You are on page 1of 25

परिच्छेद : एक

परिचय

१.१ अध्ययनको पृष्ठभूमि

शिक्षालाई राष्ट्र निर्माणको मेरूदण्ड तथा मानव बिकासको मूलभूत तत्वको रूपमा
लिइन्छ । कु नै पनि देशको विकास हुनको लागि त्यहाँका जनता शिक्षित हुनु
आवश्यक छ । शिक्षाले मात्र नागरिकलाई कु शल, सभ्य, योग्य र सुसंस्कृ त बनाउँछ
। तसर्थ शिक्षा न्नै समाजको ऐना हो । शिक्षाले व्यक्तिको बहुआयामिक व्यक्तित्व
विकास गर्नमा मद्दत गर्दछ । साथै शिक्षाले समाजमा रहेको भिन्नतालाई कमि
ल्याइ वर्ग विहीन समाजको स्थापना गर्नमा शिक्षाले दरिलो माध्यमको रूपमा महत्वपूर्ण
भूमिका खेलेको छ । शिक्षाको सुरुवात अनौपचारिक शिक्षाबाट सुरु भई सामाजिक
गतिशीलता सँगसँगै शिक्षाको गतिमा पनि परिवर्तन हुँदै औपचारिक शिक्षाको माग
बढ्न थाल्यो र त्यसै अनुरूप घरमा सम्पूर्ण किसिमका शिक्षा दिन नसकिने भएकोले
औपचारिक शिक्षा प्राप्त गर्न विद्यालयको आवश्यकता हुन थाल्यो । सोही अनुरूप
घरमा हाँसिल गर्न “नसक्ने शिक्षा विद्यालयमा हाँसिल गर्ने अभिप्रायले सरकारद्वारा
शिक्षाको राष्ट्रिय उद्देश्य, तहगत, उद्देश्य, विषयगत र पाठ्यक्रमको निर्माण गरी लागु
गरिएको परिप्रक्षमा उक्त उद्देश्यहरुलाई पूरा गर्ने प्रमुख आवश्यकीय पक्ष भनेको
कक्षाकोठा हो । शिक्षाका विभिन्न उद्देश्यहरुलाई परिपूर्ति गर्नको लागि उपयुक्त
सिकाइ वातावरणका लागि कक्षा कोठाको महत्वपूर्ण भूमिका रहन्छ । प्रभावकारी
शिक्षण सिकाइका लागि कक्षाकोठा नभएर बालमैत्री कक्षाकोठाको व्यवस्थापनको
आवश्यकता पर्दछ । प्रभावकारी शिकाइका लागि कक्षाकोठा समयानुकु ल भयो भने
मात्र विद्यार्थी समाज र राष्ट्रको उद्देश्य पूरा हुने भएकोले शिक्षण सिकाइ प्रक्रियालाई
प्रभावकारी बनाउन बाल मैत्री कक्षाकोठा व्यवस्थापनको आवश्यकता पर्दछ ।

बालमैत्री भन्नाले वालवालिका के न्द्रित भन्ने बुझिन्छ अर्थात्‌ कु नै पनि


बालबालिकाहरुको उमेर, रूची, इच्छा र चाहनाहरुलाई ध्यानमा राखी गरिने
व्यवस्थापन भन्ने बुझिन्छ । व्यवस्थापन भनेको कु नै पनि कामको प्रबन्ध वा
व्यवस्थित गर्ने कला हो । व्यवस्थापन प्रभावकारी दक्ष रूपमा व्यक्तिहरुसँग मिलेर र
व्यक्तिहरुद्वारा काम गर्ने गराउने प्रक्रिया हो । कक्षाकोठामा व्यवस्थापनको महत्वपूर्ण
भूमिका रहन्छ । कक्षाकोठा भित्रको बालमैत्री व्यवस्थापनले सिकाइ उपलब्धिमा
सुधार ल्याउनको लागि महत्वपूर्ण भूमिका खेल्दछ । व्यवस्थापन भनेको संस्थागत
लक्ष्य प्राप्तिका लागि उपलव्ध साधन तथा स्रोतको उचित परिचालन गर्नु हो ।
बालमैत्री व्यवस्थापन भन्नाले वालबालिकाहरुको रूचि, उमेर, इच्छा, चाहना एवम्‌
बिचारहरुलाई के न्द्रित गरी उपलब्ध स्रोत साधनहरुको समुचित ढं गले प्रयोग गरि वढी
भन्दा बढी अपेक्षित उपलब्धि हासिल गर्नु हो । अपेक्षित सिकाइ उपलब्धि हासिल
गर्नका लागि बालमैत्री कक्षाकोठाको व्यवस्थापन हुनु जरुरी हुन्छ । व्यवस्थापनलाई
संगठनको मुटु मानि मानव शरीरको कल्पना गर्न सकिदैन त्यसरीनै संगठनमा पनि
उपयुक्त किसिमको व्यवस्थापन विना संगठनको कल्पना गर्न सकिदैन । कक्षाकोठाको
उपयुक्त किसिमको व्यवस्थापन भएन भने अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न
सकिदैन । कक्षाकोठा पनि एउटा संगठन हो । त्यसमा पनि व्यवस्थापनको
आवश्यकता पर्दछ । कक्षाकोठाका सम्पूर्ण विद्यार्थीहरुको उमेर, रूचि, इच्छा, चाहना
लगायत विभिन्‍न कु राहरुमा ध्यान दिई वालमैत्री कक्षाकोठाको व्यवस्थापत गर्नु
आजको मुख्य आवश्यकता हो (भण्डारी, २०७१) ।

मानव जीवनको महत्वपूर्ण र संवेदनशील समय भनेको वात्यकाल हो ।


बालबालिकाका सरोकारका बिभिन्न पक्षहरुलाई विशेष प्राथमिकता दिनुपर्ने कु रा
विश्वकै धेरै मुलुकहरुबाट उठिरहेको अवस्थामा वालवालिकाको विशेष संरक्षण एवं
हक हितका लागि सन्‌ १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार
सम्वन्धी महासन्धि पारित गन्यो । त्यसैगरी नेपालमा पनि सन्‌ १९९० सेप्टेम्बर २
मा
बालअधिकार सम्वन्धी महासन्धिलाई अनुमोदन गप्यो । वालवालिकाको बाँच्न पाउने
अधिकार संरक्षणको अधिकार, सहभागिताको अधिकार, विकासको अवस्थालाई
बाल्यावस्थादेखि नै व्यक्ति परिवार र समाजले हरेक पक्षमा सजगता र सतर्क ता
अपनाउनु पर्दछ । जसले वालवालिकाको सम्पूर्ण जीवनका लागि आवश्यक पर्ने जग
वलियो हुन्छ । जग वलियो भयो भने नै वालबालिकाले आफ्नो सहि संस्कार आदत
र उपयुक्त व्यवहारको विकास गर्दछ । यसले गर्दा वालवालिकाको धारणा विकास
भई उपयुक्त संस्कार र वातावरणमा घुलमिल भई सही शिक्षा आर्जन गर्ने र असल
धारणाको विकास गर्न सक्दछन्‌( बोगटी, २०७२) ।
जव वालवालिकाहरु विद्यालय जाने उमेर हुन्छ, विस्तारै उसले नयाँ वातावरणमा
घुलमिल हुनुपर्ने हुन्छ । विद्यालय गएपछि प्रत्येक अभिभावकहरु पनि आफ्ना
वालवालिका शिक्षित होउन, चौतर्फी विकास होस्‌ भन्‍ने चाहन्छन्‌ । अभिभावकले
बालबालिकाहरुबाट राखिने यस्तो अपेक्षा प्राप्त गर्नका लागि बालमनोविज्ञानलाई
मध्यनजर राख्दै वालवालिका रहने कु नै पनि स्थान बाल के न्द्रित र बालमैत्री
हुनुपर्दछ । शिक्षा प्राप्त गर्नु वालवालिकाहरुको नैसर्गिक अधिकार हो र सबै
वालवालिकाहरुले निर्विरोध रूपमा उक्त अधिकारको उपयोग गर्न पाउनु पर्छ भन्ने
विश्वव्यापी मान्यतालाई नेपाल सरकारले पनि सवैको लागि शिक्षा दिने प्रतिवद्धता
स्वरूप स्वीकारेको छ । प्रत्येक बालवालिकाहरुको विद्यालयमा पहुँच सुनिश्चित गर्न,
उनीहरुलाई विद्यालयमा टिकाइ राख्न र गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि
विद्यालयको वातावरण शिक्षकले सञ्चालन गर्ने शिक्षण सिकाइ क्रियाकलाप र
शिक्षकका व्यवहारहरु नै जिम्मेवार हुन्छन्‌ । यसका लागि सिकाइलाई विद्यार्थीको
रूचि, क्षमता र स्तर सुहाउँदो बनाउन पनि आवश्यक छ । यही वालवालिकाहरुको
विकासक्रम र उनीहरुको विशेषताहरुलाई ध्यानमा राख्दै बाल अधिकारको
सुनिश्चितता हुने गरी विद्यार्थीहरुको रूची, आवश्यकता, क्षमता र परिवेशलाई समेत
ध्यानमा राखी सहभागितामूलक विधिको माध्यमबाट जीवनोपयोगी ज्ञान, सीप र
धारणाको विकास
गराउने वातावरणको सिर्जना गर्न दण्ड रहित भयमुक्त र रमाइलो वातावरणयुक्त
कक्षाकोठा व्यवस्थापन गरी क्रियाकलापमा आधारित सक्रिय सिकाइ सञ्चालन गर्नु नै
बालमैत्रीपूर्ण सिकाइ हो र यस प्रकारको सिकाइ वातावरण भएको कक्षाकोठा बालमैत्री
कक्षाकोठा हो । बालमैत्री विद्यालय तथा कक्षाकोठामा शिक्षकको भूमिका सहजकर्ता
र सहयोगीको रूपमा रहेको हुन्छ ।

कक्षाकोठाको व्यवस्थापन बालमैत्री भएमा विद्यार्थीहरुले हौसला पाई आफ्नो सिकाइको


विकास गर्ने अवसर प्राप्त गर्दछन्‌ । फलस्वरूप शिक्षक राम्ररी शिक्षण गर्न र
विद्यार्थीहरु राम्ररी सिक्न सफल हुन सक्दछन्‌। बालमैत्री विद्यालयमा कस्तो प्रकारको
व्यवस्था हुनुपर्दछ भन्ने सवालमा विद्यालयको दूरी, भवनको प्रकार तथा भौतिक अवस्था,
कक्षाकोठाको अवस्था, पिउने पानीको अवस्था, विद्यार्थीको सरसफाइको अवस्था, डेक्स
वेन्चको अवस्था विद्यालय परिसर भित्रको वातावरण शौचालयको अवस्था,
वालसहभागिता, विद्यालय सुधार योजना, अतिरिक्त क्रियाकलापको अवस्था, विद्यालय
विकास समिति र सहभागिता जस्ता व्यवस्था बिद्यालयमा हुनुपर्दछ (के न्द्रीय
बालकल्याण समिति, २०७३) । बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्दा
विद्यार्थीहरुलाई कक्षाकोठाभित्र बस्न, पढ्न लेख्नको लागि सजिलो पारेर
कक्षाकोठामा हुने क्रियाकलापमा उनीहरुलाई सहजतापूर्ण ढंगले भागलिन लगाउन
कसरी सकिएला भन्‍ने तिर विशेष ध्यान दिनु जरूरी छ । विशेष गरी शिक्षकले
विद्यार्थीहरुसँग निकटतम सम्बन्ध राखी उनीहरुको शारीरिक, मानसिक तथा
संवेगात्मक स्थितिहरुको मनन गरी सम्वद्ध समस्या तथा कठिनाइहरु बुभ्नुपर्दछ ।
विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप कक्षाकोठा भित्र गरिने भएकाले कक्षाकोठाको
सुव्यवस्थित व्यवस्थापनले शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउन सहयोग पुग्दछ
। उद्देश्य अनुसारको लगानी राम्रो भएर पनि सहि र प्रभावकारी ढं गबाट कक्षा
व्यवस्थापनमा ध्यान दिन सकिएन भने उद्देश्य प्राप्ति हुँदैन । शिक्षण योजना जति राम्रो
भए पनि कक्षा व्यवस्थापन बालमैत्री नभएमा सिकाइ प्रभावकारी बन्दैन । तसर्थ
कक्षाकोठा व्यवस्थापन राम्रो वा बालमैत्री भएमा मात्र शिक्षण सिकाइ प्रभावकारी हुने
हुँदा शिक्षकले शिक्षण गर्नु अघि कक्षाकोठाको व्यवस्थापनमा वढी जोड
दिनुपर्छ । व्यवस्थापन राम्रो नभएमा शिक्षक विद्यार्थीको परिश्रम र प्रयास खेर जान्छ
। शिक्षक र विद्यार्थी दुवैको प्रयास र परिश्चम खेर जानु भनेको शिक्षामा गरिएको
लगानी खेर जानु हो । तसर्थ यस्तो क्षतिलाई रोक्न कक्षाकोठा व्यवस्थापन राम्रो
उपयुक्त किसिमको गर्नुपर्दछ ।

संसारमा बालमैत्री वातावरणको अवस्थालाई हेर्ने हो भने बिभिन्न विद्यालयमा विभिन्न


नामबाट कार्यक्रम सञ्चालन गरे तापनि त्यसको मुख्य उद्देश्य भनेको
वालवालिकाहरुलाई सरल, सहज तथा प्रभावकारी तरिकाबाट शिक्षा प्रदान गर्नु नै हो
। यसका साथै उनीहरुको मनोविज्ञानको आधारमा शैक्षिक वातावरण तयार गरिदिनु
हो । यसरी कु नै पनि बालबालिका आफ्नो अधिकारबाट वाञ्चत हुनु नपरोस्‌र
शिक्षा आर्जन गर्न वातावरण सुरक्षित र खुल्ला हुनुपर्दछ भन्ने अवधारणाको सोचलाई
आत्मसाथ गरी विभिन्न संघसंस्था एवं सरकार पक्षबाट पनि बालमैत्री विद्यालय
व्यवस्थापन र वातावरणको कार्यलाई अगाडी वढाएको पाइन्छ । यसको लागि
शिक्षक, अभिभावक समाजसेवी बुद्धिजीवी, विद्यार्थी तथा सरोकारवालाहरुले छलफल
समन्वय सहयोगको कार्यहरु गरी अगाडी वढ्नु पर्दछ । जसले गर्दा बालमैत्री
विद्यालय, निर्माण हुन सक्दछ । हाल नेपालका प्राथमिक विद्यालयहरुमा विद्यार्थीहरुको
खुद भर्ना दर क्रमश वृद्धि हुँदै गएता पनि विद्यालयमा टिकाई राख्न र तोकिएको
समयमा प्राथमिक तह पूरा गराउन विद्यालयले अझै थप प्रयासहरु गर्नु पर्ने देखिन्छ ।
वालबालिकाहरुले बीचैमा विद्यालय छाड्ने र निश्चित समयमा नै प्राथमिक तह पुरा
नगर्ने धेरै कारणहरु हुन सक्दछन्‌ ती मध्ये एउटा प्रमुख कारण विद्यालय बालमैत्री
नहुनु पनि हो । विद्यालयमा बालमैत्री क्रियाकलाप हुन नसक्नु, विद्यालयले
वालवालिकाहरुलाई आकर्षित गर्न नसक्नु, कक्षाकोठा रूचिपूर्ण नहुनु, शिक्षकले
विद्यार्थीहरुप्रति गर्ने व्यवहार सहयोगीमूलक, सकारात्मक र मित्रवत्‌ नहुनु, विद्यालयको
वातावरण भयमुक्त हुन नसक्नु, विद्यालयमा पुरस्कारको भन्दा बढी दण्डको प्रभाव पर्नु
आदि समस्या हाम्रा बिद्यालयमा विद्यमान देखिन्छन्‌। तसर्थ सबै विद्यालयहरु
बालमैत्रीपूर्ण बन्न सके का छैनन्‌ । त्यसैले प्रत्येक वालवालिकाहरुलाई विद्यालयले
स्वागत गर्न सक्नुपर्छ । यसका लागि उपयुक्त किसिमका क्रियाकलापहरु सञ्चालन
गर्नु प्रत्येक विद्यालयको प्रमुख कर्तव्य हुन जान्छ, जुन यस्ता क्रियाकलापहरुबाट
विद्यालयका सम्पूर्ण कक्षाकोठाहरु वालमैत्रीपूर्ण बन्न सक्दछन्‌।

आजका वालवालिका भनेका भविष्यका कर्णधार र राष्ट्रका खम्बा हुन्‌ । त्यसैले


बालवालिकाहरुका लागि उचित शिक्षा प्रदान गर्नु आजको मुख्य आवश्यकता रहेको छ
। सबैका लागि शिक्षा भन्ने आदर्श वाक्य पूरा गराउन सबैका लागि विद्यालय हुनु
जरूरी छ । कु नै पनि विद्यालय सबैका लागि हुन उक्त विद्यालय बालमैत्रीपूर्ण हुनु
अति आवश्यक हुन्छ । त्यसैले बालमैत्रीपूर्ण विद्यालयले सबैकालागि विद्यालयको
पहुँचको सुनिश्चितता गर्दछ भने विद्यालयमा भर्ना भएका वबालबालिकाहरुका लागि
टिकाइ राख्न सक्दछ र गुणस्तरीय शिक्षा प्रदान गर्दछ । कु नै पनि विद्यालयको
पठनपाठनको स्तरलाई सुदृढ पार्नको लागि कक्षाकोठाको व्यवस्थापन स्तरीय र
बालमैत्री हुन जरूरी हुन्छ । विद्यालय एक सामाजिक शैक्षिक संस्था भएकोले यसको
व्यवस्थापनमा विद्यालयका शिक्षक वर्ग, कर्मचारीवर्ग, व्यवस्थापन समिति अभिभावकवर्ग
आदि सम्पूर्ण वर्गको कर्तव्य बराबर हुन जान्छ । त्यसैले विद्यालय तथा विद्यालय
भित्रका कक्षाकोठाको व्यवस्थापनमा यी सम्पूर्ण वर्गको महत्वपूर्ण भूमिका हुनु पर्दछ ।
जसले गर्दा विद्यालय मेरो मात्र नभइ हाम्रो भन्ने मान्यताको विकास गराउँदछ ।
जसका लागि सबैजनाको एक आपसमा सुमधुर सम्वन्ध कायम हुनुपर्दछ शिक्षकले पनि
परम्परागत शिक्षण शैलीलाई परिवर्तन गरी आधुनिक शिक्षण शैलीको प्रयोग गर्नुपर्दछ
। जसका लागि विषयवस्तुसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्रीहरुको प्रयोग
गर्नु जरूरी छ । शिक्षकलाई आधुनिक शिक्षण शैलीले आफ्नो कार्यदक्षतालाई
अधिकतम उपलब्धि हाँसिल गर्न सहयोग गरी उसलाई सक्षम वनाउन र विद्यार्थीलाई
ज्ञान सीप एवं प्रविधिको अधिकतम उपयोग गरी उनीहरुको व्यवहारिक परिवर्तन
गराउन र सक्षम तरिकाले जीवन जीउन प्रेरणा प्रदान गर्न सहयोग पुर्‍याउँछ ।

कक्षाकोठाको व्यवस्थापनलाई व्यवहारिक, सिकाइ अनूकु ल वैज्ञानिक र बालमैत्री


बनाउन शिक्षकले धेरै मेहेनत गर्नु पर्ने हुन्छ । यस्ता कार्य शिक्षक एक्लैको प्रयासले
मात्र गर्न कठिन हुन सक्छ । उपयुक्त कक्षाकोठा व्यवस्थापनमा सहयोग पुय्याउने
कार्य प्र.अ. विद्यालय व्यवस्थापन समिति र विद्यालय निरीक्षकको समेत हुनु पर्दछ ।
तर कक्षाकोठालाई विषयवस्तु अनुसार सिकाइ अनुकु ल बनाउने विद्यार्थीलाई सिक्न
तत्पर बनाउने पाठयोजना उद्देश्य प्राप्तिका लागि कक्षाकोठा अनुकू ल बनाउने कार्यमा
भने स्वयं शिक्षककै भूमिका रहेको हुन्छ । अत: शिक्षण सिकाइ कार्यलाई प्रभावकारी,
उद्देश्यपूर्ण, सार्थक र व्यवहारिक वनाउन बालमैत्री कक्षाकोठा व्यवस्थापनको अति
महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

१.२ समस्याको कथन

गुणात्मक शिक्षाका लागि गुणात्मक साधन स्रोत र बालमैत्री कक्षाकोठा तथा विद्यालय
व्यवस्थापन आजको आवश्यकता हो तर यो अभौ पनि समस्याको रूपमा देखा परेको
उपयुक्त एवम्‌बालमैत्री नहुँदा सिकाइ अर्थपूर्ण नभई शिक्षक तथा विद्यार्थीको समय र
। वर्तमान अवस्थामा नेपालका विद्यालयहरुमा शैक्षिक उपलब्धिको अवस्था निकै कम
अवस्थामा रहेको देखिन्छ । यसो हुनुका विभिन्न कारणहरु मध्ये कक्षाकोठा र
विद्यालयको व्यवस्थापन एवम्‌ वातावरण बालमैत्री नहुनु पनि एक प्रमुख कारण हो ।
कस्तोलाई बालमैत्री कक्षाकोठा व्यवस्थापन भनिन्छ ? विद्यालयमा बालमैत्री
कक्षाकोठाको व्यवस्थापन छ कि छैन ! विद्यार्थी के न्द्रित शिक्षण सिकाइ प्रक्रिया
कस्तो प्रभाव पार्छ ? कसरी सञ्चालन गर्न सकिन्छ ? बालमैत्री कक्षाकोठा व्यवस्थापनले
सिकाइमा के बालमैत्री कक्षाकोठा व्यवस्थापन सम्बन्धमा देखा परेका समस्यालाई
कसरी समाधान गर्न सकिन्छ । बालमैत्री कक्षाकोठाको व्यवस्थापन नहुँदा भोग्न
परेका समस्याहरु के -के छन्‌ ? शैक्षिक उपलब्धिमा समस्याको रूपमा रहेका छन्‌ ।
कु नै पनि संघ संस्था एवम्‌ समूहको मेरुदण्डको रुपमा लिइन्छ । व्यवस्थापनको
अभावमा कु नै पनि संघ संस्थाले निर्दिष्ट लक्ष्य हासिल गर्न सक्दैन । वर्तमान
शिक्षाको कु रा गर्दा विद्यालयहरुमा व्यवस्थापन पक्ष नाजुक स्थितिमा रहेको पाइन्छ ।
व्यवस्थापन अन्तर्गत विद्यालयको भौतिक, शैक्षिक, आर्थिक, शिक्षक
व्यवस्थापनका साथै कक्षाकोठामा विद्यार्थीहरुको व्यवस्थापनमा देखिएको कमजोरीको
कारणले प्रभावकारी शिक्षण नभई शैक्षिक उपलब्धि स्तरमा न्यूनता आएको देखिन्छ ।
यसका साथै सरकारी विद्यालयको तुलनामा निजी विद्यालयको आवश्यकता बढ्दै जानु
पनि बालमैत्री कक्षाकोठाको व्यवस्थापन र बालमैत्री सिकाइ नहुनु हो ।
वालवालिकालाई शिक्षा दिने र लिने स्थान कक्षाकोठा हो । त्यसैले कक्षाकोठामा दिने
र लिने शिक्षा प्रभावकारी रुपमा सञ्चालन गरी राज्यको शैक्षिक उद्देश्य पूरा
गराउन बालमैत्री कक्षाकोठाको व्यवस्थापन आवश्यक पर्दछ । कक्षाकोठाको
व्यवस्थापनलाई जति बालमैत्री र प्रभावकारी बनाउन सक्यो त्यति नै विद्यार्थीहरुले
उपयुक्त शैक्षिक वातावरण प्राप्त गर्न सक्छन्‌र शैक्षिक उपलब्धिमा वृद्धि हुँदै जान्छ ।

शैक्षिक उपलब्धि न्यून हुनुको मुख्य कारण कक्षाकोठाको व्यवस्थापनलाई लिन


सकिन्छ । कक्षाकोठा व्यवस्थापन र सिकाइ प्रक्रिया वालमैत्री नहुनु आजको मुख्य
समस्या रहेको छ । त्यसैले बालमैत्री विद्यालय तथा कक्षाकोठाको वातावरणलाई
विद्यालयहरुमा विस्तार गर्दै लैजानु पर्ने आजको आवश्कता हो । शैक्षिक उपलब्धिमा
सुधार ल्याउने कार्यलाई अगाडि बढाउँदै लैजाने हो भने कक्षाकोठाको बालमैत्री
व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।
शिक्षामा सरकारको जुन लगानी छ त्यस लगानीको तुलनामा शैक्षिक उपलब्धि भने
ज्यादै न्यूव छ । अभौ पनि विद्यालयहरुमा बालमैत्रीपूर्ण कक्षाकोठा व्यवस्थापन र
सिकाइ क्रियाकलाप व्यवस्थित गरेको पाइँदैन । अझै पनि बालबालिकाहरु सन्त्रासपूर्ण
वातावरणमा पढ्न वाध्य छन्‌। बालबालिकाहरु विद्यालय पठाउँदा जवर्जस्ती
पठाउनु पर्ने वाध्यता कतिपय विद्यालयहरु देख्न सकिन्छ । बिद्यालयको छु ट्टीको घण्टी
बज्नासाथ बालबालिकाहरु खुसीसाथ रमाउँदै घर आइपुग्छन्‌ । यो स्थितिको सिर्जना
हुनुमा विभिन्न शिक्षकहरुले विद्यालयमा सञ्चालन गरेको शिक्षण सिकाइ क्रियाकलाप र
विद्यालयको वातावरणलाई नै जिम्मेवार मानिन्छ । त्यसैले विद्यालयले शिक्षण सिकाइ
प्रक्रिया सञ्चालन गर्नका लागि बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नु नितान्त
आवश्यक छ । बालमैत्री विद्यालय व्यवस्थापन सम्बन्धी राष्ट्रिय तथा
अन्तराष्ट्रिय स्तरमा विभिन्न मापदण्डहरु तोकिएका छन्‌ तर ती मापदण्डहरु नीतिमा
मात्र सीमित छन्‌। कतिपय विद्यालयहरुमा खेल सामग्री, खेलमैदान, पिउने पानी, डेस्क
बेन्च, शिक्षण विधि आदि जस्ता कु राहरु बालमैत्री तथा विद्यार्थी के न्द्रित वनाउन
सकिरहेको छैन । सरकारले सामुदायिक विद्यालयहरुमा
विद्यार्थी संख्या बढाउन र शैक्षिक उपलब्धिमा वृद्धि गर्नको लागि विद्यालयमा
बालमैत्रीपूर्ण वातावरणको व्यवस्था गर्नुपर्ने नीति ल्याए तापनि यो नीति कार्यान्वयनमा
भने ल्याएको देखिँदैन । यस्ता नीतिहरु विद्यालय एवम्‌ कक्षाकोठामा कार्यान्वयन गर्न
नसक्नु विद्यालयहरुको लागि एउटा समस्याको रुपमा देखा परेको छ । बालमैत्रीपूर्ण
कक्षाकोठाको वातावरण सिर्जना गरी प्रभावकारी शिक्षण गर्न र सिकाइ उपलब्धिमा
वृद्धि गर्न आवश्यक पर्ने सुधारात्मक कार्यहरु नगरी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान
गर्न सक्दैन । त्यसैले विद्यालयमा बालमैत्री कक्षाकोठाको व्यवस्थापन र वातावरण
व्यवस्थापनको बारेमा अध्ययन अनुसन्धान गर्नु आजको आवश्यकता रहेको छ ।
सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसरको सुनिश्चितता गर्न प्रत्येक विद्यालय
र कक्षाकोठामा वाममैत्रीपूर्ण वातावरणको सिर्जना गर्नुपर्दछ । जसका लागि शिक्षकको
व्यवहार बालमैत्रीपूर्ण हुनुपर्दछ र शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी के न्द्रित हुनु
पर्दछ । अत: बालमैत्री कक्षाकोठाको व्यवस्थापन र सिकाइ उपलब्धीको वारेमा
अध्ययन अनुसन्धान गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको छ।

१.३ अध्ययनको औचित्य

कु नै क्षेत्रमा गरिने अध्ययन तथा अनुसन्धानको उक्त क्षेत्रमा आ-आफ्नो औचित्य रहेको
हुन्छ । किनकी औचित्यविनाको अध्ययन निरर्थक हुन्छ । यो अध्ययन 'वालमैत्री
कक्षाकोठाको व्यवस्थापन र सिकाइ उपलब्धीका वारेमा गरिएको हुँदा शैक्षिक क्षेत्रमा
यस अध्ययनको औचित्य एवम्‌महत्व रहेको छ ।
वर्तमान अवस्थासम्म पनि बालमैत्री कक्षाकोठाको व्यवस्थापन नहुनु, शिक्षण सिकाइ
प्रक्रिया विद्यार्थी के न्द्रित नहुनु, शिक्षण सिकाइमा विभिन्न किसिमका शैक्षिक
सामग्रीहरुको प्रयोग एकदमै न्यून मात्रामा हुनु, परम्परागत शिक्षण शैलीको प्रयोग हुनु
आदि जस्ता विभिन्न समस्याले गर्दा उक्त शीर्षक अध्ययनका लागि उपयुक्त देखिन्छ ।
तसर्थ यो अध्ययन खास गरी विद्यालयमा बालमैत्री कक्षाकोठाको व्यवस्थापन गरी
सिकाइ उपलब्धिको वृद्धि गर्न के न्द्रित गरिएको छ साथै वबालमैत्रीपूर्ण कक्षाकोठाको
व्यवस्थापन गर्न देखा परेका समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको
खोजी गर्न पनि यसले सहयोग पुन्याउने हुँदा अध्ययनका लागि यो शीर्षक छनोट
गरिएको हो ।

विद्यालयको अवस्थालाई हेर्दा उपयुक्त पूर्वाधारको कमीका कारण विद्यालयहरुको


कक्षाकोठा व्यवस्थापन कमजोर रहेको देखिन्छ । यो अवस्था ग्रामीण र दुर्गम क्षेत्रमा
त झन समस्याग्रस्त अवस्थामा रहेको छ। आज पनि विद्यालयहरुमा परम्परागत शैली
एवम्‌ शिक्षक के न्द्रित विधिहरुको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन
गरिरहेको अवस्था विद्यमान छ । शिक्षकहरुले विद्यार्थीहरुलाई डर र धम्की देखाई
कक्षाकोठाको अवस्थालाई शान्त वनाएर शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन
गरेको देखिन्छ । यस्तो अवस्थामा एकातिर बालमत्री विद्यालय एवम्‌ कक्षाकोठा
प्रतिको सचेतना अभिवृद्धि गर्न आवश्यक छ भने अर्कोतर्फ प्राथमिक शिक्षामा लेखिएका
नियमितता, पहुँच तथा गुणस्तरीयताका समस्याहरुलाई समाधान गर्नुपर्ने पनि खाँचो छ
। वालवालिकाको मनोभावना के हो भनी न त अभिभावक नै बुफ्दछन्‌न त शिक्षकले
नै । यस्तो वातावरण र व्यवहारले वालमनोविज्ञानमा नराम्रो असर पर्दछ ।
विद्यालयको व्यवस्थापन पक्षको कमजोरीका कारण पनि शैक्षिक स्तर खस्किँ दो छ ।
नीतिगत तहबाट बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री कक्षा शिक्षण सिकाइ कार्यलाई
कार्यान्वयन गर्न सकिरहेका छैनन । विद्यालयहरुमा बालमैत्री वातावरण, बालमैत्रीपूर्ण
शिक्षक व्यवहार हुन सके का छैनन्‌ । त्यसैले बालमैत्री कक्षाकोठा व्यवस्थापनका
समस्या पहिचान गरी गुणस्तर वृद्धि गर्न, सिकाइ उपलब्धिमा सुधार ल्याउन प्र.अ.,
शिक्षक, वि.व्य.स. तथा अभिभावकहरुको भूमिकामा परिवर्तन गर्नुपर्छ । विद्यालयको
बालमैत्री कक्षाकोठा व्यवस्थापनमा थप टेवा पुग्ने हुँदा र यस्तै पक्षमा अनुसन्धान
गर्नेहरुका लागि यो शोध अध्ययनले मार्गदर्शनको रुपमा सहयोग पुन्याउने अपेक्षा
गरिएको छ ।

विद्यालहरुप्रति बालबालिकाहरुलाई आकर्षित गर्न, कक्षाकोठालाई बालमैत्रीपूर्ण बनाउन,


शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारीता र सान्दर्भिकता ल्याउन, बालबालिकाहरु
प्रति शिक्षकले गर्ने व्यवहार सहभागितामूलक र मैत्रीपूर्ण बनाउन, विद्यालयमा दण्ड र
भयरहित वातावरण सिर्जना गर्न र बालअधिकारको संरक्षण गर्न कु नै पनि विद्यालयले
सञ्चालन गर्नु पने शैक्षिक क्रियाकलापहरु यस अनुसन्धानको निष्कर्ष स्वरुप प्राप्त
हुनेछन्‌ । त्यसका आधारमा बालमैत्री कक्षाकोठामा कसरी शिक्षण सिकाइ
क्रियाकलापहरुलाई रुचिपूर्ण बनाउन सकिन्छ ? वालमैत्री कक्षाकोठा व्यवस्थापन के
हो ? बालमैत्री कक्षाकोठा कस्तो हुन्छ ? बालमैत्री कक्षाकोठा व्यवस्थापनको
कार्यक्रमलाई कायान्वयनमा ल्याउन नसक्नुको कारण के हो ? यसका लागि प्र.अ. को
भूमिका के के हुन सक्छन्‌ ? भन्ने जस्ता सवालमा अध्ययन अनुसन्धान गर्न नितान्त
जरुरी भएको छ । यस अध्ययनले प्राथमिक विद्यालयहरुमा बालमैत्री कक्षाकोठा
व्यवस्थापनको विकासमा सहयोग पुच्याउने अपेक्षा गरिएको छ । साथै बालमैत्री
कक्षाकोठा व्यवस्थापन गरी बालबालिकाको शैक्षिक सहभागिता वृद्धि गराउन
प्रधानाध्यापकको भूमिकालाई सशक्त पार्न पनि सघाउँछ । सामुदायिक विद्यालयका
विद्यमान समस्यालाई कम गर्न बालबालिकाहरुको मनोभावना बुझि कक्षाकोठाको
व्यवस्थापन गरी प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नका लागि सहयोग
गर्न यस अध्ययनले सहयोग पुर्‍याउने छ ।

विद्यालयमा कक्षाकोठा वालमैत्रीपूर्ण वनाउन सकिएन भने शिक्षण सिकाइ क्रियाकलाप


प्रभावकारी हुदैन, फलस्वरुप विद्यार्थीहरु कक्षाकोठामा पढ्न नमान्ने, बिचमै कक्षा छोडेर
भाग्ने जस्ता विभिन्न किसिमका नकारात्मक कार्यहरुमा लाग्ने सम्भावना पनि हुन्छ ।
जसले गर्दा एकातिर अपेक्षित शैक्षिक उपलव्धि प्राप्त गर्न सकिँ दैन भने अर्कोतिर विभिन्न
किसिमका नकारात्मक एवम्‌ असामाजिक कार्यहरु पनि वढ्दै जान्छन्‌ । त्यसैले
बालमैत्रीपूर्ण कक्षाकोठा व्यवस्थापन गरी प्रभावकारी शिक्षण गर्नु गराउनु आजको
आवश्यकता रहेको छ । विद्यालयको शैक्षिक वातावरण कायम गर्नमा महत्वपूर्ण
भूमिका रहेको बालमैत्री कक्षाकोठाको व्यवस्थापनले विद्यार्थीको सिकाइमा कु नै न कु नै
रूपवाट प्रभाव पारिरहेको हुन्छ । यस शोध अध्ययनले सामुदायिक विद्यालयहरुको
वालमैत्री कक्षाकोठाको व्यवस्थापनको अवस्थालाई अध्ययन गरेको छ भने बालमैत्री
कक्षाकोठाको व्यवस्थापनले विद्यार्थीको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट
पारेको प्रभावलाई निष्कर्षमा पुन्याउन औचित्यपूर्ण वनेको छ । विद्यालयमा
कक्षाकोठाको बालमैत्री व्यवस्थापनले विद्यार्थीको मानसिकतामा परेको प्रभाव,
विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रमा पारेको
प्रभावसम्बन्धित खोजी गर्नु यस शोध अध्ययनको औचित्य रहेको छ । बिद्यालयमा
बालमैत्री कक्षाकोठाको व्यवस्थापन गरी प्रभावकारी शिक्षण सिकाइका लागि विभिन्न
किसिमका उपायहरु अपनाउन, सिकाइलाई दिगो वनाउन, बिभिन्न किसिमका शैक्षिक
अवसरहरुको सुनिश्चित गर्न, विद्यार्थी के न्द्रित शिक्षण विधिहरुको प्रयोग गरी शिक्षण
गर्न, सिकारुहरुको रुचि, स्तर र मनोभावनालाई बुझेर शिक्षण गरी अपेक्षित उद्देश्य
परिपूर्ति गर्न सहयोग गर्नु यस अध्ययनको औचित्य रहेको छ।

१.४ अध्ययनको उद्देश्य

अध्ययन उद्देश्यमूलक हुन्छ । उद्देश्य विनाको अध्ययनले सफलता प्राप्त सक्दैन


जसको कारणले गर्दा अध्ययन औचित्यहीन हुन जान्छ । त्यसैले उद्देश्य निश्चित र
पूरा गर्न सकिने गरी चयन गर्नुपर्ने हुन्छ । यस अध्ययनले वालमैत्री कक्षाकोठा
व्यवस्थापन र प्रभावकारी शिक्षणको भूमिकालाई स्थापित गराउन खोजिएको छ ।
यसवाट प्रभावकारी शिक्षणका लागि सर्वप्रथम कक्षाकोठाको व्यवस्थापन अनुकू ल
बनाउनु पर्ने भन्ने बुझाई रहने छ । यस अध्ययनका उद्देश्यहरु निम्नलिखित रहेका
छन्‌:

१. बालमैत्री कक्षाकोठा व्यवस्थापनको वर्तमान अवस्था पहिचान गर्नु । बह


२. बालमैत्री कक्षाकोठा व्यवस्थापनले शिक्षण सिकाइमा पारेको प्रभाव विश्लेषण गर्नु

३. बालमैत्री कक्षाकोठा व्यवस्थापनमा देखिएको समस्या पहिचान गरी समाधानका
उपायहरु प्रस्तुत गर्नु ।

१.५ अनुसन्धानात्मक प्रश्न

बालमैत्री विद्यालय तथा कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप कस्तो हुनुपर्दछ ?


शिक्षण सिकाइको अवस्था कस्तो रहेको छ ? वालमैत्री कक्षाकोठा व्यवस्थापनका
सम्बन्धमा के कस्ता समस्याहरु देखा परेका छन्‌ ? यस्ता प्रश्नलाई अनुसन्धान
प्रश्नको रुपमा निर्माण गरेर एक ठोस्‌ अध्ययन अनुसन्धान गरी सोको प्राप्तिलाई मार्ग
निर्देशनको रुपमा स्थापित गर्न यो अनुसन्धान गरिएको छ । यस अनुसन्धानमा निम्न
अनुसारका अनुसन्धानात्मक प्रश्नहरु राखिएको छ :

१ बालमैत्री कक्षाकोठा व्यवस्थापन कसरी गर्न सकिन्छ ?


२ हालको कक्षाकोठा व्यवस्थापन कस्तो छ ?
३ बालमैत्री कक्षाकोठाका व्यवस्थापन कस्तो हुनुपर्दछ ?
४ तपाईंको विद्यालयमा बालमैत्री व्यवस्थापन छ कि छैन ?
५ बालमैत्री कक्षाकोठाको व्यवस्थापनले शिक्षण सिकाइमा के कस्तो प्रभाव पारेको
छ?
६ बालमैत्री कक्षाकोठामा शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?
७ विद्यालयमा बालमैत्री व्यवस्थापन गर्न कस्ता समस्याहरु रहेका छन्‌?
८ बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्न देखा परेका समस्यालाई कसरी समाधान गर्न
सकिएला ?

१.६ अध्ययनको परिसीमा

कु नै पनि अध्ययन अनुसन्धान कार्यलाई प्रभावकारी ढं गले अगाडि बढाउनको लागि


के ही निश्चित परिवेश र सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । कु नै निश्चित सीमाभित्र रहेन
भने उद्देश्य प्राप्त गर्न कठिन हुन्छ । निर्धारित उद्देश्य प्राप्त गर्नका लागि कु नै निश्चित
क्षेत्र, कु नै एक पक्षलाई जोड दिने गरी सीमाङ्कन गरी अध्ययन गर्दा समय र खर्चका
हिसावले पनि बढी सान्दर्भिक हुन्छ । यस अध्ययनलाई सरल रुपमा लैजान र समय,
स्रोत साधन एवम्‌ विभिन्न परिस्थितिलाई ध्यानमा राखी अध्ययन क्षेत्र सीमित गरिएको
छ ।

यो अध्ययन सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १,२,३,४ मा रहेका ८


वटा विद्यालयहरु मध्ये ५ वटा विद्यालयहरुमा सीमित गरिएको छ । विद्यालयमा
सञ्चालन भएका विभिन्न शैक्षिक क्रियाकलापहरु र वालमैत्री कक्षाकोठा व्यवस्थापनसँग
यो अध्ययन के न्द्रित गरिएको छ । नमुना छनोटमा परेका विद्यालय उ.मा.बि.,
नि.मा.वि. भए पनि उक्त विद्यालयको प्रा.वि. तहको बालबालिकाहरुका कक्षाकोठा
व्यवस्थापनमा के न्द्रित गरिएको छ । यो अध्ययन ५ वटा विद्यालयका शिक्षक, प्र.अ.,
वि.व्य.स. अध्यक्ष, अभिभावक र विद्यार्थीसँग बालमैत्री कक्षाकोठा व्यवस्थापन सम्बन्धी
गरेका कार्यहरु र उक्त कार्यले सिकाइ सुधारमा पारेको प्रभाव सम्बन्धी कु राहरु पत्ता
लगाउन यो अध्ययन गरिएको छ । विद्यालयको छनोट गर्दा भौतिक अवस्था,
विद्यार्थीको संख्या, शिक्षकको संख्यालाई आधार बनाइएको छ । विद्यालयमा विद्यार्थीका
लागि बालमैत्री शैक्षिक, भौतिक विषयमा के न्द्रित रही अध्ययन गरिएको छ ।
परिच्छेद दुई
२.१ अध्ययनको सैद्धान्तिक ढाँचा

वैज्ञानिक व्यवस्थापन सिद्धान्तका प्रतिपादक फ्रे डरिक विन्स्लो टेलर (सन्‌ १९११) ले
बैज्ञानिक व्यवस्थापनको सिद्धान्त नामक पुस्तक मार्फ त आफ्नो मूलभूत व्यवस्थापन
सम्बन्धि सिद्धान्त वाहिर ल्याएका थिए । उनले यस वैज्ञानिक व्यवस्थापन सिद्धान्तमा
विशेष गरी कामको वैज्ञानिक प्रक्रियाबाट छनोट र कामका आधारमा ज्यालाको
निर्धारण भएको खण्डमा स्वाभाविक रूपमा कामदार कामप्रति उत्प्रेरित भई उत्पादकत्व
वढाउने तर्फ के न्द्रित रहने धारणा राखेका छन्‌। त्यसैले कु नै पनि संस्थामा
काम गर्ने कामदारको वैज्ञानिक प्रक्रियावाट छनोट, तालिम सुविधाको व्यवस्था, काम
गर्ने विधिमा सुधार गरी समयको गति तथा थकानलाई मिलान गरिनुपर्ने जस्ता पक्षलाई
स्वाभाविक रूपमा शिक्षण संस्थामा प्रयोग गर्न सकिन्छ (थापा, २०६९ पृ. ४१) ।

व्यवस्थापन सम्वन्धी विभिन्न वैज्ञानिकहरुका विचारधाराहरु मध्ये टेलरको वैज्ञानिक


व्यवस्थापन सिद्धान्त पनि एक हो । उक्त सिद्धान्तमा टेलरले कु नै पनि सस्थामा काम
गर्ने कामदारको वैज्ञानिक प्रक्रियाबाट छनोट, तालिम सुविधाको व्यवस्था, कामको
आधारमा ज्याला निर्धारण भएको खण्डमा उनीहरु स्वभाविक रूपमा कामप्रति उत्प्रेरित
हुन्छन्‌ र उत्पादकत्व बढाउनेतर्फ के न्द्रित हुन्छन्‌ भनेका छन्‌ । यो भनाईलाई यस
अध्ययनमा प्रयोग गर्दा शिक्षण संस्थामा विशेष गरी अवैज्ञानिक प्रक्रियाबाट सेवामा
प्रवेश गर्ने, प्रवेश गरिसके पछि सम्वद्ध विषय अध्यापनमा आवश्यक तालिमको अभाव
हुनु, शिक्षण सिकाइ क्रियाकलापमा परम्परागत प्रणाली हुनु आदि पक्षलाई हटाउनका
लागि टेलरको वैज्ञानिक व्यवस्थापन सिद्धान्तको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ

बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्दा फ्रे डरिक विन्स्लो टेलरले वैज्ञानिक


व्यवस्थापन सिद्धान्तसँग सम्वन्धित रहेर गर्नु उपयुक्त देखिन्छ । किनकि
कक्षाकोठाको प्रभावकारी व्यवस्थापनका लागि दक्ष शिक्षकको आवश्यकता पर्दछ ।
त्यसका लागि यस सिद्धान्तले वैज्ञानिक तवरबाट छनोट र तालिम सिपको विकास गर्न
सघाउँछ । टेलरको यस सिद्धान्तले शिक्षकलाई पेसाप्रतिको कार्यसम्पादनमा
प्रभावकारिता ल्याउनका लागि उनीहरुको कामको आधारमा पारिश्चमिकको व्यवस्था
गर्नुपर्नेमा जोड दिएको छ । यदि शिक्षकहरुलाई कामको आधारमा पारिश्वमिकको
व्यवस्था गर्ने हो भने सामुदायिक विद्यालयको कक्षाकोठाको व्यवस्थापन र सिकाइ
उपलब्धिमा सुधार नहोला भन्त सकिदैन । यसका साथै आर्थिक रूपबाटै भए पनि
शिक्षकलाई पेसाप्रति उत्प्रेरित गदै प्रधानाध्यापक तथा शिक्षकहरुविचमा सुमधुर
सम्वन्ध तथा मेलमिलापमा सघाउँछ । फलस्वरुप सिकाइ उपलव्धिमा सुधार आउँछ

परम्परागत ढं गले अन्दाजको भरमा पढाउने र विद्यार्थीहरुलाई डरत्रास देखाएर पढाउने


शिक्षकलाई निरूत्साहित गरी वैज्ञानिक व्यवस्थापनबाट अध्यापन गराउन टेलरको यस
सिद्धान्तले महत्वपूर्ण सहयोग पुर्‍याउँछ । शिक्षकको छनोट तालिम तथा पदस्थापन
गर्दा उसको योग्यता, क्षमता र अनुभव जस्ता वैज्ञानिक आधारलाई ख्याल गरी गरियो
भने दक्ष योग्य तथा तालिम प्राप्त शिक्षकहरु छनोट हुन्छन्‌ । तालिम प्राप्त
शिक्षकहरुलाई कक्षाकोठाको बालमैत्री व्यवस्थापनको बारेमा पूर्ण रूपमा ज्ञान हुन्छ ।
फलस्वरूप तालिम प्राप्त शिक्षकले उचित तरिकाले बालमैत्री कक्षाकोठाको व्यवस्थापन
गरी बालबालिकाहरुको सिकाइ उपलब्धिमा सुधार ल्याउनको लागि महत्वपूर्ण भूमिका
खेल्दछ । बालबालिकाहरुको उमेर, रूचि, इच्छा अनुसार शिक्षण सिकाइ क्रियाकलाप
गर्दछन्‌ । फलस्वरूप बालमैत्री कक्षाकोठाको व्यवस्थापन भई सिकाइ उपलब्धिमा
सुधार हुन जान्छ । त्यसैले बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्दा टेलरको
वैज्ञानिक व्यवस्थापन सिद्धान्तले निर्देश गरे बमोजिम गरियो भने कक्षाकोठा बालमैत्री
भई सिकाइ उपलब्धिमा सुधार हुन जाने कु रामा आशावादी रहन सकिन्छ ।

शिक्षण गरेर सिकाइ हुने कु रालाई मन्टेश्वरीले पूर्ण रूपमा त अस्विकार गरिनन्‌ तर
स्वीकार पनि गरिनन्‌ । मन्टेश्वरीको यो सिद्धान्तलाई जोन आडमले कक्षा शिक्षणको
मृत्युको घण्टी भने पनि यो सिद्वान्त व्यक्तिलाई स्वत: क्रियाशील बनाउने पक्षसँग
सम्बन्धित छ र शिक्षकले बालकको मानसिक तथा मनोवैज्ञानिक विकाससँग सरोकार
राख्दछ । स्व-शिक्षा वा स्वत-शिक्षा नै वास्तविक शिक्षा हो भन्ने उनको विश्वास छ
। उनी कु नै पनि वयस्क वालवालिकाको स्व-शिक्षा आर्जनमा बाधा गर्नुहुँदैन र
उनीहरु स्त्रयम्‌लाई सिक्ने अवसर गर्नुपर्दछ भन्ने मान्यतामा अगाडि बढेको छिन्‌ ।
उनका अनुसार सिकाइमा शिक्षकको भूमिका रहन्छ तर वच्चाको ध्यान के न्द्रित गर्नमा
उनीहरुलाई व्यस्त राख्‍नमा सिक्नका लागि वाटो देखाउनमा र गतिविधि तथा
क्रियाकलाप गर्न, शक्ति प्रदान गर्नमा मदृत गर्दछ । विकासको रूपमा शिक्षालाई
परिभाषित गरेर पूर्ण रूपमा स्वतन्त्रपूर्वक क्रियाकलापमा सहभागी भएर
बालबालिकाहरुले सिक्न सक्दछन्‌ र यो शिक्षा नै वास्तविक शिक्षा हो भन्ने मान्यता
मन्टरेश्‍वरीको रहेको छ । उनले विद्यालय बालबालिकाको घर हो भनेका छन्‌ ।
बालबालिकाहरुको भावी जीवनमा घरायसी कामकारवाहीका सिलसिलामा प्रयोग गर्नुपर्ने
सम्पूर्ण सामग्रीहरु त्यस बालबालिकाको घरमा उनीहरुले नै प्रयोग गर्न पाउँछन्‌ र
सिकाइ गर्दछन्‌। यसले कक्षाकोठाको भौतिक शैक्षिक व्यवस्थापनलाई प्रभावकारी
बनाउन शैक्षिक उन्नति गर्नमा र कु नै पनि बालबालिकाले आफ्नो घरमा सहज
तरिकाले शिक्षा आर्जन गर्न पाउनु पर्दछ विना भेदभाव शिक्षा पाउनुपर्दछ । प्रत्येक
विद्यालयमा वालके न्द्रित शिक्षण सिकाइ क्रियाकलाप हुनुपर्दछ भन्ने कु रालाई विशेष
जोड दिइएको छ । त्यसैले मन्टेश्वरीको यस सिद्धान्तलाई यस अध्ययनमा प्रयोग गरि
सिकाइ उपलब्धिमा सुधार गर्न सकिन्छ (भण्डारी, २०७१:प्‌. २०)
परिच्छेद : तीन
अध्ययन विधि र प्रक्रिया

कु नै पति अध्ययन खोज तथा अनुसन्धान कार्यलाई राम्रोसँग अगाडि बढाई सफल
बनाउनको लागि अध्ययन विधिको महत्वपूर्ण भूमिका रहन्छ । विधिले अध्ययनलाई
निश्चित बाटोमा अर्गाडि वढाउन र तिष्कर्षमा पुन्याउन महत्वपूर्ण भूमिका खेल्दछ ।
अनुसन्धान तथा खोजकार्यलाई अघि वढाउन प्रयोगमा ल्याइने विधि नै अध्ययन विधि
हो । अर्थात्‌कु न उद्देश्य प्राप्तिका लागि के कस्तो स्रोत सामग्री तथा
प्रविधिको प्रयोग गर्ने अध्ययनका क्रममा नमुनाको आकार कस्तो राख्ने, सूचना संकलन
साधनहरुलाई कसरी प्रमाणीकरण गर्ने भन्ने जस्ता कु राहरुलाई निश्चित तरिकाहरुको
प्रयोग गरी सूचना प्राप्त गर्नु नै अध्ययन विधि हो । यसले अध्ययन कार्यलाई कसरी
अगाडि बढाइने भन्ने सन्दर्भमा स्पष्ट पार्नुका साथै पारदर्शी समेत वनाउने हुँदा यस
अध्ययनमा के कस्ता विधिहरु अपनाइए भन्ने बारेमा उल्लेख गरिएको हुन्छ । यस
अध्ययनमा वर्णनात्मक विधिको प्रयोग गरी गुणात्मक ढाँचामा तथ्यांक आधारित रहने
छ।

३.१ अनुसन्धानात्मक ढाँचा

अध्ययन अनुसन्धान कार्यको लागि गरिने वृहत योजना नै अनुसन्धान ढाँचा हो । कु नै


पनि अनुसन्धान निश्चित ढाँचामा तयार गरिएको हुन्छ । जसले अनुसन्धान कस्तो
प्रकारको हुने भन्ने कु राको निर्णय गर्दछ । यो अनुसन्धान गुणात्मक ढाँचामा तयार
गरिएको छ । तथ्याङ्क संकलनका लागि छनोटमा परेका विद्यालयहरुको अवलोकन,
प्रश्नावली, अन्तर्वार्ता आदिका माध्यमबाट प्राप्त गरेका तथ्याङ्क तथा सूचनाहरुलाई
गुणात्मक परिमाणात्मक तथा मिश्रित रूपमा व्याख्या विश्लेषण गरिएको छ । यस
अध्ययनलाई विश्वसनीय र बैध वनाउन प्रश्नावली अन्तर्वार्ता र अवलोकनको प्रयोग
गरिएको छ । अध्ययनका लागि नमुना छनोटमा परेका विद्यालयहरुका प्र.अ. शिक्षक,
विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग छलफल, अन्तरक्रिया एवं
अन्तर्वार्ताका माध्यमबाट बास्तविक र यथार्थ तथ्याङ्क तथा सूचनाहरु संकलन गरी तथा
द्वितीय स्रोतबाट प्राप्त सूचनाहरुलाई व्याख्यात्मक तरिका प्रयोग गरी वर्णनात्मक र
मिश्चित ढाँचा प्रयोग गरी यस अध्ययनलाई निष्कर्षमा पुर्‍याइएको छ ।
तालिका १

जनसंख्या र नमुना छनोट बिवरण

क्र.सं विवरण जम्मा जनसंख्या नमुना प्रतिशत नमुना छनोट


छनोट विधि
१ विद्यालय ८ ५ ६२.२ सम्भावनायुक्त
२ प्रध्यानाध्यापक ८ ५ ६२.२ उद्देश्यमूलक
३ शिक्षक सम्भावनायुक्त
४ वि.व्य.स. उद्देश्‍यमूलक
५ विद्यार्थी सम्भावनायुक्त
६ अभिभावक सम्भावनायुक्त
स्रोतः स्थलगत अध्ययन २०७८

३.२ तथ्याङ्कका स्रोतहरु


यस अध्ययनका लागि दुई प्रकारका स्रोतहरु उपयोग गरिनेछ । जुन निम्न प्रकार
छन्‌ । जहाँबाट तथ्याङ्क प्राप्त गरिन्छ त्यस क्षेत्रलाई तथ्याङ्कको स्रोत भनिन्छ ।
अध्ययनलाई मूर्तरूप दिन र संकलित तथ्यहरुलाई सान्दर्भिक वस्तुनिष्ठ तार्कि क,
विश्वसनीय वैज्ञानिक एवं तथ्यपूर्ण बनाउन तथ्याङ्कको स्रोत भरपर्दो विश्वसनिय एवं
बैध हुनु जखूरी हुन्छ । बालमैत्री कक्षाकोठाको व्यवस्थापन र सिकाइ उपलब्धि
नामक शोधको अध्ययनका लागि प्राथमिक र द्वितीय स्रोतहरुको प्रयोग गरिएको छ ।
जुन स्रोतलाई निम्नानुसार उल्लेख गरिएको छ ।

३.३ प्राथमिक स्रोत

यस शोध अध्ययनका क्रममा नमुना छनोटमा परेका बिद्यालयका शिक्षक, प्र.अ.,


वि.व्य.स. अध्यक्ष अभिभावक तथा विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्तर्वार्ता
प्रश्नावली छलफल एवं अन्तरक्रियाका माध्यमबाट तथ्‍याङ्क एवम्‌ सूचनाहरु संकलन
गरिएको छ । विद्यालयमा गएर विद्यालयको अवस्था कक्षाक्रियाकलापहरु एवं अन्य
विविध पक्षका सम्बन्धमा अवलोकन गरेर सूचना तथा तथ्याङ्कहरु संकलन गरिएको छ
। सूचना संकलन क्रममा निम्‍न साधनहरुको प्रयोग गरिएको छ ।
३.४ द्वितीय स्रोत

यस शोध अध्ययनको लागि थप बिभिन्न द्वितीय स्रोतहरुको पनि प्रयोग गरिएको छ ।


जसमा छनोटमा परेका विद्यालयका विद्यार्थीहरुको हाजिरी, शिक्षकको हाजिरी,
विद्यालयका निरीक्षण पुस्तिका, वि.व्य.स. बैठकका निर्णय पुस्तिका, वार्षिक कार्यक्रम,
पाठयोजनाहरु, विद्यालयका कार्ययोजना लगायतका अन्य शैक्षिक अभिलेख तथा
दस्तावेजहरु तथा अन्य सन्दर्भग्रन्यहरुको संक्षिप्त अध्ययन र विश्लेषण गरी आवश्यक
सूचनाहरु संकलन गरिएको छ ।

३.५ तथ्याङ्क संकलनका साधनहरु

१. प्रश्‍नावली : यस शोध अध्ययनका क्रममा अध्ययनका लागि छनोट गरिएको


जनसङ्ख्या भित्रका प्र.अ., शिक्षक, वि.व्य.स. अध्यक्ष, अभिभावक र विद्यार्थीहरुका लागि
प्रश्नावली निर्माण गरी तथ्याङ्क संकलन गरिएको छ । उक्त प्रश्नावलीलाई अनुसूची
१, २, ३, ४ र ५ मा राखिएको छ।

२. अन्तर्वार्ता सूची : अध्ययनको लागि छनोट गरिएको जनसङ्ख्या भित्रका प्र.अ.,


शिक्षक, वि.व्य.स. अध्यक्ष र अभिभावकलाई विद्यालयमा सञ्चालन गरिने बालमैत्री
क्रियाकलापहरु सम्बन्धी प्रश्‍नहरु निर्माण गरेर मौखिक रूपमा प्रश्नहरु सोधी प्राप्त
प्रतिक्रियाहरुलाई टिपोट गरिएको छ । उक्त अन्तर्वाता सूचीलाई अनुसूची ६
वमोजिमको ढाँचामा राखिएको छ।

३. अवलोकन फाराम : यस शोधलाई सहजतापूर्वक निष्कर्षमा पुन्याउनको लागि


अनुसूची ७ मा दिइए बमोजिमको फाराम वनाई सम्वन्धित क्षेत्रमा गएर प्रत्यक्ष
अवलोकन विधि पनि अपनाइएको छ । कक्षा व्यवस्थापन, कक्षाकोठा भित्रका एवं
वाहिरका क्रियाकलापहरुको वारेमा अवलोकन गरेर सूचनाहरु संकलन गरिएको छ ।

४. छलफल निर्देशिका : यस शोध अध्ययनका क्रममा प्र.अ., शिक्षक, र विद्यार्थीहरुसँग


छलफल गरिएको छ । उक्त छलफलबाट प्राप्त गरेका सूचनाहरुलाई संकलन
गरिएको छ । उक्त छलफल निर्देशिकालाई अनुसूची ८ को ढाँचामा राखिएको छ।
३.६ तथ्याङ्क संकलन प्रक्रिया

यस शोध अध्ययन कार्यलाई पूरा गर्ने क्रममा तथ्याङ्क संकलनका लागि अध्ययन
क्षेत्रमा प्राथमिक स्रोतका तथ्याङ्कहरु अन्तर्गत प्रश्‍नावली, अन्तर्वार्ता, अवलोकन छलफल
जस्ता विधिहरुको प्रयोग गरी तथ्याङ्‌क संकलन गरिएको छ । त्यसै गरी तथ्‍याङ्क
संकलनकै लागि प्रयोग गरिने द्वितीय स्रोतहरु अन्तर्गत सम्बन्धित विद्यालयको शैक्षिक
अभिलेख, विभिन्न शोधपत्रहरु र विभिन्न साहित्यहरुको पुनरावलोकन गरी
त संकलन गरिएको छ । सर्वप्रथम छनोटमा परेका विद्यालयका प्र.अ.हरुसँग प्रत्यक्ष
भेट गरी विषयवस्तुको वारेमा जानकारी गराइयो र तथ्याङक लिनको लागि अनुमति
मागिनेछ । त्यसपछि यस शोधलाई पुरा गर्नको लागि चाहिने तथ्याड्कहरुको बारेमा
प्र.अ.सँग छलफल गरी आवश्यक तथ्याङ्कहरु संकलन गरिएको छ । यसै गरी यस
शोध कार्यलाई पूरा गर्ने क्रममा छनोट गरिएका विद्यालयका प्रधानाध्यापक, शिक्षक,
विद्यार्थी, बिद्यालय, व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकहरुसँग प्रश्नावलीका
आधारमा छलफल गरी उनीहरुको बैचारिक प्रर्तिक्रिया लिइएको छ । तथ्याङ्क
संकलनका क्रममा प्रत्येक व्यक्तिहरुविच सुमधुर सम्बन्ध स्थापित गरी आवश्यक
तथ्याङ्कहरु संकलन गरिएको छ । उक्त क्षेत्रमा आफू ले देखेका, बुझेका, सुनेका तथा
उद्देश्य अनुसारका तथ्याङ्कहरु संकलन गरिएको छ । यसै गरी तथ्याडक संकलनकै
क्रममा विद्यालयको वार्षिक उपलब्धि तथा अन्य शैक्षिक अभिलेखहरुका माध्यमबाट
तथ्याङ्क संकलन गरिएको छ ।

३.७ तथ्याङ्क विश्लेषण प्रक्रिया

यस शोध अध्ययनका क्रममा सम्वन्धित क्षेत्र विद्यालयमा गएर प्रधानाध्यापक, शिक्षक,


विद्यार्थी एवं अन्य बिभिन्न पक्षहरुका माध्यमबाट तथ्याड्कहरुको संकलन गरी प्राप्त
तथ्याङ्कको गुणात्मक विधिबाट बिश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान भन्नाले
कु नै पनि अवस्था, घटना प्रक्रिया वा समस्याहरुको अध्ययन उद्देश्यले सम्वन्धित
स्थलमा गएर शाब्दिक रुपमा संकलन गरिएका असांख्यिक तथ्याङ्कहरुलाई तार्कि क
रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिने अनुसन्धान हो । गुणान्त्मक अनुसन्धानमा प्राप्त
तथ्याङ वा जानकारीहरुलाई विश्लेषण गरी निष्कर्षमा पुग्ने गरिन्छ । यो अनुसन्धान
यथार्थ अवस्था भै गरिने अनुसन्धान हो । त्यसैले सम्वन्धित क्षेत्र विद्यालयमा गएर
प्राप्त गरिएका तथ्याङ्क एवम्‌ सूचनाहरुलाई तार्कि क रुपमा गुणात्मक अध्ययन विधिबाट
विश्लेषण गरिएको छ । शोध अध्ययनका क्रममा प्रश्‍नावली, अन्तर्वार्ता र छलफल
तथा बिभिन्न शैक्षिक अभिलेख एवं दस्तावेजका माध्यमबाट तथ्याङ्ककहरुको संकलन
गरी उक्त अध्ययनको उद्देश्य पूरा गर्न गुणात्मक तरिकाबाट व्याख्या एवं विश्लेषण
गरिएको छ । विषयको प्रकृ ति अनुसार तथ्याङ्क विश्लेषणका विधिहरु फरक फरक
हुन्छन्‌ । गुणात्मक अनुसन्धानमा प्रत्यक्ष अवलोलन, अन्तर्वार्ता र लिखित दस्तावेजमा
आधारित तथ्याङ्कहरुको प्रयोग गरिएको हुन्छ । अन्तर्वार्तावाट प्राप्त तथ्याङ्कहरुमा
शोधकर्ताको अनुभव, विचार र धारणालाई प्रत्यक्ष वाक्यांशमा राखी अनुसन्धानको
निष्कर्ष त्यसैमा सीमित रहने अध्ययन गुणात्मक अध्ययन हुन जान्छ, त्यसैले यस
अध्ययनमा पनि तथ्याङ्क संकलन गर्न प्रयोग गरिएका अनुसन्धानका साधनहरु र
प्राप्त तथ्याङ्कहरुको स्वरूपको आधारमा तथ्याङ्कहरुलाई गुणात्मक तरिकाले विश्लेषण
गरिएको छ ।

विद्यालय एवं कक्षाकोठा व्यवस्थित र बालमैत्री वनाउन शिक्षक तथा प्रधानाध्यापकको


वैचारिक धारणा, उनीहरुको शैक्षिक स्तर एवं अन्य बिभिन्न पक्षहरुले प्रभाव पार्ने
भएकोले उनीहरुको अनुभव र व्यवहारलाई पनि समेटिएको छ । घटना अध्ययनबाट
प्राप्त सूचनाहरुलाई अध्ययनको उद्देश्यसँग सम्वन्ध स्थापना गरेर निष्कर्षमा पुग्याइएको
छ । यस शोध विषयसँग सम्वन्धित सूचनाहरुलाई अनुसन्धानको साधन र अध्ययनको
जनसङ्ख्याको भिन्नताअनुसार सामूहिकरण गरिएको छ । तथ्याङ्कलाई गुणात्मक
पक्षबाट विश्लेषण गरी उद्देश्य के न्द्रित वनाउन सान्दर्भिक सिद्धान्तहरुको आधार
लिइएको छ । समस्याको अध्ययनलाई दिशाबोध गराउन उपलब्ध तथ्याङ्कहरुको
व्याख्यात्मक तरिकाले विश्लेषण गर्दै पूर्व आधारित सिद्धान्तहरुसँग सम्वन्ध जोड्ने
प्रयत्न गरिएको छ । तथ्याङ्क गुणात्मक तरिकाअनुसार कोरा तथ्याङ्कलाई छानविन गरी
अनावश्यक तथ्याङ्कहरुलाई हटाइएको छ । अस्पष्ट सूचनाहरुलाई विश्लेषणात्मक
अध्ययन गरी स्पष्ट र अर्थपूर्ण बनाइएको छ । अत: यस शोध अध्ययनलाई
निष्कर्षमा पुग्याउन गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ ।

माथि उल्लेख गरिएका वा अध्ययनबाट पत्ता लगाइएको समस्या तथा काम


कमजोरीहरुलाई समाधान तथा सुधार गर्नका लागि शिक्षक, अभिभावक, प्रशासकहरु
विशेषज्ञ नेपाल सरकार विभिन्न संघसंस्था लगायतका सम्वन्धित सवै पक्षहरुले आ-
आफू नो स्थानबाट सक्दो रुपमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । अनि मात्र उल्लेखित
समस्या तथा कमजोरीहरु निराकरण गरी सामुदायिक विद्यालयहरुमा बालमैत्री
कक्षाकोठाको व्यवस्थापन र सिकाई उपलव्धी वृद्धि गर्न सकिन्छ । साथै अपेक्षित
उदेश्य हासिल गरी विद्यार्थीको व्यवहारमा उचित परिवर्तन ल्याउन सकिन्छ । तव
मात्र बालमैत्री कक्षाकोठाको व्यवस्थापन र सिकाई उपलब्धी राम्रो गुणात्मक रहने
कु रा स्पष्ट पार्न सकिन्छ ।
परिच्छेद चार

निष्कर्ष तथा सुझावहरु

४. निष्कर्ष र सुझाव :
यस अध्ययनको क्रममा सर्लाही जिल्ला मलंगवा नगरपालिका अन्तर्गत ......वटा
सामुदायिक विद्यालयमा गरिएको विद्यालयको वालमैत्री कक्षाकोठाको व्यवस्थापन र
सिकाई उपलव्धी अध्ययन शीर्षक अन्तर्गत रहेर गरिएको अध्ययनमा प्राप्त सुचना
अभिलेख र तथ्यांकको आधारमा विश्लेषण गरि प्राप्त भएका कु राहरुलाई निष्कर्षका
रुपमा यसरी प्रस्तुत गरिएको छ ।

अध्ययन छनौटमा परेको विद्यालयको बालमैत्री कक्षा कोठाको व्यवस्थपन र सिकाई


उपलव्धी भनाई सकारात्मक नै रहेको पाइयो । प्राथमिक तहमा जुन बालमैत्री
कक्षाकोठाको व्यवस्थापन हुनुपर्ने हो, सो अनुरुपको भने रहेको पाइएन । सामुदायिक
विद्यालयमा बालमैत्री कक्षाकोठाको व्यवस्थापन र सिकाई उपलब्धी नहुनुमा शैक्षिक
सामाग्रीको कमी, प्रयोगमा नहुनु, शिक्षकहरुले व्यवस्थापनमा ध्यान नदिनु, चासो नराख्नु,
शिक्षण व्यवस्थापनमा दिइने तालिमको व्यवस्था नभएको, जसले गर्दा परम्परागत
तरिकाले शिक्षण सिकाई र व्यवस्थापन गर्नुपर्ने वाध्यता रहेको र समय सापेक्ष रुपमा
पेसागत सुविधा तथा प्रोत्साहनको व्यवस्था शिक्षकहरुलाई नरहेकोले कक्षा शिक्षणमा
मूल्यांकन प्रक्रियालाई सही ढङ्गबाट प्रदान नगरिनु जस्ता कारणले सामुदायिक
विद्यालयमा बालमैत्री कक्षाकोठाको व्यवस्थापन र सिकाई प्रक्रिया प्रभावकारी हुन
नसके को पाइयो ।
सन्दर्भ सामग्री

अधिकारी, नारायणप्रसाद, अन्य (२०६९), शिक्षामा माचव संयाधन व्यबस्थापत,


काठमाडौँ: सनलाइट पब्लिके शन ।

काफ्ले, वासुदेव र अन्य (२०६४), शैक्षिक ब्यवस्थापव र संगठनात्यक व्यवहार


जुपिटर पब्लिके शन प्रा.लि. ।

के न्द्रीय, बालकल्याण समिति (२०७३), बालमैत्री बिद्यालयको आवश्यकता, लेखक ।

खनाल, पेशल (२०७१), शैक्षिक अदुसन्धाव पद्धति काठमाडौँ; सनलाइट पब्लिके शन ।


थापा, तारा बहादुर (२०६९), शैक्षिक व्यवस्थापत र कं गठनात्मक व्यबहार काठमाडौँ
: सनलाइट पब्लिके शन ।

पोखरेल, वावुराम (२०६७), बातमैती विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापको


अबस्था, अप्रकाशित स्नातकोत्तर शोधपत्र, इन्द्रपुर मोरङ ।

भण्डारी, तारानाथ (२०७०), बालमैत्री विद्यालय व्यवस्थापन अप्रकाशित स्वातकोत्तर


शोधपत्र, महेन्द्ररत्‍न क्याम्पस, ताहाचल ।

वाग्ले, मनप्रसाद र ढकाल, माधव प्रसाद (२०६६), शिक्षाको परिचय काठमाडौं :


विद्यार्थी पुस्तक भण्डार ।

वोगटी, पोष्ट वहादुर (२०७२), वालमैत्री विद्यालयमा शिक्षण सिकाइको अवस्था


काठमाडौं : त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

शर्मा एण्ड शर्मा (२०५६), शैक्षिक प्रशायव काठमाडौँ: एम्‌.के . पब्लिशर्स एण्ड
डिस्ट्रिव्युटर्स,
शिक्षा विभाग (२०६४), शैक्षिक विरीक्षण, सानोठिमी, भक्तपुर: लेखक ।

शिक्षा विभाग (२०६७), बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप सानोठिमी, भक्तपुर: लेखक

शिक्षा विभाग (२०६७), गुणस्तरीय शिक्षाका लागि बालमैत्री बिद्यालय : राष्ट्रिय प्रारुण
सानोठिमी, भक्तपुर: लेखक ।

शिक्षा बिभाग (२०७०), बालमैत्री विद्वालय शिक्षक प्रशिक्षण पृस्तिका सानोठिमी,


भक्तपुर: लेखक ।

सिविन (२००९), बालमैत्री विद्यालयका लागि प्रयासहरु ।

श्रेष्ठ, चन्द्रबहादुर र अन्य (२०६७), शिक्षामा मानव संसाधन व्यवस्थापन काठमाडौँ:


विद्यार्थी पुस्तक भण्डार ।

You might also like