You are on page 1of 6

अध्याय एक

१.अध्ययनको पृष्ठभूमि

१.१ भाषा

मानिसभित्र हुने विविध स‌


ं वेगात्मक क्रिया प्रतिक्रियालाई एक व्यक्तिले अर्को

व्यक्तिसामु प्रकटीकरण गर्ने साधन र साध्यलाई नै भाषालाई मानिन्छ। भाषा

आपसी विचार र भावना साटासाट गर्ने सामाजिक औजार हो। मानिसको

जीवनपद्धति अगाडि बढाउन अपरिहार्य रहेको माध्यम भाषा, समय अनुकूल

परिवर्तनशील हुन्छ। भाषिक सिपलाई अभिवृद्धि गर्ने महत्वपुर्ण नै भाषा हो। यसले

भाषिक सिप सुनाइ, बोलाइ, पढाइ, लेखाइलाई सुदृढ बनाउ


ँ छ। यो मानिसलाई

आत्मनिर्भर र नैतिकवान बनाई सामाजिक जीवनपद्धति अवलम्वन गर्न अभिप्रेरित

गर्ने सामाजिकीकरणको अनिवार्य तत्व हो।

१.२ भाषा शिक्षण

भाषा शिक्षण भाषाका विषयवस्तुको शिक्षण नभई भाषिक हरुको शिक्षण हो।

यसको मुल अभिप्राय नै भाषाका सीपहरुको उपयोग गरि आफ्ना अभिव्यक्ति

स्पष्टस
ँ ग आदानप्रदान गर्न सक्षम बनाउनमा केन्द्रीत हुन्छ। भाषाका दुई मौखिक र

लिखित स्रोतमध्ये मौखिक मुख्यतः भाषाको वास्तविक स्रोत रहेको हुन्छ भने

लिखित स्रोतमा परिष्कृत स्वरुपमा पाइन्छ। भाषा शिक्षणले यी दुवै माध्यमका

भाषिक स्रोतको अब्बलताको अपेक्षा राख्छ।


२‍. समस्याको कथनः

अनुसन्धानकव निम्ति छनोट गरिएको कुनै पनि अनुसन्धेय विषयवस्तुलाई नै समस्या

कथनका रुपमा लिइएको हुन्छ। अनुसन्धानका सिलसिलामा समस्या भनेको विषयवस्तु

भनेर बुझ्नुपर्छ।

(बन्धु २०६५ः पृ १७)

यस अध्यायनको प्रतिवेदनमा सुन्दरहरैँचा नगरपालिकामा रहेको हिमालय अङ्ग्रेजी

विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीको श्रुतिलेखनस


ँ ग सम्बन्धित यी समस्याहरुमा

आधारित भएर अध्ययन गरिएको छः

● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखनको स्तर कस्तो रहेछ?

● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखनका मुख्य समस्या के के हुन्?

● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखन समस्याका कारक तत्वहरु कुन कुन

छन्?

● कक्षा ट मा अधययनरता विद्यार्थीका श्रुतिलेखन समस्याको समाधानका लागि

प्रभावकारी उपायहरु के के हुन सक्छन्?


३. उद्देश्यः

कुनै पनि अनुसन्धानको उद्देश्य सम्बन्धित अनुसन्धानक समस्याको प्रामाणिक तथा

प्राज्ञिक समाधान प्राप्त गर्नु हो। अनुसन्धानका समस्याले अनुसन्धानकर्तालाई स्पष्ट बाटो

दे खाउने गर्दछ। त्यस्तै गरी उद्देश्यले ती समस्याहररुलाई समाधान गर्ने बाटो दे खाउ
ँ छ।

त्यसैले अनुसन्धान समस्या शीर्षकमा केन्द्रीत हुन्छ भने उद्देश्य समस्यामा केन्द्रीत हुन्छ।

यस अनुसन्धानमा समस्या कथनमा प्रस्तुत गरिएका समस्यालाई केन्द्रविन्दु बनाई

यसप्रकारका उद्देश्यहरुलाई निर्धारण गरिएको छः

● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखनको स्तर पहिचान गर्न,


● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखनका मुख्य समस्या पत्ता लगाउनु,

● कक्षा ६ मा अध्ययनरत विद्यार्थीका श्रुतिलेखन समस्याका कारक तत्वहरु खोजी गर्नु,

● कक्षा ट मा अधययनरता विद्यार्थीका श्रुतिलेखन समस्याको समाधानका लागि

प्रभावकारी उपायहरुको खोजी गरी प्रयोग गर्नु।

४.अध्ययनको औचित्य

भाषिक सिप अन्तरगत विद्यार्थीको सुनाइ र लेखाइ सीपको सुदृढीकरणका लागि

श्रृतिलेखन शिक्षणको आवश्यकता हुन्छ। सुनक


े ा कुनै पनि विषयवस्तुलाई सहि हिज्जेको

प्रयोग गर्न सक्ने बनाउनु भाषा शिक्षणको एउटा महत्वपूर्ण पाटो हो। त्यसैले विद्यार्थीको तह
स्तर र क्षमता अनुरूप सुनरे लेख्न सक्ने क्षमता पत्ता लगाउनका लागि सुनाइ शिक्षण

अन्तरगत पर्ने श्रुतिलेखनको प्रयोग गरी अनुसन्धान गर्दा सहज हुने र यस विषयमा कनै पनि

किसिमको खोज अनुसन्धान नगरिएको पाइएकाले यसबाट प्राप्त निष्कर्षले श्रुतिलेखन

क्षमताको विकासमा नयाँ आयमा थप्ने निर्क्यौलका साथ

यो अध्ययन प्रतिवेदन मोरङ जिल्ला अन्तरगत पर्ने सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा

रहेको हिमालय अङ्ग्रेजी विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरुमा गरिएको र

त्यसबाट सुनाइ शिक्षण अन्तरगत पर्ने श्रुतिलेखन क्षमता पत्ता लगाउनका लाथि एउटा नयाँ

आधार प्रदान गरिएकालर ् यो अध्ययन ओचिन्यपूर्ण छ।


६ शोधविधिः

६.१ जनसङ्ख्या पहिचानः

यस अध्ययनमा शैक्षिक सत्र २०८९मा मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिक वडा

नं १० अन्तरगत पर्ने हिमालय अङ्ग्रेजी विद्यालयका कक्षा ६ विद्यार्थीलाई

जनसङ्ख्याका रुपमा लिइएको छ।

६.२ प्रतिनिधि नमुना छनोटः

प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि मोरङ जिल्ला सुन्दरहैँचा नगरपालिका वडा नं

१० मा पर्ने हिमालय अङ्ग्रेजी विद्यालयमा अध्ययनरत जना विद्यारथीलाई छनोट

गरिएको छ।

६.३ नमुना छनोट प्रविधिः

६.४ तथ्याङ्क सङ्कलनको स्रोतः

प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि यसप्रकारका स्रोतबाट सामग्री सङ्कलन

गरिनेछः

● प्राथमिक स्रोतः

You might also like