You are on page 1of 4

डाक्टर पिट्न पाईन्छ ?

सामान्य अवस्थामा हामी बुद्ध जन्मिएको दे शका शान्तीप्रिय नेपालीलाई ‘एउटा मान्छे ले अर्को मान्छे लाई
पिट्न पाईन्छ?’ भनेर सोध्ने हो भने ‘पाइदै न’ नै भन्छौं होला। तर डाक्टरलाई पिट्न पाईन्छ भनेर यदि
सोध्ने हो भने शायद पाईन्छ भन्छौं- ‘डाक्टरले बिरामीको उपचारमा लापरवाही गर्यो भने, उपचारको क्रममा
बिरामी मर्यो भने। बल्ल बल्ल पाएको अपरे शनको डेट अनाहक सर्यो भने, अपर्झट गर्नुपर्ने डायलाईसिसको
पालो नपाउँ दा, कार्यलय समयमा डाक्टर नआउँ दा। डाक्टरको रुखो व्यवहार, उपचारको चर्को व्ययभार पनि
हातपातका ‘जायज’ कारणहरु हुन। 
ठमठम हिँडरे अस्पताल आएको बिरामीको नचाहिने औषधी दिएर, गर्नै नपर्ने अपरे शन जबरजस्ती गरे र
मत्ृ यू भयो भने त झन पिट्नु पर्छ। यो अवस्थामा डाक्टर पिट्ने मात्र होइन, हात खट्ट
ु ा भाँच्नप
ु र्छ-
झुन्डाउनुपर्छ, ज्यानको बदला ज्यान।’ 
यो मैले अतिरञ्जना गरे को होइन, ‘चिकित्सकिय लापरवाहीले बिरामीको ज्यान गयो, अस्पतालमा तोडफोड’
शीर्षकमा नियमित जसो छापिने समाचारहरुको समाजिक सन्जालमा ‘पाठक’ प्रतिक्रिया सरसर्ती हे र्ने हो भने
यो मनोविज्ञान स्पष्ट हुन्छ।    

केही दिनअघिको कुरा हो, गोरखा जिल्ला अस्पतालको बहिरं ग विभागमा डा. अविनाश पराजुली बिरामी हे र्दै
थिए,  दई
ु जना मानिसहरु आएर कोठाको ढोका लगाए र डाक्टरलाई हातपात गरे , लात्ताले समेत हिर्काए।
निस्कदै गर्दा हात खुट्टा काटिदिन्छौं भनेर धम्की दिए। अस्पतालका पालेदाई, केहि नर्स र १५/२० जना
बिरामी यो घटनाका साक्षी छन। डाक्टरको ‘गल्ती’ भनेको थाईरोड जाँचको रिपोर्ट लिएर आएकी एकजना
महिलालाई परु ानो रिपोर्ट र अहिले सेवन गरिरहे को औषधी पनि लिएर आउनु भन्ने आग्रह। चिकित्सकले
गर्ने नै त्यही हो, रोग पहिले र अहिले कुन अवस्थामा छ भनेर जान्न र त्यही अनुसार औषधीको मात्रा
मिलाउन। उनी फर्कि ईन, तर केहीबेरमा ती दई
ु जना व्यक्तीहरु ओपिडी कक्षमा प्रवेश गरे र रिपोर्ट किन
नहे रेको भनेर डाक्टरलाई पिटे । घटना घटे को आज ६ दिन भयो, पिडित चिकित्सकले रतीभर पनि न्याय
महसुस गर्नसकेका छै नन। 

अघिल्लो हप्ता लहान जिल्ला अस्पतालमा त्यहाँका मेडिकल सुपरिटे न्डेन्ट र अस्पताल विकास समितिका
अध्यक्ष समेतको उपस्थितिमा कार्यरत महिला चिकित्सक डा. अंशु सौरभमाथि एकजना ‘सेवाग्राही’ महिलाले
हातपात गरिन ्। घटनापछि विक्षिप्त भएकी डाक्टरको भिडियो सार्वजनिक भएको छ।

आजभन्दा एक महिना अगाडि दे शको विकट मानिने जम्


ु लामा रहे को कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
चिकित्सक डा. करण शाहमाथि त्यहीँका एकजना कर्मचारीले करं ग भाँचिने गरी हातपात गरे । लखेटी लखटी
लात्तीले हानेको सीसीटीभी फुटे जमा दे ख्न सकिन्छ। उनको गल्ती- ईमरजने ्सीमा टाँका काट्ने ‘नन
ईमर्जेन्सी’ काम लिएर आएका कर्मचारीलाई यता होईन, टाँका काट्ने समान पनि सर्जरी ओपिडीमै हुन्छ,
त्यता जानुस ् भनेर पठाउनु थियो।
 
आजभन्दा ठीक एकवर्षअघि भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा आफ्नो दाजुको निधन भएको
भन्दै उपचारमा संलग्न चिकित्सक डा. प्रकाश चन्द्र साहु र केही नर्सहरुलाई लखेटीलखेटी पिटियो।
नर्सहरूले एकतला माथिबाट हामफालेर मात्र आफ्नो ज्यान जोगाउन सकेको बयान दिएका थिए। यो
कोरोनाकालको कुरा हो, त्यो बेलामा स्वास्थकर्मीमाथि कुनै पनि हातपात र अस्पतालमा हुलदं गा सरकारले
नेषेध गरे को थियो। त्यो घटनालाई सम्बोधन गर्दै राष्ट्रपति स्वयंले बिरामीका मान्छे हरु तनावमा हुन्छन ् र
भावनात्मक उत्तेजना यदाकदा बिष्फोट हुन्छ भन्ने आशयको ट्विट गरे की थिईन। मूख्य आरोपी, जसले
कारवाहीमा केही रात हिरासतमा पनि बिताएका थिए- एमालेबाट टिकट पाएर अहिले उनी दाङ्गको कुनै
वडाको अध्यक्ष बनेका छन ्। 

कोरोनाको शरु
ु वाती दिन थियो- मोबाईलको रीङ्गटोनमा अत्यावश्यक काम नपरे सम्म बाहिर नजान,ु घरमै
बस्नुहोला भन्ने सन्दे श बज्न थालेको थियो। पल्लो टोलको कोभिड आफ्नो टोलमा नआओस भनेर गल्ली-
गल्लीमा मान्छे को आवागमनलाई रोक्नका बाँसका छे कबारहरु ठडिएका थिए। त्यो बेलामा नेपाल मेडिकल
कलेजमा काम गर्ने चिकित्सकद्वय श्री श्रेष्ठ र राकेश सिंहको परिवारलाई पनि आफ्नो सन्तान कतै बाहिर
नजाओस, यो भयानक रोगबाट जोगिएर यतै घरमा बसोस ् भन्ने लागेको थियो होला। तर डाक्टर मान्छे ,
अस्पतालमा ड्यूटी थियो। बिहान ६ बजे तीर बेसीगाँउबाट आएका दमका बिरामीको उपचारको क्रममा मत्ृ यू
भयो। मत
ृ कका छोराले लापरवाही गरे को भन्दै दव
ु ैलाई थप्पड हाने। यो कोरोनाकालको कुरा।

किं कर्तव्यविमूढ़ हुनु र धर्मसंकटमा पर्नुमा केही अन्तर छ। एउटा औसत मान्छे को जीवनमा साँच्चिकै
अर्थमा धर्मसंकट कहिले आउँ छ, कति पटक आउँ छ म ठ्याक्कै भन्न त सक्दिन, तर मेरो जीवनमा त्यो
पहिलो पटक यहि कोभिड महामारीको समयमा आयो। संक्रमण तीब्रगतिमा फैलिरहे को थियो, कुन सरु क्षाका
उपायले कति जोगाउँ छ भन्ने यकिन भईसकेको थिएन। संसारभरि फ्रनटलाईनमा रहे का स्वास्थ्यकर्मीहरुले
ज्यान गुमाईरहे को खबर आईरहे को थियो। स्वास्थ्यकर्मीहरुमा संक्रमणको दर औसत भन्दा दश गुणा
ज्यादा थियो, र कडा खालको न्यम ु ोनिया लागेर मत्ृ यू हुने जोखिम सात गण
ु ा बढि। अमेरिकामासमेत
पर्याप्त व्यक्तिगत सुरक्षाका उपकरण (पिपिई) नहुनाले नर्सहरुले प्लासटिक बेरेर बिरामी हे रेका थिए
त्यसबखत- नेपालमा पाईने त झन ् कुरै भएन। काम गर्ने अस्पतालले न पिपिई दिन्थ्यो, न त मास्क नै।
छत छतमा मास्कहरु धोएर सुकाएको हुन्थ्यो- पूर्नप्रयोगकालागि। 

अधिकाशं अस्पतालले आर्थिक भार परे को भन्दै डाक्टरहरुलाई आधा तलब मात्र दिन्थ्यो, त्यो पनि महिना,
दई
ु महिना ढिलो गरे र। यो अवस्थामा ज्यानको जोखिम लिएर एउटा अस्थायी करारको जागिर खान जाने
कि नजाने भन्ने धर्मसंकट भयो। जोखिम आफूलाई मात्र थिएन, घरका बूढा भएका परिवारजन, दध
ु े छोरो-
सबैलाई थियो। तर पनि सोंचे, सिमानामा युद्ध छ, म सिपाही, मैदान छोडेर कँहा भागँ?
ु म भागिन, मैले
जागिर छोडिन। र मलाई त्यसमा गर्व छ। हामी स्वास्थ्यकर्मीहरुले यस्तै यस्तै मनोदशाबाट गुज्रिएर, थोरै
डरमा, थोरै भगवानको भरमा काम गर्यौं। केहि साथीभाईहरु उनै भगवानको प्यारा पनि भए। 

यद्ध
ु थियो, गोली लाग्यो- सिपाही ढल्यो। यो अपशोचको कुरा होला, तर आश्चर्यको पक्कै होइन- हामीले
रोजेको पेशा थियो यो, कसैले जबरजस्ती हामीलाई डाक्टर बनाएको होइन। कोरोनाको महामारी, कहिले
डेंगी, कहिले ईन्फ्लुएन्जा- यो मुठभेड चलिरहन्छ, चली नै रहनेछ। एउटा बिरामी रोगसँग लडिरहँदा हामी
पनि उसँगै लडिरहे का हुन्छौं, बिरामीले रोगलाई जीत्नु हाम्रो पनि जीत हो- वी आर अन द सेम टिम। त्यही
समयमा बिरामीका मान्छे र परू ै समाजसँग लड्ने हाम्रो सामर्थ छै न। तर पटकपटक हामीमाथि हातपात
भईरहन्छ। किन?

मलाई थाहा छ आम मानिसको हामी चिकित्सकहरुप्रति धेरै गुनासोहरु छन ् र कति शिकायतहरु जायज
पनि छन ्। अस्पताल रमाइलो ठाउँ होईन, अक्सर अस्पतालसँग जोडिएका हाम्रा सम्झनाहरु सुखद हुँदैनन ्।
रोग, चोट र पीडा, अस्पतालको लामो बसाई, आफन्तजनको दे हान्त र बिछोड, अस्पतालको दर्ग
ु न्ध,
ओपिडीको लाइन, रिपोर्ट लिन सङ्घर्ष, ल्याबको सास्ती- यी सुखद अनुभुतीहरु होइनन ्। बिरामी सन्चो भएर
गएको छ भने पनि जाँच गर्दाको खर्च, औसधिको बीलले मन तितो नै रहिरहन्छ। त्यसैले शायद हामीमा
अस्पताल र डाक्टरहरुप्रति नकारात्मक पर्वा
ू ग्रह छ। 

जोन हप्किन्स विश्वविद्यालयले सन ् २०१८ मा गरे को एउटा अध्ययन अनुसार अमेरिकामा मात्रै प्रत्येक
वर्ष २,५०,००० जनाको मत्ृ यु उपचारमा हुने त्रटु ीले गर्दा हुनेगर्छ। मुटुरोग र क्यान्सरपछि मान्छे को मत्ृ युको
कारणहरुमा ‘चिकित्सकिय त्रट ु ी’ मख्
ु य दे खियो। अमेरिका जस्तो विकसित मल ु क
ु मा यस्तो अप्राकृतिक
मत्ृ यूभारलाई न्यूनीकरण गर्नेका विभिन्न उपायहरु अपनाईएका छन ्, तैपनि यो हुन्छ। 
नेपालमा बिरामीको उपचारको क्रममा त्रट ु ी हुँदैन भनेर म भन्दिन। यहाँ पाइला पाइलामा कमीकमजोरी
छन ्, पाइला पाइलामा समस्या छन ्। तर यसको समाधान डाक्टर पिटे र हुँदैन।
 
एउटा पुरानो गाडी छ ‘७०को मोडेल। इन्जिन बनाउँ दै बिग्रिदै , बनाउँ दै बिग्रँदै गरे र कमजोर छ, पार्टपुर्जाहरु
खीया लागेर, मक्किएर काम नलाग्ने भएका छन ्, झ्याल छ तर लाग्दै न, ढोका बन्द हुँदैन। बसेर ३० जना
र उभिएका समेत ५० जना अट्ने यो सवारीमा २०० जना चढाएर, घुमाउरो भीरको बाटोमा बस पल्टियो
भने दोष सवारी चालकको मात्र नहुन सक्छ। हाम्रो दे शको स्वास्थ्य सेवा व्यवस्था पनि त्यस्तै छ।
स्वास्थ्य क्षेत्रले वार्षिक बजेटको सानो हिस्सा मात्रै पाउँ छ, तर त्यो भन्दा पनि ठूलो दरिद्रता यथास्थीतीलाई
सम्बोदन गर्ने इच्छाशक्तीमा छ। यो (अ)व्यवस्थाको केही अंशको जीम्मेवारी चिकत्सकले पनि जरुर लिनु
पर्छ, तर यसको समाधान डाक्टर कुटे र हुँदैन। 

यो लेख लेख्दै गर्दा म चिकित्सक मात्र होइन- म आफै पनि कहिलेकाहीँ बिरामी हुँ, कहिले बिरामीको बाबु,
कहिले छोरा- कहिले बिरामीको मान्छे पनि हुँ। अस्पतालका असिमीत लाइनहरु बस्दा मलाई पनि दिक्क
लाग्छ, डाक्टर झर्किँ दा मलाई पनि रिस उठ्छ। श्रोत साधनको अभावमा र तालिम प्राप्त स्वास्थकर्मी नहुँदा
मैले पनि निकट आफन्तजन गुमाएको छु। अस्पतालमा हुने कमि कमजोरी र असावधानीहरुलाई मैले अरु
स्पष्टसँग दे खेको छु। 

समाजले (ऐतिहासिक रुपमा, कमसेकम) चिकित्सक वर्गलाई दे वत्वकरण गरे को, साहे ब भनेको त्यसै होइन।
यो गार्हो काम, जोखिम बोकेको काम, जीन्दगीभरी पढे को पढै गर्नुपर्ने, रातबिरात दगर्नु
ु पर्ने, पस्केको खाना
छोड्नु पर्ने काम गर्न कोही न कोही त चाहीयो। आर्थिक रुपले धेरै प्रोतसाहित गर्न सके/नसके पनि,
सम्मान गरिदयो भने मेघावीहरुलाई यो पेशामा आउन प्रेरणा मिल्छ भन्ने मनोविज्ञान थियो होला। हाम्रो
पुस्तासम्म पनि राम्रो पढे र डाक्टर बन्ने उत्प्रेरणा थियो। अब त्यो रहे न। 

कुनै दिन आउला ,जब एलन मस्कले एउटा यस्तो यन्त्र मानव निर्माण गर्लान ् जसले दाहिने प्रोब घुमाएर
मान्छे को दीर्घरोग, संक्रमण र शारिरिक समस्या सबै पत्ता लगाईदे ला र दे ब्रेतिरबाट लेजर निकाल्दै सबै
ठिक बनाइदे ला- त्यो वेला हामीलाई चिकित्सक चाहिदैँ चाहिदै न। तर त्यतिनजेलसम्म प्रिय समाज, डाक्टर
पिट्न पाइदै न!
   

You might also like