You are on page 1of 3

जलविद्युत विकासमा दुई तिहाई: खेर गएको वर्ष

राम राज शर्मा

लामो समयको आन्तरिक दन्द्व र संक्रमणकाल पश्चात संविधान सभा मार्फ त जारी भएको संविधान र त्यस पश्चात भएको संसदीय निर्वाचनमा
नेपाल कम्निष्ट पार्टी (नेकपा) ले सुविधाजनक बहुमत प्राप्त गरि सरकार गठन गरेको एक वर्ष पुरा भएको छ । लामो संक्रमणकालको अन्त्य र
स्थिरताको जनअपेक्षा अनुरुप एउटै दलको बहुमत आएकोले मुलुक तिब्र आर्थिक विकासको दिशामा अग्रसर हुनेछ भन्ने सबैको आशालाई
नेकपाका सहअध्यक्ष के पी शर्मा ओलीको विकास वहसले समेत पृष्टपोषण गरेको थियो । तर सरकार गठनको एक वर्ष पुरा हुँदै गर्दा संक्रमणकालको
अन्त्य सँगै उदाएको एउटा ठू लो आशावादी समुह पुन: निराशातर्फ धके लिन बाध्य भएको छ । हुन त सरकारलाई अझै जनअपेक्षा अनुरुप अघि
बढ्न थप चार वर्षको समय सुविधा छ तर लय समात्न नसके को एक वर्षे विहानले उज्यालो दिनको संके त पक्कै गरेको छैन । तिब्रतर आर्थिक
विकासको निम्ति आवश्यक नीति नियम निर्माण र कार्यान्वयन गर्न सक्ने हैसियत बोके को सरकार र तुलनात्मक रुपमा सहयोगी प्रतिपक्ष हुँदाहुँदै
पनि एक वर्षको बीचमा देखिने कु नै महत्वपूर्ण काम गर्न नसके को मात्र होइन थुप्रै विवादास्पद काण्डहरुमा प्रत्यक्ष परोक्ष रुपमा राज्य संयन्त्रकै
संलग्नताले तिब्र आर्थिक बृद्धि हासिल गर्ने जनअपेक्षा पुरा गर्न सरकारको क्षमतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । सरकार गठन भएको के ही
समय पश्चात गत वैशाखमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जारी गरेको उर्जा, जलस्रोत, तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी
मार्गचित्र नामक श्वेतपत्रमा उल्लेख गरिएका मार्गचित्र अनुरुप अरु त अरु विद्युत नियमन आयोगलाई समेत भागवण्डा नमिल्ला सरकारले पूर्णता दिन
सके को छैन । उक्त श्वेतपत्रमा कार्यगत मार्गचित्रको रुपमा ३ वर्षमा ३००० मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारणमा जोड्ने उल्लेखित
गरिएता पनि उर्जा क्षेत्रमा सरकारी उदासिनताका कारण यतिबेला सञ्चालनमा आईसक्न पर्ने राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत
आयोजना लथालिंग अवस्थामा छ भने नेपाल विद्युत प्राधिकरणमा योग्य व्यवस्थापक हुँदाहुँदै पनि विद्युत प्राधिकरण अन्तर्गत र कम्पनी मोडलमा
निर्माणाधिन आयोजनाहरुले उल्लेख्य प्रगति हासिल गर्न सके का छैनन ।
कमजोरीहरु

उर्जा मन्त्रालयले जारी गरेको श्वेतपत्रमा लेखिएको छ: सम्पूर्ण क्षेत्रमा सुशासन स्थापना गरि द्रुततर विकास गर्ने दृढ संकल्पलाई साथ दिंदै उर्जा,
जलस्रोत र सिंचाई क्षेत्रको हालको अवस्था, समस्या र चुनौतिहरुको यथार्थ चित्रण सहित वस्तुपरक ढङ्गबाट यिनको विश्लेशष गरि यस क्षेत्रको
समग्र विकास गर्न यो श्वेतपत्र जारी गरिएको छ । तर सरकारको एक वर्षे अनुभवले सुशासन भन्ने शब्दकै धज्जी उडाएको छ । दशैंको मुखमा
चिनीको आयातमा लगाईएको सिन्डिके ट होस् कि महालेखा परीक्षकको निर्देशन विपरित वाइडवडी खरिदमा रकम भुक्तानी गरिएको काण्ड होस् ।
दोहोरो सुविधा लिने देखि भोज, भ्रमण र मोजमस्तीमा सरकारले छोटो समयमै कु शासनको नयाँ नयाँ दृष्टान्तहरु स्थापित गरेको छ ।

श्वेतपत्रमा लेखिएजस्तो नितिगत र कार्यगत मार्गचित्र अनुसार सरकार चलेको छैन। उर्जा सम्बन्धी संघ ,प्रदेश र स्थानिय तहका अधिकार
कार्यन्वयनका लागी आबश्यक नितिगत कानुनी संरचना निर्माण गरिने प्रतिबद्धता गरेको भएता पनि अहिले सम्म कु नै काम हुन सके को छैन।
बित्त आयोग बनाउने र जलश्रोतको समुचित र समानुपातिक बितरण गर्दै दिगो बिकासको मार्ग पछ्याउनु पर्नेमा सरकार कु हिरोको काग जस्तै
अन्यौल ग्रस्त देखिन्छ। प्रतिब्याक्ती बिद्युत खपत आगामी ५ बर्ष भित्र ७०० किलोवाट घण्टा ( युनिट ) पुर्याउने लक्ष भनिएको त छ तर सो
लक्ष्यको लागी बिजुली उत्पादनको लागी आबश्यक बातावरण निर्माण गर्न सके को छैन सरकारले अर्को तर्फ साधारण जनताहरुको क्रय
शक्तीको आकलन नागरिकिन लक्ष्य निर्धारण गरेको देखिन्छ जुन असम्भव जस्तै छ।

नितिगत रुपमा सुरुगर्ने भनिएका "शिक्षा र श्वास्थको लागी उज्यालो बिशेष कार्यक्रम" कागजमै सिमित भएको छ। अौद्धोगिक, ब्यापारिक र
ग्राहस्थ ग्राहकको लागी मौसम र समय अनुकु ल फरक फरक बिद्युत महसुल निर्धारण गर्ने, जलबिद्युत उत्पादनमा स्वदेश र बिदेशमा रहेका
नेपालीहरुलाई लगानिको अवसर प्रदान गर्ने र आगामी ३ बर्षमा (अबको २ बर्षमा ) देशलाई उर्जामा आत्मनिर्भर बनाउने लगायतका कामहरु
सुरु गर्न सकिने अवस्था हुँदाहुँदै पनि सो मार्गमा उर्जा मन्त्रालय र सरकार निकै सुस्त रुपमा हिंडेको छ।
प्रत्यक प्रदेशमा मेघा आयोजना निर्माण गर्ने घोषणा त्यत्तिकै हरायजस्तो देखिन्छ अर्को तर्फ बुढी गन्डकी आयोजना हतारमा गेजुवालाई
बिना प्रतिस्प्राधा सुम्पिने निर्णय गरियो । पश्चिम सेती जलासय आयोजनाबाट चिनिया कम्पनी थ्री गर्जेजले समाझदारी खारेज गर्दै फिर्ता हुने
निर्णय गर्‍यो। अपर कर्णली आयोजना भारतीय कम्पनी जिएमआरले ओगटेर बसेको बर्षौ भयो प्रगती सुन्य छ तर सरकार फे रीपनी जिएमआर
को लाइसेन्स अवधी थप्ने चलखेलमा लागेको प्रस्ट देख्न सकिन्छ।

निर्माण भैरहेका सरकारी आयोजनाहारुको प्रगती निकै सुस्त छ। तामाकोशी, कु लेखानी-३ , त्रिशुली (६० मेगा) जस्ता आयोजनाहरु कछु वाको
गतिमा छन। स्मार्ट मिटरिङ्ग, नेट मिटरिङ्ग र परम्परागत बल्ब बिस्थापितको लागी बिशेष कार्यक्रम जस्ता स्-स्याना कर्यक्रमहरु तुरुन्तै सुरु
गर्न सकिन्थ्यो तर यस्तो हुन सके न। भूमिगत बितरणलाइनको निर्माण सुरु भएको छैन भने प्राधिकरण भित्रको कर्माछारी बेथिती उस्तै छ।

जलबिद्युतमा बिदेशी लगानी भित्र्याउन सरकार पूर्ण असफल भयको छ यो बर्ष। हेजफन्डको बिबादले गर्दा त्रिशुली-१ ( २१६ मेवा) जलबिद्युत
आयोजना अन्यओल ग्रस्त भएको छ। यो आयोजनाबाट कोरियन लगानी फिर्ता भयो भने समग्र जलबिद्युत बिकासमा नराम्रो असर पर्ने पक्का
छ। वन मन्त्रालय, बातावरण मन्त्रालय र भुमिसुधार मन्त्रालय, बिद्युत बिकास बिभाग र बिद्युत प्राधिकरणमा कर्मचारीलाई पैसा नखुवाइ किन
काम नगरिदिने प्रब्रिती यथावत रहेको कु रा लगानीकार्ता हरुले बारम्बार भनिरहदा पनि सरकार चुप बसेको छ। यस्ता कृ याकलाप ले गर्दा
समग्र बिदेशी लगानीकर्ता हरुलाई आजित तुल्याइरहेको छ।

प्रसारण लाइनको अध्ययन र निर्माणमा बिद्युत प्राधिकरण के ही सकृ य देखिएता पनि निर्माण गर्दा आउने समस्याहरु को निधानमा के ही
सुधार भएको देखिन्न। वन मन्त्रालय, स्थानिय तह लगायतले प्रसारण लाइन अबरोध गरिरहदा समाधानका उपायहरु पहिल्याउन सके को छैन
सरकारले। दुई तिहाइको बलियो सरकार भनेता पनि उपयुक्त निती नियम निर्माण गरी तिनिहरुको कार्यन्वयन गर्न नसक्दा के ही बर्षमै सम्पन्न
हुने आयोजनाहरुको उर्जा खेर जान सक्ने अवस्था सिर्जना हुँदै छ।

साकारात्मक पक्षहरु

यो सरकार गठन भएपछी उर्जा क्षेत्रको लागी दुई वटा निकै महत्वपूर्ण कामहरु भएका छन। भारत सँग इनर्जी बैँकिङमा सहमती हुनु र
भारतलाई उसको अन्तर्देशिय उर्जा खरिद निर्देशिकामा रहेको ५१ प्रतिसत भारतीय लगानी रहेका आयोजनाहरुको मात्रा उर्जा खरिद गर्ने
भन्ने प्राबधान संसोधन गरी सबै आयोजनाहरुको लागी बाटो खुल्ला गर्न सहमत गराइ सो बुँदा परिवर्तन गरिनु यो सरकार को महत्वपूर्ण
प्रगती हो। यी दुई कु राहरु हाम्रो जलबिद्युत बिकासको लागी कोशेढु ङ्गा साबित हुन सक्नेछन। यदी भारतीय पक्षले यी सहमतीको
कार्यन्वयनमा कु नै वाधा पुर्याएनन भने अबको के ही बर्षको बर्षायाम मा हामी भारततिर बिजुली निर्यात गर्न सक्षम हुनेछौ र सो बापत
हिँउदमा भारतले हामीलाई बिजुली दिनेछ यस्तो हुँदा अहिले भारत सँग भाईरहेको ब्यापार घाटामा के ही कमी आउने छ। आर्कोतर्फ ठु ला
आयोजनाहरुको लागी बजारको सुनिस्चितता गर्न सकियो जसले गर्दा प्रतक्ष बैदेशिक लगानीकर्ता लाई बजारअको समस्या छैन है भनेर
अाश्वासत पर्न सकिने छ। अबको २-३ बर्षमै हाम्रो देश्भित्रकै बिद्युत उत्पादन बर्षातको समयमा खपत हुन नसक्ने अवस्था अब रहेन र रन
अफ दी रिभर आयोजनाहरु प्रसस्तमात्रामा निर्माण गर्ने बातावरण सिर्जना भाएको छ। तर यी सबैकु रा यथार्तमा पारीणत हुन दुबै देश
सहमती अनुसार चल्नु आबश्यक छ र पूर्ण रुपमा कार्यन्वयन हुनु जरुरी छ।

माथी भनेजस्तै प्राधिकरणले प्रसारण लाइन को अध्ययन र बिस्तारमा बिबिध अबरोधका कारण ढिलाई भाईरहेता पनि प्राथमिकता भने
दिएको छ। तामोकोशी -५, तमोर जलासय, तल्लो सेती लगायत के ही आयोजनाको बिस्त्रित अध्ययन को लागी प्रकृ या सुरु हुनु राम्रो संके त
हो। टेक अौर् पे को प्राबधन फे री सुरु गरिदा निजी क्षेत्रले राहत महसुस गरेका छन। अरुण तेस्रो आयोजनाको उदघाटन र निर्माण सुरु
गरिनु, बिद्युत चुहावाट मा आँशिक सफलता प्राप्त गर्नु, जलासय र अर्ध जलासय आयोजनाहरुको लागी नँया बिद्युत खारिद दर कायम गरिनु,
इसेवा मार्फ त बिजुलीको बिल तिर्न सकिने ब्यबस्था गर्नु जस्ता नँया कामहरु स्वागत योग्य छन।

अबको बाटो
भारत सँग इनर्जी बैँकिङ सहमती भाईसके पछी अब रन अफ दी रिभार आयोजना निर्माणको रफ्तार बढाउन नेपाली निजी लगानी
कर्ताहरुलाई थप प्रोत्साहन गरिनु पर्दछ। बिद्युत आयोजनाको डिजाइन गर्दा अहिले चलन चल्तीको क्यु ४० वा सो भन्दा माथी को
नियमलाई परिमार्जन गर्दै उनिहरुको इच्चा वा प्राबिधिक रुपमा सम्भव भए सम्म क्यु १५ -क्यु २० मा डिजाइन गर्न स्वतन्त्र छोडिदिनु
पर्दछ। यस्तो हुँदा अहिले उपयोग नभएर खेर गैरहेको पानीको सदुपयोग हुनेछ।

बैदेशिक लगानीको लगी उपयुक्त बातावरण तयार गरिनु पर्दछ। अहिले बिदेश पैसा लैजान निकै कठिन छ, दोहोरो कर सम्झौता नँहुँदा धेरै
देशबाट आउन सक्ने लगानी रोकिएको छ। प्राय सबैजसो काम गर्नको लागी कर्मचारी लाई घुस खुवाउनै पर्ने अहिलेको प्रथा तोडन एक
द्वार प्राणालीको बिकास गर्दै बन मन्त्रालय , बातावरण मन्त्रालय र भुमिसुधार मन्त्रालय बाट हुने अवरोध हटाउनु आबश्यक नितिगत सुधारहरु
छिटो गर्नु आबश्यक छ।

हेजिङ नियमावली भर्खर पारीत भएको छ तर कु न पक्षले कती योगदान गर्ने भन्ने कु लेको छैन यो प्रस्ट पारीनु पर्दछ नत्र भने अपर त्रिशुली
-१ कै अवस्था सिर्जना हुन सक्दछ। तर पनि यो नियमावलीले साकारात्मक सन्देश पर्बाह गरेको छ। नेपाली लगानी कर्ताहरुलाई हेजिङ्ग
नियमावली ले समेटेको छैन भने त्यो दुर्भाग्यपूर्ण हुनेछ किनकी नेपाली लगानीकर्ताहरुले पनि आयोजनाको कु ल लागतको लगभग ३५
प्रतिसत रकम बराबरको उपकरणहरु डलरमा नै खरिद गर्नु पर्ने अवस्था छ । डलरको तुलनामा नेपाली रुपैया कमजोर हुँदा उनिहरुलाई
पनि उत्तिकै असर पारीरहेको हुन्छ।

यसैगरी भारतीय लगानिको निर्माण भैरहेको अरुण तेस्रो आयोजनाको बिद्युत गृह निर्माण स्थलमा बम बिस्फोट गरिएको समाचार आएको छ ।
यस्ता घटनाहरुले लगानिकर्ता लाई सुरक्षित महसुस गराउन सकिदैन। आयोजनाको सम्पूर्ण सुरक्षा ग्यरेन्टी गर्दै निर्माण अवधी भर आउने
स्थानिय समस्याहरु हल गर्न सरकारले छु ट्टै निकायको ब्यबस्था गर्दा लगानिकर्ता ले राहत महसुस गर्ने छन।

समयनुकु ल बिद्युत महसुलमा परिमार्जन गर्दै प्राधिकरण लाई आर्थिक रुपमा बलियो बनाउने। अस्त ब्यस्त कर्मचारी तन्त्र काँटछाँट गरी
अनबश्यक कर्मचारी कटौती गर्ने, बिद्युत चुहावाट अझै न्युनिकरन गर्न आधुनिक उपकरणहरु जडान गर्ने, बिभिन्न सरकारी निकाय र सार्वजनिक
कार्यलयहरुले तिर्न बाँकी महसुल कडाइक साथ सँकलन गर्ने जस्ता कामहरु तुरुन्त सुरुगर्नु आबशय्क छ।

अन्त्यमा, समय खेर गएकै हो तर सकिईसके को छैन । सरकारले उर्जा क्षेत्रको समग्र विकास र विस्तारमा इमान्दारिताका साथ काम गर्ने हो भने
आगामी चार वर्षमा थुप्रै कोशेढु ङ्गा स्थापित गर्न सक्छ किन कि उ सँग नीति बनाउने, लागु गर्ने र सोही अनुरुप कार्य सञ्चालन गर्ने दुर्लभ सुविधा
छ । जनताहरु देखिने विकासको लागि व्यग्र छन् र त्यसको पहिलो शर्त उर्जा क्षेत्रको विस्तार नै हो । निजी क्षेत्रको जलविद्युत उत्पादनको क्षेत्रमा
देखिएको नाफामुखी रुची र सरकारी क्षेत्रको दोस्रो बाटोबाट रकम आर्जन गर्ने चरित्रलाई समयमै लगाम लगाउन सकिएन भने शिक्षा र स्वास्थ्य
क्षेत्रपछिको विकृ तिको नयाँ क्षेत्र उर्जा हुनेछ भन्नेमा सायदै दुई मत होला ।

You might also like