्यसँग सम्बन्धित रहेर ख) मा उल्लेख गरिएको विधार्थीहरुको
अन्तवार्ता लिईएको थियो । यस दृष्टिकोण अभिव्यक भएको नर संकलन गर्ने क्रममा
प्रत्येक विधार्थीको प्रायः सम्मान र के हि फरक चारवटा बुँदामा मुख्य निचोड थियो ।
चार जना विधार्थीहरुबाट संकलित धारणालाई एकिकृ त गरि आधारमा रही यसमा
नचोड निकालिएको छ । त्यसैले यस खण्डमा यी नै संकलित बुँदाहरुको आधारमा
रही यसमा व्याख्या बिश्लेषण गरिएको छ । सेमेस्टर प्रणालीमा आन्तरिक
मूल्याङ्कनप्रति विधार्थीको धारणालाई एकिकृ त गरि निकालिएको निचोड वा (Theme)
यस प्रकार रहेको ।

क.आन्तरिक मूल्याङ्कन प्रभावकारी बनाउने पद्दृतिको विकास

ख.आन्तरिक मूल्याङ्कनमा खोज अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने

ग.गुणस्तरीकरणको मुलभूत समस्याहरु

घ.सेमेस्टर प्रणालीको कार्यान्वयन गर्नुपर्ने

३.१.१.आन्तरिक मूल्याङ्कन सम्बन्धित विधार्थीको फरक धारणा

आन्तरिक मूल्याङ्कनका विषयमा सोधिएको प्रश्नमा यो विधार्थीको आन्तरिक मूल्याङ्कनमा


फरक कु रा के पाउनु भयो ? भन्ने थियो । उसको प्रतिउत्तरमा जनसङ्ख्या शिक्षा
शास्त्रका विधार्थीहरु र नेपालीतर्फ का विधार्थीहरुको फरक धारणा यसरी उल्लेख गर्न
सकिन्छ ।

१) शिक्षण कार्यको सुरुवातमा जान्ने र नजान्ने, बोल्ने र नबोल्ने तथा शिक्षकको


सहकार्यमा समन्वयकारी भूमिका खेल्ने वा नखेल्ने आधारमा विधार्थीपिच्छे फरक
धारणा लिई आन्तरिक मूल्याङ्कनमा विभेद देखिन्छ ।

२) सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनमा पारदर्शिता हुदैन त्यसकारण पछि दिईने


प्राप्ताङ्कमा तल माथि बनाईदिने प्रवित्ति देखिन्छ ।

३) राम्रोलाई भन्दा हाम्रोलाई र नजिककोलाई बढि ग्राहयता दिने प्रवित्ति यस


आन्तरिक मूल्याङ्कनमा देखिन्छ ।
४) आन्तरिक मूल्याङ्कनको चालिस प्रतिशत प्राप्ताङ्कमा दिने नम्बरमा पनि कसैलाई
काखा र कसैलाई पाखाको चलन अहिले पनि रहेको छ ।

५) विभेदकारी व्यवहार अहिले पनि रहेको छ, जसमा सोझा विधार्थी नै पिल्सिएका


देखिन्छन्‌।

६) कसैकसैको प्रस्तुतिकरण, विषयवस्तुको उठान, त्यस विषयवस्तुको विस्तार, र


समन्वय एउटा कु शल शिक्षकको जस्तै भएपनि पछि त्यहि विधार्थीलाई कम प्राप्ताङ्क
दिएर पठाइएको कयौ छन्‌। यस बारेमा फरक धारणा रहेको छ ।

७) शिक्षकले खासगरि आधुनिक प्रणालीको तथा सेमेस्टर प्रणालीको मूल्याङकन


नगरि परम्परावादि मूल्याङ्कनका कारण विधार्थीहरुले धेरै पिडा खेप्नु परेको छ ।
उसको सहि मूल्याङकन हुनै सके को छैन ।

३.१.२.आन्तरिक मूल्याङ्कन सम्बन्धित विधार्थीको समान धारणा

विश्वविधालय क्याम्पसमा अध्ययनरत सेमेस्टरका विधार्थीहरुलाई नमूनाको रुपमा


लिइएको थियो जसमा उहाँहरुको धारणा लिने क्रममा आन्तरिक मूल्याङ्कनप्रति समान
धारणाबारे कु रा गर्दा शैक्षिक योजना व्यवस्थापन र जनसख्या शिक्षाका विधार्थीहरुको
धारणा यस्तो पाईयो । आन्तरिक मूल्याङ्कनमा विधार्थीहरुको क्रियाकलापको आधारमा
दिईने प्राप्ताइक समान छ । त्यसैगरि प्रत्येक दिन आफनो उपस्थिति जनाउँदा दिईने
प्राप्ताडक पनि समान नै छ । शिक्षा शिक्षणको हिसावले पनि उसको कु शल कार्य
हेरेर दिईने नम्बर पनि लगभग समान नै देखिन्छ । त्यसैगरि शिक्षण सिकाई
हजिकरण तथा त्यहाँ नम्बर दिईने कार्य पनि समान नै देखिन्छ । शैक्षिक योजना
व्यवस्थापनका विधार्थीको धारणा पनि त्यही खालको आएको थियो । त्यसैले
बिधार्थीको समान धारणालाई हेर्दा खास खास क्षेत्रमा मात्र समानता पाइने देखिन्छ ।
त्यसकारण यसको मूल्याङ्कन विभाग अनुसार वा संकाय अनुसार आफनै खालको
समानता रहेको पाईन्छ । त्यसकारण यसका समान धारणालाई यसरी उल्लेख गर्न
सकिन्छ ।

क) शिक्षणीय विषय वस्तुलाई हेर्दा आन्तरिक मूल्याङ्कनमा समानता पाईन्छ ।

ख) कक्षा क्रियाकलापको रुपमा हेर्दा पत्ति के हि हदसम्म समान धारणा देखिन्छ ।

ग) प्रस्तुतिकरणको हिसावले पनि पृष्ठपोषण दिने र समग्रमा विषयवस्तुमाथि समग्र


सुझाव दिने काम यसमा गरिन्छ ।

घ) मूल्याङ्कनका आधारभूत पक्षमा पनि समावेशिता देखिन्छ ।

ङ) आन्तरिक मूल्याड्कनबाट विधार्थीको पढाईको गतिबारे पनि थप कु रालाई


शिक्षकहरुले पुष्द्याई गरिदिने भएकोले यसमा समानता पाईन्छ ।

सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रभावकारी बनाउन अझ यसको प्रणालीमा


सुधार गर्नुपर्ने बताउनुभयो । सेमेस्टर प्रणालीमा यो मूल्याङ्कन त्यति प्रभावकारी र
जिम्मेवारीपूर्ण नरहेको भन्दै उहाँहरुले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने र
यसको कार्यान्वयनलाई अझै लचिलो बनाई अगाडि बढाउनुपर्ने देखिन्छ , त्यसैले
सामान्य ज्ञानको विकासले यो सम्भव नरहेकोले यसको जुन आन्तरिक मूल्याङ्कन गर्ने
क्षेत्र बनाईएको छ, त्यसै अनुसार विधार्थीलाई सक्रिय बनाई बढी भन्दा बढी
अनुसन्धान र विधार्थी के न्द्रित बनाउनुपर्ने सुझाव पनि दिनु भएको छ । त्यसैले यो
आन्तरिक मूल्याङ्कनले विधार्थीको प्रगतिलाई राम्रो बनाउन सहयोग त गरेको छ
साथसाथै सिकाई शिक्षणमा नयाँ बाटो लिन समेत यसले कार्य अगाडि बढाएको छ ।
आन्तरिक मूल्याडकनलाई निर्देशिकाले समेत यो क्षेत्र आधारमा भनि किटान नै गरेको
भएपनि विश्वविधालय तहमा त्यसको त्यति प्रयोग नभएकोले अव सुधार गरि प्रत्येक
शिक्षक र विधार्थीमा यो लागू गर्नुपर्ने देखिन्छ र विधार्थीको आन्तरिक मूल्याड्कनलाई
एउटा उपलब्धिको रुपमा लिई त्यसैअनुसार उसलाई कार्य गराउनुपर्छ । एउटा राम्रो
व्यक्ति वन्न उसले आफ्नो क्षेत्रमा राम्रो दख्खल राख्नुपर्छ । त्यसकारण आन्तरिक
मूल्याङ्कनमा प्रतिवेदन लेखन वा खोज अनुसन्धानको क्षेत्रलाई पूर्णरुपमा प्राथमिकतासाथ
लिनुपर्ने देखिन्छ । ॥०१५:04 कार्य त्यस विषयवस्तुलाई पूर्ण रुपमा टेवा पुर्याउने र
खोजकर्ताको प्रस्तृतिकरण त्यसैविचको खोजिने क्षेत्र विशेषमा रही मूल्याङ्कन बिच
आधार निर्धारण गर्न सके अझ राम्रो देखिन्छ र अनुसन्धानमा सबै विधार्थीहरु सक्रिय
भई सिकाई प्रकिया , सिप सिकाई र शिक्षण पद्धतिमा अनुसन्धानमुखी र खोजकर्तामुखि
बन्न सक्ने देखिन्छन्‌ । त्यसो गरेमा विधार्थी आफनो बिषयमा सदैव सक्रिय रुपमा
लागिरहन्छ । यसका साथै आन्तरिक मूल्याङ्कन बिभिन्न क्षेत्र विशेषमा आधारमा गर्न
सके अझ प्रभावकारी रहने देखिन्छ ।

यस सेमेस्टर प्रणालीमा हरेक छ महिनाको एक शैक्षिक सत्र, परिक्षा सकिएको एक


महिना भित्रमा नतिजा प्रकाशन, निरन्तर तथा विके न्द्रिकृ त मूल्याङ्कन प्रणाली,
सहभागितामूलक तथा अन्तक्रियात्मक शिक्षण विधिको प्रयोग, सिकाईमा आधारित
पाठ्यक्रमको निर्माण, ग्रेडिडका आधारमा विधार्थीको मूल्याङ्कन, विधयार्थीको निर्यामत
उपस्थित, कक्षा शिक्षकलाई सम्पूर्ण अधिकार जस्ता क्रालाई न्यूनतम सर्तका रुपमा
लिईन्छ । त्यसकारण यसको दीर्घकालिन समाधान खोजिनु आवश्यक देखिन्छ ।
खासगरि गुणस्तरीकरणका मूलभूत समस्याहरुलाई यसरी उल्लेख गर्न सकिन्छ
उहाँहरुले भन्नुभयो । खासगरी जीवन उपयोगी पाठ्यक्रमको अभाव शिक्षण विधिको
उपयोगको कमी, नीतिगत सुधारको कमि आदि विभिन्न समस्याहरु हुन सक्ने देखिन्छ
। त्यसैले यी समस्याहरुलाई विश्वविधालयले लागु गर्न सके को खण्डमा सेमेस्टर
प्रणाली प्रभावकारी रुपमा लागु गर्न सकिन्छ ।

सेमेस्टर प्रणालीको कार्यान्वयन खासगरि बिधार्थीको भर्ना कोटाको निश्चित निर्धारण


आधारित हुनुपर्छ । त्यसैकारण सेमेस्टर प्रणालीमा अध्यापन गराउँदा निर्यामत
विधार्थीको दैनिक हाजिरी राख्नुपर्ने, प्रत्येक विधार्थीको निरन्तर आन्तरिक मूल्याङकन
गर्नुपर्ने, शिक्षकहरुले दिएका गृहकार्य सदैव चेक गर्नुपर्ने खास खास विषयवस्तुमा
प्रस्तुतिकरण गराउनुपर्ने, आदि विभिन्न आधारले उाचत शिक्षक विधार्थी अनुपात भएमा
मात्र सेमेस्टरको मर्म अनुसार पठाउन सकिन्छ र शिक्षण प्रभावकारी रहन्छ । यसमा
शिक्षण शुल्क निर्धारण , आन्तरिक शैक्षिक क्यालेण्डर निर्माण, कक्षाकोठाको सुधार,
नेटको पूर्ण पहुँचता शिक्षण विधिमा नयाँपन, आन्तरिक मूल्याङ्कन आदि आधारले
सेमेस्टर प्रणालीको कार्यान्वयन गर्न सजिलो हुने देखिन्छ ।

अतः सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कनको विभिन्न क्षेत्र निर्धारण गरेको र


त्यसलाई सजिलै सेमेस्टर प्रणालीमा लागू गरी त्यसलाई प्रभावकारी रुपमा कक्षाहरुमा
लागु गर्नुपर्दछ । त्यसैले यसको जन पद्धति र विधि विनियम त्यसलाई प्रत्येक
कक्षाकोठामा वा सेमेस्टरका विभागहरुले लागु गरेमा यो आफै प्रभावकारी रहन्छ र
आन्तरिक मूल्याडकनमा आएको असमानतालाई समानतामा ढाल्न सकिन्छ । त्यसैले
आन्तरिक मूल्याङ्कनको एउटा बलियो खम्बा विधार्थी र उनिहरुले गरेको कामको
प्रतिफल हो । त्यसैका आधारमा मूल्याङकन परिपार्टीलाई सहि रुपमा लागू गर्नुपर्छ

३.२. आन्तरिक मूल्याङ्कन सम्बन्धित शिक्षकहरुको अनुभव, धारणा

यस पत्रको दोस्रो उद्देश्य आन्तरिक मल्याङकन अनुभव पहिचान गर्नु रहेको


मूल्याडकन सम्बन्धित शिक्षकहरुको अनुभव थियो । त्यस क्रममा -परिशिष्ट क) मा
उद्देश्य गरिएका शिक्षकहरुसगँ अर्न्तवार्ता लिइएको थियो । सेमेस्टर प्रणाली आन्तरिक
मूल्याङ्कनप्रति खासगरि शिक्षाशास्त्र संकाय र पद्धति छ त्यसको बारेमा शिक्षकहरु
/गुरुहरुसगँको अनुभवलाई अर्को मुख्य उद्देश्य बनाइएको छ । जसमा आन्तरिक
मूल्याङ्कनमा शिक्षकहरुको अनुभव भन्ने उद्देश्यलाई २ जना शिक्षकहरुलाई सामान्यतया
प्रश्नहरु सोधी उहाँहरुको खासगरि सेमेस्टरको आन्तरिक मूल्याङकनप्रतिको
दृष्टिकोणलाई एउटा निचोड या थिमको रुपमा निम्नअनुसार बुँदागत गरिएको छ ।
क) सेमेस्टर प्रणालीका सकारात्मक पक्षहरुलाई ध्यान दिई लागु गर्ने

ख) सेमेस्टर प्रणालीका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने

स्नातकोत्तरको सेमेस्टर प्रणालीमा खासगरि आन्तरिक मूल्याङ्कन एकरुपतामा ल्याउन


सकिएको छैन विभाग पिच्छे फरक फरक तरिकाले यसको मापन मूल्याङ्कन भईरहेको
छ । यसको कार्यान्वयनमा एकरुपता छैन यसलाई पहिलो शर्तमा एकरुपता,
कार्यान्वयनमा एकरुपता र सेमेस्टर प्रणालीमा शिक्षकहरुलाई पूर्ण तालिमको व्यवस्था
र अनुसन्धानमुखी कार्यकममा लगाउनुपर्छ त्यसो भयो भने मात्र सेमेस्टर प्रणालीलाई
सकारात्मक रुपले लागु गर्न सकिन्छ । जसमा यसका सकारात्मक पक्षमा विधार्थीको
नियमितता वृद्धि अर्थात ८० प्रतिशत हाजिरि शिक्षक र विधार्थीको अर्न्तकिया,
कक्षाकोठामा नियमितता, विधार्थीको क्रियाशिलतामा वुद्धि अर्थात आन्तरिक परिक्षामा
सहभागिता, सामुहिक छलफलमा उपस्थिति र आफनो प्रभावकारी प्रस्तुतिकरण,
अनुसन्धानमा अग्रसरता, कक्षाकोठामा सुधार अर्थात सामग्रीको व्यवस्थापन :
कक्षाकोठामा मल्टि मिडिया ल्यापटपको पूर्ण व्यवस्था, अर्न्तक्रियात्मक पढाई र
विधार्थीको प्रस्तुतिकरणमा प्रभावकारीपना, प्रोजेक्टरको पूर्ण व्यवस्था आदि भएमा
यसको सकरात्मक प्रतिफल आउने देखिन्छ । त्यसैगरि परिक्षाफलमा सुधार, सेमेस्टर
प्रणालीमा शैक्षिक क्यालेण्डर आदिलाई ध्यान दिईनुपर्ने देखिन्छ ।

सेमेस्टर प्रणाली एउटा परिक्षा प्रणाली मात्र नभएर शिक्षा प्रणाली हो । जसमा
पठनपाठन शिक्षक के न्द्रित भन्दा पनि विधार्थीके न्द्रित हुने गर्दछ । यसमा अध्ययन,
अध्यापन, अनुसन्धान, परिक्षा एवम्‌ विधार्थीको परिक्षाफल नियमित गराउने प्रयास
गरिन्छ । यसै प्रसगंमा निजको धारणा यस प्रकार रहेको छ :- त्यस्तै विभिन्न
विषयलाई क्रे डिट आवरको आधारमा पठनपाठन, अनुसन्धान इत्यादि पाठ्योजना बनाई
गर्ने गरिन्छ । उहाहरुँले अन्तराष्ट्रिय प्रचलन अनुसार सामान्यतया ४ क्रे डिट
आवरको हप्तामा ६ घण्टा ३ क्रे डिट आवरको हप्तामा ५ घण्टा र २ घण्टा विभिन्न
विधिबाट विधार्थीहरुलाई पठनपाठन गराईन्छ । हाल विभिन्न संकायमा संचालन गरिने
सेमेस्टर प्रणालीमा प्रति क्रे डिट आवरको कोर्षलाई १६ घण्टाको समयमा पुरा गर्ने
चलन रहेको छ । यसरी ४ क्रे डिट आवरको ६४ घण्टाप्रति सेमेस्टर ३ क्रोडिट
आवरको लागि ४० घण्टाप्रति सेमेस्टर र २ क्रे डिट आवरको लागि ३२ घण्टाप्रति
सेमेस्टर विभिन्न विधिबाट पठनपाठन गराउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
बुदाँगतरुपमा उहाँहरुको धारणात गाई र नियमाअनुसार प्रस्तुत गर्न सकिन्छ :-

क) सेमेस्टर प्रणालीको व्यवस्थापन एवम्‌ कार्यान्वयन गर्नका लागि विस्तृत कार्य


बिधिको निर्माण गर्नुपर्दछ ।

ख) शैक्षिक क्यालेण्डर, प्रवेश परिक्षा र मेरिटका आधारमा निश्चित कोटामा विधार्थी


भर्ना गर्नुपर्दछ ।

ग) तोकिएको समयमा पाद्योजना अनुसार विषयहरुको पठनपाठन हुनुपर्दछ ।

घ) नियमित कक्षा संचालन र शिक्षक विधार्थीको अनिवार्य उपस्थित गराउनुपर्दछ ।

ङ) विधार्थीका सबल र कमजोर पक्षका बारेमा समय समयमा शिक्षकहरुले


विधार्थीहरुलाई जानकारी दिनुपर्दछ।

च) तोकिएको समयमा विधार्थीलाई कक्षाकोठाको समय भन्दा बाहेक पनि शिक्षकसित


अन्तक्रिया गर्ने अवसर दिईनुपर्दछ ।

छ) पुस्तकालयको उचित व्यवस्थापन गरिनुपर्दछ ।

ज) आधुनिक प्रविधिको सुविधा र तिनमा विधार्थीको पहुँच हुनुपर्दछ ।

झ) परिक्षाको गोपनियता कायम गरिनुपर्दछ ।

ञ) ग्रेड र मूल्याङ्कन गर्ने प्रक्रिया गरिनुपर्दछ ।


ट) समयमा परिक्षा लिने र त्यसको नतिजा समयमै गरिनुपर्दछ ।

ठ) शिक्षक र विधार्थीलाई अनुसन्धानको पूर्ण अवसर दिनुपर्दछ ।

त्यसैले त्रिभुवन विश्वधिालयमा सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रभावकारी


बनाउन सम्पूर्ण पुर्वाधारहरुलाई व्यवस्थित रुपले सूचारु गरे त्यसै अनुसार कामको
विकास गर्न सके मात्र यसको औचित्य पृष्टि हुने देखिन्छ । त्यसकारण यस सेमेस्टर
प्रणालीको कार्यान्वयन दीर्घकालिन रणनिति कार्ययोजना लागु गरेर मात्र यसको विकास
हुने भएकोले यसतर्फ सबै निकायको वा विश्वावधालय परिवारको ध्यान जानु जरुरी
देखिन्छ । अझ बिर्श्वावधालयमा सेमेस्टर उन्मुख दक्ष जनशक्ति उत्पादन र
मूल्याडकन प्रणालीलाई चुस्त दुरुस्त बनाउन आजको आवश्यकता रहेको छ।
शिक्षाशास्त्र संकाय स्नाकोत्तर तहको आन्तरिक मूल्याङ्कनप्रति धारणा शिर्षक खासगरि
सेमेस्टर प्रणालीमा लिईने मूल्याङ्कन प्रक्रिया, यसको कार्यान्वयन नीतिगत व्यवसथा
आदिको आन्तरिक मूल्याङ्कनको आधार हो । त्यसैले यस सेमेस्टर प्रणालीमा
आन्तरिकमूल्याङ्‍कनलाई प्रभावकारी बानउदै लागिएको पाइन्छ । विद्यार्थीहरुलाई
पूर्णरुपमा सक्रिय बनाउदै त्यसमा पनि सामान्यदेखि विशिष्ट लेख कसरी लेख्‍ने,
त्यसको आधार के हुने भन्‍ने बारेमा यसको आधार खडा गरिएको पाईन्छ ।
विधार्थीलाई अझ सक्रिय बनाउदै शिक्षक एक मार्ग दर्शक र (मोटिभेटर र
काउल्सिल) को रुपमा रहेर सजिलै कार्य अगाडि बढाउन मद्दत पुर्याउने काम भएको
छ [त्यसै अनुसार सेमेस्टर प्रणालीको विनियम २०७४ ले यस आन्तरिक मूल्याङ्कन
प्रक्रिया, शिक्षण प्रक्रिया, भर्ना प्रक्रिया, अध्ययन विधि, शिक्षण पद्धति र शिक्षण विधि
मूल्याडकन र परिक्षा, श्रेणी निर्धारण प्रणाली शोधपत्र लेखन लगायतका नीतिगत
व्यवस्थाहरु उल्लेख गरिएको छ । त्यसैले पनि यस विश्वविधालयले सेमेस्टरको
औचित्यलाई अझ प्रभावकारी बनाई समग्रमा एकरुपता ल्याउन सक्नुपर्छ ।
स्नात्तकोत्तर तहको आन्तरिक मूल्याङकनप्रति विधार्थीको धारणा शिर्षकमा खास गरि
विधार्थीहरुको धारणा, दृष्टिकोण न्यालिएको छ । यसमा बिधार्थीहरुले आफना
सकारात्मक बिचार दिएका छन्‌ भने के हिले नकरात्मक बिचार पनि दिएका छन्‌ ।
त्यसैगरि शिक्षकहरुको अनुभवमा यसको कार्यान्वयनको अवस्थासँग सम्बन्धित कु राहरु
यसको गुणस्तरीयताको पक्ष र विकासको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्थित
व्यवस्थापन भए मात्र यसले विश्वविधालयको गरिमा बढाउने र शिक्षण सिकाईमा
अर्न्तक्रिया, शिक्षक के न्द्रित सिकाई भन्दा विधार्थी के न्द्रित सिकाई शिक्षण र खोज
अनुसन्धान आदिलाई विशेष ध्यान दिनुपर्छ । साथै शिक्षक र विधार्थीको खोज
अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाई, सेमेस्टरको भर्ना पुरा गर्ने सम्पूर्ण आधारलाई
पालना गर्नुपर्ने काम पनि यस सेमेस्टर कार्यान्वयन निकायको रहन्छ , त्यसैले आफनो
आफनो विभागलाई पूर्ण अधिकार दिई यसलाई पूर्ण रुपमा परिपालन गर्नु आजको
आवश्यकता रहन्छ ।

निरन्तर विधार्थी मूल्याङ्कन सिकाई प्रक्रियासँगै चल्ने पद्धति हो । यो प्रभावकारी


शिक्षण सिकाईको लागि शिक्षण प्रक्रिया र मूल्याङ्कन प्रक्रियालाई अलग गर्न सकिदैन
तर व्यवहारमा यस प्रकारको अभ्यास नहुँदा यसको उपयोगितामाथि नै प्रश्न चिन्ह
खडा भएको पनि पाईन्छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन सिकाई
प्रक्रिया र मूल्याङ्कन प्रक्रिया सगँसगैँ अगाडि बढाउन विधार्थी के न्द्रित शिक्षण
विधिहरुको प्रयोग गरेर शिक्षण गर्नु आवश्यक हुन्छ । यसका लागि कक्षाकार्य,
अवलोकन, प्रश्नोत्तर, छलफल, परियोजना कार्य, व्यवहार परिवर्तन जस्ता कार्यहरु
निरन्तर मूल्याङ्कनका आधार तत्व हुन्‌ । त्यसैले आन्तरिक मूल्याड्कन गर्दा लिएको
परिक्षा विधार्थी मैत्री बन्न नसके को विधार्थीहरुको बिचार रह्यो । आन्तरिक मूल्याङ्कन
व्यक्तिगत, सामाजिक, राजनैतिक वा अन्य प्रभावबाट मुक्त हुन नसके को प्रतिक्रिया
आउनु पनि सम्बन्धित पक्षका लागि एउटा चुनौतिपूर्ण विषय नै मान्न सकिन्छ ।
त्यसैगरि आन्तरिक मूल्याइकन प्रतिको विधार्थीको धारणामा आन्तरिक मूल्याङ्कनका
लागि निर्धारण गरिएका विभिन्न आधारहरुको विश्वसनियता वैधताबाट पनि यसको
मूल्याङ्कन अझै राम्रो हुनुपर्ने देखिन्छ ।

सन्दर्भ सामाग्री

१) अधिकारी देवराज (२०७१) “त्रि.वि.मा सेमेस्टर प्रणालीका चुनौती एवम्‌


अवसरहरु ५५ औ वार्षिक दिवस विशेषाङ्क २०७१, पृ.७-१५, त्रिभुवन विश्वविधालय
काठमाडौँ ।

२) त्रि.वि.(२०७१) त्रिभुवन विश्वबिधालय, आर्थिक बर्ष २०६९/०७० को प्रस्तावित


कार्यक्रम बजेट, त्रिभुवन विश्वधालय ।

३) अधिकारु देवराज (२०७२) “त्रि.वि. मा सेमेस्टर प्रणाली एक अनुभव” ५६ औ


वार्षिक दिवस विशेषाङ्क (२०७२:पृष्ठ ४-१०) त्रिभुवन विश्वविधालय काठमाडौं ।
४) रेग्मी दानराज (२०७४)“मानविकी तथा सामाजिक शास्त्र संकायमा सेमेस्टर
प्रणाली :औचित्य, चुनौति तथा समाधानका उपायहरु ” ५८ औ वार्षिक दिवस
विशेषाङ्क २०७४, पृष्ठ १३-२४, त्रिभुवन

विश्वविधालय काठमाडौं ।

५) पौडेल लाल (२०७४) “त्रि.वि. सेमेस्टर सुधारका १७ उपाय” कान्तिपुर भाद्र


२४ ।

६) शिक्षाशास्त्र डिनको कार्यालय (२०७४), त्रिभुवन विश्वधिालय सेमेस्टर प्रणाली


सञ्चालन विनियम । लेखक

७) पौडेल लाल (२०७५) “सेमेस्टर प्रणालीको कार्यान्वयन र यसका सकारात्मक


पक्षहरु” ५९ औँ वार्षिक दिवस विशेषाङ्क २०७५, पृष्ठ २१-२७, त्रिभुवन
विश्वविधालय काठमाडौं ।

८) धिताल सोमनाथ (२०७५), सेमेस्टर प्रणाली, आवश्यकता, कार्यान्वयनको अवस्था


त्रि.वि. महेन्द्र रत्‍न क्याम्पस, २०७५, शिक्षक जनेल, काठमाडौं ।

अध्ययनका क्रममा प्रतिनिधि नमुनाको रुपमा छनौट गरिएका शिक्षकहरु र विद्यार्थीहरु

अन्तर्वार्तामा संलग्‍न शिक्षकहरुको विवरण

नाम/थर पद शिक्षणिय अध्यापन तह


रणधिर यादव शिक्षक, व्यख्याता बि.एड.
एम.एड. (शैक्षिक योजना
व्यवस्थापन)
श्याम बाबु राय उपप्रध्यापक, शिक्षण अभ्यास संयोजक बि.एड. (जनसंख्‍या शिक्षा)
तथा व्यख्‍याता एम.एड. (जनसंख्‍या शिक्षा)

अन्तर्वार्तामा संलग्‍न विद्यार्थीहरुको विवरण

नाम पद लिङ्ग मूल विषय अध्यापन


सेमेस्टर
ममता कु मारी विद्यार्थी महिला शैक्षिक योजना चौथो सेमेस्टर
यादव व्यवस्थापन
रजनिश पाण्‍
डे विद्यार्थी पुरुष जनसंख्‍या शिक्षा चौथो सेमेस्टर

You might also like