You are on page 1of 6

कार्यमूलक अनुसन्धान

Action Research
शीर्षक " विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि
उपस्थित गराउन सकियाला ?

lzIfssf] gfd M— दिनेश कु मार यादव


tx M— प्रा . वि .
>]0fL M— t[tLo
ljBfno M— श्री आ . वि. महिसोथा , सिरहा न. पा. ०८, सिरहा

२०८०

1
कार्यमुलक अनुसन्धानको नमुना
(क) कार्यमूलक अनुसन्धान कार्यको शिर्षक
" विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला ?
१ .पृष्ठभूमि
विशेषगरी सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धिका बारेमा विभिन्न
छलफल, बहस, अन्तरक्रिया र गोष्ठीहरु हुने गरेका छन् । सामुदायिक विद्यालयहरुमा सरकारले गरेको लगानी
अनुसार प्रतिफल प्राप्त नभएको, शिक्षाको गुणस्तर तथा उपलब्धिमा निरन्तर ह्रास आएको, राज्यले शिक्षा क्षेत्रमा
गरेका लगानी बालुवामा पानी हाले जस्तो भएको भन्दै शिक्षाविद् तथा विभिन्न सरोकारवालाहरुबाट टिकाटिप्पणी
हुँदै आएको छ । यसो हुनुमा शिक्षक, अभिभावक, विद्यार्थी, सरकार, शिक्षा नीति वा गरिबी दोषी को हो हरेकले
आ–आफनो टाउकाको धुलो झारी चोखिने प्रयास गर्दछन् । सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक
गुणस्तरको कारण खोज्दै जाँदा समस्याको चाङ नै लाग्न सक्छ । त्यसको समाधानका लागि विद्यालयको भौतिक
पूर्वाधार निर्माण, तालिम, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, भर्ना अभियान, प्रचारप्रसार आदि प्रयासहरु भएका
छन् । विद्यालय शिक्षालाई गुणस्तरीय र उपलब्धिमूलक बनाउन अनेकौ प्रयासहरु भएका छन् ।कतिपय
प्रयासहरुको कार्यान्वयन गरिएको छ भने कतिपय प्रयासहरु दस्ताबेजमा मात्र सिमित हुन पुगेका छन् ।
सरोकारवाला र समुदायले समेत समुचित ध्यान दिन नसके को एक जटिल समस्या कक्षाकोठामा विद्यार्थीको
उपस्थिति न्यून हुनु पनि हो भन्ने मेरो ठहर छ ।
२. अध्यनको सन्दर्भ
वर्षभरिमा विद्यालयहरु कम्तिमा २२० दिन खुल्नुपर्दछ । विद्यालमा १९२ दिन पढाई हुनुपर्छ । वर्षभरिको शिक्षक
न्यूनतम उपस्थिति रजिष्टरमा पुगे पनि विद्यार्थी उपस्थिति हेर्दा १५० पुर्याउन पनि कठीन हुन्छ । विशेष गरी ग्रामीण
क्षेत्रका सामुदायिक विद्यालयमा विद्यालय खुल्दा पनि विद्यार्थी उपस्थिति अत्यन्त न्यून रहेको देखिन्छ । हरेक
विद्यार्थीको कु ल उपस्थिति कम्तिमा ७० प्रतिशत हुनैपर्ने भए पनि व्यवहारमा प्रयोग भएको पाइदैन। कतिपय
विद्यार्थी भर्ना हुने र जांच मात्र दिएर पनि कक्षा उत्तीर्ण गरेको पाइन्छ । विद्यार्थी र विद्यालयको शैक्षिक र भौतिक
व्यवस्थापकीय सुधारका लागि क्रियाशील विद्यालय ब्यबस्थापन समिति
, स्रोतके न्द्र , शिक्षक, अभिभावक र जिल्ला शिक्षा कार्यालयको समेत यस जटिल समस्याको बारेमा खासै ध्यान
पुगेको पाइदैन ।कक्षा कोठामा विद्यार्थीको न्युन उपस्तिथीको कारणले हरेक बिषयमा विद्यार्थीको सिकाई उपलब्धि
न्युन हुने समस्या त एकातिर छदैछ भने आर्को तिर यसले विद्यालयका अन्य गतिबिधिहरुमा समेत प्रत्यक्ष वा परोक्ष
प्रभाव परिरहेको देखिन्छ । तसर्थ मैले कक्षाकोठामा विद्यार्थीको न्युन उपस्तिथी र यसले परिरहेको नकारात्मक
प्रभाव लाई न्यूनीकरण गर्ने हेतुले "विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला "
शिर्षकमा क्रियात्मक आनुसन्धान सुरु गरें।
३. अध्ययन को उद्देश्य
प्रस्तुत "विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला" शिर्षकमा सम्पन्न गरिएको
क्रियात्मक आनुसन्धानका उद्देश्यहरु निम्नानुसार रहेका थिय ।
विद्यार्थी अनियमितताका सम्भावित कारणहरु पत्ता लगाउने र
उक्त समस्या समाधानको लागि आवस्यक रणनीतिक प्रयासहरु कक्षाकोठामा प्रयोग गर्ने ।

2
४. समस्याको पहिचान
के ही वर्ष पहिलेदेखि विद्यार्थी उपस्थितिलाई नियमित गर्न हरेक विद्यालयहरुमा ‘निरन्तर विद्यार्थी मूल्याङ् कन’
विधि प्रयोगमा ल्याइए पनि त्यसको व्यवहारिक कार्यान्वयन उपुक्त ढंगबाट भएको देखिदैन । विद्यालयले तयार गर्ने
मासिक, वार्षिक तथ्याङ् क तथा विवरण सम्बन्धित निकायमा पठाउदा पनि विद्यालय खुलेको दिन, पढाइ भएको
दिन, शिक्षक र विद्यार्थी विवरण समावेश भए पनि विद्यार्थीको उपस्थितिबारे कतै उल्लेख भएको देखिदैन ।
विद्यालयले हरेक वर्ष वार्षिक कार्ययोजना निर्माण गर्दछ । विद्यालयको समग्र विवरण झल्किने गरी फ्ल्यास (१) र
फ्ल्यास (२) भरेर सम्बन्धित निकायमा पठाइन्छ तर ती कु नै पनि विवरणमा विद्यार्थी उपस्थिति बारे विद्यालय
स्वयम् मौन देखिन्छ ।
ग्रामीण सामुदायिक विद्यालयमा वर्षभरिमा झण्डै ४० प्रतिशत विद्यार्थी अनुपस्थित हुने एक अध्ययनले देखाएको
छ । त्यसमा पनि विद्यालयमा उपस्थित भएर बीचमा कक्षा छोडेर जानेको संख्या मूल्याङ् कन गर्ने हो भने स्थिति
आझ गम्भीर देखिन्छ । झण्डै ४० प्रतिशत विद्यार्थीलाई कक्षा कोठा बाहिर राखेर गरिने अध्यापन कार्यबाट कस्तो
शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि प्राप्त होला ? सहजै आंकलन गर्न सकिन्छ । यस्तो अवस्थामा हाम्रा सम्पूर्ण
लगानी र प्रयासहरु बॉझो खेतमा मलजल र सिंचाई गरेजस्तो भएको छ ।
५.समस्याको कारणः
कक्षाकोठामा विद्यार्थी अनुपस्थित हुने कारणहरु खोजी गर्दै जाने हो भने अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय
प्रशासन, समाज, शिक्षा नीति र अभिभावकको आर्थिक अवस्था आदि जिम्मेवार देखिन्छन् ।
मैले यस विषयमा अध्ययन सुरु गरिसके पछि उद्देश्य मुलक नमुना छनोट विधिको प्रयोग गर्दै सबै सरोकारवाला
हरुको प्रतिनिधित्व हुने गरि यो समस्याका सम्भावित कारणहरु पत्ता लगाउने प्रयास गरें । मेरो प्रयास बाट निम्न
कारणहरु पत्ता लागे ।
आर्थिक कारण
सामाजिक कारण
पारिवारिक कारण
विद्यालयको कमजोर भौतिक पूवाधार
परम्परागत अध्यापन विधि र शैक्षिक सामग्री
कमजोर कक्षाकोठा व्यवास्थापन
प्रेरणाको अभाव
असुरक्षा
शिक्षकहरुको बारम्बार हुने अनुपस्थिति
अतिरिक्त क्रियाकलापको अभाव
अभिभावकको न्यून शिक्षा र चेतनास्तर
शिक्षक–अभिभावक सम्बन्धको अभाव
उदार कक्षोन्नति र शिक्षाप्रति निराश
गलत मूल्यांकन प्रणाली
नीतिगत समस्या र हाम्रो मानसिकता
फितलो अनुगमन र सुपरीवेक्षण आदि

3
६.चरणबद्ध रणनीतिक प्रयासहरु
"विद्यार्थीलाई नियमित रुपले विद्यालयमा कसरि उपस्थित गराउन सकियाला" भन्ने
सन्दर्भमा निम्न चरणबद्ध प्रयासहरु गरियो ।
६.१ पहिलो चरण
अ) योजना : कक्षाकोठामा आन्तार्क्रि या गर्ने
आ) कार्य : चरणबद्ध रुपमा प्रत्येक कक्षाका विद्यार्थीसंग उनीहरुको न्युन उपस्तिथिको कारणले कक्षाकोठामा
शिक्षण कसरि प्रभावित भईरहेको छ भन्ने जानकारी दिदै उनिहरुसंग आन्तार्क्रि या गरियो ।अन्तरक्रियामा कक्षा सात
सम्मका विद्यार्थीलाई उनीहरु नियमित विद्यालय आउनाले निरन्तर मुल्यांकनमा पर्ने असर सम्बन्धमा जानकारी
दिइयो साथै नियमित विद्यालयमा उपस्तिथ भइ विद्यालयका गतिविधिमा सहभागी हुन प्रोत्साहन गरियो ।
इ) अवलोकन : अन्तार्क्रि या पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहारमा के कस्तो परिवर्तन
आयो सो सम्बन्धमा आवलोकन गरियो ।
ई) प्रतिविम्बन : अन्तार्क्रि या गर्नु अघि भन्दा अन्तरक्रिया गरिसके पछि नियमित रुपले विद्यालय आउने विद्यार्थीहरु
पनि ढिलो नगरी विद्यालय आएको पाईयो भने के हि अनियमित विद्यार्थीहरु पनि नियनित हुन लागेको जस्तो
देखियो तर यो Intervention ले मात्र समस्या समाधान हुने नदेखी दोस्रो चरण मा प्रवेश गर्ने निर्णय गरें ।
६ .२ दोश्रो चरण
अ) योजना : शिक्षक हरुको स्टाफ बैठक गर्ने
आ) कार्य : शुक्रवार मध्यान्तर पछि विद्यार्थीलाई बिदा दिएर बैठक गरियो । बैठकमा हरेक कक्षा
अध्यापकले,अन्य शिक्षकले ,प्र.अ. र स.प्र.अ. के गरे देखि विद्यार्थी नियमित होलान ? भन्ने विषयमा व्यापक र
गम्भीर ढंगबाट छलफल गरियो । छलफलमा,वर्ष भरिमा सबै भन्दा बढी हाजिर हुने विद्यार्थीलाई वार्षिकोत्सवको
मूल समारोहको दिन कक्षागत रुपमा उचित पुरस्कार दिने र हरेक विद्यार्थीको सम्पर्क नम्बर लिई उनीहरु विद्यालय
अनुपस्तिथ हुदाको दिन उनीहरुको घरमा सम्पर्क गरिने निर्णय गरियो र उक्क्त निर्णयको जानकारी कक्षाध्यापक
मार्फ त विद्यार्थीलाई दिने गरि निर्णय कार्यन्वयन गर्ने गराउने प्रतिबद्धता विद्यार्थी समक्ष गरियो ।
इ) अवलोकन : स्टाफ बैठक पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहार तथा विद्यालय भित्रका
सरोकारवाला हरुको व्यबहारमा के कस्तो परिवर्तन आयो सो सम्बन्धमा आवलोकन गरियो ।
ई) प्रतिविम्बन : शिक्षक स्टाफ बैठकको निर्णय सम्बन्धमा जानकारी गराइसके पछिविद्यार्थीहरुमा पहिले भन्दा
नियमितता देखियो। विद्यार्थीहरुले आफु अनुपस्तिथ हुनुपर्दा पुर्व जानकारी गराउने ,जानकारी पूर्ववत गराउन
नसके को खण्डमा निवेदन पठाउने ,अभिभावकलाइ सम्पर्क गर्न लगाई बिदा लिएर मात्र घरमा बस्ने लगाएतका
व्यावहारहरु अनुभव गर्न थालियो तर यो Intervention सम्म आइपुग्दा पनि समस्या पूर्ण रुपले समाधान
भइनसके कोले तेस्रो चरण मा प्रवेश गर्ने निर्णय गरें ।
६.३ दोश्रो चरण
अ) योजना : वि.व्य.;स.,शि.अ.संघ र अभिभावकसंग छलफल
आ) कार्य : विद्यालय प्रसासन संग सल्लाह गरि वि. व्य.स. को बैठकमा शि. अ. संघका पदाधिकारीलाई र क्षेत्रगत
रुपले अभिभावकको प्रतिनिधित्व हुनेगरि संयुक्त बैठक डाक्न अनुरोध गरियो र उकक्त बैठकमा कक्षाध्यापक समेत
4
सहभागी भइ आवश्यक छलफल गरियो बैठकले शिक्षकलाई नियमित हुन र विद्यार्थीसंग अभिभावकको
भूमिकामा प्रस्तुत हुन निर्देशन गर्यो साथै शैक्षिक सत्रको अन्त्यमा राम्रो कार्य गर्ने र उपस्तिथी बढी हुने शिक्षकलाई
वि.व्य.स. ले पुरस्कृ त गर्ने निर्णय गर्यो भने अब उप्रान्त सामान्य परिस्तिथिमा आफना वालवालिकाहरुलाई घरमा
नराखी विद्यालय पठाउने प्रतिबध्ता समेत गर्यो ।
इ) अवलोकन : संयुक्त बैठक पछिका दिनहरुमा विद्यार्थीको उपस्तिथी र उनीहरुको व्यवहार तथा विद्यालय
भित्रका सरोकारवाला हरु र विद्यालय बाहिरका सरोकारवालाहरुको प्रतिबद्ता के कति कार्यन्वयन भयो , भएन
त्यसको अनुगमन गरियो ।
ई) प्रतिविम्बन : विद्यार्थीहरुलाई नियमित बनाउने हेतुले तेस्रो चरण सम्मको प्रयास गर्दै गर्दा
विद्यार्थी,शिक्षक,अभिभावक, प्रसासक लगायत सम्बद्ध सबै सरोकारवालाहरुमा एक किसिमको नियमितता
दिखियो। विद्यार्थी -विद्यार्थी,विद्यार्थी -शिक्षक, शिक्षक- शिक्षक,शिक्षक-प्रशासक, विद्यालय प्रशासन-वि.व्य.स.,
शिक्षक अभिभावक संघ ,आम अभिभावक र अन्य सरोकारवालाहरुको बिचमा राम्रो सम्बन्ध र सहकार्य हुन
लागेको देखियो । विद्यालय विस्तारै लथालिङ् ग अवास्थाबाट वाल मैत्री र सभ्य हुन लागेको अनुभूति हुन
लागेकोले intervention लाई यहीं अन्त्य गर्ने निर्णय गरें ।
७. अनुसन्धानको प्राप्ति
यस अनुसन्धानबाट निम्न कु राहरु प्राप्त भए।
विद्यार्थी अनुपस्थितिको दर घट्न थाल्यो
अभिभावकसंग निरन्तर सम्पर्क र सहकार्य हुन थाल्यो
शिक्षक–विद्यार्थी र अभिभावक-शिक्षकको संयुक्त बैठक र छलफल हुने वातावरण तयार भयो
छात्रवृत्ति र निःशुल्क पाठ्यसामग्री वितरण लगायतका अन्य कार्यमा प्रशासनलाई सहयोग हुन लाग्यो
नियमित अनुगमन र मूल्याङ् कन कार्यको सुरुवात भयो
प्राथमिक उपचार र स्यानेटरी प्याडको व्यवस्था हुन पुग्यो
बालमैत्री कक्षा र मनोरञ्जक कक्षा क्रियाकलाप सुरु हुन गई विद्यार्थीको भाग्ने दर घट्यो
नियमित कक्षा सञ्चालन वा खाली घण्टीको अन्त्य हुन पुग्यो
विद्यार्थी निरन्तर मुल्यांकनको व्यावहारिक कार्यन्वयन हुन पुग्यो
अतिरिक्त क्रियाकलाप र खेलकू द सामग्रीको उपयुक्त व्यवस्था भयो
नीतिगत सुधार हुदै सहमति र सहकार्य द्वारा विद्यालय संचालन हुन लग्यो
८.निष्कर्ष
विद्यालय वा कक्षाकोठामा विद्यार्थी अनुपस्थित हुने मुख्य कारण झट्ट हेर्दा विद्यार्थीको मात्र कमजोरी जस्तो देखिए
पनि वास्तविकता त्यस्तो होइन । यसमा अभिभावक,विद्यालय प्रशासन, शिक्षक, समुदाय, शिक्षासंग सम्बन्धित
निकायहरु र नीति निर्मातासमेत जिम्मेवार देखिन्छन् । अतः यो समस्याको समाधान गर्न पनि सबै पक्षको एकीकृ त
प्रयास हुनु जरुरी देखिन्छ । तैपनि विद्यालयको मात्र प्रयासले पनि यो समस्यालाई धेरै कम गर्न सकिन्छ । त्यसको
लागि शिक्षक, प्रअ र विव्यसको जिम्मेवारीबोध, दृढ इच्छाशक्ति, लगनशीलता, सक्रियता, स्पष्ट योजना र
प्रभावकारी कार्यान्वयनको आवश्यकता पर्दछ ।

अनुरोध्कर्ता

5
.............................................
दिनेश कु मार यादव
प्रा. शि. तृतीय
श्री आ .वि .महिसोथा , सिरहा ०८

You might also like