You are on page 1of 3

नेपालको अर्थ व्यवस्थालाई परिवर्तन गर्न सकिने आधारहरु

सरकार र पार्टी मात्रै परिवर्तनले नेपाल देश विकास हुने अवस्था रहेको देखिदैन । जव सम्म प्रणाली सधु ार गरिदैन नेता र पार्टीले
मात्रै देशको विकास गर्न सक्दैनन् । नेपाली जनता यस भ्रममा परिरहेका देखिन्छन कि सरकार परिवर्तन वा नेता परिवर्तनले देश
विकास होला‚ देश विकास निती परिवर्तनले हुन्छ भन्ने करामा सवैको ध्यान जान आवश्यक छ । राजनीतिक पार्टीले आफ्नो
नीति परिवर्तन गरे अर्थव्यवस्थामा पनि परिवर्त आउँछ भन्ने बझ्ु नु जरुरी छ । नेपाल जस्तो देशको अर्थ व्यवस्था सधु ार गर्न राम्रो
समाज र भष्ट्राचार कम गर्न अति आवश्यक देखिन्छ । पछिल्लो समय साउदी अरे विया‚ चीन‚ ब्राजिल‚ नाइजेरीया जस्ता
देशहरुले कसरी देश विकास गरे वा कसरी अर्थव्यवस्थालाई परिर्वतन गरे भन्ने कुरा अनक ु रणिय देखिन्छ । विकासक सत्रु हरु धेरै
छन तर कुन देशले कसरी विकास गर्‍यो यो बझ्ु न नेपाली तथा नेपालका अर्थव्यवस्था परिवर्तन गर्न चाहाने व्यक्तिहरुले सोच्नु
पर्ने हुन्छ ।
जो देश संग जे छ त्यही विषयमा अध्ययन गरि अगाडी वढेमा मात्र अर्थव्यवस्था परिवर्तन गर्न सकिने हुन्छ । नेपालको
अर्थव्यवस्था परिवर्तन गर्न अमेरिका‚ चीन‚ भारत‚ वा सिङ्गापरु को उदाहरण जरुरी छै न । यहाँको अर्थव्यवस्थाका लागी
यही ँको भौगोलिक अवस्था‚ राजनैतिक अवस्था र स्थिरता‚ जनशक्तिको कुशलता‚ शैक्षिक स्तर लगायतका कुरामा अध्ययन
गर्नुपर्ने हुन्छ ।
चीनले सनु ‚ कोइला‚ फलाम‚ कच्चा प्राकृ तिक
ग्यास‚ तेल‚ चनु ढुगं ा‚ जलविद्यतु ‚ टिन‚ एन्टीमोनी‚ टगस्टन‚ मेसनरी‚ औजार मात्र अन्तर्राष्ट्रिय बजारमा नवेची आन्तरिक
परिवर्तन पनि भरपरु रुपमा गरे को देखिन्छ । हो उसले उल्लेखित बस्तहु रु संगै अन्य वस्तहु रु वेची ठूलो धन राशी कमाएको
छ‚ तर पनि त्यसका साथ-साथै राजनीतिक स्थिरता‚ फजल ु खर्चमा पर्णू रोकतोकका नियमहरु‚ घषु खोरीमा मृत्यु दण्ड जस्ता
कठोर सजाय आदी चीनको अर्थ व्यवस्थालाई परिवर्तन गर्ने प्रमख ु आधारहरु रहेका छन । यस्तै Qing राजबंश २० औ ं
शताव्दीको सरुु तिर समाप्त भए पश्चात साम्यवादी शासनको स्थापना पछि सामाजिक सधु ारहरु स्थापना गरे र महिलाले
महिलालाई कार्यावलमा पर्णू तया सहभागी गराउने तथा सम्पति अधिकार दिए पश्चात मात्र चीनले अर्थव्यवस्थामा ठूलो छलाङ
लगाएको देखिन्छ । हालको चीनको विकासको प्रथम चरण यही ँ नै मानिन्छ । विगत १०/१२ वर्षको चीनको स्थिती सम्बन्धी
भनिरहनु नपर्ला ।
नेपालको अर्थव्यवस्थालाई परिवर्तन गर्न सकिने के ही सामाजिक तथा राजनैतिक आधारहरु छन् । ती मध्ये के ही
आधारहरुलाई निम्न बँदु ाहरुबाट स्पष्ट पार्न सकिन्छ ।
1. नागरिक सेवाहरुको स्तरउन्नती
नेपालको नागरिक सेवाहरुको स्तरउन्नती अति आवश्यक छ । उचित छनौट प्रक्रियाहरु‚ पदोन्नती मापदण्ड‚ कार्य
विभाजन‚ कार्यको जिम्मेवारी बोध‚ पहिचान कार्य यो निकै परु ानो छ । यसलाई समय सान्दर्भिक वनाउन जरुरी छ ।
सरकारी कार्यालयमा नागरिक जान डराउँछन‚् बढी समय लाग्ने तथा राम्रो प्रतिक्रिया नआउने डरले आज नेपालमा
मध्यस्थ कर्ता मार्फ त सरकारी काम गराउन रुचाइएको छ । बाजेको पालामा बसेको स ंचालन प्रणाली र सेवा प्रवाह गर्ने
प्रवितिले गर्दा आजका यवु ा सरकारी कार्यालय जान डराउछन् । जवसम्म आधनि ु कीकरण र आवश्यकता अनरुु प यि
नागरिक सेवाहरुमा सधु ार हुदनै भने तव सम्म देशमा परिवर्तन आउदैन झन अर्थव्यवस्थामा परिवर्तन आउने त कुरै हुदनै

2. भष्ट्रचार विरोधी स्वतन्त्र अधिकार
गरिव देशको रोग नै भष्ट्रचार हो । जवसम्म भष्ट्रचारमा राजनीति र राजनीतीमा भष्ट्रचार रहेको छ तवसम्म देशको
अर्थव्यवस्थामा सधु ार आउदैन । भष्ट्रचार भन्दा राजनीति टाढा हुनपु र्ने हुन्छ । राजनीतीमा भष्ट्रचार देखिएपछि देश विकास
हुदनै । भष्ट्रचार विरोधी अधिकार स्वतन्त्र हुनपर्ने हुन्छ । स्वतन्त्ररुपमा भष्ट्रचार विरुद्ध काम गर्ने अधिकार प्राप्त हुन गएमा
नेपालको अर्थव्यव्थामा ठूलो परिवर्तन आउने कुरामा राजनीतीज्ञ र अर्थविदहरुले नबझु क े ो होइन तर यसलाई फरक राख्न
नसके को अवस्था रहेको छ त्यस कारण स्वतन्त्र भष्ट्रचार अधिकार भएमा देशको अर्थव्यवस्थाले ठूलो फड्को मार्ने छ ।
3. एक उत्तम न्यायपालिका
मद्ध
ु ाहरु अदालतमा संधै हुन्छन् र सवै सन्तष्टु हुन्छन भन्ने हुदनै ‚ तर न्यायोचित हुनपु र्ने हुन्छ । आधनि ु क लोकतन्त्रको
महत्वपर्णू कडी उत्तम तथा स्वतन्त्र न्यायपालिका नै हो । न्यायपालिका जति उत्तम हुदै गयो त्यति नै देशको अर्थतन्त्रले
फडको मार्दछ । अर्थतन्त्र र न्यायपालिकाको सम्बन्ध प्रत्यक्ष नदेखिएता पनि अप्रत्यक्ष रुपमा देशको अर्थतन्त्र परिवर्तनमा
न्यायपालिकाको ठूलो महत्व रहेको देखिन्छ । अर्थतन्त्र र न्यायपालिका एक आपसका महत्वपर्णू साझेदार हुन भनी
अर्थविदहरुको भनाई हाम्रो देशमा पनि अपरिहार्य रहेको छ ।
4. वित्तिय अनस ु ाशन
देशको अर्थव्यवस्थामा सधु ारका लागी वित्तिय अनश ु ासन आवश्यक रहन्छ । वित्तिय अनसु ाशन अन्तर्गत विदेशी
लगानी‚ स्वदेशी रकम विदेश पठाउनु (काननू ी/ गरै काननू ी) बैंकहरुले अनश ु ासित ऋण दिनु । वित्तिय संस्थाहरुमा व्यक्तिगत
प्रभाव‚ राजनीतिक प्रभाव पर्नु । आवश्कता र अनमु ानित भन्दा वढी आम्दानी वा ऋण प्रभाव भएको देखाउनु जस्ता वित्तिय
अनसु ाशन पालना नगर्नाले देश विकास हुदनै । देशको अर्थव्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सरकारको नीती नियम
पर्णू पालना संगसगै वित्तिय संघ स्थाहरुले अनश ु ासनहीन काम गर्न रोकिनु पर्ने हुन्छ ।
5. सहज व्यापारको वातावरण
सरकारको जस्तो राम्रो निर्देश भएतापनि वास्तविकतामा हेर्दा नेपालमा व्यापार सचं ालन गर्न अझै पनि धेरै गाह्रो छ । कहिले
राजनीतीक परिवर्तन कहिले द्वन्द्व रहेको यो देशमा थप्रु ै कर नीतिहरु र कर दरहरु परिवर्तनशील छन् । प्रत्येक वर्ष जस्तो कर
परिवर्तन भइरहने ‚ प्रत्येक वर्ष जस्तै नीती परिर्वतन भइरहने भएकाले नेपालमा व्यापार गर्न सजिलो छै न । कर्मचारीहरु तथा
व्यापारीहरुले नीती तथा कर परिर्वतनका कारणले सजिलै काम गर्न नपाउनु तथा आन्तरिक राजनीति तथा अन्य सामाजिक
कारणले सहज व्यापार गर्न नपाउनाले देशको अर्थव्यवस्थामा सकारात्मक असर नपरे को देखिन्छ ।
6. कृषि कार्यमा जोड
आधा जनसख्ं या भन्दा वढी जनसख्ं या नेपालमा कृ षक भनि चिनिन्छन । ५७ प्रतिशतले पेशा कृ षि नै भन्छन् । तर खाद्यन्न
सामाग्री अन्य मल ु क
ु बाट ल्याउनु पर्ने बाध्यता छ । नेपालको बजेटले तथा उक्त बजेट राशीले नेपालको मल ु मद्ध
ु ा सम्बोधन
गर्दैन । नेपालमा खेती जीविकोपार्जन गर्नका लागि एक उत्तम तरीका लाग्दनै । कृ षि क्षेत्रमा जवसम्म सधु ार आउदैन तव
सम्म नेपाल देशको अर्थव्यवस्थामा सधु ार हुदनै । हामी जीवन निर्वाह गर्नका लागि मात्र कृ षि गर्ने तथा प्रविधि संगसगै
आधनि ु किकरण साथै पर्णू अकुशल कृ षकले कृ षि त गर्छ तर उत्पादन गर्न सक्दैन त्यसकारण कृ षिमा परिर्वतन विना
नेपालको अर्थव्यवस्थामा परिर्वतन आउदैन ।
7. शिक्षा सध ु ार
सकं टकालिन अर्थव्यवस्था रहेको वेला रोजगारी सिमित आर्थिक वृद्धिको कारण हो । तर राम्रो तथा दक्ष जनशक्तिका लागि
शिक्षामा सधु ार अपरिहार्य छ । हालको शिक्षा प्रणालिको अवस्थामा शिक्षाको डिग्री देखाउनका लागि भएपनि काम गर्नका
लागि छै न । जव सम्म विकसित राष्ट्रहरुसगं लड्ने जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हामी सगं हुदनै तव सम्म हामी
अर्थव्यवस्थामा सधु ार गर्न सक्दैनौ । त्यसकारण शिक्षामा सधु ार गरिएको अवस्थामा मात्र देशको अर्थव्यवस्थामा परिर्वतन
हुने हुनाले सधु ार अपरिहार्य छ ।
माथि उल्लेखित बद्धु ाहरुले मात्रै अर्थव्यवस्थामा पर्णू परिर्वतन आउने चाही ँ होइन‚ तर अर्थव्यवस्था परिर्वतनका लागि
उल्लेखित सम्पर्णू आधारहरुको पर्णु कार्यान्वयन जरुरी हुन्छ । नेपाल जस्तो अल्पविकसित देशका लागि माथि उल्लेखित आधारहरुमा
परिवर्तन गर्न सके मा १/२ दशकमै देशको अर्थव्यवस्थाले ठुलो फड्को मार्ने कुरामा पर्णू विश्वस्त रहन सकिन्छ ।

डा. शेरजंग बहादरु चन्द


Post-doctoral scholar

Atlantic International University

USA

You might also like