You are on page 1of 2

ु पन्छी गिद्ध , जटायु सरं क्षणको अपरिहार्यता

लोपन्ु मख
सन्दीप थापा पाल्पा
पर्यावरणीय सन्तल ु नलाई प्रभावकारी बनाउँदै वातावरणीय स्वच्छता अभिवृद्दी गर्न सहयोग पर्याु उने रामायणमा
जटायक ु ो नामले वर्णित पक्षं ी हो गिद्ध । आफै जनावरको बध नगर्ने तर मृत जनावरको मासु र सिनोलाई आहार बनाएर
प्रकृ तिमा दर्गु न्ध फै लाउनबाट रोक्ने प्रकृ तिको कुचिकारको रुपमा रहेको अहिस्रं क सिकारी चरा गिद्द प्राकृ तिक
वासस्थान बिनाशको चपेटामा परे सगं ै विस्तारै लोप हुदँ ै गएको छ ।
पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तल
ु न पार्दै गिद्दले मृतजीव र सिनोलाई वातावरणमा सड्न नदिई आफ्नो
आहार बनाउने भएकाले भस्ु याहा कुकुर , स्याल मसु ाको फोहोरी क्रियाकलापले वातावरण डङ्गरु बन्न पाउँदनै ।
हानीकारक किटाणहु रू भएको सडेगलेको मासु र सिनोको व्यवस्थापनले मानिसमा रे विज प्लेग हैजा, आउँ तथा
पशहू रूमा अन्य हानिकारक रोगहरुको रोकथाम हुन्छ । ,

विश्वमा पाइने २३ , नेपालमा पाइने नौ र पाल्पामा पाइने डङ्ङगरु र हिमाली प्रजातीका गिद्दहरूको वैज्ञानिक
औचित्यका साथमा धार्मिक एवं सास्ं कृ तिक महत्व पनि छ । सिताहरणमा जटायल ु े रावणविरुद्द गरे को यद्दु देखी
तिब्बती लामाहरूले मृत आफन्तको शव गिद्दलाई खवु ाएर स्वर्गको दतु को उपमा दिएकाले पनि यसको असीम
महत्व पस्ु टी हुन्छ । वार्षिक औषत् १२० के जी मृतजीवको मासु र सिनो खाने एउटा गिद्धले प्राकृ तिक सन्तल ु न कायम
राख्न ११००० अमेरिकि डलर बराबरको योगदान गर्छ । असहज वातावरणमा पनि लामो उडान भर्न सक्ने र
मानिसको तल ु नामा आठ गणु ासम्म टाढा देख्ने गिद्ध प्राय अग्ला बलिया सिमलको रुख र चट्टानी पहराहरुमा बस्छन्
। मदनपोखराको अँधेरी छरछरे वनको बीचमा हाँगा फिँ जाएर ठडिएको बढु ो गिद्धे सिमलमा झम्मि ु ने गिद्धहरूको
मनमोहकताले पर्यावरणीय स्वच्छता, र जैविक विविधताको संरक्षणका साथमा पर्यटन विकासमा समेत टेवा पर्या ु एको
छ।
मानविय अवाञ्छित क्रियाकलाप र प्राकृ तिक दस्ु परिणामख ु ी परिघटनाहरू बनफँ डानी, गिद्द संरक्षण के न्द्रको
असफलता, अवैज्ञानिक ढङ्गले विस्तार गरिएको विद्यतु ीय तार , अवैध चोरी सिकारी, जलवायु परिवर्तन
प्राकृ तिक बिनाश, वातावरणीय प्रदषु ण र मृत जीवहरूमा प्रयोग गरिएको डाईकलोफे नेक लगायतका विषादीहरूले
गिद्धहरूलाई सामहि ु क रुपमै मृत्यसु ैयामा पर्या
ु एको छ । फलतः सन् २०११ मा प्रकाशित अध्ययनले नेपालबाट गिद्ध
९१%ले लोप भएको औँल्यायो । नेपालमा हालै गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनसु ार वर्षेनी १४ प्रतिशतले गिद्धको
संख्या घट्दै गइरहेकोले विकासका लाभ र गतिलाई दिर्घकालसम्म सनि ु श्चित गर्दै दिगो बिकासको अवधारणा
कार्यन्वेयन गरी पारिस्थितिक पद्दतिको नियमितताका लागी जटायक ु ो दर्ल
ु भता बाधक बन्दै गएको देखिन्छ ।
बिबिध कारणहरुले लगभग एक दशक अगाडी हाम्रो वातावरणमा सिनोको खोजीमा भौतारिने गिद्धहरूको सङ्ख्यामा
अप्राकृ तिक र नाटकिय ढङ्गमा ह्रास आउनाले मृतजीव व्यवस्थापन हुन सके को छै न । गीद्धहरूले अस्तित्व
गमु ाउनाले मानिस मात्र नभै समग्र प्राणी जगतकै अस्तित्व धरापमा पर्दै गएको छ । तसर्थ गिद्ध सरं क्षणमा दक्षिण
एसियामै अब्बल बनेको नेपालले लोपन्ु मख ु गिद्ध सरं क्षण र जैविक विविधता प्रवर्धनार्थ उचित वातावरण निर्माण
गर्ने, जटायु रे स्टुरेन्टको प्रभावकारीता बढाउने , गिद्ध सरं क्षण तथा प्रजनन के न्द्रहरू गिद्धको वातावरणीय
स्थानहरूअनरुु प बिस्तार गर्ने, डाईकलोफे नेकरहित शद्ध ु मृतजीव र सिनो उपलब्ध गराउने, मरे को चौपाया नगाढी
गिद्धलाई दिनपु र्ने लगायतका पक्षमा गभि ं र ध्यान दिएर गिद्ध सरं क्षण गर्नुपर्छ । अन्यथा गिद्धहरू लोप हुनेछन् ।
परिणामस्वरुप वातावरण प्रदषु णको दर बढ्न गई बिभिन्न भयानक रोगहरूले सजिलैसगं आफ्नो सञ्जाल प्राणीहरूमा
बिस्तार गर्नेछन् भने पारिस्थितिक प्रणाली गभि ं र दर्घु टनामा परी समग्र प्राणीहरूको अस्तित्वमाथी नै प्रश्न चिह्न खडा
हुनेछ । तसर्थ अस्तित्व जोगाउने सङ्घर्ष गरिरहेको दर्ल ु भ मित्रपक्ष
ं ी गिद्धलाई लोप हुनबाट जोगाउनु अहिलेको
अपरिहार्य आवश्यकता हो । मनशान्त घिमिरे , हेमन्त ढकाल र कृ ष्णप्रसाद भसु ालद्वारा सयं क्त ु रुपमा लिखित ६८
पृष्ठको नेपालमा गिद्धहरू नामक पस्ु तकमा उल्लेखित गिद्धका प्रजातिको सचित्र वर्णनका साथै यिनीहरूको
सरं क्षणको औचित्यताको विस्लेषणबाट समेत गिद्ध र जैविक विविधताबिच घनिष्ठ अन्तर्सम्बन्ध रहेको तथ्य
मध्यान्नको रविसरी छर्लङ्ग हुन्छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार मनाइने (हालको एघारौँ )
अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसले गिद्ध सरं क्षणमा सहयोग गरोस् शभु कामना

You might also like