You are on page 1of 7

(ROUGHT DRAFT)

1. EXT. लेकको कु हिरो लागेको जंगल

एकजाना १०-११ बर्षको के टा बेस्सरी दौडीरहेको छ...उसको गतिसंगै छे उमा रुखहरु पनि उसको बिपरित भागिरहेको
जस्तो हामि देख्न सक्छौ

2. CONT.

के टा जंगल कटेर पच्यांग भएनिर आइपुग्छ

(रोकिएर , चिच्याउदै)
“फु ल्सरा...छिटो आइज होइ ... छिटो आइजो !...माइला आइपुग्न लाओ है देउरालीनिर”

उसले कराईरहेको ठाउँ तल्तिर कु हिरोमा लुके को जंगल छ

हामि कु हिरो भएतिर बच्चाहरु कराएको आवाज सुन्न सक्दछौ...यही आवाजहरु बीच एउटा के टि मान्छे ले कौलासेको
आवाज सुनिन्छ
“...तेसो भ, मिर्ग भन्दा अगाडी पुग हौ आले , छिटो”

CUT TO:
3. CONT.

भुइँकु हुरो मडारिएको जंगलको दोबाटोमा १२-१३ बर्ष उमेरका तिनजाना के टि र दुइजाना के टा दौडीरहेका
छन्...इनिहरु मध्ये सबैभन्दा ठु ली देखिने के टिको नाम फु ल्सरा हो

फु ल्सरा (दौडिदै):
“नागी आउनुभन्दा अगाडी मालिंगो काट है ...अनि गोरे चै तितेपाती बटु ल”

4.

कम्मरको खुकु री निकाल्दै दुइजाना के टाहरु के हि पछाडी फर्के र ओरालो लाग्छन्

5.

A.
के टिहरु उकालो बाटो दौडिरहेका छन्

B.
एकातिर एउटा के टा मालिंगो काटीरहेको छ भने अर्कोतिर अर्को के टा पातहरु जम्मा गरिरहेको छ

6.

के टिहरु नागीभएतिर आइपुग्छन्...उनीहरु रोकिएर के हिबेर सास लिन्छन् ...के हिपर उनिहरुलाई खबरदिने के टा
(आले) उभीरहेको छ...के टिहरु आइपुगेको देखेपछी उसले चुप लाग्न इसारा गर्छ

7.
मालिंगो र तितेपाती लिन गएका के टाहरु उकालो बाटो आइपुग्छन् ….उनीहरु हिडीरहेको बाटो छे उ कसैले ढुंगा
हान्छ...ढुंगा आएको दिशा भएतिर उनीहरुले हेर्छन् : बाटो माथि रुखहरुबीच उनीहरुका साथिहरु छन्….फु ल्सरा
के टाहरुलाइ मास्थिर आउन इसारा गरिरहेकी छे

CUT TO:
8.
फु ल्सरा मालिंगोको भाटामा तितेपाती बाधेर सबैलाइ बाडिरहेकी छे
...सबैलाइ मालिंगो बाढीसके पछी , अन्तिमको मालिंगो आलेलाइ दिदै :
“आले...पाइला बिगारिस भने मार्छु नि म तलाई”
CUT TO:
9. EXT.

धूपीको रुखमुनि बसेर बिडी तानीरहेको छ...उ आफ्नो मुखबाट निस्किरहेको धुवाँको गतिलाई नियालीरहेको हुन्छ...उ
बिडीलाई भुइँमा मार्न लागिरहेको हुन्छ , त्यहीबेला उ बसीरहेको ठाउको माथिबाट ढ्यांग्रो बजेको आवाज आउन
थाल्छ
माइला झाक्री (मास्थिर रुखभएतिर हेर्दै):
“के भो फे री तलाई ?”

रुख माथि ढ्यांग्रो बोके र बसीरहेको मानिस:


“गन्धेझारबाट सुलसुले उड्यो जस्तो लाग्यो”

माइला झाक्री:
“उड्छ बेला त कु बेला…(आफै संग बोले जसरि) झन् गाउँ मै बस, मेरो पछिपछि नहिड भनेको...कहिँ पनि चैन छै न ,
फर्की !
(उ माथिको सम्बाद बोलिन्जेल आफ्नो अनुहार छोप्ने गरि बनाएको पातको मुखैटा लगाउछ

उ मुखौटा लगाउदै गर्दा के हि पर रुखहरुबीच लुक्दै फु ल्सरा झाक्रीलाइ चियाईरहेकी छे ...झाक्रीलाइ चारै गौडा घेराबन्दि
गर्ने गरि के टा-के टिहरु रुखको आडमा लुकिरहेका छन्)

झाक्री पातको मुखौटा बानेर आफ्नो बाटो लाग्नै आटेको हुन्छ , फु ल्सारा आफ्नो पटु कीबाट मुर्चुङ्गा निकालेर बजाउन
थाल्छे ...मुर्चुङ्गाको आवाज सुनेपछी सबैजाना आफु लुके को ठाउँ बाट सुस्त-सुस्त पाइलामा निस्कन थाल्छन्

झाक्री धुपीको रुखबाट के हि पर आइपुगीसक्यो ….उ एक्कासी रोकिन्छ---उसको के हि पाइला अगाडी फु ल्सरा
मालिंगो हातमा बोके र उभिरहेकी छे ...झाक्री अर्को दिशा जानै लागेको हुन्छ , उसले थाहा पाउछ के टा-के टिहरुले
उसलाई चारैतिर बाट घेरिसके का छन् ...के टा-के टिहरु आफु ले बनाएको गोलो वरिपरि मालिंगो हातमा बोके र
घुमीरहेका पनि हुन्छन्

माइला झाक्री (आफु लाइ यसरि घेरेको देखेर):


“तिमि भुराहरुले जाबो त्यो मालिंगो र पातीले घेरेर मलाइ रोक्न सक्छौ जस्तो लाग्यो”

माइला झाक्रीको कु रा सुनेपछी रुखमा बसीरहेको मानिस पनि ढ्यांग्रो ठटाउन थाल्छ

माइला झाक्री:
“त जाठो चेलोको ढ्यांग्रोले मेरो के नाप्छ “

माइला झाक्री घेराबाट निस्के र अगाडी बढ्न खोज्छ ...के टा-के टिहरु झन् झन् गति बढाउदै घुमीरहेका छन्

फु ल्सरा:
“किन तिमि यसरि हाम्रो गाउँ लाइ छोडेर जान लाग्यौ...यसरि पातको मुखौटा बेरेर कु न देश जान लाग्यौ”

के टि ३ :
“हाम्रो के गल्ति भयो , तिम्रो मनै बिगार्ने...यो त भन”

के टा २:
“हाम्रो मुटु निकालेर खाने भए पनि खाउ...तर तिम्रो कु रा नसुनी हामि जान दिदैनौ”

के टा-के टिको एस्तो जिद्धिपन देखेर उ भुइँमा थचक्क बसीदिन्छ


माइला झाक्री (ढ्यांग्रोको तालमा खण्डे बोलि बोल्दै):
“तिमरु भुरा-भुरी..जिन्टा-जिन्तिको के हि गल्ति हैन ..के हि कसुर छै न...अनुहारमा भुल्के का पात बेरी , मुखौटाले मुखै
छोपी ...म त हिडेको मानिसको बस्ति छोडेर , गाउँ को मूलबाटो त्यागेर म त हिडीगएकै जंगलमा...मानिसको
चोलाको छोडेर , रुखै बनुला भनेर…..सप्पै भुरा-भुरीहरु...जंगलका सप्पै पालुवाहरु...यसरि पाइला नचलाइदेउ ...रोके र
पाइलाहरु , बसीदेउ वरीपरि ज्ञानी भएर...भानिदिउला सबै कथा-कै रनहरु , म किन यसरि भागिहिडे भनेर…”

ढ्यांग्रोको आवाज बिस्तारै-बिस्तारै कम हुन थाल्छ ...आवाज संगै के टा-के टिहरुको पाइलाको गति पनि घट्न थाल्छ
….बिस्तारै-बिस्तारै के टा-के टिहरु भुइँमा बस्न थाल्छन्

...ढ्यांग्रोको आवाज बन्द हुन्छ ... सबैजाना भुइँमा बसीसके का छन्...माइला झाक्री आफ्न्रो अनुहारबाट मुखौटा
निकाल्छ…

माइला झाक्री: (तलको कु रा संगै बिस्तारै , कथालाइ बुझाउने visual पनि आउन थाल्छ )
“यहाबाट पाँच डाडा उभो एउटा गाउँ छ...गाउँ मा सिरानको पुरानो घरमा एक जाना दाजु र बहिनि बस्थे...सानैमा
उनीहरुको बाबु-आमा दुवैजाना महामारीमा मरे...संसारमा उनीहरुको भन्नु एक-अर्का मात्र थिए...दाजुलाइ गाउँ मा
सप्पैले मन पराउथे...गाउलेहरुलाइ सधै सघाउने, सप्पैलाइ माया गर्ने...कस्तो मनकारी थियो दाजु चै...टुंगना झन्
एस्तो मिठो बजाउथ्यो...एकचोटी ताम्ग्लिनको जात्रामा उसले बजाको मैले पनि सुनेको थिए , कु प्राबाजेले नै हात
राखि दिए जस्तो उसको धूनमा...उसको सपना भनेको एउटा मात्र थियो, एकदिन बहिनिलाइ सुनको बुलाकी
किनीदिने….गाउँ मा गल्लावाल आएपछि , उसलाई लाहुरे भइन्छ भन्ने ठु लो आशा थियो...तर जात्रामा गाउको
के टिलाइ गल्लावालले हातपात गरेपछी , उसको रिस थामिन सके न अनि उसको लाहुरे बन्ने आशामा आकाशमै
बिलायो...लाहुर जान नसके र के भयो र , कालापाहार जान्छु , ढुंगा फोडेर भएपनि बहिनिलाइ सुनको बुलाकी
ल्याइदिन्छु भनेर उ बहिनि संग बिदा भएर गयो…
...यता बहिनि घर-गोठको काम गर्दै दाजु फर्क ने दिन कु र्दै बाचीरही...हरेक बेलुका उ सिकु वामा उभिएर गाउँ पस्ने बाटो
हेरिरह्न्थी...एक बर्ष बित्यो...दुइ बर्ष बित्यो...बहिनि भने बाटो हेर्न कहिले छोडिन
...एकदिन बेलुकाको घाम डु ब्नै आटेको थियो, दैलोमा एउटा बुढो हुलाकी आइपुग्यो अनि रातो धागोले बाधेको चिठी
बहिनिको हातमा थमाईदियो…”

माथिको कथामा VISUAL हरु:

१. १३-१४ वर्षको दाजु दाउराको भारि बोके र हिडिरहेको छ, उसको पछी-पछि ४-५ वर्षको बहिनि छे
२. दाजु ठु लो भैसके को छ , बन्चरोले दाउरा चिरीरहेको छ
३. रातिको समय आगो छे उमा दाजुले टुंगना बजाईरहेको छ...तिन-चारजाना बुढी आइमाइ अनि बहिनि धून
सुनीरहेका छन्
४. गल्लावाललाइ छाति देखाउन गाउँ का के टाहरु लाइन बसीरहेका छन्
५. गाउँ का के टाहरु लहर बनाएर बिदा भैरहेका छन् ...माथि दुखि मुद्रामा बिडी तान्दै दाजु बसीरहेको छ
६. दाजु बहिनीसंग बिदा मागीरहेको छ
७. बहिनि घासं काटिरहेकी छे ...डोको बोके र हिडीरहेको
८. सिकु वामा उभिएर कु रीरहेकी बहिनि
९ . बर्षहरु बित्दै गएको time lapse
१०. बुढो हुलाकी आएर बहिनिलाइ चिठी दिएको
११. बहिनिले चिठी पढीरहेको: चिठीमा दाजुले चिठीका कु रा भनिरहेको faded visual देखिन्छ “ बहिनि , यो अन्तिम
चिठी तिमीलाई लेख्दै छु ...मलाइ माफ गरिदेउ , तिमीलाई अब कहिले भेट्न पाउदिन | काम खोज्दै-खोज्दै कहिले
कु न ठाउँ , कहिले कु न ठाउँ हिडनुनै भाग्य बन्यो मेरो | हिड्दा हिड्दै एकदिन एकजाना के टि भेट्टाए , त्यो बिरानो
ठाउँ मा माया भेट्टाए जस्तो भयो | मैले तिमि , गाउँ सबै बिर्से ...अन्तिममा मायालुको चुल्ठोमा शेरिएर मर्नु पर्ने भाग्य
भयो बहिनि , मलाई माफ गरिदेउ”

CUT TO:

10. (SCENE 9 को SETTING मा)

दाजु-बहिनिको एस्तो दुख लाग्दो कथा सुनेर के टा-के टिहरु चुपचाप छन्

आले( के हि बेरको मौनता पछी):


“अनि बहिनिको के भयो तेस्पछी”

झाक्री (कथा अनुसार visual ):


“दाजु आफु ले आफै लाई मारेको खबर सुनेपछी...उसका ओठका सबै शब्दहरु हराए, आत्मामा दाजुको यादहरु
मडारिन थाल्यो...उसको सपनामा दाजु आएर सधै रोइरहन्थे...गाउँ का मान्छे सबैले मगज फु स्के को भन्न थाले, तर उ
भित्र चलीरहेको आंधी कसैले बुझेन...एकदिन म पल्लो गाउँ को बेन्बोलाइ भेटेर फर्क दै थिए, अधेरे खोल्सामा मैले
बहिनिलाइ भेटे , उ टोलाउदै ढु गासंग बोलिरहेकी थिइ...उसलाई देख्ने बित्तिकै मलाइ थाहा भैहाल्यो, उसको दाजुको
आत्माली शान्ति पाएको छै न भनेर...भोलिपल्ट ढ्याग्रो ल्याएर चिन्ता बसीदिन्छु भनेर सोचेको थिए...तर भोलिपल्ट
बहिनि गाउँ मा थिइन...मैले आफ्नो झाक्री विधा लगाएर कति खोजे उसलाई….तर कतै भेटिन…”
फु ल्सारा:
“त्यही भएर तिमि पनि बहिनि जस्तै हराउन लागेको”

झाक्री (के हि बेर पछि):


“ तिमीहरु भुरा-भुरीलाइ के भन्नु म...आजकल जमाना अर्कै भैसक्यो...पैले मानिसलाइ बाघले पिरल्थ्यो, पहिरोले
पिरल्थ्यो, चट्याङले पिरल्थ्यो , दोख्ले पिरल्थ्यो...कसरि बाघसंग लड्ने , पहिरो जाने माटो कसरि चिन्ने , पुर्खाले यो
सप्पै कु रा सिके ...पुर्खाले सिके को कु रानै मेरो गुरुले दिएको विधा हो...तर आजकल मान्छे लाइ आफै ले पिरोल्छ,
चट्याङ चाहीदिन , चितुवाले लखेट्न पर्दैन, मान्छे ले आफै लाइ खान थालिसके ...पल्लो गाउँ मा जिमिन्दारको हुकु म
सहन नसके र बुढा-बुढी सेरिएर मरे, कोहि बिछोड सहन नसके र मायालुको के शमा झुण्डिए...अहिलेको जमानामा मेरो
विधा के हि काम नलाग्ने भयो...झन् त्यो बहिनिलाइ के हि गर्दिन पनि सकिन मैले,,,म झाक्री भएर के मुख देखाउनु”

फु ल्सरा:
“तिमि येत्रो ठु लो गुरु भएर एस्तो कु रा गर्ने...हिड, हामि सप्पै भएर त्यो दिदिलाइ खोज्ने...हामीले यी बनका सप्पै
चराहरु को भाषा गुनेका छौ, तिम्रो ग्यान पनि छदै छ...हामि मिल्यो भने दिदिलाइ भेटिहाल्छौ नि…”

रुखमा बसीरहेको चेला (फु ल्सराको कु रा सुनेर):


“म पनि छु त , बाटोहरु संग कु रा गर्न म जति कसले सक्ला र”

फु ल्सरा हास्छे
फु ल्सरा:
“तेसो भए ओर्लीहाल...हिडीहाल्न पर्छु ...छिटो उठ माइला”

चेला रुखबाट ओर्लिन्छ अनि आएर माइलालाइ ढ्यांग्रो दिन्छ...माइलाले ढ्यांग्रो लिन्छ अनि पातको मुखौटा
फालीदिन्छ….माइला झाक्री , चेला अनि के टा-के टिहरु आफ्नो बाटो लाग्छन (यहा देखि बिस्तारै गितको घुन सुरु
हुन्छ)

FADE IN:

11. (SONG STARTS FROM HERE, यहा location अनुसार SCENE CREATE गर्नुपर्छ )

(LOW ANGLE ) जंगलका रुखहरु


यो POV बहिनि को हुन्छ...बहिनि रुखको टु प्पो हरुमा , आकाश हरुमा दाजुको प्रतिबिम्बलाइ खोजिरहेकी छे ..उसको
लुगाहरु मैलो भैसके को छ, अनुहार कम्जोर भैसके को छ

….बहिनि लेकमा कन्दराहरुमा दाजुलाइ खोज्दै हिडिरहेकी छे ( हामि यो कु रालाइ cinematic तरिका ले देखाउछौ )

...बहिनिको गन्तब्य हिन यात्रा संगै हामि बेला-बेलामा माइला झाक्रीको टोलिको खोज पनि देखाउछौ

...बहिनिले लेकका पाटनहरुमा दाजु टुंगना बजाइरहेको देख्छे , जब के हि नजिक जान्छे त्यहा दाजु हुदैन खालि घ्यांग
मुनि तुंगना हुन्छ

… माइला झाक्री एउटा ठाउँ आइपुगेपछि चेलालाइ खाल्टो खन्न अर्हाउछ...खाल्टो के हि खने पछी उनिहरुले १०-१५
वटा ओखरको थुप्रो भेट्छन...त्यो ओखर मध्ये झाक्रीले एउटा पहिचान गर्छ ...तेस्लाई फु टाउछ, त्यहा भित्रको आकार
हेरेर उसले दिशा निर्क्यौल गर्छ

...यसरी यात्रा अगाडी बढ्दै जादा , “...आत्माले शान्ति पाओस” भन्ने लाइनमा झाक्रीले बहिनिलाइ भेट्छ
..बहिनिलाइ सबै के टा-के टिहरुले मालिंगो दिन्छन्

...के टा-के टिको हुलमा बहिनिपनि गाउँ फर्कि न्छे

You might also like