Professional Documents
Culture Documents
आत्महत्या सम्बन्धि समाचारको सामाजिक प्रभाव
आत्महत्या सम्बन्धि समाचारको सामाजिक प्रभाव
- आत्महत्याको समाचार कसरी प्रेषित गर्नु हुन्छ र कसरी हुँदैन भन्ने कुरामा ध्यान
नपुर्याएको दे खिन्छ। मानसिक स्वास्थ्यको क्षेत्रमा लागेका हरू पनि चुकेको दे खिन्छ।
- Intention राम्रो हुदा हुदै पनि प्रभाव नराम्रो हुन्छ
- किन आवश्यक छ?
o Copycat suicide
o Bad reporting increases the rate of suicide.
Research report
Example of William Robin
https://www.ipso.co.uk/member-publishers/guidance-for-journalists-
and-editors/guidance-on-reporting-suicide/#KeyPoints
- How to report?
o WHO को guideline.
https://www.who.int/mental_health/prevention/suicide/resource_media.pdf
o सहयोगका लागि श्रोत उल्लेख गर्ने
आत्महत्या एक संवेदनशील विषय हो। मानवीय समवेदना सँग जोडिने यस्ता विषयको समाचार
सम्प्रेषण गर्नु पक्कै पनि गाह्रो काम हो। मनोवैज्ञानिक अल्बर्ट ब्यान्डुराको सामाजिक सिकाइको
सिद्धान्त का अनस
ु ार मानिसको सिकाई अवलोकन र नक्कल बाट हुने गर्दछ। अर्थात ् मानिसले जे
दे ख्छ, त्यही सिक्छ। आजको युगमा हामी विभिन्न सञ्चारका माध्यमहरू बाट घेरिएका छौं।
आज मानिसले आफ्नो वरिपरि भन्दा भौतिक संसार भन्दा मोबाइल वा कम्प्यट
ु रको स्क्रिनको
भर्चुअल संसारलाई नै बढी हे र्छ । यसै बाट आकलन गर्न सकिन्छ, सञ्चार माध्यमहरूले
मानिसको सिकाई , सोचाई र व्यवहारमा कति असर पार्न सक्छन ्। त्यसैले पनि आत्महत्या
जस्तो संवेदनशील विषयको समाचारहरूले आम मानिसको मनोविज्ञानमा पार्ने असर बारे अझ धेरै
सजग हुनु पर्छ । तर हाम्रा मिडियाहरू यो कुरामा पूर्णतः चुकेको दे खिन्छन ्। यस्ता समाचारहरू
कुनै सजगता न अपनाई सम्प्रेषण गर्दा के कस्तो असर पर्न जान्छ भन्ने कुरामा पनि मिडिया र
आम जनता अनभिज्ञ रहे को दे खिन्छ। आत्महत्या रोकथामका नाममा विभिन्न कार्यक्रमहरू
आयोजना हुने गरे पनि यसमा मिडियाको भमि
ू काको चर्चा कतै दे खिद
ँ ै न। कतिपय
अभियन्ताहरूले नै सामाजिक सञ्जालमा संवेदनशील तस्विरहरू बिना सावधानकी पोस्ट गरे को
पनि दे खिन्छ। सञ्चार माध्यमहरूको असावधानीको सबै भन्दा बढि असर किशोर-किशोरी, युवाहरु
र मानसिक समस्या सङ्ग जुधिरहे का व्यक्तिहरूमा पर्ने दे खिन्छ। यहि कारणले गर्दा अमेरिका,
सम्युक्त अधिराज्य, अस्ट्रे लिया, न्युजिल्यान्ड जस्ता दे शहरूले आत्महत्याको रिपोर्टिङको लागि
मिडिया गाइडलाइन नै तयार गरे का छन ्। त्यसतै विश्व स्वास्थ्य सङ्गठन र आत्महत्या
रोकथाममा काम गर्ने अन्तर्राष्ट्रिय सन्स्था आइ.ए.एस.पि. ले पनि ‘आत्महत्या रोकथामका
निम्ति मिडियाकर्मीहरूका लागि रिसोर्स’ जारी गरे का छन ्, जन
ु विश्व स्वास्थ्य सङ्गठनको
वेबसाइटमा सजिलै भेट्न सकिन्छ।
समाचारको असर :
पछिल्लो केही वर्ष यताका अध्ययनहरूले सञ्चार मध्यममा आउने सामग्रीहरूले आत्महत्याको
घटनाको सङ्ख्यामा प्रत्यक्ष रूपमा असर पुर्याएको दे खाउँ छन ्। घटनाको विस्तत
ृ बयान, घटनाका
तस्विरहरू, प्रयोग भएको तरिकाको वर्णन र समाचारलाई बढि प्राथमिकता दिइने जस्ता गलत
अभ्यासले गर्दा आम मानिसको मनोविज्ञानमा अत्यन्तकै नकारात्मक प्रभाव पर्ने अध्ययनहरूको
ठम्याइ छ। विशेष गरि कुनै सेलिब्रेटिको मत्ृ यु पछि 'कपि क्याट सस
ु ाइड' का घटनाहरु
दे खिने गर्छ न ्। २०१४ मा अस्कार विजेता हलिउड कलाकार रोबिन विलियम्सको मत्ृ यु पछि
अमेरिकामा आत्महत्या बाट हुने मत्ृ यु को दर दस प्रतिसतले वद्धि
ृ भएको थियो, जसमा
विलियम्सकै तरिका रयोग गर्ने युवाहरूको संख्या पनि धेरै थियो। त्यस्तै कलाकार मेरिलिन
मन्रोको मत्ृ युको महिनामा उनको सहरमा औसत भन्दा २०० बढी आत्महत्याका घटनाहरू
दे खिएका थिए। २०१७ को एक अध्यन अनुसार, एक प्रमुख पात्रको आत्महत्या दे खाइएको
युवाहरूमा लोकप्रिय एक अमेरिकी टिवी सिरिज प्रशारण भए पश्चात ् गग
ु लमा आत्महत्याका
उपायहरू बारे खोजीमा उल्लेख्य वद्धि
ृ भएको थियो। केही दिन अघिको बलिउड अभिनेता सश
ु ान्त
सिंह राजपुतको मत्ृ युको घटना पछि पनि कपिक्याट सस
ु ाइड सुरु भई सकेको कतिको आंकलन
छ। समाचारलाई सनसनीपर्ण
ू बनाउने धन
ु मा लागेका मिडियाहरुको भने यस तिर पटक्कै ध्यान
नपुगेको दे खिन ्।
सञ्चार मध्यम हरुको जिमेवार्पूर्ण रिपोर्टिंगले कसरी मानिसहरूले आफुलाई हानी पुराउने
सम्भावना कम गर्छ भन्ने कुरा पनि अध्ययनहरूले दे खाउँ छन ्। सन ् १९९४ मा निर्भाना
ब्यान्डका कलाकार कर्ट कोविनको मत्ृ यु पश्चात ् समाचार सम्प्रेषणमा अपनाइएको सावधानीले
गर्दा लाखौँ फ्यानहरु शोकाकुल हुँदा पनि अन्य दख
ु द् घटनाहरू बढ्न पाएनन ्। त्यस्तै
अस्ट्रियाको भिएनाका सववेहरूमा आत्महत्याको घटना बढे पछि सरकारले सन ् १९८७ मा मिडिया
गाइडलाइनको व्यवस्था गर्यो, जस पश्चात ् त्यसता घटनाहरु ८० प्रतिशतले घटे को पाइएको थियो।
सन ् १९९०मा स्विजरल्यानडमा मिडियामा आत्महत्याको रिपोर्टिङ बारे बहस सुरु भए पछि
चिकित्सक र विज्ञहरूको टोलीले गाइडलाइन तयार पार्यो। जस पश्चात ् पहिलो पष्ृ ठमा
आत्महत्याको समाचारको प्रकाशन २० प्रतिशत बाट घटे र ४ प्रतिशतमा, समाचारमा फोटोको प्रयोग
४३ प्रतिशत बाट ८ प्रतिशतमा र सनसनीपुर्ण शीर्षकको प्रयोग ६२ प्रतिशत बाट घटे र २५
प्रतिशतमा झरे को पाइयो, फलस्वरूप धेरै आत्महत्या सम्बन्धी समाचारहरू प्रकाशित हुँदा पनि
आत्महत्याको सङ्ख्यामा कमी आएको पाइएको थियो।
आज हरे क वर्गको मानिस सङ्ग स्मार्ट फोन छ र फोन हुने जो कोहीले पनि सजिलै इन्टरनेटमा
पहुँच बनाइ सामाजिक सञ्जालमा रमाउन सक्छ। समाजीका सञ्जालले हरे क व्यक्तिलाई यसरी
बाँधेर राखेका छन ् कि हरे क क्षण मानिसले आफ्नो वरिपरि दे खि दरू दराजका खबरहरू नहे री बस्न
सक्दै न, खबरहरू, जसमा चाहिने कम र नचाहने धेरै हुन्छन ्। समाचारको नया श्रोतका रूपमा
आइका छन ् सामाजिक संजाल। जो कोहीले पनि सजिलै फोटो, भिडिओ सहितका खबरहरू आफ्नो
ढङ्गले सामाजिक सञ्जालमा पस्कन सक्ने हुनाले सामाजिक सञ्जालमा आफ्नो समाचार
बिकाउने र 'भाइरल' बनाउने होडबाजी नै चल्छ। धेरै समाचार पाउनु वा छिटो समाचार पाउनु
आफैमा नराम्रो होइन, तर जो कोहीको पनि पहुँच हुने सामाजिक सञ्जालका विषयवस्तु र
सामाग्रीहरू न त फिल्टर हुन्छन ्, न त सेन्सर नै। यही कारणले गर्दा आम मानिसको
मनोविज्ञानमा नराम्रो असर पर्ने खलका सामग्रीहरू पनि सामाजिक सन्जालमा पोस्ट हुने गर्छ न ्,
जसमा कतिपय आत्हमत्या सङ्ग सम्बन्धित अत्यन्तै विचलित बनाउने खालका फोटो र
भिडिओहरु पनि पर्छ न ्। यस्ता समाग्रीहरुले कपिक्याट सस
ु ाडका घटनाहरु गराउने सम्भावना
हुन्छ। त्यसैले त्यस प्रकारका सामाग्रीहरु सेयर गर्नु सरासर मान्छे को जीवन सङ्ग खेलबाड गर्नु
हो। तर सामाजिक सन्जालमा मानिसहरूलाई कस्तो सामग्रि राख्न दिने वा नदिने भन्ने हम्रो
हातमा हुँदैन। सामाजिक सन्जालमा कुनै कुरा पोस्ट गर्न न त लाइसन्स चाहिन्छ न त विज्ञता
नै। यस्ता कारणहरूले गर्दा सामाजिक सञ्जालमा सम्वेदनशील सामाग्रीहरू बिना कुनै सोच विचार
राख्ने गलत अभ्यास डरलाग्दो गरी बढे को छ। यसले विशेष गरी सामाजिक सञ्जालको धेरै
प्रयोग समह
ू मा जोखिम बढाएको छ।
आत्महत्या र मानसिक समस्या सम्बन्धी समाचारहरू सँग जहिले पनि सहायता लिइनको
लागि सम्पर्क गर्ने स्थान र फोन नम्बरहरू उल्लेख गर्नु पर्दछ । साथै डिप्रेसन जस्ता मानसिक
समस्याहरूको उपचार सम्भव छ र आत्महत्या सत ् प्रतिशत रोक्न सकिन्छ भन्ने सन्दे श पनि
दिनु पर्दछ।
आत्महत्या एक मानसिक समस्या हो, जसको रोकथाम सम्भव छ। धेरै जस्तो अवस्थामा यो
डिप्रेसन आदि मानसिक समस्याहरू सँग सम्बन्धित हुन्छ। आत्महत्या सम्बन्धी सामग्रीमा
डिप्रेसन जस्ता मानसिक समस्याहरूको उपचार सम्भव छ र आत्महत्या सत ् प्रतिशत रोक्न
सकिन्छ भन्ने सन्दे श समावेश गर्नु पर्दछ।
आत्महत्या एक जटिल विषय हो, यसका कारणहरू खोतल्नु झनै जटिल हुन्छ । त्यसैले कुनै
पनि एउटा घटना वा समस्यालाई मत्र कारण मान्नु गलत हुन्छ। कारण खोज्नु भन्दा मानसिक
स्वास्थ्य, समस्या संग जुध्न सक्ने क्षमता आदि बारे चर्चा गर्नु उपयुक्त हुन्छ ।
सकभर आत्महत्याको खबरलाई प्रमुख समाचार बनाउने, मुख्य पष्ृ ठमा प्रकाशित गर्ने गर्नु हुँदैन।
मत्ृ युको कारण आत्महत्या भएको करणले नै कुनै समाचार लाई प्राथमिकता दिनु गलत हो।
समाचार सम्प्रेषण गर्दा घटना र घटनास्थल चर्चा सकभर कम गर्नु पर्दछ। विशेष ध्यान दिनु
पर्ने कुरा प्रयोग भएको विधिको बरे मा कहिने पनि चर्चा गर्नु हुदैन।
6. घटनाको फोटो प्रयोग नगर्ने
समाचार सम्प्रेषण गर्ने क्रममा सकभर फोटोको प्रयोग कम गर्नु पर्छ । आत्महत्याको विधि
दे खाउने वा इङ्गित गर्ने फोटो र घटनालाई दे खाउने फोटोको प्रयोग गर्नु हुँदैन।
विगत केही समयमा सञ्चार माध्यम र सामाजिक संजालहरुमा आत्महत्या सम्बन्धि समाचार
तथा सामग्री आउने क्रम तीव्र रुपमा बढे को छ । यस सँगै नेपालमा पनि आत्महत्याको
जिम्मेवारपर्ण
ु रिपोर्टिङ सम्बन्धी गाइडलाइन वा आचार संहिताको खाँचो टड्कारो रूपमा दे खिन
थालेको छ । सबै भन्दा चिन्ताको कुरा त के छ भने केही दिन यता सामाजिक संजालमा
कपिक्यट सस
ु ाइड नै दे खापर्न थालेका छन ् , जसको बढी जोखिममा छन ् इन्टरनेट मा बढी
समय बिताउने किशोर-किशोरीहरू । त्यसो त “पत्रकार आचार संहिता, २०७३’ अक्षरसः पालना
गर्ने हो भने पनि धेरै हद सम्म आम जनतामा नकारात्मक प्रभाव पर्न बाट रोक्न सकिन्छ।
तर च्याउ उम्रिए सरी बढे का अनलाइन समाचार साइटहरु र यट्
ु यव
ु च्यानलहरू र तिनीहरुको
अस्त व्यस्त अवस्था हे र्दा गाइडलाइन जारी गरी कडा रूपमा लागू गर्नु पर्ने नै दे खिन्छ । त्यसको
साथसाथै सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा गलत तरिकाले सम्प्रेषण गरिने
सामाग्रीहरूले पाठक/दर्शक हरुमा कसरी र कस्ता असर पार्न सक्छन ् भन्ने चेतना फैलाउनु पनि
उत्तिकै आवश्यक छ। पाठक,श्रोता वा दर्शकको मनोविज्ञानमा गम्भीर असर पर्ने संवेदनशील
समाचारहरू जथाभाबी रूपमा प्रस्तुत गर्नु जनस्वास्थ्य सँग खेलबाड गर्नु हो। यस विषयमा
सम्बन्धित निकायहरूले गम्भीर भई तुरुन्त कदम चाल्नु पर्ने दे खिन्छ।