You are on page 1of 8

PAPER REVIEW 1

LEONIE G HIGGS को "THEORY IN EDUCATIONAL RESEARCH AND


PRACTICE IN TEACHER EDUCATION" को विश्लेषण

Birendra Kumar Budha

Roll No. 75156108

Nepal Open University

Manbhavan, Lalitpur

2076/4 31
PAPER REVIEW 2

Introduction of Article

दक्षिण अफ्रिका विश्वविद्यालय College of Education का Prof. Dr. Leonie Higgs द्वारा

लिखित Theory in Educational research and practice in Teacher Education

नामको अनस
ु न्धानात्मक लेख Pre service and in service teacher training and

learning and Teaching Styles पत्रिकामा प्रकाशित लेख हो । यो लेख Abstract,

introduction, Background, the research design, Research method, Data

collection, summation of Responses र conclusion उपशीर्षकमा बाडिएको छ । लामो

समयदे खि दार्शनिकहरुको सरोकारको विषय रहे को शैक्षिक अनस


ु न्धानमा theory र practice

बिचको सम्बन्धलाई समस्याका रुपमा लिई अध्ययन गरिएको छ ।

प्राध्यापक Higgs ले यस लेखमा शिक्षक शिक्षामा शैक्षिक अनुसन्धान र अभ्यासमा Theory

को स्थान विषयमा शिक्षक शिक्षामा संलग्न lecturers को दृष्टिकोण समावेश गरे का छन ् ।

सिद्धान्त र अभ्यास एकआपसमा अन्तर्सम्बन्धित रहे को कुरा यस लेखमा दक्षिण अफ्रिकाका

तिनवटा विश्वविद्यालय The University of South Africa, University of

Stellenbosch र University of the North West का प्राध्यापकहरुका भनाइ प्रमाणका

रुपमा समावेश गरे का छन ् ।

Higgs ले अध्ययनलाई प्रभावकारी बनाउन पर्व


ू वर्ती अध्येताका केही भनाइहरु पनि समावेश

गरे का छन ् । Darling-Hammond( 2006:8) का अनस


ु ार परम्परागत रुपमा Theoretically

based knowledge र experience based knowledge लाई कसरी एकीकृत गरे र

वास्तविक रुपमा कक्षाकोठा र विद्यालयमा प्रयोग गर्न सकिन्छ । Chen et al ( 2010:91)

शिक्षक शिक्षामा Theory र Practice बिचको gap लाई पहिचान गरे र facilitate गर्नु पर्छ

भनेका छन ् । Stofflert & Stoddart (1994) ले सैद्धान्तिक ज्ञानविना शिक्षक प्रशिक्षक

अनुसन्धातालाई शिक्षक तालिममा परिवर्तन ल्याउन सम्भव नभएको भनेका छन ् ।


PAPER REVIEW 3

यसप्रकार शिक्षक, अनुसन्धातार शिक्षक प्रशिक्षक सबैका अनुसन्धानलाई सिद्धान्तले प्रभाव

पार्दछ । विभिन्न शैक्षिक मुद्दाहरुले शिक्षा नीतिमा प्रभाव पार्ने भएकाले शिक्षक शिक्षामा

सिद्धान्तको ज्ञान अपरिहार्य दे खिन्छ । त्यसैले सबै शिक्षक प्रशिक्षक सबैलाई शैक्षिक

सिद्धान्तहरुको अध्ययन आवश्यक दे खिन्छ ।

अनस
ु न्धान ढाँचा

यो अध्ययन विशेषगरी शिक्षक शिक्षामा सहभागी lecturers को शैक्षिक अनस


ु न्धान र

अभ्यासमा सिद्धान्तको भूमिकाको धारणाबारे छलफलसँग सम्बन्धित छ । शैक्षिक अनुसन्धान

र अभ्यासमा शिक्षक शिक्षाको भमि


ू का के छ भनेर प्राध्यापक हिग्सले खुला प्रश्नावलीहरु

इमेलमार्फ त दक्षिण अफ्रिकाका तीनवटा विश्वविद्यालयका १४ जना lecturers लाई निम्न

पाँचवटा प्रश्नहरु सोधेका छन ्

१ शैक्षिक अनस
ु न्धान र अभ्यासमा सिद्धान्तको कुन स्थान रहन्छ ?

२ तपाईंको विचारमा शैक्षिक अनस


ु न्धानमा Theory को महत्व छ ? छ भने किन?

३ शैक्षिक अनस
ु न्धान र अभ्यासमा Theory ले के कसरी सहयोग पुर्याउछ ।

४ शैक्षिक अनस
ु न्धान र अभ्यासमा तपाईं कुन सिद्धान्त प्रयोग गर्नु हुन्छ ?

५ शिक्षक शिक्षाको पाठ्यक्रममा Theory समावेश गर्नु पर्छ ? पर्छ भने किन ?

अनस
ु न्धान विधि

यो गुणात्मक अनुसन्धान हो । यसमाNarrative inquiry को प्रयोग गरे र प्रश्नावलीबाट

सङ्कलन गरिएका प्रतिक्रियाहरुको विश्लेषण गरी finding accruing गरिएको छ । जसमा

lecturers ले आफ्ना जीवन भोगाइका क्रममा शिक्षणमा अनुभव गरिएका जीवनकथाबाट

सुचना सङ्कलन गरिएको छ । सामग्री सङ्कलन गर्दा निम्न कुराहरुमा केन्द्रित रही खुला

प्रश्नावली बनाइएको दे खिन्छः

 शिक्षक शिक्षामा Theory को भमि


ू काको पहिचान
PAPER REVIEW 4

 दक्षिण अफ्रिकाम तत्कालीन समयमा गरिएका practice का आधारमा सैद्धान्तिक

अवधारणाको विश्लेषण

 दक्षिण अफ्रिकामा शिक्षण पेशामा संलग्न व्यक्तिहरुले गरे का practice को सैद्धान्तिक

अवधारणाको प्रभाव

 शिक्षक शिक्षा कार्यक्रमको पाठ्यक्रम र शिक्षणमा सिद्धान्तको सध


ु ार

अध्ययनको प्राप्ति

तीनवटा विश्वविद्यालयका १४ जना lecturers लाई इमेलमार्फ त पठाइएकोमा पाँच वटा

प्रश्नका जवाफ भने ७ जनाले मात्र पठाएको दे खिन्छ । जसबाट प्राप्त निष्कर्ष निम्नानुसार

पाइएको छः

 सबै respondents ले शैक्षिक अनस


ु न्धान र अभ्यासमा Theory को भुमिका र

महत्त्वबारे जोड दिएका छन ् । सबैले Theory र practice बिच strong

relationship भएको स्विकारे का छन ् ।

 सबै lecturers शैक्षिक अनुसन्धान र practice मा Theory लाई बढी भन्दा बढी

महत्त्व दिन्छन ् । किनकिः

o Theory ले Educational phenomena कसरी निश्चित गर्ने र शैक्षिक नीति

निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरामा सहयोग गर्छ ।

o Theory ले practice गर्दा अनस


ु न्धान framework बनाउन र गहिरिएर

बुझ्नका लागि lens उपलब्ध गराउँ छ ।

o शैक्षिक अनुसन्धान र अभ्यासमा शैक्षिक समस्या deal गर्नका लागि critical

framework उपलब्ध गराउँ छ ।

o Theory ले Education practice का certain aspect हरु समस्याग्रस्त वा

सफल के हुन ् भन्ने कुराको वर्णन गर्दछ । Theory ले Philosophical

worldview निर्माण गर्न सहयोग पर्या


ु उछ ।
PAPER REVIEW 5

o सबै respondents ले शैक्षिक अनस


ु न्धान र अभ्यासमा फरकफरक सिद्धान्तहरु

प्रयोग गरे को पाइयो । सबै lectures शैक्षिक समस्या र अनस


ु न्धान प्रश्नहरु

Theory निर्धारणमा केन्द्रित बनाउनमा agree छन ् ।

o सबै lectures Theory लाई शिक्षक शिक्षाको पाठ्यक्रममा समावेश गर्नु पर्ने

कुरामा सहमत दे खिन्छन ् । शैक्षिक अनस


ु न्धान र अभ्यासमा विभिन्न

सिद्धान्तहरुले सहयोग पुर्याउछ भन्ने कुरा बुझेर विद्यार्थीहरुले कक्षाकोठामा

practice गर्नु पर्छ भन्ने कुरा पनि उठान गर्छ न ् । Theory ले critical

thinking मा सहयोग पुर्याउँ छ ।

यस अध्ययनबाट सबै lecturers को धारणा बुझ्दा " Theory was important in

Educational research and practice in teacher education" भन्ने कुरा

प्रमाणित भएको छ र Theory लाई पनि शिक्षक शिक्षाको पाठ्यक्रममा समावेश गर्नु

पर्ने कुरामा एकमत छ । कुनै पनि कुरा practice मा ल्याउदा Theory को महत्वपर्ण

भमि
ु का रहन्छ ।

कमजोरी

यो लेख शिक्षक शिक्षासँग सम्बन्धित रहे र लेखिएको छ । यसमा विश्वविद्यालयमा

प्राध्यापनरत प्राध्यापकहरु जो शिक्षक प्रशिक्षक हुन ् तिनीहरुको माध्यमबाट शिक्षक

शिक्षामा Theory र practice बीचको सम्बन्ध के कस्तो रहे को हुन्छ भनी अध्ययन

गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले शिक्षक प्रशिक्षक नीति निर्माता सबैलाई

लाभ हुने दे खिएको छ । अध्ययनले सिद्धान्त र अभ्यास दव


ु ल
ै ाई उत्तिकै महत्व दिएको

छ । सिद्धान्तको ज्ञानविना अभ्यास प्रभावकारी हुन नसक्ने र अभ्यासविना सिद्धान्त

अर्थहीन हुने भएकाले यी दव


ु ै एकआपसमा अन्तर्सम्बन्धित छन ् । मानिसहरुमा खालि

सिद्धान्तका कुरा गर्ने तर व्यवहारमा लागु नगर्ने बानीको विकास हुन थालेपछि यस

विषयमा सबेको चासो बढे को दे खिन्छ । यो लेख सबैका लागि उपयोगी र


PAPER REVIEW 6

मार्गनिर्देशकका रुपमा रहने दे खिन्छ । यति हुँदाहुँदै पनि यस लेखमा निम्न कुराहरु

कमजोरीका रुपमा दे खिन्छन ्

 नमन
ु ा छनोटमा वैज्ञानिकता नहुनु । तिन वटा विश्वविद्यालयका १४ जना

lectures बाट इमेलका माध्यमबाट उतर लिन खोजे पनि ७ जनाले मात्र

जवाफ पठाएका छन ् । जन
ु सङ्ख्याले सबै teacher educators को

प्रतिनिधित्व गर्न नसक्ने दे खिन्छ।

 छनोट गरिएका सहभागीमध्ये आधाले मात्र जवाफ पठाए पनि विश्लेषण गरे र

निष्कर्ष निकाल्नु सान्दर्भिक दे खिदै न ।

 उक्त लेख पूर्वाग्रहबाट मुक्त हुन सकेको दे खिदै न । नमुना छनोट गर्दा शिक्षक

शिक्षामा संलग्न प्रशिक्षकलाई मात्र नलिई त्यस कार्यमा संलग्न student

teacher लाई पनि नमुनाका रुपमा छनोट गर्दा finding अझ राम्रो आउन

सक्थ्यो । अध्ययनकर्ता स्वयम ् प्राध्यापक भएकाले छनोट गर्दा lecturers

मात्र लिइएको दे खिन्छ ।

 Narrative inquiry व्यक्तिका जीवनगाथासँग मात्र जोडिने भएकाले

phenomenology / grounded theory को पनि प्रयोग गरे र अध्ययन गर्दा

नतिजा अझ विश्वसनीय आउन सक्थ्यो।

 अध्ययनको लक्ष्य शिक्षक शिक्षामा शैक्षिक अनुसन्धान र अभ्यासमा Theory

को भूमिका विषयमा शिक्षक शिक्षामा संलग्न lecturers को धारणा बुझ्ने

भनिए पनि स्पष्ट उद्देश्य निर्धारण गरे को दे खिदै न ।

यदि म अनुसन्धाता भएको भए शिक्षक शिक्षामा संलग्न प्राध्यापक मात्र नभई

student teacher, शिक्षा नीति निर्माता शिक्षाविद् शिक्षासँग सरोकार राख्ने व्यक्तिहरु

र अभिभावकहरु सबैको प्रतिनिधित्व हुने गरी नमुना छनोट गर्थे । सङ्कलित


PAPER REVIEW 7

सामग्रीलाई विश्लेषण गरी निष्कर्ष निकाल्थे । निष्कर्षबाट प्राप्त finding

कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायसम्म पुर्याउन सजिलो हुन्थ्यो ।

अन्तिममा

अनुसन्धानात्मक लेख समय सान्दर्भिक छ । शिक्षा क्षेत्रमा दे खिएका कमजोरी सुधार

गर्नमा उपयोगी दे खिन्छ । सैद्धान्तिक रुपमा गफ दिनु र कक्षाकोठाकमा त्यसलाई

प्रयोग गर्नु निकै भिन्न छ । हाल शिक्षा क्षेत्रमा दिनानुदिन विभिन्न जार्गनहरु

आइरहे काले शिक्षा क्षेत्रमा दिनप्रतिदिन समस्याहरुले सताइरहने दे खिन्छ । तसर्थ

समयानुसार हुने परिवर्तनसँगै शिक्षण विधि र पद्धतिमा पनि सुधार ल्याउनु पर्ने

दे खिन्छ । त्यसमा निमित्त अध्येताले सरोकारवालालाको ध्यान केन्द्रित गर्न सफल

भमि
ु का निर्वाह गरे का छन ् । विषयवस्तुको अध्ययन दक्षिण अफ्रिकाका

विश्वविद्यालयका केही lectures आधारित गरिए पनि संसारभरको शिक्षक शिक्षामा

यो अध्ययन उपयोगी दे खिन्छ ।

सन्दर्भ सामग्री

Creswell, J. W. (2012).Educational Research planning, conducting and

evaluating quantitative an qualitative research (4th ed). New Delhi:

Sage.

Creswell, J. W. (2014). Research design: Qualitative, quantitative and

mixed methods approaches (4th ed). New Delhi: Sage.

बन्धु, चूडामणि (२०७०) अनुसन्धान तथा प्रतिवेदन लेखन, काठमाडौः रत्न पुस्तक

भण्डार ।

ु ँटेल, खगेन्द्रप्रसाद (२०६२) शोधविधि (तेस्रो सं), काठमाडौः साझा


शर्मा, मोहनराज र लइ

प्रकाशन ।
PAPER REVIEW 8

You might also like