You are on page 1of 2

ध्यानको चे ष्टा प्वाँख हो ।

- अमृ त

ले खनको आयाम स्वतन्त्र हुन्छ । जहाँ स्वतन्त्रताको बहे ली तरङ्गित हुन्छ तव सिर्जनाको भूमि उर्वर
बन्छ । अनु भवको आकाशलाइ शब्दको बाटोमा हार्दिकता पस्कनु पाठकका लागि प्रियकर हुन्छ । अनु भवको
आकाशलाइ स्वतन्त्र रुपमा उडाउने कवितासं ङ्ग्रह "प्वाँख" हो ।

सं ङ्ग्रहको प्रथम कविताले जगतको सम्पूर्णता उचाले को छ । जव शब्द मौन बस्छन तब बिचारका
आभाहरु लु ङ्दर झै हुन्छन । शब्दको मौनता ब्रम्ह शक्ति हो । प्वाँख त्यसै को उपज हो । ह्रदयभरि उभिएको
चराचर गन्थनलाइ एकै लप्कामा खाक बनाउने कविको काव्यिक सामार्थ्य, परम कर्म हो ।

नविन अर्थात नयाँ , प्राचीन अर्थात धे रै नै पु रानो । नवीन प्राचीन आफैमा नामको नवीन प्रयोग हो । यो
प्रयोग कवितामा उसै गरि स्पष्ट दे खिन्छ । प्वाँख र मनको मे ल कतै मे ल खान्छ । कविको यो सजगपनले शब्दको
बान्कीलाइ पु ष्पका मखमली पत्र झै तु नेको छ ।

कवि नवीन २९ साउन २०७३ दे खि मे रा फेसबु कका साथी हुन । उनिसग मे रो उस्तो च्याट बार्ता भएको
रहे नछ । एकान्त भीड आउने ताका मै ले उनलाइ खु सी बाडे को थिएछु । केहि महिना पछि उनको प्वाँख
कवितासं ङ्ग्रह कभर सार्वजनिक भयो । अलिक महिना पछि पु स्तक पोखरा आइपु ग्यो ।

मोहले मोक्षलाइ सोध्यो -

प्वाँखको गन्तव्य कहाँ हो ?

मु स्कुराउदै टु प्लु क्क आइपु गेको प्वाँख बोल्यो -

तिम्रो आँ खाको नानी सम्म हो ।

डियर नवीन सु न्दर नगरी पोखरामा प्वाँख पु गे को छ हैं ।

मै ले फेसबु कको वालमा प्वाँखलाइ यसरी सार्वजनिक गरे ।

मान्छे शितलता खोज्छ/चाहन्छ । जव प्वाँख हातमा लिए, मलाई कभरको रङ र सजावटले यसरी छोयो
त्यो अव्यक्त छ । शितल अनु भबले म आल्हादित भै पठाए । हामी अरुको धारणामा आफ्ना बिचारको निर्माण गर्छौ
। यो दुर्घटनाको नजिक पु ग्नु हो । अपे क्षा सहितको बिचार खराब मनस्थितिको यु द्दमै दान हो । प्वाँख
कवितासङ्ग्रहमा कवि नवीनले ती सबै निर्माणहरुलाइ भत्काएर सु किलो बनाएका छन । प्रीतिकर लाग्ने मधु र
शब्दहरु उने र कविताको ढाँचालाइ बिस्तारै सजाएका छन । शब्दको गहिराइलाइ बडो सु न्दर ढङ्गले सजाएका छन

बतासलाइ सोधेँ -

"तिमी कसरी यति विस्तारित

स्वतन्त्र

निर्मल

यायावर ?"

बतासले मे रो केश सु मसु म्यायो

अनु हार मु सार्यो

सोध्यो-

"मे रो वजन थाहा छ?"

म प्रकाश र पानीलाई पनि

केही सोधूँ कि भन्दै थिएँ ।


सिर्जनामा कल्पनाको कलात्मक सौँन्दर्य निर्माण र सु क्ष्म विषयको उठानमा सत्यको उपस्थिति टिपे र
कवितालाइ प्रकृतिको काखमा छोड्ने कवि नवीनको कला नवीन छ । जीवन यायावर हो, प्वाँख हो, रहस्य हो ।
जीवन परिभाषा विहिन भाषा हो । कतै हो झै लाग्ने शब्द निर्माण गरे र जीवनको बोलीलाई समात्ने चे ष्टा कविले गर्नु
सु खद हो ।

हिलोमा थिएँ

मन परिरहे थिएन हिलो

कसो-कसो ओभानोमा आइपु गेँ

अहिले थाहा पाउँ दै छु

कमलको बिउ पो रहे छु ।

जगतप्रेम, मानवप्रेमको ह्रदयमा शब्दका थु ङ्गाहरु उनिए पछि क्यानभाषको नीरव एकान्तको
प्रतिनिधित्व प्वाँख कविता सं ङ्ग्रहले गरे को छ ।

बिरोधको आवाज मखमली बने र उभिएको छ । सत्यको सागरमा शान्तिको ठट्यौली कालजयी जागृ त छ । विवे कको
दृश्यमा बादलका अनु भवहरु जादुमय छ । साधरण प्रभावमा सौखको सगरमाथा, निर्भिक तर स्वतन्त्र उभिएको छ
। प्रेमको आकाशमा ईश्वरको निराकार ध्वनि टिपे र हाम्रो दै लोमा मु स्कुराइ रहे को प्वाँख ध्यानी झै छ ।

जिन्दगीलाइ भनेँ -

"मलाई तँ सँग केही गु नासो छै न ।"

जिन्दगीले भन्यो -

"माफ गर यार

म तँ जति

महान हुन सकिनँ ।

हावालाइ मु ठिमा कैद गर्दा के होला ? यसको दुर्घटना सायद सोच भन्दा परको कुरा हो । कविता हावा झै
आकार विहिन आकार जस्तो हो । त्यसै ले कवि नवीनको नवीन सोचले यो सं ङ्ग्रह जन्मे को हुनसक्छ । आगामी
यात्राको शु भकामना कवि ।

पोखरा

You might also like