You are on page 1of 9

कमलाखोंजका दनुवारको सांस्कृ तिक पक्ष

राजेश पौड्याल
धार्मिक एवं सांस्कृ तिक चाडपर्वहरु
धार्मिक एवं सांस्कृ तिक चाडपर्व मानव जीवनको उपज हो । जीवनलाई अनुशासित बनाउन यश
कमाउन आनन्द मनोरञ्जन एवं सुखको अनुभूति गराउन धर्म र पर्व उत्सवको ज्यादै ठू लो भूमिका
हुन्छ । संसारभरका मानव समुदायमा यसको अस्तित्व र महत्व समान छ । यस दृष्टिले धर्म एवं
संस्कृ ति मानव समुदायको अभिन्न अङ्ग जत्तिकै देखिएको छ ।
नेपालमा थुप्रै जनसमुदायको बसोबास छ । सबै समुदायको धर्म संस्कृ ति एकै नभएरर विविध
प्रकारको छ । नेपालमा हिन्दू धर्मावलम्बी समुदायको संख्या बढी छ तापनि संस्कार कर्म र पर्व-
उत्सव मनाउने प्रक्रियामा भने समुदाय पिच्छे भिन्नता पाइन्छ । कमलाखोंजका दनुवार यस्तै समुदाय
हुन् जो अन्य हिन्दू समुदायका तुलनामा फरक छन् ।
सांस्कृ तिक चाडपर्वहरु
उदार हृदयले खर्च गरेर चाडपर्व मनाउनु कमलाखोंजका समुदायको पुर्ख्यौली प्रवृत्ति हो । फाटेको
लुगा लगाएर पनि मीठो खानुपर्छ भन्ने सिद्धान्त बोके का दनुवारहरु दिनानुदिनु गरीब हुँदै गएपनि
‘जहाँसम्म धान्न सकिएला त्यहाँसम्म गरौँला’ भन्ने विचार प्रकट गर्दछन्, औकात नाघेर खर्च गर्ने
बानीले उनीहरुको स्वभाव र धर्म- संस्कृ तिप्रतिको मोह कति छ सहजै अड्कल काट्न सकिन्छ ।

यहाँका दनुवारहरुले मनाउने चाडपर्वहरु दशै, तिहार, ठू लो एकादशी, धान्य पूर्णिमा, माघे संक्रान्ति,
साउने संक्रान्ति आदि मुख्य हुन् । दशैमा क्षेत्री, ब्राह्मणमा जस्तो नवरात्नभरि पूजा-पाठ गरी बलि
दिने र दशमीका दिन टीका लगाउने चलन पाइँदैन, तर गच्छे अनुसार सुंगुर, कु खुरा, हाँस, काटेर
जाँडरक्सीको भोज खाने अनि इष्टमित्रलाई बोलाएर खुवाउने चलन भने पाइन्छ । तिहारमा
लक्ष्मीपूजाका दिन चामलको पिठोको गाईको स्वरुप भएको पानी रोटी तयार पारी चढाउने चलन छ ।
दशैंमा जस्तो तिहारमा पनि टीका लगाउने गरिंदैन । देउसी, भैलोको साटो गाना बजाना सहित
गाउँघरमा नाच्दै हिंड्ने चलन ज्यादै लोकप्रिय छ । ठू लो यस दिन यिनीहरुले बिहान स्नान गरी
सके पछी के टाले हातमा र के टीले टाउकोमा पानीको अंखोरा बोके र घुम्नुपर्छ । राति सुत्नु हुँदैन । यदि
कोहट्ठ सुत्यो भने फल प्राप्त हुँदैन भन्ने विश्वास छ । त्यसैले यिनीहरुका लागि नाचगानको पनि
व्यवस्था गरिएको छ । धान्य पूर्णिमाका दिन नयाँ धानको न्वागी खाने र नयाँ धानको चिउरा बनाई
हाँसको फू ल र परेवासहित ‘दिवास्थान’मा लगेर चढाइन्छ । चढाएको चीज प्रसादका रुपमा
गाउँघरमा वितरण गरिन्छ ।

धार्मिक रीतिरिवाज

देवीदेवताहरु : कमलाखोंजका दनुवार हिन्दू धर्ममा आस्था राख्ने समुदाय भएकाले अन्य हिन्दू
समुदायमा जस्तै यिनीहरुमा पनि देवी देवताहरु मान्ने परम्परा छ । यिनीहरुका मुख्य देवता वनदेवी र
कु लदेवी हुन् । शक्तिदेवी भीमसेन र महादर्वलाई पनि श्रद्धाकासाथ मान्दछन् । यिनीहरुले आफ्नो
कु लदेवतालाई चुल्होको पछाडि राख्ने गर्छन् । कु लदर्वताको पूजाआजाचाँहि धामीबाट गराइन्छ ।
वनदेवीलाई घरमा नराखेर गाउँ बाहिर राखिन्छ । राखिएको उक्त स्थानलाई दिवास्थान भनिन्छ ।
गाउँमा कु नै रोगव्याधी महामारी धनमालको क्षति अनावृष्टि अतिवृष्टि भई हाहाकार फै लन गएको
खण्डमा वनदेवीको पूजा गरिन्छ । धान रोप्ने र काट्ने समयमा पनि वनददेवीलाई भोग दिने चलन छ
। कसैले कमला नदीमा गएर भोग दिएको पनि थाहा पाइएको छ । यस किसिमको बलि दिने कामलाई
धान रोप्ने वा काट्ने समयको साइत जुटाइएको ठानिन्छ । उक्त कार्यको शुरूवात गाउँको गुमस्थाले
गर्दछ यदि गुमस्थाको धान रोप्ने वा काट्नर् काम तयार नभए गाउँघरमा जसको पहिला तयार हुन्छ
त्यसैको खेतमा गएर गुमस्थाले कामको थालनी गरिदिनु पर्ने हुन्छ ।

तन्त्रमन्त्र : कमलाखोंजका दनुवारी समाजमा तान्त्रिक विधि वा मन्त्रको ज्यादै टू लो महत्त्व छ ।


चाडपर्वका समयमा कु लदेवतालाई तान्त्रसक विधिले होम हाल्ने गरिन्छ । यो काम गाउँको धामीले
गर्दछ । तान्त्रिक शक्तिमाथि यिनीहरुको ठू लो विश्वास रहेको देखिन्छ । तन्त्रमन्त्रको शक्तिले मान्छे
बाघ बन्न सक्छ र पुनः मान्छे हुनसक्छ । त्यस्तै बोक्साबोक्सी रिसायो भने भेटेर मारिदिन्छ मुहनी
लगाउन सकिन्छ यसै गरी बाटोमा किलो ठोक्न रेखा खिच्न अक्षता फु के र हिर्काउन सकिन्छ भन्ने
कु रामा पुर्ख्योली विश्वास रहेको पाइन्छ । यी कु रा र कामहरुप्रति यहाँका दनुवार ज्यादै सचेत र
सजग रहेको देखिन्छ ।
संस्कार कर्मः संस्कार कर्म सबै समुदायका हुन्छन् र समुदायपिच्छे फरक फरक हुन्छन् । त्यस्तै
कमलाखोंजका दनुवार समुदायको पनि फरक देखिनु स्वाभाविक छ । जन्मदेखि मृत्युतक जे जस्ता
कर्म गरिन्छ त्यसलाई संस्कार कर्मको रुपमा स्वीकारिंदै आएको पाइन्छ । यहाँका दनुवारहरुको
सांस्कृ तिक कर्म के ही मात्रामा ब्राह्मण समाजसंग मिल्दोजुल्दो देखिए पनि अधिकांश कर्महरु
सामुदायिक धर्म संस्कृ तिका आधारमा सम्पन्न गरिन्छ । यिनट्ठहरुको समाजमा पास्नी व्रतबन्ध जस्ता
कर्मको नाम नै लिइँदैन । जन्म छेवर विवाह र मृत्यु नै यिनीहरुका सांस्कृ तिक कर्महरु हुन् ।
जन्मः दनुवारी समाजमा जन्म वा न्वारानको विधि ज्यादै छोटो छ । हजामले नवजात शिशु र सुत्के री
आमाको नङ काटेर रङ्ग लगाइदिएपछि सुत्के रीले र हजामले नुहाएपछि न्वारान गर्ने विधि समाप्त हुन्छ
। न्वारान गर्दा तिन छ वा नौ दिनमध्ये यो दिन नै गर्नु कु नै अनिवार्यता छैन । न्वारानमा बच्चाको
नामकरण गर्दा कु नै तिथि, गण, नक्षत्र आदि हेर्ने प्रचलन पाइँदैन । विशेष गरी बार वा महिनाको
आधारमा नाम राख्न गरिन्छ । जस्तो सोमबार जन्मेकालाई ‘सोमे’ मङ्गलबार जन्मेकोलाई ‘मङ्गला’
र शुक्रबार जन्मेकोलाई ‘शुक्रा’ आदि भन्ने गरिन्छ । यस किसिमको नाम राख्ने परिपाटी हिजोआज
अलि कम हुँदै गएको पाइएको छ ।

छेवर: छेवरलाई दनुवारहरू मथमडामी भन्दछन् । यो मथमडामी दोस्रो संस्कार हो । बच्चा जन्मिएको
वर्ष दिनमा आउने मंसीरे पूर्णिमाका दिन मथमडामी गर्ने चलन छ । कमला नदीमा गएर बच्चाको कपाल
खौरेर बोका, पाठी, परेवा भोग दिएपछि पूरा हुन्छ । यसपछि त्यहीं भोज खाने खुवाउने गरिन्छ ।
भोज खाएपछि बाँकी रहेको चीजबीजलाई घरमा नल्याई खोलामै छाडिदिनु पर्छ भन्ने भनाइ छ ।
बच्चाको मथमडानी नगरून्जेल आमाले कमला नदी तर्नु हुँदैन र माइतीबाट ल्याएको कोसेली पनि
खानु हुँदैन भन्ने विश्वास यहाँका दनुवार समुदायमा रहेको छ ।
विवाह : विवाहलाई अन्य समुदायमा झैं यस समुदायमा पनि महत्त्वपूर्ण संस्कार मानिन्छ । यस
समुदायमा हुने विवाहको विधिविधान भने ज्यादै लामो छ । यिनीहरुको समाजमा चोरी ल्याउने र
जारी तिरेर के टी ल्याउने प्रथालाई त्यति मन पराउँदैनन् । विवाहका लागि विशेष गरेर के टा पक्षबाट
चासो उठाउने गरिन्छ । के टा र के टी पक्षका अभिभावकबीच कु राकानी मिलेपछि के टीपक्षबाट
विवाहका लागि के ही खर्भ माग गरिन्छ, जसलाई ‘शोध’ भनिन्छ । उक्त शोधका रूपमा हिजोआज
दुई सय रुपयाँ, पाँच मुरी धान, नौ पाथी चामल, दुई पाथी मासको दाल, एक शेर तेल, नौ जोडा
सुपारी र दुईवटा फरिया बुझाउनु पर्ने चलन छ । धान र पैसामा क्षमता हेरी घटबढ हुनसक्छ तर अरू
कु रामा भने तलमाथि गर्न पाइँदैन भन्ने भनाइ छ । ‘शोध’ को सारा प्रबन्ध मिलाउने काम लमीदे गर्दछ
। लमीलाई उनीहरू कु टुनी भन्दछन् । ‘शोध’ बुझाउन जाँदा कु टुनी पनि साथमा जानु अनिवार्य छ
किनभने विवाहको तिथी त्यही दिन निश्चित गरिन्छ ।

विवाहका समयमा जन्ती जानुभन्दा एक दुई दिन अघिदेखि नै के टाको घरमा वैवाहिक विधिविधान
पूरा गर्नु पर्छ । यी विधि के टासंग सम्बद्ध हुन्छन् । सबैभन्दा पहिलो विधि हो ओखलफ कु ट्ने । यसमा
बेहुलाले ओखलीमा चामल र बेसारको धान हाल्नु पर्छ । उक्त धानलाई स्वास्नी मान्छेहरुले कु ट्ने
गर्छन् । यो क्रम पाँच पल्टसम् चलिरहन्छ । यसरी कु टेर पारिएको चीजलाई कासा भनिन्छ । उसै दिन
साँझमा गाउँका के टीहरु बेहुलाको घर आँगनमा आएर खराङ खखराउ लगाइदिने आँखा छोपिदिने,
थालमा रोटी राखेर बेहुलाका टाङ मुनिबाट पाँच पटक छिराउने जस्ता विधि पूरन गर्दछन् । ठीक
विवाहको अघिल्लो दिन कु खुरा बास्नुभन्दा अगावै गाग्रफ लिएर के टाले खफलामा जानुपर्छ,उसका
साथमा पाँचजना के टी पनि जाने गर्दछन् । तिनीहरु सबै मिलेर गाग्रोमा पानी भर्दछन् । यस कार्यलाई
समर घैला भरेको भनिन्छ । जन्त जाने दिनको के ही समय अगाडि जिम्दारले पूजा सामग्री नौ वटा
हाँसको फू ल, सुपारी, चामल, नयाँ सातहाते कपडा लिई घर बाहिर खेत वा बारीमा गई पूजाआजा
गर्दछन् । यसपछि पूजाआजा गरिएको स्थानको माटो पाँचवटा के टीहरुले पाँचवटा डालीमा राखेर
पूजा गर्न लगिएको कपडाले छोपेरघर ल्याउनु पर्छ । त्यसपछि के टीहरुले घर घर घरमाउने गर्दछन् ।
यस बखत के टीहरुलाई दक्षिणा पनि दिइन्छ । चोखो वा शुद्ध पार्नको लागि पानी छर्कि इन्छ । डालीमा
ल्याइएको नयाँ माटोको चूल्हो बनाएर राखिन्छ । उक्त नयाँ चूल्होमा नयाँ हाँडी राखी बेहुलाले
पाँचवववटि के टि संगसंगै बुजनाठी कप्टेरा ले पाँच घान धान भुट्नु पर्छ । यसपछि तिनै के टीहरुले
बेहुलाको शरीरमा बेसार दलिदिने र दिदीले भाइको शरीरबाट पानी नघाउने र अन्त्यमा दिदी
भिनाजुद्वारा घरभित्र प्रवेश गराउने काम हुन्छ । यी उल्लेख्य विधिहरु विवाहको जन्त जानु अगावै
सम्पन्न गरिन्छन् ।

कमलाखोंजका दनुवार रात परेपछि मात्र जन्त जाने गर्दछन् । राति जन्त जाने कारणले जन्ती
प्रस्थानको शुभ साइतमा बेहुलालाई भुत प्रेत के ही नलागोस् भनेर जिम्दारले मन्त्र जपेर सेतो
कपडाको फे टा बाँधिन्छ । यसपछि बाजागाजाकासाथ नाच्दै, गाउँदै, रमाइलसँग बेहुलीको घरतर्फ
जन्ती अगाडि बढ्दछ । जन्तीले बीचबाटोमा वास नबसिकन बेहुलीको घर पुग्नु पर्ने वैवाहिक नियम
भएकाले समयका ख्याल गरेर मात्र घरबाट जन्ती प्रस्थान गरिन्छ । बेहुलीको गाउँमा जन्ती पुगेपछि
सोझै बेहुलीको घरमा नगई जिम्दार वा गुमस्थाको घरमा जानुपर्छ अनि मात्र बेहुली पट्टिकाबाट निम्ता
पठाइन्छ । यिनीहरुमा एउटा अचम्मको चलन छ त्यो हो दुलहीतर्फ का मानिसहरुद्वारा दुलहालाई
चोर्ने । चोर्ने कार्य असफल भएमा जबर्जस्ती तानेर बेहुलीको घरमा लगिन्छ । सर्वप्रथम बेहुलीको
आमा, काकी, भाउजु आदि नाता पर्नेले बेहुला बेहुलीको गोडा धुन्छन् । यसपछि बेहुलालाई देउता
कोठामा र बेहुलीलाई अर्के कोठामा लगेर राखिन्छ । यसबेला के टीहरुको समूहले देउता कोठाको
ढोकामा बसेर बेहुलालाई तिम्रो नाम के हो ? तिमी को हौ ? कताबाट आयौ ? जस्ता प्रश्नहरु
सोध्छन् । यस किसिमको सवाल जवाफलाई उनीहरु फकडा भन्दछन् । वेदी जग्गेमा बेहुलालाई
निकाल्ने समयमा ढोकामा बसेका के टीहरुले बेहुलासँग सुपारी माग्छन् । मागे जति सुपारी बेहुलाले
दिनुपर्छ ।

दनुवार समुदायको पुरेत्याइँको काम हजामद्वारा हुने भएकाले विवाहको विधि पनि हजामकै सक्रियता
बाट पूरा हुन्छ । दनुवारमा सके सम्म कन्यादान मामावलीले दिन्छन् । सिन्दुर हाल्ने काम सके पछि
बेहुलाबेहुलीलाई देउता कोठामा ढोगाउन लगिन्छ । यसरी पहिलो दिनको विधि पूरा हुन्छ । भोलि
पल्ट जिम्दारबाट मरुवा पूजा गरेपछि विवाह विधि शुरू हुन्छ । पूजा गर्दा वेदीको पश्चिमपट्टि
गाडिएको सिमलको छेउमा गर्ने चलन छ । यसपछि गडलगनिको लागि गाउँका नाता पर्ने इष्टमित्रकहाँ
लगिन्छ । बेहुलाले आफ्ना ससुरा, जेठान आदि नाता पर्नेलाई पैसा राखेर ढोग्ने चलन छ । यो काम
सके पछि जन्तीलाई भोज खुवाइ बेलुकापख बेहुला बेहुलीलाई ‘मउर’ सेलाउन खोलामा लगिन्छ ।
मउर सेलाउने बेलामा साइतको लागि वन्दूक पड्काउने चलन । अन्त्यमा गाउँघरका स्वास्नी
मानिसहरुबाट दूवो, दही, पानी र धान आदि पूजा साम्रगीले चुमाउँछन् । यस कार्यमा बेहुला
बेहुलीलाई दक्षिणा पनि दिइन्छ । चुमाउनु भनेको पूजा गर्नु हो । यो बेहुली पट्टिबाट गरिने अन्तिम
विधि हो । यसपछि जन्तीलाई भोज खुवाएर राति नै विदा गरिन्छ ।

जन्तीलाई पुर्याउन बेहुलीपट्टिबाट बेहसलाको गाउँसम्म आउने चलन छ । यसरी आउने मानिसलाई
सरियाति भनिन्छ । सरियातिले जन्ती गाउँमा आएर बेहुली भित्र्याएकै दिन राति बेहुलीलाई लिएर
जान्छन् । विवाहको दशौं दिनमा के टाले ससुरालमा कोसेली समेत लिएर ‘दशरथ’ नुहाउन जानुपर्छ ।
विवाहमा लगाएको लुगा यही बेलामा मात्र खोलिन्छ । दशरथ नुहाउन जाँदा ज्वाइँलाई चार पाँच दिन
राखेर दाउरा काट्ने, माछा मार्ने जस्ता काम लगाइन्छ । यसपछि ज्वाइँ एक्लै घर फर्कि न्छ । के टीचांहि
एक वर्षपछि मात्र घरु फर्क न्छे । एक वर्षपछि के टी घर आउने क्रमलाई ‘कन्या छाड्ने’ भनिन्छ ।
कन्या छाड्ने बखतमा के टीका माइतीपट्टिका थुप्रै मानिसहरू पुर्याउन आएका हुन्छन् । यिनीहरूलाई
खसी काटेर भोज खुवाएर विदा गर्नुपर्छ । के ही समयपछि के टी पुनः माइत जान्छे । अन्त्यमा के टीलाई
घर पुर्याउने समयमा स्वास्नी मान्छे लोग्ने मान्छे दुवै थरी आएका हुन्छन् । के टीलाई घर पुर्याएर
उनीहरू रूँ दै फर्कि न्छन् । तिनीहरूलाई पुर्याउन के टा पक्षका स्वास्नी मान्छेहरू पनि रूँ दै के ही बाटो
सम्म आई फर्क न्छन् । यसरी के टीको माइती आउने जाने क्रम विस्तारै कम भई घरजम हुन थाल्दछ

मृत्यु संस्कार : मृत्यु संस्कार दनुवार समुदायमा गरिने जीवनको अन्तिम संस्कार हो । कमलाखोंजका
अन्य समुदायका तुलनामा यिनीहरूको संस्कार कर्म सर्वथा नौलो छ । दाहसंस्कार गर्ने समयमा
चारजनाले चार शुरबाट चित्तामा आगो लगाउने र एकजनाले पैसा चढाउने गर्छन् । लाश जलाउँदा
तीन दिनसम्म लगाएर जलाउने अनौठो चलन छ । पहिलो दिन लाश जल्न मात्र बाँकी भएपछि
त्यतिकै छोडेर जान्छन् । दोस्रो दिन बाँकी अवशेषलाई जलाउने गर्दछन् र तेस्रो दिनचाँहि जलेको
खरानीलाई ढु ङ्गा माटोले छोपेर सेलाउँछन् । अन्तिम दिनको अँगार खरानी सेलाउने कामलाई
‘छोरछप्पी’ भन्दछन् । यही तेस्रो दिन मलामीलाई खुवाउने र क्रियापुत्री बस्ने गरिन्छ । क्रियापुत्री एक
भाइले बसे मात्रै पनि पुग्छ । क्रियापुत्रीले कात्रोको एकधरो घाँटीमा बेरेर बस्नुपर्छ । त्यस्तो लुगालाई
‘उत्री’ भनिन्छ ।

माझी समुदायले जस्तै क्रियापुत्रीले कु ना पसी बस्नु पर्देन । बाहिरफे र हिड्डु ल गर्न सक्छन् । यस्तो
अवस्थामा अर्को समुदायसँग बोल्दैनन् । अन्य जीवजन्तुले नछु ओस् भन्नका लागि डोरीले बेरेको लठ्ठी
बोके र हिंड्छन् । क्रियापुत्रीले माछा, मासु, तेल, कोदोको रोटी, मासको दाल बाहेक अरू चीज बार्नु
अनिवार्य मानिंदैन । दनुवार समुदायमा क्रियापुत्री बदल्ने चलन पाइन्छ । क्रियापुत्री बदल्नु परेमा
अघिल्लो क्रियापुत्रीले घाँटीमा बेरेको उत्री फु कालेर पछिल्लो क्रियापुत्रीले घाँटीमा लगाएपछि पहिलो
क्रियापुत्री स्वतन्त्र हुन्छ । दसौं दिनमा गाउँले सबैले ( नाता पर्ने ) दशाइ नुहाउँछन् । उक्त दिन
विवाहित दनुवार्नीहरूले सिउँदोमा सिन्दूर लगाउने चलन छ । एघारौं दिनमा हजामलाई दक्षिणा
दिनुपर्छ । बार्हौं दिन माछा मारेर गाउँलेहरूलाई खुवाउनु पर्छ । तेर्हौं दिन मृत व्यक्तिलाई पिण्ड दिई
आफ्ना गाउँले इष्टमित्रलाई जाँड र बोकाको मासु खुवाएर मृत व्यक्तिको संस्कार कर्म सधैका लागि
बिसर्जन गरिन्छ । ‘मेचीदेखी महाकाली’ पुस्तकमा दनुवार समुदायले मृत व्यक्तिको नाममा तीन दिन
जुठो र पौषे औंसीमा श्राद्ध गर्दछन् भनी उल्लेख गरिएको भए तापनि कमलाखोंजका दनुवार समुदायमा
यस्तो किसिमको संस्कारगत चलन रहेको पाइन्न ।

You might also like