You are on page 1of 4

नेसनल स्कु ल अफ साइन्सेज

लैनचौर,काठमाडौ
कक्षा :११ विषय:नेपाली

परियोजना कार्य
२०७९

विद्याथीको नाम : दिप zन कँ डेल

सेक्सन : ‘सी’ ६

रोल.न : ५०४

परियोजनाको शिर्षक : “उतरआधुनिक साहित्यकार तथा राजनीतिज्ञ विश्वे श्वरप्रसाद कोइरालाको जीवनी”

............................. ................................
प्राप्ताङ्क परीक्षाको दस्तखत
“उतरआधुनिक साहित्यकार तथा राजनीतिज्ञ विश्वे श्वरप्रसाद कोइराला”

‘सामन्य जीवनगत परिचय’

विश्वे श्वरप्रसाद कोइरालाको जन्म वि.सं . १९७१ भाद्र


२४ गते का दिन भारतको वाराणसीमा भएको हो। पिता
कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाबाट
जन्मिएका बी.पी.को न्वारनको नाउँ चूडामणि कोइराला
हो। विश्वनाथका प्रसादस्वरूप छन् भनी उनलाई
विश्वे श्वर भन्न र व्यवहार गर्न थालिएपछि
विश्वे श्वरप्रसाद भने र प्रचारमा रहे का उनलाई सङ्क्षे पमा
बी.पी. र राजनीतिमा सबै का प्रिय बन्दै गएपछि
सान्दाजु का नामले पनि सम्बोधन गर्ने गरिएको थियो।

उनको कोइरालाको पारिवारिक पृ ष्ठभूमि ज्यादै


सङ्घर्षशील, राजनीति सचेत, शासकीय स्वभावयु क्त,
समाजसे वी, शिक्षित, स्वतन्त्र र कर्मशील प्रकतिको दे खा
पर्छ। कोइरालाको परिवारमा धे रै पु स्ता पहिले देखि नै
पारवारिक स्वतन्त्रता, भाषासाहित्य प्रेम, मान्यजनका योगदानको कदर गर्ने, मानप्रतिष्ठाको निम्ति
काम गर्ने गौरवशाली किसिमको दे खिन्छ। पु ख्यौली रूपमै राजनीति, समाजसे वा, भाषा, साहित्य र
कलाप्रेम, आर्यसभ्यता र सं स्कृतिप्रति आस्था राख्ने तर परम्पराको अन्धानु सरण नगर्ने खालको
दे खिन्छ। विश्वे श्वरप्रसाद कोइरालाले आफ्ना अग्रजहरूका आदर्शहरूलाई आस्थापूर्वक अनु सरण गर्दै
व्यवहार कुशलताले आफू लाई परिमार्जित गर्दै लगे को पाइन्छ। कृष्णप्रसाद कोइरालाको समाजसे वी
चरित्रका कारण तत्कालीन राणा शासकको कोपभाजनका सिकार भई भारतका वाराणसी, कलकत्ता, टे डी,
बे तिया, जयनगर आदि स्थानहरूमा निर्वासित भई वस्तु पर्दाको समयमा बी.पी. को बाल्यकाल पनि
यायावरको जस्तो घु मन्ते रहे को दे खिन्छ।आर्थिक अभाव, सामाजिक उतारचढाव, राजनै तिक अस्थिरता र
पारिवारिक विचरणका समयको बी.पी.को प्रारम्भिक शिक्षा- दीक्षा समय अनु कूल हुन नसकेको भए पनि
दृढ इच्छाशक्ति, कर्तव्य, लगन र इमान्दारीले बी.पी.ले पढाइलाई बी.ए. एल. एल. बी. सम्म पु याएको
पाइन्छ। उनले बी.ए.,सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए।

शिक्षा र ज्ञानको तहलाई राम्ररी परख गर्दै बाल्यकालदे खि नै राजनै तिक सचे तता र सक्रियतालाई
समे त अघि बढाएका कोइराला वै चारिक स्वतन्त्रता र आर्थिक समानताका पक्षधर मानिन्छन्। विश्व
समाजवादी आन्दोलनका प्रसिद्ध समाजवादी ने ता र ने पालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको
अवधारणाका अग्रणी एवं सु पर् सिद्ध साहित्यकार बी.पी.को बाल्यकाल, पारिवारिक पृ ष्ठभूमि, आर्थिक,
सामाजिक, सां स्कृतिक अवस्था आम ने पाली नागरिकको भन्दा केही फरक रहे पनि बी.पी.मा सामान्य
ने पाली नागरिक व्यक्ति सधै गतिशील र सिर्जनारत भएको दे ख्न, भोग्न र पढ्न पाउने अवसर हामी
सबै लाई प्राप्त भएको छ। सामान्य नागरिकको भन्दा राम्रो पारिवारिक वातावरणले बी.पी.लाई सधै
असल सोच्न प्रेरित गरे को पाइन्छ भने आम ने पाली नागरिकको हक-अधिकारको प्राप्ति र सं रक्षणका
निम्ति जीवन उत्सर्ग गर्ने प्रेरणा पनि प्राप्त भएको मान्न सकिन्छ । साहित्यमा वी.पी.ले पु याएको
योगदानले विश्वसाहित्यसँ ग ने पाली साहित्यलाई दाँजेर हे र्न सक्ने अवसर हामीलाई प्राप्त भएको छ।
साहित्यिक व्यक्तित्व

नेपाली साहित्यको आधुनिक काल १९९१ को प्रारम्भसँगै आख्यान विधाबाट सदस्यमा प्रवेश गरेका कोइरालाले आधुनिक नेपाली कथामा
मनोवैज्ञानिक धारालाई प्रवेश गराएका हुन्। त्यस्तै आधुनिक नेपाली उपन्यासका क्षेत्रमा वैचारिक उपन्यासकारका रूपमा परिचित कोइरालाले
के ही कविताहरू पनि देखेका छन्। दोषी चस्मा (२००६), श्वेतभैरवी (२०३९), कथासङ्ग्रह र तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७),
सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर यहूदी (२०४०) र बाबु आमा र छोरा (२०४५) उपन्यास कोइरालाका प्रकाशित कृ तिहरू
हुन् भने कोइरालाका कविता र अन्य सामग्रीहरू वी.पी. कोइरालाका छरिएका सामग्रीका नाउँमा जीवनचन्द्र कोइरालाले सम्पादन गरेका छन्।
बी.पी.का आफ्नो कथा, आत्मवृत्तान्त, जेल जर्नल र फे रि सुन्दरीजल जस्ता आत्मविवरणहरू पनि प्रकाशित भएका छन्। यसरी हेर्दा कोइराला
सिर्जनात्मक क्षेत्रका पनि सशक्त हस्ताक्षरका रूपमा परिचित भइसके का छन्। मूलत बी.पी. को साहित्यिक व्यक्तित्वलाई कथाकार, उपन्यासकार,
आत्म- कथानक, कवि व्यक्तित्व भनी छुट् टाछुट् टै हे र्न पनि सकिन्छ। साथै कोइरालाले केही ने पाली साहित्यका
र केही साहित्यिक रचनाहरूका साथै आफ्नै रचनाहरूका बारे मा आफ्नो समीक्षात्मक टिप्पणी पनि
प्रस्तु त गरे का छन् जसका आधारमा कोइरालाको समालोचक व्यक्तित्वको पनि परिचय प्राप्त गर्न
सकिन्छ ।

राजनीतिक व्यक्तित्व
ने पालको सन्दर्भमा कोइरालाको आफ्नै राजनै तिक दर्शन थियो। प्रजातान्त्रिक समाजवादको माध्यमले
ने पाल जस्तो मु लुकलाई समृ द्ध पार्न सकिन्छ भन्ने योजनाका साथ अग्रसर भएका बी.पी.ले आफ्ना
समाजवादी कार्यक् रमहरूलाई राष्ट् र निर्माणमा लगाउन भने पाएनन्। भारतीय स्वतन्त्रता सङ्ग्राम एवं
एक सय चारवर्षे निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति सशस्त्र
आन्दोलनको ने तृत्व गरे का बी.पी. सधै राष्ट् र र जनताका निम्ति लडे का व्यक्ति हुन्। २००७ सालको
क् रान्तिपछि जनस्तरबाट प्रथम गृ हमन्त्री र २०१४ सालको सं सदीय निर्वाचनपछि पहिलो जननिर्वाचित
प्रधानमन्त्रीसम्म बने का बी.पी. को राजनै तिक जीवन ज्यादै कष्टकर तर उत्साहजनक एवं शिक्षाप्रद
दे खिन्छ।

सात वर्षको कलिलो उमे रमा भारतको स्वतन्त्रता आन्दोलनलाई सघाउने सरकारी स्कू ल बहिष्कार
आन्दोलनमा सरिक भएर अनजानमै राजनीतिमा नाउँ ले खाउन पु गे का बी.पी.को जीवनको पृ ष्ठभूमिमा
राजनीतिको गहिरो प्रभाव परे को पाइन्छ। बी.पी. को परिवार, उहाँका हजु रबा नन्दिकेशर कोइराला, ठू ला
वा कालिदास कोइराला, पिता कृष्णप्रसाद कोइराला, माता दिव्या कोइराला र परिवारका अग्रजहरूमा
सं स्कारको रूपमा विकसित हुँदै आएको राजनीति र समाजसे वाको राम्रो प्रस्फुटन बी.पी. कोइरालमा
आएर भएको कुरा बु झ्न गाह्रो पर्दै न ।

भारतमा कै द रहेका कोइराला भारतीय स्वतन्त्रता आन्दोलन पछि रिहा भएका थिए। भारतको परिवर्तन देखेर उनले नेपालमा पनि परिवर्तन
ल्याउने प्रयास गर्ने तयारी गरेका थिए। वि.सं २००३ सालमा, उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए।
२००६ सालमा, नेपाली कांग्रेस पार्टी बनेको थियो। २००३ फागुन २६ मा कोइरालाका भाइ गिरिजाप्रसाद कोइरालालाई बिराटनगर जुट मिल
हड्तालमा उत्रिन सहयोग गर्नका लागि उनी नेपालगञ्ज पुगेका थिए। गिरिजाप्रसाद कोइराला र राष्ट्रिय कांग्रेसका अन्य चार नेतासहित उनलाई
पक्राउ गरी २१ दिन थुनामा राखिएको थियो। उनलाई पछि रिहा गरिएको थियो। पछि उनी फर्के र भारत गएका थिए। राणा शासन विरुद्ध
सङ्घर्ष गर्नका लागि उनले सबैलाई एकत्रित गरेका थिए। अन्ततः कोइरालाले साल सालको क्रान्तिको नेतृत्व गरेका थिए, जसले नेपालको
१०४ वर्षीय राणा शासनलाई परास्त गरेको थियो। राणा–कांग्रेस गठबन्धनको मन्त्रिमण्डल जसमा कोइरालाले गृहमन्त्रीका रुपमा ९महिना सेवा
गरेका थिए। अन्तिम राणा प्रधानमन्त्रीलाई पछि बर्खास्त गरिएको थियो। त्यसपछि कोइरालाले नेपाली राजनीतिक संरचनाको विकास गर्नेतर्फ
ध्यान दिएका थिए। राजा महेन्द्रले २०१५ मा स्वतन्त्र संसदीय निर्वाचन गर्न सक्षम बनाउने नयाँ संविधानको १ फागुन २०१५ घोषणा
गरेका थिए। २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन
गरेका थिए। उनको सरकार १८ महिना मात्र सरकारमा रहेको थियो। नेपाली काङ्ग्रेस कु ल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो  भने
कोइराला नेपालको २२औँ प्रधानमन्त्री बनेका थिए।

ने पालका महान् राजनीतिक व्यक्तित्वका रूपमा व्यापक रूपमा मानिने कोइराला लोकतन्त्रका कट् टर
समर्थक थिए। उनले ने पाल जस्तो गरिब मु लुकमा व्यक्तिगत स्वतन्त्रता र नागरिक तथा राजनीतिक
अधिकारको प्रत्याभूति मात्र पर्याप्त नभएको र ने पालको अविकसितको समाधान लोकतान्त्रिक
समाजवाद भएको बताए ।

You might also like