Professional Documents
Culture Documents
Reena Bajracharya
Reena Bajracharya
विषयः उत्प्रेषणयुक्त परमदेश लगायतको जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी
पाउँ ।
रिट निवेदकः का.जि.का.म.न.पा. वडा नं. ९ बस्ने वर्ष २६ की रिना बज्राचार्य समेत
विरुद्ध
§ मनुष्यजातिमा पुरुष र महिला दुवै पर्दछन अर्थात पुरुष पनि मनुष्य हुन महिला पनि
मनुष्य नै हुन त्यसैले मनुष्यको नाताबाट प्राप्त हुने सबै हक अधिकार समान रुपले
महिला र पुरुषलाई उपलब्ध हुनुपर्दछ भन्ने कु रामा दुईमत हुन सक्दैन । यो नैसर्गिक
https://nkp.gov.np/full_detail/6212 1/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6212 3/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
§ महिला र पुरुष बीचको विभेदकारी जकडिएर रहेको संस्कारले गर्दा पुरुष र महिला
बीच विभेदकारी ऐन नियमका व्यवस्थाहरु नजानिदो रुपमा निर्मित हुने र वहाल रहने
गरी आएको तथ्य सबभन्दा ठूलो अडचन हो । तसर्थ प्रभावकारी लैङ्गिक सामाजिक
न्याय प्रदान गर्न समाजको सोचाई संस्काररुपी जरा नै निर्मूल पार्न सके मा यस क्षेत्रमा
गहकिलो योगदान पुग्न जान्छ । यसै कु रालाई मध्यनजर राखी मिरा ढुंगानाको मुद्दाको
मूल्यांकन गर्नुपर्दछ । त्यस मुद्दामा के निर्णय गरियो भन्नु भन्दा यसले लैङ्गिक
समानताको विषयमा चेतना जगाउन समाजमा के कस्तो भूमिका खेल्यो हेर्नुपर्ने हुन्छ
। यस मुद्दाको निर्देशन अनुसार राष्ट्रियस्तरमा छोरा छोरीको अंशमा समान अधिकार
हुनुपर्छ पर्दैन भन्ने कु रा राष्ट्रिय रुपमा गाउँ घरमा समेत छलफलको विषय बन्न पुगी
सम्पूर्ण मुलुक नै संसद बन्न पुग्यो । त्यसैले आज लैङ्गिक समानताको पक्षमा पहिले
भन्दा धेरै मात्रामा जनचेतना जागरण भएको छ ।
§ हाम्रो नेपाल अधिराज्यको संविधान, २०४७ सन् १९९० मा निर्मित भएको हुँदा सो
संविधान बन्नु भन्दा अगाडीको अन्य प्रजातान्त्रिक मुलुकका संवैधानिक व्यवस्थाको
उतारचढावको तिता मिठा अनुभव र अन्तर्राष्ट्रिय जगतमा खास गरी मानव
अधिकारको पक्षले जन्माएको विश्वव्यापीकरणको अवधारणा र भावनालाई समेत
मध्यनजर राखी निर्माण भएको हुँदा यस संविधानमा प्रत्यक्ष र परोक्षरुपले सार वा
विषदरुपले महिला विरुद्धको सबै प्रकारको भेदभावको उन्मुलन गर्ने भावना
अन्तरनिहित छ भन्ने कु रा धारा ११(३) को प्रतिबन्धात्मक वाक्यांश र धारा २६(७)
को व्यवस्था र ११ को उपधारा (५) ले संपुष्टी गर्दछ । संविधानको व्याख्या गर्दा
संविधानको अक्षरलाई भन्दा भावनालाई मध्यनजर राख्नु पर्दछ । हाम्रो संविधानले
समानताको उपयोग गर्न सक्ने क्षमताको विकास समेतलाई मध्यनजर राखी धारा
११(३) को प्रतिबन्धात्मक वाक्यांश र धारा २६(७) को व्यवस्था गरेको छ । तर
कतिपय कु राहरु नयाँ कानून निर्माण वा संशोधन गरी संविधानको भावनालाई
कार्यरुप दिनुपर्ने कार्यमा त्यति तिब्रताका साथ कार्य हुन सके को देखिदैँन ।
सामाजिक चेतना लैङ्गिक न्यायका साथै विधायिकी प्रयास साथ साथै अगाडि बढनु
पर्ने हुन्छ ।
https://nkp.gov.np/full_detail/6212 4/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
(प्र.नं. १७-२२)
र आफू लाई पुनः अर्को कामको लागि योग्य सिद्ध गर्नुपर्ने गरी अवलम्बन गरेको
नियमको प्रतिबन्धात्मक व्यवस्थाले उक्त अवधि पछि अर्को काममा लगाउन सकिने
भन्न मिल्ने अवस्था देखिएन । यसबाट निवेदिकाहरुले निगमको सेवाबाट बन्चित
हुन नपर्ने निश्चित बाध्यात्मक व्यवस्था रहेको भन्न मिलेन । त्यसमा पनि सबै
एयरहोस्टेसले त्यस्तो सुविधा पाउन सक्ने अवस्था पनि पर्न नसक्ने हुँदा
स्वविवेकाधीन किसिमबाट बनेको कानूनले समानताको हक रक्षा गर्न सक्दछ भन्न
नसकिने हुँदा त्यो निश्चित र बाध्यात्मक व्यवस्था हो भन्न मिलेन । त्यसैगरी विद्यमान
व्यवस्थालाई स्वीकार गरी करारको रुपमा निवेदिकाहरु सेवामा प्रवेश गरेकोले हाल
सो नियमावलीलाई हाक दिन नपाउने भन्ने विपक्षी निगम तर्फ को कानून
व्यवसायीको भनाई तर्फ विचार गर्दा सेवा प्रवेश गर्दा जुनसुकै रुपबाट प्रवेश गरेपनि
स्थायी कर्मचारीको हैसियत प्राप्त भै सके पछि नियमावलीको सेवा सुरक्षा सम्बन्धी
व्यवस्था लागू हुने र कानूनको कु रामा बिबन्धनको सिद्धान्त लागू नहुने हुँदा विपक्षी
तर्फ को सो जिकिर सहमत योग्य मान्न सकिएन । जहाँसम्म २०३१ सालमा बनेको
नियम १६.१.३ र २०५२ सालमा १६.१.१ मा भएको संशोधनलाई ज्यादै ढिला गरी
अवैध घोषित गरी माग्न आएको भन्ने विपक्षीहरुको जिकिरतर्फ विचार गर्दा प्रथमतः
संवैधानिकताको प्रश्नमा बिलम्बको सिद्धान्त लागु नहुने किनकी संविधानसँग
बाझिएका कानून स्वतः अमान्य हुने कु रा संविधानको धारा १३१ को प्रतिबन्धात्मक
वाक्यांशले प्रष्ट पार्दछ । अर्को कु रा विपक्षीहरुले उक्त नियम १६.१.३ को विभेदकारी
व्यवस्था आजसम्म लागु नगरेको कु रा उल्लेख गरेको हुँदा समेत यस जिकिरमा पनि
कु नै सार देखिदैन ।
§ माथि गरिएको विवेचनाबाट निवेदिकाहरु क्रु वर्गका पुरुष सरहका समान कर्मचारी भै
निजहरुको कामको समय, पारिश्रमिक र माथि उल्लेख भए बमोजिम अन्य
सुविधाहरु र सो सम्बन्धी शर्त विमान परिचारक (पुरुष) र विमान परिचारिका
(महिला) दुवैको समान रहे भएको भन्नेमा विवाद देखिन नआई माथि गरिएको
संवैधानिक विवेचना अनुरुप विवादित नियमावली, २०३१ को नियम १६.१.३ को
व्यवस्था लैङ्गिक समानताको विपरीत भै संवैधानिक व्यवस्था प्रतिकू ल रहेको पुष्टी
हुन आयो ।
(प्र.नं.२५-२७)
रिट निवेदक तर्फ बाटः विद्बान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम, विद्बान अधिवक्ता श्री
सुशिलकु मार पन्त
https://nkp.gov.np/full_detail/6212 6/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
विपक्षी तर्फ बाटः विद्बान नायव महान्यायाधिवक्ता श्री कृ ष्णराम श्रेष्ठ, विद्बान वरिष्ठ
अधिवक्ता श्री मधु शर्मा, विद्बान अधिवक्ताद्बय श्री बलराम के .सी. र श्री रामकृ ष्ण
निराला
अवलम्बित नजिरः (ने.का.प. २०४९, पृष्ठ १०१०), (ने.का.प. २०५१, पृष्ठ ६८) र (ने.का.प.
२०५३, पृष्ठ ५३७)
आदेश
न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३
एवं धारा ८८(१)(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर
यसप्रकार छः
2. हामी निवेदकहरु शाही नेपाल वायु सेवा निगममा क्याविन क्रु समूह
अन्तर्गत विमान परिचारिका पदमा विभिन्न मितिमा स्थायी नियुक्ति भई विभिन्न
तहमा सेवा गर्दै आइरहेका महिला कर्मचारी भएको व्यहोरा निवेदन गर्दछौं । शाही
नेपाल वायुसेवा निगम शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ अन्तर्गत स्थापित
भएको एक संस्थान हो । प्रत्यर्थी निगमले २०३१ सालमा शाही नेपाल वायुसेवा
निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ बनाई अध्यापी लागू रहेको व्यहोरा
निवेदन गर्दछौं । उक्त नियमावलीको परिच्छेद १६ मा निगमका कर्मचारीहरुको
सेवाको समाप्ती सम्बन्धमा व्यवस्था गरिएको छ । परिच्छेद १६ को नियम १६.११
बमोजिम निगमका क्रु कर्मचारी बाहेक अन्य कर्मचारीहरुको ६० र क्रु कर्मचारीहरु
५५ वर्ष उमेर पुगेपछि सेवाबाट अवकास दिइने व्यवस्था गरिएको छ । त्यसको लगत्तै
निगम १६.१.३ मा एयरहोस्टेसको उमेर ३० वर्ष वा निजको सेवा अवधि १० वर्ष
पुगेकोमा जुन अघि हुन्छ निजलाई निगमको सेवाबाट अवकास दिइनेछ भन्ने प्रावधान
रहेको छ । यस नियमावली मिति २०५२।१।११ मा दोस्रो संशोधन हुँदा नियम
१६.१.१ बमोजिम ५५ वर्ष पूरा भई अवकास हुने कर्मचारीलाई स्वास्थ्य परीक्षणको
आधारमा पुनः ३ वर्ष सम्म सेवा थप गर्न सकिने व्यवस्था गरिएको छ । एयरहोस्टेस
(विमान परिचारिका) र विमान परिचारक दुवै क्रु समूहका कर्मचारी भएको व्यहोरा
नियम ४.१.३ ले पुष्टि गर्दछ । यसरी नियम १६.१.३ मा एयरहोस्टेसको सेवा अवधि
यथावत राखी एउटै समूहका विमान परिचारकलाई ३ वर्ष बढी समयसम्म सेवा गर्न
पाउने अवसर प्रदान गरी महिला र पुरुषबीचको असमानतालाई वर्तमान संविधान
लागू भइसके पछि झन् बढाउने कार्य गरिएको उक्त नियमावलीको अध्ययनले प्रष्ट
गर्दछ । नेपाल अधिराज्यको संविधान, २०४७ ले धर्म, वर्ण, लिंग, जातजाति वा
वैचारिक आस्था वा यि मध्ये कु नै पनि आधारमा भेदभाव नगर्ने संवैधानिक प्रत्याभूति
गरेको अवस्थामा उक्त नियमावलीको नियम १६.१.३ संविधानको प्रतिकू ल भएको र
https://nkp.gov.np/full_detail/6212 7/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
कर्मचारी भन्दा अगावै अवकास नदिनु भनी यथोचित आदेश जारी गर्नु अपरिहार्य
भएको छ । राज्यका निर्देशक सिद्धान्त र नीतिहरुको व्यवस्था गरिएको संविधानको
भाग ४ धारा २५(७) मा राज्यले महिलाको रोजगारको लागि विशेष व्यवस्था गरी
अधिकाधिक रुपमा राष्ट्रिय विकासमा सम्मलित गराउनुपर्ने गरी राज्यले नीति
लिनुपर्नेमा हामीलाई राष्ट्रिय विकासमा बंचित गराउने गरी उक्त प्रावधानको व्यवस्था
यथावत लागू रहनु राज्यको नीति विरुद्ध भएको छ । अतः उल्लेखित आधारमा
विपक्षीद्वारा अध्यापी लागू गरी क्रियाशील रहेको शाही नेपाल वायुसेवा निगमका
कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १६.१.३ मा विमान
परिचारिकाको विमान परिचारक सरह उमेरको हदसम्म काम गर्न हरेक दृष्टिकोणले
सक्ने अवस्था हुँदाहुँदै विमान परिचारक भन्दा (२५ देखि २८ वर्ष) अगावै अवकास
दिने गरी गरिएको उक्त प्रावधान संविधानको धारा १, ११, १२(२)(ङ) समेतको
प्रतिकू ल हुँदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(१)(२)
बमोजिम उत्प्रेषणको आदेशद्वारा वदर वातिल तथा अमान्य समेत घोषित गरी क्रु
समुहका एयरहोस्टेस (महिला) लाई ऐ. नियमावलीको नियम १६.१.१ मा क्रु समूहका
पुरुष कर्मचारी सरह नै अवकास दिने उमेरको हदमा समानताको व्यवस्था गर्नु भनी
परमादेश र त्यस्तो व्यवस्था नभएसम्मको लागि सो अगावै कार्यरत हामी निवेदकलाई
अवकास नदिनु भनी प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी
पाउँ । साथै यो रिट निवेदनको टुंगो नलागेसम्म हामीलाई अवकास दिने दिलाउने
कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट
निवेदन ।
4. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश
किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५
दिनभित्र लिखित जवाफ पठाउनु भनी सूचना पठाई नियम बमोजिम पेश गर्नु साथै
निवेदन माग बमोजिमको अन्तरिम आदेश किन जारी हुन नपर्ने हो सो को
छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन ७ को सूचना म्याद
दिनु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५४।
१०।२४ को आदेश ।
5. विपक्षी रिट निवेदकहरुको निवेदन माग बमोजिम संविधानको धारा
११ द्वारा प्रत्याभूत गरेको समानताको हकमा यस नियमले कु नै पनि असर पारेको
छैन, के कु न कारणले संविधानको धारा ११ द्वारा प्रत्याभूत अधिकारमा असर परेको
हो सो समेत रिट निवेदनमा प्रष्टसँग उल्लेख गर्न सक्नु भएको छैन । विभिन्न संघ
संस्था तथा निगमहरुमा मात्र नभएर कतिपय अन्य पदहरुमा समेत कामको
प्रकृ तिलाई हेरेर नियुक्ति तथा बर्खास्ती गर्ने गरी विधायिकाद्वारा कानुनको तर्जुमा
https://nkp.gov.np/full_detail/6212 10/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
गरिएको हुन्छ । नियम १६.१.३ को प्रावधान पनि शाही नेपाल वायुसेवा निगममा
एयरहोस्टेसको रुपमा रहेर काम गर्ने महिला कर्मचारीहरुले गर्नुपर्ने कामको
प्रकृ तिलाई मध्यनजर राखी तर्जुमा गरिएको हो । जुन २०३१ सालदेखि लागू भइ
चुनौतीरहित ढंगले कायम रहेकोमा विपक्षीहरुले उक्त नियम संविधानसँग बाझिएको
भन्ने समेत आधार लिई हाल आएर रिट निवेदन दिनु भएको छ । नेपाल अधिराज्यको
संविधान, २०४७ को धारा ११(३), २६(७), ४६(ख) हेर्दा पनि महिलालाई संविधान र
कानुनले निरपेक्ष अधिकार (Absolute Right) नदिई पुरुषहरु भन्दा बेग्लै शर्त र
सुविधा प्रदान गरी महिलालाई विशेष व्यवस्था गर्न सक्ने देखिन्छ । शाही नेपाल
वायुसेवा निगम कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १६.१.३ ले गरेको
विमान परिचारिका सम्बन्धी व्यवस्था महिलाहरुको शारीरिक अवस्था र कार्यको
प्रकृ ति (Nature of service) लाई मध्यनजर राखी बनाएकोले निवेदकको निवेदन
जिकिर वदरभागी छ । विपक्षी रिट निवेदकहरुको निवेदन माग बमोजिम संविधानको
धारा १२ को स्वतन्त्रताको हकमा शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरुको
सेवा नियमावली, २०३१ को नियम १६.१.३ र उक्त नियमावलीको दोस्रो संशोधन
मिति २०५२।१।११ समेतले स्वतन्त्रताको हकमा बन्देज लगाएको छैन ।
निवेदकहरुको निवेदनमा नै निजहरुको उमेर ३० वर्षभन्दा बढी रहेको र हालसम्म
पनि सोही पदमा कार्यरत रहेको निजहरुकै निवेदनबाट स्वीकार गरेको देखिन्छ ।
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ)(५) मा स्पष्ट व्यवस्था
भएको छ कि कु नै खास उद्योग, व्यापार, पेशा वा रोजगार गर्नको लागि कु नै शर्त वा
योग्यता तोक्ने गरी कानुन बनाउन रोक लगाएको मानिने छैन भन्ने संवैधानिक
प्रावधान भएको छ । यस्तो प्रावधान गर्नुको अभिप्राय देशमा संचालित संघ, संस्था,
उद्योग, व्यापार, निगम आदिले आफ्नो कार्यको प्रकृ ति (Nature of service) लाई
मध्यनजर राखेर आफ्नो कार्यभार सुचारुढंगले संचालन गर्नु हो । यस्तो संवैधानिक
प्रावधानलाई बदनियत भन्न कदापि नमिल्ने देखिन्छ । संविधानको धारा १२(२)(ङ)
(५) अनुरुप शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७ को अधिकार
प्रयोग गरी बनेको शाही नेपाल वायुसेवा निगम कर्मचारीहरुको सेवा नियमावली,
२०३१ को नियम १६.१.३ संविधान एवं कानुनसम्मत रहेको हुँदा विपक्षी रिट
निवेदकको निवेदन खारेजभागी छ । शाही नेपाल वायुसेवा निगम कर्मचारीहरुको
सेवा नियमावली, २०३१ को १६.१.३(क) र (ख) मा एयरहोस्टेसलाई अवकास
पश्चात् पनि ग्राउण्ड जबमा लगाउन सकिनेछ भन्ने प्रावधान भएकोले पनि
निजहरुलाई उक्त नियम १६.१.३ ले स्वतन्त्रताको हकबाट बन्चित गरेको भन्न मिल्ने
स्थिति छैन । अतः निगमको उद्देश्य पूर्ति गर्न संविधान एवं कानुनसम्मत बनेको
नियमलाई संविधानको धारा ११(१), १२(२)(ङ) विपरित भन्नु निरर्थक छ ।
https://nkp.gov.np/full_detail/6212 11/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6212 13/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
बोल्न मिल्दैन । विबन्धनको सिद्धान्त लागू हुनुपर्छ । यसर्थ निवेदकहरुको रिट खारेज
गरी पाउन सादर अनुरोध गर्दछु भन्ने समेत व्यहोराको हवाई विभागको लिखित
जवाफ ।
11. विपक्षी रिट निवेदकले रिट निवेदनमा उठाउनु भएको विवादको
विषय श्री ५ को सरकार (कार्यविभाजन) नियमावली, २०४७ बमोजिम पर्यटन तथा
नागरिक उड्डयन मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने हो । जहाँसम्म विपक्षीले शाही नेपाल
वायुसेवा निगमको क्याविन क्रु समूहअन्तर्गत विमान परिचारिका पदमा कार्यरत
कर्मचारीहरुको अवकाससित समावधिमा भेदभाव गरियो भन्ने जिकिर लिनु भएको
छ, सो सम्बन्धमा उक्त सेवा एक विशेष प्रकृ तिको सेवा भएको कारण त्यस्तो सेवामा
विशेष प्रकारको योग्यता र क्षमताको आवश्यकतालाई मध्यनजर राखी शाही नेपाल
वायुसेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १६.१.३ को
प्रावधान राखिएको हुँदा विपक्षीको उक्त जिकिर आधारहीन एवं तर्क युक्त नहुँदा
खारेजभागी छ भन्ने समेत व्यहोराको मन्त्रिपरिषद् सचिवालयको लिखित जवाफ ।
12. विपक्षी शाही नेपाल वायुसेवा निगमको लिखित जवाफमा १० वर्ष
सेवा अवधि र ३० वर्ष उमेर नाघेका निवेदिकाहरु निरन्तर रुपमा हालसम्म सेवामा
रहेको र सेवा गर्नमा बन्देज नलगाएको भन्ने समेत उल्लेख भएको देखिँदा
निवेदिकाहरुको सेवामा रहिरहन पाउँ भन्ने भनाईलाई परोक्षरुपले विपक्षी शाही
नेपाल वायुसेवा निगमले स्वीकार गरेको अवस्था देखिँदा यो रिट निवेदनको टुंगो
नलागेसम्म निवेदिकाहरुलाई सेवामा यथावत राखिरहनु भनी विपक्षी निगमका
नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ । विपक्षीहरुलाई आदेशको जानकारी
दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत विशेष इजलासको
मिति २०५५।१।१० को आदेश ।
13. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको
तर्फ बाट रहनु भएका विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतमले शाही नेपाल
वायुसेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १६.१.१ मा
विमान परिचारकलाई ५५ वर्ष उमेर पुगेपछि सेवाबाट अवकाश दिने र ऐ.
नियमावलीको नियम १६.१.३ मा एयरहोस्टेसको उमेर ३० वर्ष वा सेवा अवधि १०
वर्षमा जुन अघि हुन्छ सो आधारमा सेवाबाट अवकास दिइनेछ भनी गरिएको
व्यवस्थाले एउटै सेवाका पुरुष कर्मचारी र महिला कर्मचारीबीच विभेद गरेको छ ।
एउटै सेवा समूह तथा समान प्रकृ तिको काम गर्ने कर्मचारीका बीच असमान र लिंगका
आधारमा भेदभाव हुने गरी बनेको सेवाबाट अवकास दिने नियमावलीको व्यवस्था
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को प्रतिकू ल छ । समान सेवा,
श्रेणीका कर्मचारीहरुबीच गरिएको नियमावलीको उल्लेखित व्यवस्था असमान,
https://nkp.gov.np/full_detail/6212 14/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
प्रस्तुत गर्नु भएको बहस नोट र सम्बन्धित मिसिल अध्ययन गर्दा शाही नेपाल
वायुसेवा निगम, शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ अन्तर्गत स्थापित संस्थान
हो । निगमले २०३१ सालमा शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा
नियमावली, २०३१ बनाई लागू गरेको उक्त नियमावलीको नियम १६.१.१ मा क्रु
कर्मचारी बाहेक अन्य कर्मचारीको ६० र क्रु कर्मचारीहरु ५५ वर्ष उमेर पुगेपछि
सेवाबाट अवकास दिइने व्यवस्था गरेको छ । नियम १६.१.३ मा एयर होस्टेसको उमेर
३० वर्ष वा निजको सेवा अवधि १० वर्ष वा निजको सेवा अवधि १० वर्ष पुगेको जुन
अघि हुन्छ निजलाई निगमको सेवाबाट अवकाश दिइनेछ भन्ने प्रावधान रहेको छ ।
यस नियमावलीमा भएको दोश्रो संशोधनले १६.१.१ बमोजिम ५५ वर्ष पुगी अवकास
हुने कर्मचारीलाई स्वास्थ्य परिक्षणको आधारमा पुनः ३ वर्ष सेवा थप गर्न सकिने
व्यवस्था गरेको छ । यसरी एउटै सेवाका विमान परिचारकको सेवा अवधि अरु
बढाउन सकिने र एयरहोस्टेसको सेवा अवधि यथावत राखी नियमावलीको नियम
१६.१.१ र १६.१.३ ले महिला र पुरुषबीच असमान र भेदभावपूर्ण व्यवहार गरेको
संविधानको धारा ११ को समानताको हकको प्रत्याभूत प्रतिकू ल भएको र धारा
१२(२) बमोजिम निर्वाध रुपमा पेशा रोजगार गर्न र धारा १७(१) बमोजिम प्रदत्त
सम्पत्ति आर्जन गर्न पाउने हकमा समेत बन्देज लगाएकोले नियमावलीको १६.१.३
संविधानको धारा ११(१)(२)(३), १२(२)(ङ), धारा १७(१), धारा १३१ र
महिलासम्बन्धी महासन्धि १९७९ को धारा १५(१) बमोजिम सो व्यवस्था अमान्य वदर
हुनुपर्ने भन्ने समेत निवेदन माग र निज तर्फ का कानुन व्यवसायीको कथन रहेको छ
भने कामको प्रकृ ति अनुसार एयरहोस्टेसको अवकास सम्बन्धी व्यवस्था फरक
भएको ३० वर्ष पूरा भइसके कालाई पनि कार्य गर्न नियमको १६.१.३ को
प्रतिबन्धात्मक वाक्यांशले बाधा नपुर्याई ३० वर्ष पूरा गरेका एयरहोस्टेसहरु पनि
सेवारत रहेकै हुँदा असमान व्यवहार नगरिएको संविधानको धारा ११(३), २६(७) र
४६(१)(ख) को व्यवस्थाले नियम १६.१.३ को व्यवस्था संविधान अनुकू ल नै भएको
भन्ने विपक्षीहरुको भनाई रहेको पाइएबाट यस रिट निवेदनमा देहायका प्रश्नहरुको
निरोपण हुनुपर्ने देखिन आएको छ ।
https://nkp.gov.np/full_detail/6212 16/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
पाउने समेतका अधिकार मानिसले पाउनु पर्ने घोषणा गरेको पाइन्छ । यो घोषणा
मानव अधिकारको सामूहिक घोषणापत्र भएको र समयको गतिसँगै मानव
अधिकारका विविध पक्ष माथि विभिन्न राज्यहरुले आ-आफ्नो राजनीतिक
पृष्ठभूमिका आधारमा निषेध बन्देज र नयाँ नयाँ अवरोधहरु श्रृजना गर्न थालेबाट
विश्वव्यापी रुपमा विभिन्न सन्धि महासन्धि प्रोटोकल र संझौताद्बारा पनि मानव
अधिकारलाई व्यवस्थित र संरक्षित गरिएको पाइन्छ । प्रस्तुत विवाद नारी समानता
सम्बन्धी भएकोले तत्सम्बन्धी विश्वव्यापी प्रयासहरुमा सर्वप्रथम १९५२ को नारीको
राजिनीतिक अधिकार सम्बन्धी महासन्धि (Convention on the Political Rights
of Women 1952) राष्ट्रसंघीय महासभाद्बारा पारित गरिएको पाइन्छ । जसले
नारीहरुलाई मताधिकार प्रदान गर्ने कु राहरुको व्यवस्था गरेको पाइन्छ । त्यस्तै
महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि १८ डिसेम्बर
१९७९ संयुक्त राष्ट्रसंघीय महासभाद्बारा पारित भएको र यसले महिला विरुद्ध
भेदभावको परिभाषामा लिङ्गको आधारमा हुने कु नै पनि भेदभाव वा वहिष्कार वा
प्रतिबन्ध संझनु पर्दछ भन्ने उल्लेखन गरी महिलाहरुलाई पुरुष सरह गरिनु पर्ने
व्यवहार र महिलालाई निजको विभिन्न अवस्थामा गरिनु पर्ने व्यवहारलाई उद्वोधन
गरी धारा १५ ले स्पष्टरुपमा कानूनको दृष्टिमा महिलालाई पुरुष सरहको समानता
गर्नुपर्ने कु रालाई स्वीकार गरिएको छ ।
https://nkp.gov.np/full_detail/6212 19/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6212 20/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
सुविधा आदि निष्पन्न हुने हुन् । मुलुभूत कु रामा समानता भएपछि त्यसबाट निष्पन्न
अर्थात् काम गर्ने अवधि र काम गरे वापन पाउने सुविधा पनि समान हुनुपर्ने स्वतः
सिद्ध हुन आउँछ । तसर्थ कर्मचारी कामदार सबै समान सुविधा र सुरक्षाका भागिदार
हुन्छन् । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(५) को यही भावना
देखिन आउँछ । धारा १२ स्वतन्त्रताको हकअन्तर्गत उपधारा (२) मा सबै
नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ भन्ने भई देहाय (ङ) मा कु नै पेशा रोजगार,
उद्योग र व्यापार गर्ने स्वतन्त्रताको संवैधानिक व्यवस्था गरेको पाइन्छ । यसै उपधारा
(२) को खण्ड (ङ) को (५) मा खण्ड (ङ) को कु नै कु राले सर्वसाधारण जनताको
सार्वजनिक स्वास्थ्य वा नैतिकताको प्रतिकू ल हुने कार्यमा रोक लगाउने वा कु नै खास
उद्योग व्यापार वा सेवा राज्यले मात्र संचालन गर्ने वा कु नै उद्योग व्यापार पेशा वा
रोजगार गर्नका लागि कु नै शर्त वा योग्यता तोक्ने गरी कानुन बनाउन रोक लगाएको
मानिने छैन भन्ने अपवादात्मक व्यवस्था गरेको देखिन्छ । त्यस्तै धारा १७(१) मा सबै
नागरिकलाई प्रचलित कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने,
बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने हक हुनेछ भन्ने रहेको पाइन्छ । धारा
१३१ मा वर्तमान कानुन लागू रहने शीर्षक अन्तर्गत यो संविधान प्रारम्भ हुँदाका बखत
लागू रहेका सबै कानुन खारेज वा संशोधन नभएसम्म लागू रहने छन् । तर यस
संविधानसँग बाझिएको कानुन यो संविधान प्रारम्भ भएको एकवर्ष पछि बाझिएको
हदसम्म स्वतः निष्कृ य हुनेछ भन्ने र धारा २६ मा राज्यका नीतिहरु शीर्षक अन्तर्गत
उपधारा (७) मा महिला वर्गको शिक्षा, स्वास्थ्य र रोजजारको विशेष व्यवस्था गरी
राष्ट्रिय विकासमा अधिकाधिक सहभागी बनाउने नीति राज्यले अवलम्बन गर्नेछ भन्ने
उल्लेख भएको पाइन्छ ।
25. यसरी उल्लेख भएका महासन्धिहरु र घोषणाले स्वीकार गरिएको
मानव अधिकार र समानता सम्बन्धी कतिपय विषयहरुलाई नेपाल अधिराज्को
संविधान, २०४७ को धारा ११(२) र (३) ले महिला र पुरुष बीच लैङ्गिक विभेद हटाई
समान अवस्थामा समान व्यवहार गर्नुपर्छ भन्ने भावनालाई अंगिकार गरेको देखिन
आयो । जहाँसम्म निवेदिकाहरु तर्फ बाट धारा ११ विपरीत एकै काम गर्ने पुरुष र
महिला कर्मचारी बीच विभेद गरी असमान व्यवहार गरेको भन्ने जिकिरलाई
विपक्षीहरुले सोही धारा ११(३) को प्रतिबन्धात्मक वाक्यांशले त्यस्तो विभेद गर्न
सकिने संवैधानिक छु ट दिएको भन्ने जिकिर लिएको देखिन्छ । त्यसतर्फ विचार गर्दा,
धारा ११(३) को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था बन्देजनात्मक नभई
सकारात्मक प्रकृ तिको महिलाहरुको विकास र संरक्षण गर्नको लागि कानूनद्बारा
अतिरिक्त थप व्यवस्था गरी कानून बनाउन सक्ने व्यवस्था हो । यो व्यवस्था सामान्य
समानताको व्यवस्था अपवादात्मक व्यवस्था हो । अर्थात महिला उपर असमान
https://nkp.gov.np/full_detail/6212 22/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
गरी अवैध घोषित गरी माग्न आएको भन्ने विपक्षीहरुको जिकिरतर्फ विचार गर्दा
प्रथमतः संवैधानिकताको प्रश्नमा बिलम्बको सिद्धान्त लागु नहुने किनकी
संविधानसँग बाझिएका कानून स्वतः अमान्य हुने कु रा संविधानको धारा १३१ को
प्रतिबन्धात्मक वाक्यांशले प्रष्ट पार्दछ । अर्को कु रा विपक्षीहरुले उक्त नियम १६.१.३
को विभेदकारी व्यवस्था आजसम्म लागु नगरेको कु रा उल्लेख गरेको हुँदा समेत यस
जिकिरमा पनि कु नै सार देखिदैन ।
27. माथि गरिएको विवेचनाबाट निवेदिकाहरु क्रु वर्गका पुरुष सरहका
समान कर्मचारी भै निजहरुको कामको समय, पारिश्रमिक र माथि उल्लेख भए
बमोजिम अन्य सुविधाहरु र सो सम्बन्धी शर्त विमान परिचारक (पुरुष) र विमान
परिचारिका (महिला) दुवैको समान रहे भएको भन्नेमा विवाद देखिन नआई माथि
गरिएको संवैधानिक विवेचना अनुरुप विवादित नियमावली, २०३१ को नियम
१६.१.३ को व्यवस्था लैङ्गिक समानताको विपरीत भै संवैधानिक व्यवस्था प्रतिकू ल
रहेको पुष्टी हुन आयो ।
28. तसर्थ निवेदन माग बमोजिम उही श्रेणी उही क्रु वर्गका एकै
प्रकृ तिको काम गर्ने पुरुष र महिला कर्मचारीबीच असमान र विभेदपूर्ण तवरले
व्यवस्था भएको विवादित नियम १६.१.३ को व्यवस्था नेपाल अधिराज्यको संविधान,
२०४७ को धारा ११(२)(३) सँग बाझिएको देखिएकोले धारा ८८(१) अनुसार
उल्लेखित नियमावली, २०३१ को नियम १६.१.३ प्रारम्भ मितिदेखि नै अमान्य र वदर
घोषित गरिदिएको छ । विपक्षीहरुको जानकारीको लागि आदेशको प्रतिलिपी
महान्यायाधिवक्ताको कार्यालय मार्फ त पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
https://nkp.gov.np/full_detail/6212 24/25
3/26/24, 12:31 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6212 25/25