You are on page 1of 7

A Handbook for preparation of Human

Interest Stories

(के स स्टोरि लेखनको लागि हाते पुस्तिका)

Prepared by:
Abhinav Choudhary
Consultant
c.abhinav.1992@gmail.com
के स स्टोरि संबन्धि सोधिने मुख्य प्रश्नहरुः

१) सर्वप्रथम त के स स्टोरि भनेको के हो?

- अंग्रेजिका दुइ शब्द के स (Case) र स्टोरि (Story) जसमा के स भन्या मुद्दा//मामिला भनेर बुझिन्छ र स्टोरि भन्या कथा। यस्को सरल अनुवाद नभएको कारण पत्रकारिता,
विकास क्षेत्र र अन्य पेषामा पनि के स स्टोरि नै भन्ने चलन छ।

सरल भाषामा यस्को व्याख्या गर्दा के स स्टोरिको अर्थ कु नै पनि मुद्दामा के न्द्रित रहेर लेखिने कथा वा लेख हो। के स स्टोरि र सामान्य कथामा फरक मात्र यति हो कि के स स्टोरि
लेख्दा तथ्यमा के न्द्रित रहि मुल्यांकन गरिन्छ भने अन्य कथामा तथ्य र भावनामा धेरै ध्यान दियिन्छ। अर्को फरक भनेको, के स स्टोरि कहिलेपनि मिथक हुनसक्दैन। यो जहिले पनि
वास्तविक घटना, व्यक्ति, स्थान, सँस्था, आदिमा आधारित हुन्छ। सामान्य कथा भन्या मिथक पनि हुनसक्छन्।

२) के स स्टोरि किन लेखिन्छ?

- कु नैपनि सँस्थाले आयोजनाको सुरुवात गर्दा सफल्ताको लागि मापडण्ड निर्धारण गरेको हुन्छ। एउटा व्यवसायले सफल्तालाई आमदनि संग तुलना गरिन्छ। एउटा गैर-नाफामुलक-
गैर-सरकारि सँस्थामा भने आयोजनाको सफल्ता लक्षित लाभग्राहिको जिवनमा आयोजनाले पारेको असरमा भर पर्छ। आयोजनाको लाभग्राहि व्यक्तिनै हुनुपर्छ भन्ने छैन, यो समुदाय,
समुह, सँस्था, वा क्षेत्र पनि हुनसक्छ। फे यरमेडको हकमा कु रा गर्दा सुत्के रि स्याहारको लाभग्राहि गर्भवति महिला हुनुको साथ-साथै आमा समुह, महिला स्वास्थकर्मि, स्वास्थ चौकी, र
वडा पनि हुनसक्छ।

सँस्थाको रिपोर्टमा आयोजनाको गतिविधि बारे लेखिन्छ तर त्यस्ले मात्र लक्षित वर्गमा के कस्तो लाभ गर्यो भनेर थाहाँहुन्न। यसै कारण के स स्टोरि लेख्ने गरिन्छ। के स स्टोरिमा
सफल्ताको मात्र कथा लेखिदैन, कहिलेकाहि कु नै आयोजनाले किन सोचेको जस्तो परिणाम प्राप्त गर्न सके न भनेर पनि लेखिन्छ।

३) के स स्टोरिको प्रयोग कता कता गरिन्छ?

क) सँस्थाको रिपोर्टः आयोजनाको गतिविधिलाई दातृ र अन्य साझेदार समक्ष पेस गर्दा लक्षित लाभग्राहि वर्गमा पनि आयोजनाले कस्तो किसिमको प्रभाव पार्यो भनेर रिपोर्टमा के स
स्टोरिको प्रयोग गरिन्छ।

ख) पत्रपत्रिकाः आयोजना गतिविधि, आयोजनाका लाभग्राहिले पाएका सुविधा/समस्या आदि आम जनताको पनि चिन्ताको विषय भए, पत्रिकामा पनि के स स्टोरि प्रकाशन गरिन्छ।

ग) सामाजिक सञजालः सामाजिक सँजालमा सँस्थालाई लाभग्राहिको साथ-साथै अन्य साझेदारहरुले पनि नियालिरहेका हुन्छन्। यस्तोमा आयोजनाको गतिविधि र लाभग्राहिले
पाएको सेवा र तिनको उपलाब्धि बारे संक्षिप्त रुपमा लेखिन्छ। रिपोर्ट सरह यसलाई विस्तृत रुपमा लेखिन्न र यसको लक्षित पाठक मात्र सामाजिक सञ्जाल प्रयोगकर्ता हुन्छन्। कु नै
लाभग्राहि वा साझेदारले विस्तृत रुपमा जान्न चाहे उनलाई पुरा के स स्टोरि अलग्गै पठाउने गरिन्छ। यहि भएर के स स्टोरि लेख्ने बेला सामाजिक सञ्जाल र रिपोर्ट दुईटैको लागि अलग
किसिमले लेखिन्छ।

४) के स स्टोरि कसरि लेख्ने?

- विद्यालयमा निबंध/चिठ्ठि लेख्दा एक किसिमको ढाँचा सिकाईन्छ। भुमिका यसरि बाध्ने, परिचय यसरि गर्ने, समाप्त यसरि गर्ने भन्ने हुदैन। कलालाई ढाँचामा बांध्न मिल्दैन तर, त्यो
भन्दैगर्दा एउटा कथामा हुने मुख्य तत्वहरुलाई नकार्न मिल्दैन। के स स्टोरिका मुख्य तत्वहरु निम्न लिखित छन्,

शिर्षकः

कथा/कविता वा कु नै पनि लैखमा निक्कै विवादित प्रश्न “शिर्षक बाट शुरुवात गर्ने कि पहिला लेख सक्काएर शिर्षक सोच्ने?”, यस्को सहि जवाफ भन्ने छैन। आफ्नो आफ्नो तरिका हो।
कसैले शिर्षक सोचेर लेख सुरु गर्छन् र लेखलाई सुरु देखि अन्तिम सम्म लेखलाई शिर्षक संग सुहाउदो तरिकाले लैजान्छन्। यो निक्कै अनुभवि लेखकहरुको लक्षण हो र निक्कै कठिन
पनि हुन्छ। अर्को तरिका भन्या लेख सकाएर शिर्षक सोच्ने हो, यो उत्तिकै प्रभावकारि हुन्छ र निक्कै सजिलो पनि। आफ्नो लेख सक्काएपछी त्यसलाई पटक-पटक पढ्ने र त्यसले के
सन्देश दिन खोजेको छ त्यसलाई बुझ्ने र त्यै नै हो तपाईको शिर्षक। उदाहारणको लागि यो कल्पना गर्नुस, “एक व्यक्ति निक्कै समय देखि कु ष्टरोग देखि पिडित छन्, अहिले उनको हात
खुट्टा पनि चल्न छोडेको छ, तर पनि उनिसंग कोहि गफ गर्न आउदा उनि सुरक्षित दुरि कायम गरि जिस्किरहन्छन् र उदास देखिदैनन्।”, यति मात्र पढ्दा तपाईको दिमागमा के आयो
त्यस्मा बिचार गर्नुहोस, तपाईको कथाको शिर्षक त्यै नै हुनेछ।

अझै विस्तारमा बुझाउदा, मानौ शिर्शक “गोडाले हास्ने हैन नि” भनेर राख्नुभयो, झट्ट शिर्षक हेर्दा पाठकलाई पनि लेखमा के रैछ भनेर पढ्न मन् लाग्छ र अगाडि के रहेछ भनेर
पढ्छन् पनि। कथाको कु ष्टरोग पिडितको मात्र नभएर यो उनको मनोबलको पनि हो, जुन कु रा तपाईले शिर्षक देखिनै भुमिका बांध्दै ल्याउनु भयो।

अब सोच्नुस शिर्षक तपाईले “हात-खुट्टा के हि छैन त्यै पनि हास्छन् फलाना” भनेर राख्नु भयो। यस्तो गर्दा तपाईले लेखलाई न्याय गर्न सक्नुहुन्न किनभने तपाईले जसरि शिर्षक
राख्नुभयो त्यस्ले निक्कै नकारात्मक संदेश बोके कोछ। तपाईले लेख उनको मनोबल बारे लेखे पनि तपाईले शिर्षक बाट “यस्तो शारिरिक समस्या भएको व्यक्ति कसरि हास्न सक्छ”
भन्ने किसिमको संदेश दिनुभएको छ। यस्तो शिर्षकले पनि पाठकको धयानाकर्शन गर्छ तर लेखक प्रतिको सम्मान भन्ने हुदैन।

अरुको उदाहारण स्वयमले हेर्दा, तपाई कु नै पनि मुलधारको प्रख्यात पत्रिकाले प्रयोग गर्ने किसिमको शिर्षक र कु नै सनसनि खबर मात्र छाप्ने अनलाईन पत्रिकाको शिर्षकहरु हेरेर ति
दुइको बिच्मा भिन्नता हेर्नुहोस र आफै मुल्यांकन गर्नुहोस। यहि भिन्नता टेलिभिजन र सामाजिक सञ्जालमा प्रस्तुत गरिने किसिमको समाचारमा वा अन्य कु नै मनोरञ्जन वा संदेश मुलक
भिडियोहरुमा पनि देखिन्छ। तथ्य दुईटै माध्यमले पेस गर्ने हुन्छ तर सामाजिक सञ्जालमा भने कस्तो किसिमको शिर्षकमा चाहि कति धेरै प्रतिक्रिया आउछ भन्नेमा ध्यान दिइन्छ। जस
कारण आकर्शक शिर्षक देखेर समाचार खोल्नेहरु लेखकसंग रुस्ट पनि हुन्छन्।

पाठकको पहिचानः

कु नै पनि लेख सुरु गर्न अगाडी आफ्नो पाठक को हुन् भन्ने बारे विचार गर्नुपर्छ। सँस्थाको लागि के स स्टोरि लेख्दैहुनुहुन्छ भने त्यसमा तपाईले आयोजना बारे बयान गर्न आवश्यक
हुदैन। त्यो बारे जानकारि तपाईको सन्स्थाको अन्य सहकर्मि संग पहिले देखिनै हुन्छ र उनले त्यो भाग पढ्न नरुचाउन पनि सक्छन। त्यहि के स स्टोरि तपाई सँस्थाको वेबसाईटमा
प्रकाशन गर्ने सोचमा हुनुहुन्छ भने, तपाईले के ध्यानमा राख्नुपर्छ भने वेबसाइटमा आएर के स स्टोरि पढ्ने सबैजनालाई आयोजना वा सँस्था बारे थाहानहुन सक्छ र उनिहरुकोलागि
तपाईले पात्रको कथा मात्र नराखेर सँस्था र आयोजना बारे पनि उल्लेख गर्नुपर्ने हुन्छ। यसो गर्दा आयोजनाले त्यस पात्रलाई कसरि सहयोग गर्यो, पात्रको आयोजना अघी जिवन कस्तो
थियो र आयोजनाको कारण के कस्ता परिवर्तन आए भन्ने बारे पनि लेखिन्छ। आयोजना तर्फ बाट के स स्टोरि पत्रिका हरुमा छाप्ने बेला पनि यहि किसिमले लेखिन्छ तर के ध्यान
दिनुपर्छ भने, त्यो के स स्टोरि आम मानिसको लागि सान्दर्भिक छ कि छैन। उदाहरणको लागि, मानौ फे यरमेडले मेलम्चिको कु नै सुत्के रि गृहमा के हि उपकरण उपलब्ध गरायो, यसलाई
तपाई राष्टृ य दैनिकमा छाप्नुहुन्छ कि कु नै स्थानिय पत्रिकामा? राष्ट्रिय दैनिकमा छाप्नुहुन्छ भने यो सँस्थाको प्रचार गर्याजस्तै भयो र अधिक्तम पाठकको लागि सान्दर्भिक हुदैन। यहि
कु रा सिन्धुपाल्चोक कै कु नै स्थानिय पत्रिकामा छाप्न दिनुहुन्छ भने यसले लक्षित वर्गमा खबर पुराउने काम गर्छ र यो लेख सान्दर्भिक पनि रहन्छ।

सामाजिक सञ्जालमा लेख प्रकाशन गर्दा कस्तो किसिमको लेख राख्ने भन्ने कु रा पनि बिचार पुर्याउनुपर्छ। लेखकले के बुझ्न आवश्यक छ भने, कु नै पनि व्यक्तिले सामाजिक सञ्जाल
ज्ञान प्राप्तिको लागि खोल्दैनन्। सामाजिक सञ्जालमा रहेको आफ्नो खातामा आउनु भनेकै मनोरन्जनको लागि हो र ज्ञान प्राप्ति भन्या त्यही मनोरञ्जनको क्रममा हुने हो। जस्तै तपाई
टिकटकमा गएर फलानाको नाच, फलानाको गित इत्यादि हेर्ने क्रममा त्यहि बेला कसैले दर्शनमुलक रिल (Reel) राखेको हुनसक्छ जुन तपाईले नाच हेर्ने क्रममा देख्नुहुन्छ र के हि
नया कु रा सिक्नुहुन्छ। सँस्थाबाट राखिने के स स्टोरि पनि त्यस्तै हो। कसैले फे सबुक वा ईन्स्टाग्राम खोलेर फे यरमेडको गतिविधी हेर्छु भनेर आउदैनन्। उनिहरुले
साथि/आफन्त/सेलिब्रेटिहरुको पोस्ट (Post) हरु हेर्ने क्रममा सँस्थाको तर्फ बाट प्रकाशित लेखहरु देख्ने हुन्। पाठक सँस्थाकै लागि नआएको हुनाले उनिहरुले सबै पढ्नेछन् भनेर
आशा गर्न पनि मिल्दैन, र त्यसैकारण सामाजिक सञ्जालमा कहिले पनि विस्तृत रुपमा के स स्टोरि राखिदैन। यसमा जहिले पनि सफल्ताका कु रा, कसैलाई प्रोत्साहन गर्ने/ प्रेरणा दिने
लेख, संक्षिप्त जानकारि, आदि कु राहरु मात्र लेखिन्छ।

सामाजिक सञ्जालकै कु रा गर्दा लिंक्डइन (LinkedIn) नामक एपमा भने फे सबुक, ट्विटर, ईन्स्टाग्राम जस्ता एपहरुमा राखिने किसिमको पोस्ट हरु राखिदैन। यो पेषागत व्यक्तिहरु
र सांदर्भिक संघसँस्थाहरुले प्रयोग गर्नेभएको कारण यसमा पोस्ट गर्दा विस्तृत रुपमै लेखिने चलन छ।

तपाईले माथि लेखिएको जसरिनै कस्को लागि लेख लेखेको हो भन्ने निर्धारन गर्न एकदम आवश्यक छ। त्यसो गर्दा तपाईलाई कस्तो किसिमको जानकारि राख्ने, कति सम्म लेख्ने,
आदि कु राहरुमा निक्कै सहज महसुस हुनेछ।

पृश्ठभुमिः

“कथा कस्को बारेमा? पाठकले कस्को बारेमा पढ्दैछन् र किन पढ्दैछन्?”

तपाईको कथाले यि प्रश्नहरुको उत्तर दिनसक्नुपर्छ। आयोजनाको हकमा लेख्दा, तपाईले छनोट गरेको पात्र को हुन्, कता बस्छन्, उनको सामाजिक र आर्थिक पृश्ठभुमि के हो,
आयोजना अघि उनको जिवनमा कस्तो थियो, के कारणले उनि आयोजनासंग जोडिए, आयोजनाले उनलाई कस्तो किसिमको सहयोग गर्यो, ति सहयोग पाएर उनलाई कसरि फाईदा
भयो, आयोजना प्रति उनको धारना के छ, र आयोजना पछी उनको जिवन कसरि चल्ने छ? एउटा असल के स स्टोरिले यी सबै प्रश्नहरुको उत्तर दिन्छ।

यहि के स स्टोरि तपाईले आयोजनाको रिपोर्टमा राख्दैहुनुहुन्छ भने माथि उल्लेखित प्रश्नहरुको उत्तर आए पुग्छ। सस्थाको वेबसाईटमा यो के स स्टोरि प्रकाशित गर्ने सोच्मा हुनुहुन्छ
भने, त्यसमा जोडिने थप ३ प्रश्नहरुः

- आयोजना कु न हो?
- आयोजना को सान्दर्भिक्ता के हो?
- आयोजनाको उद्देश्य के हुन्?

पत्रिकामा त्यहि के स स्टोरि प्रकाशन गर्दै हुनुहुन्छ भने, यस माथि आएका सबै प्रश्नहरुमा फे रि २ प्रश्नको उत्तर अनिवार्य रुपमा थप्नुपर्छ। ति हुनः

- कार्यनयन गर्ने सँस्थाको बारेमा जानकारी


- दातृ निकाय को बारेमा जानकारी

सामाजिक सञ्जालमा प्रकाशन गर्दा लेखलाई छोटो राख्न पर्ने हुन्छ। धेरैजसो सँस्थाकै पेजबाट प्रकाशन गरिने र त्यस पेजलाई सँस्था संग परिचित व्यक्तिलेनै हेर्ने भएको कारण यस्तोमा
सँस्था बारे जानकारि दिनुपर्ने हुदैन। आयोजनाले पारेको प्रभाव बारे भने खुलाउनुपार्ने हुदा आयोजना र दातृ निकायको नाम, र ति व्यक्तिको जिवनशैलि परेको प्रभाव बारे चाही विस्तृत
रुपमा लेखिन्छ। पात्रको पृश्ठभुमिमा पनि नाम र स्थान सम्म मात्र लेखिन्छ।
लिंक्डिइन एपमा लेख्दा भने वेबसाईटमा लेखिने जसरि नै लेखिन्छ।

भुमिका बांध्नेः

के स स्टोरि लेख्दा भुमिका बाध्ने निक्कै महत्वपुर्ण पक्ष हो। यसो नगरे के स स्टोरि र समाचार बिचमा कु नै भिन्नता देखिन्न। कथा लेखनमा भुमिका बाध्ने भनेको तपाईले पाठकलाई कसरि
डोहोर्याउन सक्नुहुन्छ भन्नेलाई बुझिन्छ। यसमा परिवेश, परिस्थिति, पात्रको पृश्ठभुमि, र सन्दर्भलाई प्रयोग गर्न सक्नुपर्छ।

जस्तै यो काल्पनिक लेखलाई पढ्नुहोस, “धुलिखेलबाट काठ्माण्डौ आउने क्रममा एक मोटरसाईकल चालक बसको ठक्कर बाट गंभिर रुपले घाइते भएका छन। घाईते हुने व्यक्ति
साँगाचोकगढी नगरपालिका वडा न.३ का वाशिन्दा ४३ वर्षिय राम लोहनि रहेका छन्। डाक्टरका अनुसार घाईतेको अवस्था नाजुक रहेको र शरिरको तल्लो भागमा सुधारको संभावना
देखिएको छैन।”- यो पढ्ने बित्तिक्कै समाचार हो भन्ने बुझिन्छ। अब मानौ राम लोहनि तपाईले के स स्टोरिको लागि छनोट गरेको पात्र हुन्। यही कु रा के स स्टोरिमा तल लेखिए अनुसार
पेश गर्न सकिन्छ;

“सदा झै राम आफ्नो धुलिखेलमा रहेको क्याफे को लागि सामाग्रि खरिद गर्न काठमाण्डौ तर्फ लागे। मोटेसाईकलमा सामान बोक्ने भएको कारण उनि एक पटकमा एक हफ्ता भन्दा
बढीको सामान ल्याउदैन थिए। व्यवसाय गरेको धेरै वर्ष भएको कारण उनको सामाग्रिको अनुमान कहिले गलत हुदैन थियो र हरेक विहिबार उनि सामाग्रि थप्न काठ्माण्डौ जानै पर्थ्यो।
त्यो दिन पनि त्यस्तै गरे तर फर्कि एनन्। सधै झै दिउसो १ बजे हिडेर साझ ६ बजेसम्म फर्क ने राम, त्यो दिन राति ९ बजे क्याफे बन्द गर्ने बेला सम्म पनि आएनन्। उनको फोन पनि
बन्द थियो। साँझ ७ बजे देखि उनको सहयोगिले पटक पटक सम्पर्क गर्न खोजे र ग्राहक पनि भएको कारण उनि ग्राहक सम्हाल्न पनि व्यस्त थिए। फोनमा चार्ज सकियो भने सधै
लापरवाह भनेर गालि गर्थे रामले, र त्यस दिन आफ्नै फोन सम्पर्क विहिन रहेको हुदा उनको सहयोगिको मनमा चिसो पस्यो र उनि क्याफे बन्द गर्ने बित्तिकै धुलिखेलको पुलिस चौकि
गए। त्याँहा रामको विवरण, मोटरसाईकलको जानकारि दिएपछी पुलिसले विभिन्न स्थानमा खबर गरे र दिउसो भक्तपुरको जगातेमा उनले भनेको जस्तै व्यक्ति दुर्घट्नामा परेको भनेर
खबर गरे। घाईते त्यस समय भक्तपुर ठिमि स्थित एक अस्पतालमा उपचाररत रहेको खबर पाए र त्यो जान्न साथ उनका सहयोगि तुरुन्त ठिमि तर्फ लागे।

रातको १२ बजे तिर अस्पताल पुगेका उनको सहयोगिले घटनामा परेको रामनै रहेको भन्ने देखे र डाक्टर संग कु रा गर्दा उनले राम अब खतरा बाट बाहिर रहेको भन्ने खबर दिए तर
उनको शरिरको तल्लो भागमा निक्कै क्षति पुगेको कारण उनि फे रि हिड्ने संभावना निक्कै कम रहेको भन्ने पनि जानकारि दिए। त्यो सुनेर उनका सहयोगि, हरि, स्तब्द भए। निक्कै मिलनसार
र हरिलाई सधै भाई सरह माया गर्ने राम अब हिड्न नसक्ने भन्दा उनि निक्कै भावुक भए। राति को समय गाउमा वृध्द बुवा र आमालाई के वज्रपात पार्ने भनेर हरिले सबेरै खबर गर्ने भन्ने
निर्णय गरे तर त्यो रात निक्कै लामो थियो। बिहानि हुदै भएन र हरि, रामका आमा-बुवाको मुहार सम्झिदै बिहानि कहिल्य नहोस भनि मनमनै प्रार्थना पनि गर्दै थिए।

सिन्धुपाल्चोक को साँगाचोगगढी नगरपालिकाको वडा न. ३ मा रहेको टिमुरे गाउँमा रामको वृद्ध आमा-बुवा बस्छन्। के ही वर्ष अगाडी सम्म राम पनि सँगै बस्थे। सानो बेला पढाईमा धेरै
रुचि नराखेको राम कक्षा ८ भन्दा माथि पढेनन्। सानोमा साथिहरु संगै रमाए र अलिक उमेर ढल्किदै गएपछी उनि पनि परिवार संगै खेतिमा लागे। २०७२ सालको भुईचालो पछी
पानिको मुहान सुके को र उब्जनि पनि निक्कै घटेको कारण उनले अब अरुनै पेशा गर्नुपर्यो भनेर उनले परिवारको सहमतिमै खेतको ठु लो टुक्रा बेचे र धुलिखेलमा एउटा सानो क्याफे
खोले। आमदानि निक्कै राम्रो थियो वहाको र व्यवसायले पनि विस्तारै गति लिदै थियो तर राम्रो समय निक्कै चाढै बित्यो। उनको जिवनमा त्यो विहिबार आयो।”

माथिको दुईटा उदाहारण एउटै घटना र एउटै व्यक्ति बारे हो, तर एउटा के स स्टोरि हो भने माथिको मात्र समाचार। राम बारे छापिएको समाचार पढ्दा त्यस्मा कु नै किसिमको भुमिका
बांधिएको छैन। घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ, र त्यसपछी लेखिएको के स स्टोरि हेर्ने हो भने त्याहा घटनाको परिवेश, रामको परिस्थिति, रामको पृश्ठभुमि, र घटनाले
रामको जिवनमा पारेको असरलाई दृश्याईएको छ। यसरि लेख्दा पाठक र पात्र बिच संबन्ध विस्तार हुन्छ।

उद्धरन को प्रयोगः

उद्धरनलाई सरल भाषामा पात्रको आफ्नै भनाई भनेर बुझ्न सकिन्छ। यसको प्रयोग गर्दा पाठकले कु नै पनि कथा पढ्दा सो कथा लेखकको सिर्जना मात्र नभई, त्यसमा प्रस्तुत पात्रको
आफ्नै अनुभवमा आधारित रहेको भनेर बुझिन्छ र यसले कथालाई निक्कै बलियो बनाउछ। वृत्तचित्र (documentary), नाटक र चलचित्र हरुमा पनि कथाकारले पात्र बारे के हि
भनेको सुनिन्छ र साथसाथै पात्रले पनि त्यसैलाई पृश्टि गर्दै आफ्नो भनाई राखेको देखाईन्छ, त्यो गर्दा दर्शकलाई कथाकारको भनाईमा थप विश्वास हुन्छ।

उदाहारणः

“सदा झै राम आफ्नो धुलिखेलमा रहेको क्याफे को लागि सामाग्रि खरिद गर्न काठमाण्डौ तर्फ लागे। मोटेसाईकलमा सामान बोक्ने भएको कारण उनि एक पटकमा एक हफ्ता भन्दा
बढीको सामान ल्याउदैन थिए। व्यवसाय गरेको धेरै वर्ष भएको कारण उनको सामाग्रिको अनुमान कहिले गलत हुदैन थियो र हरेक विहिबार उनि सामाग्रि थप्न काठ्माण्डौ जानै पर्थ्यो।
त्यो दिन पनि त्यस्तै गरे तर फर्कि एनन्। सधै झै दिउसो १ बजे हिडेर साझ ६ बजेसम्म फर्क ने राम, त्यो दिन राति ९ बजे क्याफे बन्द गर्ने बेला सम्म पनि आएनन्। उनको फोन पनि
बन्द थियो। साँझ ७ बजे देखि उनको सहयोगिले पटक पटक सम्पर्क गर्न खोजे र ग्राहक पनि भएको कारण उनि ग्राहक सम्हाल्न पनि व्यस्त थिए। फोनमा चार्ज सकियो भने सधै
लापरवाह भनेर गालि गर्थे रामले, र त्यस दिन आफ्नै फोन सम्पर्क विहिन रहेको हुदा उनको सहयोगिको मनमा चिसो पस्यो र उनि क्याफे बन्द गर्ने बित्तिकै धुलिखेलको पुलिस चौकि
गए। त्याँहा रामको विवरण, मोटरसाईकलको जानकारि दिएपछी पुलिसले विभिन्न स्थानमा खबर गरे र दिउसो भक्तपुरको जगातेमा उनले भनेको जस्तै व्यक्ति दुर्घट्नामा परेको भनेर
खबर गरे। घाईते त्यस समय भक्तपुर ठिमि स्थित एक अस्पतालमा उपचाररत रहेको खबर पाए र त्यो जान्न साथ उनका सहयोगि तुरुन्त ठिमि तर्फ लागे।

रातको १२ बजे तिर अस्पताल पुगेका उनको सहयोगिले घटनामा परेको रामनै रहेको भन्ने देखे र डाक्टर संग कु रा गर्दा उनले राम अब खतरा बाट बाहिर रहेको भन्ने खबर दिए तर
उनको शरिरको तल्लो भागमा निक्कै क्षति पुगेको कारण उनि फे रि हिड्ने संभावना निक्कै कम रहेको भन्ने पनि जानकारि दिए। त्यो सुनेर उनका सहयोगि, हरि, स्तब्द भए। निक्कै मिलनसार
र हरिलाई सधै भाई सरह माया गर्ने राम अब हिड्न नसक्ने भन्दा उनि निक्कै भावुक भए। राति को समय गाउमा वृध्द बुवा र आमालाई के वज्रपात पार्ने भनेर हरिले सबेरै खबर गर्ने भन्ने
निर्णय गरे तर त्यो रात निक्कै लामो थियो। बिहानि हुदै भएन र हरि, रामका आमा-बुवाको मुहार सम्झिदै बिहानि कहिल्य नहोस भनि मनमनै प्रार्थना पनि गर्दै थिए।
“बुढेसकालको सहारा उनको एउटै सन्तानले बल्ल राम्रो बाटो समाएको भनि दंग पर्दै गाउँ भरि हल्ला गर्ने ठु लाबालाई (रामका पिता) भोलि कसरि भन्ने के भन्ने होला मैले। मिरमिरेमै
उनको सपना बिथोल्ने? मलाई त्यो रातको बिहानि कहिले नआओस भन्ने भैरहेको थियो।”- हरि सिग्देल, रामको सहयोगि
सिन्धुपाल्चोक को साँगाचोगगढी नगरपालिकाको वडा न. ३ मा रहेको टिमुरे गाउँमा रामको वृद्ध आमा-बुवा बस्छन्। के ही वर्ष अगाडी सम्म राम पनि सँगै बस्थे। सानो बेला पढाईमा धेरै
रुचि नराखेको राम कक्षा ८ भन्दा माथि पढेनन्। सानोमा साथिहरु संगै रमाए र अलिक उमेर ढल्किदै गएपछी उनि पनि परिवार संगै खेतिमा लागे। २०७२ सालको भुईचालो पछी
पानिको मुहान सुके को र उब्जनि पनि निक्कै घटेको कारण उनले अब अरुनै पेशा गर्नुपर्यो भनेर उनले परिवारको सहमतिमै खेतको ठु लो टुक्रा बेचे र धुलिखेलमा एउटा सानो क्याफे
खोले। आमदानि निक्कै राम्रो थियो वहाको र व्यवसायले पनि विस्तारै गति लिदै थियो तर राम्रो समय निक्कै चाढै बित्यो। उनको जिवनमा त्यो विहिबार आयो।”

अघील्लो पानामा लेखिएको राम लोहनिको कथामा उद्धरन प्रयोग गरि कथाको भावमा यसरि परिवर्तरन हेर्न सकिन्छ। उनको सहयोगिको भनाईलाई राख्दा र नराख्दाको फरक पाठकले
आफै महसुस गर्छन्। उद्धरन भन्या के स स्टोरि को मापदण्डमा पर्दैन र अनिवार्य पनि होईन तर यसको प्रयोगले पाठकको लेखक प्रतिको विश्वास र पात्र संगको संबन्धलाई बलियो
बनाउछ।

सान्दर्भिक्ता

सान्दर्भिक्ताको कु रा गर्दा तपाईले पात्र छान्न अगाडी त्यो पात्र सँस्थाको लागि सान्दर्भिक छ कि छैन भन्ने कु रा पनि विचार गर्नुपर्छ। के स स्टोरि लेख्दा तपाईलाई सान्दर्भिक व्यक्ति बारे
लेख्न जति समय र मेहेनत लाग्छ, त्यतिनै मेहेनत गैरसान्दर्भिक व्यक्ति बारे लेख्दा पनि लाग्छ। मात्र कु रा यति हो कि तपाईको लेख सँस्थाकोलागि सान्दर्भिक छैन भने तपाईको समय
र मेहेनत दुईटै खेर जान्छ। समुदायमा काम गर्दा विभिन्न किसिमका पात्रहरु भेट हुन्छ र सबैको जिवनमा कथा लेख्न सकिन्छ र त्यसो गर्न ईक्षा लाग्न स्वभाविक पनि हो। त्यसै कारण
पात्र छनोट गर्ने बेलामा आफ्नो सहकर्मि संग छलफल गर्ने बानि बसालौ। उदाहरणको लागि तपाईले कसैले बाख्रापालनबाट राम्रो आमदानि गरेको कथा लेख्नुभयो, तर त्यो व्यक्तिको
बाख्रापालनमा आयोजनाको कु नै पनि किसिमको योगदान छैन भने, त्यो के स स्टोरि आयोजनाको लागि सान्दर्भिक हुदैन। त्यै कथा तपाईले ति व्यक्तिको अपांगता र त्यो हुदाहुदै उनले
गरिरहेको बाख्रापालन बारे भए र फे यरमेडले पनि जिविकोपार्जनमा सहयोग गर्ने भए बल्ल आयोजनाको लागि सान्दर्भिक हुन्छ।

यसलाई अझै विस्तारमा राम लोहनिकै कथाबाट बुझ्न सकिन्छ। माथि उद्धरन र भुमिका संबन्धि रामको कथामा हेर्दा रामको कथा निक्कै भावुक छ तर त्यत्ति मात्र फे यरमेडको लागि
सान्दर्भिक छैन। सर्वप्रथम त त्यस कथामा फे यरमेडनै छैन।

“सदा झै राम आफ्नो धुलिखेलमा रहेको क्याफे को लागि सामाग्रि खरिद गर्न काठमाण्डौ तर्फ लागे। मोटेसाईकलमा सामान बोक्ने भएको कारण उनि एक पटकमा एक हफ्ता भन्दा
बढीको सामान ल्याउदैन थिए। व्यवसाय गरेको धेरै वर्ष भएको कारण उनको सामाग्रिको अनुमान कहिले गलत हुदैन थियो र हरेक विहिबार उनि सामाग्रि थप्न काठ्माण्डौ जानै पर्थ्यो।
त्यो दिन पनि त्यस्तै गरे तर फर्कि एनन्। सधै झै दिउसो १ बजे हिडेर साझ ६ बजेसम्म फर्क ने राम, त्यो दिन राति ९ बजे क्याफे बन्द गर्ने बेला सम्म पनि आएनन्। उनको फोन पनि
बन्द थियो। साँझ ७ बजे देखि उनको सहयोगिले पटक पटक सम्पर्क गर्न खोजे र ग्राहक पनि भएको कारण उनि ग्राहक सम्हाल्न पनि व्यस्त थिए। फोनमा चार्ज सकियो भने सधै
लापरवाह भनेर गालि गर्थे रामले, र त्यस दिन आफ्नै फोन सम्पर्क विहिन रहेको हुदा उनको सहयोगिको मनमा चिसो पस्यो र उनि क्याफे बन्द गर्ने बित्तिकै धुलिखेलको पुलिस चौकि
गए। त्याँहा रामको विवरण, मोटरसाईकलको जानकारि दिएपछी पुलिसले विभिन्न स्थानमा खबर गरे र दिउसो भक्तपुरको जगातेमा उनले भनेको जस्तै व्यक्ति दुर्घट्नामा परेको भनेर
खबर गरे। घाईते त्यस समय भक्तपुर ठिमि स्थित एक अस्पतालमा उपचाररत रहेको खबर पाए र त्यो जान्न साथ उनका सहयोगि तुरुन्त ठिमि तर्फ लागे।

रातको १२ बजे तिर अस्पताल पुगेका उनको सहयोगिले घटनामा परेको रामनै रहेको भन्ने देखे र डाक्टर संग कु रा गर्दा उनले राम अब खतरा बाट बाहिर रहेको भन्ने खबर दिए तर
उनको शरिरको तल्लो भागमा निक्कै क्षति पुगेको कारण उनि फे रि हिड्ने संभावना निक्कै कम रहेको भन्ने पनि जानकारि दिए। त्यो सुनेर उनका सहयोगि, हरि, स्तब्द भए। निक्कै मिलनसार
र हरिलाई सधै भाई सरह माया गर्ने राम अब हिड्न नसक्ने भन्दा उनि निक्कै भावुक भए। राति को समय गाउमा वृध्द बुवा र आमालाई के वज्रपात पार्ने भनेर हरिले सबेरै खबर गर्ने भन्ने
निर्णय गरे तर त्यो रात निक्कै लामो थियो। बिहानि हुदै भएन र हरि, रामका आमा-बुवाको मुहार सम्झिदै बिहानि कहिल्य नहोस भनि मनमनै प्रार्थना पनि गर्दै थिए।

“बुढेसकालको सहारा उनको एउटै सन्तानले बल्ल राम्रो बाटो समाएको भनि दंग पर्दै गाउँ भरि हल्ला गर्ने ठु लाबालाई (रामका पिता) भोलि कसरि भन्ने के भन्ने होला मैले। मिरमिरेमै
उनको सपना बिथोल्ने? मलाई त्यो रातको बिहानि कहिले नआओस भन्ने भैरहेको थियो।”- हरि सिग्देल, रामको सहयोगि
सिन्धुपाल्चोक को साँगाचोगगढी नगरपालिकाको वडा न. ३ मा रहेको टिमुरे गाउँमा रामको वृद्ध आमा-बुवा बस्छन्। के ही वर्ष अगाडी सम्म राम पनि सँगै बस्थे। सानो बेला पढाईमा धेरै
रुचि नराखेको राम कक्षा ८ भन्दा माथि पढेनन्। सानोमा साथिहरु संगै रमाए र अलिक उमेर ढल्किदै गएपछी उनि पनि परिवार संगै खेतिमा लागे। २०७२ सालको भुईचालो पछी
पानिको मुहान सुके को र उब्जनि पनि निक्कै घटेको कारण उनले अब अरुनै पेशा गर्नुपर्यो भनेर उनले परिवारको सहमतिमै खेतको ठु लो टुक्रा बेचे र धुलिखेलमा एउटा सानो क्याफे
खोले। आमदानि निक्कै राम्रो थियो वहाको र व्यवसायले पनि विस्तारै गति लिदै थियो तर राम्रो समय निक्कै चाढै बित्यो। उनको जिवनमा त्यो विहिबार आयो।

“खालि बाटोको पाईदा ऊठाएर गाडिवाला पनि भाग्यो, अस्पतालको खर्च धान्न क्याफे पनि सस्तोमै बेचे, अस्पतालको व्यवस्थापनले पनि मेरो समस्या देखेर मलाई आर्थिक सहयोग
गर्नुभयो तर पनि निजि अस्पताल महंगो भइहाल्छ, सबै सकियो। बितेको वर्ष, त्यो पहिलो मोटरसाईकल, त्यो क्याफे , र ति दिनहरु मलाई एउटा मिठो सपना जस्तो लाग्नथाल्यो। बुवा
फे रि मलाई स्याहार्न यो उमेरमा ज्याला गरेको देख्दा आफै संग रिश उठ्थ्यो, मरेकै भए हुन्थ्यो जस्तो पनि लाग्थ्यो तर डाक्टरले हिड्ने संभावना कम रहेको भनेका थिए, नरहेको
भनेका थिएनन्। म उनको शब्दहरुमै झुणडिरहे”- राम
राम हतास थिए तर निरास भएनन् कहिले पनि। उनि ओक्षानमै भएपनि खुट्टा चलाउने प्रयास गर्थे, छिमेकमै घर भएका उनका बाल्यकालका साथि, रमेश पनि साझ सधै आउथे रामको
खुट्टा मालिश गर्दिन र उनलाई आगँनमा पनि लैजान्थे। रमेश एकदिन घर अलि चाढै आए, चाढो चाढो हिडेको र बेला बेला दौडेको भएर उनि स्वा-स्वा गर्दै थिए, उनको आखाँमा अर्कै
किसिमको चमक थियो तर सधै तेलको कचौरा बोक्ने हात भने रित्तो थियो। रमेशले रामलाई बोके र आँगनमा ल्याए र के हि बेरमै उनलाई पछ्याउदै फे यरमेडका स्टाफहरु नि आँगनमा
आउनुभयो। रामले रमेशलाई के हि सोधेनन्, उनले आफै बुझे।
त्यहिँ टोलिमा रहेकि एकजना म्याडमले रामलाई निक्कै प्रश्नहरु सोध्नुभयो र त्यहि बेला फोन गरि भोलिपल्टै रामलाई धुलिखेल अस्पताल लैजाने भनेर भन्नु भयो।

“कसरि चाही भन्न सक्दिन तर अब म हिड्छु भनेर म ढु क्क भए”- राम

फे यरमेडको टोलिले भने अनुसार बिहान ९ बजे तिर रामलाई लिन सँस्थाको गडी आयो र रमेश र राम गाडीमा गए धुलिखेल तर्फ । ११ बजेतिर अस्पताल पुग्ने बित्तिक्कै उनलाई ति
म्याडम र साथमा एउटा चिकत्सकले भेटे र आफ्नो कक्ष तिर लगे। निक्कै बेर जाँच गरेपछी डाक्टरले रामको नशा अझै काम गरिरहेको भने र विभिन्न किसिमको व्यायाम बारे पनि
सिकाए।

धुलिखेलबाट फर्के को ६ महिनामै राम लौरोको सहारा लिइ अलि अलि हिड्न सक्ने भएकाछन। उनको आमदानि अझै छैन, तर उनि खुसि छन्। अब के हि महिना अनि राम फे रि काम
गर्न सक्छु भनेर विश्वस्त छन्।”

यसरि देखाए अनुसार सँस्थाको लागि सान्दर्भिक के स स्टोरि रचना गर्न सकिन्छ। यस उदाहारनमा हामिले रामको बारेमा मात्र नलेखेर रामको कथा फे यरमेडको लागि कसरि सान्दर्भिक
छ भनेर पनि स्थापना गर्यौ।

कथाको निचोडः कथाको निचोड लेखकले कहिलेपनि निर्धारन गर्न मिल्दैन। विद्यालयमा “यस कथाले यो पाठ सिकायो” भन्या जस्तो हुन्न। निचोड जहिलेपनि पाठकको भागमा पर्छ।
एउटा पाठकले कु नै लेख पढेर त्यसबाट के निचोड निकाल्छन् भन्ने त्यो पाठकको कु रा हो। त्यसमा लेखकले पाठकलाई “मेरो कथा बाट यै नै बुझ्नुपर्छ” भनेर आभास गराउनु हुदैन।

दिगोपनाः

के स स्टोरिले जहिले पनि पात्रको भोलिको दिन कस्तो रहन्छ भनेर पाठकलाई एउटा चित्र देखाउन सक्नुपर्छ। आयोजनाको हकमा यो झन महत्वपुर्ण हुन्छ। कु नै पनि आयोजनाको
सफलता त्यसले सुनिस्चित गर्न सक्ने दिगोपनामै निर्धारित हुन्छ। माथिको राम लोहनि को कथा पनि उनको हिडाईमा सुधार देखिएको र अझै के हि महिनाको मेहेनत पछी उनि फे रि
हिड्न सक्ने र त्यस पछी फे रि आमदनि गर्न ईच्छु क छन् भनेरै टुङ्गिएको छ। आयोजना सधै सफल हुन्छ भन्ने हुदैन, कहिले काही कु नै अभियान असफल रहेको बारे तपाई के स स्टडि
लेख्दै हुनुहुन्छ भने, तपाईले आयोजनाले भोलिको दिनमा त्यसलाई कसरि सुधार गर्नेछ वा त्यस्तो घटना नदोहोरिने आयोजनासंग आज के के तैयारि छन् भनेर टुङ्ग्याउनुपर्ने हुन्छ।

५) के स स्टोरि लेख्ने बेला कसरि तैयारि गर्ने?

क) पात्र छनोट गर्ने

ख) पात्रको कथा सान्दर्भिक छ कि छैन भनेर आफ्ना सहकर्मि संग छलफल गर्ने

ग) सँस्थाले त्यै किसिमको के स स्टोरि पहिला प्रकाशन गरेको छ कि छैन पत्ता लगाउने र गरिसके को भए आफु ले छनिएको पात्रको कथामा के हि नयाँ पक्ष के लाउन र प्रस्तुत गर्न सक्ने
कि नसक्ने पनि निर्धारन गर्ने। नयाँ तरिकाले कथा प्रश्तुत गर्न नसके फे रि नयाँ पात्र खोज्ने र क) र ख) मा लेखिएको कार्य गर्ने।

घ) पात्र छनोट भैसके पछीः

- पात्रलाई सोध्न प्रश्नावलि तैयार पार्नेः

 स्थानियले धेरै पटक “मेरै गाँउको मान्छे, मलाई उसको नालि-बेलि थहाछ” भन्ने तर्क गर्छन् र यो निक्कै गलत अभ्यास हो। एउटा के स स्टोरि लेखक भन्या एक
अनुसन्धानकर्ता हो र एक अनुसन्धानकर्ताले कहिलेपनि आफु लाई लागेको कु रा लेख्दैनन्। त्यसै गरि एक के स स्टोरि लेखकले पनि लेखमा जहिले पात्रको भनाईको
आधारमा मात्र तथ्य पेश गर्नुपर्छ।
 प्रश्नावलिमा पात्रको पृश्ठभुमि, आयोजनासंग सान्दरभिक्ता, आयोजनाको दिगोपना जस्ता पक्षहरु समावेस भइको छ कि छैन निर्धारण गर्ने।

ङ) पात्रलाई आफु भेट्न आइरहेको बारे र भेटको उद्देश्य बारे पुर्व जानकारि दिने

च) पात्रलाई भेटेपछी औपचारिक रुपमा सहभागिताको मन्जुरिनामा एकचोटि पढ्न दिने र दस्तखत गर्न लगाउने। सहभागिले पढ्न नसके , आफै ले मन्जुरि नामा पढेर सुनाउने। मन्जुरि
फारममा रहेको अन्तरवार्तामा सहभागिता, तस्विर खिच्ने बारे मन्जुरि र सँस्थाले प्रयोग गर्ने बारे मन्जुरि, र आवाज रेकर्ड गर्ने बारे मन्जुरि लिने।

छ) अन्तरवार्ता सुरु गर्ने। सहभागिको मन्जुरि छ भने आवाज रेकर्ड गर्ने, यदि छैन भने कपिमा नोट गर्नपर्ने हुन्छ। रेकर्ड गर्दा अन्तर्वार्ता लिन निक्कै सहज हुने कारण सहभागिलाई राम्ररि
बुझाएर र रेकर्डिङ्ग अन्त कतै प्रयो नहुने भनेर विश्वस्त बनाएर रेकर्डिङ्ग गर्न मन्जुरि लिन प्रयास गर्दा हुन्छ। सहभागिले मान्नु भएन भने वाहाको निर्णयलाई स्विकार गर्दै अन्तरवार्ता अघि
बढाउनुस।

ज) प्रश्न गर्दा धेरै पटक एउटा प्रश्नको उत्तर दिदा सहभागिले त्यस पछी हामिले सोध्ने भन्या प्रश्को पनि उत्तर दिईसक्या हुन्छन्। त्यस्तो कु रा विचार गर्नुपर्छ र दोहोराएर त्यै प्रश्न
सोध्दा सहभागि रिशाउन पनि सक्छन्। तपाईलाई अन्तर्वार्ता अगाडिनै प्रश्नहरु कण्ठ भयो भने यसमा समस्या आउदैन।

झ) अन्तर्वार्ताको क्रममा सहभागि मुद्दाबाट टाढिएर बोल्न थाले भने आफु ले फे रि सम्झाउन सकिन्छ तर सानदर्भिक कु रा नै भनिराछन् भने सहभागिलाई रोक्नु हुदैन।

६) तस्विर खिच्दा के -के कु रामा ध्यान दिनुपर्ने हुन्छ?


- सर्वप्रथम तस्विर खिच्न भन्दा अगाडी सहभागिको लिखित स्विकृ ति लिनुपर्छ। स्विकृ ति फारममा सँस्थाले सहभागिको तस्विर कता प्रयोग गर्न पाउछ भनेर पनि उल्लेख
गरेको हुनुपर्छ। सहभागिको स्विकृ ति नरहेको र सामाजिक सञ्जाल वा रिपोर्टमा तस्विर प्रकाशन भएको खण्डमा सहभगिले फोटो खिच्ने र प्रकाशन गर्ने लाई कानुन
बमोजिम कारवाहि पनि गर्न सक्छन्।
- नाबालिग को हकमा तस्विर खिच्दा सहभागिको अभिभावक को लिखित स्विकृ ति लिनुपर्छ।
- फे यरमेडले कु ष्टरोग संबन्धि पनि कार्यक्रम गर्ने र यो निक्कै संवेदनशिल विषय भएको कारण पिडितको तस्विर खिच्दा उनलाई लिखतम रुपमा हामिले उनको मुहार छोपिने
र नाम पनि गोपिय राखिने छ भनेर विश्वस्त गराएपछी मात्र तस्विर खिच्न मिल्छ।

You might also like