You are on page 1of 6

प्रस्तत

ु कर्ता
भरत शर्मा
श्री हरै या मा वि कन्चन-३,हरै या,रुपन्दे ही

कार्यमूलक अनुसन्धान कार्यको शिर्षक :


" विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला ?

अनुसन्धान कर्ता : भरत शर्मा


पद : शिक्षक
श्रेणी : तत
ृ ीय
कार्यरत विद्यालय : श्री हरै या मा वि कन्चन-३,हरै या,रुपन्दे ही

१ .पष्ृ ठभमि

विशेषगरी सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धिका बारे मा
विभिन्न छलफल, बहस, अन्तरक्रिया र गोष्ठीहरु हुने गरे का छन ् । सामुदायिक विद्यालयहरुमा सरकारले
गरे को लगानी अनुसार प्रतिफल प्राप्त नभएको, शिक्षाको गुणस्तर तथा उपलब्धिमा निरन्तर ह्रास आएको,
राज्यले शिक्षा क्षेत्रमा गरे का लगानी बालुवामा पानी हाले जस्तो भएको भन्दै शिक्षाविद् तथा विभिन्न
सरोकारवालाहरुबाट टिकाटिप्पणी हुँदै आएको छ । यसो हुनम
ु ा शिक्षक, अभिभावक, विद्यार्थी, सरकार,
शिक्षा नीति वा गरिबी दोषी को हो हरे कले आ–आफनो टाउकाको धल
ु ो झारी चोखिने प्रयास गर्दछन ् ।
सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक गुणस्तरको कारण खोज्दै जाँदा समस्याको चाङ नै लाग्न
सक्छ । त्यसको समाधानका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, तालिम, निःशुल्क
पाठ्यपुस्तक, छात्रवत्ति
ृ , भर्ना अभियान, प्रचारप्रसार आदि प्रयासहरु भएका छन ् । विद्यालय शिक्षालाई
गुणस्तरीय र उपलब्धिमूलक बनाउन अनेकौ प्रयासहरु भएका छन ् ।कतिपय प्रयासहरुको कार्यान्वयन
गरिएको छ भने कतिपय प्रयासहरु दस्ताबेजमा मात्र सिमित हुन पग
ु ेका छन ् । सरोकारवाला र समद
ु ायले
समेत समचि
ु त ध्यान दिन नसकेको एक जटिल समस्या कक्षाकोठामा विद्यार्थीको उपस्थिति न्यन
ू हुनु
पनि हो भन्ने मेरो ठहर छ ।

२. अध्यनको सन्दर्भ
वर्षभरिमा विद्यालयहरु कम्तिमा २२० दिन खुल्नुपर्दछ । विद्यालमा १९२ दिन पढाई हुनुपर्छ । वर्षभरिको
शिक्षक न्यूनतम उपस्थिति रजिष्टरमा पुगे पनि विद्यार्थी उपस्थिति हे र्दा १५० पुर्याउन पनि कठीन हुन्छ ।
विशेष गरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यालय खुल्दा पनि विद्यार्थी उपस्थिति अत्यन्त
न्यून रहे को दे खिन्छ । हरे क विद्यार्थीको कुल उपस्थिति कम्तिमा ७० प्रतिशत हुनैपर्ने भए पनि व्यवहारमा
प्रयोग भएको पाइदै न। कतिपय विद्यार्थी भर्ना हुने र जांच मात्र दिएर पनि कक्षा उत्तीर्ण गरे को पाइन्छ ।
विद्यार्थी र विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापकीय सुधारका लागि क्रियाशील विद्यालय
ब्यबस्थापन समिति
, स्रोतकेन्द्र , शिक्षक, अभिभावक र जिल्ला शिक्षा कार्यालयको समेत यस जटिल समस्याको बारे मा खासै
ध्यान पुगेको पाइदै न ।कक्षा कोठामा विद्यार्थीको न्युन उपस्तिथीको कारणले हरे क बिषयमा विद्यार्थीको
सिकाई उपलब्धि न्युन हुने समस्या त एकातिर छदै छ भने आर्को तिर यसले विद्यालयका अन्य
गतिबिधिहरुमा समेत प्रत्यक्ष वा परोक्ष प्रभाव परिरहे को दे खिन्छ । तसर्थ मैले कक्षाकोठामा विद्यार्थीको
न्युन उपस्तिथी र यसले परिरहे को नकारात्मक प्रभाव लाई न्यूनीकरण गर्ने हे तुले "विद्यार्थीलाई नियमित
रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला " शिर्षकमा क्रियात्मक आनुसन्धान सुरु गरें ।

३. अध्ययन को उद्देश्य

प्रस्तुत "विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला" शिर्षकमा
सम्पन्न गरिएको क्रियात्मक आनुसन्धानका उद्देश्यहरु निम्नानुसार रहे का थिय ।
विद्यार्थी अनियमितताका सम्भावित कारणहरु पत्ता लगाउने र
उक्त समस्या समाधानको लागि आवस्यक रणनीतिक प्रयासहरु कक्षाकोठामा प्रयोग गर्ने ।

४. समस्याको पहिचान

केही वर्ष पहिलेदेखि विद्यार्थी उपस्थितिलाई नियमित गर्न हरे क विद्यालयहरुमा ‘निरन्तर विद्यार्थी
मूल्याङ्कन’ विधि प्रयोगमा ल्याइए पनि त्यसको व्यवहारिक कार्यान्वयन उपुक्त ढं गबाट भएको दे खिदै न
। विद्यालयले तयार गर्ने मासिक, वार्षिक तथ्याङ्क तथा विवरण सम्बन्धित निकायमा पठाउदा पनि
विद्यालय खुलेको दिन, पढाइ भएको दिन, शिक्षक र विद्यार्थी विवरण समावेश भए पनि विद्यार्थीको
उपस्थितिबारे कतै उल्लेख भएको दे खिदै न । विद्यालयले हरे क वर्ष वार्षिक कार्ययोजना निर्माण गर्दछ ।
विद्यालयको समग्र विवरण झल्किने गरी फ्ल्यास (१) र फ्ल्यास (२) भरे र सम्बन्धित निकायमा पठाइन्छ
तर ती कुनै पनि विवरणमा विद्यार्थी उपस्थिति बारे विद्यालय स्वयम ् मौन दे खिन्छ ।
ग्रामीण सामुदायिक विद्यालयमा वर्षभरिमा झण्डै ४० प्रतिशत विद्यार्थी अनुपस्थित हुने एक अध्ययनले
दे खाएको छ । त्यसमा पनि विद्यालयमा उपस्थित भएर बीचमा कक्षा छोडेर जानेको संख्या मूल्याङ्कन
गर्ने हो भने स्थिति आझ गम्भीर दे खिन्छ । झण्डै ४० प्रतिशत विद्यार्थीलाई कक्षा कोठा बाहिर राखेर
गरिने अध्यापन कार्यबाट कस्तो शैक्षिक गण
ु स्तर र सिकाइ उपलब्धि प्राप्त होला ? सहजै आंकलन गर्न
सकिन्छ । यस्तो अवस्थामा हाम्रा सम्पूर्ण लगानी र प्रयासहरु बॉझो खेतमा मलजल र सिंचाई गरे जस्तो
भएको छ ।

५.समस्याको कारणः

कक्षाकोठामा विद्यार्थी अनुपस्थित हुने कारणहरु खोजी गर्दै जाने हो भने अभिभावक, विद्यार्थी, शिक्षक,
विद्यालय प्रशासन, समाज, शिक्षा नीति र अभिभावकको आर्थिक अवस्था आदि जिम्मेवार दे खिन्छन ् ।
मैले यस विषयमा अध्ययन सुरु गरिसकेपछि उद्देश्य मुलक नमुना छनोट विधिको प्रयोग गर्दै सबै
सरोकारवाला हरुको प्रतिनिधित्व हुने गरि यो समस्याका सम्भावित कारणहरु पत्ता लगाउने प्रयास गरें ।
मेरो प्रयास बाट निम्न कारणहरु पत्ता लागे ।
आर्थिक कारण
सामाजिक कारण
पारिवारिक कारण
विद्यालयको कमजोर भौतिक पूवाधार
परम्परागत अध्यापन विधि र शैक्षिक सामग्री
कमजोर कक्षाकोठा व्यवास्थापन
प्रेरणाको अभाव
असुरक्षा
शिक्षकहरुको बारम्बार हुने अनुपस्थिति
अतिरिक्त क्रियाकलापको अभाव
अभिभावकको न्यून शिक्षा र चेतनास्तर
शिक्षक–अभिभावक सम्बन्धको अभाव
उदार कक्षोन्नति र शिक्षाप्रति निराश
गलत मूल्यांकन प्रणाली
नीतिगत समस्या र हाम्रो मानसिकता
फितलो अनुगमन र सुपरीवेक्षण आदि

६.चरणबद्ध रणनीतिक प्रयासहरु

"विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला" भन्ने सन्दर्भमा निम्न
चरणबद्ध प्रयासहरु गरियो ।

६.१ पहिलो चरण


अ) योजना : कक्षाकोठामा आन्तार्क्रि या गर्ने
आ) कार्य : चरणबद्ध रुपमा प्रत्येक कक्षाका विद्यार्थीसंग उनीहरुको न्युन उपस्तिथिको कारणले
कक्षाकोठामा शिक्षण कसरि प्रभावित भईरहे को छ भन्ने जानकारी दिदै उनिहरुसंग आन्तार्क्रि या गरियो ।
अन्तरक्रियामा कक्षा सात सम्मका विद्यार्थीलाई उनीहरु नियमित विद्यालय आउनाले निरन्तर
मल्
ु यांकनमा पर्ने असर सम्बन्धमा जानकारी दिइयो साथै नियमित विद्यालयमा उपस्तिथ भइ
विद्यालयका गतिविधिमा सहभागी हुन प्रोत्साहन गरियो ।
इ) अवलोकन : अन्तार्क्रि या पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहारमा के कस्तो
परिवर्तन आयो सो सम्बन्धमा आवलोकन गरियो ।
ई) प्रतिविम्बन : अन्तार्क्रि या गर्नु अघि भन्दा अन्तरक्रिया गरिसकेपछि नियमित रुपले विद्यालय आउने
विद्यार्थीहरु पनि ढिलो नगरी विद्यालय आएको पाईयो भने केहि अनियमित विद्यार्थीहरु पनि नियनित
हुन लागेको जस्तो दे खियो तर यो Intervention ले मात्र समस्या समाधान हुने नदे खी दोस्रो चरण मा प्रवेश
गर्ने निर्णय गरें ।

६ .२ दोश्रो चरण

अ) योजना : शिक्षक हरुको स्टाफ बैठक गर्ने


आ) कार्य : शुक्रवार मध्यान्तर पछि विद्यार्थीलाई बिदा दिएर बैठक गरियो । बैठकमा हरे क कक्षा
अध्यापकले,अन्य शिक्षकले ,प्र.अ. र स.प्र.अ. के गरे दे खि विद्यार्थी नियमित होलान ? भन्ने विषयमा
व्यापक र गम्भीर ढं गबाट छलफल गरियो । छलफलमा,वर्ष भरिमा सबै भन्दा बढी हाजिर हुने
विद्यार्थीलाई वार्षिकोत्सवको मूल समारोहको दिन कक्षागत रुपमा उचित पुरस्कार दिने र हरे क
विद्यार्थीको सम्पर्क नम्बर लिई उनीहरु विद्यालय अनुपस्तिथ हुदाको दिन उनीहरुको घरमा सम्पर्क
गरिने निर्णय गरियो र उक्क्त निर्णयको जानकारी कक्षाध्यापक मार्फ त विद्यार्थीलाई दिने गरि निर्णय
कार्यन्वयन गर्ने गराउने प्रतिबद्धता विद्यार्थी समक्ष गरियो ।
इ) अवलोकन : स्टाफ बैठक पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहार तथा
विद्यालय भित्रका सरोकारवाला हरुको व्यबहारमा के कस्तो परिवर्तन आयो सो सम्बन्धमा आवलोकन
गरियो ।
ई) प्रतिविम्बन : शिक्षक स्टाफ बैठकको निर्णय सम्बन्धमा जानकारी गराइसके पछिविद्यार्थीहरुमा पहिले
भन्दा नियमितता दे खियो। विद्यार्थीहरुले आफु अनुपस्तिथ हुनुपर्दा पुर्व जानकारी गराउने ,जानकारी
पूर्ववत गराउन नसकेको खण्डमा निवेदन पठाउने ,अभिभावकलाइ सम्पर्क गर्न लगाई बिदा लिएर मात्र
घरमा बस्ने लगाएतका व्यावहारहरु अनभ
ु व गर्न थालियो तर यो Intervention सम्म आइपग्ु दा पनि
समस्या पूर्ण रुपले समाधान भइनसकेकोले तेस्रो चरण मा प्रवेश गर्ने निर्णय गरें ।

६.३ तेस्रो चरण

अ) योजना : वि.व्य.;स.,शि.अ.संघ र अभिभावकसंग छलफल


आ) कार्य : विद्यालय प्रसासन संग सल्लाह गरि वि. व्य.स. को बैठकमा शि. अ. संघका पदाधिकारीलाई र
क्षेत्रगत रुपले अभिभावकको प्रतिनिधित्व हुनेगरि संयक्
ु त बैठक डाक्न अनरु ोध गरियो र उकक्त बैठकमा
कक्षाध्यापक समेत सहभागी भइ आवश्यक छलफल गरियो बैठकले शिक्षकलाई नियमित हुन र
विद्यार्थीसंग अभिभावकको भूमिकामा प्रस्तुत हुन निर्देशन गर्यो साथै शैक्षिक सत्रको अन्त्यमा राम्रो कार्य
गर्ने र उपस्तिथी बढी हुने शिक्षकलाई वि.व्य.स. ले पुरस्कृत गर्ने निर्णय गर्यो भने अब उप्रान्त सामान्य
परिस्तिथिमा आफना वालवालिकाहरुलाई घरमा नराखी विद्यालय पठाउने प्रतिबध्ता समेत गर्यो ।
इ) अवलोकन : संयक्
ु त बैठक पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहार तथा
विद्यालय भित्रका सरोकारवाला हरु र विद्यालय बाहिरका सरोकारवालाहरुको प्रतिबद्ता के कति
कार्यन्वयन भयो , भएन त्यसको अनुगमन गरियो ।
ई) प्रतिविम्बन : विद्यार्थीहरुलाई नियमित बनाउने हे तुले तेस्रो चरण सम्मको प्रयास गर्दै गर्दा
विद्यार्थी,शिक्षक,अभिभावक, प्रसासक लगायत सम्बद्ध सबै सरोकारवालाहरुमा एक किसिमको
नियमितता दिखियो। विद्यार्थी -विद्यार्थी,विद्यार्थी -शिक्षक, शिक्षक- शिक्षक,शिक्षक-प्रशासक,
विद्यालय प्रशासन-वि.व्य.स., शिक्षक अभिभावक संघ ,आम अभिभावक र अन्य सरोकारवालाहरुको
बिचमा राम्रो सम्बन्ध र सहकार्य हुन लागेको दे खियो । विद्यालय विस्तारै लथालिङ्ग अवास्थाबाट वाल
मैत्री र सभ्य हुन लागेको अनुभूति हुन लागेकोले intervention लाई यहीं अन्त्य गर्ने निर्णय गरें ।

७. अनुसन्धानको प्राप्ति

यस अनुसन्धानबाट निम्न कुराहरु प्राप्त भए।


विद्यार्थी अनुपस्थितिको दर घट्न थाल्यो
अभिभावकसंग निरन्तर सम्पर्क र सहकार्य हुन थाल्यो
शिक्षक–विद्यार्थी र अभिभावक-शिक्षकको संयक्
ु त बैठक र छलफल हुने वातावरण तयार भयो
छात्रवत्ति
ृ र निःशुल्क पाठ्यसामग्री वितरण लगायतका अन्य कार्यमा प्रशासनलाई सहयोग हुन लाग्यो
नियमित अनुगमन र मूल्याङ्कन कार्यको सुरुवात भयो
प्राथमिक उपचार र स्यानेटरी प्याडको व्यवस्था हुन पुग्यो
बालमैत्री कक्षा र मनोरञ्जक कक्षा क्रियाकलाप सुरु हुन गई विद्यार्थीको भाग्ने दर घट्यो
नियमित कक्षा सञ्चालन वा खाली घण्टीको अन्त्य हुन पग्ु यो
विद्यार्थी निरन्तर मल्
ु यांकनको व्यावहारिक कार्यन्वयन हुन पग्ु यो
अतिरिक्त क्रियाकलाप र खेलकूद सामग्रीको उपयुक्त व्यवस्था भयो
नीतिगत सुधार हुदै सहमति र सहकार्य द्वारा विद्यालय संचालन हुन लग्यो

८.निष्कर्ष

विद्यालय वा कक्षाकोठामा विद्यार्थी अनुपस्थित हुने मुख्य कारण झट्ट हे र्दा विद्यार्थीको मात्र कमजोरी
जस्तो दे खिए पनि वास्तविकता त्यस्तो होइन । यसमा अभिभावक,विद्यालय प्रशासन, शिक्षक, समद
ु ाय,
शिक्षासंग सम्बन्धित निकायहरु र नीति निर्मातासमेत जिम्मेवार दे खिन्छन ् । अतः यो समस्याको
समाधान गर्न पनि सबै पक्षको एकीकृत प्रयास हुनु जरुरी दे खिन्छ । तैपनि विद्यालयको मात्र प्रयासले
पनि यो समस्यालाई धेरै कम गर्न सकिन्छ । त्यसको लागि शिक्षक, प्रअ र विव्यसको जिम्मेवारीबोध, दृढ
इच्छाशक्ति, लगनशीलता, सक्रियता, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनको आवश्यकता पर्दछ ।

You might also like