You are on page 1of 6

KEF SECONDARY SCHOOL

परियोजना कार्य – २०८०


सामाजिक अध्ययन
कक्षा – ९ “ ख ”

शिष्टता आचार्य विषय शिक्षक


कक्षा – ९ ख अमृत पौडेल
परियोजना कार्यको महत्त्व

सिकाइका विभिन्न तरिका हुन्छन् ती मध्ये परियोजना कार्य पनि एक हो।परियोजना


कार्यले मुख्यतय तीन तरिकाले गर्न सकिन्छ।पहिलो तरिकाले कु नै कार्य गरेर सिक्ने,
कु नै कार्य अरुले गरेको अनुसरण गरेर सिक्ने र तेस्रो आफै ले अनुसन्धान गरेर
सिक्ने।पाठ्यक्रम तथा पाठ्यपुस्तकले परियोजना कार्यका रुपमा क्रियाकलाप र
प्रयोगात्मक कार्यलाई समावेश गरेको छ।परियोजना कार्यले विद्यार्थीलाई रचनात्मक
बनाउछ।परियोजना कार्य शिक्षकको निर्देशन अनुसार गरिन्छ।परियोजना कार्य गरेपछि
हामीलाई उक्त कु रा सम्बन्धि धेरै जानकारी प्राप्त हुन्छ।
प्रश्नहरु :

1. तपाईको बुबा/हजुरबुबालाई सोधेर तपाईका आफ्ना पुर्खाहरुको १०


पुस्तासम्मको वंशावली देखाउने वंशवृक्ष बनाउनुहोस्।
2. नेपालको नक्सा बनाइ प्रत्येक प्रदेशको राजधानी देखाउनुहोस्।साथै तपाईको
प्रदेशमा भएका वा हुदै गरेका विकासका योजनाहरुको वर्णन गर्नुहोस्।
3. तपाईको समूदायका कृ षकहरुलाई भेटी उहाँहरुले भोग्नु परेका
समस्याहरुको चर्चा गर्नुहोस्।साथै कृ षकका समस्या समाधान गर्न राज्यले के
कस्ता राजनीति अवलम्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस्।
प्रश्न २ :

नेपालको शासन व्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान


जारी भयो।यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
कायम हुन पुग्यो।नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो।
यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र
लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कु ल
११ जिल्लाको गण्डकी प्रदेश कायम भयो।भौगोलिक रुपमा यस प्रदेशले हिमाल,
पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ।त्यस्तै हावापानीको दृष्‍
टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि
टुन्ड्रा) हावापानी विद्यमान रहेको छ ।नेपालको कु ल क्षेत्रफल १,४७,५१६ वर्ग
कि.मि. मध्ये गण्डकी प्रदेशले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल
ओगटेको छ।यसमा प्रदेशको कु ल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि.
(२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१०
वर्ग कि.मि. (६%) पर्दछ।यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ।यो प्रदेश नेपाल
राज्यको करीब मध्य भागमा पर्दछ।नेपालकै सबैभन्दा ठू लो महानगरपालिकाको रुपमा
रहेको पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ।गण्डकी प्रदेशमा १
महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह
रहेका छन्।२०६८ सालको जनगणना अनुसार नेपालको कु ल जनसंख्या
२,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २४०३०१६ रहेको छ जुन कु ल
जनसंख्याको ९.०६ प्रतिशत हुन आउँछ।यस मध्ये पुरुषको जनसंख्या ९४८०२९ र
महिलाको जनसंख्या ११४४१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना
पुरुष प्रति १०० महिलामा रहेको छ।जनसंख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको
हाराहारीमा रहेको छ।प्रदेश गौरवको आयोजनाका रूपमा रहेको गण्डकी
विश्वविद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास रहेको छ। पोखरा
महानगरपालिका-३२ ज्ञानकु ञ्जमा उक्त विश्वविद्यालयको शैक्षिक भवन
निर्माणाधीन अवस्थामा छ।
यस्तै प्रदेश राजधानी पोखरामा बन्न लागेको सूचना प्रविधि उद्यानको विस्तृत
परियोजना प्रतिवेदन तयार पारी भौतिक पूर्वाधार निर्माण गर्न सुरु गरिएको छ।
पोखरा महानगरपालिका-१८ मा बन्ने उद्यानमा सबैको सहज पहुँच हुने उल्लेख
छ। प्रविधिसँगै नवप्रवर्तन, र अध्ययन-अनुसन्धानमा उक्त उद्यानले टेवा पुर्‍याउने
छ।गण्डकी प्रदेशलाई प्रविधिमय बनाउने र अन्तर्राष्ट्रिय जगतसंग जोड्न
‘आइटी पार्क ’ निर्माण गर्न लागिएको हो। ९६ रोपनी जग्गामा सो उद्यान
बन्नेछ। प्रदेश सरकारले गण्डकीको अर्को महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको
धौवादी फलाम खानी सञ्चालनका लागि १५ करोड बजेट विनियोजन गरेको
छ। संघ सरकारसँगको साझेदारीमा उक्त फलामखानी सञ्चालनमा ल्याइने
बजेट/कार्यक्रममा उल्लेख छ।संघीय सरकार र प्रदेश सरकारको लगानी
साझेदारीमा १२०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत्
आयोजना यथाशक्य निर्माण गर्ने रहेको छ। बागलुङको ढोरपाटन क्षेत्रमा बन्ने
कू ल ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् आयोजना पनि निर्माणाधीन
अवस्थामा रहेको छ।प्रदेश गौरवका सडक, ‘एक निर्वाचन क्षेत्र, एक सडक’,
रणनीतिक महत्त्वका सडक, स्थानीय तहको प्रशासनिक के न्द्र जोड्ने सडक,
प्रादेशिक सडक तथा पुल पूर्वाधारका बजेट विनियोजन गरि काम अगाडी
बढाइएकोछ। स्थानीय तह र उपभोक्तासँगको सहकार्यमा ‘एक घर, एक धारा’
कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेश सरकारले लिफ्टिङ खानेपानी
आयोजनामा लाग्ने विद्युत् महसुल पुरै छु ट दिने घोषणा गरेको छ। “प्रदेश प्रमुख
शैक्षिक सुधार कार्यक्रम” मार्फ त सामुदायिक क्याम्पसका प्राविधिक शिक्षा र
सामुदायिक विद्यालयमा प्रविधिको विस्तार एवं गुणस्तरका सुधारका लागि बजेट
विनियोजन गरिएको छ।
प्रश्न ३ :

मेरो समुदायमा कृ षकहरू नभएका हुनाले मैले मेरो गाउँका कृ षकहरूलाई भेटें।
उहाँहरुलाई सोद्धा उहाँहरुको समस्याहरू निम्न लिखित छन् :

 ग्लोबल वार्मिंङ्ग
 बजारहरूमा पहुँच
 किट्नासक औषधीको प्रयोग
 बोटबिरुवाका रोगहरू
 आधुनिक प्रविधिको अभाव

माथि दिएका समस्याहरूको समाधानहरू :

ग्लोबल वार्मिंङ्गको समस्या हटाउनको लागि उद्योगहरू धेरै नखोल्ने हो।पृथ्वीको


तापक्रम स्थिर गतिमा बढ्दै छ।यसको कारण ग्लोबल वार्मिंङ वृद्धि हो, जसले
स्वास्थ्य, पारिस्थितिक र मानवीय संकट निम्त्याएको छ।कृ षि उत्पादनको बजारमा
सहज पहुँचको लागि राज्यको सहयोग लिनु पर्छ।खेतबारीमा किट्नासक औषधीको
प्रयोग नगरिकन कम्पोस्ट मल प्रयोग गर्नु पर्छ।आधुनिक प्रविधिको प्रयोग गरेमा समय
र बल दुवै बच्छ।उदाहरणका लागि : हलोलाई लिन सकिन्छ।हलोको प्रयोग गर्दा
हाम्रो समयका साथै बल पनि धेरै प्रयोग हुन्छ, यसको सट्टामा ट्याक्टरको प्रयोग गर्न
सकिन्छ।

You might also like