Professional Documents
Culture Documents
Aakriti Bakhadyo - Clinical Works - 4th Year - KSL2023
Aakriti Bakhadyo - Clinical Works - 4th Year - KSL2023
क्लिनिकल वोर्क स
बुझाउनेः
रजिस्ट्रे सन न. :- ०२७-५-०६८८३-२०१९
बुझिलिनेः
पुर्वाञ्चल विश्वविद्यालय
Contents
परिच्छेद १ – परिचय.................................................................................................................... 3
१.१. पृष्ठभुमि.............................................................................................................................. 3
१.२. उद्देश्यः................................................................................................................................ 3
१.३.अध्ययन पद्धति..................................................................................................................... 4
छलफलको पद्दति..............................................................................................................4
१.४. सिमाङ्कनः............................................................................................................................. 4
परिच्छेद ५- विश्लेषण.................................................................................................................... 10
परिच्छेद ६- विश्लेषण.................................................................................................................... 11
परिच्छेद-७ चुनौतीहरुः...................................................................................................................11
परिच्छेद १ – परिचय
१.१. पृष्ठभुमि
क्लिनिकल लिगल वोर्क स एक यस्तो विषय हो जस्ले विद्यार्थीहरुलाई कानुनको व्यवहारीक ज्ञान
प्रदान गर्दछ। विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारीक ज्ञानबाट पनि शिक्षा प्रदान गर्नु पर्छ
भन्ने उद्धेश्यले सञ्चालन भएको क्लिनिकल कोर्स विषय अन्तरगत service to community outreach
Programme पनि रहेको छ । यस विषयले विद्यार्थी मार्फ त समाजमा भएको कानुनको अनविज्ञता
हताउनुका साथै कानुन सम्बन्धी चासोलाई कानुनी परामर्श शेवा दिने काम गर्दछ ।
काठमाडौं स्कु ल अफ लले विगतका कै यौं वर्ष झैं यस वर्ष पनि चौथो वर्षका विधार्थीहरुलाई
Community clinical outreach Programme कार्यक्रमका लागि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा
खटाएको थियो । हामीलाई clinical outreach programme अन्र्तगत सिन्धुपाल्चोक जिल्लाको चौतारामा
जम्मामा सात दिनको लागी लगेका थिए।
काठमाँडौ स्कु ल अफ ल ले क्लिनिकल आउट रिच प्रोग्रामको अनिवार्य पाठ्यक्रम अन्तर्गत १००
पुर्णाङकको ७ दिने विद्यालयहरुमा र स्थानिय वासीहरुलाई कानुनी शिक्षा दिने र आफु पनि ज्ञान
लिने कार्यक्रम संचालन गर्दै आएको छ । यस आवसीय कार्यक्रम अन्तर्गत बि.ए.ल.ल.बि चौथो वर्षका
विद्यमर्थीहरुलाई विभिन्न विद्यालय तथा निजि विद्यालयहरुमा भ्रमण, अवलोकन तथा शिक्षा प्रदान गर्न
मौका प्रदान गराइएको थियो।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न कानुनी विषयहरु जस्तै साईबर अपराध, वैवाहिक
जबरजस्ती करणी, नागरिकको हक र अधिकार आदिका विषयहरुको बारेमा सिन्धुपाल्चोक स्थित विभिन्न
विद्यालहरू र समाजमा गई त्यहाँ उपस्थित विद्यार्थी र नागरिकहरुलाई सचेत र अवगत गराउनु हो। अतः
यो विषय प्रयोगात्मक विषय हो जसले हामीलाई चाहिने कु राको अध्ययन गर्न सोही ठाँउको प्रत्यक्ष
अवलोकन गराएर हामी विद्यार्थीहरुलाई वस्तविक समाजमा परिचित गराउने गर्दछ।
१.२. उद्देश्यः
क्लिनिकल कानुनी शिक्षाको मूल उद्देश्य भनेको सैद्वान्तिक कु रा हरुलाई वास्तविक समाजमा लागू गर्न
सिकाउनु हो। किताब र ऐनमा मात्र समावेश गरेको कु राहरु पढेर वा बुझेर हामीले वास्तविक कानुनको
र त्यसको व्यवहारिजताको बारेमा बुझ्न सक्दैनौँ त्यस कारण यस अध्ययनको मुख्य उद्देश्य निम्न
बमोजिमको रहेको छः
विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विभिन्न कानुनी विषयहरुको बारेमा सचेत र अवगत गराउने।
विभिन्न समुदायका व्यतिहरुलाई कानुनी विषयको बारेमा जानकारि दिने र मद्दतको आवश्यकता
रहेको खण्डमा कानुनी सल्लाह सुझाव दिने।
विद्यार्थीहरुको कानुनी अभ्यास कौसल बनाउने।
१.३.अध्ययन पद्धति
क्लिनिकल आउटरिच कार्यक्रमको क्रममा हामीले निम्न उल्लेखित पद्धतिहरुको प्रयोग गर्यौं।
नोटः हामीले उल्लेखित विषयहरुको छलफल गर्दा कक्षाकोठा अनुसार छलफलको विषय छनोट गरी उक्त
विषयहरुमा छलफल गरेका थियौँ।
उदाहरणः
नागरिक सचेतना कार्यक्रम : माथि उल्लेखित सम्पूर्ण स्थानहरुमा हामीले प्रत्यक्ष सहभागी
भई सिदुपाल्चोकका विभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरुलाई विभिन्न विषयहरुमा सचेत
गराउने कार्य गरेका थियौँ। सो कार्य गर्दा हामी स्वयम निजहरुको घरमा गई निजहरुसंग
विभिन्न विषयमा छलफल\गफ गर्यौँ।
१.४. सिमाङ्कनः
उक्त क्लिनिकल आउटरिच कार्यक्रम हामीले सिन्दुपाल्चोकक र भक्तपुर दुबै जिल्लाको जम्मा
६ वटा विद्यालयहरु छानी सो विद्यालयहरुमा मात्र सञ्चालन गरेका थियौँ।सो विद्यालयको
नाम निम्न बमोजिम रहेको छः
उल्लिखित विद्यालयहरुमा हामीले हाम्रो छलफल वैवाहिक जबरजस्ती करणी र राम्रो \ नराम्रो
स्पर्श (Good touch and Bad touch) गरी यि दुई वटा विषयहरुमा मात्र सिमित गरेका
थियौँ।
* मन्जुरी * २० वर्ष भन्दा माथिको उमेर * बहुविवाह भएको हुनुनहुने * हाडनाता करणी
हुनुनहुने।
त्यसै गरी कसैले कसैलाई निजको अनुमति बिना करणी गरेमा त्यस्तो कार्यलाई जबरजस्ती करणी
भएको मानिन्छ। अतः कु नै व्यक्तिले कसै संग शारिरीक सम्पर्क राख्नको लागी निजको मन्जुरीको
आवश्यकता हुन्छ। त्यसैगरी वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई अथवा
पत्नीले पतिको मञ्जुरी बेगर शारीरिक समबन्ध राख्न खोजेमा त्यस्तो कार्यलाई वैवाहिक जबरजस्ती
करणी भनेर बुझिन्छ। नेपालको सन्दर्भमा वैवाहिक सम्बन्धमा पनि जवरजस्ती करणी हुन्छ र सो
कार्य पनि अपराध हो भन्ने अवधारणा मीरा कु मारी ढुङ्गाना बि.श्री ५को सरकार , २०५८ सालको
रिट नं ५५ मुद्दा बाट स्थापित भएको थियो । २०५९।०१।१९ मा फै साला भएको सो मुद्दामा
सर्वोच्च अदालतले आवश्यक कानून तर्जूमा गर्नको लागि निर्देशनात्मक आदेश दिएको थियो र
सोहीअनुरुप २०६३ सालमा मुलुकी ऐन २०२० को संशोधन गरी वैवाहिक जवरजस्ती करणीलाई
अपराधिकरण गरेको थियो भने पछि गएर जित कु मारी पङ्गेनी विरद्द नेपाल सरकारको मद्दाले
वैवाहिक जबरजस्ती करणी पनि जबरजस्ती करणी हो भनी स्थापित भएको थियो र सो अपराध गर्ने
व्यक्तिलाई ५ बर्ष सम्मको सजाय हुनेछ भनी निर्धारण गरीयो। तसर्थ, हालको मुलुकी अपराध
संहिता२०७४, दफा २१९(४) को आधारमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले
पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कै द हुनेछ भन्ने व्यवस्था गरीएको छ।
करणी लिनु दिनु आफै मा अपराध होइन । ज्ञद्ध तर सो यौन समागमनमा सहमति छैन वा स्वतस्र्फू त
रुपमा दिइएको सहमति नभएको अवस्थामा सो यौन समागमन जवरजस्ती करणी हुन्छ । जवरजस्ती
करणीको अपराध स्थापित हुन मूलतः २ वटा आधारभूत तत्वहरु अनिवार्य हुन्छन् । जवरजस्ती
करणी गर्ने मनसाय, जवरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको
अवस्था । यस्ता आधारभूत तत्व बिद्यमान भएको अवस्थामा जवरजस्ती करणीको कसुर स्थापित
हुन्छ ।
उपलब्धिः उक्त विद्यालयमा कक्षा संचालन गर्दा सो कक्षाका भाईबहिनिहरू एकदम ज्ञानी र नया
करा सिक्न रुचाउने खालका पायौँ। निजहलाई सुरुमा हामीले वैवाहिक ज.क. को बारेमा जानकारी
छ भनेर सोध्दा निजहरूबाट के हि प्रतिकृ या आएन तर जबरजस्ती के हो र विवाह के हो भनेर
निजहारुबा हामीले जान्न खोज्दा उहाँहरुबाट हामीले राम्रो उत्तर पाएका थियौँ। तर प्राय सबै जानले
वैवाहिक पुरुष वा महिलाले कु नै अविवाहित पुरूष वा महिलालाई ज.क. गर्यो भने सो लाई वैवाहिक
ज.क.भनिन्छ भनेर बुझ्नु भएको रहेछ।तर कक्षाको अन्त्यमा हामीले विद्यार्थीहरुलाई सबै कु राको
जानकारी दिन सफल भएका थियौँ।
उपलब्धिः श्री कृ ष्ण रत्न उच्च माध्यामिक विद्यालयमा पनी हामीले विद्यार्थीहरुलाई वैवाहिक
ज.क. को बारेमा सोध्दा निजहरुलाई यस्को बारेमा जानकारी थिएन। उहाँहरुले पनि वैवाहिक ज.क.
भन्ने शब्द पहिलो पटक सुन्नुभएको थियो भने वैवाहिक ज.क. को बारेमा उहाँहरुलाई राम्रो जानकारी
थियो।हामीले सो विटयमा कक्षा संचालन गरिरहदाँ निजहरु लजाएर हामिले गरको प्रश्नको उत्तर
नदिने र बदि जस्तो चुप्प लागेर बसेका थिए। पछि छलफल गर्दै जादाँ निजहरुले उत्तर दिने प्रयास
गर्नुभएको थियो त अन्त्यमा उहाँहरुसंग प्रतिकृ या लिदा निजहरुले राम्ररी उत्तर दिनुभयो।अतः यस
विद्यालयमा प्राय विद्यार्थीहरुले विवाहपछि मन्जुरी बेगर शारिरिक सम्पर्क राख्नु पनी गलत होइन भन्ने
सोचाई राख्नु भएको थियो जुन पछि हामीले उहाँहरुलाई प्रष्ट पारिदिएका थियौँ।
उपलब्धिः यस विद्यालयमा पनि हामीले के हि नयाँ कु रा अनुभव गरेनौँ। अगाडी गएका विद्यालयमा
जस्तै यस विद्यालयका विद्यार्थीहरुलाई पनि यस विषयको वारेमा जानकारी थिएन र उक्त विद्यालयमा
पनि हामीले विद्यार्थीहरु संग छलफल गरेर निजहरुलाई अन्त्य मा सो विषयमा स्पष्ट रुपमा
जानकारी दिएर आएका थियौँ।
अतः सो गाऊँ मा मानिसहरू संग छलफल गर्दा हामिले त्यस ठाउँमा मुख्य महिलापुरुष बिच हुने
भेदभाद, असुरक्षित महिनावारी र बालविवाहको समस्या रहेको जानकारी पायौँ र आफू संग रहेको
जानकारि त्यहाँका बासिन्दाहरुलाई बात्यौँ।
उपलब्धिः उक्त दिन कक्षा १२ संग वैवाहिक ज.क. को बारेमा छलफल गर्दा हामीले पहिले गएको
विद्यालयहरूमा जे पाएका थियौँ त्यहिनै पायौँ। निजहरुलाई पनि यो विषयमा के हि जानकारी थिएन
तर अन्य विद्यालयहरुमा जस्तै हामीले त्यहाँ पनि हामी संग भएको जानकारी बाट सो विषयमा
उहाँहरुलाई सचेत बानउन सफल भयौँ।त्यसै गरी कक्षा ६ संग राम्रो स्पर्श र नराम्रो स्पर्श बारे
छलफलगर्दा हामीलाई त्यति गाह्रो महसुस भएन। विद्यार्थीहर सानासाना भएता पनि उहाँहरलाई
कस्तो स्पर्ष राम्रो हो र कस्तो नराम्रो हो भन्ने जानकारी राम्ररी थियो। त्यस माथि हामिले
निजहरुलाई कोमल नामक भिडियो देखाएर उहाहरुसंग भएको जानकारीलाई अझै फराकिलो बनाउने
प्रयास गर्यौ र मुख्यतः हामिले निजहरुलाई राम्रो स्पर्श र नराम्रो स्पर्शको बारेमा भिन्नता छु त्याउनमा
पनि मद्दत पुर्यायौँ।
सिन्दुपाल्चोक जिल्लामा हाम्रो कार्यक्रम सुचारू गर्न भन्दा अगाडी हामी भक्तपुर उपत्यका भित्रका
दुईवटा विद्यालयहरुमा गएका थियौँ। मिति २०८०-४-२५ गते हामी ख्वप उच्च मा.वि मा गएका
थियौ भने मिति २०८०-४-१९ गते हामी मोर्डन बोर्डीङ मा.वि. मा गएका थियौँ। दबै विद्यालयमा
हामीले कानुन संकायका विद्यार्थिहरुलाई वैवाहिक ज.क. को बारेमा जानकारि दिने प्रयास गरेका
थियौँ। उक्त विद्यालयमा हामीले कानुन संकायका विद्यार्थीहरुलाई नै कक्षा लिएको भएतापनि एकदमै
कम संख्याको विद्यार्थीमा मात्रै यस विषयमा सामान्य जानकारी भएको पायौं ।अतः त्यहाँ हामीले
सिदै वैवाहिक ज.क. को बारे छलफल गर्न भन्दा पनि तहगत रुपमा विवाह के हो?, जबरजस्ती
करणी के हो? भनेर छलफल गर्यौ। अन्तिममा हामीले बैवाहिक जबरजस्ती करणीको बारेमा
छलफल गरी विद्यार्थी साथीहरुको सोचाइमा के ही परिवर्तन ल्याउन सफल भयौं ।
नोटः अन्तत वैवाहिक जबरजस्तिको बारेमा प्राय कसैलाई थाहा नहुने भएकोले हामीले हरेक
विद्यालयका उच्चस्तरिय कक्षाहरूमा छलफल गर्न यस विषयलाई मात्र छानेका थियौँ र यहि विषयमा
पोख्त भई यस्मै विकाश गरेर अन्य विषयहरुमा छलफल गरेका थिएनौँ।
परिच्छेद ५- विश्लेषण
बिबाहलाई सामाजिक परम्परा अनुसार परिवार बिस्तारको एक आधार मानिन्छ र बैबाहिक
सम्बन्धलाई नेपाली समाजले प्रजननको आधारको रुपमा पनि मान्यता दिएको छ । जवरजस्ती
करणी आपराधिक कार्य हो यसमा कु नै बिमति छैन तर बैबाहिक सम्बन्ध भएका पति र पत्नी बिचमा
पनि बलात्कार हुन सक्छ कि सक्दैन भन्ने प्रश्न फौज्दारी बिधिशास्त्रमा रहिरहेको प्रश्न हो । कु नै
पनि महिलाको सहमति बेगर निजसंग यौन सम्पर्क राख्नु वा राख्न खोज्नु अपराध हो । बैबाहिक
सम्बन्धमा पनि यो प्रावधान लागू हुन्छ । यसै सन्दर्भमा बैबाहिक बलात्कारलाई नेपालमा २०६३
सालमा नै अपराधिकरण गरेको थियो, कानुनतः सजाय पनि निर्धारण गरिएको छ । तर समाजिक
परम्परा, संस्कार र संस्कृ तिका कारण अझै पनि बैबाहिक बलात्कारको अवधारणाका बिषयमा
मानिसहरु खुलेर कु रा गर्ने तथा यसलाई अपराधको रुपमा मुल्यांकन गरिरहेको अभाव भेटियो ।
कानुन त छ तर कार्यान्वयनका हकमा भने यसको बिषयमा जानकारीको कमि र जानकारी भएर
पनि कार्यान्वयनमा नजाने पद्धति यस अध्ययनले देखाएको छ । कानुन बनेरमात्र पुग्दैन यदि यसको
कार्यान्वयन नै हुँदैन भने । त्यसतै गरि महिला मात्रै बलात्कारको पीडित हुन्छन् र पुरुषले मात्रै यो
अपराध गर्छन् भन्ने मानसिकता पनि अव परिवर्तन गर्न आवश्यक देखिन्छ।
विभिन्न पढेलेखेका विद्यार्थी हरूलाई पनी अझै सम्म वैवाहिक बलात्कार के हो भनी थाहा भएको
अवस्था छैन। सामान्यतया विवाहको लागि सहमति दिनु लाई नै श्रीमान र श्रीमति बिच शारीरिक
सम्र्पकको लागि सहमति दिनु हो भन्ने मान्यता जनमानसमा रहेको छ।यस्तै सो हामीले उल्लखित
विद्यालय र समुदायका मानिस हरुमा पनि पाएका थियौँ। निज हारुलाई यो जानकारी दिदाण कि
उहाँ हरु अचम्म मान्नुहुन्थ्यो कि त यस्तो पनि नचाहिने हुन्छ भनेर झरकिनु हुन्थ्यो।यो विषय
एकदमै संवेदनशील विषय भएको कारण जनमानसहरु यस विषयको छलफलमा भाग लिन नरुचाउने
देखिन्थे।अतः यो ७ दिने कार्यक्रममा हामीले बदी ध्यान यसै विषयमा दिएका थियौँ र यसै विषयको
बारेमा छलफम गरेर मानिसहरुको मनसाय र यस विषय सम्बन्धित ज्ञानलाई बुझ्ने प्रयास गरेका
थियौँ।
परिच्छेद ६- विश्लेषण
क्लिनिकल विषयले विद्यार्थीहरुलाई कितावि ज्ञानमा मात्र सिलित नराखि व्यवहारिक शिक्षा समेत दिने
हुदाँ विद्यार्थीहरुले कक्षामा सिके को व्यवहारिक ज्ञानलाई समयानुरूप समाजका विभिन्न विषयहरुमा
वाहिएको खण्डमा प्रयोग गर्न सक्दछन्।यस क्लिनिकल कानुनी शिक्षा अन्तर्गत घुम्ती शिक्षा निकै
प्रभावकारी रह्यो। तसर्थ व्यावहारिक ज्ञानले मानिसलाई व्यावहारिकता बोध आत्र नभई मानिसलाई
सत्य र असत्यको बाटो छु ट्याईदिन्छ। यसले व्यक्तिगत सिप सिकाउनुका साथै सो व्याक्तिगतले
आर्जन गरेको ज्ञानलाई सहि उपयोग गर्ने तिर लान्छ। यस कार्यक्रमले हामीलाई सो कु राको
अनुभूति समेत दिलाएको छ। यस हिसाबले हामीलाई यस कार्यक्रमले किताव ज्ञानबाट अझै एक तह
माथिको व्यावहारिक ज्ञान दिई मलाई सत्य कु राको जानकारी दिईआफु भित्र अनुशासन र
सदाचारको भावना निर्माण गर्न मद्दत पुर्याएको छ।
कानुनी विषयहरु धेरै छन जस्को जानकारी हामी कानुनका विद्यार्थी बाहेकका अन्य जनमानसले पनी
बुझ्न एकदम महत्वपुर्ण छ र तसर्थ यस क्लिनिकल विषय अन्तर्गतको कार्यक्रमले जनमानसमा
सचेतना फै लाउने कार्यलाई अलिक सफल बनाएको छ।
परिच्छेद-७ चुनौतीहरुः
यस सात दिने कार्यक्रममा ज्ञान पुर्वक र रमाईलो भएता पनि हामीले यो कार्यक्रमा निम्न बमोजिमका
चुनौतिहरु भोगेका थियौँ-
भाषामा कठिनाईः हामीले कक्षा लिन गाएका प्राय विद्यालयहरु सरकारी भएको कारण हामीले
उक्त विद्यार्थीहरु संग सामान्य अङ्ग्रेजीको प्रयोग गर्दा निजहरुलाई बुझ्न गार्हो हुन्थो
जसकारण हामीलाई हाम्रो विषयवस्तु छलफल गर्न गाह्रो परेको थियो।
दोस्रो, वैवाहिक ज.क. एउटा सम्वेदनशील विषय भएको कारणले प्राय विद्यार्थीहरु र जनमानस
यस बारे खुलेर बोल्न लजाउन्थे जसकारण हामीले निजहरुबाट उँहाहरुको विचार बुझ्न
पाएनौँ।
तेस्रो, विद्यालय आफ्नै कोर्स पुरा नभएको कारण हामीले विद्यालयहरुमा कक्षा लिन एकदमै
गाह्रो भएको थियो।