Professional Documents
Culture Documents
शाकुन्तल (महाकाव्य) - विकिपिडिया
शाकुन्तल (महाकाव्य) - विकिपिडिया
छन्दविधान
यो महाकाव्य छन्दको प्रयोगशाला र पाठशाला दुबै बन्न
गएको देखिन्छ । भानुभक्तद्वारा नेपाली भाषा र
साहित्यमा प्रतिष्ठापित एवम् नेपालीहरूले ज्यादै मन
पराएको शार्दूलविक्रीडित छन्द (चिम्ली लोचन दीर्घकाल
तपमा खोलेर वासन्तिका)बाट महाकाव्यको श्रीगणेश
गरेका देवकोटाले मालिनी, तोटक, भुजङ् गप्रयात,
स्रग्विणी, इन्द्रवज्रा, वसन्ततिलका, अनुष्टुप्, शालिनी,
स्रग्धरा, पृथ्वी, पञ्चचामर, वंशस्थ, रथोद्धता,
द्रुतविलंवित, प्रहर्षिणी आदि संस्कृ तका विभिन्न वार्णिक
छन्दहरूलाई यस महाकाव्यमा उपयोग गरिएको छ ।
यति हुँदा हुँदै पनि भावलाई सर्वाधिक महत्त्व दिने
महाकवि देवकोटा छन्दको बन्धनबाट सर्वथा उन्मुक्त
देखिन्छन् ।
अलङ्कार विधान
मूलतः शब्दालङ् कारमा रमाउने देवकोटा
अर्थालङ् कारको प्रयोग गर्न पनि पछि परेका छैनन् ।
अनुप्रास, श्लेष, उपमा, उत्प्रेक्षा आदिको सौन्दर्यले
काव्यको शोभा बढाएको छ । यमक अलङ् कारको
प्रयोगमा देवकोटा कतैकतै सोमनाथ र लेखनाथ भन्दा
पनि सशक्त देखिन्छन् । हेरौ एउटा उदाहरण –
लाक्षणिकता
यसमा पूर्वीय महाकाव्य मान्यताका अधिकांश लक्षणहरू
पाइन्छन् । शास्त्रीय छन्दमा कविताको रचना हुनु,
कथानक पौराणिक हुनु, शृङ् गार रस प्रधान हुनु, नायक
प्रतापी क्षत्रीय राजा दुष्यन्त धीरोदात्त नभएपनि
धीरललित प्रकृ तिको हुनु, नायिका शकु न्तला स्वकीया
मुग्धा हुनु प्राचीन परम्परा हो । त्यसैगरी समुद्र, वन,
ऋतुहरू, साँझ, बिहान, सूर्य, चन्द्र, शिकार आदिको
वर्णनमा पनि प्राचीन परम्परा छाडिएको छैन ।
प्रकृ तिचित्रण
देवकोटा प्रकृ तिप्रेमी हुन् । उनी प्रकृ तिको सुन्दर रूपका
साथै भयानक रूपको पनि चित्रण गर्न सिद्धहस्त छन् ।
मेनकाको आगमनमा कविको कल्पना यसरी दौडिएको
देखिन्छ –
यो पनि हेर्नुहोस