You are on page 1of 6

फे ड इन:

चिया पसल - सडक छेउ : बिहान


चियाको खाली गिलास सँगै मोबाइलमा विज्ञापन बजिरहेको छ। 
सडक छेउमा चियाको नाङ् लो पसल छ। त्यसको छेउमा मोजेकको अफिसको गेट छ। 
चिया पसले
पाँच रुपैयाँ अझै दिनुहोस, के थाहा पाँच रुपियाँले मेरो दिन बिग्रिन्छ की?
मोजेक भर्खर होशमा आएको जसरी गोजीबाट पाँच रुपैयाँ टेबलमा राख्छ अनि चिया पसलेलाई पहिलो पटक देखें
जसरी हेर्छ। 
चिया पसले
नयाँ वर्षको शुभकामना। 
माेजेक आफ्नो मोबाइल लिन्छ अनि अफिस भित्र छिर्छ। भित्र छिर्दा उसलाई एउटा कु खुराले हेरेको जस्तो महसुस
हुन्छ। पछाडि फर्किदा त्यहाँ एउटा कु खुरा हुन्छ। माेजेक वास्ता न गरी अगाडि बढ्छ। तल अफिसको झ्यालभित्र पनि
कु खुरा देख्छ। अलि अगाडि बढ्दा उसले एउटा डोरी टेक्छ अनि झसङ्ग हुन्छ। माथिल्लो तल्लामा एउटा कर्मचारी
माेजेकलाई हेरी रहेको हुन्छ। 
के शव
माेजेक तिमी फे रि यही कम्पनीमा काम गर्न थाल्यौ?
माेजेक माथि हेर्छ। 
माेजेक
के शव .. फे रि यही भन्नाले?
के शव झर्को मान्छ।
के शव
जाउ जाउ, कु नै राम्रो डाक्टरलाई आफ्नो चेक-अप गराउन। 
माेजेक आत्तिन्छ अनि बाहिर हिँड्छ के ही सम्झिन खोजें जसरी। 
चिया पसले
दाई, ओह दाई।
माेजेक कु नै आकार बिनाको चिजलाई कल्पना गर्न थाल्छ। 
माेजेक
हुन्न हुन्न .. हुन्न भनेको हुन्न नै हो।
माेजेक होशमा आउँदा नाङ् लो माथि कु खुरा देख्छ। 

कोठा - झण्डै खाली : साँझ  


झ्यालबाट साँझको ढाल्न लागेको घाम भुइँमा डस्नामा पातलो कम्बल ओडेर विज्ञापन हेर्दै पल्टिरहेको माेजेकमा परेको
छ। अप्सरा सर्टमा आइरन लगाउँदै छे। विज्ञापन सके र गीत बज्छ। 
सर्ट ह्याँगरमा छ। अप्सरा माेजेकको छेउमा पल्टिन्छे अनि एउटा खुट्टा उसको खुट्टा माथि राखिदिन्छे । माेजेकलाई हेर्छे
अनि माेजेकको एउटा हातलाई सीधा बनाई दिन्छे । 
अप्सरा
सुनसानको माझमा एउटा पल हुँदो रहेछ मायाको .. आफ्नो पहिलो
मायालाई पहिलो छोटी आँखा भरी आँशु झारेर व्यक्त गर्दा बेलाको जस्तै। 
माेजेक
नाई भनेको नाई नै हुँदो रहेछ, यति बलियो की कसैको सारा जिन्दगी
थामेको बललाई भत्काउने। त्यही मजबूत भावना जिन्दगीलाई सास दिने
भावना। 
अप्सरा
त्यो भावना तब भत्किन्छ जब त्यहाँ माया हुँदैन। 
अप्सरा उठ्छे अनि कु र्सीमा बस्छे। 
अप्सरा
तिमीलाई मैले गर्ने अजीब कु राहरु कस्तो लाग्छ?
माेजेक
के ही पनि वास्ता लाग्दैन। मलाई तिम्रो चुम्बन मन पर्छ। मलाई फु र्सदिलो
बनाउन चलाउने तिम्रो हात अनि खुट्टा मनपर्छ। 
अप्सरा
तिमीलाई मेरो जिन्दगीको कु नै कविता मनपर्दैन है। 
माेजेक
मनपर्छ भने त, तिम्रो चुम्बन मलाई कविता जस्तै लाग्छ। त्यही मनपर्छ।
अप्सरा पानी पिउँछ अनि चित्त नबुझेको लामो सास फे र्छे। गीत सके र फे रि अर्को विज्ञापन आउँछ। 
अप्सरा
मलाई मेरो बाचाहरुले निसासिएको जस्तो अनुभव दिरहेको छ। 
माेजेक
तिम्रो कविताहरूको बिम्ब फे र्नु पर्छ। 
अप्सरा
तिमीले कविताको बिम्ब बुझ्ने प्रयास गरेनौ है। कै ले पनि। त्यही भएर मलाई
बिम्ब फे र्न भन्छौ। 
माेजेक
म बिहान उठ्दा त्यही आफू लाई पाउँछु । किन म बदलिन नसके को? 
अप्सरा
ति मी ई यो को भि हीं दे ख्दि ति दै
म तिमीलाई त्यो सुन्यतको एउटा पल भित्र कहीं देख्दिन। जति सुन्यता बढ्दै
जान्छ त्यति टाढा पुगेको महसुस गर्छु। 

पार्क - बेन्च : बिहान


बेन्चमा माेजेक घोप्टो परेर सुतिरहेको हुन्छ, बेन्च मुनि मोहिनी कोल्टो परेर माेजेकलाई हेरिरहेकि छे। 
मोहिनी
कति सकिन्छ त्यति सम्म सास दिइरहन्छु ।
माेजेक
मलाई बुवाले कु नै बाटो छोड्नु भएन।
माेजेकले झुठो बोलेको थाहा पाएर मुसुक्क हास्छ।
मोहिनी
मलाई मैले नछोडेको जस्तै। मलाई थाहा थियो, तिमीले अप्सराको बाट
फु टाएर दिने माया एक दिन सकिन्छ भनेर। 
माेजेक
पहिरो आएको जसरी तिम्रो भागको पनि उसको थालीमा गएछ .. सायाद।
म उसलाई माया गर्न थालेछु । अझै बेस्सरी .. चिच्याएर रोएको जसरी।
अनि अझै बेस्सरी रुन्छु तिमीलाई माया गर्न नपाउँदा।
मोहिनी
सुरुमै मैले आफू लाई भनेको थिए यो पालको बारेमा। सधैं तिमीलाई भट्न
आउने बेला अन्तिम भेट भनेर अनि दुखी हुन्थे। फे रि छु ट्टिने बेला खुशी
लाग्थ्यो अर्को भेट हुन्छ भनेर। 
माेजेक
मैले अप्सरालाई धेरै ढाटे तर तिमीसँग चाहिँ के ही कु रा लुकाइन। त्यही
शब्दहरू मलाई अप्सरालाई दिन मन लागेको छ। शुद्ध। 
मोहिनी 
अर्को एकदिन अथवा एक रात अझै ढाँटी दिन्छौं? अन्तिम पटक चाहिँ म
आफू न भई आउँछु नी। 

चिया पसल - सडक छेउ : बिहान


खाली चियाको गिलास छेउमा विज्ञापन बजिरहेको मोबाइल छ। माेजेकलाई कु खुराले हेरी रहेको छ भनेर भान हुन्छ।
माेजेक आतिन थाल्छ। 
चिया पसले
दाई तपाईं सधैं किन पैसा कम दिनु हुन्छ? दस रुपैयाँ अझै दिनुहोस। 
माेजेकले कु खुरा देख्छ।
माेजेक
ई ई ने को ई नै
नाई .. नाई भनेको नाई नै हुन्छ। 
माेजेक हिँड्छ अनि आफ्नो अफिस जान्छ। अफिस बाहिर के शवले भित्तेपात्र फे र्दै हुन्छ। के शवले माेजेक आएको चाल
पाउँछ। 
के शव
(सुस्त स्वरमा)
साला पागल फे रि आयो। 
माेजेकले सुन्छ। 
माेजेक
के शव .. ठीक त छ नी सबै थोक?
के शव के ही बोल्दैन। मोजेकले डोरी कु ल्चिन्छ अनि तर्सेर नहल्ली बस्छ। 
के शव
यहाँ के लिन आएको? 
पछाडि चिया पसले आउँछ। 
चिया पसले
दाई तपाईंको मोबाइल। 
माेजेक मोबाइल लिन्छ अनि त्यहाँबाट जान्छ। 

कोठा - भद्रगोल : राती


माेजेक सर्टहरु छरिएको देख्छ। अप्सरालाई फोन गर्न लाग्दा विज्ञापन बज्छ। अनि विज्ञापन सके र अप्सरालाई घण्टी
जान्छ।

रेस्टुरेन्ट : इन्टर-कट
अप्सरा उसको बच्चालाई खाना खुवाउँदै हुन्छे । बच्चा मोबाइलमा गेम खेल्दै हुन्छ। फोन बज्छ। अप्सराले हत्त न पत्त
गरेर फोन तान्छ।  
माेजेक
कस्तो छ तिमीलाई?
अप्सरा भावुक हुन्छे । 
माेजेक एउटा सर्ट उठाउँछ अनि आइरन गर्न थाल्छ।
अप्सरा
ठीक छु .. तिमी नी?
माेजेक
भद्रगोल .. भित्र बाहिर। 
अप्सरा
के गर्दै छौं?
माेजेक
सर्टमा आइरन गर्दै छु ।
माेजेक सर्टलाई हेर्छ अनि भावुक हुन्छ।
अप्सरा
कविता बिना कि कविता सँगै आइरन गर्दै छौं?
माेजेक
धेरै कविता सँगै। एकदम गहिरो। त्यही कविताले तिम्रो सम्झना दिलायो।
अप्सरा
तिमीलाई मैले फु जुलमा गर्ने कु राहरु कविता जस्तै लागेथेन है?
माेजेक
लागेथेन .. अब मनपर्न थालेको छ फू जुलमा महसुस गर्ने कविता .. हरेक
धर्कोमा तिम्रो याद बदलिँदै जान्छ। 
अप्सरा
तिमीलाई छोराको पनि उस्तै याद आउँछ?
माेजेक अचम्म पर्छ। बच्चा मोबाइल तान्न खोज्दै रुन थाल्छ। 
माेजेक
कसको?
अप्सरा
फे रि? तिमी ठीक त छौं?
अप्सराले फोन काट दिन्छे । 

कोठा - साँझ
टेलिभिजनमा विज्ञापन आइरहेको हुन्छ। पानीले भरिएको रेस्ट्ररूममा मोबाइलमा गीत सुन्दै  माेजेक हग्दै हुन्छ।
मोहिनी आफ्नो हात डोरीले बटार्दै छे।
मोहिनी
तिमी म भगाम न बरु। 
माेजेक
मजाक न गर न।
मोहिनी
मैले आफू लाई साँचो कु रा भन्नै सकिन। ढाँटेको नै ठीक रहेछ।
माेजेक
नाई .. नाई भनेको नाई नै हो क्या। मोहिनी .. मोहिनी। 
माेजेक हात धोएर बाहिर आउँछ। टेलिभिजनमा विज्ञापन हेर्दै बस्छ।
माेजेक
मोहिनी के भयो? किन चुप लागेकी?
माेजेक पछाडि हेर्दा मोहिनी झुण्डेको देख्छ। 

चिया पसल - सडक छेउ : बिहान


माेजेक खाली गिलास विज्ञापन बजिरहेको मोबाइल छेउमा राख्छ। चिया पसले बुढो भएको हुन्छ।
अफिस बाहिर के शव भित्तेपात्रो फे र्दै हुन्छ। 
चिया पसले
दाई चियाको त साठ्ठी पुगी सक्यो। तपाईं चाहिँ अझै जवान हुनु हुन्छ। 

फे ड आउट:

 
 

You might also like