You are on page 1of 5

नेपालको संविधानले नेपाली नागरिकको मौलिक हक र कर्तब्यसँग सम्बन्धित भागमा निजी सम्पत्तिको

बिषयलाई उठाएको छ। यसै बिषयको स्पष्टीकरण गर्ने क्रममा संविधानले नेपाली नागरिकको निजी
सम्पत्ति सम्बन्धित थुप्रै हक र अधिकारहरुको पष्ृ ‍टी गरे को छ। संविधान बाहे क अरु थुप्रै चिर-परिचित
गैर-सरकारी तथा अन्तर-सरकारी संस्थाहरु द्वारा तयार पारिएका विभिन्न मानव अधिकार र विकास सँग
सम्बन्धित मस्यौदाहरु मा पनि निजी सम्पत्तिको बिषयलाई राम्रै सँग उठाईएको छ।

निजी सम्पत्तिको बिषय सर्वव्यापी रुपमा उठिरहं दा यस बिषय-वस्‍तु प्रगतिशिल सभ्यताको लागी खासमा
किन मह्त्वपुर्ण छ, र यस बिषय निजी स्वतनत्रता, नैतिकता, र समद्धि
ृ सँग कसरी जोडिन आउँ छ भन्ने
कुराको जानकार हुन आवश्‍
यक रहन्‍छ। सोहि क्रममा हामीले यस निबन्‍धमा निजी सम्पत्तिको प्रारम्भिक
बिश्‍लेषण गरि, यस बिषय-वस्‍तुको संविधान जस्‍तो निर्देशिक मस्यौदामा रहुनुको औचित्यलाई पनि बझ्
ु ने
प्रयास गरे का छौँ ।

निजी सम्पत्तिको नैतिक आधार

निजी सम्पत्ति भनेको यस्तो व्यव्स्था हो जसले जन-जिवन माझ व्यक्तिगत सुरक्षा र निश्चितताको
भावना प्रकट गर्छ। जस कारण व्यक्ति निस्चिन्त रहि व्यक्तिगत लगायत आर्थिक समद्धि
ृ को पाटोमा
अघाडि बद्न सक्छ। यो सुरक्षा तथा निस्चिन्तताको भावना आफुले जोेडक
े ो घर-सम्पत्ति र अरु जाय जेथा
केवल आफुले मात्र भोग्‍न पाउने, र सधैँ आफ्नो अधिनमा रहने व्यवस्था मा मात्र थेग्दै न। यो भावना
सर्वप्रथम आफ्नो जिउ-धनको मालिक मात्र आफु हो, र यसको उपयोगको हकदार आफु मात्रै हो भन्ने निजी
सम्पत्तिको मुल भावमा धेरै केन्द्रित छ। खासमा भन्नु पर्दा, आधुनिक सभ्यता र समाजले आफ्नो जिउ-
धनको मालिक केवल आफु मात्रै रहे को र यस्को उपयोग, र यस्को परिचालन बाट आर्जिने आयको हक
आफुमा मात्रै रहने व्यवस्था स्थापना गर्दै-गर्दा, यसले आम-जनतालाई ठुलो राहत प्रधान गरे को छ। र यो
प्राक्रितिक हक निजी सम्पत्तिको व्यस्थाको नैतिक उपहार हो।

निजी सम्पत्तिको नैतिक आधारलाई प्राक्रितिक हकको मुल जड़ मान्न सकिन्छ। जसमा जन-जिवनको
हक, स्वतन्त्रताको हक, सम्‍मानताको हक जस्‍ता मौलिक हक-अधिकार पर्न जान्‍छ। हालको आधुनिक
परिवेशमा हाम्रो समाज अधिकारको बिषयमा धेरै अघि बढि सकेको हुँदै गर्दा हामीले यस्ता मौलिक हक-
अधिकारको बारे मा त्यती चिन्ता गरि राख्नु पर्ने अव्स्था रहे को छै न। तर, केहि क्षण अघि सम्म मात्र
यस्ता मौलिक ह्क-अधिकार पश्चिमी तराईमा स्थित थारु लगायत दलित अल्पसंख्यिक जातीको पहुचमा
थिएन। उनिहरु कमलरी तथा कमैया बँधुवा श्रम प्रणाली अन्तर्गत दासको जिवन बिताउन बन्धित थिए।
दासत्वको शिकारमा परि रहँदा उनिहरुले आफ्नो परिश्रमको फल पनि भोग्‍
ने अधिकार पाएका थिएन्न।
त्यसै गरि अरु सामान्य हक-अधिकार भन्दा उनिहरु निकै टाढा थिए। स्वतन्त्रता र सम्रिद्धिको बाटो
उनिहरुको लागि एउटा सपना सरि रहे को थियो।
निजी सम्पत्तिको यस नैतिक आधारको फाईदाको प्रचार गर्नु र यसको गुण-गाण गर्नु त्यति जरुरी रं हदै न।
ईतिहासको पाना पल्टाएर हे र्ने हो भने, यस बिषयलाई लिएर संसार भरि थुप्रै क्रान्तिहरु भई सकेको छ।
जसमा सन ् १७७६ ई.स. मा संयुक्त राष्ट्र अमेरिकामा भएको स्वतन्त्रताको घोषणा (Declaration of
Independence) र सन ् १८६१ ई.स. दासत्वको बिषय लाईनै लिएर भएको अमेरिकी नागरिक युद्द (American
Civil War) सर्वप्रथम अघाडि आउँ छन ्। यसै गरि औपनिवेशिक कालमा दासत्वको बिरुद्ध कयौँ क्रान्ति
पस्चात नेपालमा पनि २१औँ शताब्‍दिमा केहि आन्दोलन पश्चात कमलरी तथा कमैया दास प्रथाको अन्तय
भएको थियो। यसले यस प्रथाको पिडितहरु लाई केहि हद सम्म निजी सम्पत्ति अन्तरगत आफ्नो
व्यक्तिगत जिउधनको हक आफुले मात्र भोग गर्न वातावरण सुनिस्चित गराई दिएको थियो।

निजी समपत्तिको आर्थिक आधार

निजी सम्पत्तिको नैतिक आधार रहि रहँदा यसले आफ्नो जिउ-धन दे खि अरु विभिन्न भौतिक सम्पत्तिको
सबै भन्दा लाभदायिक तरिका बाट प्रयोग हुने वातावरण सिर्जना गर्छ। निजी सम्पत्तिको यस लाभलाई
इष्टतम बाँडफाँडको नतिजाको रुपमा लिन सकिन्छ। कुनै पनि व्यक्त्तिको आफ्नो सम्पत्ति प्रति पुर्ण
रुपमा हक-अधिकार रहि रहँदा सो व्यक्तिले आफ्नो सम्पत्तिको सबै भन्दा उचित तरिकाले उपयोग गर्ने
मनशाय राख्छ, जस बापत उसले सो सम्पत्तिबाट धेरै भन्दा धेरै फाईदा लिन सकोस । र सो हुदै गर्दा,
एउ्टा समाजले इष्टतम बाँडफाँडको फल भोग्‍न पाउँ छ र सम्रिद्धि हासिल गर्न सफल रहन्छ।

सम्पत्तिको उचित उपयोग बाहे क सम्पत्ति प्रति निजीको हक-अधिकार रहि रहँदा निजलाई सो सम्पत्तिको
उच्च हे रचाहार गर्न र दे ख-बाहाल गर्न पनि प्रहोत्सान मिल्छ। यसको कारण भनेको समपत्तिको
दिर्गकालिनता र समपत्तिको उपयोग बाट उत्पन्न हुन्ने परिणामको जिम्मेवार व्यक्त्ति स्‍वंयम आफु भएर
हो। तसर्थ सम्पत्ति माथि व्यक्तिगत हक रहि रहँदा कुनै पनि व्यक्तिलाई कुनै एउता सम्पत्तिको उचित
उपयोग गर्ने उत्साह मात्र नभई, सो सम्पत्तिको दिगो उपयोग गर्ने तर्फ पनि मनशाय उत्‍पन्न हुन्छ। र
यस्तो वातावरण र उत्प्रेरणा रहि रहँदा श्रोतको व्यस्‍था र उपयोग, श्रोतको स्वामित्व सार्वजनिक तहमा रहनु
भन्दा धेरै उचित र दिगो रहन जान्छ।

सो को उदारण नेपालमा वन सार्वजनिक स्वामित्वमा रहि रहँदा र व्यक्तिगत स्वामित्वमा रहँदा त्यसको
उपयोग र व्यवस्थापनमा दे खिएको फरक बाट पाउन सकिन्छ। वनको स्वामित्व "व्यक्तिगत वन
(सार्वजनिकरण) २०१४ बि.स." को आधारमा व्यक्तिगत बाट सार्वजनिकमा परिणत हुन जाँदा वनको उपयोग
अति लापारवाही र अस्थिर ढं गमा हुन पुगेको थियो। यस्को मुल कारण भनेको वन प्रति वन
उपयोगकर्तामा हराएको अथवा खोसिएको जिम्मेवारीलाई थम्याईएको थियो। वन सार्वजनिकरणको उनुचित
प्रतिफल लगतै वनको स्वामित्व व्यक्तिकरण गरिँदा वन प्रति उपयोगकर्ता माझ हराईएको जिम्मेवारी
फर्क दा वनको फेरि दिगो उपयोग महसुस गरिएको थियो।
निजी समपत्तिको व्यक्तिगत आधार

खासमा भन्नु पर्दा निजी सम्पत्तिको औचित्यलाई कदर गर्न यस व्यवस्थाको नैतिक आधार र आर्थिक
आधारमानै भर पर्न जरुरी छै न। निजी सम्पत्तिको व्यक्तिगत आधारनै सो व्यवस्थाको गुणलाई चिनाउन
पर्याप्त छ। निजी सम्पत्तिको व्यक्तिगत आधार भन्दै गर्दा यसले कुनै एउटा व्यक्तिगले आफ्नो निजी
सम्पत्ति आफुले चाहे जसरी उपभोग गर्ने अधिकार लाई जनाउँ छ। चाहे त्यो सो सम्पत्ति सो व्यक्तिको
अहितमा नै होस।

कुनै एउटा व्यक्तिले आफ्नो निजी सम्पत्ति आफुले चाहे जसरी उपभोग गर्ने पाउँ दा, सो व्यक्तिले सो
सम्पत्तिको भर पुर आनन्द अथवा फाईदा लिन सफल रहन्‍छ। जस कारणवस व्यक्ति र समाजले भौतिक
सम्पत्तिको चाहे जति कदर गर्ने वातावरण रहन्छ। र सोही अनुसार व्यक्ति र समाज प्रति यस्ता
सम्पत्ति ग्रहण गर्न उत्साह जाग्छ, र व्यक्ति आफुले चाहे को सम्पत्ति ग्रहण गर्न सक्ने आर्थिक क्षमता
बनाउनको निम्ति परिश्रम र सम्रिद्धिको बाटोमा अगाडी बद्छ।

उदाहरणको लागी मोबाईल फोन, कम्पुटर, मोटर गाडी जस्ता नविन अनवेषणहरु व्यक्‍तिले आफुले चाहे
जसरी उपयोग गर्न पाउँ दा समाज अथवा व्यक्तिले त्यस्ता उपकरणहरु कदर गर्न सकेको छ, र सोही
अनुसार त्यसता उपकरणहरु हासिल गर्नको लागी पनि आर्थिक प्रगती बाटो रोज्न उत्प्रेरित भएका छन ्।
यदि सो उपकरणहरु व्यक्तिले चाहे जसरी भोग गर्न नपाएको भए, जस्तै मोबाईल फोन र कम्पुटरबाट
अनलाईन ब्राउज गर्न नपाईने, अथवा आफ्नो व्यक्तिगत सवारी-साधन बाट आफ्नो बासस्थान भन्दा १००
कि.मि. टाढा जान नपाईने भएको भए न त ति सामानहरुको व्यक्ति र समाजले गर्नुपर्ने जति कदर गर्थ्यो,
न त ति सामान भोग गर्न व्यक्तिको हुनेपर्ने जति उत्साहा रहँन्थ्यो। र त्यसै गरि व्यक्ति र समाज प्रति
सम्पन्न बन्न अधिकतम चाहाना पनि रहन्दै न थियो ।

यसै बिषय-वस्तुलाई लिएर हाल “भुमि (आठौँ संस्करण) एन, २०२०” ले राजधानीकै केहि भुमिहरु खेति
प्रयोजनको लागि मात्रै उपयोग गर्ने मिल्ने र भवन निर्माणको लागि प्रयोग गर्ने नमिल्ने नियम लिएर
आउँ दै गर्दा, सो भुमिहरुको मुल्यमा ठुलो गिरावट हुने अनुमान लगाईएको थियो। सो अनुमान लगाईनुको
मुख्य कारण भनेको चाहिँ राजधानीमा रहे को भुमिहरुको खेति प्रयोजन भन्दा पनि भवन निर्माण
प्रयोजनको लागि बजारले बढि उपयोग दे खेको कारणले हो। जस कारण बजारले सो वर्गोकृत भुमिहरु प्रति
त्यति चासो नदे खाउने अनुमान हो।

निजी सम्पत्तिको विशेषताहरु

निजी सम्पत्ति लागु हुदै गर्दा सो बाट प्राप्त हुने फाईदाको जडनै यस प्रणालीको विशेषताहरु हो। (१)
सम्पत्ति खरिद र जम्मा गर्न पाउने अधिकार, (२) खरिद र जम्मा गरिएको सम्पत्ति आफुले भनेको जसरी
उपयोग गर्न पाउने अधिकार, (३) खरिद र जम्मा गरिएको सम्पत्ति आफुले बेच्न पाउने अधिकार र (४)
सम्पत्तिको परिचालनबाट आर्जिने आयको पुर्ण रुपमा आफु हकदार हुने अधिकार सम्‍बन्धि निजी
सम्पत्तिको मुल विशेषताको कारणले गर्दा नै निजी सम्पत्तिको नैतिक अधार, आर्थिक अधार, र व्यक्तिगत
अधार सुनिश्चित रहे को छ। त्यस बाहे क यसै विशेषताको जडमानै अघिल्लो पाटोमा छलफल गरिएको
सम्पत्तिको इष्टतम उपयोग र दिगो प्रयोगको वातावरण, र व्यक्तिको सम्पत्ति आर्जिने चाहाना पनि
थेगेको छ।

1. सम्पत्ति खरिद र जम्मा गर्न पाउने अधिकार निजी सम्पत्तिको यस्तो विशेषता हो जसको बापत यस
प्रणालीको अरु विशेषताहरुको अनुप्रयोग हुन सक्छ। निजी सम्पत्तिको यस विशेषताले व्यक्तिलाई परिश्रम
गरे र आर्थिक हिसाबले सम्रिद्धि हुन प्रोत्साहन गर्द छ, जस बापत व्यक्तिले आफुले चाहे को सम्पत्ति हासिल
गर्न सकोस ् र चाहे जसरी उपभोग गर्न सकोस ्।

सम्पत्ति खरिद र जम्मा गर्न पाउने अधिकारले व्यक्तिलाई जन


ु ैसक
ु ै भौतिक सम्पत्ति खरिद गर्ने अधिकर
प्रधान गर्द छ, यदि सो व्यक्ति आफुले चाहे को सम्पत्ति खरिद गर्नको लागि पर्ने मल्
ु य चक
ु ाउन तयार छ
भने । व्यक्तिले सम्पत्ति खरिद गरिसके पछि मात्रै उसले निजी सम्पत्तिको अरु विशेषताहरु कसरत गर्न
सक्छ। तर निजी सम्पत्तिको यो विशेषता स्‍वःयम ् व्यक्ति आफ्नो जिउ धन प्रति लागु हुँदैन। किनकी
व्यक्तिले आफ्नो जिउ धनको स्वामित्व आफु जन्मे दे खिनै लिएर आएको हुन्छ। तसर्थ, व्यक्तिले आफ्नो
जिउ धन आफु जन्मे पछि हासिल गर्न अथवा खरिद गर्न जरुरी रहन्न।

त्यसै गरि, कुनै पनि व्यक्तिको थप सम्पत्ति खरिद र जम्मा गर्न पाउने अधिकार सो व्यक्ति सँग हाल
रहे को सम्पत्तिको विवरणले प्रभाव पार्ने अवस्था रहन हुँदैन। अर्थात कुनै व्यक्ति सँग़ पहिलेनै क्यौँ
बंगला छ भने उसलाई थप अर्को एउटा बंगला खरिद गर्न बाट बन्चित गर्न मिल्दै न, र त्यसै गरि कुनै
व्यक्ति सँग़ बस्‍नको लागी वासको पनि व्यव्स्था छै न भने पनि, उसलाई विलासी वस्तु खरिद गर्न अथवा
भोग गर्न बाट बन्चित गराउन मिल्दै न। यदि व्यक्तिले आफु सँग रहे को सम्पत्तिको विवरण को
आधारमा सम्पत्ति खरिद, जम्मा, अथवा भोग गर्ने बाट बन्चित रहयो भने, निजी सम्पत्तिको यस
विशेषताको हनन्न भएको मान्न सकिन्छ।

हालको भु-उपयोग एन, २०७७ ले व्यक्ति अथवा परिवारले तराईमा १३५.१५ रोपनी भन्दा बढि सम्पत्ति
जोड्न नपाउने, काठमाँडौमा २५ रोपनी भन्दा बढि सम्पत्ति जोड्न नपाउने, र पाहाडी क्षेत्रमा ७० रोपनी
भन्दा बढि सम्पत्ति जोड्न नपाउने व्यवस्था रहि रहँदा यसले निजी सम्पत्तिको खरिद र जम्मा गर्न
पाउने अधिकार समबन्धि विशेषताको उघंलन भएको मान्न सकिन्छ।

2. त्यसै गरि स्वयमले खरिद र जम्मा गरे को सम्पत्ति आफुले भनेको जसरी उपयोग गर्न पाउने अधिकारले
व्यक्तिलाई आफुले खरिद अथवा जम्मा गरे को सम्पत्ति अरुलाई हानी अथवा दखल नहुने गरि आफ्नो
हित अथवा हानिको लागी जसरी मन लाग्छ त्यसरी उपभोग गर्ने पाउने अधिकारलाई जनाउँ छ। निजी
सम्पत्तिको यो विशेषताले व्यक्तिलाई भौतिक सम्पत्तिको उचित मुल्याङकन र कदर गर्न प्रोत्साहन
गर्छ। निजी सम्पत्तिको यो विशेषताको उपयोग हुनको लागी सहिष्णुताको वातावरण हुन आवाश्‍कता
रहन्छ, जस बापत कुनै व्यक्तिले आफ्नो सम्‍पत्ति आफु खुसि तेश्रो पक्षलाई हानी नोक्सानी नहुने गरि
उपयोग गर्दै गर्दा, त्यस व्यवहारलाई समाजले सहनु पर्ने हुन्छ।

3. खरिद र जम्मा गरिएको सम्पत्ति आफुले बेच्न पाउने अधिकार निजी सम्पत्तिको यस्तो बिशेषता हो
जसले सम्पत्तिको लेनदे न र त्यसको इष्टतम पन
ु ः बाँड़फाँड हुन मद्दत पर्या
ु उछ। खरिद र जम्मा
गरिएको सम्पत्ति आफुले बेच्न पाउने अधिकार अनस
ु ार कुनै पनि व्यक्त्तिले आफ्नो निजी सम्पत्ति
आफुलाई चाहे को अथवा आफुलाई सन्तोषजनक हुने मल्
ु यमा बेच्न ् पाउनु पर्छ। खासमा भन्नु पर्दा निजी
सम्पत्तिको यहि बिशेषताको कारणवस नै पँज
ु ी बजारको स्थापना हुन सकेको छ। निजी सम्पत्तिको किन
बेचको व्यस्था हुँदै गर्दा, यसले निजी सम्पत्तिको उचित मल्
ु याङकन हुन पनि मद्दत पर्या
ु एको छ।
वास्तावमा भन्नु पर्दा कुनै पनि सम्पत्ति, चाहे त्यो जग्गा अथवा गाडी होस ्, यदि सजिलै सँग़ किनबेच
हुन्छ भने, बजारले सो सम्पत्तिको बढि मल्
ु याङकन गर्ने सम्भावना रहन्छ।

4. अन्तिममा, सम्पत्तिको परिचालनबाट आर्जिने आयको पुर्ण रुपमा आफु हकदार हुने अधिकार सम्बन्धित
निजी सम्‍पत्तिको विशेषताले व्यक्तिलाई आफ्नो पँज
ु ीको लगानी बाट आर्जिने आय र आफ्नो घर जग्गा
जमिन बाट आर्जिने बाहाल बाहे क आफ्नो जिउ धनको परिश्रम र कौशलको परिचालन बाट आर्जिने
परिश्रामिक स्वयम व्यक्त्तिको लागि सुनिस्चित गर्द छ। चाख लाग्दो बिषय चाँहि के हो भने दे खि,
सरकारले व्यक्तिको आय बाट कर उठाँउदै गर्दा सो गतिविधि निजी सम्‍पत्तिको यस विशेषताको विपरित
गएको मान्न सकिन्छ। तसर्थ कर हाल सम्म पनि एउटा राजनितिक-आर्थिक बहसको बिषय रहि आएको
छ। तर पनि निजी सम्पत्तिको यस विशेषताले व्यक्त्ति र समाजलाई निजी सम्‍पत्ति आर्जन गर्ने, र
सम्पत्तिको उचित र दिगो ढं गले उपयोग गर्न प्रहोत्साहन गर्द छ।

निष्कर्ष
हामीले निजी सम्‍पत्ति व्यव्स्थाका बिषेश्‍ता र गण
ु हरुका छलफल गर्दै गर्दा, यो पनि जान्न जरुरी छ कि,
निजी सम्‍पत्ति व्यव्स्था चलन-चल्‍तीमा आउनको लागी सो व्यव्स्थालाई समाजले अपनाउन र आदार गर्न
जरुरी रहन्छ। आखिरमा, समाजले निजी सम्‍पत्तिको व्यव्स्थालाई मान गर्दैन भने निजी सम्‍पत्तिको
बिषेश्‍ताको कार्यनव
ु यन हुने अवश्‍था रहन्न। तसर्थ निजी सम्‍पत्तिको व्यव्स्थाको फाईदा लिनको लागी
सो व्यव्स्था कार्यनव
ु यन हुन जरुरी रहन्छ, र सो को जिम्मेवारी सरकारले लिन पर्ने हुन्छ। निजी सम्‍
पत्तिको व्यव्स्थाको संरक्षण र कार्यनव
ु यन गर्ने जिम्मेवारी सरकारले गर्नु वहन गर्नु पर्ने थोरै भन्दा थोरै
कार्यभार मध्य एक पर्न जान्छ। तर सरकारले Eminent Domain जस्तो कानन
ु ी व्यवस्था अपनाउदै गर्दा,
यसले सरकारले वहन गर्नु पर्ने जिम्मेवारीको ठिक उल्टो काम गरि रहे को पाउन सक्छौँ।

You might also like