You are on page 1of 9

यात्रा संस्मरण :

ताप्लेजुङ्ग ठू ली पाथीभरा दर्शन :


"तेरो पनि फु र्सदको समय मिलाएर ठूली पाथीभरा दर्शन गर्न जाने साइत निकालेका
छौं । अस्ति आमालाई सोधेको थिए । आमाले नै छोरा छोरीको वार्षिक परिक्षा
सके पछि भाइ फु र्सद हुन्छ भन्नुभएको थियो त्यहि समयलाई उपयुक्त मानेर समय
निर्धारण गरेका छौं । हालखबर सोधासोध सक्न फु र्सद साथ मेरी जेठी कू पू ले छोटैमा
कु रा सके र मेरो बुबालाई ताप्लेजुङ्ग जानैपर्ने बाध्यात्मक निम्तो दिनुभयो । फू पू आफू
पनि शिक्षिका हुनुहुन्छ । २०७४ सालको बार्षिक परिक्षा सके र आफू पनि फू र्सदली
भएका बखत फू पूले यो प्रस्ताव राख्नु भयो । म पनि कक्षा ८ को जिल्ला स्तरिय परिक्षा
सके र विदा मनाउन कतै घुम्न जाउं भनी बुबा संग गनगन गर्दै थिए ।

बुबा पुरै असमञ्जसमा पर्नुभयो । अस्विकार सम्भव नै थिएन । स्वीकार गर्दा आफ्ना
के ही पूर्वनिर्धारित काम थन्काउनुपर्ने र पहाडी तथा हिमाली जिल्लामा
परिवारसहितको यात्राको चाजोपाजो मिलाउन त्यत्ति सहज हुने थिएन । चुपचाप
लाग्नुभयो । नतमस्तक बन्नुभयो । बुबालाई नै के न्द्रविन्दुमा राखेर समय 1 मिलाइएको
हो भने उहाले बिकल्प खोज्न थाल्नु शोभा दिने विषयपनि भएन । फे री ठुलीदिदीले
भने पछि भ्याउदिन भन्ने शब्द निकाल्न बुबालाइ आटै आएन ।

के कसरी जाने भन्ने विषयमा पनि छलफल भयो । वि.सं. २०७५ को पहिलो महिना
हामी मोरडे शरीर बोके र ताप्लेजुङ जिल्लाका लागि हिड्‌यौं । २३९ कि.मी ८ घण्टा २२
मिनेट को बाटो तय गरेर हामी ताप्लेजुङ यात्राका लागि निस्कियौं । उर्लाबारी बाट
बिहान ४ बजे जेठी फू पू,हजुरआमा, बुबा, आमा, दिदी, दादा र म हजुरआमाका
मुखारविन्दबाट संस्कृ तका पवित्र शुभमन्त्र हरु जादै बुबाकै गाडी खा बुबालाई नै
चालक बनाएर झापा इलाम, तेह्रथुम फिदिम हुदै ११ बजे ताप्लेजुङ पुग्यौँ । आफ्नै
बुबा चालक भएका कारण बाटोमा निद्रा नलागोस भनेर गफ गाफ गर्दै भजन गाउदै,
अमिलो पिरो का साथै घरबाट भुटेर लगेको मकै भटमास खाजा खादै गएका कारण
हामिले ताप्लेजुङ् ‌मै खाना खाने निर्णय गप्यौ ।


पेज नं.१
पूर्वाञ्चलकै सबैभन्दा ठूलो शक्तिपिठ पाथिभरा माता को गृह जिल्लामा पुगेपछि चिसो
हावाले मलाई छु ट्टै आनन्द र वेग्लै आध्यात्मिक शक्ति प्राप्त गरे जस्तो महसुस भइरहेको
थियो । चैत्रको वार्षिक परिक्षा सके र वैशाखमा हामी गएका थियौं । बसन्त महिनाको नयां
पालुवाहरू र बोटले थाम्नै नसक्ने गरी फु लेका राता गुलाफका फू लको आनन्द लिएरै मख्ख
परेका हामीलाई माथिका हिमाली दृश्यले हार्टअट्‌याक आउँछ होला भन्दै हासी मजाक गर्दै
ताप्लेजुङ्मा खाना खायौँ । ताप्लेजुङ मा खाना खाएर हामीले त्याहाका स्थानीय मानिसहरुसँग
त्यहा जाने बाटो तथा अन्य जानकारी सोध्यौ । उहाहरुले सुके टार सम्म आफ्नै गाडीमा जान
सकिने र त्यहा बाट चाहीं पेशागत चालक ले मात्र गाडी चलाउन सक्ने बाटो रहेको जानकारी
दिनुभयो । हामी लगभग फु ङलिङ बजार बार लगभग ३० मिनेटको गाडी यात्रा पछि सुके टार
पुग्यौ र त्यहा एउटा होटल को पार्किङ् लटमा गाडी राखेर त्यहिको लोकल जीपमा २ घण्टाको
अर्को यात्रा गर्दै काफ्लेपाटी पुग्यौँ। काफ्लेपाटी फ्लेपारी नपुगुन्जेलसम्म त बाटोको स्थिति र
गाडीको गति हेर्दा दर्शन गरेर घर फर्किन एक महिना लाग्छ जस्तो महसुस भएको थियो ।

काफ्लेपाटी बाट भने ठूली के दी पूग्न पैदल यात्रा गर्नुपर्ने रहेछ । हप्पूरआमा पहित गएको
हुनाले हामीलाई काफ्लेपाटीबाट ठूली के दी पुग्न ४ घण्टा लाग्यो । बाटोमा पाथिभराको
उत्पत्ति र इतिहास का कु रा गर्दै हामी उक्लिरह्यौ।

पाथिभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकिय स्थल को रूपमा परिचित छ । चारैतिर
हरभरा र उकाली ओरालीको बिच पहाड तथा हिमाल भेगको छेउमा पर्ने पाथिभरा मा
तिर्थयात्रीको भिड हुन्छ । यो मन्दिर यात्रा गर्न भौतिक पूर्वाधारको पाटोलाई पनि विकास
गरिदै छ । तर कतिपय ठाउंमा भौगोलिक रूपले असहज र बाटोघारोको असहजता छ भन्ने
सन्देश पुगेका कारणले गर्दा धेरै मानिसहरू यहाँ आउने हिम्मत गर्दैनन् । हामीले हिम्मत, रहर
दुवैले जाने निर्णय गरेर निस्किएका थियौ । यस्तै गफगाफ गर्दै हिड्दा बिचबिचमा पानी पनि
पर्दै थियो बाटोमा प्लाष्टिकको घुम किनेर टाउको ओताउदै हामी अक्लयौं । कर्के र आउने
तिर्थालुहरू भने अब कति पनि छैन भन्दै हाम्रो उर्जा भर्न खोज्दो | माताको प्राङ् ‌गणमा
आएर पनि झुठ बोल्न तिनीहरूलाई कस्तो डर पनि नलाग्या होला तर राम्रो कामका लागि
झुठ बोल्दा माता नरिसाउने सम्झौता मातासगै गरेर आएकाले त्यो हिम्मत आएको होला ।
यस्तै गन्धन र सङ् घर्ष गर्दै हामी ठूली फे दि पुग्यौं । त्यहा पुग्दा झमक्क साझ परिरसको
हुनाले त्यहि बास बस्ने निर्णय गयौं ।

पेज नं.२
पानीभरा मातासंग भोलीको मौसम खुलाइदिन अनुरोध गर्दै हामी ठूलो फिदीमा बास बस्यौं ।
बैशाखको मौसम मा पनि अत्यन्तै चिसो र भोकका कारण हामीले साधा दालभात पनि
चौरासी व्यन्जन नपाए जसरी खायौँ । ठूलो फिदी समुद्री सतहदेखी ३२०० मि. को उचाइमा
रहेको छ । हावामै पानीको मात्रा (आद्रता ) ज्यादा भएको कारण हामी सुत्ने ओछ्यान
सिरानी सबै पानी घोप्ट्याए जस्तै गरी भिजेका थिए। ति ओछ्यानका विकल्पमा अरु के ही
नभएकाले तिनै ओछ्यानमा आफू ले लगेका कपडा ओछ्याइ हामी सुत्ने तरखर मा थियौं ।
घरतिर आफू ले दिनभरी भोगेका अनुभव सुनाउन फोन गरौँ भन्दा हामी सबका मोबाइल
तथा क्यामेरा त चिसोका कारण अफ भइसके का रहेछन् । धन्न हामी बसेको गुरास होटल
का मालिक अलि उदार भावनाका रहेछन् । त्यत्रा विधि पाहूना भएको होटलमा सबैका
इलेक्ट्रोनिक डिभाइस पालै पालो चार्ज गरिदिए र सम्पर्क विहिन हुनबाट जोगाए । दिन
भरीको यात्रा र थकानले गर्दा कति होला पल्टिंउ जस्तो भएको ज्यानलाई ओछ् ‌यानमा
लडाएर हामी हल्का यात्रा समिक्षा गर्न थाल्यौ । मौसम एकदमै धुम्म परेको थियो भोलीको
यात्रालाई वर्षाले अवरोध गर्छ की भनी डराउदै हामी पाथीभरा मातासँग भोलीको मौसम
खुलाइदिन अनुरोध गर्दै सुत्यौं । पाथिभरामा साचो मनले चिताएं मनको इच्छा पुरा हुने
विश्वास गरिन्छ । नभन्दै भोली पल्ट झिसमिसेमै फे री उकालो लागेका हामीलाई पाथिभराको
मस्त खुलेको मौसम र सुन्दर सूर्योदयले परिवरहेको छ । जस्तो अनुभव भयो । धार्मिक
रूपमा पहिले देखि नै चर्चित पाथीभराको प्राकृ तिक सुन्दरता हेर्ने हाम्रो सुरुदेखि कै उद्देश्य
थियो । वैशाखको मौसममा ढकमक्कै फु लेका गुरांस, ठुलो फे दिबाट लागिने मान्छ ढुङ्गाको
चिप्लो उकालो बाटो अनि मान्छेको भारी पार्सेदें, बुढा बुढी र बालबच्चा कतिबेला थाक्छन्
र आफू ले आफ्ना परिवार र बालबच्चाको आवश्यकता पूरा गरु भन्ने उद्देश्यले तिर्थालुका
पछि पछि हिन्ने भरियाहरूसँग हातेमालो गर्दै हामी ठूलो फे दीबाट पाथीभारातर्फ उक्लियौं ।
ठूलो फे दीबाट उकालोतर्फ प्रस्थान गर्ने ठाउमा प्रवेशद्वार को छेउछेउमा २ वटा सिंहको मूर्ति
ढोगेर सिंह जस्तै गर्जिने सामर्थ्य लिई हामी बाटो लाग्यौ । प्रवेशद्वार बाट धागोको लटठा
फु काई बाटाका किनारामा छाड्दै हिनेर मन्दिर परिसरमा गएर बिसाएका मनोकामना पुरा
हुने त्यहाको मान्यता रहेछ । के ही तिर्थालु धागो बान्दै, कोही थाङ् ‌का बा कोही भजन गाउदै
हामी उकालो डक्लिर्ह्यो उक्लियौ ।

पेज नं.३
उकालो उक्लिरहदा कहिले नभेटेको नचिनेको मान्छेहमापनि एकअर्कामा सद्भाव र सहयोग
भावना भएको देखियो । धर्म एकताको सुत्र हो । यसले मानिसलाई सामाजिकीकरण र
एकताको सुत्रमा बाधिन सिकाउँछ । पाथिभएको पैदल यात्रामा म यो कु रामा पनि विश्वस्त
भए । बाटा भरी ढकमक गुरांस हेर्दै हामी उक्लिरह्यौ पाथिभरा देवि कि जय! भन्दै ध्वनी
जयजयकारको ध्वनी पाथिभराको जङ् ‌गलमा गुज्जाउदै हामी अक्लरह्‌यौ । घरबाट न्याएका
मर्के भटमास तथा सातृ खादै उक्लिरह्यौ । चिप्ला बाटोमा घरी घरी लड़दै उठ्दै हामी
अक्लरह्यौँ। पाथिभरा माताको प्राङ्गणमा पुग्ने उत्साहका बलमा हामी उक्लिरह्यौ । हाम्रो
त्यत्रो सङ् ‌घर्ष देख्दा पनि पाथिभराको उकालोको अलिकति पनि मन पग्लेन । हाम्रा मायाले
अलिकती सहजता प्रदान गरिदिएको भए पनि हुन्थ्यो तर अह ! झन झन कठोर बन्दै खिस्स
ढासीं गिज्याइरह्यो । बाटोमा ठाउँ ठाउँमा पाटीमा बसी पानी खाना खादै, भरिया दाजु
हरुसंग गफ्कदै दामी बल्ल बल्ल पाथिभरा प्राङ्गणमा पुग्यौँ। ठूलो फे दी बार लगभग ३
घण्टाको पैदल यात्रा पश्चात हामी पाथिभरा प्राङ्गणमा पुग्यौं । पाथिभरा प्राङ्गणमा घण्टहरुको
गुन्जायस र र धुप अगरबत्तिको बासना ले मनमा छु ट्टै आनन्द र आत्यात्मिक शक्ति अनुभव
भइरहेको थियो ।

बिहानीको चिसो सिरेटोमा परपरसम्म हिमालयका सर्वोच्च शिखरहरू तिनकै तलपट्टी सुन्दर
पूर्वी पहाड र गाउँका दृश्यहरूमा हामी हटायौं । यहाँबाट कञ्चनजङ् घा, मकालु ,ह्यालुखाङ
र निकै टाढा सगरमाथा सम्म देखिन्थ्यो । विश्वास एवम पवित्रता कि देवी पाथीभरा माताको
मन्दिर जति पवित्र : त्यति सुन्दर परिवेश पनि थियो ।

पूर्वमा धेरै ईलाम, भेडेटार जस्ता अन्य ठाँउमा सानो पाथीभरा दर्शन गर्दा पहिल्यै देखि ठूलो
पाथीभरा पुग्ने रहर थियो । भगवानले 'तिमी चिताङ ,म पुर्याउछु 'भन्छन् रे त्यसैले होला
हामी पाथीभरा आइपुग्न सफल भयौँ । कामी आफू लाई भाग्यमानी र उर्जाशिल महशुस
गरिरहेका थियौँ ।

लेक लागेर, थाके र बल्ल बल्ल माथि बुगेका आपत परेका तिर्थयात्रीलाई पूजारी बा र सशस्त्र
प्रहरी बस्ने क्याम्पमा लगिन्थ्यो । सामान्य परिस्थितिमा प्रवेश निषेध गरिएको त्यो क्याम्पमा
जाडो वा लेक लागेकालाई तातोपानी, भोकाएका वा रोइरहेका बाल बालिकालाई दुध
विस्कु ट, चिसो खप्न नसके र थलिएकाहरुलाई अगेनाको न्यानो प्रदान गरेर भएभरको पुण्य
सोहोरहेका छौं भन्दै त्यसै क्याम्प का एक सन्त बताउनुहुन्थ्यो ।

पेज नं.४
त्यहाँ एकदिन थकाई मार्न बसेका अब अस्तित्वमा बस्ने हार मानी बसेका तिर्थालुको
मस्तिष्क विकर्षण गर्नका लागि त्यहाँका सन्त ताप्लेजुङका संस्कृ तका विद्यार्थी सन्देश
आचार्य आध्यात्म र सनातन धर्मका कित्सा सुनाउथे । अध्यात्म, सनातन धर्मको अन्धन,
पूजारी बा हरुको देश विदेश भ्रमणको कथा र पाथिभारा मातासँग जोडिएको किस्सा र
किवंदन्तीहरूको माहोल निकै सकरात्मक र मन शान्त पार्ने किसिमको थियो ।

पाथिभराको प्रमुख मूर्तिमा धेरै भिड भएकाले हामी एकछिन मन्दिर वरपर टहलियौ ।
पाथिभरा मन्दिरमा गरिने भाकल पूजा, दान दक्षिणा, मूर्ति पूजा विधि र किंवदन्तीहरूका
बारे हामीलाई पंडित गुरू टिकाराम पौडेल लाई सोध्यौ र उहा बनाउनुहुन्छ । " पाथिभरा
मन्दिरको सबैभन्दा पहिला यो ढोकाबाट प्रवेश गरेर दाहिनेपट्टी राखिएको गणेश को मूर्ति
छ । यहाँ चाही हाम्रो हिन्दु परम्परा अनुसार गणेश भगवान को सबैभन्दा पहिले पूजा
गरिन्छ । यहां जर्ने सुपाडी, रातो कपडा रातो फू ल 1 राता चिजहरु चढाएर मनोकामना
मागिन्छ र यसको परिक्रमा गरी ढोगिन्छ त्यस पछि अझै भित्र शिवजीको पूजा गर्न प्रवेश
गरिन्छ "

सानै देखि महादेव पार्वती पुत्र गणेश भनी सुन्दै आएको मेरो बाल मस्तिष्कले बुबाको भन्दा
छोराको पहिला पुजा किन गरिएको होला के बुबा भन्दा छोरा श्रेष्ठ हुन् त ? 2. भन्ने प्रश्न
उब्जाएको थियो तर ततक्षण मलाई कक्षा ५. मा. पढेको लेखनाथ पौड्यालको "नैतिक
दृष्टान्त " भन्ने कविताको हरफ याद आयो,

''योग्य स्थान विशे मान सानाले पनि पाउँछ ।


कृ ष्णाको तटमा ढुङ्गा देवता कहलाउँछ ।''

यो हरफलाई गुरुआमा बुनुला के सी ले व्याख्या गर्नु - भएको वाक्यहरू मनन गर्दै छोराको
कु नै विशेष कर्म ता क्षमताका कारण पहिला पूजीएका होलान भन्ने निष्कर्षमा आफ्नो बाल
मस्तिष्क पुगेको थियो सानै उमेर देखि आफ्नो समालोचना कल्पना तथा विश्लेषणले
आफ्नो आफू मा रहेकी जिज्ञासू विवेचना को जिज्ञासा प्यास तृप्त गर्ने गरेको कु रा बोध हुदा
अहिले पनि म उत्साहित हुन पुगेँ । चाहे त्यो समालोचना, कल्पना तथा विश्लेषण सत्य
होस या मिथ्या तार्किक होस या बेतुकको बाल मस्तिष्कले ति -

पेज नं.५
त्यस्ता विश्लेषण गर्ने गरेको देख्दा मेरा गुरुवर्ग तथा अभिभावकको मुखाराविन्दबाट
प्रशंसनिय पात्र हुन्थे अझै पनि आफू प्रति त्यस्तै प्रतिबिम्व बजाइराख्न सफल छु र
अझै प्रयासरत छु । खुसी लाग्छ ।

गणेश पुजा सके पछि गुरु टिकाराम पौडेलको पछि लाग्दै शिवजीको पूजा गर्न अघि
परियो । शिवालिङ्ग को रक्षार्थ नाग ले छानो बनाई नन्दी र भृङ्गी लाई छेउछेउमा पाले
बनाएर राखिएको थियो ।

जल पहेलो वस्त्र, पहेलो फू ल, पहेलो असता, बेलपत्र धतुरो तथा शिवजीका मनपर्दा
वस्तु चढाई पूजा आराधना गरिन्छ र सन्तान, सम्पत्ति, स्वास्थ्य जस्ता मनोकामना
मागिन्छ । त्यसैको अघिपट्टी कांहा त्रिशुल चढाउने कं हा घण्ट चढाउने भनी बकै दा
इङ्गित गरी त्रिशुल आ-आफ्ना भाकल अनुसार त्रिशुल, घण्ट चढाउने ठाँउ बनाइएको
थियो । त्यहाँ सयौं त्रिशुल र घण्ट चढाइएको थियो । त्यसपछि गुरु टिकाराम पौडेल
ज्यु ले भनेअनुसार नै हामी पूजा गर्दै जानकारी लिदै गयौं। त्यस परिसरको अन्तिममा
भगवानको ढोकामा बस्ने भै आसित भैरवको पूजा गरिने रहेछ । भैरवको पूजा गरेर
मात्र देवीको गर्नुपर्ने चलन रहेछ । त्यहिअनुरूप हामीले पनि भैरवको पूजा गर्यौ ।
भैरवकै मूर्ति पछाडी अको शिवलिङ् ‌ग स्थापित रहेछ । जसमा भक्त जनहरूले ठूलो
के दी देखि बाटाको किनारमा टाङ् ‌दै आएको धागो ल्याएर शिवलिङ्गमा समेत
परिक्रमा गराएर आफ्नो मनोकामना माग्दै धागो विसर्जन गरिने रहेछ ।
शिवलिङ् ‌ग पछाडी कालिका देवीको मूर्ति रहेको छ जसमा भाकल र मनोकामना अनुसारको
कालो, खैरो, सेतो आदि रङ् का बोका पाठा परेवा आदि बली दिन गरिंदो रहेछ । हामी पुग्दा पनि
त्याहा एउटा सानी सेती पठे क्री रगतपक्ष भएर कालीको चरणमा लडिरहेकी थिई
भन्ने गरिन्छ हामी सबै देवताका सन्तान, देवताले बनाएको मानवलाई ! मानव तथा अन्य जीवको
सर्जक देवता! सर्जक ! ! सर्जकलाई म पनि नजिकबाट चिन्छु । खासै चर्चित सिर्जना गर्ने सर्जक त
हैनन् उनी तर उनको क्षमता र दक्षता अनुसार धेरै थोरै सिर्जना उनी पनि गर्छिन हरेक सर्जकलाई
आफ्नो सिर्जना प्यारो लाग्छ । उनलाई पनि । हरेक सिर्जना उपर त्यहि सिर्जना को सर्जकको नै
एकाधिकार हुन्छ । त्यसलाई विगार्ने, भत्काउने वा परिमार्जन गर्दै लैजाने सर्जक कै हातमा हुन्छ ।
र मैले चिनेको ति सर्जकको नाम हो "म "म" लाई आफ्नो सिर्जना उतारिएका भौतिक रूपी
कागजमा थोरै पानीको छिर्का लागे वा थोरै च्यातियो भने पनि आफ्नो सिर्जनामा चोट पुग्ने हो कि
भनी असाध्यै पिडा हुन्छ ।

पेज नं.६
त्यसोभए मानव तथा अन्य जीवको सर्जक देवता र उनैको चरणमा उनैको सिर्जना र
देवतालाई सन्तान लाई च्वाह काटी रगतका सिर्का उनका शिरदेखि पाउसम्म
सिर्काइदिंदा चांदी देवी खुसी भई, प्रसन्न भई मनोकामना पूरा गरिदिन्छिन् भन्ने
अवधारणा चाही कु न भयङ् ‌कटिको कु मस्तिवकले विकास गरेको होला ? आधुनिकिरण
र सनातन धर्मको खोल ओढी भागवन गिता जस्तो पवित्र पुस्तकको सार मध्ये एक
''काटमार नगर हिंसा नगर" भन्ने उक्तिलाई सुगा रटाई जस्तो रट्दै तथा कु प्रथा
अवलम्बन गर्ने तथाकथित आधुनिक मनुवा मनोकामना पूरा गर्ने स्वार्थमा किन मुर्ख बन्दै
गएको होलान ?

फे री देवहरूका देव महादेव चाही संहारकर्ता भएर पनि किन उनको पूजा गरिएको होला
? निलकण्ठ विष पिएर संसार बचाउने र के टी त्यहि संसारमा विनाश गर्ने कस्ता देवता
होलान ? "दूध दिने गाईको लात्ती सहनु भए झै महादेवमा अनेकौ नकारात्मक पक्ष भए
पनि सकारात्मक पक्ष मनन गरेर पो उनी पूजनीय भएका होलान् । फे री सिर्जना मात्र
भएर पनि त भएन । धर्ती माता ले थेग्न नसक्लिन ! ८४ लाख योनीबाट जीवको जन्म र
मृत्यु कै कारण त संसार गतिशिल र चलायमान बनेको छ । जन्मिए पछि मर्ने पर्ने कु राले
पो पृथ्वीलाई सन्तुलित बनाएको हो ।

तर महादेवका कु न पक्षले चाही उनी पूजनीय भएका होलान् ? यो जिज्ञासालाई पनि मेरो
काल्पनिक मास्तष्कले शान्त पार्छ नै होला ।

खैर यि यस्ता विषयमा मेरो विसता नभएकाले म पाठक वर्गलाई नै चुरो कु रो विश्लेषण
गर्ने जिम्मा दिन्छ । तर यो बली प्रथा चाहीं मेरो मस्तिष्क द्वारा घृणित पक्ष हो ।
कालिका देविको मूर्ति पछि अर्को मूर्ति थियो जसमा गाउघरको परम्परा अनुसार
गाउघरको वनमा हिन्न बनदेवी, बनदेवता, खोलाको पुजा आदि गरिने रहेछ । त्यस्तै
धार्मिक परम्परा अनुसार देवीका पार्शवमा अगाडी पछाडी दाया बाँया हिन्ने ६ सिकारीहरू
अनेकौं नामले पुकारिएका ६४ सिकारीहरुको पुजा गरिदो रहेछ । त्यस्तै क्रमशः पितृदोष
कटाउन पितृ पूजा सूर्य लगायत ९ वटा ग्रहहरूको पुजा गरिदो रहेछ । शनी विग्रदा कालो
कपडा, सूर्यलाई रातो कपडा, चन्द्रमालाई सेतो कपडा त्यस्तै एवमं प्रकारले चढाएर ग्रह
पूजा गर्ने प्रचलन रहेछ ।

पेज नं.७
त्यसपश्चात हामी उभिएको डाडो भन्दा तल मूल ठाउँ, शिला रहेछ । मुलथानका समस्त देवी
देवतालाई सम्झेर त्यही पूजा गर्ने गरेको पंडित जी ले बताउनु भयो । ''पहिलेका
भेडागोठालाहरुले तलको मूलथान पत्ता लगाए । त्याहा अप्ठ्यारो ठाउ छ | त्यहा भक्तनहरू
नसक्ने भएको हुदाँ त्याहाका शिलालाई ल्याएर माथि राखिएको हो । त्यतिखेरका धामी,
पुजारी, ओजारी, पंडित, पोइन्दङ् वा, विजुवा सबैले त्यही स्थान छानेर थाहा शिला स्थापना
गरिएको हो ।"
त्यसपश्चात लाख बत्ती बाल्ने स्थान रहेछ । लाख वृत्ती प्रज्वलन पश्चात हवन गर्ने र दान
पेटिमा आफू ले इटयाए अनुसार भेटी चढाउने मान्यता रहेछ ।
प्रवेश गरिन्छ । प्रवेशद्वार के किनारादेखि लहरें मूर्तिहरू राखिएको थियो । सबैभन्दा पहिला
नन्दी को , (यसपश्चात शिवलिङ् ‌गको त्यस्तै क्रमश: कालिका देविका, शिवणी, नागकन्या
हनुमान. जी, गरुड को पूजा आराधना गरियो । त्यस पश्चात कहिले ननिधने अखण्ड बत्ती
राखिएको थियो । त्यसपछि पूजा गर्दै जादा सवैभन्दा पहिला पत्ता लागेको मूल शिलाको
पूजा के टी क्रमश: कात्यायानि देवी, गणेश कालिकादेवि सिद्धिदात्री देवी र दुर्गा देवीको पूजा
गरी बल्लपाथिभरा आमाको प्रमुख मूर्तिमा पुगियो र उत्साहित तन मन र कर्मले पूजा
आरधना गरियो।

पंडित पौडेल जी भन्नुहुन्छ, " यो ६१३ पाथी भरिएको जस्तो चुली स्वरूपमा भएको र त्यहि
ठाउंमा पञ्चकन्या दुर्गाको स्वरूपमा बसेकी कालिका देवीलाई पाथिभरा भनिएको लोककथा
रहेको छ ।"

मन्दिरको हेरविचार, सरसफाई, आउने तिर्थ यात्रीको सेवा र पूजारी बा हरुको सहयोगका
लागि के ही व्यक्ति मन्दिर समितिले प्रदान गरेको भावनमा बस्नु हुदो रहेछ । जसमध्ये गुरुजी
हरु २,३ जना सशस्त्र प्रहरी, सन्तहरू र भान्से बस्नुहुदो रहेछ । उहाँहरु मध्ये एकजना पात्र
सबैको दृष्टिमा पर्नुभयो । व्यवस्थापन विषयमा बि.बि.एस. परिक्षा उत्तिर्ण गरेका २२ वर्षे
सम्राट सिलवाल आध्यात्मिक क्षेत्रमा रुची र सनातन धर्मको माया भएकै कारण नेपालको
प्रसिद्ध र पुर्वाञ्चलको सबैभन्दा ठूलो शक्तिपिठ पाथिभरा माताको सेवा, ज्ञान, शक्ति र
विद्या प्राप्तिका लागि आफू सेवा र साधना गर्न चाहा आएको बताउनुहुन्थ्यो । बुबा आमाले
सबै आवश्यकता पूरा गरिदिएतापनि सुखी जीवन त्यागेर आफ्नो धर्म, संस्कृ तिको मायाले
यसरी सेवा गर्न आउनुभएको छ ।

पेज नं.७
तपाइजस्तै युवा पूवा पुस्तालाई चाही कस्तो सन्देश प्रवाह गर्न चाहानुहुन्छ भनी फु पुले सोध्दा
उनले यो आफ्नो रुचीको विषयको काम मात्र गरेको हो । कु नै प्रशंसानिय तथा उदाहरणिय काम
गरे जस्तो नलागेको र सन्देश दिन आफ्नो विज्ञता नपुग्ने भन्दै आफ्नो बडकपन वा माहानता
देखाए ।

पाथिभरा यात्रा हाम्रो लागि सधै विशेष रहनेछ । संस्कृ तको महत्व, सनातन धर्म र आध्यात्म बारे
सन्त बाबा जी हरुबाट धेरै कु रा जान्न पाइयो । श्री पाथि भरा देवी मन्दिर क्षेत्र संरक्षण समिती र
स्थानियले थाहा निकै प्रशंसनिय कार्य गर्नु भएको रहेछ । काफ्ले पाटी देखि माथिल्लो फे दी सम्म
कोही नठगिउन भनेर गाडी भाडा देखि चिया खाजा सम्मको दर रेट तोकिएको रहेछ ।
मन्दिरसम्मको पैदल मार्ग चौडा र स्तरिय रहेछ । बाटोभरी खानेपानी, चर्पी र बिसौनीको
व्यवस्था गरिएको रहेछ । अशक्त रोगी तथा बालबालिकाका लागि सहयोगीहरू उपलब्ध रहेछ
भन्ने रहेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीले सुरक्षाको प्रत्याभूति दिलायो ।
पूजारी बाहरू निकै करासिला र रमाइला हुनुहुदो रहेछ । ज्ञानी सन्त र बाबा जी हरु त्यहि बास
बस्नुहुदो रहेछ । र मन्दिर व्यवस्थापनमा युवा दाजु राजेन्द्र तिमील्सेनाको टोलीले निकै राम्रो
काम गर्नुभएको रहेछ । धार्मिक रूपमा निकै प्रख्यात भएपनि पर्यटकिय रूपमा यो क्षेत्र खासै
चर्चामा देखिदैन । तर मौसम खुलेका दिन हामीले देखेको पाथिभरा भने यात्रा रुचाउने सबैका
लागि पुग्नै पर्ने ठाउ जस्तो लाग्यो । यहाँको सूर्योदय, परपरसम्म देखिने उच्च हिमाली चुचुरा,
हटिया डांडाकांडा र तिनका आँगनमा नदि बर्गर्भ खेलने बादल एकचोटी हेरे त आधा जिन्दगी
खेर गइहाल्यो नी। एवम रित ले यस्तै कु रा अवलोकन गर्दै आनन्द लिदै हामी आफ्नै गृहजिल्ला
फर्कियौं । जती दुख गरेर त्यहा पूगियो त्यो भन्दा दोब्बर तेब्बर आनन्द मलाइ फर्किदा महसुस
भइरहेको थियो । हरेक नेपालीले आफ्नो जीवनकालमा टेक्नै पर्ने भूमिहरू मध्ये पाथिभरा पनि
एक हो । अवश्य जानुहोला ! पाथिभरा माता कि !!
...................?

पेज नं.८

You might also like