You are on page 1of 6

जनसंख्या, शहरीकरण र बसोबास (बसाइँसराई)

जनसंख्या

संगठितरूपमा आबद्ध जनसमूह नै जनसङ्ख्या हो । कु नै पनि देशको सीमाभित्र बसोबास गरेका जनताहरूको कू ल
गणितीय योग नै त्यस देशको जनसङ्ख्या हो । जनसङ्ख्याको आकार, वनावट, त्यसको प्रवृत्ति, वितरण,
जनसङ्ख्याको परिवर्तन सम्बन्धी अध्ययनको विधालाई जनसांख्यिकी (Demography)भनिन्छ । नेपाली बृहद्
शब्दकोषले उल्लेख गरे अनुसार जनसाङ्खिकी भन्नाले “जनसङ्ख्या सम्बन्धी आवश्यक तत्वहरूको विवेचना गरिएको
शास्त्र, जनसङ्ख्या सम्बन्धी शास्त्र” भनिएको छ । जे होस् जनसाङ्खिकी भित्र जनसङ्ख्या सम्बन्धी सम्पूर्ण
विषयहरूको अध्ययन गरिन्छ । यस अध्यायमा नेपालको जनसङ्ख्याको स्वरूपका साथसाथै जनसङ्ख्या परिवर्तनबाट
पर्न जाने असर जनसङ्ख्या वृद्धिका कारणहरू लगायतका बिषयमा जानकारी दिइएको छ ।

जनगणना
कु नै क्षेत्रभित्र निश्चित समयमा बसोवास गरिरहेका सबै व्यक्तिहरूको नामथर, जात/जाति, उमेर, भाषा, धर्म, नागरिकता, शिक्षा,
वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाईसराई आदि विवरणहरू संकलन गर्ने र संकलित विवरणलाई प्रशोधन गरी
तथ्याङ्क प्रकासन गर्ने प्रकृ यालाई जनगणना भनिन्छ । नेपालमा सर्वप्रथम वि.सं. १९६८ मा राष्ट्रिय स्तरमा सेन्सस् गोश्वारा
नामक अड्डाले जनगणना सम्बन्धी कार्य गरेको थियो । नेपालको पहिलो राष्ट्रिय जनगणनाले नेपालको जनसङ्ख्या ५६,३८,७४९
रहेको देखाएको थियो भने के न्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको एघारौं राष्ट्रिय जनगणना २०६८ ले नेपालको कू ल
जनसङ्ख्या २,६४,९४,५०४ रहेको देखाएको छ ।
जनगणना मूलत : दुई किसिमले लिने गरेको पाइन्छ जुन यसप्रकार छन् :
– बास्तविक उपस्थित विधि,
– स्थायी बसोबास विधि,
राष्ट्रिय जनगणना २०६८ सँग सम्बन्धित महत्वपूर्ण विवरणहरू
• नेपालको कु ल जनसङ्ख्या – २,६४,९४,५०४
• पुरूष – १,२८,४९,०४१ (४८.५० %)
• महिला – १,३६,४५,४६३ (५१.५० %)
• लैङ्गिक अनुपात प्रति १०० महिलामा ९४.१६ पुरूष
• बार्षिक जनसङ्ख्या वृद्धिदर – १.३५% यो वृद्धिदर अनुसार नेपालको जनसङ्ख्या ५२ वर्षमा दोब्बर हुने देखिन्छ ।
• कु ल परिवार सङ्ख्या – ५४,२७,३०२
• औषत परिवार सङ्ख्या – ४.८८ जना (रौतहट जिल्लामा सबैभन्दा बढी ६.४४ र कास्की जिल्लामा सबैभन्दा कम ३.९२ जना)
• ग्रामीण जनसङ्ख्या – ८२.९३% (२,१९,७०,६८४)
• शहरी जनसङ्ख्या – १७.०७ % (४५,२३,८२०) हाल २१७ नगरपालिका भइसके पश्चात् यो प्रतिशत परिवर्तन भएको छ)
• नेपालको साक्षरता ५ वर्ष माथिको : ६५.९% कू ल साक्षर मध्ये ३९% प्राथमिक तह उत्तिर्ण, २०.३% निम्न माध्यमिक तह
उत्तिर्ण र १०.२ प्रतिशत

शहरीकरण
सहर भन्नाले भौतिक एवम् सामाजिक पूर्वाधारको विकास भएको पर्याप्त अवसरहरू भएको, वृहत्तर जनसङ्ख्याको वासस्थान
भएको र तुलनात्मक रूपमा ग्रामीण क्षेत्रभन्दा बढी आर्थिक क्रियाकलाप भएको उन्नत प्रकृ तिको बस्ती भन्ने बुझ्न्छि भने विभिन्न
कारणहरूले गर्दा कु नै क्षेत्र सहरको रूपमा रूपान्तरण हुने प्रकृ या नै सहरीकरण हो । सेवा, सुविधा तथा अवसरहरूको उपलब्धताले
ग्रामीण क्षेत्रका मानिसहरूलाई सहरतर्फ आकर्षण गर्दछ जसले गर्दा सहरको आकार क्षेत्र एवम् स्वरूप परिवर्तन हुदै जान्छ यही
प्रकृ यालाई नै सहरीकरण भनिन्छ । साधारणतया सहरीकरणको प्रकृ यालाई दुईवटा सूचकांकबाट हेरिन्छ ।
– सहरी क्षेत्रमा बस्ने जनसङ्ख्याको प्रतिशत र
– सहरमा बस्ने जनसङ्ख्याको वृद्धिदर,
व्यवस्थित सहरीकरण विकासको सचूाङक् हो भने अव्यवस्थित सहरीकरणले धेरै समस्याहरू पैदा गर्दछ ।
बसोबास (बसाइँसराई)
गाँस, बास, कपासलाईआधारभूत आवश्यकता मानिएको आधारलाई हेर्दा मानिसको बसोवासको बिषय प्राथमिकताको बिषयमा पर्दछ
। बसोवासको निश्चितता पश्चातनै उसले अन्य जीवीकाका कार्यहरू गर्न सक्दछ । बसोवासकै आधारमा अन्य उपार्जनका कार्य गर्न
पनि आधार तय हुन्छ । बसोवास दुई किसिमले गरिन्छ । १) अस्थायी बसोवास, २) स्थायी बसोवास
मानिस आफ्नो घर समाज संस्कार र अचल सम्पत्ति आदिको आधारमा स्थायी बसोवास क्षेत्र निर्धारण गर्दछ भने अध्ययन,
उपार्जन वा अन्य कारणले अस्थायी बसोवास गर्दछ । सामान्यतया ग्रामीण क्षेत्रमा स्थायी बसोवास भएको ब्याक्ति शहरी क्षेत्रमा
अस्थायी बसोवास गर्ने, शहरी क्षेत्रमा स्थायी बसोवास भएको बासिन्दा अझ सुविधा सम्पन्न र अवसर भएका बिश्वका अन्य
देशमा अस्थायी बसोवास गर्ने प्रबृत्ति देखिन्छ । कम सुविधा र अवसर भएको स्थानबाट बढी सुविधा र अवसर भएको स्थानमा
बसोवास स्थानान्तरण गर्ने कार्य पनि भैरहेको हुन्छ ।

बसाइँसराई
सामान्यतया एक बासस्थानबाट अन्य बासस्थानमा सर्ने प्रक्रिया नै बसाइँसराई हो । १० वर्ष वा सोभन्दा बढी समयसम्म बसाई
सर्ने कार्यलाईस्थायी बसाइँसराई भनिन्छ । बसाइँसराई हुनका लागि न्यूनतम जिल्लास्तरको राजनीतिक क्षेत्र पार गर्नुपर्दछ ।
राष्ट्रिय सीमानाका हिसाबले बसाइँसराई २ प्रकारका हुन्छन्
१. आन्तरिक २. अन्तर्राष्ट्रिय
समयावधिका आधारमा बसाइँसराई ३ प्रकारका हुन्छन् :
१. स्थायी, २. अस्थायी, ३. आवधिक,

बराइँसराईका कारणहरू के –के हुन् ?


बसाइँसराईका कारणहरूमा मुख्य दुई तत्वहरू रहेको पाइन्छ :–
१. Push Factors (विकर्षण तत्वहरू) बसेको ठाउँ को विकर्षण
२. Pull Factors (आकर्षण तत्वहरू) जाने ठाउँ को आकर्षण

Push Factors
आफ्नो बासस्थानमा भएका विभिन्न समस्या र बाधा अड्चनहरूका कारण अर्को स्थानमा बसाई सर्नुपर्ने कारणहरूलाई विकर्षण
तत्व भनिन्छ । त्यसमा निम्न कु राहरू पर्दछन् :–
क. अशान्ति तथा द्वन्द्वको अवस्था (असुरक्षा) ख. बेरोजगारी,
ग. सामाजिक–आर्थिक विकासका पूर्वाधारको कमी, घ. उच्च शैक्षिक योग्यता प्राप्त गर्ने चाहना,
ङ. दैवी प्रकोपबाट उत्पन्न समस्या आदि ।
Pull Factors
कु नै पनि स्थानमा रहेका सेवा, सुविधा तथा अन्य कु राहरूप्रति आकर्षण भई सो स्थानमा बसोबास गर्न लालायित भई गरिने
बसाइँसराई आकर्षण तत्वबाट प्रभावित भएको हुन्छ । यी तत्वहरूमा निम्न पर्दछन् :
– सुरक्षाको निश्चितता,
– रोजगारीको अवसरहरूको उपलब्धता,
– सामाजिक–आर्थिक विकास,
– साथीभाई तथा आफन्तको उपस्थिति,
– उच्च शिक्षा हासिल गर्ने अवसर आदि
बसाइँसराइबाट पर्न सक्ने प्रभाव र समाधानका
उपाय
प्रत्येक १० वर्षमा गरिने जनगणना २०७८ कात्तिक २५ देखि मङ्सिर ९
गतेसम्म सम्पन्न गरी के न्द्रीय तथ्यांक विभागले प्रारम्भिक तथ्यांक प्रकाशित
गर्दा नेपालको जनसंख्या कु ल २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यसमध्ये १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरूष (४८ दशमलव ९६)
प्रतिशत र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१ दशमलव शून्य
४) प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत
र भौगोलिक क्षेत्रानुसार तराईमा ५३ दशमलव ६६ प्रतिशत, हिमालमा ६
दशमलव शून्य ९ प्रतिशत र पहाडमा ४० दशमलव २५ प्रतिशत जनसंख्या
बसोवास गर्छन् । वार्षिक जनसंख्या वृद्धिदर हिमाली क्षेत्रमा माइनस शून्य
दशमलव शून्य २ प्रतिशत, पहाडी क्षेत्रमा शून्य दशमलव २९ प्रतिशत र
तराईमा १ दशमलव ५६ प्रतिशत छ । बढी जनसंख्या भएका पाँच जिल्लामा
काठमाडौं, मोरङ, रूपन्देही, झापा र सुनसरी छन् भने कम जनसंख्या भएका
पाँच जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । हिमाली/पहाडी
क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

बाह्रौं जनगणना २०७८ ले हिमाली र पहाडी क्षेत्रका के ही जिल्लाबाहेक ३२


जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको तथा ग्रामीण इलाकामा
बसाइँसराइका कारण बस्तीहरू खाली हँुदै गएको, तराई र शहरी जनसंख्यामा
वृद्धि भइरहेकाले भौगोलिक र जनसांख्यिकीय अवस्थामा दूरगामी असर देखिँदै
छ । यसरी सृजना हुने विविध समस्याको समाधानका लागि आगामी वर्षको
बजेटमा कु नै कार्यक्रम तथा नीतिगत व्यवस्थाहरू उल्लेख भएको पाइँदैन ।
विसं २०५१ मा नेकपा एमालेले ठू लो दलको हैसियतमा सरकार बनाई बजेटमा
‘आफ्नो गाउँ आफै बनाऊँ ’ भन्ने कार्यक्रमबाट साविकका गाविसहरूमा सोझै
रकम पठाउने व्यवस्था गरेको थियो । हिमाली/पहाडी इलाकामा बाटोघाटोको
बढी समस्या रहेकाले सोही रकमबाट सडक निर्माणलाई पहिलो प्राथमिकतामा
राखियो । प्राविधिक डिजाइनविना खनिएका ग्रामीण सडकहरूले हिउँ दको
समयमा के ही सहज भए पनि वर्षाको समयमा बाढी, पहिरो, भूक्षय, वनविनाश,
खेतीयोग्य जमीनको विनाश र पहिरोको कारणबाट गाउँ नै विस्थापित हुनुपर्ने
समस्या देखियो । यद्यपि सुविधाको दृष्टिकोणबाट ग्रामीण इलाकामा शिक्षा,
स्वास्थ्यमा सुधार, इन्टरनेट, टेलिफोन, टेलिभिजन र मोबाइलको पहुँच
विस्तारका अतिरिक्त शहरोन्मुख क्षेत्रहरूको विस्तार भइरहेको छ । विडम्बना
ग्रामीण इलाकाहरूमा सेवासुविधामा विस्तार हुँदा समेत शहरबजार र तराईतर्फ
बसाइँसराइ रोकिएको छै न । पहाडी इलाकामा बाह्रै महीना सञ्चालन हुन सक्ने
सडक नभएकाले यातायातको असुविधा छँदै छ । बाह्र कक्षा पासपछि कलेजको
शिक्षा लिन शहरबजार आउनुपर्ने र ती विद्यार्थी स्नातक तहको शिक्षा पूरा
गरी कामको खोजीमा शहरतिर वा विदेशतर्फ पलायन हुने गरेका छन् । कृ षि
पेशामा आधुनिकीकण नहुँदा खर्च बढी भई आम्दानी कम हुने, अन्य
रोजगारीका अवसर सृजना नहुने आदि कारणले युवायुवतीको रोजाइ शहर,
तराई र विदेश हुने गरेको छ, जसका कारण अभिभावकले समेत गाउँ घर
छोड्नुपर्ने अवस्था आएको छ ।

बसाइँसराइबाट गाउँ बस्ती खाली भई खेतीयोग्य जमीन बाँझो हुन थालको छ ।


रूख बिरुवाको वृद्धि भई नयाँ वनजंगलको विकास, बाँदर आतंकमा वृद्धि, गाउँ मा
भएका के ही मानिसले समेत खेतीपाती गर्न नसक्ने अवस्था देखिँदै छ ।
गाउँ घरमा बच्चाको जन्म नभएर वा जन्म भए पनि बसाइँसराइको कारणबाट
सामुदायिक विद्यालयहरू मर्ज वा बन्द भइरहेका छन् । शहरबजारमा
जनघनत्व वृद्धि भएको छ । शहरी वातावरण बिग्रँदो अवस्थामा रहेको छ ।
शहरका भौतिक पूर्वाधारहरूमा अतिरिक्त लगानी गर्नुपरेको छ, तराईको
खेतीयोग्य जमीन शहरीकरणमा परिवर्तन हुँदा तराईको वनजंगल विनाशतर्फ
उन्मुख हुँदै छ । तराईको खेतीयोग्य जमीन विनाश भई खाद्यान्न उत्पादनमा
कमी आई कृ षिजन्य उत्पादन आयात गर्नुपरेकाले विदेशी मुद्राको
सञ्चितिमाथि दबाब सृजना भएको छ ।

बसाइँसराइलाई प्रश्रय दिने तत्त्व वैैदेशिक रोजगार पनि हो । विदेशमा कमाइ


गरेको रकम निश्चित प्रतिशतले जम्मा गरी तोकिएको अवधिपछि उपदान र
पेन्सन प्राप्त हुने गरी लगानी कोष स्थापना गर्ने र उक्त कोषमार्फ त रोजगारी
समाप्त भएपछि आफ्नो ठे गानामा उद्यम गरी बस्ने व्यक्तिलाई थप अनुदान
उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ । सानै उमेरदेखि छोराछोरीले शिक्षा प्राप्त
गर्न कठिनाइ देखिएकाले सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको
गुणस्तरमा सुधार गरी आवासीय विद्यालयमा रूपान्तरण गरिनुपर्छ । यसबाट
थप रोजगारी सृजना हुन्छ र छोराछोरीले सानो उमेरदेखि गुणस्तरीय शिक्षा
प्राप्त गर्न सक्छन् । बाबुआमाले थप शुल्क बेहोर्नुपर्ने हुँदा सरकारलाई
अतिरिक्त व्ययभार सृजना नहुने भएकाले प्राथमिकताका आधारमा हिमाली र
पहाडी जनसंख्या वृद्धिदर ऋणात्मक भएका ३२ जिल्लाबाट परीक्षणका रूपमा
कार्यक्रम शुरू गर्न उपयुक्त हुने देखिन्छ । विद्यार्थीहरूको चाहनाबमोजिमका
विषयका कलेजहरू सञ्चालन गर्ने र स्नातक परीक्षा उत्तीर्णपछि थोरै मात्रामा
भए पनि पढाइअनुसारको रोजगारी सृजना हुने कार्यक्रम ल्याउनुपर्छ । कृ षि,
पशुपालन, फलफू ल खेती, जडीबुटी उत्पादन र प्रशोधनलगायत निर्माण,
मोटरसाइकल, गाडी मर्मतसम्बन्धी विविध शीपमूलक व्यवसायको तालीम
सञ्चालन गरी व्यवसाय विस्तार गर्न के ही रकम अनुदान दिई थप रकम
सस्तो ब्याजदरमा कर्जा प्रदान गरिनुपर्छ । कृ षिमा सहकारी वा कम्पनीमार्फ त
आधुनिक उपकरणबाट खेती विस्तार गरी रोजगारी उपलब्ध गराइनुपर्छ ।

वर्षभरि यातायात सञ्चालन हुने गरी जिल्ला सदरमुकामदेखि स्थानीय


तहसम्म र स्थानीय तहदेखि ग्रामीण इलाकासम्म सडक कालोपत्र गर्ने योजना
दु्रतगतिमा अघि बढाई कृ षि उपजको व्यापार सहज गरिएमा स्थानीय
मानिसको बसाइँसराइ कम हुन सक्ने देखिन्छ । पक्की सडकको निर्माण,
विविध प्रकारको तालीम प्रदान, कृ षिमा सहयोग र आधुनिकीकरण, सामुदायिक
विद्यालयलाई आवासीय विद्यालयमा परिणत, रोजगारीका अवसरको सृजना,
वैदेशिक रोजगारी लगानी कोषको स्थापनाजस्ता कामले गाउँ मा बस्न सक्ने
वातावरण बन्छ । यसका लागि ठू लो रकम आवश्यक पर्ने भएकाले के न्द्रीय
तहदेखि बसाइँसराइ नियमन कोष स्थापना गरी सरकारले असुलउपर गरेको
राजस्वको अतिरिक्त शहरबजारमा बसोवास गर्ने मानिसहरूलाई करको नयाँ
क्षेत्रमा नयाँ दर कायम गरी कर असुली गरी उक्त कोषमा दाखिला गर्ने तथा
उक्त रकमबाट ग्रामीण इलाकामा बसोवास गर्ने व्यक्तिलाई विविध सुविधा
प्रदान गर्ने व्यवस्था गर्न सकिन्छ । यसबाट शहरी जनघनत्व वृद्धिमा समेत
नियन्त्रण हुने र बसाइँसराइ समस्या न्यूनीकरणमा सहयोग पुग्न सक्ने
देखिएको छ ।

You might also like