You are on page 1of 2




Login
Signup

नेपालको भूगोल सम्बन्धी जानकारी


भाद्र ९, २०७८ बुधवार

नेपालले ओगट्ने भू-भाग :

(क)   पृथ्वीमा रहेको जमीन मध्ये नेपालमा ०.१ प्रतिशत जमिन रहेको छ ।

(ख)   क्षेत्रफलका आधारमा नेपालभन्दा चीन ६५ गुणा र भारत २२ गुणा ठु लो रहेको छ ।

(ग)   विश्वको सबैभन्दा ठु लो देश रसिया नेपालभन्दा १५७ गुणा ठु लो छ ।

नेपालको जलक्षेत्र र स्थलक्षेत्र :

(क)   नेपालको कू ल क्षेत्रफलको ७.०६ प्रतिशत भू-भाग जलक्षेत्र रहेको छ भने ७२.९४ प्रतिशत भू-भाग स्थल क्षेत्र रहेको छ ।

(ख)   नदी नालाले नेपालको कू ल क्षेत्रफलको ३.९ प्रतिशत भू-भाग ओगटेको छ ।

भारत तथा चीनलाई छु ने प्रदेशहरु 

+ भारतलाई मात्र छु ने प्रदेशहरु :- २ वटा (प्रदेश नं.२ र लुम्बिनी प्रदेश)

+ भारतलाई छु ने प्रदेशहरु :- ६ वटा (प्रदेश नं.१, २, बागमती, गण्डकी, लुम्बिनी र सू.प. प्रदेश)

+ चीनलाई मात्र छु ने प्रदेश :- १ वटा (कर्णाली प्रदेश)


+ चीनलाई छु ने प्रदेशहरु :- ५ वटा (प्रदेश नं.१, बागमती, गण्डकी, कर्णाली र सू.प. प्रदेश)
+ भारत र चीन दुबैलाई छु ने प्रदेशहरु :- ४ वटा (प्रदेश नं.१, बागमती, गण्डकी र सु.प. प्रदेश)

भारत तथा चीनलाई छु ने जिल्लाहरु

+ भारतसँग मात्र सिमाना जोडिएका नेपालका जिल्ला संख्या  :- २५ वटा

+ भारतसँग सिमाना जोडिएका नेपालका जिल्ला संख्या :- २७ वटा

+ चीनसँग मात्र सिमाना जोडिएका नेपालका जिल्ला संख्या    :- १३ वटा

+ चीनसँग सिमाना जोडिएका नेपालका जिल्ला संख्या  :- १५ वटा

+ भारत र चीन दुबैसँग सिमाना जोडिएका जिल्ला संख्या :- २ वटा (दार्चुला र ताप्लेजुङ)

+ ३७ जिल्लाको सिमाना कु नै पनि देशसँग जोडिएको छैन ।

नेपालको राजनीतिक तथा प्रशासकीय विभाजन :

वि.सं. २०१८ वैसाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको थियो । मुलुकको समानुपातिक विकास गर्ने उद्बेश्यले वि.सं. २०२९ असार १३ गते ४ विकास क्षेत्रमा
र वि.सं.२०३७ आश्विन २६ गते सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई ट्क्राई मध्य पश्चिमाञ्चल विकास क्षेत्र र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र गरी ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो ।

छोटकरीमा

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन - वि.सं. २०१८ वैसाख १ गते


नेपाललाई ४ विकास क्षेत्रमा विभाजन - वि.सं. २०२९ असार १३ गते
नेपाल ५ विकास क्षेत्रमा विभाजन - वि.सं. २०३७ असोज २६ गते
नेपाललाई ७ प्रदेश र ७७ जिल्लामा र ७५३ स्थानीय तहमा विभाजन - वि.सं. २०७२ असोज ३ गते (नेपालको संविधान जारी भएपश्चात)

नेपालको भूगोल सम्बन्धी संक्षिप्त जानकारी

धेरै जिल्लाहरुसँग सिमाना जोडिएका जिल्लाहरु - सिन्धुली (१० वटा) र मकवानपुर (९ वटा)
२ भन्दा कम जिल्लासँग सिमाना जोडिएका जिल्लाहरु – झापा, दार्चुला र कञ्चनपुर गरी ३ वटा
हिमालपारिका जिल्ला – मनाङ र मुस्ताङ
झोलुङ्गे पुलको जिल्ला – बागलुङ्ग
नेपालको सबैभन्दा कान्छो/पछिल्लो जिल्ला - पूर्वी रुकु म
विश्वको सर्वाधिक उचाईमा रहेको मानव वस्ती – डोल्पा जिल्लामा पर्ने छार्का भोट र तराप गाउँ
मन्दिरहरुको शहर – काठमाण्डौ
बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला – रुकु म
सगरमाथाको प्रवेशद्बार (Gateway of Mt. Everest) – नाम्चेबजार (सोलुखुम्बु)
नेपालको प्रवेशद्बार (Gateway of Nepal) – बीरगञ्ज
नेपालको सानो स्वीजरल्याण्ड – जिरी, दोलखा
विश्वको खुला संग्रहालय – काठमाण्डौ उपत्यका
प्रकृ तिको वरदान/प्रकृ तिको क्रिडास्थल – पोखरा उपत्यका 

You might also like