You are on page 1of 36

कविता २०७६/११२५

यो अाइल्यान्डबाट
.......................
त्यो अटालिका र महारानी भिक्टोरियाको
नङ् छामि रहेको चिनियाँ
बंगारा गन्दै गरेको भारतीय
थुनामा परेर यो आइल्यान्ड भित्र्याइएका
अर्को कु नै देशको नागरिक
वर्तमानका अष्ट्रेलियन नागरिक
लगाँम समाइरहेका अंग्रेज ।
भर्खर वशैंसरेकाहरूको टुप्पी
किच्च पल्टिरहेको अंग्रेज साशकको
शालिक।
यी सवै रमिता बनछन्
पर्यटकको अाँखामा
यो अाइल्यन्ड वरिपरिकाो प्रशान्त र हिन्दमहासागर
जहाज ,आहार खोस्दै गरेको छु च्चो सामुद्रिक चरा
शहरमा गित गाएर पेटपालो गर्दै गरेकोे खसोखासमा
सच्चा अष्ट्रेलियन
चटक देखाइरहेका अंग्रेजहरू
नाटक मन्चन गरिरहेका अंग्रेज
सबका सब
दृष्यहरू बोन्डाइको बिच र पौडिरहेका असंख्य मानिसहरू
अनन्त महासागर र ठु ला ठु ला छालहरू
किनाराका हाँसिरहेका रेस्टुरेन्टहरू
डार्लिङहार्वर र परीहररू
महासागर मथिको पुल
चौडासडकहरू
मुस्कु राईरहेका गुलमोहररू
शोभायमान वट-विरूवाहरू
विशाल र घना जंगलको स्वाद
नाच्दै गरेका कं गारूहरू
खुला मैदान र बुर्कु सिमारिरहे
भेडारगाई बसतुहरू
एकै नासले बनाइएका गाँऊ बस्तीका घरहरू
हल्ला नगरी कु दिरहेका गाडिहरू
यी सब मनमोहक अाकाश
समशीतोष्ण जलवायु र भूगोल
सबै कै द गर्छन् अाँखामा पर्यटक
शुुन्दरताको नमुना यो आइल्यान्ड
धर्ती कै नमुना यो अाइल्यान्ड
कर्ममा जुटका हातेमालोहरू सरकाी संरक्षण
पाएका नागरिकहरू
र उदात्त र स्वतन्त्र मानिसहरू
पाठशालाहरू कलेजहरू
यी सब मिलेका सिस्टमहरू
कानूनको पालना र सफा नगरीहरू
मानौ
यो रामराज्य हो
वा भगवान विष्णुकै क्रिडस्थल।
संझन्छु यो टापुबाट
शुन्दर भएर पनि कु रूप पारिएकि मेरी आमा।वस्।

कविता २०७६/११२५

यो अाइल्यान्डबाट
.......................
त्यो अटालिका र महारानी भिक्टोरियाको
नङ् छामि रहेको चिनियाँ
बंगारा गन्दै गरेको भारतीय
थुनामा परेर यो आइल्यान्ड भित्र्याइएका
अर्को कु नै देशको नागरिक
वर्तमानका अष्ट्रेलियन नागरिक
लगाँम समाइरहेका अंग्रेज ।
भर्खर वशैंसरेकाहरूको टुप्पी
किच्च पल्टिरहेको अंग्रेज साशकको
शालिक।
यी सवै रमिता बनछन्
पर्यटकको अाँखामा
यो अाइल्यन्ड वरिपरिकाो प्रशान्त र हिन्दमहासागर
जहाज ,आहार खोस्दै गरेको छु च्चो सामुद्रिक चरा
शहरमा गित गाएर पेटपालो गर्दै गरेकोे खसोखासमा
सच्चा अष्ट्रेलियन
चटक देखाइ

कविता (२०७७/१/१को विहानी)


........
यो वशन्त
...........
अर्मले र टुकी फू ल त अलि अस्ति फु लेका हुन्
अाज शुभकामनाका गुच्छाहरू बोके र
उदासे फु लेको छ
फु ल्न सके न सुनाखरी
फु ल्न चाहेन बाबरी
बैशाख उसै बुढिने भयो
जोश बोके को वैंशकोहाँगो
उसै मुर्झाउने भयो ।
अाकाशमा कावा हानिरहेको
चंगा पनि उतै चेट हुने भयो।

कति नाच्थिए नानीहरू


पोहर पराहार अागनमा वैशाख झरे पछि
यो वर्ष भाडाँकु टि र चााकाचुली
उसै रोएकाछन् कोरोनाले जेल हालेपछि ।

उदासछन् सडकहरू
दायाँ बायाँ उदासे फु लेपछि
वशन्त मुस्कु राउनै सके न यो वर्ष
सडक पेटीमा कोरोनाले कलेंटी घसेपछि।
खै ?कस्तो बैसाख झर्यो गाँऊ वस्तीमा
सिमलले पाखा रंगाँउनै सके न
अहँ बैशाखले एकठेकी
मोही पनि पियाँउन सके न खेतालालाई
एक अाङ शुभकामना पनि बाँड्न सके न किसानलाई ।
एक अञ्जुली उपहार पनि दिन सके न मजदुरलाई ।

भुत्ते पाखा मुनिको फलेदोको बगैँचा फु ल्नैसके न यो बर्ष


खडेरी अोडाएर अाएको यो वशन्तसँग
मुस्कानको त के कु रा न्याउली विरह बोल्न पनि सकिरहे छैन
सिस्ने वेंसी फ्यात्त पल्टिरेछ उसै
डढेलो पर्खिएर
अर्को अर्को र अर्को डढेलो पर्खिएर
उदासे फु लिरहेछ पुरै वसन्त अोडेर।
उदासे मुस्कु राईरहेछ पुरै वसन्तले पुरिएर ।
कविता
..........
मैच्याँङ अाफ्नो दिनचर्यामा
......
..
मीठो पर्फ्युम फु लेछ कान्लोमा कनखचम्पा
मैचाले हावा सुम्सुम्याई
टाढाको दक्षिणी गोलार्ध तिर रमाइरहेको
घामतिर अाँखा फ्याँकी
र लामो सास लिई।

च्याँङ्वाले मुङलानिनुु अघि


रोपेको थियो सुवास
हेर्छे कान्छी कान्लाको बूढो सालिम्बो
र सुवासिंदै गरेको कनखचम्पा
र अाफ्नो बैँस
बिस्तारै
बिस्तारै
साटिनेहोला त्यो सालिम्बोमा
भयको कमेरो पोतिन्छ
एकाएक अनुहारमा।

त्यही चिमे टाटी भित्र


चियाई रहेको घामको किरणसँगै
सुटुक्क भित्रीएकी थिई ऊ
च्याँङ्वाको अंगालोमा कस्सिएर
मीठो पिरतिकासाथ
ऐले मजेरीमा ऊ छ
तर उसको मन छैन
ऊ छ एक्लै
उसको मयालु छैन।
बेगनबेली फु लेको छ यौवनको
अागनभरी
गौंथलीका भालेपोथी
नाचिरहेका छन् सिकु वामा
निदालमा र आँगनमा
तर ऊ एक्लै
वसन्त डु ल्छ वारि पाखोमा तर ऊ एक्लै
साथि छ त के वल याद छ
साथि छ त फगत
विगत छ
वर्तमान कता कता सुदुर तिर
गुट्मुटिन्छे अतितमा ऊ
लामो बतास भर्छे छात्तिमा
र हँसिया समाएर
यौवनलाई लैजान्छे
अम्लिसोको झाङतिर
निगालोको बुट्यान तिर
ग्वालीमा गाई खोक्छ बाँबाँ बाँबाँ
लगातार लगातार बाँ बाँ बाँ बाँ।
कविता .
...........
अकवरे समय
..............

कस्तो अकवरे समय


खुर्सानी घस्छ मान्छेको शरीरमा
र मान्छेको छट्पटी हेर्छ
काउसो घोप्टयाउनु मान्छेको अाकाशमा
र मान्छेको
चिलाई र कन्याइको छट्पटी हेर्नु।
मान्छेको अाकाश निकै ओजस्वी हुन्छ
योजना हुन्छन्
भविष्यका
पथहरू हुन्छन्
वर्तमानका
सपना हुन्छन् जिजीविषाका
टाँगिएको तारमा पानीका थोपाहरू झुन्डिए झैँ
कल्पनाहरू हुन्छन् सानै हावाको झोंका नसहने
कसरी सहन सक्छ मान्छेका कोमल इच्छाहरूले
खुर्सानीको राग
काउसोको एलर्जी
धर्म गरूहरूको दाद र
खुजुली
एकै साथ एकै पटक ।

मान्छे कति निरिह छ


बोक्न सक्दैन समयको भारी
तै पनि महत्त्वाकांक्षा मेट्रिक टनमा बोक्छ
अहंकारको घन वजार्छ र
गर्छु विज्ञानको गतिलै बोरिङ भन्छ तर
सानो काउसोको सुक्ष्म कणले
थल्याँउछ
अाज भोलि कन्याइरहेछ मान्छे
भर संसार त्यही सुक्ष्म कण
दाद भैंसे दाद कन्याएझैं।

कन्याउने पादरी महोदयहरू


इशुको नाममा गरीब मान्छेहरूको भावना चिलाएर
भर संसार
चर्च उभ्याइरहेछन्
र विस्थापित गरिरहे छन् उसको अर्गानिक परम्परा
अनुवाद गरिरहे छन् उसको हुलिया
बुइचडिरहेछन् ऊ माथि र उसका पुर्खाका चिहानहरू कनाइरहेछन्
असख्ंय बाँकोहरू उमारेर
विस्थापित गरिरहे छन्
कर्क लो
र कनखचम्पा
जो चिहानको नजिक शुवास छरर्थ्योआफ्नो पनको
अाफ्नो मनको।

उमारिरहेछन् अनेकनजातका गुर्बोहरू


र फलाईरहेछन् प्रोटेस्टेन्ट नामका पास्टरहरू
फलाईरहेछन् क्याथोलिक बाहरू
गुर्बो चिलाइहन्छ र उनीहरू कन्याइरहन्छन्
भर संसार।
चिलाउने जातको रूख र सखुवा
क्याथोलिक बाहरू
र पास्टरहरू चर्चको बलियो खम्बा बनाउन चाहन्छन्
कफल्लो लाँकु री अनुदान दिएर।।

ऐले वर्तमान अकबरे बनेर दौडिरहेको छ


मल्ल युद्धमा लडिरहेका अशुर झैं
ताडीको रूख सिंगै निलेर
मदहोशीमा छिचोलिरहेछ
विशुवत र दुवै ध्रुव
अनि निला समयाकाशहरू
ताण्डव नाचिरहेछ
दसै दिशा डोनल्डको ध्वनि बनेर
अनि काउसाहरू
झुसिलेहरू मान्छेको भेजाको अन्तरमा चिलाइहेछ
र फटाफट मान्छेहरू चिलाइहेछन्
कोरोना नामको कु नै दाद भैंसेदाद
बन्दी बनेर घर घरमा
हल्ला गरिरहेछन् मिडियाहरू
बस् यो कु नै ठु लै विश्व युद्धको समाचार हो
अकवरे समय पसेको छ वस्ती बस्तीमा
गाँऊ, शहर , भन्ज्याँङ, चौतारी
सडक, चौरस्ता, पाठशाला,
पप, बार र होटलहरूमा
खसोखासमा सिङ्गै विश्वमा
अस्तित्व मानसको खेल हेरिरहेछ
एकतमास एकतमास।।
कविता (२०७७/१/१को विहानी)
........
यो वशन्त
...........
अर्मले र टुकी फू ल त अलि अस्ति फु लेका हुन्
अाज शुभकामनाका गुच्छाहरू बोके र
उदासे फु लेको छ
फु ल्न सके न सुनाखरी
फु ल्न चाहेन बाबरी
बैशाख उसै बुढिने भयो
जोश बोके को वैंशकोहाँगो
उसै मुर्झाउने भयो ।
अाकाशमा कावा हानिरहेको
चंगा पनि उतै चेट हुने भयो।
कति नाच्थिए नानीहरू
पोहर पराहार अागनमा वैशाख झरे पछि
यो वर्ष भाडाँकु टि र चााकाचुली
उसै रोएकाछन् कोरोनाले जेल हालेपछि ।

उदासछन् सडकहरू
दायाँ बायाँ उदासे फु लेपछि
वशन्त मुस्कु राउनै सके न यो वर्ष
सडक पेटीमा कोरोनाले कलेंटी घसेपछि।
खै ?कस्तो बैसाख झर्यो गाँऊ वस्तीमा
सिमलले पाखा रंगाँउनै सके न
अहँ बैशाखले एकठेकी
मोही पनि पियाँउन सके न खेतालालाई
एक अाङ शुभकामना पनि बाँड्न सके न किसानलाई ।
एक अञ्जुली उपहार पनि दिन सके न मजदुरलाई ।

भुत्ते पाखा मुनिको फलेदोको बगैँचा फु ल्नैसके न यो बर्ष


खडेरी अोडाएर अाएको यो वशन्तसँग
मुस्कानको त के कु रा न्याउली विरह बोल्न पनि सकिरहे छैन
सिस्ने वेंसी फ्यात्त पल्टिरेछ उसै
डढेलो पर्खिएर
अर्को अर्को र अर्को डढेलो पर्खिएर
उदासे फु लिरहेछ पुरै वसन्त अोडेर।
उदासे मुस्कु राईरहेछ पुरै वसन्तले पुरिएर
कविता
..........
मैच्याँङ अाफ्नो दिनचर्यामा
......
..
मीठो पर्फ्युम फु लेछ कान्लोमा कनखचम्पा
मैचाले हावा सुम्सुम्याई
टाढाको दक्षिणी गोलार्ध तिर रमाइरहेको
घामतिर अाँखा फ्याँकी
र लामो सास लिई।

च्याँङ्वाले मुङलानिनुु अघि


रोपेको थियो सुवास
हेर्छे कान्छी कान्लाको बूढो सालिम्बो
र सुवासिंदै गरेको कनखचम्पा
र अाफ्नो बैँस
बिस्तारै
बिस्तारै
साटिनेहोला त्यो सालिम्बोमा
भयको कमेरो पोतिन्छ
एकाएक अनुहारमा।

त्यही चिमे टाटी भित्र


चियाई रहेको घामको किरणसँगै
सुटुक्क भित्रीएकी थिई ऊ
च्याँङ्वाको अंगालोमा कस्सिएर
मीठो पिरतिकासाथ
ऐले मजेरीमा ऊ छ
तर उसको मन छैन
ऊ छ एक्लै
उसको मयालु छैन।
बेगनबेली फु लेको छ यौवनको
अागनभरी
गौंथलीका भालेपोथी
नाचिरहेका छन् सिकु वामा
निदालमा र आँगनमा
तर ऊ एक्लै
वसन्त डु ल्छ वारि पाखोमा तर ऊ एक्लै
साथि छ त के वल याद छ
साथि छ त फगत
विगत छ
वर्तमान कता कता सुदुर तिर
गुट्मुटिन्छे अतितमा ऊ
लामो बतास भर्छे छात्तिमा
र हँसिया समाएर
यौवनलाई लैजान्छे
अम्लिसोको झाङतिर
निगालोको बुट्यान तिर
ग्वालीमा गाई खोक्छ बाँबाँ बाँबाँ
लगातार लगातार बाँ बाँ बाँ बाँ।
कविता

सुदुर मुङ्लानबाट
................

सोच्छु यो सुदुरबाट
एउटा सुन्दर घर थियो
माटो , ढुंगा र पानीले उभ्याएको
सालिम्बोको टोपीले सजिएको
अाँगनमा विस्कु नले शोभा बढाएको
भंगेराहरू गित गाँउदै बिस्कु नमा नाचिरहेको
परेवाहरू प्रेममा मस्त भएर जीवन काटिरहेको।

लालुपाते अागनकै डिलमा घरजम गरेर वेहुली झैँ मुस्कु रएको


चुवाले मीठो पर्फ्युम छिटीरहेको।।

घर मथिको डाँडोले
अाइफिललाई अोझेल पारिरहेको ।

सोच्दै छु
घर म सुदुरबाट।

अलिपर वगिरहेको खोल्सो


डिलका परेट खेलिरहेका भालुबाँसका
पङ्तिबद्ध झ्याङ्हरू
कावा खाँदै गरेका भालुबाँसका पट्याँसहरू
र उड्दै गरेका सिमल भुवाहरू।

विदेश तिर हानिने मनले


किन खिपेन शुन्दर चिमहरू
भालुबँसको
र सजाएन सपनाहरू
चिमको भित्ता भित्र।
अाखिर महँगा रिसोर्टहरू?
सोच्दै छु
वर्तमानमा
सालिम्बो पाखाहरूमा उदाउने घामको शुन्दरता
टलपलाउने जूनको मोहकता
र पढी नै रहेछु मान्छेको हुँकारले
सानदार भनेर फु लाइएका
कृ त्रिम वेगनवेलीहरू
नक्कली गुलाफहरू
र नक्कली प्रेमका गुच्छाहरू
टाढा सुदुर मुङ्लानबाट।
सुदुर मुङ्लानबाट।।

कविता
…………
नामसालिङ
........
माथि तुम्लिङले उमारेको
जरूवा मुहान
शोर्गकी परी जस्ती
नाच्दै र तुम्बुरूको तवला ठोग्दै
नागवेली तन्किएकी
पश्चिम शरहदकी माई
सन्दकपुरको काखमा
सजिएर
अाग्नेय तिर अागो ओक्ल्दै दौडिएकी
जोगमाईको बीचमा उभिएको
लाप्चा राज्य नामसालिङ।
कु नै काल इलामको हिरा नामसालिङ।
कु नै महाकाल इलामको मोती नामसालिङ।
……………………………
खसोखासमा एकै परिचय
डाँडाको पुरानो हाई स्कु ल।
शुक्रबारेको टुप्पाको पुरानो
भग्नावशेष संस्कृ त पाठशाला
बीच बीचका के ही ढुंगेधारा
यही भौतिक परिचयमा मर्दै बाँच्दै नामसालिङ।…
………………
अन्तरमा त कति? कति?
विगत छन्
गिठ्ठा भ्याकु र झैं पल्टिएका
ज्वेलरी पसलको हिरा मोती झैं
सजिएका
मानौ विशाल सोके स हो
होनहार प्रतिभाहरू सजाउने नामसालिङ।
मानौ विशाल छात्ती हो
हजारौं मेट्रिकटन बोझ खप्न सक्ने नामसालिङ।
………………………

ताँबाको ठू लो खंड्कु लोमा


चोया र बाताहरू भिजाएर
रात भरी पौषको ठिहीमा कक्रिएर
पनि धेरै घरहरू छाप्ने नामसािलङ
ऐले एक्लै छ
न म त्यहाँ पुग्छु उसका दुख:हरू सेयर गर्न
न तपाई नै पुग्नुहु नछ त्यहाँ महाशय
उसकै ढाड टेके र तपाईं मन्त्री बन्नुभयो
रम
कवि!
तपाई जोग्राफर
वहाँ त अार्कि टेक्चर
वहाँ राज्यकै सचिव
कोही के ?
कोही के ?
ठु लैपद ठु लै ओहदा
दिनु दिने नामसालिङ
ऐले एक्लै
भविष्यका चिल्ला विरूवाहरू
रोपि नै रहेछ
उमारिनै रहेछ
खडेरी अोडेर पनि
धूप बान्ता गरेर पनि
एकनास एकनास नामसालिङ
ओ हाम्रो स्नेही नामसालिङ
हाम्रो र हाम्रा सन्ततिहरूको
भविष्य नामसालिङ।नामसालिङ।नामसालिङ।

कविता

यो घर नजिकै पुर्वमा एक चर्च


क्याथोलिक
पश्चिम उत्ति नै दुरीमा अर्को चर्च
प्रोटेस्टटेन्ट
दुवै चर्च नजिक नानीहरूको पाठशाला,
बिद्यालय र महाविद्यालय
ए एउटा नजिकै म्याक
एक पप।
एक पार्क र एक खेल मैदान।
यो कोराजोङ् इ .एस .टि न्यू साउथ वेल्स अष्ट्रेलियाको।

नानीहरू चक्ले ट र चिप्लेटिहरूमा भुलिन्छन्


किशोरहरू र युवाहरू क्रिके ट र फु टबल
वा अरु कु नै खेल
बुुडाखाडा पपमा
मीठो चेसकोखेल
कु टनैतिक।
राजनितीको इनामेलले टल्किएको
भर संसार टल्काउने प्रयासमा दौडिरहेको
एक अर्को छु पेरुस्तम खेल।
..........
फु र्सद शव्द सायद
यहाँको शव्दकोसमा छैन
कथंकदाचित भैहाले नजिकै पप छ
बार छ
अलिपर होटल र रेस्टुरेन्ट छँदैछन्
कोही कसैको पुलिस रिपोर्ट लिनुछैन
कसैलाई सिदै अ.त.बनाउनु छैन।
नागवेली सडक छिचोलेर
बनाइने अातंककारी परिभाषा
बाङ्गो टिङ्गो
टेक्दैन कसैले
भेट्दैन हत्पत्
कसैले।
चर्च छ
पादरीको चर्चा छ
इशु छोपिएको
फादर धुसा ओडिरहेको
बरमकोट भित्रबाट छु रा चलाइरहेको
अरूहरूको लाई
सिध्याइरहेको
चर्चको विस्तारमा लामै सुरूङ
खोपिरहेको।

बाणासुरका सन्तानहरू
सायद चलाक छन् संसार भर
असुरहरू
बलिया छन्
महाभारत काल तिर पनि
ऐले बढी नै ।

अरूजाती त कतै निगुरो


कतै बाँस बनाएर रोपिरहेछन्
खेती गरिरहे छन्
बाँस, निगालो ,मालिंगो र निबाको
निगुरो , कु थुर्के र उन्यूको
थाङ्नामा सुताइरहेछन् गुन्यूको
हामी मक्ख पर्न बाध्यछौं
हामी दङ्ग पर्न बाध्यछौं
कमजोरी अा-अाफ्नै राज्यको ।
तै पनि हामी गाना गाइनै रहेछौं
थोत्रो इतिहासको
सदैब रटिनै रहेछौं
पौरख वीर पुर्खाको।

वर्तमान हाम्रा अघि अादब्लङ् बनेर


ठिङ्ग उभिएको छ
छिचोल्नै नसक्ने
कथंकदाचित छिचोलिहाले
अोर्लनै नसक्ने ।
चेसको खेल बुझ्नै नसकिने
कतै सिपाही मर्छ
कतै उँट
हात्ती लम्किरहन्छ
घोडादर्सक दौडिरहन्छ
राजा लुकि नै रहन्छ
मन्त्री खेल खेलि नै रहन्छ
मर्छ त फगत पुलिस
जे नाम दिनुहोस प्याधा वा सिपाही
ऊ पड्किरहन्छ
ऊ मरिनैरहन्छ।
अात्मघाति भएर होस्
वा भिड्दा भिड्दै
सिपाही मरि नै रहन्छ
पड्कि नै रहन्छ
पड्काइ नै रहन्छ
पपमा बूढो रक्सि पिइनै रहन्छ
पिइ नै रहन्छ
युवा क्रिके ट खेलि नै रहन्छ
खेलि नै रहन्छ।
दर्शक हेरी नै रहन्छ
अहोरात्र रमित हेरी नै रहन्छ
हेरी नै रहन्छ ।।

(अ.त.=अराष्ट्रीय तत्व पंञ्चायतकालमा मानिस सिध्याउन परयोग गरिने शब्द)


घलेबा र घलेबाहरू
...........................
मालबाँसको सुकिलो
चोया र बाता भन्दा पनि सुकिलो
लाग्छ मलाई बाघवीरे घलेबाको सीप र सिर्जना
किनकि उनी त्यही चोयबाताले
सजाइदिन्थे नानीहरूका शुन्दर सपनाहरू ।

बाँस मानिसको छाता हुन्थ्यो


उनका हातमा
बाँस मानिसको बास बन्थ्यो उनका सीपमा
सिंगै वर्षा अोताँउथ्यो गाऊँ मा ।

विस्कु न सुक्थ्यो भविष्यको अाँगनमा


पुस्तक किन्थ्यो नानीहरूको
वत्ति वाल्थ्यो नानीहरूको अाँखामा
उनको सीप सुटुक्क छिर्थ्यो
कैँ या साहुको पसलमा
र निस्कन्थ्य‍ो
नानीहरूको सिंगै चाड भरेर झोलामा।

उनी हाम्रा हेडसरले मन पराएका कलाकार


उनी हाम्रा अाँखामा कै द भएका कलाकार
कती चिटिक्कको थुन्से भरेर अाँउथिन् माल्दिदी
बेंसीबाट
घलेबाको सीप बोके र।

कु नै आर्कि टेक्टको रोटरिङ् पेनले


खिपेको देखिएन
घलेबाको जस्तो अब्बल कला
जसले स साना नानीहरूको भविष्य
उठाएको होस
जसले सिंगो गाँऊलाई अोताएको होस
अाफू लाई भर्याँङ बनाएर
धेरै अरूहरूलाई माथि माथि पुर्याएको होस
अाफ्ना तमाम इच्छालाई
चोया र बातामा भिजाएको होस
कर्दले पुक्लुक्क उठाएका ठेलाहरूमा
सिंगो जीवन उभ्याएको होस्।

अब्बल कलाकार घलेबा र घलेबाहरू


हाम्रा देशका
कहिल्यै सम्मान र पुरस्कारको भोकमा
कला सजाएनन्
कहिल्यै कु नै विज्ञापन पढेर
निवेदन हालेनन् मानका खातिर
अब्बल दर्जाका पुजनीय कलाकार घलेबाहरू
उनीहरूको उपस्थिति खोज्दै उभिएर जधौ गरिरहन्छन्
सदैव गाँऊघरतिर परेड खेलिरहेका
पंङ्तिबद्ध बाँसहरू
कहिल्यै नविर्षने
नहराउने घलेबाहरू।

वर्तमान मान्छे
..............
अाकाश खस्यो भने
हिमाल झर्‍यो भने
समुद्र पहाड उक्ल्योभने
हावा रोकियो भने
भने/ भने
जस्ता अाशंकाहरू
स्याँउस्याँउति खोर्याँत झैं
उव्जिएका छन् मान्छे मान्छेमा
वर्तमान यौवन नचड्दै बुडिएको
बूढो भालुबाँस भएर फु लेको छ
जतातता
मान्छेको वैंसको कान्लोमा
मान्छेको जिजीविषाको बगैंचामा।

वर्तमान कसैले छुँदै नछोई


अाँखा चिम्लने लज्जावती
झार झैं किच्च पल्टिएको छ
झुसिलकिराका लार्भाहरू
घुमिरहेका छन् विश्व भरी
मानिस सुम्सुम्यइरहेछ लगातार छाला
छामिरहेछ लगातार उदासेका गाला।

मान्छेको अहंकार कु हिएको फर्सी झैं


फतक्क गलेको छ
जताततै मान्छे साटिएको छ लोलाउँदै गरेको कर्क लो झैं
पिसोल्टिएको छ भुङ्ग्राको मकै झैँ ।

तल खोल्सोबाट एक ढाकर बल्ढेंग्रा हेरिरहेछन् रमिता


मान्छेको भयलाई
मान्छेको अवषादलाई
विषादलाई
चिवे गित गाँउदै हुँइकिरहेछ
मान्छेको टाउको छुँलाझैं गरेर
चील एकतमास कावा खाइरहे छ
मान्छेको विवशताको सिकार गर्दै
हुचिल बासिरहे छ
नमिठो हुँ हुँ।
ककु र बोलिरहछ उसरिनै
अपशकु न हुँ हुँ।

कानमा नाद कराइरहेछ


एकोहोरो टुँउँ टुउँ।

अछु त बनको मान्छे


छु न सक्दैन प्रेम
बाँड्न सक्दैन पीडा
खै कु नै ढुंगाको देवताले बाँडेन राहत
कु नै सुन, चाँदी र ढलौटको देवताले दिनसके न
मानिसलाई खुशी
कु नै चर्च ,गिर्जाघर र गुरूद्वाराहरूले थुत्न सके नन् पीडा।
मान्छे यो क्षण भर संसार
भत्किएको छ
मक्किएको छ
भाँचिएको छ
र साँच्चिकै धुलिएको छ।।

टुक्राटुक्रा समय
...................
समय कति टुक्रा -टुक्राटुक्रा
बगे कहिले कता कहिले कता
कोही माईको तिर र महमाईको घाट हुँदै
नानीहरूको रहरसित पाठशालामा
समय शीतभएर तप्के मैनाचुली
सुसलिङ चुली र डढु वा चुलीका
थाकलका पातपात भएर
समय तोरीका दाना वनेर पनि गुड्के
भत्भते र चेप्टीका मजेरीहरू भएर
कहिले देउसिरे बोके र मादल हरूमा
टुक्रा टुक्रा समयहरू सुरेलि
चिप्लिए बाँसका पट्याँसहरूमा।

समय एकै फब्लेंटोमा बग्नु पर्ने तर बगिदिँदैन


भगाँलाहरू अलग अलग।

के राको पात भएर समय एता उता


विना गन्तब्य हल्लिरहनु
कर्क लाको पातको पानीको थोपा
पर्नासाथ लडिदिनु
बिना लक्ष्य।
बादलले छेके को शुन्दरता समय
इन्द्रेनी सुताइ रहेको घाम
बिना अर्थ रमाइरहनु
नागवेेली झैं जतातता दौडिरहनु
तोरीको दाना झैं जतातता गुड्किरहनु।

भालुलाई खन्युँ समय


जतातता कोट्याइरहँनु
खन्युँ पाए पनि रमाउनु
नपाए पनि उधिन्नु र रमाउनु
उधिनिनै रहनु ,रमाइनैरहनु।
टुक्रा टुक्रा समय
माटोको भाँडो
फु टे पछि फु ट्यो फु ट्यो
नजोडिने किमार्थ ।
नसिलाइने किमार्थ ।

हेडसरको अर्ति थियो


एउटै बाटोमा हिंडिरहनु
विस्तार विस्तार सडक बन्छ
नथाकि हिंडिरहनु गोेरेंटो सडक हुन्छ।
हुन्छ, हुन्छ
नथाकि हिंडिरहनु त्यही बाटो सडक हुन्छ।

अविरल वगिरहनु खोला जता बग्छ त्यता


विपरीत नमोडिनु हेडसरको अर्ति थियो
गन्तव्यमा पुग्ने
विभाजन गरेर टुक्राटुक्रा समय
पटक्क बगेन अाँखाका किनार तिर
किमार्थ छापिएन गिदी तिर
बाटाहरू बाँडिए
कहिले सिक्किम तिर
कहिले अासाम तिर।
टुक्रा टुक्रा र टुक्रा
समय र समयहरू।
ऐले यो क्षण

ऐले।यो क्षण
टाढाबाट नियालिरहेंछु
सगरमाथा को उचाइ
तप्किएका पसिना र झोपडिबाट बगेका अाँशुका थोपाहरू
सायद हाम्रा माल्दाईहरू
मैच्याँङ्हरू कै हुनुपर्छ
यो प्रशान्त महासगरको पानी नुनिलो बनेको छ।

भोकको गार्‍हो उउ्दै उठ्दै चुलिए पछि


सगरमाथा पनि रूँ दोरहेछ
अाँखाको किनाराबाट भंगाला भंगाला बगेर
मुटु नजिकका सबै अवयवहरू भिजेपछि
थोपा थोपा रगत पनि अाक्रोसको
डढेलो बन्दोरहेछ
सायद जल्नेछन् सबै थाङ्नाहरू
जस जस्ले सुताएका थिए
माल्दाइहरूलाई
मैच्याँङहरूलाई
कहिल्यै विपना नउठ्ने लोहरी सुनाएर थाङ्नामा
टाढाबाट नियालिरहेंछु सगरमाथाको उचाई
र मैच्याँङ्हरूका अाँखाका डिलका पसिनाहरू
माल्दाईहरूका निदारमा टल्किएका सपनाका थोपाहरू।
र चाख्दैछु म प्रशान्त महाँसागरको पानी
धेरै नै चर्को छ
मिसिएर मैच्याँगहरूको अाँशु र रगत पसिना।

ऐले यो क्षण
टाढाबाट नियालिरहेछु सगरमाथाको उचाइ
तप्किरहेको असंख्य मैच्याङ्हरूको अाँशु
उठेर चुल्लिसके का माल्दाइहरूको हत्के लाका ठेलाहरू
एकै पेट पुर्न नसक्ने दिनभरिको श्रम
र गुलिया मिथकहरू।

कविता
..........
हरायो
...........
हरायो त्यो पिपलको पात
अाँखा नजिकबाट
हरायो एकाएक घाम।
हरायो तारा हरायो
अब हराउनेछ बिस्तारै अाकाश पनि
अनि हरउनेछन् बिस्तारै बिस्तारै सपनाहरू पनि।

हराउने क्रममा बिस्तारै बिस्तारै


अाँखाहरू पनि हराउने छन्
भविष्यका रंगिन इन्द्रेणीहरू पनि हराउनेछन्
र विस्तार विस्तार टोपी हराउने क्रममा छ
र विस्तरै बिस्तारै
टोपी जोड्ने धागो पनि हराउने क्रममा छ।
टोपी तुन्ने सियो पनि हराउने क्रममा छ
जे जे र जसो जसो हराए पनि
सिंगो घर बोके को फलाँठको खाँबो नहराए हुनेथियो
तर यसमा पनि माऊ लागिसके को छ
माऊले कु टु कु टु खाँदै गइरहेछ ।

धमिलो तुवाँलो उठेर छेकिरहेछ हाम्रो पाठशाला


जहाँ नानाीहरूलाई
कपुरि "क"कान्दानि "का" पढाइन्थ्यो
ऐले कु न्नि के के पढाउन थालिएको सुन्छु
मात्रिभावलाई अब म कु न कालो पाटिमा छु न्छु
अामाको प्रेम र ममतालाई म कु न पाठशालामा भेट्छु
नानीहरू भनिरहेछन्।
नानीहरू रोइरहेछन्।

खेतको अाली चिरेर थुप्रै थुप्रै समाहाहरू बगे


परेलीहरू जो अाफ्ना थिए बगे र हराए
मेला पातका पिपिरीपातको बाजा ,सुसेलो हरायो
मर्चुङ्गा र बिनायो हरायो
सारंगी हराउने क्रममा छ
हरँउदा हराँउदै खेतका अाली कान्ला हराउने क्रममा छन्
हराँउदा हरँउदै कान्छीहरूको हुलिया हराउने क्रममा छ।

मेला बजारको धाननाच हरायो


पालुङ् हरायो
अब फे दाङ्वाको मुन्दुम हराउने क्रममा छ
विजुवाको उँधौली उँभौली हराउने चेष्टामा छ
गोठधुपहरू त उहिले कहिले हराए
अब विस्तार विस्तार दियाली पनि हराउन सक्छ
बिस्के ट र गठे मगंल माथि पनि कर्के नजर लागिसके को छ
गुठी पनि भत्काइने जमर्कोबाट बाँचेको पो होकी?
के बेर कति कति मुर्ति हराए
न्यातपोल सिंगै हराउन सक्छ
चाँगु नारायण सिंगै पुरिन पनि सक्छ
के बेर गोसाइँकु ण्ड र अरू थुप्रै थुप्रै पोखरीहरू पुरिन सक्छ
बिना लगामको घोडा दौडिरहेको छ
बिना ब्रेकको टिपर हुँइकिएको छ।

हरायो त्यो पिपलको पात अाँखा नजिकबाट हरायो


घाम हरायो
जुन हरायो
सिंगो निलो अाकश हराउला कि?
टोपी हराउला कि?

कविता
फाले खुस्किएपछि
................

अस्ति मात्र बँधेरो गाई दाम्लाबाट फु के छ


बुर्कु सी मारेर चारैतिर दौड्यो
उसले बारीका कान्ला देखेन
रूख बिरुवा देखेन
उस्का चश्माले के ही के ही देखेन
कसो कसो खाँदमा फसेन
कसो कसो भीरबाट लडेन।

तातोपानी नाकाबाट कन्टेनर हुँइकिएर


सिन्धुपाल्चोक छिचोलिरहेको थियो
बिना ब्रेको त्यो मालगाडी
चालकले रोक्नै सके न
कसो कसो बार्हविसे वर
भोटेकोसीमा खसेन
सानो रूखले अल्झाएछ
सानै हाँगाले धन्नै थामेछ।

अलि अस्ति नेताजिको टाँगन घोडा


फाले कसिएको धेरैदिन पछि
फालेबाट अम्किएछ
बुर्कु सि मारेर अन्धा धुन्द दौडँदा
नेताजिको पुत्रनै टेकी मारेछ
ऐले काज किरियामा नेताजि लागेछन्
कठै!नेताजि एक्लो पुत्र शोकमा घोत्लिएछन्।।

घटना एक पछि अर्को घटिरहेछ


बर्षौं देखि बँधेरिएका गाई बस्तुहरू
कु टि कु टि कु दाइएका घोडाहरू
घोचिघोचि खेदिएका अरिंगालहरू
ऐले यो क्षण भकाभक फु स्किने क्रममा छन्
कतिलाई हाँनी हाँनी मार्नेहो
कतिलाई टेकी टेकी मार्ने हो
भन्न सकिन्न कतिको चिलेरै प्राणपखेरू
उठाउने हो
भन्न सकिन अतिको खति
अांकलन गर्न सकिन्न यति उति
बँधेरिएकाहरू
अब फु क्ने क्रममा छन्
फाले भकाभक् चुँडाउने क्रममा छन्
दनादन् ब्रेक फे ल मालगाडीहरू
हुँइकिन थालेकाछन्
भिरपाखाका अरिंगाल खागो र बछ्युँहरू
घार फु टाएर निस्कने क्रममाछन्।
भन्नै सकिन्न कतिलाई किची मार्ने हो
अांकलन गर्नै सकिन्न कति कतिलाई चिली चिली
मार्ने हो
अहं ऐले भन्नै सकिन्न कतिको चोला उठ्ने हो
वरै!छानी छानी सिध्याउने भो
कठै!छानी छानी प्राण पखेरू उडाउने भो।।
कविता
सुदुर गाँऊ वस्तीहरूमा
...............
ठू ले खिपिरहेछ
अाँगनमा बसेर पुरानो बिनायो
भालुबाँसको गिटार
र मालिंङ्गोको बाँसुरी।
ठू ली शुसेली रहिछ
उस्तै पुरानो भाकामा पिपिरीको पात।

गाँऊमा अझ त मारूनी शहीद भैहालेको छैन


समालालाई पादरीले गोलि ठोकिहाल्न सके को छैन
किनकि हामी शहर पसेकाहरू जस्तो
ठू ले र ठू लीहरू
पानीमरुवा बनेर साटिहालेका छैनन्
हामी जस्तो अाफै लाई भुलिहाल्ने डिमेन्सिया पनि छैनन्
हामी जस्तो अाफै ले अाफै लाई भुलिजाने अल्जाइमर पनि होइनन्
उनीहरूलाई भारोपर्म गर्नुछ
परेली खेल्नुछ
धान कोदो मकै अन्न फलाएर
हामी जस्ता मोबाइल खिपिरहनेहरूलाई
बिना श्वार्थ पाल्नु पनि छ
बिना मूल्य अाफ्नो पनको रक्षा पनि
गर्नुछ।

ठू लेले टोपी पनि फु कालेको छैन


हाम्रो जस्तो चारपाटा मुड्ने जमर्को गरेको पनि छैन
ठू लीहरूले अनुहारमा कु नै व्युटि पार्लर पसेर चुना पोत्नु परेको पनि छैन
भोकपुर्न भान्सामा पाके को अर्गानिक बाहेक
कु नै रेस्टुरेन्ट छिर्नु परेको पनि छैन
कु नै जङ्क फु डको
टेको समाउनु परेको पनि छैन
कु नै बारमा छिरेर
बेला न कु बेला मात्तिनु परेको पनि छैन
कु नै व्यर्थको सेलिब्रेटी बन्न हातपाखुरा
र रगत पसिना बेच्न परेको पनि छैन
खसोखासमा शरीर बन्धकि राख्न परेको पनि छैन
पौषमा सेकिन कु नै नक्कली राप दन्काउनु पनि छैन
जेठको धुप काट्न कु नै
अर्को नक्कली हावा सल्काउन जुट्नु परेको पनि छैन
र नै ठु ले र ठु लीहरू भोर्लाको पात सजाएर झरी अोत्छन्
सालको पात तुनेर भोज जम्छन्
पिपिरी सुसेलेर तिहार खेल्छन्
टोपी को सोके समा दशैंको जमरा सयार्छन्
मखमली फु लाएर कहिल्यै नसुक्ने नाता कस्छन्
अाज जोड्यो भोलि चुडिने
मकाएको डोरीले कसेको हामी शहर पसेकाहरूको
जस्तो प्रेम होइन ठू ले र ठू लीहरूको
बलियो मायाँको डोरीले कसिएको
धाननाचले सिंगारेको
अनि मुन्धुमले जोडेको
फे दाङ्वाको हातले सुम्सुम्याएको
मायाँ
न कि फादरको अाडम्बरी छायाँ
पास्टरको र पादरीहरुको छायाँ।
ठू लेर ठू लीहरू मर्चुङ्गा खिपिरहन्छन्
र मीठो भाकामा सुसेलो हालिरहन्छन्
सुदुर गाँऊहरूमा
सुदुर वस्तीहरूमा।

कविता६
नहॉनन्नु कुं हिनाले पहाड़ लाई

बिहनीको घॉम डु ब्नुको कल्पनामा


कोपिला नफक्रनुको कल्पनामा
सपना पाल्नेहरू पनिछन्
सपनालाई सजाउँने बैठकहरू पनिछन्

सगरमाथालाई होच्याउँने ध्रिष्टता पालेर मुर्मुरीनु


कसैको मनैछुंने तॉनपूराको तारै छिनाउनु
ऑफैं लेपालेको निस्कपट पशुलाई रिंगॉउनु
जनावरले गर्दैन आधुनिक मान्छेको भाषा बनेकोछ
बौद्धिक मान्छेकै भाषा बनेकोछ

कु हिनाले अजंगको पहाडलाई बुल्डोजर जोतेकोठॉन्नु र परिणामत कु हिनु छॉम्नु


बेफ्वॉक डक्टरको गिदी भुट्नु
घरकालाई उसै सुर्तामा पार्न खोज्नु
आधुनिक शैली

कति दुख्छ पहाड़ त्योत तपॉईकै बगैंचा हो


कति दुख्छ माटो त्योत तपॉईकै टोपी हो
शिर झुक्नु र टोपी खस्नु
कु हिनु दुख्नु र पहाड़ उभिनैरहंनु
तपॉईकै स्वाभिमान अग्लिनु होइन र?
तपॉईकै अस्तित्व घनाहुनु होइन र?

नहॉन्नुहोस कु हीनो पहाडमा


क्यामेलिया र जैतुन दुख्नेछन्
शिरीष फु ल्न बिर्षियोभंने पारीजात दुख्नेछिन्
फे री फे री सुकन्यॉ पात्र बन्न मान्नेछैनन्
त्यसोभएमा साहित्य पनि रुनेछ
ऐनाका अघिउभँदा तपॉईको ऑफ्नै हूलियापनि बिग्रनेछ
नहॉन्नुहोस पहाडलाई कु हिनाले
आफ्नै कु हिनो दुख्नेछ।

थामडाँडो
...............

कोरोनाले विश्व हल्लउँदा पनि


पटक्कै हल्लिएन त्यो थाम डाँडो
मुस्कु राइरहेछ उसको छात्तिमा थाकलको बोट
चराहरू निर्भिकताकासाथ खाइरहेछन् थाकल फल
नाचिरहेछन् उसको आङमा
गाइरहेछन् लैबरी
भाका फे रि फे रि।

झर्ना बगिरहेको छ
उसको छात्तीबाट
छङ् छङ् छङ् छङ् ।
तिर्खा मेटिरहेका छन् गाई बस्तु
सुसाइरहेकाछन् हुकाहुल जनावरहरू।

कल्कलाँउदा फू लहरू फु लेकाछन्


उसको शरीर माथि
निमग्न उभिएको छ त्यो थाम डाँडो
बगिरहेकी छ चेपे खोला उसकै काखबाट
मेटाइरहेकी छ
वैशाखको तिर्खा गाँऊ वस्तीको
धोइरहेकी छ मैला गाँऊ वस्ती र शहर समेतको ।

कति भागवत सुन्यो थाम डाँडोले मान्छेको सभ्यताको


कति महाभारत झेल्यो अाफ्नै छात्ती माथि
उसकै अाङमा अशोक बृक्ष उभिरहेकै छ साक्षी
गाण्डिव भिरेको उसको हाँगा सुक्नलाई
सभ्यताका थुप्रै कोरोनाहरू चेतनाको पुञ्ज भनिएको मान्छेले बेहोर्न पर्नेछ
थाम डाँडो सभ्यताका नामको मानिसको कर्तुतको
साक्षी बनेर उभिनै रहनेछ छ
मान्छेले डढेलो खन्याएर मेट्न खोजे पनि
ऊ अनवरत पुष्पहरू फु लाईनै रहनेछ उसकै बाटिकामा
असंख्य थाकलहरू फलाएर चराहरू पालि नै रहनेछ
खोज्ने छैन उसले कु नै मुल्य
मान्छेसँग निश्वार्थ मान्छेको तिर्खा मेटिनै रहनेछ
सदैव ऊ अाँखाअाँखामा युगको
मोहक दृश्य बनिनै रहनेछ
जस्तोसुकै कोरोना खनिएपनि
थाम डाँडो अनवरत अस्तित्व
मुस्कु राइहनेछ
अनवरत अलिकति पनि
नझुकी ठिङ्ङ उभि नै रहनेछ
उभि नै रहनेछ ।
कविता १६८
माईलीभाउजुहरू गाँउतिर
....................
माल्दाईको घरको माल्बाँसे
चिम छिचोलेर बीच मझेरीको
अगेनाको धुवाँ खेल्न थाल्छ
सूर्यको प्रकाश
माईली भाउजूको अाँखाहुँदै
किनारमा तप्कन्छ अाँशु अाँखाको डिल भएर
भिजाँउछ
नित्य छाती दिनहुँ माईली भाउजूहरूको।
गर्दैनन् याद माल्दाईहरू
बर्को फाट्न थाल्छ माईली भाउजूहरूको
अाँशुले।
छातीले बजाउन थाल्छ मर्चुुङ्गा
तर पनि माल्दाईहरू मुर्च्छामै हुन्छन्
बाँजो बारीको राँटोमा अड्किएर।
यी कथाहरू सायद धेरै कथाकारका कलमले
बान्ता गरिसके
तर पनि कसैले सोरेको छैन बान्ता ।

निमोनिया पस्छ सुटुक्क चिमको च्याप छिचोल्दै


ब्रोङ्काइटिस खस्छ मझेरीमा
सिरूको खास्टो उधार्दै
सूर्यको प्रकाश खेलिरहन्छ धुवाँ
भिजाइनै रहन्छन् बर्को माईलीभाउजूहरू
पोती नै रहन्छन् छातीको ठेलो माईलीभाउजूहरू।
भिजाइनै रहन्छन् मझेरी माईलीभाउजूहरू।
विवशताको चोयाले कसिनै रहन्छ माल्दाईहरूलाई
जोतिँदैन अभावको चिम्टिया राँटो किमार्थ
चिमेभित्ताबाट छिरिनै रहन्छ सुटुक्क घाम
चौसर खेलिनै रहन्छ धुवाँ माईलीभाउजूहरूको छाती
विक्ष्याएर।
खलाँती फु किनैरहन्छ फोक्सो
पैरे, सिस्ने र भुत्तेको नाक ठोकिने उकालोमा
पिठ्युँको थुन्से बजाइरहन्छ विनायो
स्वाँ स्वाँ स्वाँ स्वाँ
तल गाित गाइरहन्छ
निलो तमोर स्याँआँ....
माईलीभाउजूहरू
एकनास ताल दिइरहन्छन् ख्याँक् ख्याँक् ख्याँक् ख्याँक् ।

विकास भयो अरे


विकास अायो अरे
हेल्थपोस्ट र अरू के के
ठडियो अरे माथि मंगलबारे बजारमा
गाग्रेभन्ज्याङ छिचोल्न सक्दैनरे अवका दिनमा टाइफाइड र
निमोनियाले
कावेली तर्नै सक्दैन रे
अाँउदा दिनमा त रूघा खोकि र लुतोले
कान बहिरो हुनलागिसको माईलीभउजूहरूको
लाटा बनिसके माल्दाईहरू
खै खस्दैन कतै अोखती
भोट खसेन कतै पटुकाबाट अौषधीबनेर
भोट बर्सेन कतै अनिकालको चुल्हो बालेर
कति पुजागरेको विचार
कति मलजलगरेको आस्था
बन्न सके न भगवान
माल्दाई र माईलीभाउजूहरूको मनमा
उस्तै मालबाँसे चिम बिस्कु न लागेकोछ अाँगनमा
उस्तै सिरू टोपीको प्रतीक्षामा सुकिरहेछ पाखामा
बूढा हेडसरहरू हेरिरहेछन् रमिता
चारकोरी वर्ष देखि।
कविता
हाम्रा काकाहरू
.........
हाम्रा काकाहरू सवेरै
विक्ष्यौना छाड्नुहुन्थ्यो
उङ्दै उङ्नुहुन्नथ्यो दिनमा पनि
र रातमा पनि
कम्प्युटरको किवोर्डको
मादकतामा झुल्ने ऐलेको समय जस्तो
बाछो लाएर
गाई सयारेर समयमै स्कू लको घण्टी ठोक्न पुगिसक्नुहुन्थ्यो
नानीहरू मात्र पढाउने होइन वहाँहरू
गाँऊका गन्यमान्यलाई पनि पढाउनुहुन्थ्यो वहाँहरू
मागेको सल्लाह समयमै टक्र्याउने सल्लाहकार समेत वहाँहरू
त्यतिमात्र कहाँहोर ?
जिल्लाका खेलकु द अायोजकहरूका
खेलाडीहरूका अभिभावक पनि बन्नैपर्थ्यो वहाँहरू
दशैं तिहार र अन्यान्य उत्सव महोत्सवहरूमा
नाटक रच्ने रचनाकार
मन्थनगर्ने निर्देशक र अभिनयगर्ने कलाकार समेत बन्न
भ्याउनु पर्ने बाध्यता थियोे वहाँहरूको।
कति समसामयिक नाटक मञ्चन गर्नुहुन्थ्यो वहाँहरू।
यो सवै भ्याँउदा भ्याँउदै पनि
अाफ्ना परिवारलाई
मीठो स्नेहको चक्ले ट बाँड्न
भारदार र जिल्लाबाट
यदाकदा पाल्नेे भलाद्मी महोदयहरूको खानपान
भुमिगतहरूको चुल्हो र सेल्टरमा पनि खुसुक्क जुट्नुहुन्थ्यो हाम्रकाकाहरू
यतिसबै कर्मकाण्ड सके र पनि
कु नै गोदवा मोह नभएका हाम्रा काकाहरू
किमार्थ कु म्भकर्ण बन्नु भएन वहाँहरू
स्कू ल छु ट्टि हुनासाथ
नाक ठोकाँउदै उकालाहरूमा
फोक्सोलाई फु टबलको ब्लाडर बनाउँदै
पाखाहरूमा
कु ट्मिरोको स्वागतमा
र नास्पति र शुन्तलाको अाहारमा जुट्नुहन्थ्यो हाम्रा काकाहरू
मर्चुंङ्गा र मादलको संरक्षणमा
विना श्वार्थ जुट्नु हुने हाम्रा काकाहरू
कहिल्यै अवेरसम्म निदाउनु भएन
कहिल्यै अाफ्नो मुल्यांकनको लागि
अावेदन दिएर अाफू लाई अवमूल्यन
नगर्ने हाम्रा काकाहरू
सदैव बज्राँठ र फलाँठनै उभिनुभयो गाँऊ
घरमा हाम्रा काकाहरू
बाँस किमार्थ नबनेका हाम्रा काकाहरू
कहिल्यै हनुमान पनि बनेनन्
कहिल्यै दुशासन पनि भएनन्
अाफू अाफू मै रहने हाम्रा काकाहरू
किमार्थ कहिल्यै कु थुर्के र निगुरो पनि नबनेको
साक्षी उभिएकै छन् पुषे डाँडा र झुसेडाँडाहरू
वहाँ र वहाँ जस्ता काकाहरूलाई
खै ऐलेको गुगलले पढेको पनि देखिँदैन
खै ऐलेको बिङ्गले पनि समेटेको भेटिँदैन
कु नै चित्रकारका कु चिले कोरेको पनि देखिँदैन
कु नै फोटोग्राफरका क्यामेराले कै द गरेको पनिभेटिँदैन
किनहोला वर्तमान यति बढी
श्वार्थी बनिरहेको
यति बढी
ब्यक्तिवादी बनिरहेको ?
यक्ष प्रश्न बनेको छ
यक्ष प्रश्न बनेको छ।

You might also like