You are on page 1of 3

आमा ऋण धेरै लाग्यो ,साहुले कचकच दिनकै गर्न लागे। यतिका वर्ष दुख गर्दा बाबाको

कपाल फु लेर सेतै भयो , तपाईका गाला पनि चाउरिन लागे अब त। तै पनि खै किन हो
,हाम्रा खुसिका दिन कहिलै आएनन आज सम्म। पक्कै पनि तपाईहरुले गर्नु भएको मेहेनत
अथक थियो र छ। तर पनि खै किन हो किन, जहिले पनि साहुको नाम सुन्दा यो मनमा
एक किसिमको असहज स्थिति पैदा हुन्छ। अब त् म पनि ठुलो भए , उमेर पनि धेरै
भयो। पढाई पनि जसोतसो १२ सम्म पुरा गरेको नै छु । पढाई अघि बढाऊ भने खर्च कहाँ
बाट जुटाउने भन्ने पिर लाग्छ। फे री मैले मात्र पढेर भएन नि त् ,म भन्दा पछिका
भाईबहिनिलाइ त् जसो तसो गरि राम्रो संग पढाउन पर्यो नि त् आमा। फे री उनिहरुको
पढाई पनि त् सचिनै तारिफ गर्न योग्य छ। पुरै बिद्यालय भरिमा उनीहरु दुई जस्तो अबल
र आशा गरिएको अर्को कु नै तेस्रो छैन। अस्ति तल चिया पसलमा प्रिन्सिपल सरले
मलाई सुनाउदै हुनोहुन्थ्यो। उनीहरुलाइ त् जसरि भएनि हामीले पढाउन पर्छ। उनिहरुमा
भएको उर्जालाई हामीले पनि येतिकै मर्न दिन हुन्न। समय अनुसार उनीहरुको माग र
आवश्कता पनि बढ्दै जानेछ र त्यो आवश्कता पुरा गर्नु हाम्रो कर्तब्य पनि हो। हामी
सन्तानकै लागि भनि येतिका वर्ष दुख गर्दा गर्दा खिएको र झुके का तपाईहरुको काधमा
बोज थप्नु भनेको अपराध हो र म त्यो अपराधको भागेदार हुन कदाचित चाहदिन।
हेर्नु न आमा हजुरबाको पालामा बनाएको घरको धुरी पनि अब त् चुहुने भैसक्यो।
हजुरबाले आफ्नो पालामा बनाउनु भएको घरले ,हजुरबाले जस्तो गरि हामीलाई टाउको
लुकाउन ठाउँ दियो। हजुरबाको पनि स्वर्गबास भएको धेरै वर्ष भयो। अब त् घरले पनि "
म बुढो भैसके कु न बेला धर्तीमा समाहित हुन्छु , म आफै लाई आफ्नो भरोसा छैन।" घरि
घरि मलाई घरले येस्तै भनि गिज्याएको जस्तो आभास हुन्छ। हुन् पनि हो , फे री ७२
सालको जस्तो भुकम्प आयो भने कु नै मानेमा पनि हाम्रो घरले सहन सक्ने अवस्था छैन।
हामीलाइ त् टाउको कहाँ लुकाउने भन्ने कु राले पिरोल्न सक्छ। बर्खामा परेको पानी ,
छानो चुइयेर टप टप गरेको आवाजले मलाई निकै नराम्रो आभास दिलाउने गर्छ।
लाग्छ,त्यो पनि को टप टप ले मलाई कु नै कु राको चेतावनी दिरहेको छ। मानौ त्यो
आवाजले कु नै कु राको लागि समय सकिदै गएको छ भनि मलाई पूर्व सूचना दिए जस्तो।
आमा , मलाई थाहा नभएको कहाँ होर ! तपाईले आफ्ना अनेकौ इच्छा र चाहनाहरुको,
हामी सन्तानको उज्यालो भबिस्यको बन्द कोठाको ढोका खोल्नकै निम्ति बलिदान गर्नु
भएको। मैले कहाँ थाहा नपाएको होर आमा, तपाईले त्यो पुष माघको चिसो रातमा पनि
एक सरो कपडा लगाएर जातो पिन्नु भएको। मलाई कहाँ थाहा नभएको होर ,बा र तपाई
कयौं रात अनिदो रही काम गर्नु भएको। तेती मात्र कहाँ होर , एक छाक खाएको भरमा
तपाई दुई , दिनभरी मेलामा खट्ने गरेको तथ्य पनि मलाई राम्रोसंग थाहा छ। तपाईले
तेही पुरानो ढाकाको चोली र तेही एक सरो सुतिको सारीमा धेरै वटा बिजया दशमीको
टिका थप्न्न मामाघर पुग्नु भएको तथ्य पनि मसंग लुके को छैन। मसंग तेस्ता दुख, त्याग र
बलिदानका तथ्य लुके का छैनन् आमा जून तपाईहरुले हामी सन्तानको मिठो निन्द्राका
लागि हामीबाट सके सम्म लुकाउने कोसिस गर्नु भएको छ। तपाईहरुले आफ्नो लागि
भन्दा पनि हामी छोराछोरीको लागि गर्नु भएको प्रतेक काम सहरान्य छ। आमा तपाईले
नौ महिना गर्बमा राखी , दश धारा दुध पिलाई येतिका बनाउनु भयो ,यहिँ दुईवटा ऋण
तिर्न म आफ्नो जीवन भरि सक्दिन होला , त्यस बाहेकका अरु तपाईले गर्नु भएका त्याग
तपस्यालाई मैले बरदान बाहेक अरु के हिको रुपमा स्वीकार गर्न म असमर्थ छु । बाले
आफ्नो काधमा राखेर संसार चिनाउनु भएको , आफ्नो ढाडमा राखी खेलाएको , आफ्नो
काखमा राखी खेतको आलीमा बसी जीवन र समाजका बारेमा दिनु भएको ज्ञान ,अर्ति र
उपदेशको गुरु दक्षिणा म कसरी तिर्न सक्छु होला ?
आमा घरको जेठो बाठो म स्वयंम भएकाले घरको काज र जिमेवारी मैले लिनु पर्छ।
तपाइको र बाबाको थाके को काध र ठेउला उठेका हातबाट ति सम्पूर्ण जिमेवारी मैले अब
लिनै पर्छ। म यस तथ्यबाट टाढा भाग्न सक्दिन।यहाँ हाम्रो मेहेनत र परिश्रमले उचित
मूल्य पाउन सके न। आखिर ऋणले धुरी काटेकोनै छ , साहुले तथानाम गाली गरिनै
रहेको छ , १-२ लाख जोरजाम गरेर बरु म अब बिदेश जान्छु । हो आमा, म अब विदेश
जान्छु । पक्कै सजिलो नहोला त्यहाँ मलाई तपाईहरुको सितल छायाँबाट धेरै टाढा ,तर
के हि बर्ष मैले गरने दुखले चाउरी पर्नै लागेका तपाईहरुका मुहारमा मैले एतिका बर्ष
नदेखेको मुस्कान फिर्ता आउछ भने ,भाइबहिनिको भविस्य सुन्दर बनाउछ भने , मनमा
साहुको नाम सुन्दा मात्र पैदा हुने भय सधैका लागि परास्त गर्छ भने ,टाउको लुकाउने
एउटा भरोसा गर्न लायेक घर दिन्छ भने , हाम्रा सुखका दिन आउछ भने, आमा म विदेश
जान्छु । भावीले छैठीमा कोरिदिएको निर्दय र पक्ष्यपाती कर्मलाई मेहेनतको रगत र
पसिनाले त्यो उजाड मरभुमिमा गाडी ,समुन्द्रमा तर्पण दिएर ,श्राद्ध गरि हाम्रा सुखका दिन
तपाईहरुलाई कोसेली बोकी नेपाल फर्कि ने छु । आशिर्वाद दिनुस आमा।

You might also like