You are on page 1of 4

बैंकिङ परीक्षाको तयारी गर्दा बुझ्नुपर्ने १२ बुद

ँ ा

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठू लो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने
गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता,
आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् ।

कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ
। सरकारी बैंकहरुले भ्याकेन्सी खोलेका छन् भने परीक्षाको तयारीका लागि पाठ्यक्रम पनि उपलब्ध
गराएका हुन्छन् । निजी स्तरका बैंकहरुले पनि लिखित परीक्षा मार्फ त कर्मचारी छनौट गर्दैछन् भने
सोहीअनुरुप तयारी गर्नुपर्छ । पहिलो कुरा त तपाईँ कुन पदको लागि एप्लाई गर्दै हुनुहुन्छ र त्यो पदमा
रहेर तपाईँले पुरा गर्नुपर्ने जिम्मेवारी केके छन् भन्ने कुरामा नै स्पष्ट हुनुपर्छ । समग्रमा भन्नुपर्दा, बैंकिङ
परीक्षाको तयाीगर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनुपर्दछः

बैंकिङ क्षेत्रको विकासक्रम


बैंकमा जागीर खाने सोँच बनाउने वित्तीकै तपाईँ पहिले नेपालमा बैंकको सुरुवात कहिले र कसरी भयो
? बैंकको सुरुवात हुनुअघि कसरी कारोबार हुन्थ्यो ? बैंकको सुरुवातदे खि हालसम्म केकस्ता
परीवर्तनहरु भएका छन् ? लगायतका विषयमा खोजीखोजी अध्ययन गर्नुहोस् ।

नियामक निकाय
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । यो विषयमा तपाईँ जानकार
पक्कै हुनुहुन्छ । तर, नेपाल राष्ट्र बैंकको बारेमा तपाईँलाई अरु केके थाहा छ ? यसको स्थापना, हाल
सम्मका गभर्नरहरु, गभर्नर एवम् डेपुटी गभर्नरको निकाय, राष्ट्र बैंकका कार्यहरु, विभागहरु ल्गायतका
विषयमा पनि जानकारी लिनुहोस् ।

बैंकिङ प्रविधिहरु
अहिले बैंकिङ क्षेत्रमा द्रुत गतिमा प्रविधिको विस्तार भइरहेको छ । कतिपय प्रविधिहरु त तपाईँ पनि
प्रयोग गर्नुहुन्छ होला । ती प्रविधिहरुका बारेमा तपाईँलाई कत्तिको थाहा छ ? बैंकले प्रयोग गर्ने
सफ्टवेयरहरुको बारेमा वा बैंकका ग्राहकहरुका लागि ल्याइएका कार्डहरु, मोबाइल बैंकिङ लगायतका
विषयमा पनि अध्ययन गर्नुहोस् ।

बैंकबारे जानकारी
बैंक कसरी संचालनहुन्छ ? सर्वसाधारणहरुबाट पैसा लिएपछि व्याज कसरी दिन्छ ? ऋणीहरुलाई
ऋण कसरी प्रदान गर्छ ? अन्य केके काम बैंकबाट हुन्छ ?यस्ता सबै जानकारी पनि तपाईँसँग हुनुपर्छ
। त्यस्तै, शेयर बजार, बीमा, रेमिट्यान्स लगायतसँग बैंकको सम्बन्ध पनि जान्नुपर्छ ।

बैंकिङ शब्दावलीहरुबारे स्पष्ट जानकारी


हरेक क्षेत्रमा प्रयोग गर्ने शब्दावलीहरु फरक हुन्छन् । त्यस्तै, बैंकिङ क्षेत्रमा प्रयोग हुने थुप्रै
शब्दावलीहरु छन्, जुन अन्य क्षेत्रमा प्रयोग हुँदैन । तपाईँ बैंकिङ क्षेत्रमै प्रवेश गर्ने भएपछि यस्ता
शब्दावलीहरु खोजीखोजी पढ् नुहोस् ।
विद्यमान बैंकिङ नीति
बैंकिङ क्षेत्र निश्चित ऐन तथा नीति अन्तर्गत रहेर चलेको हुन्छ । हाल कुन ऐन तथा नीति अन्तर्गत रहेर
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गरिरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्नुहोस् ।

चालू मौद्रिक नीति र बजेट


हरेक आर्थिक वर्षमा सरकारले नयाँ बजेट सार्वजनिक गर्छ । सोहीअनुसार, राष्ट्र बैंकले मौद्रिक नीति
जारी गर्छ । चालू आर्थिक वर्षको बजेट र त्यसले लिएका लक्ष्यका साथै मौद्रिक नीतिको पनि गहन
अध्ययन गर्नुहोस् ।

राष्ट्र बैंकका नीति निर्देशनहरु


बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले समय समयमा निर्देशन जारी गर्ने गर्दछ । कहिले व्याजदर
सम्बन्धमा, कहिले मर्जर सन्दर्भमा वा अन्य विषयमा । यस विषयमा जानकारी लिइरहनुपर्दछ । राष्ट्र
बैंकले के कस्ता निर्देशन जारी गर्यो र किन भन्ने विषयमा थाहा हुनुपर्दछ ।

अन्तराष्ट्रिय परिवेश
दे शको वित्तीय क्षेत्रका बारेमा त जान्नुपर्छ नै । साथमा अन्तरराष्ट्रिय वित्तीय बजारमा केके भइरहेको छ
भन्ने कुराको पनि जानकारी लिइरहनुपर्छ । विश्व बैंक, आईएमएफ, एडीबीजस्ता संस्थाको सल्लाह
सुझाव लगायत नेपालको बैंकिङ क्षेत्रलाई प्रवाभ पार्न सक्ने हरेक कुराहरुको अध्ययन गर्नुपर्छ ।

एप्लाई गरेको बैंकको बारेमा


तपाईँले एप्लाई गर्नुभएको बैंकको बारेमा तपाईँलाई केके थाहा छ ? स्थापना, वित्तीय अवस्था, शाखा
संजाल, अध्यक्ष, सीईओ लगायत साथै बैंकले प्रदान गर्ने सेवा, व्याजदर लगायतका विषयमा
जानकारी लिनुहोस् ।

कहाँबाट लिने त जानकारी ?


बैंकमा जागीर खानको लागि बैंकिङ क्षेत्रसँग सम्बन्धित सबै कुराको जानकारी चाहिन्छ । यस्ता
जानकारीहरु समावेश गरिएका पुस्तकहरु बजारमा पाइन्छन् । पुस्तकमा नपाइएका कुराहरु नेपाल
राष्ट्र बैंकको वेभसाइटमा पाइन्छ । समसामयिक जानकारीका लागि समाचार हेर्नुपर्छ । बैंक सम्बन्धी
जानकारीका लागि बैंकको वेभसाइट हेर्न सक्नुहुन्छ ।
विश्लेषणात्मक क्षमता
सबै जानकारी लिएर मात्र हुँदैन, आफूमा विश्लेषण गर्ने क्षमता पनि विकास गर्नुपर्छ । नेपालमा बैंक
हुँदा र नहुँदाका फरक, प्रविधिको प्रयोगले ल्याएका सुविधा, बैंकिङ क्षेत्रमा दे खिएका कमजोरी, सुधार
गर्नुपर्ने कुराहरु लगायतका विषयमा विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता आफूमा विकास
गर्नुभयो भने तपाईँले बैंकिङ परीक्षामा राम्रो गर्न सक्नुहुन्छ ।

You might also like